स्व.स्वप्निल स्मृति
कक्-फुङ फेक्किल्ले
याम्मु निङ्वा- सुमथिक ताःकर
तोजो मेघेःङ्नेन्
तेङःबेःक्ल फा-साङ
निङ्वा- सुम्मेन् मेदेङ्नेन्
हेक्केल्लेसा
कक्फुङ्ङनि् फेक्किल्ले
याम्मु थिक्कलेङ
निङ्वा- सुम् हत्छे से .....।।
-निङ्वा--सुम पृष्ठ १३ बाट)
लिम्बू जातिमा फुङ -फूल) को ठूलो महात्व छ । प्रकृतिपूजक किराती लिम्बूहरुमा ऋतु परिवर्तनको मापक हो चाँपको थुङ्गा -कक्-फुङ) । जब चाँप फुल्छ तब उभौली शुरु हुन्छ । चाँप फुलेपछि याम मात्र परिर्वन हुँदैन । प्रकृतिकपुजक किरातीहरुको मनोविज्ञानमा यसले ठूलो उथलपुथल नै ल्याउँछ । पुराना संम्झनाहरु फेरि नवीकृत हुन्छन् । भनूँ -चाँप फूलले निष्ठुर जीवन यात्रामा प्रश्न उठाउँछ । जीवन त सतत् गइरहन्छ खोला जस्तै,किन चाँप फूल जस्तो वर्षोनी फुल्दैन - बरु वर्षोनी फुल्ने चाँपले जीवनप्रति मोहमात्र बढाउँछ । कवि टंक वनेमले पेन्जिरी पेन्मिक्हा- -भूल गर्ने जोडी आँखाहरु) कविता कृतिमा यसरी नैं जीवन र फूललाई एकै ठाउँ सिउरेर त्यसको सौर्न्दर्य र क्षणभङ्गुरतालाई नियालेका छन् ।
पेशाले टंक वनेम एक ब्रिटिस लाहुरे हुन् । हतियारले सिँगारिन्छ अक्सर लाहुरेको जीवन । वीरता,शुरता परिचय बन्छ । तर टंक वनेमका बन्दुक बोक्ने हातमा कलम छ । कलम र बन्दुक परस्पर अन्तर्बिरोधी त हुँदैहुन् । "लाहुरे" आफैमा लिम्बू जातिको कृतिम संस्कृति नै बनिसक्यो,राज्यद्धारा जबर्जस्ती थोपरिएको । सायद यसैले होला, उनका लिम्बू कवितामा लाहुरका कुनै प्रसङ्गहरु छैनान् । कविता कृतिम हुन सक्दैन । कविता प्राकृतिक हुन्छ - जस्तो कि एउटा लिम्बूको अवचेतनमा के छ - त्यही नै कविता हो । टंक वनेमका लिम्बू कविताहरुमा पाइने लिम्बूत्वले यही भन्छ ।
हाक्पारे साम्लो साम्लोराङः
साम्लोनु लोनु लाम्लोराङः
थो.. धो मेन्छ्यायेम थेगुत्थो
सुरीतेन सक्ते सुरुरु
आमिकवा थाबे चुरुरु ।।
-मेन्छ्यायेम थेगु थो पृष्ठ ३६ बाट)
स्थानीयता,जातिय चेत र एकताको आहृान,आफ्नो वीरासत उपर मोह,आफ्नो जातिय अस्तित्वप्रति गौरव तथा चिन्ता र चिन्तन नै टंक वनेमका लिम्बू कविताका विशेषता हुन । उनले कवितामा लिम्बूवानप्रति अशिम प्रेम प्रदर्शन गरेका छन् । अर्कोतिर इतिहासको धुलोमा मिलेको लिम्बूवानको ऐतिहासिक पृष्ठभूमि संम्झेर चुक्चुकाएका छन् । आधुनिकताको हुरी बतासले लिम्बू जातिका असली पहिचान,संस्कृति,भाषा र साहित्यको छानो उखेलिरहेकोमा पुनर्जागरणको उदघोष गरेका छन् । मुन्धुमी मूल्यहरु लोप हुँदै गएको विवशतालाई उनले कविता मार्फ अभिब्यक्त गरेका छन् । उनका प्रायःजसो कविताहरु लिम्बू जातिकै सामूहिक अवचेतनका विस्फोटक अभिब्याक्ति हुन । उनी कवितामार्फ् लिम्बू जातिमा बारम्बार जागरण,एकता र अघि बढन् आहृान गरिरहन्छन्, लिम्बूवानको ऐतिहासिक वीरासतलाई थाम्न वा उनी अहिलेको राजनीतिक परिस्थितिमा लिम्बू मनहरुलाई त्यतातिर विकेन्द्रीत गर्न चाहान्छन् । लिम्बू जातिको यस्तो साझा महसुसलाई साहित्यमा उतारेर उनले पुष्टि गरेका छन् ।
फक्ताङलुङ फाङ्जङ् नाम ओःत्ते
याक्थुङ्बा लाम्मिन् लाम पोःत्ते
निसाम्ले लाम्मिन् तेम्सुम्माङ
लत्थिक लाम् आल्लग नातुम्लो
मेन्निफागर खाओःत मेदानेन् ।।
त्यसो त उनका केहि प्रेम कवितासमेत रहेका छन् । तर त्यो एउटा युवकले एउटा युवती प्रति प्रत्यारोपण गरेको सामान्य प्रेम होइन,एउटा नालिगेन थाङबेन -लिम्बू युवक) ले एउटी सिसागेन् मेन्छिन् -लिम्बूनी युवती) लाई गर्ने विशेष प्रेम हो । प्रेमको परिभाषा र यसको अनुभूति आम मानिसमा साझा होइन, त्यो जातिसापेक्ष, वर्ग सापेक्ष,ब्याक्ति सापेक्ष हुन्छ भन्ने कुरा उनका कविताले उजागर गर्दछ ।
उनका थुप्रै कविता मुन्धुममा पसेर आधुनिक कविता भएर निस्किएका छन् । नावा चअिःत् यस्तो खालको कविता हो,जहाँ मुन्धुम अनुसार पोरोक्मी यम्फामीले सृष्टि रचना गर्छन्, आकाश,धर्ती,घाम,जून,जङ्गल,समुन्द्रदेखि मानिस रचनाको आख्यान गाउँदै-गाउँदै कवि यसलाई संसारको सबै भन्दा उत्कृष्ट कविता भन्छन् र कविता सकिन्छ । यो कवितालाई केहि कोणबाट ब्याख्या गर्न सकिन्छ । एक त,यसमा मुन्धुमलाई साहित्य मात्र मानिएको छ । अर्को मुन्धुम्लाई कवितामा प्रयोग गरेर आधुनिक कविता बनाइएको छ । मुन्धुम् आफैमा कविता हो तर क्लासिक । नावा चअिःत् क्लासिक कविता र आधुनिक कविताको "फ्युजन" अथवा रिमिक्स हो ।
उनको कविताको भाषा सरल,सरस र लेखन शैली मूर्त रहेको पाईन्छ । उनले कतिपय कविता लिम्बू लोक छन्दमा लेखेका छन् भने धेरै जसो उनका कविताहरु गद्यपरक नै छन् । उनले विम्व,प्रतीक,मीथक लिम्बू जातिमा प्रचलित मुन्धुम्,संस्कृति,सभ्यताबाटै लिएका छन् । लिम्बू जातिमा फूल,चरा,लुङ -ढुङ्गा) यङ्घङ् -खोला नाला) थेगु माङ्वा -डाँडा काँडा) थुमथुमको विशेष महात्व र सिमेक्वा चराको आफ्नै कथा छ,अन्दङ् फुङ -बाबरी फूल) र सेक्मुरी फुङ -सेल्लेरी फूल) एकआपसमा लिम्बू जातिमा विपरीत अर्थबोधक प्रतीक हुन् । अन्दङ् फुङ् -बाबरी फूल) मृत्युको प्रतीक हो भने सेक्मुरी फुङ् जीवनको प्रतीक हो । उनले यस्ता धेरै लिम्बू प्रतीकलाई प्रयोग गरेका छन् । त्यस्तै प्रयोगले उनका कविता साँच्चिकै मौलिक लिम्बू कविता बनेका छन् । उनका लिम्बू कविताले जहाँ भएपनि पाठकलाई लिम्बूवान पुर्याउँछ । मेन्छ्यायेम -मिल्के पर्बतमाला) फक्ताङ्लुङ् -कुम्भकर्ण हिमाल) एम्बीरी याङधाङवा -तमोर नदी) मुजोत्लुङ् -सिद्धि स्थल,धरोहर) जस्ता लिम्बूवान र मुन्धुमी मुल्यसंग गाँसिएका अनेक प्रसङ्गहरुले उनका कविता लिम्बूमय बनेका छन् । भाषा लिम्बू हुँदैमा लिम्बू कविता बन्ने होइन,अनुभूति,बिषय वस्तु,निचोड,कल्पनाशीलता पनि लिम्बूपरक छन् उनका कवितामा । यो कविता संङग्रहमा जम्मा २७ वटा लिम्बू कविताहरु रहेका छन् । आधुनिक लिम्बू कविताको क्षेत्रमा यो कविता संङग्रहलाई कोषेढुङ्गा हो भन्दा बात नलाग्नु पर्ने हो ।

No comments:
Post a Comment