Aug 26, 2008

परिच्छेद - ३

१) आर्थिक व्यवस्था
आर्थिक निती मिश्रति तथा खुला अर्थतन्त्रको रुपमा रहनेछ । प्राकृतिक संसाधन एवं सम्पदाको उपयुक्त व्यवस्थापन, खनिज साधन, जडिबुटी, जलश्रोत आदिको प्रवर्द्धन गरी लिम्वुवानको अर्थतन्त्रलाई सम्वृद्ध तथा सुव्यवस्थित तुल्याउन छुर्पी, घिउ, ऊन तथा चिया, अलैची, अदुवा, सुन्तला जस्ता नगदेवाली तथा कृषिमा वैज्ञानिक सिप श्रोत साधन र प्रविधि अपनाई उत्पादनमा वृद्धि, व्यापार प्रवर्द्धन, वजार व्यवस्थापन, निकासी पैठारी एवं कृषकहरुलाई सहयोग तथा प्रोत्साहन जस्ता निती अपनाई आय आर्जनको अवसर प्रदान गरी जीवनस्तरलाई माथि उठाउने निती रहनेछ ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्व राख्न सक्ने उद्योगधन्दाको व्यवस्थापन, अन्तरराष्ट्रिय वजार एवं वैदेशिक व्यापार प्रवर्द्धन, पर्यटन उद्योगमा उच्च महत्वका साथै ऐतिहासिक महत्व तथा पर्यटकीय स्थलहरुको संरक्षण सर्म्वर्द्धन विकास तथा आकर्षा आदिमा समय सापेक्ष व्यवस्थापन गरिनेछ । आर्थिक उपार्जनको निमित्त सवैलाई समानता तथा आर्थिक उदारीकरणको व्यवस्था रहने छ ।
२) लिम्वुवान स्वायत्त राज्यमा विकासको प्रचूर संभावनाहरु
लिम्वुवान हिमाल, पहाड र तर्राईको संगम भूमि हो । यो भूमि अति उर्वरशील पनि छ । खनिज, जलस्रोत लगायत प्राकृतिक संसाधनको मात्रा पनि उल्लेखनीय रुपमा रहेको छ । पर्यटन, उद्योग, व्यापार वाणिज्यको स्थितीहरु पनि प्रयाप्त मात्रामा छन् । अन्नपात लगायत नगदेवालीहरुमा चिया, अलैंची, अदुवा तथा विभिन्न फलफूलहरुको साथै दूध, छुर्पी, जडिवुटीहरु प्रशस्तै छन् । यिनीहरुको प्रयोजन वैज्ञानिक किसिमले गर्न सकिन्छ जसको समुचित प्रयोगबाट स्वायत्त लिम्वुवान राज्य आर्थिकरुपमा आत्मानिर्भर वन्न सक्दछ । विद्युत उत्पादनको लागि अरुण, तमोर, कावेली, मेवा, मैवा, संखुवा, सभाय, माई, मेची लगायत धेरै ठूला साना नदी खोलाहरु वगिरहेका छन् । यहा"वाट हजारौं किलोवाट विद्युत उत्पादन गर्न सकिन्छ । विद्युत स्वदेश तथा विदेशमा खपत गरेर आय आर्जन गर्न सकिन्छ । व्यापारिक क्षेत्रमा उत्तरी नाका तिव्वत-चीन, पूर्वी नाका सिक्किम-भारत र दक्षिणी नाका भारत, वंगलादेशसंग व्यापार प्रवर्द्धन गर्न सकिन्छ । उद्योग तथा वाणिज्यको क्षेत्रमा पनि उतिकै सम्भाव्यता रहेको छ । पर्यटकीय क्षेत्रहरु पनि प्रसस्तै छन् । हिमाल, पहाड, तालतलैया, छा"गा, झरनाहरु, धार्मिक क्षेत्र, ऐतिहासिक क्षेत्र, विविध संस्कार, संस्कृति आदिवाट स्वदेशी तथा विदेशी मुद्रा व्यापक रुपमा आर्जन गर्न सकिन्छ । कोशी जलाशाय क्षेत्रमा सानामझौला पानीजहाज तथा मालवहाक जहाजहरु संचालन गर्न सकिन्छ । त्यस्तै नदीको तटीय क्षेत्रमा वन्दरगाह तथा रिसोर्टहरुको विकास गर्न सकिन्छ ।
वाटोघाटो, सडक निर्माण, भूमिगत मार्ग, हवाई मार्ग, रेल्वे, रोप्वे सेवा, शिक्षा, स्वास्थ्य रोजगारीको अवसरहरु प्रशस्तै सिर्जना गर्न सकिन्छ । विदेशमा रोजगारीको लागि पलायन हुनु पर्ने अवस्था आउदैन । वरु लिम्वुवानमा श्रमशक्तिको माग व्यापक सिर्जना गर्न सकिन्छ । लिम्वुवानलाई विश्वको एक सुन्दर सक्षम राज्य वा क्षेत्रको रुपमा स्थापित गर्न सकिन्छ ।
यसरी लिम्वुवान क्षेत्रमा विकासको प्रचूर सम्भावनाहरु अद्यावधी रहेका छन् । यी क्षेत्रहरुमा लिम्वुवानी जनताहरुले ठूला ठूला कम्पनीहरु सञ्चालन गर्न सक्छन् । ठूलाठूला व्यापारी प्रयोजनहरु गर्न सक्छन् । राष्ट्र तथा राज्यको अर्थतन्त्र लगायत विश्व अर्थतन्त्रमा पनि लिम्वुवानीहरुको दखल हुने कुरालाई नकार्न मिल्दैन ।
(३) गरीवी निवारण
राष्ट्रको समुचित विकासको लागि सम्पूर्ण नागरिकहरुको जीवनस्तर पनि माथि उक्सिनु आवश्यक हुनेछ । त्यसैले राज्यको सम्पूर्ण नागरिकहरुलाई आर्थिक पक्षमा सवल वनाउने लक्ष्य रहनेछ । त्यसको लागि राज्यले समयानुकूल विशेष व्यवस्था अवलम्वन गर्नेछ ।
(४) भ्रष्टचार निवारण
घुस दिने र घुस खाने राष्ट्रको महान शत्रु हुन् । त्यस्तै व्यक्तिगत स्वार्थिपनको कारण भ्रष्टचार प्रकरण वढेर जाने गर्छ । जव राष्ट्रमा भ्रष्टचार व्याप्त हुनेछ । तव आर्थिक पक्ष जिर्ण भएर जान्छ । आर्थिकनै राष्ट्रको मेरुदण्ड भएकोले आर्थिक पक्षमा सवै इमान्दार हुन आवश्यक हुनेछ । राज्यमा हुने यस्ता प्रकारको भ्रष्टचार प्रकरणलाई निरुत्साहित गर्ने सिद्धान्त लिम्वुवान राज्यमा रहनेछ । आवश्यकता अनुसार भ्रष्टचार नियन्त्रणमा कठोर कदमहरु पनि लागु हुनेछ
(५) वैदेशिक रोजगारी क्षेत्र
वैदेशिक रोजगारको सवालमा लिरामोले सकारात्मक ढंगले सोच राख्नेछ । वैदेशिक रोजगारी सम्वन्धि उपयुक्त नितीनिर्माण तथा आवश्यक तालिमको व्यवस्था, श्रमिक हकहित सम्वन्धि उपयुक्त कानून निर्माण गरिनेछ । त्यसको अलावा लिम्वुवान राज्यले आत्मानिर्भरको निती अवलम्वन गर्नेछ । राज्यमा प्रसोधन केन्द्र व्यापार एवं उद्योग व्यावसायहरुको स्थापना तथा सम्वर्द्धन गरी स्वदेशमानै प्रचूर मात्रामा रोजगारी सृजना गर्ने प्रतिवद्ध रहनेछ । अतः लिम्वुवानी जनताहरु वैदेशिक रोजगारमा आधारित हुन अनिवार्यता नहोस् । वैदेशिक रोजगारबाट सिप र ज्ञान आर्जन गरी आउनेहरुको सिप र कलाहरुलाई पनि सही मूल्याङ्कन गरी राज्य निर्माणमा सदुपयोग गर्ने व्यवस्था गरिनेछ । स्वदेशी सामानहरु विश्व वजारमा खपत गर्न वैदेशिक व्यापार प्रवर्द्धनको विकास एवं लगानीको उपयुक्त व्यवस्थापन गरी रोजगारीको को अवसर राज्यको तर्फबाट जनताहरुलाई व्यवस्थापन गर्ने हुनेछ ।

No comments: