दिल पालुङवा लिम्वु
विषय प्रवेश
सर्वप्रथम यो लिम्वुहरुको मौलिक धर्म संस्कार, संस्कृतिको संरक्षण र सम्वर्द्धनको सवालमा उठिरहेको छलफलमा कसरी आगामी दिनहरुमा प्रस्तुत हुदै लिम्वुहरुको मौलिकता कायमै राख्दै जाने सवालमा भएको यस अन्तरक्रिया कार्यक्रममा मेरो विचारहरु यहाहरु समक्ष छोटकरीमा राख्न गईरहेको छु ।

धर्मको नाम
लिम्वुहरु सनातनवादी हौ । यद्दपी समयको माग अनुसार धर्मको नाम हुन जरुरी देखिन्छ । अहिले कतिपय लिम्वुहरुले किरात धर्म भनेका छन् । तर यो शव्दले आजसम्म भेटेको अर्थमा मौलिकता दर्शाएको पाईदैन । तर्सथ धर्मको नाममा विवाद व्यापक उठेको हो । संस्कार संस्कृति पनि केही फरक भएको छ येहाङ र सत्यहाङ विचमा । यी दुइलाई समायोजन गरेर एउटै वनाउनु पर्ने देखिन्छ - याक्थुङ लिम्वुहरुको लागि । किरात शव्द मुन्धुममा र लिम्वुहरुको वोलिचालीमा पनि प्रयोग नभएकोले यो मौलिक शव्द होईन । यो शव्दको व्याख्या हिन्दूहरुले असभ्य, पाखे, सुगुरको मासु खाने निच जाति आदिले व्याख्या गरेको छ । यद्दपी यो शव्दले ऐतिहासिकतालाई उजागर गर्ने हुदा कतिपय लिम्वुहरुले यो शव्दलाई ग्रहण गरेको पाईन्छ ।
यसर्थ लिम्वुहरुमा भएको मौलिक शव्द र व्यवहारसंग मेल खाने शव्दहरु निम्न रहेका छन्
१) थाक्यु साम्यो(सनातन धर्म)
२) याङनीवा साम्यो(प्राकृतिक धर्म)
३) मुन्धुम साम्यो(मुन्धुम धर्म)
४) येहाङ साम्यो(येहाङ धर्म)
५) युमा साम्यो (युमा धर्म)

व्याख्याः
१) सनातन धर्म-परम्परागत रुपमा मान्दै आएको धर्म भएकोले सनातन धर्म भन्न सकिन्छ ।
२) प्राकृतिक धर्म- प्रकृतिको पूजागर्ने हुनाले प्राकृतिक धर्म पनि भन्न सकिन्छ ।
३) मुन्धुम धर्म-मुन-हल्लिनु र दुम-शक्ति उत्पन्न हुनु । वैज्ञानिक व्याख्या भएको यो शव्दको र्सार्थकता व्यापक देखिन्छ । पुरानो लिखतहरुमा पनि मुन्धुम धर्म भनिएको हुदा यस नामको निरन्तरता सान्दर्भिक हुनेछ ।
४) येहाङ साम्यो (धर्म)- लिम्वुहरुको संस्कार संस्कृति निर्माण गरेर समाजमा लागु र्सवप्रथम येहाङले गरेका थिए । उहाको यो पद्दतीनै आजसम्म लिम्वुहरुले मानेर ल्याईरहेका छन् । तर्सथ वुद्ध, क्रिश्चियन आदि भनेझै येहाङ धर्म पनि नामकरण गर्न सकिन्छ ।
५) युमा साम्यो (धर्म)-लिम्वुहरुको प्राण युमानै हो भन्दा पनि हुन्छ । उनलाई सधै पुजा गरिन्छ । सिक्किममा युमा धर्म भनिन्छ । यसलाई पनि नेपालमा लागु गर्न सकिन्छ ।
यी माथिको व्याख्याहरु आआफ्नै भएतापनि मेरो विचारमा लिम्वुहरुको धर्मलाई मुन्धुम साम्यो (धर्म) भनिनु पर्दछ ।

धार्मिक संस्थाको आवश्यकता तथा यसको काम र उद्धेश्य
धर्मलाई सुचारु रुपमा अघि वढाउनको लागि एक संस्थाको निर्माण गर्नु पर्दछ । यसले धर्मको नामको किटानीको साथै काम पनि कतिपय कार्य विधीहरु परिमार्जन गर्नुपर्ने हुन्छ अर्थात मौलिकतापटि्ट जानु पर्ने हुन्छ । हामीले कतिपय सवालमा समय र परिस्थिती अनुसार पनि चल्नुपर्ने हुन्छ । तर मौलिकतामा ध्यान दिनुपर्दछ । हामी प्रकृतिवादी भएकोले प्राकृतिक चलनलाई आत्मासात गर्दा कुनै असर पर्दैन । किनकी प्रकृतिलाई पराजय गर्न सकिन्न । यसको उद्धेश्य मौलिकताको प्रयोग तथा यसवाट समृद्ध, शुशिल तथा सभ्य समाजको निर्माण गर्नुपर्दछ ।

हामीले निम्न कार्य गर्नु पर्दछः
१) माङथान निर्माण-हामीले लिम्वु मौलिकतामा आधारित माङथान घरभित्र तथा वाहिर सार्वजनिक स्थानमा निर्माण गर्नुपर्दछ । यसले सार्वजनिक रुपमा प्रत्यक्ष प्रभाव पार्नेछ । जनसंख्या वढ्ने क्रमको कारण पनि माङथानको महत्व वढि हुनेछ । माङथानमा फेदाङमाको अटुट व्यवस्था गर्नुपर्ने हुन्छ ।
२) संस्कार विधी मितव्ययी हुनुपर्दछ । मूल मौलिकताको चुरोलाई नछोडि कतिपय कुराहरुको परिमार्जन गर्नुपरे त्यस कुरालाई ध्यान दिएर गर्नुपर्दछ ।
३)येहाङको आठ विद्याको संरक्षण र संवर्द्धन - प्रयोग गरेर गर्नुपर्दछ ।
४) फेदाङमा, येवा आदि नभएको स्थानमा सेवासावाहरुको प्रवन्ध गर्नुपर्दछ ।
५) येहाङ विधीमा तुम्याङहाङको पनि उतिकै महत्वपूर्ण स्थान हुनेहुदा तुम्याङहाङको प्रवन्ध पनि गर्नुपर्दछ । यही तुम्याङहाङहरुले धर्म संस्कारको सञ्चालन अनन्तसम्म गर्नेछन् ।

टुंग्याउनी
वर्तमान अवस्थासम्म आईपुग्दा लिम्वु धर्मको नाम किरात भनिएर नेपाल सरकारमा दर्ता भएर प्रचलन आएको छ । यद्दपी यो नाम विवादितनै छ । संस्कार संस्कृतिहरु प्रिवर्तन भैरहेका छन् । यस्तै अन्य धर्मको संस्कार संस्कृतिको पनि प्रवेश भैरहेको छ । कतिपय हाम्रो दाजुभाईहरु जान अञ्जान अन्य धर्म विषेश गरेर क्रिश्चियनमा लागेका छन् । त्यतिमात्र होईन उनीहरु लिम्वुहरुको मौलिक धर्म र संस्कार क्रिश्चियनवाट आएको भन्न चुकाउदैनन् । कोही हिन्दूहरुको परम्परा पनि हाम्रो हो भन्न चुकाउदैनन् । तर्सथ यस्ता नाजायज तर्कहरुलाई चिरफार गर्दै हामी सच्चा लिम्वुपन खोज्ने, लिम्वु मौलिकतालाई मध्यनजर गर्दै लैजाने हो भने वास्तविक कुरालाई ध्यान दिएर अघि वढ्नु पर्दछ । अहिले किरात धर्मको नाम र शव्दमा पनि धेरै लिम्वुहरु आकृष्ट भएका छन् । हो, लिम्वु पूर्खाहरु विगतमा काठ्माण्डौमा र भारतीय उपमहाद्विपीय क्षेत्रमा राज्य गर्दा अन्य समुदायले किरात भनेका थिए । वास्तवमा उनीहरु आफैले हामी किरात हौ भनेर भनेका थिएनन् । त्यतिवेला धर्मको रुपमा मुन्धुमकै वोलवाला थियो । तर्सथ हामीले अहिले पनि मुन्धुम साम्यो (धर्म) भनियो भने त्यति अप्ठेरो पर्दैन । किनकि मुन्धुम स्वीकार्ने जमात लिम्वु, रार्इ, सुनुवार, याख्खा आदि भित्र वर्तमान अवस्थामा पनि प्रसस्तै छन् । त्यस्तै हाम्रै जस्तो परम्परा मान्नेहरु वाहुन, यादव आदि वाहेकका जातिहरु पनि छन् । जस्तै उधौली, न्वागी, साउने संक्रान्ती, माघे संक्रान्ती, तिहार आदि नेपालका धेरै जातिहरुले मान्दछन् । नेपाल वाहेक तिव्वती क्षेत्र, चिन, मंगोलिया, उत्तरपूर्वी भूभाग आदि देशहरुमा पनि यस्तै परम्परा प्रचलनमा भएको पाईन्छ ।

प्रस्तोताः
दिल वहादुर पालुङवा लिम्वु
ठेगाना-सिम्ले, तम्वर थुम, ताप्लेजुङ लिम्वुवान
हाल-हङकङ
मिती-४ जनवरी २००८
(लिम्वुहरुको धर्मवारे छलफलमा राखिएको दिल पालुङवा लिम्वुको विचार)

No comments:
Post a Comment