देश सुब्बा
यही अक्टोबर ४ तारिख आइतबार कोजाग्रत पूणिर्माको साँझ सधैँ चुनवानको म्याकडोनाल्डमा अशोक राई, डि.बी. पालुङ्वा, अरुण राई, दीपा एवाई राई र म देश सुब्बा ८ बजे भेला भयौँ र कविता बोल्यौँ, कविता सुन्यौ । त्यहाँ कविताको डबली जम्यो । ती कविताहरूमा देश थियो, प्रवास थियो, दशैँ थियो अनि जान लागेको शरद्को टुक्रा र आउन लागेको तिहारको फूल । कविता बोल्नेमा अशोक राई थिए, डि.बी. पालुङ्वा थिए, केन्द्रमा थिई धपक्क बलिरहेकी "अन्तराष्ट्रिय अदालतमा रामको अग्नि परीक्षा र नाङ्गी द्रौपती " की रचयिता कवियत्री दीपा एवाई राई । स्रोता भन्यौ या समिक्षक थियौ अरुण र म । पहिला डि.बी. पालुङ्वाको कविता "नागरिक सर्वोच्चतमा मेरो मत जाहेर" कवितामा निकै लामो बहस भयो । त्यो कविताले नागरिक सर्वोच्चतामा हाम्रो मत जाहेर गरेको थियो । अनि त्यस साँझ महफिलमा जमे दीपाका कविताहरू "युगान्ती सौता हुँ हजुर, एक अर्धवृत परिधिबाट तिमीलाई आव्हान छ ।" उनका कविताहरूले युगको आव्हान गरिरहेका थिए, त्यहाँ सुन्यौ विगत र वर्तमानको शंख घोष । समयका समानान्तर कविता ओर्लिरहेका थिए जगतमा ।
म्याकडोनाल्डको जाडोले कान समाइरहेको थियो, विचरा आँखाहरू टुलुटुलु हेरिरहेका थिए पर पर साँझको क्षितिज ! बिमल राईको बारेमा अघिल्लो दिन मात्र विशेष रंगवादी कवि धर्मेन्द्रविक्रम नेम्बाङ्सँग सम्पर्क भएको थियो । उनले सुनाए, "हङकङको ठूलो खाममा गीत बोकेर बिमलजी डा.गोविन्दराज भट्टराईको घरमा जमेको साहित्यिक कार्यक्रममा पुगेका थिए । उनका गीतहरू निकै जमे ।" यो समाचार डबलीमा सुनाएँ । सबैले त्यो समाचारलाई उसको उपस्थिति माने । यसै सिलसिलामा मैले नेपाल जाँदाको केही जानकारी सुनाए ब्रेकमा । डा. गोविन्दराज भट्टराईद्वारा लिखित उत्तर आधुनिक विमर्शको "हङकङेली नेपाली साहित्य" बि.ए.को नेपाली विषयको पाठयक्रममा यसै शैक्षिक सत्रदेखि पढाइ हुन थालेको । यो सुनेर सबैलाई उत्साह र हर्षलाग्यो । डि.बी. भन्दैथिए, "हाम्रा दुःख नेपालले देख्दैरहेछ ।" अनि सुनाएँ, हामीले प्रकाशित गरेको पुस्तकहरू सम्बन्धीत समालोचकको हातमा, पुस्तकालय र सामाजिक संस्थातिर नगएको कुरा । त्यसलाई हामीले आफ्नो कमजोरी मान्यौ । फेरि म गफिन थालेँ, "त्रिभुवन विश्व विद्यालयका सोधका विद्यार्थी दीपक सुबेदीले हङकङेली नेपाली कला र साहित्यको थेसिस बुझाउँदै छन् । " यसले पनि रमाइलो थप्यो ।
चन्द्र सम्बाहाम्फे जो हाम्रा सहयात्री थिए, यस कवितामय साँझमा भोलिको कामको चपेटाले उपस्थित हुन सकेनन्, हामीलाई अभाव खड्किरहृयो । किनभने उनी एउटा हङकङका पुराना राम्रा कवि र समालोचक थिए ।
अरुणले यी सबै सुनेर आफ्नो व्यक्तिको मत जाहेर गरे । उनको जाहेरी जहिले पनि न्युट्रल प्लस पोजेटिभ हुने गर्छ ।
त्यो डबली साहित्यकारहरूको थियो, आकाशजस्तै । हामी त्यस साँझमा पनि मन फारी फारी हेरिरहेका थियौ, जोर्डन, वानचाइ, युनलङ, हङकङका समुद्र, डाँडापाखा र बिबिक्युका भरिलो स्पटहरू कोही आउँदैछन् कि भनेर । त्यो हेराइ बिमल राई, अशोक राईका शब्द शब्दमा निकै अगाडिदेखि बोलिरहेका थिए । सिङ्गो हङकङेली साहित्य एउटा रेलगाडीमा जाँदैथियो, हामी साना साना डिब्बामा समेटिएर समानान्तर मनका धनीहरू हिँडिरहेका थियौ ।
त्यहाँ छुटिरहेका थिए, बर्तोल्त ब्रेख्त, शेली, धर्मवीर भारती, सुजन सोन्टयाग, देवकोटा, पारीजात र काइलाहरू । दशैंले छोडेर गएको सायपत्री, गोदावरी, लालुपाते र पहेँलो जमरा सम्झियौ हामीले ।
अशोकले पढेर सुनाए मेरा पुरानो कविता "हङकङमा कविताबाट" कता कता मन पुरानो कुराहरूले भरिएर आयो । नेपालबाट मैले समष्टि पत्रिका लिएर आएको थिएँ । त्यो पत्रिका कृषि विकास बैंकबाट निस्किन्थ्यो, यसका सम्पादक कृष्ण धराबासी थिए । यो पत्रिका चर्चा गर्नुको कारण यस कवितामा अशोक राईको "अलर्ट रातहरू" कविता छापिएको थियो । त्यसमा पनि एक कलम चर्चा गर्यौँ ।
म्याकडोनाल्टको जाडो हामीलाई निलिरहेको थियो । त्यस कवितामय साँझमा २०६६ सालको दशैँ हामीलाई छोडेर जाँदैथ्यो, आउँदैथ्यो तिहारका हँसिला फूलहरू । हङकङका चिनाहरूलाई मून केक फेस्टिबलले निलेर छोक्रा बनाएको थियो भरखरै । हामी नेपालीलाई भने साँगुरी डाँडा, माछापुछ्रे हिमालबाट आइरहेको देउसी, भैलोको मनप्रिय आवाजले छुन छुन खोजेको थियो । सायपत्री, मखमली, लालुपाते, गोदावरी फूलहरू तिहार बोलाइरहेका थिए । हामीले पनि यही म्याकडोनाल्टको टेबलकुर्सीभरि सात्रपत्री, मखमली, लालुपाते, देउसी, भैलो सबै कविता बोकेर फुलोस भनेर कामना गर्यौ । भोलिपल्ट दीपाले फोन गरेर "दाई हाम्रो कोषको पैसा उठाउन त भुलिएछ नि" भनिन् । मैले त्यतिखेर सिग्मैण्ड फ्रइडको गल्तीको मनोविज्ञानः ३ सम्झिन पुगेँ ।

No comments:
Post a Comment