डा.गोविन्दराज भट्टरार्इ
नयाँ वर्षको पूर्वसन्ध्यामा चिन्तन चौतारीमा प्रवेश गर्ने अवसर मिल्यो । इटहरी बजार उमंगले पोखिएर त्यहाँ पसेको थियो । एउटा विचित्रको कलात्मक उद्यान, प्रवेशद्वारमै तोपमाथि ढल्केका बुद्ध र परेवा, चोयाको विशाल कछुवा, थारूगृह, कलात्मक जलपान रेस्टुराँ र विशेष परिकल्पना साकार हुँदो ठाउँ । सयौं दर्शक र श्रोता सांस्कृतिक महोत्सवमा भाग लिन मध्यरातसम्म अर्पण गरेर आएका, भव्य तयारी, नाचगान र फेसन शो । एउटा अपूर्व वैभवशाली सहरमा पसेजस्तो । यस्ता कुरा नगरका शृंगार हुन् । अझ विक्रमश्रीको कला उद्यान पुग्ने इच्छा थियो, उहाँको अनुपस्थितिले त्यसलाई रोक्यो । । अझ सिर्जना-वाटिका पुग्ने मन थियो, आफ्नै व्यस्तताले रोक्यो । नगरका आत्मा हुन् यी । नेपालका धेरै नगर आत्माबेगरै अकासिएका फोस्रा शरीरझैं छन् । इटहरी धेरै आकर्षक नवीन सभ्यता-केन्द्र बन्ने क्रममा रहेछ ।
त्यस्तो इटहरीलाई यसपालि 'उत्खनन नारी साहित्य प्रतिष्ठान' र 'साहित्य सञ्चार प्रतिष्ठान' का क्रमशः शर्मिला खड्का -दाहाल) र मनुमञ्जिलले झन् प्रकाशवान् गराए ।
उनीहरूकै निमन्त्रणामा दुई दिन भव्य कार्यक्रममा सहभागी बन्ने अवसर प्राप्त भयो । १ गते 'उत्खनन नारी साहित्य प्रतिष्ठान' का तर्फबाट देवकुमारी थापालाई विशिष्ट सम्मान अर्पण गर्ने कार्यक्रम थियो । काठमाडौंबाहिर अझै पनि नारी स्रष्टाले चलाएको साहित्यिक/सांस्कृतिक अभियान छैनन् भन्दा पनि हुन्छ । पूर्वाञ्चलकी मोमिला काठमाडौंबाटै स्थापित भइन्, उताकी गीता कार्की पनि यहीँ छन्, विराटनगरकी लक्ष्मी उप्रेती पनि यतै सरिन् । यतिखेर त्यहाँबाट सक्रियता देखाउनेमा गंगा सुवेदी र त्यसपछि शर्मिला खड्का (दाहाल) छन् । उता झमककुमारी बिस्तारै आफैंमा एक संस्था बन्दै छिन् यद्यपि उनलाई शारीरिक सीमाले बाँधेको छ, उनका विचार र लेखनी त विश्वभरि फैलिएकै छन् ।
पहिलो कार्यक्रम तिनै शर्मिलाको कृति विमोचन थियो- 'समयको क्यानभासमा' । अत्यन्तै सुन्दर भाषाशैली, कथानक र विषयवस्तुले बुनिएका नयाँ समयका कथा । नारी मनमस्तिष्कको यथार्थता र जीवन्तताले प्रत्येक पाठकलाई उदेकसित हल्लाएर जाने कथा । अतृप्त प्रेम र वासनाको रंगले पाठकलाई बढारेर लैजाने कथा । एउटा कविता-संग्रहको पनि विमोचन भयो- अम्बिका गौलीको आँसुका फूलहरू । प्रतिष्ठानको दोस्रो वाषिर्कोत्सवको अवसरमा आयोजित अर्को कार्यक्रम थियो- देवकुमारी थापालाई सम्मान । यो राष्ट्रका अर्का शिखर व्यक्तित्व बालकृष्ण पोखरेलले उहाँलाई उत्खनन विशिष्ट नारी सम्मान अर्पण गरिसकेपछि देवकुमारीदिदीले मसिनो स्वरमा संस्मरण सुनाउनुभयो- साहित्य भनेको हृदयबाट निस्केको सिर्जना हो । जीवनलाई सधंै सकारात्मक दृष्टिले हेर्नू- रवीन्द्रनाथले त्यही गरे, महाकविको कलममा बालकको हृदय थियो । शरच्चन्द्रको देवदास पढ्नू र नारीको सम्मान गर्न सिक्नू... बालसाहित्यलाई प्रोत्साहित गर्नू । हाम्रो सरकारले सेनाको निमित्त जति खर्च गर्छ, त्यसको एक प्रतिशत पनि बालसाहित्यलाई दिँदैन, बन्दुक किन्नलाई पैसा पुग्छ, तर बालसाहित्यलाई छैन । आजका बालबालिका नै यो देशका भविष्य हुन्- यसरी तिनीहरूको भविष्य झन् अन्धकार हुँदै छ ।
जीवनभरि भविष्यनिर्माणमा समर्पित दिदीले थोरै वाणीमा हामीलाई सदाका लागि अभिप्रेरित गर्नुभयो । त्यसपछि बालकृष्ण गुरुले शुभकामनाका शब्द प्रकट गरेपछि दुवैजना बिदा हुनुभो, तर ती लिजेन्ड्री फिगरको उपस्थितिले हामी सारा सम्मानित भयौँ । राष्ट्रका बन्दनीय व्यक्तित्वहरूले इटहरीमा उपस्थिति भएर साहित्यिक महोत्सवको गरिमा आकाशमा पुगेको अनुभव भयो ।
मध्याह्नपछि, कविता गोष्ठी थियो । पूर्वाञ्चलका कवि स्रष्टाको एक भव्य र गौरवमय उपस्थिति । कवि शब्दमै प्रेम र पीडा उतार्ने, शब्दमै अनुभूतिलाई अनेक रंग चढाउने शक्ति भएको आत्मा । ज्योतिजंगल, कृष्णविनोद लम्साल, राधा गुरागाइँ, रेमिका थापालगायत कविलाई सुनियो ।
धेरै सुन्दर कविता, धेरै शक्तिशाली- धरानका, विराटनगरका, बेलबारी, दमक, अझ टाढा पूर्वी सिमानाका । कविता सुन्नु सुनाउनु यो विशाल उपस्थितिमा स्वयं एक समारोह थियो ।
गाउँ र अभाव समानार्थी छन् । नागरचेतना बढ्दो छ, सहरीकरणले मान्छे तान्दो छ, मीनबहादुर विष्टको 'साले पहाड मे क्या है', भूपाल राईको 'दाजु कविता गाउँमै छ' अथवा रेमिका थापाको 'गाउँमा कविताहरू' जस्तै । सबै सर्जकले सहरमा बसेर हेर्दा विपन्न, दुःखी गाउँहरू देख्छन्- वर्तमान सभ्यताको त्यो एक यथार्थता पनि । कविताले केही दिँदैन, तर वाणी दिन्छ । त्यसैले होला वैशाखको गर्मीमा पनि अटेसमटेस मानिस हलभरि बसिरहे, सुनिरहे । अन्तरालमा आउने नृत्यहरूले, संगीतहरूले वर्तमान संस्कृतिको सुन्दर झलक प्रदान गरिरह्यो । श्वेताको 'पानी मीठो मेरो हजुर इलाम बजारको' भाकामा प्रस्तुत नृत्यले मुग्ध दर्शकको आँखामा अझै छाइरहेको होला, साना नानीहरूको 'नरिसाऊ मितिनी...,' मिङ्कुको त्यही 'माया मीठो मेरो हजुर', शर्मिलाको 'तिमीबिनाको जीवन' कविता र संस्कृतिको संयोजनले अर्कै जगत् उत्पन्न गर्यो ।
कवितावाचकको उत्साह थामिनसक्नु थियो । उपेन्द्र पागल, सूर्य सुब्बा, रुद्र प्रभात, अमृत खनाल, जानुका अश्रुधारा, शुभलक्ष्मी लम्साल, मणिराज दाहाल, जय पाण्डे, कालीप्रसाद सुवेदी, कृष्ण उदासी, दीलिप राई 'सगर', जेबी राई 'रुमानी', विश्व पोखरेल, अञ्जना अधिकारी, जेपी थुलुङ, प्रकाश दिप्साली, रामजी तिमल्सिना, चूडा वसन्त, ईश्वर लम्साल, गंगा घिमिरे, ज्योति भट्टराई, सुविद गुरागाइँ, हेमन यात्री, प्रकाश आङ्दम्बे, वैदिक अत्री, बद्री पलिखे, श्यामकृष्ण अधिकारी, नयाँ-पुराना धेरै थिए । सुमन पोखरेलको 'जीवनसँगको जम्का भेटमा' एक उत्कृष्ट आख्यानात्मक रचना थियो । विवश पोखरेलको 'भोको पेट र सौन्दर्य' मा वर्तमानप्रतिको व्यंग्य थियो । मनु मञ्जिलको 'रामदयालको साठी वर्ष' जस्तो अत्यन्तै शक्तिशाली सिर्जनाले कविताको अन्तिम भोक मेट्यो । अध्यक्षको आशनबाट कृष्णभूषण बलले 'थापादाइ अब पिउन छोडौँ है' सुनाए ।
त्यसको भोलिपल्ट पनि इटहरीकै गैसारस्थित 'तालिम केन्द्र' मा पूर्वाञ्चलका विशिष्ट बौद्धिकजनको उपस्थितिमा अन्तिम
कार्यक्रम भयो । मलाई 'विश्व-परिवेशमा नेपाली साहित्य : परिवर्तित समयको आह्वान र एक वैकल्पिक मार्गचित्रको परिकल्पना' शीर्षक कार्यपत्र प्रस्तुत गर्ने अवसर मिल्यो । प्राध्यापकद्वय टंक न्यौपाने र गोपाल भण्डारीले टिप्पणी गरे । नेपाली कला-साहित्य डटकमद्वारा प्रायोजित एक विशिष्ट कार्यक्रममा पोखरामा प्रस्तुत यहीँ गोष्ठीपत्रले सम्पूर्ण पूर्वाञ्चललाई फेरि एकपल्ट गम्भीर बौद्धिक विमर्शमा उतार्यो । त्यो दिनको सहभागिता अत्यन्तै उत्साहपूर्ण थियो । जेठको अन्त्यमा म त्यही गोष्ठीपत्र बोकेर मस्कोतिर उडेको थिएँ । यो 'कन्टि्रपेपर' ले त्यहाँ नेपाली साहित्य कुन अतीतबाट उठेर आयो, यसको वर्तमान कस्तो छ र भोलि कसरी यो विश्व-यात्रामा निस्कन चाहन्छ भन्ने कुरा प्रस्ट पारेँ । यस परिकल्पनाको सबैले सराहना गरे । यसरी नयाँ वर्षको आरम्भले पूर्वी नेपाल साहित्य संस्कृतिका विषयमा कति गम्भीर भएर लाग्न सक्छ त्यो प्रमाणित गर्यो । मैले ठानेँ- यो कुरा केन्द्रलाई सुनाइदिनुपर्यो । यति इसारा केन्द्रले बुझ्ला कि ?

No comments:
Post a Comment