Nov 18, 2008

स्वतन्त्र लिम्वुवान स्टेटको नायक विजय वहादुर लिम्वु

दिल पालुङवा लिम्वु
लिम्वुवानको आन्दोलन र त्यो आन्दोलनसंग सम्वन्धित विजय वहादुर लिम्वुको वारेमा कमैले मात्र सुनेका छन् । त्यसैले यस पटक विजय वहादुर वारे थोरै प्रसंग कोटयाउन गईएको छ । को हुन त विजय वहादुर - विजय वहादुर भनेको वि.सं. २००७ सालको समयमा स्वतन्त्र लिम्वुवान स्टेट वनाईनु पर्छ भनेर लागेका एक होनहार व्यक्तित्व हुन् । उनी भूपू आर्मी हुन् । सात सालको क्रान्तिको समयमा उनको नेतृत्वमा स्वतन्त्र लिम्वुवान स्टेटको माग गरेर उनीहरु अगाडि वढेका थिए । त्यसवेला केन्द्रीय कमिटी लगायत विभिन्न स्थानमा कमिटीहरु तथा सैन्य दस्ता पनि उनीहरुले तयार गरेका थिए । लिम्वुवानमा उनीहरुको सैनिक दस्ता निकै वलियो थियो । लिम्वुवानको व्यापक समर्थन थियो । वि.सं २००७ साल पुस माघ तिर प्रायस कांग्रेसले विभिन्न इलाकाहरु कव्जा गर्दै राणाहरुलाई विस्थापित गर्दै थियो । त्यस्तै कतिपय स्थानमा लिम्वुवानको सैनिकले अव लिम्वुवान लिम्वुवाननै हुनुपर्छ भन्दै लिम्वुवानको भूमि कव्जा गर्दै थियो । राणाको भगाई तथा कांग्रेससंग लिम्वुवानले लड्नुपर्ने हुंदा विजय वहादुरहरुले तेरथुम, पानथरको चौकीहरु कव्जा गर्दै इलाम कव्जा गर्न लाग्दै गर्दा इलामको मंगलवारेमा चौकि आक्रमण गर्ने सवालमा भएको युद्धमा विजय वहादुर लगायत १२ जना जति लिम्वुवान योद्धाहरुले वीर गति प्राप्त गरेका थिए । त्यहा विना हतियारका अन्य धेरै सिभीलियनहरु पनि थिए । तर विभिन्न सुव्वाहरुको पहलमा पून युद्धले मोड लिन पाएन । यद्धपी विजय वहादुरहरु मरेर गए । उनीहरुको कार्य अधुरो रहेता पनि समयले उनीहरुको आदर्शलाई पछ्याईरहेको छ । लिम्वुवानको लागि आफ्नो ज्यानको वलि दिन तयार विजय वहादुरको सपना पुरा गर्न सम्पूर्ण लिम्वु तथा लिम्वुवानले साथ दिन आवश्यक भएको छ । स्मरण रहोस त्यसवेला विजय वहादुरको समुहवाट त्रसित सरकारले उनलाई धनकुटामा थुनेको थियो । तर उनी लगायतकाले वि.सं.२००७ चैत ११ गते धनकुटा जेल तोडि भागेर लिम्वुवान सेना तयार पार्दै लड्ने क्रममा इलामको मंगलवारेमा वि.सं.२००८ वैशाख १२ गते उनले शाहदात प्राप्त गरेका थिए । उक्त सात सालको समयमा कांग्रेस लगायतको समुह मिलेर धनकुटा कव्जा गरेर केही समय लिम्वुवान प्रान्तीय सरकार पनि ललित वहादुर तुम्वाहाङफेको नेतृत्वमा गठन गरिएको थियो । पछि कांग्रेसले सत्ता कव्जा गरेपछि उक्त लिम्वुवान प्रान्तीय सरकार पनि विघठन गरिएको थियो । अन्त्यमा लिम्वुवान योद्धाको सपना साकार होस् । उहा लगायत धेरैले लिम्वुवानको लागि रगत वगाएका छन् । अवको संविधान सभाले अवश्य विजय वहादुर लगायतको सपनाहरु साकार पार्न सकोस् । त्यसको लागि वर्तमान अवस्थामा लिम्वुवानको लागि आवाज उठाउने समुहहरुले फुटमा विश्वास नगरी जुटभई कार्य गरे विजय वहादुरहरुको सपना पुरा हुने देखिन्छ । सेवारो ।

No comments: