Apr 9, 2010

सेक्स क्लिप्स: स्क्यान्डलको वर्ष

पछिल्लो एक दशकमा 'ग्याजेट’ मानिने क्यामेरा, मोबाइल, ल्यापटप आदि सर्वसुलभ भएका छन्। डिजे तान्त्रिकका नामले चिनिएका संगीतकर्मी किचमानले त्यही सुविधाको दुरुपयोग गरे, जसका कारण उनले त बदनामी कमाए नै, स्वच्छ छवि बनाएकी नायिकालाई समेत बदनामीको भुमरीमा धकेले। त्यस्तै अर्को घटनामा ग्ल्यामर्स छवि बनाएकी पूजा लामापनि परिन्।हातमा हतियार भयो भने चलाउन मन लाग्छ, पैसा भयो भने खर्चिन मन लाग्छ, प्रेमिका नजिकै भइन् भने चुम्न मन लाग्छ । त्यस्तै हातमा क्यामेरा भयो भने तस्बिर वा दृश्य खिच्न मन लाग्नु स्वाभाविक हो । मानिसको मन उपलब्ध वस्तु उपभोग गर्न सदैव तत्पर हुन्छ । यौन मानवीय जीवनमा अत्यावश्यक छ । यद्यपि हाम्रो समाजमा यौनको कुरा गर्नुलाई छाडा मानिन्छ । बन्द कोठाभित्र धेरैजसो वयस्कले यौनक्रीडाको अनुभव सँगालेका हुन्छन् । जुन स्वाभाविक पनि हो । अस्वाभाविक त्यतिखेर हुन्छ जब त्यो गोप्य नरहेर सार्वजनिक हुन्छ । बन्द कोठाभित्र हुने यौन क्रियालाई सामान्य मानिरहेको समाजमा घरका झ्याल-ढोका खोलेर रतिक्रिया गरियो भनेचाहिँ के होला ? यौन भिडियो र झ्याल-ढोका उघारेर गरिएको यौनक्रीडामा खासै अन्तर छैनन् ।पछिल्लो एक दशकमा 'ग्याजेट' मानिने क्यामेरा, मोबाइल, ल्यापटप आदि सर्वसुलभ भएका छन् । डिजे तान्त्रिकका नामले चिनिएका संगीतकर्मी किचमान चित्रकारले त्यही सुविधाको दुरुपयोग गरे, जसका कारण उनले त बदनामी कमाए नै, स्वच्छ छवि बनाएकी नायिका नम्रता श्रेष्ठलाई समेत बदनामीको भुमरीमा धकेले । त्यस्तै अर्को घटनामा ग्ल्यामर्स छवि बनाएकी नायिका पूजा लामा पनि परिन् । डिजे शिशिर स्याङ्देनले मोबाइलको क्यामेरा उपयोग गरी पूजासँग उनको यौन क्रियाकलाप खिचेका रहेछन् । त्यो दृश्य सार्वजनिक भयो । बदनामीको डरले उनीहरूले विवाह गर्नुपर्‍यो । क्यामेरालाई आँखासँग दाँजिएकाले यो पनि भन्न सकिन्छ कि खिचिएका यौन भिडियो उनीहरू आफैंले हेर्न खिचेका हुन् । यद्यपि 'जोसमा होस नपुर्‍याई' खिचिएका ती भिडियो सार्वजनिक नहुन् भन्ने उद्देश्य खिचाउने उनीहरू सबैको थियो होला, सार्वजनिक भएपछि धेरैका आँखाले ती भिडियो हेरेका छन् अनि उनीहरूले 'गोप्य' मानेर गरेका क्रियाकलाप सबैका लागि सुलभ भएपछि उनीहरूको चर्चा भयो, अनि बदनामी पनि । वर्ष ०६६ मा त्यस्ता भिडियोहरू सार्वजनिक भएकाले यो वर्षलाई 'सेक्स भिडियो स्क्यान्डलको वर्ष' पनि भन्न सकिन्छ । नम्रता र पूजा पर्दामा देखिएका सेलिबि्रटी भएकाले उनीहरूको यौन भिडियोको चर्चा हुनु स्वाभाविक थियो । एउटी नाम कहलिएकी नायिकाले भनिन्- 'उनीहरूको एउटा गल्तीको सजाय हामी सबै नायिकाले पाइरहेका छौं । त्यसै त चलचित्रकी नायिका भनेपछि हामीलाई समाजले गलत नजरले हेथ्र्यो । त्यसमा उनीहरूले घ्यू थप्ने काम गरे ।'
नम्रता र किच काण्ड
नम्रता र किचमानको यौनक्रीडालाई उनीहरूले एक वर्षअघि खिचेको बताइन्छ । वर्ष ०६६ को दसैंभन्दा अघिदेखि उक्त भिडियो मोबाइल, इन्टरनेट आदिको माध्यमबाट विश्वभरि फैलियो । उनीहरूको क्रियाकलापलाई मानिसहरूले मज्जा मान्दै हेरे । कतिले उनीहरूलाई गाली गरे भने कतिले आपसी समझदारीमा सम्पर्क राखिए पनि यसरी भिडियो खिच्नुचाहिँ हुँदैनथ्यो भन्ने प्रतिक्रिया पनि दिए । जे भए पनि खिच्ने किचमानभन्दा नम्रता बढी बदनाम भइन् । किनभने नम्रताको नाम किचको भन्दा लोकपि्रय थियो । भिडियोलाई 'नम्रताको भिडियो' भनिए पनि किच अर्थात् डिजे तान्त्रिकको नाम कमैले प्रयोग गरे । नम्रतालाई साइन गरेका विज्ञापनबाट पनि उनलाई हटाइयो । यही वर्ष सफलता पाएको उनको चलचित्र 'मेरो एउटा साथी छ' पछि उनलाई आशाविपरीत निर्माता तथा निर्देशकहरूले आफ्ना चलचित्रहरूबाट हटाए । त्यसपछि मानिसहरू अनुमान गर्न थाले- अब नम्रताले के गर्छिन् ?केही महिनाको गुप्तवासपछि नम्रता सार्वजनिक भइन् । भ्यालेन्टाइन डेमा उनले आफ्नो रेस्टुराँमा एउटा नाटकमा अभिनय गरिन् अनि बीच क्रिकेट फेस्टिभलको सद्भावना दूत भएर उनले मिडियामा आफ्नो प्रत्यक्ष उपस्थिति दर्साइन् । उनका सामान्य समाचार पनि छापामा आउन थाले । एचआईभीको एउटा चलचित्र खेल्नेदेखि लिएर उनका हरेक गतिविधि फेरि मिडियामा आउन थालेका छन् । एउटा दुःस्वप्नबाट बाहिर निस्किएजस्तो गरी उनले समाजको सामना गरिन् । अब मानिसहरू भन्न थालेका छन्, 'मान्नै पर्छ नम्रताको आँटलाई ।'
पूजा र डिजे शिशिर
केही वर्षअघि सञ्चारकर्मी तथा चलचित्रकर्मी दिनेश डीसीले धोखा दिएको भनी आत्महत्या गर्न तम्सिएकी नायिका, गायिका तथा मोडल पूजा लामा चलचित्रमा काम गरेर भन्दा त्यस्तै घटनाहरूबाट बढी चर्चामा आइन् । विवाह गरेर एउटा छोराको आमा भैसकेपछि छोडपत्र गरेर एक्लो जीवन बिताइरहेकी पूजा लामाले आफ्नो पछिल्ला प्रेमी डिजे शिशिर स्याङ्गदेनसँग यौन क्रियाकलाप गरेको एउटा भिडियो सार्वजनिक भयो । मोबाइल, इन्टरनेट, सिडी तथा डिभिडीमा समेत सहजै पाइन थालेको उक्त भिडियोमा पूजाले अनुहार नदेखिएका शिशिरको यौनाङ्गलाई मुखमैथुन गरेको दृश्य छ । उक्त दृश्य सार्वजनिक भएर बदनामी हुन थालेपछि अन्ततः उनीहरूले भद्रकाली मन्दिरमा विवाह गरे ।
फेवापारिको काण्ड
पोखराको फेवाताल पारी सुनसान चउरमा अधबंैसे जोडी रतिक्रीडामा मग्न भएको दुई जना प्रहरी जवानले फेला पारेपछि उनीहरूलाई थाहै नदिई मोबाइलबाट खुसुक्क भिडियो खिचे । बिस्तारै उनीहरूलाई थाहा दिएर हकारेसम्मको दृश्य खिचेपछि उक्त भिडियोलाई उनीहरूले सार्वजनिक गरे । पोखरा मात्र होइन, यत्रतत्र उक्त भिडियो क्लिप्स पाइन थालेपछि ती दुई प्रहरी जवान कारबाहीमा परे । क्लिप्समा प्रस्ट चिनिने ती जोडी पोखराकै भएको बताइन्छ ।
धरान/धनकुटामा नीलो चलचित्र काण्ड
चुलीवन सिन, धरान नर्स, दमक सेट, धरान लोकलजस्ता शीर्षकमा पूर्वका धरान, धनकुटा आदि स्थानमा निर्माण भएका नीला चलचित्रहरू फेला परे । पूर्वका स्थानीय युवाहरूको मोबाइलबाट हुँदै ती भिडियो देशदेखि विदेशसम्म फैलिए । यसका अतिरिक्त स्थानीय केही युवा-युवतीले मोबाइलका माध्यमबाट आफ्ना यौन क्रियाकलापहरू खिच्ने र रमाइलोका लागि साथीको मोबाइलमा ट्रान्सफर गरेपछि एकबाट अर्को हुँदै त्यस्ता सेक्स क्लिपहरू सर्वत्र फैलिएका थिए । मोबाइलमा मात्र होइनन्, इन्टरनेट सञ्जालमा समेत त्यस्ता भिडियोहरू अपलोड गरिएका छन् । १७ देखि २२ वर्षका युवा-युवतीहरूका यौन क्रियाकलापहरू समेटिएका ती भिडियोहरू प्रविधिको दुरुपयोगका कारण बनाइएका हुन् । एउटा उखान छ, 'बोल्न पायो भन्दैमा प्याच्च नबोल्नू, बस्न पायो भन्दैमा थ्याच्च नबस्नू ।' यो बर्ष नेपाल नै रन्काएका सेक्स भिडियो वा क्लिप्सको चर्चाले यो पनि भन्नैपर्ने भएको छ- 'खिच्न पायो भन्दैमा सेक्स भिडियो चाहिँ खिच्दै नखिच्नू ।'
कान्तिपुरबाट

No comments: