Nov 10, 2008

हवाईदेखि ह्वाइट हाउससम्म बाराक हुसेन ओबामा

राजेन्द्र बस्नेत
'मेरो उम्मेदवारी एउटा युगान्तकारी परिवर्तन हुनेछ', यसो भनेर मैदानमा होमिएका ४७ वर्षो 'कालो ठिटो' बाराक हुसेन ओबामा यतिखेर साच्चै विश्वभर उर्लेको वाहवाही र बधाईसाथ इतिहास रच्दै संसारकै शक्तिशाली (अमेरिकी राष्ट्रपतिको) कुर्सीमा पुगेका छन् । ३८९ वर्षघि दासका रूपमा भित्र्याइएका कालाजातिबाट राष्ट्रपति बनेर उनले अमेरिकी इतिहासमा एउटा नया अध्याय लेखेका छन् । ४० वर्षघि हत्या गरिएका रङ्गभेद विरोधी आन्दोलनका प्रणेता मार्टिन लुथर किङले समानताको जुन सपना देखेका थिए, त्यो आज पूरा भएको छ । नाम र जातिका कारण ह्वाइट हाउससम्मको यात्रा अत्यन्तै कठिन हुने जुन अडकलबाजी गरिएको थियो, त्यसलाई चिर्न उनी सफल भएका छन् । उनको जितसँगै विश्व यसकारण पुलकित छ कि अब अमेरिकी नीति र कामकारबाही परिवर्तन हुनेछ । सम्भवतः १६ महिनाभित्र इराकबाट अमेरिकी सैनिक फिर्ता हुनेछन् । इरानसँग वार्ताबाटै समाधान खोज्ने ओबामाको अडान र्सार्वजनिक भइसकेको छ । तर पाकिस्तानमाथि आक्रमणको खतरा भने बढेको छ । पाकिस्तानले स्वीकृति दिए पनि नदिए पनि आक्रमण गरी अलकायदाको शरणक्षेत्र ध्वस्त पार्ने घोषणा उनको छ । इराकबाट फिर्ता सैनिकलाई भने उनले अफ्गानिस्तान पठाउने बताएका छन् । अमेरिकाभित्र मध्यमवर्गीय र आप्रवासी कर छुट दिने उनको एजेन्डाबाट बढी खुसी छन् । अवैध आप्रवासीलाई समेत वैध गराउने योजना ओबामाको छ । सेप्टेम्बर ११ पछि जारी कडा कानुनका केही अंश खारेज गर्ने उनको अर्को मुद्दा हो । उनी अमेरिकी राष्ट्रपतिमा विजयी हुदा जुन खुसीको सञ्चार विश्वमाझ छ, त्यसको पछाडि रहेको हवाईदेखि ह्वाइट हाउससम्मको उनको यात्रा कम्ती मार्मिक र संघर्षपूर्ण छैन । केन्सास राज्यकी अमेरिकी आमा र केन्याका बाबुबाट जन्मेका उनी ६ वर्षो छदा आमाले सम्बन्धविच्छेद गरी एक इन्डोनेसियालीसँग बिहे गरिकी थिइन् । न्यान्जा प्रान्तको लुओ जातिका अश्वेत उनका पिताको नाम पनि बाराक हुसेन ओबामा नै थियो । छात्रवृत्ति पाएर अध्ययन गर्न अमेरिका पुगेका उनका बाबुले अध्ययनक्रममा हवाई विश्वविद्यालयकी अमेरिकी गोरी छात्रा स्टान्ले एन डुनहामसँग प्रेमविवाह गरेका थिए । उनीहरूबाट ४ अगस्ट १९६१ मा ओबामा जन्मिएका हुन् । बाबुछोराकै एउटै नाम राखेकाले परिवार र आफन्तले उनलाई ओबामा जुनियर भन्थे । तर छोरा जन्मिएको एक महिनापछि नै बाबु घर आउन छाडेका थिए । सम्बन्ध बिग्रदै गएपछि आमाले इन्डोनेसियाका लोयो सोतेरोसँग बिहे गरेकी थिइन् । जन्मेको एक महिनामा छाडेर गएका बाबुसँग उनको एक पटकमात्र भेट भएको थियो । बाबु ओबामाको १९८२ मा किनियामा कार दुर्घटनामा मृत्यु हुनपुग्यो । आमाले इन्डोनेसियालीसँग बिहे गरेपछि उनीहरू जाकार्ता गए । इन्डोनेसियामै उनी स्कुल पढ्न थाले । उनका पिता र सौतेला पिता दुवै मुस्लिम थिए । तर ओबामा इसाई हुन् । इन्डोनेसियमा ४ वर्षपढेपछि १० वर्षो उमेरमा फेरि अमेरिका फर्केर उनी हजुरबुबा र हजुरआमासँग बस्नथाले । बाल्यकाल र किशोरावस्था उनीहरूसँ गै बिताए । 'कसरी सपना देख्ने र कडा परिश्रम गर्ने भन्ने मैले आमा र हजुरआमाबाट सिकेको हु' भन्ने ओबामाले उनीहरू दुवैजना आफ्नो जीवनको 'पथप्रदर्शक' भएको बताउदै आएका छन् । आमा स्टान्लेको क्यान्सरबाट १९९५ मा मृत्यु भएको थियो भने उनले सबैभन्दा बढी माया र आदर गर्ने हजुरआमा माडेलिन पेने डुनहामको उनी राष्ट्रपति हुनु दुइ दिनअघि ८६ वर्षो उमेरमा आइतबार निधन भयो । कोलम्बिया विश्वविद्यालयमा राजनीतिशास्त्रको अध्ययन पूरा गरेपछि उनी सिकागो गएका थिए । उनले १९८८ मा हवार्ड ल स्कुलमा कानुनको अध्ययन सुरु गरे । उनी त्यहाको 'हवार्ड ल रिब्यु'को पहिलो अप्रिmकी-अमेरिकी अध्यक्ष बने । र ल रिभ्युको सम्पादक पनि भए । १९९२ देखि २००४ सम्म युनिभर्सिटी अफ सिकागोको ल स्कुलमा संवैधानिक कानुनको अध्यापन गरे । पढाइ पूरा गरेपछि उनले कर्मभूमि सिकागोमा सामाजिक काम सुरु गरे । सुरुमा उनले मतदाता पञ्जीकरण अभियान चलाए । पछि संवैधानिक कानुनको वकालत गर्नथाले र नागरिक अधिकारका लागि लड्ने चर्चित अधिवक्ताका रूपमा स्थापित भए । सिकागोको सिडनी आस्टिन ल फर्ममा सहायकका रूपमा काम सुरु गरेपछि १९८९ मा उनको भेट मिसेल रबिन्सन भयो । उनी त्यहा ओबामाकी सल्लाहकार थिइन् । सम्बन्ध बढ्दै गएपछि ओबामाले उनीसँग प्रेम प्रस्ताव राखेका थिए । तर मिसेलले अस्वीकार गरिन् । दुइ वर्षछि मिसेलको मन पग्ल्यो । त्यसपछि १९९१ मा उनीहरूको 'इन्गेजमेन्ट' भयो भने १८ अक्टोबर १९९२ मा विवाह गरे । उनीहरूबाट १९९८ मा जेठी छोरी मालिया आन र २००० मा कान्छी नतासा (सास) जन्मिएका छन् । ओबामाको राजनीतिक जीवन १९९१ बाट सुरु भएको हो । १९९२ मा बिल क्लिन्टनको मतदाता सूचीकरण अभियानमा उनी सहभागी हुनपुगे । सन् १९९६, १९९८ र २००२ मा इलिनोइसको सिनेटमा निर्वाचित भए । त्यहा उनले आफ्नो पहिचान दलगत बन्धनभन्दा माथि उठेर काम गर्नसक्ने नेताका रूपमा बनाए । गरिबलाई कर छुट र मृत्युदण्डसम्बन्धी कानुन परिवर्तनका लागि धेरै काम गरे । २००४ को जुलाईमा डेमोक्रेटिक नेसनल कन्भेन्सनमा दिएको भाषणपछि देशव्यापी रूपमा चर्चित भएका उनी २ नोभेम्बर २००४ मा अमेरिकी सिनेटमा निर्वाचित भए । उनी अमेरिकाका पाचौं अफ्रीकी-अमेरिकी सिनेटर हुन् । ओबामा २००५ मा सिकागो हाइडपार्कबाट केनउडमा बसाइ सरेका छन् । सिकागोबाट सांसद ओबामाले आफ्नो चुनावी अभियान राष्ट्रिय सिनेटको त्यो सिढीबाट गरे, जहा कुनै बेला युद्धका बेला तत्कालीन राष्ट्रपति अब्राहम लिंकनले सदनबाट 'एकसाथ हुन वा छिन्नभिन्न हुन' भनेका थिए । ओबामा सुरुका दिनदेखि नै इराक युद्धको विपक्षमा छन् । मार्च २००३ मा इराक युद्ध हुनु पहिले नै उनले आशंका व्यक्त गर्दै अमेरिका त्यसतर्फअघि बढ्नु गल्ती हुने उद्घोष गरे । जुन कदम उनले भनेजस्तै बुसको 'गल्ती'का रूपमा अमेरिकीले लिएका छन् । उनी इरानसँग पनि विनार्सत वार्ता गर्ने पक्षमा छन् । उनले बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयर, इटालीका डेमोक्रेटिक पार्टी नेता वाल्टर भेल्ट्रोनी, फ्रान्सेली राष्ट्रपति निकोलास सार्कोजीसँ ग अत्यन्तै घनिष्ट सम्बन्ध बनाएका छन् । उम्मेदवारी घोषणापूर्व नै ओबामा अन्तर्राष्ट्रिय सम्बन्ध बालियो बनाउनेतर्फपनि अग्रसर थिए । तत्कालीन बेलायती प्रधानमन्त्री ब्लेयरसँग उनले २००५ मा लन्डन पुगेर भेट गरेका थिए भने २००६ मा सार्कोजीसँग वासिङटनमा विशेष वार्ता गरेका थिए । भेल्ट्रोनीले २००५ मा ओबामाकै सिनेट अफिसमा आएर भेट गरेका थिए । ओबामाले दुइवटा पुस्तक लेखेका छन्- 'द अडासिटी अफ होप' र 'ड्रिम्स फ्रम माई फादर' । 'ड्रिम्स फ्रम माई फादर' पुस्तकमा उनले आमा र उनका परिवारबारे उल्लेख गरेका छन् । 'द अडासिटी अफ होप'मा उनले आफू धार्मिक प्रवृत्ति भएको घरमा हुर्किएको होइन भन्ने प्रस्टयाएका छन् । उक्त पुस्तकमा उनले उल्लेख गरेअनुसार उनकी आमा पनि 'अधार्मिक' बाबुआमाबाट हुर्किएकी थिइन् । बाबु मुस्लिम परिवारमा हुर्के पनि जब 'गोरी आमा'लाई भेटे, तबसम्म नास्तिक भइसकेका थिए । सौतेलो बाबुबारे उनले भनेका छन्- 'यस्तो मान्छे जसले धर्मलाई त्यति महत्त्व दिदैनथ्यो र भन्थ्यो- धर्म भनेको काम आउने कुरो होइन ।' ओबामामा धार्मिक विचार जवान भएपछि आएको थियो र उनले १९८८ मा ' ट्रिनिटी युनाइटेड चर्च अफ क्राइस्ट'बाट 'बाप्टिज' लिएका थिए ।
ओबामाको जित झन्डै चार सय वर्षलामो इतिहासको यस्तो कोल्टे फेराइ हो, जसलाई कालाजातिको ऐतिहासिक स्वाभिमान र संवेगले ओतप्रोत गरेको छ । तत्कालीन बेलायतको उपनिवेशमा रहेको अमेरिकामा सन् १६१९ मा कालाजातिलाई दासका रूपमा अफ्रीकाबाट भित्र्याइएको थियो । उपनिवेशबाट १९७६ मुक्त भई जर्ज वासिङटन पहिलो राष्ट्रपति भएपछि अधिकारका लागि कालाजातिले आन्दोलन सुरु गरेका थिए । आन्दोलन गृहयुद्धमा रूपान्तरण हुनथालेपछि सन् १८६५ मा संविधान संशोधन गरी दासप्रथा उन्मूलन घोषणा गरियो । उन्मूलन भनिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेपछि जारी रङ्गभेद विरोधी आन्दोलन १९६५ मा निकै चर्कियो । अगुवा मार्टिन लुथर किङको १९६८ मा हत्या भएपछि आन्दोलन थप चरमोत्कर्षा पुग्यो । स्थिति सम्हाल्न नसकेपछि सरकारले गोरासरह अधिकार दिने प्रतिबद्धता जाहेर गरेपछि कालाजातिले प्रशासन र सैनिक सेवामा प्रवेश पाए । त्यसपछि अश्वेतहरूको पनि उच्च ओहोदा पुग्ने ढोका खुल्यो । सन् १९८९ मा कोलिन पावेल अमेरिकी सेनाको कमान्डर नियुक्त भए । उनी पछि विदेशमन्त्री पनि भए । यस्तै अश्वेत महिला कन्डोलिजा राइस २००५ मा विदेश मन्त्री भइन् । र आज आएर ओबामाले नया इतिहासको अध्याय लेखे ।
कान्तिपुरबाट

No comments: