दिल पालुङवा लिम्वु
अहिले लिम्वुवानको विरुद्धमा किरात रार्इ यायोख्खा लगायत केहीले किरात राज्यको जोडदार वकालत गरिरहेको छन् । उनीहरुले लिम्वुवान र लिम्वुजातिको जातिय अस्तित्व तथा पहिचानमाथि धावा वोल्ने काम गरिरहेको छन् । वास्तवमा उक्त संस्थाहरुवाट शालिन समाजमा उथलपुथल गर्न खोज्नु अवश्य वुद्धिमत्ता होईन । रार्इ जातिले उनीहरुको खम्वुवान क्षेत्रलाई किरात प्रदेश हुनुपर्छ भन्नु ठिकै हो । अर्काको भूमिलाई पनि किरात प्रदेश हुनुपर्छ भन्नु न्याय संगत हुदैन । किन उसले यसो गरिरहेको छ । कुरा विचारणीय छ । यो थाहा भएकै कुरा हो कि भोलि यसले जातिय विद्वेश निम्याउछ र सानो झगडा हुदै जातिय युद्ध निम्त्याउछ । त्यसैले यायोख्खावाट लिम्वुवानलाई किरात प्रदेशमा हुनुपर्छ भन्ने अवधारणा त्यागिनुपर्दछ । वरु लिम्वुवान लिम्वुवान होस् खम्वुवान खम्वुवान होस् या खम्वुहरुले चाहेको कुनै नाम होस् । त्यस्तै अन्य जातिहरुले के नाम चाहन्छन त्यो होस । अझ हामी आदिवासी जनजातिहरुले एकापसमा मिलेर कार्य गर्नुपर्दछ । तवमात्र हामी हाम्रो लक्षमा पुग्न सक्छौ । नत्र हामी कुवाको भ्यागुता जति उफ्रेपनि कुवामै झैं हुन्छौ ।
लिम्वुवानको सवालमा आवाजहरु सयौं वर्षदेखि उठीरहेको छ । वर्तमान अवस्थामा आईपुग्दा लिम्वुवानको आन्दोलनले धेरै उचाई लिईसकेको छ । यो अव निश्चित गन्तव्यमा नपुगी निभ्नेवाला छैन । यस्तो परिस्थितीमा किन लिम्वुवान होईन किरात प्रदेश भन्ने- यो सच्चा खम्वुहरुको भनाई नभई प्रतिक्रिया सामन्तीवादीहरुको खेल हो भन्ने देखिन्छ । त्यसैले यस सवालमा हामी सवै आदिवासी जनजातिहरु सचेतभएर लाग्नुपर्ने हुन्छ । यस लेखमा किरातवादीहरुलाई यो अनुरोध गरिन्छकि अहिले हामी किरात प्रदेश मात्रै हुनर्ुपर्छ भनेर वकालत नगरौं । यसले द्वेश फैलाउछ । अहिले लिम्वुवान खम्वुवान होस् फरक पर्दैन । भोलि पनि आवश्यकता परेमा हामी एक हुन सक्छौं । वृहत किरात राज्य या अरु कुनै नामको राज्य वनाउन सक्छौं । आज हामी एक भएपनि भोलि दुर्इ हुन सक्छौं । त्यसैले अहिले भएन भनेर हामीले हरेस खानुपर्ने, चिन्तागर्नु पर्ने अवस्था हुदैन । पृथ्वी गोलो छ कुनै पनि कुरा सदावहार रहीरहदैन । त्यसैले आजको दिनमा हामीलाई संघीय शासन व्यवस्था चाहिएको छ । आआफ्नो क्षेत्रमा आन्दोलन जारी छ । तसर्थ आआफ्नो आन्दोलनलाई सम्मान गर्दै एकापसमा सहयोग गरागर गरौं । यदी यसो गरिएमा हामी लक्ष्यमा चाडै पुग्छौ । नत्र हिजोको नेपालमा जसरी कुहिरोको काग भएर रहेका थियौं, राज्यसत्ताले वनाएको थिए ? त्यही रहिरहनेछौ । हामीलाई संघीयता कहिल्यै प्राप्त हुदैन । हामीले देखिरहेकाछौं कि कुनै ठूला पार्टीहरुले हाम्रो जस्तो संघीयताको अवधारणा ल्याएका छैनन् । माओवादी पनि संघीयताको सवालमा धर्मराएको छ । पून संविधान वनाउने ठाउमा उनीहरुनै छन् । यस्तो वेला हामीले नसोचे कुन वेला सोच्ने ?
नेपालको सन्दर्भमा लिम्वुवानको सवाल अन्यक्षेत्रको भन्दा फरक छ । यसमा सवैले स्पस्ट हुनुपर्दछ । यो तत्कालिन समय वि.सं.१८३१ मा गोर्खाको राजा पृथ्वीनारयणसंग सन्धी सम्झौता गरी नेपालमा सह राज्यको रुपमा मात्र प्रवेश भएको थियो । यो नेपालमा मिलेको थिएन । नेपालको मातहतमा थियो । अर्थात नेपालको उपनिवेश थियो । त्यही सेरोफेरो हुदै आजसम्म लिम्वुवान आईरहेको छ । त्यसैले लिम्वुवान यही धरातलमा उभिएर अगाडि वढ्दैछ । त्यसैले कसैकसैले भूपू राजा ज्ञानेन्द्रको अभिव्यक्ति जनताको नासो जनतालाई भन्ने वाक्यलाई टिपेर अव लिम्वुवान स्वतन्त्र भयो भनेर भन्ने गर्दछन् ।
लिम्वुवानको यही विषेशताको कारण लिम्वुवानको आन्दोलन शसक्त रुपमा अगाडिवढीरहेको छ । लिम्वुवानको यस्तो इतिहास तथा परिस्थितीहरु हेरेर अन्य समुदायले पनि सोच्नुपर्यो नत्र नेपाल नराम्रो तालले गृहयुद्धमा फस्नेछ । नेपाललाई गृहयुद्धमा फस्न नदिन हामी सवै सचेत भएर लाग्नुपर्दछ । लिम्वुवानवादीको चाहना पनि अखण्ड नेपाल हो । अखण्ड नेपाल भित्रको स्वायत्त राज्य हो ।
वर्तमान घडीमा संघात्मक राज्यहरुको वारेमा वहस व्यापक चलिरहेकोछ । त्यस्तै नाम र सिमानाको वारेमा पनि मतभेद भैरहेको छ । ठूला भनाउदा पार्टीहरु मतभेद वढाउन र संघात्मक राज्यको वेफाईदा देखाउन चाहिरहेका छन् । जनजाति जनजाति विचमा फुट ल्याउन कोशिस गरिरहेका छन् । यसमा जनजातिहरु कोही जानी या नजानी या पार्टीको प्यारो हुन हनुमान भक्त पनि भैरहेका छन् । त्यसको लागि जनजातिहरु सचेत भएर आफै लाग्नु पर्छ । जनजाति जनजाति विच विवाद भए जनजाति महासंघले समन्वयको भूमिका पनि निर्वाह गर्नु पर्दछ । त्यस्तै जातिय राज्यहरुको सवालमा जनजातिहरुलाई सचेत गराउनु पर्दछ । जसले जनजाति वैचारिकतालाई शसक्त वनाउनेछ । जुन सत्तिसाल झैं हुनेछ । सेवारो ।

No comments:
Post a Comment