दिल पालुङवा लिम्वु
विगत महिनामा माओवादी नेताहरु गोपाल खम्वु उर्फकिराती र विश्वद्विप लिङदेन हङकङ आएका थिए । हङकङेली नेपालीहरुले नया“ मन्त्री गोपाल खम्वुसंग भेटेर यहाको वास्तविकताहरु अवगत गराउने तिब्र विचार गरेका थिए । तर उनले स्वयं आयोजक पक्षलाईनै लत्याएर काम गरेका थिए-अरुको त के कुरा । जे होस उनले सर्वहारावादी माओवादी नेताको मण्डले चरित्र राम्ररी प्रस्तुत गर्ने अवसर पाएका थिए । वडो अचम्मको कुरा प्रचण्डहरुको प्रशिक्षित नेता उनवाट जनताले आश गर्ने कुरा कमै मात्र रह्यो । सम्भवत उनवाट माओवादीहरुको केही विशेषतायुक्त संकेत अवश्य मिल्ने हुदा माओवादीको कार्य देशको लागि कतिको फलदायी हुनेहोला अनुमान गर्न सकिन्छ । यसै परिप्रेक्षमा उहासंग लिम्वुवान राष्ट्रिय मोर्चाले भेटेर लिम्वुवान स्वायत्त राज्यको सवालमा छलफल गर्ने विचार गरेको थियो । तर उनले समय दिएनन् । उनले सम्भवत प्रयोग गरेको होलान् विश्वद्विप लिङदेन लिम्वुलाई । किनकी लिङदेनजीले लिम्वुवानको वारेमा कुरा गर्दा लिम्वुहरुलाई वारम्वार आग्रह गरिरहेकि आदाङवे ! तपाईहरुले भनेको जस्तो तराईको लिम्वुवान कोचिलालाई छाडिदिउ । हामीले दावी नगरौं । हामी उदार पनि हुनुपर्छ आदि । अर्थात उनी लिम्वुवानको सकारात्मक पक्षमा वोलेनन् । त्यसको जवाफमा उनलाई तपाईहरु सच्चा लिम्वुवान राष्ट्रवादी हो भने लिम्वुवानको विपक्षमा नआउनुहोस, यदि आउनुहुन्छ भने वन्दुकको लडाई पून सामना गर्नुपर्नेछ ? यो अवश्य राम्रो होईन ? चेतावनी आयो । अन्त्यमा उनले यस वारेमा छलफल चलाउदै जाउ भनेर कुरा टारेर गए । लिम्वुवानको प्रसंगहरु आईरहदां केही मित्रहरुले यो कुरा धेरै गर्न पाईदैन कार्यक्रममा भनेर विचविचमा अवरोध गर्न पनि खोजेका थिए । जनजाति महासंघको कार्यक्रम भएकोले लिम्वुवानवादीहरुले संयमता अपनाएका थिए । नत्र नेतासंग कुरा राख्न नपाई निरंकुशता किन र किन नेतालाई सार्वजनिक गर्ने ? त्यो नेता हामी सवैकोचाही होईन ? आदि सवालमा गर्मागर्मी झण्डै भएको थियो । फेरी राई चन्द्रदुमीवाट केही समयपछि सनराईज साप्ताहिक मार्फत लेख आयो कि खम्वुले धोका दिए पनि लिङदेन लिम्वुले लिम्वुहरुलाई चित्त वुझाए । विडम्वनाको कुरा लिम्वुहरुले लिङदेनसंग प्रश्न राख्न र दोहोरो छलफल चलाउन आतुर लिम्वुहरुलाई उनले पनि यो कुरा धेरै राख्न पाईदैन भनेका थिए । यथार्थमा कुरो यस्तो हुदाहुदै मिडियामा त्यस्तो छदम कुरा आएको थियो । लिम्वुहरु लिङदेनको लिम्वुवान विचार प्रति पूर्ण असमत रहेका थिए र छन् पनि । किनकी हङकङेली लिम्वुहरुले पनि इतिहास पढेका छन् । इतिहास मात्र होईन हिजोअस्तीसम्म लिम्वुवानको भोगचलन गरेका छन् । तसर्थ कुनै पनि हालतमा कोशी पूवको सम्पूर्ण ९ जिल्लाहरु लिम्वुवान स्वायत्त राज्यमा हुनुपर्छ भन्ने पक्षमा छन् । उनीहरु लिम्वुवानको भूमि छोड्नवाला छैनन्-चाहे लड्दा लड्दा लिम्वुनै सकियुन । किनकी यो भूमि लिम्वुवानको थियो र सदा हुनुपर्दछ । यदि स्वायत्त राज्यमा लिम्वुवानको उक्त भूमि हुन सक्दैन भने आजसम्म चूप लागेर वसेको लिम्वुहरुले स्वायत्तको लागि किन लड्ने-लडिसकेपछि स्वतन्त्रतको लागि लड्नै श्रेयस्कर हुने तर्कहरु छताछुल्ल हुनथालेका छन् । तसर्थ लिम्वुवान स्वायत्तको सवालमा कसैले पनि कानमा तेल हालेर वस्न हुदैन । गंभिर भएर सोच्नु पर्ने हुन्छ । त्यसवेलाको लडाई लिम्वुवानमा मात्र सिमित हुदैन । नेपालभरी हुनसक्छ । किनकी राजनिती खेल हो । खेल जित्नलाई जसले पनि रणनिती वनाउनेछ । लिम्वुवानको रणणिती पनि विरोधी पक्षलाई कमजोर वनाउने अवश्य हुनेछ । तर कामना गरौ यस्तो अवस्था कहिल्यै नआवोस । सेवारो ।
No comments:
Post a Comment