दिलेन्द कुमार तुम्बाहाङफे
गर्मीमा कति गर्मी अति नै गर्मी । हुप्ब, एउटा पात हलेको छैन । हावा नि कहाँ मरेको होला । पसिना तरर अनुहार कालो पार्दै एक अर्कामा हेराहेर गरेको याद कहिल्यै बिर्सन सकिन । हुन पनि गर्मीयामतिर हङकङमा ताइफन चलेको बाहेक हावा भेटाउनै गाह्रो जस्तो हुन्छ । जनसंख्याको चाप, उर्जा शक्तिको अधिकतम खपत, सवारी साधन तथा कलकारखानाको रसायानिक पदार्थहरुले हङकङ जस्तो सुन्दर शहरलाई प्रदुषणले वारी र पारी देख्नै नसकिने गरी कूरुपतिर चेप्टाउंदै लगिरहेको छ । एबर्डीन भन्ने ठाउँमा पल्लोपटि टोपी खस्ला झै भीर छ । पत्थरका चोइटाहरु उप्केर मोटरवेमा नजाओस भनेर रोकथामको लागी मर्मत गर्नु पर्ने रहेछ । त्यो भीरमा पनि सेफ्टी बेल्ट बांधेर कुभिन्डो फले झै तुलुङ्ग झुण्डिएर काम गरिरहेका छन् साथीहरु । वल्लोपटि गहिरो ठाउँमा ट्रकको ट्रक सिमेन्ट र बालुवाको सुख्खा मसला बनाएर बेल्चाले मेशिनमा लाउँदै घ्वार्र घ्वार्र भीर छयाप्नु पर्ने रहेछ । गहिरो ठाउँमा ब्वाङ ब्वाङ उडेको सिमेन्टको धूलोले कुहिरो भित्रको काग जस्तो देखिने उकुसमुकुस धूलो र पसिनाले आँखा पोलेर शेषै पारेको थियो । यसो हेरे कोही साथीहरु अनुहार राताम्मै माटो फाल्दैछन् । कति गह्रौं भारी लगाएको कुन्नि बि.ए एम.ए पढ्ने कोही साथीहरु तीन-तीनवटाको दरले सीमेन्ट खुट्टा बाङ्गीदै ठेला गाडीमा सकि नसकी धकेल्दैछन् । कोही भने काँधै पिल्सिने गरी ४० एम एमको फलाम ओसारेको ओसारेकै गर्दा रुन मात्र नसकेर ओठ झरी गाको छ । चीना-चाइनीज)ले एकछिन न बस भन्छ न पानी पिऊ भन्छ । मैले सम्झे यो कस्तो नाटक हो की मान्छे मर्ने ठाउं मशान घाट हो । बाफ् रे जून जूलाईको घाम पनि कस्तो हो टिलिक्क निधारैमा टल्किने खालको । धूलो र घामले रातभरिमा पनि टाउको दुखाई र तातेको जीउ सेल्न सकेन । आम्मै π हङकङ डलर कमाउँन त तोरी फुल्दो रहेछ थुइय्या.... । त्यति मात्र कहाँ हो र । तीर्खाले पानी नपाएर ज्यान नै कक्रक्क सुक्ला झै थामी नसक्नु थियो । पानीको २,४ बोतल लोभी बोसले किनेर ल्याउँदा रहेछ । धेरै मान्छेमा एक एक घुटुक्क पनि नपुग्दो रहेछ । पानीको साहै प्यासले होला एउटा साथीले त तलतिर खोल्सीको पानी खाँए भन्यो । मैले हत्तपत सोधे त्यो पिउँन मिल्ने सफा हो र - भन्दा गलेको आवाजमा झर्किन्दै हे π जे सुक्कै होस, मर्नु भन्दा बौलनु बेश तर पानी अलिक चिप्लो चिप्लो थियो मात्र भन्न भ्यायो बिचराले । पाठक बृन्द π हङकङ भन्नु मात्रै यस्तो दुख पनि छ हङकङमा । फेरी यतिमात्र कहाँ हो र चीनाले तिउले लम्बू पनि दिएकै छ । यस्तो उपद्रो शब्दहरुले खाला जस्तो कराउँदा पनि पसिनाले निथु्रक्क भिज्दै मूसा झै लुसुक्क भएर काम गर्दा रहेछन् बिचराहरु । दिनभर लगातार बेल्चा हान्दा हान्दा गलिएर अलिकति के ढीलो हुन मात्र खोज्दै थियो । परबाट चिनाले निधार खुम्च्याएर घाँटी तन्काएर कराउँदै आयो । यता आएर के चैं गर्दा रहेछ भनेर सोचे । कि बेल्चा हान्न सहयोग गर्ने पो हो कि जस्तो पनि लाग्यो । एकछिन सघाँए त ठूलो शास आउने थियो भनेको त के को आएर छेउछाउको बेल्चा र गैंती खन्त्र्याङ्ग फाल्न थाल्यो । अनि भ्यागुतोले घाँटी फुलाए झै फुलाएर भकानो सुक्ने गरी उनकै भाषामा कराउँन थाल्यो । मरुन्जेल बेल्चा हान्दा पनि कराउने कतै साथी पनि रीसाउने हो कि भनेर हेरे । तर कुनै छाँटकाँट देखिन । झन-झन आत्तिएर ४५ के.जी.को सिमेन्ट हवात्त हवात्तै उचाल्न थाल्यो । जब चीना फनक्क फर्केर गयो अनि पो साथीको बोली फुट्यो । एसलाई नेपालमा भए त कागती निचोरे झै निचोर्थे भाई ..... । तर के गर्नु कोठा भाडा तिर्नै पर्यो । बिजूली बत्तिको बिल तिर्नै पर्यो । बालबच्चा पाल्नै पर्यो नभए घरतिर फर्किनु पर्यो । अनि मैले प्राय सबै साथीहरुलाई भ्याए सम्मलाई सोधे होइन, यो कम्पनिमा काम गर्नु भएको कति भयो ? मात्र भने महिना बर्षकेही सोधिन किनभने मैले सोचे कि यस्तो भोकमरीको काममा कस्ले पो लामो समय गर्न सक्ला भनेको त हरे, एउटाले भन्छ ५ बर्षअर्कोले भन्छ ३ बर्ष। अनि मैले अरु कुरा सोध्न मन लागेन । बिदेशमा यस्तो दुख रहेछ । नेपालमा बस्नेहरुले रुखको पात टिपेर ल्याए झै सम्झीन्छन् । तब मेरो देशको याद आयो नेपालमा पनि यस्तै दुख गरे स्वाच्छ हिमालयको देश बिश्वकै सुन्दर र समृद्ध बन्ने थियो । तर के गर्नु नेपालमा यसरी जोत्तिएर काम गर्न लाज लाग्छरे । घर खेतबारी बेचेर भए पनि बिदेश भने पछि हुरुक्कै हुन्छन् आजकालका युवायुवतीहरु । कोही दलालको फन्दामा सुकुम्बासी हुन्छन् । बल्ल तल्ल बिदेश पुग्नेहरु पनि कोही मालिकले रीत्तो घर पठार्इ दिन्छ । कति बलत्कारको शिकार हुन्छन् त कति इराकमा रेटेर मारे झै अकालमा मर्छन् भने कुनै गाउंघरको याद अनि कलिलो बालबच्चाहरुको माया थाम्न नसकि रातभरि आशुँले भिज्दै दिन गन्दै बस्छन् । चाकडी चाप्लुसी गर्नु रहर या बाध्यता ! यसमा परदेशीको गल्ती मात्र हेर्न मिल्दैन राज्य पक्षको ठूलो कमजोरी देखिन्छ जति सकिन्छ जनशक्ति रोकथाम गर्नुको अलावा फटाफट पठाएर बैदेशिक रोजगारबाट प्राप्त रेमिटयान्स नै अर्थतन्त्र सम्झीनु ठूलो भूल हो । बार्षिक २ खर्ब रुपैया रेमिटयान्सले बाँचेको छौ भन्न दीर्घकालीन अर्थतन्त्रलाई टेवा पुर्याउँने सोच होइन । राजनीतिक अस्थिरता भए पनि मन्त्रिपरिषद, शिक्षा, श्रम मन्त्रिहरुको कुर्सी कहिल्यै खाली हुदैन । नेपालको सैदान्तिक शिक्षा नीतिलाई ब्याबहारीक, आधुनिक कृषी प्रणाली तथा आजको उच्चत्तम बिज्ञान र प्रविधिलाई केही हद सम्म सदुपयोग गर्दै रोजगारमूलक शिक्षा नीति अवलम्बन गर्नु जरुरी छ । भारत बाहेक बैदेशिक रोजगार बिभागको तथ्याङ्क अनुसार ३० लाख नेपालीहरु रोजागारीको लागि विदेशिएका छन् । भारतमा मात्र ५० लाख नेपालीहरु रहेको अनुमान गरिएको छ । राष्ट्र हाँक्ने सेवकहरु आफु मुखि गोजीतिर खोस्टा लुकाउँनमै ठिक हुन्छन् । कारबाही गर्ने कर्णधार युवाहरु बिदेश भाग्दै ठिक हुन्छन् अनि कहाँबाट होस देशको उन्नति ? प्रभू
No comments:
Post a Comment