देश सुब्बा
भय र भयवाद
भय भन्नाले डर भन्ने बुझिन्छ । भय अनेकौ प्रकारको हुन्छ । मान्छेको चेतना सहनशीलता अनुसार भय तलमाथि हुन्छ । कुनै एउटै विषयमा कसैलाई बढी र कसैलाई कम भय हुने गर्दछ । जीवन र मृत्युको बारेमा पनि कसैलाई बढी र कसैलाई कम भय हुने गर्दछ । यसलाई हानी नोक्सानीको पर्यायवाची पनि मान्न सकिन्छ । मान्छे अज्ञात भयको सदा शिकार भैरहन्छ र ऊ यस भयबाट निस्किने उपायहरू खोजिरहन्छ । हानीनोक्सानी हुने संभावना र घटनाको बीचको समयमा व्यतित भैरहने परिस्थिति नै भय हो । घटना घटिसकेपछि एउटा भय टर्छ र अर्को भयको सिलसिला शुरु हुन्छ । भय श्रृङखला बद्ध हुन्छ । जन्म हुने बित्तिकै मृत्युको संभावना हुन्छ र मृत्युसँगै समाप्त हुन्छ । त्यसैले भयको आयु भनेको जन्म र मृत्यु बीचको दूरी हो । पृथ्वीको गुरुत्वाकर्षाले वस्तुहरूलाई आफूतिर खिचे जस्तै भयको शक्तिले जीवनका सबै पक्षलाई खिचेको हुन्छ । भयको रूप र आयु जान्दाजान्दै मान्छेले सधैं भय पालेर, हुर्काउँदै हिँडिरहन्छ । तर मान्छेलाई थाहा हुँदैन वा प्रत्यक्ष रूपमा मान्छे भयसित परिचित हुन चाहान्दैन । उसका गतिविधि, व्यवहार भयमा लुकाएर हिँडिरहेको हुन्छ । उदाहरणको लागि बिहानदेखि साँझसम्म काम, व्यवशाय, सामाजिक, राजनैतिक लगायतका जति पनि क्रियाकलाप हुन्छ । त्यसको प्रत्यक्ष कसैले स्वीकार नगरेपनि अप्रत्यक्ष भूमिका भयको हुन्छ नै । भय जीवनमा प्रत्येक पल आइरहन्छ । यसलाई प्रष्टसँग देखिन्दैन, तर यो जहीँतहीँ हुन्छ र यसैबाट निर्देशित भएर चेतनशील प्राणी सञ्चालन भैराखेको हुन्छ । वनस्पति र जीवजन्तु पनि यसबाट अलग छैनन् । एक कोषिय जीव पनि यसबाट अलग छैनन् । गुलाबको फूलमा उम्रेको काँडाले फूललाई बाहिरी आक्रमणबाट बचाउँछ, छेपारोले आफ्नो नजिक कुनै खतरा हिँडेको देख्यो भने ठाउँ अनुसार रंग बदलेर आफूलाई लुकाउँछ । भ्यागुताले आफूलाई कसैले आक्रमण गर्ने थाहा पायो भने शरीरभरि एक प्रकारको विष छरेर आफूलाई सुरक्षित राख्ने प्रयास गर्छ । पशुपन्छीहरू कसैले आक्रमण गर्छ कि भनेर सधैं चनाखो भैरहन्छन् । प्रकृतिले दिएको सुरक्षित कवज हो यो । चेतनशील प्राणीहरूमा चेतना र ज्ञानको मात्रा अनुसार भय निर्भर गर्दछ ।
मानवीय जीवन प्रत्येक पाइलाहरूमा भयबाट ग्रसित भएको हुन्छ । आय आर्जन गर्नु, सामाजिक हुनु, सन्तान उत्पादन गर्नु, राष्ट्रियता, जातियताको कुरा गर्नु । सबै अप्रत्यक्ष रूपमा भयका निर्देशन हुन् । हामी जीवनभरि काम गरिरहन्छौ आय आर्जन गर्छौ र जीवनको आनन्द समर्पित गरिदिन्छौ अनि यन्त्र मानवमा परिणत हुन्छौं । किनभने हामीलाई काम गरिएन भने खान पाइन्दैन, लाउन पाइन्दैन, सबैले छिः छिः दूर दूर गर्छन्, सन्तानले दुःख पाउँछ वा भविष्यमा दुःख पाइन्छ भन्ने भय लाग्दछ । यी सोचहरूले नलखेट्ने हो भने हामी भयरहित हुन्छौ र स्वादिलो हुन्छ जीवन । जीवनका सबै स्वादहरू भयले तीतो बनाइदिएको छ । हामी धर्म गर्र्छौ, सुख पाउन भनेर तर सुख हुँदैन त्यहाँ, त्यहाँ त भयबाट मुक्त हुने प्रयास भएको हुन्छ । हामी त्यो साँच्चैलाई देख्दैनौं । जीवनका सानोभन्दा सानो कुरासँग भय गाँसिएको हुन्छ । भयबाट अलिकति निस्केर जीवनले कोल्टे फेर्ने बित्तिकै जीवनमा नयाँ प्रकट देखिन थाल्छ । मान्छेले भयलाई न्युनतम स्तरमा झार्न सके खोरबाट छोडेको पन्छी जस्तै स्वतन्त्र भएर माथिमाथिसम्म कावा खाँदै उडने छ । उमेर ढल्किन्दै जाँदा वा बिरामी भएर मृत्युलाई ढुक्दा पनि मुटु धडकिरहने छैन । सिद्धान्त, दर्शन, धर्मको अवतरण छ जीवनमा । जीवनलाई पृथक राखेर सिद्धान्त, दर्शन र धर्म हुँनै सक्दैन । जीवन र मृत्यु बीचको भाग, गुण, जोड, घटाउ नै सिद्धान्त, दर्शन, धर्म हो । यस हिसाब भित्र भयको हिसाब राखिएन भने जीवनको हिसाब मिलान हुँदैन । कुनै घटना, समस्या, भूल, रोग थाहा पाइएन, शंका, भ्रम भएन भने मान्छेलाई भय हुदैन । हामी जन्मिन्छौ, हुर्किन्छौ, याने हामीलाई जीवन थाहा हुन्छ र मृत्यु थाहा हुन्छ । यो सँगै भय हुन थाल्छ र त्यस भयबाट बच्ने उपायहरू खोज्न थाल्छौं । उदाहरणको लागि कुनै मान्छेले काममा, जीवनमा, गल्ती गर्यो तर गल्ती गर्ने मान्छेलाई थाहा भएन भने उसलाई कुनै भय पैदा हुँदैन । तर जब उसलाई कसैले थाहा दिन्छ उसले गल्ती गरेको । त्यसपछि उसलाई भय पैदा हुन थाल्छन् । कसैले गाली गर्ने हुन कि, सजाय दिने हुन कि पुलिसले समाएर थुन्ने हुन कि जस्ता अनेकौ भय ऊभित्र खेल्न थाल्छ र त्यसबाट मुक्ति पाउन अनेकौ उपायहरूको विकास गर्छ । घटना घटेको थाहा पाउनु र सजाय नभइन्जेल उसको मस्तिष्कमा खेलिरहने त्यस सम्बन्धी कुराहरू भय हुन् । त्यस्तै कुनै मान्छेलाई पहिलादेखि नै संक्रमक रोग लागेको छ । तर उसलाई थाहा भएको छैन भने ऊ निरोगी जस्तै हिँडडुल गर्छ, खान्छ, पिउँछ । कुनै डाक्टरले उसलाई रोगको बारेमा बताएपछि उसमा अनेकौ भयहरू पैदा हुन थाल्छन् । त्यसैले थाहा नभएको अवस्था नै एक किसिमको भयवादको अवस्था हो । घटना, समस्या, भूल, जीवन, मृत्यु, आफन्त, रोग, भोक, सम्पत्ति, इज्जत, अनुशासन, कानुन, नियम सबै थाहा नभएको अवस्थामा मान्छेलाई भय हुँदैन ।
भयको रूप सधै एकै नासको हुँदैन । कुनै बेला वर्षा, आँधीहुरी, चट्टान, घाम, जनावर भय हुन्थ्यो भने सभ्यताको विकाससँगै नयाँ समस्याहरू देखापर्दै गए । ती समस्याहरू जब मान्छेलाई थाहा हुँदै गयो, तब नयाँ भय हुन थाल्यो । हिजो एडस, सार्स, बर्ड फ्लु, आणविक हतियारको भय थिएन । मान्छेले ती वस्तुहरूको आविष्कार गरेर थाहा पाए । तब उनीहरूलाई त्यसको झन् भयानक भय हुन थाल्यो । आणविक हतियारको आविष्कारसँगै विज्ञापन भयो र यसको शक्ति सम्झेर मान्छे डराउन थाले ।
समस्या, दुःख, कष्ट, शंका, रोग, मृत्यु सबै भयका स्रोतहरू छन् । ती सबैलाई सुक्ष्म ढंगबाट अध्ययन गर्दै जाँदा त्यहाँ सुरुङ बन्दै जान्छ । त्यहाँ मात्र होइन कुनै वस्तु, शब्दको उत्खनन गर्दै जाँदा त्यहाँ ठूलाठूला सुरुङ भेटिन्छन् । सुरुङमा हामी जतिजति भित्र पस्दै जान्छौ, उतिउति खजाना भेट्दै जान्छौ । त्यसलाई सूक्ष्म सुक्ष्म खण्डमा खण्डित गर्दै अध्ययन, अनुसन्धान गर्दा त्यहाँ कतिमा अधिक भय र कतिमा न्युन भय भेटिन्छ । धेरैथोरै भय सबैमा हुन्छ । यो भय माथि भनिएझैँ चेतना, ज्ञान र सहनशीलताको मात्रामा निर्भर गर्दछ । कसैले एउटै भयलाई बढी बुझिदिन्छ र कसैले थोरै । कसैले कम भय महसुस गरिरहेको विषयमा अरुलाई त्यसरी नै बुझिदिन उचित हुँदैन । फेरि कसैलाई बढी भय लागेको विषयमा अरुलाई नहुनु पनि सक्छ । भयका स्रोतहरूमा हामी कति भित्र पसेका छौ र कति सम्म पस्नु पर्ने हो भन्ने अन्तिम मापदण्ड छैन । यसमा पनि चेतना, ज्ञानमा निर्भर गर्दछ । यी सुरुङहरू यति विशाल छन् कि यसको अन्तिम गहिराइ भेट्न सकिन्न ।
मान्छेले मान्छेलाई चेतावनी दिएर, तर्साएर मान्छेको मस्तिष्कमा एक किसिमको भय पैदा गरिदिएको हामीले देखिरहेका छौँ । पैसाको लेनदेन, शत्रुता कसैलाई सताउने उद्देश्यले यस्तो कार्य गर्ने गरिन्छ । ऋण खाएको मान्छे वा कुनै किसिमको सामाजिक, कानुनी गल्ति गर्ने मान्छे जहिलेपनि एक किसिमको भयबाट लखेटिएको हुन्छ । कुनै मान्छे देख्दा पनि ऊ आफूलाई समाउन आएको ठान्न थाल्छ । घरमा कसैले ढोका ढकढकायो, फोनको घण्टी बज्यो, बाटोमा कसैले कोट्याएर बोलायो भनेपनि तर्सिन्छ । किनभने यसमा उसलाई एक किसिमको मानसिक भय लागिरहेको हुन्छ । यस्ता किसिमले मानसिक यातना दिइएका मान्छेहरू मानसिक असन्तुलनको कारण वा भयको कारण पागल हुने, पक्षघात हुने र मर्ने हुन सक्दछ । मान्छेको मानसिकतामा आक्रमण गरेपछि त्यसको असर शरीरको कुनै भागमा पनि पर्दछ । यस्तो किसिमको भय मान्छेलाई लामो समयको लागि पनि हुन सक्दछ । छोटो समयको लागि पनि हुन सक्दछ । यस्तो प्रकारको भयले सम्बन्धित मान्छेलाई मात्र खेदो गर्दैन । उसको परिवारलाई पनि खेदो गर्दछ । भयको शिकार भएको मान्छेको क्षमता अनुसार भय उतारचढाव हुन सक्दछ । यस्तो भयले पीडित भएका मान्छेहरू हाम्रो समाजमा थुप्रै छन् । ती मान्छेहरूले भयले लखेटेको वा खेलाएको भनेर बोध गरेको हुँदैनन् । उनीहरू भागिरहेका हुन्छन् । ती मान्छेहरूले भयवादलाई बुझेमा केही राहत हुन सक्दछ ।
मान्छेहरू चोर, डाँका, हत्यारा, लुटेरासँग डराइरहेका हुन्छन् भने चोर, डाँका, हत्यारा, लुटेरा, अपराधी मान्छेहरूसित डराइरहेका हुन्छन् । हाम्रो समाजमा खुलेर अपराध गर्ने र लुकेर अपराध गर्ने मान्छेहरू प्रशस्तै छन् । यसले समाजमा भय पैदा गरिरहेको हुन्छ । अपराध, भूतप्रेत, रुढिवादी, अन्धविस्वास, शंका, रोग, समस्या, भ्रम, युद्ध आदिइत्यादि हेर्दै, खोज्दै जाने हो भने समाजमा भयमय मात्र देखिन्छ । भयको यो ठूलो मण्डलले मान्छे, समाज, देश र विश्वलाई गाँजेको छ ।
अन्जानमा गरिएको कतिपय क्रियाकलाप भयमा नआउन सक्छ । तर जानेर, बुझेर गरिने क्रियाकलाप सबै भयमा पर्दछ । उदाहरणको लागि अन्जानमा मान्छेको हत्या भयो, हत्या हुन अगाडिको क्रिया भयमा पर्दैन तर हत्याभएपछिको क्रिया भयमा पर्दछ । यस्ता धेरै क्रियाकलाप हुन्छन् । जो अन्जानमा वा चेतना शून्यको अवस्थामा गरिन्छ । अन्जानमा गरिएका यस्ता भूल माफी हुँदै आएका छन् । अन्जानमा कसैको हातबाट हत्या हुन गएको छ भनेपनि माफी हुनुपर्दछ । तर अन्जानमा भएको भन्ने पूर्ण पुष्टि हुन आवश्यक छ । शंका हुनु, भ्रम हुनु, झुक्किनु फरक फरक कुरा हुन् । यी सबै एउटा एउटा वाद हुन सक्दछ । यिनीहरूसँग पनि जीवन छ मात्र फरक यति हो यिनीहरू भय परास्त छन् ।
पहिलो चित्रमा चेतना-चेत/ज्ञान-भय देखाइएको छ । सजीव प्राणीहरूमा चेतना भइ नै रहन्छ । तर त्यो चेतनाले सम्बन्धित समस्या, रोग, विषयको बारेमा ज्ञान नभइन्जेल भय पैदा नहुँदोरहेछ । उदाहरणको लागि कसैलाई रोग लागेको छ । तर उसलाई थाहा छैन । एकदिन ऊ डाक्टरकोमा जचाउँन जाँदा डाक्टरले रोग बारेमा बताइदिएपछि उसलाई रोगको बारेमा चेत/ज्ञान हुन्छ र ऊ त्यस रोगसँग डराउन थाल्छ । यस ज्ञानसँगै उसको व्यवहार, चालचलन सबै परिवर्तन हुन थाल्छ । उसको मात्र होइन आफन्त, साथीभाइसितको व्यवहार पनि परिवर्तन हुन थाल्छ । ज्ञान नभइन्जेल ऊ निरोगी जस्तै साथीभाइसित खानेपिउने गर्दछ, हिँड्दछ, आफन्त, साथीभाइबाट कुनै किसिमको रोकावत हुँदैन । रोगको बारेमा ज्ञान भएपछि यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैनको बन्देज शुरु हुन थाल्दछ । रोगी आफैले पनि केही अनुशासन, नियम बनाउनु पर्ने हुन्छ । अन्यथा उसको जीवनलाई जोखिम हुन्छ । यसरी मान्छेलाई जबदेखि जीवन, मृत्यु, आफन्त, सम्पत्तिजस्ता कुराहरूको ज्ञान हुन थाल्दछ तबदेखि भय पैदा हुन थाल्दछ र जीवनलाई प्रभाव पार्दछ । हामी जन्मिने बित्तिकै यी सबै कुराको जानकार हुँदैनौ । हामी जब ठूलो हुँदैजान्छौ, चेतना बढ्दै जान्छ र ज्ञात हुँदै जान्छ तबतब हामी यी सबै विषय, समस्याहरूसित भयभीत हुँदै जान्छौ र यी भयबाट बच्न अनेकौ भूमिकाहरूमा देखा पर्र्छौ । तर भयले लखेटिरहेका छौ भनेर कम्तिले मात्र स्वीकार गर्र्छौ ।
कुनै मान्छेलाई डाक्टरले उसको रोगको कारणले "तीन महिनाको मात्र समय छ" भनेर बतायो र माया मार्यो । यस तीन महिनाको अवधिमा चिकित्सा विज्ञानले माया मार्यो भने कसले, कसरी उसलाई यस अवधिमा व्यवहार गर्ने ! यहाँ डाक्टरहरू मौन हुन्छन् । डाक्टरको मौनताको अवस्थामा उसको सबैभन्दा नजिकको सहयोगी मनोविश्लेषक हुन सक्दछ । तर ऊसँग यही विचारले, यही औषधिले उपचार गर्ने भन्ने हुँदैन । यस्तो अवस्थामा भयवाद नै उपयुक्त विचार हो । यो रोगजस्तै जीवनको, मृत्युको बारेमा पनि उपचार हुन सक्दैन । ती उपचारविहिन अवस्थामा भयवाद नै विचार हुन सक्दछ । यस्ता घटनाहरू अनेकौ छन् जस्तै भूकम्पले घर भत्किन्दै गरेको अवस्था, हवाइजहाज, पानीजहाज डुब्दै गरेको अवस्था, उपचार हुन नसक्ने महामारी फैलिएको अवस्था, कुनै अप्रिय घटना हुन लागेको अवस्था, युद्ध घोषणा भैसकेको अवस्था, हत्या, हिंसा, आत्महत्या, आमहत्या र आतङ्कको अवस्थामा यो विचार उपयोगीसिद्ध हुन सक्दछ ।
तल्लोचित्रमा पाँच इन्द्रियहरू देखाइएको छ । यी इन्द्रियहरूका आ-आफ्नै चेतना छन् । उदाहरणको लागि शरीरको कोषहरूको आफ्नै चेतना भएकोले नै बाहिरका किटाणूहरूसित युद्ध गर्दछ । त्यस्तै आँखाको नानी प्रकाश अनुसार सानोठूलो हुने गर्दछ । ती चेतनालाई केन्द्रिय चेतनाले नियन्त्रण, निर्देशन गरिरहेका हुँदैनन् । त्यसैले हामी वेहोस भएको अवस्था, सुतेको अवस्था, पागल भएको अवस्थामा पनि हाम्रा इन्द्रियहरूको चेतना सक्रिय भएको हुन्छ । इन्द्रियबाट पैदा हुने चेतना गुणात्मक हुन्छन् र ती चेतनाले ज्ञात गरेपछि भय हुन्छ । हामीले बाटोमा हिँड्दाहिँड्दै सर्प देख्यौ, खाडल देख्यौ भने हाम्रा सबै चेतनाहरू सक्रिय हुन्छन् । सबै चेतना सक्रिय हुँदा कहिलेकहीँ हामी निर्णय विहिन हुन्छौ र अक्कनबक्क भएर उभिन्छौ । यो बेला निर्णय जे पनि हुन सक्दछ । त्यो यति सुक्ष्म हुन्छ कि हामी थाहा पाउन सक्दैनौ र जब हाम्रो चेत फर्किन्छ हामी भाग्न खोज्छौ, र्सप मार्न खोज्छौ, या कुनै उपाय निकाल्दछौ ।
यस्तो किसिमको भय प्रत्येक पल हुन्छ हामीलाई । यो यति सुक्ष्म हुन्छ कि नापोहरूमा सजिलै बताउन सकिन्दैन । जीवनको बारेमा, मृत्युको बारेमा, कुनै घटनाको बारेमा । त्यसैले यी अवस्थाहरूमा भयवादले नै जीवनलाई सहज बनाउन मद्दत पुर्याउँछ ।
सर्प डोरीको भ्रम
मान्छे अँध्यारोमा डोरीलाई सर्प देखेर तर्सिन्छ । यो एउटा भ्रम हो । यो डोरी हो भनेर थाहा नपाइन्जेल सर्प नै भैरहन्छ । यस्तो खाले सर्पडोरीको भ्रम एउटा सजिलो उदाहरण हो । यो उदाहरण जहाँसुकै रुपान्तर भएर लागू हुन सक्छ । हामी जुत्ता लगाउँछौ । लुगा लगाउँछौ । गहना लगाउँछौ । उच्चनीज जातिका हुन्छौ । यी सबै एक अर्थमा सर्पडोरीको भ्रम हो । अन्धविस्वास, रुढिवादी, पुराण, महाभारत, रामायण, उपनिषदजस्ता प्रसिद्ध ग्रन्थहरूले बनाएको अवास्तविक तस्बीर सबै सर्प डोरी हुन् । भूतप्रेत पिसाच, चँुडैल सबै सर्पडोरी हुन् । यी डोरीलाई डोरीको रूपमा लिन नसकिन्जेल सबै सर्प नै भएर हामीलाई डसिरहेको हुन्छ । हामीलाई यही अन्धविस्वास, रुढिवादीले डसिरहेको छ र हामी पनि सर्पले डसेको भ्रममा छौ । वास्तवमा ती सबै डोरी हुन् । वास्तविक र्सप आफैले भेटियो भने डस्छ वा हामी डस्छौ त्यो अर्कै कुरा हो । तर यस्ता डोरीसर्पको मण्डलले हामी घेरिएका छौ । यो त र्सपडोरी भन्दा पनि डोरी नै हो भन्ने कुरा हामीलाई थाहा छ । तरपनि हामी डोरी भन्न सकिरहेका छैनौ । यस डोरीसर्पले मान्छेहरूलाई डसिरहेको छ । यो भ्रमबाट समाजलाई निकाल्नुछ । अवास्तविक सर्पहरूको जताततै बिकबिकी छ । आणविक हतियार, आस्थाका केन्द्र, आधुनिक कालका केन्द्रहरू, वास्तवमा एउटा एउटा सर्पडोरी हुन् ।
शंका, भ्रम धेरै प्रकारको हुन्छ । सबै शंका, भ्रमले समान रूपमा तर्साउँछ भन्ने होइन । तर्साउन चाहिँ सबैले तर्साउँछ धेरैथोरै । फेरि यसमा मान्छेको विवेकशीलता, सहन गर्ने क्षमता, चेतनाको मात्राले पनि फरक पार्दछ । उदाहरणको लागि डोरीलाई सर्प देखेर सबै मान्छे समान रूपमा तर्सिन्दैनन् । कसैले नियालेर हेर्दछ सर्प हो कि होइन भनेर । कसैले हेर्न चाहान्दैन । कसैको आत्मविस्वासले डोरी नै हो भन्ने निष्कर्षनिकाल्दछ । कसैलाई अँध्यारोमा सर्प आउँछ भन्ने शंका हुँदैन । सर्प भएपनि त्यति सजिलै आउँदैन भन्ने लाग्छ । डोरीसर्पको भ्रम, शंका घरभित्र हाम्रो परिवारमा हुन सक्दछ । श्रीमान, श्रीमतीको शंका, भ्रम, साथीभाइको शंका, भ्रम, यस्तै शंका, भ्रम हुन् । यस्ता शंका, भ्रमले हामीलाई सधैँ तसाइरहेको हुन्छ । त्यो शंका, भ्रम वा डोरीलाई डोरी भन्न सक्यौं भने धेरै समस्याको समाधान निस्किन सक्छ ।
डोरीलाई डोरी नै भन्न कति सर्प भएर आए, कति डोरी भएर । त्यसैले भयवाद, सर्प भएर आयो या डोरी भएर आयो । जे भएरपनि भयवाद सर्प र डोरी देखाउन आएको छ । अब प्रश्न बन्छ सर्प देखिनु राम्रो कि डोरी - सर्पलाई दुवै नदेख्न राम्रो हो । यसले हामीलाई भय लाग्दैन । हामी बाटोमा निर्धक्कसँग हिँड्न सक्छौ । हाम्रो विचार हिँड्न डोरीसर्प वा सर्पसर्पले दिँदैन । सर्प देखिनु वास्तविक हो । सर्प देखेपछि भ्रम हो भन्न सक्दैनौ । तर डोरीलाई सर्प देख्नुले र्सपले पारेको प्रभावजस्तै हामीलाई प्रभाव पारेको हुन्छ । यस अवस्थामा भय कम गर्न गरिने क्रिया नै भयवाद हो ।

No comments:
Post a Comment