Mar 10, 2009

गीतकार द्वय डि.वी. र गीता पालुङवाहरुवारे

दिल पालुङवा लिम्वु
उमेर मेरो भन्दा वढीनै भएपनि भतिज हुन् डि.वी । त्यस्तै उमेरले सानी र भतिजी हुन गीता पालुङवा । लेखन र साहित्य, समाजसेवामा उनीहरुभन्दा पाकै हु । सार्इनोमा म दुवैको काका हुँ । एकातिर काका र अर्कोतिर हङकङको पृष्ठभूमिमा उनीहरुभन्दा साहित्य लेखनमा अग्रज हुँ। त्यसै नाताले पहिले वेलावेला उनीहरुद्वारा लेखिएको गीत कविता पत्रिकामा निस्कंदा चीनजानका साथीहरुले मलाई उदृत गर्दै तपाईले लेखिदिनु भयोकि, मिलाईदिनुभयो भनेर भन्थे । अझ मद्वारा सम्पादित पत्रिका सेक्मुरी आदिमा उनीहरुको कविता गीत तथा लेखहरु निकाल्दा दिल पालुङवाले आफै लेखहरु मिलाई पनि दियो र स्थान पनि दियो भन्ने कुराहरु गर्थे । यसमा मेरो प्रतिक्रिया रहन्थ्यो कि जुनसुकै प्रतिभाहरुलाई स्थान दिनुपर्छ र त्यसै वमोजिम कार्य गरेको भन्थे । अनी उनीहरुलाई यस्ता प्रतिक्रियाहरु आएका छन् अझै राम्रो लेख्ने प्रयास गर्नु भनेर सल्लाह तथा प्रेरणा दिन्थे । सोही वमोजिम उनीहरुवाट कार्य हुन्थ्यो । अझ एकपटक चुम्लुङमा गीतालाई लिम्वु महिला उद्घोषिका कोही नभएको वेला तिमीले उदघोषण गर्न कोशिश गर भन्दा कहिल्यै माईकमा नपरेकि गीताले मलाई त केही आउदैन तर कसैले
. . . . . . . . . गीतकार द्वय डि.वी. पालुङवा र गीता पालुङवा
सहयोग गरेमा कोशिश गर्नुपर्लाकि भनिन् । त्यहावाट थाहा भयोकि गीता केही गर्न चाहान्छिन र अवसरको खोजिमाछिन् । तसर्थ उनलाई भूपेन्द्र चेम्जोङको उद्घोषण जोडी वनाईयो र पाकिस्तानी क्लवमा भएको पहिलो चुम्लुङको कार्यक्रममा उद्घोषण अवसर प्रदान गरियो । उनले त्यो वेला वल्लैले कार्य सम्पन्न गर्न सकिन् । सम्भवत उनलाई निकै लामो समयसम्म प्रस्तुति राम्ररी गर्न नसकिएकोले निन्द्रा लागेन होला । उनलाई धेरै झकझक्याउने कार्य गरियो । हिम्मत हार्नु हुदैन भनियो । क्रमश उनलाई अवसर दिदै जादा र उनको प्रयासको वावजुद आजको दिनमा आईपुग्दा गीता आफै उद्घोषण तथा अन्तरवार्ता लिन सक्षम भएकी छिन् । त्यस्तै उनले लैजा चरी र प्रसंशा गरी दुइ वटा गीती क्यासेटको निर्माण गरेकी छिन् । त्यहा धेरै आफ्नै शव्द रचना रहेको छ । त्यस्तै यो साल जीन्दगीको यात्रा नामक भिज्युवलाईज पनि निर्माण गरेकी छिन् । त्यतीमात्र नभएर आफै पनि मोडल भएकी छिन् । त्यस्तै लिम्वुभाषामा पनि गीत लेखन तथा मोडल भएकी छिन् । उनी गीत वाहेक कविता तथा कथा लेखनमा पनि पोख्तछिन् । तसर्थ गीता पालुङवाले गीती क्षेत्र तथा साहित्य आदि क्षेत्रमा आफ्नै पहिचान वनाएकीछिन् ।
अर्कोतिर भतिज डि.वी पालुङवा गीताभन्दा लेखन क्षेत्रमा गहकिला हुन् । उनी राम्रा कविता लेख्छन् । त्यस्तै उनी कथाकार पनि हुन् । यद्दपी उनले गीती क्यासेट आलापको आफ्नै रचनाको गीतहरुमा नेपालका सुनिता सुव्वा, राजेश पायल राई, दिपक लिम्वु आदिको स्वरमा निर्माण गरेको छन् । उनको आलापमा गहकिला गीतहरुको संग्रह रहेको छ । यसले उनलाई गीतकारको रुपमा स्थापित गरिसकेको छ । तसर्थ डि.वी. र गीता दुवैलाई गीतकारको रुपमा चिनिन्छ । अव दिल पालुङवाले लेखिदियो, गरिदियो भनिदैन । यो मेारो लागि पनि खुसीको क्षण हो । किनकी अव म त्यो आरोपवाट मुक्त भएको छु । म आफैचाही अहिलेको समय लिम्वुवान राजनितीमा लागेतापनि नेपाल कुश्शा उपन्यासकार को रुपमा चिन्दछन् । तसर्थ वेलावेला हामी तीन जना पालुङवाहरुलाई उदृत गर्दै "त्रय पालुङवा" भन्दछन् । यसरी अनेक कोशिसको वावजुद डि.वी र गीता स्थापित भएका छन् । उनीहरुको अथक प्रयासको फल हो यो । उनीहरुको कलम अझै तिखारियोस मेरो कामना छ । साथै सवैले उहाहरुको सफलताको कामना गरौं । सेवारो ।

No comments: