शिव कुमार श्रेष्ठ
बूढा सुब्बा ठूलो सिकारी थए र उनले हाने ती जहिले पनि ताकेको ठीक ठाउँमा लाग्दथ्यो । गौरी भन्ने उनकी बहिनी थिइन् र उनी सधै सिकारमा बूढा सुब्बा सँग हिड्थीन् । एकपल्ट वराहक्षेत्रको कोकामा बूढा सुब्बाले एउटा मृगलार्इ देखे र त्यसलार्इ लख्ट्दै गए । वहिनी गौरी पनि बूढा सुब्बाको पछिपछि लागिन् । अन्तमा बूढा सुब्बाले विजयपुर, (धरान, सुनसरी) मा आइपुग्दा नजिकबाट त्यो मृगलार्इ तीरले हाने तर मृगलार्इ त्यो तीर लागेन । यसरी आफुले हानको तीर मृगलार्इ नलागेको देखेर आश्चर्य माने । उनले ध्यानदृष्टिले विचार गर्दा के थाहा पाए भने त्यस बेला कलियुग सुरु भइसकेको हुनाले मृगलार्इ तीरले नलागेको रहेछ । त्यस बेला बूढा सुब्बाले हानेको तीर मृगलार्इ नलागेर बूढा सुब्बाले आफू पृथ्वीबाट अल्पिने विचार गरे र विजयपुरमा नै आफ्ना मटेङ्ग्रा र गुलेली राखेर उनी अल्पिए । बहिनी गौरी पनि दाजुलार्इ पछ्याउँदै आउँदै थिइन् र विजयपुरमा उनले बूढा सुब्बालार्इ कहीं पनि देखिनन् तर एक ठाउँमा उनले बूढा सुब्बाको मटेङग्रा र गुलेली देखिन् । उनले ध्यान दृष्टिले विचार गर्दा के थाहा पाइन् भने त्यहाँ नै बूढा सुब्बा अल्पिएका रहेछन् । त्यसपछि उनी पनि त्यहाँ नै अल्पिइन् । यसरी गौरी अल्पिएको ठाउँ आजसम्म पनि विजयपुरमा बूढा सुब्बाको नजिक छँदैछ
No comments:
Post a Comment