चन्द्र दुमि राई
अब उताको दिनहरुमा साम्राज्यवादविरुद्ध सर्वहारा क्रान्तिसँग जातीय मुक्ति आन्दोलनलाई नजोडे त्यो आन्दोलनको सफलता असम्भव छ । किनभने संसारको सबैखाले मुक्ति आन्दोलनको एउटा मात्र मुख्य बाधक भनेको साम्राज्यवादी शक्ति नै हो ।- क. लेनिन
आज मुलुकको बदलिँदो परिस्थितिसँगै हामीबीच आ-आफ्नै शैली र ढाँचाका कतिपय विषयवस्तुहरु बहसमा उत्रन थालेको छ । मुलुकमा उठेको जातीय, क्षेत्रीय मुक्तिको लागि भनिएको संघर्ष र भइरहेको आन्दोलनहरु छन्, ती आन्दोलनकारीहरुले यथार्थलाई आत्मसात गर्न नसके त्यो वितण्डा साम्प्रदायिकता, र बिखण्डनतिर स्वतः जान्छ र गइरहेको देखिरहेका छौँ । नेपालको सामन्तवादले आफ्नो सुरक्षा साम्राज्यवादी शक्तिमा देखेको छ र त्यसको शरणमा पुगिसकेको छ र हाम्रो अबको अन्तिम लडाइँ पनि त्यहाँ नै केन्द्रित हुनुपर्दछ । तर यो एकीकृत हुनुपर्ने अवस्थामा खरो नभए पनि धीमा रुपले यौटा मनोक्रान्तिको रुप खम्बुवान लिम्बुवानभित्र सूक्ष्म रुपमा देखिएको छ र यसले पनि बिखण्डनको बाटो अख्तियार गर्ला कि भन्ने त्रासको सूत्रपात भएको छ । बढता, मौका हेरेर बसेको ब्राम्हाणवादले (विभिन्न नामका सबैखाले राजतन्त्रवादीहरु) एउटा विज्ञानसम्मत् उनीहरुको बहसलाई उठाएर उनीहरु जस्तै युद्धमा उतर्ने कसरत गर्न थालेको अभियान सबैलाई पत्तो नहुनसक्छ । यतिबेला जनजातिहरुलाई केन्द्रमा राखेर आत्मनिर्णयसहित साङ्घात्मक सरकारको माग पूरा हुने प्राय निश्चित भइरहेको घडीमा सबैभन्दा बलियो साइनोमा हामीहरु एकट्ठा हुन आइपुग्यौँ भने, त्यो एकताले फेरि अरु ७०० वर्ष सुदृढ हुन्छ भन्ने भयले थर्कमान एकतन्त्री सामन्ती नोकरशाही सरकार सबैभन्दा पहिले हामी जनजातिहरुको अवसान चाहन्छ । त्यसपछि मात्र अन्य उत्पीडित जाति र वर्गहरुको नाममा औँला भाँच्दछ ।
कस्तो विवाद छ त खम्बुवान लिम्बुवानभित्र ?
४६ सालको झिनो अधिकार प्राप्त परिवर्तनले जब बोल्न पाइने सीमित अधिकार दियो, त्यसको साथै जातीय मुक्तिलाई विज्ञानले निर्दृष्ट गरेको बाटोमा लगेर वर्गीय युद्धसँगै बढाए मात्र उचाइमा पुर्याउन सकिने ज्ञानबाट बञ्चित सेतामगुराली मार्काका समूहहरुबाटै आरम्भ भएको हो विवाद । त्यसपछि दोश्रो स्टेपमा आएर जब राजतन्त्रको इशारामा नाच्न थाल्यो त्यसको अगुवाहरु, उनीहरुले नै यो खाडललाई बढाएर लगे । ४६ सालको बोल्ने स्वतन्त्रताले धमाधम खुलेका राजनैतिक पार्टीहरु कसले हाम्रा अधिकारहरुको संरक्षण गर्दै दीर्घकालसम्म आफ्नो पार्टीको एजेण्डा बनाएर उभ्याउँछ, उहीसँग कार्यगत एकता गर्न सकिने एउटा मोर्चाको रुपमा उभिएर बन्दुक चलाउन तयार एउटा चनाखो सिपार्इं जस्तो भएर केही समय प्रतीक्षा गर्न नसकेर मुक्ति मोर्चाबाट जनमुक्ति पार्टीसम्मको महत्वाकाङ्क्षा राख्दै दरबारले फ्याँकेको जुठो मासुको चोक्टा उठाउन हाम फाल्दै आईपुगे यिनीहरु । यसले जातीय सँस्थाहरुलाई आफ्नो भाषा, लिपी, धर्म सँस्कृति परम्पराको संरक्षण गर्ने भन्दा पनि फुट ल्याउनेतिर डोर्यायो । साङ्घात्मक राज्य प्रणालीको गुलियो भाषणसँगै यहाँका रैथाने सो सरहका क्षेत्री बाहुनलाई दूरदूर गर्दागर्दै राई लिम्बूको सात पुस्ते केलाउने क्रम सुरु हुनगयो म अगुवा भन्ने अहंकार पाल्दै । यो क्रमले उनीहरुमा वर्गीय सोचाइलाई पूर्ण रुपले तिलाञ्जली दिइने मन्द बिषको सञ्चार भयो र भित्रभित्रै म जेठो तँ कान्छो मात्र नभएर खुनी राजा पृथ्वी नारायण शाहसँगको साहसिक युद्धलाई हेर्ने दृष्टिकोणमा पनि फरक मत हुनथाल्यो र स्वच्छ पवित्र सम्बन्धमा आबद्ध यी खम्बुवान लिम्बुवानमा मनैमन एउटा तुसको बीजारोपण भयो र हेर्दा हेर्दै हामी राई लिम्बू दाजुभाइ भन्ने पवित्र सम्बोधन र सम्बन्धबाट जेठो र कान्छोको झिनो मतमतान्तरसम्म आइपुग्यो र साँध सिमानामा लफडा गर्न थाले । यति खम्बुवान र यति लिम्बुवान भन्दै दरिद्र मानसिकताका कतिपय ब्यक्तित्वहरु मात्र होइन, विद्वान वर्गमै पनि विगत र वर्तमानका झिनो समूहमा रहेका अगुवा राई लिम्बूहरुलाई औँलामा गन्दै केटाकेटीले मिठाई साली पार्ने जस्ता घटिया कुराहरुमा विवाद बढाउन थाले ।
आजको हाम्रो पहिलो आवश्यकता
वास्तवमा नेपाललाई आफ्नो पसिनाले सिंचे खेतीयोग्य उर्वर भूमिमा परिणत गरेर बसोवास शुरु गर्ने आदिवासी मात्र होइन, पहिलो बासिन्दा हौँ हामी । आफ्नो नितान्त बेग्लै प्राचिन धर्म सँस्कृति बोकेको जनजाति हामी आज आफ्नो राज्यबाट बञ्चित सर्वहाराहरु हौँ । आदि इतिहास मनन् गर्दै राज्य पूननिर्माणको लागि अत्रि्रमणकारीहरुको राज्यसत्तामा बुलेट भएर धावा बोल्ने कि, कल्पनामा साँध सिमानाको लागि कलह मच्चाइरहने ? -गम्भीर प्रश्न यो छ । यो त एकजुट भएर सामन्ती सरकारको हातबाट दुबैले लडेर लिने हो र सिमानासम्बन्धी बिवाद त त्यसपछिको विषय हो जो इतिहास र वर्तमानलाई हिसाब गरेर वैज्ञानिक जनवादी ढंगले सुल्झाउनु पर्दछ । केही चर्को रुपमा यदाकदा हङकङमा समेत पेश भइआएको लिम्बूहरुको गणराज्यताकाको जहाँसम्म यो सीमासम्बन्धी सवाल छ, त्यसलाई आम छलफल र बहसबाट टुङ्ग्याउनु पर्ने हुन्छ । प्रमुख कुरा त मुक्तिको हो त्यसपछि मात्र तपसिलका कुरा आउँछन् । यतिबेला हामी दुबै पक्ष शोषित, शासित र पीडित छौँ । सबैभन्दा पहिले हामी उन्मुक्त वातावरण तयार गर्छौं, त्यसपछिका कुरा हुन्….तिमीहरु त्यति खाऊ, हामी यति खान्छौँ । छुट्टिएर रहन पाउने सवालमा आत्मनिर्णयको अधिकारको जुन कुराहरु छन् वाहृय हस्तक्षेपबाट खतरा छैन, उसको स्वायत्त सरकार आफै सक्षम छ भने छुट्टै रहन पनि सक्छ, किनभने आम शोषित पीडित समूहले ठूलो देश, धनी देश, बलियो देश होइन, स्वाधीन र स्वतन्त्र रहन चाहन्छ । मोरिसस भन्ने यस्तो यौटा राज्य छ, त्यहाँ ११ लाखमात्र जनसंख्या छ र यो स्वतन्त्र राज्यको क्षेत्रफल २३०० कि. मी. मात्र छ । सर्वहारा वर्गको विश्व इतिहासलाई हेर्दा स्वतन्त्र स्वायत भन्ने कुराको यसरी पुष्टि हुन्छ ।
लेनिनले ६० प्रतिशत रुसी र ४० गैर रुसीजाति भएको रुसमा ४० को पक्ष लिएर लड्नुभयो र सत्ता आफ्नो कब्जामा आइसकेपछि सीमासम्बन्धी विवादमा ब्यावहारिक उत्तर दिंदै पोल्याण्ड, फिन्लैण्डको छुटेर जाने मागलाई सहर्ष स्वीकार्नुभयो र पहिलो दौत्य सम्बन्ध पनि उसैसँग कायम गर्नुभयो । (राज्यको पुनसंरचना सुरेश आले) । त्यस्तै ९३ प्रतिशत हान जाति भएको मुलुक चीनमा माओले उत्पीडित गैरहानहरुको पक्षमा लड्नु भयो, जस्तो अहिले ने. क. पा. माओबादीले नेपालभरिका उत्पीडित पीडित जातिहरुको पक्षमा बलिदानी संघर्ष गर्दै आइरहेको छ भने २१ सौँ शताब्दीको सम्पन्न र विकसित साम्राज्यवाद दलाल चरित्र बोकेको नेपालको सामन्तवादको सही चरित्रलाई नबुझेर चर्को नाराको भरमा यो दुनियाँमा जातीय मुक्ति सम्भव छैन, न कि कुनै एउटा द्वन्द्ववादी सिद्धान्तमा अडिग लडाकू बिनामोर्चा । हतारोमा आफैंमा विवाद निस्केला जस्तो स्थितितिर उन्मुख लिम्बुवान खम्बुवान स्वयं मुक्त नभएको अवस्थामा छोरो पाउनुअघि कोक्रो बुन्ने हतार भइरहेको छ अंशबण्डाको कुरा । स्वभाविक हिसावले चरम उत्पीडनको कारण शीघ्र मुक्तिको चाहना राख्ने लिम्बुवानको समर्थन ती आज उठेका आन्दोलनकारीहरुले पाउलान् तर त्यो क्षणिक मात्र हुनेछ । किनभने सही विचार सही नेतृत्व, र सही कार्यदिशाको अभावमा त्यो आन्दोलन र त्यो क्षणिक समर्थन विचलनसिवाय अरु केही हुँदैन । जनताको बीचबाट जन्मेको सेनामा शौर्य, सहनशीलता, साहसीपन, चेतनशील, प्रगतिशील, विवेकी र अग्रगमनको सोँच र आचरण ब्याप्त समूहको नेतृत्वमा अन्ततः पुग्ने नै छन् । भनाइ छ, तपार्इंले युद्धलाई चासो नराखे पनि युद्धले तपाईंलाई चासो राख्दछ, तसर्थ उल्लेखित आचरण र क्षमताले युक्त जनताको मोर्चामा आबद्ध नहुनु भनेको आफ्नै लक्षको अवरोध जस्तो मात्र हुनेछ । यो कुरालाई बुझेर क्रान्तिकारी समूहको मूलधारमा समाहित हुन जरुरी छ ।
केही लिम्बुवान विचार र वास्तविकता
लेखमा लिम्बू जातिहरुलाई बढी सम्बोधन किन गरिएको छ भने सारपक्ष जे सुकै भए पनि रुपपक्षमा उनीहरु खम्बुभन्दा बढी चासो र रुचि तथा तदरुकताको साथ राज्यको पूनर्संरचानाको खातिर अगाडि आएको देखिएको छ । लिम्बूहरुमा तीन जति समूहहरु हङकङमै देखिएका छन् । कतिपयको वैचारिक पृष्ठभूमि शंकास्पद छ भने कति स्पष्ट खुलेका छैनन् । समग्रमा उनीहरुको आवाज लिम्बुवान राज्य पूनर्निर्माण वा पूनर्स्थापनाकै हो । ज्ञानेन्द्रले आफ्नो दाजुको वंशनास गरेर राज्यारोहण गरेको लगत्तै खान्दानी भाषाशैली प्रयोग भएको एउटा पर्चा आईपुगेको थियो । सम्भवतः राजा महेन्द्रले २०२२ सालमा खोसी लिएको लिम्बू किपट फिर्ता हुने आसयका झर्ला र खाउँलाका अभिभूतवादी सोचाइ रहेको कुराहरु उठाइएको थियो पर्चामा । केही महिनाअघि एक भरपर्दा लिम्बू कलाकारले कविता लेखे सनराइजमा पृथ्वी नारायण शाहको स्तुतिगान गाएर । बुझिन्छ के भने १८३१ मा पृथ्वी नारायणले खुनी आक्रामण गर्दै आउने क्रममा १० लिम्बूराज्यको केन्द्र विजयपुरलाई कति गर्दा पनि हराउन, हत्याउन नसकेपछि आफ्नो पुरानो योग्य सेनापति रामभद्र थापा मगरमार्फत विस्तारवादी नीति लागू गरेर कुटनैतिक जाल गरे । लिम्बू सेनापति वीर काङ्सोरेलाई मगर र लिम्बू सिमाङ्गढबाट आएको एउटै बोटको र्दुइ सन्तान, हतियार नचलाऔँ मिलेर जानुपर्छ भनेर सम्झौता गरे । रामभद्र थापाले लिम्बू र मगरको वंशावली भिडाएर केलाएर पृथ्वी नारायणको अधीनमा रहने यो सम्झौता नभएको हो भने पृथ्वी नारायणको आसिल हिन्दूस्थाना राज्यको बिरलै कल्पना गर्न सकिन्थ्यो । अर्को एउटा उल्लेख्य घटना, यो सम्झौता हुन निकै लामो बहस र जिकिरहरु भएको थियो । कथंकाल एकदिन मात्र पछाडि भइदिएको हो भने पनि नेपालको इतिहास ठीक आजको विपरीत लेखिन्थ्यो । किनभने बाहुबलमा मात्र नभएर विवेकमा पनि छिप्पिएको टिस्टा पारिका सिक्किमे याक्थुम्बाहरु जो सीमारेखाको किचोलालाई बिर्सेर पहिला खुन बचाउनुपर्छ, भाइ बचाउनुपर्छ भन्ने अठोट गरेर गोर्खाली सेना सिध्याउन अघिल्लैदिन टिस्टा तरिसकेका थिए । नेपालभूमि टेकिसकेका टिस्टा पारिका याक्थुम्वाहरुले पराजीत गोर्खालीहरुसँग युद्ध लडिरहन आवश्यक थिएन । खालि खसहरुले भोलि हामीमाथि रजाइं गर्नेछन्, रामभद्र थापा हाम्रा सन्तती भए पनि उनी पृथ्वी नारायणका चाटुकार मात्र हुन्, हामीसँगको मिलोमतोमा राज गर्ने होइनन् भन्ने दिब्य ज्ञान उनीहरुको मस्तिष्कको सतहमा घुस्नुपर्थ्यो ।
वीर तर इमान्दार सोझा याक्थुम्बाहरुलाई यस्तो धूर्त खेलमा फँसाइसकेपछि अन्य अधिकारहरु विस्तारवादी ढंगले हडप्दै गयो । आफ्नो आधिपत्यमा रहेका लिम्बूहरुलाई १८३१ श्रावण २२ गते किपट ब्यवस्था गरेर सुब्बा बनाउँदै लिम्बूहरुको पूर्ण स्वतन्त्र अस्तित्वको अन्त्य गर्यो गोर्खाले, दोश्रो घटना । १८७४ सम्म बिस्तारै-बिस्तारै लिम्बुवानलाई गोर्खामा गाभियो र प्रादेशिक स्वतन्त्रता जस्तोमा मात्र सीमित राखियो, तेश्रो घटना । चौथो चरणमा आएर २०२१, २२ सालतिर भूमिसुधारको नाउँमा उनीहरुलाई सम्पूर्ण हकअधिकारबाट बञ्चित गरियो, रैती बनाएर याक्थुम्बा स्वाभिमानमा बलात् लात मारियो महेन्द्रका पालामा । यी सबलाई टुलुटुलु हेरेर किन सहनु पर्यो ? शौर्य साहस हुँदाहुँदै याक्थुम्बाहरुले उठेको झिनो विद्रोहलाई किन आकार दिँदै इंटको जवाफ पत्थरले दिन सकेनन् भने, उनीहरुसँग लडाकू सेना थिएन, साधनको रुपमा विचारलाई डोर्याउने बन्दुक थिएन, जसरी आज माओवादीहरुले विचार र बन्दुकमा फ्युजन गरेर यहाँ सम्मको यात्रा तय गरे ।
के हुनसक्छ समाधान ?
खुनी राजा पृथ्वी नारायणले रक्तपात गरेर राज्य हर्न नसकेपछि विस्तारवादी नीति अख्तियार गरेर आफूले नसके पनि उसको सन्तानले भििष्यमा जनजातिहरुमाथि राज्य गर्ने बाटो खोलिदिएको थियो र वर्तमानमा कस्ले वैचारिक रुपले यो सबैखाले शोषण, अत्रि्रमणको अन्त्य गर्नसक्छ ? धैर्यताकासाथ मनन् गरेर सबैखाले हठ र स्वैर कल्पनालाई त्यागेर क्रान्तिकारी मूलधारमा आउन जरुरी छ सबै लिम्बूहरुले, खम्बुहरुले । माओले भन्नुभएको थियो “जहाँको जनताहरुसँग आफ्नो सेना छैनभने उनीहरुको आफ्नो भन्ने पनि केही हुँदैन” । नेपालमा बलियो वैचारिक हतियार भिरेर विचारको बलमा क्रान्ति गर्ने एक मात्र पार्टी माओवादीले समयानुकूल जातिहरुको समस्यालाई आत्मनिर्णय सहितको स्वायत सरकारको विषयलाई वर्गसंघर्षसँग जोडेर लगेको छ । लिम्बुवान खम्बुवान मात्र नभएर धमाधम जन्मन लागेको विशेष गरेर मधेसको समूह जो सुकैले पनि आफनो जातीय क्षेत्रीय मुक्तिको लागि सर्वहारा वर्गसँग एकाकार हुनैपर्दछ, यस महान अभियानमा एक भएर जानैपर्दछ समाधान त्यहाँ मात्र छ । इतिहासका यी हर्कतहरु हेर्दा र वर्तमानको पूँजिवाद एकाधिकार पूँजिवादमा समाहित भइसकेको हिसावले पनि जातजातिहरुको मुक्ति गर्न सक्दैन पूँजिवादले । भन्नाले, नेपालको राजसँस्था सामन्तवाद हो, नेपाली कांग्रेसलाई सामन्तवादभन्दा एक स्टपअगाडि पूँजिवादी कित्तामा राखेर हेर्न सकिन्छ । अन्तमा आजको युगमा पनि मार्क्सवादलाई वैज्ञानिक दर्शन नमान्नु बहुलट्ठीपन मात्र हुनेछ । फुटाऊ र राज गर उनीहरुको जुन सनातान धर्म हो, त्यो हतियार अब हामी आफूले खोसेर उनीहरुलाई प्रहार गर्नु पर्दछ, जसरी उनीहरुको बन्दुक खोसेर जनताले उनीहरुलाई नै परास्त गरे आजको समस्याको समाधान यो नै हो ।
Source by - www.nepal.hk

No comments:
Post a Comment