Oct 20, 2009

तामाकोसी, विजयपुर, रिडी र नारायणी

भवानी बराल
"सोभियत संघका नेता लेनिनले भनेका थिए, 'दसपटक नाप एकपटक काट ।" तर, लेनिनका असली नेपाली चेलाहरू ननापी काट्दा रहेछन् । त्यसैले जतिपल्ट काटे पनि तिनले राज्य पुनर्संरचनाको भोटो मिलाउन सकेका होइनन् । राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिमा एमाओवादीले तामाकोसी, विजयपुर, रिडी र नारायणी नामका केन्द्र शासित प्रदेशको खाका प्रस्तुत गरेपछि जातीय आधारमा राज्यको रचना चाहनेले पहिलो गाँसमा ढुङ्गा परेको महसुस गर्न थालेका छन् । तामाकोसी, नारायणी र रिडीको प्रस्तावको उस्तो विरोध सुनिएको छैन । तर, लिम्बूजन्य संगठनले दाबी गर्दै आएको र लिम्बुवानको ऐतिहासिक तहसिल राजधानी रहेको विजयपुरलाई केन्द्र शासित प्रशासनिक इकाई बनाउने यो प्रस्तावले लिम्बूजन्य संगठन र किराँत याक्थुङ चुम्लुङमा खैलाबैला मच्चिएको छ । स्वयम् माओवादी समर्थित लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका दुई दर्जन नेता तथा कार्यकर्ताले माओवादीलाई 'अल्टिमेटम' दिँदै वक्तव्यबाजीसमेत गरिसकेका छन । माओवादीले भने यो प्रस्ताव मात्रै भएको भनेर लिम्बूजन्य कार्यकर्तालाई थुम्थुम्याइरहेको छ ।
माओवादीले यस्ता भौगोलिक क्षेत्रहरू गठन गर्नुपर्ने आधार जनसंख्यालाई दिएको छ । समितिमा पठाएको प्रस्तावमा माओवादीले लेखेको छ, 'उत्पीडित जनजातिको तुलनामा अन्य जातिहरू निरपेक्ष बहुसंख्यक भइसकेको क्षेत्रहरू केन्द्र शासित भौगोलिक प्रशासनिक क्षेत्र वा इलाकाहरू गठन गर्न सकिनेछ ।' यही दलिलका आधारमा माओवादीले रूपमा चारवटा केन्द्र शासित भौगोलिक प्रदेश रचना गर्ने प्रस्ताव गरेको हो । तर सारमा भने माओवादीभित्र देखिएको पूर्वजनमोर्चाका एकात्मक पक्षधर शक्तिले स्थापित गरेको यो मत हो । यहाँ विजयपुर प्रदेशको बारेमा बढी चर्चा गरिनेछ ।
केन्द्र शासित प्रदेसको सीमाङ्कन
विजयपुरः माओवादीले प्रस्ताव गरेको विजयपुरको सीमाङ्कन -चीत्रमा संकेत गरेबमोजिम) मोरङको लोहान्द्रा खोला पश्चिम, पूर्व-पश्चिम राजमार्गलाई ठाउँ-ठाउँमा छुँदै चारकोसे झाडी -फारलाइन) उत्तर, धनकुटा जिल्लाको सिमाना महाभारत पर्वत शृङ्खला दक्षिण, सप्तकोसी पूर्व सुनसरी र मोरङ जिल्लाका राजमार्ग उत्तरका केही गाविस र सुनसरीको धरान र इटहरी नगरपालिकाको भूभागलाई लिएको देखिन्छ ।
तामाकोसी : रोल्बालिङ हिमाली क्षेत्रलाई शेर्पा प्रदेशमा छुट्याएर त्यसदेखि दक्षिण दोलखा जिल्ला भएर बग्ने तामाकोसी आसपासका दोलखा जिल्लाका भूभाग र केही रामेछाप जिल्लाका क्षेत्र, सुनकोसी दोभानसम्मको भूभागलाई तामाकोसी प्रदेशको लगभग प्रस्ताव गरिएको छ ।
नारायणी : चितवन जिल्लाको पहाडी तथा मैदानी भूभाग र नवलपरासीका नारायणी नदी आसपासका क्षेत्र, प्रस्तावित मधेस प्रदेश उत्तरको दून क्षेत्र नारायणी केन्द्र शासित प्रदेशको प्रस्ताव गरेको देखिन्छ ।
रिडी : यो पाल्पा र गुल्मी जिल्लाको बीचमा कालीगण्डकीको किनारमा रहेको, माघे सक्रान्तीमा तीन दिनसम्म मेला लाग्ने, प्रसिद्ध धार्मिक एवं प्राकृतिक स्थल, रुरुक्षेत्र हो । यो प्रदेशमा गुल्मी र अर्घाखाँची जिल्लाका केही भूभाग, मिलाएको देखिन्छ । यो प्रदेशको दक्षिणमा चुरे पहाड पर्छ । प्रस्तावित तमुवान र मगराँतले रिडी प्रदेशलाई चारैतिरबाट घेरेको छ । यो अन्य तीन प्रदेशभन्दा ठूलो देखाइएको छ ।
के हो केन्द्र शासित प्रदेश ?
जारशाहीको पतनपछि साम्यवादी बोल्सेविकहरूले रुसलाई सङ्घीय ढाँचामा लैजान पहिले भूगोललाई आधार माने । तर पछि भूगोललाई पुनर्विचार गरे र सामाजिक बनोटको आधारमा सङ्घीय संरचना निर्माण भयो । त्यसबखत रुसमा १०९ किसिमका ठूला राष्ट्रियता र ११ किसिमका साना राष्ट्रियता रहेको ठहर रुसी साम्यवादीहरूले गरे । तिनै राष्ट्रियतालाई सम्बोधन गर्न १५ वटा सङ्घीय गणराज्य, २० वटा स्वायत्त गणराज्य, ८ वटा स्वायत्त प्रदेश र ९ वटा सोभियत स्वशासित प्रदेश बनाए ।
माओवादीले यहाँ सोभियत स्वशासित प्रदेशको नक्कल उतार गर्न खोज्दा यस्ता प्रदेशहरूको प्रस्ताव गर्न पुगेको हुनसक्छ । उसले के हेक्का राखेन भने रुसमा ९ वटा सोभियत स्वशासित प्रदेश बनाइयो तर नेपालका माओवादीहरूले ४ वटा 'केन्द्र शासित' प्रदेशको प्रस्ताव गरे । बोल्सेबिकहरूले एकदमै साना राष्ट्रियतालाई सम्बोधन गर्न 'सोभियत स्वशासित प्रदेश' को नमुना प्रस्तुत गरेका थिए, केन्द्र शासित प्रदेशको होइन । माओवादीले प्रस्ताव गरेको नमुनाले भने भूगोललाई मात्र प्रतिनिधित्व गर्छ । यी नाम गरेका प्रदेशहरू कसैले मागेका पनि होइनन् । माओवादीले आफ्नै खल्तीबाट निकालेको हो ।
केन्द्र शासित प्रदेश एकात्मककै अर्को रूप हो । यस्ता प्रदेशमा सङ्घीयताका विशेषता हुन्न । सङ्घीयताको अन्तरवस्तु स्वशासन हो । सङ्घीयताबाट स्वशासन झिकिदिने हो भने एकात्मक भइहाल्छ । विजयपुर, तामाकोसी, नारायणी र रिडीलाई केन्द्रीय सत्ताले सञ्चालन गर्ने हो भने त्यो कसरी सङ्घीय प्रदेश हुन्छ ? केन्द्र शासित प्रदेशमा स्वशासन हुँदैन । यसैले केन्द्र शासित प्रदेश सङ्घीयताविपरीतको मान्यता हो । यो भारतीय नमुना हो । भारतीय संरचना पूर्णतया सङ्घीय नमुना होइन । भारतीय संविधानले सङ्घीयता नभनेर 'युनियन अफ स्टेट' भएको दाबी गरेको छ । भारतीय संविधानका निर्माता डा. अम्बेडकरले सार र भावनाले भारत संघ होइन, यसको मूल स्पिरिट एकात्मकनै हो भनेका थिए । यसर्थ भारतमा केन्द्र शासित प्रदेश छ । चीनमा एकात्मक व्यवस्था भएपनि केन्द्र शासित प्रदेश छैन । स्वायत्त क्षेत्र, पि्रफेक्चर, स्वायत्त इलाका र जातीय उपनगर छ । चीनले एकात्मकभित्र नै स्वशासनको व्यवस्था गरेको छ ।
विजयपुरको दोहालो
लिम्बू इतिहासकार इमानसिंह चेम्जोङद्वारा लिखित पुस्तक 'किराँतकालीन विजयपुरको संक्षिप्त इतिहास' का अनुसार गोर्खा राज्यको विस्तारको समयमा लिम्बुवानको प्रमुख केन्द्र विजयपुर तहसिल राजधानी थियो । गोर्खाका राजा पृथ्वीनारायण शाहले लिम्बू राजाहरूसँग 'नुन पानी' को सन्धि गरेर स्थानीय चलनचल्तीमा रहेको स्वायत्तताको अधिकार उपयोग गर्ने गरी लिम्बुवानलाई नेपालमा मिलाए । विजयपुर लिम्बुवानको ऐतिहासिक 'मक्कामदिना' हो । सबै इतिहासकारले विजयपुरलाई लिम्बुवानको अभिन्न अङ्ग मानेका छन् । यसलाई लिम्बुवानबाट अलग गरेर हेर्नु न्यायसंगत हुन्न । यसले जातीय द्वन्द्वलाई मलजल गर्छ । तर माओवादीजस्तो अग्रगमन पक्षधर पार्टीले फेरि पनि लिम्बुवानलाई गिजोल्ने काम गरेको छ ।
माओवादीले विसं २०५६ पुस २० गते आधिकारिक रूपमा लिम्बुवानलाई स्वीकार गर्‍यो । ०५८ असोजमा लिम्बुवानलाई खारेज गर्दै १९ माघ २०६० मा पूर्वाञ्चलका पहाडी भूभागलाई किराँत प्रदेशको घोषणा गर्‍यो । ०६३ को पाँचौं विस्तारित बैठकपछि लिम्बुवानको मागलाई स्वीकार गर्‍यो । मेची अञ्चलको पहाडी जिल्ला र कोसीको तेह्रथुम र धनकुटा जिल्लामा लिम्बुवानलाई खुम्च्याएर प्रस्ताव गर्‍यो । तर, लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरसहित सुनसरी, मोरङ र झापा जिल्लालाई कोचिला प्रदेशको प्रस्ताव गर्‍यो । राज्य पुनर्संरचनामा यो प्रस्ताव दर्ता गर्नु केही समयअगाडि एमाओवादीले चारवटा भौगोलिक क्षेत्रहरू मिश्रति बसोबासको तर्क पेस गर्दै चितवन नवलपुर क्षेत्र, रिडी क्षेत्र, सुनकोसी क्षेत्र र सुनसरी, मोरङ र झापाको उत्तरी भेगलाई कन्काई क्षेत्र प्रस्ताव गरेको थियो । यो प्रस्तावमा कोचिलालाई राज्यबाट खारेज गरी स्वायत्त क्षेत्रमा झारेको
थियो । यही कन्काई क्षेत्रलाई खुम्च्याएर यतिखेर केन्द्र शासित विजयपुर प्रदेशको प्रस्ताव गरिएको छ ।
ननाप्ने काटिरहने
सोभियत संघका नेता लेनिनले भनेका थिए, 'दसपटक नाप एकपटक काट ।' तर, लेनिनका असली नेपाली चेलाहरू ननापी काट्दा रहेछन् । त्यसैले जतिपल्ट काटे पनि तिनले राज्य पुनर्संरचनाको भोटो मिलाउन सकेका होइनन् । विसं २०६० सालमा ९ प्रदेश -किराँत, मधेस, मगराँत, तमुवान, ताम्बासालिङ, थारुवान, भेरी (कर्णाली, सेती-महाकाली र नेवाः) को घोषणा गरे । संविधानसभा निर्वाचनमा ०६४ मा आइपुग्दा ११ राज्य र ३ उपराज्य -क्षेत्रीय आधारमा सेती-महाकाली र भेरी कर्णाली, जातीय आधारमा मगरात, थारुवान, तमुवान, नेवाः, ताम्सालिङ, किराँत, लिम्बुवान, कोचिला र मधेस भाषिक आधारका उपराज्य मिथिला, भोजपुरा र अबध) को प्रस्तावअगाडि ल्याए । यसपछि माओवादीले पुनः १० राज्य -सेती-महाकाली -खप्तड क्षेत्र), भेरी- कर्णाली(कर्णाली क्षेत्र), थारुवान, मधेस -मिथिला, भोजपुरा र अबधसमेत पूर्वमा सुनसरी र मोरङको दक्षिण भागदेखि पश्चिम कपिलवस्तुसम्म), मगराँत, तमुवान, तामसालिङ, नेवाः, किराँत र लिम्बुवान) प्रस्तावित गरे । यो प्रस्तावमा १३ वटा स्वायत्त क्षेत्र, ४ वटा भौगोलिक क्षेत्र
(चितवन-नवलपुर, रिडी, सुनकोसी र कन्काई) छन् । यो प्रस्तावमा कोचिला प्रदेशबाट झारेर स्वायत्त क्षेत्रमा सीमित छ ।
राज्यको पुनसरचना तथा राज्य शक्तिको बाँडफाँड समितिमा बुझाएको प्रस्तावमा सेती-महाकाली, भेरी-कर्णाली (कर्णाली क्षेत्र), थारुवान, मधेस, मगराँत, तमुवान, तामसालिङ, नेवा, किराँत, लिम्बुवान, कोचिला, शेर्पा, र भोटेलामा सहित १३ स्वायत्त प्रदेश र विजयपुर, तामाकोसी, नारायणी र रिडी ४ वटा केन्द्र शासित भौगोलिक प्रदेशको खाका बुझाएको छ । उसले केन्द्र, प्रदेश र स्थानीय तीन चक्के सङ्घीयताको परिकल्पना गरेको छ । केन्द्र शासित प्रदेशहरू गठन गर्नुपर्ने मुख्य कारण उत्पीडित जातिभन्दा अन्य जाति निरपेक्ष बहुसंख्या (६६ प्रतिशत) देखिएको दाबी गरिएको छ ।
रहलपहल
केन्द्र शासित प्रदेश सारमा एकात्मककै रूप हो । यसले स्थानीय प्रदेशहरूसरूग झमेला पनि निम्त्याउँछ । यसै पनि हाम्रो मुलुक बाह्य 'लेन्डलक' छँदैछ, आन्तरिक रूपमा छिमेकी राज्यबाट 'लक' हुन्छ । माओवादीले प्रस्ताव गरेको केन्द्र शासित प्रदेशको खाकाले सङ्घीयता विरोधी जोरीपारीलाई हासाएको छ र 'वर्णशङ्कर' भूगोलको आधारमा सङ्घीयता दिएर अल्मल्याउने दलहरूलाई हौसाएको छ । लिम्बुवानलाई पुनस्र्थापित गर्न नदिन गोपाल किराँती मार्काका माओवादी नेताले पूरै पार्टीलाई प्रभावित गरेकाले यस्तो प्रस्ताव आएको हो । अब नेपाली सङ्घीयताको सीमाङ्कनको तेर्सा पहाडी झगडा सुरु हुन्छ, जसको अन्त्य छैन । यसअघि उत्तर-दक्षिणको झगडा मात्र थियो । विजयपुरको प्रस्ताव त्यही झगडाको बीउ हो । यो प्रदेशको प्राकिृतिक तथा अन्य स्रोत, सामथ्र्य पनि छैन । ऐतिहासिक आधारबाट जातीय -राष्ट्रिय) राज्यको सीमा निर्धारण गरिएन भने यो निरन्तर झगडाको गुण हुनेछ । तर माओवादीले यति कुरा पनि नबुझ्नु सारै अनौठो छ । जेठा मामाको यो गति छ भने कान्छा मामाहरूको भाङ्ग्राको धोती हुने नै भयो । अन्ततः माओवादीले लिम्बू-नेपाली उखान, 'सरमधरम होप, बदनाम चोगु' (लाजसरम पचाएपछि बदनामीको के डर) लाई चरितार्थ गर्ने हो कि वैज्ञानिक संरचना निर्धारण गर्ने हो भकुन्डो उसकै मैदानमा छ ।
कान्तिपुरबाट साभार

जातीय एकताका पक्षधर देवकोटा

शिवप्रसाद भट्टराई
लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) लाई नेपाली साहित्य जगत्कै एउटा विराट् प्रतिभाका रूपमा सबैले स्वीकार गर्दै आएका छन् । उनको जीवनको ध्येय नै साहित्य-सिर्जना थियो । उनी यसै क्षेत्रमा अथकरूपमा लागिपरे । यसकै माध्यमबाट विश्व प्रसिद्ध बने । हिन्दी साहित्यका पन्त, प्रसाद, निरालाको समष्टि व्यक्तित्वका रूपमा पनि उनी चिनिन पुगे । उर्दु साहित्यका महाकवि गालिबसँग दाँजिन पुगे । गीत, बालसाहित्य, नाटक, कथा, उपन्यास, निबन्ध, खण्डकाव्य, महाकाव्य आदिका माध्यमबाट आफूभित्र अन्तर्निहित विशिष्ट एवं अद्वितीय साहित्यिक प्रतिभाको परिचय दिए । नेपाली साहित्यको क्षेत्रमा 'महाकवि' का रूपमा विश्व प्रख्यात बन्न पुगे ।
यसरी उनी साहित्यसेवामा किन र कसको लागि समर्पित भए ? यो कार्य उनले आफ्नो स्वार्थपूर्तिका लागि गरे वा आफ्नी धर्मपत्नीको सुखको कामना गर्दै गरे ? अथवा यसभन्दा पनि भिन्न रहेर आफ्ना छोराछोरीको शिक्षादीक्षा र उचित भरणपोषणको चाहनाले गरे ? यसरी साहित्य सेवामा निरन्तर समर्पित हुँदा उनले आफ्नो जीवनमा के पाए ? राष्ट्रले उनलाई के
दियो ? आदि इत्यादि विविध प्रश्नमा गहिरिएर विचार गर्ने हो भने उनले जीवनमा केही पाएनन् । तर पनि उनले आफ्नो जीवनलाई आजीवन साहित्यसेवामा नै किन समर्पित गरे भनेर सोच्ने हो भने समाज र राष्ट्रलाई जाग्रत र चेतनशील तुल्याउन नै उनी यस क्षेत्रमा समर्पित भए भन्न सकिन्छ । यस क्रममा उनको स्रष्टा व्यक्तित्वले स्वस्वार्थ र पारिवारिक स्वार्थलाई कुनै महìव दिएन । साहित्य सिर्जनाका माध्यमबाट आफूभित्र अन्तर्निहित सहनशील मानवशक्तिको उनले सही परिचय दिए । यसरी साहित्य सिर्जनामा समर्पित भएर लागिपर्दा समय-समयमा उनले विविध किसिमका विघ्नबाधाहरूको सामना गर्नुपर्‍यो । यस किसिमको स्थितिका बीच पनि साहित्यमा स्वतन्त्र चिन्तनका माध्यमबाट नयाँ-नयाँ दृष्टिकोण र परिवर्तन ल्याउने कार्यमा उनले महत्त्वपूर्ण योगदान दिन सके ।
उनका साहित्य-सिर्जनाहरूमा देशप्रेमसम्बन्धी भावना, द्वन्द्वात्मक अवस्थाको अन्त्यको चाहना, मानवप्रतिको आस्था र विश्वास, सेवाभावमा आधारित मानवतावादी चिन्तन, जातीय एकताप्रतिको जोड, सबैलाई जातिवाद र क्षेत्रवादबाट अलग रही यसबाट माथि उठ्नुपर्ने आवश्यकतामा महनीय प्रकाश पारिएको पाइन्छ । विषमतायुक्त एवं रुढीग्रस्त सोच र संस्कारलाई समाजबाट हटाई विषमतारहित वा विषमताहीन समाजवादको कल्पनालाई सहजरूपमा सम्भव र सार्थकसमेत तुल्याउन सम्पूर्ण नेपाली
परस्परमा हातेमालो गर्दै ऐक्यबद्धरूपमा अघि बढ्न सक्नुपर्ने आवश्यकतामा पारिएको प्रकाशमा सबै नेपालीमा परस्परको प्रेम, विश्वास र सहयोगले नै हाम्रो देश नेपाल विश्वमा एउटा प्रेरक र उदाहरणीय देशका रूपमा सुपरिचित हुनसक्ने यथार्थमा पनि उनले विशेष प्रकाश पारेका छन् ।
समाजमा देखिएका असमानता र विषमता हटाउन नसकिएसम्म र समाजका विभिन्न वर्ग र समूहमा व्याप्त अन्तर्विरोधको अन्त्य नभएसम्म सामाजिक विश्वास र सद्भावको गतिले सही गन्तव्य प्राप्त गर्न सक्दैन । यसका लागि सर्वप्रथम सबैले आफूलाई जातिवादबाट माथि उठाउनु आवश्यक हुन्छ । नेपालका प्रत्येक जातजाति वा जनजातिका बीच सुगम वा दुर्गमपथमा एकअर्काको परिपूरक बनेर अघि बढ्ने सोच र संस्कारमा नै राष्ट्र र जनताको सही विकास अन्तर्निहित रहेको हुन्छ भन्ने यथार्थमा पनि उनका साहित्य-सिर्जनाहरूले गहन प्रकाश पारेका छन् ।
चाहे 'मुना-मदन' खण्डकाव्यमा मदन र भोटेबीच गाँसिनपुगेको आत्मीय प्रेम र स्नेह होस् वा चाहे 'म्हेन्दु', 'लुनी', 'कुञ्जिनी' आदि खण्डकाव्यमा अभिव्यक्त भएका यस किसिमका कतिपय प्रसङ्गमा गरिबहरूकै जीवनपद्धतिको करुणगाथा पाइन्छ । यी सबैमा जाति, धर्म र क्षेत्रवाद एवं विविध किसिमका शोषण आदि विकृति र विसङ्गतिबाट मुक्तिका साथै मानिसको स्वतन्त्र र सार्थक जीवनपक्षको चाहना नै अभिव्यक्त हुनपुगेको छ । स्वतन्त्रता नै मानिसको सर्वपि्रय आधार हो र यो आधारको प्राप्तिबाट नै ऊ देश र जनताको सेवामा निरन्तर समर्पित हुनसक्छ भन्ने तथ्यको उद्बोधन उनका कतिपय कृतिले गरेका छन् । 'म्हेन्द्र' खण्डकाव्यमा उल्लेख भएको 'सारा घर मेरो, सारा देश भाषा, तारामण्डल छ छानो एक खासा' होस् वा धोती र टोपीको विवाद चुलिँदै गएमा सबै नाङ्गिन पुग्ने यथार्थमा प्रकाश पार्दै आफ्नो 'वैराग्य' शीर्षकको निबन्धमा 'अभिव्यक्त' को चाहन्छ मेरो टोपी, को मेरो धोती, 'म नङ्गा बन्न चाहन्छु' भन्ने व्यङ्ग्यात्मक अभिव्यक्ति आदिमा नै किन नहोस्, यसभित्र राष्ट्र र राष्ट्रियताप्रतिको अत्यन्त गहन किसिमको चैतन्यबोध उजागर हुनपुगेको पाइन्छ । त्यस्तै जातीय एकताको बखान गर्दै 'मुना-मदन' शीर्षकको खण्डकाव्यमा अभिव्यक्त 'पृथिवीभरमा क्वै जाति भए नेपाली के कम छ ?' भन्दै नेपालमा बस्ने सम्पूर्ण नेपालीलाई तपस्वी स्वभावका यशस्वी व्यक्तित्वका रूपमा चित्रित गरेर महाकवि देवकोटाले विविध जातजाति र जनजातिको एकताबाट नै विश्वमा नेपाल र नेपालीको तेज बढ्ने यथार्थमा पनि महत्त्वपूर्ण प्रकाश पार्नसकेको पाइन्छ । एक जातिले अर्को जातिप्रति अन्तहृदयदेखि नै अभिव्यक्त गर्ने उदार, सुशील, सौम्य र विशाल हृदययुक्त स्नेह र प्रेममा आधारित व्यवहारबाट नै राष्ट्रिय एकता समृद्ध बन्न पुग्छ । यस किसिमको समृद्धशाली एकताबाट नै देशमा उत्पन्न कुनै पनि किसिमका समस्याको सहजरूपमा समाधान पहिल्याउन सकिन्छ । यस विपरीत हामी नेपालीबाट केवल मधेसी, पहाडी, हिमाली, किराँती, राई, लिम्बू आदिमा मात्र सीमित हुनपुग्यौं र यस क्रममा अझ अगाडि बढेर जातिजातिका बीच जातिवाद र क्षेत्रवादलाई उचालेर साम्प्रदायिक भावना भड्काउँदै गयौँ भने त्यसबाट हाम्रो राष्ट्रिय एकताको खँदिलो जगलाई खोक्रो बनाउन पुग्ने निर्विवाद छ । यसो हुनपुगेमा देशी-विदेशी विविध शक्तिहरूले आˆनो स्वार्थपूर्तिका लागि आफूलाई अझ क्रियाशील बनाउन सक्ने प्रशस्त सम्भावना पनि रहन्छ । यसो हुन नदिन नेपालमा बस्ने सबै नेपालीले जातिवादबाट माथि उठेर परस्परमा एक जातिले अर्को जातिप्रतिको प्रेम र विश्वासको सम्बन्धलाई खँदिलो बनाई राष्ट्रनिर्माणको अभियानमा आफूलाई ऐक्यबद्धरूपमा अघि बढाउनु आज राष्ट्रिय आवश्यकताको विषय बन्न पुगेको छ ।
उपर्युक्त यथार्थलाई मनन गरी हामीले देश, समाज र आˆनो विकासका लागि पनि सर्वप्रथम आˆनो स्वार्थभन्दा देशको स्वार्थलाई नै बढी महìव प्रदान गर्नुपर्छ । यदि देशलाई बिर्सिएर आˆनो स्वार्थपूर्तिमा मात्र हामीले आˆनो दृष्टि केन्दि्रत गर्न पुग्यौँ भने त्यसले अन्त्यमा कुनै पनि जातिको हितको रक्षा गर्न नसकी नेपाली हुनुको साहस, सामथ्र्य, गौरव, गरिमा र इमानलाई समेत विशृङ्खलित तुल्याउँदै क्रमिकरूपमा हामी सबैलाई परमुखापेसी बनाएर परचक्रीका सामु हात फैलाउनुपर्ने किसिमको स्थिति सिर्जना गर्नसक्ने सम्भावनाका प्रति पनि समय छँदै हामी सचेत हुन सक्नुपर्ने आवश्यकता पनि छ । त्यसैले पनि हामी सबै जातजाति र जनजातिले 'मेरो स्वदेश नै मेरो विश्व हो, विपना हो, मेरो सत्य हो, एउटा खँदिलो अस्तित्व हो' भन्ने देवकोटाको उक्तिलाई आत्मसात् गर्नुपर्छ र नेपालमा बस्ने प्रत्येक जातिले नेपाली हुनुको गौरव र गरिमालाई पनि आत्मसात् गरी जातीय एकताको माध्यमबाट सुन्दर, शान्त र समुन्नत नेपालको नवनिर्माण गर्न अग्रसर हुनुपर्छ । यसमा नै विविध कार्यक्रमसहित महाकवि लक्ष्मीप्रसाद देवकोटाको शताब्दी समारोह मनाइनुको सार्थकता पनि पाउन सकिन्छ ।
आˆनी आमा अमरराज्यलक्ष्मी देवीको निधन भएको एक वर्ष पनि बित्दा-नबित्दै आˆना पिता तिलमाधव देवकोटाले पनि आˆनो इहलोक त्याग गर्नपुग्नु एवं यही वर्ष नै जन्मिएकी आˆनी छोरीले पनि दुई महिनाको वयसन्धि पनि पार गर्दा नगर्दै शरीर त्याग गर्नु, पुस्तकालय खोलेर जनतालाई चेतनशील तुल्याउने कार्यमा अग्रसर हुँदा राणा शासनबाट दण्डित हुनु, राणाकालीन समयमा देशमा बस्न नै असहज भएका कारण वि.सं. २००४ मा भारत पुगी त्यहाँ दुःखद जीवन व्यतीत गर्न बाध्य र विवश हुनु, क्यान्सर रोगको प्रलयकारी पीडाले पीडित हुनुपरेको अवस्थामा पनि देश र समाजका लागि सारगर्भित साहित्यिक कृतिहरूको सिर्जनाबाट उनले दिनसकेको योगदान निश्चय पनि अभूतपूर्व, अद्वितीय र बिर्सिनसक्नुको छ । यस यथार्थको कसीमा आज हाम्रो देशमा देखापरेका विभिन्न किसिमका वैचारिक विरोधाभासबाट उत्पन्न समस्यालाई सबैले परस्परमा तालमेल कायम गरी समाधान गर्न अग्रसर हुनु नै महाकवि देवकोटाप्रतिको सच्चा श्रद्धाञ्जलि हुनुको साथै यो सबैको जिम्मेवारी, दायिìवबोध र कर्तव्यको विषय पनि बन्न पुगेको छ ।

Oct 12, 2009

ओबामालाई नोबेल 'युद्ध' पुरस्कार

विनोदविक्रम केसी
नोबेल समितिले यस वर्षको नोबेल शान्ति पुरस्कार बाराक ओबामालाई दिने घोषणा गरेपछि सारा विश्व चकित भयो । यो खबर सुन्नेबित्तिकै संसारभरिका मानिस विश्व-शान्तिका क्षेत्रमा बाराक ओबामाले के-के गरेछन्, खोजिनिती गर्न थाले ।
धेरैको प्रश्न यौटै थियो— कुनै पनि क्षेत्रमा कुनै उल्लेखनीय उपलब्धिविनै राष्ट्रपतिका रूपमा १० महिनाभन्दा कम समय बिताएका ओबामा कसरी नोबेल पुरस्कारका लागि छनोट भए ? सत्य के हो भने ओबामाले राष्ट्रपति कार्यालयमा बसेर जे गरेका छन्, त्यसको शान्तिसित गोरु बचेको साइनो पनि छैन ।
नोबेल पुरस्कारको घोषणापछि ओबामा ह्वाइट ह्वाउसको रोजगार्डेनमा झुल्किए र आफू 'चकित र कृतकृत्य' भएको घोषणा गरे । त्यसपछि, युद्धपरिषद्का सदस्यहरूसित अफगानिस्तानमा थप फौज पठाउने, त्यहाँ र पाकिस्तानी सीमाक्षेत्रमा धुवाँदार बमबारी गर्ने विषयमा छलफल गर्न उनी तुरुन्तै ह्वाइट हाउसभित्र छिरिहाले ।
यता, नोबेल समिति उनको 'परमाणुअस्त्रमुक्त दुनियाँको सपना'को प्रशंसा गर्दै थियो । उता, उनको प्रतिक्रिया थियो, 'यो सपना मेरो जुनीमा पूरा नहुन सक्छ ।' किनभने, उनको प्रशासनले मस्कोसँगको वार्तामा अमेरिकाले कम्तीमा १५ सय पारमाणविक क्षेप्यास्त्र राख्न पाउने अधिकारको माग गरेको छ । आफू के बोलिरहेका छन्, राम्रोसँग जान्दछन् उनी ।
ओबामालाई कुनै शान्ति पुरस्कार प्रदान गर्नु आफैँमा हास्यास्पद कुरा हो । कुनै सेनापति, जो कैयौँ युद्ध अपराध (जस्तो कि गत मे महिनामा सयौँ निर्दाष अफगानी जनताको ज्यान जानेगरी गरिएको बमबारी) का लागि जिम्मेवार छ, कसरी शान्तिवाहक हुनसक्छ ?
उसो त, नोबेल शान्ति पुरस्कार सदा विवादास्पद रहिआएको छ । सन् १९७३ मा हेनरी किसिन्जरलाई पुरस्कृत गर्ने निर्णय गरेदेखि गिरेको यसको साख अहिलेसम्म बढ्न सकेको छैन । हेनरी किसिन्जर युद्धअपराधीका आरोपमा गिरफ्तार भइने डरले हाल अमेरिकाबाहिर जान सकिरहेका छैनन् । उनीसँगै नोबेल पुरस्कार प्राप्त गरेका भियतनामी नेता ले दुक थोले भने अमेरिकासँगको सन्धिले आफ्नो देशमा शान्ति ल्याउन नसकेको भन्दै पुरस्कार अस्वीकार गरेका थिए । त्यस्तै, सन् २००२ मा जिम्मी कार्टरलाई पुरस्कृत गरियो, जो अफगानिस्तनमा युद्धको सूत्रपात गर्ने मान्छे थिए । यस युद्धमा लाखौँ मानिसको ज्यान गएको थियो ।
वास्तवमा नोबेल समितिलाई आफ्ना सिद्धान्तहरू उल्लंघन गरेको आरोप लगाउने ठाउँ छैन किनभने यसका सिद्धान्त छन् नै त्यस्ता । नोबेल पुरस्कारका संस्थापक अलफ्रेड नोबेल डाइनामाइटका आविष्कारक थिए । म्यासिभ अड्र्यान्स पिनिट्रेटर -भूमिगत आक्रमणमा प्रयोग गरिने तीस हजार पाउन्ड वजन भएको बम को उत्पादन गर्न हतारिरहेको पेन्टागनप्रति सायद अल्पmेड नोबेलले कुनै आपत्ति जनाउँदैनथे । यो हतियार इरानविरुद्ध सम्भावित प्रयोगका लागि तयार गरिँदै छ ।
ओबामाको 'दृष्टिकोण' का लागि र 'विश्वको ध्यान आकृष्ट गर्दै मानिसलाई सुन्दर भविष्यको आशा बाँडेेका' कारण नोबेल शान्ति पुरस्कार दिइएको भने पनि नोबेल समितिले ओबामालाई उनको चुनावी अभियानताकाका भ्रामक भाषण र वाक्पटुतामा आधारित भएर पुरस्कार दिएको होइन । नोबेल शान्ति पुरस्कार केही निश्चित नीतिहरू प्रवर्द्धन गर्ने उद्देश्यका साथ दिइन्छ, दिइँदै आएको छ ।
नोबेल शान्ति पुरस्कार छनोट समितिमा नर्वेली संसद्का प्रमुख पार्टी (उग्र दक्षिणपन्थीदेखि प्रजातान्त्रिक समाजवादीसम्म) का पाँच सदस्य थिए । यस समितिको निर्णय समग्रमा युरोपेली एलिटको प्रतिविम्ब हो । समितिका अध्यक्ष, पूर्वनर्वेली प्रधानमन्त्री थर्बजर्न जगल्यान्डले शुक्रबार न्युयोर्क टाइम्सलाई ओबामाको बचाउ गर्दै भनेका थिए, 'समितिले संघर्षशील र आदर्शवादी मानिसको पहिचान गर्नु जरुरी छ, तर प्रत्येक वर्ष हामी त्यसो गर्न सक्दैनौँ । बेलाबेलामा हामीले राजनीतिको यथार्थ-संसारमा प्रवेश गर्नैपर्छ ।'
यथार्थ-राजनीतिले निःसन्देह २००२ मा जिम्मी कार्टर र २००७ मा अल गोरको छनोटमा अहम् भूमिका खेल्यो । कार्टरलाई इराकयुद्धको पूर्वसन्ध्यामा पुरस्कारका लागि छनोट गर्नु बुस प्रशासनको आक्रामक एकपक्षीयताको निन्दा थियो । त्यस्तै, सन् २००० मा राष्ट्रपति उम्मेदवार रहेका अल गोरलाई नोबेल पुरस्कारका लागि छनोट गर्नुको अर्थ थियो— युरोप बुस प्रशासनको समाप्ति चाहन्थ्यो । ती वर्षमा नोबेल पुरस्कारलाई अमेरिकी विदेशनीतिको आलोचनाको संकेतका रूपमा प्रयोग गरियो भने यस वर्ष यसले अमेरिकी विदेशनीतिको समर्थनको प्रतिनिधित्व गरेको छ ।
अफगानिस्तानमा थप अमेरिकी फौज तैनाथ गर्ने तयारी गरिरहेका ओबामालाई नोबेल शान्ति पुरस्कार दिइनु स्पष्टतः विरोधाभाषपूर्ण छ । पुरस्कारको लक्ष्य अफगानिस्तान, पाकिस्तान र इराकमाथि वासिङ्टनको आक्रमणलाई वैधता प्रदान गर्नु र यसलाई शान्तिका लागि युद्धका रूपमा युरोपको स्वीकृतिको टाँचा लगाउनु हो । युरोपका सरकारहरूले अमेरिकी हस्तक्षेपको समर्थन गर्नु मध्यएसिया र पर्सियन खाडीका सञ्चित ऊर्जाको लुटमा आफू पनि संलग्न हुने अवसरको ढोका खोल्नु हो भन्ने राम्ररी बुझेका छन् ।
ओबामालाई दिइएको नोबेल शान्ति पुरस्कारले संसारको विशालतम सैन्य शक्ति शान्ति उन्मुख भइरहेको संकेत कुनै पनि हालतमा गर्दैन । यसले त सैन्यवाद र अन्तर्राष्ट्रिय द्वन्द्वहरू झन्-झन् व्यापक हुने खतराको संकेत गर्छ ।
(बिल भान अकेन
www.wsws.org का स्तम्भकार हुन् । उनी २००४ मा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा खडा भएका थिए ।)

Oct 10, 2009

चुनवानमा दशैँको कविता र तिहारको फूल

देश सुब्बा
यही अक्टोबर ४ तारिख आइतबार कोजाग्रत पूणिर्माको साँझ सधैँ चुनवानको म्याकडोनाल्डमा अशोक राई, डि.बी. पालुङ्वा, अरुण राई, दीपा एवाई राई र म देश सुब्बा ८ बजे भेला भयौँ र कविता बोल्यौँ, कविता सुन्यौ । त्यहाँ कविताको डबली जम्यो । ती कविताहरूमा देश थियो, प्रवास थियो, दशैँ थियो अनि जान लागेको शरद्को टुक्रा र आउन लागेको तिहारको फूल । कविता बोल्नेमा अशोक राई थिए, डि.बी. पालुङ्वा थिए, केन्द्रमा थिई धपक्क बलिरहेकी "अन्तराष्ट्रिय अदालतमा रामको अग्नि परीक्षा र नाङ्गी द्रौपती " की रचयिता कवियत्री दीपा एवाई राई । स्रोता भन्यौ या समिक्षक थियौ अरुण र म । पहिला डि.बी. पालुङ्वाको कविता "नागरिक सर्वोच्चतमा मेरो मत जाहेर" कवितामा निकै लामो बहस भयो । त्यो कविताले नागरिक सर्वोच्चतामा हाम्रो मत जाहेर गरेको थियो । अनि त्यस साँझ महफिलमा जमे दीपाका कविताहरू "युगान्ती सौता हुँ हजुर, एक अर्धवृत परिधिबाट तिमीलाई आव्हान छ ।" उनका कविताहरूले युगको आव्हान गरिरहेका थिए, त्यहाँ सुन्यौ विगत र वर्तमानको शंख घोष । समयका समानान्तर कविता ओर्लिरहेका थिए जगतमा ।
म्याकडोनाल्डको जाडोले कान समाइरहेको थियो, विचरा आँखाहरू टुलुटुलु हेरिरहेका थिए पर पर साँझको क्षितिज ! बिमल राईको बारेमा अघिल्लो दिन मात्र विशेष रंगवादी कवि धर्मेन्द्रविक्रम नेम्बाङ्सँग सम्पर्क भएको थियो । उनले सुनाए, "हङकङको ठूलो खाममा गीत बोकेर बिमलजी डा.गोविन्दराज भट्टराईको घरमा जमेको साहित्यिक कार्यक्रममा पुगेका थिए । उनका गीतहरू निकै जमे ।" यो समाचार डबलीमा सुनाएँ । सबैले त्यो समाचारलाई उसको उपस्थिति माने । यसै सिलसिलामा मैले नेपाल जाँदाको केही जानकारी सुनाए ब्रेकमा । डा. गोविन्दराज भट्टराईद्वारा लिखित उत्तर आधुनिक विमर्शको "हङकङेली नेपाली साहित्य" बि.ए.को नेपाली विषयको पाठयक्रममा यसै शैक्षिक सत्रदेखि पढाइ हुन थालेको । यो सुनेर सबैलाई उत्साह र हर्षलाग्यो । डि.बी. भन्दैथिए, "हाम्रा दुःख नेपालले देख्दैरहेछ ।" अनि सुनाएँ, हामीले प्रकाशित गरेको पुस्तकहरू सम्बन्धीत समालोचकको हातमा, पुस्तकालय र सामाजिक संस्थातिर नगएको कुरा । त्यसलाई हामीले आफ्नो कमजोरी मान्यौ । फेरि म गफिन थालेँ, "त्रिभुवन विश्व विद्यालयका सोधका विद्यार्थी दीपक सुबेदीले हङकङेली नेपाली कला र साहित्यको थेसिस बुझाउँदै छन् । " यसले पनि रमाइलो थप्यो ।
चन्द्र सम्बाहाम्फे जो हाम्रा सहयात्री थिए, यस कवितामय साँझमा भोलिको कामको चपेटाले उपस्थित हुन सकेनन्, हामीलाई अभाव खड्किरहृयो । किनभने उनी एउटा हङकङका पुराना राम्रा कवि र समालोचक थिए ।
अरुणले यी सबै सुनेर आफ्नो व्यक्तिको मत जाहेर गरे । उनको जाहेरी जहिले पनि न्युट्रल प्लस पोजेटिभ हुने गर्छ ।
त्यो डबली साहित्यकारहरूको थियो, आकाशजस्तै । हामी त्यस साँझमा पनि मन फारी फारी हेरिरहेका थियौ, जोर्डन, वानचाइ, युनलङ, हङकङका समुद्र, डाँडापाखा र बिबिक्युका भरिलो स्पटहरू कोही आउँदैछन् कि भनेर । त्यो हेराइ बिमल राई, अशोक राईका शब्द शब्दमा निकै अगाडिदेखि बोलिरहेका थिए । सिङ्गो हङकङेली साहित्य एउटा रेलगाडीमा जाँदैथियो, हामी साना साना डिब्बामा समेटिएर समानान्तर मनका धनीहरू हिँडिरहेका थियौ ।
त्यहाँ छुटिरहेका थिए, बर्तोल्त ब्रेख्त, शेली, धर्मवीर भारती, सुजन सोन्टयाग, देवकोटा, पारीजात र काइलाहरू । दशैंले छोडेर गएको सायपत्री, गोदावरी, लालुपाते र पहेँलो जमरा सम्झियौ हामीले ।
अशोकले पढेर सुनाए मेरा पुरानो कविता "हङकङमा कविताबाट" कता कता मन पुरानो कुराहरूले भरिएर आयो । नेपालबाट मैले समष्टि पत्रिका लिएर आएको थिएँ । त्यो पत्रिका कृषि विकास बैंकबाट निस्किन्थ्यो, यसका सम्पादक कृष्ण धराबासी थिए । यो पत्रिका चर्चा गर्नुको कारण यस कवितामा अशोक राईको "अलर्ट रातहरू" कविता छापिएको थियो । त्यसमा पनि एक कलम चर्चा गर्‍यौँ ।
म्याकडोनाल्टको जाडो हामीलाई निलिरहेको थियो । त्यस कवितामय साँझमा २०६६ सालको दशैँ हामीलाई छोडेर जाँदैथ्यो, आउँदैथ्यो तिहारका हँसिला फूलहरू । हङकङका चिनाहरूलाई मून केक फेस्टिबलले निलेर छोक्रा बनाएको थियो भरखरै । हामी नेपालीलाई भने साँगुरी डाँडा, माछापुछ्रे हिमालबाट आइरहेको देउसी, भैलोको मनप्रिय आवाजले छुन छुन खोजेको थियो । सायपत्री, मखमली, लालुपाते, गोदावरी फूलहरू तिहार बोलाइरहेका थिए । हामीले पनि यही म्याकडोनाल्टको टेबलकुर्सीभरि सात्रपत्री, मखमली, लालुपाते, देउसी, भैलो सबै कविता बोकेर फुलोस भनेर कामना गर्‍यौ । भोलिपल्ट दीपाले फोन गरेर "दाई हाम्रो कोषको पैसा उठाउन त भुलिएछ नि" भनिन् । मैले त्यतिखेर सिग्मैण्ड फ्रइडको गल्तीको मनोविज्ञानः ३ सम्झिन पुगेँ ।

Oct 9, 2009

साथीका आँखामा चे ग्वेभारा

विनोदविक्रम केसी
करोडौँ मानिसका लागि चे ग्वेभारा क्रान्तिको प्रतीक हो । लाखौँका लागि ऊ क्राइस्ट नै हो । उसो त उसलाई सैतान ठान्नेहरू पनि कम छैनन् । नायक र खलनायकको बहस चेका सन्दर्भमा जति भएका छन्, त्यति सायदै इतिहासमा अरू कसैका सन्दर्भमा भएका छन् । तर, मेरा लागि चे केवल एक साथी हो, जसको तस्बिर नाइट क्लबमा उन्मत्त नाचिरहेकी तरुनीदेखि दर्शनशास्त्रको गम्भीर प्राध्यापकसम्मका छातीमा टाँसिएका छन्, त्यो मेरो साथी हो । यौटा मिथकको मित्र हुनुको गर्व र रोमाञ्च आजका मितिसम्म अनुभूत गरिहेको छु म । चेसँग मेरो पहिलो भेट सन् १९४२ मा भएको थियो । पछि १९४५ मा चेको परिवार मेरो गृहनगर कोर्दाबामा बसाइँ सर्‍यो । कोर्दाबामा हाम्रो पहिलो भेट पुलिसचौकीमा भएको थियो । हाइस्कुलको विद्यार्थी विद्रोहमा सहभागी भएका कारण म समातिएको थिएँ । चे मेरो भाइ तोमससँग मलाई भेट्न आएको थियो । १७ वर्षीय यस ठिटोको अनुहारमा आफ्नो उमेर नसुहाउँदो उदासी र गम्भीरता पोतिएका थिए । आँखा उधुमै चम्किला । तर, मान्छे अलि फोहोरी, फोहरीखालको । जम्माजम्मीमा, ऊ प्रभावशाली व्यक्तित्व भएको मान्छे थियो ।
र, हामी असाध्यै मिल्ने साथी बन्यौँ । तर, चे सहज र सामान्य साथी भने थिएन । जिद्दी थियो, असाध्यै जिद्दी थियो । आफ्नो विश्वास र अडानमा एकरौँ यताउति नहल्लिने । उसले ठान्यो पछि ठान्यो, ठान्यो । माक्र्सवाद उसका लागि प्रथम र अन्तिम सत्य थियो । म ऊभन्दा ६ वर्ष जेठो थिएँ, तर उसको शक्तिशाली चुम्बकीय व्यक्तित्वका अगाडि निरीह आलपिन सावित हुन्थेँ ।
म उसलाई भन्ने गर्थेँ, 'यार, बाँच्नका लागि सम्झौता पनि गर्नुपर्छ ।' सम्झौता भन्ने शब्द सुन्नेबित्तिकै भडि्कने गथ्र्याे ऊ । सम्झौता, दासता, कायरता, पुँजीवाद, साम्राज्यवाद...चेले आजीवन घृणा गरेका शब्द हुन् यी । हुन त म पनि क्रान्तिकारी थिएँ । चेले भन्दा कम्ती माक्र्सवाद पढेको थिइनँ मैले पनि । तर, चे अर्कै तत्त्वले बनेको मान्छे थियो ।
त्यो यात्रा जसले चेलाई चे बनायो
सन् १९५२ मा चे र म ल्याटिन अमेरिकाको भ्रमणमा निक्लने भयौँ । तिनताका अर्जेन्टिनामा हामी फुटबल र ट्यांगो नाच उत्कर्षमा पुगेको युगमा थियौँ । एक प्रकारले हेडोनिजम (भोग-विलासवाद) पनि उत्कर्षमै थियो । हाम्रो यो यात्राको उद्देश्य पनि साहसिक घुमफिर र रमाइलो नै थियो भन्न सकिन्छ । कम्तीमा मेरा निम्ति त यस्तै थियो । सत्य, यो यात्राले चेको सोच र व्यक्तित्वमा भयानक उलटफेर गराउला भन्ने मैले सोचेकै थिइनँ ।
त, मैले त्यतिबेला आठ सय डलरमा किनेको मोटरसाइकल ला पोदेरोसा चढेर निक्लियौँ हामी ल्याटिन अमेरिकाको सयर गर्न । यो मोटरसाइकल वास्तवमा ज्ञान र स्वतन्त्रताप्रतिको हाम्रो उत्सुकताको प्रतीक थियो ।
अर्जेन्टिनाबाट चिली पुग्नेबित्तिकै हामीसँग भएको पैसा सकियो । अब हामी 'उठ् जोगी फट्कार छाला, जहाँ जाला त्यहाँ खाला' भन्ने स्थितिमा पुगेका थियौँ । तर, मान्छेहरूलाई हात लिन सक्ने चेको जादुमय कौशलका कारण हामी जहाँजहाँ पुग्यौँ, त्यहाँत्यहाँ हामीले मानिसका आतिथ्य पायौँ ।
चिलीको लसएन्जेलस पुगेपछि भने ला पोदेरोसा हामीले मर्मतै गर्न नसक्ने गरी बिगि्रयो । यो मोटरसाइकल हाम्रो प्राण थियो भने पनि हुन्छ । अझ, ला पोदेरोसासँग मेरो यति भावनात्मक लगाब थियो कि यसलाई यौटा कुनामा यत्तिकै मिल्काएर हिँड्नु मेरा निम्ति असाध्यै पीडादायी थियो । तर, यात्रा त पूरा गर्नु नै थियो । त्यसैले डुंगा, घोडा, ट्रक, जे भेटिन्छ त्यसैमा सवार भएर हामीले अर्जेन्टिना, चिली, कोलम्बिया र भेनेजुएलाको यात्रा सम्पन्न गर्‍यौँ । ल्याटिन अमेरिकाको एकसरो भ्रमण गरिछाड्यौँ ।
यस यात्राले हामीलाई ल्याटिन अमेरिकाले भोगिरहेको पीडा, अन्याय, असमानता र गरिबीसित भलिभाँती परिचित गरायो । अमेरिकी आधिपत्यले निबुवा निचोरे जसरी शोषण गरेको थियो ल्याटिन अमेरिकालाई । यस यात्राले चेको अन्तरमा रहेको ज्वालामुखीलाई विस्फोट गराइदियो । अब चे शिरदेखि पाउसम्म तातो न तातो लाभा भएको थियो । म ठोकुवा गर्छु- यस यात्राले चेलाई चे बनाएको थियो ।
यस यात्रामा भइपरिआएका तितामिठा घटनाहरूको बयान गरिसाध्य छैन । चिलीको इस्टर द्वीपमा पुगेका थियौँ हामी । त्यहाँ महिलाको संख्या अत्यधिक थियो । एउटै मानिसका एघारवटासम्म पत्नी हुन्छन् रे भन्ने सुनेपछि हामी त्यता हानिएका थियौँ । अतिथिहरूको मानमनितो पनि गज्जबले गरे इस्टरवासीले । स्थानीय ठर्रा खुब खाइयो । एउटी उत्ताउली चेसित झुत्तिएर हैरान ! पछि त उसको श्रीमान्ले केही मानिस जम्मा गरेर हामीलाई घेरिहाल्यो । मेरी श्रीमतीलाई भाँड्न खोज्ने भनेर हामीसित पाखुरा सुर्किइहाल्यो । तैतै सबैजना मातेका थिए । जति सुर्रिए पनि हामीलाई कुटिहाल्न सक्ने स्थितिमा भने थिएनन् । मोरीले झन्डै मराएकी !
हामी जतिजति घुम्दै जान्थ्यौँ, त्यतित्यति हाम्रा मानिसमाथि गरिएका अन्यायले हाम्रा आँखा खोल्दै जान्थे । अमेरिकाले चिलीमा चलाएको यौटा टिन खानीमा पुगेका थियौँ हामी । यस खानीमा काम गर्ने अधिकांश मजदुर सिलिकोसिस भनिने रोगले ग्रस्त थिए । सिलिका भनिने बालुवामा पाइने कणयुक्त हावामा सास फेर्दा फोक्सोमा नराम्रो क्षति गर्ने रोग हो यो । लगभग मृत्युको मुखमा पुगेका मजदुरहरूलाई अमेरिकाले यसरी रात-दिन जोतेको देखेर चे रिसले बौलाहाजस्तै भएको थियो ।
यसै यात्राका क्रममा सान पाब्लो भन्ने ठाउँमा कुष्ठरोगीहरूको बस्तीमा काम गर्न पुगेका थियौँ हामी । यस बस्तीमा जानलाई यौटा विशाल नदी तर्नुपर्थ्यो । नदी तर्नै नसक्ने गरेर उर्लिएको थियो । नदीपारि केही कुष्ठरोगीहरू हामीलाई पर्खिरहेका थिए । डाक्टर अर्थात् हामी (तर, चे डाक्टर भइसकेको थिएन) आउँदै छौँ भन्ने खबर पाएर उनीहरू चौपट्टै खुसी भएका थिए किनभने कुष्ठरोगीहरूको बस्तीमा डाक्टरहरू प्रायः जाँदैनथे । त, हामी वारि, उनीहरू पारि ! रातको समय । 'म त तर्न सक्दिनँ, तँलाई मर्न मन लागेको छ भने तर्' भनेर म नदीको किनारमा लम्पसार परेँ । चे अघिपछि नसोची हेलियो पानीमा र पुग्यो पारि । किनारमा बसेका कुष्ठरोगीहरूले उसको यस्तरी स्वागत गरे, मानौँ ऊ उनीहरूको मसिहा थियो । मैले भने नदीमा पस्ने हिम्मत गर्न सकिनँ । डुंगा चढेर पार गरेँ ।
त्यस बस्तीका मानिसका उपचारमा हामी अहोरात्र खटियौँ । भोक-तिर्खा सबथोक बिर्सेको थियो चेले । 'अब तिमी पक्का फिल्यान्थ्रोपिस्ट (परोपकारी) भयौ,' म उसलाई भन्ने गर्थेँ । 'फिल्यान्थ्रोपि्रस्ट भनाउँदाहरू ढोंगी हुन् । म त क्रान्तिकारी हुँ,' ऊ हाँसेर भन्ने गर्थ्यो ।
हाम्रो यो यात्रा नौ महिनापछि भेनेजुएलाको राजधानी काराकासमा पुगेर टुंगियो । तर, त्यस यात्राको धङधङी र त्यस यात्रामा हामीले हासिल गरेकेा राजनीतिक चेतना र क्रान्तिकारी प्रखरता भने जिन्दगीभर रहिरह्यो । म कुष्ठरोगसम्बन्धी थप अनुसन्धान गर्न काराकासमै बसेँ भने चे डाक्टरी पूरा गर्न बुएनस आयर्स गयो ।

**
सन् १९५९ मा क्युबामा क्रान्ति सफल भएपछि चेले मलाई क्युबा बोलायो । क्युबा वास्तवमा मेरो सपनाको देश थियो । क्युबा यस्तो देश थियो, जहाँ मानिस वैज्ञानिक या कलात्मक दृष्टिले आफूलाई उन्नत बनाउन लागि परेका थिए । उता, सिंगो विश्व भने भोग/उपभोगबाहेक केही सोच्नै नसक्ने भएको थियो ।
क्युबामा मैले सान्टिएगो स्कुल अफ मेडिसिन स्थापना गरेँ । लामो समयसम्म मैले यसमा काम गरेँ । हाल म क्युबामा रिटायर्ड जीवन बिताइरहेको छु ।
**
चे ग्वेभारा स्वभावैले साहसी मान्छे थियो । ऊ कहिल्यै कसैसामु झुकेन । 'म कसैका अगाडि घुँडा टेक्ने मान्छे होइन । तिमीहरू केवल यौटा मान्छेलाई मारिरहेका छौ । म भनेकेा विचार हुँ,' बोलिभियामा हत्या गरिनुअघि उसले यसो भनेको थियो रे । उसले सत्य बोलेको थियो, बिल्कुल सत्य । मैले सुनेअनुसार सिआइए समर्थित बोलिभियाली राष्ट्रपति रेने बारिएन्तोसले चेलाई मार्ने आदेश दिए पनि उसलाई गोली ठोकेर मार्न बोलिभियाली सैनिकले हिम्मत गर्न सकेनन् । अन्तमा एक जँड्याहा अफिसरलाई पैसाको लालच देखाएर चेलाई गोली ठोक्न लगाइएको थियो रे ।
उसको हत्या भएको दिन म दुई कारणले रोएँ । पहिलो- यौटा सबभन्दा नजिकको, सबभन्दा आत्मीय मित्रको वियोगका कारण । दोस्रो- १९५२ को यात्रा थाल्नुअघि 'तपाईंहरूका छोरालाई सकुशल फिर्ता ल्याउनेछु' भनेर चेका बा-आमालाई गरेको प्रतीज्ञा पूरा गर्न नसकेका कारण ।
क्यास्ट्रोसँग खटपट परेका कारण उसले क्युबा छोडेको हो भन्ने एकथरीको भनाइलाई म स्वीकार गर्दिनँ । चे यति विशाल थियो कि ऊ न डाक्टरी पेसामा अटाउँथ्यो, न अर्जेन्टिनामा, न क्युबामा । ऊ सारा संसारमा क्रान्ति गर्न हिँडेको थियो ।
म चेका दुई गुणबाट कायल थिएँ । उसको इमानदारी र नकारात्मक चिजलाई सकारात्मकमा रूपान्तरण गर्न सक्ने क्षमता । आजको युवापुस्ताले उसलाई किन अनुसरण गर्नुपर्छ भने ऊ आफूले सही र उचित ठानेको चिजका पक्षमा आजीवन लडेको थियो र त्यसैका लागि मरेको थियो । समयसँगै धेरैभन्दा धेरै राष्ट्रहरू भ्रष्टहरूबाट शासित हुँदै जाँदा चेको क्रान्तिकारी व्यक्तित्व झन्झन् विशाल र महान् हुँदै गयो । ऊ कुनै भगवान् होइन । यस्तो मानिस थियो हो ऊ, जो आफूले गरेको काममा आफ्नो भएभरको क्षमता ओइराउँथ्यो र जसको यो प्रवृत्ति सदा अनुकरणीय छ ।

Oct 7, 2009

सङ्घीयता र राजधानीको सम्बन्ध

शोभाकर पराजुली
देशमा प्रान्तीय राजधानी बनेपछि जनताका काम प्रान्तीय राजधानीहरूमा नै सम्पन्न हुने व्यवस्था गर्नु आवश्यक छ । स्वभावैले प्रान्तको व्यवस्थापछि प्रान्तीय सुविधासम्पन्न अस्पतालहरू, विश्वविद्यालयहरू समेत बन्नेछन् । जनतालाई आधाभन्दा बढी सुविधा त हुनेछ नै । तैपनि, देशको प्रमुख राजधानीसँग जनताको सम्बन्धको अन्त्य हुने कुरा हुँदैन । विदेशसँग सम्बन्धका विषय, विदेशी सहयोगका कुरा, शिक्षा र स्वास्थ्य समेतका पक्षमा प्रमुख राजधानीको सुविधा बढी हुनु स्वभाविक छ ।
देश सङ्घीयतातर्फ गइरहेको छ । हामीले सङ्घीयतालाई आत्मसात् पनि गरिसक्यौं । यद्यपि सङ्घीयताको अवधारणाको मूल लक्ष्य भनेको देशमा शासनलाई विकेन्द्रीकृत गर्नु नै हो । शासन प्रणालीलाई विकेन्द्रीकृत गरेपछि जनताले सुविधा त पाउँछन् नै । शासन सञ्चालनमा जनताको पहुँच पनि अपेक्षाकृत धेरै बढेर जान्छ । प्रान्तीय राजधानीहरूका कारणले मानिसलाई स-साना कामका लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ तर राज्यले प्रान्तको व्यवस्था गरेर मात्र हुँदैन प्रान्तहरूलाई अधिकार दिन पनि आवश्यक छ । अहिले सामान्यतः प्रवेशिकाको प्रमाणपत्रदेखि माथिको पढाइको प्रमाणपत्र लिन काठमाडौं आउनुपर्ने अवस्था छ । अरु ठूला विषयको त कुरै छोडौं । विशेषतः स्वास्थ्यसम्बन्धी सबै सुविधा काठमाडौंमा मात्र केन्दि्रत छन् । यो दुःखको विषय मात्र होइन । अमानवीय पनि हो ।
समानता भने बोल्ने मात्र विषय होइन, गरेर जनतालाई प्रत्याभूति दिने विषय हो तर हामीले सरकारी रूपमा अत्यधिक सुविधासम्पन्न अस्पतालसमेत राजधानीबाहेक अरु ठाउँहरूमा पुर्‍याउन सकिरहेका छैनौं । अहिले पनि हामी कुरा गर्न मात्र व्यस्त छौं, काममा ध्यान कम दिन्छौं भन्ने हाम्रा व्यवहारले देखाइरहेका छन् । हातमा काम गर्ने अधिकार हुँदा पनि यसतर्फ हाम्रो ध्यान जानसकेन भने यसको कुनै अर्थ रहने छैन । सम्भवतः जनताले पनि शान्तिपूर्वक दबाब दिन आवश्यक छ । जनता एक भएको अवस्थामा यो सामान्य हो ।
देशमा प्रान्तीय राजधानी बनेपछि जनताका काम प्रान्तीय राजधानीहरूमा नै सम्पन्न हुने व्यवस्था गर्नु आवश्यक छ । स्वभावैले प्रान्तको व्यवस्थापछि प्रान्तीय सुविधासम्पन्न अस्पतालहरू, विश्वविद्यालयहरू समेत बन्नेछन् । जनतालाई आधाभन्दा बढी सुविधा त हुनेछ नै । तैपनि, देशको प्रमुख राजधानीसँग जनताको सम्बन्धको अन्त्य हुने कुरा हुँदैन । विदेशसँग सम्बन्धका विषय, विदेशी सहयोगका कुरा, शिक्षा र स्वास्थ्य समेतका पक्षमा प्रमुख राजधानीको सुविधा बढी हुनु स्वभाविक छ । त्यसकारण पनि देशको राजधानी पनि जनतालाई सबैभन्दा पायक पर्ने स्थानमा हुनु उत्तिकै महìवपूर्ण छ ।
प्रान्तीय राजधानी पनि भावनामा बगेर होइन, आवश्यकताका आधारमा र जनतालाई बढी सुविधा हुने आधारमा रहनुपर्ने हुन्छ । त्यस्तै देशको राजधानीका लागि पनि यो नियम लागू हुन्छ । अहिले कतिपय मानिसले देशको राजधानी त्यति पायक नपर्ने स्थानमा हुनुपर्ने कुरा पनि गरिरहेका छन् । विराटनगर, महेन्द्रनगर वा यस्तै कुनै ठाउँलाई वैकल्पिक राजधानीको लागि प्रस्ताव गर्नसकिएला । यसको लक्ष्य भने त्यहाँ राजधानी बनाउने होइन बरु जनतालाई भ्रम दिएर राजधानीको कुरालाई विवादित बनाउने हो । यस्ता कुराबाट स्वयं काठमाडांैबासी र देशभरका जनता पनि सचेत हुनपर्दछ । देशको राजधानी भनेको सबैभन्दा पायक पर्ने स्थानमा रहनु पर्ने हो । यो तथ्यलाई नयाँ राजधानी बनाउँदा अझ ध्यान दिनुपर्ने हुन्छ ।
काठमाडौमा राजधानी हुँदा यहाँको संस्कृतिमाथि आक्रमण भएको, पर्यटन र धार्मिक तथा संस्कृतिक विकासको सम्भावना कम हुँदै गएको प्रष्टै देखिएको छ । काठमाडौको वर्तमान जनसङ्ख्याको कारणले नै स्वास्थ्यसम्बन्धी, पानी सम्बन्धी, यातायातसम्बन्धी, पर्यावरणसम्बन्धी समेतका समस्याहरू देखिएका छन् । जनसङ्ख्या थपिँदै जाँदा यो अवस्था अझ विकराल हुनेछ । जनसङ्ख्या थपिँदै जाने क्रममा यो मानिसलाई रोगी बनाउने सहरको रूपमा विकसित हुने प्रष्ट छ । जनसङ्ख्यालाई नियन्त्रण गर्नुको विकल्प छैन । यसको एउटा मात्र उपाय भनेको राजधानीलाई अन्यत्र सार्नु नै हो । काठमाडौबासीहरू यसका लागि तयार हुनुपर्दछ र सुन्दर भविष्य र भावी पुस्तालाई सुन्दर सहर दिन यो तथ्यलाई ध्यान दिन आवश्यक छ । जनसंख्याको व्यवस्थापन हुनासाथ यो विश्वकै स्वस्थ, सुन्दर, शीतल, सुविधा सम्पन्न सहरमा विकसित हुने छ । कास्मिर, कावुल, दार्जलिग आदिको साझा विकल्प काठमाडौ बन्नेछ । त्यति मात्र होइन भारतीय र चिनिया पर्यटकहरूको प्रमुख आगमन केन्द्र पनि बन्नेछ । आम्दानीमा फरक पर्नेछ र क्रमशः जनताको जीवनस्तर अहिलेको भन्दा राम्रो हुँदै जानेछ ।
अहिले पनि जमीनबाट पानी निकाल्दा काठमाडौ भासिने सम्भावना छ भन्ने गरिएको पाइन्छ । ठूला र अनियन्त्रित घरहरूको कारणले कुनै दिन भूकम्प आएमा यहाँ लाखौं मानिसहरू पीडित बन्ने सम्भावना बढेर गएको कुरा त विशेषज्ञहरूले पनि बताउँदै आएका छन् । जमिन मुनिको कमजोर माटोलाई पानी झिक्ने कार्य र त्यसमाथि बनेका मापदण्ड बिना घरहरूले अझ संवेदनशील बनाएका छन् जुन सामान्य कम्पनका लागि पनि असुरक्षित बन्ने हुन्छ । यो तथ्यलाई मनन त गर्नुपर्दछ नै । समयमा नै यसको उचित विकल्प पनि खोज्नुपर्दछ । अब उचित विकल्पको बारेमा अविलम्ब सोच्नुपर्दछ ।
राजधानी सार्ने कार्य सामान्य पनि होइन । काठमाडौबाट राजधानी सार्दा जुन स्थानमा राजधानी सार्ने हो त्यो ठाउँमा यहाँका बासिन्दाहरूलाई न्यूनतम रूपमा भने पनि घडेरीको व्यवस्था राज्यले गरिदिनुपर्ने तथ्य पनि यहाँ उल्लेख गर्नु उपयुक्त हुनेछ । यसले गर्दा काठमाडौबासीलाई कुनै पनि प्रकारको तिक्तता पनि हुने छैन । यो पनि आँफैमा महत्वपूर्ण विषय हो । त्यस्तै राजधानी सार्दा कतियय सार्वजनिक स्थानलाई सरकारले लिएर बिक्री गर्ने कार्य गर्दा राजधानी सार्न लाग्ने खर्च सबैजसो पूरा हुनसक्दछ । अर्कोतर्फ राजधानी सार्दा राजधानी सारिने ठाउँका जनताले फाइदाको अनुपातमा केही सहयोग गर्ने उत्साह देखाएमा त्यसले अझ सकारात्मक सहयोग गर्ने हुन्छ ।
वास्तवमा काठमाडौं राजधानी हुनु काठमाडौबासीहरूको पनि हितमा छैन । तैपनि दूरीको हिसाबले हेर्दा बागमती अञ्चलको धादिङ जिल्ला र शेष नेपाललाई राजधानी सार्दा विशेष गरेर चितवन र यसको वरिपरीको स्थान पायक पर्ने हुन्छ । चितवनलाई प्रशासनिक केन्द्र बनाउने, तनहुँको देवघाट, नवलपरासी तथा मकवानपुरमा संवैधानिक निकाय, व्यवस्थापिका, न्यायालय राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय आदि राख्ने कार्यले राजधानीको क्षेत्र विस्तृत हुनेछ । बारा,पर्सा र रौतहटलाई समेटेर एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र रूपन्देही र कपिलवस्तुलाई समेटेर अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यले लुम्बिनी र जनकपुरलाई पनि यातायातको विकास गरेर अझ विकसित गर्न सकिन्छ । जनकपुरदेखि लुम्बिनीसम्म व्यवस्थित यातायातको विकास गरेर सधै जस्तो आउजाउ गर्ने मानिसहरूलाई मासिक, त्रैमासिक, वाषिर्क रूपमा सस्तो टिकटको व्यवस्था गर्नसकिन्छ । यसबाट यस क्षेत्रका जनतालाई राजधानीको फाइदा पूर्ण रूपमा हुनेछ ।
ठोरीबाट रेलको लाइनलाई भरतपुरको दक्षिणी भेकसम्म ल्याउनाले त्यस क्षेत्रका जनतालाई सुविधा हुने मात्र होइन राजधानीमा विदेशी वस्तुहरूको पहुँच पुग्ने र देशका सामानहरू विदेश पठाउन सजिलो हुनेछ । सबैभन्दा महत्त्वपूर्ण विषय देशको जनसङ्ख्या करीब तीन करोड पुग्दै गरेको यो अवस्थमा नब्बे प्रतिशत जनतालाई चितवन र वरपर राजधानी सार्दा यात्राको फाइदा हुनेछ । यी कारणहरूले गर्दा तीव्र गति र पहाडी सडक भएको कारणले हुने दुर्घटनाहरूमा नब्बे प्रतिशतसम्म कमी आउनसक्नेछ । यसले मानिसको क्षति कम हुनेछ जुन हाम्रा लागि दुःखद पक्षको अन्त्य वा धेरै कमी हुनेछ । देशका लागि खर्च हुने इन्धनमा करिब तीस प्रतिशतको कमी हुने कारणले पनि अरबौं विदेशी पैसाको बचत हुनेछ । तराईको कुनै पनि भागबाट राजधानीमा एकदिन काम हुने मानिस काम सकेर एकदिनमा नै र्फकन सफल हुनेछ । त्यस्तैसम्म स्थानमा इन्धनसमेत कम लाग्नेहुँदा सवारी साधनको भाडा पनि कम गर्न सकिने हुन्छ ।
यसबाहेक पानीका लागि बढी पैसा खर्च गर्न पर्ने छैन । सुरुबाटै गोबर ग्यासको अवधारणा विकास गर्न सकियो भने नदी खोलामा ढल फाल्ने कार्य पनि हुने छैन र नदी खोला प्रदूषणरहित हुनेछन् । यसप्रकार अर्थ, स्वास्थ्य, विदेशी मुद्राको सञ्चिति, यातायात, दूरी, दुर्घटना समेतमा हुने फाइदाका कारण हामीले राजधानी सार्ने कार्यलाई अभियानको रूपमा नै ल्याउन आवश्यक छ । देश र जनताको बढी हित हुने र विकास समेतलाई सहयोग हुने कुरामा समयमा नै सचेत हुन आवश्यक छ । त्यस्तै काठमाडौलाई अझ दूषित बनाएर विभिन्न कष्ट सहनबाट बच्न काठमाडौबासीले यसमा सहयोग गर्ने तर यहाँका जनताको फइदाका लागि उचित माग राख्नु पनि उपयुक्त हुनेछ । उदाहरणका लागि भविष्यको राजधानीमा निःशुल्क घडेरीको व्यवस्थासमेत पर्नसक्दछन् ।
सबैभन्दा महत्त्वपूर्ण विषय मध्येको एउटा भनेको राजधानी सारेपछि काठमाडौमा र चितवन समेतमा पानीको असुविधा हुने छैन । अर्को दुवै ठाउँमा जल प्रदूषण नहुने व्यवस्था सजिलैसँग गर्न सकिनेछ । काठमाडौ र नयाँ राजधानी दुवै ठाउँमा धार्मिक पर्यटन र सांस्कृतिक पर्यटन समेतलाई प्रोत्साहन दिन सकिन्छ । यी विषयमा ध्यान दिन आवश्यक छ । हामीले कुनै महìव नदिएका विषय वास्तवमा नै महत्वपूर्ण हुन्छन् भन्ने सोचेर राजधानीका बारेमा हामी छिटो सजग हुनसकौं ।
हामी समानतावादी हौं । त्यो व्यवहारमा पनि चाहन्छौं । यो गफ तथा भाषणको मात्र विषय होइन र समानताको महìवपूर्ण कडी राजधानीको नयाँ व्यवस्थापन पनि हो भन्नेमा दुईमत नभएको तर्फ ध्यान दिउँ । यसका लागि सबै नेपाली सक्रिय होउँ । वास्तविक एकता समानतामा मात्र सम्भव छ ।

Oct 3, 2009

CLAUSE COMBINING IN ENGLISH AND LIMBU

Lok Bahadur limbu
1.1 General Background
A language is a system of visual, auditory or tactile symbols of communication and the rules used to manipulate them. It can also refer to the use of such system as a general phenomenon. It is considered to be an exclusively human mode of communication.
Human languages are usually referred to as natural language. A common progression for natural languages is that they are first spoken, then written, and then an understanding and explanation of their grammar is attempted. Different languages are spoken in the world. Some languages have both written and spoken form but some languages have only spoken form. In different languages, the English language is the international language, similarly, the Nepali language, national language for Nepal, is spoken by the most of the people in Nepal. In Nepal, more than 92 languages are spoken among them the Limbu language is a one which is spoken in Limbu community especially in the eastern region of Nepal.
According to Subba and Baral (2008, p.26), the word ‘Limbu’ was derived from ‘Yakthughang’ and ‘Lilimhang’. The Limbu people themselves believed offspring of ‘Yakthunghang Lilimhang’. They were called ‘Yakthungba’ and their state- ‘Yakthungba lage’ until 6th century. Campbell (1840, p. 595) writes:
The Limbus considers themselves to be the original inhabitants of the country. They now occupy, at least they are satisfied that none of the neighboring tribes have any claims of pre-occupation but they are not agreed themselves, on the point of nativity. (as cited in Driem, 1987, p. xix )
In the Limbu history, the origin of Limbu is found rarely but it is found that most of the writers have explained ‘Limbuwan’. According to Chemjong (2003) Limbuwan was established due to the quarrel between Limbus after the death of Isha Mashih. Similarly, Chemjong (2003) further defines the term ‘Limbuwan’ was derived from ‘Li’, ‘Aabu’ and ‘wan’. Here ‘Li’ , ‘Aabu’ and ‘wan’ means ‘bow’, ‘to shut’ and ‘to name’ respectively. In this way, it is the state in which rule over using ‘Dhanu Ban’ i.e. called Limbuwan. (as cited in Subba and Baral, 2008, p.1)
Limbu, one of the ethnic groups, is found in the eastern part of Nepal i.e. in Taplejung, Pachthar, Tehrathum, Dhankuta, Ilam, Sankhuwasabha district in the areas of 16,358 sq kilometers. Among the different castes of Nepal, the Limbu is a cast which has its own culture, language, literature, custom, festival and religion. Limbu people have their own unique culture, which is different from other cultures in Nepal. They have their own custom, tradition and festivals. Sappok Chomen, (Ceremonies preceding the birth), Yangdang Phongma (Naming a child), Mangenna (Wording off evil influences), Nahangma (Anoining the family head), Tongsing (A link with the ancestors and the present) etc. are the customs and religion of Limbus (as cited in Subba, 1998, pp.41-47). Similarly, Limbus have their own festivals. They celebrate different festivals in different occasions. According to Lawati (2006, p.5) Yakwa Tangnam, Shisekpa Tangnam, Balihang Tangnam, Chasok Tangnam, Kakfekwa Tangnam are the festivals of Limbus.
In case of literature, Limbus have their own literature in their language. Different literary texts have been published in the Limbu language. Subba (2002, pp.32-36) says that ‘Kirati Dantya Katha’ by Chemjong(1965), ‘Kirati Lok Kathaharu’ by Shrestha (1991), Nisamman Sewa Samlo’ by Tholong and Chemjong (1930) ,‘Anga Syang Recho’ by Lingden (1982) and ‘Thothama’ by Muringla are the Limbu literature. Through the literary perspective, Limbu literature is rich.
A Thesis the Master's Degree in English Education

Oct 1, 2009

प्रचण्डको गोप्य हङकङ आगमन र लिम्वुवानको प्रसंग

दिल पालुङवा लिम्वु नेपाल कुश्शा
प्रचण्ड यानेकि माओवादी अध्यक्ष भूपू नेपालका प्रधान मन्त्री केही समयअघि सुटुक्क हङकङ आए र जनसरोकार मञ्चको तत्वावधानमा एउटा सार्वजनिक कार्यक्रम पनि गरियो । प्रचण्ड जस्तो व्यक्तित्व सुटुक्क आउनु यहाको आयोजकको कमजोरी या माथिको निती निर्देशन हो त्यो सम्वन्धित सरोकारवालाको विषय हो । उनीहरुले सार्वजनिकरुपमा प्रचारमा नल्याउनु हङकङवासी नेपालीहरुप्रति धोका हो भने नेपालको प्रधानमन्त्री भैसकेकाव्यक्ति उनलाई माओवादी भनिनेसाथीहरुले आफ्नो पेवा सम्झीनु चरम संकिर्णता हो । जेहोस प्रचण्ड आए । महरा पनि थिए । त्यस्तै संधै आईरहने मानोज थापा पनि थिए । संधै यस्तो कार्यक्रम हुदैछ भन्ने लिंखा दाई पनि यसपाली चुके । जसोतसो कार्यक्रम सुनेर घरमा नौ वर्षो छोरालाई १० दिने छोरा छोडेर हस्पिटलमै रहेकी श्रीमतीलाई भेटेर कार्यक्रम स्थलतिर आगमन हुंदा सानो हल खचाखक भएको पाईयो र धरानको फिल्म हलमा विधार्थीकालमा फिल्म हेर्न टिकट काट्नको लागि ठेलमठेल गर्दै प्रचण्डको अनुहार हेर्न भ्याईयो । उद्घोषक मित्रले हङकङका केही संघसंस्थाहरुलाई यथास्थानमा आथित्य ग्रहण गर्न लगाए । लिम्वुवानवादीहरुलाई पनि सम्वोधन हुन्छकि भन्ने विचार गर्दा त्यो छाटकांट पाईएन । त्यस्तै केही क्षणमा माओवादी प्रवेस गर्नेको नाम उद्घोषकले पढेर सुनाए । त्यसमा स्वभाविक नै लाग्यो । किनकी प्रायश मान्छेहरु वलेको आगोनै ताप्ने गर्छन् । त्यसवेला आगोवाल्ने मान्छेलाई ताप्न आउनेहरुले याद पनि गर्दैनन् । अर्थात महत्व दिंदैनन् । अस्ती नेपाल गएको समयमा पनि नीर शाहहरु, राजेन्द्र खड्गीहरु प्रवेश भएका थिए । त्यस्तै जग्गा दलाल गर्नेहरु अर्थात दलालीका भाटहरु धेरै माओवादी प्रवेश भएर भूमिगत अवस्थाका सच्चा माओवादी भन्दा ३ फीट माथि उ फ्रेर कुरा गरेको पनि भेटियो । मार्क्सवादको म नजान्नेहरु खरो माओवादी हुंदा प्रचण्डको उपहास पनि सम्झे । पून सम्झे पहिले ०४६ सालमा एमालेमा यस्तै प्रवेश भएको थियो । ती प्रवेशीएका कारण एमालेमा सच्चा कम्युनिस्ट सिद्धान्तमा विचलन आएको थियो । किनकी पार्टीमा प्रवेश गर्नेहरु आआफ्नो स्वार्थमा लिप्त भएर लागेका हुन्छन्-थिए । यदि व्यक्तिगत स्वार्थ नभए तटस्थ पनि वस्न सकिन्छ । फेरी पार्टी प्रवेश धूर्त चतुर खेलाडिहरुले मात्र गर्न सक्छन् । उनीहरु तल्लो वर्गको स्वाभीमानी जनताहरुभन्दा विभिन्न सवालमा अगाडि हुने हुंदा सत्ताको वरीपरी घुम्न सक्छन् । उनीहरुसंग पैसा पनि हुन्छ । पैसाको प्रयोग भएपछि अर्थात मुखमा अम्वक हालेपछि वोल्न सकिने कुरा पनि भएन । त्यसैले मैले देखेको माओवादी पार्टी मदन भण्डारीको वहुदलीय जनवाद जत्तिको हुने कुरामा शंका गर्नु पर्ने देखिन्छ । यो नितान्त उनीहरुको सवालको विषय भएतापनि राजनितिक विष्लेषण मात्र हो । यसै सन्दर्भमा हामीले हङकङ आगमनको सवालमा प्रचण्डसंग लिम्वुवानको वारेमा प्रश्न तेर्स्याउने विचार गरेका थियौं । लिरामो महासचिव अविचन्द्र र्इङनाम र म यसर्थ कार्यक्रममा उपस्थित भएका थियौं । तर त्यहाको माहौल त्यस्तो थिएन । विषेश गरेर हाम्रो आपत्ति माओवादी माथि लिम्वुवानको सवालमा रहेको थियो । कुरा के रहेको थियो भने एक महिना अगाडि माओवादी लिम्वुवानी नेताहरु सभासद हरी खेवा, रमेश लिङदेन र टंक आङवुहाङ आएको समयमा उनीहरुले लिरामोसंग यदि उद्धेष्य घोषणा पत्रमा मेल खाएमा एकता तथा एकिकरण गरौं भनेर प्रस्ताव राखेका थिए । त्यस्कोलागि छलफल गरौं । यदि हाम्रा सिद्धान्तहरु मेल खाएमा आपत्ति नभएको जानकारी गराएका थियौं । यद्धपी हामीले तपाईहरु लिम्वुवानको सिमानामा स्पस्ट भएर आउनुहोस । हामीलाई जसरी भए पनि ९ जिल्लाहरु चाहिन्छ । वांकि कुरा हुदै गर्छ भनेर सामान्य सहमति कायम गरेका थियौं । तर उहाहरु नेपाल फर्केको केही समयपछि माओवादीले राज्य पूनसंरचना आयोगमा दर्ता गरेको प्रस्तावमा लामा, शेर्पा प्रदेश र विजयपुर प्रदेश थपेको पायौं । शेर्पा प्रदेश संभवत सोलुखम्वु क्षेत्र हुदै पूर्वमा संखुवासभा र ताप्लेजुङको हिमाली क्षेत्रलाई इंगीत गरेको हुनुपर्दछ । त्यस्तै विजयपूर क्षेत्र धरान अर्थात पूर्व पश्चिम राजमार्ग सुनसरी, मोरङ र झापा हुनुपर्दछ । यसो हुंदा अहिले लिम्वु लिम्वुवानले आन्दोलन गरेको लिम्वुवान भित्र शेर्पा राज्य, लिम्वुवान, विजयपुर र कोचिला गरि ४ वटा राज्यहरु वन्नेछन् । त्यही माओवादी लिम्वुवानवादी साथीहरु अरुणपूर्वको ९ जिल्लाहरु लिम्वुवान हुनुपर्ने उनीहरुको कुरा व्यक्त गर्छन भने प्रचण्डहरु लिम्वुवानको त्यो भावनालाई कुल्चिन्छन् । यो अवश्य माओवादीको लिम्वुवान प्रतिको सकारात्मक विचार होईन । माओवादी मार्क्सवाद, लेलिनवाद, माओवाद, स्टालिनवाद आदिको रटान दिएर परिक्षामा वस्न लागेकोझैं गर्छन् । तर आफ्नै भूमि लिम्वुवानको वारेमा गहिरो अध्ययन गर्न चाहदैनन् या त निदाएको स्वांङ गर्छन् । वाहुनवादी सोचका प्रचण्डहरु लिम्वुवानको आन्दोलनदेखि अत्तालिएका छन् जसरी हिजो ज्ञानेन्द्र अत्तालिएको थियो । त्यसैले लिम्वुवानलाई उनीहरु सग्लो देख्न चाहदैनन् । तर सत्यको विजय सधैं हुन्छ । यो कम्युनिस्टहरुको मुखैमा झुण्डेको वाक्य हो । त्यही वाक्य लिम्वुवानवादीहरुले पनि प्रयोग गर्न थालेका छन् कि लिम्वुवान पनि सत्य हो । सत्यको विजय डिलोचांडो अवश्य हुनेछ । यसमा जहिल्यै लिम्वुवानीहरुलाई झुक्याउने माओवादीको आवश्यकता पनि पर्दैन । उनीहरु पश्चिम जाने हो । हामी पूर्व जाने । हाम्रो गन्तव्य काठमाण्डौदेखि मुग्लिङसम्म मात्रै मिल्छ । यी यावत कुराहरु लिम्वुवान चाहनेहरुले वुझन आवश्यक छ ।माओवादीमा धेरै लिम्वुहरु लागेका छन् । उनीहरु लिम्वुवानमा लिम्वुनै मूख्य मन्त्री हुने कुरा गर्छन् । लिरामो लगायतको लिम्वुवानी पार्टीहरु लिम्वुवानमा लिम्वुजातिको अग्राधिकार मात्र हुनुपर्छ मूख्यमन्त्री जुनसुकै लिम्वुवानी जाति हुनपाउनेछ भन्ने कुरा गर्छन् । सवै कुराहरु विरोधाभाषपूर्ण छ । नाम नवताउने र्सतमा माओवादी एक सभासद भन्ने गर्छन । अव हाम्रो पार्टी पनि एमालेझैं हुनेपर्यो । भूमिगतमाभन्दा खुला राजनितीमा पार्टी जोगाउन गाह्रो पर्नेरहेछ । त्यस्तै माओवादीले पनि जातिय स्वायत्तावाट पलायनता देखाउन थालेको छ । हुनपनि अहिलेको अत्तालिएको माओवादीले संविधानसभावाट उसले प्रस्ताव गरेको स्वायत्त राज्यहरु निर्माण गर्न नसक्ने देखिन्छ भने अरुको प्रस्तावलाई पारित गर्ने देखिन्छ । किनकी वाहुनवादीहरु माओवादीमा प्रसस्तै छन् । जवसम्म पार्टीमा वाहुनवादको हैकम चल्दछ तव सम्म नेपालमा सच्चा कम्युनिस्ट हुदैनन् । संस्कार र संस्कृतिले वाहुन क्षेत्रीहरु सच्चा कम्युनिष्ट हुन निकै समय पर्खिनु पर्ने देखिन्छ । यसै प्रसंगमा लिम्वुवान चाहने वर्गवादी लिम्वुवानी साथीहरु माओवादी भएका छन् । उनीहरु लिम्वुवान असाध्यै चाहन्छन् । तर उनीहरुको पार्टीले लिम्वुवानलाई निचोरेर सानो र्इकाईमा परिणत गरेका छन् । के उनीहरुलाई यस मानेमा हिनतावोध हुदैन- अवश्य हुन्छ । त्यसैले साथीहरुले आंट गर्नुपर्यो । लक्ष्मण थारु जस्तो लिम्वुवानको लागि माओवादी वाधक हो भनेर वर्गीय सिद्धान्त नछोडि पनि लिम्वुवान आन्दोलनमा लाग्न सकिन्छ । वर्गीय आन्दोलन पनि सवथोक होईन । प्रजातान्त्रिक समाजवादी आन्दोलन पनि गर्न सकिन्छ । लिम्वुवानमा कुन लिम्वु पूंजिपति छ ? कुन लिम्वुले शोषण गरेको छ । तर उनीहरुको जीवन पद्धती समाजवादी छ । माओवादीले व्याख्या गर्न भूलेको साम्यवादी विचारका, व्यवहारका लिम्वुहरु छन् । तर उनीहरुलाई कार्ल्ल मार्क्सनै चाहिन्छ । माओचेतुङनै चाहिन्छ । उनीहरु लिम्वुको मुन्धुम हेर्न चाहदैनन् । येहाङ के हो ? यलम्वर के हो ? दश लिम्वुवान के हो ? वुझन चाहन्नन् । विडम्वना यही रहेको छ । माओवादी जस्तै लिम्वुवान चाहनेहरु एमालेमा पनि छन् । कांग्रेसमा पनि छन् । ताल परेमा हामी लिम्वुवानवादीहरुभन्दा चर्को स्वरमा लिम्वुवान हुनुपर्छ भन्छन् । तर एमालेलेकाले भन्छन् माधव नेपाल र के.पी.ओलीजस्ता पार्टीमा भएकाले प्रस्तावनै ल्याउन सक्दैन । विजय सुव्वा भन्नुहुन्छ लिम्वुवानको के कुरा गरेको थिए । पार्टीले झण्डै सिध्याएको । कांग्रेसकाले गिरीजाले खोई लिम्वुवानको वारेमा वोल्नै चाहदैन । अव के त ? लिम्वुवान लिरामो लगायत लिम्वुवानवादीले ल्याउछौं नि तपाईहरु सघाउनुस भन्दा तपाईहरु गर्दै जानुहोस् हाम्रो पूर्ण सहमत छ भन्न चुक्दैनन् । सहयोग पनि गर्छन् । तर यथार्थमा त्यही पार्टीमा लागेको जस्तो लिम्वुवानी पार्टी मजवुत हुन नसक्ने सत्यता त्यहा पनि लुकेको छ । तर चाहे माओवादीले, चाहे एमाले कांग्रेस जुनसुकैले जेसुकै भने पनि, जतिवटा राज्य वनाएपनि लिम्वुवानको क्रान्ति अगाडि वढिसकेको छ । साथै नेपालमा आदिवासी जनजातिहरुको आन्दोलनले पनि आकार वनाईसकोको छ । जुन आन्दोलनको आधिवेहरीले आजका राजनितीका खेलाडिहरु प्रचण्ड, गीरीजा, माधव नेपालका ठाउमा लिम्वु, रार्इ, गुरुङ, मगर, थारु आदिका नयां अनुहारहरु अवको ५ देखि १० वर्षभित्रमा आईसक्नेछन् । त्यो दिनको धैर्य गर्दै आदिवासीहरु अघि वढ्नुनै श्रेयस्कर हुनेछ । सेवारो ।