Feb 26, 2008

रुँदै नरुनु है - (लिम्बुवान आन्दोलन गीत)


नगेन्द्र ईङनाम "आठराईली”

लिम्बुवानवासीकि मुटु हुन
सहीदकि छोरी मेन्छिगेन
लिम्बुवान आँखाकि रानी हुन
खसम गुमाएकि सुनमायाँ
समबेदना पितृ वियोगको
समबेदना पति वियोगको
रुँदै नरुनु है मेन्छिगेन
कहिल्यै नरोई देउ सुनमायाँ
माङतोकको चीर शान्तिको
गरिदिउं सबैले कामना -1

सम्हालेर मेन्छिगेनको बालपनलाई
सम्हालौं सुनमायाँको एक्लो पीडा पनि
माङतोक त अघि लागेकामात्रै हुन्
अमर बनी सधैं हाम्रै साथमा छन्
मेट्दैछन् सबै मिथ्या कहानिहरु
लेख्नलाई हाम्रो नयाँ ईतिहास
रुँदै नरुनु है मेन्छिगेन
कहिल्यै नरोई देउ सुनमायाँ
साहस थपि देउ अझ आन्दोलनमा -2

प्रतिक्षामा छन सबै लिम्बुवानी
आउनेछ छिट्टै नै नयाँ बिहानि
बिचलित हुँदै नहोई देउ तिमी
एक्लो छँदै छैनौ मेन्छिगेन्
एक्लो कहिल्यै हुन्नौ सुनमाया
सारा लिम्बुवान छ तिम्रो साथमा
रुँदै नरुनु है मेन्छिगेन
कहिल्यै नरोई देउ सुनमायाँ
साकार पारिदिउँ सहीदको सपना -3

...रुँदै नरुनु है मेन्छिगेन
...कहिल्यै नरोई देउ सुनमायाँ.....
(यो आन्दोलनको गीत - सहीद पत्नी सुनमायाँ र छोरी मेन्छिगेनमा समर्पित)

No comments: