Oct 24, 2007

शहिद राजकुमार आङदेम्वे

लिम्वूवान स्वायत राज्य पुन स्थापनाको खातिर आफ्नो ज्यान अर्पिएका पहिला शहिद राजकुमार आङदेम्वे

राजकुमारको संक्षिप्त परिचय
लिम्बुवान स्वायत्तताको आन्दोलनका प्रथम शहीद बनेका राजकुमार आङदेम्बे इलाम जिल्ला, चुलाचुली १ निवासी थिए । गाउँमा माङतोकको उपनामले परिचित उनी निडर तथा निर्भिक मानिन्थे । लिम्बुवान भोलेन्टियर्सका सक्रिय सदस्य तथा लडाकु उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । वि.सं. २०४४ मंसिर २४ गते बुबा धनबहादुर र आमा हर्कमाया फागोको माइला छोराको रुपमा जन्मेका उनले २०६४असोज २० गते आइतबार अपरान्ह शहादत प्राप्त गरेका थिए । श्रीमती सुनमाया योङहाङ र ४ महिनाकी छोरी मेन्छिगेन आङदेम्बेसहित छुट्टिएर बसेका थिए ।

1 comment:

Unknown said...

Sanjal maddhye Kunma paryo sahid?