बिमल रार्इ
यही ५ अप्रिल तारीखको दिन । हरेक बिहानीमा मलाई सधैँ बिहानीको जनाउ दिने मोबाइल फोन पनि मसँगै मस्त निद्रामा थियो । अर्थात अघिल्लो बेलुकी नै त्यसलाई अफ गरिदिएको थिएँ । मानौ हाम्रो सम्झौता हो यो । बिहानीपख आँखा खोल्दा घडीको छोटो सुर्इले आठको अंकलाई स्पर्श गर्न दौडिरहेको देखेँ । सोचेँ तर आजको दैनिकीमा असारको पन्ध्र पाइनँ अर्थात कार्यक्रमको धपेडी थिएन । आइतबारको दिन सधैँझैँ जागिरसँग पैठेजोरी खेल्नु नपर्ने भएकोले ज्यानले आनन्दको अनुभूति गर्ने गर्छ । बिदाको दिन भएकोले बाहिरको वातावरण त्यति कोलाहलमय हुँदैन । शहर अरुदिनको तुलनामा विश्राम बसेकोजस्तो लाग्छ सुनसानसुनसान । म उठेँ र बिहानको नित्यकर्मतिर लागेँ, कुनै व्यग्रता बिना । आज मात्र एउटै कार्यक्रम थियो महिनादिनको नियमित साहित्यिक भेटघाट । म चुनवानको म्याकडोनाल्डमा पुग्दा देश सुब्बा चियाको चुस्की लिदै हाम्रो प्रतिक्षामा हुनुहुन्थ्यो । "भयवाद"दर्शनका प्रस्तोता तथा "आदिवासी" उपन्यासका लेखक उही देश सुब्बा । साहित्यमा अभिरुची हुनेलाई वहाँको परिचयको आवश्यकता पर्दैन । प्रत्येक पदचापहरूमा साहित्यको बारेमा सोच्नु र लगनशील हुनु वहाँ आफ्नो कर्तव्य ठान्नु हुन्छ । हङकङ प्रवेश पश्चयात देश सुब्बा हङकङेली साहित्यको एउटा नवीन विम्ब । भेटको पहिलो चरणमै हामीले औपचारिकता निभाइसकेका थियौ । रातको कामबाट सिधै यता सहभागी हुनुपर्ने भएकोले वहाँको न्रि्राको हत्या हुँदै थियो । तर साहित्य सृजना भनेपछि वहाँलाई चार घण्टा नसुत्नु सामान्य लागेको मैले धेरैपटक महसुस गरेको छु । मानौ आहारविहार नै साहित्य । हामी कुरा गरिरहँदा कवि तथा गीतकार डि.बी. पालुङ्वा पनि टुप्लुक्क झुल्किनु भयो । गीति संगालो अलापका रचनाकार/गीत विधिमा आफ्नो परिचय बनाइसकेका । आजभोलि कवितामा पनि त्यतिकै जम्ने तर्खरमा गतिवान । नेपथ्य समिक्षक प्रेम रार्इ र एक समयका प्रज्वलित कवि चन्द्र सम्बाहाम्फे पनि हस्याङ फस्याङ गर्दै आइपुग्नु भयो । हङकङको कुनै साहित्यिक कार्यक्रममा कम देखापर्न रुचाउने तर सबै साहित्यलाई गम्भीर रुपमा विश्लेषण गर्ने र जानकारी राख्नु हुने परिपक्क पाठक/समिक्षक प्रेम रार्इ । विशेष गरी कवितालाई आयामिक, भयवादी समिक्षा गर्न रुचाउने प्रेम रार्इ । वास्तवमा वहाँ कमै मात्र लेख्छन् वा लेख्दैनन् भन्दा हुन्छ । तर साहित्य, विचारको राम्रो पाठक, श्रोता वा दर्शक भनेर कमैलाई थाहा छ हङकङमा । चन्द्र सम्बाहाम्फे लामो समय ध्यानवासबाट प्रकट हुँदै गर्नु भएका ज्योतिर्मय कवि लामोलामो कविता लेखन वहाँको विशेषता । सबैको सहभागिता भैसकेपछि चियाको चुस्की लिन थाल्यौ साथै विषय वस्तुतिर लाग्यौ । डि.बी.ले आफ्नो सृजनाहरू खोल्नुभयो । ती सृजनाहरू मान्छे मर्दा र जन्मिदा चाहिने मुन्धुमजस्तै थिए । हामीले पनि हुन्छ हजुरको भाका बोल्यौ । हामीले वहाँका शब्द हुँदै भावनाको उ्डान गर्यौ । कहिले हिमालको सिरेटो चाख्यौ । कहिले समतल मैदानको क्षितिजमा । कतै कुण्ठा, कतै प्रेम, कतै निस्सार, कैले संकल्पको आवाज । कविको अमूर्त स्वरुप उपस्थिति थियो नवीन कवितामा -"फेरि हिमाल सकिन्दैन" । कति मीठो शीर्षक । बहुतै मिहिनेत गरेर कविले शब्दहरूको/पर्खाल लगाउनु भएको रहेछ-एउटा शिल्पाकारले जस्तै ताकि श्रृंगारिकताको प्रतिक बनोस भनेर । एउटा राम्रो कविले एउटै कवितामा अधिक विम्बको प्रयोग गर्छ । यो उसको कवित्व कला हो । कवि पालुङ्वा यसमा शिल्पी देखिएका छन् । यस्ता कविताहरूले पाठकलाई स्वरैकल्पनामा घुमाइरहन्छ वैदिक कालको पुष्पक विमानले जस्तै । यसरी वहाँको रचनाको रचनास्वादन भयो । कविताको अध्ययन पश्चायत आफूलाई लागेका विचारहरू आदानप्रदान गर्ने क्रम चल्यो । त्यसमा सबैले आ-आफ्नो धारणाहरू राख्यौ । प्रायः सबैले एकदुर्इ लाइनमा पुनर्लेखन गर्दा कविता अत्यन्तै शिल्पी हुन्छ भन्ने निष्कर्षनिकाल्यौ । प्रेमजीले सटिक, तार्किक, विवेचनात्मक समालोचना गर्नुभयो । हामीले त्यस कविताको शब्द, अर्थ, विम्ब, समकालिकता, उपयोगिता सबै पक्षबाट मत जाहेर गर्यौ । कविता सबैलाई उत्कृष्ट लाग्यो । हाम्रो ठहर अहिले सम्मकै वहाँको मास्टरपीस । यसले डि.बी.जीलाई हौसला र प्रेरणा मिलेको हामीले महसुस गर्यौ । धेरै साहित्यकारहरूमा सुझावलाई नकरात्मक रुपमा लिने गरेको पाउँछौ । तर डि.बीमा त्यो अवगुण हामीले पाएनौ ।मैले पनि एउटा मृत्युको विम्वमा उतारेको गीत प्रस्तुत गरे ।

चिताबाट बाँच्नेलाई यही गीत दिएँ चिनुँ
विस्मात भए श्रद्धा दिनु सम्झनेले माटो दिनु
बाचिन्जेल पाइलै पिच्छे अहमतामा बाँचे हुँला
आखिरीमा खालीहात आडम्बरी बने हुँला
अन्तिम हाम्रो बाटो एउटै फूल भए चढाइ दिनु
मौनतामा आज म साँच्चो जीवन बाँच्दैछु
दुनियाँमा अहम के हो सम्झी सम्झी हाँस्दैछु
मेरो इच्छा त्यही हुन्छ मलामीको साथ दिनु
यस गीतमा पनि उपस्थित सबैले टिप्पणी गरे, सुझाव दिए । गीत लेख्दा गेऐत्मक बनाउने प्रयत्नमा कति शब्दहरूको हत्या गर्नुपर्ने सुझाब गीतकार डि.बी. पालुङ्वाले दिनुभयो । यो गीत अमूर्त किसिमको भयो भन्ने विमर्श भयो । मलाई पनि त्यस्तै लाग्यो । निश्चय नै कविताभन्दा गीत लेखन केही पृथक हुन्छ । सुझावहरूलाई मैले मनमस्तिष्कमा सधैँ साचिरहने छु । त्यसको लागि सबैलाई साधुवाद दिएँ ।
हाम्रो छलफल निकै लामो भैसकेको रहेछ । पुन अर्को भेटमा "भयवाद" दर्शनमा विचार, विमर्श गर्ने र सृष्टाले ल्याउने सृजनामाथि समिक्षा गर्ने सल्लाह भयो । अन्त्यमा कार्यक्रमको उपादेयताको बारेमा कुरा गर्यौ । "कार्यक्रम भेटघाट उपयोगी छ, मञ्चमा वाचन गरेर मात्र कविता, साहित्य, विचारको विकास हुँदैन । यसलाई निरन्तरता दिनुपर्छ" भन्ने निष्कर्ष बन्यो । यस कार्यक्रममा सहभागी हुन चाहाने सबैलाई स्वागत गर्ने निर्णय गर्यौ र नेपाली साहित्यको विकासको लागि जम्मा गर्दै आएको "नेपाली साहित्य विकास कोष"को रकम सबैले जम्मा गर्यौ । घर पुग्दा मध्यान्हको एक बजिसकेको रहेछ ।

No comments:
Post a Comment