Apr 10, 2010

यौनको उमेरसँग सम्बन्ध

उमेरको भिन्दाभिन्दै अवस्थामा यौनलाई लिएर हाम्रो व्यवहार परिवर्तन भइरहेको हुन्छ । यौन गुरु ट्रेसी काक्सले आफ्नो 'बेस्ट सेलिङ बुक,' 'सेक्सटेसी,' मा कुन उमेरका व्यक्तिको यौनलाई लिएर कस्तो प्राथमिकता रहन्छ भन्नेबारे चिरफार गरेका छन् ।
पुस्तकअनुसार उमेरको २० औं वर्षमा अधिकांश युवाहरू हरेक दुई घन्टामा यौनको सपनामा रुमलिरहेका हुन्छन् । यो उमेरका युवती भने यौनको कल्पना गर्दा परम्पराबाट टाढिएर सोच्ने गरेका छन् । उनीहरू युवतीसँग यौन क्रियाकलापको सपना देख्छन् वा फेरि युवती वा युवक दुवैसँग यस्तो सपना देख्ने गरेको पुस्तकमा उल्लेख छ ।
सन् २००६ मा २ हजार व्यक्तिमा गरिएको सर्वेक्षणअनुसार ७६ प्रतिशत महिला, महिलासँग यौनको समय चरम सन्तुष्टि (औरगेज्म) अनुभव गर्छन् जब कि पुरुषसँग यौनमा चरम सन्तुष्टिसम्म पुग्ने महिलाको प्रतिशतमात्र ५० थियो । २० वर्षको उमेरमा यौना आसनबारे युवक एवं युवती भने सबैभन्दा बढी प्रयोग गर्ने कुरासमेत पुस्तकमा जनाइएको छ ।
३० वर्षको उमेरमा करिब सबैले यौनलाई लिएर प्रयोग गर्ने गरेको दाबी गर्ने गरेका छन् । र, उनीहरू अलि खुकुलो वातावरणमा यौन सम्पर्क गरिसकेका हुन्छन् । जहाँ किशोरका लागि यौन क्रिया गर्नु नै प्रयोग हुन्छ त्यही तीन दशक नाघिसकेकाहरू सामान्य सार्वजनिकस्थलजस्तै समुद्रको किनार, अँध्यारोमा, कुनै पार्कको बेन्चमा यौनलाई बढी महत्त्व दिए । यो उमेरको व्यक्तिमा वाइल्ड सेक्सलाई लिएर उत्सुकतासमेत देखिएको पुस्तकमा उल्लेख छ । यस्तै यो उमेरको व्यक्तिमा सावर वा बाथटवमा नुहाउँदा यौन निकै प्रचलित रहेको समेत पुस्तकमा जनाइएको छ ।
महिलाले यो उमेरमै समलैंगिक पुरुषसँग राम्रो सम्बन्ध गाँस्छन् । स्ट्रेट सेक्सुअल प्रेफरेन्स भएकी महिला 'गे' केटोलाई रुचाउँछन् । जब कि 'गे' केटो स्ट्रेट केटीलाई रुचाउँछ । स्ट्रेटको यहाँ अर्थ भने विपरीत लिंगको व्यक्तिसँग सेक्सुअल प्रेफरेन्स राख्नु हो ।
३० वर्ष उमेरको व्यक्तिलाई सामान्यतया सन्तान हुन्छन् त्यसैले उनीहरू यौनलाई लिएर अलि मन्द भइसकेका हुन्छन् । तर, हैरानीको कुरा के छ भने गर्भावस्थाको समय धेरैजसो दम्पती एक महिनामा चारदेखि पाँच पटकसम्म यौन सम्बन्ध राख्छन् ।
डा. काक्सका अनुसार ३० वर्ष उमेरभन्दा माथिका करिब ९० प्रतिशत महिलाहरू चरम सुख प्राप्त गर्छन् । जब कि ३० वर्षभन्दा कम उमेरको भने २३ प्रतिशत महिलामात्र चरम सुख अनुभव गर्न सक्छन् ।
पुस्तकका अनुसार यौनको समय ४० वर्षका पुरुषलाई लिंगोत्थान (इरेक्सन) समस्या आउन थाल्छ । यो उमेरका पुरुष आफ्ना साथीसँग धोकेबाजीसमेत गर्छन् । उनीहरू बढी अश्लील फिल्म हेर्छन् र सेक्स च्याट गर्छन् । यो उमेरका महिला यौनमा बढी आकषिर्त हुन्छन् र आफूभन्दा कम उमेरको पुरुषसँग बढी झुकाव राख्छन् । यो उमेरका व्यक्ति भने यौनलाई लिएर बढी चनाखो हुन्छन् ।
प्रेम, यौन र धोका
पुरुषमा सदैव गरिने शंका सही सावित भइरहेको छ । विशेषज्ञ चिकित्सक लुआन बि्रजेनदाइनका अनुसार पुरुष यौनमा अत्यधिक रमाउँछन् । उनीहरू आफ्नो भावना लुकाउँछन् र धोकेबाजीमा समेत लिप्त रहन्छन् ।
पुरुषमा पाइने हार्मोन टेस्टोस्टेरानको कारणले उनीहरू महिलाको स्तनतर्फ बढी नियाल्छन् । लुआनले महिलालाई सल्लाह दिएका छन् कि पुरुषलाई पुरुष नै रहन दिउँ र त्यसको मस्तिष्कसँग तालमेल बसाउने प्रयास नगरौं ।
लुआनले आफ्नो पुस्तक 'मेल ब्रेन ए ब्रेक थ्रो अन्डर स्टान्डिङ अफ हाउ मेन एन्ड ब्वइज थिंकिङ,' मा पुरुषको यौन प्रसंगबारे थुपै्र खुलासा गरेका छन् ।
पुरुष यौनबारे एकोहोरिने कुरासमेत पुस्तकमा उल्लेख छ । यौनको बारेमा सोच्ने पुरुषको मस्तिष्कको खण्ड महिलाको यौनबारे सोच्ने खण्डको दाँजोमा अढाई गुणा ठूलो हुन्छ ।
पुरुषहरू महिलाको स्तनतर्फ नियाल्छन् किन भने उनीहरू आफ्नो हार्मोनको कारणले स्वयंलाई रोक्न सक्दैनन् ।
यो पुस्तकमा पुरुषलाई बढीभन्दा बढी यौन साथी चाहिने कुरासमेत औंल्याइएको छ । पुस्तकअनुसार एउटा आम पुरुषलाई आफ्नो सम्पूर्ण जीवनकालमा औषत रूपमा १४ जना महिला यौन साथीको चाहना हुन्छ । महिलाको भने मात्र एक वा दुईकै चाहना हुन्छ ।
पुस्तकमा पुरुष यौनको बारेमा बढी झूटो हुनेसमेत उल्लेख गरिएको छ । महिलासँग झूटो बोल्न पुरुषलाई बढी असजिलो हुँदैन ।
यस्तै महिलाका लागि यौन सम्बन्धभन्दा पहिलो प्रक्रिया अर्थात् प्राकक्रीडा (फोर-प्ले) धेरै बढी महत्त्वपूर्ण हुन्छ । जब कि पुरुषका लागि यो सबैभन्दा पहिले गरिने तीन मिनेटको मात्र काम हो । डा. लुआनले भनेका छन् कि यसको मतलब यो होइन कि कुनै व्यक्तिले यदि बलात्कार गर्छ भने यो उसको संरचनाको कारणले हो ।

No comments: