Apr 17, 2010

लिम्वुवानवादीहरु एकगठहुदै जानु-सकारात्मक

दिल पालुङवा लिम्वु "नेपाल कुश्शा"
देशको दिनदिनैको परिवर्तनको कारण विभिन्न घटकहरुमा विभक्त लिम्वुवानवादी संगठनहरु क्रमश संयुक्त भएर लिम्वुवान स्थापनाको लागि अघि वढिरहेका छन् । भोलि एउटै झण्डामूनि गोलवन्द हुन सक्नेछन् । भर्खरै हङकङमा पनि संयुक्त लिम्वुवान मोर्चा शाखा हङकङ गठन भएर कार्य गरिरहेको छ । यही मे १६ तारिख पनि वृहत लिम्वुवान जनजागरण तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । हङकङेली लिम्वु तथा लिम्वुवानवासीहरुको भावनालाई कदर गर्दै नेपालको संयुक्त लिम्वुवान मोर्चालाई सकेसम्म सहयोग गर्ने उद्धेष्य यसको रहेको छ । संयुक्त लिम्वुवान मोर्चामा आवद्ध विभिन्न पार्टी भएतापनि लिम्वुवानको राष्ट्रिय भावनालाई सवैले कदर गर्दै राजनैतिक सिद्धान्तभन्दा माथि उठी मकालु अरुण सप्तकोशीपूर्वको ऐतिहासिक लिम्वुवान भूमि आधुनिक नेपालको संघीय राज्यमा स्वायत्त लिम्वुवान राज्यको रुपमा कायम हुनुपर्ने कुरामा सहमति भै आन्दोलनमा सवै सहभागी भैरहेकाछन् । यो लिम्वु तथा लिम्वुवानदीवादीहरुको सवभन्दा सकारात्मक पक्ष हो । लिम्वुवानको पुरानो निती अनुसार सवै मानिसहरु समान भएकोले आधुनिक समय या वर्तमान अवस्थामा पनि लिम्वुवानले सवै जातिहरुलाई समान रुपमा लैजानेछन् । तसर्थ लिम्वुवानको आन्दोलनलाई सवैले साथ दिनेछन् । लिम्वुवानवादीहरुले लिम्वुवान ऐतिहासिक तथ्यको आधारमा हुनुपर्ने र वि.सं.१८३१ को पृथ्वीनारायणसंगको सम्झौताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । तत्कालिन समयमा तर्राई अर्थात हालको झापा, मोरङ र सुनसरी जंगलामुलुक थियो । यहां वस्ती वि.सं २००७ सालपछि मात्र भएको हो । झोडाहरुको फडानीहरु पनि लिम्वुहरुको अगुवाईमा भएको थियो । ती भूमिहरु लिम्वुवानका भुमिहरु हुन् । विजयपुर -हालको धरान) वाट उक्त क्षेत्रको रेखदेख हुन्थ्यो । विजयपुरवाट वुढासुव्वाले वेलवेला विहारवाट वाली खान आएको वस्तुहरुलाई खेदाउन गुलेलीले मटेंग्रा र्इनरुवा तल वलाहा भन्ने ठाउसम्म हान्थेरे । त्यहा अझै मटेंग्राहरु पाउने गर्दछ । त्यस्तै लिम्वु पूर्खाहरुमध्ये मोरङ राजाले रंगेलीमा राजधानी वनाएर राज्य गरेका थिए । कुदुङ्जापा र हर्वाहाङले झापा क्षेत्रमा राजधानी वनाई राज्य गरेका थिए । पर्वत राजा र मयलकेतुले जलालगढमा राजधानी वनाई राज्य गरेका थिए । यी सवैले लिम्वुवानभित्र रहेर राज्य गरेका थिए । यीनै कारणहरुले वर्तमान अवस्थामा पनि लिम्वुवानले उक्त भुमि त्याग्न नसकोको हो । तसर्थ वर्तमान संविधानसभाले जतिसुकै प्रपंच गरेर तथा माओवादी पार्टी लगायतले आफ्नो स्वार्थसिद्धीका लागि पांच जिल्लाहरु मात्र भनेता पनि सच्चा लिम्वुवानवादी तथा लिम्वुवानका योद्धाहरुले कुनैपनि हालतमा ऐतिहासिक आधारमा भएको लिम्वुवान क्षेत्रलाई तिलान्जली दिनेवाला छैनन् । तसर्थ सम्पूर्ण लिम्वुवानवादीहरु एकजुटहुन वाध्य भएका छन् । संविधान सभाले नेपालको नागरिक हुन नदिएमा त्यहा दुर्इवटा कुरा देखिने निश्चित छ । त्यो के भने पहिलो नेपालको नागरिक भएर पनि लिम्वुवान स्वायत्त नभएमा भारतीय स्वायत्त हुन के वेर - दोस्रो, स्वतन्त्र लिम्वुवानको हुनसक्छ । तव लिम्वुवान वाहिरको लिम्वुवान राष्ट्रियता हुन सक्छ । विश्वको मानचित्रमा लिम्वुवानको उदय हुनसक्छ । यी कुराहरुलाई समयमै ध्यान दिएर लिम्वुवानवादीहरुले भनेवमोजिमको लिम्वुवान प्रदान गर्नु उत्तम हुनेछ । एकात्मकवादीहरुले यो कुरा सम्झीने हुन् वा होईनन् । पहिले राणाहरुले ध्यान नदिएकोले मेची देखि टिस्टासम्मको लिम्वुवानभूमि व्रिटिशले भारत छोडेपछि त्यतिकै भारतमा पर्न गएको थियो । यर्सथ नेपालको मानचित्रमा रहेर नेपाली लिम्वुवान हुन चाहिरहेका लिम्वुवानवासीहरुलाई पृथक वनाउने कार्य कहिवाट नहोस् । सवै नेपाली भएर विश्वमा उच्च शीर कायम गरेर वसौं । सेवारो ।

No comments: