प्रस्तुति : शशि पौडेल
सैद्धान्तिक भौतिक विज्ञानका विश्वप्रसिद्ध वैज्ञानिक स्टिफान हकिङ्स फेरि एकपटक निवृत्त भएको एक वर्षमै विवादमा मुछिएका छन् । प्रसिद्ध सिद्धान्तकार हकिङ्सका यसअघिका पुस्तकले पुँजीवादीलाई मात्र विचार दिएन कि माक्र्सवादी दार्शनिकलाई र माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादी विचारधारालाई पनि मलजल दियो । हुन त स्टिफानले चाहेर माक्र्सवादलाई मलजल दिलाएका होइनन् । किनकि उनी विशुद्ध पुजीवादी वर्गका हुनेखाने वैज्ञानिक हुन् । आजभन्दा झन्डै सात दशकअघि बेलायतको अक्सफोर्डमा जन्मेका स्टिफान हकिङ्सको पहिलो भौतिक सिद्धान्त 'एम थेउरी' ले दशकौँदेखि बहसमा ल्याएको हो । उनले आफ्नो सिद्धान्तलाई प्रमाणित गराउन जर्मनका अर्का भौतिक विज्ञानका प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइनस्टाइनको सिद्धान्तलाई पनि अघि सारे । अहिले आएर उनी वैज्ञानिकहरूबीचको बहसमा मात्र छैनन् कि उनलाई अहिले आध्यत्मवादीले विशेष प्रहार गरेका छन् । स्टिफान हकिङ्सको दुई साताअघि एउटा नयाँ पुस्तक प्रकाशन भएलगत्तै निकै चर्चामा आयो । उनको पुस्तक 'द ग्रयान्ड डिजाइन' ले 'ब्रह्माण्डको उत्पत्ति भगवान्ले गरेको होइन, यो त रासायनिक तत्त्वको रियाक्सनबाट भएको हो र जसरी आयो त्यसरी नै कालान्तरमा नष्ट हुनेछ' भन्ने तथ्य प्रकाशमा ल्याएको थियो । सो पुस्तक प्रकाशन भएपछि संसारभरिका चर्चका पादरी र आफूलाई भगवान्का प्रतिनिधि ठान्ने पप र पण्डितले आफूमाथि बज्र प्रहार भएको महसुस गरेका छन् । यद्यपि, स्टिफन हकिङ्सले यसै प्रकारको पुस्तक यसअघि लेखिसकेका थिए । सो पुस्तक विश्वका ५० भन्दा बढी भाषामा अनुवाद भइसकेको छ र विश्वभर करोडभन्दा बढी बिकिसकेको छ । जुन पुस्तकको नाम हो- 'ए बि्रफ हिस्टोरी अफ टाइम ।' जब यो पुस्तक १९८८ मा प्रकाशित भयो, त्यतिवेला पनि यसबारे प्रश्न उठेको हो । प्रश्न सहज थिएन । विश्व ब्रह्माण्डबारे के थाहा छ ? यो प्रश्न उठेको २२ वर्षपछि स्वयं डा. हकिङ्सले यसको उत्तर दिएका छन् र उनको प्रश्न र उनकै उत्तरले विश्वमा धर्मलाई आफ्नो गरिखाने भाँडो बनाउनेहरूलाई चोटिलो प्रहार गरेको छ । कार्ल माक्र्स र फेडरिक एंगेल्सले डेढ शताब्दीअघि द्वन्द्वात्मक भौतिकवादी दर्शन प्रतिपादन गर्दा पनि गिर्जाघरका मालिकले कार्ल माक्र्सलाई अधर्मी, पापिस्ट बोक्सो भनी आरोप लगाए र उनलाई एक दार्शनिकका रूपमा नहेरी साहित्यकार र अर्थशास्त्री बनाउने प्रयास गरे । तर, समयको अन्तरालसँग माक्र्स र एंगेल्सबाट प्रतिपादित द्वन्द्वात्मक भौतिकवादी दर्शन विश्वका ठूलो जनसमुदायको जीवन दर्शनका रूपमा परिणत हुन पुग्यो । स्टिफन हकिङ्सले डेढ शताब्दीपछि त्यही कुरा अर्को गरी घुमाएर भन्न खोजेका छन्, जुन कुरा कार्ल माक्र्स र एंगेल्सले भनेका थिए । फरक के मात्र हो भने हकिङ्सले दुई जोड दुई चार हुन्छ भन्ने ढंगले आफूलाई द ग्रयान्ड डिजाइनमा प्रस्तुत गर्न सफल भएका छन् । माक्र्स र एंगेल्सको पालामा टेक्नोलोजी र इन्फास्ट्रक्चरको यति ठूलो विकास नभइसकेकाले कहिलेकाहीँ दार्शनिक परम्परा कायम राख्दै दुई जोड दुई पाँच पनि हुन सक्छ भन्नुपर्ने अवस्था थियो । विश्वमा अहिले भएको सञ्चारसाधन र टेक्नोलोजीको द्रुत विकासले कुनै पनि कुराको समर्थन जनाउन वा विरोध जनाउन सहज भएको छ । डा. हकिङ्सलाई उनको पुस्तक र यसभित्र खाँदिएको विषयवस्तुको छाला काढ्न कसैले उनलाई घरमा निम्त्याउने छैन । तर, कार्ल माक्र्सलाई भने पुजीवादीहरूले उठिबास नै लगाएका हुन् । उनी पाँच-पाँचपटकसम्म आफ्नो मातृभूमिबाट खेदिए र कहिले फ्रान्स त कहिले बेलायत लुकेर बस्नुपर्यो । लुकेर बस्ने क्रममा उनलाई डर, त्रास देखाएर नसकिने भएपछि बौद्धिक तरिकाबाट उनीमाथि प्रहार हुन थाल्यो । यसको ज्वलन्त उदाहरण कार्ल माक्र्सकै एउटा लेखमा उनले उल्लेख गरेका छन् कि जब उनी १८७०-७२ ताका बेलायतमा मजदुरहरूको संगठन बनाउने प्रक्रियामा थिए, त्यतिवेला एकजना बेलायती पुजीवादी राजनीतिज्ञ जोन स्टुवार्ट मिलले कार्ल माक्र्सलाई एक साँझ खाना खाने निम्तो दिए । सो निम्तो कार्ल माक्र्सलाई माया गरेर वा उनलाई सम्मान गरेर दिइएको नभएर उनको विचारमा परिवर्तन ल्याउन सकिन्छ कि भन्ने उद्धेश्यले गरिएको थियो । कार्ल माक्र्स पनि कमजोर र कम चलाख थिएनन् । उनले आफ्नी छोरीलाई समेत लिएर गए । जोन स्टुवार्ड मिल पुजीवादी उदारवादी राजनीतिज्ञ थिए र उनी १८६० को दशकको अन्त्यतिर बेलायती संसद् सदस्य पनि थिए । त्यतिवेला मिललाई बेलायतको थिंक ट्यांग भनिन्थ्यो । कार्ल माक्र्सले आफ्नो एउटा पुस्तकमा यसबारे टिप्पणी गरेका छन्, 'जब म उनको घरभित्र प्रवेश गरेँ, त्यहाँको वातावरण देखेरै मलाई खुसी लागेन । त्यो वैभव र ढाँचा मेरा लागि देखावटी थियो,' माक्र्स अगाडि लेख्छन्, 'मैले कमसेकम एकजना अध्ययनशील राजनीतिज्ञसँग भेट हुने भयो भनेर सोचेको थिएँ, तर यथार्थ अर्को भयो । मैले मेरो विचार दृढताका साथ राख्न चुकिनँ । मैले उनलाई पेरिस कम्युनबारे पनि बताएँ । उनकी छोरीले बरु मेरो कुरा ध्यान दिएर सुनिन् ।'अहिलेको स्टिफान हकिङ्सको अवस्था फरक छ, उनी पुँजीवादी खेमाभित्रका वैज्ञानिक हुन् । उनको यो पुस्तकले धर्म र देवताको समर्थन गर्दैन, तर वर्गविश्लेषण र वर्गसंघर्ष एंव वर्गस्वार्थको कुरा पनि गर्दैन । त्यसैले यतिखेरको स्टिफन हकिङ्सको चर्चहरूसँगको लडाइँ वर्गस्वार्थको लडाइँ हुने छैन । बरु धर्मका पण्डितहरूले सो पुस्तक किनेर पढेर थपक्क एउटा कुनामा थन्क्याउनेछन् । यद्यपि, डा. हकिङ्सले प्रस्ट भाषामा वैज्ञानिक प्रमाणसहित धर्म र देवताका विरुद्ध चोटिलो प्रहार गरेका छन् ।

No comments:
Post a Comment