May 26, 2008

उत्तर आधुनिकता भत्केको - साकेला

देश सुब्बा
म स्तब्ध भएँ । फेरि पनि स्तब्ध भएँ । म २५ तारिख आइतबार ताइमोशन पहाडमा किरात र्राई यायोक्खा हङकङले आयोजना गरेको उत्तर आधुनिक साकेला पर्वमा पुगेको थिएँ । यो एउटा महान पर्व हो आदिवासी किरात जातिहरूको । यो एउटा नेपालका आदिवासीहरूले आदिम कालदेखि बचाएर ल्याएको गर्वको पर्व हो । मानव इतिहासको विकासक्रममा प्रारम्भिक काल, आधुनिककाल, उत्तर आधुनिक काल नालीबेली पर्दै, विभिन्न घुम्तीहरू काट्दै यो पर्व यहाँसम्म आइपुगेको छ । यस पर्वमा विभिन्न जातजाति, विभिन्न पेशा, साथीभाइ, आफन्त इष्टमित्रको भेटघाट हुने गर्छ । यो एउटा आदिवासी जनजातिहरूको प्रतिभाको प्रदर्शनको थलो पनि हो । त्यसैले यस कालमा यसलाई उत्तरआधुनिक साकेला भन्न पनि सकिन्छ । उत्तर आधुनिक अर्थमा यो एउटा उत्तर आधुनिक साकेला बजार पनि हो ।
यस पटकको यस पर्वमा उत्साहजनक रूपमा सहभागीहरूले शुभकामना साटेर पर्व मनाए । पसिनाले वर्षा गरिन्जेल नाचिरहे । जनसहभागिताको हिसाबमा यो हङकङको असफल कार्यक्रमहरू मध्येको सफल कार्यक्रम रहृयो । किरात र्राई यायोक्खा हङकङका पदाधिकारीहरूको अथक परिश्रम, लगनशीलता र उनीहरूमाथिको आमजनमानसको विस्वासको फल थियो यो । यी सबैको निमित्त उपस्थित सबैलाई धन्यवाद र विशेष आयोजक, पदाधिकारीहरूलाई हार्दिक धन्यवाद दिनैपर्छ ।
मैले सामान्यतया लेखहरू लेख्न छाडिसकेको छु । यसपटक मैले लेख्नै पर्ने ठाने । किनभने यसपटक आन्दोलनसँग गाँसिएका विषयहरू परे, उत्तरआधुनिक चिन्तनसँग गाँसिएका गम्भीर कुरा परे । एउटा जातिय विधानको प्रमुख बूँदामा उल्लेख भएको कुरा पर्‍यो । संभव छ कसैलाई त्यस्तो नलाग्न सक्छ । बोध र अबोध विषयमा भयवादमा धेरै कुरा उल्लेख गर्दै आइरहेको छु । यसलाई मैले उठाउन भयवाद गर्ने ठानेँ । भयवादमा भन्दैछु, "आन्तरिक द्वन्द हुन्छ मान्छेको, आन्तरिक द्वन्दको एउटा जित मान्छेको निर्णय हुन्छ, मान्छेको निर्णय बाहिरी निर्णयहरूसँग द्वन्द गर्दछ ।" मैले गरेको आन्तरिक द्वन्दको परिणाम बाहिरी ल्याएको छु । यसले निश्चित रूपमा बाहिर द्वन्द गर्ने नै छ र एउटा प्रकट बन्ने छ ।
म उत्तर आधुनिक चिन्तनमा स्तब्ध यस कारण भएको छु । यस कालमा आएर हामी ज्यादा नदी किनाराको कुरा गर्र्छौ, हामी अधिकार किनाराको कुरा गर्र्छौ, हामी शासन किनाराको कुरा गर्र्छौ, हामी जातिय किनाराको कुरा गर्र्छौ हामी आदिवासी समालोचनाको कुरा गर्र्छौ र हामी र्सवर्टन थकको कुरा गर्र्छौ । यी सबैको सुगम आग्रह भनेको समानता, समावेशीताको कुरा हो । त्यसभित्र लुकेको गर्त कुरा चाहिँ हाम्रा मान्छेहरू पछाडि परेको कुरा हो । ती मान्छेको प्रतिभा विकास, भाषा लिपि, धर्म सँस्कारको विकासको कुरा हो । त्यसैलाई विकास गर्न जातिय, क्षेत्रिय संस्थाहरू बनाएर अगाडि बढिरहेका छौ । हाम्रा गौरव भनेको भाषा, लिपि, धर्मसँस्कारको विकास हो । यसले हामीलाई गौराम्बित बनाउँछ । हाम्रो अर्को गौरव भनेको हाम्रा प्रतिभाहरूको विकास पनि हो ।
म साह्रै मर्माहित भएर यो अक्षरमा आउनुको कारण उत्तर आधुनिक साकेलामा मैले नचिताएको दुर्घटना भएको छ । म पहाडको साकेलामा पुगेर भरखरै उभेको थिएँ । म साकेलामा उभ्नुको कारण उपस्थित हुनु हो र किरात प्रतिभाको सहयोग गर्नु थियो । त्यसो त विधान संवत यो जिम्मेवारी किरात र्राई यायोक्खाको पनि हुन आउँछ । खोटाङ निवासी कवि देवेन्द्र खेरेसको कविता संग्रह "रुङ्रीको बयान र नदी किनारा" को भरखरै मे २३ तारिखमा र कवि नरेश सुनुवारको कविताकुति "जिन्दगीको पहाड र अस्तित्व राँकुदेले सेक्सेलले....मे ११ तारिखमा विमोचन भएको थियो । तिनीहरूको बजार गर्नुपर्ने कर्तव्य मैले पनि ठाने र कविहरूलाई उत्साह थप्न साकेलामा आइपुगेको थिएँ । बिक्री हुनुनहुनु अर्कै कुरा थियो । यसले साकेलाको सौर्न्दर्य बढाउँथ्यो । जति धेरै मान्छेको उपस्थित भयो, त्यो राम्रै कुरा हुनु पर्ने ठानेको थिएँ । पहाडकै पर्वहरूमा पनि सुर्तिबिँडी बेच्नेदेखि सानातिना घुमन्ते व्यापारी हुन्छन् नै । त्यसले पर्वको महिमा बढाएको हुन्छ घटाएको हुँदैन ।
हातमा पाँच वटा किताब थिए । परममित्र र साहित्यका राम्रा पाठक साथै आफै पनि लेखक कुलद्विप र्राईजीलाई मैले आग्रह गरे । यो मेरो आत्मीयताको आग्रह थियो । यो नै पहाडको मेरो प्रथम आग्रह थियो । उहाँले लिइसकेको कुरा भन्नु भयो र क्षणभरको मौनतापछि दुर्घटना बोली बोल्नु भयो, "देशजी यहाँ किताब बेच्न मनाही छ ।" म स्तब्ध भएर उभिरहेँ । सोचिरहे, आधुनिकताबाट नसुनिने इथानोक्रिटिसिमका आवाजहरू, उत्तर आधुनिकताको केन्द्रहिनताहरू, रोलाँ बार्थको पाठक चिन्तन र केन्द्रहिनता भत्केको उत्तर आधुनिक - साकेला, । र्सार्वजनिक कार्यक्रममा मलाई कानुन लाग्नुको गल्ति खोजिरहेँ ।
त्यसको दश मिनटपछि अर्को दुर्घटना घट्यो, किरात र्राई यायोक्खा हङकङका अध्यक्ष नरहाङ र्राई स्वंय आएर भन्नु भयो, "देशजी तपाईको बारेमा उजुरी परेको छ । तपाईले आएर किताब बेच्नु भएछ ।" यसलाई मैले किरात यायोक्खा हङकङको निर्णय मानेँ तर पनि एभरेष्टका सम्पादक किसन र्राई भन्दै थिए, "बेच्नुहोस बेच्नुहोस जति बेच्नु होस ।" अनि उहाँहरू बीच जातिलाप भएको सुनेँ । यसले अर्को स्तब्ध दियो । म उभिरहेँ चेतनातिर हेरेर । मभन्दा अगाडि नै कवि देबेन्द्र खेरेस आफैले रुङ्रीको बयान र नदी किनारा र श्याम सुनुवारले जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेले बेचिरहनु भएको थियो । उहाँहरूलाई गीतकार बिमल र्राई र प्रेम र्राईले सक्दो सहयोग गरिरहनु भएको थियो । त्यस्तै अरू साथीहरूले आफूले सकेको सहयोग गरिरहनु भएको थियो । अरू पनि साथीभाइ, दिदीबहिनी र संस्था आफैले पनि केके हो, बेचिरहेको देखेँ । प्रश्न ममा आएर अडियो । साथीहरूसित हल्का कुरा राखे । आर्श्चर्य मानिरहेका थिए । मलाई दुर्घटना हुनु कारण देश सुब्बाले धेरै किताब बेचेको सास्ती हो या मैले गरेको नश्लवादी आन्दोलन अपमान, आदिवासी वा भयवादको हो बुझन सकिनँ । साहित्यमा आन्दोलनको कुरा मेरो घाटाको व्यक्तिगत व्यापार भएको कुरा पनि बुझन नसकेको रहेछु, ठानेँ । त्यो दिन त मैले त्यो घाटाको व्यापार पनि गरेको थिइनँ ।
हामीमा जागेको र्सवर्टन चेतना, इथनिक चेतना सोचेर भयवादिय द्वन्द शुरु गरेँ । अन्तोत्वगत्वा निर्णय बन्यो र बाहिरी द्वन्दमा आयो । रुङ्रीको बयान र नदी किनारामा रुङ्रीको कवित्व डिफेन्सिप गरेको याद आयो । याद आयो रुङ्रीः समय, रुङ्रीः चेतना, रुङ्रीः जीवन, रुङ्री संस्थाको र रुङ्री साकेलाको । त्यसो त मैले किरात संस्थाहरूसित नयाँ वर्षो बारेमा र महान चाड चण्डीको बारेमा पनि विमर्श गरेको छु । जब एउटा जातिय संस्थाले आफ्नो प्रतिभाको अवमूल्यन गर्छ भने भोलि कहाँ गएर गौरव गर्ने ? एउटा लेखकलाई पछाडि राखेर विचारहरूको आन्दोलन कसले गर्ने ? एउटा लेखकलाई काम गर्न बन्देज लगाएर इतिहास र भाषा, लिपि कहाँ खोज्ने ? एउटा पहाडको पर्वमा व्यापारीहरू, नाच्ने गाउने, भेटघाट गर्ने मान्छे भएनन र आफ्नो सँस्कारको कुरा भएन भने त्यसको रुङ्री कहाँ हुन्छ ? केही जातिय र क्षेत्रिय संस्थाहरूमा परेको चेतनाको संकट आफूलाई सबर्टर्नीय चेतनशील ठान्ने संस्थाहरूमा पर्‍यो भने के हुन्छ ? यो संकट सोचेर म झन् स्तब्ध भएको छु र भैरहेको छु ।

May 25, 2008

लिम्वूवान ब्लग र म

मुन्धुम याक्थुङवा (टंक सम्वाहाम्फे)
लिम्वूवान ब्लग सञ्चालनमा आएको पनि ख्यालख्याल मै आधी वर्षपो पुग्न लागेछ । खासगरी मैले नेपालमा चलिरहेको लिम्वूवान स्वायत राज्यको माँगको आन्दोलनलाई केहि राहत पुगोस भनेर यो कामको थालनी गरेको हुँ । त्यसपछि भने लिम्वूवान ब्लगमा अनेकौँ लिम्वूवान सम्वन्धि लेख,समाचार,साथै अनेकौँ साहित्यिक थुँगाहरुले शुसोभित भएकाछन्,सम्प्रेसीत भएकाछन् । हेर्दा सजिलो जस्तो देखिने तर गर्दै जाँदा हङकङ जस्तो ब्यस्त ठाउँबाट ब्लगलाई निरन्तर सञ्चालन गर्न जटिल समयको वावजूद र प्रतिकुल परिस्थितीको सामना ब्यहोर्दै यहाँ सम्मको यात्रा तय गरीसकेको छ । कतिपय समयमा ब्लगका भिजिटर्सहरुलाई नौलो विषय वस्तु पस्कन नसक्दा निक्कै अप्ठ्यारो महशुस अवश्य नभएको होईन । तर के गर्ने मानिसलाई ब्यवहारले वाधेको हुन्छ त्यसैले त्यतातिर पनि ध्यान दिनै पर्‍यो । अनेक कुराहरु गरौँ भन्दाभन्दै पनि समयको अभाव हुन जान्छ र त्यो सोचेको काम पुरा हुदैन । त्यस परिस्थितीमा कतिपय कुराहरु साभार गरेर पनि झारो टार्ने काम गर्नु परेको छ । यसरी आन्दोलनको लागि गरीएको काम अहिले आएर अपरिहार्य जस्तो वन्न पुगेको छ किनभने लिम्वूवानको आन्दोलन अझै पनि टुङ्गीएको छैन । यस ब्लगबाट निरन्तर लिम्वूवान आन्दोलनको लागि वकालत गर्दै जाने भन्ने मनस्थितीमा वन्न पुगेको छ । ब्लगलाई मैले एउटा पक्षको लागि मात्र उपयोग नहोस भनेर ओडीयो भिडीयो समेत समावेश गरेर पाठक वर्गलाई अझ उर्जा थप्न सहयोग पुर्‍याओस भनेर त्यसको पनि जानीनजानी काम थालनी गरेको छु । प्राक्टिस् मेक प्रफेक्ट( Practice Make Perfect ) भन्ने अंग्रेजी उक्तीलाई आत्मासाथ गर्दै अगाडी वढ्ने जमर्को गरेको हुँ । लिम्वूवान ब्लगले लिम्वूवानका सम्पूर्ण कुराहरु बोक्न नसके पनि लिम्वूवान शब्दलाई हरेकको मस्तिष्क सम्म पुर्‍याउँने वा फैल्याउँने काम गरे पनि यो मैले गरेको कामले श्रेय पाउँनेछ भन्ने लागेको छ । लिम्वू हुनुको हैसियतले त्यति पनि गर्न सकिएन भने आफ्नो जातिको लागि यो विदेशको ठाउँबाट के ने पो गर्न सकिएला र ? केहि हुनु र केहि नहुनुमा धेरै फरकहरु हुन्छन् धेरै अन्तरालहरु हुन्छन् । तसर्थ हुनुले हरेक मान्छेलाई एउटा सकारात्मक गोरेटोतिर लगातार डोर्‍याउँछ । यदि छैन वा कुनै काम गर्दै गरिएन भने त्यहाँ पक्कै शुन्यता भन्दा अरु केहि हुदैन । जे भए पनि अलिकति हुनुले हालसम्ममा पाठकहरुको उपस्थिती हरेक दिन हरेक क्षण गर्राई रहेछ त्यो नै मेरो लागि खुशीको कुरा हो । म आफै यो कामको लागि पक्कै सम्पूर्णता होइन सम्पूर्णता त तपाई हामी सवैको सहभागीता र उपस्थिती हो । हिजोको परिस्थिती आज रहेन र रहदैन पनि किनभने समय वग्ने नदी जस्तै हुन्छ । हामी त्यहि नदीमा वग्दै वग्दै यहाँ सम्म आईपुगेकाछौ अथवा प्रविधीको महासागरमा पौडिन आईपुगेकाछौ । यो समयमा आएर पनि प्रविधीसंग गाँसीन सकेनौ भने हामी वर्तमान समय भन्दा पछि पर्नेछौ । किनकी आजको युगमा मान्छेको दिनचर्या देखि लिएर सम्पूर्ण क्रियाकलाप प्रविधीले डोर्‍याएकोछ । आजको समयले प्रविधीसंग गाँसीन नखोज्दा पनि प्रविधीले आफै गाँसीदिन्छ । आज पहाडको खोँचमा मकै गोड्दै गरेको मान्छेले अमेरीमा वस्ने आफन्तसंग मजाले मोवाइल फोनमा भलाकुसारी गर्छ यो सवै प्रविधीको विकासले हो । जुनवेला त्यो पहाडको खोँचमा सञ्चारको साधनमा रेडियो सम्म हुदैनथ्यो आज त्यो ठाउँलाई अत्याधुनिक प्रविधी इन्टरनेट सञ्जालले जोडी सकेकोछ । त्यसैले गाउँ आजभोलि विश्वसंग जोडिएकोछ । यहि प्रविधीलाई थोरै भए पनि सदुपयोग गर्दै मैले लिम्वूवानको आन्दोलनलाई ब्लगर्साईट मार्फत वुलन्द गर्न तम्सेको हुँ । त्यो कति वुलन्द भयो वा भएन भन्ने कुरा पाठक वर्गलाई नै थाहा हुने कुरा हो । साधारण रुपले लिम्वू र लिम्वूवानका कुराहरु यस ब्लगले जानकारी दिएकै हुनुपर्छ जस्तो लाग्छ । हाल हाम्रो देश नेपालको राजनैतिक परिदृश्य क्षण क्षण परिवर्तीत भैरहेको छ । भरै के होला ? भोलि के होला ? भन्ने आम स्वदेश तथा विदेशमा वस्ने नेपालीलाई चासो वढीरहेछ । त्यो स्वाभाविक पनि हो किनकी झण्डै २५० वर्षसम्म राजतन्त्रको जाँतोमा पिसीएका निरीह नेपाली जनताहरु एउटा उन्मुक्तीको पखेटा फैल्याउँने अवशर पाएकाछन् । हरेक जनजातिहरुले आफ्नो हक अधिकार पाउँने फस्टाउँने समय आएकोछ । त्यसको एउटा स्वरुप लिम्वूवान पनि हो । जस्ले लिम्वू तथा गैरलिम्वूहरुको थातथलो लिम्वूवानको उन्मुक्ति चाहान्छ । केन्द्रिकृत शासनलाई भत्काएर स्वायत शासनको वागडोर अव हरेक स्वायत क्षेत्रले आफै हाँक्न चाहन्छ । खासगरी लिम्वूवान राज्यले पूर्वाञ्चलका ९ वटा जिल्लाहरुको प्रतिनिधित्व गर्दछ । जहाँ लिम्वू जातिहरुको मात्र वसोवास नभएर गैरलिम्वूहरुको संख्या पनि उल्लेख्य नै छ त्यसैले अव वन्ने लिम्वूवान प्रगतिशील तथा समावेशी लिम्वूवानको आवश्यकता हो । त्यसैले अव हामी सवै लिम्वूवानवासीहरु लिम्वूवानको लागि केन्द्रित भएर हरेक क्षेत्रमा सहभागी भै अघि वढ्नु कर्तव्य तथा दायित्व वनेकोछ । लिम्वूवान ब्लगसाइटले पनि यीनै कुराहरुलाई मध्यनजर गर्दै निरन्तर तपाईहरुको सामु छाईरहने अभिष्ट लिएको छ । अवश्य सम्पूर्ण पाठक वर्गको सहयोग र सद्भाव रहने नै छ भन्ने आशा लिएको छु । आसेवारो

एमाले संसदीय दलको नेतामा महासचिव झलनाथ खनाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले संसदीय दलको नेतामा महासचिव झलनाथ खनाल र उपनेतामा संसदीय विभाग प्रमुख विष्णु पौडेल चुनिएका छन् । एमालेका तर्फाबाट संविधानसभामा चुनिएका सभासदहरूको शनिबार सिंहदरबारमा बसेको पहिलो बैठकले नेतृत्व छानेको हो । संसदीय दलको प्रमुख सचेतकमा रामचन्द्र झा छानिएका छन् । संसदीय दलको सचिव, सचेतकलगायत चयन हुन बाकी छ । खनालले ती पदाधिकारीको चयन थप छलफलपछि गरिने जानकारी सभासदहरूलाई गराए । सभासदहरूलाई सम्बोधन गर्दै उनले माओवादी र कांग्रेस दुवैसंग परिस्थिति हेरी अन्तरसंर्घष र सहकार्य हुने बताए ।

भर्तीका लागि भ्रमण

रविन गिरी
न त कुनै औपचारिक कार्यक्रम न स्वास्थ्यमा कुनै गम्भीर समस्या । तरपनि स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणि पोख्रेल गएको सोमबारदेखि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुनुहुन्छ भनी सुन्दा धेरैका लागि कौतुहल छाउनसक्छ । बाहिर भन्दा स्वास्थ्य परिक्षण भनिएतापनि पोख्रेलको अघोषित प्रतिष्ठानको यो भ्रमण प्रतिष्ठानमा रिक्त रहेको कुलसचिव पदमा राजनीतिक नियुक्तिको उद्देश्यले प्रेरित रहेको अनुमान गर्नेहरु धेरै छन् । त्यसो त प्रतिष्ठानको अस्पताल प्रशासन शाखाले पनि मन्त्री पोख्रेलले प्रतिष्ठानमा आफ्नो शरीरको कुनै परिक्षण गर्नुभएको नदेखिएको बताएर मन्त्री अर्के कामले आकस्मिक रुपमा धरान आएको अनुमानलाई पुष्टि गरेको छ । सोमबार दिउसो प्रतिष्ठानको अति विशिष्ट अतिथि गृहमा प्रवेश गर्नुभएका मन्त्री पोख्रेलले लगत्तै प्रतिष्ठानका विभिन्न विभागका प्रमुखहरुसग परिचय एवं छलफल गर्नुभएको थियो । त्यसलगत्तै आफ्ना पार्टीका स्थानिय कार्यकर्ताहरुसग पोख्रेलले लामो समयसम्म कुराकानी गर्नुभएको थियो । मंगलबार भने प्रतिष्ठानका उपकुलपति डा.पूर्णचन्द्र कर्माचार्य र उहा सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला स्वास्थ्य अस्पतालको निरिक्षणमा गएको बताईएको छ । प््रतिष्ठानको एक उच्चस्रोतका अनुसार मन्त्री पोख्रेल लामो समयदेखि उपकुलपति वाहेकको प्रतिष्ठानको महत्वपूर्ण तीन पदमा आफ्नो पार्टी जनमोर्चा नेपालको सिफारिसका व्याक्ति नियुक्त गर्ने तयारी गरिरहनुभएको थियो । तर,राजनीतिक भागवण्डामा परि ठूला दलको बलमा शिक्षाध्यक्ष र अस्पताल निर्देशक पदमा यसअघिनै डा.रुपा सिंह र डा.वीपी दास नियुक्त गरिसकेका थिए भने प्रतिष्ठानका तत्कालिन कुलसचिव जलन कुमार शर्मा कृषि विकास बैंकमा कार्यरत रहदाको आर्थिक अनियमितताको आरोपबाट अख्तियार अनुसन्धान आयोगबाट सफाई पाएर पुनःअस्पतालको कुलसचिव पदमा बहाल रहनुभएको थियो । गएको असार ३ गते कुलसचिवमा शर्माको पुनःबहालीसगै मन्त्री पोख्रेलले शर्मामाथि तत्काल राजिनामा गर्न दबाब दिनुभएको थियो । तर,शर्माले भने आफ्नो पदावधी रहुञ्जेल पदमै रहने बताउदै आउनुभएको थियो । तर,गत फागुन ३० गते काठमाडौंमा सम्पन्न प्रतिष्ठानको ३०औं सञ्चालक समितिको बैठकमा भने शर्माले कुलसचिव पदबाट राजिनामा दिनुभयो । मैले राजिनामा नदिए मन्त्री बैठकमै नआउने भनेपछि मैले राजिनामा दिएको हु,जसले आफ्नो मान्छे भर्ना गर्न उहालाई सजिलो बनाएको हुनुपर्छ,शर्माले भन्नुभयो ।प्रतिष्ठानकै उच्च स्रोतका अनुसार संविधानसभाको पहिलो बैठक बस्नु अगावै मन्त्री पोख्रेलले आफ्नो सिफारिसका कुलसचिव नियुक्त गर्ने सम्भावना छ । बैठकपछि अर्को सरकार बन्ने प्रक्रिया शुरु हुने र सबै दलले सो पदमा आफ्नो दावी गर्ने भएकाले मन्त्री पोख्रेल हतारहतार प्रतिष्ठान आएका हुन,स्रोतको भनाई छ । कुलसचिव नियुक्तबारे पार्टी कार्यकर्तासग समेत छलफल गरि उहा अपरान्ह राजधानी लाग्नुभयो,जनमोर्चा नेपालका सुनसरी जिल्ला अध्यक्ष सीपी दत्त पौडेललेसमेत भ्रमणको उद्देश्य पुष्टि गर्नुभयो । तर,कसलाई बनाउने भन्नेबारे टुंगो लागेको छैन,उहाले थप्नुभयो । पौडेलका अनुसार यहा रहदा मन्त्री पोख्रेलले पार्टीको मेची� कोशी कार्यकर्ता प्रशिक्षणको उद्घाटनमा समेत केहि समय विताउनुभएको थियो ।

May 23, 2008

नेपालको राजनिति दुर्दशा प्यालेष्टाइनको मार्गतर्फ

मोती चाम्लिड.,वानचाई हंगकंग
प्रधानमन्त्री र राष्ट्रपतिको परिकल्पना नेपाली राजनितिमा अत्यन्त महंगो सावित हुने ठोकुवा किटानीका साथ गर्ने दिन त आइसकेको छैन तर शुरुवात भैसकेको छ । अन्तरीम संबिधानले व्यवस्था गरेअनुरुप संबिधान सभाको निर्वाचन त सफल भयो नै, यसको सफलतापछि प्राविधिक र कानूनी वाधा अडचनहरु सगरमाथा झैँ चुलिएर गएको मात्र होइन भावी नेपाली राजनितिमा गन्तव्यको मुख कतातिर फर्केको छ भन्ने सवालको समेत मेसो हराए झैँ सहज अनुभुति गर्न कठिन पर्दैन । यस किसिमले हात्ती छिरेर पुच्छर अल्झीएको अवस्थामा परिस्थितिलाई सूक्ष्म विश्लेषण गरेर केहि लेख्न मन लागीरहेको छ ।
युद्धग्रस्त सामाजिक संरचनाले स्थापित गरेको मान्यताले भन्छ कि विद्रोही शक्ति निसन्देह शक्तिशाली भएरै आएको हुन्छ । यस्तो वेलामा पुराना सत्तासिन राजनिति शक्ति र उसका सहयोगीहरु निरिहताको पराकाष्टमा पिल्सिनु स्वभाविकै हुन्छ । तालमेल, बुझावुझ, या सुझबुझ भन्ने शव्दहरु नेतृत्वमा रहने वस्नेहरुको लागी सहज र कार्यकर्तापंक्तिका लागी कठिन हुन्छ । राजनिति दलहरुले बुझनै नसकेको एउटा रहस्य यहि थियो, छ र रहीरहने छ । नेतृत्वले वल गरेर पनि लागू गर्न नसक्ने पावन्दीहरुकै कारणले अवको नेपाल छताछुल्ल हुने स्थितिमा वगीरहेको जस्तो लाग्छ । जोसुकै राष्ट्रपति होउन्, चाहे गिरिजा या प्रचण्ड या त ज्ञानेन्द्र, जो भएपनि पदस्थापना गर्न र गराउन ठूलो कुरा रहेन तर कार्यकारिणि अधिकार क्षेत्रको खिचातानीमा प्रमुख दावेदार चाहिं सरकार प्रमुख प्रधानमन्त्री नरहने कुरै आउदैन । राष्ट्रपति या राष्ट्राध्यक्षमा रहने अधिकार चाहिं बिशेष भनेर यसै अन्तरीम संबिधानमा लेख्ने लेखाउने काम हुनेछ । त्यहिं बिशेषाधिकारको वलले राष्ट्रपतिले आफनो प्रभाव संकुचित पार्न चाहने छैन । किनभने अवको नेपालमा विशेषाधिकारको प्रयोग अत्याधिक हुनेछ । माने अवको परिस्थिति सवै बिशेष प्रकारका हुनेछन् । प्रधानमन्त्री र राष्ट्रपतिको अधिकार प्रयोगको हानथापले कानूनी संकटको थुप्रो लाग्दै जानेछ । राष्ट्रपति र प्रधानमन्त्री एकै राजनिति दलवाट निर्वाचित या पदस्थापित भएको खण्डमा अधिकार प्रयोगको खिचातानी या गरमागर्मी नगण्य रहला तर वेग्ला वेग्लै सिद्धान्त र राजनिति संस्कृतिको मार्गदर्शनमा हुर्केका शीखर व्यक्तित्वहरुको सम्झौताले स्थापित भएका यी दुइ भिन्न पदहरु संकटै संकटमा हुनेछन् । उदाहरणको लागी मध्यपूर्व
मा एउटा यस्तो देश छ जहां प्रधानमन्त्री र राष्ट्रपतिको टकरावले त्यहांको राजनिति दिन दुगुना, रात चौगुना अस्तवयस्त वनिसकेको छ , त्यो देशको नाम हो प्यालेष्टाइन ।
प्यालेष्टाइनले आजसम्म इजरायलसंग कहिले घोषित र कहिले अघोषित कैयौं युद्धहरु लडिरहेको छ । कुन दिन कुन रात रकेट, वम र गोलीको वर्षा भइरहने राज्य प्यालेष्टाइनको आन्तरीक राजनिति पनि कम गइगुज्रेको छैन । एउटा विगत कोटयाएर हेरे हाम्रा भावी राष्ट्रपति र प्रधानमन्त्रीले गतिलो राजनिति पाठ सिक्न सक्नुहुनेछ । प्यालेष्टाइनको एउटा इस्लामीक कट्टरपन्थी विद्रोही राजनिति दल हमास हो । जसका तर्फबाट इस्माइल हानियाले नेतृत्व गर्दै मेलमिलापको सरकारमा प्रधानमन्त्री वनेका थिए । यासेर अराफातको देहावसानपछि महामुद अव्वास पुरानो राजनिति सत्ताको नेतृत्व गर्दै राष्ट्रपति भए । विद्रोही हमासले पूरै प्यालेष्टाइनमा आफनो प्रभाव कायम गरेपछि हमासका नेता हानियालाई सत्तासाझेदारीमा लानै पर्ने परिस्थिति महामुद अव्वासलाई आइलाग्यो । सत्ता भागवण्डामा हानिया प्रधानमन्त्री भए भने अव्वास राष्ट्रपति वने । यो भागवण्डा राज्यले अनुमोदन गरेको केहि महिना वित्न नपाउदै हमास र पुराना सत्तावीचको असमझदारीले गृहकलह मच्चियो । सयौं मानिसहरु आपसि झडपमा दिनदिनै मर्न र मारिन थाले । पूरै प्यालेष्टाइन फेरि पनि भाइभाइको रगतले छयाप्पै भिज्यो । त्यहांको स्थितिमा सुधार नआएपछि साउदी अरवका वर्तमान राजा अवदुल्लाहले पयालेष्टाइनका राष्ट्रपति महामुद अव्वास र हमासे नेता इस्माइल हानियालाई मेलमिलापको निम्ति वार्तामा वस्न साउदी अरव वोलाए । वार्तास्थल तोकीएको थियो विश्वभरका मुसलमानहरुको आस्थाको केन्द्रविन्दु मक्का । मक्कामा कालो झल्लरीभित्र पवित्र वैतुल्लाह रहेको छ । जसलाई घडिको र्सुइ घुम्ने विपरीत दिशावाट सात फेरो लगाएपछि मोक्ष प्राप्त हुने आम विश्वास संसारभरका मुसलमानहरुले गर्दछन् । हो त्यहिं मककाको वैतुल्लाह साक्षी राखेर, मक्कामा कसम ख्वाएर राजा अवदुल्लाहले प्यालेष्टाइनका राष्ट्रपति र प्रधानमन्त्रीलाई आफना मुलुकमा कहिल्यै लर्डाई झगडा नगर्ने शर्तमा आन्तरीक शान्ति सम्झौताको हस्ताक्षर गराए । उनीहरुले शान्ति सम्झौता गरे, पवित्र मक्कामा सातफेरो लगाउंदै इवादद गरे । अल्लाह तआलालाई साक्षी राखि आइन्दा झगडा नगर्ने कसम खाए । यति भएपछि संसारभरका मुसलमान र गैरमुसलमान सवैले खुशी मानेका थिए कि अव प्यालेष्टाइनमा आन्तरीक शान्ति कायम हुनेछ भनेर ।
दुर्भाग्य भनौं या अहम , अव्वास र हानिया आफनो देश प्यालेष्टाइन पुगेपछि मक्कामा खाएको कसम र्सलत्तै भुले शायद, मक्काको वैतुल्लाहलाई सातफेरो घुमेको महिना नवित्दै, शान्ती सम्झौतामा हस्ताक्षर गरेको मसि सुक्न नपाउंदै ठूलो ताण्डव शुरु भयो, हमास सरकारवाट पछि हट्यो । सरकार विघटन भयो र मानिसहरु सदा झैँ आन्तरीक आपसि आक्रमण प्रत्याक्रमणवाट भकाभक मर्न र मारिन थाले । यदि राष्ट्रपति र प्रधानमन्त्री दुवै पद हमासकै हुन्थ्यो भने शक्तिको खिचातानी हुने थिएन शायद । तर अस्तित्वमा रहेको महामुद अव्वासले हमासको प्रभाव सारा प्यालेष्टाइनभर फैलिएपनि आफनो अस्तित्व खातिर राष्ट्रपतिको पदभार मरे छोडन चाहेनन् । वरु सहयोगका लागी जन्मजात शत्रु इजरायलसंग भिख माग्न गयो । संगै मक्कामा सात फेरा लाउने हमासलाई जातै शत्रुको दर्जा दिए ।
अव नेपालमा राष्ट्रपति र प्रधानमन्त्री कुनै एक दलवाटै हुन नसक्ने स्थितिमा राजनिति स्थायित्वको प्रश्न जटिल वन्दै गइरहेको छ भने आपसि समझदारीको आवश्यकता अधिक देखिएको छ । समझदारीको विश्वास भत्किएमा प्राप्त उपलव्धी दाउमा लाग्ने निश्चित छ । अनि नेपालले त्यहिं गरीव देश प्यालेष्टाइनको वाटो लाग्ने छ भन्नु र लेख्नु अत्युक्ति नहोला । अस्तु ।

May 19, 2008

किरात स्वायत्त राज्यको आवश्यकता

प्रेमराज राई
किरात स्वायत्त राज्यको आवश्यकता किरात राई यायोक्खाको स्थापना इतिहासमा उल्लेखित किरातमध्ये राई जातिको भाषा, संस्कृति, संस्कार, साहित्यको श्रीवृद्धिका निम्ति भएको हो। किरात राई जाति भन्नाले २८ भन्दा बढी भाषा बोल्ने ओल्लो किरात, माझ किरात, पल्लो किरात र देश–विदेशमा रहेका किरात राई जाति भन्ने बुझिन्छ। आज राई जाति भन्नाले जेरो, वाम्बुले, बाहिङ, तिलुङ, चाम्लिङ, थुलुङ, कुलुङ, खालिङ, लोहोरुङ, दुमी, साङपाङ, नाछिरिङ, सोताङ, नेवाहाङ, मेवाहाङ, पुमा, बुङ्लावा, बान्तावा, कोयू, आठपहरिया, लिङखिम, बेलहारे, छिन्ताङ, छिलिङ, दुङमाली, साम, याम्फु, फाङदुवाली, मुगाली आदि भाषीले आफूलाई राई जाति भनेर चिनाउँदै आएका छन्। इतिहास जेजस्तो छ, किरातहरुको पहिचान पर्याप्त छ। आदिवासी किरात भनेर आजपर्यन्त राई, लिम्बू, याक्खा र सुनुवार जातिलाई गौरव गर्दै आएका छन्। यसैगरी मकवानपुर र नुवाकोटमा रहेका देवस राईसमेत आफूलाई किरात राई जाति नै भएकोमा गर्व गरेको पाइन्छ। यसर्थ नेपालका किरात जाति यिनै हुन् जो इतिहासमा वर्णित ओल्लाकिरात, माझकिरात र पल्लोकिरात प्रदेशमा बसोबास गर्दै आएका छन्। किरात राई यायोक्खा इतिहासप्रति गर्व गर्दै किरात राई जातिको नयाँ इतिहासको रचना गर्नेतर्फ उद्धत्त रहेको छ। किरात राई यायोक्खा जातीय संस्था हो। तत्कालीन संविधान, ऐन, कानुनले दिएको दायराभित्र रहेर आफ्ना क्रियाकलापहरु जारी राख्दै आएको छ। भनिन्छ, शासकले आफ्नो राज टिकाउन जनताका भाषा, संस्कार, संस्कृतिलाई सधै दबाएर राख्छ। त्यही नियति नेपालका आदिवासी जनजातिले भोग्दै आएका छौं। र, आज यायोक्खाजस्ता दर्जनौं सामाजिक संस्थाहरु जागरुक रहँदै आएका छन्। त्यसको महासंघसमेत बनेको छ। यो २१औं शताब्दीमा यी जातीय संस्थाले भाषा, धर्म, संस्कृति, संस्कार, साहित्य आदिको मात्र कुरा गरेर सीमित गर्नु कदापि सान्दर्भिक ठहर्दैन। यहाँका आदिवासीको वास्तविक पहिचानको खोजी, प्राकृतिक स्रोत, साधनहरुमा पहुँच, मौलिकताको संरक्षण, संवर्द्धन र त्यसमा पनि राजनीतिक अधिकार सुनिश्चित नभई कुनै हालतमा पार नपाउने निश्चित छ। यसर्थमा किरात राई यायोक्खाले आफ्नो परम्परागत भूमिकालाई यथावत राख्दै थप भूमिका अघि सार्दै आएको छ, मुख्यतः २०४६ साललको राजनीतिक परिवर्तनपछि। राजनीतिक अधिकारका निम्ति राजनीतिक दलहरुको जस्तो नभई जातीय संगठनका रुपमा अघि बढ्दै आएको छ। मुलुक यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाको निर्वाचनको संघारमा छ। यज्ज्यजनआन्दोलन २०६२/६३ ले दिएको म्यान्डेटलाई लिएर राजनीतिक दलहरुले नागरिक समाजलाई सहभागी गराइरहेको अवस्था छ। यसमा आम नेपाली नागरिक निर्विकल्प रुपमा होमिदै छन्। हरेक राजनीतिक दलहरु संविधानसभाका संवाहक हुन्। यसमा ती दलहरुले भुल्न नहुने धेरै कुराहरु रहेका छन्। त्यही विषयको उठान र स्थायित्वका निम्ति किरात राई यायोक्खाले मुलुकको संघीय संरचनाको अवधारणा अघि बढाएको छ। त्यो हो– 'किरात स्वायत्त राज्य'। यो अवधारणा संघीय लोकतान्त्रिक गणतन्त्रमा मूर्तरुप दिइनु पर्ने अकाट्य अवधारणा हो। यो अवधारणा कसैप्रति विद्वेष, इर्ष्या र फुटका निम्ति होइन। जनआन्दोलन भाग– २ मा नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध रहेर किरात राई यायोक्खाले आन्दोलनको अग्रमोर्चामा रहेर निर्वाह गरेको भूमिकालाई हामीले सम्झाइरहनु पर्दैन। साढे दुई सय वर्षको सामन्ती राज्यव्यवस्था र मौलाएको शाही राजतन्त्रको समूल अन्त्य नै जनआन्दोलनको म्यान्डेट हो। त्यसमा आदिम शासक किरातहरुका निम्ति अझ अपरिहार्य विषयका रुपमा रहेको छ। यसर्थ संविधानसभाको निर्वाचनमा सम्पूर्ण किरात जातिको जुझारु र सक्रिय सहभागिता रहने कुरामा दुई मत छैन। संस्थागतरुपमा यही आह्वान पनि गर्दछौं। किरात राज्य किन? भन्ने सवाल धेरैतर्फबाट उठिरहेको छ। मुलुकको संरचना जातीय राज्यका आधारमा हुनुहुन्न भन्ने पनि छ। तर, मुलुकलाई नटुक्रिने गरी केन्द्रीय शासन प्रणालीको अन्त्य नगर्ने भने विगतकै शासन संरचना र शैली दोहोरिने छ। त्यसका निम्ति यायोक्खासित निश्चित आधारहरु छन्। ती हुन्, ऐतिहासिक आधार, सघन बसोबासका आधारमा भूगोल र प्राकृति स्रोत साधनहरु। यसको मतलब किरात राज्यभित्र अन्य जाति, भाषा, संस्कृति भएका मानिसहरुको बसोबास नरहने भनिएको होइन। मुलुक संघीय प्रणालीमा जाँदा किरात जातिको पहिचान भूगोलका आधारमै गरिनु पर्छ भन्ने हो। केन्द्रीय शासन मातहतमा रक्षा, परराष्ट्र, मुद्रा, सेना रहने र अन्य विषयलाई संघ राज्यलाई प्रदान गरिनु पर्छ। अर्कोतर्फ, किरात राज्यभित्र लिम्बुवान र खम्बुवान भनेर दुई टुक्रा गरी राजनीतिक विभाजनको माग भइरहेको छ। यसमा यायोक्खा के भन्न चाहन्छ भने किरातहरु एक भएर रहनु पर्छ। टुक्राउने हो भने याक्खा, सुनुवारलगायत अन्य आफूलाई किरात भनेर चिनाउने जाति, समुदायलाई कुन कित्तामा समेटिएला? जो अल्पसंख्यक छन्, उनीहरुको अस्तित्व संकटमा पर्ने छ। यसका निम्ति किरात राज्य एकमात्र उपाय हो। नयाँ नेपाल निर्माणमा किरात राज्य अनिवार्य आवश्यकता हो। यदि यस विषयलाई राजनीतिक दल र त्यसका संवाहकहरुले बेवास्ता गर्ने हो भने त्यसले कालान्तरमा विद्रोहको रुप लिन सक्नेछ।

May 9, 2008

लिम्वुवान राज्य सम्वन्धी दस्तावेज

प्रस्तोताः- लिम्वुवान राष्ट्रिय मोर्चा

लिम्वुवानको ऐतिहासिक पृष्ठभूमि
लिम्वुवानको इतिहास पुरानो छ । विभिन्न इतिहासकारहरुको अनुसार यो लिम्वुवान क्षेत्रको वर्णन विभिन्न प्राचिन पुस्तकहरुमा पनि पाईन्छ । तत्कालिन अवस्थामा यो क्षेत्रको प्रमुख राजाहरुमा पर्वते, मयलकेतु, हर्वाहाङ, साम्योकहाङ, कुदुङजापा आदि थिए । पर्वते र मयलकेतुहरुको सम्वन्ध तत्कालिन भारतको सन ३१७ तिरका चन्द्र गुप्त तथा चाणक्यहरुसंग आउछ ।
इतिहासकार इमानसिंह चेम्जोङ्गको अनुसार लिम्वुवान छैटौ शताव्दीमा तत्कालिन आठ राजाहरुसंग विशाल आन्दोलन अर्थात युद्ध पश्चात स्थापना भएको हो । यसको स्थापना भए पछि दश सरदारहरुको नेतृत्वमा उनीहरुले ओगेटेको भूमिलाई १० भागमा विभाजन गरी संघीय गणतान्त्रिक पद्धती अनुरुप राज्य गरेका थिए ।
ती दश थुम तथा राजाहरु निम्न रहेका थिए ।

थुम राजा
(१) तम्वर साम्लुप्ली साम्वाहाङ
(२) मेवा सिसिङेगन सेरिङहाङ
(३) याङवरक थिन्दोलुङ खोक्याहाङ
(४) आठर्राई थक्थक्सो आङ्वोहाङ
(५) फेदेन(पान्थर) येङासो पापोहाङ
(६) इलाम (फाक्फोक) मुङताई ची इमेहाङ
(७) फेदाप सेङसेङगुम फेदापहाङ
(८) ताक्लुङयक (छथर) ताक्लुङ खेवाहाङ
(९) चौविस सोईयाक लादोहाङ
(१०) थलायक (तेह्रथुम) ताप्पेसु पेरुहाङ

इतिहाकार प्रेम वहादुर मावोहाङको अनुसार वि.सं. ५५ सालमा जनताहरुद्वारा लिम्वुवान स्थापना भयो । लिम्वुवान स्थापना हुंदा लिम्वुवानलाई १० थुम (भाग) हरुमा विभाजन गरियो । यो १० थुम तथा राजाहरु निम्न रहेका थिएः

थुम राजा

(१) तम्वर साम्वा स्रेङहाङ
(२) मेवा सिसिङ्गेन
(३) याङरुप लिन्सेहाङ
(४) पोमाजुङ(आठर्राई) आक्लुफ
(५) फेदेन पापोहाङ
(६) र्इलाम लोलिमहाङ
(७) फेदाप फेयोहाङ
(८) ताक्लुनदेन(छथर) खेवोहाङ
(९) मिकलुक (चौविस) वोहाङ
(१०) चेनलुङ यक(संखुवासभा) माई इङहाङ

यो दश लिम्वुवानमा शासन व्यवस्था सुव्यस्थित र लोकतान्त्रिक होस भनेर सयमक्रममा निम्न सात थुमहरु पून छुट्टाइएको देखिन्छ ।
(१) यासोक (२) संखुवा (३) सभाया (४) जल्लारा (५) मझिया (६) खपन (७) माईवा
यो दश राजाहरुले लिम्वुवान भित्र राज्य गर्न एक नियम वनाएका थिए । यसलाई "दश लिम्वुवान" अर्थात "सत्र थुम दश लिम्वुवानको निती" भनिथ्यो । यद्दपी यो शव्द तथा नियम लिम्वुवानमा प्रचलित छ । यो भनेको हाल "नेपालको प्रचलित कानुन वमोजिम" भनेझैं हो ।
यसरी लिम्वुवान स्थापना हुदा त्यो भूमिको आफ्नै सिमाक्षेत्र थियो । तत्कालिन सिमा अनुसार पूर्वमा टिष्टा नदी र (हाल सिक्किम) पश्चिममा सिस्वा संखुवा अरुण हुदै सप्तकोशी, उत्तरमा तिब्वत र दक्षिण जलालगढ पर्दथ्यो ।

क) नेपालको मानचित्रमा वर्तमान लिम्वुवानको नक्शा(रेखा अंकित भाग)



ख) प्राचिन लिम्वुवानको नक्शा


यो भूमि मध्ये सन् १८१५ मा भएको सुगौली सन्धीले दक्षिणको जोगवनी देखि जलालगढसम्मको ६२ कि.मि. र दार्जिलिङ कालिङपोङ क्षेत्र भारतमा पर्न गयो भने सिङलीला पहाड पूर्व टिष्टा सम्मको भूभाग व्रिटिश इण्डियाले सिक्किमलाई दिएकोले उक्त भूमि सिक्किममा पर्न गयो । तत् पश्चात लिम्वुवानको सिमा पूर्वमा मेची पश्चिममा ऐजन, उत्तर ऐजन दक्षिण हाल भारतसम्म रहन पुग्यो । यो सुगौली सन्धी लिम्वुवान स्वतन्त्र राज्यसंग नभै वि.सं. १८३१ को लालमोहर सन्धी पश्चातको नेपालसंग भएको थियो ।
लिम्वुवान भुमि संघीय लोकतान्त्रिक पद्धती अनुरुप सञ्चालन हुने क्रममा सोह्रौं शताव्दीतिर मोरङ राज्यमा लिम्वु साक्वादेन (सावदेन) वंशीय साङलाईङ भन्ने राजा थिए । उनी इतिहास अनुसार कुदुङजापाको दरसन्तान थिए । उनले मोरङ राज्यलाई सुदृढ गरे । उनको सन्तती विजयनारायणले मोरङको उत्तरी क्षेत्रको पहाडको समथल डांडामा दरवार वनाएर राज्य गरे । त्यो दरवार क्षेत्रलाई पछाडि उनकै नामवाट विजयपुर भनियो । जुन अहिले सुनसरी जिल्लाको धरान नगरपालिकामा पर्दछ ।
सन् १६०९ तिर विजयपुरमा लोहाङसेन भन्ने राजा भए । त्यस्तै वाजाहाङ, विद्याचन्द्र लिम्वुहरु पनि राजा भए । वि.सं. १८२५ तिर वुद्धिकर्ण राय लिम्वु राजा भए । उक्त समयान्तरमा अथिङहाङ लिम्वु पनि राजा भए । विजयपुर दरवारलाई भताभुङगे राजाको लथालिङगे दरवार भनेर पनि नेपालको इतिहासमा भनिएको पाईन्छ ।

तत्कालिन दलाई लामाले विद्याचन्द्र लिम्वु राजालाई दिएको लालमोहरः

राङ शाप शु ख्येयेइ शेरक्या छिरक्या छियदाङ लयेहाङका लेनजोङ पेन माकपेन कुच्छाप डिम्डुल हाकवर चोङरिक त्येमे गोपुनेङे गो ग्युर । फेदा पसा बाजा हाङ दिपा फास्युल फुज्याक कोज्याक छयेसी ।। थेना खोराङगी फाज्यो द्वि कि थोप खुङ ।। नुहाङमा भागा सुम लाङ फेल दुन च्यै झयाक्ने फेन्डा छेचना मिथु थाक छयोला छेलु सो सोने ङे पागी ।
मेदुक दावा १० छे १३ लाठी ।
-स्रोतःसंक्षिप्त नेपाल इतिहास-प्रेम वहादुर मावोहाङ लिम्वु र भुपेन्द्रनाथ शर्मा ढुंगेल)

अनुवाद
मेरा राज्यभरका लामा रैती म्याजिस्ट्रेट गभर्नर क्याप्टन पोलिटिकल एजेण्ड जजर यीनीहरु वाहेक उत्तर दक्षिणका लिम्वु वंशका हाकिम रैती धनी गरिव ग्रह्रके मालुम
उप्रान्त फेदाप देशका राजा बाजाहाङ आफ्नो राज्यभार सव उनका पुत्रलाई जिम्मा लाइकन स्वर्ग भएको छ । यो फेदाप देश वाहेक नुहाङमा भागा सुभ अरु सात तर्राई फैलिएको देशहरु अगि उनीहरुका पिता पूर्खादेखि खाई चर्ची ल्याएको हो ।
तसर्थ उपरोक्त जागिरे ढाक्रे लामा गैह्रले आफ्नो आफ्नो मनमा यो मित्र राज्य सम्झी व्यवहार गर्नु । यदि तिमीहरुले यस कुरालाई उल्लंघन गरे छौ भने यो मनमा सम्झी राख्नु कि म कुनै प्रकारले औ कहिल्यै पनि तिमीहरुपट्टी लाग्ने छैन । आगो वज्रको साल १० महिना १३ तारिख ।

एक समयमा लिम्वुवानलाई फेदाप पनि भनिन्थ्यो र यो सात तर्राई या तराइको ठूलो भाग पर्दथ्यो । अर्थात हालको झापा, मोरङ, सुनसरी तथा सप्तरी, सिराह, धनुषा पर्दथ्यो । त्यस्तै तिव्वतीहरुले लिम्वुहरुलाई चोङ भनेर सम्वोधन गर्ने चलन छ । वि.सं. १८३१ तिर लिम्वुवानको पश्चिमी क्षेत्रवाट गोर्खा राज्य शक्तिमा उदाई राज्य विस्तार गर्दै पूर्व लिम्वुवानसम्म आईपुग्यो । यसरी लिम्वुवानमा आईपुग्दा गोर्खा लिम्वुवान विच घमासान युद्ध भयो । युद्ध लिम्वुवानको पश्चिम सिमाना चतरा, अरुण सभाया दोभानमा भयो । गोर्खा लिम्वुवान युद्ध १७ पटकसम्म भयो । यसरी १७ पटकको युद्धमा पटकै पिच्छे गोर्खा लिम्वुवानसंग पराजित भयो । तर्सथ गोर्खाले मगर सैनिक कमाण्डरहरुलाई अगाडि वढाउदै लैजादा वैशावली अनुसार मगर र लिम्वुहरु इतिहासमा दाजुभाई भएको पाईयो । यसरी दाजुभाई भएको पाउदा यही जाल फालेर गोर्खाले लिम्वूवानका शासक लिम्वुहरुलाई दाजुभाईको सम्वन्ध गांसी गोर्खाको सहराज्यमा रहन सहमती गराइ वि.सं. १८३१ श्रावण २२ मा लालमोहर सम्भौता गरियो । त्यहादेखि लिम्वुवान गोर्खा - नेपालको सह-राज्य भयो ।

लालमोहरमा यस्तो लेखिएको छः
स्वस्ति श्री गिरीराज चंक्रचुडामुनि नर नरयेनी त्यादि विविध विरुदावली विराजमान मंमत्त श्री मंमाहाराजधिराज श्री श्री श्री माहाराज्ये पृथ्वीणारायेनी साहा बाहादुर श्यामसेरजंङ्ग देवानाम समर विजयेनाम । स्वास्ति श्री आगे राजभोरको सामर्थ श्री श्री सुंन राई, श्री कुंम राई, श्री जंङ राई अरु सबै गैह्रा लिम्वु राईके पूर्ण मोहरका पत्रम येथोचित उप्रान्त मिल मिलंमतंम ञाहाको लागि ताहालाई कुल चाहियो मेरो धर्म मंन भलो छ तिमीहरु हिजु पनि पिछा बक्स्येका हौं । तिम्रा मुलुक हाम्रा प्रतापले तिमी तुंतु तुंम्याहां यांहां संन्तान हयौ । त्यो मुलुक हाम्रो भया तापनि तिमीहरु हाम्रै छौ । तिंम्रा जहाणको पिछा हामीले लिञ्यूं जजस्को ज्येज्ये तंम्रा खैन पैन र लुंबांगढ सिंबांगढ असुधलाई सब खतवात सभासुध गरी खानामा हिजुको तिम्रा मुलुकभित्रको सबै थामी बक्सौ । तिमीहरु हांम्रा भारदारसंग सामेल रहौ र मद्दत सघाइ हिजु आपै आप आपुंगी बसी आये बमोजिम त्यो मुलुक संभार गरी जिमी भूमि रहंज्याल तिंम्रा शाखा संन्तांनतंक्क भोग गर अरु नौलाख र येकपटि हौना क्ये अर्थले भने अरु राजा मासिने हुदा तिमीहरु राजा नै भन्ये नमासिने हौ यो तिमीहरुको नीति हामीले जानेको छ तर कुराको विस्तार तिंम्रा नाभीमा बसेकोले तिंनले गर्यो सुख्मिंको र हाम्रो घर नभयाको हो हाम्रो भलो मानिस र चौधरीले बोल कुरा गरी गयेको छ । उनैबाट कुराको विस्तार बुझाउला मिली तिमीहरुको आपै आप आपुंगी खैन पैन माथि लेखेबमोजिम जिमीं भूमि जानी चलंन गरी खानु हामीले खोसी मांस्ये मानी पूजी ल्यायेको देवताले हाम्रो राजकाज भंङ नासोस् भन्या ताम्व्रा पत्र वाचाको तसलि मुलुकि लालमोहर वाधी माथि लेखिन्ये लिम्वु कुल भाइलाई दिञ्यूं इति सम्वत १८३१ साल मिति श्रावण सुदि २२ रोज २ वार मुकांम कान्तिपुर राजधनी सुभये स्वम ..........।

यो लालमोहरमा सम्झौता गर्ने प्रतिनिधिहरु गोर्खाको तर्फवाट अभिमानसिंह वस्नेत, पारथ भण्डारी, किर्तीसिं खवास र वली वानीया थिए र लिम्वुवानको तर्फवाट श्री श्री सुन राई, कुम राई र श्रीजंग राई थिए । यी राई लेखिनेहरु सवै लिम्वु थिए । राजाको समानार्थी राई भन्ने प्रचलन भएकोले र्राई उल्लेख गरिएको थियो । सोही लालमोहर मुताविक लिम्वुवानले गोर्खाको सहराज्यको रुपमा रहन गएको हो । यो क्रम केही समय रहदै विषेश गरेर राणाकाल वि.सं. १९०३ देखि लिम्वुवानको अधिकार पनि निरंकुशतासंगै तोड्न शुरु गरियो । क्रमश वि.सं.२०१७ मा निरंकुश पञ्चायती व्यवस्थाको प्रादूर्भाव गर्ने राजा महेन्द्रले वि.सं.२०२१ सालमा भूमिसुधार लागु गरी लिम्वुवानको भूमिमाथिको अधिकार पनि एकतर्फी ढंगले तोडे । महेन्द्र अर्थात पञ्चायत सरकारको उक्त कार्यको घोर विरोध र आन्दोलन लिम्वुवानमा भयो । तर सैनिकको आडमा धेरै लिम्वुवानवादीहरु कतिलाई मारियो । कतिलाई पलायन पारियो । यद्दपी लिम्वुवानले आफनो आन्दोलन जारीनै राख्यो । उसले वि.सं.२००७ मा कांग्रेससंग मिलेर आन्दोलन गरयो । वि.सं.२०४६ विभिन्न पार्टीको तर्फवाट सहयोग गर्दै केन्द्रीय राज्य सक्ता विरुद्धमा आन्दोलनमा होमियो । वि.सं. २०६३ सालमा आफ्नै छुट्टै संगठन स्थापित गराएर आन्दोलनमा सरिक भएको यथार्थ रहेको छ ।
यसर्थ लिम्वुवान र गोर्खाको दुइ पक्ष विच भएको वि.सं. १८३१ मा भएको लालमोहर सन्धी वि.सं. २०२१ मा एकतर्फी टुटेकोमा उक्त लिम्वुवान भूमि स्वतन्त्र राष्ट्र वन्न सक्ने आधार रहेको छ । यद्दपी लिम्वुवानले आफुलाई नेपालभित्रको स्वायत्त राज्यमा रहन चाहन्छ ।
माथि उल्लेखित पृष्ठभूमि यीनै हुन् । यसको आधारमा लिम्वुवान राज्य स्थापना हुनुपर्दछ ।

लिम्वुवानको आदिवासी भूमिपुत्र "लिम्वु"
लिम्वुवानको आदिवासी भूमिपुत्र या आदिवासी मूलवासीहरु भनेको लिम्वुहरु हुन् । यो कुरा इतिहास तथा मुन्धुमलाई वुझ्दा हुन्छ । यीनीहरु अन्यत्रवाट आगमन भएको पाईदैन । टिकाम्धोज ताप्मादेन र भूवनचन्द्र पताङवाको "किरात इतिहास र लिम्वु वंशावली संग्रह" अनुसार यो जाति फक्ताङलुङ आसपासमा सृष्टि भएका हुन् र यही क्षेत्रवाट फैलिएका हुन् । याख्खा, आठपहरेहरु र लिम्वुहरु सगोत्री मानिन्छन् । तर समय क्रममा यी दुवै याख्खा, आठपहरेहरुले आफुलाई अलग जाति हौं भन्ने गर्दछन् । तर लिम्वुहरुको मुन्धुम तथा वंशावलीले यीनीहरुलाई सगोत्रीनै जनाउछ । अर्थात लिम्वु पूर्खा हाङसेम्वाको सन्तान याख्खाहरु मानिन्छ । हाङसेम्वा र हाङयुङवा दाजुभाई मानिन्छन् । हाङयुङवाको सन्तानहरु फागो लिम्वुहरु हुन् । उनीहरु माईवा थुम अन्तर्गत वसोवास गर्दछन् । अर्थात हाल उनीहरु ताप्लेजुङ र संखुवासभामा वसोवास गर्दछन् ।

गैह्र लिम्वुवानवासी
लिम्वुवान विषेश गरेर लिम्वु जातिको आदिभूमि हो र यो भूमिमा यीनीहरुले राज्य कायम गरी शासन गरेतापनि वि.सं १८३१ को गोर्खा र लिम्वुवानविचको लालमोहर सन्धी पछि लिम्वुवानमा गोर्खाको तर्फवाट धेरै संख्यामा वसाई गराउने कार्य भयो । त्यसकारण लिम्वुवानमा लिम्वुजातिको जनसंख्या भन्दा गैह्र लिम्वुहरुको वसोवास वढेर गयो । लिम्वुजातिको जनसंख्या कम भए पनि त्यो सम्पूर्ण लिम्वुवान हो ।
यस्तै अन्य उदाहरण दिनुपर्दा अमेरिकी महादेश रेड इण्डियनहरुको हो । अर्थात उत्तर अमेरिकाको कुरा गरौं त्यो भूमि रेड इण्डियनहरुको हो । तर त्यहा रेड इण्डियनको संख्या अति नगन्य छ आप्रवासीहरुको अगाडि । लिम्वुवानमा लिम्वुहरुको स्थिती त्यस्तो नभएतापनि लिम्वु जाति भन्दा गैह्र जातिहरुको संख्या वढी छ । इतिहास अनुसार लिम्वुवानमा वसोवास गर्ने जातिहरुमा पहाडमा वसोवास गर्नेहरुमा वाहनु क्षेत्री तथा दलित (खसान क्षेत्र तथा भारतको कुमाउ र गढवाल क्षेत्र), गुरुङ (तमुवान), मगर (मगरात), राई (खम्वुवान), नेवार (नेवाल्याण्ड), तामाङ (ताम्वासालिङ), लेप्चा (सिक्किम), शेर्पा,भोटे, भुटिया(तिव्वत) वाट लिम्वुवानमा प्रवेश भएका हुन् । त्यस्तै तराईमा वसोवास गर्नेहरु राजवंशी, मेचे, कोचे, धिमाल (आसाम), ताजपुरीया (तेजपुर), थारु (थारुवान) भोजपुरी, अवधी, मुसलमान (विहार तथा उत्तर प्रदेश) वाट प्रवेश भएका हुन् । यी जाति वाहेक अन्य जाति जो गैह्र लिम्वुहरु छन् उनीहरु सवै दा“यावा“यावाट प्रवेश भएका हुन् । यद्दपी लिम्वुवानमा वसोवास गर्नेहरु सवै लिम्वुवानवासी हुन् । उनीहरु सवै भएर लिम्वुवानको स्थापना गरिनुपर्छ भने तत्पश्चात लिम्वुवानको माटोलाई आफ्नै भूमिको रुपमा माया गरेर कार्य गर्नुपर्दछ ।
वि.सं. १८३१ को समयमा लिम्वुवान तराई प्रदेशको स्थिती
लिम्वुवानको तराई प्रदेश भन्नाले हालको झापा, मोरङ र सुनसरी नेपालको जिल्लाहरु पर्दछन् । वि.सं. १८३१ को समयमा लिम्वुवानको यो तराई प्रदेशमा घना जंगल भएको देखिन्छ । इतिहास अनुसार उत्त क्षेत्रको विजयपुर, इनरुवा, मोरङ, रंगेली क्षेत्रमा मात्र सामान्य वसोवास थियो । विजयपुर लिम्वु राजा विजयनारायणको नामवाट राखिएको कुरा इतिहासले दर्शाई रहेको छ । धरानको निर्माण साठी सत्तरी वर्षअघिवाट भएतापनि आधुनिक धरानको इतिहास विस वर्षलामो छैन । त्यस्तै तर्राईमा वसोवासको क्रम भनेको वि.सं.२०२० तथा वि.सं. २०३० देखि मात्र झोडा फडानी गरेर भएको हो । इतिहासदेखि वि.सं १८३१ सम्मको इतिहासलाई हेर्दा त्यहा कुनै लिम्वुवान अर्थात विजयपुर, मोरङ वाहेकको अन्य राज्यको अस्तित्व देखिदैन । वि.सं १८३० र ३१ तिरको लिम्वुवानको उक्त क्षेत्रको युद्धमा गोर्खाको लिम्वुवान वाहेकसंगको युद्धको इतिहास पाईदैन । त्यस्तै पृथ्वीनारायणसंग सम्झौता गरिदा लिम्वु वाहेककासंग सम्झौता गरेको पाईदैन । विभिन्न लालमोहर अनुसार लिम्वुवानको सुभा वुद्धिकर्ण शक्तिशाली छ रे उसलाई पराजित गरे उक्त क्षेत्र सजिलै हात पार्न सकिन्छ रे भन्ने उक्ति गोर्खामा पुगेको उल्लेख छ । जुन सुभा वुद्धिकर्णको मातहतमा झापा, मोरङ र सुनसरी हुदै दक्षिण जलालगढसममको भूमि रहेको थियो । मुन्धुमलाई अध्ययन गर्दा के पाईन्छ भने मुन्धुम लिम्वुवान भित्रवाट उठी दिगर्चा हुदै हाल भारतको गंगा नदी सम्म पनि पुग्दछ । यसवाट के वुझिन्छ भने उत्तर हिमालय देखि दक्षिणमा गंगा नदिसम्म र पूर्वमा टिस्टा र पश्चिममा अरुण नदी प्रभावित क्षेत्रभित्रको भूभाग लिम्वुवान थियो । सन् १८१५ को सुगौली सन्धी पश्चात मेची पूर्व टिस्टासम्मको भूभाग सिक्किममा र दक्षिणको जोगवनी देखि जलालगढ विचको भूभाग भारतमा गाभिएको थियो । जलालगढदेखि गंगासम्मको भूभाग इतिहासमानै लिम्वुवान वाहेक भएको देखिन्छ ।

मुन्धुम तथा इतिहासमा वणिर्त स्थानहरु

येच्चिरी येत्वादो (कोशी) - यसलाई मूख्य गरेर येच्चिरी येत्वादो भनिन्छ । अर्थात आठ नदीहरुको संगम स्थल । यहा आठ नदीहरु रहेका छन् । नेपालीमा सप्तकोशी भन्ने गरिन्छ ।
कोशी - कोआसिरे कोशी भएको हो । यसको अर्थ मरिन्छ है भन्ने हुन्छ ।
वराहक्षेत्र - मुन्धुममा पाराकोकामाङ भनिन्छ । जहा छथरमा प्रकट भएको सुगुर वराहक्षेत्रमा पुगेर अवतरित भएको मानिन्छ । वराह क्षेत्रलाई सोमाङ गढ पनि भन्ने गरिन्छ । अर्थात लिम्वुहरुको एक ऐतिहासिक राज्य क्षेत्र ।
इनरुवा - इनारुवा अर्थात घुम्दाघुम्दा मन नपरेर छोडिएको ठाउ ।
मोरङ - मुरेहाङ राजाको राज्य क्षेत्र वा राजधानी मुरेहाङ हुंदै मोरङ भएको हो ।
जापा(झापा)- कुदुङजापा राजाको राज्य क्षेत्र जापा हुदै अपभ्रंश हुदै झापा भएको हो । इतिहासमा कुदुङजापा झापा क्षेत्रको प्रख्यात राजा थिए ।
विजयपुर - लिम्वुराजा विजयनारायणको नामवाट विजयपुर भएको हो । विजयपुरको अर्को नाम हाङफुक्ला हो ।
तेनुवा - तेनुवा अर्थात राम्रो मैदानी स्थान । यो सप्तरी जिल्लामा पर्दछ ।
नालान्दा - यो विहारको दक्षिणी भागमा पर्दछ । यसको लिम्वु भाषामा अर्थ पर निस्कने ठाउ हो ।
यी क्षेत्रहरुलाई प्राचिन कालमा सात तराई भनिन्थ्यो । यी ऐतिहासिक तथ्यहरुले पनि लिम्वुवानको अस्तित्व भएको देखिन्छ ।

लिम्वुवानले सैनिकको रुपमा केन्द्रीय सरकारलाई गरेको सहयोग
लिम्वुवानले केन्द्रीय सरकारलाई सैनिकको रुपमा आफ्नै राशन खाएर सिरीजंग पल्टनमा रहेर सहयोग गरेका थिए । उनीहरुले अंग्रेज र तिव्वतसंगको युद्धमा विरतापूर्वक लडेर नेपालको अस्तित्व वचाएका थिए । यसरी राशनको लागि दश थुमले आआफ्नो तर्फवाट निम्न खेतहरु चढाएका थिए
(१) तम्वर थुमले सिङजङ लुङजङ खेत (२) याङरुपले श्री नागी खेत (३) आठर्राईले प्यांगे हिङदेवा खेत (४) पाचथरले डिहीटार खेत (५) फेदापले ढोरे विमिरे तिलिङटार खेत (६) छथरले फकुवा थपुवा लुभु दोभान खेत (७) चौविसले छरुवा घुमाउने खेत (८) संखुवासभाले लामी वगर खेत (९) मेवा (१०) इलाम......
त्यस्तै थुम अन्तर्गतका अन्य सुव्वाहरुले पनि खेतहरु चढाएको पाईन्छ भने कतिपयले रकम वुझाएको पाईन्छ ।

सुव्वाङ्गी अधिकार
वि.सं. १८४१ देखि सुव्वाको प्रसंगहरु व्यापक चलेको थियो । हुनत सुभा भनेर लिम्वुवानको प्रमुखहरुलाई वि.सं.१८३१ अगाडि अर्थात पृथ्वीनारायण शाहको पाला अगाडि देखिनै भनिन्थ्यो । यद्दपी वि.सं १८४१ देखि सुव्वाहरुले आफ्नो मुलुकको शासन सञ्चालनको लागि अधिकार प्रदान गर्ने कार्य भएको देखिन्छ । वि.सं. १८८४ सालको रुक्का अनुसार वि.सं.१८९१ मा "राई गीरी" सुव्वाङ्गी अधिकार लिम्वुवानमा प्रत्याभूत गरिएको थियो । त्यस्तै वि.सं १९२५ देखि सुव्वा हुने अधिकार केन्द्रीय सरकारले प्रत्याभूत गरिएको थियो । वि.सं. १९३७ मा राई गिरी सुव्वा हुने अधिकार लागु गरियो ।
लालमोहर नविकरण नेपाल केन्द्रीय सरकारमा राजा तथा शासनसत्ता जसको हातमा भएतापनि नविकरण गर्ने कार्य निरंकुश राणा शासक जंगवहादुरको तर्फवाट हुदै वि.सं.२०१७ साल महेन्द्र राजाको समयसम्म भएको थियो । महेन्द्र राजाले वि.सं.२०२१ मा भूमिसुधार लागु गरि लिम्वुवानको किपट अधिकार एकतर्फी ढंगले उन्मूलन गर्ने कार्य गरेका हुन् । यही समयदेखि लिम्वुवानको स्वायत्त अधिकार समाप्त गरिएकोले लिम्वुवानले स्वायत्त अधिकार पून प्राप्तीमा आन्दोलन गरिरहेको हो । यद्दपी समान्य स्वायत्तको अधिकार वि.सं.२०४६ वहुदलको आगमन सम्म कायम रहेको थियो ।

केही लालमोहरहरुः

१) सुव्वाङ्गी सम्वन्धी लालमोहरहरु

क) स्वस्ती श्री मन महाराजधिराज कस्य रुक्का........
आगे जसपाल के ८४ साल छाउनी जांचमा मेरा नाउ राई भनी लेखियेको छ । आज्ञा वमोजिम तपसिलको खेत चर्ढाई मैले पनि सुव्वाङ्गी पाउने हुं भनी काजी नरसिङ मार्फत हाम्रा हजुरमा विन्ती गरी पठाउदा जाहेर भयो ९१ सालदेखि सुव्वाङ्गी गरिवक्स्यौ ८४ साल छाउनी जांजका थिती ठेगको लालमोहरमा दामकाम गर्नु तपसिल वमोजिमको खेतको ठेग मोहर रुपैया ३० सालवसाल कम्पुमा वुझाउनु तेरा पिता पूर्खादेखि खाई चर्ची आयेको घर घडेरी वारी स्वांरा तित्या महभिर खर्क समेत खानु १० लिम्वुले तिरेको रीत गरी आफ्ना खातिरजामासंग रस्ती चलाई वस्ती वर्साई हाम्रो निमकको सोझो चिताई जिमी जग्गा सुव्वाङ्गी भोग्य गर................।

तपसिल
आसामी खेत ठेग रुपैया
आरुवाच्या- ३० के १५-
तिनावुङ- २० के १०
सोल्मा दोभान- १० के ५
इति सम्वत १८९१ साल मिती भाद्र सुदी ६ रोज ३ शुभम......।
मार्फत रनजोर थापा
मार्फत भीमसेन थापा
मार्फत रनध्वज शाह
मार्फत कुलमानसिंह वस्नेत
-स्रोतः-सिरीजंगा विविध सांस्कृतिक साहित्यिक पाचौं विषेशांकवाट साभार)

ख) स्वस्ती श्री मन महाराजधिराज कस्य रुक्का........
आगे तमरखोला भर्तमान के ८४ साल छाउनी जांचमा मेरा नाउ राई भनी लेखियेको छ । आज्ञावमोजिम तपसिलको खेत चढाई मैले पनि राइगीरी पाउन्या हुं भनी काजी नरसिं थापा मार्फत हाम्रा हजुरमा विन्ती गरी पठाउदा जाहेर भयो ९१ सालदेखि राई गीरी गरिवक्स्यौ ८४ साल छाउनी जांजका थिती ठेगको लालमोहरमा दामकाम गर्नु तपसिल वमोजिमको खेतको ठेग मोहर रुपैया १५ सालवसाल कम्पुमा वुझाउनु तेरा पिता पूर्खादेखि खाई चर्ची आयेको घर घडेरी वारी स्वांरा तित्या महभिर खर्क समेत खानु १० लिम्वुले तिरेको रीत गरी आफ्ना खातिरजामासंग रस्ती चलाई वस्ती वसाई हाम्रो निमकको सोझो चिताई जिमी जग्गा राइगीरी जानी भोग्य गर................।

तपसिल
आसामी खेत ठेग रुपैया
सालवोट्या मुरी - १५ के ७।।
एै. जामुन्या मुरी - १५ ७ ।।
इति सम्वत १८९१ साल मिती कार्तिक वदी ३ रोज २ शुभम......

मार्फत दलवन्जन पाण्डे
मार्फत फत्यजंग शाह
मार्फत भीमसेन थापा
मार्फत उमाकान्त पाध्या
माफत रणध्वोज थापा
-स्रोतः- (फुरुम्वो, पालुङवाहरुको पहिचान र वंशावली)

माथि उल्लेखित दुवै लालमोहरमा रस्ती चलाई वस्ती वसाइ....भनिएको छ । यसवाट गैह्र लिम्वुहरुको लिम्वुवानमा जति सुव्वा भए उती धेरै रैतिहरु राख्नु पर्ने भएकोले अन्य जातिहरुको वसोवास वृहत्तर भएको देखिन्छ ।

२) स्वस्ती श्री गिरीरा जचक्र चुडामणी नरनारायणेत्यादी विविध विरुदावली विराजमान मानौन्नत श्रीमन महाराजधिराज श्री महाराजधिराज पृथ्वीनारायण शाह वहादुर शमशेर जङ देवानाम सदा समर विजयीनाम.......................।
लिम्वुवान उललेख भएको लालमोहरः
स्वस्ती श्री सर्वोपमायोग्येत्यादि राजभार सामर्थ श्री नन्द राय, श्री जमुना राय, गैह्र लिम्वु रायके आशिष यहा कुशल तहा कुशल चाहिये । आगे यहाको समाचार भलो छ । उप्रान्त तिमीहरु त्यस देशका भलो मानिस हौ । तिमीहरुले हिजो पनि पसेन थियौ । आज पनि नासमा पसेनौ भनी हामीले सोही वुझिकन तिमीहरुलाई पिछाको गोहर पनि वक्सिपठायौ । वत लिम्वुवान छ लिम्वुवानलाई पिछा लेउ भनी भारदारहरुलाई अह्राइ पठायौं । आज तिमीहरुलाई पिछा लियाको छ । अर्को तरह नमान । तिमीहरुलाई सुन चुरा सिर पाउ पनि वकस्यौला । ताहा हाम्रा भारदारहरका संमेतले मुलुकको सर सम्भार पनि गर । तमरमा सांघु पनि हाल ति म्रा खाइन पाईन मर मरोत परया सवै थामीवक्स्याको छ । अनफ्नो खातिरजामासित जगा समर गर । इति सम्वत १८३१ साल तिमी भाद्र वदी ५ रोज ५ मोकाम कान्तिपुर राजधानी शुभम्................।

३) स्वस्ती श्री मन महाराजधिराज कस्य रुक्का.....
आगे अरुणपूर्व मेची पश्चिम भर लिम्वुवानका सुव्वा गैह्र जुन ४३ सालदेखि ६१ सालसम्मद शैंमा सुव्वाहरुलाई रांगा काट्नमा टंटा लागेको थिएन ६२ सालम हेमकर्ण थापा सुव्वा भै आउदा तिमीहरुले रांगा काट्न पर्छ भनी लाउदा ६२ सालदेखि टंटा लागिरहेछ अव उप्रान्त हाम्रा सावगाछले रांगा काट्न सक्दैनौ अघिदेखि चलिआएको हाम्रो थिती चलाईबक्स्या हामीहरु खुसी छौं भनी काजी नरसिंह थापामार्फत हाम्रा हजुरमा जाहेर भयो तर्सथ अव उप्रान्त् अघिदेखि थुम थुम थिती मोहर वमोजिम लिई दशैं गरी रांगा काट्नु सुव्वाको घरमा सक हुनेले रांगा वोका काट्नु सक नहुनुले
नकाट्नु भनी थिती वांधीबक्स्यौं इति सम्वत १८९१ साल मिती वैशाख वदी १४ रोज ४ शुभम् - ............।
माथि उल्लेखित २ र ३ को लालमोहर वमोजिम के स्पस्ट हुन्छ भने पृथ्वीनारायण शाहको समय वि.सं १८३१ मा पनि लिम्वुवान राज्य अस्तित्वमा रहेको थियो । अर्थात लालमोहर २ अनुसार "लिम्वुवान छ लिम्वुवानलाई पिछा लेउ"... वाक्य र लालमोहर ३ मा "आगे अरुणपूर्व मेची पश्चिम भर लिम्वुवानका सुव्वा"... भन्ने वाक्य उल्लेख भएको छ । यसमा यो पनि स्पस्ट रहेको छ कि लिम्वुवान भनेको अरुण पूर्व र मेची नदी पश्चिमको भूभाग हो ।

निस्कर्ष
माथि उल्लेखित विषयहरुले लिम्वुवानको ऐतिहासिक अवस्थाको वारेमा जानकारी गराउदछ । यसरी लिम्वुवानको स्वतन्त्र राज्यवाट गोर्खासंग सह-राज्य हुदै सह-राज्यवाट प्रशासनिक अधिकार सुवाङ्गी कायम हुदै लिम्वुवानको अधिकार समाप्त पारियो । यो इतिहासको कालखण्डमा लिम्वुवानमा गैह्र लिम्वुहरुको वसोवास वृहत्तर रुपमा भयो अर्थात लगभग ८५ प्रतिशत ग्रैह्र लिम्वुहरुको वसोवास हुन पुग्यो । यो दर्दनाक स्थिती नेपाल सरकारले गर्यो । यो लिम्वुवानको लिम्वुहरुको लागि ठूलो अन्याय हो । यर्सथ यो खाम्वोङवा लुङवोङवा अर्थात आदिवासी भूमिपुत्र लिम्वुहरुको भूमि-क्षेत्र लिम्वुवान स्वायत्तको रुपमा हुनुपर्दछ । उनीहरुको भूमिको शासन उनीहरुलाई गर्न दिनुपर्दछ । यो आदिवासी भूमिपुत्रहरुको नैर्सर्गिक अधिकार हो । यो कुनै जातिय जनसंख्याको आधारमा होईन । लिम्वु आदिवासी भूमिपुत्रहरुको सम्मान गर्नको साथै एउटा राज्य हुनमा आवश्यक आधारभूत तत्वहरु जनसंख्या, साझा भाषा, लिपी, संस्कार संस्कृति तथा भूगोल लिम्वुवानमा भएकोले उक्त क्षेत्र लिम्वुवानको अधिकार कटौती भएको क्षेत्र, किपट क्षेत्रको आधारमा नभई पृथ्वीनारायण शाहले लिम्वुवान सहराज्य वनाउदाको समय वि.सं. १८३१ को समयलाई आधार मानिनुपर्दछ । उक्त वमोजिम हाल नेपालमा रहेको लिम्वुवान भूमि पूर्वमा मेची नदी, पश्चिममा सिस्वा संखुवा अरुण हुदै सप्तकोशी, उत्तरमा तिव्वत र दक्षिणमा भारतसम्मको हाल नेपालको (१) ताप्लेजुङ (२) पाचथर (३) इलाम (४) झापा (५) संखुवासभा (६) तेरथुम (७) धनकुटा (८) सुनसरी र (९) मोरङ लिम्वुवान स्वायत्त राज्य भित्र हुनुपर्दछ । अन्त्यमा लिम्वुवान राष्ट्रिय मोर्चाले राखेको यस मागलाई नेपाल सरकारले विना शर्त पुरा गर्नु अनुरोध गर्दछौं । यदी सरकारको तर्फबाट वेवास्ता गर्ने कार्य भएमा लिम्वुवान राष्ट्रिय मोर्चा लिम्वुवान स्वायत्त राज्यको साथै स्वतन्त्र लिम्वुवान स्थापनाको लागि अगाडि वढ्ने कुराको अग्रीम जानकारी गराउदछौं ।
जय लिम्वुवान ।

May 7, 2008

दलहरु मिलेर जानुको विकल्प छैन

आनन्द कोइराला
मुलुकमा संविधानसभाको निर्वाचनले नयाँ तरँङ्ग फैलाएको जग जाहेर नै छ । जनताले नयाँ पार्टीलाई नयाँ ढंगले संविधान निमार्ण गर्न वहुमत नजिक पुर्‍याए ।जनताले चाहेको पार्टीले नै आधिकारीक मत आउनेमा सवै दलका नेता अनि कार्यकर्ताहरु विश्वस्थ थिए ।तर, धेरै जसो जनताले मुलुकमा नयाँ धार वोकेर आएको नयाँ पार्टी माओवादीलाई धेरै स्थानमा जित दिलायो । जितले माओवादी आफैले पनि नसोचेको परिणाम आएकोमा हर्षको सिमा रहेन पार्टीमा अनि पार्टी कार्यकर्तामा ।वढि सिट जितेकेा माओवादीले सरकारको नेतृत्व गर्ने धोषणा गर्‍यो । यस्तो घोषणा आउने वित्तीकै धेरै जस्तो आफनो स्थानमा पराजयको सामना गरेको नेकपा एमालेले सरकारमा नवस्ने निणर्य नै गर्‍यो अनि सवै आफना पार्टीका नेतालाई सरकारवाट राजिनामा गर्न लगायो । यता काग्रेस पनि सरकारमा वस्ने की नवस्ने भनेर छलफल गर्ने क्रममा नै छ ।पार्टीका केही सत्तामा वसेका हरु वाहेक केहीले वसनु पर्छ भन्दै छन भने कोहीले तत्काल हटनु पर्छ भनेर कुरा उठाई रहेका छन ।यसले हारेका पार्टीहरुमा विचलन ल्याएको छ ।एमालेका त महासचिव माधवकुमार नेपालले त आफनो पदवाट नै राजिनामा नै दिए । यो धारमै काग्रेसका कार्यवाहक सभापति शुशिल कोइरालाले राजिनामा दिए । तर ,उनको राजिनामा पार्टीले फिर्ता गरायो । यहाँ जनस्तरवाट पराजयको पिडा भोगेको एमालेले अव जनता माझ जानलाई आफुहरुले सरकार छाडेको भनाई राख्दै पनि हिडेको छ ।तर ,जनतालाई अष्पष्ट भएको भनाई भने यहा नेर आएर फेरी अन्यौल वन्छ । संविधानसभाको निर्वाचनले सरकार फेर्नु पर्छ भनेर काही लेखिएको थियो ? की काही आफनो पार्टीले हारेमा सरकारवाट हटनु पछृ ।यस वारेमा जहासम्म लाग्छ केही पनि आधिकारीक धारणा आएको थिएन होला ।तर, अहिले पार्टीले नै सरकारमा नवस्ने भनेर धारणा सार्वजाीक गर्नु अनि तत्काल राजिनामा गर्न लगाउनु नैतिक रुपमा नै विचलित भएको भान हुन्छ । जनताले वुझि सकेको अव मुलुकमा नयाँ संविधान निमार्ण हुने भन्ने कुरामा सवै आशावादी भएका छन ।तर, केही पार्टीहरुको यस्तो निणर्यले फेरी नेपालको नयाँ मुहार फेर्ने कुरामा अवरोध हुन्छ की ।जनताले नवुझेका कुरा फेरी दलहरुले आपसि खिचातानीले नयाँ नेपाल निमार्ण गर्ने अभियान मै असर पुग्छ की ।यो पनि हुन सक्छ ।यत्रो दुः ख गरेर वनाएको सम्पन्न गरेको संविधानसभाको निर्वाचन पछि वन्न लागेको संविधान वारेमा फेरी पनि अन्यौल नै रहन्छ की यसमा सवैको सहमत रहन्छ ।यो एउटा तिखो प्रश्न खडा भएको छ ।त्यसकारण जनताले चाहेको अनुरुप गर्ने हो भने सात दलले पहिलेको जस्तो मिलेर एउटा ठोस खाका वनाएर सोही अनुरुपको संविधान वनाए वेस होला ।त्यसका लागि सवै दल एक जुट हुनु नै पर्ला अन्यथा यसको सन्देश सकारात्मक रहन सक्दैन् ।
(लेखक नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव हुन् ।)

May 2, 2008

हरेक शुक्रबार पार्टी होस्

रविन गिरी
किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्रमा कार्यरत प्रेणिता प्रधानका लागि हरेक शुक्रबार शहरमा पार्टी भईदिए हुन्थ्यो जस्तो लाग्छ ,त्यो पनि डान्स पार्टी । धरानमा हुने गरेका अधिकांश पार्टी गोअर्स प्रधानको भनाईमा पार्टीमा तपाई आफ्ना सम्पूर्ण व्यथाहरुलाई बिर्सन सक्नुहुन्छ । अझ तपाई आफै नाच्नुपर्छ ,दुःखको त कल्पना नै हुदैन,प्रधान भन्छिन् । नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बैंक-एनआईसी)मा कार्यरत कपिल अग्रवालको शुक्रबार अरु बार भन्दा नितान्त फरक भएर बित्ने गरेको छ । पहिल्यै प्लान बनिसक्छ,कहाँ जाने के के गर्ने भनेर ,अग्रवाल भन्छन् । त्यो दिन सधैं नै गजब हुन्छ,शुक्रबार गजबको दिन हो,उनी भन्छन् । प्रधान र अग्रबालसँगै विद्यार्थीपछि यदि कसैलाई शुक्रबारको बढ्ता महत्व छ भने त्यो कुनै पेशा वा व्यवसायमा संलग्नहरुलाई छ अझ जो कार्यालय समयमा व्यस्त रहन्छन् । हप्ताको छ दिन, आईतबारदेखि शुक्रबारसम्म कामको तनाव अनि शनिवार एकदिनको आराम आउनुअघिको शुक्रबारको साँझ रोमाञ्चक बन्ने गर्छ । यहाँस्थित यूरेका रेसिडेन्सीयल स्कुलकी शिक्षिका संगीता सुब्बालाई गुड friday भन्यो कि नागाल्याण्डका विद्यालयका पुराना दिन सम्झना आईहाल्छ । यहाँ भने अलि फरक छ तर रमाईलो गर्ने बानी त गएको छैन,उनी भन्छिन् । उनका लागि शुक्रबारको दिन स्कुल आधा छुटि्टको दिन हो । त्यो समय के गर्रौ गरौं भन्ने हुन्छ तर गर्ने त रमाईलो नै हो,उनी भन्छिन् । उनको भनाईमा स्कुलमा पनि त्यो दिन केहि न केहि कार्यक्रम हुन्छ जस्ले शुक्रबारलाई सुखद बनाउँछ । हप्ताको अन्तिम दिन भएकोले धेरै रमाईलो गरौं भन्ने हुन्छ,तर विद्यार्थीको परीक्षाको समयमा भने त्यो फुर्सत हुन्न,उनी भन्छिन् । उता रेडमेड कपडा पसल गाईज एण्ड डल्सका प्रमोद श्रेष्ठले पनि धेरै भयो शुक्रबारलाई उत्सवको रुपमा मान्न नपाएको । पहिलेका कुरै छोडौ,अहिले पनि केहि बन्दसन्द भयो भने शुक्रबार हरियो नै हुन्छ,उनी भन्छन् । श्रेष्ठको भनाईमा काठमान्डौंमा जस्तो पसलहरु शनिवार बन्द हुने भए त यहाँ शुक्रबार धेरै रमाईलो हुन्थ्यो तर यहाँ सोमबार बन्द हुने भएकोले कतिपयका लागि शुक्रबारको ठाउँ आईतबारले लिएको छ । त्यो दिनको गफगाफमा खानपिन हुन्छ,खेल हुन्छ,बाजी हुन्छ,निकै रमाईलो गरिन्छ,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल सेवा शाखाका अधिकृत सागर ताम्राकार हरेक शुक्रबारको तालिका बताउदै भन्छन् । अफिसका कुराबाट बाहिर हटेर जीन्दगीका अन्य रंगहरुकोबारे कुरा गर्न साच्चै नै रमाईलो हुन्छ,ताम्रकार भन्छन् । स्वास्थ्यकर्मी, कर्मचारी र तिनका परिवार, विद्यार्थीसमेत गरी करिब पाँच हजारको संख्यामा बसोबास गर्ने प्रतिष्ठानको बेग्लै संसारमा शुक्रबारको महत्व जति छ त्यसको तुलनामा बजारमा केहि कमै लाग्दछ । त्यही भएर नै हो,पार्टी क्रेजी प्रेणितालाई प्रतिष्ठानदेखि बाहिर पनि पार्टी होस जस्तो लागेको । जहिल्यै काम अनि थप व्याक्तिगत अनेक टेन्सन,हरेक हप्ता पार्टी भए महिनैं फ्रेस हुन्थ्यो नी,उनी भन्छिन् । बीपी प्रतिष्ठानमा त छदैछ अब बाहिर बजारमा पनि friday पार्टी कल्चर बिस्तारै देखिन थालेको छ, डिस्क जकी मिराक भन्छन् । सयौं पार्टीमा हजारौलाई नचाउएका मिराक पूर्वमा पार्टी कल्चर बढेको तर यसलाई ईभेन्टमा मात्र नगरी दिनको महत्व अनुसार गर्नसके राम्रो हुने बताउँछन् । यसले समाजलाई पनि रमाईलो गर्ने र थप क्रियटिभ गर्ने तरिका सिकाउँछ,उनले थपे ।

May 1, 2008

भयवाद दस्तावेज

देश सुब्बा
भय र भयवाद
भय भन्नाले डर भन्ने बुझिन्छ । भय अनेकौ प्रकारको हुन्छ । मान्छेको चेतना सहनशीलता अनुसार भय तलमाथि हुन्छ । कुनै एउटै विषयमा कसैलाई बढी र कसैलाई कम भय हुने गर्दछ । जीवन र मृत्युको बारेमा पनि कसैलाई बढी र कसैलाई कम भय हुने गर्दछ । यसलाई हानी नोक्सानीको पर्यायवाची पनि मान्न सकिन्छ । मान्छे अज्ञात भयको सदा शिकार भैरहन्छ र ऊ यस भयबाट निस्किने उपायहरू खोजिरहन्छ । हानीनोक्सानी हुने संभावना र घटनाको बीचको समयमा व्यतित भैरहने परिस्थिति नै भय हो । घटना घटिसकेपछि एउटा भय टर्छ र अर्को भयको सिलसिला शुरु हुन्छ । भय श्रृङखला बद्ध हुन्छ । जन्म हुने बित्तिकै मृत्युको संभावना हुन्छ र मृत्युसँगै समाप्त हुन्छ । त्यसैले भयको आयु भनेको जन्म र मृत्यु बीचको दूरी हो । पृथ्वीको गुरुत्वाकर्षाले वस्तुहरूलाई आफूतिर खिचे जस्तै भयको शक्तिले जीवनका सबै पक्षलाई खिचेको हुन्छ । भयको रूप र आयु जान्दाजान्दै मान्छेले सधैं भय पालेर, हुर्काउँदै हिँडिरहन्छ । तर मान्छेलाई थाहा हुँदैन वा प्रत्यक्ष रूपमा मान्छे भयसित परिचित हुन चाहान्दैन । उसका गतिविधि, व्यवहार भयमा लुकाएर हिँडिरहेको हुन्छ । उदाहरणको लागि बिहानदेखि साँझसम्म काम, व्यवशाय, सामाजिक, राजनैतिक लगायतका जति पनि क्रियाकलाप हुन्छ । त्यसको प्रत्यक्ष कसैले स्वीकार नगरेपनि अप्रत्यक्ष भूमिका भयको हुन्छ नै । भय जीवनमा प्रत्येक पल आइरहन्छ । यसलाई प्रष्टसँग देखिन्दैन, तर यो जहीँतहीँ हुन्छ र यसैबाट निर्देशित भएर चेतनशील प्राणी सञ्चालन भैराखेको हुन्छ । वनस्पति र जीवजन्तु पनि यसबाट अलग छैनन् । एक कोषिय जीव पनि यसबाट अलग छैनन् । गुलाबको फूलमा उम्रेको काँडाले फूललाई बाहिरी आक्रमणबाट बचाउँछ, छेपारोले आफ्नो नजिक कुनै खतरा हिँडेको देख्यो भने ठाउँ अनुसार रंग बदलेर आफूलाई लुकाउँछ । भ्यागुताले आफूलाई कसैले आक्रमण गर्ने थाहा पायो भने शरीरभरि एक प्रकारको विष छरेर आफूलाई सुरक्षित राख्ने प्रयास गर्छ । पशुपन्छीहरू कसैले आक्रमण गर्छ कि भनेर सधैं चनाखो भैरहन्छन् । प्रकृतिले दिएको सुरक्षित कवज हो यो । चेतनशील प्राणीहरूमा चेतना र ज्ञानको मात्रा अनुसार भय निर्भर गर्दछ ।
मानवीय जीवन प्रत्येक पाइलाहरूमा भयबाट ग्रसित भएको हुन्छ । आय आर्जन गर्नु, सामाजिक हुनु, सन्तान उत्पादन गर्नु, राष्ट्रियता, जातियताको कुरा गर्नु । सबै अप्रत्यक्ष रूपमा भयका निर्देशन हुन् । हामी जीवनभरि काम गरिरहन्छौ आय आर्जन गर्छौ र जीवनको आनन्द समर्पित गरिदिन्छौ अनि यन्त्र मानवमा परिणत हुन्छौं । किनभने हामीलाई काम गरिएन भने खान पाइन्दैन, लाउन पाइन्दैन, सबैले छिः छिः दूर दूर गर्छन्, सन्तानले दुःख पाउँछ वा भविष्यमा दुःख पाइन्छ भन्ने भय लाग्दछ । यी सोचहरूले नलखेट्ने हो भने हामी भयरहित हुन्छौ र स्वादिलो हुन्छ जीवन । जीवनका सबै स्वादहरू भयले तीतो बनाइदिएको छ । हामी धर्म गर्र्छौ, सुख पाउन भनेर तर सुख हुँदैन त्यहाँ, त्यहाँ त भयबाट मुक्त हुने प्रयास भएको हुन्छ । हामी त्यो साँच्चैलाई देख्दैनौं । जीवनका सानोभन्दा सानो कुरासँग भय गाँसिएको हुन्छ । भयबाट अलिकति निस्केर जीवनले कोल्टे फेर्ने बित्तिकै जीवनमा नयाँ प्रकट देखिन थाल्छ । मान्छेले भयलाई न्युनतम स्तरमा झार्न सके खोरबाट छोडेको पन्छी जस्तै स्वतन्त्र भएर माथिमाथिसम्म कावा खाँदै उडने छ । उमेर ढल्किन्दै जाँदा वा बिरामी भएर मृत्युलाई ढुक्दा पनि मुटु धडकिरहने छैन । सिद्धान्त, दर्शन, धर्मको अवतरण छ जीवनमा । जीवनलाई पृथक राखेर सिद्धान्त, दर्शन र धर्म हुँनै सक्दैन । जीवन र मृत्यु बीचको भाग, गुण, जोड, घटाउ नै सिद्धान्त, दर्शन, धर्म हो । यस हिसाब भित्र भयको हिसाब राखिएन भने जीवनको हिसाब मिलान हुँदैन । कुनै घटना, समस्या, भूल, रोग थाहा पाइएन, शंका, भ्रम भएन भने मान्छेलाई भय हुदैन । हामी जन्मिन्छौ, हुर्किन्छौ, याने हामीलाई जीवन थाहा हुन्छ र मृत्यु थाहा हुन्छ । यो सँगै भय हुन थाल्छ र त्यस भयबाट बच्ने उपायहरू खोज्न थाल्छौं । उदाहरणको लागि कुनै मान्छेले काममा, जीवनमा, गल्ती गर्‍यो तर गल्ती गर्ने मान्छेलाई थाहा भएन भने उसलाई कुनै भय पैदा हुँदैन । तर जब उसलाई कसैले थाहा दिन्छ उसले गल्ती गरेको । त्यसपछि उसलाई भय पैदा हुन थाल्छन् । कसैले गाली गर्ने हुन कि, सजाय दिने हुन कि पुलिसले समाएर थुन्ने हुन कि जस्ता अनेकौ भय ऊभित्र खेल्न थाल्छ र त्यसबाट मुक्ति पाउन अनेकौ उपायहरूको विकास गर्छ । घटना घटेको थाहा पाउनु र सजाय नभइन्जेल उसको मस्तिष्कमा खेलिरहने त्यस सम्बन्धी कुराहरू भय हुन् । त्यस्तै कुनै मान्छेलाई पहिलादेखि नै संक्रमक रोग लागेको छ । तर उसलाई थाहा भएको छैन भने ऊ निरोगी जस्तै हिँडडुल गर्छ, खान्छ, पिउँछ । कुनै डाक्टरले उसलाई रोगको बारेमा बताएपछि उसमा अनेकौ भयहरू पैदा हुन थाल्छन् । त्यसैले थाहा नभएको अवस्था नै एक किसिमको भयवादको अवस्था हो । घटना, समस्या, भूल, जीवन, मृत्यु, आफन्त, रोग, भोक, सम्पत्ति, इज्जत, अनुशासन, कानुन, नियम सबै थाहा नभएको अवस्थामा मान्छेलाई भय हुँदैन ।
भयको रूप सधै एकै नासको हुँदैन । कुनै बेला वर्षा, आँधीहुरी, चट्टान, घाम, जनावर भय हुन्थ्यो भने सभ्यताको विकाससँगै नयाँ समस्याहरू देखापर्दै गए । ती समस्याहरू जब मान्छेलाई थाहा हुँदै गयो, तब नयाँ भय हुन थाल्यो । हिजो एडस, सार्स, बर्ड फ्लु, आणविक हतियारको भय थिएन । मान्छेले ती वस्तुहरूको आविष्कार गरेर थाहा पाए । तब उनीहरूलाई त्यसको झन् भयानक भय हुन थाल्यो । आणविक हतियारको आविष्कारसँगै विज्ञापन भयो र यसको शक्ति सम्झेर मान्छे डराउन थाले ।
समस्या, दुःख, कष्ट, शंका, रोग, मृत्यु सबै भयका स्रोतहरू छन् । ती सबैलाई सुक्ष्म ढंगबाट अध्ययन गर्दै जाँदा त्यहाँ सुरुङ बन्दै जान्छ । त्यहाँ मात्र होइन कुनै वस्तु, शब्दको उत्खनन गर्दै जाँदा त्यहाँ ठूलाठूला सुरुङ भेटिन्छन् । सुरुङमा हामी जतिजति भित्र पस्दै जान्छौ, उतिउति खजाना भेट्दै जान्छौ । त्यसलाई सूक्ष्म सुक्ष्म खण्डमा खण्डित गर्दै अध्ययन, अनुसन्धान गर्दा त्यहाँ कतिमा अधिक भय र कतिमा न्युन भय भेटिन्छ । धेरैथोरै भय सबैमा हुन्छ । यो भय माथि भनिएझैँ चेतना, ज्ञान र सहनशीलताको मात्रामा निर्भर गर्दछ । कसैले एउटै भयलाई बढी बुझिदिन्छ र कसैले थोरै । कसैले कम भय महसुस गरिरहेको विषयमा अरुलाई त्यसरी नै बुझिदिन उचित हुँदैन । फेरि कसैलाई बढी भय लागेको विषयमा अरुलाई नहुनु पनि सक्छ । भयका स्रोतहरूमा हामी कति भित्र पसेका छौ र कति सम्म पस्नु पर्ने हो भन्ने अन्तिम मापदण्ड छैन । यसमा पनि चेतना, ज्ञानमा निर्भर गर्दछ । यी सुरुङहरू यति विशाल छन् कि यसको अन्तिम गहिराइ भेट्न सकिन्न ।
मान्छेले मान्छेलाई चेतावनी दिएर, तर्साएर मान्छेको मस्तिष्कमा एक किसिमको भय पैदा गरिदिएको हामीले देखिरहेका छौँ । पैसाको लेनदेन, शत्रुता कसैलाई सताउने उद्देश्यले यस्तो कार्य गर्ने गरिन्छ । ऋण खाएको मान्छे वा कुनै किसिमको सामाजिक, कानुनी गल्ति गर्ने मान्छे जहिलेपनि एक किसिमको भयबाट लखेटिएको हुन्छ । कुनै मान्छे देख्दा पनि ऊ आफूलाई समाउन आएको ठान्न थाल्छ । घरमा कसैले ढोका ढकढकायो, फोनको घण्टी बज्यो, बाटोमा कसैले कोट्याएर बोलायो भनेपनि तर्सिन्छ । किनभने यसमा उसलाई एक किसिमको मानसिक भय लागिरहेको हुन्छ । यस्ता किसिमले मानसिक यातना दिइएका मान्छेहरू मानसिक असन्तुलनको कारण वा भयको कारण पागल हुने, पक्षघात हुने र मर्ने हुन सक्दछ । मान्छेको मानसिकतामा आक्रमण गरेपछि त्यसको असर शरीरको कुनै भागमा पनि पर्दछ । यस्तो किसिमको भय मान्छेलाई लामो समयको लागि पनि हुन सक्दछ । छोटो समयको लागि पनि हुन सक्दछ । यस्तो प्रकारको भयले सम्बन्धित मान्छेलाई मात्र खेदो गर्दैन । उसको परिवारलाई पनि खेदो गर्दछ । भयको शिकार भएको मान्छेको क्षमता अनुसार भय उतारचढाव हुन सक्दछ । यस्तो भयले पीडित भएका मान्छेहरू हाम्रो समाजमा थुप्रै छन् । ती मान्छेहरूले भयले लखेटेको वा खेलाएको भनेर बोध गरेको हुँदैनन् । उनीहरू भागिरहेका हुन्छन् । ती मान्छेहरूले भयवादलाई बुझेमा केही राहत हुन सक्दछ ।
मान्छेहरू चोर, डाँका, हत्यारा, लुटेरासँग डराइरहेका हुन्छन् भने चोर, डाँका, हत्यारा, लुटेरा, अपराधी मान्छेहरूसित डराइरहेका हुन्छन् । हाम्रो समाजमा खुलेर अपराध गर्ने र लुकेर अपराध गर्ने मान्छेहरू प्रशस्तै छन् । यसले समाजमा भय पैदा गरिरहेको हुन्छ । अपराध, भूतप्रेत, रुढिवादी, अन्धविस्वास, शंका, रोग, समस्या, भ्रम, युद्ध आदिइत्यादि हेर्दै, खोज्दै जाने हो भने समाजमा भयमय मात्र देखिन्छ । भयको यो ठूलो मण्डलले मान्छे, समाज, देश र विश्वलाई गाँजेको छ ।
अन्जानमा गरिएको कतिपय क्रियाकलाप भयमा नआउन सक्छ । तर जानेर, बुझेर गरिने क्रियाकलाप सबै भयमा पर्दछ । उदाहरणको लागि अन्जानमा मान्छेको हत्या भयो, हत्या हुन अगाडिको क्रिया भयमा पर्दैन तर हत्याभएपछिको क्रिया भयमा पर्दछ । यस्ता धेरै क्रियाकलाप हुन्छन् । जो अन्जानमा वा चेतना शून्यको अवस्थामा गरिन्छ । अन्जानमा गरिएका यस्ता भूल माफी हुँदै आएका छन् । अन्जानमा कसैको हातबाट हत्या हुन गएको छ भनेपनि माफी हुनुपर्दछ । तर अन्जानमा भएको भन्ने पूर्ण पुष्टि हुन आवश्यक छ । शंका हुनु, भ्रम हुनु, झुक्किनु फरक फरक कुरा हुन् । यी सबै एउटा एउटा वाद हुन सक्दछ । यिनीहरूसँग पनि जीवन छ मात्र फरक यति हो यिनीहरू भय परास्त छन् ।
पहिलो चित्रमा चेतना-चेत/ज्ञान-भय देखाइएको छ । सजीव प्राणीहरूमा चेतना भइ नै रहन्छ । तर त्यो चेतनाले सम्बन्धित समस्या, रोग, विषयको बारेमा ज्ञान नभइन्जेल भय पैदा नहुँदोरहेछ । उदाहरणको लागि कसैलाई रोग लागेको छ । तर उसलाई थाहा छैन । एकदिन ऊ डाक्टरकोमा जचाउँन जाँदा डाक्टरले रोग बारेमा बताइदिएपछि उसलाई रोगको बारेमा चेत/ज्ञान हुन्छ र ऊ त्यस रोगसँग डराउन थाल्छ । यस ज्ञानसँगै उसको व्यवहार, चालचलन सबै परिवर्तन हुन थाल्छ । उसको मात्र होइन आफन्त, साथीभाइसितको व्यवहार पनि परिवर्तन हुन थाल्छ । ज्ञान नभइन्जेल ऊ निरोगी जस्तै साथीभाइसित खानेपिउने गर्दछ, हिँड्दछ, आफन्त, साथीभाइबाट कुनै किसिमको रोकावत हुँदैन । रोगको बारेमा ज्ञान भएपछि यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैनको बन्देज शुरु हुन थाल्दछ । रोगी आफैले पनि केही अनुशासन, नियम बनाउनु पर्ने हुन्छ । अन्यथा उसको जीवनलाई जोखिम हुन्छ । यसरी मान्छेलाई जबदेखि जीवन, मृत्यु, आफन्त, सम्पत्तिजस्ता कुराहरूको ज्ञान हुन थाल्दछ तबदेखि भय पैदा हुन थाल्दछ र जीवनलाई प्रभाव पार्दछ । हामी जन्मिने बित्तिकै यी सबै कुराको जानकार हुँदैनौ । हामी जब ठूलो हुँदैजान्छौ, चेतना बढ्दै जान्छ र ज्ञात हुँदै जान्छ तबतब हामी यी सबै विषय, समस्याहरूसित भयभीत हुँदै जान्छौ र यी भयबाट बच्न अनेकौ भूमिकाहरूमा देखा पर्र्छौ । तर भयले लखेटिरहेका छौ भनेर कम्तिले मात्र स्वीकार गर्र्छौ ।
कुनै मान्छेलाई डाक्टरले उसको रोगको कारणले "तीन महिनाको मात्र समय छ" भनेर बतायो र माया मार्‍यो । यस तीन महिनाको अवधिमा चिकित्सा विज्ञानले माया मार्‍यो भने कसले, कसरी उसलाई यस अवधिमा व्यवहार गर्ने ! यहाँ डाक्टरहरू मौन हुन्छन् । डाक्टरको मौनताको अवस्थामा उसको सबैभन्दा नजिकको सहयोगी मनोविश्लेषक हुन सक्दछ । तर ऊसँग यही विचारले, यही औषधिले उपचार गर्ने भन्ने हुँदैन । यस्तो अवस्थामा भयवाद नै उपयुक्त विचार हो । यो रोगजस्तै जीवनको, मृत्युको बारेमा पनि उपचार हुन सक्दैन । ती उपचारविहिन अवस्थामा भयवाद नै विचार हुन सक्दछ । यस्ता घटनाहरू अनेकौ छन् जस्तै भूकम्पले घर भत्किन्दै गरेको अवस्था, हवाइजहाज, पानीजहाज डुब्दै गरेको अवस्था, उपचार हुन नसक्ने महामारी फैलिएको अवस्था, कुनै अप्रिय घटना हुन लागेको अवस्था, युद्ध घोषणा भैसकेको अवस्था, हत्या, हिंसा, आत्महत्या, आमहत्या र आतङ्कको अवस्थामा यो विचार उपयोगीसिद्ध हुन सक्दछ ।
तल्लोचित्रमा पाँच इन्द्रियहरू देखाइएको छ । यी इन्द्रियहरूका आ-आफ्नै चेतना छन् । उदाहरणको लागि शरीरको कोषहरूको आफ्नै चेतना भएकोले नै बाहिरका किटाणूहरूसित युद्ध गर्दछ । त्यस्तै आँखाको नानी प्रकाश अनुसार सानोठूलो हुने गर्दछ । ती चेतनालाई केन्द्रिय चेतनाले नियन्त्रण, निर्देशन गरिरहेका हुँदैनन् । त्यसैले हामी वेहोस भएको अवस्था, सुतेको अवस्था, पागल भएको अवस्थामा पनि हाम्रा इन्द्रियहरूको चेतना सक्रिय भएको हुन्छ । इन्द्रियबाट पैदा हुने चेतना गुणात्मक हुन्छन् र ती चेतनाले ज्ञात गरेपछि भय हुन्छ । हामीले बाटोमा हिँड्दाहिँड्दै सर्प देख्यौ, खाडल देख्यौ भने हाम्रा सबै चेतनाहरू सक्रिय हुन्छन् । सबै चेतना सक्रिय हुँदा कहिलेकहीँ हामी निर्णय विहिन हुन्छौ र अक्कनबक्क भएर उभिन्छौ । यो बेला निर्णय जे पनि हुन सक्दछ । त्यो यति सुक्ष्म हुन्छ कि हामी थाहा पाउन सक्दैनौ र जब हाम्रो चेत फर्किन्छ हामी भाग्न खोज्छौ, र्सप मार्न खोज्छौ, या कुनै उपाय निकाल्दछौ ।
यस्तो किसिमको भय प्रत्येक पल हुन्छ हामीलाई । यो यति सुक्ष्म हुन्छ कि नापोहरूमा सजिलै बताउन सकिन्दैन । जीवनको बारेमा, मृत्युको बारेमा, कुनै घटनाको बारेमा । त्यसैले यी अवस्थाहरूमा भयवादले नै जीवनलाई सहज बनाउन मद्दत पुर्‍याउँछ ।

सर्प डोरीको भ्रम

मान्छे अँध्यारोमा डोरीलाई सर्प देखेर तर्सिन्छ । यो एउटा भ्रम हो । यो डोरी हो भनेर थाहा नपाइन्जेल सर्प नै भैरहन्छ । यस्तो खाले सर्पडोरीको भ्रम एउटा सजिलो उदाहरण हो । यो उदाहरण जहाँसुकै रुपान्तर भएर लागू हुन सक्छ । हामी जुत्ता लगाउँछौ । लुगा लगाउँछौ । गहना लगाउँछौ । उच्चनीज जातिका हुन्छौ । यी सबै एक अर्थमा सर्पडोरीको भ्रम हो । अन्धविस्वास, रुढिवादी, पुराण, महाभारत, रामायण, उपनिषदजस्ता प्रसिद्ध ग्रन्थहरूले बनाएको अवास्तविक तस्बीर सबै सर्प डोरी हुन् । भूतप्रेत पिसाच, चँुडैल सबै सर्पडोरी हुन् । यी डोरीलाई डोरीको रूपमा लिन नसकिन्जेल सबै सर्प नै भएर हामीलाई डसिरहेको हुन्छ । हामीलाई यही अन्धविस्वास, रुढिवादीले डसिरहेको छ र हामी पनि सर्पले डसेको भ्रममा छौ । वास्तवमा ती सबै डोरी हुन् । वास्तविक र्सप आफैले भेटियो भने डस्छ वा हामी डस्छौ त्यो अर्कै कुरा हो । तर यस्ता डोरीसर्पको मण्डलले हामी घेरिएका छौ । यो त र्सपडोरी भन्दा पनि डोरी नै हो भन्ने कुरा हामीलाई थाहा छ । तरपनि हामी डोरी भन्न सकिरहेका छैनौ । यस डोरीसर्पले मान्छेहरूलाई डसिरहेको छ । यो भ्रमबाट समाजलाई निकाल्नुछ । अवास्तविक सर्पहरूको जताततै बिकबिकी छ । आणविक हतियार, आस्थाका केन्द्र, आधुनिक कालका केन्द्रहरू, वास्तवमा एउटा एउटा सर्पडोरी हुन् ।
शंका, भ्रम धेरै प्रकारको हुन्छ । सबै शंका, भ्रमले समान रूपमा तर्साउँछ भन्ने होइन । तर्साउन चाहिँ सबैले तर्साउँछ धेरैथोरै । फेरि यसमा मान्छेको विवेकशीलता, सहन गर्ने क्षमता, चेतनाको मात्राले पनि फरक पार्दछ । उदाहरणको लागि डोरीलाई सर्प देखेर सबै मान्छे समान रूपमा तर्सिन्दैनन् । कसैले नियालेर हेर्दछ सर्प हो कि होइन भनेर । कसैले हेर्न चाहान्दैन । कसैको आत्मविस्वासले डोरी नै हो भन्ने निष्कर्षनिकाल्दछ । कसैलाई अँध्यारोमा सर्प आउँछ भन्ने शंका हुँदैन । सर्प भएपनि त्यति सजिलै आउँदैन भन्ने लाग्छ । डोरीसर्पको भ्रम, शंका घरभित्र हाम्रो परिवारमा हुन सक्दछ । श्रीमान, श्रीमतीको शंका, भ्रम, साथीभाइको शंका, भ्रम, यस्तै शंका, भ्रम हुन् । यस्ता शंका, भ्रमले हामीलाई सधैँ तसाइरहेको हुन्छ । त्यो शंका, भ्रम वा डोरीलाई डोरी भन्न सक्यौं भने धेरै समस्याको समाधान निस्किन सक्छ ।
डोरीलाई डोरी नै भन्न कति सर्प भएर आए, कति डोरी भएर । त्यसैले भयवाद, सर्प भएर आयो या डोरी भएर आयो । जे भएरपनि भयवाद सर्प र डोरी देखाउन आएको छ । अब प्रश्न बन्छ सर्प देखिनु राम्रो कि डोरी - सर्पलाई दुवै नदेख्न राम्रो हो । यसले हामीलाई भय लाग्दैन । हामी बाटोमा निर्धक्कसँग हिँड्न सक्छौ । हाम्रो विचार हिँड्न डोरीसर्प वा सर्पसर्पले दिँदैन । सर्प देखिनु वास्तविक हो । सर्प देखेपछि भ्रम हो भन्न सक्दैनौ । तर डोरीलाई सर्प देख्नुले र्सपले पारेको प्रभावजस्तै हामीलाई प्रभाव पारेको हुन्छ । यस अवस्थामा भय कम गर्न गरिने क्रिया नै भयवाद हो ।

राज्यको नया रचना र जातीय आधार

भवानी बराल
राज्यको नया रचना वा पुनःसंरचना गर्दा जातीय, भाषिक वा क्षेत्रीय आधार कति उपयुक्त कति अनुपयुक्त भन्नेमा बहस जरुरी छ । संविधानसभाले पूर्णता पाएपछि यो विषय बहसको केन्द्रविन्दु हुन्छ र हुनुपर्छ । जातीय आधारमा राज्यको नया“ रचना गर्दा देश विघटन हुन्छ भन्ने मत सुन्न पाइन्छ । जाति र जातीय शब्दले यति नकारात्मक ढंगले नेपाली समाजमा प्रवेश पाएको छ कि जाति र जातीयताको कुरा उठाउनुमात्र पनि अपराध मानिन्छ । तर जातीय आधारमा राज्यको संरचना गर्दा विखण्डन हुन्छ भन्नेहरूको पछाडि कुनै राजनीतिक विज्ञानसम्मत तर्क पाइदैन । त्यसैगरी केही जातीय, क्षेत्रीय संगठनहरू जातीय, क्षेत्रीय राज्यहरूको गठन नभए देशलाई विखण्डनबाट कसैले रोक्न नसक्ने बताउछन् । तर तिनका पछाडि पनि युक्तिसंगत तर्क हुदैन ।
जातीय आधारमा राज्यको नया रचना भए देश टुक्रिने, जातीय वा क्षेत्रीय आधारमा नगए देश विखण्डन हुनबाट नजोगिने यी दुइ तर्कमध्ये कुन ठीक हो - केही विद्वानहरूले एकात्मकबाट संघात्मकमा जादामात्र पनि देश विखण्डन हुने तर्क गर्छन् । पछिल्लो तर्कमा कुनै दम छैन । एकात्मकबाट संघात्मकमा जाने बेल्जियम, स्पेन र इथोपिया हो । यी देश आजसम्म टुक्रिएका छैनन् । यस्तो तर्क निरपेक्ष बुद्धिविलासको विषयमात्र हो । देश धेरै कारणले टुक्रिन्छन्, तर कारणहरू राज्यका संरचना हुन् भन्नु अर्थपूर्ण हुन्न । राज्य साधनमात्र हो । साधनलाई ठीकसंग सञ्चालन गर्दा दुर्घटना हुने प्रश्नै हुदैन । सत्य एउटै हुन्छ, दुइटा हुदैन । जातीय वा अन्य आधारमा देश टुक्रिन्छ भने त्यस्तो आधारमा राज्यको नया रचना गर्नुहुन्न । तर जातीय आधारमा राज्यको नया“ रचना गर्दा देश नटुक्रिने ठोस र वैज्ञानिक तर्क आयो भने जातीय आधारमा संघीय राज्य निर्माण गर्न आपत्ति मान्नु हुदैन ।
राज्य निर्माणका आधार
हाम्रो देशको विशिष्टतामा राज्य निर्माणका आधारहरू के हुन सक्छन् - यो प्रश्न अनुत्तरित हुनुहुन्न । नेपाली समाजको विशिष्ट अन्तरविरोध नै जातीय हो । अरू वर्गीय, क्षेत्रीय, लिंगीय अन्तरविरोध र द्वन्द्व सामन्तवादी राज्यव्यवस्थाले नेपाली समाजलाई दिएको उपहार हो । जातीय उत्पीडन र अन्तरविरोधको अन्त्य गर्न राज्य निर्माणको यो प्रमुख आधार हो । ऐतिहासिक बाह्रबुदे समझदारीको प्रस्तावनाले समेत जातीय अन्तरविरोधलाई सम्बोधन गरेको छ । त्यस पछाडिको सबै सहमति, सम्झौता र अन्तरिम विधानमा समेत राष्ट्रको परिभाषामा जाति परेको छ । राष्ट्रको परिभाषामा जाति उल्लेख भएपछि राज्य निर्माण गर्दा जातीय आधारलाई अन्यथा लिनुपर्ने विषय होइन ।
संघात्मक राज्यमा भूगोल वा क्षेत्रलाई मात्र आधार मान्ने हो भने त्यस्ता राज्यहरू एकात्मक नै हुन्छन् । संख्यामा केही राज्यहरू त होलान्, तर त्यसको सार संघात्मक हुन्न । त्यो बहुएकात्मक राज्य हुन्छ । त्यस्तो राज्यले सम्बन्धित समुदायको प्रतिनिधित्व गर्न सक्तैन । भूगोल उत्पीडनमा परेको होइन, जाति, समुदाय उत्पीडनमा परेका हुन् । भूगोललाई मात्र आधार मानेर दुनियामा कतै संघराज्य बनेको उदाहरण छैन । भूगोल चाहिदैन भनेको चाहि होइन ।
सन् २००१ को जनगणनाअनुसार नेपालमा १ सय १ जाति, ९२ भाषिक समुदाय, केही धार्मिक तथा सांस्कृतिक समुदाय छन् । नेपाल एक प्रकारको मानव विश्वविद्यालय नै हो । शदीयौंदेखि जातीय, भाषिक, धार्मिक लगायतका उत्पीडन भयो । समाज विकासको नियमअनुसार जातिहरूको विकासमा राज्यले बारबन्देज लगायो । जातिवादी कानुन, एक भाषिक नीति, हिन्दू धर्म सापेक्षता आदि जातीय उत्पीडनका हत्कण्डा अपनाइए । ती सबै उत्पीडनको नालीबेली यहा उल्लेख गर्न सम्भव छैन । इतिहासको ऐना हेरे प्रस्ट हुन्छ । यो उत्पीडनको अन्त्य गर्ने उनीहरूलाई स्वशासन गर्न दिनुको विकल्प छैन । साचो अर्थमा उत्पीडित जातिलाई सार्वभौम बनाउन उनीहरूको नागरिक अधिकार बहाल गर्न संघीय राज्यमा जातीय आधार प्रस्ताव गरिएको हो । कुनै एक जातिलाई महाराजा बनाउने हिजोको जस्तो बाइसी, चौबीसीकालीन जातीय गणराज्यको परिकल्पना यहा कसैले गर्दैन । गर्‍यो भने त्यस्तो राज्य निर्माण हुन पनि सक्दैन । आजको युगमा जातीय गणराज्यको कुनै भविष्य छैन । त्यो साम्प्रदायिक राज्य नै हुन्छ ।
तर उत्पीडनमा परेका जातिलाई आफ्नो शासन प्रबन्ध आफैं गर्न दिने आधुनिक राज्य बनाउने हो । जातीय ऐतिहासिक पृष्ठभूमिको आधार र आधुनिक राजनीतिक विज्ञानको सिद्धान्तअनुसार राष्ट्र -साझा भूगोल, साझा भाषा, साझा आर्थिक जीवन, साझा मनोवैज्ञानिक सांस्कृतिक संरचना) को मापदण्ड पुगेको जातिको राष्ट्र राज्य निर्माण गर्ने हो । यस्तो राज्य निर्माण गर्दा ख्याल गर्नुपर्ने कुरा आजको आर्थिक-सामाजिक सन्तुलन पनि हो । यर्सथ बोलीचालीको भाषामा जातीय राज्य भने पनि त्यो राष्ट्रिय राज्य हो । राजनीतिक भाषामा भन्ने हो भने यो राष्ट्र (जाति) हरूको साझा राज्य हो । उदाहरणका लागि लिम्बुवान राज्य प्रस्ताव गर्दा लिम्बु जातिको मुक्तिको प्रश्न पहिलो र्सत र दोस्रोमा लिम्बुवानवासीको मुक्तिको प्रश्न हल हुनुपर्छ । यथार्थमा जातिहरूको राष्ट्रिय पहिचान, राज्यमा पहु“च र सहभागिता गराउने हो । कुनै जातिविशेषको एकलौटी राज्य बनाउने कदापि होइन । यस्ता राज्यहरू जनताको अनुमोदनमा लोकतान्त्रिक विधिबाट गठन गर्ने हो ।
जातीय राज्यविरुद्ध खोटा विचार
संविधानसभाको प्राथमिक निर्वाचन परिणामसंगै जातीय राज्यविरुद्ध लगातार खोटा विचारहरू सञ्चारमाध्यममा छाएका छन् । नेकपा (माओवादी) ले संविधानसभाको परिणाम आफ्नो पक्षमा पार्दै लगेको बेला वयोवृद्ध कम्युनिष्ट नेता मोहनविक्रम सिंहले पूर्ण रूपले वा किस्ताबन्दीमा नेपाललाई सिक्किमीकरण गर्ने भारतीय योजनामुताविक माओवादीमार्फ संघीय वा जातीय राज्यको नारा भारतले ल्याएको गुरुयोजना भनेर आरोपित गरेका छन् । (कान्तिपुर, ३ वैशाख २०६५) तर वयोवृद्ध नेतालाई यति पनि थाहा रहेनछ कि माओवादीको जन्म हुनुभन्दा धेरै पहिलेदेखि संघीयतामा जातीय राज्यको माग आएको कुरा इतिहासमा घामझैं र्छलङ्ग छ । पृथ्वीनारायण शाहले गोर्खाराज्य विस्तार गर्ने क्रममा जातीय गणराज्यलाई अधीनस्थ गरेलगत्तै संघीयताको सवाल उठेको हो । -हेर्नुहोस्, पुस्तक लिम्बुवानको राजनीति इतिहास वर्तमान र दस्तावेज, भवानी बराल र कमल तिगेला) नेपाल कम्युनिष्ट पार्टी संस्थापक स्व पुष्पलाल श्रेष्ठले एकीकृत कम्युनिष्ट पार्टी पहिलो प्लेनममै आत्मनिर्णयको अधिकारसहित साझा राज्यको प्रस्ताव गरेका थिए । (ऐ. पुस्तक) लिम्बुवानको मात्रै उदाहरण लिने हो भने माओवादीभन्दा धेरै अघि विसं १८३१ पछि संघीयताभित्र लिम्बुवानको माग विभिन्न समूहले गर्दै आएको हो । माओवादीले विसं २०५६ पुसदेखि लिम्बुवानको सवाल उठाएको हो । लिम्बु जातिको जातीय संगठन किरात याक्थुङ चुम्लुङले पाचौं महाधिवेशनमै लिम्बुवानको प्रस्ताव गरेर छैटौं महाधिवेशनमा पारित गरेर लिम्बुवान राज्यको माग गरेका थिए । सिंहको भनाइ मान्ने हो भने लिम्बुहरू भारतीय डिजाइनमा लागेका हुन् त -
संघीयतामा त्यसको आधार जातीय वा भाषिक हुनेबित्तिकै विखण्डनको वीउ रोपिन्छ भन्ने मान्यता राख्नेले त्यसको सारतत्त्व पनि दिनुपर्छ । मुद्रा, रक्षा र विदेश मामिला केन्द्रीय सत्तामा रहनेगरी प्रस्ताव गरिएका संघीय संरचना चाहे ती जातीय वा भाषिक या क्षेत्रीय आधारमा होउन्, फुट्ने प्रश्न प्रमुख होइन । संघीयता भनेकै सहमति, सम्झौतामा आधारित विधिसम्मत राज्यको रचना हो । त्यो राज्य विधिविधानले सञ्चालन गर्ने हो, कुनै जातिविशेषले होइन । त्यहा बस्ने अहिलेको सामाजिक सन्तुलनको साझा राज्य हुनेछ । जातीय राज्य भनेको विशेष प्रचारमा आएको १२/१३ वटा जातिको मात्र राज्य होइन । तुलसा दुलाल -कान्तिपुर, १ वैशाख २०६५) ले बुझेको जस्तो जातीय राजनीति बुझियो भने त्यो १५/१६ औं शताब्दीभन्दा पछिका जातीय गणराज्यमा पुगिन्छ । पवित्रा सुनार (कान्तिपुर, २ वैशाख २०६५) ले ठोकुवा गरेको जस्तो जातीय संघीय राज्य आजको दुनियामा कसैले प्रस्ताव गर्दैन । नेपालमा जति जाति र भाषा छन्, त्यति नै राज्य बन्छन् होला भनेर हवाई कल्पना गरेको भरमा संघीय राज्य निर्माण हुदैन । जातीय ऐतिहासिक पृष्ठभूमि र राष्ट्रको योग्यताको आधारमा मात्र जातीय (राष्ट्रिय) राज्य बन्छ । जातीय र भाषिक आधारमै संघीय राज्य बनाउदा पनि नेपालमा एक दर्जनकै हाराहारीमा मात्र संघराज्य बन्न सक्छन् । ती जातीय वा भाषिक राज्यमा गैरजाति वा गैरभाषिक समुदायको नागरिक अधिकार कटौती हुने गुञ्जाइस हुन्न ।
जातीय स्वायत्ततासहितको राज्यको प्रस्ताव कुनै जातिविशेषको विशेषाधिकार स्थापना गर्न ल्याइने तुरूप होइन । निश्चित जातिको उत्पीडनको अन्त्य गर्ने अन्तरिम राज्यव्यवस्था हो । जातिहरूको राष्ट्रिय पहिचान गराउने ऐतिहासिक अभिभाराको कार्यक्रम हो । नेपालका अधिकांश जातिहरू जातीय स्वायत्तताको कार्यक्रममार्फ आफ्नो उन्नति गर्न चाहन्छन् भने त्यो कार्यक्रममा अन्य जातिले पनि आफ्नो भूमिका गम्भीरतापूर्वक खोजी गर्नुपर्ने हुन्छ । तर जातीय स्वायत्तता वा राज्य हुनुहुदैन भनेर निषेध गर्नु उचित हुन्न । यो एकप्रकारको जातीय अहंकारवाद नै हो । जनजाति, आदिवासी, जातीय स्वायत्तता वा राज्य चाहने, खस विद्वानहरू जातीय राज्य हुनुहुन्न, यसले विखण्डन ल्याउ“छ भनेर एक वाक्य बोलिदिनाले समस्या समाधानको चुरो भेटिदैन । जातीय राज्यको अन्तरवस्तुमा बहस हुनर्ुपर्छ । जातीय राज्यको रूपपक्षलाई डरलाग्दो रूपमा प्रस्तुत गरेर त्यसको सारमा प्रवेशै गर्न नदिने यो कुचाल हो । यस्तो राजनीतिक बहस हुन सक्तैन ।
विश्वका प्रायशः संघीय राज्य जाति, भाषा, संस्कृतिका आधारमा गठन भएका छन् । इथोपिया पूरा जातीय आधारमा संघ बनेको हो । स्वीजरल्यान्ड तीन भाषा र धर्मको संघीय रचना हो । नाइजेरिया जाति, भाषा र धर्मको आधारमा छत्तीसवटा राज्यमा संगठित संघ हो । बेल्जियम सांस्कृतिक आधारको संघात्मक राज्य हो । यसरी देशको विद्यमान विशेषता, सामाजिक, सांस्कृतिक सन्तुलनको आधारमा संघ बनाउनुमात्र वैज्ञानिक हुन्छ ।
रहलपहल
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता भएको मुलुक हो । नेपाल अल्पसंख्यकै-अल्पसंख्यकको देश हो । यहा कोही पनि निरपेक्ष बहुसंख्यामा छैन । यो एउटै जातिमात्र भएको देश पनि भइदिएन । चार नश्लका, चार भाषा परिवारका अनगिन्ती जाति र भाषिक समुदाय छन् । तिनका आ-आफ्ना मूल्य-मान्यता छन् । तिनको समुचित सामाजिक विकास नया नेपालको निर्माण हो । आधुनिक राजनीतिक विज्ञानको सिद्धान्तले पृथक-पृथक जातिको पृथक-पृथक राज्य हुनुपर्ने जिकिर गर्छ ।
जाति, जातीय साम्प्रदायिकताको समानअर्थी शब्द होइन । जातीयतालाई राष्ट्रियताको अर्थमा बुझ्नुपर्छ । नत्र जातीय राज्य बुझिने मामिला 'भालुको जीउ कता, रौं कता, आखीभौं कता' जस्तो अलमल हुनेछ । शदीयौंदेखिको जातीय, भाषिक उत्पीडनको अन्त्य गरी गर्ने अर्को विकल्प पनि हामीसंग छैन । राज्यको अग्रगामी पुनःसंरचनाको कुरा नै नया नेपाल निर्माण गर्ने प्रस्थानविन्दु हो । यहा कसैले पुरानै रटानको एकात्मकताको वकालत गर्न, जातीय वा भाषिक आधारलाई निषेध गर्छु भन्नु 'जूनकिरीको पिध बालेर संसारै उज्यालो बनाउछु भन्नेजस्तो मात्रै हो ।'
बराल- यस्तो हुनपर्छ राज्यको पुनःसंरचना’,’ लिम्बुवानको राजनीतिका लेखक तथा पत्रकार हुन् ।