Aug 16, 2008

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" बारे


कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिएको,
भूमिगत अवस्थामा रहँदा (कल्याण, विश्वास, निर्माण, प्रचण्ड नाम रहेका )
बाबुको नाम - मुक्तिराम दाहाल
आमाको नाम - भवानी दाहाल
जन्मस्थान - ढिकुर पोखरी गा.वि.स., वार्ड नं. २, लेवाडे, कास्की, गण्डकी अञ्चल
जन्म मिति - २०११ साल मंसिर २६ गते
६ बहिनी, २ भाईमध्ये पहिलो सन्तान
बसाँइ सराई २०१९ सालमा ढिकुर पोखरी -२ बाट चितवन भरतपुर, शिवनगर गा.वि.स.मा भएको ।

पारिवारिक विवरण
बाबु - मुक्तिराम दाहाल
आमा - भवानी दाहाल
श्रीमती - सिता पौडेल
छोरीहरु - ज्ञानु दाहाल, रेणु दाहाल, गंगा दाहाल
छोरा - प्रकाश दाहाल
बुहारी - श्रृजना त्रिपाठी
भाई - गंगाराम दाहाल
बहिनीहरु - अप्सरा भण्डारी, सिता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी, सरस्वती पाठक
विवाह - २०२६ साल बैशाख सिता पौडेलसंग भएको ।

शिक्षा
शिक्षा /साल /अध्ययन संस्थानको नाम
प्राथमिक शिक्षा -०१७ देखि ०१९ सम्म - महेन्द्र प्राथमिक विद्यालय, ढिकुर पोखरी
माध्यामिक शिक्षा - नारायणी विद्या मन्दिर मा.वि., शिवनगर
उच्च शिक्षा -आई.एस्सी. - ०२७ देखि ०२९ सम्म - पाटन संयुक्त क्याम्पस
वि. एस्सी., एजी. -रामपुर कृषि क्याम्पस
एम.पी.ए. - अध्ययन

अनुभव
पेशा/अनुभव /साल /अनुभवको क्षेत्र
अध्यापन २०२९ नारायणी विद्या मन्दिर मा.वि., शिवनगर
डण्डा मा.वि., नवलपरासी
०३३-०३५ - भीमोदय मा.वि., आरुघाट, गोरखा
सेवा - ०३२ - यू.एस.एड.

राजनैतिक जीवन
- २०२८ सालमा पुष्पलाल समूहमा पार्टी सदस्यता
- २०३१ सालमा मार्क्सवादी अध्ययन समूहको गठन (क.प्रचण्ड, क.वादल, मित्र, दवाडी, खेम भण्डारी, पुष्प भुर्तेल)
- २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश / २०३५ सालमा पूर्णकालीन
- २०३६ सालमा चितवन जिल्ला समिति सदस्य निर्वाचित
- २०३८ सालमा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव
- भूमिगत जीवन २०३८ सालदेखि २०६३ सालसम्म
- २०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय समितिको अध्यक्ष
- २०४१ सालमा ने.क.पा. (मशाल) को केन्द्रीय समिति सदस्यमा निर्वाचित - पाँचौ महाधिवेशनबाट
- २०४२ सालमा 'मशाल'को केन्द्रीय समितिको पोलिटव्युरो सदस्य
- २०४६ सालमा ने.क.पा. (मशाल)को महामन्त्री
- २०४८ सालमा ने.क.पा.(एकता केन्द्र) को महामन्त्री
- २०५१ सालमा ने.क.पा.(माओवादी) को महामन्त्री
- २०५७ सालमा दोश्रो राष्ट्रिय सम्मेलनबाट ने.क.पा.(माओवादी)को अध्यक्ष
- २०५८ सालमा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर
- २०६३ साल असार २ गते काठमाण्डौंमा भूमिगत जीवनबाट सार्वजनिक

No comments: