विनु रिजाल
धेरै महिला राष्ट्रप्रमुखका श्रीमान्हरू मिडियामा आउन चाहँदैनन् । उनीहरू आफ्नै पेसामा सन्तुष्ट र सुखी छन् । श्रीमतीका नामबाट चिनिन चाहँदैनन् उनीहरू । जर्मनीकी एन्जेला मर्केलले चान्सलर पदको शपथ लिँदा उनका श्रीमान् कार्यक्रममा सहभागी थिएनन् । श्रीमान्ले टेलिभिजनबाटै श्रीमतीको शपथ-ग्रहण
कार्यक्रम हेरे रे ! वैज्ञानिक श्रीमान् जोसिम सावर श्रीमतीका नामबाट चर्चामा आउनुभन्दा लो-प्रोफाइलमै रहेर आफ्नो करिअरमा ध्यान दिन चाहन्छन् । 'मेरा श्रीमान् भव्य छन्,' मर्केल भन्छिन् । मिडियाबाट टाढै बस्न रुचाउने सावरका बारेमा जर्मन जनतालाई त्यति जानकारी छैन ।एन्जेला मर्केलले जोसिम सावरसँग बिहे गरिन् । यो बिहे दुवैको दोस्रो बिहे हो । एन्जेलाको पहिलो बिहे अलरिच मर्केलसँग भएको थियो । तर, १९८२ मा उनीहरूको सम्बन्ध-विच्छेद भयो । एन्जेलाका सन्तान छैनन्, तर दोस्रा श्रीमान् जोसिमका भने दुई छोरा छन् । 'मेरा श्रीमान् आफ्नै करिअरमा केन्दि्रत हुन चाहन्छन्,' आफ्नो श्रीमान् अन्य देशका राष्ट्रप्रमुखजस्तै करिअर छोडेर आफ्नो पछि नलाग्नुको भेद खोल्दै मर्केल भन्छिन् ।
श्रीमतीको प्रसिद्धिमा आफूलाई सामेल गर्न नचाहने मानिसहरूमा जोसिम सावर एक्ला भने होइनन् । उनीहरू आफैँले बनाएको आफ्नो पहिचानमा विश्वास गर्छन् । तर, पुरुष राष्ट्रप्रमुख भएमा उनकी श्रीमतीमा चाहिँ यो लागू हुँदैन । संयुक्तराज्य अमेरिकाकै कुरा गरौंँ । बाराक ओबामा राष्ट्रपति भएपछि आफ्नो सम्पूर्ण करिअर छोडेर श्रीमान्को पछि लाग्ने करिअर बनाएकी छिन् श्रीमती मिसेल ओबामाले । विदेश-भ्रमणमा पनि श्रीमान्सँगै, अन्य समारोहमा पनि सँगै ! आफ्नो सम्पूर्ण पहिचान बिर्सेर उनी श्रीमान्कै पहिचानका पछाडि लागेकी छिन् । ओबामाको राष्ट्रपतीय चुनाव अभियानमा सहयोग गर्न आफ्नो एकदम राम्रो जागिर छोडेकी थिइन् मिसेलले । चुनाव अभियानपछि उनले जागिर खान सुरु गर्लिन् वा कुनै काममा केन्दि्रत होलिन् भन्ने आशंका धेरैले गरेका थिए । तर, मिसेलले पूर्णतः श्रीमान्को नामबाट आफूलाई चिनाउने निर्णय गरिन् । उनको यस कदमको कैयौँ नारीवादीले विरोधसमेत गरेका थिए ।
भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिलका श्रीमान् पनि शिक्षाक्षेत्रमा संलग्न छन् । उनी पनि मिडियाको स्पटलाइटबाहिर नै बस्न रुचाउँछन् । पाटिल र उनका श्रीमान् मिलेर महाराष्ट्रमा विद्या शिक्षा प्रसारक मण्डलको स्थापना गरेका छन् । यो संस्थाले महाराष्ट्रमा शिक्षाक्षेत्रमा काम गरिरहेको छ । प्रतिभा पाटिलका श्रीमान् देवीसिंह सेखावत यही संस्थामा काम गर्छन् । उनीहरूका एक छोरा र एक छोरी छन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंहकी श्रीमती हरेक औपचारिक भ्रमणमा श्रीमान्सँगै हुन्छिन् । तर, राष्टपति पाटिलका श्रीमान् भ्रमण तथा औपचारिक कार्यक्रममा श्रीमतीसँग जाँदैनन् ।
बंगलादेशमा पनि अहिले महिला राष्ट्राध्यक्ष छिन् । प्रधानमन्त्री शेख हसिनाका श्रीमान् वाजेद मियाको मुटुरोगबाट सन् २००९ मा मृत्यु भयो । उनी आणविक वैज्ञानिक थिए । उनी परमाणु ऊर्जा आयोगका पूर्वसभापति पनि थिए । श्रीमती राजनीतिमा सहभागी भए पनि श्रीमान् आफ्नै अध्ययन तथा अनुसन्धानका क्षेत्रमा लागिरहे । हसिना र मियाको बिहे सन् १९६८ मा भएको थियो । उनीहरूका दुई सन्तान छन् । दुवै अमेरिकामा छन् ।
यसैगरी, आइसल्यान्डकी प्रधानमन्त्री जोना सिगुरडारडोटिर विश्वकै पहिलो समलिंगी प्रधानमन्त्री हुन् । ६६ वर्षीया जोनाले सन् १९६२ देखि एयरहोस्टेज भएर २२ वर्ष काम गरिन् । उनी व्यवस्थापनकी विद्यार्थी हुन् । राजनीतिमा लागेपछि उनले अशक्त, अपांग र रोगीहरूका लागि गरेको कामको प्रशंसा गर्दै उनलाई सन्त जोना वा सेन्ट जोना भन्ने गरिएको छ । उनका पूर्वपति बैंकरका तर्फबाट दुई छोरा र ६ नातिनातिना छन् । उनकी अहिलेकी समलिंगी पाटर्नर लेखिका तथा कार्टुनिस्ट हुन् । जोनासँग उनकी पार्टनर भ्रमण तथा औपचारिक समारोहमा सामेल हुँदिनन् ।
आयरल्यान्डमा पनि अहिले महिला राष्ट्रपति छिन् । मेरी म्याकएलिजे १९९७, ११ नोभेम्बरमा आयरल्यान्डकी आठौँ राष्ट्रपतिका रूपमा निर्वाचित भइन् । त्यसपछि २००४, १ अक्टोबरमा उनी पुनः निर्वाचित भइन् । उनका श्रीमान् डा. मार्टिन म्याकएलिज हुन् । उनी एकाउन्टेन्ट तथा दन्त-चिकित्सक हुन् । उनीहरूका तीन सन्तान छन् । पूर्वपत्रकार मेरी म्याकएलिजले लामो समयसम्म रेडियो तथा टेलिभिजन स्टेसनमा काम गरेकी थिइन् ।
युक्रेनकी प्रधानमन्त्री युलिया तिमोसेन्कोका श्रीमान् ओलेसान्दर तिमोसेन्को कम्युनिस्ट पार्टीका अधिकारीका छोरा हुन् । ओलेसान्दर र युलियाको भेट मिसकलमार्फत भएको हो । ओलेसान्दरले 'रङ' नम्बर डायल गर्न पुगे । फोन युलियाले उठाइन् । फोन गलत ठाउँमा परेको थाहा भयो । तर, फेरि पनि ओलेसान्दरले युलियालाई फोन गरे । उनीहरूबीच प्रेम भयो । दुवैले सन् १९७९ मा बिहे गरे । उनीहरूकी एक छोरी छिन् । ओलेसान्दर युक्रेनको संयुक्त ऊर्जा व्यवस्था निगमका कार्य समितिका सदस्य थिए । सरकारी पैसाको दुरुपयोग गरेको अभियोगमा उनलाई निगमका निर्देशकसहित २००१ मा पक्राउ गरिएको थियो । आठ लाख डलर सरकारी रकम दुरुपयोग गरेको आरोप उनीहरूलाई लगाइएको थियो । उनलाई जेलचलान गरियो । कर कानुनको दुरुपयोग गरेको आरोप श्रीमान्-श्रीमती दुवैलाई लागेपछि श्रीमती युलिया पनि पक्राउ परिन् । २००२ मा पर्याप्त प्रमाण नभएका कारण श्रीमान् आलेसान्दरविरुद्धको मुद्दा फिर्ता लिइयो । २००२ को मेमा नै युलिया र आलेसान्दरविरुद्ध कर कानुन उल्लंघन गरेको मुद्दा आधारहीन भएको अदालतले फैसला गर्यो । श्रीमान्-श्रीमती सार्वजनिक स्थलमा प्रायः सँगै देखिँदैनन् ।
युलिया डिसेम्बर १९९९ देखि जनवरी २००१ सम्म युक्रेनको उपप्रधानमन्त्री भइन् । त्यसपछि २००५ मा उनी प्रधानमन्त्री भइन् । राजनीतिमा आउनुअघि उनी आर्थिक व्यवस्थापकका रूपमा यन्त्रहरू निर्माण गर्ने एक संस्थामा काम गर्थिन् ।
चिलीकी महिला राष्ट्रपति मिसेल ब्यासेलेट चिकित्साशास्त्रकी विद्यार्थी भए पनि राजनीतिमा प्रवेश गरिन् । १९५१ सेप्टेम्बर २९ मा चिलीको राजधानी सेन्टियागोमा जन्मिएकी मिसेलका तीन सन्तान छन् । उनको श्रीमान्सँग सम्बन्ध-विच्छेद भइसकेको छ । राष्ट्रपतिपदमा चुनाव लड्नका लागि उनले २००४ अक्टोबर १ मा रक्षामन्त्रीबाट राजीनामा दिइन् । २००६, जनवरी १५ मा भएको मतदानमा ५३.५ प्रतिशत मत पाएर उनी चिलीकी पहिलो महिला राष्ट्रपति बनिन् ।
गणतन्त्र फिनल्यान्डकी ११ औँ राष्ट्रपतिका रूपमा तार्जा हालोनेन निर्वाचित भएकी छिन् । उनी सन् २००० मार्च १ मा राष्ट्रपति निर्वाचित भएकी हुन् । उनी पुनः २००६ मा राष्ट्रपतिमा निर्वाचित भइन् । उनी कानुनकी स्नाकोत्तर हुन् । फिनिस टे्रड युनियनमा वकिलका रूपमा १९७० मा काम सुरु गरेकी उनले १९७१ मा राजनीतिक जीवन सुरु गरिन्
। तार्जाले १९७१ मा सोसिएल डेमोक्रेटिक पार्टीको सदस्यता लिइन् । १९७४ देखि उनको क्रियाशील राजनीतिक जीवन सुरु भयो । १९७४ मा उनी प्रधानमन्त्रीको संसदीय सेक्रेटरी नियुक्त भइन् । सन् १९७९ मा पहिलोपटक उनी सांसद निर्वाचित भइन् । उनी लगातार चारपटक सांसद निर्वाचित भइन् । आफ्नो कार्यकालमा मानवअधिकार, लोकतन्त्र, नागरिक समाज, सामाजिक न्याय र समानता प्रवर्द्धन गर्ने राष्ट्रपतिका रूपमा समेत उनी परिचित छिन् ।
तार्जाका श्रीमान् कानुन व्यवसायी हुन् । तार्जाका श्रीमान् पेन्टी रार्जाभीले काननुमा पिएचडी गरेका छन् । उनीहरूका एक छोरी छिन् । रार्जाभी पनि मिडियामा आउन त्यति रुचाउँदैनन् । राष्ट्रपति श्रीमतीको पछि लागेर विदेश-भ्रमण तथा औपचारिक कार्यक्रममा जानुभन्दा आफ्नो करिअरमा ध्यान दिन चाहन्छन् रार्जाभी ।
फिलिपिन्सकी राष्ट्रपति ग्लोरिया अर्रोयो फिलिपिन्सकी १४ औँ राष्ट्रपति तथा दोस्रो महिला राष्ट्रपति हुन् । ग्लोरियाका बाबु पनि फिलिपिन्सका पूर्वराष्ट्रपति हुन् । ६२ वर्षीया ग्लोरिया जनवरी २०, २००१ मा राष्ट्रपति निर्वाचित भएकी हुन् । उनी १९९२ मा राजनीतिमा प्रवेश गरेकी थिइन् । ग्लोरियाका श्रीमान् पनि गुमनाम नै छन् । ग्लोरियाका श्रीमान् होसे मिग्वेल अर्रोयो वकिल तथा व्यापारी हुन् ।
अर्जेन्टिनाकी राष्ट्रपति क्रिस्टिना फर्नान्डेजका श्रीमान् पूर्वराष्ट्रपति नेस्टर कार्लास क्रेचनर हुन् । नेस्टर कारलोस क्रिचनर र क्रिस्टिनाका दुई सन्तान छन् । क्रिस्टिना राष्ट्रपति हुनुअघि उनका श्रीमान् अर्जेन्टिनाका राष्ट्रपति थिए । उनी २००१ देखि २००५ सम्म सान्ताक्रुजकी सिनेटर थिइन् । १९९८ मा उनी सान्ताक्रुज प्रान्तकी विधायिका भइन् । श्रीमान्को बुइ चढेर राष्ट्रपति बनेको आरोप उनीमाथि लाग्दै आएको छ । साथै, श्रीमान्को 'रबरस्ट्याम्प' मात्रै भएको आरोप पनि उनलाई लाग्ने गरेको छ ।
कार्यक्रम हेरे रे ! वैज्ञानिक श्रीमान् जोसिम सावर श्रीमतीका नामबाट चर्चामा आउनुभन्दा लो-प्रोफाइलमै रहेर आफ्नो करिअरमा ध्यान दिन चाहन्छन् । 'मेरा श्रीमान् भव्य छन्,' मर्केल भन्छिन् । मिडियाबाट टाढै बस्न रुचाउने सावरका बारेमा जर्मन जनतालाई त्यति जानकारी छैन ।एन्जेला मर्केलले जोसिम सावरसँग बिहे गरिन् । यो बिहे दुवैको दोस्रो बिहे हो । एन्जेलाको पहिलो बिहे अलरिच मर्केलसँग भएको थियो । तर, १९८२ मा उनीहरूको सम्बन्ध-विच्छेद भयो । एन्जेलाका सन्तान छैनन्, तर दोस्रा श्रीमान् जोसिमका भने दुई छोरा छन् । 'मेरा श्रीमान् आफ्नै करिअरमा केन्दि्रत हुन चाहन्छन्,' आफ्नो श्रीमान् अन्य देशका राष्ट्रप्रमुखजस्तै करिअर छोडेर आफ्नो पछि नलाग्नुको भेद खोल्दै मर्केल भन्छिन् ।श्रीमतीको प्रसिद्धिमा आफूलाई सामेल गर्न नचाहने मानिसहरूमा जोसिम सावर एक्ला भने होइनन् । उनीहरू आफैँले बनाएको आफ्नो पहिचानमा विश्वास गर्छन् । तर, पुरुष राष्ट्रप्रमुख भएमा उनकी श्रीमतीमा चाहिँ यो लागू हुँदैन । संयुक्तराज्य अमेरिकाकै कुरा गरौंँ । बाराक ओबामा राष्ट्रपति भएपछि आफ्नो सम्पूर्ण करिअर छोडेर श्रीमान्को पछि लाग्ने करिअर बनाएकी छिन् श्रीमती मिसेल ओबामाले । विदेश-भ्रमणमा पनि श्रीमान्सँगै, अन्य समारोहमा पनि सँगै ! आफ्नो सम्पूर्ण पहिचान बिर्सेर उनी श्रीमान्कै पहिचानका पछाडि लागेकी छिन् । ओबामाको राष्ट्रपतीय चुनाव अभियानमा सहयोग गर्न आफ्नो एकदम राम्रो जागिर छोडेकी थिइन् मिसेलले । चुनाव अभियानपछि उनले जागिर खान सुरु गर्लिन् वा कुनै काममा केन्दि्रत होलिन् भन्ने आशंका धेरैले गरेका थिए । तर, मिसेलले पूर्णतः श्रीमान्को नामबाट आफूलाई चिनाउने निर्णय गरिन् । उनको यस कदमको कैयौँ नारीवादीले विरोधसमेत गरेका थिए ।
भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिलका श्रीमान् पनि शिक्षाक्षेत्रमा संलग्न छन् । उनी पनि मिडियाको स्पटलाइटबाहिर नै बस्न रुचाउँछन् । पाटिल र उनका श्रीमान् मिलेर महाराष्ट्रमा विद्या शिक्षा प्रसारक मण्डलको स्थापना गरेका छन् । यो संस्थाले महाराष्ट्रमा शिक्षाक्षेत्रमा काम गरिरहेको छ । प्रतिभा पाटिलका श्रीमान् देवीसिंह सेखावत यही संस्थामा काम गर्छन् । उनीहरूका एक छोरा र एक छोरी छन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंहकी श्रीमती हरेक औपचारिक भ्रमणमा श्रीमान्सँगै हुन्छिन् । तर, राष्टपति पाटिलका श्रीमान् भ्रमण तथा औपचारिक कार्यक्रममा श्रीमतीसँग जाँदैनन् ।
बंगलादेशमा पनि अहिले महिला राष्ट्राध्यक्ष छिन् । प्रधानमन्त्री शेख हसिनाका श्रीमान् वाजेद मियाको मुटुरोगबाट सन् २००९ मा मृत्यु भयो । उनी आणविक वैज्ञानिक थिए । उनी परमाणु ऊर्जा आयोगका पूर्वसभापति पनि थिए । श्रीमती राजनीतिमा सहभागी भए पनि श्रीमान् आफ्नै अध्ययन तथा अनुसन्धानका क्षेत्रमा लागिरहे । हसिना र मियाको बिहे सन् १९६८ मा भएको थियो । उनीहरूका दुई सन्तान छन् । दुवै अमेरिकामा छन् ।
यसैगरी, आइसल्यान्डकी प्रधानमन्त्री जोना सिगुरडारडोटिर विश्वकै पहिलो समलिंगी प्रधानमन्त्री हुन् । ६६ वर्षीया जोनाले सन् १९६२ देखि एयरहोस्टेज भएर २२ वर्ष काम गरिन् । उनी व्यवस्थापनकी विद्यार्थी हुन् । राजनीतिमा लागेपछि उनले अशक्त, अपांग र रोगीहरूका लागि गरेको कामको प्रशंसा गर्दै उनलाई सन्त जोना वा सेन्ट जोना भन्ने गरिएको छ । उनका पूर्वपति बैंकरका तर्फबाट दुई छोरा र ६ नातिनातिना छन् । उनकी अहिलेकी समलिंगी पाटर्नर लेखिका तथा कार्टुनिस्ट हुन् । जोनासँग उनकी पार्टनर भ्रमण तथा औपचारिक समारोहमा सामेल हुँदिनन् ।
आयरल्यान्डमा पनि अहिले महिला राष्ट्रपति छिन् । मेरी म्याकएलिजे १९९७, ११ नोभेम्बरमा आयरल्यान्डकी आठौँ राष्ट्रपतिका रूपमा निर्वाचित भइन् । त्यसपछि २००४, १ अक्टोबरमा उनी पुनः निर्वाचित भइन् । उनका श्रीमान् डा. मार्टिन म्याकएलिज हुन् । उनी एकाउन्टेन्ट तथा दन्त-चिकित्सक हुन् । उनीहरूका तीन सन्तान छन् । पूर्वपत्रकार मेरी म्याकएलिजले लामो समयसम्म रेडियो तथा टेलिभिजन स्टेसनमा काम गरेकी थिइन् ।
युक्रेनकी प्रधानमन्त्री युलिया तिमोसेन्कोका श्रीमान् ओलेसान्दर तिमोसेन्को कम्युनिस्ट पार्टीका अधिकारीका छोरा हुन् । ओलेसान्दर र युलियाको भेट मिसकलमार्फत भएको हो । ओलेसान्दरले 'रङ' नम्बर डायल गर्न पुगे । फोन युलियाले उठाइन् । फोन गलत ठाउँमा परेको थाहा भयो । तर, फेरि पनि ओलेसान्दरले युलियालाई फोन गरे । उनीहरूबीच प्रेम भयो । दुवैले सन् १९७९ मा बिहे गरे । उनीहरूकी एक छोरी छिन् । ओलेसान्दर युक्रेनको संयुक्त ऊर्जा व्यवस्था निगमका कार्य समितिका सदस्य थिए । सरकारी पैसाको दुरुपयोग गरेको अभियोगमा उनलाई निगमका निर्देशकसहित २००१ मा पक्राउ गरिएको थियो । आठ लाख डलर सरकारी रकम दुरुपयोग गरेको आरोप उनीहरूलाई लगाइएको थियो । उनलाई जेलचलान गरियो । कर कानुनको दुरुपयोग गरेको आरोप श्रीमान्-श्रीमती दुवैलाई लागेपछि श्रीमती युलिया पनि पक्राउ परिन् । २००२ मा पर्याप्त प्रमाण नभएका कारण श्रीमान् आलेसान्दरविरुद्धको मुद्दा फिर्ता लिइयो । २००२ को मेमा नै युलिया र आलेसान्दरविरुद्ध कर कानुन उल्लंघन गरेको मुद्दा आधारहीन भएको अदालतले फैसला गर्यो । श्रीमान्-श्रीमती सार्वजनिक स्थलमा प्रायः सँगै देखिँदैनन् ।
युलिया डिसेम्बर १९९९ देखि जनवरी २००१ सम्म युक्रेनको उपप्रधानमन्त्री भइन् । त्यसपछि २००५ मा उनी प्रधानमन्त्री भइन् । राजनीतिमा आउनुअघि उनी आर्थिक व्यवस्थापकका रूपमा यन्त्रहरू निर्माण गर्ने एक संस्थामा काम गर्थिन् ।
चिलीकी महिला राष्ट्रपति मिसेल ब्यासेलेट चिकित्साशास्त्रकी विद्यार्थी भए पनि राजनीतिमा प्रवेश गरिन् । १९५१ सेप्टेम्बर २९ मा चिलीको राजधानी सेन्टियागोमा जन्मिएकी मिसेलका तीन सन्तान छन् । उनको श्रीमान्सँग सम्बन्ध-विच्छेद भइसकेको छ । राष्ट्रपतिपदमा चुनाव लड्नका लागि उनले २००४ अक्टोबर १ मा रक्षामन्त्रीबाट राजीनामा दिइन् । २००६, जनवरी १५ मा भएको मतदानमा ५३.५ प्रतिशत मत पाएर उनी चिलीकी पहिलो महिला राष्ट्रपति बनिन् ।
गणतन्त्र फिनल्यान्डकी ११ औँ राष्ट्रपतिका रूपमा तार्जा हालोनेन निर्वाचित भएकी छिन् । उनी सन् २००० मार्च १ मा राष्ट्रपति निर्वाचित भएकी हुन् । उनी पुनः २००६ मा राष्ट्रपतिमा निर्वाचित भइन् । उनी कानुनकी स्नाकोत्तर हुन् । फिनिस टे्रड युनियनमा वकिलका रूपमा १९७० मा काम सुरु गरेकी उनले १९७१ मा राजनीतिक जीवन सुरु गरिन्
। तार्जाले १९७१ मा सोसिएल डेमोक्रेटिक पार्टीको सदस्यता लिइन् । १९७४ देखि उनको क्रियाशील राजनीतिक जीवन सुरु भयो । १९७४ मा उनी प्रधानमन्त्रीको संसदीय सेक्रेटरी नियुक्त भइन् । सन् १९७९ मा पहिलोपटक उनी सांसद निर्वाचित भइन् । उनी लगातार चारपटक सांसद निर्वाचित भइन् । आफ्नो कार्यकालमा मानवअधिकार, लोकतन्त्र, नागरिक समाज, सामाजिक न्याय र समानता प्रवर्द्धन गर्ने राष्ट्रपतिका रूपमा समेत उनी परिचित छिन् ।
तार्जाका श्रीमान् कानुन व्यवसायी हुन् । तार्जाका श्रीमान् पेन्टी रार्जाभीले काननुमा पिएचडी गरेका छन् । उनीहरूका एक छोरी छिन् । रार्जाभी पनि मिडियामा आउन त्यति रुचाउँदैनन् । राष्ट्रपति श्रीमतीको पछि लागेर विदेश-भ्रमण तथा औपचारिक कार्यक्रममा जानुभन्दा आफ्नो करिअरमा ध्यान दिन चाहन्छन् रार्जाभी ।
फिलिपिन्सकी राष्ट्रपति ग्लोरिया अर्रोयो फिलिपिन्सकी १४ औँ राष्ट्रपति तथा दोस्रो महिला राष्ट्रपति हुन् । ग्लोरियाका बाबु पनि फिलिपिन्सका पूर्वराष्ट्रपति हुन् । ६२ वर्षीया ग्लोरिया जनवरी २०, २००१ मा राष्ट्रपति निर्वाचित भएकी हुन् । उनी १९९२ मा राजनीतिमा प्रवेश गरेकी थिइन् । ग्लोरियाका श्रीमान् पनि गुमनाम नै छन् । ग्लोरियाका श्रीमान् होसे मिग्वेल अर्रोयो वकिल तथा व्यापारी हुन् ।
अर्जेन्टिनाकी राष्ट्रपति क्रिस्टिना फर्नान्डेजका श्रीमान् पूर्वराष्ट्रपति नेस्टर कार्लास क्रेचनर हुन् । नेस्टर कारलोस क्रिचनर र क्रिस्टिनाका दुई सन्तान छन् । क्रिस्टिना राष्ट्रपति हुनुअघि उनका श्रीमान् अर्जेन्टिनाका राष्ट्रपति थिए । उनी २००१ देखि २००५ सम्म सान्ताक्रुजकी सिनेटर थिइन् । १९९८ मा उनी सान्ताक्रुज प्रान्तकी विधायिका भइन् । श्रीमान्को बुइ चढेर राष्ट्रपति बनेको आरोप उनीमाथि लाग्दै आएको छ । साथै, श्रीमान्को 'रबरस्ट्याम्प' मात्रै भएको आरोप पनि उनलाई लाग्ने गरेको छ ।
No comments:
Post a Comment