टंक वनेम
काठमाण्डौको अलि अग्लो थुम्काथुम्कीबाट उत्तर तिर लहरै उभेका सेताम्मे हिम शिखरहरु देख्दा एक किसिमको आनन्दले मन भित्र भित्रै खुशीको लिङ्गे पिङ मचाउँछ । आँखा सौर्न्दयको निलोदहमा डुबुल्कि मार्छ । हिमालमा परेको हिउँको चिसो हावाले हात खुट्टा र शरीर कठ्याँङ्रिदा पनि हिमाल प्रतिको आनी बानी बारे खोजिको बिषय हुँदैन ।
तर हिमशिखर र झयामोलोङ्माको फेदमा बस्ने स्थानिय मानिसहरुले झयामोलोङ्मा बारे धेरै अनुभव गरेका हुन्छन् । झयामोलोङ्मा माथि कस्तो बादल लाग्यो भने के हुन्छ - कस्तो हावा चल्यो भने हिउँ पर्छ । कतिको घाम चर्के पछि हिमालबाट बिस्तारै हिउँ पग्लिन थाल्छ यि यावत कुराहरु त्यहाँका रैथानेहरुले अनुभव गरेको हुनाले
उपन्यासकार देश सुब्बा र भयवादमा आधारीत उनको नया उपन्यास आदिवासीकाठमाण्डौको अलि अग्लो थुम्काथुम्कीबाट उत्तर तिर लहरै उभेका सेताम्मे हिम शिखरहरु देख्दा एक किसिमको आनन्दले मन भित्र भित्रै खुशीको लिङ्गे पिङ मचाउँछ । आँखा सौर्न्दयको निलोदहमा डुबुल्कि मार्छ । हिमालमा परेको हिउँको चिसो हावाले हात खुट्टा र शरीर कठ्याँङ्रिदा पनि हिमाल प्रतिको आनी बानी बारे खोजिको बिषय हुँदैन ।
तर हिमशिखर र झयामोलोङ्माको फेदमा बस्ने स्थानिय मानिसहरुले झयामोलोङ्मा बारे धेरै अनुभव गरेका हुन्छन् । झयामोलोङ्मा माथि कस्तो बादल लाग्यो भने के हुन्छ - कस्तो हावा चल्यो भने हिउँ पर्छ । कतिको घाम चर्के पछि हिमालबाट बिस्तारै हिउँ पग्लिन थाल्छ यि यावत कुराहरु त्यहाँका रैथानेहरुले अनुभव गरेको हुनाले
हिमालको आनीबानी बारे आफ्नै अनुभवको श्रृति कथा नैं तयार गरि सकेका हुन्छन् । देश सुब्बा द्धारा लिखित उपन्यास "आदिवासि" लाई यसरी नैं अभिब्याक्त गर्न खोजिएको हो भन्न सकिन्छ तर टाढाबाट हिमाल हेर्नेहरुको दृष्टिमा हिमालको आनीबानी बारे आफ्नै किसिमले ब्याख्या गर्यो भने कस्तो हुन्छ - बिचारणीय छ । श्री कृष्णले बुझने र अर्जुनले नबुझने महाभारतको युद्ध संम्बाद होला कि - यहाँ दुइवटा कुरामा स्पष्ट हुनु पर्छ । पहिलो भयवादको उठान र बैठान दोश्रो आदिवासि ।
भोक शान्त भए पछि निन्द्रा लाग्छ, चेतना भए पछि भय हुन्छ । चेतना र भयको संम्बन्ध जति नजिक हुन्छ, लोभ र चेतनाको साइनो त्यति नजिक मान्न सकिन्दैन । जेब्रा क्रसिङमा उभेर दायाँ बायाँ हेर्नु अनुशासन मात्र होइन चेतना पनि हो । त्यो चेतनामा धेरै बाँच्ने लोभ भन्दा वर्तमान दुर्घटनाको भयले चेतना र भयको तन्तुहरु सशक्त भएका हुन्छन् । यही भय बारेमा धेरै बर्षपहिले एक जना येबा -मुन्धुमका ज्ञाता येबाः लिम्बूजातिय पुरोहितको एउटा वर्ग,नृत्यमा निपुण र नाचेर दुर्घटना,प्रसुति आदिबाट अकाल मृत्यु भइ उत्पन्न जङगली वा असन्तुष्ट प्रेतात्मालाई तह लाउन समर्थ लिम्बू पुरोहित) । Limbu priest,who is well versed in mundhum,skilled in dancing and specialised to appease or control the jungle sprits and the unsatisfied spirits of persons who have met accidental deaths) र गाउँका तुत्तु तुम्याहाङ् -गाउँका प्रमुख पंच भलाद्मी) संग भेट भएको थियो । येबा र तुत्तु तुम्याहाङ्ले दुःख सुःखका गफ मात्र गरेका थिएनन् । शक्ति र सत्यको बिषयमा बहस गरेका थिए । अथवा तन्त्र मन्त्र र सत्यको बिषयमा छलफल गरेका थिए । तन्त्र र मन्त्र एक अर्कोमा बिपरित ध्रुब हुन जसलाई सत्यले अडाएर राखेको छ । यो तर्क तुत्तुले अघि सारेका थिए । साधना गर्न नसकेर मात्र हो मन्त्र भन्दा तन्त्र धेरै कित्ता अघि बढी सकेको बिद्या हो । संसारमा सत्यवाचाको सृष्टि नभएको भए तन्त्र बिद्याले यो संसार निल्ने थियो । येबाले भनेका थिए । शक्ति साधना हो,अभ्यास हो । जसरी बिद्या आर्जन गरेर त्यसलाई अभ्यास गरिएन भने मस्तिष्कबाट बिस्तारै मधुरो हुँदै जान्छ । अर्को कुरा हामीमा सत्य वाचा नगरी कुनै पनि तन्त्रको ज्ञान गुरुबाट प्राप्त हुदैन भन्नुको अर्थ त्यो तन्त्र बिद्या पाएर त्यो बिद्याको दुरुपयोग नहोस । यहाँ भयको सट्टामा "सत्य वाचा" भन्ने शब्द प्रयोग गरिएको छ । यदी येबालाई तन्त्र प्रयोग पछि नोक्सान नहुने डर भए येबाले तन्त्रको प्रयोग द्धारा उसका शत्रु या जहाँ पनि प्रयोग गरि फाइदा लिन सक्थयो । तर उस्लाई सत्यको नाममा "भय" को वाचा बाँधिएको छ । भन्नुको मतलव तन्त्र मन्त्रको शुरुवात धेरै पूरानो बिद्या हो । जब मानव सभ्यताको खुडकिलो उक्लन शुरु गर्यो । मानवहरुमा चेतनाको रङ रङ्गीन थाल्यो त्यही बेला देखि नै भयको बीउ रोपिएको थियो भनेर अनुमान लाउन सकिन्छ ।
भरखरै देश सुब्बा द्धारा प्रकाशित आदिबासि उपन्यासले यही कुरालाई उजगार गदै ध्रुबसत्य भयलाई नेपाली साहित्य लेखनको धारमा अगाडी सारेका छन् । डरको बिशाल संञ्जाल जीवनको हरेक पक्षसंग गाँसिएको छ । यदी मान्छेको चेतनामा डरको अंश नहुँदो हो त संसारको सांसारिक जीवन नैं उल्टो दिशातिर घुम्ने थियो होला । इज्यत जान्छ भन्नु नै भयको अर्को रुप हो । समाजमा आफ्नो इज्यत बचाइ राख्नु पर्ने डरले मानवता हुनुको नियम भित्र जीवनको चक्का घुमी हुन्छ । अथवा भयबाट नैं जीवनको ढोका बन्द हुने र खोलिने हुन्छ । भन्नुको अर्थ भोलीको भयले -अवश्यकताले) आजको हाम्रो दिनमा बिहानै आर्लाम लाग्छ र जीवनको रथ गुडाउन थाल्छौं । भोलीको चिन्ता नहुँदो हो त आजको अवश्यकता हुने थिएन् ।
भय शरीरको प्रत्येक नशा नशामा ब्याप्त छ,त्यो भय चेतनासंग नजिकको संम्बन्ध गाँस्छ/राख्छ । एक जना बसौं देखि दाँहिने खुट्टा सोझो नभएर कुजो परेर ओछ्यानमा लडी रहेका थिए । बि.स २०४५ सालको एक बिहानी पख भुइचालो जाँदा उनी ओछ्यानमा भेट्टएिनन् । बारीको सुन्तला बारीमा आरामले डुलि रहेका थिए । पछि कारण बुझदा उनको ओछ्यानको गोडा माथि बाँसको आल्नामा मकैको झुत्ता झुण्डर्याइएको रहेछ । जब भुइचालोको कम्पनमा उक्त आल्नाको डोरी चुँडिएर मकैको झुत्ता भुइमा खस्यो । अचानक खसेको मकैको झुत्ताबाट आफ्नो खुट्टा जोगाउने चेतना क्रियाशिल भई भय भएको हुँदा खुम्चिएको खुट्टा अचानक तन्किन पुगेछ । उनको तन्किएको खुट्टा तन्दुरुस्त भएछ । यहाँ चेतनाले भयलाई सक्रियरुपमा काम लगाएको छ । भयकै दमित शक्तिकै कारणले गर्दा उनको खुट्टा तन्किएको थियो ।
अथवा चेतना र भय संगसगैं हुन्छन् । भयकै कारण चेतना शसक्त्त हुन्छ । चेतनाकै कारण भयको उपस्थिति हुन्छ । भय नहुँदो हो त सांसारिक नियमहरु सजिलै संग भत्किने छन् । संसारमा प्रतिपादित धर्महरु पनि भय वा वाचा भन्ने शब्द प्रयोग गरि शुरुमा कानुनको रुपमा प्रयोग भएका थिए । इश्वर बिरुद्ध बोल्नु पाप हो भन्ने वाक्य पनि तिनै धार्मिक ग्रन्थ लेखन शुरु संगै भएको थियो । इश्वर बिरुद्ध बोल्नु हुन्छ या हुँदैन भन्ने वाक्याश भयकै अर्को रुप हो । इश्वरको रुप सिर्जना गरेर डर देखाउदै पाप मोचनका जन्तरहरु बेच्न शुरु गरिएको थियो । उपन्यासको घटना,मुख्य पात्रको यात्रा,काल,स्थान,उत्पति,प्रकृति पूर्बी पहाडी क्षेत्रलाई रोजिएको हुनाले यहाँ त्यही क्षेत्रमा बिश्वास गरिएको मिथक जनबिश्वासलाई जोड्न सार्न्दभिक होला । लिम्बूवानमा लिम्बूहरुले बिबाह बन्धनमा बाँधिन सात पुस्ताको साइनो -आमा र बाबु दुवै तर्फ मिसाउनु हुँदैन यदी मिसायो भने आकासबाट खस्ने बज्रले बज्रप्रहार गरि मार्ने छ भन्ने जन बिश्वास तयार भएको थियो/छ । त्यस बेला भय नै कानुन बनेको थियो ।
भय मानव सभ्यताको शुरुवात देखि नै आराम्भ भएको थियो भन्ने एउटा उदाहरण हो यो । सामाजिक रितिथिति र नियम कानुन जस्तै बज्रप्रहारको भय देखाई एउटा साइनो संम्बन्धको साँध कोरियो । त्यही भयले बिश्वास र परम्पराको थालनी गर्यो । यसको अर्थ "भय" बाट सामाजिक परम्परामा कानुन सरहको नियम धेरै पहिले शुरु भएको थियो । देश सुब्बा द्धारा लिखित आदिबासि उपन्यासमा त्यही भयबादी सिर्जनाको लेखन शुरुवात गरिएको छ । यो भयबादी सिर्जनाको उद्घोष संगै उपन्यासको मुख्य मुद्धा चाँहि आदिबासिहरु किन आदिवासि नैं भएर बसेका छन् - भन्ने मुद्धालाई निशाम पात्र द्धारा श्री देखि अन्त गराइएको छ ।
भयबादी रङमा निशामले किन भयको सिकार हुनु पर्यो - उनकै बाबुको आदिवासि राजनितिक गतिबिधिले हो या देशको अराजक परिस्थितिले - वा उनका बाबुले पढने वर्तमान आदिवासि पत्रपत्रिका द्धारा उनको मनस्थिति बिग्रिएको हो - पर्दा उघारिएको भए पनि मंचमा केहि अध्याराहरु बाँकि नै छन् । तर जब निशामले अचेत अबस्थामै ढुङ्गाको चेपबाट बिरुवा उम्रेर खुला आकासको हावामा स्वतन्त्र रमाइ रहेका देख्छन् र स्वतन्त्रताको उपभोग गर्न जुनेली रातमा घर छोड्छन् । तब भयबादी शैलीमा देश सुब्बाले धेरै कुरा बोलेका छन् । हिजको अतित खोतलेका छन् र आजको एकलकाँटे वर्तमानको टाउकोमा मज्जाले घन बजारेका छन् । भयबादी सिर्जना र शैलीमा आजको वर्तमान पाठकहरु सामु पुर्याउने नयाँ बाटो अन्य पूरानो स्वाद भन्दा साँच्चिकै बेग्लै खालको छ । यो अमूर्त बिद्रोहबाट असन्तुष्टिको छाँयाहरु सल्बलाएका छन् । यो भयबादी सिर्जनाको उद्घोष र आदिवासि चेतनाको सङकघोष मान्न सकिन्छ ।
घरबाट हिडेर केहि दिनमै त्यस्तो यायावर वा प्राचीन बस्तिमा पुग्नु अपत्यारिलो जस्तो लागे पनि बिचार संम्प्रेषणको तालमेल मिलाउन कतै छोटो पाइला र कतै दुतगतिले कलमको पाइतला दौडाउनै पर्ने हुन्छ । शायद त्यही भएर निशामले रात र दिन उज्यालो मात्र देखेका छन् । र अलि अघिल्लै युग तिर पाइतला टेक्न पुगेका छन् । आदिबासि रुखबाट भयको भ्रम अन्त्य हुनु अघि निशामको मुखबाट बोल्न उपन्यासकारले भयवाद बिश्लेशणमा खुबै परिश्रम गरेका छन् । यो भयबादको शुरुवात मात्र होइन अब आदिवासिहरु संस्कारर्,धर्म,भाषा,संस्कृति र चालचलन जोगाइ राख्ने भए पनि चेतनाको मापदण्डमा त्यस्तो नहुने दाबी हो यो । उपन्यासले आधुनिक समाजबाट यायावर जीवन शैली हुँदै फेरि वर्तमान मा फिराउछ । यो उपन्यासमा दुइ कुरा भएका छन् । पहिलो भयबादको उद्घोष र बिश्लेषण, दोश्रो आदिवासि वर्तमान समाजबाट तरुल पर्व संम्मको इतिबृत परिस्थिति ।
अञ्चालीकताको हिसाबले निकै धेरै शब्दहरु पाठकहरुको लागि फलामको च्युरा चपाए जतिकै चाम्रा हुने छन् । जातीय,भाषिक,धार्मिक,सांस्कृतिक,पौराणिक दृष्टिकोणबाट आएका शब्दहरु -च्याब्रुङ,सावाला नदी,तुत्तु,याकसा,तुमवा खोला,सुम्दो गाउँ,तुम्बाङफे,तुङ्वादेन,सेःक्मुरि,मिक्चिरी फुङ,चोःत्लुङ,तुम्सिङ् र तिगेनजोङ्ना आदि । यि बाहेक आदिबासि उपन्यास समस्त पाठकहरुको लागि नौलो स्वाद हो,नौलो प्रयोग हो । वर्तमान र ऐतिहासिक कालखण्डको दस्तावेज हो । आदिवासिहरुको लागि आफैले सम्हाल्न नसकेको ऐना हो । जसमा खिया लागेर आफ्नै अनुहार हेर्न प्रयत्न गर्दा गदै कठिनाई भएको छ । आफ्नै अनुहार चिन्न हैरान हुँदै ऐनाको सूरक्षा गर्न पर कतैबाट आएको सावधानी सङकेत हो । यो सावधानी आदिवासि र अघिबासि दुवै पक्षलाई हुन सक्छ । भयवादको प्रयोग र बिश्लेषण आफ्नै ठाउँमा सूरक्षित छ । समस्तमा भयवादी प्रयोग र आदिवासिहरुको वर्तमान तरुल पर्व संम्मको रुपरेखा कोदै संसारमा भएका सम्पूर्ण आदिवासिहरु प्रतिको समर्पण प्रशंसनीय छ । भयवादी प्रयोग संगै आदिवासि अवचेतन बिचारहरुको रङले रङ्गाइ रहोस उपन्यासकारको भयवादी भावनालाई ।

No comments:
Post a Comment