May 26, 2008

उत्तर आधुनिकता भत्केको - साकेला

देश सुब्बा
म स्तब्ध भएँ । फेरि पनि स्तब्ध भएँ । म २५ तारिख आइतबार ताइमोशन पहाडमा किरात र्राई यायोक्खा हङकङले आयोजना गरेको उत्तर आधुनिक साकेला पर्वमा पुगेको थिएँ । यो एउटा महान पर्व हो आदिवासी किरात जातिहरूको । यो एउटा नेपालका आदिवासीहरूले आदिम कालदेखि बचाएर ल्याएको गर्वको पर्व हो । मानव इतिहासको विकासक्रममा प्रारम्भिक काल, आधुनिककाल, उत्तर आधुनिक काल नालीबेली पर्दै, विभिन्न घुम्तीहरू काट्दै यो पर्व यहाँसम्म आइपुगेको छ । यस पर्वमा विभिन्न जातजाति, विभिन्न पेशा, साथीभाइ, आफन्त इष्टमित्रको भेटघाट हुने गर्छ । यो एउटा आदिवासी जनजातिहरूको प्रतिभाको प्रदर्शनको थलो पनि हो । त्यसैले यस कालमा यसलाई उत्तरआधुनिक साकेला भन्न पनि सकिन्छ । उत्तर आधुनिक अर्थमा यो एउटा उत्तर आधुनिक साकेला बजार पनि हो ।
यस पटकको यस पर्वमा उत्साहजनक रूपमा सहभागीहरूले शुभकामना साटेर पर्व मनाए । पसिनाले वर्षा गरिन्जेल नाचिरहे । जनसहभागिताको हिसाबमा यो हङकङको असफल कार्यक्रमहरू मध्येको सफल कार्यक्रम रहृयो । किरात र्राई यायोक्खा हङकङका पदाधिकारीहरूको अथक परिश्रम, लगनशीलता र उनीहरूमाथिको आमजनमानसको विस्वासको फल थियो यो । यी सबैको निमित्त उपस्थित सबैलाई धन्यवाद र विशेष आयोजक, पदाधिकारीहरूलाई हार्दिक धन्यवाद दिनैपर्छ ।
मैले सामान्यतया लेखहरू लेख्न छाडिसकेको छु । यसपटक मैले लेख्नै पर्ने ठाने । किनभने यसपटक आन्दोलनसँग गाँसिएका विषयहरू परे, उत्तरआधुनिक चिन्तनसँग गाँसिएका गम्भीर कुरा परे । एउटा जातिय विधानको प्रमुख बूँदामा उल्लेख भएको कुरा पर्‍यो । संभव छ कसैलाई त्यस्तो नलाग्न सक्छ । बोध र अबोध विषयमा भयवादमा धेरै कुरा उल्लेख गर्दै आइरहेको छु । यसलाई मैले उठाउन भयवाद गर्ने ठानेँ । भयवादमा भन्दैछु, "आन्तरिक द्वन्द हुन्छ मान्छेको, आन्तरिक द्वन्दको एउटा जित मान्छेको निर्णय हुन्छ, मान्छेको निर्णय बाहिरी निर्णयहरूसँग द्वन्द गर्दछ ।" मैले गरेको आन्तरिक द्वन्दको परिणाम बाहिरी ल्याएको छु । यसले निश्चित रूपमा बाहिर द्वन्द गर्ने नै छ र एउटा प्रकट बन्ने छ ।
म उत्तर आधुनिक चिन्तनमा स्तब्ध यस कारण भएको छु । यस कालमा आएर हामी ज्यादा नदी किनाराको कुरा गर्र्छौ, हामी अधिकार किनाराको कुरा गर्र्छौ, हामी शासन किनाराको कुरा गर्र्छौ, हामी जातिय किनाराको कुरा गर्र्छौ हामी आदिवासी समालोचनाको कुरा गर्र्छौ र हामी र्सवर्टन थकको कुरा गर्र्छौ । यी सबैको सुगम आग्रह भनेको समानता, समावेशीताको कुरा हो । त्यसभित्र लुकेको गर्त कुरा चाहिँ हाम्रा मान्छेहरू पछाडि परेको कुरा हो । ती मान्छेको प्रतिभा विकास, भाषा लिपि, धर्म सँस्कारको विकासको कुरा हो । त्यसैलाई विकास गर्न जातिय, क्षेत्रिय संस्थाहरू बनाएर अगाडि बढिरहेका छौ । हाम्रा गौरव भनेको भाषा, लिपि, धर्मसँस्कारको विकास हो । यसले हामीलाई गौराम्बित बनाउँछ । हाम्रो अर्को गौरव भनेको हाम्रा प्रतिभाहरूको विकास पनि हो ।
म साह्रै मर्माहित भएर यो अक्षरमा आउनुको कारण उत्तर आधुनिक साकेलामा मैले नचिताएको दुर्घटना भएको छ । म पहाडको साकेलामा पुगेर भरखरै उभेको थिएँ । म साकेलामा उभ्नुको कारण उपस्थित हुनु हो र किरात प्रतिभाको सहयोग गर्नु थियो । त्यसो त विधान संवत यो जिम्मेवारी किरात र्राई यायोक्खाको पनि हुन आउँछ । खोटाङ निवासी कवि देवेन्द्र खेरेसको कविता संग्रह "रुङ्रीको बयान र नदी किनारा" को भरखरै मे २३ तारिखमा र कवि नरेश सुनुवारको कविताकुति "जिन्दगीको पहाड र अस्तित्व राँकुदेले सेक्सेलले....मे ११ तारिखमा विमोचन भएको थियो । तिनीहरूको बजार गर्नुपर्ने कर्तव्य मैले पनि ठाने र कविहरूलाई उत्साह थप्न साकेलामा आइपुगेको थिएँ । बिक्री हुनुनहुनु अर्कै कुरा थियो । यसले साकेलाको सौर्न्दर्य बढाउँथ्यो । जति धेरै मान्छेको उपस्थित भयो, त्यो राम्रै कुरा हुनु पर्ने ठानेको थिएँ । पहाडकै पर्वहरूमा पनि सुर्तिबिँडी बेच्नेदेखि सानातिना घुमन्ते व्यापारी हुन्छन् नै । त्यसले पर्वको महिमा बढाएको हुन्छ घटाएको हुँदैन ।
हातमा पाँच वटा किताब थिए । परममित्र र साहित्यका राम्रा पाठक साथै आफै पनि लेखक कुलद्विप र्राईजीलाई मैले आग्रह गरे । यो मेरो आत्मीयताको आग्रह थियो । यो नै पहाडको मेरो प्रथम आग्रह थियो । उहाँले लिइसकेको कुरा भन्नु भयो र क्षणभरको मौनतापछि दुर्घटना बोली बोल्नु भयो, "देशजी यहाँ किताब बेच्न मनाही छ ।" म स्तब्ध भएर उभिरहेँ । सोचिरहे, आधुनिकताबाट नसुनिने इथानोक्रिटिसिमका आवाजहरू, उत्तर आधुनिकताको केन्द्रहिनताहरू, रोलाँ बार्थको पाठक चिन्तन र केन्द्रहिनता भत्केको उत्तर आधुनिक - साकेला, । र्सार्वजनिक कार्यक्रममा मलाई कानुन लाग्नुको गल्ति खोजिरहेँ ।
त्यसको दश मिनटपछि अर्को दुर्घटना घट्यो, किरात र्राई यायोक्खा हङकङका अध्यक्ष नरहाङ र्राई स्वंय आएर भन्नु भयो, "देशजी तपाईको बारेमा उजुरी परेको छ । तपाईले आएर किताब बेच्नु भएछ ।" यसलाई मैले किरात यायोक्खा हङकङको निर्णय मानेँ तर पनि एभरेष्टका सम्पादक किसन र्राई भन्दै थिए, "बेच्नुहोस बेच्नुहोस जति बेच्नु होस ।" अनि उहाँहरू बीच जातिलाप भएको सुनेँ । यसले अर्को स्तब्ध दियो । म उभिरहेँ चेतनातिर हेरेर । मभन्दा अगाडि नै कवि देबेन्द्र खेरेस आफैले रुङ्रीको बयान र नदी किनारा र श्याम सुनुवारले जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेले बेचिरहनु भएको थियो । उहाँहरूलाई गीतकार बिमल र्राई र प्रेम र्राईले सक्दो सहयोग गरिरहनु भएको थियो । त्यस्तै अरू साथीहरूले आफूले सकेको सहयोग गरिरहनु भएको थियो । अरू पनि साथीभाइ, दिदीबहिनी र संस्था आफैले पनि केके हो, बेचिरहेको देखेँ । प्रश्न ममा आएर अडियो । साथीहरूसित हल्का कुरा राखे । आर्श्चर्य मानिरहेका थिए । मलाई दुर्घटना हुनु कारण देश सुब्बाले धेरै किताब बेचेको सास्ती हो या मैले गरेको नश्लवादी आन्दोलन अपमान, आदिवासी वा भयवादको हो बुझन सकिनँ । साहित्यमा आन्दोलनको कुरा मेरो घाटाको व्यक्तिगत व्यापार भएको कुरा पनि बुझन नसकेको रहेछु, ठानेँ । त्यो दिन त मैले त्यो घाटाको व्यापार पनि गरेको थिइनँ ।
हामीमा जागेको र्सवर्टन चेतना, इथनिक चेतना सोचेर भयवादिय द्वन्द शुरु गरेँ । अन्तोत्वगत्वा निर्णय बन्यो र बाहिरी द्वन्दमा आयो । रुङ्रीको बयान र नदी किनारामा रुङ्रीको कवित्व डिफेन्सिप गरेको याद आयो । याद आयो रुङ्रीः समय, रुङ्रीः चेतना, रुङ्रीः जीवन, रुङ्री संस्थाको र रुङ्री साकेलाको । त्यसो त मैले किरात संस्थाहरूसित नयाँ वर्षो बारेमा र महान चाड चण्डीको बारेमा पनि विमर्श गरेको छु । जब एउटा जातिय संस्थाले आफ्नो प्रतिभाको अवमूल्यन गर्छ भने भोलि कहाँ गएर गौरव गर्ने ? एउटा लेखकलाई पछाडि राखेर विचारहरूको आन्दोलन कसले गर्ने ? एउटा लेखकलाई काम गर्न बन्देज लगाएर इतिहास र भाषा, लिपि कहाँ खोज्ने ? एउटा पहाडको पर्वमा व्यापारीहरू, नाच्ने गाउने, भेटघाट गर्ने मान्छे भएनन र आफ्नो सँस्कारको कुरा भएन भने त्यसको रुङ्री कहाँ हुन्छ ? केही जातिय र क्षेत्रिय संस्थाहरूमा परेको चेतनाको संकट आफूलाई सबर्टर्नीय चेतनशील ठान्ने संस्थाहरूमा पर्‍यो भने के हुन्छ ? यो संकट सोचेर म झन् स्तब्ध भएको छु र भैरहेको छु ।

1 comment:

Vincent Khambu Rai said...

देश सुब्बा ले स्पस्ट रुपमा किरात राइ हरुको महान चाड “साकेला उभौलि”लाई भ त्केको साकेला भनी गाली गर्दै “नस्लबादी र उग्रबादी” भावना पोखेका छन्,यसरी किरात राइ हरुको महान चाड लाई गाली गर्ने अधिकार देश सुब्बा लाई कस्ले दियो? देश सुब्बा को हो र यिनी को बाट सन्चालित छन त्यो स्पस्ट हुनु आबस्यक छ।साकेला उभौली किरात राइ हरुको सबै भन्दा ठुलो चाड को र यही सँग किरात राइ हरुको इज्जत ,साहस र शान पनि गासिएको हुन्छ। भयबाद का जन्मदाता
ले “नस्लबादी र उग्रबादी” कुरो उठाउनु सबै भन्दा उदेक लाग्दो र दु:ख लाग्दो कुरो हो क्या भोगेन किराती सर्,कृपया प्लिज सजेस्ट हिम है ल।भोगेन सर हामी लाई कलम चलाऊन अौँदैन तर देश सुब्बा जस्तो प्रतिष्ठित राइटर ले “चरम नस्लबादी र उग्रबादी” कुरो उठाउदै वा जथाभाबी कलम चलाऊन अौछ भन्दै मा किरात राइ हरुको महान चाड “साकेला उभौली” लाई गाली गर्ने,भत्केको साकेला भन्ने,यो के हो मैले बुझ्न सकिरहेको छैन।स्पेसियली मेरो देश सुब्बा ठुलो गुनासो छ र म ब्यातिगत रुपमा देश सुब्बा बाट लिखित सम्पूर्ण कृति हरु लाई बहिस्कार गर्दछु। देश जि हामी तपाई निरासाबादी छैनउ,जीवन प्रती धेरै नै आसाबादी छौ,हामी जीवन मा धेरै प्रगती गर्न चाहन्छौ तर तपाईं को २ वटै कृति ले आदिबासी जनजाती हरुलाई निरास बनाइ रहेको छ,अपमान गराइ रहेको छ।भोगेन सर देश जि जीवन प्रती आसाबादी हुनै पर्छ,पोजिटिब बन्नै पर्छ -सधैं आदिबासी जनजाती हरुको अपमान गरेर केही हुने वाला छैन, त्यसकारण देश जि ले दिमाग मा नयाँ सोच ल्याउन अपरिहार्य भएको छ कि कसो कमेन्ट्स मि है?????