Nov 10, 2008

किरात महागुरु फाल्गुनन्द

चन्द्रकुमार सेर्मा
महागुरु फाल्गुनन्द मुहिगुम अङ्सीमाङको जन्म याक्थुङ लिम्बू जातिमध्ये लिङ्देन वंशमा भएको थियो । उनले लिम्बुवानको बृहत् किरात चुम्लुङ गरी १० बुदे लिखित सत्यधर्म मुचुल्का खडा गरे । उनले प्रतिपादन गरेका सत्यधर्म मुचुल्का यस्तो छः 'प्रत्येक गाउगाउमा मन्दिर र पाठशाला घर बनाउने, लेखपढ सिकाउने, शास्त्राज्ञहरूको तलब भत्तालाई चन्दा संकलन गर्दा घर १ को रु आना २ दुइका दरले उठाउने निर्णय गर्यौ । देव, पितृ, विवाह सुद्धाइ" गर्दा जीवघातको चलन छोडी अब उप्रान्त नैवेध धूपबाती सिन्दूर फलफूलले गर्ने । छोरी चेलीको सोतरीत खाने लिम्बूको चलनले आफ्नु र सबिक्री गरी आफैंले खाने गरेको मनुष्य जाति धर्मका विरुद्ध परी पाप घृणा लाग्दो भयाको सो चलन त्यागी अब उप्रान्त सोतरीत केही नखाई बागदत्ता बोली विवाह गरी दिनेलिने, ली दि सकेपछि माइतीलाई जुठो नलाग्ने, मृत्यु सूतकमा कसैले ३ दिन, कसैले ४ दिन बार्ने ४/५ दिनदेखि सरासर काम खेती गर्ने काम ९ दिनमा 'कुश्रीङबा' बारेपछि १० दिनदेखि मात्र जुठो सकिने गरी आएकाले अब उप्रान्त ९ दिन किरिया बारी १० दिनमा शुद्ध हुने, खेती काम गर्नेलाई किरियापुत्री बाहेक अरूलाई ३ दिन मात्र काम खेती बारी तहादेखि बार्न नपर्ने, वृद्धि सूतकमा घर्टाई ४ दिन बार्ने गरेको सो पनि सनातनबमोजिम १० दिन बार्ने र सुतकेरीका जीउलाई २२ दिन बार्ने किरियापुत्रीले सामदाखोङ राखी कोरामा बस्दा सुंगुर कुखुरालगायत पशु प्राणीले छोयो भने तारान्तार हुदैन भनी दाजुभाइ इष्टभित्र भेला भई रातदिन रुघ्ने सोही साम्दाखोङ राखेकामा बिहान बेलुकी पिण्ड दिदा सुगुर कुखुराको मासु खोजी पिण्ड दिने, कसैले मुर्दा जलाई दबाइसकेकै दिन सुगुर कुखुरा काटी मलामीलाई खुवाई साम्दाखोङमा पिण्ड दिने, कसैले सामदाखोङ्मा मासुको पिण्ड नदिन, नुन तेल छोई सुद्धाइ" गरेका दिन सु"गुर काटी मासुको पिण्ड दिने खुवाउने पितृ मुक्त गर्ने वाक्यमा भने 'वालाम् फाक्लाम् मेन्दीक्के' अर्थात कुखुरा सु"गुरको कोखमा नजानु भन्ने वाक्य गरी आएकाले पितृ, देव, धर्म कार्जेमा पशु प्राणीको हत्या गरी मांसको पिण्ड दिने गर्दा अहिंसा परमोधर्म खण्डन भै धर्मर् नोक्सानी भयाकोले आजदेखि त्यागी अब उप्रान्त अदुवा-दूध-चामलको पिण्ड दिने गर्नु । याक्थुङबा गैह्रमा सुगुर कुखुरा अघि नखायाको पछिबाट नबुझी खाने गरी आयाको बुझियाकोले अब उप्रान्त लिम्बू जाति कसैले सुगुर कुखुरा नखानु । जन्मदाता बाबु आमाले पाप धर्म नोक्सानको विवेक गरी चाहि दोबाहेकको बढी नोक्सानी अधर्मको चलन रोकी दिए धर्मतर्फो चलन चलिआए सन्तानले सोही चलन मात्र जन्म"दादेखि जानीबुझी गरी आउने भै सुधार हुनेमा विवेकरूपी बुद्धि गराउने विद्यारूपी याक्थुम्बा कुल जातिमा रहित भै जन्मदाताहरूबाट मद खाने गरी ल्यायाको विचार गर्दा मद नखाने चलन भएका मनुष्य जातिमा मद खानेभन्दा राम्रा तबरसँग व्यवहार चलि आएकाले मद नखाए पनि हुने रहेछ भन्ने प्रत्यक्ष प्रमाण देखिआएको हुदा मद खाने चलन बढी खर्च भारी नोक्सानी सन्तानलाई गरिबी प्राप्त गराउने चलनको रूप देखिन आयाको भै याक्थुम्बा जातिमा मद खाने चलन त्याग गरी सो मद तर्फो खर्चले गाई, भैंसी, पाली मदको बदलामा गोरसको सेवन गरी हरेक कुराको फाइदा भै आफ्ना कुलजातिमा सन्तानलाई गरिबीमा प्राप्त गरायाको दुःख छुटाई सुःख सुधारमा दाखिला गरायाको पुण्य वर्तमान कालका जन्मदाताहरूलाई मिल्न आउने हुनाले अब उप्रान्त याक्थुम्बा जातिले मद नखानु । बुझ्दा आजकाल लिम्बूमा 'तेन्थादिङ मेख्खिम लक्मेल्ले साम्यो निङ्वाले माङ्इला' अर्थात गायेत्री विवाह आदि कर्म चलाउदा नित्य मनुष्य कर्म धेरैजसोमा छुट्न गएको बुझिएकाले विवाह कर्म चलाउदा सनातन याक्थुम्बामा चलिआयाको 'साम्यो निङ्वाले माङ्इला' नित्यकर्म गायेत्री नसुनी नसुनाई विवाह गरेकाले मात्र मनुष्य धर्मको कर्ममा गुज्रेको नभै विवाह कर्म नगर्दा जस्तो थियो उस्तै मात्र हुनाले सो भएकाहरूलाई चुलामा नचढाउनु । अब उप्रान्त सनातन धर्मबमोजिम 'साम्यो निङ्वाले माङ्इला' जान्ने फेदाङ्वा साम्बा ल्याई आफ्ना जात भाषाको गायत्री मन्त्र सुनाई विवाह कर्म चलाउने गर्नु । हामी याक्थुम्बामा आफ्नै देशमा कपास खेती ल्याई चर्खा चलाई अब उप्रान्त आफ्नै स्वदेशी कपडामात्र कपास खेती गरी आफैंले धागो कात्ने बुन्ने चलन बर्ढाई स्वदेशी कपडा मात्र लाउने गर्नु । अब उप्रान्त विदेशी कपडा कसैले लाउने नगर्नु ।'
लेखक, दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन् ।

कान्तिपुरबाट

No comments: