दिल पालुङवा लिम्वु
देश दिन प्रतिदिन समस्याग्रस्त भैरहेको छ । स्वायत्तको आवाजहरु आन्दोलनमा परिणत भैरहेका छन् । मधेश आन्दोलन र लिम्वुवान आन्दोलनले तिव्रता लिईरहेको छ । अन्य क्षेत्रमा पनि यो क्रम वढ्दै जादैछ । यही क्रम वढेर गई भोलि जनजातिहरुले सवै जाति तथा क्षेत्रको आन्दोलन गर्ने कुरालाई नकार्न मिल्दैन । यस अवस्थामा देशको स्थिति अति नाजुक भएर जानेछ ।
के अव देशलाई यतिकै छोडिदिने हो त ? कि देशलाई वनाउने हो ? यो सात दलले जिम्मा लिनु पर्ने कुरा हो । यसमा जनताको दोष हुदैन । यो दोष सवै सातै पार्टीलाई जानेछ । त्यसैले यो दोष नलिने र अहिले देशलाई समस्यावाट मुक्त पार्ने हो भने सात दलले छाती खुला गरेर काम गर्नु पर्ने हुन्छ । पार्टी-पार्टी भनेर मात्र हुदैन । मानवता र सामाजिक परिवेश र राष्ट्रको स्थितीलाई पनि मध्य नजर गर्नु पर्दछ । अहिले सात दलवाट आ-आफ्नो स्वार्थ वाहेकको कुनै कार्य भएका छैनन् । त्यसैले सात दलले स्वार्थ त्यागी सर्वपक्षीय सदन तथा सरकार वनाउन सक्नु पर्दछ । यो उनीहरुको हातको कुरा पनि हो ।
र्सवपक्षीय सदन तथा सरकार भनेको के हो ? यसको अर्थ यो हो कि सदन र सरकारमा अहिले सात दलको हावी छ । यसमा अव आन्दोलनरत तर्फाट लिम्वुवानको प्रतिनिधित्व गराउनुपर्दछ । मधेसको प्रतिनिधित्व गराउनुपर्दछ । त्यस्तै सवै स्वायत्तवादीहरुको प्रतिनिधित्व गराउनु पर्दछ । देशलाई संघीय गणतन्त्रमा लैजाने भएपछि स्वायत्तवादीहरुलाई सरकारमा लैजान कुनै कसुर वांकि राख्नु हुदैन । यसमा यो पनि फाईदा हुन्छ कि सातदल भन्दा स्वायत्तवादीहरुवाट स्वायत्त अवधारणा निश्पक्ष र राम्रो हुनसक्छ । त्यस्तै यी कुराले नसमेटिएका जातिहरुलाई-क्षेत्रहरुलाई पनि सदन र सरकारमा सामेल गराउनु पर्दछ । किनकी देश सवैको साझा हो । यो साझा सवालमा उनीहरुलाई किन समावेश नगर्ने । कुरा चाही समावेसी कामचाही त्यसको ठिक उल्टो किन गर्ने ।
सरकारमा र सदनमा सवैको सहभागीता भयो भने आ-आफ्नो समस्याको उठान र निदान हुने गर्दछ । लिम्वु जाति तथा लिम्वुवानको समस्या तमुवान र गुरुङ जातिले गरेर हुदैन । कर्णालीको समस्या मधेसले गरेर हुदैन । त्यसैले यो निती तत्कालै सात दलले लागु गर्नु पर्ने हुन्छ ।
यसरी वन्ने सरकारमा अव गीरीजाको गुञ्जायस हुनुहुदैन । जवदेखि उ नेपालको प्रधानमन्त्री भो तवदेखि देशले कहिल्यै पनि शान्तिको स्वास फेर्न पाएन । देश झन जर्जर हुदै गयो । यो तितो सत्य हो । अहिले उ वुढो भैसकेको छ । उसको दिमाग पनि वुढो भैसकेको छ । अर्थात देशको स्थिती सेकेण्ड सेकेण्डमा परिवर्तनशील छ तर प्रधानमन्त्री गीरीजाको दिमाग एक हप्ता ढिलो हुन्छ । त्यसैले समय सापेक्ष मान्छे हुनु पर्यो । त्यसमा स्वयं गीरीजाले पनि सोच्नु पर्ने हो आकाश थाम्ने प्रयास नगर्नको लागि । त्यस्तै सातदल सवैले सोच्नु पर्ने हो गीरीजाको विकल्प खोज्नको लागी । जव मेहेनै कमजोर भएपछि सवैथोक कमजोर हुने हुंदा गीरीजाले स्वर्ग तथा नर्कमा जाउञ्जेल प्रधानमन्त्री हुने सपना नदेखी र सातदलवाट पनि वैतर्नी स्वरुप गीरीजालाई प्रधानमन्त्रीमा नराखी प्रधानमन्त्री परिवर्तन गर्नु पर्यो । युवा प्रधानमन्त्री छान्नु परयो । कि देशमा अरु लायकको छैनन् प्रधानमन्त्री हुनलाई । भोलि गीरीजा फयास्स भयो भने कोही नहुने त प्रधानमन्त्री ? कोही त चाहियो । त्यसैले किन कार्यमा विलम्व गर्ने ? समयमा नगरेर कहिले गर्ने ? सोच्नु पर्नेनै वेला भएको छ देशको संकट मोचन गर्नलाई । साच्चै भन्नु पर्दा अवको संविधानमा पनि ६० वर्षदेखि माथि र २ चोटीदेखि प्रधानमन्त्री तथा मन्त्रीहरु हुन नपाईने नियम वनाउनु पर्यो ।
त्यस्तै अव देशको संकट मोचन गर्नलाई नया प्रधानमन्त्री सहित सदन तथा सरकारमा सवै जाति क्षेत्र लगायत स्वायत्तवादीहरुको समावेसीकरण हुनु पर्दछ । नत्र देश अस्तव्यस्त वाहेक केही हुनेवाला छैन । किनकी लिम्वुवानले भनीसकेको छ संविधान सभा अगाडिनै लिम्वुवान स्वायत्तको ग्यारेण्टी हुनुपर्दछ । नत्र त्यहा स्वायत्त सरकार निर्माण हुनेछ । त्यसपछिको अवस्था अवश्य जटिल भएर जानेछ । मधेशले उस्तै आवाज उठाईरहेको छ । के यी आवाजहरुलाई लत्याएर संविधानसभाको चुनाव गर्न सकिन्छ ? के धांधली मञ्चाएर गरेको चुनाव फलदायी हुन्छ ? अवश्य हुन्न । तसर्थ सवै क्षेत्र, समुदाय, जाति, भाषा तथा स्वायत्तवादीहरुको मिलेमतोमा कार्य गर्नु अहिलेको नितान्त आवश्यकता हो । सात दलले यस वारेमा सोच्नै पर्दछ । त्यस्तै देशका वुद्धिजीवीहरुले पनि देश संकटवाट वचाउन पहल गर्नै पर्दछ । जसरी हिजो नागरिक मञ्चले गरेको थियो त्यस्तै गरेर । अहिले नागरिक मञ्च पनि सुतेको देखिन्छ । सुतेको हो भने उ पनि उठ्नु परयो । चीर निद्रामा भए नयां नागरिक मञ्चको गठन गरेर वुद्धिजीवीहरुले देश वचाउनु पर्यो, राष्ट्रियता वचाउनु पर्यो । नत्र सुस्ताको समस्या वढ्दै भारतवाट नेपालको राष्ट्रियता समस्यामा पर्न सक्छ । अहिले भाई फुटे ग्वंवार लुटे भैरहेको छ । त्यसैले यो घडिमा आ-आफ्नो समस्याको समाधान गर्दै राष्ट्रियता वचाउनुपर्ने वेला भएको छ । तर्सथ सवै पक्षको ध्यान यो तर्फकेन्द्रीत होओस् । सेवारो ।

No comments:
Post a Comment