Mar 30, 2008

मुजिक्नालाई चिठ्ठि


प्रदीप कन्दङवा (लिम्बू), हङकङ

ओ--- मुजिक्ना
तिमी जतिसुकै माङगेना राख
जति सुकै छुरी उम्रेको भाले भाक
तिमी जतिसुकै पन्च्यौली पुजा गर
जति सुकै छिप्पेको जाँड फेदाङमालाई ख्वाउ
र खाउ आफु जतिसुकै भालेको रातो सिउर
र पेउ आफु जतिसुकै राँगाको तातो रगत
ओ मेरी प्यारी मुजिक्ना
यति बुझ
तिम्रो सिर कदापी उठ्दैन
तिम्रो सातो फर्केर कहिले आउँदैन
यदि तिमिले बुझेनौभने
राज कुमार आङदेङवेको वलिदान
यदि तिमिले सम्झेनौभने
काङसोरेको विरगाथा
ओ--- मुजिक्ना
तिमी जतिसुकै शिरबन्दि सिउर
जतिसुकै शिरफुल ओढ
जतिसुकै फक्ताङलुङ चढ
र भन, म याक्थुङहाङमा हुँ भनेर
तर यति बुझ
तिम्रो कहिले हुँदैन तिम्रो माटो
तिम्रो कहिले हुँदैन तिम्रो बाटो
तिम्रो कहिले हुँदैन तिम्रो घर
यदि तिमिले बिर्सियौभने
फाल्गुनन्दले देखाएको बाटो
ओ मुजिक्ना
मेरो भुँईसोरी सेवारो तिमिलाई
मेरो लुङमेन्दिङ बिन्तिरो तिमिलाई
नुनपानिको सन्धि फेरी नगर्नु है
बुझ्नु है
उनीहरुको सुकिलो कुरा
सम्झिनु है उहिले उहिलेको धोका
गोर्खा राजाले थापेको सन्धिको एम्बुस
बुझ्नु है
उनिहरुको फुटाउ र शासन गर भन्ने निती
सम्झाउनु है लिङदेन र पालुङवा तेङवेहरुलाई
मिल्नु भन्नु
कुम्भु कुन्सा नबाझ्नु भन्नु
ओ लुङजिरि लुङबो:ङ्बा मुजिक्ना
तिमी जतिसुकै च्याब्रुङ बजाउ
तिमी जतिसुकै पालाम गाउ
तिमी जतिसुकै ख्याली भन
तिमि जतिसुकै हाक्पारे गुन्गुनाउ
तर बुझ
तिम्रो धान नाच्ने आँगन तिम्रो हुँदैन
तिम्रो फिलिङ्गेबारी तिम्रो हुँदैन
यतिसम्म पनि हुनसक्छ
तिम्रो आत्मा स्वयममा तिम्रो हुँदैन
यदि तिमिले स्रिजङगाहाङलाई चिनेनौ भने
यदि तिमीले लेप्मुहाङको उपदेश बिर्सियौ भने
ओ मेरि प्रिय मुजिक्ना
तिमी जतिसुकै भाक नाहेम्मा भाले
तिमी जतिसुकै थाप बारिमा लिसो पासो
तिमि जतिसुकै खिप घुङरिङमा तिम्रो सपना
तिमी जतिसुकै ठोक घरको सुरमा चार किल्ला
तर सम्झ
तिमी सुरक्षीत कहिले हुन सक्दैनौ
तिमि निर्भय कहिले हुना सक्दैनौ
यदि तिमीले खोजेनौभने ईमानसिङ चेम्जोङको सपना
यदि तिमिले बुझेनौभने येहाङ ब्यवस्था
ओ मुजिक्ना
होशियार हुनु है
माङहिमको दैलो राम्रो थुन्नु है
के थाहा
मायावि कृष्णहरु छिर्न सक्छन्
मुखबाट मान्छे जन्माउने ब्रहमाजिहरु पस्न सक्छन्
विष्णुजिहरु भेष बदलेर आउन सक्छन
चिन्नु है, विष्णुजीहरुलाई
उनीहरु अर्काकको स्वास्नी पनि पो भन्दैनन् है
लुकाउनु है
मुन्धुमका किताबहरु
भाषा र लिपिहरु
हाम्रा ग्रन्थ माहा-ग्रन्थहरु
फेरी जलाईदिन सक्छन्
फेरि लुटिदिन सक्छन्
के थाहा फेरी आउन सक्छन जासुसहरु
ओ मुजिक्ना
निग्रानि राखनु है
अरुणको किनार तिर
उभो हिँउघारि छ भनेर ढुक्क नहुनु है
उता मेचिपारि पनि नबिर्सनु
तल जङगे पिलरको झन भरै छैन
मुजिक्ना मलाई माफ गर्नु है
मेरो माटोलाई चहिएको बेला मेरो पसिना
म त एता ठुल् ठूला घरहरुको शहर
हङकङमा चौकिदार पो छु है
डलरसँग मेरो आत्मा पो साट्दै छु है
म त याक्थुङ लाजेलाई मेरो अनुहार देखाउन सक्दिन क्यारे
मुजिक्ना-- अफ्ठ्यारो नमान्नु है
बरु भन्नु
बन्दुक सस्तै पो छ है एता
त्यता कस्तो छ कोनि ।

Mar 29, 2008

सिमानाको नेपाली


विक्रम सुब्बा

उसले आफ्नै पार्टी चिन्तनजस्तो
खिया लागेको भोटे ताल्चा खोल्यो
आफ्नै गुटको मगजजस्तो
मक्किएको पुरानो सन्दुस उघार्‍यो
आफ्नै अव्यवस्थित सोचहरूजस्ता
घरेलु सामानहरू उल्टायो, पल्टायो
छाम्यो, हेर्‍यो, खोज्यो
तर, कतै भेटेन ।
सिरानी हालेको रामायणको चेपचापमा
नागरिकता र झै-झगडाका कागजातहरू
गुट्मुट्याएर राखेको पोकोमा
घरीघरी ऐनाझै हेर्ने गीता-ग्रन्थको खोलभित्र
दातृसंस्थाले गोष्ठीमा दिएको व्यागभित्र
ससुरालीबाट पाएको दराजको लकरभित्र
भ्रमणभत्ताले किनेको कोटको भित्री गोजीमा
कही पनि नभेटेपछि
ऊ लामो सुस्तायो
र भन्यो, कहिले हराउछ ..., कहिले भेटिन्छ...
यसपल्ट फेरि कसले कता घुसार्‍यो
बाजे-बराजुको पालादेखि
आफ्नो भन्दै आएको
जमिनको नक्सा र त्यसका सिमाना
यसपल्ट फेरि हराए
जुन चारकिल्लाभित्र
उसका घर, गोठहरू उभिएका छन्
त्यो जमिन अचेल कुन मुलुकभित्र पर्छ

Mar 28, 2008

चुम्मा,लुङ् -चुम्लुङ् -चुम्लोक

टंक वनेम
लिम्बू भाषामा चुम्मा,(भेला हुने, हुनु) र लुङ् (ढुङ्गा) संन्धि भएर कालान्तरमा चुम्मालुङ् नै चुम्लुङ भएको तत्थ्य लिम्बूवानका बिद्धान एबं इतिहासकारहरु स्वीकार गर्दछन् । हुन पनि सभ्यताको शुरुवातमा भस्मे फाँडेर नयाँ जग्गा जमिनको साँध राख्ने अबस्थामा कुनै चुम्लुङ् हिमहरु (सभा भवनहरु) थिएनन् । त्यस बेला त्यो समुहको (Dicision Maker) निर्यण गर्न सक्ने मान्छेकहाँ भेला भई बिभिन्न समस्याहरुको निस्कर्ष निकाल्थे । लिम्बूवानको पहाडी भिरालो जग्गामा बस्न अप्ठयारो भएको हुँदा कुनै सजिलो तोकिएको ढुङ्गामा बसेर परिआएका समस्याहरुबारे छलफल हुने चलन चलाए त्यसरी चुम्मालुङ् बाट चुम्लुङ भए जस्तै चुम्लुङ्बाट अपभ्रंश भई चुम्लोक जस्ता ठाउँ को नाम पनि रहन पुगेको छ । यो गाउँ मैवा खोला ढुङ्गेसाँघु वाड नं ८ (ताप्लेजुङ) अन्तर्गत पर्दछ ।
यो गाउँको पूर्बमा मैवा खोला पोक्लाम तेम्बे पश्चिममा माङ्जारा गाउँ उत्तरमा लालि पातल माङमाया खोलाको उद्धगम स्थल मेन्छ्यायेम डाँडा र दक्षिणमा पारी पट्टी सिम्ले गाउँ यति चार किल्ला भित्र रहेको सानो गाउँ को नाम नै चुम्लोक गाउँ हो । यो गाउँ को माँझमा माङ्लोःक् -फलेदो(ठूल,ठूला पात हुने रातो फूल फुल्ने, सिमीका जस्ता कोसा लाग्ने, भित्र फस्केइलो काठ हुने र बाहिर काँडैकाँडा हुने एक जातको रुख) रुखको छेउमा १५,२० जना मान्छेहरु बस्न सकिने एउटा ढुङ्गा छ । यहि ढुङ्गामा बसेर उसबेलाका पुर्खाहरु गाउँको मुख्य सुभा (सुब्बा) (Dicision Maker) को नेतृत्वमा गाउँलेहरु भेला भई गाउँमा परिआएका समस्याहरु बारे छलफल गर्ने भएको हुँदा उक्त गाउँको नाम पनि चुम्मालुङ् बाट चुम्लुङ् हुदै अपभ्रंश भई चुम्लोक रहन गएको कथन छ । मुन्धुम् अनुसार पोरोक्मीबा यम्फामीबाको पाला देखि नै याक्थुङबाहरु याक्थुङ् लाजेमा रहन्दै आएको हुनाले लिम्बूवानका गाउँ ठाउँहरुको नाम पनि परिवर्तन हुन नसकि आफनो अस्तीत्वको इतिहास बोकेर धर्मराइरहेका छन । ति शुद्ध याक्थुङ भाषामा नामाकरण भइ अपभ्रंश भएका केहि गाउँ ठाउँ खोला नाला पहाड र पर्बतका नामहरु निम्न अनुसार छन ।

ताप्लेजुङ् -

पित्तोलुङ,हाङ्फाबुङ,थिङलाबु,थुङथाप,ओख्राबु,फुन्छेबुङ्,साङ्लुप्पा/साङलुम्बा,फङ्द्रा,येङघारा
लाकचुङ्बा,नुम्लोक,मिजेरे,याक्तेप्मा,साम्तोङ,पोक्लामा,हाङथाना (हात्ती खावा) हङबाप्माः,चल्ले,सिम्ले,माङजारा,इसेरा,मुछेरा,पाङ्मा,ताङसादेन,ताम्राङ,वादोक,बङथाक, तेन्धाप,चुम्लोक,लेक्वामा,लेत्च्वाप्मा,तेम्बे,तुम्बेगु,पिरिङ्गे,ओयाक्चुङ,साकफारा,खारते, तेत्लाबुङ,लुङ्सुम्बाङ,,सबुवा,चुङ्वा,खुःवा,मि-चिरिङ,आम्बोटे,फुगोङवा,,लिबाङ,पान्दोलुङ,चाँगा, किल्लिङ,नाल्बो,खर्बाताःक्तेन,नाक्लाङवा,साङमाङगो,साँबा,थल्लङ,खोक्लीङ,तुम्बाङखे, फछङ्मा,साम्याङखाम,फुङजेल्ला,हाङगाम,सोरीङ,वरक्मा,मा-स्रेङ,लिङथेप,आलजङगो, चङ्जीबुङ,लिङ्तेप,पापुङ,सिङ्सादेन,छोछोंन्देन्,ताङ्खु,मा-पाङ्फे (मा,माङखे), सापचङ्वा, तापेथोक,सेङवा,लुङथुङ,पिप्पुथाप (बिपुथाप),साम्सुप्ली (सुसुवादेन-मुन्धुम अनुसार) लेलेप, लिङखिम,आम्जीलोसा,हेल्लोक,मित्लुङ्, युक्खाबो/इखाबू,संसाबो/सङसङबो,सावादेन,फेम्फु,सुत्लुम्बुङ,खेदेन,फुरुम्बो, खेजेक्नाम/खेजेनिम,खेबाङ,परा,पेदा,मयाम,नाङखोल्याङ्,हाङ्देवा,मेदिबुङ,आजिबुङ,याङलिजुङ, टारिबुङ,हानदुरुङ,बुङ्कुलुङ,तेनेबुङ,थोक्पेकबुङ,आम्मेदेन,थुम्मेदेन,मादिबुङ, थेचम्बु,तेल्लोक,थुङरुम्बा,थुम्मा,पेदाङ,साप्लीखोक,बक्खिम,खेबाङ,मामाङखे,साखेजङ,दोरुम्बा, तिरिङगे,डुम्रिसे,चित्तोक,वारुम्देन,याङ्पाङ,तेम्बेवा,सिनामतेल्लोक, थर्पु,साम्याङ्खाम,मुकुबुङ,तिमतिम्बो,सापलाखु

१३ थुम-

इवा,हडा,खानाकपुङ,संम्दु,इसिबू,पाकतेन,लोवाफु,किलिङ,सुदाप,हाङ्सुरुङ,आजिरा, मुराहङ्,सेरजंङ,लाब्रि,सेगेङबा,खेसेरा,तुम्बायक,तुम्फुला,कप्याक,परजाङ, मियङलुङ,पोक्लाबुङ,थोक्लुङ्,फाक्च्वा,फुङ्सिङ्,फुङ्नाम, तःक्उमा,हमरजङ,सुङनाम,सोल्मा,अम्फुवा,साब्ला,पुरुन्देन,पुन्धुङ,सिकिदेम, वइफुङ,फम्बु,कामोरुङ,लिङदेन,मोरालुङ, ।

पाँचथर-

वासुम,लुङरुप्पा,हेङगाम्देन,प्राङबुङ,धिबोम्बा,यासोक,याङनाम,सारताप,नाम्सालिङ,ओयाम, तेनेबा,याम्बोङ,माक्लुङ,चोक्मागु,भाराप्पा,अम्लाबुङ,सुभाङ,पङवादेन,थक्लेम्बा,सिवा, यासक,सारदाप,फेदेन,फेजङ,केबुक,माङ्जाबुङ,आङ्बुङ,ओयम,लोवाफु,नाङगेन,येकतेन,थरपु, कुरुम्बाङ ।

इलाम-
लारुम्बा (माङ्सेबुङ),मिक्लाजङ,आङदाङ,चेम्फुजोङ,ब्रुङखिम,फुदुक,साङग्रुम्बा ।

सङखुवासभा-
चित्लाङ,मैयुम,फाबेन,मावादेन,लुङ्बाङ्ःयक,लुङ्धाकि (नुनढाकि),सजिक स्वाची/कोस्वा,

धनकुट्टा-
ताङखुवा,ओख्रे,मावरक पावरक,तेनुबा (तेनुपा),सोगुम,मादेन,साप्तेन,हाम्वेला,लोकतेन,पेगना (बेगना)

सीमापारी - (भारत)
खर्साङ,सिङ्ताम,चुङथुङ,कालिमबुङ (कालिम्पोङ),लिङचोम,माङ्गान,पाङथाङ,रुम्बुक,नाम्दोक, ।

केहि यक जोडिएका माङ्गेन्ना यक हरु-
फुङदाप्मा यक,सोनु कुम्बा यक,चेनचेनलुङ् यक,चाङसिङ यक,ताक्लुङदेन यक,काया यक, साङ्गुरी यक,चाङधुम्बो यक,लुम्बाङ यक,साङगाङ यक,चीकवा यक,कुर्ले यक,हस्तपु यक,पोःक्लाबुङ यक, फेदेन यक,आङदाङ यक,चाङसिङ यक,इधिङ यक ।

थुम्का,पहाड, र पर्बतहरु-
फक्ताङ्लुङ,चेन्जेनलुङ्,मेन्छ्यायेम,मिल्खु (मिल्कु) अथिनलुङ,सुमाथालुङ,लुम्बासुम्बा,तोक्मा थेगु,मुक्कुम्लुङ (पाथिभरा), खोकुङ, नेघुङ, ताउजुङ, सेवालुङ, कुस्सायक, कुम्मायक, फेयात्लुङमा,कङ्गङ्लुङमा, पुधाम्लुङ थेगु,शिरेगु कोक्मा,मुरिङला थेगु,फात्लेलुङ थेगु, मुजोःकलुङ् थेगु (मुन्धुम्मा बर्णित-सिद्धी स्थल-सृष्टि,) सेहो-नाम्लाङः,

अपभ्रंश भएका गाउँ ठाँउहरु ।

यर्थाथनाम अपभ्रंशनाम - जिल्ला ।

हाङ्पाङ हाम्पाङ - ताप्लेजुङ
पोक्लाम तेम्बे पोक्लामा तेम्बे - ताप्लेजुङ
वानेने हात्तीखावा (ढुङगेसाँघु) -ताप्लेजुङ
लेक्वामा लेकुवा - ताप्लेजुङ
वालुङसुम् (गोला) ओलाङ्चुङ गोला - ताप्लेजुङ
ढोक्पे गोला तोक्पे गोला - ताप्लेजुङ
म्हसिरिङ् माःश्रेङ् - ताप्लेजुङ
युःखाबो इखाबो - ताप्लेजुङ
फुङलेङ फुङलिङ - ताप्लेजुङ
चेङ,याः चाँगे - ताप्लेजुङ
निङजादेन निङग्रादेन - ताप्लेजुङ
सिनामभेत्लुङ सिनाम - ताप्लेजुङ
सेन्दाङ छिन्ताङ - ताप्लेजुङ
फाखोङमा फाकुम्बा- ताप्लेजुङ
सान्थावरक सान्थ्रान्क्रा- ताप्लेजुङ
तुम्ब्रिसे डुम्ब्रिसे - ताप्लेजुङ
वानेने ओलने - पाँचथर
नेम्बेङ् मेम्बेङ् - पाँचथर
फेदेन फिदिम - पाँचथर
याङवारक याङगरुप/याङरक - पाँचथर
याङसीङबुङ याङसीबुङ - पाँचथर
ताङगावा दाङवाम्पा - पाँचथर
लेजाङगु सिंहदेबि- पाँचथर
स्याबरुम्बा साङ्गरुम्बा - पाँचथर
खुवाबुङ ख्वापुक - पाँचथर
अम्लाबुङ नौमी डाँडा - पाँचथर
नाउरुङबा गजुरमुखि - पाँचथर
अम्लाबुङ नौमी डाँडा - पाँचथर
चेनताक्तु च्याङथापु - पाँचथर
सुदाप फेदाप तेहृथुम - १३ थुम
मियङलुङ म्याङ्लुङ - १३ थुम
खामनुनु खाम्लालुङ - १३ थुम
मुराहङ मोराङ - १३ थुम
हाङयाक्मा हाङगेपा (हागेपा) - १३ थुम
हाङ्को वाहाकु - १३ थुम
याःपोन याबोन - १३ थुम
सुदाप फेदाप तेहृथुम - १३ थुम
सानगढि साँघुरी - धनकुट्टा
लुङधाकी नुनढाकी - सङखुवासभा

अपभ्रंश भएका डाँडाकाँडा पहाड पर्बत र नदी नालाहरु ।

यथार्थ नाम अपभ्रंश भएकानामहरु

फक्ताङ्लुङ् - कुम्भकर्ण
चम्जम्लुङ् (मा) (चोमोलुङमा) - सगरमाथा
मिल्खु मिल्के डाँडा
कङकङलुङमा - कञ्चनजंगा हिमऋङ्खला
फात्लेलुङ फालुट - पहाड
सिन्धोलुङ माःएबा - मैवा खोला
चाःएबा - जैवा खोला
एम्बिरी याङधाङवा - तमोर (तावामा)
यफत्लुङ काङवामा - काबेली खोला
केतक्कुम मेवा पुम्मा (मिक्वा) - मेवा खोला
माङःमए (माप्मे) वाहङ - माङमाया खोला
हेत्रेङ (हयात्लुङ) - वाधाम हिंगुवा छाँगा (१३ थुम)
फङ्फङ्देन वाधाम - फुङफुङे छाँगा (ताप्लेजुङ)
हिङ्मादेन वाहङ - हिउँदिया खोला
कुःया वाहङ - कोइया खोला
यसरी लिम्बु भाषामा नामाकरण गरिएका गाउँ ठाउँ पहाड पर्बत,खोला नालाका नामहरु दिन प्रति दिन अपभ्रंश भइ खस नेपाली भाषामा परिबर्तन हुनेक्रम जारी रहनु दुःखको कुरो हो । अपभ्रंश भएका पुराना नामहरुलाई पुःन यथार्थ नाम राख्न स्थानिय बुद्धिजीबिहरुले पहल गर्नु पर्ने देखिन्छ । जस्ले जङ्गल फाडयो, जस्ले अटाप्पे बनलाई मानब बस्ति योग्य बनायो, अथवा बाघ,भालु र जङ्गली जनवारहरुसंग ज्यानको बाजि थापेर आफनो पुर्रखाहरुले मानब बस्ती बसाइ गाउँ ठाउँको नाम पनि राखे,सम्म परेको टारलाइ तेल्लोक भने,भेला भई सभा गर्ने ढुङ्गालाइ चुम्मालुङ भने,भेला हुने गढि (किल्ला) लाई तुम्मायक (तुम्बायक) भने, अलि भिरालो भिरालो परेको जमीनलाइ चेङ्या-याबा (छडके-छडके) परेको गाउँ भने,सुङगुरको डुँड जस्तो परेको ठाउँलाई फाखोङमा नाम राखे, देबि देवता पुजित पोखरिमा पैसा फाल्ने चलनअनुसार पैसा फालिने पोखरीको नाम याङवारक राखियो ।
ठुलो खालको बाँस (हाङफाः) हुने ठाउँको नाम हाङफाःबुङ नाम रहृयो । पात टिपेर टपरा गाँस्ने वा कृषियुग मा खेति गर्दा घुम बनाउने पात -माका तेत्ला) हुने ठाउँको नाम तेत्लाबुङ राखियो । टिम्मुर हुने ठाउँको नाम मेदिबुङ रहृयो,पहाडी इलाकामा अलि समथल मैदानी भाग को नाम तेम्बे राखे, लेकाली टिम्बुर हुने ठाउँको नाम खानाकबुङ (खानाक्पा) राखे । यि यस्ता गाउँ ठाउँहरुको नाम शुद्ध याक्थुङ्बा भाषामा रहनु र आदिबासी याक्थुङबाहरुलाइ खाम्बोङ्बा लुङ्बोङ्बा तागेरानिङ्वाफु सा, भनि मुन्धुम्ले बर्णन गर्नु याक्थुङबाहरुको लागि गौरबको बिषय हो । यि यस्ता याक्थुङबा भाषामा नामाकरण भएका गाउँ ठाउँहरुलाइ यथावतै राखि अपभ्रंश भएका नामहरुलाइ पुन यथार्थ नाम राख्ने कामको थालनी भए मात्र अस्तीत्वको लडाइबाट बाँच्न मद्धत पुग्ने छ ।

Mar 26, 2008

लिम्बू भाषामा बन्देज

अर्जुनबाबु माबुहाङ
नेकपा (माओवादी) सत्तामा गए यता आफूले सम्हालेका सञ्चार मन्त्रालय अर्न्तर्गत निस्कने गोरखापत्रमा विभिन्न भाषाभाषीलाई साता- महिनामा एक-एकपटक भए पनि उनीहरूको भाषा-लिपिमा स्तम्भ दिदै आएको छ । तर यही पुस २९ गते उसैको भ्रातृ संगठन लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चाले सुनसरी जिल्लाका धरान नगरपालिका र नगरभित्रका हुलाक, दूरसञ्चार, विद्युत र खानेपानी कार्यालयमा कार्यालयको नाम लिम्बू भाषा र सिरिजंगा लिपिमा लेखेर झुन्ड्याइएका बोर्ड स्थानीय प्रशासनबाट माथिको आदेश भन्दै हटाइएको छ । आज ती कार्यालयका सम्बन्धित मन्त्रालय सरकारमा रहेका माओवादीकै मातहतमा छ । विसं १८२१ मा पृथ्वीनारायण शाह ललितपुरका राजा बनेपछि नेवारी लिपि र संवत्मा रोक लगाएका थिए । उनले कचहरीपिच्छे एक-एक पण्डित राखी शास्त्रबमोजिम अदालत चलाउन आदेश दिए । विसं १८४५ मा रणबहादुर शाहले पल्लो किरात लिम्बुवानको चैनपुर अम्बल -इलाकाबाट लिम्बू लिपि भाषाका प्रचारक सिरिजंगालाई देश निकाला गरे । राणाकालमा पनि खस -गोर्खा भाषा देखि बाहेकका भाषालाई जंगली भाषा भनिन्थ्यो । ऊ बेलाका कविद्वय कृष्णचन्द्र अर्याल र वैद्यनाथ जोशी -सेढार्इं) ज्यूहरूको कविताका केही अंश यसरी पाउन सकिन्छ "जबसम्म एक ही 'गोर्खा भाषा'को सर्वव्यापकता हुनसकेको छैन, किन्तु नेवार, भोटे, मगर, गुरुङ, लिम्बू, सुनुवार, दनुवार, थारू प्रवृत्तिका जंगली भाषाहरूले पनि आफ्ना जन्मस्थानलाई एकदम छोड्नसकेका छैनन् । जहासम्म एकमात्र गोर्खा भाषाले अरू सबै जंगली भाषालाई अर्धचन्द्र -गलहत्ती) लगाउन्न गोर्खा भाषाको उन्नति हुन्छ भन्नु र 'मुख्य भाषा कहिन योग्य छ' भन्नु केवल मनोलड्डुमात्र हो ।' विसं २०२२ सालमा रेडियो नेपालबाट प्रसारित भइरहेको नेवारी भाषाको समाचारमा रोक लगाइयो । विसं २०४७ मा खस भाषालाई मात्र राष्ट्रभाषा भनियो । विसं २०५१ हिउदे अधिवेशनमा संस्कृत भाषालाई अनिवार्य गराउनका लागि ७६ जना सांसदहरूमध्ये ४१ जना त पहाडेमूलका बाहुनमात्र थिए । विसं २०५६ जेठ १८ गते सर्वोच्च अदालतको फैसलाले काठमाडौं महानगरपालिकालाई नेवार भाषा र राजविराज नगरपालिकालाई मैथिल भाषामा स्थानीय प्रशासनिक कार्यालयहरूमा प्रयोग गर्न दिएन । राजा ज्ञानेन्द्रले लगाएको संकटकालमा पाचथरको राके भञ्ज्याङमा लिम्बूहरूलाई लिम्बू भाषामा टेलिफोनमा बात मार्न दिएन । लोकतन्त्र आएपश्चात अन्तरिम संविधानमा सबै भाषाले राष्ट्रभाषाको दर्जा पाउदा-पाउदै प्रधानमन्त्री हैसियतले गिरिजाप्रसाद कोइराला मन्त्री मातृका यादवलाई सपथ खुवाउदा मैथिली भाषा बोल्न हिचकिचाए । भाषिक विभेदका केही शृङखलाबद्ध घटना हुन् यी । अन्तरिम संविधानको भाग- १ को उपभाग- ५ मा नेपालमा बोल्ने सबै भाषालाई 'राष्ट्र' भाषा भनिएको र स्थानीय निकायमा सबै मातृभाषा प्रयोग गर्न पाउने भनिएको छ । तर लिम्बू भाषाको सिरिजंगा लिपिमा लेखिएको बोर्ड सरकारले टाङ्न दिएन । कुल जनसंख्याको १.५८ प्रतिशत लिम्बूमध्ये १.३७ प्रतिशत लिम्बू आफ्नो भाषा बोल्छन् । अन्तरिम संविधानमा संघीय शासनको व्यवस्था गरिएको छ । तर सरकारले संविधानसभा चुनाव अगावै संघीय शासनका पूर्वाधार निर्माण गर्न चाहेको छैन । सरकारले केका र कसका लागि संविधानसभा चुनाव गर्ने मिति तोकिरहेको छ - यो संविधान सरकारले नै मान्दैन भने कसले मान्छ - धोती-कुर्ता-सुरुवाल लगाएर मैथिल भाषामा भोट माग्न मिल्ने तर सरकारमा पुगेपछि मैथिली भाषा बोल्न हिचकिचाउने जस्ता अन्धजातीय अहंकारवाद रहिरहने हो भने संविधानसभा चुनाव कसरी हुन्छ - अरूका इतिहास, भाषा, संस्कृति, आस्था, भावना र योगदानलाई कदर, सम्बोधन र सम्मान गर्नसके मात्र मुलुकमा सांस्कृतिक सहअस्तित्व र सद्भाव रहिरहन सक्छ । लिम्बू भाषामा प्रशासनिक खाका तयार नै नगरी गरिने यस्ता कार्यले स्थायित्व र वैधानिकता पाउदैनन् । सबै लिम्बूले बुझने र मान्ने जस्ता प्रशासनिक शब्दावली र वाक्य निर्माण गर्न एउटा आधिकारिक निकाय चाहिन्छ । त्यस्तो निकाय लिम्बूहरूको साझा संस्था किरात याक्थुङ चुम्लुङ र सरकारबाट बनाउनुपर्ने हुन्छ । अहिले एफएम र रेडियो नेपालबाट लिम्बू भाषामा प्रसारित समाचार समाचारवाचकसंग सर्म्पर्कमा रहेका श्रोतादेखि बाहेक अरू लिम्बूले बुझन गाह्रो पर्छ । समाचारवाचकले समाचारहरू नेपालीबाट लिम्बू भाषामा उल्था गर्नुपर्ने भएकोले वाचकहरू आफूखुसी शब्द र वाक्य बनाउन बाध्य छन् । वाचन शैलीमा पनि मौलिकता भेटिनसकेको छैन । माओवादीले जातीय मुद्दाको एजेन्डा छाडेकोले नै जातीय र क्षेत्रीय समस्या अगाडि आएको निश्चित रूपमा हो । दरबारका राष्ट्रवादीभन्दा जातीय र क्षेत्रीयवादीका एजेन्डालाई प्रचण्ड र सरकारले पहिलो प्राथमिकता दिनसके चुनाव अवश्य पनि हुन्छ ।

सुम्निमा र पारुहाङ् - ‍लोक कथा

इमानसिं चेम्जोङ
हिमालयको सृजनापछि भगवान्‍का अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्तृत, उच्च आफ्नै सुन्दर भए तापनि त्यसको उपयोग गर्ने तथा अन्य कुनै जीवात्मासँग त्यसको सम्बन्ध स्थापित गर्ने त्यहाँ कुनै व्यक्ति थिएन । तसर्थ भगवान्‍ले त्यस विपुल हिमपुञ्जमा बोखोपी नाम गरेको एकजना मानिसको सृष्टि गरे र साथै सन्तसुरुख नाम गरेकी उसकी स्त्रीको पनि । बोखोपी र सन्तसुरुखको दाम्पत्य जीवनका सिलसिलामा एउटी छोरीले जन्म पार्इ । उनको नाम रह्यो सुम्निमा । उ वृन्दावनमा बस्तथी । आफूलायक कुनै जीवन नभएको त्यस प्राय: एकान्त आफ्नै निर्जन स्थानमा सुम्निमा केवल पंक्षिहरूसँग हिंडडुल गर्दथी, तिनीहरू नै उसका साथीसंगी थिए । उ आफ्ना ती साथीहरूको भाषा बुझ्दथी, तिनीहरूसँग उ कुराकानी पनि गर्दथी । एकमात्र प्रकृतिको संसर्गमा हुर्केकी सुम्निमा सुस्तरी -सुस्तरी युवती भर्इ । तैपनि उ केवल चरा-चुरुङ्गीहरूसँग यो वन - त्यो वन तथा वनको एक छेउदेखि अर्को छेउसम्म घुम्न पाउँथी । त्यतिखेर स्वभावत: उसका मनमा कुनै एकजना पुरुषको सहज इच्छा जागृत हुन्थ्यो तर त्यहाँ कुनै पुरुष थिएन । यसै अभावमा भित्रभित्रै पिल्सिरहेकी सुम्निमाका दृष्टिमा एक दिन एकाएक एक जना पुरुष देखापर्‍यो । पुरुष आकाशबाट पृथ्वीमा आएर वन-जङ्गलतिर घुमिरहेको थियो । उ निकै ह्यष्टपुष्ट थियो, खुबै आकर्षक, खुबै लायक । उसको शरीरमात्र देख्नासाथ पनि सुम्निमा उ प्रति मोहित भर्इ । उ थियो पारुहाङ । पारुहाङ सुम्निमाका विषयमा केही पनि जान्दैनथ्यो । सुम्निमा आफूप्रति आकर्षित भएको कुरा त के विचराले उसलार्इ देखेकोसम्म पनि थिएन । तसर्थ सुम्निमालार्इ एकपल्ट आफ्नो अनुहारसम्म पनि नदेखाएर उ आफ्नो बाटो लाग्यो । सुम्निमाले उ सँग भेट्‍ने मन गरेकी थिर्इ तर भाग्यले उसको धोको पूरा हुने मौका दिएन । जे होस पारुहाङको दर्शनको कामना सुम्निमाको मनमा सदा बिझीरहने एक मधुर काँडाकै रूपमा रहिरह्यो । उसले जसरी भएपनि पारुहाङसँग सम्पर्क स्थापित गर्न चाही तर कुन उपायले उ सँग भेट हुने हो ? यो सुम्निमाका लागि एउटा समस्यै थियो । अन्त्यमा उसले आफ्ना साथीहरूसँग सल्लाह माँगी । चराहरूले भने "पारुहाङको घर आकाशमा छ । उ हावाबाट आउँछ र हावाबाटै माथि जान्छ ।" साथीहरूले सुम्निमालार्इ आशा देखाए "हावासँग कुरा गर्न सक्छौ भने उसैमाफत समाचार पठाउँदा पारुहाङ कहाँ पुग्छ ।" प्रकृति पुत्रीजस्ती सुम्निमा हावासँग पनि कुरा गर्न सक्तथी । साथीहरूले दिएको उपाय सुन्नुमात्र थियो उसले तत्काल अनुरोधपूर्वक हावालार्इ आफ्नो काममा लगाइहाली । हावाले तुरुन्तै पारुहाङकहाँ गएर उ सँग पृथ्वीका एउटी तरुनी-सुम्निमा उ सित विवाह गर्न चाहन्छे भन्ने खबर पुर्‍याइदियो । यो कुरा सुनेर पारुहाङ अत्यन्तै खुशी भयो र आफूलार्इ एउटी सुन्दरीको वर बनाइन पाइने हर्षमा हावा सँगसँगै पृथ्वीमा ओल्र्यो । पृथ्वीमा पुग्नासाथ उ सरासर सुम्निमा बसेको ओढारमा गयो । तर अफशोस, काम कुरो मिल्न सकेन । सुम्निमा जति सुन्दर थिर्इ, पारुहाङ उत्तिक्कै कुरूप थियो । केवल शरीरको गठन देखेर आकर्षित भएका सुम्निमाकालागि पारुहाङको च्याप्टो, कालो र ससाना आँखाहरूले रूप बिगारेको अनुहार एक किसिमको धोखा साबित भयो । पारुहाङलार्इ देखेर सुम्निमाका ह्यदयमा प्रेमको बदला सहसा भय उत्पन्न भयो । विचरी उसका सामुमा उभिनसम्म पनि सकिन र भागेर गर्इ । अर्कातिर उस्तै पारुहाङलार्इ पनि नराम्रो चोट पर्‍यो । विवाहको सुखद लालचमा आकाशबाट ओर्लिने भएको विचरो फुस्सामा पर्ने देखियो । उसलार्इ एकातिर घोर लज्जाको अनुभव भयो भने अर्कोतिर उसको पौरुषत्वप्रति यो एक प्रकारको साह्रै ठूलो अपमान पनि थियो । अपमानित पारुहाङले हावालार्इ भन्यो "तिमीले गर्दा सुम्निमासँग विवाह गर्न भनेर म पृथ्वीसम्म आएँ, सुम्निमा भने मेरो अगाडिसम्म पनि पर्दिन ! कस्तो सरमलाग्दो कुरो हो ! तर म पनि आफूले सकेको नगरी त कहाँ छाड्‍छु र !" यति भनेर आहत - अपमानित पारुहाङले गएर सुम्निमा बस्ने जङ्गलको प्राय: जम्मै पानी सुकाइदियो । तरल पदार्थका नाममा केवल एउटा कर्कलाको पातमा विशेष प्रकारले अलिकतिमात्र शेष राखेर उ आकाशमा उडेर गयो । पिउने पानी नपाएपछि जङ्गलका सबै प्राणीहरू तिर्खाले सताइन थाले । सुम्निमा पनि हर्हर भर्इ । उसले यताउतिका सारा खोल्सा-खोल्सीहरूमा गएर आफ्नो प्यास मेट्‍न खोजी तर कतै एक थोपा पनि पानी थिएन । उसले आफ्ना साथीहरू न्याउली, कुथुकर लाहाँचे, चाँचर, भ्याकुरो, चिबे, जुरेली, ढुक्कुर, हलेसो, च्याखुरा, प्यूरा आदिलार्इ पानी खोज्न पठार्इ । लाहाँचेले रूखको टोड्‍कामा अलिकता पानी भेट्टायो तर आफै तिर्खाले हर्हर भैरहेको त्यस विचरोले त्यति पानी आफ्नै तिर्खा मेट्‍न खाइदियो । चिबेले कर्कलाको पातमा अलिकति पानी भेट्टायो । उसले चाहिँ इमानदारी साथ त्यो पानी सुम्निमालार्इ ल्याइदियो । तिर्खाले साह्रै आतुर भैरहेकी सुम्निमाले पानी भेट्टाउनसाथ आँखा चिम्लेर पिइहाली । सुम्निमा विचरी त्यो पानी पिएको महिना दिनपछि नै थला परी । यस बिमारीले एउटा अनौठो कुरा हुनगयो । सुम्निमा के कारणले बिरामी भैछ भनेर चुइयाँ, बगेरो, लाटोकोसेराहरूले जोखाना हेर्दा कर्कलाको पातको पानी खास पानी नभर्इ पारुहाङले टुना गरी छोडेको एक प्रकारको ओखती पो रहेछ र यसैको प्रभावले गर्दा पो विचरी बिरामी भएकी रहिछ भन्ने पत्ता लाग्यो । अब के गरे सन्चो हुन्छ ? भनेर सोच्दा सुम्निमाका साथीहरूले भने "स्वयं पारुहाङलार्इ झीकाएर उसैले
औषधिउपचार गरेमात्र सन्चो हुन सक्तछ ।" साथीहरूको सल्लाहअनुसार विचरी सुम्निमालार्इ फेरि एकपल्ट हावालार्इ बोलाएर पारुहाङलार्इ झीकाउन करै लाग्यो । सुम्निमाको सौन्दर्यले आकर्षित तथा उसको व्यवहारले अपमानित पारुहाङ पनि यही दाउ पर्खेर बसेको थियो । हावाव्दारा समाचार पाउनासाथ उ पृथ्वीमा ओर्लिहाल्यो । साथै उसले जडी-बुटीको उपचारव्दारा सुम्निमालार्इ निको पनि पारिदियो । गुन लाएकाले सुम्निमाले पारुहाङलार्इ आफ्नू पति मानी । सुम्निमाले एकैचोटी पाँचवटा छोराछोरी जन्मार्इ । बच्चाहरू पनि अनौठै भए ( जेठो बाघ, माहिलो मानिस (हेन्कम्बु), साहिंलो भालु, काहिंलो चितुवा र कान्छो कुकुर । आकाशनिवासी पारुहाङ आकाशमै फर्किसकेको थियो, सुम्निमा पनि अब एक्लै थिइन । उ आफ्ना पाँच भाइ छोराहरूका साथ आनन्दपूर्वक बसी ।

बूढा सुब्बा - लोक कथा

शिव कुमार श्रेष्ठ
बूढा सुब्बा ठूलो सिकारी थए र उनले हाने ती जहिले पनि ताकेको ठीक ठाउँमा लाग्दथ्यो । गौरी भन्ने उनकी बहिनी थिइन् र उनी सधै सिकारमा बूढा सुब्बा सँग हिड्थीन् । एकपल्ट वराहक्षेत्रको कोकामा बूढा सुब्बाले एउटा मृगलार्इ देखे र त्यसलार्इ लख्‍ट्‍दै गए । वहिनी गौरी पनि बूढा सुब्बाको पछिपछि लागिन् । अन्तमा बूढा सुब्बाले विजयपुर, (धरान, सुनसरी) मा आइपुग्दा नजिकबाट त्यो मृगलार्इ तीरले हाने तर मृगलार्इ त्यो तीर लागेन । यसरी आफुले हानको तीर मृगलार्इ नलागेको देखेर आश्चर्य माने । उनले ध्यानदृष्टिले विचार गर्दा के थाहा पाए भने त्यस बेला कलियुग सुरु भइसकेको हुनाले मृगलार्इ तीरले नलागेको रहेछ । त्यस बेला बूढा सुब्बाले हानेको तीर मृगलार्इ नलागेर बूढा सुब्बाले आफू पृथ्वीबाट अल्पिने विचार गरे र विजयपुरमा नै आफ्ना मटेङ्‍ग्रा र गुलेली राखेर उनी अल्पिए । बहिनी गौरी पनि दाजुलार्इ पछ्‍याउँदै आउँदै थिइन् र विजयपुरमा उनले बूढा सुब्बालार्इ कहीं पनि देखिनन् तर एक ठाउँमा उनले बूढा सुब्बाको मटेङग्रा र गुलेली देखिन् । उनले ध्यान दृष्टिले विचार गर्दा के थाहा पाइन् भने त्यहाँ नै बूढा सुब्बा अल्पिएका रहेछन् । त्यसपछि उनी पनि त्यहाँ नै अल्पिइन् । यसरी गौरी अल्पिएको ठाउँ आजसम्म पनि विजयपुरमा बूढा सुब्बाको नजिक छँदैछ

' सार ' गीति एल्बमको बारेमा


अशोक राई

तिमीलाई संझी रात बित्यो आसै आसमा अल्झीएर
झनै दुख्यो छाती मेरो चोट त्यसै बल्झीएर

सगैं हास्ने मन थियो बिवसताले टाढी गयो
हात मेरो समाएर फेरी कीन छाडी गयौ
तिमीलाई पर्खी दिन बित्यो यादै यादमा कल्पीएर
झनै दुख्यो छाती मेरो आसै आसमा अल्झीएर

कबि तथा गीतकार टंक संम्बाहाम्फेको रचना र सुमधुर स्वरका धनी गायक कृष्ण भक्त राईको स्वरमा दशवटा गीतहरुको संगालो 'सार' लाई सुन्ने मौका पाएँ । एउटा गीतमा बरिष्ठ संगीतकार दिनेस सुब्बाले संगीत दिनु भएको छ भने बाँकी गीतहरुमा गायक स्वयमको संगीत रहेको छ । शब्दहरुले प्रेमको मीठास बोकेका छन् भने छातीभित्रका दर्दहरु पनि पोखेका छन् । गीतमा दुख र बियोगका शब्दहरुले नै मीठास दिने गर्दछ । सम्बाहाम्फेका गीतहरु पनि प्राय प्रेम बियोगमा आधारित छन् । मेलोडीका हिसाबले सबै गीतहरु सुमधुर छन् । टंक सम्बाहाम्फेको यो दोश्रो गीति सौगात हो । वहाँले यस अघि नै 'मनोभाव' गिती एलबम रेकर्ड गराइसक्नु भएको छ ।

ब्यर्थै किन चढाएछु देउरालीमा फूल
माया गरि तिमीसँग गरेँ एउटा भूल

खासगरि साहित्यकारहरुका बीचमा कवि भनेर चिनिनु हुने संम्बाहाम्फे राम्रा गीतकार पनि हुन् भन्ने कुराको प्रमाण यो पछिल्लो गिती सौगातले दिएको छ । "गीत लेख्नु आफैमा गीतकार हुनु हैन जब त्यसलाई स्वर र संगीत जस्ता अन्य दुइ महत्वपूर्ण सृजनाले सजाईन्छ तब मात्र त्यो खास गीत बन्छ र एउटा गीतकार पूर्ण गीतकार हुन्छ अन्यथा गीतहरु केवल डायरीका पानामा चेप्टीएका चेप्टीएकै हुन्छ ।" भन्नुहुने मीठा गीतका गीतकार संम्बाहाम्फे सृजनामा लाग्ने कुरालाई एउटा बेग्लै नशा भन्न रुचाउनु हुन्छ ।
गीतहरु स्थापित गायक र स्थापित गीतकारकै सुन्नु पर्छ भन्ने मान्यताले गर्दा धेरै र्सजकहरुको मन दुख्ने गर्छ । त्यसकालागि सर्जक लाई पर्ने आर्थिक भारले पनि निकै पीडित बनाउँछ । एउटा र्सजकले आफ्नो सृजना बेचेर सायदै ब्यबसाय गर्ने सोच बनाउँला । उस्को लागि त आफ्ना सृजनाहरु ज्यादा भन्दा ज्यादा श्रोता या पाठककहाँ पुगुन भन्ने कुरा नै ठूलो हो ।
आफ्ना मीठा शब्दहरुलाई सुगम संगीतका माध्यमबाट श्रोताहरुमा पुर्याउने जमर्को एउटा महत्वपूर्ण कार्य हुदै हो भने वहाँले नेत्रहीन तर बहु प्रतिभाशाली र सुमधुर स्वरका धनी गायक कृष्णभक्त राईलाई श्रोताहरुबीच ल्याउनेकाम अझ महान कार्य हो । वहाँको गीत सृजना शक्ती अझ बढेर जावोस् । म अन्तमा 'सार' गिती एलबमको सफलताको हार्दिक सुभेच्छा प्रकट गर्दछु ।

डाडामाथि बादलुले घामै छेक्यो की
सताइरहन्छ संझनाले माया बस्यो की

Mar 22, 2008

चुनौति माओवादी

प्रदीप मेयाङ्वो
धरान/ सुनसरी क्षेत्र नं १ मा संविधानसभाको प्रत्यक्ष उम्मेदवारहरु मध्ये नेकपा एमाले र नेपाली कांग्रेसबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । धरान नगरपालिका र पाचकन्या गाविसमात्र रहेको क्षेत्र नं १ लालकिल्लाको रुपमा स्थापित मानिदै आए पनि माओवादीमा दह्रो उपस्थितीले एमालेलाई चुनौती थपिएको छ । कूल मतदाताहरु ८४ हजार २ सय ३ जना रहेको यस क्षेत्रमा नेकपा एमालेले प्रत्यक्ष उम्मेदवारतर्फ धरानका पुर्व नगरप्रमुख मनोजकुमार मेयाङ्बोलाई अघि सारेको छ भने नेपाली कांग्रेसले उमा देवी बास्तोलालाई उभ्याएको छ । माओवादीले भने जनसेनाका ब्रिगेडियर कमाण्डर रहिसकेका किरण राईलाई चुनावी मैदानमा उतारेको छ । उमेदवारीको हिसाबले एमालेका मेयाङ्बो बढी चर्चित देखिएका छन् । मेयाङ्बो धरान नगरको उपप्रमुख र प्रमुख भइसकेकोले उनलाई विगतको परिचय नदिइ व्यक्तिगत रुपमा भोट माग्न सजिलो भएको छ । हक्कि र निडर स्वभावका मेयाङ्बोको चयनलाई जनजाति बाहुल्य रहेको क्षेत्र न १ मा रहेका धेरै जनताले समर्थन गर्ने दावी एमालेको छ । मेयाङबोले भने, 'संविधानसभाको चुनावी रणनीतिलाई घरदैलो कार्यक्रम मार्फत तीव्र बनाइएको छ । विजय सुनिश्चित गर्न कार्यकर्ताहरु दिनरात खटिरहेका छन् ।' एमालेले कांग्रेसलाई यस क्षेत्रमा बलियो प्रतिस्पर्धीको रुपमा लिए पनि जनजाति बाहुल्यमा गैर जनजाति र कमजोर उम्मेदवार राखेकाले चुनावी परिणाम आफ्नो पोल्टामा पर्ने सपना देख्न थालेका छ । सो क्षेत्रबाट ०५६ सालको संसदीय निर्वाचनमा एमालेले १८ हजार मत प्राप्त गरेका थियो । कांग्रेसले १७ हजार पाएको थियो । क्षेत्र नं १ बाट पछिल्लो समयमा बराहक्षेत्र र विष्णुपादुका गाविसलाई सुनसरीको ६ नं क्षेत्रमा गाभिएकोले ती गाविसका मतदाताहरु पनि समान रुपमा छाटिएका छन् ।क्षेत्र नं १ मा काग्रेसले पहिलो पटक उमा बास्तोलालाई चयन गरेको छ । राजनीतिक पृष्ठभूमी भए पनि कार्यकर्ता माझ उनको उपस्थिती प्रायःन्यून रहने गरेकोले उनलाई व्यक्तिगत भन्दा पनि दलगत मत माग्नुपर्ने स्थिती कांगेसमा छ । कांग्रेसका माथिल्ला तहका कार्यकर्ता माझमा मात्र बढी परिचित भनिएकी बास्तोलाले चुनाव अवधि भरमा आफ्नो नविन परिचयका साथ संविधानसभामा महिलाका मुद्दालाई विशेष जोड दिने भनेर मतदातालाई आकषिर्त गर्ने प्रयास गरिरहेकी छिन । एमालेको करिब पाचहजार जति भोट माओवादीले आकषिर्त गर्ने भएकोले कांग्रेसले यस पटक जीत निश्चित भएको अनुमान गरेको छ । हालै आयोजित एक कार्यक्रममा प्रत्यासी बास्तोलाले भनिन्, 'दलहरुले ३३ प्रतिशत महिलाहरुलाई संविधानसभाको निर्वाचनमा उठाउने भने पनि बोले अनुसार त्यो प्रतिशत पुगेको छैन । सिमित मात्रामा उठाएका मध्ये म परेकाले महिलाको बारेमा संविधान लेख्न मैले क्षेत्र नं १ मा कांग्रेसको विजयको झण्डा फहराउने मौका पाएको छु ।उता माओवादीले पनि आफूलाई कांग्रेस पछिको बलियो शक्तिको रुपमा रहेको दावी गरेको छ । निर्वाचनका लागि नया शक्ति मानिएको माओवादी यसपटक य क्षेत्रमा आफुले नै नेतृत्व गर्ने दावी गर्न पछि परेको छैन । जनयुद्धकालमा विग्रेडियर उता माओवादीले पनि आफूलाई कांग्रेस पछिको बलियो शक्तिको रुपमा रहेको दावी गरेको छ । निर्वाचनका लागि नया शक्ति मानिएको माओवादी यसपटक य क्षेत्रमा आफुले नै नेतृत्व गर्ने दावी गर्न पछि परेको छैन । जनयुद्धकालमा विग्रेडियर कमाण्डर भएर जनताको साथ पाएर लडेका बताउने माओवादी उम्मेदवार किरण राई भन्छन्, 'अरु पार्टीका उम्मेदवारले मलाई अपरिपक्व भने पनि राजनितिक रुपममा प्रतिस्पर्धा गर्न म उनीहरुलाई चुनौती दिनसक्ने स्थानमा छु ।' एमालेले क्षेत्र न. १ लाई आफ्नो आधार ईलाकाको रुपमा परिभाषित गर्दै आएको छ । पार्टीका पूर्व अध्यक्ष स्वर्गीय मनमोहन अधिकारी,प्रथम महिला उपसभामुख लीला श्रेष्ठ सुब्बा चर्चित साहित्यकार कुन्ता शर्मा क्षेत्र न.१ बाटै प्रजातन्त्रको पुर्नप्राप्तिपछि एमालेकै तर्फबाट संसदमा चुनिएका थिए । एमालेले यसपटक पनि आफ्नो निरन्तरताका लागि कुनै शंका नरहेको दावी गर्दै आएको छ । बलियो संगठनका कारण यो किल्ला नतोडिने विश्वास उसको छ । तर कांग्रेस एमालेको नेतृत्वकै कारण धरानले चाहिदोमात्रामा विकास गर्न नसकेको मूल नाराका साथ मैदानमा देखिन्छ । सबैतिर एमालेकरण मात्र भएकाले पनि एकपटक ऐतिहासिक पार्टी काग्रेसलाई मत दिन उसले घर घरमा अनुरोध गरिरहेको छ । एमालेको अधिकांश मत माओवादीले काटने कारण कांग्रेसको जीतलाई अब कसैले रोक्न नसक्ने उसको आन्तरिक विश्लेषण छ । तर, यी दुवैको विश्लेषणमा प्रष्ट रुपमा माओवादी चुनौतीका रुपमा देखिएको छ । नगरमा सार्वजनिक छवि भएका केहि व्याक्तिको एमालेबाट माओवादी प्रवेशका कारण आफुलाई तंग्रन सक्षम बनाएको माओवादीले संविधानसभा आफ्नो एजेण्डा भएको बताउदै माओवादीले पार्टीका जातीय,आर्थिक र सामाजिक क्रान्तिका अवधारणाले मात्र नया नेपाल बन्नसक्ने तर्क राख्दै मैदानमा होमीएको देखिन्छ । एमाले र काग्रेसलाई जनताले हेरिसकेको कारण अब माओवादीलाई मौका दिन माओवादीले अनुरोध गरेको छ । जता हेर्‍यो उतै माओवादीका पक्षमा जनता देखिन्छन् ,चुनावमा जीत हाम्रै हो,माओवादीका वडा न.१५ का एक कार्यकर्ताले भने । एमालेको भनाईमा माओवादीले वि.स.२०५६सालको निर्वाचनमा एमालेमा फुट आउदा बनेको मालेले बढीमा करिब पाच हजार मत ल्याएपनि एमालेको जीत निश्चित छ । केहि सुकुम्बासी बस्तीमा धनीपूर्जाको सपना बाडेर भोट तान्ने कोसिस गरेका हुनसक्छन,हिजोका उनीहरुका नीतिले पनि जनताले पत्याउदैनन,हाम्रो प्रतिद्धन्द्धि त काग्रेस नै हो,एमालेको नगरस्तरका कार्यकता भन्छन् । क्षेत्र न १ मा प्रत्यक्षमा साना दल मानिएका राष्टिय प्रजातन्त्र पार्टीबाट शाहीकालमा उपमेयर रहेका मिन सुव्वा, जनमोर्चा नेपालका अशोक राई, नेकपा एकिकृतका राजेश वान्तवा, जनमुक्ती पार्टीका रमेश गजमेर, संघीय लोकतान्त्रिक मञ्चका स्वणिर्महाङ फोम्बो, र नेपाल सद्भावना पार्टीका गोवर्धन शाहले पनि उम्मेदवारी दिएका छन् । तर,जीतका लागि महत्वपूर्ण दलका तिन दल बाहेक बाुकिको सम्भावनालाई असम्भव प्राय नै मानिएको छ । उनीहरु आफ्नो उपस्थिती र अनुभवका लागि मैदानमा छन, एक राजनीतिकर्मीले भने ।

Mar 18, 2008

साम्‍मिला सिगाङ्‍ ळिम्‍बुवान

भीमा खजुम मुसुम

नेर्‌वेत सिगाङलाम्‌ चिजिङ यङ्‍सिङ्‍ल
नुरिक्‌ इच्‍छिङाङ्‍ कुनिङ्‍वा पङ्‍सिङ्‍ळ
आसेप्‍माङिन्‌ आधक्‍किल् मुरुम्‌सित्‍लाङ्‌ङो
थिङ्‍गारेन्‌ येप्‍लिङिन्‌ लेत्‍तुआङ्‌
पसत्‌ सत्‍ल पान्‍छिङ्‍
लिम्‍बुवान्‌
लिम्‍बुवान्‌
लिम्‍बुवान्‌
आङ्‍गा निङ्‍वा इत्‍तुङ्‍-उन्‍छोन्‌ उनायेन्‍नो
आनी थेबा युमाहारे
तायेम्‍बा सा-मेन्‍छार्‌ फाआङ्‌
नेहेहानु थक्‍साङ्‌ चोक्‍की
लि? मेआबुआङ्‌ मेसेप्‍तु-कम्‍ब्राङ्‌ मेमेतुबा तेन्‌
लिम्‍बुवान्‌ लि-मेआबुवान्‌
आङ्‍गा निङ्‍वा इत्‍तुङ्‌

‍नुरिक्‌ अमत्‍ते-लिम्‍बुवान्‌
ओथेबा-पाहारेन्‌ चइत्‌हा
छेल्‍लेङ्‌यारिक्‌ लेक्‍लपत्‌
बाहेन्‌ सिगाङ्‌ आनी नारान्‌
आम्‍बी सेक्‍खा थाप्‍ल पत्‌

साप्‍मुन्‍धुम्‍मिन्‌ हाम्‍सिङ्‌ थ्‍याङ्‌
आत्‍तात्‍ती केम्‍बा कूमी केगप्‍पा
पान्‍छाप्‍मासाङ्‌ मेम्‍बाप्‍ना
हात्‍लाङ्‌ पान्‌ मेन्‍छात्‍तुन्‌
सन्‍दुक्‌सिगाङ्‌ मेसाक्‍तु मेगिरुमेसेरुआङ्‌
सिम्‍बेपाम्‍बे आधोक्‍ते हेन्‍नु सोरिक्‌ आनिआङ्‌

कर ऐन्‌-सेक्‍खा ऐन्‌
आसेप्‍माङिन्‌ पान्‍छिङ्‌
साप्‍मुन्‍धुम्‍मिन्‌ कुमिक्‌ सेरे
नाम्‍बिन्‌ तानाम्‍मो
आनी थिङ्‌गान्‌ मुयेङ्‌ एरे
ना-ना लिम्‍बुवान्‌ओ...
ऐन्‌,
नेर्‌वेत सिगाङलाम्‌ चिजिङ यङ्‍सिङ्‍ल
नुरिक्‌ इच्‍छिङाङ्‍ कुनिङ्‍वा पङ्‍सिङ्‍ळ
आसेप्‍माङिन्‌ आधक्‍किल् मुरुम्‌सित्‍लाङ्‌ङो
थिङ्‍गारेन्‌ येप्‍लिङिन्‌ लेत्‍तुआङ्‌
पसत्‌ सत्‍ल पान्‍छिङ्‍ल
लिम्‍बुवान्‌
लिम्‍बुवान्‌
लिम्‍बुवान्‌

नयाँ बजार, काठमाण्‍डौ नेपाल

लिम्बू संस्कृति धाननाचः-

शम्भु प्रर्साई
विशेष गरेर मेला बजार चाडबाड र खुशीयालीमा लिम्बू समुदायका युवक युवती मिलेर एकले अर्काको हात समाई गोलाकार भएर "पालाम" -लिम्बू भाषाको गीत) गाउँदै नाचिने नाचलाई धाननाच भनिन्छ । यो नाच लिम्बू समुदायको लोकप्रिय संस्कृति हो । लिम्बू जाति बाहेक र्राई गुरुङले पनि बिस्तारै यो संस्कृति सिकेका थिए तर हिजोआज यो चलन हराउँदै गएको छ । मङ्सिरमा धान र्झार्न दाइँ गर्ने वा गोरु घुमाउने चलन उहिले थिएन । त्यसैले गाउँघरका युवकयुवती भेला भएर पराल माड्ने गर्दथे । त्यतिबेला अल्छी लाग्ने भएकाले गीत गाउँदै हात समाएर परालमाथि नाच्ने उपmने चलन थियो त्यही चलन पछि आएर धाननाचको नामले विकसित भएको हो भन्ने किंवदन्ती छ । यतिबेला दौरा सुरुवालमा सजिएर कम्मरमा खुकुरी भिरेका लोग्ने मानिस र चौबन्दी फरियामा शिरफूल र ढुङ्रीले सजिएका महिलाले पालाम गाउँदै नाचिने यो नाच निकै आकर्ष देखिन्छ । तरुनी तन्नेरीहरूले लय हाली पालाम गाएर धान नाचे पछि हार्ने पक्षले जित्ने पक्षले भनेको मान्नुपर्ने चलन भएकाले कतिपयको त धान नाचबाट नै विवाह हुने गर्दथ्यो तर हिजो आज यस्तो हुँदैन । लिम्बू समुदायमा धान नाचलाई माया पिरती गाँस्ने अवसरको रूपमा लिइन्छ । थुकिम्मा गाविस १ का ६५ वषर्ीय रनहाङ एभेङ -लिम्बू) भन्नुहुन्छ- मैले पनि धान नाचेर नै पुसे मेला -स्थानीय मेलाबजार) बाट श्रीमती ल्याएको हुँ । अझै रहर मेटिएको छैन तर के गर्नु अब त पाको पनि भइयो चलन पनि हरायो । लिम्बू समुयदायका मानिसलाई मात्र नभएर क्षेत्री बाहुनलाई पनि मनपर्ने यो संस्कृति हिजोआज हराउँदै गएकोमा स्थानीय बासी दुखित भएको आभास हुन्छ ।
च्याभु्रङनाचः-
च्याभु्रङनाच पनि लिम्बू समुदायका मानिसले मात्र नाच्ने गर्दछन् । मादल आकारको ठूलो बाजालाई घाँटीमा भिरेर हात तथा खुट्टा र बाजाको तालमा नाचिने यो नाचमा गीतभन्दा हात खुट्टाको इशारा बढी बुझनुपर्ने हुन्छ । च्याभु्रङनाच दुइ वा दुइभन्दा बढी मानिस भेला भई नाच्ने गरिन्छ । हात र गोडाको इशारामा नै एक अर्काको कुरा बुझनु यो नाचको अनौठो विशेषता हो । याक्थुङ कलाकार सङ्घ जिल्ला शाखा ताप्लेजुङका अध्यक्ष गणेश सेनेहाङका अनुसार यो नाच चाडबाड र खुशीयालीमा नाच्ने गरिन्छ । एक किंवदन्ती अनुसार शोकमा परेका मानिसहरूको मन बहलाउन यो नाच नाच्ने चलन थियो । तर, पछिल्ला दिनमा संस्कृति विकृत भएर खुशीयालीमा समेत नाच्ने गरिएको जिल्ला विकास समितिका पर्ूव क्षेत्रीय सदस्य दिलकुमार लिम्बू बताउनुहुन्छ । केही वर्षअघिसम्म विवाह तथा चाडबाडमा खुब रमाइलोका साथ नाचिने च्याभु्रङनाच हिजो आज नाचेको देख्न कमै पाइन्छ । पश्चिमा संस्कृतिको प्रभाव र मौलिक संस्कृतिको संरक्षणमा स्वय् लिम्बू समुदायले नै चासो नदेखाएका कारण यो नाच पनि लोपोन्मुख अवस्थामा पुगेको टिप्पणी उहाँको छ । यो नाच नाच्दा दौरा सुरुवाल र इस्टकोटमा सजिएका लिम्बू समुदायका लोग्ने मानिसले फूलको माला लगाएर च्याभु्रङ ठोक्दै आँगन वा खुला भागमा उप्रिmदा नाच निक्कै आकर्ष देखिन्थ्यो भन्दै समाज सेवी गणेश लिम्बू हिजोआज यस्तो नाच देख्न छाडिएको बताउनुहुन्छ ।
विजुवानाचः-
लिम्बू समुदायमा भूत प्रेत भगाउन विजुवानाच नचाइने गरिन्छ । यो जातिमा कुनै मानिसको भीरबाट लडेर, सुत्केरी हुन नसकेर वा झुण्डिएर अकालमा मृत्यु भयो भने त्यस्ता मानिसको मृत आत्माले चिरशान्ति पाओस् भनेर विजुवा नचाइने गरेको हो । अकालमै मर्ने मानिस र्स्वर्ग जान नसकेर नरकमानै बास हुन्छ भन्ने धार्मिक विश्वास यस समुदायमा रहेको छ । त्यसैले मृत्युपश्चात् र्स्वर्ग जाने बाटो खुलोस् भनेर यो नाच नचाउने चलन रहिआएको छ । अकालमै मर्ने मानिस र्स्वर्ग जान पाएनन् भने तिनीहरूको आत्माले आफन्त र नाता गोतामा भूतप्रेत भई दुःख दिन्छन् भन्ने विश्वास यो समुदायमा छ । त्यसैले लिम्बूका पुजारी फेदाङवाद्वारा विजुवा नाच नाचेर भूतप्रेतलाई बाटो छेकी मुन्धुमद्वारा र्स्वर्ग पठाउने धार्मिक मान्यता अनुरूप विजुवानाच नचाइने गरेको हो । कुखुराको प्वाखलाई पगरी बनाएर टाउकोमा लगाई र्झका वा कासको थाललाई ठोक्दै रुद्राक्ष, घण्ट र कौडीको माला भिरेर शरीरमा कम्प दिदै दर्ुइ वा दर्ुइ भन्दा बढी येवासाम्वा -पुजारी) हरू भेला भएर नाचिने यो नाच साँचिकै आकर्ष देखिन्छ । एक किंवदन्ती अनुसार आदिम कालमा अकाल मृत्यु भएकाहरूको आत्मा चील बनेर उड्न थाल्यो र त्यस चीलले आसपासमा रहेका गाउँका जिउँदा मानिसलाई समेत आक्रमण गरेर मार्न थालेपछि चीलको बिगबिगीले सारा गाउँ नै त्रसित बन्न पुग्यो । सोही समस्यालाई नियन्त्रण गर्न लिम्बू जातिमा लेमुहाङ, येच्छाहाङ नामक एक विजुवाको उत्पत्ति भयो । आफै उत्पत्ति भएका कारण उसको नाम लिम्बू भाषामा लेमुहाङ राखियो । ऊसँग प्रेतआत्माको असहृय स्थितिलाई नियन्त्रण गर्ने र चील बनेर उडेको प्रेत आत्मालाई कुखुराको प्वाँख लगाएर आफू पनि उडेर खेद्न सक्ने शक्ति थियो । त्यसरी विजुवाले चीललाई खेद्दा चील माछा बनेर पानीमा पसेको थियो । विजुवा पनि माछा खाने प्राणी बनेर त्यसलाई लखेटिनै रहृयो । त्यसरी विजुवाले लखेटेपछि गाउँमा शान्ति छाएको थियो र त्यही बेलादेखि मृत आत्माले समाजमा दुःख नदिऊन् भनेर यो नाच नचाउने गरिन्छ तर हिजोआज धार्मिक कार्यप्रति जनचासो कम हुँदै गएको र तान्त्रिक विद्याको कमी हुँदै गएकाले यो पहाडी जिल्ला विजुवानाच पनि लोप हुँदै गएको हो भन्ने भनाइ विज्ञहरूको छ ।

Mar 17, 2008

कवितामा सङ्क्रमण-सिद्घान्त अथवा नयाँ कविताको खोजी

हाङयुग अज्ञात
नेपाली कविताको सन्दर्भमा भन्ने हो भने केहि समय यता नेपाली साहित्यमा रूपान्तरणको प्रक्रिया आरम्भ भइसकेको छ । यो प्रक्रियालाई रूपान्तरण मात्रै नभनेर नयाँ कविता-क्रान्ति भन्दा अझ उपयुक्त होला । हाम्रा अग्रज कविहरूले रोपेको कविताको क्रान्तिबिजलाई आजको नयाँ पुस्ताले विभिन्न रूप र विधिबाट फैलाउने कार्य गर्दै आइरहेका छन् । गोपालप्रसाद रिमाल, भूपि शेरचन र वैरागी काइँलाका पाइलाहरूलाई पछ्याउँदै आजको पुस्ता साँच्चै नै कविताक्रान्तिको उत्कर्षमा पुगेका छन् । कविहरूले सयौं-हज्जारौं वर्षदेखी देख्दै आएको सपनालाई मूर्तरूप दिने तरखरमा हिजोजस्तै आज पनि धेरै कविहरू हिँडिरहेका छन् । परम्परा भत्काउँदै हिँडिरहेका छन्, पुरातन मान्यताहरू भत्काउँदै हिँडिरहेका छन्, निरङ्कुश सोच र विचार भत्काउँदै हिँडिरहेका छन् । समयौंदेखि मान्छेको मनमस्तिष्कमा लागेको यथास्थितिको तुँवालोलाई नयाँ धारणाहरूले चिर्दै हिँडिरहेका छन्, आजको खुला समाजमा कविता पनि झन् खुला र झन् स्वतन्त्र भइरहेको छ । कविता शासकहरूको खोपीबाट निस्केर शासितहरूको आँगनमा उमङ्ग र हौसलाको राँको बोकेर उभिएको छ । कविताले पनि तमाम राजनैतिक हक र अधिकारहरू खोजिरहेको छ । लोकतान्त्रिक गणतन्त्र मागिरहेको छ, स्वायत्त तथा संघीय राज्यहरू जिकीर गरिरहेको छ । यसकारण पनि आजको कविता अत्यन्तै चुस्त र धारिलो नेपाली कविताको सर्न्दर्भमा भन्ने हो भने केही समय यता नेपाली साहित्यमा रूपान्तरणको प्रक्रिया आरम्भ बनिरहेको छ । सामुहिक अभिरूचिको विषय बनिरहेको छ । जनताको प्रिय बनिरहेको छ ।
कविताले शासकहरूको अर्चना गर्न छाडेपछि यो विधा लोकप्रिय भएको हो । रिमालको आमाको सपना, भूपिको घुम्ने मेचमाथि... र बैरागी काइँलाको मातेको मान्छेको भाषण... हाम्रा अग्रज कविहरूले आगत पुस्तालाई बालिदिएको विद्रोहको राँको हो जसलाई पछिल्लो समयमा बिसे नगर्ची कवितामा श्रवण मुकारूङले बोके । यी चार कविताका प्राविधिक कुराहरू भिन्दै होला । तर यी कविताहरूका उद्देश्य समान छन् । नेपाली कविताको इतिहासमा अरू धेरै यस्ता कविताहरू छन् जसमा विद्रोह या क्रान्तिको गहनता यी कविताहरूमा भन्दा पनि ज्यादा पाइन्छ तर जनता या पाठकसितको संवादशीलताको सर्न्दर्भले कहीँ ओझेलमा छन् । यौटा युगमा यौटा कविता लेखिन्छ, हाम्रा अग्रज कविहरूले यस्सै गर्दै आइरहेका छन् । तेस्सैर अब हामीलाई अर्को त्यस्तो कविताको खाँचो छ जसले नयाँ नेपाललाई गणतान्त्रिक संघीय राज्यप्रणालीमा लैजावोस् । केन्द्रिकृत शासनप्रणाली भत्कावोस् । जातीय, वर्गीय र लैङ्गीक विभेद हटावोस् । तेस्तो नेतृत्वदायी कविताको आवश्यकता महशुस गरिरहेका छन् जनताले । आजका प्रतिभाशाली नयाँ पुस्ताले यो काम पनि जरूर गर्नेछ । प्रयत्नहरू भइरहेका छन् । सृजनशील अराजकताको आग्रहले सञ्चार गरेको यो चेतना आज मुलुकभित्र र बाहिर -जहाँ जहाँ नेपाली हृदय र मस्तिष्कहरू छन् व्याप्त भइसकेको छ । भिन्न रूप, भिन्न शैली र भिन्न शिल्पमा नयाँ कविताको खोजी तिव्ररुपमा रूपमा भइरहेको छ । नयाँ साहित्यको खोजी तिव्र भइरहेको छ ।
यसक्रममा अनेक आरोपहरू आइलाग्छन् । कविताका परम्परागत परिभाषाहरूमा हामीलाई बाँध्न खोजिन्छ । साहित्यिक नियमहरूले जड बनाउन खोजिन्छ । तर, नयाँ कविताको खोजीमा निस्केको कविले ती परम्परागत परिभाषाहरू ती यथास्थितिगत नियमहरू तोड्दै नयाँ सम्भावनाहरू नयाँ विकल्पहरू लेखिरहनुपर्छ । कवि कहलाइनुको मोहबाट मुक्त हुँदै सुझबुझपुर्णढङ्गले नेपाली सामाजिकताको विविधतामा हाम्फाल्नु पर्छ । नयाँ पुस्ताले कवितालाई करिया बनायो- भनुन् पुरानो पुस्ताले । लुघुताबोध नगरौं ।
स्वयम् भाषा नै मानवविचार र मानवसंवेदनाको करिया भएपछि कविता मात्रै होइन सिङ्गो साहित्य नै विचारको करिया हो । कवितालाई मानवविचार, मानवसंवेदना, मानवआदर्श, मानवव्यवहार, मानवसिद्घान्त, मानवआस्था आदिइत्यादि मानवीय बोध र संज्ञानहरू बोकाउनलाई नै हाम्रा पोर्खाहरूले कविता बनाए । अथवा, जीवन र जगतका गोचरणीय वस्तुव्यवस्थाप्रति हाम्रा मनमस्तिष्कमा उत्पन्न हुने एन्द्रिक प्रतिक्रियालाई अभिव्यक्तिमा रूपान्तरण गर्दा भाषा जन्म्यो, कला जन्म्यो, साहित्य जन्म्यो, कविता जन्म्यो । हाम्रो यस्तो प्रतिक्रिया कहिले सकारात्मक रूपमा आउँछ, कहिले नकारात्मक रूपमा आउँछ । अथवा कतिपय कुराहरू मान्छौं, कतिपय मान्दैनौं । मान्नु भनेको स्वीकार गर्नु, रोकिनु, स्थिर हुनु । नमान्नु भनेको अस्वीकार गर्नु, नरोकिनु, चलायमान हुनु । नमान्नु अराजकता हो, विकासप्रक्रिया हो । मान्नुपर्ने मान्दै नमान्नुपर्ने नमान्दै जानु सृजनशील अराजकता हो । आयामिक पुनराविष्करणमा इन्द्रबहादुर र्राई लेख्छन्- सम्पुर्णताको निम्ति सब राख्ने, केही नफ्याँक्ने; सम्पुर्णताको निम्ति सहायक सब राख्ने, अ-सहायक सब फ्याँक्ने । आयामिकहरूको सम्पुर्णताको निम्ति सब राख्ने, केही नफ्याँक्ने; विचारमा भ्रान्ति उब्जन्छ । राजनैतिक विषयमा उदाहरणका निम्ति सब राख्ने केही नफ्याँक्ने भने पछि अन्याय, अत्याचार, निरङ्कुशता, शोषण, दमन, विभेद सब राख्नुपर्ने भयो । कविताको सर्न्दर्भमा हामीले निरङ्कुश राजतन्त्रको प्रशस्तिमा लेखिएको कवितालाई पनि राख्नुपर्ने भयो, शासकहरूको भजनकिर्तनमा तयार भएको साहित्यलाई पनि राख्नुपर्ने भयो । यसो हो भने श्रीमान् गम्भीर प्रचण्ड प्रतापी...राष्ट्रगानलाई किन फ्याँक्यौं - तर फ्याँक्यौं, किनभने यो राष्ट्रगानमा सम्पुर्णता थिएन, जनता थिएन । नयाँ ल्यायौं सय थुङ्गा फूल...तर फेरि यसैमा मेचीकाली फैलिएका नेपाली -को बिम्बमा विश्वभरिका आप्रबासी नेपालीहरू फ्याँकिए । मेचीकालीभित्रका नेपालीहरू मात्रै समाहित भए । तेसोर आयामिकहरूको यो सम्पुर्णता अलि सम्पुर्ण भएन । यस्तो समस्याले हिजोका महान् दार्शनिकहरूको पनि बाटो छेकेको थियो । भरसक सम्पुर्णतातिर जाँदैछौं हामी । भरसक सम्पुर्णता अथवा मानवहितेयः सब राख्ने अथवा विषयवस्तु सापेक्षतः सब राख्ने । भरसक सकारात्मकता केहीलाई नछुटाउने । तर, हामीलाई पनि एकदिन मानवचेतनाको विकासक्रमले बुढो बनाउँछ, परम्परागत बनाउँछ । नयाँ सधैँ नयाँ रहँदैन । नयाँ कविता तेसकारण सधैँ पुरानो हुने जोखिममा हुन्छ । ब्रहाण्डले ओगटेको यसबेलाको काल र क्षेत्र पनि प्रतेक क्षण परिवर्तन भइरहेको मान्छन् स्टेफन हकिङस् । बिग बेङ्गको सिङ्गुलारिटी अनुसार यस युग प्रसरणमा छ । अथवा, ब्रम्हाण्ड फैलिदैछ । यौटा बिन्दुमा पुगेपछि यो फेरि खुम्चिनु -बिग क्रन्च) शुरू हुन्छ । तेतिबेला काल र क्षेत्रले विपरिततिर यात्रा गर्छ । अथवा, आजको ब्रम्हाण्डमा मान्छे बालकबाट बुढो हुन्छ भने त्यो बेलाको ब्रम्हाण्डमा मान्छे बुढोबाट बालक हुन्छ । यो नयाँ वैज्ञानिकहरूको अनुमान हो । यस्तो बेला सत्यहरू असत्य हुन्छन्, असत्यहरू सत्य हुन्छन् । यस्तो परम वैपरित्यको युग -अरबौं हजार बर्षछि आएको खण्डमा हामीले अमर भनेका हाम्रा कविताहरू कुन कुनामा थुप्रिन्छन् अनुमान पनि गर्न सकिदैन । हाम्रा कविताहरू आजको बिग बेङ्ग सिङ्गुलारिटीको युगमा छ । हामी प्रसरणमा छौं, हामी कतै गइरहेका छौं । रिमालबाट भूपि र बैरागी, भूपि र बैरागीबाट विक्रम सुब्बा, कृष्णभूषण वल, श्रवण मुकारूङ...आदिआदि हुँदैजानु भनेको त्यै प्रसरणको प्रभाव हो, त्यै काल र क्षेत्रको फैलावटको फल हो । यसकारण यो युगमा नयाँ कविताको खोजी सास्वत् सत्य छ । त्यो भनेको चेतनाको विस्तारण हो । मान्छेको भूत र भविष्य तेसकारण म्याट्रिक्स-सत्यतिरको छ । वर्तमान सधैँ सङ्क्रमण-सत्यतिर रहन्छ । वर्तमान तेही भएर नोष्टाल्जिक र भविष्यमुखी हुन्छ । हामीलाई यो सङ्क्रमण पार गर्नुछ । हामीलाई यो वर्तमान अथवा सङ्क्रमण-सत्यको कविता लेख्नुछ ।
सङ्क्रमण-सत्यको कविता भनेको नयाँ कविताको खोजी हो । भरसक नयाँ कविता हो । त्यो तर सम्पुर्णता हो । भरसक सम्पुर्णता । भरसक वर्तमान पक्रनु हो । क्षण पक्रनु हो । क्षण र्स्पर्श गर्नु हो । क्षण महशुस गर्नु हो । हामी वर्तमानमा बाँचिरहेका मान्छेहरू सब सङ्क्रमणमा छौं । सङ्क्रमणबाट मुक्त हुने प्रयत्न गर्दा हामी रङ्ग देख्छौं, भयक्रान्त हुन्छौं, अभिघात भन्छौं । विलयन गर्र्छौं । चक्र भन्छौं । उत्तरवर्ती भन्छौं, पुर्ववर्ती भन्छौं । आयाम भन्छौं, लीला भन्छौं, अराजकता भन्छौं । जे देखे पनि, जे भए पनि, जे गरे पनि, जे भने पनि वर्तमानको यो सङ्क्रमण-सत्यबाट मुक्त हुनु सकिदैन तथापि हामी प्रयत्य गर्र्छौं । यही जीवन हो । प्रयत्न जीवन हो । सम्प्राप्ति जीवन होइन । सङ्क्रमणबाट मुक्त हुनलाई गरिएका प्रयत्नहरू हुन् आमाको सपना, घुम्ने मेचमाथिको....मान्छे, मातेको मान्छेको भाषण.., बिसे नगर्चीको बयान । हिजो थाहा नपाइकन सङ्क्रमित वर्तमानबाट मुक्त हुन कविता लेख्यौं । अब थाहा पाइकनै कविता सङ्क्रमण-सत्यमा आधारित बनेर लेखिरहनुपर्छ । नयाँ कविताको खोजी नैरर्न्तर्यताको अनुष्ठान हो, प्रयत्नमा लागौं । सङ्क्रमण-सिद्घान्तमा सहभागी बनौं ।

Mar 13, 2008

शोभा खजुम

भिडियो वार्तातस्विरहरु हेर्न क्लिक गर्नुहोस् ।
लामो समय देखि लिम्वू भाषाको चलचित्रमा मात्र नभएर नेपाली चलचित्रमा समेत नायिकाको भूमिका कुसलताका साथ निभाउदै आउनु भएकी अत्यान्तै मिजासीली स्वभावका धनि नायिका शोभा खजुम अनवरत रुपले आफ्नो चलचित्र प्रतिको लगावलाई लगानी गर्दै आउनु भएको छ । चलचित्र प्रति सानै देखि लाग्ने अठोट वाधेकी शोभा हाल पनि उत्तिक्कै जोसका साथ लागि रहेको वताउछिन् । करीव एक दर्जन जति लिम्वूभाषा तथा नेपाली चलचित्रमा अभिनय गरीसकेकी छिन्। विवाहको उमेरले छोड्न लाग्दा पनि अझै पनि प्रस्ताव आएमा वा मन मिल्दो जोडी पाएमा विवाह गर्ने पक्षमा छिन् शोभा । वाचुन्जेल कला क्षेत्र मै रहेर काम गर्ने प्रतिवध्दता जाहेर गर्छिन् । समाजलाई कला मार्फत रुपान्तरण गर्न सकिन्छ भन्ने उनको धारणा छ । र कला भन्ने कुरा कहिल्यै मर्दैन त्यसै भएकोले त्यो कृति जस्तै रहन्छ सोच्ने शोभा युवा पीडीकाहरुलाई पनि यस क्षेत्रमा लाग्न प्ररीत गर्छिन् । उनले आफ्नै लगानी र निर्माण गरीएको लिम्वूभाषाको चलचित्र थत्थामाको प्रदर्शनको सिलसीलमा हंगकंग आउनु भएको वेला उनै कुसल नायिकासंग लिम्वूवान डट व्लगस्पोट डटकम्का व्लगर टंक सम्वाहाम्फेले गर्नुभएको कुराकानी पाठकहरुको समक्ष प्रस्तुत गरीएको छ ।

१.कला क्षेत्रमा तपाई कहिले देखि लाग्नु भएको हो ?
म कला क्षेत्रमा लागेको वाल्यकाल देखि नै हो । विद्यालय पढ्दा प्राय म नाचगानमा भाग लिन्थे सायद यिनै कारणले पनि यतातिर लागेको हुनुपर्छ । तर चलचित्रमा भने अलि ठुलै भएर मात्रै लागेकी हु ।

२. तपाईले अभिनय यात्रा सुरु गर्दा पहिले नेपाली भाषाको चलचित्रवाट हो कि ? लिम्वूभाषाको चलचित्रवाट हो ?
मैले सर्वप्रथम अभिनय यात्रा लिम्वूभाषाकोचलचित्रवाट सुरु गरेकी हु । त्यसैले अन्य चलचित्रमा खेल्ने श्रोत नै लिम्वूभाषाको चलचित्र वन्न गएको छ ।

३. अभिनय क्षेत्रमा लाग्नको लागि तपाईले औपचारीक रुपले कुनै विद्यालयबाट सिकेर आउनु भएको हो कि -त्यतिक्कै म यता लाग्छु भनेर आउनु भएको हो ?
म कुनै विद्यालयबाट औपचारीक रुपले सिकेर अभिनय क्षेत्रमा आएको होईन । मलाई सानै देखि अभिनय गर्ने इच्छा थियो । त्यसैले हृदय देखि नै राजेर यता लागेकी हु । अभिनय भन्ने कुरा विद्यालयबाट सिकेर सिकिने कुरा होईन जस्तो लाग्छ । किनभने अभिनय भनेको भित्र हृदय देखि नै म यो चरीत्रको लागि अभिनय गर्दैछु भनेर मानसिक रुपले तयार भएर गर्नु पर्छ । कक्षा लिएर सिके पनि त्यहा प्राविधीक ज्ञान मात्र दिइने हो । यसरी गर्ने भनेर मार्ग निर्देशन मात्र गरीने हो । वास्तवमा अभिनय आफैले गर्नु पर्ने हुन्छ । निर्देशकले पनि अभिनय सिकाउने होइन उसले मार्ग निर्देशन गराउने मात्र हुन् । पछि आएर मैले नृत्यमा भने औपचारीक रुपले डिप्लोमा सम्मको कक्षा पुरा गरेकी छु ।

४. लिम्वूभाषाकोचलचित्रहरु हाल आएर पहिलेको भन्दा धेरै वन्न थालेकाछन् यसलाई कसरी मुल्याङ्कन गरी रहनु भएको छ ?
लिम्वूभाषाको चलचित्रहरु वन्नु हामी लिम्वू अथवा लिम्वू भाषीहरुको लागि ज्यादै राम्रो कुरा हो । पहिले पहिले त थोरै मात्र लिम्वूभाषाको चलचित्रहरु वन्थे । अहिले आएर यसरी पहिले भन्दा धेरै वन्नु समयको माग साथै हाम्रो आवश्यकता पनि हो । किनभने पछिल्ला पीडीका लिम्वूहरुले आफ्नै भाषा संस्कृति समेत विर्सदै गएको हुनाले चलचित्र मार्फ यी कुराहरु शिक्षाको रुपमा अगाडी ल्याउन मद्दत गर्दछ । अहिले नै लिम्वूभाषाका चलचित्रहरुले व्यावसायीक रुपले सफलता हासिल नगरे पनि यसको आवश्यकता भने टड्कारो देखिन्छ । तर्सथ भाषा संस्कृति जगेर्ना कै लागि पनि लिम्वूभाषाका चलचित्रहरु वन्न एकदमै जरुरी देख्छु ।

५. लिम्वूभाषाको गीतमा भिजुअल गर्ने र लिम्वू सम्वन्धि डकुमेन्ट्रिहरु पनि वनाउने योजना रहेको कुरा सुन्नमा आएको छ । यो कुन उदेश्यले निर्माण गर्दै हुनुहुन्छ ?
हो मैले लिम्वूभाषाको राष्ट्रिय गीतहरुमा भिजुअल वनाउने योजना वनाएको छु साथै लिम्वू सम्वन्धि डकुमेन्ट्रि पनि । यो वास्तवमा लिम्वूवान सम्वन्धिका कुराहरु जानुन् वुझुन भन्ने उदेश्यले अगाडी ल्याउन लागेकी हु । कतिपय लिम्वूहरुलाई लिम्वूवान किन चाहियो भन्ने कुरा पनि थाहा नहुन सक्छ । यो काम एक प्रकारले लिम्वूवान सम्वन्धि जनचेतना जगाउने काम पनि हो । यिनै उदेश्यहरुमा केन्द्रित रहेर यो काम गर्नु पर्छ भन्ने सोचेकी छु ।

६. हङकङमा आएर तपाई आफैले अभिनय र निर्माण गर्नु भएको लिम्वूभाषाको चलचित्र थत्थामाको प्रदर्शन गर्नु भयो दर्शकहरुवाट कस्तो प्रकारको प्रतिकृया पाउनु भयो ?
मैले हङकङमा सोचेको भन्दा धेरै राम्रो प्रतिकृया दर्शकहरुवाट पाए । यसले गर्दा मलाई के लाग्यो भने लिम्वू भाषाको चलचित्र पनि हङकङमा वसोवास गर्ने लिम्वू दाजुभाई दिदीवहिनीहरुले धेरै मन पराउनु हुदो रहेछ भनेर । यति व्यस्त समयमा पनि मैले अभिनय र निर्माण गरेको चलचित्र हेर्न कै लागि काम छाडी छाडी आउनु भयो । यो मेरो लागि अत्यान्तै खुशीको कुरा हो । कतिपय दर्शक त चलचित्र आधी पुगी सक्दा पनि हलमा प्रवेश गर्दै हुनुहुन्थ्यो । यसरी वहाहरु आउनु लिम्वू भाषाको चलचित्र प्रति आस्था माया हुनु हो । त्यसैले वहाहरुलाई मेरो तर्फाट हार्दिक धन्यवाद दिन चाहान्छु ।

७. नेपालमा हाल लिम्वूवान स्वायत राज्यको माग अगाडी वढीरहेछ त्यसलाई एउटा कलकारको हैसियतले कसरी हेरीरहनु भएको छ ?
नेपालमा लिम्वूवान स्वायत राज्यको माग अगाडी वढ्नु एकदमै जायज कुरा हो । र म कलकारको हिसावले पनि यो मागलाई सकरात्मक रुपले हेर्छु । किनभने नेपाल विभिन्न जातजाति भाषा भाषीहरुको देश हो । कुनै जाति र भाषाको उत्थान निर्वाध रुपले विकास हुन पाउनु पर्छ भन्ने मेरो मान्यता छ । अवका दिनहरुमा देश अग्रगामी रुपले अगाडी वढाउदै लैजाने हो भने जात अनुसारको प्रान्तिय सरकार हुन आवश्यक छ । र त्यो प्रान्तको अधिकार त्यहि क्षेत्रका जनतालाई नदिए सम्म देशले विकासमा फड्को मार्न सक्दैन । इतिहासमा पनि लिम्वूवानको अस्तित्व देखिन्छ त्यसैले अव भने लिम्वूवान जिवन्त रुपले हुनु पर्छ भन्ने मेरो धारणा हो ।

८. लिम्वूवान स्वायत राज्य स्थापना हुन्छ भन्ने कुरामा तपाई कतिको विश्वस्त हुन्छ ?
म लिम्वूवान स्वायत राज्य स्थापना हुन्छ भन्ने कुरामा एकदमै विश्वस्त छु । किनभने विभिन्न संघसंस्था देखि लिएर पार्टीहरुले समेत स्वायत राज्य हुनु पर्छ भनेर मुख्य एजेण्डाको रुपमा उर्ठाई राखेकाछन् । त्यो समयको माग पनि हो । नेपालमा वसोवास गर्ने विभिन्न जनजातिहरुको मुख्य माग पनि त्यहि भएकोले अन्तरीम सरकारले नै उक्त कुरालाई सम्वोधन गर्नु पर्छ । मलाई लाग्छ कुनै न कुनै दिन लिम्वूवान स्वायत राज्य स्थापना भएरै छाड्छ ।

९. तपाई अहिले सम्म अविवाहित नै हुनुहुन्छ । विवाहको लागि सोचे जस्तै जिवन साथी नपाएर होकि -प्रस्तावै नआएर हो ?
म अहिले सम्म अविवाहित रहनुका विभिन्न कारणहरु छन् । खासगरी व्यवहारीक,शैक्षिक र कार्यव्यस्तता कै कारणले त्यसो हुन गएको हो । प्रेम पत्र र विवाहको लागि थुप्रै प्रस्तावहरु आएका हुन् तर ती माथि कै कारणले त्यतातिर मोडिन सकिएन । मलाई लाग्छ जिवनमा विवाह नै गर्नु पर्छ भन्ने छैन होला नि । हेरौ भविष्यले के वताउछ त्यस्तै मन मिल्ने जोडी पाएमा विवाह गर्न पनि सकिन्छ ।

१०. तपाईको आफ्नो जिवनमा घटेका त्यस्ता अविश्मरणिय घट्नाहरु छन् कि ?
थत्थामा लिम्वूभाषाको चलचित्र सुटिङ चलिरहेको वेला सिक्किमको गान्तोकमा एउटा अविश्मरणिय घट्ना घटेको छ त्यो म जिवन भरी विर्सन सक्दिन । सन्जोग कस्तो पर्यो भने हाम्रो सुटिङ चलिरहेको युनिटको नजिकै एउटा अचानक दुर्घटना भयो । तर्सथ हाम्रा युनिटका सहकर्मीहरु दुर्घटनामा परेकालाई उद्दार गर्न घट्ना स्थल तिर सवै लागे त्यसवेला म एक्लै भएर एउटा ढुङ्गा माथि गएर वसे । दुर्घटना भएको कुरा गाउलेले थाहा पाए पछि घट्ना स्थल तिर थुप्रै मान्छेहरु आए । घट्ना स्थल नजिकै त्यो पनि ढुङ्गा माथि एक्लै वसेको देखेर ती सवै म भए तिर आएर मलाई पो हेर्न थालेघट्नाबाट वचेको मान्छे भनेर । मलाई देखेर ती सवै चुकचुकाएर सहानुभूतिको शव्द पो पोख्न थाले । ल हेर लुगा पनि फाटेछ मान्छेको ज्यान धन्न वचेछ भनेर वास्तवमा म कुनै दुर्घटनामा परेको थिईन । थत्थामा चलचित्रको लागि एउटा वहुलाही आईमाईको चरीत्रमा मैले अभिनय गर्नु थियो र मैले त्यहि अनुरुपको भेषभुष्षा लगाएको थिए । तर ती मान्छेहरुले मलाई दुर्घटनामा परेर वचेको मान्छे भनेर सम्झे । तर तिनी एकैछिनमा दुर्घटना स्थलतिर गए । मलाई पनि अप्ठ्यारो लागेर पुन युनिटको गाडीमा गएर वसे । यस वेला मलाई के लाग्यो भने मैले गर्नु पर्ने चारीत्रीक हाउभाउ एकदमै जिवन्त छ भन्ने कुरा थाहा पाए । त्यस प्रति मलाई गौरव लागेर आयो । यो नै मेरो जिन्दगीको अविश्मरणिय क्षण हो ।

११. अभिनय क्षेत्रमा लाग्न चाहाने आउदो युवा वर्गलाई कस्तो सुझाव दिन चाहानु हुन्छ ? यो क्षेत्रमा कहिले सम्म लाग्ने विचार गर्नु भएको छ ?
म यो क्षेत्रमा लाग्न चाहाने युवा वर्गलाई प्रोत्साहन गर्न चाहान्छु । यो क्षेत्रमा निरन्तर लागि रहे नराम्रो छैन । आफ्नो कला समाजमा देखाउने अवशर मिल्छ । त्यो पनि एउटा शिक्षा नै हो । यो क्षेत्रलाइ अझ फराकिलो वनाएर लैजाने युवापीडीहरुको ठुलो हातमा छ । आफ्नो कला प्रदर्शन गरेर भाषा सस्कृतिको जगेर्ना गर्नु भन्ने कुरा ठुलो कुरा हो । यो दायित्व कलकारले कला क्षेत्रवाट वहन गर्नु जरुरी छ । मान्छेको जिवन मरणशील छ तर कला भन्ने कुरा कहिल्यै मर्दैन । जहा सम्म म यो क्षेत्रमा जिवनभर लाग्छु भनेर सोचेको छु । अभिनय भन्ने कुरा पनि अम्मल जस्तै हो त्यसैले छोड्न सकिन्न ।

१२. अन्तमा संसारभर छरीएर रहेका तपाईका दर्शकवृन्दहरुलाई लिम्वूवान डट व्लगस्पोट डटकमवाट केहि शन्देस दिन चाहानु हुन्छ कि ?
र्सवप्रथम लिम्वूभाषाको चलचित्रलाई सकरात्मक रुपले हेरी दिनुहोस् । यसरी हेरीदिनु भयो भने कलाकर्मीलाई प्रोत्साहन मिल्दछ । विश्वको जुनसुकै भागमा लिम्वू दाजुभाई दिदीवहिनीहरु छरीएर रहे पनि लिम्वूवानको एकजुट हुन आव्हान गर्दछु । यसरी मेरो विचारहरु संसारभर फैल्याई दिनु भएकोमा यस व्लगका सन्चालकलाई मुरीमुरी धन्यवाद दिन चाहान्छु।

लिम्बुवान् राष्ट्रिय गीत


डी.वी. पालुङवा

समृद्व र अनेकताले सजिएको लिम्बुवान्
सार्वभौम र अखण्डताले फैलिएको लिम्बुवान्

जात जाती भाषा लिपी धर्म जोगाई राखेर
फक्ताङलङमा शिरमा राखि धर्तिलाई चुमेर
उचालौं हरेक पुस्ताले यो सिङगो लिम्बुवान्

खोसेर खोसिन्न लुटेर लुटिन्न यो ऐश्वर्य
यो धर्ति रही रहन्छ रहे सम्म चन्द्र सूर्य
संप्रभूत्ता स्वायत्त राज्य जय जय लिम्बुवान्

Mar 6, 2008

राष्ट्रिय जनमुक्ति पार्टीको एकसय बन्दसुची दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
राष्ट्रिय जनमुक्ति पार्टीले आसन्य संविधान सभाको निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको लागी एकसय जनाको उम्मेदवारी बन्दसुचीमा दर्ता गरेको छ। दर्ता गरिएको नामवली यसप्रकारको छ।

क्र.सं उम्मेदवारको नाम लिङ नागरिकता प्राप्त मतदाता नामावाली भएको जिल्ला भएको जिल्ला
१. उर्मिला कुमारी नेपाली म. दाङ दाङ
२. छियामा राई म. सुनसरी सुनसरी
३. तौलेश्वरी थारु म. कपिलवस्तु कपिलबस्तु
४. कौशिला महरा चराम म. महोत्तरी मोहत्तरी
५. शारदा कुमाल म. कास्की कास्की
६. दिल लक्ष्मि खड्गी म. भक्तपुर भक्तपुर
७. शशीकला गुरुङ म. स्याङजा रुपन्देही
८. सारदा थापा म. कपिलबस्तु कपिलबस्तु
९. मिना सुव्बा म. झापा झापा
१०. दिलसरी लिम्बु म. झापा झापा
११. जस मायाँ तमु म. रुपन्देही रुपन्देही
१२. रेश्मा देवी सदा म. मोहतरी मोहतरी
१३. कमला विश्वकर्मा म. भोजपुर भोजपुर
१४. उमा थापा म. कपिलबस्तु कपिलबस्तु
१५. धन कुमारी राना म. गुल्मि गुल्मि
१६. उमा राना रास्कोटी म. कपिलबस्तु कपिलवस्तु
१७. श्रीमति माला देवान म. सुनसरी सुनसरी
१८. जुनु बसेल म. ललितपुर ललितपुर
१९. ललि मायाँ मगर म. धनुषा महोतरी
२०. प्रेम मायाँ लुङगेली मगर म. मोहतरी मोहतरी
२१ इन्द्र कला सुब्बा म. सुनसरी सुनसरी
२२. राधा देवि लङगेली म. मोहतरी मोहतरी
२३. दुर्गा देवि थापा म. स्याङजा रुपन्देही
२४. पुष्पा स्वर्णकार म. दाङ दाङ
२५. सीमा कुमारी वि. क. म. रुपन्देही रुपन्देही
२६. सरस्वती स्वर्णकार म. दाङ दाङ
२७. अमृता थापा म. रुपन्देही रुपन्देही
२८. विष्णु मायाँ अधिकारी म. रुपन्देही रुपन्देही
२९. तिर्थ बहादुर राई पु. सुनसरी सुनसरी
३०. दालचिनी पुलामी म. रामेछाप रामेछाप
३१ विष्णु मायाँ थापा मगर म. पाल्पा पाल्पा
३२ इन्द्र कला थापा म. रुपन्देही रुपन्देही
३३. ललमतिय देवि उमाधी म. बारा बारा
३४. नन्द मायाँ महर्जन म. ललितपुर ललितपुर
३५. महेश्वरी महर्जन म. ललितपुर ललितपुर
३६. हाजी महम्द हसन पु. रुपन्देही रुपन्देही
३७ उमा तामाङ (लामा) म. काठमाणैं काठमाण्डौ
३८. उर्मिला देवि महतो म. महोत्तरी मोहतरी
३९. नानु मायाँ थापा म. तन्हूं तनहुँ
४०. रेनु क्षेत्री म. पर्सा पर्सा
४१. गौरी के. सी. म. ललितपुर ललितपुर
४२. कृष्ण मायाँ राना म. स्याङजा स्याङजा
४३. देवि मायाँ लिम्बू म. ताप्लेजुङ ताप्लेजुङ
४४. धन मायाँ गौली म. तनहुँ तनहुँ
४५. खमेनी रावत म. जुम्ला जुम्ला
४६. मन कुमारी मगर पुन म. पर्वत पर्वत
४७. टिका कुमारी विश्वकर्मा म. पाल्पा पाल्पा
४८. नन्दा कुमारी लिम्बु म. सुनसरी सुनसरी
४९. मालवर सिंह थापा पु. स्याङजा रुपन्देही
५० दल बहादुरराई पु. सुनसरी सुनसरी
५१ रविन्द्र उच्च नेपाली पु. दाङ दाङ
५२ भि.सी. राम बहादुर लिम्बु पु. पाँचथर झापा
५३ रविन लामा गोले पु. झापा सुनसरी
५४ अमृत कुमार शाही पु. रुपन्देही रुपन्देही
५५ हनुमान प्रसाद अग्रवाल पु. सुनसरी सुनसरी
५६ हिरा चन्द्र चौलागाई पु. कालिकोट कालिकोट
५७ राम बहादुर तुम्बाहाम्फे पु. तेह्रथुम तेह्रथुम
५८ शिव प्रसाद आचार्य पु. झापा झापा
५९ तुल बहादुर बस्याल पु. ललितपुर ललितपुर
६० बन्दीराम उराव पु. सुनसरी सुनसरी
६१ तौ बहादुर गुरुङ पु. नवलपरासी नवलपरासी
६२ केशर पुन मगर पु. चितवन चितवन
६३ सागर नाथ रेग्मी पु. तेह्रथुम तेह्रथुम
६४ कृष्ण बहादुर गोले पु. भोजपुर झापा
६५ रुक बहादुर पुन पु. रुपन्देही रुपन्देही
६६ अर्जुन लाल साशंकर पु. महोत्तरी महोत्तरी
६७ वयानसिं र्राई पु. खोटाङ खोटाङ
६८ देव बहादुर थापा पु. तनहु तनहु
६९ लाल बहादर साह पु. कपिलबस्तु गुल्मी
७० नन्द बहादुर राई पु. सुनसरी सुनसरी
७१ केहर सिं राना मगर पु. पाल्पा पाल्पा
७२ नर बहादुर काउचा मगर पु. बागलुङ वागलुङ
७३ चन्द्र प्रसाद योङया पु. झापा झापा
७४ उमेश रावत पु. जुम्ला जुम्ला
७५ कर्णबहादुर बिश्वकर्मा पु. रुपन्देही रुपन्देही
७६ बालजी जयसवाल पु. तनहुँ तनहुँ
७७ कैलासपति कर्ण पु रुपन्देही रुपन्देही
७८ कन्हैया लाल मेचे पु. झापा झापा
७९. डुप वाङगेल मोक्तान पु. काभ्रे काभ्रे
८०. अमेरीका थारु पु. नवलपरासी नवलपरासी
८१. मोती उराव झागड पु. सुनसरी सुनसरी
८२ रत्‍न सिंह राना मगर पु. दैलेख दैलेख
८३. झप्ट मान लिम्बु पु. धनकुटा सुनसरी
८४ टेक बहादुर गुरुङ पु. सुनसरी सुनसरी
८५. खडग प्रसाद पालुङवा पु. ताप्लेजुङ सुनसरी
८६. राम प्रसाद घले पु. चितवन चितवन
८७. बल बहादुर लिम्बु पु. सुनसरी सुनसरी
८८. ग्याम्जो लामा पु. काभ्रे काभ्रे
८९. धन केशर र्सुयवंसी पु. पाल्पा पाल्पा
९०. निल बहादुर थिङ पु. सिन्धुली बारा
९१. मेघदल लिम्बु पु. धनकुटा धनकुटा
९२. चन्द्रमणी तामाङ पु. इलाम इलाम
९३. राजेन्द्र दुसाद पु. बारा बारा
९४. पदम बहादुर भाट क्षेत्री पु. अर्घखाची अर्घखाची
९५. तम कुमारी पुन म. कास्की कास्की
९६. दिल मायाँ पुन मगर म. तनहुँ तनहुँ
९७. दुर्गा थापा म. तनहुँ तनहुँ
९८. श्रवण कुमार लिम्बु पु. सुनसरी सुनसरी
९९. डिम्पल कुमारी चौधरी (थारु) म. नवलपरासी नवलपरासी
१००. श्यामलाल महत्तो पु. नवलपरासी नवलपरासी

गाउँठाउ समावेशी भए देश पनि समावेशी हुनेछ

कमल मादेन
पञ्चायन सुनसरी जिल्लाको एउटा सानो गाउँ हो । जात जातिय बसोबास संरचनाको हिसाबले यो गाउँ समावेसी प्रकृतिको छ । गाउमा बाहुन, क्षेत्री, र्राई, लिम्बू, मगर, कामी, दमाई, थारु, मुसहर आदिको मिलिजुली बसोबास छ । बाहुन क्षेत्रीका परिवारमा कोही न कोही शिक्षक वा सरकारी जागिरे छन । बेलायत तथा भारतिय सेनाबाट अवकाश प्राप्त र्राई, लिम्बूको परिवार खेतीपाती गर्छन । तिनका छोराछोरी सरकारी जागिरभन्दा बिदेशजान बढि लोभिन्छन । गाउँमा कामी, दमाईले पुरानो पेशा छाडदै लगेका छन । थारुहरु जो त्यहाका आदिवासी हुन, थोरै मात्र खेती किसानी गर्छन । गाउँमा पहिल्यैदेखि बालबच्चालाई नपढाउने, आफै खेतीपाती पनि नगर्ने, जिविकाको निम्ति अरुकामा हली गोलाठा, खेताला वा खेतमा माटो काट्ने काम गर्न रुचाउने मुसहर समुदायको १५, २० परिवार पनि छ ।
जातिय हिसाबले मुसहर पानी अचलमा गनिन्छ । उनीहरुले पकाएको खाने गाउँमा प्राय छैनन । एकाध युवाहरु होलान अपवादमा पर्छन, उनीहरु । मुसहरको आस्रयस्थल जस्लाई हामी मुसहर टोल भन्छौ, मलाई थाहा भए अनुसार करिव ३ दशकदेखि खोलाको छेउमा पहिले जस्तो थियो अहिले पनि उस्तै छ । बाल बिबाह र परिवार नियोजनतर्फ उनीहरु सचेत नभए पनि मुसहरको जनसंख्या खासै बृद्धि भएको छैन । सुनसरी जिल्लामा मुसहरको जनसंख्या २०५८ को जनगणनामा २१ हजार ३ सय ९८ थियो । नेपालमा मुसहर शिक्षामा सबैभन्दा पछि परेको समुदाय हो । तीनबर्षअघिसम्म जिल्लामा एस.एल.सी. परिक्षा उतिर्ण गर्ने हासपोसा गाविसका राजेन्द्र सदा र अर्का एक जना सहित जम्मा २ जना मात्र मुसहर थिए ।
मुसहरहरु जस्तै नेपालमा अरु थुप्रै सामुदायक छन । उनीहरुको जिवनयापन ज्यादै कष्टकर छ । मिठो मसिनो खान पाउनु भनेको उनीहरुका निम्ति आकाशको फल आँखा तरीमर भन्ने जस्तै हो । शताव्दियौं देखि गुजारा त्यसरी नै चल्दै आएको छ । नेपाल सरकारले भर्खरै आरक्षण सम्बन्धी केही निर्णय गरेको छ । केही समय अघि सम्म हामी कहाँ आरक्षणका कुरा सुपाच्य हुदैन थियो । आरक्षणले देश बिर्गाछ भन्ने मान्यता र्सबत्र सुन्न पाइन्थ्यो । शासक बर्ग अर्थात बाहुन, क्षेत्री र नेवारहरु नै हुन नेपालमा आरक्षण विरोधी । उनीहरु आरक्षणको कुरा अझै पचाउँदैनन् । जनजाती तथा मधेस आन्दोलनको बललेमात्र अहिले सरकारको ध्यानाकृष्ट भएको हो ।
दातृसंस्था तथा गैरसरकारी संस्थाहरुले धेरैअघि देखि आरक्षणका बारेमा आवाज उठाउदै आएका छन । ति संस्थाहरुले आरक्षणलाई सकारात्मक विभेद भन्छन । समाजमा आर्थिक, राजनीतिक, शैक्षिक आदि दृष्टिूकोणले पछि परेका समुदायलाई शिक्षा, रोजगार लगायतका क्षेत्रमा बिशेष व्यवस्थाका गरिनुपर्छ भन्ने मान्यता सकारात्मक विभेद हो । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा १ सय ३ जात जाति तथा ९३ भाषिक समुदाय छन । सरकारी हरेक निकायको स्थानीय तहदेखि केन्द्रसम्म प्राय बाहुन क्षेत्रीको बाहुल्यता छ । उनीहरुबाहेक अन्यको उपस्थिति ज्यादै न्युन छ । आदिवासी जनजातिहरुमध्ये सबैभन्दा बढि राज्यबाट सुविद्या उपभोग गर्ने नेवार हुन । नेवार र थकालीलाई उन्नत आदिवासी जनजातिको रुपमा सुचिकृत गरिएको छ ।
नेपाल मानवविकाश शुचाङ्कको प्रतिवेदन २००४ अनुसार सन् २००१ र २००२ मा नेपाल सरकारको तृतिय तहको अधिकृत बाहुन क्षेत्री ८७ प्रतिशत र नेवार ८ दशमलव ७ प्रतिशत थिए । जनगणना अनुसार बाहुन १२ दशमलव ७४, क्षेत्री १५ दशमलव ८० र नेवार ५ दशमलव ४८ प्रतिशत मात्र छन । बाहुन, क्षेत्री र नेवारको जनसंख्या कुल जनसंख्याको ३४ दशमलव शुन्य २ प्रतिशत छ तर तृतिय तहका अधिकृत भने उनीहरु मात्रै ९५ दशमलव ७ प्रतिशत छन । यसको अर्थ बाकी ६६ प्रतिशत जनसंख्या प्रतिनिधित्व गर्ने जात जातिहरुबात तृतिय तहका अधिकृत मात्र ४ दशमलव ३ प्रतिशत छन ।
मन्त्रिहुनेको सुचि उस्तै छ । सन् १९५१ देखि २००५ मा जम्मा १३ सय ४१ मन्त्रि भए । तिनमध्ये क्षेत्री ३ सय ७८ र बाहुन ३ सय ६० जनाले मन्त्रि भएका थिए । यसरी नै नेवार १ सय ३६ जना । २००५ भन्दा अघि प्रजातान्त्रिक सरकारका पालामा ३५ दशमलव ६ प्रतिशत बाहुन, २३ दशमलव ५ प्रतिशत क्षेत्री र ७ दशमलव २ प्रतिशत नेवार मन्त्रि भएका थिए । राजाका पालामा २१ दशमलव ९ प्रतिशत बाहुन, ३० दशमलव ९ प्रतिशत क्षेत्री र ११ दशमलव ८ प्रतिशत नेवार मन्त्रि थिए ।
सरकारी निकायहरु र मन्त्रिमा बाहुन क्षेत्री र नेवारको बाहुल्यता बढि भए जसरी नै साक्षरता पनि उनीहरु बढि हुनु स्वाभाविक हो । २०५८ को जनगणनामा नेपालमा ६ बर्षभन्दा माथिको साक्षरता दर ५३ दशमलव ७ थियो । उक्त जनगणना अनुसार बाहुनको साक्षरता दर सबैभन्दा माथि छ । बाहुन ७४ दशमलव ६ प्रतिशत साक्षर छन । यसरी नै नेवार ७१ दशमलव २ र क्षेत्री ५९ दशमलव ७ प्रतिशत । सबैभन्दा कम साक्षरता दर भएको समुदाय मुसहर हो । मुसहर ६ दशमलव ४ प्रतिशत मात्र साक्षर छन । मुसहर पछि १२ सयको हाराहारीमा जनसंख्या भएको धुनिया ८ दशमलव २ प्रतिशत साक्षर छन । मुसहर र धुनिया जस्ता समुदायले बाहुन क्षेत्रीसंग कसरी प्रतिस्पर्धा गर्न सक्छन - बहुदल आएको करिव २ दशक हुन लाग्यो । के अबको २ दशकमा मुसहर वा धुनिया समुदायबाट एक जना सि.डि.ओ. होलान - मुसहर र धुनियामात्र होइन आदिवासी जनजाति समुदायले समेत बाहुन क्षेत्री र नेवार संग प्रतिस्पर्धा गर्न सक्दैनन् । यसलाई यसरी भनौं महंगा बोडिङ्ग र बिदेशमा उच्च शिक्षा लिनेसंग सरकारी स्कुलमा पढ्नेले कसरी प्रतिस्पर्धा गर्न सक्छन -
सकारात्मक विभेदलाई सरकारले सबै समुदायका निम्ति एउटै नीतिलिनु हुदैन । दलित प्रतिको दृष्टिूकोण भिन्न हुनुपर्छ । दलितको मुल समस्या भनेको सामाजिक भेदभाव हो । उनीहरुमाथि भैरहेको भेदभाव अन्त्य गर्न व्यवहारमा देखिने परिवर्तन राज्यले लिनु पर्दछ । निशुल्क शिक्षा, रोजगार इत्यादि दलितको सर्न्दर्भमा दोस्रो प्राथमिकता हो । दलितलाई रोजगार मुलक बनाउनका लागि शिक्षा पूर्णरुपमा निशुल्कगरी शिक्षितलाई योग्यता अनुसारको रोजगार वा वैकल्पिक जिविका दिलाए मात्र उनीहरु समाजमा शीर उचोगरी रहन सक्छन । शिक्षाको कमिले गर्दा आम दलितहरुमा हामी दलित भगवानकै पालादेखि दलित भएका हौ भन्ने भावना छ । छुवाछुत र गरिबीबाट कहिल्यै मुक्ति पाइन्न भन्ने बुझाइ छ । छिमेकी मुलुकहरुमा दलितको यस्तो दुरावस्था छैन ।
भारतमा दलितको सम्मान जनक स्थिति छ । बर्तमान लोकसभाको ५ सय ४० सांसद मध्ये ७९ सांसद दलित छन । कुल जनसंख्याको करिव १ प्रतिशत दलितमध्ये लोकसभामा १५ प्रतिशत दलित सांसदहरु हुनु भनेको दलितका लागि गौरव हो । भारतको प्रान्तिय सरकारमा पटकपटक दलित मुख्यमन्त्रि भएका छन । दलित र पिछडिएको जात जातिको लागि भारतिय संविधानमा बिशेष व्यवस्था छ । यसको श्रेय डा. भिमरावो अम्बेडकर -सन १८९१-१९५६) लाई जान्छ । मध्यप्रदेशमा जन्मेका डा. अम्बेडकर स्वयम् अछुत थिए । अछुतका कारण कक्षाकोठाको भईमै बस्नु पर्थ्यो उनले । शिक्षकले उनको नोटबूक छुदैनथे । सन १९१२ मा उनले राजनीति र अर्थशास्त्रमा बि.ए. उत्तिर्ण गरे । अमेरीकाको कोलोम्बिया बिश्वविद्यालयबाट छात्रबृति पाइ सन १९१६ मा विद्यावारी समेत गरे । सन् १९२० मा लन्डनबाट व्यारिष्टर सहित डक्टर अफ साइन्सको उपाधि पनि पाए । डा. अम्बेडकर सन् १९४७ मा संसदबाट सविधान मस्यौदा समितिका अध्यक्ष चुनिएका थिए । उनको अध्यक्षतामा भारतको संविधान सन् १९४९ मा जारी भयो । विडम्बना नै भनौं नेपालको संविधान मस्यौदाकारहरु डा. अम्बेडकर जस्तो कोही भैदिएनन् ।
जनजाति र मधेसी दलित सामाजिक रुपमा तिरस्कृत छैनन । बरु तिनका संस्कृति अत्रि्रमित भएको छ । नेपाल एकिकरण पछि जब्बरजस्त आदिवासी जनजाति समुदायलाई हिन्दू संस्कार अवलम्वन गर्न लगाइयो । उनीहरुका लिपि जलाइयो । जो जस्ले हिन्दूकरण हुन मानेन् देश निकाला गरियो । पूर्वी नेपालका पहाडी जिल्लाहरुबाट दशौं हजारको संख्यामा र्राई लिम्बूहरु निर्वासित भए । राज्य नछाडनेहरु जातिय संस्कृति र भाषा विहिन भएर रहन बाध्य भए । पाचथर र इलाममा सोलुखुम्बू, खोटाङ्ग, भोजपुरबाट भागेका राईहरु प्रशस्त छन । उनीहरु प्रायले आफनो भाषा, संस्कृति जान्दैनन् । कैयन जातजातिहरु अझै शुद्ध नेपाली बोल्न सक्दैनन । सरकारी कार्यलयमा आफना समस्या प्रष्ट राख्न सक्दैनन् । कार्यालयमा उनीहरुले नेपाली दोभासे लैजानु पर्छ ।
मधेसीको समस्या अझ कहाली लाग्दो छ । मधेसलाई राज्यले सधै उपनिवेशिक व्यवहार गर्दै आएको छ । आम मधेसी समुदाय राज्यबाट दोस्रो दर्जाको नागरिक हैसियतमा छन । विगतमा उनीहरुलाई नागरिकता दिन समेत सरकार हिचकिचाएको थियो । र अहिले पनि अन्तरिम संविधानमा मधेसी जनताको भावनालाई प्रतिविम्बत गर्ने शव्द मात्र राख्न नेपाल सरकार चाहदैन । समग्रमा राज्यबाट आदिवासी जनजाती, दलित, मधेसी बाहेक बाहुन, क्षेत्री समुदायमात्र लाभान्वित भएको छ । यस्तो विषम परिस्थितिमा सबैले समानरुपमा प्रतिस्पर्धा गर्नसक्ने स्थिति छैन । व्याकुल माइलाको गितमा भनिए झै 'सयौ थुँगा फूलका हामी एउटैमाला नेपाली' हुनका लागि अब नेपाल सरकारले सकारात्मक विभेदको नीति मात्र होइन केही समयका लागि बाहुन क्षेत्री र नेवारलाई सरकारी सेवा प्रवेश नगन्य मात्रामा गरे मात्र तपाई हाम्रो गाउँठाउ जातिय रुपमा समावेशी प्रकृतिको भए जस्तै देश पनि समावेशी हुनेछ ।

Mar 2, 2008

भगत सुब्बा

२०१० पुष २१ मा जन्मनु भएका भगत सुब्बा बढी लिम्वूवानमा लाजेसा याक्थुङबा उपनामले चिनिनु हुन्छ । वहा बढी गीत,कविता,समसामयिक लेख,समाजशास्त्र लेखनमा आफुलाई प्रस्तुत गर्नुहुन्छ । हाल सम्म नेपाली तथा लिम्वुभाषाकोगीत २५० जति लेखी सक्नु भएको छ भने ८० गीतमा संगीत पनि गरीसक्नु भएको छ । वहाले याक्थुड.साम्लो भाग १-५ / दुइवटा संकलन / तिनवटा आफ्नै आवाजमा साथै हालसालै लिम्वूवान भाग १र २ प्रकाशित गर्नुभएकोछ । किरात धर्म तथा साहित्य उत्थान संघ काठमाडौ उपत्यका समिति सचिव - १वर्ष / किरात याक्थुड. चुम्लुड.,नेपाल केन्द्रिय संस्थापक - पार्षद,किरात याक्थुड. चुम्लुड.,नेपाल केन्द्रिय संस्थापक निर्वाचन मण्डल - अध्यक्ष,प्रजातान्त्रिक संघीय लिम्वुवान नेपाल - संयोजक,हात्तीवन मांहीम ललितपुर - आजीवन सदस्य,किरात याक्थुड. चुम्लुड.,नेपाल केन्द्रिय समिति संस्कृति विभाग - प्रमुख को रुपमा संलग्न हुनुहुन्छ । र किरात याक्थुड. चुम्लुड. काठमाडौशाखा प्रतिभा सम्मानबाट सम्मानित भैसक्नु भएका लिम्वूभाषाका प्रथम गायक लाजेसा याक्थुङबासंग लिम्वूवान डट ब्लगस्पोट डटकमका ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरीएको छ ।

१ निक्कै लामो समय पछि तपाईले हङकङ मै वसेर पनि लिम्वूवान भाग १,२ नामक लिम्वूभाषाको गीतिसंग्रह हालसालै स्रोताहरुको माझ ल्याउनु भएको छ । संग्रहको नाम लिम्वूवान नै राख्नुको कारण के होला ? यसमा कस्ता खाले र कति गीतहरु संग्रह गर्नु भएको छ होला ?
यसपालिको याक्थुङ्ग साम्लो भाग ६ र ७ को नाम , लिम्बुवान एक र दुइ सिडि र औडियो चक्का दुबैमा निकालिएको लिम्बु भाषाको सिडि उत्पादनमा यो नै पहिलो शुरुआत हो । लिम्बुवान नै नाम राख्नुको काराणबारे चाही ,२०४७ सालको प्रजातन्त्रको पुनरबहाली अगाडिको लिम्बुवान भनेको दरबारीया दलाल र सामान्ती जाली फटाहाहरुको सदुपयोगको साधन अर्थात माननीय मन्त्री भजांइखाने एउटा निजी स्रोतजस्तो मात्र थो । तर बर्तमानको लिम्बुवान भनेको सबै लिम्बुवानी जनताहरुको साझा भूमि अर्थात लिम्बुवान राज्यमा बसोबास गरिआएका सम्पुर्ण जातजातिहरुको अभिभावकत्वको अभिभारा निभाउंदै आएकी लिम्बुवान आमाकै स्वारुप हो भन्ने कुरो सार्बजनिक भइसकेको छ । अबको लिम्बुवान भनेको सबै लिम्बुवानी जनताहरुको आमा हो भनेर बुझ्नु पर्ने हुन्छ । अत यो धर्तिमा आमा भन्दा अर्को ममतामयी शब्द नै नपाइने हुनाले आफनो गीति संगालोको नाम पनि लिम्बुवान आमाकै नाममा राखिएको हो ।
जस्मा लिम्बुवान एक भाग ६ को सिडिमा १० वटा र लिम्बुवान दुइ भाग ७ को सिडिमा भने ११ वटा गरी जम्मा २१ वटा गीतहरु छन । गीतहरुको प्रकृती बारे , ९० प्रतिशत लिम्बुवानबादी भन्नाले राष्ट्रिय गीतहरु समाबेश छन भन्नै पर्दा न्याप्टो नाक र चिम्सो आंखा भाका बाहुनका दतक्कपुत्रहरुले जाबरजस्ती मिच्न खोजेको लिम्बुवानी आमाको माङ्ग युक्नाको चारै सूर बांधेर सिलाम साक्नु ताप्थेक्मा गरिएका बेजोडका भुगोलबादी रचनाहरुमा संगीत भरेर आवाजहरुद्धारा प्राण भरिएका जिंउंदा लिम्बुवानी गीतहरुको उपस्थिति छ । अलबुम लिम्बुवान एक र दुइमा ।

२ तपाई हालसालै नेपाल जादा पक्कै पनि लिम्वूवानका नेता कार्यकर्ता संग भेटघाट गर्नु नै भयो होला उनीहरुले लिम्वूवान स्वायत राज्य पुन प्राप्तिको आन्दोलनलाई कसरी अगाडी वढाइ रहेकाछन् ? कतिको सकारात्मक ढङ्गले वढी रहेछन् जस्तो लाग्छ ?
हेर्नोस । राजनैतिक समुह भनेपछी । सत्तावालहरुको भत्तावालहरु एक न एक ठाउंबाट घुसेकै हुन्छन । हेर्दा न्याप्टो छ । आफन्तै हो कि जस्तो । तर चुच्चेभन्दा निक्कै खतरनाक हुन्छन । ति घुसपैठियाहरु । लिम्बुवानबादी संगठनहरुमा यो एउटा जटील समस्याको रुप बन्दै जांदो छ । तर लिम्बुवानको शाझा सवालको हकमा भन्नु पर्दा । आजसम्मको आन्दोलनहरुको नतिजाले देखाएको तथ्याङकमा सत्प्रतिशत सकारात्मक्ता पाइएको छ । घुसपैठियाहरु ओझेलमै छन । भेटघाटको बारेमा , कुमार लिङ्गदेन , सन्जु पालुङ्गवा , डिके बुद्धिष्ट , र वहांहरुको केन्द्रिय सदस्यहरुसग संघीय गणतन्त्र , जातीय समानुपातिक निर्वाचन प्रणाली र क्षेत्रीय स्वायेतता चाहने राज्यहरुको इतिहास भूगोल र प्रान्तीय आकार प्रकारको संरचनाहरुबारे समेत अनौपचारीक छलफल भएको छ । र मावोबादी पक्षधर लिम्बुवानबादीहरुसंग कार्यगत एकताको कुरो भएको थो । लिम्बुवानको चिफ अफ एक्ज्युकेटिभको नियुक्तिमा माओवादीपक्षबाट चुच्चेको नियुक्तिबारे मैले बिरोध गर्दा , ति माओवादी लिम्बु भाइहरु मेरो सामु खुलेर बोल्नु चाहनु भएन ।

३ तपाई मुलत गायक तथा लेखक भएर पनि विगतमा प्रजातान्त्रिक संघीय लिम्वूवान भन्ने पार्टी नै खोलेर लिम्वूवानको लागि होमीनु भएको थियो हाल यो पार्टी कुन रुपमा चलिरहेको छ ? कलाकर्मी भएर पनि राजनिती तिर किन लाग्नु भएको होला ?
क) गायक तथा लेखक र अन्य कलाकारहरु राजनितिक पार्टी संगठनका उर्जामात्र नभएर नेतृत्वपङतीका अगुवा पनि हुन सक्छन भन्ने एउटा उदाहारण हो । संघीय लिम्बुवान पार्टीको निर्माण इतिहास ।
ख) पार्टीको अवस्था कस्तो छ ।
हालमा प्रजातान्त्रिक संघीय लिम्बुवान पार्टी केवल एउटा राजनितिक पार्टी कै रुपमामात्र सिमित छ । ससक्त संगठनात्मक शक्तीको रुपमा भने अउन सकिरहेको छैन । यथार्थतालाई स्वीकार्नु पर्छ । साथीहरु कोशिश गरिरहनु भएको छ । तर हालको परिस्थिति भनेको संगठनको निर्माणमा जोड भन्दा पनि लिम्बुवान प्रप्तीको शाझा सवालमा कार्यगतएकताको आवश्येकता बढीनै खडकिएको बिषय छ । त्यसकाराण पहिला हामी एउटा खेल मैदानको निर्माण गरौं । त्यसपछीमात्र खेलाडीहरु जन्माउनु पर्ने हुन्छ । जुन समय र परिस्थितिले तय गर्दै लानेछ ।
ग) कलाकर्मी भएर पनि राजनितिमा किन लागेको भन्ने बारे ।
उ बेला सबै इत्तर पार्टीहरु प्रतिबन्धीतको अवस्था थो । ऐन मौकामा पंचे नपंचे सबैले मेरो लिम्बुवानलाई नारायणहिटि दरवारको कोशेली बनाएर अंचलाधीश , माननीय मंत्री आदिको ओहोदाको प्रमाण पत्र सित भजांउने काममात्र गरे । त्यस्तो बिकृति र बिसंगतिलाई रोक्नुपर्छ भन्ने मेरो मनमा एक सोंचको बिकास भयो । त्यसको लागी राजनैतिक संगठनको आवश्येकता थियो । र संघीया लिम्बुवान को जन्म भयो । तर पार्टीले गतिलिन भने बांकी नै थो । शायद अब त्यो कामको थालनी हुन्छ ।

४ लिम्वूवानवासी लिम्वूहरु र लिम्वूवानका विभिन्न पार्टीहरु सवै लिम्वूवान भनेर कुर्ली राखेका छन् तर नया संघीय गणतन्त्रीक नेपालका सत्ताधारी नेताहरुले भने कुनै वास्ता नै गरी रहेका छैनन् अव माथि सम्म हल्लिने आन्दोलन लिम्वूहरु तथा लिम्वूवान पार्टीहरुले गर्न आवश्यक छैन ?
एकदमै आवश्यकता छ । ६२ , ६३ बर्षपहिलेको भारत छोडो आन्दोलन , महान चिनीया कम्युनिस्ट पार्टीको शशक्त राजनितिक क्रन्ति , अनि १८रौं शताब्दीको इङ्गलेण्डको राजनैतिक घर्सनको अवस्थामा छ । अहिलेको नेपालको राजनितिक परिस्थिति । मत्लव के हो भने । भारती र चिनाहरु हामी भन्दा ७० बर्षे अगाडी छन । राजनितिक सवालमा । त्यस्तै बेलायतीहरु हामी भन्दा २०० बर्षे अगाडी छन । हरेक संस्कारहरुको सभयताहरुको संसकृतिहरुमा । त्यस्तै नेपालको राजनितिक संस्कार र सभ्यताको संसकृतिलाई हेर्ने हो भने आदिबासी नेप्टेहरुमाथी तागाधारी हिन्दु धर्मी चुच्चे नाक भाकाहरुले २४० बर्ष देखि लगातार एकलौटी शाषन गर्दै आइरहेको दुर्भाग्यपुर्ण इतिहास छ । भन्नुको तात्पर्य । चुच्चेहरु भन्नाले क्षेत्री बाहुनहरु हामी बुच्चे नाक भाका लिम्बुहरु भन्दा २४० कदम अर्थात बर्षले अगाडी छन । जस्तै २५ बर्षो तन्देरीले ८ बर्षो फुच्चे सित के को डराउंछ र । उफ्रेर जोर लात्ती हान्दा पनि वास्ता गर्दैन । तर अर्को २५ बर्षपछिको भने परिस्थिति अर्कैबन्ने छ । आत्तिने काम छैन । समय लाग्छ । तर नेप्टेहरुको राजनितिक संगलग्नतामा भने निरन्तरताको सारै खांचो छ । तपाईको नया संघीय गणतान्त्रिक नेपालका सत्ताधारी नेताहरु भनेका तिनै जातियहैकमवादी जनाइधारी चुच्चे नाक भाका क्षेत्री र बाहुनहरुनै त हुन नी । जुनसुकै खेमा र कित्ताका नै किन नहुन र । निर्णयक ठाउंमा शतप्रतिशत अझै सम्म यिनीहरुकै हालीमुहाली छ । तर सबै चुच्चेहरु बाहुनबादी नहुन पनि सक्छन ।

५ लिम्वूवानको लागि भनेर पार्टी मात्रै धेरै जन्मेका छन् तर कार्यगत एकता भने त्यति देखिदैन यसरी तल नै एक अर्कामा खिचलो गर्दा लिम्वूवानको आन्दोलन तुहिने त होईन ? एउटै उदेश्यको लागि यति धेरै पार्टीहरु खोलिनु सकारात्मक ठान्नु हुन्छ ?
तपाइको संकेत एउटै संघीय लिम्बुवान पार्टी फुटेर , लिङ्गदेन लिम्बुवान र पालुङ्गवा लिम्बुवानको घोषणातर्फहो क्यारे । यी पार्टीहरु शुरुको अवस्थामै बेग्लाबेग्लै भएर आउनु पर्ने थो । अझैं ढिलोगरी फुटयो । नफुटेको भए शायद लिम्बुानै डुब्थ्यो । तर अबको लिम्बुवानलाई त्यस्तो खत्तरा रहेन । किनकी मक्किएको हांगा र सडिएको बिजनमात्र तुहिएर कुहिएर जान्छ । त्यस्ले मूल अङगलाई त्यस्तो खासै असर पार्दैन । किनभने त्यो भनेको एउटा राजनैतिक संस्कारको नियमित प्रकृया पनि हो । आत्तिने काम छैन । जे भयो राम्रै भयो , भन्ने पक्षमा जानु पर्छ ।
दोस्रोमा रहयो कार्यगत एकताको कुरो ,
कार्यगत एकताको सवालमा हो भने , मेची देखी महाकाली सम्मका सबै मधेसे , पाहाडे , आदिबासी , भूमिपुत्रहरु र हिन्दु धर्म शाषनसत्ताले पशुभन्दा नीच ब्यवहारगरी किचिपिची पारेर जिउंदै नर्कको जीवन यापन गर्न बाध्य बनाई थिचिराखेको । बाहुनहरुको ब्रहम्माअस्त्र मनु स्मृतीको राज्यबिधानले । मानबीय हक अधिकारबाटै प्रतिबन्धीत बिभिन्न तह र तप्काका सम्पुर्ण दलित जातिहरुसमेतको कार्यगत एकताको आवश्येकता छ । त्यसकाराण यसबारेको राजनैतिक संगठनहरुको बिस्तारमा बढीसेबढी जोड दिने बेला हो । यो मौका भनेको । लिम्बु लिम्बुहरुको एकताको सवाल भनेको निजी , घरायसी र अन्तारिक समस्या हो । जुन सधै रहिरहने गर्दछ । नत्र तुत्तु तुम्म्याङ्गहरुको अर्थै रहदैन ।
तेस्रोमा ,
लिम्बुवान भनेको बि.सं.१८३१ अगाडिको एक स्वतन्त्र अधिराज्य हो । राष्ट्र हो । सिङगै एउटा देश हो । जहां तराइ पहाड हिमाल र अमृत बर्साउने नदिनालाहरुसमेत मिलेर बनेको उर्बरायोग्य एउटा अतिनै सुन्दर हिमाली राज्य थियो । त्यसैले त गण्डक र कर्णाली प्रदेश भन्दा पश्विम कुमांउ गडवालसम्मका मान्छेहरुको लिम्बुवानमा बर्साई साराई भयो । त्यसैले त खगेन्द्र संग्रौल, डा. ताना शर्मा , अम्बर गुरुङ्ग , डा.नोबल कुमार राई , इन्द्र बहादुर र्राई , ताम्बा काइतेनका संकलक सान्तबीर तामाङ्ग , गोपाल योन्जन , कर्म योन्जन , दिब्य खालिङ्ग ,डा. नबिन कुमार राई , डा. नबिनचन्द्र राई , अरुना लामा , र हाल चर्चामा आउंदै गरेका डा. गोबिन्द भटराई , कष्ण धराबासी , र मेरा गाउले अभी सुबेढी जस्ता स्रष्टाहरुको यो सुन्दर लिम्बुवानभूमिमै जन्म भयो । अरु पनि थुप्रै हुनुहुन्छ । यो छोटो अन्तवार्ताको पानामा अटाउनै सकिन्दैन । जजस्ले लिम्बुवानको भुगोलमा सुन्दर इतिहासको निर्माण गरेर जानु भो र बांकी थुप्रै निर्माणधीनमा हुनुहुन्छ । जुन थलोलाई माङ्ग साम्माङ्गको देश भनेर चिनिन्छ । त्यस्तो बिशालभूमिमा दुइ चारमात्र राजनितिक पार्टी भए भने त के मजा आयो र । प्रजातान्त्रिक , लोकतान्त्रिक , संघीय गणतान्त्रिक राजनितिक अभ्यासमा जानलाई जति धेरै पार्टी भो उत्तिनै बढी प्रतिस्पर्धाको आवश्यकता पर्दछ । र त्यो कडा प्रतिस्पर्धाले कार्यकर्ता र संगठनको परिमार्जन गर्ने कामको पुर्ताल गर्नेछ । राज्यप्रति असल अवधारणा लिएर पार्टी खोल्नुलाई नकारात्मक मानिन्दैन । र त्यो समयको माग पनि हो ।

६ सरकारले एक पटक भन्दा वढी वार्ताको टेवुलमा लिम्वूवानका नेता कार्यकर्तालाई वोलाएन अव पुन वार्ताको लागि कुनै सम्भावना पनि देखिदैन के अव तल मात्रै कराएर वस्ने हो कि वार्ताको लागि पहल गर्ने ? दवावमूलक कार्यक्रम पनि लिम्वूवान पार्टीले गर्न सकेका छैनन् के सेलाउन लागेका त होईनन् ?
क) कहां सेलाउनु । क्षेत्रीयताबादी पार्टीहरु त भरखरै मात्र जन्मदै छन । हो जेठो संस्थाको रुपमाचाहीं लिम्बुवान नै हो । लिम्बुवान त भरखरै मात्र तात्तिंदैछ । हो फलाम तात्तिनलाई समय लाग्छ । तर तत्तिसकेपछी त्यसलाई निभाउन फेरी समुन्द्रै चाहिन्छ । राजनितिक पार्टी र सरकारको वार्ता भनेको समय परिस्थिति र आन्दोलनहरुको आकारबाट जन्मिने हो र त्यस्को तापक्रमहरुले तय हुने आपत्तकालीन परिस्थितिको उपज हो । त्यो वातावरण बन्नको निम्ती सबै जातजातिहरु आफनो राजनैतिक हक आधिकारको ग्यारेण्टिको खातिर आफैं आन्दोलित हुन आवश्यक छ । ब्यवस्थापनपक्षका योजनाकारहरुले त्यो वातावरण तयार पार्ने खाकाहरु कोर्न सक्नु पर्छ ।
ख) अब तलैमात्र कोटयाएर के हुन्छ भन्ने सवालमा ,
कोटयाउने ठांउनै तलै हो । जहां जनताहरुको आवादी छ । जहां उनीहरुको बर्वादी भइरहेछ । जहांका जनताहरुमा अभावैअभावको जिन्दगी छ । ज्ञानबुद्धिको खडेरी लाग्या छ । प्रशिक्षणहरुको अभाव छ । अनिकाल छ । भोकले पुरै गाउंबस्तीहरुमा हाहाकार मच्चीरहेछ । लुटपाट भइरहेछ । शान्तिशुरक्षाको नाममा सरकारी दमन्चक्रले ताण्डवनृत्य मच्चाइरहेछ । बाहुनहरुले नेप्टेहरुको गिदीमा बिष भरेर आफैंआफैंमा फुटाइरहेछ । लिम्बु र र्राईहरुकोभिषण युद्धको तयारीमा ऐतिहांशिक लिम्बुवान भूमिको संखुवा सभा , धनकुटा , र सुनसरी जिल्लाहरुमा धमाधम बङकर र ट्रेन्चहरु खनाउदैछन । अहो । करुतो अशुभ सामाचार । हजारौं बर्ष देखि बंशजभित्रका एकाआतका मित्र लिम्बु र राइहरुको बिचमा युद्ध थोपर्ने षड्यन्त्रात्क योजनाको तानाबाना बुनिरहेको बाहुनहरुको सोचाई कत्ति भयानक होला । लिम्बुवानको दक्षिणी भूभाग झापा , मोरङ्ग र सुनसरीलाइृ कोचिलाका भरतीय बंगलाबन्धुहरुलाई बोलाएर जिम्म दिनु पर्छ । किनभने २०० बर्ष जति पहिले मेची नदीमा बंगालीहरु माछामार्न आका हुन । त्यसैले लिम्बुवानको उर्बरायोग्य समथल मैदानी भागमा बंगालीहरुको हक लाग्छ । भनेर संगठन बनाउन सघाउने चुच्चे बाहुनहरुले यो पनि सोच्नु पर्दछ कि लिम्बुहरुले उनीहरुको के बिगारेका थिए । र कथङकाल लिम्बुवानको राजमार्ग दक्षिणी भाग चुडिंएर गयो भने पनि त्यसबाट बाहुनजीहरुलाई फायदा के हुन्छ -
लिम्बुवानको जस्तो शुरक्षित निस्चित इतिहांश र भूगोललाई समेत केरकारगरी च्यात्च्युत्त पार्न षडयन्त्रकारी बाहुनहरुका दलाल न्याप्टे चिम्से ब्राह्मण दतक्कहरु अहोरात्र खटिराका छन । यो सबै तलैका कुरा हुन । जहा तपाई हाम्रो इतिहासको थाक र भूगोलको बास स्थान छ ।
सुनसरी बराहक्षेत्रलाई लिम्बुवानको नक्शाबाट झिक्न सकिस भने त्यहिंका बडाहाकिम खालास भनेका होलान , कलमी लेखान्दश भूमि साङपाङ्गलाई । त्यसैले कलमको खन्ती र बाहुनको जन्ती लिएर लिम्बुवानको एउटा ठुलो ढुङगाको एका छेउबाट खन्न थालेकाछन । शायद दतक्कलाई बिधायक र संसदको आश्वासन पनि होला ।
सम्पादक टंक सङबाहाङ्गफे ज्यु यी पनि तलैका कुरा हुन । लिम्बुवान आमाको चोक्टा लुछने दाउमा सैंयौ भूमिहरु निर्देशननुसारको कार्यमा जुटीरहेका होलान । एक पन्ना लेखे बापत् बिसौं हजार परिश्रमिक लिएर धरान रांगाचोकमा तङबा तान्दै लिम्बुवानका सबै आधार प्रमाणहरु नक्कली हो भन्दै तङबे स्रोताहरुमाझ भयङकरको डिङ्ग हाकिराका होलान । तपाई हामीले आफन्त सम्झेका भूमिहरुले । हेेर्नोस न । येतिका धेरै समस्याहरु सबै तलैछन । चटक्कै छोडेर माथी जान धेरै अप्ठयारो छ । ब्राहम्माणदतक्कपुत्रहरुबाट लिम्बुवानको नक्शा च्यात्ने कुरोको चर्चा धेरै माथिमाथीसम्म उडीसक्यो । लिम्बुवानका धर्तिपुत्र याक्खा , याम्फु , लहरुङ्ग , मेवाहाङ्ग , थारु , धिमाल , आथाप्प्रे , मदेम्बा र याक्थुम्बाहरुलाइ हेउ बिनाका नपुङसकलाईझैं हेपेर लेख्न थाले । बोल्न थाले । लिम्बुवानका सबै सर्जकहरुको यसबारेमा म ध्यानाकार्शन गराउन चाहन्छु । र कलमी लेखान्दाश भूमि जीहरुलाई पनि यस्तो गलत लेख रचनाहरुको सम्पे्रषण गरेर राइ र लिम्बुहरुको बिचमा झगडा गर्राई हिन्दु बाहुनहरुको दुर्भावनालाई टेवा दिने काम नगरीदिनु हुन म यसै अन्तरवार्ताको माध्यमबाट बिनम्र निबेदन गर्दछु ।

७ लिम्वूवान स्वायत राज्य पुन प्राप्ति शान्तिपूर्ण ढङ्गले हुन्छ जस्तो लाग्छ ? शान्तिपूर्ण ढङ्गले प्राप्ति भएन भने हिंसात्मक गतिविधी अपनाउनु लाई ठिक ठहर्याउनु हुन्छ - लिम्वूवान स्वायत राज्य पुन प्राप्ति हुन्छ भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ?
जहां सम्म मलाई लाग्छ । लिम्बुवानमा हिङशापूर्ण आन्दोलनको आवश्यकता पर्दैन । किनभने लिम्बुवानी जनताहरु सधैं शान्तिको पक्षधर भएर आइरहेका छन । कथाङकाल शशस्त्रताको आवश्येकता परिहाल्यो भने पनि त्यसको निर्णय लिम्बुवान एकलैलेमात्र नभएर मेची देखि महाकाली सम्मका आदिबासी , मधेसे र दलितहरुको राजनितिक महासंघको संयुक्त निर्णयबाटमात्र हुनेछ । नत्र क्षेत्रीयताबादी राजनितिक पार्टीका विद्यार्थीहरुलाई धोखा हुनेछ । तर अब उसोको हकमा हो भने हिङशाको खेल समाप्त भइसको भन्दा पनि हुन्छ । त्यसैले अब लिम्बुवान स्वयेतता प्राप्तिको खातिर सबै लिम्बुवानबासीहरु एक भएर भावनात्मक हिसावले शान्तिपूर्ण आन्दोलनमा जुटने बेला आको छ ।
दोस्रोमा आएर , हिङसात्मक गतिबिधि अप्नाउनु कतिको उचित हुन्छ भन्ने बारेमा , म के भन्छु भने । लिम्बुवानले गर्ने आन्दोलननै शान्तिपुर्ण हो । किनभने लिम्बुवान सरकार र गोर्खा -नेपाल) सरकारबिचको १८३१ को द्धिपक्षीय सन्धी सम्झौतानै आफैंमा सबै भन्दा ठुलो हतियार हो । त्यो सन्धीपत्रको महत्वलाई राम्ररी बुझने हो भने , दश हजार एटम बम भन्दा बढी शक्तिशाली हतियार हो त्यो । लिम्बुवानको सवालमा त्यस्तो शक्तिशाली इस्तिहारी अश्त्र छंदाछंदै , फलामे बन्दुकको के काम र । हुन त लिम्बुवानी सरोकार भन्दा फरक मत राख्ने भूमि साङपाङ्गजीले । ति सबै नक्कली रसीदमात्र हुन भन्ने आशयको बिलौना पोख्नु भाको रहेछ । धन्यवाद भूमिजीलाई । तर लिम्बुवानको सवाल भनेको लिम्बुवानबासीहरुको सरोकारको बिषय हो । जसमा राजनितिमात्र नभएर इतिहाश र भूगोलको सिमारेखा पनि कोरिएको हुन्छ भन्ने कुरो शायद बुझाइरहनु परोइन भन्ठान्छु ।
अब तेस्रोमा गएर , स्वायेतता प्राप्ति हुन्छ भन्ने बिषयमा कतिको बिश्वाश राख्नुहुन्छ भन्ने बारेको सवालमा । तिन उदाहरणहरु पेश गर्न चाहन्छु ।
क) लिम्बुवान स्वायतता प्राप्त हुन्छ भन्ने सवालमा म १०० सतप्रतिशात आशावादी छु । किनभने जनताका जानी दुश्मन वीर मशानको औतारी महाराजको अब धरायसी भइसको ।
ख) त्यस्तै प्रजातान्त्रिक र लोकतान्त्रिक संघीय राष्ट्र नेपाल भनेर घोषणा भई टांचा समेत लागिसको ।
ग) मा आएर सात दलको सरकार र सदनको बहुमत समेतले संघीय गणतान्त्रिक राष्ट्र नेपाल भो भनेर अनमोदन गरीसको । अर्को तर्फ जातीय हैकमवादी , अतिबादी हिन्दु चुच्चे ब्राम्हणबादीहरुको समुहबाट समेत बहुचर्चित मुर्धन्य नेता डा. बाबुराम भट्टराई र नेकपा मावोवादीका सुप्रिम कमाण्डर प्रचण्ड जस्तै थुप्रै चुच्चेहरुले आदिबासी बुच्चेहरुसंगै मिलेर आधुनिक नेपालको निर्माण गर्नुपर्छ भन्ने नौलो एवं परीमार्जित जनवादी बिचारधारालाई मूल मन्त्रको रुपमा अघि सारीरहनु भएको छ । र जातीय समानुपातिक निर्वाचन प्रणालीको पक्षमा सिंगै माओवादी पार्टी खडा भईरहेको अवस्था छ । जुन हामी क्षेत्रीयतावादी सोंच राख्ने आदिबासीहरुको सवालमा माओवादीको यो कदम ज्यादैनै स्वागतयोग्य भएको बखत हो । यो अवसर भनेको । बन्दुक र गोलिगठ्ठा बाहेकको साङगठानिक शक्तिको हिसावले हेर्दा । यो तरल परिस्थितिको बिशेष अम्बल दर्जाको पार्टी हो नेकपा माओबादी भनेको । जस्ले २४० बर्षको इतिहास बोकेको अतिबादी निरंकुश अत्याचारी हिन्दु राजाको दरवारिया शक्तिलाई समाप्त पारी , नेपाली राजनितिक मैदानमा आमुल परिवर्तनको वातारवण तयार पार्न सफल भएको छ । म बाबुराम र प्रचण्डको मान्छे होइन । तटस्थ लिम्बुवानवादी एक स्वतन्त्र योद्दा हुं । चिन्तक हुं । सत्यलाई छोप्नु हुन्न , र असत्यलाई पोस्नु हुन्न भन्ने मान्यता बोक्ने ब्यक्ति हुं । यस्तो ठुलो राजनैतिक शक्ति अहिले हामी क्षेत्रीयताबादीहरुको पक्षमा छ । शोषित पीडीत जनताहरुको पक्षमा छ । त्यसैले म त भन्छु । लिम्बुवानमा लिम्बुवान सरकार त आई सको । त्यसको केही प्राबिधिक प्रावधान र प्रकृयाहरुमात्र मिलाउन बांकी छ । बांकी तपसिलका बाधा बिरोध र अडचनहरु भनेका हाम्रा आन्तरिक मामिलाहरु हुन । जस्को निदान बिस्तारै भएनी हुन्छ ।

८ लिम्वूभाषाको गायन क्षेत्रमा तपाई आदि गायककोरुपमा तपाईलाई हेरीने गरीन्छ त्यसैले यो क्षेत्रमा कसरी प्रथम रुपले गायनमा प्रवेश हुन उत्प्रेरीत हुनु भयो ? कसैको सल्लाह वा प्रभावले लाग्नु भएको हो कि ? आउदा लिम्वूभाषी गायक गायिका तथा संगीतकर्मीहरुलाई कस्तो सुझाव दिन चाहानु हुन्छ ? लिम्वूभाषाको गीतसंगीत क्षेत्रको भविष्य कस्तो देख्नु हुन्छ ?
क) प्रागीक ब्याख्यनुसार नाच्न , गाउन र बजाउन जान्नेहरुलाई कलाकार भनिन्छ । मेरो जमानामा सबै लिम्बु र लिम्बुनीहरु धान नाच्न पालाम गाउन र च्याब्रुङ्ग बजाउन जान्ने थिए । उक्त ब्याख्याको आधारमा हेर्दा । साङ्गगीतिक भाषानुसारले हो भने त सिङ्गै लिम्बुवान भूमि नै कलाकारहरुको देश रहेछ भन्ने बुझाउंदछ । मेरा बाउ इन्द्रराज लिम्बु माइला दाजु राजेन्द्र फेदापहाङ्ग हाक्पारे गाउनमा माहीर हुनुहुन्थ्यो । वहाहरुको मिठो स्वर र रसिलो छन्दहरु सुनेर म संगीतमा प्रभावित भएर आज यहांसम्म आईपुगें । त्यसरी मेरा गुरु भनेका वहाहरु नै हुन हुन्छ ।
ख)आदि गायकको सम्बोधन गरि सम्मान दिनु भएकोमा पत्रकार टंक सम्बाहाङ्गफेज्युलाई धन्यबाद । तर आदि गायक भनेर त जो हज्जारौंहजार बर्षपहिला देखि अबिरलरुपमा गाउदै आइरहनु भएका याक्खामा,याक्खाबा,याक्थुम्मा,याक्थुम्बा स्रस्टाहरुलाई नै भन्नु र मान्नु पर्ने हुन्छ । आदिम स्रस्टाहरुको जुन शास्त्रीय संगीतको भाषा थियो । त्यसलाई मैले आधुनिक संगीत बिज्ञानको साचोमा ढालेर परिमार्जन गर्न सम्ममात्र खोजेको हुं । त्यसरी पुरानो कसिमा नौलो मसी भरेर लिम्बुवानी संगीतिक फाटमा के कस्तो सहयोग भनौं वा योगदान पुरयाउन सकें , जसको मुल्यङकन स्रोताहरु माझ सुरक्षित नै होला । सक्दो त याक्थुङ्ग साम्लो संगीत बिज्ञानको फांटलाई बेस्सरी नै फराकिलो पार्ने सोंच बोकेको छु । हेरौं आगामी दिनहरुले कस्तो नतिजा ल्याउंछ ।
ग) मा
अब आउदा लिम्बु भाषिका संगीतकर्मी आफना उत्तराधिकारीहरुलाई कस्तो सुझाव दिनु हुन्छ भन्ने बारेमा । आउदा नयां जेनेरेशनका लिम्बुवानी कलाकार , साहित्याकारहरुले सिङगै लिम्बुवान र लिम्बुवानी जनताका गीतहरु गाउनु हुनेछ , लेख्नु हुनेछ र लिम्बुवानी जनताको हक अधिकारको खोजी भइरहेको अभिनयका नृत्यहरुको प्रदर्शनमा संस्कार संस्कृती र धार्मिक प्रकृतिका आकार प्रकारको रेखाचित्रभित्रैबाट जनताहरुको सम्बोधन गर्नुहुनेछ भन्ने यो मनको चाहना छ । अजङ्ग सिङगै पहराको कापमा सुनौलो सुनखरी फक्रिए झैं गरी लिम्बुवानबादी स्रस्टाहरुको कलमबाट सृजनशील रचनाहरु उमार्नु हुनेछ र ती उर्बरशील सृजनाका थुंगाहरुले युगौंयुगसम्म लिम्बुवानको शोभा बढाइरहनेछ , मा आशाबादी रहनेछु । जुन गीत संगीत र स्वरलहरी सङगमको आवाजहरुमा पहाडहरु नाचेका,हिमालहरु हांसेको संस्कार संस्कृति सांचेको, भाषीक मून्धूम् बांचेको , ताम्फुङ्गखे तिक्वा बासेको , सुखले जनता हांसेको र नौलो पुरानो गांसेको आदि पिरतिको कसिमा आउंदा पीढीका साहित्य संगीत र रचनाहरुको सम्प्रेषण गर्नु होला भनी सुझाव दिन चाहन्छु । देउरालीलाई कुर्दा कुर्दा थाकेका भन्ज्याङ्गहरु , तपाइको सरगमका भाषाहरुमा झुम्मिएर अगालो मारुन । अनि तपाईको मिठो स्वरलहरीका लिपिहरुमा लहस्सिएर कुस्रक्पाहरुमा लाम्बरी तानुन् । बिरहमा डुबेका सेमेक्वा र सेल्लोक्वाहरु मेरा उत्तराधिकारहरुको स्वर सर्गमहरु भरि नौलो भाषाहरुमा सधै सधै झूमिरहुन । चैतमा सिङ्गारिएकी गुरांशे बन पाखाहरु लिम्बुवानी साङगीतिक लोक भाषाको साक्थुनधुन र मेत्काम्गाम्म्हरुमा डुलुन ।
घ)लिम्बु गीत संगीतको भबिष्य बारे ,
हाम्रो बजार स्यानो छ । हाम्रो लिम्बु भाषा पनि घाइते अवस्थामा पुरयाइएको छ । तीस प्रतिशत लिम्बुले आफनो भाषा बुझ्दैनन् । अत नाफा नोक्शान र ब्यापारिक हिसाव किताबले नभएर लिम्बुवानी आमाको सेवाको हिसावले काम गर्नु पर्ने परिस्थिति छ । लिम्बुवान आमाको नाममा समर्पित भएर जतिपनि कलाकार साथीहरु लागीपर्नु भएको छ । वहांहरु कसैले पनि कमाउनु भएको छैन । बरु उल्टो गुमाउनु भएको होला । शायद धेरैको बारिको टुक्राहरु बन्धकी परिरहेको हुनसक्छ । लिम्बु भाषीका गायक गायिकाहरुसामु थुप्रैनै अप्ठ्यारोहरु छन । तर पनि लिम्बुवानी कलाकारहरु निराश र हतोत्साही देखिंदैनन् । असन्तुष्टि छैनन् । पुर्खाउली भूमिमा । पुर्खाको भाषा साहित्य संगीतको लागी केही गर्न सकेकोमा सबै लिम्बु लिम्बुनी कलाकार भाइबहिनीहरु गौरन्वीत महसुश गरिरहेको मैले अनुभव गरेको छु । कति साथीहरुले त आधा पेट खाएर काम गरिरहनु भएको छ । संगीतकार आशोक लहरुङ्गलाई थाहा छ । किनकी लिम्बुवानी कलाकारहरुको ठुलो हिस्सासंग वहां सम्बन्धीत हुनुहुन्छ ।

९ तपाई राजनैतिक नेता र लिम्वूभाषाको प्रखर गायक पनि हुनुहुन्छ अव कुनलाई वढी सक्रिय ढङ्गले अगाडी वढाउने विचार गर्दै हुनुहुन्छ ? अहिले लिम्वूवानको लागि नेताको रुपमा प्रस्तुत हुन पनि आवश्यक देखिन्छ भने भाषाको लागि गायन पनि उति नै आवश्यक छ तसर्थ अवका दिनहरुमा कुन रुपले लिम्वूहरुको माझ प्रस्तुत हुने विचार गर्दै हुनुहुन्छ ?
हुन त यी दुबै बिधा एकदमै अलग अलगै धारका हुन । साह्रै नमिल्ने । एउटा एकदमै कठोर र अर्को त्यत्तिकै कोमल । तर पनि लिम्बुवान आमाको शुरक्षाको हिसावले मैले यी दुबै बिधालाई संगसगै लानु पर्ने परिस्थिति छ । गाह्रो छ । अप्ठयारो छ भनेर छाडन चाहेर पनि छाडन सकिने अवस्था छैन । सांगीतिकपक्ष मैले जन्मसिद्ध पाइल्याएको बिधा हो । गायनमा आजसम्म मैले कुनै किसिमको तालिमी प्रशिक्षणहरु लिएको छैन । स्वरसाधना कसरी गर्ने भन्ने ज्ञानपनि छैन । मेरो स्वरसाधना भनेको एकान्तमा गुन्गुनाउनुमात्रै हो । तै पनि म गीतहरु बनाइरहेको छु । संगीत भरिरहेको छु । स्वर तानेर गाइरहेको छु । स्वस्फुर्त रचनाहरु भइरहेका छन । तर अझैं म दोधारमा छु । मैले जन्माएका गीतहरुमा संगीतिक भाव छ कि छैन भनेर । मेरा गीतहरुमा गीत छ कि छैन भनेर । मेरो पहिलो गीति अल्बम् याक्थुङ्ग साम्लो भाग १ मा म्युजिक एरेन्जर गरिदिनु हुने बरिष्ठ संगीतकार तथा गायकार दिनेश सुव्बा हुन । त्यस्तै भरखरैको दुइ सिडिका अशोक लहरुङ्ग हुन । वहांहरुले केही भन्नु भएको छैन । त्यसैले मेरो गीतहरु गीतै भए होलान जस्तोसम्म भने लाग्या छ । अब स्रोतापक्षबाट भने चाही धुमधाम राम्रो खबरमात्र छ । क्यम्पसीया भाइबहिनीको बिशेषअनुरोधमा यो पाली एउटा पपसङ्ग पनि बनाइएको छ । लिम्बुवानमा तेसले खुबै इमान जमाएको खबर छ । जस्ले स्रोताहरुको भावनामा साङ्गीतिक परिवर्तनको चाहना देखाको छ । त्यसैले अब आउने दिनहरुको सवालबारे सोचेर म हाक्पारे र पालामको छन्दहरु मनमनैमा बुन्दैछु । शायद अबको पालो भनेको हाक्पारे र पालामको हुनु पर्दछ । तेस्तै यो पालिको हङ्गकङ्गको अत्यान्तै कठोर जाढोले यो बुढो शरिरलाई धर्तिबाटै झन्नैझन्नै बिस्थापित गरयो । मन पनि अशान्त र बिचलित भाथ्यो । तेसैले मनहरुमा एउटा गीतिखाका कोरिएको छ । यसरी हाक्पारे र पालाम पछिको मेरो अल्बमको नाम भनेको चिक्तै चिक्तै रहने टुङगो लागिसको । भुइफुट्टा धामीलाई कसैले कमाउनै पर्दैन । आफै कामिहाल्छ । यो भो मेरो सांगितिक बिधाको लाइन र अब राजनितिक सवालबारेको कुरो हो भने , सर्बप्रथम त म याक्थुम्बा -लिम्बु) कूलबंशको लिम्बुवानी धर्तिपुत्र हुं । मेरा पुर्खा फेदापहाङ्ग हुन । जो दश लिम्बु शाषकहरुमध्यका एक महाराजा थिए । ति पुर्खाहरुको रगत पसिनाले चारकिल्ला बांधि ताप्पथेक्मा र सिलाम्साक्मा गरिराखेको मेरो लिम्बुवान आमाको शरिरलाई अङ्गभङ्ग पार्ने गुरुयोजनाकार ब्राम्हणवादी सोंचबाट जन्मेका ब्राम्हणदत्तक् पुत्रहरुको अगाडी म एक चेतनशील लिम्बुवानबादी साहित्यकार , रचनाकार गीत र संगीतकारको हैसियतले ति जानी दुश्मन शत्रुहरुको अगाडी कसरी आत्मासमर्पण गर्न सक्छु होला र । अब भन्नुस । मैले राजनिति गर्नु पर्ला कि नपर्ला । लिम्बुवानमा राजनैतिक ब्यक्तित्वको अभाव खडकियो भनेर होइन । लिम्बुवानमा थुप्रै माननिय मन्त्रीज्युहरुको कुर्सीहरु खाली हुदैछ रे भनेर पनि होइन । एक कर्तब्यनिष्ठ सचेत लिम्बुवानी जनताको हैशियतले सोच्ने हो भने राजनिति गर्नु मेरो बाध्यता हो । यदि लिम्बुवान आमालाई मेरो आवश्येकता परयो भने म आफनो शरिरमा भएको सम्पूर्ण रगत चढाउन तयार छु । मेरो लिम्बुवान आमाको शरीरमाथी दुर्भावना बोकेर आउने हज्जारौंहजार शत्रुहरुको खप्पर फुटांउने बज्र बनेर बर्सिनलाई म हरदम तम्तयार छु । लिम्बुवानआमाको शरिरलाई अङ्गभङ्ग गर्न खोज्ने ब्राम्हणदत्तक्कपुत्रहरुलाई तत्कालै समाप्त पार्नु पर्छ भन्ने सोंचको बिकास सम्पुर्ण लिम्बुवानी जनताहरुको मनमसतिष्कमा पुरयाउनुपर्छ भन्ने बिचार बोकेर हिडने ब्यक्ति हुं । भन्नुस । यसलाई राजनिति भन्ने कि , वा अन्य केही । राजनिति गर्नु रहर होइन , परिस्थिति हो । बाध्यता हो । तपाई हामीले नै लिम्बुवानआमाबारे सोचेनौ भने अरु कस्ले सोच्ने । त्यसैले राजनिति जस्तो कठोर र फोहोरी खेल र गुलावको फूलभन्दा पनि कोमल कपासको रुवा भन्दापनि नरम मायैमायाको सितलु छाहारीमुनी प्रेम पिरतिको थुंगाहरुसंगै फक्रिरहने गीत संगीतलाई संगसगै लैजान म बाध्य छु । यो मेरो ब्यक्तिगत होइन । लिम्बुवानको परिस्थिति हो । यो तरल अवस्थामा । लिम्बुवानी जनता र नेतृत्व पंङतीले मेरो आभाव महसुश गरेमा र आवश्यकता ठानेमा म जुनसुकै र जस्तोसुकै अवस्था र परिस्थितिको घडिमा पनि आफ्नो उपस्थिति जनाउन तयार रहेको सम्पूर्ण लिम्बुवानी जनतामा जानकारी गराउन चाहन्छु । खै यसलाई राजनिति भन्ने हो कि संगति भित्रै गाभ्ने हो ।

१० थोरै प्रसंग फेरौं है त । लिम्बु र गायर लिम्बुको बारेमा भन्नु पर्दा थारु , धिमाल , बंगाली-कोचे) माझी , याक्खा , अथाप्प्रेर्राई , लाप्चे वा लेप्चा , याम्फु , लहरुङ्ग , मेवाहाङ्ग र मदेम्बा-थाक्से भोटे शेर्पा) आदि उपरोक्त थर जातिसमुहहरु लिम्बु जातिभित्रैको हुन वा अरुनै हुन । अर्थात लिम्बु या गैर लिम्बु । के भन्नुहुन्छ वहांहरुलाई । किनभने तपाईको गीत , संगीतको रचनाभित्रको मूल स्रोतको रुपमा देखापरेका छन , यि माथिका थर जतिका सम्बोधनहरु । तेसैले यो पश्न राखिएको हो । कृपया प्रस्टयाई दिनु हुन्छ कि ?
उत्तम प्रश्नको लागी धन्यवाद तपाईलाई । पहिलो कुरो त लिम्बु भन्ने जातै हुदैन । तेसैले लिम्बु हाम्रो जाती होइन । लिम्बु -लिबुङ्ग) देशको नाम हो । र लिम्बुहरुको वास्ताबिक जातीय पहिचान भनेको याक्थुङ्ग , याक्थुम्बा अथवा याक्थुङ्गहाङ्ग हो । तेसरी लिम्बुवान देशका आदिम आदिबासी शाषक जातीहरु भएकोले लिम्बु भनिएकोमात्र हो । साचो र सत्ते लेख्ने हो भने लिम्बुहरुले आफनो जातीको महलमा याक्थुङ्ग , याक्थुम्बा , वा याक्थुङ्गहाङ्गनै लेख्नुपर्छ । उदाहारणको लागी जस्तै , चैनाको मान्छेलाई चिना । भारतको मान्छेलाई भारती । बंगालको मान्छेलाई बंगाली र भोटको मान्छेलाई भोटे भने जस्तैरी लिम्बुवानका याक्थुम्बाहरुलाई लिम्बु भनिएकोमात्र हो । त्यसैले लिम्बुहरुनै याक्थुम्बा हुन । तर लिम्बुवान देशका भूमिपुत्रहरुले आफनो देशको नाममा आफनो जातलाई गासेर लेख्न चाहेमा आपत्ति मान्नु पर्ने ठाउ चाही छैन । मतलव याक्थुम्बाहरुले लिम्बु लेख्न लेखाउन पाइन्छ । पाइन्न भनेको होइन । तर जतिको याक्थुम्बामा मौलिकताहरु छन , लिम्बुमा तेत्तिको हुन्न भन्यामात्र हो । त्यस्तैरी राइ , सुब्बा , मझिया , बझिया , जिमी , दिवान , चौधरी आदिकुनै पनि जात होइन । सबै चन्धने बाहुन र क्षेत्रिहरुले सोझा हाम्रा पुर्खाहरुको इमान्दारिताको फाइदा उठाइ जालसांझी गरेर हामी आदिबासी भूमिपुत्रहरुको टाउकोमा जिउदै बाधीदिएको कात्रोको प्रमाण हो । त्यही कात्रोलाई आफनो शिको ताज सम्झी जातीय पहिचानको झण्डा बनाएर राइ सुब्बा लेख्नु हाम्रो जातीय महा भूल हो । यसलाई तुरुन्तै परिवर्तन गरिहाल्नु पर्ने देखिन्छ । यो बिषय सामाजशास्त्र अन्तर्गतको हुनाले उत्तर अलि लामु हुन सक्छ कृपया झन्जटनमानी पढीदिनु भए बेफाइदा भने नहोला । अब गैर लिम्बु भन्नाले,अलिम्बु र लिम्बुको बारेमा चर्चा गर्नु पर्दाको कुरो यस्तो छ । यसलाई कित्ता काटेर बिश्लेषण गरौं है त ।
नम्बर १ मा याक्खाहरुबाट जाउ - याक्खाहरु भनेको १०० प्रतिशतले याक्थुम्बा -लिम्बु) हुन । तर उनहिरुलेनै हामी याक्थुम्बा लिम्बू हौ भनेर स्विकारी आफनो जातीय पहिचानको महलमा सच्याउनुपर्छ । किनभने करकापले ब्यक्तिको ब्यक्तिगत स्वतन्त्रतामा हानी पुगी बाधा अड्चनहरु उत्पन्न हुनसक्छ । आत्मानिर्णयको कुरोहरु उठ्न सक्छ । त्यसमाथि पनि ब्राह्माणदत्तक्कहरुको जग्गजगी मच्चिरहेको अवस्था छ । तर कुरोलाई चुरोमा पुरयाई छिनाएरै भन्ने हो भने , याक्खाहरुले याक्थुम्बा वा याक्थुङ्गहाङ्ग लेख्नुमै मौलिक्ता र ऐतिहासिकताले अति शोभायमान हुनेछ ,हालसम्ममा ५० प्रतिशात याक्खाहरुले याक्थुम्बा लेख्नुभएको छ भने केहीले गोर्खा भर्ति लाग्दाको बेला गल्लावाल गूरुजी राइ हुदा राइ जात लेखि लेखाई आफुहरु राइ बनेको बताउनु हुन्छ , वहाहरु संख्यामा थोरनै हुनुहुन्छ । र बाकी याक्खाहरुभित्रका सामान्ती र शोषक बर्गहरुले भने दिवान -देवान) जिमी , मझिया , र तेस्तै सामान्ती बर्गका लिम्बुहरु पनि सुब्बा र अलि पछिबाट आफनो थरहरु लेखेका छन ।
२)मा अथाप्प्रे राइहरु - अथाप्प्रेहरु भनेका छथरे लिम्बुहरु हुन । हालका बरिष्ठ नेता संघीय लोकतानित्रक राष्ट्रिय मन्चका अध्यक्ष कमल छाराहाङ्गजीलाई सोध्नु होला कि तुङ्गखङ्ग लिम्बुहरुसंग छाराहाङ्गहरुको के सम्बन्ध छ । तर वहाहरुलाई राइ भटराइ लेख्दा फाइदा छ भने त राम्रै हो । आखिर लिम्बु राइ भन्या दाइभाई नै त हो नि ।
३) थारु,धिमाल पनि मधेसे लिम्बुहरुनै हुन - तर थारुहरु धेरै धनी छन र लिम्बुहरु धेरै नै गरिब छन । थारुहरु धेरै पढेलेखेका छन र ठुलठुला दर्जामा पुगेका छन । तेसरी थारुहरुको हैशियत लिम्बुहरुको भन्दा उच्च देखिन्छ । अत थारुपनि लिम्बु कुलबंशको सगोत्री हो भन्दा थारुहरु शायद रिसाउन पनि सक्छन । थारुहरुमा हिन्दु धर्मको गहिरो प्रभाव परेको छ । तर बानी ब्यहोराचाही लिम्बुसंग छुटिन सकेको छैन । हिउदमा रामलिला रचाई पैसा खुब उढाउछन । मेला हटियाहरुमा लेतेपेते हुनेगरी जाड रक्सी पिएर बाहुनसंग मित -मिता) लाएर खेतबारी दान दक्षिणा दिएर हिजोआज थारुहरु पश्विमतिर कता हो , तन्नम भई अर्धदाशको अवस्थामा पुग्याछन् रे । तर कोशी मेचीका थारुहरु अझैपनि राजा समानका हैशियतमा छन । मधेसको गर्मीले गर्दा थारुहरु कालो र पहाडी लिम्बुहरु गोरो छन । यति रंग मात्रको फरक छ । केही थारुहरुको थरहरु जिमी , मझिया , दिवान , लाक्सम आदि छ । र धिमालहरुले त आफुहरु लिम्बुवानको मधेसे लिम्बु हौं भनी दाबीनै गरिरहनु भएको छ । धिमालको च्याब्रुङ्ग नचाइ त्यसको प्रमाण हो । र लिम्बुहरुसंगको सरबरीमा कुटुम्बेरी हुनु अर्को उदाहरण हो ।
४) कोचे बंगालीहरुसंग लिम्बुहरुको पुरानो बंशाणुगत सम्बध छ । उनिहरुले पनि राजाबंशी भन्दा याक्थुम्बा -लिम्बु) लेखेमा राम्रो हुन्छ । किनकी राजबंश भन्ने जुन शब्द हो त्यो बाहुनहरुको बेद भाषाबाट आको उच्चारण हो जसमा बंगाली भाषाको कुनै औचित्य छैन । र राजबंश शब्दले भबिष्यमा कोचे बंगालीहरुको जातीय भाषाको प्रतिनिधित्वसमेत गर्ने छैन । तबल पुरिया , चावलपुरिया , र ताडपुरिया , ताजपुरिया भन्दा त बरु सिधै बंगाली अथवा कोचे लेखेमा धेरै राम्रो हुन्छ । किनभने राइ र सुब्बा भने जस्तै राजाबंश जातथर लेख्नु खोज्नु पनि एक असभ्य जमानाको चिनो बचाई राख्नु जस्तोमात्रै हो ।
५) लाप्चे र लेप्चाबारेमा - लिम्बु वा राइले आफनो कूल पित्रकी इस्टदेबी यूमा साम्माङ्ग -बुढी बजु) लाई त्यागेर बुद्धको मुर्तिस्थापना गरी बुद्धमार्गी भई गएमा स्वतह लाप्चे वा लेप्चा कहलाइन्छन । तर फेरी बुद्धको मुर्तिलाई पुज्न छोडी मुन्धूमकी युमा साम्माङ्गलाईनै मान्न थालेमा पुन लिम्बुनै हुनेछ गर्दछन । सेत्लिङ्ग , लक्सम्बा , नेम्बाङ्ग , काम्बाङ्ग , ताम्लिङ्ग जस्तै अरुपनि लाप्चेकुलका बंशहरु पहिला याक्थुम्बानै थिए । तर लाप्चेलाई लिम्बु , सुब्बा , लेप्चा सबै लेख्ने छुट छ । आफ्नो परिचयमा लेप्चा भने पनि नागरिकतामा लिम्बुनै लेखेको साथीहरु भेटिन्छ । र लाप्चेको मूल कुटुम्बा पनि याक्थुम्बानै हुन । लेप्चाको उदगमस्थल पनि याक्थुम्बै भित्र पर्दछ । तर हिजोआज लेप्चाहरु बुद्धिस्ट भन्दा धेरैजसो क्रिष्चियनमार्गी भइसके । जसबाट उनिहरुलाई धेरै फाइदा पनि भयो । इष्टइण्डीया कम्पनी सरकारको पालामा रेसिडेन्सियल एरिया भनि कालेम्बुङ्ग र दारजिलिङ्गलाई तोकेको र उक्त ठाउहरुमा लाप्चे र लिम्बुहरुको घना बस्ती हुनाले त्यसो भएको हो । लाप्चेहरुको पहिलो शक्तिशाली राजा मु,इताइची इमेत्ल हाङ्ग हुन । १० लिम्बुवान भित्रका एक राजा जो इलाम आङ्गदाङ्ग यक्कमा उनको राजधनी थियो । उनका बंशजहरु अचेल सेत्लिङ्ग लिम्बु र लेप्चा लेख्छन ।
६) याम्फु , लहरुङ्ग र मेवाहाङ्गहरु १० लिम्बुवान हिदाङ्ग क्षेत्रका राजा खान्दानी याक्थुम्बा -लिम्बु)हरु हुन । १८३१ को सन्धीपछी यिनीहरुका पुर्खाहरुले जिमी , मझिया, राइ , आदि लेख्न थालेको लिखतमा पाइन्छ । उसो त हिदाङ्ग क्षेत्रका याक्थुम्बा लिम्बुहरु पनि राइ नै जात लेखिआएकोस्रेस्तामा भेटिन्छ । जस्तै बारबिसे गा.बि.स.का पंचायतकालीन प्रधानपंच धन बहादुर राइ र सामान्त भनेर नाम चलेका महाजन कान्छा राइहरुको बंशावली हेर्दा ओ नेम् थरका लिम्बु देखिन्छन । लेप्चाको नागरिक्तामा लिम्बु भेटिएजस्तै संखुवासभाको केही लिम्बुहरुको नागरिक्तामा राइनै जाती लेखिएको प्रमाणहरु छ्यास्छ्यास्ती भेटिन्छ । महाजन कान्छा राइ बर्ष७६लाई मैले किन राइ जात लेख्नु भो भनी प्रश्न गर्दा उन्ले भने । मेवाहाङ्ग , लहरुङ्ग , आम्फ -याम्फु) दाजुभाईहरु सबैले र्राई लेखे , तेसैले हामीलेनी लेखेको हो । हुन त राइ हम्रो दर्जामात्र हो । जात चाही याक्थुम्बानै हो । तर हिजोआजकाले राइ पनि जातै हो भन्न थाले । उनेरको पनि खुम्बुचाही जात हो । राइ होइन । तर जमाना फेरियो । यि आफु भने मावोवादीबाट खेदियो । यहा काठमाण्डौमा यि सुकुम्बासी बनाई दिए । राइ लेखेपछी यो लिम्बुको ढोल -च्या ब्रुङ्ग) किन बजाउने । अब त हामी चण्डीरण्डीको नाममा पो नाच्नुपर्छ त भन्छन । अचेलका पढेलेखेका भनाउदाहरुले । नेता उ तेही मेवाहाङ्ग लिम्बुनै हो । हामी जस्तै धरमाचाही लिम्बु ह भन्छौ । तर कागत्तमाचाही र्राई लेख्छौं । राइ र लिम्बुमा के फरक छ र । एक्कै हो । त्यो के त्यो जिल्ला सभापति भाथ्यो , केदार राइ भन्छन नि । सुर्य बहादुर थापाका मान्छे । बि.ए.पास रे । तेस्ताहरु छन । बोल्नु हुन्न । मारी हाल्छन । मेरा नौ ओटा बन्दुक लगे । एउटा पिस्तोल चाही ति म्रो रक्षाको लागी लौ भने बांकी सबै लगे । कम्निस्टेहरुले । यो बोली संखुवासभाका सामान्त प्रख्यात कान्छा राइको हो ।
७) थाक्से , भोटे , शेर्पाहरु लिम्बु हुन त बारे - श्यार्बा बाट बनेको शब्द शेर्पा हो । श्यार्बा , शेर्पाको अर्थ तिबेत्तियन भाषामा पुर्व अथवा पुर्वेली हुन्छ । राडिको तान , गलैंचा बुन्नेलाई लिम्बु भाषामा थाक्चे , थाक्सेक्पा , थाक्केसा पनि भनिन्छ । त्यही शब्दको अपभ्रम्स हो थाक्से । भोटेचाही त भोटबाट बसाइसरी आका हुनाले भोटे भन्या हो । भोटेहरुले बुद्धधर्म छोडी मुन्धुम् धर्म मानेमा मदेनसङबा लिम्बु हुन्छन । तर बुर्द्धधर्मनै मानिरहेमा उ थाक्से , भोटेनै हुन्छ । समग्रमा भन्नु पर्दा सेन्युक्केन्मदेन्छङ्गनै उनीहरुको जात हुन्छ । थाक्से , भोटे , शेर्पा भन्या कुनै जात होइन । हुन त ब्यक्तिको इच्छामा भर पर्ने कुरो हो । कसैले आफुलाई थाक्से भोटे भन्नमै गौरव महशुस गर्छ भने उसको इच्छा र बिचारको सम्मान पनि गर्नुपर्छ । किनकी ब्यक्तिको दुनिया भनेको इच्छा र बिचार नै हो । यि माथिका सबै जातजातिहरु लिम्बुवानका आदिबासी जातिमात्र नभएर याक्थुम्बा कूलबंशकै नश्ल हुनाले रचनाहरुमा मिस्सिएर संगीतका बुटाहरुबनी स्वरलिपिहरुमा खिपिएका हुन । भोटे र थारुलाई जबरजस्ती लिम्बु लेख भन्न खोज्या होइन । त्यसो भन्न पनि मिल्दैन । र हुदैन पनि । तर पनि , यस्तो मौलिक कुरोहरु । नया पुस्ताकालाई थाहा नुहुन सक्छ । हाम्रोपुस्ता सिद्धिएपछि , यो सामाग्रीको स्रोत पनि तुरिन्छ । त्यसैले यो सन्देशहरु पछिल्लो पीढीका पुस्तालाई हस्तान्तरण गर्न खोजेको मात्र हुं ।

११ लिम्बुवान भन्नाले त्यसको निश्चित भौगालिकक्षेत्र कति हो र त्यसको आधार प्रमाणहरु के हो ?
पश्चिमउत्तरमा संखुवा र शिशुवा खला मध्यपहाडी क्षेत्रमा हिदाङ्ग -अरुन) नदी दक्षिणी तराइक्षेत्रमा सप्तकोशीदेखी पुर्व भारत उत्तर हिमालय दक्षिण र मेची नदी पश्चिम येति चारकिल्ला भित्रको अर्थात बर्तमान प्रशासनिक क्षेत्रको हिसाबले कोशी र मेची अन्चलभित्रको भूभागनै आदिम लिम्बुवान राज्यको मानचित्र थियो । र यहीनै सदर रहनेछ । यसका आधार प्रमाणहरु आवश्यकता परेको खण्डमा प्रस्तुत हुनेछ । १८३१को सन्धीपत्रमात्र यसको आधर प्रमाण होइन । दह्रो प्रमाणहरु अरुनै छ । दाबी बिरोध हुनु स्वभाबिकै हो । छलफल र वार्ताद्धारा त्यसको निदान गर्नुपर्छ । दत्तकहरुसंग केही प्रमाण स्रमाण छैन । खाली मालिक रिझाउने काममात्र हो ।

१२ तपाइले गायनलाई कहिले सम्म अङ्गाल्ने बिचार गर्दै हुनुहुन्छ ? यो कलालाई नेपाली भाषाको क्षेत्रमा पनि प्रयोग गर्ने बिचार छ कि ? यसरी गायन र लेखनमा लाग्नुमा परीवारीक पृष्ठभूमि पनि छ कि ?
गायन बिधा यो जूनिको अभिन्न अङ्ग जस्तै हो । त्यसैले यो मेरो भौतिक शरिरको अवशान पनि सुन्दर रचनाहरुको छन्दहरुमा बन्द भएर सुरिलो स्वरलिपिहरुभित्रै बिलय भएर जावोस भन्ने चाहना छ । किनकी साम्लो र फेदापहाङ्ग एकअर्कामा पर्यायवाची शब्द जस्तै बनिसकेका छन । छुटिन गाह्रो छ । त्यसैले गीत र संगीत मेरो जीवनको अन्तिम घडीसम्मै सबै भन्दा नजिकको साथी बनेर साथ दिइरहने छ । नेपाली भाषाक्षेत्रमा काम गर्ने कि नगर्ने बारेमा , नेपाली गीत संगीतको कुरो चल्या छ । समयभावले भ्याइरहेको छैन । कलाको निजी भाषा हुदैन । गीत संगीतको आफनो जात हुदैन । कला जनताको सृङ्गार हो भने गीत संगीत जनताको बोली हो , जसको ब्यख्या र परिभाषाहरुनै तेसको जात हो जस्तो लाग्छ मलाई । र उसका सुन्दर भावहरुचाही आकारहरु हुनुपर्छ । जुन आकारहरुले हामीलाई हसाउने , रुवाउने , नचौने र मनोरन्जन गर्राई आनन्द दिलाउने काम गर्दछ । मेरो ख्यालमा त्यो सबै जीवप्राणीहरुको आवाजमा हुनुपर्छ । त्यो नै गीत संगीतको भाषा होला जस्तो ठानेको छ यो मेरो मनले । १५० भन्दा धेरै नेपाली गीतहरु लेख्या छु । कम्पोजमा पनि छन । क्यासेटिङ्ग गर्ने भन्दाभन्दै बुढो भइसकियो । अझै गर्ने बिचारमै छु । तर गर्छु भनेर मात्र नहुदोरहेछ । पहिलो कुरो त , समय चाहियो । पैसा चाहियो । वातावरण चाहियो । साधना चाहियो । अनुकूल स्वस्थ चाहियो । सहायोगको भावना चाहियो । हौसला पनि चाहियो । हत्तेरिका अझै थुप्रै केकेहरुपनि पो चाहिन्छ चाहिन्छ । जुन सबैहरुको अनुकूल बनीरहेको छैन । तेसैले नजुरेको हो । तर गर्नुपर्छ भन्ने सोंचमा चाहीं छु । किनभने केही मेरो गीतहरुलाई नेपाली छन्दभित्र बन्द भाका आवाजहरु सुनाउनै पर्नेछ । त्यसरी मेरा श्रोताहरुलाई नेपाली गीतको प्रतिक्षा गर्नुहुन्न । अश्वासन चाहीं दिन चाहन्छु । तर आयुले पो के भन्छ कुन्नी

१३ अन्तमा लिम्बुवान ब्लगस्पोट मार्फ समस्त देश बिदेश छरिएर रहनु भएका लिम्बु गैरलिम्बु स्रोतहरुलाई केही सन्देश बाड्न चाहानु हुन्छ कि ?
सान्सार ढाकेर बस्नुभएका आदारणीय लिम्बु तथा गैर लिम्बु स्रोता कुलबन्धुहरु । साथीहरु र साङ्गगीतिक एकैआतका आफन्तहरुमा ओभानो , न्यानो मायाहरुसंगै बधिलो सम्झनाको खबर । तपाइहरुको नाउमा आसेवारो । कुन्दाङमा नु कुन्दाङबासे । सर्बप्रथम त । कृपया लिम्बुवान र लिम्बुकूलको बारेमा अध्यायन गर्ने र सोबारेमा केही जान्ने समय निकाल्नु होला भनी अनुरोध गर्दछु । बिश्वको कुनैपनि कुनामाहोस् । याक्थुम्बा -लिम्बु) भाषा , लिपि , धर्म , संस्कृती , र लिम्बुवानको मौलिक रितिथितिलाई त्यसै थक्याईराख्ने काममात्र नगरी त्यसलाई प्रयोगमा ल्याई परिचालन गरिरहनु होला भनि निबेदन गर्दछु । किनी कुनैपनि साधनलाई प्रयोगमा नल्याउनु भनेको त्यसलाई अफाल्नु वा खियापारी खेरफाल्नु जस्तै हो । तेसैले लिम्बुको बिधि र बिधाहरुलाई जतिसक्दो प्रयोगमा ल्याउनुहुन सुझाव पेश गर्दछु । जस्को निम्ती तपाइले पैसा खर्चिनु पर्दैन । भावना बोक्नु परयो । मन दिनु परो । र थोरै समयको जोहो गर्नु पर्छ । ८० प्रतिषत भन्दा बढीजसो लिम्बुवान सरकार बन्ने सम्भावना तयार भई सक्यो । लिम्बुवानमा सरकार बनेपछी सरकार चलाउनको निम्ती लाखौं कर्मचारीहरुको आश्यकता पर्दछ । सिपाही देखी जर्नेलसम्म र पिउन देखी खरदार न्यायधीश , डाइरेक्टर , बिधायक , संसद , सचिव , मन्त्री र मुख्य मन्त्रीसम्मका ओहोदाहरुको माग हुनेछ । तर त्यसमा पनि प्रशासनिक सन्यन्त्र अन्तर्गतका दर्जाहरुमा जागिरे बन्नलाई लिम्बुवानको लिम्बु भाषा लेख्न तथा पढन दुबै जानेको हुनु पर्नेछ । नेपाली र अंग्रजीलेमात्र काम चल्दैन । तेसैले यो बिशाल इक्शा खाम्बेकको जुनसुकै पाटोमा रहनु भएको होता पनि आफना सन्तानलाई भोलि गएर मेराबंशजले पनि लिम्बुवानको उत्तराधिकारी बन्न सकोस भन्ने चाहना राख्नु हुन्छ भने , तपाइले यो मेरो अनतरवार्ता हेरेकै दिन देखि आफनो सन्ततिलाई अनुकूल वातावरण मिलाएर लिम्बु भाषा र लिपिको अध्यायन गराउनु होला भनी इङ्गघङ्ग पठाएको अनुरोध गरें । अहिलेको नेपाल प्रजातन्त्र हुदै गणतन्त्रात्मक घोषणा भईसकेको छ । तर पनि नेपाल सरकारको सरकारी तथा गायरसरकारी क्षेत्र -ब्युरोक्रेसि)मा अझै पनि ९७ प्रतिशषत भन्द धेरै जागिरे धन्दावाज कुर्सीहरुमा चुच्चे नाक भाका गैर आदिबासीहरुकै एकलौटी कब्जा छ । नेप्टे रिसाएर के गर्ने । चुच्चेलाई मुन्टाएर बुच्चे बस्ने कुरो मिल्दैन क्यारे । राज्यकोषको ओढने ओछयाउने , ताला चाबी सबै चुच्चेकै हातमा छ । मेरो भन्नु के हो भने भोली लिम्बुवान सरकार गठन भए पछि पनि हामी लिम्बुवानका आदिबासीहरुलाई क्षेत्रीबाहुनले ठाउनै दिएनन । साम्प्रदायिक गरे । चुच्चेले अन्याय गर्यो । गुहार , गुहार भन्नु पर्दा कस्तो लाजमर्दो हुन्छ । लिम्बुवानका धेरै क्षेत्रीबाहुन साथीहरुले आफना नानीहरुलाई भित्रभित्रै शिरिजङ्गा लिपि पढाइरहनु भएको छ । भाषा त जानेकै छन । यो मामलामा आर्यनहरु धेरै दुरदर्शी छन । असल कुरो हामीले चुच्चेहरुबाटै सिक्नु पर्छ । किनकी तिनीहरु चत्तुरमात्र होइन सिष्ट पनि छन । चुच्चेहरु हाम्रा शत्रु होइनन् । मित्रै हुन । तर तिनीहरुमा रहेको ब्राह्मणबादी सोंचचाही खराबी हो । जसलाई चुच्चे र बुच्चे दुबै मिलेर हटाउनु पर्छ ।
लिम्बुवानको उत्तराधिकारी उत्पादक अभिभावकहरुले , छोरा छोरीका नाउहरु आफनै भाषाबाट राख्नु होला । किनकी गंगा,जमुना,सरस्वती, दुर्गा,लक्ष्मी,पार्बती, सिता,गीता,अमृता र राम,लक्ष्मण,भरत,अर्जुन,भिम,कृष्ण, र दुर्योधन जस्ता नामहरु सबै जनैधारी हिन्दु धर्मी तागाबाहरुको नामहरु हुन । अहिन्दु मुन्धुमी लिम्बु आफैंले हिन्दुहरुको धार्मिक झण्डालाई शिरकोताज बनाई सझाउनु हो । प्रचार प्रसार गर्नु होस् । हिन्दु नामधारी लिम्बु तथा गैरलिम्बु आदिबासीहरुले । जुन काम राम्रो होइन । के गर्नु , पाहुनले तेस्तै नाम राखितिन्छ त । कसैले भने । तर १० महिना पेटमा बच्चा बोकी आमाबाबुले कत्रो दुख गरेर तयार पारेको नानी पाउने बितिकै खल्तिमा दाम बोकेर बाहुनको घर धाउनु र त्यही चुच्चे बाहुनलाई नराम्रो देखाउने हाम्रो पुरानो बानिलाई छोडनु पर्यो । त्यो बाहुनको होइन लिम्बुको कमजोरी हो । त्यो हिन्दु नामले पछिबाट लिम्बुको कूललाईनै हानी पुराउछ । हिन्दु धर्मको घघडान बिरोधी एउटा लिम्बु नेताको नाम हो राम बहादुर तुम्बाहाङ्गफे । सुन्दै असान्दार्भिक लाग्ने । लाजै लागेर आउने । निक्कै अप्ठयारो छन कुराहरु । हामी हिन्दु होइनौ मुन्धुमी हौं भने किन हिन्दु नाम राख्नु पर्यो र । किन लिम्बु भाषामा मिल्दैन । मिल्छ तर बानी छैनरे । कोही यसो भन्छन । आफनै इस्टदेबीको सौताको नाममा छोरीको नाम राख्नु राम्रो त हुंदैहोइन । यस्तो गलत काम गर्नु भएन । यस्ता नामहरु त खासगरी आफनो कुल बंशको अत्तोपत्तो नभाको खाते बतासे र अर्ध पागलहरुको पो हुने पर्न हो । हाम्रा बाजे बराजेहरुलाई २४० बर्षसम्म हिन्दुधर्म शासनले मिच्यो । पढन लेख्न पाएनन् । उक्तबारे ज्ञान भएन । वा भएर पनि तेसो गर्नेपरिस्थिती थिएन । त्यसैले वहाहरुबाट भूल भो । तर अबका भूमिपुत्रहरु । सामाजशास्त्रमा पि.एच.डि.गरेर पनि श्री कृष्ण बहादुर भट्टचन , हर्के गुरुङ्ग , लार्के तामाङ्ग , चन्धर्के लिम्बु , श्री रामकृष्णाजी बान्तावाराइ ,आत्मानन्द लिङ्गदेन , गोरे र सुर्यबंशी मगर चन्द्रकबंशी थारु र हिरा धिमाल्नी भनेर आफैले आफैलाई खाने बतासेको समुहमा जबरजस्ती दर्ज गराउने काम गरिरहनु भएको छ । यो गल्ती भाषिक अज्ञानतालेमात्र होइन । बौध्दिक दरि द्रको कारण पनि भनौ भने डा. श्री कृष्णा भट्टचन जस्ता हिन्दु धर्मका खरो आलोचकको नाम पनि श्री कृष्णा छ । तर हुन सक्छ , थकालीहरुको आफनो भाषा नभएर तेसो भा होला । तर बैरागी काइला , चैतन्य सुब्बा , लिम्बु भाषाका महाकवी अमर सुब्बा र निक्कैको कवी हुं भनेर थुप्रै चर्चा बटुलेका बि क्रम सुब्बाहरुको त सबै थियो र पनि खल्तीमा दाम बोकेर बाहुनकै घर ....। तर बौध्दिकहरुबाट यहां यस्तै भइरहेछ । यसलाइ सुधार गर्नु आवश्यक छ । अप्ठ्यारो केही छैन । खाली नामहरुलाई आफ्नो भाषाकरण गर्नुमात्र हो । यसमा हानी नोक्सानी केही छैन । नाफैनाफामात्र छ । अब त्यो गलत कामलाई चटक्कै छोडेर सही दिशातर्फमोडिने हो भने आउनु होस । तपसिलका नाउहरुमध्येबाट कुनै एक नाम छानेर आजै देखि आफनै भाषामा मौलिक्ताले भरिपूर्ण नाउहरु आफना छोरी र छाराहरुको निम्ती चुनौं ।

उदाहरणको लागी तल केही नामहरु लेखिएका छन ।

१ सिक्कुम याक्थुम्बा , याक्थुम्मा या लिम्बु अथवा कुनै आफुलाई लाग्या ।
२ निङ्गवा ३ सुङ्गनाम ४ फुङ्गनाम
५ साम्मित्ला ६ साम्लो ७ इङ्गला
८ मिङ्गला ९ पोकन्दी १० लोकन्दी
११ मुक्कुम्म १२ मिराक १३ मिस्साम्
१४ निस्साम १५ आङ्गला १६ पाङ्गमा
१७ हाङ्गला १८ माङ्गला १९ साङ्गला
२० से से २१ साङ्ग साङ्ग २२ हाङ्ग हाङ्ग
२३ याङ याङ्ग २४ चाङ चाङ्ग २५ थाङधाङ्ग
२६ फाङ फाङ्ग २७ मुन्धूम २८ हाक्पारे
२९ ख्याली ३० अक्वामा ३१ साम्माङ्ग
३२ थेगु ३३ मङवा ३४ पङवा
३५ चोत्लुङ्ग ३६ मुजोक्लुङ्ग ३७ खाजोक्लुङ्ग
३८ खाम्चिरी ३९ खाम्बोङ्गसा ४० लुङ्गचीर-जीरी)
४१ लुङ्गपोङसा ४२ साम्फरी ४३ लाम्फरी
४४ सेन्लुङ्ग ४५ मेन्लुङ्ग ४६ इ सेन्न्
४७ इङ्ग सेन्न् ४८ सिङ्ग सेन्न् ४९ थिङ्ग सेन्न्
५० हिङ्ग सेन्न् ५० चुम्म सेन्न. ५१ युङ्ग सेन्न्