Jun 27, 2010

अवधारणा विपरीत सङ्घीयता

श्यामशङ्कर जोशी
एउटा राष्ट्रलाई सङ्घीयतामा लैजाने भनेको विखण्डनको दिशातर्फ धकेल्ने होइन, बरु एउटा शक्तिशाली राष्ट्र बन्नका लागि केन्द्रीय सरकार र प्रान्तीय सरकारबीच राजनीतिक तथा संवैधानिक रूपमा अधिकार बाँडफाँड गरी सङ्गठित भई बस्नका लागि हो । यसलाई सङ्घीय शासन प्रणाली भनिन्छ । पढ्दा-सुन्दा यति सरल र सजिलो लाग्ने सङ्घीयता अहिले संविधान निर्माणको सन्दर्भमा सबैभन्दा जटिल विषयका रूपमा देखिएको छ । सङ्घीयतासँग गाँसिएका विषयहरू अति जटिल भएका कारणले नै बुझ्न नसकेर क्याम्पसमा नागरिक शास्त्र, राजनीतिशास्त्र अध्ययन गर्ने विद्यार्थीहरू यस प्रश्नमा असफल हुनछन् । नेपालका बहुसङ्ख्यक जनता सङ्घीय शासन व्यवस्थाबाट अनभिज्ञ छन् तर संविधान नबनाउँदै सङ्घीयता जनतामाथि यो परिसकेको अवस्था छ ।
विश्वका १७० मुलुक केन्द्रीकृत एकात्मक शासन पद्धतिमा आधारित छन् जब कि २५ मुलुकले मात्र सङ्घीय व्यवस्था अपनाएको पाइन्छ । त्यसमध्ये नाइजेरिया, इथियोपिया, जर्मनी र ब्राजिलले मात्र आˆनो नाम अगाडि स्पष्टरूपमा सङ्घीय शब्द जोडेका छन् । यस समूहमा अहिले नेपाल पनि सामेल भएको छ । नेपालको इतिहासमा २००७, २०३६, २०४६ साललगायत २०६२/०६३ को जनआन्दोलनले समेत सङ्घीय राज्य स्थापना गर्ने माग गरेको पाइँदैन । तत्कालीन सात राजनीतिक दल र माओवादीबीच ७ मङ्सिर २०६२ मा भएको १२ बुँदे समझदारीपत्रमा पनि सङ्घीय शब्द कतै उल्लेख भएको पाइँदैन । संविधानसभाको निर्वाचनपछि लेखिने विषय भएकाले होला ऐतिहासिक जनआन्दोलनपछि निर्माण गरिएको अन्तरिम संविधानमा पनि सङ्घीय शब्द कतै राखिएन । तर सार्वभौमसत्ता सम्पन्न संविधानसभाको अधिकार हनन गर्दै निर्वाचन गर्नु अगाडि नै नेताहरूले बिना कुनै सुझबुझको एक्कासि संविधानमा 'नेपाल एक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ' भनी संशोधन गरेर नदुखेको कपाल दुखाइको समस्या निम्त्याउने काम भयो ।
संविधान निर्माण गर्ने क्रममा जातीयतासहितका १४ प्रदेश विभाजनको नक्सा कोर्ने काम भएको छ । १०१ जाति भएका मुलुकमा केही जातिको मात्र पहिचानका आधारमा सङ्घीय संरचना गरेकाले देशको कुल जनसङ्ख्याको एकतिहाइ ओगट्ने खस जाति -पहाडे, बाहुन, क्षेत्री, ठकुरी, सन्यासी आदिको समूह) तथा अन्य अल्पसङ्ख्यक जातिका असन्तोषपूर्ण अभिव्यक्ति मुखरित हुन थालेका छन् । जनताका बीच बहस नगरी सङ्घीयतामा जाने राजनीतिक दलहरूको निर्णयले नेपालको राजनीतिले खतरनाक सम्भावनालाई निम्त्याएको आभास मिल्दछ । दीर्घकालीन राष्ट्रहितलाई भन्दा अल्पकालीन दलीय हितलाई हेेरेर गरिएका निर्णयले यस्ता सङ्केत प्रकट हुन थालेका हुन् । पृथ्वीनारायण शाहको 'चार वर्ण छत्तीस जातको फूलबारी' तथा विविधता र 'अनेकतामा एकता' भएको मुलुक थियो नेपाल । राष्ट्रिय महìवको विषय सङ्घीयताको सवालको निर्णय जनतालाई अलग राखेर गरिएकाले आज राष्ट्रिय एकता भाँडिएको छ । एकताको अभावका कारण नै संविधानसभाबाट घोषणा हुनुपर्ने गणराज्यहरू आफूखुसी भाषा तथा जातीयताका आधारमा स्वायत्त प्रदेशहरू घोषणा भइरहेका छन् ।
एकात्मक वा केन्द्रीकृत राज्य व्यवस्थाका विपरीत प्रणालीको राज्य व्यवस्थालाई सङ्घीयता भनिन्छ । सङ्घीयता अनिवार्य राजनीतिक प्रणाली नभएर वैकल्पिक प्रणाली हो । कुनै पनि मुलुकलाई सङ्घीयतामा जानुपर्ने केही कारण हुन्छन् ।
-पृथक् हुन लागेका राज्यहरूलाई बलियो र राष्ट्रिय एकता सुदृढ गर्नका लागि,
-उपनिवेशबाट स्वतन्त्र भई सङ्घात्मक प्रणालीमा जानका लागि अङ्ग्रेजहरूको दासताबट मुक्त भई भारत स्वतन्त्र भएपछि सबै राज्यलाई एकसूत्रमा गाँस्न त्यहाँ सङ्घीय प्रणाली अपनाइयो । विशालता र विविधताका कारण एउटै केन्द्रीय सरकारबाट राज्य संरचना गर्न असम्भव भएकाले भारतलाई सङ्घीयतामा जानु आवश्यक र उचित थियो । तर पनि संधिवासभाबाट संविधान लेखिँदै गर्दा धर्म र जातको नामले हिन्दुस्तानबाट पाकिस्तान अलग भयो । पछि गएर भाषाको नामले पाकिस्तानबाट पनि पूर्वी पाकिस्तान अलग भई बंगलादेशको जन्म भयो । सङ्घीयताको नाममा भारत अझै पनि स्वायत्त गणराज्यहरूमा विभाजित हुँदैछ । बंगालबाट गोरखाल्यान्ड र आन्ध्रप्रदेशबाट तेलङ्गाना स्वायत्त राज्य बन्नका लागि भइरहेको सङ्घर्ष सबैभन्दा पछिल्लो उदाहरण हो ।
ससाना राज्य रजौटालाई सङ्घात्मक प्रणालीमा ल्याई एउटै शक्तिशाली राष्ट्र बनाउनक लागि । वि. सं. १८०१ देखि १८२६ को अवधिम आजको नेपाल अनेक ससाना राज्यमा विभाजित थियो । पृथ्वीनारायण शाहले यी विभाजित ससाना बाइसी-चौबिसी राज्यहरूलाई जित्दै आएपछि एउटा बलियो राष्ट्र बन्नका लागि वास्तवमा त्यसबेला सङ्घीयतामा जान सुहाउँथ्यो होला । तर जितिएका सबै राज्यलाई मिलाउँदा पनि एउटा थोरै जनसङ्ख्या भएको सानो मुलुक हुन आएको र कहीँ, कतै, कसैबाट पनि सङ्घीय प्रणालीमा जाने आवाज उठेन । तसर्थ नेपाल नामबाट एकीकरण भएको मुलुकमा एकात्मक राज्य व्यवस्था अपनाइयो ।
जम्मा एक लाख ४७ हजार १८१ वर्ग किमि क्षेत्रफल भएको र तीन करोड जनसङ्ख्या पनि ननाघेको प्राकृतिक सम्पदा र सौन्दर्यको खानी, 'सानो सुन्दर हुन्छ' को उदाहरण स्वरूपको समाज, आपसी भाइचारा-सद्भावना र राष्ट्रिय एकता भएको अद्भुत नमुना थियो नेपाल । वास्तवमा यहाँ विकासको गति अवरूद्ध भएको बाइसे-चौबिसे राज्य एकीकरण भएकाले होइन । यहाँ विद्यमान उत्पीडित, जनजाति, दलित र तराई मधेसलगायतका बासिन्दाले राष्ट्रको माथिल्लो निकायमा समान सहभागिताबाट वञ्चित रहनुपरेको अनुभवले हो । सानो मुलुक भएकाले केन्द्रीकृत राज्य प्रणालीम विकेन्द्रीकरणको माध्यमबाटै केन्द्रदेखि गाउँस्तरसम्मको सबै राजनीतिक निकायमा जनसहभागिता गराई अधिकार प्रत्यायोजनको सिद्धान्त अनुसार इमानदारीसाथ कार्यान्वयन गरिएको खण्डमा जनताको जीवनस्तर उकास्न र देशको विकास गर्न सकिन्छ । विगतमा यही नीति अपनाइएको पनि हो तर राष्ट्रको स्रोत, साधन र शक्तिमा स्थानीय जनतालाई सक्रिय सहभागी नबनाई मुलुकको विकास सम्भव छैन भन्नेतर्फ कसैको चेत खुलेन । एकात्मक राज्यसत्ताको हालीमुहालीमा जुन वर्ग र चरित्र हावी भयो उनीहरूको बेइमानी, कमी कमजोरीका कारण यस प्रणालीले सफलता हासिल गर्न सकेन ।
एकात्मक शासन प्रणालीबाट सङ्घीयतमा गएका इथियोपिया, नाइजेरिया तथा रुसलगायतका मुलुकमा एकात्मक अवस्थामा रहँदा जुन आर्थिक प्रगति थियो सङ्घीयतामा गएपछि सबै समाप्त भएका छन् । तसर्थ, देशको भूगोल, जनसङ्ख्या, भौगोलिक तथा आर्थिक स्थिति, स्रोत साधन आदिलाई राष्ट्रिय दृष्टिकोणबाट हेर्दा अहिले सङ्घीयतामा नगए बिगि्रहाल्ने केही देखिँदैन । गलत तरिकाले सङ्घीयतामा जाने प्रक्रियाको थालनीले समस्यामाथि समस्या थपिँदैछन्, बिग्रने कुराहरू मात्र हुन लागेका छन् ।
सङ्घीयताको अवधारणा अनुरूप विचार गर्दा नेपाललाई सङ्घीय स्वरूपमा लैजानुको कारण शत्रुको आक्रमणबाट बच्न र उपनिवेशबाट स्वतन्त्र भएकाले होइन, छरिएर रहेका स्वतन्त्र राज्यलाई मिलाएर एउटा सङ्घराष्ट्र बनाउनका लागि होइन, विविधता र विशालताका कारण एउटै केन्द्रित सरकारबाट राज्य संरचना गर्न असम्भव भएर होइन र एकात्मक राज्य व्यवस्थामा राजतन्त्र हुनैपर्ने कारणले पनि होइन । यहाँ देखापरेका समस्या भनेको आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद विद्यमान रहनु, राज्यको आर्थिक साधन र स्रोतमाथि सम्पूर्ण नागरिकको समान हक स्थापित हनु नसक्नु, जनता र सरकारबीच दुरी बढ्दै जानु आदि हुन् । यति कारणले मात्र भइरहेको एकात्मक शासन प्रणालीलाई भत्काएर एकाएक सङ्घीयतामा जानु सङ्घीयताकै अवधारणा विपरीत हुन लागेको देखिन्छ ।
तसर्थ, जुनसुकै प्रणाली अपनाए पनि त्यसमा जनता सार्वभौम भएको पूर्ण लोकतान्त्रिक गुण सुनिश्चित गरिएको हुनुपर्दछ । एकात्मकलाई राजतन्त्रसँग जोडेर र सङ्घात्मकलाई गणतन्त्रसँग गाँसेर जनतामाझ भ्रम फैलाइदिन हुँदैन । कुनै पनि राजनीतिक व्यवस्था मुलुकको धरातलीय यथार्थमा उभिएको हुन्छ । अवैज्ञानिक र मनोगत आधारमा कुनै पनि व्यवस्थालाई जबर्जस्ती जनतामाथि थोपर्न हुँदैन । त्यसैले जनताको भविष्यसित सरोकार राख्ने विषयमा जनताबीच प्रशस्त छलफल र बहसबाट वा जनमत सङ्ग्रहमार्फत निर्णय गरिनुपर्छ भनिन्छ भने त्यस्तो कुरालाई अन्यथा भन्न सकिँदैन ।

Jun 26, 2010

प्ले–ब्वाई रोनाल्डो

'ऊ कामुक छ र लाखौं महिला ऊप्रति पागल छन्। मलाई पनि कुनै बेला उसलाई आँखा झिम्क्याऊँ जस्तो लाग्छ,' बुल्गेरियाको 'प्ले–ब्वाई' पत्रिकाको प्रथम पृष्ठमा छाएकी मोडल डानियला आर्नटले विश्वका महँगा खेलाडी क्रिस्टियानो रोनाल्डोबारे एकपल्ट भनेकी थिइन्। बुल्गेरियाका नामुद खेलाडी डिमिटेर बेर्बाटोभकी प्रेमिका डानियलाले कुनै बेला आफूलाई धोका दिने प्रेमीलाई तह लगाउन क्रिस्टियानो रोनाल्डोसँग प्रेमको नाटक मञ्चन गरेकी थिइन्। उनको प्रेमसम्बन्ध बेर्बाटोभसँग त्यति लामो टिक्न त सकेन। तर, रोनाल्डोसँगको प्रेम सम्बन्धका कारण उनी चर्चित बन्न पुगिन्। क्रिस्टियानो रोनाल्डो फुटबलमा आफ्नो गजबको शैलीका कारण मात्र परिचित छैनन्। उनको छवि अहिले विश्वकै नम्बर १ 'प्ले–ब्वाई' का रूपमा स्थापित भइसकेको छ। सन् २००८ का यी फिफा वर्ष खेलाडी दक्षिण अफ्रिकामा आयोजना भइरहेको विश्वकप फुटबलको सबैभन्दा ठूलो हट–केक हुन्। उनलाई हेर्न मात्र रंगशालामा गजबको घुइँचो लाग्ने गर्छ। हलिउडकी चर्चित नायिका पेरिस हिल्टन र किम कार्डासिनसँगको सम्बन्धले उनलाई यो विश्वकपमा थप चर्चामा ल्याएको छ। यही वर्षमात्र १० वटा 'गर्लफ्रेन्ड' बदलिसकेका रोनाल्डोका पछाडि अहिले संसारका सबै मिडिया लागेका छन्। लुगा बदलेझैं 'गर्लफ्रेन्ड' फेर्न सक्ने खुबी भएका रोनाल्डोको हर्कत क्यामरामा कैद गर्न चौबीसै घन्टा खुफिया फोटोग्राफर उनलाई पछ्याइरहेका हुन्छन्।
अन्तर्राष्ट्रिय फुटबलमा ख्याति कमाएपनि उनको कामुक व्यवहारलाई लिएर केही मिडिया अनुसन्धानमा भिडेका छन्। पोर्चुगलको फुन्चाल सहरदेखि उत्तरमा पर्ने सान्तो आन्तोनियो गाउँमा जन्मेका रोनाल्डोको नाम क्रिस्टियानो रोनाल्डो रहनुमा फिल्मी प्रभाव मिसिएको छ। उनका बाबु जोजे डिनिस आभेइरो स्थानीय नगरपालिकामा मालीको काम गर्थे। उनी अमेरिकाका पूर्व राष्ट्रपति तथा हलिउड स्टार रोनाल्ड रेगनका 'फ्यान' थिए। त्यसैले उनले रेगनको प्रभावका कारण छोराको नाम रोनाल्डो राखे। रोनाल्डोकी आमा भात पकाउने काम गर्थिन्। र, सानोमा यी दुवै जोडी काममा निस्कने कारण रोनाल्डो आफ्ना २ दिदी इल्मा र लिलियाना कातिया तथा दाजु हुगोसँग खेल्दै हुर्केका थिए।
राम्रो र मायालाग्दो अनुहार भएका कारण सानैदेखि उनी आफ्नो बस्तीमा सबैका प्रिय थिए। आठ वर्षको उमेरमा उनी स्थानीय एमेच्योर क्लब आन्डोरिन्हामा आबद्ध भइसकेका थिए, जुन क्लबमा उनका बाबु पिउनको काम गर्थे। सन् २००३ मा विश्वको महँगो क्लबमध्येको एक म्यानचेस्टर युनाइटेडले १ करोड २३ लाख पाउन्ड खर्चेर १८ वर्षे रोनाल्डोलाई क्लबमा आबद्ध गर्दा धेरैले क्लबका व्यवस्थापक सर एलेक्स फेर्गुसनको खुलेर आलोचना गरेका थिए। उनले त्यतिबेला बेलायतकै चर्चित अनुहार डेभिड बेक्ह्यामलाई बेच्दै विश्व फुटबलमै नाम नसुनेका रोनाल्डोलाई अनुबन्धित गर्ने निर्णय गरेका थिए। म्यानचेस्टरमा आबद्ध हुनु अघिसम्म देशको राष्ट्रिय टोलीमा समावेश भइसकेका थिएनन् रोनाल्डो। तर, फेर्गुसनले त्यतिबेला रोनाल्डोलाई महँगो रकम तिरेर म्यानचेस्टर क्लब भत्र्याउने जोखिम मात्र मोलेनन्, म्यानचेस्टरमा विशेष मानिने चर्चित ७ नम्बर जर्सीसमेत प्रदान गरे। यसअघि यो जर्सी विश्वचर्चित खेलाडी जर्ज वेस्ट, ब्रायन रोब्सन, एरिक क्यान्टोना र डेभिड बेक्ह्यामले लगाउँदै आएका थिए। रोनाल्डोले १ वर्षभित्रै फेर्गुसनको त्यो निर्णयलाई सही सावित पनि गरे। ५ वर्ष म्यानचेस्टरबाट व्यावसायिक फुटबल खेल्ने क्रममा रोनाल्डोले अन्तर्राष्ट्रियस्तरमै आफ्नो प्रतिष्ठा स्थापित गरे। तर यति नै बेला विभिन्न महिलासँगको उनको सम्बन्धले विश्वकै मिडिया तात्यो। म्यानचेस्टरमै आबद्ध रहँदा सन् २००७ मा ब्राजिलकी २४ वर्षे वेश्या जुलियाना बालट्रयुस्चसँगको यौन सम्बन्धका कारण पहिलो पल्ट रोनाल्डो नराम्रोसँग उदांगिए। इङलिस प्रिमियर लिगअन्तर्गत टोटेनह्यामसँगको खेल १–० ले जितेपछि आफ्नो ३० लाख पाउन्ड पर्ने घरमा अर्का खेलाडी नानी र एन्डर्सनसँगै यौन क्रियामा संलग्न रोनाल्डोका विषयमा स्थानीय पत्रिकामै खबर छापियो।
म्यानचेस्टमा आबद्ध रहँदा रोनाल्डो सबभन्दा बढी कसैसँग डराउँथे भने ती क्लबका व्यवस्थापक, गुरु फेर्गुसनसँग। त्यसैले उनले आफ्नो यौन क्रियाकलाप सार्वजनिक हुने डरले यो विषय गोप्य राख्न जुलियानालाई अनुरोधसमेत गरेका थिए। तर, जुलियानाले अनियन्त्रित यौन सम्पर्क गर्न खप्पिस रोनाल्डोको पोल स्थानीय एक पत्रिकामा अन्तर्वार्ता नै दिएर खोलिदिइन्। त्यसपछि रोनाल्डोको पोल एकएक गर्दै खुल्यो। ब्राजिली फुटबल खेलाडी मारियो जार्डेलकी मोडल दिदी जोर्डाना जार्डेल, स्पेनको चर्चित टेलिभिजन प्रस्तोता मार्चे रोमेरो र मोडल लुरा फ्राइन र क्रिस्टिना कार्लोस हुँदै बेलायती नायिका जेमा आट्किन्सनसँगको सम्बन्ध उजागर भएपछि उनी मैदानभित्र मात्र होइन, बाहिरसमेत चर्चित हुन पुगे।
सन् २००३ मा अपरिचित खेलाडीका रूपमा इङल्यान्ड प्रवेश गर्दा उनलाई क्लबका व्यवस्थापक फेर्गुसनले पहिलो प्रश्न सोधेका थिए, ...कुन जर्सी लगाउन चाहन्छौ?' त्यतिबेला रोनाल्डोको उत्तर थियो, २३ नम्बर। तर, फेर्गुसनले उनको प्रतिभा पहिचान गर्दै ७ नम्बर जर्सी दिएका थिए। म्यानचेस्टरले बेक्ह्यामलाई बेच्दा त्यतिबेला बेलायती मिडियाले फेर्गुसनको निर्णयलाई ...महँगो भुल' भनेका थिए। र, बेक्ह्यामको पदस्थापन हुन नसक्ने बताएका थिए। तर, रोनाल्डोले केही वर्षभित्रै यी सबै भनाइलाई गलत सावित त गरे, तर सन् २००८ सम्म आइपुग्दा उनी मैदानभित्र भन्दा बाहिरी कुराले मिडियामा बढी छाउन थालेपछि फेर्गुसन असन्तुष्ट देखिन्थे। आट्किन्सनसँग सम्बन्ध प्रगाढ रहेकै बेला उनी नेरेइदा गालार्डोलाई समेत पछ्याइरहेका थिए। फेर्गुसनले उत्कृष्ट फर्ममा रहेका रोनाल्डोलाई सन् २००८ मा बेच्ने निर्णय गर्नुका पछाडि पनि महिलासँगको उनको अनावश्यक हिमचिम थियो। तर, फेर्गुसनले ५ वर्षअघि पोर्चुगलको स्पोर्टिङ क्लबबाट उठाएर ल्याएका रोनाल्डोलाई ५ करोड ४० लाख पाउन्डमा स्पेनको रियल म्याड्रिड क्लबलाई बेच्दै राम्रो दाम असुले। हल्यान्डका चर्चित स्ट्राइकर जोहान क्रुफले एकपल्ट रोनाल्डोका विषयमा भनेका थिए, 'उनी म्यानचेस्टर युनाइटेडमा आबद्ध जर्ज वेस्ट र डेनिस लभन्दा उत्कृष्ट खेलाडी हुन्।' रोनाल्डो हाल रियल म्याड्रिडबाट साताको १२ लाख पाउन्ड पारिश्रमिक लिएर खेल्छन्।
१५ वर्षको उमेरमा मुटुमा समस्या देखिएपछि रोनाल्डोको खेल जीवन त्यतिबेलै समाप्त हुने ठानिएको थियो। त्यतिबेला उनी पोर्चुगलको स्पोर्टिङ क्लबमा आबद्ध थिए। लेजरबाट उनको शल्यक्रिया गर्ने मुटुमा रहेको खराबी हटाएपछि बिहान अस्पताल भर्ना भएका रोनाल्डो दिउँसै डिस्चार्ज भएका थिए। त्यसको केही दिनपछि नै उनी अभ्यासमा फर्किसकेका थिए। १६ वर्षको उमेरमा सबभन्दा पहिले लिभरपुलका तत्कालीन प्रशिक्षक गेरार्ड होउलियरले उनीमाथि आँखा गाडे पनि उनले त्यतिबेला रोनाल्डो अझै फुच्चे रहेको भन्दै केही वर्ष पर्खिने सोच बनाएका थिए। पछि फेर्गुसनले अप्रत्याशित रूपमा उनलाई अनुबन्ध गरेपछि होउलियर जिल्लिए।रियल म्याड्रिडसँगको अनुबन्धका कारण २ वर्षदेखि म्याड्रिडमा समय बिताइरहेका रोनाल्डो अहिले खेलभन्दा बढी ग्ल्यामरका कारण स्पेनमा चर्चित छन्। हरेक दिन कुनै केटीसँगको सम्बन्धलाई लिएर उनी समाचारको विषय बन्छन्। गत वर्षमात्र उनी ४ जना हाइप्रोफाइल केटीसँगको सम्बन्धका कारण स्पेनमा चर्चित बने। पोर्चुगाली टेलिभिजन प्रस्तोता क्यारोलिना प्याट्रोसिनियो, त्यसपछि स्पेनी मोडल नेरेइदा गालार्डो, युक्रेनकी एलेना खेइनिस र पोर्चुगलकै मेर्चे रोमिरोसँगको सम्बन्धका कारण उनलाई स्पेनको मात्र होइन, संसारको ठूलो मिडियाले पछ्याउन थालेका छन्। म्याड्रिडमा अनुबन्धित भएपछि पहिलो पल्ट उनलाई परिचय गराउने कार्यक्रममा उपस्थित ८० हजार दर्शकले स्वागत गर्दा नै उनी स्पेनमा कति लोकप्रिय छन् भन्ने प्रष्ट भइसकेको छ। उनका लागि घरेलु बेर्नाबाउ रंगशालामा जम्मा भएको त्यो भीड २५ वर्षअगाडि अर्जेन्टिनाका डिएगो म्याराडोना इटालीको नेपोली क्लबमा आबद्ध हुँदा उनलाई पहिलो पल्ट हेर्न क्लबमा उपस्थित ७५ हजार इटालियन दर्शकभन्दा बढी थियो।
सन् २००६ को विश्वकपमा रोनाल्डो उत्कृष्ट युवा खेलाडीको पहिलो दाबेदार खेलाडी थिए। तर, इङल्यान्डका वायनी रुनीलाई अनावश्यक रातो कार्ड दिलाउन रेफ्रीलाई बात लगाएको भन्दै इङल्यान्डका थुप्रै समर्थकले अनलाइन भोटिङमा विरोध जनाएपछि रोनाल्डो यो अवसरबाट चुके। यो पुरस्कारबाट जर्मनीका लुकास पोडोलस्की सम्मानित भए। यसपालिको विश्वकपमा रोनाल्डोको खेललाई सबैले सराहना गरेका छन्। तर, उनको प्ले–ब्वाई छविले अन्तिम समय कुनै धोका पाउने त होइन? उनका समर्थकमा शंका छँदैछ।

Jun 25, 2010

सेलिब्रेटीहरुको 'सेक्स रहस्य'

कला र सीपको अदभूत प्रदर्शनका कारण करोडौं फ्यानहरुको आदर्शपात्र बन्न सफल सेलिब्रेटीहरुको जीवनका कैयौं आयामहरु यस्ता पनि छन् जो तपाइँले कल्पना गरेभन्दा फरक छन्। विश्व रंगमञ्चको माध्यमद्वारा विश्व नै हल्लाउने त्यस्ता व्यक्तिहरुको निजी जीवन पर्दामा देखिने आदर्श पात्रको जस्तै छैन। यौन मानवजीवनको आधारभूत आवश्यकता भैकन पनि सार्वजनिक जीवन बिताउनेहरुको जीवन कस्तो हुनुपर्छ भन्ने विषय सधैँ विवादको घेरामा छ। सेलिब्रेटीहरु समाजका गहनाको रुपमा ख्याती पाइसकेपछि फ्यानहरुले उनीहरुको जीवनको हरेक पाटोको जानकारी लिन चाहि रहेका हुन्छन्। उनीहरुलाई नजिकबाट हेरिरहेका हुन्छन्। यस वर्षको एग्जिट म्याजिनको कभर पृष्ठको लागि रुजी हन्टिङटन ह्विटलेले आफ्नो स्तन देखिने दृष्य दिँदैछिन्। त्यसो त उनलाई धेरै फ्यानहरुले स्तन प्रदर्शन गर्न रुचाउने नायिकाको रुपमा चिन्न थालिसकेका छन्। 'ट्रान्सफर्मर ३' चलचित्रबाट मेगान फक्सलाई बिस्थापित गराएकी नायिका रुजीले आफूलाई कसरी वस्तुहरुलाई उत्साहित गर्न सकिन्छ भन्ने जानकारी भएको समेत बताएकी छिन्। हालैमात्र चर्चित गायिका भेनिसा कार्लटनले आफू द्विलिङ्गिय भएको घोषणा गरेकी छन्। गएको शनिवार एक कार्यक्रममा बोल्दै उनले सो तथ्य सार्वजनिक गरेकी हुन्।'मैले यो कुरा कहिले व्यक्त गरिँन तर म गौरवशाली द्विलिङ्गी हुँ', करिब १८ हजार दर्शकहरुको माझमा प्रभावशाली पियानोबाधक जोशीलो पाराले भनिन्। गएको अप्रिल महिनामा यसैगरि आफै द्विलिङ्गीय रहस्य बारेमा बोलेकी थिइन्। "ट्रु ब्लड स्टार" एन्ना पक्विनको शैलीलाई अंगाल्दै कार्लटनले यसो गरेकी हुन्। पछिल्लो समयमा विभिन्न संगीतकर्मीहरुले पनि आफ्नो लिङ्गिय पहिचानको बारेमा खुलेर बताउन थालेका छन्। मार्च महिनामा चर्चित रकस्टार रिक्की मार्टिनले आफु गे भएको बताएका थिए भने मे महिनामा चेली राइटले लेस्विएन भएको स्वीकारेकी थिइन्।

Jun 22, 2010

होशियार लिम्बुवान !!

दिलेन्द्र कुमार तुम्बाहाङफे
जब सम्म लिम्बुवान पुनःस्थापना हुँदैन तब सम्म राजतन्त्रको अन्त्यसंगै मुक्तिको आभास लिन सकिदैन । त्यसैले महाराजाहरुले श्रीपेच छाडेर बहिर्गमन भए भनेर कहिल्यै ढुक्क भएर बस्न मिल्दैन तर फेरी पनि राजतन्त्रको आगमन हुन्छ भन्या चाहि होइन । तर सामान्तबादका दलालहरु एक पछि अर्को छोटे राजाको रुपमा श्रीपेच बीनाको नाइकेहरु पनि चीसो ओतको नागमणि र्सप भन्दा कम बिषालु हुँदैनन् । जसले हामीलाई प्रत्यक्ष वा परोक्ष रुपमा निरन्तर उपेक्षा र उत्पीडनमा पारेर डसेकै हुन्छन् । एक किसिमले यी जातहरु एकात्मक उत्पादन प्रणाली अन्तरगत पर्दछन् । अहिले यो प्रणालीलाई कसरी नष्ट गर्न सकिन्छ भन्ने समग्र आदिबासी जनजाति,दलित र मधेसीहरुको टाउको दुखाईको मुख्य बिषय बनेको छ । एकात्मक सामान्ति निरंकुश राज्य प्रणाली परिजीबीको प्रतिक हो । जसमा बितण्डता र कुतृत्यको संजाल रहेको हुन्छ । नेपालमा बर्गीय बिभेद भन्दा पनि जातीय बिभेद बिधामान छ । यी अधिनायकबादी तथा सामान्ति दलालहरुले गैरजातिहरुलाई दमन शोषण गर्दै लोपोन्मुख गराएर आफ्नो जातित्वलाई फैलाउदै महाकाली देखि पूर्वसम्म पुरयाए । यर्थाथ पृथ्बीनारायण शाहले लिम्बुहरुलाई नमासिने जाति भनेर दिएको उपनामले पुष्टि गर्दछ । आज पूर्व जानुहोस या महाकाली यीनैको अनुहारले ढाकेको हुन्छ । शिक्षा,स्वाथ्य,न्याय,उधोग,कलकारखाना र ब्यापार सबैमा एकल जातिको हैकम छ । यो फैलिएको जातीय संजाल ज्यामितीय अनुपातमा क्षेत्री १५.८ प्रतिशत,बाहुन १२.७४ प्रतिशत भन्दा माथी उग्ररुपले बढी रहेको छ । जनसंख्याको गणना नै संघीय ढांचाको परिभाषा दिएर १.५८ प्रतिशत लिम्बुहरुको जनसंख्या देखाउदै अहिले हाम्रो राज्य पाउन पनि जातीय घनत्वको कमीले लिम्बुवान पूर्वको नौ वटा जील्लाहरुलाई दिन नमिल्ने दाबी गर्न पनि पछि छैनन् । लिम्बुहरुको भूमी लिम्बुहरुले नै निर्णय गर्ने हो कि गैरजातिहरुले गर्न पाउने ? यो गैरजीम्मेवारी अधिकार कस्ले दियो ? मैले यहा गैरजाति भनेर औंल्याएको छु किनभने जसले जातिको सवाल उठाएर लिम्बुवानको अस्तित्व नामेट पार्न खोजीएको छ भने दोषी उपर औंला ठड्याउन जरुर छ कि छैन ? अर्कोतिर मैले बाहुनबादको बढी चर्चा गर्दा साम्प्रदायीकताको प्रश्न उठाएर जाति माथीको अपमान गर्न खोज्या चाही होइन तर भबिश्यमा घट्नसक्ने ठूलै दुर्भाग्यबाट बच्न आपसी कमी कमजोरीहरुलाई बर्तमान देखि नै समिक्षा गर्न आबश्यक छ की छैंन भन्ने प्रश्न सम्म मात्र हो । गत महिना हिमाल पत्रिकामा बाहुनको नाक काटिन्छ आलो रगत चाटिन्छ भनेर पाचथरतिर लिम्बुहरुले नारा लगाउदा त्यहाका बासिन्दाहरु मुख खोल्न पनि सक्या छैनन् भनेर लेखेको थियो भने मैले केवल बास्तबिकता यस्तो हुदैछ है मात्र भन्न खोजेको हुँ । पुस्तौं पूस्ता भुटानमा जमेर बसी सकेका लाखौ नेपालीहरु धोती न टोपी लखेटीएका दुखान्त ब्यथा नर्बिसन्दै दुइसय बर्ष पहिले देखी मेघालयमा बस्दै आएका नेपालीहरु पनि बीस जनाको हत्यासंगै लखेटिनुले नेपालमा जातीययुद्ध हुनसक्दैन भन्न पटक्कै मिल्दैन । लिम्बुवान स्वाभाबैले मिश्रति समाजमा आधारीत छ । यदी जातीय दंगा भएमा एकतिहाई जनसंख्या पूर्णरुपमा बिस्थापित हुनेछन् । जस्तो हाल किर्गिस्तानमा जातीय हिंसाले पाचलाख भन्दा बढी बिस्थापित भई सकेका छन् भने महिना दिनमै दुइ हजार जना भन्दा बढीको ज्यान गइसकेको छ । अहिले बिशेष गरेर लिम्बुवान दिंदैमा गैर जातिहरु भागरे भाग हुने डरले भोक र प्यास समेत बिर्सेर बसेका छन् । जुन कतै त्यसको शिकार नजिक त छैनौं अगुल्टाले हिर्काएको कूकूर बिजूली चम्किन्दा तर्सिन्छ भने झै आत्तिनु पर्ने होइन तर लिम्बुवान नदिएमा चाहि र्सबनाशको दिन आउदैन भन्न सकिन्न । तर जुद्धेर होइन जुटेर लिम्बुवानको आन्दोलनमा सबै जातिहरुलाई सहभागीता गराउने र राज्य पुनःस्थापना पश्चात सबै जातिहरुलाई राज्यको हेरक अवसरहरुमा समान अधिकार पाउनेगरी समेटिने भनिएको छ यसरी सरल सहज कदम पछि सरेर पनि माग पूरा भएन भने त्यसको परिणाम लिम्बुवान राज्यभरि जालो फिजाएर बसेका अधिपत्य माथी बिस्फोटनको खतरा होला कि नहोला ? हुन त बाहुन क्षेत्रीहरु लिम्बुवानको केन्द्रिय स्तरसम्मको कार्यकर्ताहरु पनि परिचालित छन् । तर एक दुइ जनाको प्रबेश भयो भन्दैमा बिश्वास्त हुनु हाम्रो सोझोपनको फाइदा पनि त लिन सक्छन् केन्द्रबाट छारो हाल्नलाई गुप्तचर पनि त बनाउन सक्छन् यदी सबै लिम्बुवानबासीहरु लिम्बुहरुको जस्तै राज्यको सार्बभौम रक्षाप्रति गम्भीर,पुनःस्थापनाको सवालमा कठोर प्रतिबद्धता,राज्यप्रतिको प्रेम र अन्तरआत्मा देखी नै गहिरो भावना र बिचारको नाडी छाम्न चुनाबको मैदानमा जादा बल्ल परिणमा फेला पर्दछ । माथी भनि सकेको छु लिम्बुवानको पृथक सामाजीक मिश्रणले गर्दा फोरमले मधेशबाट सोरसार पारेर सिट ल्याए झै लिम्बुवानलाई सम्झीनु भएन । त्यसैले लिम्बुवान प्राप्तिको एउटै बिधि हो आन्दोलन, यो शान्तिपूर्ण पनि हुन सक्छ या सशस्त्र पनि हुन सक्छ । बारम्बार लिम्बुवान जातीय घनत्वको आधारमा होइन । अब आफनो ऐतिहासिक पृष्ठभूमी लिम्बुवान फिर्ता हुनु पर्दछ भनिएको छ । लिम्बुवानमा रहेका दर्जनौ जातिहरुलाई भाग बण्डा लगाएर दर्जनौ राज्य बनाउन मिल्दैन । अनपेक्षित भार राज्यले थेग्न सक्दैन भने अर्कोतिर ती सबै आफैले राज्य संचालन त परै जाओस तर अनुभूती गर्न सम्म पनि सक्दैनन् । निचोड के हो त भने न्युनतम आधारभूत आत्मनिर्भरमा राजनीतिक,आर्थिक र धरातलीय बनोटको वजन इत्यादी कुराहरुको गहिरो अध्ययन र बिश्लेषण गर्नु् पर्दछ । तर साम्प्रादायिक रक्तपात निम्त्याउने नियतको खेल मात्रै हुदैछ । त्यसैले लिम्बुवान शान्तिपपूर्ण ढंगले सहजै पुनःस्थापना होला जस्तो लाग्दैन । एक त दिनानु दिन थपिन्दै गरेको लिम्बुवानमा सुरक्षाकर्मीहरुको क्याम्प स्थापना र तत्कालीन बिश्वपरिबेशलाई हेर्दा पनि थाइल्याण्ड र थोर बहुत लिम्बुवान प्रति सकरात्मक देखिने हाम्रै सामुन्ने माओबादी आन्दोलनले पाठ दिई सकेको छ । उस्को बाह्रबुंदे समझदारी बहुदलीय तथा संसदीय प्रणाली भएर जानुले उस्को दुष्कर्म प्रारम्भ भयो । अब यस्तै रहे बिश्व कम्युनिस्टको प्रभाब,लोकप्रियता र उद्गमतालार्इ समेत धरासायी बनाउन खोजी रहेको छ । दक्षिण पूर्बी एसियामा एकाइसौं शताब्दीको एक कालखण्डमा देखा परेको चम्किलो तारा परन्तु उल्का झै बिलाएर जाने त होइन भन्ने भबिश्यबाणी गर्न सकिन्छ । कुनै बखत बिश्व पूजीबादसंग टक्कर लिने बिस्तारबादसंग सुरुङ्गी खबरदारी गर्न पनि पछि नहट्ने क्रान्तिकारी कमरेडहरु यथास्तीथिबादी चौतारीमा बिश्राम लिएर नया नेपालको मुहार कल्पि बसेका छन् । फिलिपिन्स,भेइतनाम,कम्बोडीया युद्धहरुमा साम्राज्यबादको हजारौ हजार टनको टन बम बर्षाले सखाप पारीए तर नेपालमा भने बिदेशी हस्तक्षेप नभए पनि जस्तो सुकै राजनीतिक क्रान्ति पनि आखिर बाहुनबादमा आएर टुङ्गगीनु अर्थ पूर्णमान्न जरुर छैन अब । फेरी लिम्बुवानमा दलहरुको नकरात्मक दृष्टिगोचर, आत्मनिर्णयको अधिकार,सीमांकनमा गिद्धे दृष्टि जस्ता थुप्रै झमेलाहरु यथावत छदैछ । यी सबै कुराहरुलाई पन्छाएर एक मुष्ट सिङ्गो लिम्बुवान प्राप्ति चान्चुने कुरा होइन । अहिले खुल्लेआम रुपमा फेरी पनि हिन्दू राज्यको घोषणा र बाहुनबादी राज्यसत्ताको संस्कार एकाधिकारको पेवा बनाउन कोशिस हुदैछ । त्यसैले अब शासकीय प्रणाली,शक्तिको बाडफाड र राज्य पुनःसंरचनाको सवालमा थुप्रै चुनौति र बिसंगतिहरु भोली एक्कासी एकैसाथ तेर्सीएर आउने छन् । त्यसैले प्रतिकारको लागी पूर्व तयारी हुदै लिम्बुवानलाई हिंसात्मक आधीबेहरीले नबढारे सम्म लिम्बुवानले पूर्णता पाउन सक्दैन । शान्तिपूर्ण आन्दोलन सार्थक बन्न सक्दैन । किनभने जसरी हुन्छ देशमा अशान्ति मच्चाएर शैक्षिक,आर्थिक,राजनीतिक असन्तुलन र बिकासबाट पछि धकेलेर एकलौटी सत्ता लिप्सामा रमाउने । धर्मनिरपेक्षताको बदर गर्दै हिन्दू धर्मको पुनत्थान गर्ने,राष्ट्रको ढुकुटी शेषै दोहन गर्दै चरण लापारबाही गर्ने जब ढुकुटी टाट पल्टन्छ तब दाना पानी पनि टुट्छ अनि राष्ट्र पनि कंगाल हुन्छ तब जुम्राले लाशलाई छाडे झै छाडेर बिदेशी हस्तक्षेपको आहारामा असफल राष्ट्र फंयाकी दिएर काशींतिर कुलेलम ठोक्नु पनि बेर छैनन् ।

विश्वकप बीचमै छाड्ने खेलाडी

जोहानेसवर्ग,फ्रान्सका प्रमुख स्ट्राइकर निकोलस एनेल्कालाई आइतबार फ्रान्सको फुटबल सङ्घले टिमबाट निष्काशित गरेको छ । यद्यपि विश्वकपको समयमा कुनै खेलाडीले बीचमै टिम छाडेको यो पहिलो घटना होइन ।
सिग्मन्ड हारिन्गर
(जर्मनी, सन् १९७४)
जर्मनीका डिफेन्डर सिग्मन्ड हारिन्गर अनुमतिबिना रेल्वे प्लेटर्फममा सुन्तला खाएको आरोपमा टिमबाट निकालिएका थिए । उनले तेस्रो स्थानका लागि प्लेअफ खेल खेल्न पाएनन् । यद्यपि जर्मन फुटबल सङ्घले भने सो आरोपको खण्डन गर्दै उनी बिरामी भएकाले टिममा नराखिएको वक्तव्य दिएको थियो ।
इर्नस्ट जिन जोसेफ
(हाइटी, सन् १९७४)
इटालीसँग ३-१ ले हारेपछि हाइटीका इर्नस्ट जिन जोसेफ डोपिङ परीक्षणमा असफल भएका थिए । त्यसपछि उनलाई टिमबाट निकालियो ।
विली जोन्सटन
(स्कटल्यान्ड, सन् १९७८)
समूह चरणमा पेरुविरुद्धको खेलमा स्कटल्यान्डका विन्गर विली जोन्सटन पनि प्रतिबन्धित औषधि सेवन गरेकोमा दोषी पाइयो । त्यसपछि उनले टिममा स्थान पाउन सकेनन् ।
युली स्टेन
(पश्चिम जर्मनी, सन् १९८६)
पश्चिम जर्मनीका प्रशिक्षक फ्रेन्च बेकेनबाउरमाथि छिँटाकसी गरेपछि गोलरक्षक युली स्टेनलाई तुरुन्तै घर फर्काइएको थियो । प्रशिक्षक बेकेनबाउरलाई टिमको ठट्टाको पात्र भन्नु नै उनको ठूलो गल्ती बन्यो ।
स्टेफन इफेनवर्ग
(जर्मनी, सन् १९९४)
दक्षिण कोरियाविरुद्ध जितेको खेलमा स्थानापन्न हुँदा दर्शकदीर्घामा रहेका समर्थकमाथि अश्लील सङ्केत गरेपछि स्टेफन इफेनवर्गले त्यसको ठूलो मूल्य चुकाउनुपर्‍यो । त्यसपछि जर्मनीको टिमले मिडफिल्डर इफेनवर्गलाई टिमबाट बर्खास्त गरेको थियो ।
डिएगो म्याराडोना
(अर्जेन्टिना, सन् १९९४)
सन् १९९४ मा कप्तान डिएगो म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप फुटबल प्रतियोगिताको उपाधि दिलाउने अपेक्षा गरिएको थियो तर महान् फुटबल खेलाडी म्याराडोनाले प्रतियोगिता बीचमै त्याग्न बाध्य बने । समूह चरणमा नाइजेरियाविरुद्धको खेलमा प्रतिबन्धित औषधि प्रयोग गरेकोमा दोषी बनेपछि म्याराडोना फुटबल खेल्नबाट प्रतिबन्धित भए ।
रोय किन
(आयरल्यान्ड, सन् २००२)
आयरल्यान्डका कप्तान रोय किनले प्रशिक्षक माइक म्याककार्थीसँगको विवादले टिम छाडेका थिए । किनले प्रशिक्षण सुविधाको विषयमा अन्तर्वार्ता दिएपछि खेलाडी किन र प्रशिक्षक म्याककार्थीको विवाद भएको थियो ।
निकोलस एनेल्का
(फ्रान्स, सन् २०१०)
फ्रान्सको फुटबल सङ्घले शनिबार निकोलस एनेल्कालाई प्रशिक्षक रेमन्ड डोमिनिचलाई अपमान गरेको र त्यसपछि माफी माग्न तयार नभएको भन्दै टिमबाट निष्काशित गरेको छ । मेक्सिकोसँग बिहीबार २-० ले हारेको खेलमा चेल्सीका स्ट्राइकर एनेल्काले प्रशिक्षक डोमिनिचलाई अपशब्द प्रयोग गरेका थिए ।

Jun 20, 2010

लिम्बुवान एकताको पहल र यसका चुनौतिहरु

छवि सङबाङफे, लिलिमहाङ
जनआन्दोलन २०६२/६३ को सफलतासँगै लिम्बुवान आन्दोलन अमूर्त रहन सकेन । छोटो समयको भावनात्मक वेगबाट आन्दोलनले संक्रमणात्मकरुप लियो । त्यसलाई नेतृत्वगर्ने नेताहरु राजनीतिकरुपले अपरिपक्क त छँदै थिए तापनि अनिकालको तितेफापर भनिए जसरी जनताले साथदिएका हुन । लिम्बुवानी विरासतले ओतप्रोत भएका यूवाहरुले आन्दोलनलाई वलिदानिपूर्ण क्रान्तिको चरणसम्म विकास गरे, त्यसलाई दमन गर्नसक्ने साहस नेपाल सरकारसँग थिएन । अन्ततः २०६४ श्रावण २२ गतेबाट शुरुभएको लिम्बुवान आन्दोलन स्थगनगरि वार्तामा आउन सरकारले ३ दिनपछि श्रावण २४ गतेका दिन वार्ताकालागि पत्र पठायो । तर, त्यतिबेलैदेखि लिम्बुवानको नेतृत्व अमुर्तरुपले विभाजन भैसकेको थियो । संघीय लिम्बुवान राज्य परिषद र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दुवैको अध्यक्षकोरुपमा सञ्जुहाङ पालुङवा रहेता पनि उनले संयोजनकारी भूमिका खेल्न नसकेको कारण मञ्च अर्न्तर्गत रहेका पदाधिकारी र कार्यकर्ताहरु आन्दोलनबाट हुने उपलब्धिका जसहरु मञ्चको पोल्टामा पार्न चाहन्थे । ठूला राजनीतिक दल परित्यागगरि पहिचान र अधिकारको लागि संघर्ष गर्न संघीय लिम्बुवान राज्य परिषदमा प्रवेस गरेका नेताहरु आन्दोलनको नेतृत्व र परिणाम मञ्च र परिषद दुवैको साझेदारिमा हुनुपर्ने अडानमा थिए । यी आन्तरिक झमेलामा उसबेलै संगठन जाकिएको थियो । त्यसको सहजनिकास संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई राजनीतिक पार्टीकोरुपमा दर्जगरेर त्यस अर्न्तर्गतको राज्यस्तरीय पार्टीकोरुपमा परिषदहरुलाई परिभाषित गरी देशव्यापिरुपमा स्वायत्तता प्राप्तिको आन्दोलन संचालन गरिएको भए सायद यतिबेला आदिवासी जनजातिहरुले नेतृत्व गरेको पार्टी मुलुककै शक्तिशाली राजनीतिक पार्टीकोरुपमा बिकास भैसक्ने थियो । मानव अधिकारको पूर्णप्रत्याभूति आफ्नो ऐतिहासिक पृष्ठभूमिमा पहिचानसहितको अधिकार सृजना हुने राजनैतिक प्रणाली वा व्यवस्था नै लिम्बुवानवासी जनताले खोजेका हुन् । लिम्बुवानलाई नेपालको सीमानाबाट अलग्याएर छुट्टै राज्य बनाउने सोच नत आन्दोलनकारीहरुको थियो नत संगठनको नै तर सत्ताधारी लगायत नियतले नै भ्रमको खेतीगर्ने दल र व्यक्तिहरुबाट लिम्बुवान टुक्र्याउन आन्दोलन गरिंदै छ भनेर बिनासित्तिको निराधार बकवासहरु प्रशस्तै गरियो । सरकारले वार्तामा बोलाईसकेपछि वार्ता कसरी सामना गर्नुपर्छ भन्ने विषयसँग नै नेतृत्वतह अनभिज्ञ थियो । पालुङवा आर्थिक विपन्नताले संकटग्रस्त भएकाले उनी जतिबेला पनि अर्थउपार्जनका दृष्टिले आशक्त भएका अभिव्यक्तिहरु व्यक्त गर्दथे भने लिङदेन महत्वकांक्षी र राजनीतिकरुपमा अपरिपक्व भएकाले राजनीतिक निर्णय गर्न सक्षम थिएनन् । तर्सथ मिति २०६४ साल श्रावण २८ गतेका दिन सरकारले वार्तामा बोलाएपछि संघीय लिम्बुवान राज्य परिषदले आफ्नो संगठनको तर्फबाट एउटा वार्ताटोली बनायो भने कुमार लिङदेनले पनि मञ्चको तर्फबाट आफ्नो नेतृत्वको वार्ताटोली बनाए । वास्तवमा एउटै मोर्चाबाट उठेको आन्दोलनको उपलब्धि ग्रहण गर्न त्यसरी छुट्टाछुट्टै वार्ताटोली बनाउनु कुनै औचित्य थिएन र त्यो विभाजनदेखि नै संगठनलाई संयोजन गर्ने काम भएको भए आज यो दुर्दसा भोग्नुपर्ने अवस्था आउने थिएन ।
वार्ताको प्रारम्भ सकारात्मकरुपमा अगाडि बढिरहेको भएता पनि आन्दोलनकारी शक्तिहरुमा देखिएको विभाजित मनोविज्ञानले गर्दा सत्ताधारीहरु आफ्नो पल्ला बलियो बनाउन सफल भए । पहिचान सहितको अधिकारका लागि नेपालमा पहिलोपल्ट उठेको लिम्बुवान आन्दोलन ऐतिहासिकरुपमा सफल हुँदाहुदै पनि त्यसलाई सुरक्षित अवतरण गराउन नसक्नु पालुङवा र लिङदेनको महत्वकांक्षा र प्रलोभनप्रति आशक्तता नै प्रमुख कारण हो । यसका साथै भावनात्मक आधारबाट उठेको राजनीतिक माहौललाई राजनीतिकरुपमा रुपान्तरण गर्नुको सट्टा एकले अर्कोलाई नसिध्याएसम्म संगठनमा आफ्नो वर्चश्व रहन नसक्ने आकलनगरि पालुङवा र लिङदेन अवान्छित गुटवन्दिमा लाग्नु नै विभाजनका मुख्यकारणहरु हुन् । राजनीतिक लक्ष्य र उद्देश्य प्राप्त गर्न संगठित कुनैपनि पार्टी तथा संगठनले वैचारिक र सैद्धान्तिक मार्गदर्शन अवलम्वन गर्नु पर्दछ । राजनीतिक मार्गदर्शन विनाको पार्टी नत लक्ष्य प्राप्त गर्न नै सक्छ नत दीर्घजीवि नै हुन्छ । कार्यक्रमिकरुपमा अगाडि बढेको पार्टी निश्चित कार्यक्रम सकिएपछि स्वतः विर्सजन हुन पुग्दछ । अहिले लिम्बुवानजन्य राजनीतिक संगठनहरुलाई यहि दशाले घेरेको छ । लिम्बुवान र नेपाल सरकारवीच भएको वार्तालाई निष्कर्षको विन्दुमा पुर्‍याउन नसक्नुमा पनि राजनैतिक मार्गदर्शन अनिश्चित हुनु हो । किनभने राजनीतिक प्रणालीका स्वरुप र कार्यक्रम वैचारिक तथा सैद्धान्तिक मार्गदर्शनले मार्गप्रशस्त गर्दछ र त्यसको अभावमा गरिने राजनीतिक कार्यक्रम र योजनाहरु हावाको लड्डुजस्तै मात्र हुनजान्छ । यसका लागि पनि जनताको सर्वोपरि हितलाई आफ्नो कर्तव्य ठानि विचार र सिद्धान्तले लैस भएको नेता हुनु पर्दछ । तर, अचानक लिम्बुवान आन्दोलनले चिठ्ठाको भरमा पाएका नेतृत्व सञ्जुहाङ र कुमार लिङदेनमा त्यस्तो गुण र क्षमता छैन । उनीहरु वैचारिक र सैद्धान्तिकरुपमा त दरिद्र छँदै थिए, त्यसमाथि पनि पद, प्रतिष्ठा र पैसामा अत्यान्त लोभी भएको कारणले पनि संगठनको शक्तिलाई आफ्नो पकडमा पारिराख्न दुवै चाहन्थे । त्यसकारण पनि उनीहरु वार्तालाई सहजतापूर्वक टुंग्याएर लिम्बुवानलाई सरल राजनीतिक निकास दिन चाहँदैनथे । वार्ताबाट लिम्बुवानको राजनीतिक सम्वोधन भएमा आफु अयोग्य भएकै कारणले त्यसको कार्यान्वयन प्रक्रियाबाट अलग भईने डरले उनीहरुलाई सताएको हुनसक्छ । यीनै कमजोरीहरु थाहा पाएपछि सरकारले छलफलका लागि लिम्बुवानका शिर्षनेताहरुसँग अनौपचारिक वार्ता गर्न चासो लियो र २०६४ भाद्र १४ गतेका दिन सिंहदरवारस्थित शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष सञ्जुहाङ पालुङवा, तामाङसालिङ स्वायत्त राज्य परिषदका अध्यक्ष डि.के.बुद्धिष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कमल छाराहाङ, संघीय लोकतानित्रक राष्ट्रिय मञ्चका महासचिव कुमार लिङदेनले शिर्षनेताकोरुपमा वार्तामा बसेका थिए र त्यसै पल्ट वार्ता भङ्ग भयो । नेतृत्वको ध्रुविकरण ति ब्र हुँदैगएपछि आन्दोलनलाई निरन्तरता दिन संगठन असक्षम भयो । त्यसवीचमा आफ्नो गुट लिएर कुमार लिङदेन विभिन्न राजनीतिक शक्तिहरुसँग मोर्चा र सहकार्य गर्न थाले भने सञ्जुहाङ त्यसले केनै नाप्न सक्दोरहेछ भनि घरमै बसेर कुर्ने काम गर्न थाले । मिति २०६३ फगुन १८ देखि २० गते सम्पन्न लिम्बुवानको राष्ट्रिय राजनैतिक सम्मेलनमा कुमार लिङदेनले परिषदको कुनैपनि पदको उमेरद्वारी नदिएपछि उनलाई केन्द्रीय कार्यसमितिको बैठकबाट मनोनयन गरेर केन्द्रीय सदस्य बनाईएको थियो । त्यसकारण पनि संगठनमा उनको निर्णायक भूमिका नभएकोले उनी आफ्नो भूमिका निर्णायक बनाउन संगठन कसरी हुन्छ फुटाउनका लागि दाउपेच हेरिरहेका थिए । त्यसलाई संयोजनकारी भूमिकाबाट व्यवस्थापन गर्नको सट्टा सञ्जुहाङले घाउमा नूनचुक र्छर्नेभन्दा अर्को काम गरेनन् । अन्ततः त्यसकै परिणति थियो लिम्बुवान विभाजन जसले गर्दा संयुक्त अवस्थामै रहेको बखत सरकारसँग वार्ता बस्ने स्थिति बनेन र छुट्टाछुट्टै आन्दोलन गर्नुपर्‍यो ।
लिम्बुवान आन्दोलनले २ वटा शहीद प्राप्त गरिसकेको छ । आज तीनै शहीदहरुलाई पनि आ-आफ्नो पक्षमा दावि विरोध गर्ने प्रवृत्ति हावीहुँदै गएको छ । आफ्नो पक्षमा शहीद पार्नसके त्यसले आफ्नो राजनीति माथि उठाउथ्यो भन्ने सोचबाट लिङदेन ओतप्रोत छन् भने सञ्जुहाङ पनि आफ्नो कार्यकर्ताको पहलले लिङदेनको त्यो सोचलाई खरानी बनाईदेओस भन्ने चाहन्छन् । तर, उनीसँग अहिले त्यस्ता कार्यकर्ता छैनन् केवल लाठेमुङ्ग्रे, व्यभिचारी, घुषखोरी र चन्दावादी बाहेक । आजसम्मका लिम्बुवान प्राप्तिका राजनैतिक यात्राहरुमा संगालिएका अनुभवहरुलाई विश्लेषण र संस्लेषणगर्दै जाँदा धेरै ठूलो राजनीतिक सुजबुझ, चरित्र र सँस्कारका खाडलहरु भेटिएका छन् । त्यसलाई यथावत् नै राखेर जाने हो भने विना उपलब्धि नै यो यात्राको गन्तव्य अन्त्य हुने सम्भावना छ । तर, लिम्बुवानवासी जनताहरु जो यूगौंदेखि राजनीतिक, आर्थिक, सामाजिक, लैंगिक, धार्मिक, भाषिक तथा साँस्कृतिक उत्पीडनबाट गुज्रिरहेका छन् उनीहरु र्इमान्दार नेता र आफ्नो हकअधिकार मुखरित गर्ने राजनैतिक संस्थाको खोजिमा छन् । त्यसका लागि लिम्बुवानको नाममा धोका, स्वार्थ र वेइमानिको राजनीति गर्नेहरुको पहिचान गरी तीनिहरुलाई सदाका लागि समाप्त नगरेसम्म जनताले अन्यौलपूर्ण अवस्थाबाट गुज्रनु पर्ने छ । अहिले राज्यसत्तामा पहुँच भएका दलहरु प्रायः सबै, नेपाललाई एकात्मक राज्य प्रणालीमै कायम राख्नका लागि जोरजुलुम गरिरहेका छन् । कतै अब बन्ने संविधानले संघीयता दिए पनि नाम मात्रको संघीयता हुने निशिचत छ जहाँ पहिचान सहितको अधिकार प्रत्याभूति गरिने छैन । तसर्थ यी सबै राजनीतिक परिस्थितिहरु बुझेर लिम्बुवान चाहने सबै राजनीतिक पार्टी शक्तिहरु एक नभएमा आत्मरतिको राजनीतिभन्दा अर्को केहि हुने छैन । यो कुरालाई मधयनजर गरेर विगत केहिदिनबाट लिम्बुवानमा एकताका पहलहरु शुरु भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च हुँदै संघीय लिम्बुवान राज्य परिषदबाट टुक्रिएका संगठनहरु एकीकृत हुने सहमतिमा आएका छन् । त्यसलाई परिणामुखि बनाउनका लागि धेरै चुनौतिहरु सामना गर्नु छ । केहि विभाजनकारी मान्छेहरु एकताको पहल भइरहेको बेला त्यो वातावरणलाई भाँड्नका लागि फेरि पनि सक्रिय भइरहेको अवस्था पनि छ । लिम्बुवानको राजनीतिमा छिरेका बेरोजगार जमातहरु दलालीप्रक्रियाबाट राजनीतिक रोजगारी सृजना गर्न गुट र फुटलाई नै उपयुक्त वातावरण सम्झन्छन् र पार्टी एक भएमा आफु त्यस अवसरबाट बञ्चित हुने ठानेर फुटाउन जोड दिईराख्दछन् । यी नियतिहरुबाट हामी अलग हुन सकिरहेका छैनौ । त्यसकै परिणामस्वरुप अहिले लिम्बुवान एकताको विपक्षमा विषबमन शुरु भएको छ । लिम्बुवान स्वायत्तताको सुनिश्चितता र पहिचान सहितको राजनैतिक अधिकारका लागि संर्घषरत सबै शक्ति तथा व्यक्तिहरु एकताको अभियानलाई सफल पार्न एकढिक्का भएर लाग्नु पर्दछ अनिमात्र कुनै शक्तिद्वारा संचालित स्वार्थी तत्वहरुलाई परास्त गर्न सकिने छ । जय लिम्बुवान !
(लेखक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रवक्ता हुन)

Jun 16, 2010

नेपाली साहित्यमा डायस्पोरा कार्यपत्रको टिप्पणी

प्रदीप कन्दङ्वा (लिम्बु)
Your load is heavy
He is very heavy
Just because he is your brother
Your brother are your pogroms (यहुदि बिरुद्ध गरिएको नरसंहार)
When you reach the doorsteps of your friends
Starts your diaspora
माथि उल्लेखित कविताका पङ्तीहरु एकजना टर्किस कवि इस्मेत ओजेलले लेखेका हुन । मात्रै यहुदी हुनुको अन्तरंग पिडा र त्यसको हृदयविदारक अनुभुती । इजरायलबाट अपदस्त भइसकेपछि जाने दोस्रो देश नभेट्टाएको एक यहुदीको आत्माकथा । जसले आफ्नै साथिको आँगनमा पुग्दा आफूलाई डायस्पोरा अनुभव गर्दछ । या उसको डायस्पोरिक जीवन त्यहींबाट सुर हुन्छ । त्यो कविताको पात्र हो ।आज चिन्ता डायस्पोरा शब्दको अर्थउपर केन्द्रित भएको छ । अर्थात हामीलाई डायस्पोरा भन्न हुन्छ कि हुँदैन । त्यसनिम्ति मनग्यै उदाहरण र परिभाषाहरु कार्यपत्रमा उल्लेख भएका छन् । कार्यपत्रको दलिल छ, जसले आफ्नो नेपाली परिचय गुमाएको छैन, प्राविधिक रुपमा होस या भावनात्मक रुपमा उसलाई कसैगरी डायस्पोरा भन्न मिल्दैन । उसलाई तत् तत् स्थान या देशको नेपाली भनिनुपर्दछ । जस्तै हङकङेली नेपाली, अमेरिकन नेपाली, या बेलायती नेपाली आदी । आज हामीलाई नेपाली डायस्पोरा भनिएकोमा कार्यपत्रको अर्थ र उदेश्य निहित छ । हङकङेली नेपाली, अमेरिकन नेपाली या अरु त्यस्तै नेपालीहरुको साहित्य कस्तो छ र हुनुपर्ने यो चिन्ताको निम्ति अरु कुनै कार्यपत्र कुर्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । डायस्पोराको अवधारणा अर्न्तर्गत कार्यपत्र प्रस्तोताले ६ वटा अवधारणा पेश गरेको मध्ये अन्तिमचाँहि अवधारणा अन्तर्गतको बोरामा सबै देश बाहिर बस्ने नेपाली या जो सुकै पनि खाँदिएको अनुभुत गर्न सकिन्छ । डायस्पोराको अवधारणा अन्तर्गतको उक्त बुँदाले भन्छ, खासगरी एउटै मुलुक या समान संस्कृति भएका मानिसहरुको अन्यत्रतिरको छरपस्टाई या फैलावट । यो बुँदाले देश बाहिर रहेकाहरुको कुनै हिसाबले बर्गिकरण गरेको छैन । डायस्पोराका चारवटा किसिमहरु उदाहरणको निम्ति प्रस्तुत गरिएका छन् । यो किसिमको लिस्ट अरु धेरै लामो हुनसक्ने कुरा प्रति कार्यपत्र प्रस्तोता र हामी स्वयम अनविज्ञ छैनौ जस्तो लागेको छ । नेपाली डायस्पोरा अन्तर्गतको खन्डमा बर्मामा रहेका नेपालीहरुउपर एउटा प्रश्नचिन्ह उभिएको छ । के उनीहरु नेपाल फर्कन चाहान्छन् ? यो प्रश्नको आधारमा उनीहरुलाई नेपाली डायस्पोरा भन्न हुन्छ या हुँदैन यो कुरा कार्यपत्रमा स्पष्ट छैन । तर संकेत छ, त्यो के भने हामी उनीहरुलाई चिन्दैनौ । उनिहरु बर्मेली भइसके तसर्थ त्यहाँ नेपाली डायस्पोरा छैन । त्यस्तै भुटानी नेपालीहरु जो आज जिउ ज्यान लगाएर भुटान फर्कन खोजीरहेको छ । उनीहरुको पनि उल्लेख छ तर उनीहरुलाई के भनिनु पर्दछ यो बिषयमा कार्यपत्र मौन छ । त्यस्तै भारतिय नेपालीहरु, उनीहरु आफलाई भारतिय नेपाली भन्न रचाउँछन् नेपाली डायस्पोरा होइन तर डायस्पोरा शब्दको अर्थभित्र उनीहरु पर्छन् कि पर्दैनन् यस विषयमा पनि कार्यपत्र मौन रहेको छ । अब इन्द्रबहादर रार्इ र गोविन्दराज भट्टरार्इ लगायतकाहरुको दृष्टान्तबाट बुझ्न सकिन्छ कि माथी उल्लेखित तिनै देशका नेपालीहरुलाई नेपाली डायस्पोरा भन्न नहुने जिकिर कार्यपत्र प्रस्तोताको रहेको छ । तर दुर्इ बर्षे करारमा अरब गएको एउटा नेपाली र माथी उल्लेखित तिन देशमा रहेका नेपालीहरुको स्थितिलाई एउटै चस्माले हेरीदिंदा आज नेपाली डायस्पोरा कतै पनी नरहेको कार्यपत्र प्रस्तोताको ठहर बुझ्नमा आएको छ । फेरी बुझनपर्ने अर्को करा के पनि छ भने समान मुलुक र समान संस्कृति भएकाहरुको छरपस्र्टाईलाई आधार मान्दा नेपालीहरुको आँशिंक डायस्पोरा रहेको मान्न सकिन्छ, कार्यपत्र भन्दछ तर त्यो आँशिक भनिएको डायस्पोरा कुन हो ? त्यो कार्यपत्र भन्दैन । एकप्रकारको मानसिक उल्झन पैदा गर्न पर्याप्त भइदिन्छ कार्यपत्र । यी केहि मात्र दृष्टान्तहरु जो कार्यपत्रको अभिष्टसंग अन्तर्घुलित हुनसकेको छैन । यस्ता अरु दृष्टान्तहरुलाई यहीं छाडिराखेर म अब आफ्नै केहि बिचारहरु राख्न गइरहेको छ । डायस्पोरा शब्दको अर्थको होइन तर डायस्पोरा शब्दको प्रचलनभने छैंठौ शताब्दितिर यहुदी समुदायको छरपस्टाइबाटनै सुरु भएको कुरामा कतै बिमति नरहेको जगजाहेर छ । तर अंग्रेजी भाषामा सर्बप्रथम चौधौं शताब्दितिरमात्र यो शब्दले प्रसस्ति पाएको दृष्टान्तहरु पाइएको छ । आइरिस फेमिन जसलाई हामी भन्दछौं, त्यही घटनाबाट छरपस्टिएका आइरिसहरुलाई सम्बोधन गर्न र्सबप्रथम यो शब्द प्रयोग गरिएको थियो । जो देशमा अनिकालले मच्चाएको तान्डव खप्न नसकेर अरु देशमा शरणार्थी हुन बाध्य भएका थिए । शब्द डायस्पोरालाई परिभाषित गर्ने क्रममा के पनि भनिएको छ भने, समान मुलुक र संस्कृति भएकाहरु जो जुनसकै कारणले देशबाहिर बसेको भएतापनि उ आफ्नो मुलुक फर्किन इच्छा राख्दछ र उसको मुलुकको कुनै पनि अर्थमूलक अस्तित्व बाँकिनै छ भने उसलाई डायस्पोरा भन्नुपर्दछ । यसरी हेर्दा फिजिका नेपालीहरु, अथवा मलेसियाका नेपालीहरुलाई डायस्पोरा भनिरहन आवश्यक छैन । जसलो आफ्नो परिचय त्यहाँको मूलप्रवाहमा मिलाइसक्यो र आफू नेपाली हुँ भन्ने कुरा भूलिसक्यो । यद्यपी कुनै दिन उसको इतिहाँसमा उसको मूलथलो नेपाल हो भन्ने कुरा उसले एक फिजियन या मलेसियन भएर पढ्न सक्छ जस्तो आज हामी हाम्रो मूलथलो खोज्दै जाँदा बेबिलोन सम्म पगेका छौं । तर बेबिलोनसंग हाम्रो इतिहास सम्बद्ध नाता मात्र छ । हामी त्यहाँ फर्कने कुरा कदाचित सोच्न सक्दैनौ । यसरी हामी अर्थात नेपालका आदिबासीहरु बेबिलोनको डायस्पोरा होइनौ । त्यसैगरी नेपालका आर्यनहरु पनि हिन्दुस्तान, मध्य एसिया या अरु कतैका डायस्पोरा होइनन् न त आज कोहि अमेरिकिले आफू युरोपको डायस्पोरा भएको सोच्दछ । यसरी उसको मुलुकसँगको नाता कुनै पनि अर्थमा टुटिसकेपछि मात्र उ त्यो देशको डायस्पोरा रहँदैन । मैले बुझेको डायस्पोराको परिभाषाले यसै भन्दछ । आफ्नो मुलुकबाट थातथालो छाडेर हिंडेको कोही पनि जो प्राविधिकरुपमासमेत आफ्नो मुलुकबाट लघारिएको छ भनेपनि उसको आफ्नो मुलुकसँगको साइनो टुटिसकेको भन्न सकिदैन तसर्थ आज नेपालको घर जग्गा बेचेर बेलायतमा घर किन्ने लाहुरे र हङकङमा आइडिमा आएको नेपालीबिच प्रबिधिक भिन्नतामात्र छ भावनात्मकरुमा उ नेपालसँग एकैप्रकारले अटुटरुपमा जोडिरहेकै छ । तर्सथ हामी डायस्पोरा नहुनुको प्रमाण हामीसंग भएको नेपाली नागरिकता र पासपोर्टमात्र पर्याप्त नहुनसक्दछ र डायस्पोरा हुनुको पछाडि हामीले हाम्रो मुलुकको नागरिकता गुमाउनुमात्र पनि पर्याप्त कारण नहुनसक्दछ । कार्यपत्रको शिर्षक नेपाली साहित्यमा डायस्पोरा रहेको भएता पनि यसको अभिष्टभने केबल हामीलाई डायस्पोरा भनिनु हुन्छ कि हुँदैन भन्ने कुरासम्ममात्र सिमित रहेकोले नेपाल बाहिर बस्ने नेपाली अर्थात डायस्पोरिक नेपाली साहित्यको चर्चा यहाँ सुहाउन सकेन ।
समाप्त

Jun 15, 2010

नेपाली साहित्यमा डायोस्पोराको टिप्पणी

किराँती भोगेन एक्ले
"नेपाली साहित्यमा डायोस्पोरा" शीर्षकमा प्रस्तुत सृजनशील अराजक अज्ञातको अलिक छोटो यो कार्यपत्र साहित्यिक ह्याड ओढेर आए पनि यसको सर्ट,पाइन्ट, स्याण्डो र बक्सर कट्टुलाई नियाल्दा यो साहित्यमा मात्र सीमित रहेको देखिन्न । यसले प्रस्टै साहित्यभित्र राजनीति देखेको छ र राजनीतिमा सहित्य लेखेको छ । विचार बोकेर साहित्य गर्ने र साहित्यमा विचार खोज्ने एक साहित्यकारले साहित्यभित्र साहित्यिक रजनीतिलाई छाम्नु अनि महसुस गर्नुलाई अस्वभाविक मान्नु स्वभाविक नहोला । यस अर्थ अज्ञातद्वारा यसभित्र इतर विषय र सन्दर्भहरू छोइएकोमा म सारमा सहमत छु । तथापि सृजनशील अराजक अज्ञातका यस कार्यपत्रभित्र रहेको रुप पक्षको एकाध विषयमा धेरथोर असहमति या थप भनाई या फरक बुझाई प्रकट नगरी सम्पूर्णमा सहमतिको ढोका खोल्न भने सकिन्न । तेसो र असहमति या थप भनाई या फरक बुझाई जे भने पनि केही तल उठाएको छु ।
१. नेपाली साहित्यमा डायोस्पोराको चर्काचर्की चल्नुमा अज्ञातले केही अर्थहरू खोज्दै एकठाउँ लेखेका छन्, "अहिलेको समयमा म नेपाली डायोस्पोराको गुन्जाइस देख्दिनँ तर यदि अन्य विद्वानहरूले विदेशमा लेखिने गरिएका नेपाली साहित्यलाई पहिचान गर्न सजिलोका लागि डायोस्पोरा शब्दलाई चलाऔँ भन्ने आग्रह गर्छन् भने यसमा मेरो सहमति हुनेछ ।" विद्वान मित्र अज्ञातको यो सहमतिमा म असहमतिको सुझाव पेस गर्न चाहन्छु । नेपाली डायोस्पोराको गुन्जाइस नदेख्दा नदेख्दै विदेशबाट लेखिने गरिएका नेपाली साहित्यको पहिचानको नाममा यो शब्दलाई चलाउन अज्ञात सहमत हुनु भनेको घुमाउरो गरी गुन्जाइस देख्नु पनि हो । यदि यो शब्द र यसको अर्थसंग नेपाली प्रवासीहरूको साइनो सम्वन्ध मिल्दैन भन्ने निर्क्यौल अज्ञातको हो भने यो शब्दलाई नचलाउने तिरै अज्ञात प्रतिवद्ध भएमा बैचारिक दलाली, तथा विरोधाभास नदेखिएला ।
२. अर्को एक प्रसंगमा केही उदारणकासाथ अज्ञातले विश्वभरि लेखिएका नेपाली साहित्यको गोलमटोल अध्ययनले विविध पृष्ठभूमिमा बनेका, बनाइएका ती साहित्यिक सृजनाको गम्भीर अध्ययन नहोला कि भन्ने चिन्ता जाहेर गर्दै नेपाली डायोस्पोरा कहलीन र कहलाउन खोज्ने देश र ब्यक्तिहरूको नामै किटेर उनीहरूलाई डायोस्पोराको राजनीतिक, साँस्कृतिक र साहित्यिक अर्थ र मूल्य ठीकसंग बुझिदिन अनूरोध गर्दै बडो सालिनताका साथ विशिष्ट शैलीमा हप्काएका छन् । हो पक्कै पनि नेपाल बाहिरबाट लेखिएका, लेखिन्ने साहित्यलाई नेपाली डायोस्पोराको एउटै बोरामा खाँदेर गुन्द्रुक बनाउनु न्यायसंगत हुन्न । नेपाल बाहिरको बेग्लाबेग्लै स्थान, देशबाट लेखिएका साहित्यको बेग्लाबेग्लै मर्म र गरिमा छन् । कलाकार, साहित्यकारको साइनो बेचेर र दुर्इचार ओटा डिग्री र डाक्टर झुण्ड्याएर ग्रीनकाडहरू च्यापी अमेरीका युरोप पलायन भएका संभ्रान्त नेपालीहरूको साहित्यिक गरिमा र भ्वाङ परेको आफ्नो गोजी टाल्ने सियो धागो खोज्दै ४५ डिग्रीको मरुभूमिमा पुगेको नेपालीहरूको साहित्यिक मर्ममा आकाश जमिनको अन्तर छ । बीर गुर्खा कोक्पाको बहादुरी भजाएर नाख घोग्राउँदै यो ढाडे बेरालुको मुलुकमा रुझेको मुसा सरी बाँचेका हामी सक्कली नक्कली नाती नातेनाहरूको साहित्य र अझै पनि बेलायत राज्यको असमान ब्यबहार भोग्दै अफ्गानीस्थान र इराकजस्ता युद्ध भूमिमा लडीरहेका गुर्खाहरूको साहित्यमा पनि तेस्तै भेद छ । यस्ता थुप्रै अरु थप होलान् र भोलि आउलान् । तेसैले यी फरक फरक भोगाइका सृजनाहरूलाई अज्ञातले भनेझैं फरक फरक राखेर हेरिनु पर्दछ तर यी थुप्रै देशका नेमप्लेटहरु हाम्रो गरिब राष्ट्रको गरिब विस्वविद्यालयले फरक फरक टाँस्न नसक्ला । हाम्रो प्रज्ञाप्रतिस्ठानले भोलि यतिधेरै प्रवाशको नेपाली साहित्य अध्ययनको निम्ति बेग्ला बेग्लै कोठा छुट्याउन नसक्ला । तेसो र हाम्रो पहिलो आग्रहचाहिँ एउटा कोठा र एउटा नेम प्लेटको नै हुनु पर्दछ । एत्ति हो भित्रका दराजहरू दामासाही भाग लगुन् ।
३. अब कार्यपत्रमा अज्ञातद्वारा प्रस्तुत डायोस्पोराको अवधारणा भित्र छिरौं । अन्तराष्ट्रिय डायोस्पोरामा यहूदी र अफ्रीकन डायोस्पोराको संक्षिप्त चर्चा गर्दै उनले आठौंदेखि छैठौं इसापूर्वको यहूदिहरूको निस्कासन यहूदी डायोस्पोरा र अफ्रीकाबाट यूरोप, एशिया र अमेरीकी माहाद्वीपमा पुर्याइएका काला जातिको वर्तमान स्थितिलाई अफ्रीकन डायोस्पोराको रुपमा अध्ययन गर्ने गरिएको छ भनेका छन् । र यसै आधारभूमिमा नेपाली डायोस्पोराको चर्चागर्ने क्रममा भनेका छन् । "एउटै मूलक या समान सँस्कृति भएका मानिसहरूको छरप्रस्टाइ या फैलावटलाई डायोस्पोराको आधार मान्दा भने वर्तमान समयमा नेपाली डायोस्पोराको अस्तित्व आंशिक रुपमा भएको मान्न सकिन्छ ।" यति भनेपछि, फेरि तेसको ठीक तल्लो लहरमा भने बर्मा, भारतको डार्जेलिङ, सिकिमलाई नेपाली डायोस्पोरा मान्न नसकिने तर्कसंकेत गर्दै लेखेका छन्, "कति विद्वानहरूले बर्मामा नेपाली डायोस्पोरा हुनसक्ने बताएका छन् तर हामी उनीहरूलाई चिन्दैनौं किनभने उनीहरू बर्मेली भैसके । भाषा, भेष र सँस्कृति बर्माकै लिई सके । बर्माका ती हाम्रा पूर्खाहरू के नेपाल र्फकन चाहन्छन् - नेपाली भाषा, भेष सँस्कृति बचाउने संकल्प गर्दा भुटानबाट नेपालीहरू धपाईए, हाम्रै आँगनमा शरणार्थी भई बसेका छन् । दार्जिलिङ र सिक्किमका नेपालीहरूको सर्न्दर्भ फेरि अर्कै छ । अंग्रेजहरूसितको सन्धि-सम्झौताले उनीहरू पारि रहे, हामी वारि रहृयौं । भारत अंग्रेजराजबाट मुक्त भएपछि टिष्टा-काँगडा नेपाललाई फिर्ता गर्नुपर्छ भन्ने विचारहरू पनि हामीबीच जिवितै छन् । दार्जिलिङ र सिक्किमतिरका नेपालीहरूले हामी नेपाली डायोस्पोरा हौं भन्दैनन्, उनीहरू भन्छन्- हामी भारतीय नेपाली हौं ।" यहाँनेर मैले बुझ्न नसकेको के हो भने सताप्दियौं पुरानो छरप्रस्टाइ हो यहूदीहरूको । तेस्तै पुरानो दाशताको इतिहास हो अफ्रीकनहरूको । वर्तमानमा त उनीहरू आफ्नै स्वामीको मुलुको स्वामी बनी सकेका छन् । ओबामाको श्रीमतीलाई अफ्रीकाले ससम्मान बोलाए सायदैमात्र जालान् । संस्कार, संस्कृति, भाषा आदि जता छन् उतैका लिसके उनीहरूको आफ्नो पुर्खौली राष्ट्रसंगको नाता सम्वन्ध भनेको अब खालि भावनासंग मात्र जोडिएको छ । यहूदीहरूको हकमा भने थोर बहुत राजनीति केही देश र नेताहरुले अझै गरिरहेका होलन् । तर आफ्नै देशबाट अनेत्र ओसारिएका अप्रिmकनहरूले भने त्यो कालो वर्णलाई आफ्नै स्थायी पहिचान बनाएका छन्, तेति हो । यस्तो अवस्था रहेको स्थितिमा पनि उनीहरूलाई अझै सम्बन्धित पुर्खौली राष्ट्रको डायोस्पोराको रुपमा अध्ययन गरिन्छ । भनेदेखिलाई करिब यस्तै अवस्थामा रहेको नेपाली मूलका बर्मेलीहरू, भुटानीहरू जो अझै अनुहारमा, बोलीमा नेपाली मूलका हुन भन्न सकिने धेरै अवस्था छ भने त्योभन्दा नजिक दर्जेलिङ र सिक्किमलगायतका नेपाली मूलका भारतीयहरू जो भाषा, संस्कार र संस्कृतिको हिसाबले नै अझै नेपाल र नेपालीको नजिक छ । उदारणमा हेर्ने हो भने नेपाली साहित्य, संगीतमा भारतीय नेपालीहरूको हिजोदेखि आजसम्मको भूमिका, गोर्खालेण्डको आन्दोलनमा नेपाली भेषभूषाको सांकेतिक प्रयोग आदि । हिजो काले बब मार्लीले बफेलो सोल्जर गाएजस्तै नौलाख तारा उदाए पनि पारिबाट घन्किएकै हो । तेश्रो आयामको एउटा आयामेली उतै छन् । पवन चाम्लिङ पनि बेलाबेला साहित्य बोकेर नेपाल आइरहन्छन् । भारतीय साहित्यकारहरूको मुर्ति यता उभिएको छ कि छैन मलाई थाहा भएन तर नेपाली साहितयकारहरूको मुर्ति उता दार्जेलिङतिर ठडिएको छ भन्ने सुनेको छु । प्रसान्त भारतको इन्डियन आइडल बन्छन् उनको आमाले नेपाली टोपी लगाई दिन्छन् । प्रचुर सम्भावनाको कुरा गर्ने हो भने, इनद्रबहादुर रार्इको पूर्णकदको प्रतिमा हामी यता बनाउँला नबनाउँला तर भोलि बैरागी काईंलाको मूर्त्ति उता डार्जेलिङको चौरस्तामा ससम्मान प्रतिस्थापन नहोला भन्न सकिन्न । यस्ता तथ्यहरू एकातिर र विद्वान मित्र अज्ञातजीको कार्यपत्रमा आएको खंदिलो अवधारणागत तर्क अर्कोतिरले दुविधाग्रस्त बनाएको छ । जे होस यो विषयको ब्याख्या र विश्लेषणको लागि भोलि अझै नया नया सफ्टवेरहरूको विकास गर्लान साहित्यिक सफ्टवेर निर्माण कम्पनीका सफ्टवेर इन्जिनियरहरूले । अराजक कवि तथा साहितयकार अज्ञातजी बाट पनि तेसको अपेक्षा राख्दछु ।
अब पुच्छारतिर । प्रस्तोता अज्ञातले कार्यपत्रको टुङ्ग्याउनीमा भनेका छन्, ".....हामीले हाम्रो नश्ल, सँस्कृति, भाषा र रीतिथिति बिर्सेर साहित्य लेखिरहेका छैनौं । तेसो र हाम्रो साहित्यलाई डायोस्पोराको आँखाले भन्दा साँस्कृतिक र जातीय समालोचनाको दिमागले अध्ययन-विश्लेषण गर्नु आवश्यक छ ।" यसो भन्नु भनेको सृजनशील अराजकीय आग्रह हो । उहाँहरूको हकमा यति पूर्ण होला तर सम्पूर्णमा अपूरो हुन सक्छ । तेसो र यसमा म थप आग्रह गर्न चाहन्छु । हामीले पर्देशबाट नश्ल, सँस्कृति, भाषा र रीतिथिति सम्झेर त साहित्य लेखिरहेका छौं नै संगै हामीले आफ्नो जायजेथा साहुलाई सुम्पेर मेनपावर कम्पनीहरुलाई बुझाएको रुपैयाँ पैसाको एकमुष्ट सावाँब्याजको हिसाब किताब पनि सम्झेर लेखिरहेका छौं । एउटा गरिब राष्ट्रबाट धनी र सम्पन्न देशमा ओसारिएर उत्तराधुनिक पुँजीवादको दास बन्दै चुत्थो दर्जाको अनागरिक बाँच्नु पर्दाको दर्द पनि सम्झीसम्झी लेखिरहेका छौं । कि कसो अज्ञातजी ? तेसो र हाम्रो साहित्यलाई अज्ञात कै शब्दमा, आजको जल्दोबल्दो भ्रान्ति डायोस्पोराको आँखाले भन्दा साँस्कृतिक, जातीय अनि संगसंगै वर्गीय समालोचनाको दिमागले अध्ययन-विश्लेषण गर्नु आवश्यक छ । मैले पछाडि जो यति थपें, तेसो त यो थप वर्ग विशेष साहित्यिक तथ्यबाट अज्ञात, अज्ञात त कहाँ छन् र । तर उनी सम्भवतः छोइ जान्ने नपरेर सुनी जान्ने, देखी जान्नेमात्रै परेकाले उनको यस बकपत्रमा त्यो नपरेको हो कि !। अन्तमा । अहिले अनेसासको काममा होस या एनआरएनको नाममा नेपाली डायोस्पोराको चर्चा गर्ने र गराउने केहीमा हातिको देखाउने र चपाउने दाँत बेग्लाबेग्लै भएजस्तो स्वीकार्न सकिन्छ । डायोस्पोराको चर्चा गर्नेमा गोविन्दराज भट्टरार्इ अगाडि होलान तर अरु पनि थुप्रै छन् जो उत्तराधुनिक्तामाथि लेखीरहेका छन् । जसरी हङकङलगायत धेरै प्रवासलाई नेपाली डायोस्पोराको रुपमा विकसित हुन नसकेको देख्नेमा हाङयुग एक्ला नहोलान् भन्दै यति थप भनौँ, यस कायपत्रभित्र उठाइएका विषय र सन्दर्भहरूलाई प्रस्तुत कर्ताले भविश्यमा अझै फराकिलो बनाउदै लाने नै छन् । शुभकामना ।

Jun 14, 2010

गोर्खा लिम्बुवान युद्ध र सन्धीका प्रभावहरु

छवि सङबाङफे "लिलिमहाङ"
बि.स.१८२६ मा गोर्खाली राजा पृथ्वी नारायण शाहले काठमाडौं उपत्याकाका मल्ल राजाहरु माथि विजय प्राप्त गरिसकेपछि १८२७ मा चौविसी राज्यहरुतर्फ आक्रमणको अभियान अगाडि बढाए । काजी बंशराज पाण्डे र केहरिसंह बस्न्यातको प्रमुख नेतृत्वमा गएको गोर्खाली फौजले लम्जुङ कास्की तनहुं लगायत स-साना राज्यहरुमाथि नियन्त्रण गर्दै अगाडि बढ्यो । सबै चौविसि राज्यहरु एकभएर संयुक्त रुपमा गोर्खाली फौजसँग सशक्त मुकाविला गरे । अन्त्यमा चौविसीहरुको संयुक्त शक्तिसँग गोर्खाली फौजको जोड चलेन । वि.स. १८२७ पुष ५ गतेको दिन सतहुंमा भएको भिषण युद्धमा गोर्खाली पक्षको ठूलो नोक्सान भै भागाभाग हुनु पर् यो । त्यसपछि पृथ्वी नारायण शाहले पश्चिमी अभियान स्थगित गरी पूर्वतर्फका विजयपुर र चौडण्डीका सेन राज्यहरुमाथि आक्रमण बढाए । यसैक्रममा बि.स.१८३० मा अमरिसंह थापा र रामकृष्ण कुंवरको नेतृत्वमा माझकिरात बिजयगरि कोशी पूर्वको बिजयपुर राज्यतर्फ आक्रमण गरे । १८३१ को वर्षादमा गोर्खाली सेनापति अभिमानिसंह बस्नेत र पारथ भण्डारीको प्रमुख नेतृत्वमा श्रावण महिनाको पहिलो हप्तामा हात्तीद्वारा कोशीनदी तरी बिजयपुर राज्यमाथि आक्रमण गरे । त्यसबेला सेन राजाहरुको मातहतमा बिजयपुर वरिपरिका स-साना राज्यहरु मात्र थिए र अन्य पल्लो किरात लिम्बुवान क्षेत्र १० वटा बेग्लाबेग्लै राज्यको रुपमा लिम्बू राजाहरुको अधिनमा थियो । बि.स.१८३१ श्रावण २ गते गोर्खाली फौजले अचानक बिजयपुरमाथि आक्रमण गरेपछि बिजयपरका राजा कर्ण सेन र चौतारा बुद्धिकर्ण राय भागि भारततर्फ छिरे । त्यसपछि दश लिम्बू राजाहरु एकजुट भै गोर्खाली सेनासँग संयुक्त रुपमा लडे । यसरी लड्ने क्रममा चैनपुरका जसमुखी राय छथरका सुनुहाङ राय चारखोलाका आशदेव रायले युद्धको घोषणा गरे । सभा र अरुण नदीको किनारमा लिम्बू फौजका सेनापति साङबोटे टेक्सापारे काङकोरे र काङसो रायले गोर्खाली फौजको कडा मुकाविला गरे । लिम्बुहरुको समर्थनमा सिक्किमका राजा फुचो नाम्ग्याल द्वितिय र चीनका प्रतिनिधि होसी तुम्याङले पनि हातहतियार तथा फौजी सहयोग गरे । फौजी आक्रमणमा गोर्खाली फौजको भारी नोक्सान भएपछि गोर्खाली सेनापति रघु रानाले लिम्बू सेनापति काङसो रायलाई मल्लयुद्ध गर्न लल्कार् यो । त्यसपछि बिना हातहतियार युद्धभूमीमा दुवैपक्षको सेना उपस्थित भै दुई सेनापतिको मल्लयुद्ध हेर्ने सहमति भएपछि युद्ध भयो । यसैक्रममा लिम्बू सेनापति काङसो रायले गोर्खाली सेनापति रघु रानालाई मारीदिए । उक्त सहमतिमा दुई सेनापतिका मल्लयुद्ध नै निर्णायक हुने भनिएता पनि गोर्खाली सेनाले षड्यन्त्रपूर्वक वालुवामा लुकाएर राखेको हतियार निकाली काङसो रायको हत्या गरिदिएपछि लिम्बू फौज पनि क्रुद्ध भै हतियार निकालि धोखेबाज गोर्खाली फौजलाई समाप्त गरिदिए । यसबाट पुनः गोर्खालीबाट आक्रमण हुनसक्ने सम्भावनालाई मध्यनजर गरी लिम्बू फौजले गोर्खाली सेना हिड्ने सबै बाटोहरुमा धराप थापे र नभन्दै गोर्खाली सेना आक्रमण गर्न आउंदा सयौंको संख्या धरापमापरि सखाप भए ।
यसरी एकातिर लिम्बुवान फौजले गोर्खाली सेनासँग कडा मुकाविला गरिरहेको अवस्था थियो भने अर्कातिर सिक्किम र चीनबाट पनि लिम्बू सेनालाई सैनिक र हातहतियार सहयोग पाईरहेको अवस्था थियो । यसो हुनाले गोर्खाली सेनाका लागि लिम्बुवान विजयको अभियान फलामको च्यूरा चपाउनु सरह नै भएको थियो । सिक्किमको दृष्टिकोण गोर्खाली फौजलाई धपाएर आफ्नो सीमा बिस्तार लिम्बुवानसम्म कायम गर्ने जस्ता पक्षहरु समेत विद्यमान रहेकाले गोर्खालीहरुले प्राप्त गरेको चौडण्डि र विजयपुर लगायतका सिमानाबाट आफू विस्थापित हुनसक्ने खतरापूर्ण स्थितिहरु मध्यनजर गरेर शान्तिपूर्ण कुटनीतिक प्रयासबाट लिम्बुवानलाई एकीकरण गर्नु नै उचित सम्झि गोर्खालीहरु त्यस प्रयत्नमा केन्द्रित भए । त्यसैक्रममा अभिमानिसंह बस्नेत पारथ भण्डारी कीर्ति सिंह खवास र बलि बानीयां आदिलाई दुत बनाई लिम्बू राजाहरुसँग वार्ता गर्न लिम्बुवानमा पठाईएको थियो । लिम्बुवानका दश राजाहरुमध्ये तीन राजाहरु चौविसका सुन राय पानथरका कुम राय र आठराईका जङ रायले सन्धी प्रस्ताव स्वीकारगरि बि। स। १८३१ श्रावण २२ गतेका दिन सन्धी गरे जसलाई १८३१ को लालमोहर भनिन्छ । त्यस लालमोहरमा लिम्बू र शाहबीचमा भैयादको नाता उल्लेख गरिएको छ । युद्धको बिषयमा हारजितको कुरा उल्लेख गरिएको छैन । लिम्बुवान राज्य हिजो तिमी लिम्बूहरुको भएता पनि हाम्रो प्रतापले त्यो हाम्रो भयो तिमीहरु पनि हाम्रै हौ र तिमीहरुको जहानको पिछा हामीहरुले गरि बक्सियौ भनिएको छ । यसको साथै हिजो तिमी लिम्बूहरुको जे जस्तो खायन पायन थियो ति सबै यथावत् र यो नीति पछिबाट मेरा शाखा सन्तानले खोसे नासेमा मानी पुजी ल्याएका देवी देवताले मेरो राजकाज भष्मभफ् गरोस् भनी बाचा बन्धन समेत गरिएको छ ।
यो ईतिहासलाई समिक्षा गर्दा के बुझ्न सकिन्छ भने गोर्खाली फौज लिम्बुवानको सीमा नाघेर पूर्वतर्फ बढ्न सैन्य कार्वाहीबाट पूर्ण त असम्भव नै थियो । यसकारण सन्धी प्रस्ताव अगाडि ल्याएको तथ्य प्रष्ट हुन आउंछ । गोर्खालीहरुको तर्फबाट खटिएको वार्ता टोलीले दश थुमका सवै राजाहरुलाई सन्धी प्रस्तावबाट आकर्षण गर्न सकेन र तीनजना राजाहरुसँग मात्र प्रथमपटक सन्धी गर्न पुग्यो । यसले के देखाउंछ भने अन्य सात राजाहरु वार्ताप्रति विश्वस्त थिएनन् किनभने रघु राना र काङसो रायको मल्ल युद्धबाट भएको धोकाले उनीहरु त्रसीत थिए । यसबाट वार्ताप्रति आकर्षण नभएका सात लिम्बु राजाहरुलाई लालमोहर सन्धीले आकर्षण गर्नुपर्ने आवश्यकता भएको कारणले पनि बि.स.१८३१ श्रावण २२ गतेको ताम्रपत्र समानान्तर सहअस्तित्व स्वीकारोक्तिका शब्दहरुले सम्बोधित द्विपक्षीय सन्धी देखिन्छ । त्यसपश्चात फेदाप मैवाखोला मेवाखोला र तम्मोरखोलाका लिम्बू राजाहरु क्रमशः आतहाङ राय श्रीदेव राय रैनिसंह राय र शुभवन्त रायहरुले लालमोहर सन्धीलाई समर्थन गरे । त्यसपछि सन्धी गर्ने अघिल्ला तीन राजाहरुलाई सरह अधिकार दिईयो । अन्य बाँकी तीनजना चैनपुरका जसमुखी राय छथरका सुनुहाङ राय चारखोलाका आशदेव रायहरुले सन्धी स्वीकार गरेनन् र उनीहरु सिक्किम पलायन भए । गोर्खा लिम्बुवान सन्धीमा सवै लिम्बू राजाहरुको समर्थन जुट्न नसकेको कारणले गर्दा गोर्खालीहरुमा मनोवैज्ञानिक भय समाप्त हुन सकेन । यसले गर्दा आफ्नो समर्थनमा आउने लिम्बु राजाहरुलाई नजिक र खुशी पारि राख्न गोर्खालीहरुले स्वशासकीय अधिकारका साथै आफ्नो सीमा सुरक्षाका लागि हातहतियार र सैनिक नेतृत्व समेत प्रदान गरेको देखिन्छ । पछिल्ला शासकहरुमा हिन्दुबाहुनहरुको तिब्रोत्तर प्रभावपरि लिम्बुवानको सन्धीलाई नविकरण गर्नेक्रममा क्रमशः स्वशासकीय अधिकार मात्र कटौटी गरेनन् लिम्बुवानको आर्थिक सामाजिक र सांस्कृतिक पक्षहरुलाई समेत बिस्थापित र निरुत्साहित गर्दै लगे । १९० वर्ष पछाडी बि.स.२०२१ सालमा आएर पृथ्वी नारायण शाहका दशौं पुस्ताका उत्तराधिकारी राजा महेन्द्रले लालमोहरको वलात अवहेलनागरि भूमिसुधार कार्यक्रम ल्याएर लिम्बूहरुको किपट नापीगरि कानूनी रुपमा गैरलिम्बुहरुलाई हस्तान्तरण गर्ने बाटो खुला गरिदिए । २०२८ सालमा उनको मृत्यू भएपछि ११ औं पुस्ताका राजा बीरेन्द्रले पनि आफ्नो पुख्र्यौली ईतिहासलाई अवलोकन नगरी बाबुकै कार्यक्रमलाई निरन्तरता दिए । लिम्बू र पृथ्वीनारायण शाहवीच सम्झौता भएको २२७ वर्ष पछाडी २०५८ साल जेठ १९ गते उनको राजकाज उत्तराधिकारी सहित वंशनास भयो र त्यसकै ५ वर्ष पछाडी २०६३ सालमा शाही राजकाज नै भष्मभफ् भयो । ईतिहासको यो घट्ना र बिकासक्रमले लिम्बुवानको सार्वभौम र स्वतन्त्र सहअस्तित्व पुनरावृत्ति र स्थापित हुने सवाल र सत्यलाई के अव वनारसी पाण्डाबाहुनहरुले रोक्न सक्लान ?
लेखक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रवक्ता हुन्

Jun 12, 2010

South Africa 2010 Match Schedule

Group - A

1. 11/06 16:00 - Johannesburg - JSC -South Africa - 1:1 - Mexico
2. 11/06 20:30 - cape Town - Uruguay - 0:0 - France
17. 16/06 20:30 - Tshwane/Pretoria - South Africa - Uruguay
18. 17/06 20:30 - Polokwane - France - Mexico
33. 22/06 16:00 - Rustenburg - Mexico -Uruguay
34. 22/06 16:00 - Mangaung/Bloemfontein - France - South Africa

Group B

3. 12/06 16:00 - Johannesburg - JEP - Argentina - 1:0 - Nigeria
4. 12/06 13:30 - Nelson Mandela Bay/Port Elizabeth - Korea Republic 2:0 - Greece
19. 17/06 16:00 - Mangaung/Bloemfontein - Greece - Nigeria
20. 17/06 13:30 - Johannesburg - JSC - Argentina - Korea Republic
35. 22/06 20:30 - Durban -Nigeria - Korea Republic
36. 22/06 20:30 - Polokwane - Greece - Argentina

Group C

5. 12/06 20:30 -Rustenburg - England -1:1 USA
6.13/06 13:30 - Polokwane - Algeria - Slovenia
22. 18/06 16:00 Johannesburg - JEP - Slovenia - USA
23. 18/06 20:30 - Cape Town - England - Algeria
37. 23/06 16:00 - Nelson Mandela Bay/Port Elizabeth - Slovenia - England
38. 23/06 16:00 - Tshwane/Pretoria - USA - Algeria

Group D

7. 13/06 20:30 - Durban - Germany - Australia
8. 13/06 16:00 - Tshwane/Pretoria - Serbia - Ghana
21. 18/06 13:30 - Nelson Mandela Bay/Port Elizabeth - Germany - Serbia
24. 19/06 16:00 - Rustenburg - Ghana - Australia
39. 23/06 20:30 - Johannesburg - JSC - Ghana - Germany
40. 23/06 20:30 - Nelspruit - Australia - Serbia

Group E

9. 14/06 13:30 - Johannesburg - JSC - Netherlands - Denmark
10. 14/06 16:00 - Mangaung/Bloemfontein - Japan - Cameroon
25. 19/06 13:30 - Durban - Netherlands - Japan
26. 19/06 20:30 - Tshwane/Pretoria - Cameroon - Denmark
43. 24/06 20:30 - Rustenburg - Denmark - Japan
44. 24/06 20:30 - Cape Town - Cameroon - Netherlands

Group F

11. 14/06 20:30 - Cape Town - Italy - Paraguay
12. 15/06 13:30 - Rustenburg - New Zealand - Slovakia
27. 20/06 13:30 - Mangaung/Bloemfontein - Slovakia - Paraguay
28. 20/06 16:00 - Nelspruit - Italy - New Zealand
41. 24/06 16:00 - Johannesburg - JEP - Slovakia - Italy
42. 24/06 16:00 - Polokwane - Paraguay - New Zealand

Group G

13. 15/06 16:00 - Nelson Mandela Bay/Port Elizabeth -Côte d'Ivoire - Portugal
14. 15/06 20:30 - Johannesburg - JEP - Brazil - Korea DPR
29. 20/06 20:30 - Johannesburg - JSC - Brazil - Côte d'Ivoire
30. 21/06 13:30 - Cape Town - Portugal - Korea DPR
45. 25/06 16:00 - Durban - Portugal - Brazil
46. 25/06 16:00 - Nelspruit - Korea DPR - Côte d'Ivoire

Group H

15. 16/06 13:30 - Nelspruit - Honduras - Chile
16. 16/06 16:00 - Durban - Spain - Switzerland
31. 21/06 16:00 - Nelson Mandela Bay/Port Elizabeth - Chile - Switzerland
32. 21/06 20:30 - Johannesburg - JEP - Spain - Honduras
47. 25/06 20:30 - Tshwane/Pretoria - Chile - Spain
48. 25/06 20:30 - Mangaung/Bloemfontein - Switzerland - Honduras

Jun 9, 2010

Ashim Consultancy Company

बिज्ञापन हेर्न विज्ञापन पोष्टरमा क्लिक गर्नुहोस् ।

Jun 8, 2010

भावुकता र दार्शनिकताको संगम

कृष्ण धारावासी
जहिले पनि मनको वसमा छ मानिस। मनले उडाइरहन्छ, घुमाइरहन्छ। सँधै सबै समय आफूसँग भइरहने भनेको मन मात्र हो । देखिने गतिविधि शरीरको हुन्छ तर त्यसलाई संचालन गर्छ मनले । कुनै बेला मन र कुनै बेला बुद्धिको हानाथापमा शरीरले आफ्नो यात्र गरिरहेको हुन्छ। तर जीवन बुद्धिले भन्दा मनले धेरै निर्देशित हुन्छ। मानिसले जीवनमा अनुभव गर्ने अधिकांश विषयहरू मनका माध्यमले उत्पादन भएका हुन्छ । भावुकता मनसँग सम्बन्धित हुन्छ। भावुकता नहुंदो हो त मानिसले न माया गर्न जान्दथ्यो न प्रेम गर्न पाउँथ्यो, न उ गृहस्थि नै हुन सक्थ्यो । रुनु, हाँस्न, रमाउनु, नाच्नु, रिसाउनु गम्भीर हुनु सबै कुरा नमसँग सम्बन्धित छन्। र मन नै त्यो अनुभूतिको भण्डार हो जसले जीवनका हरेक क्षण प्रकम्पित गराइरहन्छ ।मनको अभिव्यक्ति हुन्छ गीत, संगीत कला र हावभावहरू बाट ।संसारको जुनसुकै समाजका पनि भाव अभिव्यक्तिका माध्यमहरू यिनै हुन् मानव मनको स्थितिको अध्ययनका प्रविधि पनि यिनै हुन् सबै भन्दा लोकप्रिय प्रविधि गीत हो। गुनगुनाएर मनलाई झंकृत गराइरहन्छ मानिस ।संगीतबद्ध नगरुन्जेल गीत पनि कविता जस्तै हुन्छ भावको सघन उपस्थितिले त्यो कवितात्मक देखिन्छ । जब यो संगितबद्ध गरि गाइन्छ अनि गीत हुन्छ । विमल गिरीले कवितात्मक गीतको एउटा पोको मेरा झोलामा पर्ने गरि पठाइदिनु भएछ। निकै दिनसम्म झोलामै बोकी बोकी हिंडे समयको अभाव वा व्यस्तता ।गीतका कैयौं प्राविधिक पक्ष हुन्छन् ती त म जान्दिन ती मैले यिनलाई पढें कवितात्मक ढाँचाले । पढ्दा लयबद्ध कविता जस्ता भए,भाव पक्षको प्रधानताले ।अधिकांश गीतहरू मायाँ, प्रेम र भावुक अनुभूतिले भरिएका छन् । धेरै जसोमा विछोडको पीडा समेटिएको छ। यहाँ देश छोडेपछि मनमा उत्पन्न हुने आत्मिएताको गन्ध पनि छ। प्रेमिकासँगको तीतामीठा क्षणका अनुभुतिहरू पनि । मिलन र विछोडका आरोपप्रत्यारोपहरू पनि छन, एक अर्काप्रतिका तीव्र वेगमा आकर्षणहरू पनि छन् । धेरै जसो गीतहरूमा भावुकताले प्रधानता पाएको। प्रेमले दह्रो गरि समातेको मनलाई संझाउन, दार्शनिकताको उदार र निस्सार संसारतिर पनि प्रविष्ट छन् कति गीतहरू। धन, सम्पत्ति, मायाँ प्रेम,आदि कुराहरूमा रुखो अनुभुति पनि भेटिन्छ कतिमा । जे होस यी गीतहरूको पुस्तकले कवितात्मक शैलीमा पढ्दा पनि आनन्द दिन सक्छन् । अझ गाउन र संगीतबद्ध गर्न सके केही गीतहरू निकै राम्रो र लोकप्रिय हुन सक्ने देखिन्छ। पठनीय, विमलको यो गीत संग्रहलाई काव्यात्मक स्वागत गर्दछु ।

Jun 6, 2010

अग्राधिकार, आत्मानिर्णयको अधिकार र जातीय स्वयत्तता

अबिचन्द्र र्इङनाम
यस बिचार गोष्ठीका आदरणनिय अध्यक्ष ज्यू
बिचार गोष्ठी आयोजक समिति सदस्यहरु तथा यहा उपस्थित बिभिन्न राजनैतिक तथा सामाजिक संघ संस्थाबाट पाल्नु हुने महानुभाब तथा बुद्धिजीवी वर्गहरु ।
लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङको आयोजनामा हुनलागेको अग्राधिकार, आत्मानिर्णयको अधिकार र जातिय स्वयत्तता बिषयक बिचार गोष्ठीमा म लिम्बुवान राष्ट्रिय मोर्चाको महासचिब अबिचन्द्र र्इङनाम लिम्बुवान राष्ट्रिय मोर्चाको तर्फवाट सगौरव बिचार प्रस्तुत गर्न लागि रहेको ब्यहोरा अनुराध गर्न चाहान्छु । सर्वप्रथम लिम्बुवानको गौरबसाली इतिहासको संरक्षण गर्ने सन्दर्भमा सहादत प्राप्त गर्नुहुने तथा नेपालको राष्ट्रिय एकता, स्वधिनता एवं प्रजातन्त्रको निमित बफादार सिपाहीको रुपमा जीवन आहुती दिने ज्ञात अज्ञात शहीदहरु प्रति म न्यानो काङसोरे अभिवादन टक्राउन चाहान्छु । अध्यक्ष महोदय बिषय प्रवेश भन्दा अगी यस संबन्धी सरोकारराख्ने केहि महत्वपूर्ण सन्दर्भहरु यहा राख्न उचित भएको हुदा त्यसको निमित म अनुमति चान्छु । अध्यक्ष महोदय तथा उपस्थीत महानुभावहरु मुलुकमा दलाल नोकर शाही पूजीबाद, सामन्तबाद, अतिबाद, जातीय एकाधिकारवाद, पुरातन ब्राहमणवादको अन्त्य र गणतन्त्रको संस्थागत बिकास एवं जातीय तथा बर्गीय समन्वय, समानता तथा सहअस्तित्व कायम गरि मुलुक शान्त र समृद्ध बनाउने संयुक्त भावना र अग्रगामी निकासको सङगठित तथा सामुहिक सोचले हामी जबसम्म उत्प्रेरित हुदैनौ तब सम्म नयाँ नेपालको परिकल्पना तथा आत्मानिर्णयको अधिकार र जातीय स्वयत्तत राज्य संबन्धी बिचारहरु दिवा सपना मात्र हुने तथा यस सम्वन्धी बहस र कार्यक्रमहरु अर्थहीन साबित हुने बिचार यहाहरु समक्ष राख्न चाहान्छु । मुलुकमा बिदेशि र प्रतिकृयाबादी शक्तीहरुको बडदो चलखेल तथा प्रजातान्त्रीक सक्तीहरु बिच आपसि खिचातानिले गर्दा मुलुक अहिले अत्यन्त जटिल सङ्कटमा फसिरहेको अवस्था हामी सबैमा स्पस्ट नै छ । यस्तो जटिल अबस्था बाट मुलुलाई मुक्त दिलाई सुरक्षित अवतरणको लागि हामीले दलिय राजनैतिक भावाना भन्दा माथी उठेर राष्ट्रिय भावना बाट उत्प्रेरित भई समयमै जनभावना अनुरुपको संबिधान निर्माण गरि मुलुकलाई संकट मुक्त गर्नको खातिर कमसेकम हङकङका नेपालीहरु एउटा निस्चित बिन्दुमा राष्ट्रिय सहमति कायम गरि अघिबढनु आवश्यक रहेको बिचार प्रस्तुत गर्न चाहान्छु । साथै हामीले मुलुकमा त्यसको दवाबमुलक कार्यक्रम शसक्तरुपमा परिचालन गर्न समेत आबस्यक भएको बिचार ब्यक्त गर्न चाहान्छु । महानुभावहरु म यहा के कुरा स्पस्ट पार्न चाहान्छु भने । हाम्रो साझा समस्या एउटै भएतापनि त्यो समस्याको समाधानको सन्दर्भमा हाम्रा भावना र बिचारहरु आत्मा साछी राखेर भन्नु पर्दा अरु कुनै ब्याक्ती, दल तथा संस्थाबाट संचालित तथा निर्देशित भईरहेको जटिल मोडमा हामी गुज्री रहेकाछौ । अब हामी आफ्नै विबेकले आफै निर्देशित हुन सकेनौभने सर्वप्रथम हामीले हाम्रो लक्ष प्राप्ती गर्न असमर्थ रहनेछौ भने कथङकदाचित प्राप्ती भई हाल्यो भनेपनि हामीमा फुटाउ र शासन गर को फरमुला प्रयाग गरिने छ र हामीले प्राप्त गरेको उपलब्धीहरु यिनै तत्वहरुको चंगुलमा फसेर अफाप सिद्ध भएको प्रमाणित गरी आफ्नो हातको लड्डु आफ्नै हातले अर्काको मुखमा लगाई दिने अबस्था सिर्जित हुने सम्भावना प्रवल रहनेछ भन्ने हाम्रो ठहर रहेको छ । दोश्रो कुरा हामीले हाम्रो सही मार्गको पहिचान गरेर समयमै सहि राजनैतिक समाधानको मार्गतर्फ उन्मुलख नभएमा यसले राष्ट्रिय संकट त निश्चयनै उत्पन्न गर्छ नै तर यो भन्दा खतरनाक अबस्था भनेको यो संकटकालिन अबस्था गृहयुद्धमा परिणत भई हाम्रो माग र आवश्यकताको परिपूर्तिको त कुरै नगरौ हाम्रो अस्तीत्व समेत संकटमा पर्ने प्रवल सम्भावना छ भन्ने हाम्रो ठहर रहेको छ, । हामीले यसलाई समयमानै पहिचान गरि समय सापेक्ष सोच भावना र समाधानका लागि अन्य बिषयहरुलाई थातिराखेर जुनसुकै मुल्य चुकाउनु परेतापनि हाम्रो मूल उद्धेश्यमा गोलबन्द हुनको लागि दृढ सङकल्प गर्न म यहा सबैमा अनु रोध गर्न चाहान्छु । जनआन्दोलन बाट पाप्त जनभावनाको कदर, गण तन्त्रको संस्थागत बिकास, संघीय नेपालको निर्माण र आत्मानिर्णयको अधिकार र जातीय स्वयत्त राज्यको स्थापना सही अर्थमा स्तापित गर्ने हो भने त्यसको अवरोधको रुपमा रहने दलालनोकर शाही, सामान्त बादी, र्सवसत्ताबादी, एकाधिकार बादी, जातिय संकिर्ण बादी सोच र बिचार भएका ब्यक्ती संस्था तथा राज्य सत्ता साथै त्यस्ता जुनसुकै तत्वहरु संग हामीले एकजुट भएर बिभिन्न खाले संघर्ष तथा लडार्इहरु लडनुपर्ने जिम्मेवारि हाम्रो काधमा आएको बिचार समेत म यहा समक्ष राख्न चाहान्छु । महानुभावहरु अग्राधिकार, आत्मानिर्णयको अधिकार र जातिय स्वयत्तताको क्याम्पमा टेवल ठोकेर यसको पक्षमा वकालत गर्ने तर अन्य क्याप्हरुमा यस सम्बन्धी आफु मौन रहने तथा अनभिज्ञता दर्शाउने अथवा धुमाउरो पाराले यो अनुचित हुन सक्ने बिचार ब्यक्त गर्ने प्रवृती हामीमा हुन सक्छ । यदी त्यसो भएमा यो प्रबृती हाम्रो समुदायको लागि फलदायी हुन नसक्ने मात्र होइन अन्ततोगोत्वा घातक हुन सक्ने निश्ति भएकोले कमसेकम यस्तो प्रवृतिको अन्त्यगरि हामी जुनसुकै धरातलमा रहेतापनि उपरोक्त हाम्रा उद्धेश्यहरु उपर सदैव सकारात्मक बहस गर्न समेत यहाहरु समक्ष अनुरोध गर्न चाहान्छु ।मुलुकमा स्थाई शान्ती, सर्वाङ्गीण बिकास, अग्रगामी निकास, बर्गीय तथा जातीय समानता, सहअस्तित्व कायम गरि राष्ट्रिय संकटको समाधान गर्नको लागि मुलुकमा संघीय शासन ब्यबस्था आत्मानिर्णयको अधिकार र जातिय स्वयत्त राज्यको स्थापना अपरिहार्य भएको हाम्रो ठहर रहेको बिचार समेत यहा प्रस्तुत गर्न चान्छु । त्यसैले हामी सबै यसको पक्षमा एकबद्ध भएर अगी बढन यहाहरु समक्ष अनुरोध गर्न चाआन्छु । महानुभावहरु हाम्रो लिम्बुवान राष्ट्रिय मोर्चा बिशेष जातीय स्वायत्त राज्यको अवधारणामा रहेको ब्यहोरा समेत अनुरोध गर्न चाहान्छु । यो जातीय स्वयत्त राज्य तथा क्षेत्रीय स्वयत्त राज्य भन्दा केहि भिन्न र आधुनिक बिशेषतामा आधारित बिचार हो भन्ने समेत प्रष्ट गर्न चाहान्छु । महानुभावहरु अब म यहा अग्राधिकार, आत्मनिर्णयको अधिकार र जातिय स्वयत्तता संम्वन्धी सके सम्म छोटकरिमा प्रष्ट पार्न चाहान्छु । यो अत्यन्त जटिल तथा गहन बहसको बिषयहो । यस संम्वन्धी ब्यख्यागर्ने क्षेत्र ब्यापक रहेको हुन्छ नै त्यो तपाई हामीलाई यावत भएकै कुराहो । यस संम्वन्धका बिशेषज्ञ (Expertise) हरुले प्रष्ट पारेको जस्तो हामी बाट प्रष्ट हुन नसक्ला भन्न सकिन्न साथै समय अभावले गर्दा यहा चाहे जति ब्यख्या बिश्लेषण गर्न सकिएको छैन, तथापि यसको वस्तविक सार तत्व केहो भन्ने कुरा यतिले हामीलाई प्रष्ट हुन सक्छ भन्ने आशा राखेको छु ।
आत्मानिर्णयको अधिकार ( Self determination )आत्मानिर्णयको अधिकार कुनै पनि नागरिकहरुले आफ्नो बारेमा आफै निर्णय गर्न पाउने अधिकार हो । यो कुनै आदिबासी वा आप्रबासीलाई मात्र हुने अधिकार होइन । यसमा कुनै पनि जाती समुदायको साझा भूगोल, छुट्टै पहिचान बोकेको संस्कृति, भाषा, लिपी, थर-जात-नाम, धर्म, संस्कार, संस्कृतिक धरोहर, भूमि, प्राकृतिक संसाधन, (जल जमिन र जङ्गलको) बारेमा निर्णय गर्ने अधिकारहरु पर्दछन । यो नेपालको लागि मात्र कुनै नयाँ कुरा होईन । ILO महासन्धी अनुबन्ध १६९ मा समेत लिपी बद्ध गरिएको छ । यो अन्य धेरै मुलुकहरुमा लागु भइसकेको छ । यो अनुबन्ध नेपाल सरकारले पनि पास गरि सकेको छ । तर नेपाल सरकारले लागु गर्न आज सम्म पनि आनाकानि गरि रहेकोछ यो एउटा दुःखद बिषय हो । जनताको आत्मानिर्णयको अधिकार अपरिहार्य छ । आत्मानिर्णयको अधिकार जनतामा निहित नरहेमा सरकार तथा प्रशासन स्वेच्छाचारी बन्ने छ जनता सधै उत्पीडित हुनेछन । जनताले आफ्नो बिषयको काम कुराहरु जस्तै आफ्नो नाम थर सम्वन्धी सही उच्चारण गर्ने शब्दको प्रयोग तथा स्थान बिशेषका ऐतिहासिक एवं पौरानिक नामहरु स्थापित गर्ने वा समाप्त गर्ने र नयाँ नाम राख्ने वा सच्याउन पाउने अधिकार प्रायः सरकारको स्वःविबेकमा निहित रहने छ । (उदाहरणहरु धेरै छन) । त्यसैले जनताको आत्मानिर्णयको अधिकार जनतामै निहित रहनु पर्दछ र यो जरुरछ । आत्मानिर्णयको अधिकारले मुलुक तथा नागरिकहरुलाई सवल,सक्षम र संमृद्ध बन्ने महत्वपूर्ण जिम्मेवारी नागरिकहरुलाई प्रदान गरेको हुन्छ । जनताको आत्मानिर्णयको अधिकार संगै मानबअधिकार प्रजातन्त्रका बिषयहरु पनि साथमा रहेका हुन्छन । जनतामा आत्मानिर्णयको अधिकार निहित हुनु भनेको एक अर्थमा पूर्ण मानबअधिकार तथा पूर्ण प्रजातन्त्र जनतामा निहित हुनु हो । यहा आत्मानिर्णयको अधिकारले राष्ट्र बिखन्डन गर्छ भन्ने अपबादलाई अघि सारिएको कुतर्कहरु पनि पाईन्छन । तर यो सोच भनेको सामन्तबादी तथा सर्वसत्ताबादी शासकहरुको सोचको उपज सिवाए अरु केहि आधारभूत तथ्यहरु पाईदैन । केवल अन्धाले हात्तीको वर्णन गरे जस्तो मात्र हो ।
स्वायत्त राज्य (Autonomous State) यो स्थानिय जनताहरुले आफै शासन गर्न पाउने ब्यबस्था हो । त्यस राज्यका स्थानिय कर, पोत, खनिज श्रोत, संसाधन, ब्यापार इत्यादी श्रोत साधनहरु स्थानिय सरकारको मातहतमा रहने र बिशेष तथा आवस्यक प्रतिसत मात्र स्थानिय सरकारको सहमतिमा आवस्यक रकम केन्द्रमा जानसक्ने ब्यबस्था साथै बैदेशिक दात्रि संस्थाहरुबाट प्राप्त अनुदान तथा सोझै केन्द्रीय सरकारको मातहतमा आम्दानी हुन आउने श्रोत साधनहरु केन्द्रीय सरकारले स्वायत्त सरकारलाई समानुपातिक बितरणको आधारमा बाडफाड गर्ने ब्यबस्था हो । यसमा स्वयत्तता शब्दमा अगाडि जातिय शब्द जोडिएकोले अलिकति जटिल जस्तो देखिएको मात्र हो । जातीय शब्दको संयोग हुदैमा यसले तेत्रो अर्थको अनर्थ राख्दैन र हामीले यसलाई अनर्थ र भयङ्कर पनि सोच्नु हुन्न । नेपालको सन्दर्भमा जातिय स्वायत्तता भन्नाले जातिय ऐतिहासिक पृष्ठ भूमीको आधारमा त्यो क्षेत्रले स्वायत्त पाउनु पर्दछ भन्ने प्रमुख बिषय हो । बर्तमान अवस्थामा बसोबासको संन्दर्भमा भन्नु पर्दा जनसंख्याको चाप बिश्वब्यापी रुपमा अस्थिर रुपले बडिरहेको अबस्थामा जातिय बाहुल्यताको आधारमा जातीय स्वायत्त राज्यको परिकल्पना अन्ततोगत्वा त्रुटीपूर्ण साबित हुने तथा आदिबासीहरुलाई यसले समेटन सक्दैन भन्ने पनि एक महत्वपूर्ण कुरा रहेको छ । नोट- (यसमा जातीय, भाषिक, क्षेत्रिय, राष्ट्रिय जस्ता स्वयत्तताहरु हुन्छन)
आजको यो २१ सौं शताब्दीको यूगमा आएर एक जातीले अर्को जाती माथि शासन गर्नको लागि जातयि स्वायत्तताको माग हो भन्नु गलत अर्थ मात्र होईन महामूर्ख बिचार हो भन्नु अत्युक्ति नहोला । यसमा राजनैतिक, प्रजातान्त्रीक, आर्थिक तथा सामाजिक उन्नतिका अधिकारहरु त्यस क्षेत्रका जनताहरुमा समान रहेका हुन्छन । यसमा केवल आदिबासीहरुको भूमिसंगको सम्बन्ध प्रगाढ रहेको र ति जातीहरु त्यस भूमीको आदिबासी भूमिपुत्रहरु हुन भन्ने राज्यले इङ्गीत गरेको हुनुपर्दछ । यसमा भाषा, लिपी,संस्कार संस्कृतीको सम्रक्षण संम्वर्दन र बिकास गर्ने अवसर ति निशिचत मूल आदिबासी समुदयलाई त्यस राज्यमा रहेको हुन्छ भन्ने मात्र हो । साथै बिशेष अवस्था आईपरेमा भूमि संम्वन्धी प्राकृतिक स्रोत संसाधन (जल जमिन र जङ्गल) को बिषयहरुमा निर्णय लिने अधिकारहरु सहिअर्थमा मात्र आदिबासी भूमिपूत्रहरुको मातहतमा रहेको हुन्छ, यो जुनसुकै अवस्थामा प्रयोग हुने बिषय तथा अधिकार होईन । हामी किन टाडाजाने हामीले यहि हङकङलाई उदाहरण मान्न सकिनछ ।यसलाई अपब्याख्या गरेर जातीय स्वायत्तता तथा आत्मानिर्णयको अधिकारले राष्ट्र बिखण्डन गर्छ तथा अन्य जातिहरुको अधिकार हनन गर्दछ भन्ने हवाला दिनु । आदिबासीहरु शासक र अन्य जातीहरु शासित हुने छन भन्ने भ्रम तथा आशङ्काहरु प्रचारबाजी गर्नुलाई हामीले पूर्ण बदनियत हो भन्नु अत्युक्ति हुदैन । यस बिषयलाई हामीले कुनै एउटा प्रान्त (राज्य) लाई मात्र हेरेर भन्न मिल्दैन सिङगो मुलुकलाई एकै ठाउमा राखेर एउटै नजरले निस्पक्ष रुपमा हेर्ने हो भने यस्तो अब्यबहारिक तथा खतरा उत्पन्न हुने अबस्था कतै देखिदैन । त्यसैले जातिय ऐतिहासिकतालाई आधार मान्नु भन्दा अर्को उपयुक्त आधार नभएको बिचार यहाहरु समक्ष पेस गर्न चाहान्छु । नेपाल बहुजाती बहुभाषी मुलुक भएकोले एक राज्यको आदीबासी अर्को राज्यको आप्रबासी भएकाहुन्छन । त्यसैले समग्र नेपाललाई एकै ठाउमा राखेर हेर्ने हो भने सबै जाती समुदायहरु कुनैनकुनै राज्यका आदिबासी भएकै हुन्छन र आप्रबासी पनि भएका हुन्छन त्यसैले सबै जाती समुदायहरु सिङ्गो मुलुकको सम्वर्दनमा समान रहेका हुन्छन । अल्प संख्यक जाती समुदायहरुलाई राज्यले उपयुक्त ब्यबस्था गरेको हुन्छ ।वास्तवमा आत्मानिर्णयको अधिकार तथा जातीय स्वायत्तताले सवल र सक्षम राष्ट्रियता, जातिय समन्वय सदभाव समता मुलक राज्य बन्न उन्मुख गरेको हुन्छ । नकि राष्ट्र बिखण्डन, टुक्रे राज्य तथा कुनै जाती समुदायलाई अपमान तथा एक जाती शासक र अर्को जाती शासित बन्ने अबस्थालाई प्रश्रय दिईएको हुन्छ । यसमा केहि आधारभुत कुराहरु आदिबासीहरुमा निहित भएता पनि राजनैतिक अधिकार मानव अधिकार सामाजिक अधिकारहरु सबै नागरिकहरुमा समान रहेको हुन्छ । केहि महत्वपूर्ण बिषयहरु आबस्यकता अनुसार केन्दीय सरकारमा पनि निहित रहेका हुन्छन । जस्तै परराष्ट्र मामिला, रक्षा सम्बन्धी, मुद्रा सम्बन्धी मामलाहरु । यो खासै कहिनभएको नौलो बिषय तथा ब्यबस्था होईन शक्ति बिकेन्द्री करणको सिद्धान्त ९त्जभ तजभयचथ या उयधभच कभउबचबतष्यल० अनुरुप संघीय सिद्धान्तको आधारमा जनतालाई सवल सक्षम र अधिकार सम्पन्न बनाएर एउटा सवल र समुन्नत राष्ट्र बनाउने उपयुक्त मार्ग तथा ब्यवस्था हो भन्नु पर्दछ ।
अग्राधिकार- बिभिन्न खालका अग्राधिकारहरु हुन सक्छन तर हामी आज जातीय अग्राधिकार संबन्धी बिषयमा केन्द्रीत छौ । यस बिषयमा भन्नुपर्दा त्यस क्षेत्रमा सूचिकृत गरिएका जातीहरुलाई सरकारले गर्ने कार्य योजनाहरु अन्य जाती भन्दा सूचिकृत जातीहरुलाई प्राथमिकता दिनु हो । जस्तै भाष, लिपी, शिक्षा, जागीर, ब्यापार ब्यबसाय,ठेक्का टेन्डर आदी बिषयमा ति जातिहरुको अग्राधिकार रहनेछ । यो ब्यबस्था ले जातीहरुलाई माथि उठने अबसर प्रदान गरेतापनि सरकारको निगाहामा आधारित ब्यबस्था मान्न सकिन्छ नकि स्वयत्त राज्य जस्तो त्यो राज्यलाई पूर्ण अधिकार हुदैन केवल जातीहरुलाई अग्राधिकार दिएको हुन्छ राज्यलाई होईन । तर आत्मानिर्णयको अधिकार र जातिय स्वयत्तता राज्य भए पछि अग्राधिकारको अर्थ त्यति रहदैन । अथवा अग्राधिकारको ब्यबस्था भएपछि आत्मानिर्णयको अधिकार र जातिय स्वयत्तता राज्यको अर्थ पनि देखिदैन । किनकि यिनीहरु लगभग एक आपसि पुरक जस्तै हुन । तर यसमा अग्राधीकार जातिसमुदायले पाउने बिशेष अधिकार हो भने स्वयत्त राज्य भनेको राज्यले पाउने बिशेष अधिकार हो । त्यसमा जाती भन्ने शब्द संयोजन हुदा त्यो राज्य स्वयत्त शासन ब्यबस्थामा आधारित रहने र त्यहाको मुल आदीबासीहरुको भाष, लिपी, संस्कार संस्कृती आदीको सम्रक्षण संम्वर्दनको निमित बिशेष महत्व रहने भन्ने हो । तर के कुरा कुझन जरुर हुन्छ भने यदी क्षेत्रिय स्वयत्तता मात्र भयो भने त्यस राज्यको आदिवासीहरुको अधिकार सुनिश्चित गर्नकोलागी अग्राधिकारको ब्यवस्थाको जरुर पर्दछ । महानुभावहरु म यहा के कुरा थप गर्न चाहान्छु भने अहिलेको सन्दर्भमा क्षेत्रीय स्वयत्तताको कुरा पनि यदाकदा उठार्इने गरिएको पाईएकोछ । हाम्रो ठम्याइमा यो बिषयमा मित्रहरु त्यति स्पष्ट नभएको होकि जस्तो आभाष देखिन्छ । किनकि यो शब्द झट्ट सुन्दा र हेर्दा राम्रो देखिएता पनि यसमा कुनै जातीहरुको बिशेष अधिकारको सुनिश्चीतता गरिएको हुदैन । यसको प्रष्ट नमुना भन्नु पर्दा हालै भैरहेको १४ अञ्चललाई मान्न सकिन्छ । कार्यशैलिमा भैरहेको १४ अञ्चल भन्दा तात्वीक फरक हुदैन केवल नाममा मात्र जातीको शब्द जोडिएको हुन्छ । नाममा जातीय शब्द आएपनि ति जातीहरुको त्यहा कुनै हैसियत रहेको हुदैन । नत त्यहा जातीय अग्राधिकार नत जातीय स्वयत्त राज्यनै केवल त्यहा क्षेत्रिय बिशेषता मात्र रहेको हुन्छ । त्यसले गर्दा जातीहरुको जल्दा बल्दा समस्याको सम्बोधन क्षेत्रीय स्वायत्तताले गर्न सक्दैन । बिशेष जातीय स्वायत्त राज्य को अवधारणा के हो ? ऐतिहासिक तथ्यको आधारमा स्वायत्त राज्यको सिमाङ्कन अपरिहार्य र राज्यको निर्देशक सिद्धान्तमा समयसापेक्ष आधुनिक, बैज्ञानिक, प्रजातान्त्रीक, सम्पूर्ण जाती समुदायहरुलाई समावेसी, समानता, समानअवसर, धर्मनिरपेक्ष, आत्मा निर्णयको अधिकार,बर्ग बिहीन, शोषण रहित समाजको परिकल्पना, मिश्रीत तथा उदार आर्थीक नीति स्वयत्तता भित्र आवश्यकता अनुसार अन्य बिशेष स्वयत्तताहरु रहन सक्ने, समतामुलक तथा संमृद्ध राज्य, दण्डहिनताको अन्त्य आदी बिषयहरु समेटिएका हुन्छन । प्रत्यक्ष उदाहरणको लागी सामान्य तथा हङकङलाई लिन सकिन्छ ।
प्रस्तोता - अबिचन्द्र र्इङनाम, लिम्बुवान राष्ट्रिय मोर्चा हङकङका महासचिब हुनुहुन्छ ।
मिति ०२/०५/२०१०मा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समितिव्दारा आयोजित एकदिने बिचार गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्र

नेपाली महासंघको महाधिवेशन र जनजाति नेताहरुको विवेक

दिल पालुङवा लिम्वु "नेपाल कुस्शा"
गत ९ मे २०१० मा महासंघको सम्पन्न सातौ महाधिवेशनले वजारमा व्यापक चर्चा परिचर्चा भैरहेको छ । यसो हुनुमा विशेष गरेर यसपाली राजनिती वढी भो । पहिले यस्तो भएको थिएन । यसपाली नेपालको राजनिती पार्टीको आधारमा अर्थात कांग्रेस, एमाले, जनजातिको प्यानलनै वन्यो । त्यो पनि खुल्लम खुल्ला । यस्तो परिस्थितीमा कांग्रेस समर्थक प्रदिप थापा विजयी भए । एमालेको नाम दिएको भक्त गुरुङ र जनजातिको नाम पाएका एम. वी. थापा पराजित भए । कुनै एकले जित्नु पर्नेमा प्रदिपले जिते । यद्धपी मगरसंघका प्रतिनीधी एम. वी. थापा भारी मतले पराजित भए । उहाको हारपछि उहाको सहयोद्धा रार्इ यायोख्खाको अध्यक्ष किसान रार्इले एभरेष्टमा लेखे ९८ प्रतिशत भनेर धाक लगाउने जनजातिहरुको अवस्था । तर उनैले एमालेलाई भोट दिए र भरमन्दूर एमालेलाई भेाट दिन भित्रभित्रै आव्हान गरे । गुरुङ समाजले पनि जनजाति नेतालाई नदिएर एमालेलाई दिए । स्वयं जनजाति महासंघको सदस्य संस्था भएर आफुले अघि सारेको जनजातिको वकालत गर्ने आफ्नै उमेरदवार नेतालाई नदिएर अरुलाई दिन तम्सिने जनजाति नेताहरुलाई के भन्ने - कुरा लाजमर्दो छ । भनाईमा एकातिर गर्राईमा अर्कोतिर गरेपछि जनजातिहरुको वुद्धि कहिले आउने हो ? खाली कुरा गर्दा वाहुनवाद हावी भो भन्ने अनी वाहुनवादकै पक्षपोषक गर्ने ? हङकङ जस्तो जनजाति वुद्धिजिवीहरु भएको ठाउमात यस्तो हुन्छभने अन्यतिर कस्तो होला ? जनजातिको आन्दोलन एकातिर छ काम अर्कोतिर । यस्तो विवेक प्रयोग गर्नुभन्दा नगर्नु राम्रो । कमसेकम समाजमा जनजातिर गैरजनजातिविच वेमेलत हुने थिएन । अर्थात एकातिर या एमाले भए एमाले भन्ने कांग्रेस भए कांग्रेस भन्ने जनजातिभए जनजाति भन्ने , व्यवहारमा पनि त्यस्तै गर्ने । नत्र यसरी वाहिर जनजाति समाजको डरले जनजाति भैटोपल्ने भित्र पार्टीको राजनिती गर्ने । यो तौरतरिका प्रयोग नगर्न जनजाति नेताहरु तथा जातिय संस्थाका नेताहरुले वुझ्नुपर्ने कुरा हो । यस्तै तरिकाले जनजाति आन्दोलन गर्ने भनेर योजना तर्जुमा नगरे हुन्छ । किनकी दुइटा डुंगामा खुट्टा राखेर यात्रा पार गर्न सकिदैन । विना उद्धेष्य लक्षमा पुगिदैन । हुनत अहिले संक्रमणकाल छ । जनजातिहरुको पछि धेरै मान्छेहरु लागेको छैनन् । संक्रमण कालमा यस्तै हुन्छ । यो समाज विकासको क्रम हो । समाजशास्त्रले यही भन्छ । यो हामीले स्वीकार्नै पर्छ । यहा केही उदाहरण पेश गरौ जनजाति मान्छेहरु जतिसुकै धनी हुन्, व्यापारी हुन्, डाक्टर(मेडिकल, पिएचडि) हुन् , जनजातिहरु उनीहरुलाई गतिलो मार्न्र्दैनन् । वरु गैर जनजातिहरु थोरै मात्र पढेका हुन् उ त विव्दान हो, वुद्धिजिवी हो भन्छन् । जनजातिहरुले यो कुरालाई चिरेर अवश्य अगाडि वढ्नु पर्छ आफनो हक अधिकार प्राप्तिको लागि । जनजाति नेताहरुलाई साथ दिनुपर्छ र आफुपनि स्थापित हुनुपर्दछ । वाहुनक्षेत्रीलाईनै अघि लाएर मात्र केही गर्न सकिन्छ , नेता हुन सकिन्छ भनेर हिनतावोध गर्नु भएन । खोई आजसम्म उनीहरुको पछि लागेर एमाले , माओवादी,कांग्रेसका अध्यक्षहरु भएको, नेपालको प्रधानमन्त्री भएको रेकर्ड । भन्नाको मतलव त्यतापट्टी दिलोज्यान दिएर लागेपनि अवस्था जिरोको हो । त्यतावाट जनजातिको हक अधिकारको कुरा नउठेपछि न जनजाति महासंघ र जनाजाति विषेशता वोकेका पार्टीको स्थापना भएको हो । तर्सथ जनजाति आन्दोलन गरेर अघि वढ्छु भन्ने मित्रहरु, नेताहरुले यी कुराहरुलाई मनन गर्नै पर्छ । अझ यो हङकङको जनजाति वाहुल्य स्थानमा नेपालको पार्टीको वकालत नगरौं । यहीको हावापनी वातावरण सुहाउदो तथा समस्या समाधान गर्ने हिसावले कार्य गरौं । जे जसो भएर पनि महासंघको कार्यसमिती निर्माण भएको छ । यस कार्यसमितीले विगतको कुराहरुलाई मध्यनजर गर्दै, कमी कमजोरी हटाउदै, राजनितीको गन्ध नदेखाई सवैलाई वरावर रुपमा हेरी कार्य गर्ने प्रेरणा मिलोस । नेपाली राष्ट्रिय भावनाको विकास होस् । यहीनै हामी हङकङेली नेपालीहरुको फलिफापको कडि हो । यही कडिको पहिचान गरेर हङकङेली सवै नेपालीहरु जो जहां जसरी भएपनि नेपालीहरुको समग्र विकासमा लागौं । सेवारो ।

नेपाली अदिवासी जनजाति महासंघ हङकङको सूचना

सूचना ---------सूचना ---------सूचना
-
उपरोत्त सम्वन्धमा नेपाली आदिवासी जनजाति महासंघको पाँचौ अधिवेशन आगामी १३ जुनमा हुन गइरहेको हुनाले हङकङमा रहेको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरु निम्न, स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
-
मिति :१३ जुन २०१०
स्थान : याउमा तेर्इ कम्युनिटी हल
समय : दिनको २:३० वजे
नेपाली अदिवासी जनजाति महासंघ हङकङ

बाध्यतावाद

विक्रम सुब्बा
मैले पनि एउटा साहित्यिक आन्दोलन प्रतिपादन गर्नु पर्योप भन्ने सोचेँ । सोचेपछि निस्किँदो रहेछ । सिद्धान्त निकालेर नाम राखेँ "बाध्यतावाद" । अब त्यसलाई सैद्धान्तिकीकरण गर्न थालेँ । जसरी पिएचडी गर्नेले पहिले दिमागमा पिएचडी गर्छ र त्यसपछि प्रोफेसरले दिएको निश्चित फरम्याट अनुसार चाहिने अनुसन्धानको मुख्य 'समस्या' लेख्छ र तथ्याङ्क खोज्दछ । यो दुनिया तथ्याङ्कहरूको भण्डारै हो । यहाँ जे पुष्टी गर्न पनि चाहिएको तथ्याङ्क भेटिन्छ । त्यसैले गर्दा जसले जे विषयमा पनि पिएचडी पाइरहेकाछन् । त्यस्तै मैले पनि "बाध्यतावाद" भन्ने सिद्धान्त मनमा सोचेँ र अब त्यसको पुष्टिका निम्ती कुराहरु खोज्नु पर्ने भयो । खोज्दै जाँदा भेट्न थालिँदो रहेछ । मैले पनि थुप्रै पुष्टिका कुराहरू भेटेँ जो निम्न रहेकाछन् । अर्थात, मैले आजसम्म जे जति कविता वा गीत रचना गरेँ, फर्केर हेर्दा बाध्य भएर मात्र रचेको रहेछु । दुनियामा अरु सबैले पनि मैलेजस्तै बध्य भएर मात्र केही गरेको रहेछ । जस्तै:मैले सबैभन्दा पहिले मायालुको नाममा कविता लेखेँ । किन? किनभने मायालु प्रतिको माया यति शक्तीसाली भएर म भित्र पस्यो कि म दिन रात रन्थनिएँ । जतिबेला पनि मायालुलाई भेट्न मन लाग्ने । सपनामा पनि मायालु नै देख्ने । कतै हिँडिरहेको बेला पनि मायालुकै यादले दिमाग गाँज्ने । तर मायालु भने कहिले काहीँ झल्याकझुलुक मात्र भेट हुने । बडो धर्मसंकट । त्यसपछि बौलाहाजस्तो हुन थालेँ । के गर्ने र कसो गर्ने हुन थाल्यो । तब मैले उपाय निकालेँ – 'मायालुको नाममा कविता लेख्ने…' र बहुलाउँनबाट बच्ने । त्यसपछि कापि कलम लिएर मैले फटाफट मयालुका नाममा कविता लेख्न थालेँ । तब मेरो मन अलि हलुँगो भयो । म भित्रको उकुसमुकुस केही शान्त भयो । राती म अलि राम्रोसँग निदाउँन सक्ने भएँ । मायालुको याद आए - झिक्यो त्यही कविता र पढ्यो अनि केही शान्त भयो । सब ठीकठाक । अहिले सम्झन्छु मैले मायालुको कविता त बाध्य भएर पो लेखेको रहेछु । त्यसैले ती कवितहरू बध्यतावादले जन्माएका कविता भए । यो "बध्यतावाद" पुष्टि गर्ने पहिलो तथ्य(अंक) हो ।जवानीमा जव मेरो शरिर भरी कम्युनिष्ट विचार पस्यो त्यसपछि मैले मजदुर, किसान, ज्यामी, गरिब, महिला, दलित, जनजाती, बालबालिका जस्ता अधिकारबाट बञ्चितीमा पारिएकाहरूको बिचल्ली देखेँ । अर्थात, काम गर्ने ज्यामी तर उ भोकै पर्ने र काम नगर्ने मालिक चाहीँ धनी हुने । हलो जोत्ने किसान तर किसान भोकै तर सामन्त सम्पतीवाल हुने । घरमा दिन रात काम गर्ने महिला तर महिला नै अपहेलित र पुरुष घर मालिक हुने, आदिजस्ता अमिल्दा सामजिक रीति रिवाज र चालचलन देखेँ । यो त सरासर सतप्रतिशत अन्याय हो भन्ने कुरा बुझेँ र म भित्र रगत उम्लिन थाल्यो । त्यसैले म बध्य भएर जागरण गीत लेख्न र गाउँन थालेँ । मेरो के विश्वास रह्यो भने अन्याय अत्याचार र शोषणको विरुद्ध अन्याय, अत्याचार र शोषणमा पिस्सिएकाहरू नै जाग्नु पर्छ र मुक्तीका निम्ती जुझ्नु पर्दछ र मात्र मुक्ती हासिल हुन सक्छ । यसरी कुनै पनि गीतकारले गीत लेख्दा पनि कुनै न कुनै किसिमले बाध्य भएर मात्र लेख्न सक्छ भन्ने कुरा पुष्टि हुन्छ जसले "बध्यतावाद"लाई पनि पुष्टि नै गर्दछ ।मैले मुन्धुम पढेँ । मानिसबिना त सृष्टी सुहाएकै देखिएन । किसिम किसिमका धातुबाट बनाउँदा नबोलेपछि विचारमन्थन गर्दा गर्दा गरेर खरानी र कुखुराको सुली मुछेर निङ्वाफुमाङले मानिस बनाए । त्यो बोल्यो । निङ्वाफुमाङलाई झ्वाँक चल्यो । सुन, चाँदीको मानिस नबोल्ने । खरानी र कुखुराको सुळिको बोल्ने? इक्क मरिजा ! भनेर थुकेछन् । मानिस खुत्रुक्कै मरि गएछ । बल्लबल्ल बनाएको मानिसलाई निङवाफुमाङले आफै मारे । फसाद पर्योक । त्यसपछि निङवाफुमाङले फेरि झार-फुक, तन्त्र-मन्त्र, जडि-बुटी, ओखती-मुलो गरेर मानिसलाई ब्यँताउँन बाध्य भए । यसरी यहाँ पनि सर्वब्यापी "बाध्यतावाद" छर्लङ्गै देखा परेकोछ । मैले रामायण पनि सुने-पढेकोछु । यो कथा पनि कुनै कथाकारले बध्य भएर लेखे । तर यसमा रहेको धर्मान्धता र राजाको गुणगान यति शसक्त भइदियो कि हरेक कमजोर नागरिक यसलाई दैवको लीला नै ठान्न बध्य भए । कथामा राम्ररी हेर्ने हो भने 'पिताको वचन नकाट्ने साँस्कृतिक मुल्य-मान्यता'को बाध्यताले गर्दा राम बनतिर लागेको देखिन्छ । त्यसैले राम पनि बध्यतावादी हुन् । जोगीको वचन उलंघन गर्न नहुने सिष्टताको बध्यताले लक्ष्मण रेखा नाँघेपछि सीताको हरण भयो । यसरी सीता पनि बाध्यताको सिकार भएकी देखिन्छिन् । त्यसो त हेर्दै लाने हो भने रामायण सिङ्गै बाध्यतावादको पोथो जस्तो लाग्छ । तपाइँ आफैँ राम्ररी हेर्नुस् त ! दशरथ, कौसल्या, भरत, हनुमान, सुग्रिव, लछुमन, रावण आदिले रामायणको नौटंकीमा जेजे गरेका छन् ती सबै बध्यभएर गरेका छन् । मैले महाभारत पनि सुने-पढे-हेरेकोछु । कृष्णले बनाएका युद्धको नियमले बाँधिएकोले नै अर्जुनले आफ्नै मानिसहरुलाई भकाभक वाण ठोकेर ढाल्न बध्य भएका छन् । आमाको वचनले बाध्य भएर सबै दाजु-भाइ मिलेर एउटै श्रीमतीले गुजारा गर्न बाध्य भएको कुरा पनि यही महाभारतमा देख्न-पढ्न पाइन्छ । जुवाको खालमा आफ्नो श्रीमती नै हार्ने र नांगिनु पर्ने बध्यतावाद पनि यहीँ पढ्न पाइन्छ । मैले वुद्धलाई पढेँ । वुद्धको जीवनीमा पनि जतासुकै बध्यतावादहरू भेटिन्छन् । वुद्धले किन राजदरवार त्यागे? किन आफ्नो जवान श्रीमती र नावालक बच्चा त्यागेर हिँडे? किनभने वुद्धले दुनियामा दु:ख देखे र त्यसको कारण खोज्ने, शान्तिको मार्ग खोज्ने निधो गरेपछि सो कुरा राजदरवारमा नपाइने वा श्रीमतीको अँगालोमा नपाइने भएकोले वुद्धले कि त आफ्नो उद्देश्य त्याग्नु पर्यो् कि त राजदरवार र श्रीमती त्याग्नु पर्ने भयो । उनले आफ्नो उद्देश्य त्याग्न सकेनन् जसले गर्दा बाध्य भएर उनले राजदरवार र श्रीमाती त्यागे । यहाँ झन बडो ठूलो बध्यातावाद को उदाहरण पाइन्छ ।मैले जिजसख्राइष्टवाला बाइबल पनि पढेकोछु । उनकी आमाले कुमारी छँदै गर्भ धारण गरेको घटनामा एक युवतीको जवानीले सृजना गरेको बध्यता छैन भनेर कस्ले भन्छ? जन्मे बढे हुर्केपछि जिजसले समाजिक काम गर्न थाले । रोगी, कोढी, दु:खी, अपहेलित महिलाहरुको सेवा गर्न थाले । मैले देख्दा उनी तात्कालिन एक सामान्य समाज सेवी हुन् तर उनको रोगी, कोढी, दु:खी, अपहेलित महिला समाजको सेवा यति अमुल्य हुन पुग्यो कि रोगी, कोढी, दु:खी, अपहेलित महिलाहरु उनलाई परमेश्वर नै ठान्न बाध्य भए । मैले कुरानमा मोहम्मदलाई पनि पढेँ । उनि पनि तात्कालिन समाजका एक उदाहरणीय सामाजिक अगुवा वा कल्याणकारी नेता हुन् । तर सबैले उनलाई अल्लाह ठानिदिएपछि त्यस्तो विचारको विरुद्ध कोही पनि नबोल्न मुस्लिम समुदाय बाध्य भयो । यही बाध्यताले गर्दा मोहम्मद पैगम्बर हुन बाध्य भए ।मैले कन्फ्यूसियस पढेँ । कुनै पनि घटनाको असर दीर्घकालिन हुन्छ । तसर्थ कुनै पनि घटनाले पारेको असरबारे तात्कालै निचोड निकाल्नु हुन्न भन्ने कन्फ्यूसियस किन बाध्य भए ? किनभने मानिसलाई संझाएरै अपराधीबिहीन समाज सृजना गरेपनि तात्कालिन चिनीया सम्राटहरुले षडयन्त्र गरेर कन्फयूसियसलाई कुर्सी छोड्न बाध्य पारेपछि उनले यस्तो दार्शनिक निचोड निकाल्न बाध्य भएको देखिन्छ । यहाँ झन गज्जबको बाध्यतावाद व्याप्त छ । सोफोक्जीजको भयानक नाटकमा आफ्नै बहादुरीले गर्दा 'ईडीपस' आफ्नै आमा जोकाष्टासँग विवाह गरी सन्तान जन्माउँन बाध्य देखाइएकोछ । त्यसपछि आफ्नै आमा आफ्नो श्रीमती भएको कुरा ईडीपसले र आफ्नै छोराको श्रीमती भएको कुरा जोकाष्टाले चाल पाएपछि जोकाष्टा झुण्डिएर मर्न बाध्य छिन् भने यो मैले के देख्नु पर्योज? भनेर ईडिपस आफ्नै नङ्ग्राले आफ्ना आँखा चिथोरेर निकाल्न बाध्यछन् । यहाँ झन डरलाग्दो बाध्यात्मक घटनाहरू नाटकमा शसक्त किसिमले बुनिएका छन् ।दार्शनिक सोक्रेटस आफ्नो सिद्धान्तमा दृढ थिए । उनैले राजाहरूको अन्याय-अत्याचार देखेपछि उनले कम्युनिज्मको परिकल्पना गर्न बाध्य भए । जहाँ हरेक शोषित पिडीत जनतालेको लागि समानता हुनेछ भनि उनले कल्पना गरेका थिए । उनको यो विचारले गर्दा तात्कालिन शासकहरुको मुटु हल्लियो । जसले गर्दा राजाहरूले उनलाई क्षमा माग्न वा मर्न तैयार हुन भने । तर सोक्रेटस आफ्नो सिद्धान्तमा अडिग भएकोले बरू हाँसीहाँसी मृत्यूदण्ड स्वीकार्न बाध्य भए । यो पनि बाध्यतावादको एक शसक्त नमुना हो ।दार्शनिक सोक्रेटसका चेला एरिष्टोटल यति विलासमा हुर्केका बढेका थिए कि नोकर चाकरबिना केही गर्न नसक्ने भएपछि 'दाश प्रथा' को समर्थन गर्न र प्रजातान्त्रिक व्यवस्थाको सिद्धान्त निकाल्न बाध्य भए । साथै उनले राजाले वा शासकले आफ्नो शासनलाई के के गरेर बचाउँनु पर्छ? भन्ने कुराको उपाय समेत सुझाउँन बाध्य भए । जस्तै: क) आफ्नो सरकार विरुद्धमा लागेकालाई सबैभन्दा पहिले जागिर वा पुरस्कार दिएर फसाउँनु पर्छ, ख) त्यसपछि पनि आफ्नो हुन नसके त्यसलाई थुन्नु पर्छग) थुनेपछि पनि जेलबाटै विद्रोहको नेतृत्व गरे उसलाई मार्नु पर्छ, आदिअब्राहम लिंकन लज्जालु स्वाभावका थिए । थोरै बोल्थे । प्रजातन्त्र भनेको के हो ? भन्ने कुराको जवाफ पनि उनले लजाउँदै दिए '‍जनताले, जनताद्वारा, जनताको निम्ती' । त्यतिखेर यो भनाई बडो आधुनिक कविताहरू 'आमाको सपना', 'फर्सिको जरा', मातेको मान्छेको भाषण..' जस्तै "न्यु टेष्ट ईन टाउन" भइदियो । अहिले दुनियाँ संसार लिंकन के हो? प्रजातन्त्र के हो भनि सोधे - '‍जनताले, जनताद्वारा, जनताको निम्ती' भन्न बाध्य भएकोछ । कार्ल मार्क्सले समाजको रुपान्तरण प्रकृयामा द्वन्दात्मक भौतिकवाद र पुँजीको भूमिकालाई यति गहिरोसँग बुझेछन् कि "पुँजी" लेख्न बाध्य भए । त्यसपछि, रणनैतिक रुपमा कसरी समाज परिवर्तन गर्ने प्रकृयालाई दुनियामा सँस्थागत गर्ने त? भन्ने ठूलो सवाल सामुन्ने आयो । जसले गर्दा कार्लमार्क्सले ऐँगेल्सँग मिलेर कम्युनिष्ट मेनुफेष्टो लेख्न बाध्य भए । त्यसैको आधारमा स्थापित कम्युनिष्ट पार्टीहरु मार्फत दुनियामा मजदुर र किसानको हक अधिकारको झण्डा युग युग उठाई रहन निम्न बर्ग बाध्य छ । अहिले दुनियामा ख्रिस्चियन, हिन्दु, बुद्धिष्ट धर्मावलम्बी नभएका थुप्रै मुलुक भेटिन्छन् तर कम्युनिष्ट नभएको देश र समाज भेटिन्न । यो गती झन झन बढदो छ । कम्युनिष्टहरूको यही प्रभावको गतीलाई रोक्न वार्षिक अरबौँ डलर खर्च गरेर जिम्मी कार्टरको पालादेखि कम्युनिष्ट बिरोधी बुद्धिजिवीहरू किनेर 'मानव अधिकार', 'विश्वव्यापीकरण', 'वातावरण', 'लैङ्गिक विभेद', 'समावेशिकरण', र हाल आएर 'जलवायु परिवर्तन' जस्ता नयाँ सिद्धान्तहरु निकालेर कम्युनिष्टहरूलाई वा कम्निष्टमा लाग्ने संभावित मानिसलाई अलमल्याउँन पुँजवादी मुलुकहरू वाध्य छन् । यो ब्रह्माण्ड स्तरकै बाध्यता हो ।गान्धी त्यतिबेला दक्षिण अफ्रिकामा वकालत गर्थे । एक दिन अदालतमा गोरो न्यायधीशकासामु दरो तर्क दिन नसकेर रुन बाध्य भए । उनी रुँदै भारत पसे र त्यही 'रोदन'को रुपलाई भारतमा 'सत्याग्रह'मा विकसित गेरर बृटिसहरु बिरुद्ध जीवनभर लाग्न उनी बाध्य भए । गांधी त मुस्लिमहरूको आकांक्षलाई संबोधन गर्न नसक्दा 'भारत'बाट 'पाकिस्तान'लाई जिन्हाले चुँडाएर लगेको टुलुटुलु हेरेर बस्न पनि बाध्य भए । आफ्नै मुलुकको एक चोक्टा कसैले चुँडालेर लगेको बसेर चुपचाप हेर्नु पर्ने यहाँ कस्तो पीडादायी बाध्यतवाद लुकेको छ ।रसियाको परिस्थिती बेग्लै थियो । तसर्थ मार्क्सवादी सिद्धान्तलाई रसियाको परिस्थिती अनुसार सृजनात्मक रुपले ढालेर लागु गर्न लेनिन बाध्य भए । लेनिनले बाध्यतावादको सहारा नलिएको भए असफलता मात्र हात लाग्ने थियो । लेनिनको मुलुकमा 'पेरेस्त्रोइका' र 'ग्लास्नोस्त' भन्दै आफ्नै किसिमको पुँजीवाद हुल्न पनि गोर्वाचोभ बध्य भए । अब्राहम लिंकन लज्जालु स्वाभावका थिए । थोरै बोल्थे । प्रजातन्त्र भनेको के हो ? भन्ने कुराको जवाफ पनि उनले लजाउँदै दिए '‍जनताले, जनताद्वारा, जनताको निम्ती' । त्यतिखेर यो भनाई बडो आधुनिक कविताहरू 'आमाको सपना', 'फर्सिको जरा', मातेको मान्छेको भाषण..' जस्तै "न्यु टेष्ट ईन टाउन" भइदियो । अहिले दुनियाँ संसार लिंकन के हो? प्रजातन्त्र के हो भनि सोधे - '‍जनताले, जनताद्वारा, जनताको निम्ती' भन्न बाध्य भएकोछ । माओत्सेतुङले चीनको वर्ग सँघर्षलाई कसरी तह लगाउँने? भनि मार्क्सवाद-लेनिनवाद अध्ययन गरेपछि चीनको जस्तो तात्कालिन सामन्ती समाजबाट सिधै पुँजीवाद र समाजवादतिर समाज रुपान्तरित हुन सक्दैन भन्ने थेशिस निकाले जसलाई 'नौलोजनवाद' भन्न उनी बाध्य भए । अब नौलो जनवाद ल्याउँन कोमिन्ताङको बिरुद्ध मिल्न सक्ने राष्ट्रवादी शक्तीहरुसँग मिलेर जान पनि बध्य भए । जितेपछि 'सबैले मिलेर जानु पर्छ भन्न पनि बाध्य भए । तर भित्र भित्र चाहीँ कम्युनिष्ट पार्टीलाई नै नेतृत्वमा राख्ने ट्याक्टिस गर्न पनि बाध्य भए ।' चीनको ठूलो जनसंख्यालाई पाल्न बेस्सरी काम गर्न बाध्य भयो । यसरी बाध्य भएर नै चीनले कत्रो उन्नती गरिदियो । ४० सुत्रिय माँग सरकारले नमानिदिएकोले जनयुद्ध थाल्न माओवादी बध्य भयो । नेपाली कांग्रेस र एमाले पनि बाध्य भएर मात्र "गणतन्त्र" र "संबिधानसभा" जस्ता माओवादी एजेण्डा आफ्नो घोषणा पत्रमा मन नपरी नपरी भएपनि लेख्न पुगे । बाध्य भएर नै पुस्तौँ पुस्ताको शानसौकत त्याग गरेर ज्ञानेन्द्रले नारायणहिटी छोडे । श्रीमान् श्रीमतीहरू आजिवन संगै बाँच्ने-मर्ने भनेर कसम खाँदै सिन्दुर टीका गर्छन् । तर कैयौँको मन नमिले पछि, सँगै गुजारा नै नहुने वातावरण भएपछि पारपाचुके गर्न बाध्य भएका देखिन्छन् । विदेशीहरुसँग माँगेर वार्षिक बजेट बनाउँन बाध्यता भएको मुलुकको प्रधानमन्त्री विदेशीहरुको ईसारामा नाच्न बाध्य हुने नै भयो । खाने मुख ठूलो भएकाहरू सरकारी कार्यालयमा पसेका छन् र उनीहरु खान बाध्य छन् । अमेरिकाले इराक र अफगानिस्तानमा तेल र ग्यास भएको सो कब्जमा लिन आक्रमण गरेर आफ्नो कठपुतली सरकार बनाउँने नाटक गर्न बाध्य भएको देखिएकै छ । यसरी सुक्ष्म ढंगले हेर्ने हो भने बाध्य नभइ मानिसले केही गर्दैन । उसले सबथोक बाध्य भएर मात्र गर्छ । उपन्यासकारले कुनै घटना नलेखिनसक्ने भएपछि बाध्य भएर मात्र उपन्यास लेख्छ । कविले छातीभित्रको उकुसमुकुस खपिनसक्नु भएर बाध्यताले कविता लेख्छ । सम्झेर ल्याउँदा मैले पनि बाध्य भएर मात्र कविता लेखेँ । त्यसैले मेरा सबै कविताहरू "बाध्यतावादी कविता आन्दोलन"का फुल-काँडा हुन् । हिजोआज पनि जबरजस्ती म लेख्न सक्दिन । तर जब नलेखिनसक्ने गरी बाध्य हुन्छु अनि लेख्छु । म एक बाध्यतावादी कवि । तपाइँ पनि कुनै न कुनै फाँटको वा क्षेत्रको बाध्यतावादी नै हो । हो कि होइन? सोचि हेर्नोस् – 'हो' भन्न तपाइँ पनि बाध्य हुनुहुन्छ । म तपाइँलाई सम्झना दिलाउँ? ज्ञानेन्द्रको निरंकुशताका विरुद्ध तपाइँ हामी सबै जुट्न बाध्य नभएकोभए नेपालमा गणतन्त्र सुरु हुन्थ्यो? माओवादी पार्टीलाई ६० सिट दिएर एमालेले चुनावमा मिलाएर लगेको भए माओवादी पार्टी कस्सिएर चुनावमा लाग्न बाध्य हुन्थ्यो? ईक्खिएर र कस्सिएर लागेको भएर न माओवादी 'सबैभन्दा ठूलो पार्टी' हुन बाध्य भयो । परिवर्तन जहिले पनि राजनीतिबाट सुरुहुन्छ र आर्थिक क्षेत्रलाई बदल्दै साँस्कृतिक परिवर्तन गर्दै अघि बढ्न बाध्य हुन्छ । नेपालमा अहिले राजनैतिक परिवर्तन पनि सुनिश्चित भइसकेको छैन । आर्थिक परिवर्तनको खाका कुनै पार्टीसँग पनि छैन । साँस्कृतिक परिवर्तनको त कुरै चलेको छैन । अहिले हरेक पार्टीका मानिसहरु आफुलाई सिरिपेच पहिरिन लायक युवराज ठान्छन् भने कसरी गणतन्त्र आइसक्यो भन्ने? आर्थिक सम्बन्धहरूको परिवर्तन र मनमस्तिष्कभित्रको सोचाइका तहमा साँस्कृतिक परिवर्तन नभइ पुरानो जमाना निथर नाथर भएर मैझारु हुँदैन । त्यसैले म र मजस्ता साथीहरू अहिले पनि गणतन्त्रको पक्षमा धेरै काम बाँकी नै छ भन्न बाध्य भएका छौँ । र हामीजस्ता साहित्य तथा साँस्कृतिक कर्मीहरू गणतन्त्र कविता आन्दोलन मार्फत अझै धेरै काम गरिरहन बाध्य छौँ । म त्यही बाध्यतावदी मानिसहरुको झुण्डमा एक बाध्यतावादी कविता आन्दोलन मार्फत सर्वव्यापी बाध्यतावाद - जिन्दावाद ! भन्न बाध्य छु ।
(जेष्ठ ११, २०६७। मे २५, ०१०, काठमाण्डौँ)