May 9, 2009

दर्शनको घना जंगलमा हामी

बिमल राई
मे ३ तारिख आइतबार बिहान म उठ्दा आकाशमा कालो बादल मडारिरहेको थियो । भयवादी देश सुब्बा भन्नु हुन्थ्यो, "रंगहरूमा बाक्लो कालो हुन्छ । यो भयको रंग हो ।”म ताइपेइ उद्यान छिचोल्दै चुनवानको म्याकडोनाल्डमा पुग्दा मित्रहरू देश सुब्बा, प्रेम राई र चन्द्र सम्बाहाम्फे अघि नै आइपुग्नु भएको रहेछ । तर काममा जानुभएकोले डी.बी. पालुवाङ्वा आउनु भएन । उहाँको उपस्थिति खडकिरहृयो हामीलाई । डी.बी.को अभावलाई यस पटक उपस्थित गीतकार, कवियत्री केवल गंगा गुरुङले पूर्ति गर्नु भएको थियो । बाँकी उही अघिल्ला हप्ताका स्थायी पात्रहरू थियौँ । कतिले यस्तो कार्यलाई कोठे गोष्ठी भन्छन् भने हामीले सृजनात्मक भेटघाट कार्यक्रम भनेका छौँ । यसमा अर्को पक्ष श्रष्ठा कोष पनि हो । यो थप्दै लगिरहेका छौं प्रत्येक भेटमा, यस महिना हामीसित थुप्रै आइतबार भएकोले आज श्रष्ठा कोषको रकम जम्मा गर्ने काम भएन, फेरि डी.बी.को अनुपस्थिति ।म्याकडोनाल्डको खाजा खाएपश्यात हामी प्रसङ्गतिर लाग्यौ । प्रसँगको पहिलो विषय जहिले पनि किन हो भयवादबाटै शुरु हुन्थ्यो । यसमा लामो बहस हुन्थ्यो । नयाँ नयाँ प्रसङ्ग थपिने गर्दथ्यो नेपालको राजनीतिक उतारचढाव, मेक्सिकोको स्वाइन भाइरसको महामारी वा कोही मान्छे लिफ्टमा थुनिएको घटनालाई पनि हामी विभिन्न ‘वाद’ हरू, मार्क्सवाद, अस्तित्ववाद, यथार्थवाद, विनिर्माणवाद, शून्यवाद, घनवाद, प्रगतिवाद, तेस्रो आयाम, लीलालेखन, भयवाद, सृजनशील अराजकता, विशेष रंगवाद, अभिघात सिद्धान्त सबैमा राखेर हेर्थ्यौं र भयवादको स्थानकतातिर छ विमर्श गर्थ्यौं । अनि नयाँ सृजनामा फर्किन्थ्यौ । यस पटक केवल गंगाको कविता र गीतहरूमा हाम्रो समय प्रगतिमय भयो । कति राम्रा कविता समयले छेलिएको अज्ञात मञ्चमा-”म उम्लिएकी छु” । सिङ्गो उत्तरआधुनिक समय बोकेर उभेको सीमान्तकृत आवाज । लामो कविता लेख्ने कवि चन्द्र सम्बाहाम्फेले “कविता निकै राम्रो तर अलि विम्व चेतना कम” भएको गहिरो टिप्पणी गर्नुभयो । हामीलाई लागेका सल्लाह र सुझाव दियौ उनलाई । उनले सिरोपर गर्दै अर्को भेटमा सच्याएर ल्याउने वचन दिनुभयो । यसलाई हामीले चिल्लो पात मान्यौं ।अनि अघिल्लो निर्णयबमोजिम भयवाद दर्शनलाई छलफलको निम्ति अघि बढाएँ । म यसको जिज्ञासु पाठक । एक जिज्ञासु हैसियतले सोच्दा यो सरल छैन झर्रोवादजस्तो लागेको थियो । यस सिद्धान्त तथा दर्शनका चिन्तक देश सुब्बा ‘भयवाद’ जीवन र जगतलाई अंश अंश बनाएर अध्ययन गर्ने दृष्टिकोण हो भन्दै आउनु भएको थियो । त्यसले पनि मेरो उत्सुकता झन् बढाइरहेको थियो ।“‘यौद्धिक’ र ‘प्रकट’ जस्ता क्रियाहरू जीवनको आयाममा व्याप्त, क्रियाशील र विजयशील छन्” यसमा उहाँको विश्लेषण सूक्ष्म र गहन देखिन्छ । ‘ओजस्वी’ दर्शन र चिन्तनले समाज र देशलाई पूर्ण परिवतर्न गर्न संभव छ । यस्तो विषयमा विशेष गरी पश्चिमाहरूले अभूतपूर्व सफलता पाएका छन् । अणु र परमाणुको सिद्धान्तले आज अमेरिका विश्वको शक्तिशाली बन्न पुगेको छ । ग्यालिलियोको खगोल दर्शनको विकासले अन्तरिक्ष पर्यटन संभव भएको छ । सौर्यमण्डलमा वायुयानहरूको घुँइचो के यो सामान्य हो ? तर हामी पूर्वीयहरू हाम्रा आफ्नै दार्शनिक विम्बहरूप्रति अन्यमनस्क छौं । ग्यालिलियोको भन्दा धेरै वर्षअघि भृगु ज्योतिषिले आविष्कार गरेको खगोल शास्त्र हाम्रो पूर्वीयको लागि खाली व्यक्तिको भाग्य हेर्ने रुढिवादी, अन्धविश्वासी पात्रो मै सीमित रहेको छ । रामायणको पुष्पक विमानलाई हामीले व्यावशायमा उतार्न सकेनौं । अनि पश्चिमाहरूलाई अरबौं तिरेर विमान खरिद गर्दछौँ । यसरी हामीले पश्चिमाहरूको जस्तो हाम्रा पूर्वीय दर्शनलाई जीवन र जगतमा त्यति प्रभावकारी रुपले प्रयोग गरेनौं । भयवाद पनि त्यस्तै भइरहेको छ वा हामीसित भएको विचार, आविष्कार, सृजना पनि त्यस्तै भइरहेको छ ।मैले भयवादको निश्चल तालमा ढुङ्गाहरू खसाएँ । अर्थात यस दर्शनको विषयमा केही जिज्ञासाहरू सोधँे प्रवर्द्धतकलाई । विस्तारै ताल छाल हुँदै छल्कन थाल्यो । मेरो जिज्ञासाहरू थिए भयवाद के हो ? यो कति प्रकारको हुन्छ ? यसलाई साहित्यमा कसरी लेखिन्छ ? यसका लेखन र समाधान के के हुन् ? कुन विन्दूबाट प्रस्थान गर्ने, प्रकट, र यौद्धिक जीवनको कुन अवस्थाले प्रयुक्त हुन्छ आदि । देश सुब्बाले चिउँडामा हात टेकाएर निकैबेरसम्म शालीन मूद्रामा हाम्रा कुरा सुनिरहनुभयो । घरिघरि मलाई र धेरै जसो टेबुलको बीचमा उहाँको आँखा खेल्थ्यो । मानिलिउँ ‘भयवाद’ टेबलको बीचमा बग्रेल्ती छ । मेरो जिज्ञासाको सिलसिलामा मात्र के सिद्धिएको थियो प्रेमजीले आफ्नो संक्षिप्त विचार राख्नुभयो । उहाँको यस विषयमा गहिरो अध्ययन रहेछ । चेतनासँग समाहित भएकोले जीवन र जगतलाई भयले मात्र हर्नु नसकिएला कि भन्नुभयो । उहाँको उत्तर थियो, प्रत्यक्ष रुपमा भय नदेखिए पनि अप्रत्यक्ष रुपमा सबैमा भय हुन्छ जस्तै शंका, षडयन्त्र, रुढिवादी भन्दै सुब्बा अगाडि बढ्नु भयो । मन्द शब्द र बोलीमा विषय र प्रसङ्ग समेट्दै हाम्रा जिज्ञासाको धारावाहिक रुपमा सिरुबारी फाड्न थाल्नु भयो । बीचबीचमा भय प्रवाहित जीवनको उदाहरण दिँदै -हवाजहाजमा आगो लागेको अवस्था, डुब्दै गरेको पानी जहाज वा डेथ पेनाल्टी पाइसकेको मान्छेमा राखेर भयवादको शल्यकृया पनि गर्नुभयो । मानिसको जीवन वास्तवमा द्वन्दहरूको महाभेल रहेछ । यसर्थ उहाँले यौद्धिक शब्दको प्रयोग गर्नुभएको रहेछ । “कुनै एक जनालाई व्रेन ट्युमर लागेको ३ वर्ष भयो । तथापि उसलाई थाहा छैन । जुन दिन उसलाई थाहा हुन्छ, उसलाई भय हुन थाल्दछ । यो भयसँगै उसका गतिविधिहरू परिवर्तन हुन थाल्दछन् र साथीभाइ, इष्टमित्र सबैको व्यवहार फरक हुन थाल्दछ । त्यो ३ वर्ष अघिभन्दा पछिको उसको मनस्थितिको हामी आफैले महसुस गर्‍यौ । अवश्य पनि भयामय, शिथिल, कमजोर, निरास, लाचार, दुःखी र विरक्त सिवाय केही हुँदैन । किनकि यो रोग जीवनको अन्त्य हो । यस अवस्थाको अध्ययन भयवादले गर्दछ । यस्तो रोग मान्छेलाई जीवनभरि नै भैरहन्छ-लिफ्टमा थुनिएकोजस्तो । ऊ सधैँ बाहिर निस्किन खोज्छ । त्यो रोग लाग्न अगाडिको सहज बचाइ र ट्युमर लागेपछिको असहज बचाइमा कत्रो खाडल ? यस्ता रोगले नैरास्यता, शून्यता सृजना गर्दछ र परिणामतः आत्महत्या गर्ने अवस्थासम्म पुर्‍याउँछ वा आत्महत्याको धेरै कारणमध्ये भय पनि हो । त्यसमा हामीले सहजता र समाधान खोज्नुपर्छ । प्रेमजीले प्रकटको बारेमा जिज्ञासा राख्नु भयो । देशजीले यसलाई अनन्त ज्ञानहरूको ‘इन्लाइटमेन्ट’ वा जीवन ज्ञानहरूको अनन्त श्रृखला भनेपछि उहाँले सुझाव दिनु भयो । यदि यो अंग्रेजीको इन्टाइटमेन्टको अर्थमा हो भने नेपालीमा ‘प्रकट’ हुँदैन यसको नेपाली करण त ‘प्रकटिकरण’ हुन्छ । यसमा निकैबेर वहस भएपछि प्रकटिकरण नै हो भन्नेमा देश पनि सहमत हुनु भयो ।यस्तै यस्तो भयवादको विषयमा आफ्नो गहिरो अध्ययन र चिन्तनका कुराहरू हामीलाई जानकारी गराउनु भयो र लेखनमा प्रतिस्थापित गर्नु भन्दा पनि समाधान, सहजता खोज्दै भयवाद एउटा समालोचकीय सिद्धान्तमा रहनु उपयुक्त हुने धारणा राख्नुभयो । हामी सबै भयवादबारे सुनेर मौन थियौ । हामी माथिको कालो बादल केही हटिसकेको थियो भयवादको विषयमा ।अन्त्यमा मैले सुहागरातको विम्वमा लेखेको गीत सबैलाई टक्राएँ :-
मदहोस छु आज म रंगीन यो साँझमा
तूलले घेरेको यो चार पर्खाल माझमा
मधुरो रोशणी छोपेर घुम्टो समाउन खोज्दा
सुस्तरी म चुम्न चाहान्छु तिमी पन्छिन खोज्छौं
छातीमै तिम्रो हराउँछु आज स्वर्णिम यो साँझमा
तुलले घेरेको यो चार पर्खाल माझमा
आँधीले रोक्छ या खडेरीले छेक्छ मायाको बन्धन
आजन्म भरी दुई मुटु हाम्रो एउटै धड्कनम हराइ रहेछु
न्यानो तिम्रो बाहुपासमातूलले घेरेको यो चार पर्खाल माझमा
साथीहरूले मेरो रचनाप्रति टिप्पणी गर्नुभयो, सल्लाह सुझाव दिनुभयो । अनि ती टिप्पणी सल्लाह, सुझावको लागि उहाँहरूप्रति हार्दिक आभार व्यक्त गरेँ ।हाम्रो बहस र छलफल एक प्रहरभन्दा धेरै चलिरहेको रहेछ । अर्को भेटमा “साहित्यकार, पत्रकार, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरूसित भय र भयवादबारे अन्तरवार्ता लिएर एउटा पुस्तक निकाल्दा कस्तो हुन्छ ?” भन्नेबारे छलफल गर्ने निधो गर्दै सबैसित आत्मीयताको विदाइ अभिवादन गर्दै बाटो लाग्यौं । बिहानको कालो वादल हटिसकेको थियो ।

May 3, 2009

मलाई लाग्दैन कि मेरो मृत्यु भएको छ ।

प्रदीप कन्दङवा (लिम्वू)
मलाई लाग्दैन कि मेरो मृत्यु भएको छ । किन कि यसघडि म सास फेरिरहेको छु, मैले यस अर्थमा किमार्थ भनेको होईन । बरु यस अर्थमा हुन सक्छ कि यसघडि म केहि लेखिरहेको छु । जीवन भ्रमहरुको एक पुलिन्दा हो भन्ने मेरो जिरह छ । यो मेरो मात्रै एक्लो बिचार नहुन सक्दछ । कारण जीवन साँच्चैमा भ्रम त हो । भ्रमको खेती गरेर मान्छे बाँचेको हुन्छ । मान्छे भ्रमित भएन भने उसको जीवनको अन्त्य त्यहीँनिर हुन्छ जहाँ उ भ्रम मुक्त हुन्छ । जस्तो यो एकलास र निर्जन ठाउँमा एक्लै बसेर चुरोटको धुवाँमा रुमलिँदै म केहि लेखिरहेको छु । मलाई लागिरहेको छ कि मैले यहाँ केहि मुक्तिको सास फेर्न सकेँ । एकलास र निर्जन ठाउँमा एक्लै बसेर मुक्तिको सास फेर्न सकिन्छ । यो कुरामा कति पाठकहरु सहमत हुन सक्लान् । त्यो पाठकको स्वविवेक भयो । तर त्यो मेरो मृत्यु त भएन । मेरो हरेक बिचार, मेरो लेखकिय दृष्टिकोण, मेरो बैयक्तिक बिश्लेषण सर्बथा स्विकार्य कदाचित हुन सक्दैन । न अरु कसैको हुन सक्छ । बिचारलाई निरपेक्ष सत्यको कसिमा कसरि घोट्न सकिन्छ ?? यो चाँहि निरपेक्ष सत्यको अनुभुत लेखकको मृत्यु हुनु अगावै पनि गरिएको हुनुपर्दछ । पाठकको स्वविवेकलाई सँकेत गर्न लेखकको मृत्यु भएको किन मानौ हामी । लेखकिय अधिनायकको अन्त्य भएको मान्नु र त्यसैलाई उसको मृत्यु मान्नुमा केहि भिन्नता अवश्य हुनुपर्दछ । एउटा अधिनायकवादि लेखकको अन्त्यले पाठकिय सत्ताको एकाएक उद्घघाटन गरिदिएको छ । सत्तामा बसेपछि के थाहा, पाठक आफैँपनि कताकति अधिनायक बनेको हुँदो हो तर सँसारबाटै अधिनायकहरुको सफाया भईरहेकोले त्यो संम्भावना हाललाई नरहेकै जस्तो लाग्दछ । लेखकले जे लेख्छ त्यो भन्दा अर्को सत्य छैन भन्ने मान्यताको बिपरित पाठकले पाठको अर्थ जे बुज्छ त्यो नै सत्य हो भन्ने मान्यता स्थापित भएको छ । लेखकको मृत्युको अवधारणा आउनु भन्दा अगावै पाठक प्रतिक्रतिया सिद्धान्तको बारेमा प्रसस्तै चर्चा र बहस भइसकेको पाइन्छ । १९७७ मा रोलाँ बार्थले चलिसकेको सैद्धान्तिक प्लेटफर्ममा टेकेर एउटा अग्रगामि घोषणा गरे त्यो थियो लेखकको मृत्युको घोषणा । यो अग्रगमनकारी घोषणालेनै वास्तबमा पाठक प्रतिक्रिया सिद्धान्तलाई स्थापित गर्ने काम गरेको छ । सँगसँगै आमरुपमा एउटा भ्रम पनि सिर्जेको हुनुपर्दछ । पाठक प्रतिक्रिया सिद्धान्तमा पाठ र पाठकको योगफल बराबर अर्थ भनिएको छ । त्यस्तै पाठले सदैव दुईखाले अर्थको प्रस्ताव गर्दछ पनि भनिएको छ । पाठ कि त निश्चतार्थक हुन्छ कि त अनिश्चतार्थक हुन्छ । जब पाठ निश्चतार्थक रुपमा अघि सर्दछ तब पाठकिय सत्ता डगमगाउँछ त्यो बेला सोच्नुपर्ने हुन्छ, लेखकको मृत्यु कसरी ?? जस्तै लेखकको मृत्यु भएको छैन पाठकको स्वविवेक हावि भएको छ पनि त भन्न सकिन्छ । जस्तै कवि बाल आवाराको उर्दिलाई नमान्दै पाठकको मृत्यु भएको छैन नयाँ पाठकको जन्म भएको छ पनि त भन्न सकिन्छ, जस्तै कवि हाङयुग अज्ञातको घोषणालाई अवज्ञा गर्दै नयाँ लेखकको जन्म भएको छैन, लेखकको विनिर्माण भएको छ पनि त भन्न सकिन्छ । यो दुनियाँ बिचारहरुको जँगल हो सत्यको स्थाई रुप त्यतै कतै हराएको हुन्छ, बिलाएको हुन्छ । त्यसोत फ्रेडरिक नित्सेले ईश्वरको मृत्युको घोषणा गरिदिए अब यसलाई हामी सत्य मानौ भने नित्से आफैले भने “ सत्य कतै छैन केबल ब्याख्या मात्र छ” । नित्सेले यस्तो घोषणा किन गरे, यसमा केबल दुई कारण हुन सक्दछ । नित्से कि त अति इश्वरवादी हुनुपर्दछ जसको घोर अकर्मण्यता देखेर झोँकमा उनले यो घोषणा गरे कि त नित्से अति अनिश्वरवादी हुनुपर्दछ जसको खिलाफमा उनले यो घोषणा गरे । जुन घोषणाको जति चर्चा गरौँ उती कम लागिरहन्छ । त्यस्तै फ्रान्सिस फुकुयामाले ईतिहासको अन्त्यको घोषणा गरे त्यो एउटा विश्व राजनितिको निश्चित घटनाक्रमलाई लक्षित गरेर गरिएको घोषणा थियो । त्यो एउटा राजनितिक घटनाक्रमको अन्त्य थियो । त्यो एउटा ईतिहासको अन्त्य थियो तर सम्पुर्ण त थिएन । उपरोक्त शिर्षक सहितको ब्याख्यामा तर्कको अधिक गुन्जायसको आभाष हुन्छ तर केहि ग्यापहरु छन जहाँ टेकेर बिपक्षमा दुइ चार कुरा गर्न सकिन्छ । डा- गोविन्दराज भट्टराईले कवि बाल आवाराको कविता कृतिको शिर्षकमा केन्द्रित रहेर आफ्नो समालोचकिय दृष्टिकोण राखेका छन् । हुन पनि शिर्षककै त्यस्तो छ “ पाठकको मृत्युमा” । कविता या साहित्यप्रति आजको मान्छे जसरी वितृसित भएको छ, आवाराले उसैगरी आफ्नो आक्रोस पोखेका छन्, कृतिको नामको रूपमा । भट्टराईले आवाराको यो उर्दिलाई घुमाउरो पाराले अस्विकार गरेका छन् । आवाराले युद्ध हत्या र आतङ्कबाट मर्नेहरुलाई पाठक मानेर आफ्नो कृतिको यो नाम जुराएका होलान, यो म मान्न सक्दिन तर भट्टराईले त्यतैबाट कृतिको नामको पुष्टि गर्न खोजेका छन् भन्दा पनि आवारालाई शान्त्वना दिएका छन् ।
समाजका परम्परित मूल्य र मान्यताहरु समयक्रममा फेरबदल भईरहन्छन् । आजभोली यसको तिब्रता झेली नसक्नु भएको छ । उहिले त्यस्तो हुँदैनथ्योहोला, अनुमान लगाउन सकिन्छ । बिज्ञान र प्रबिधिको तिव्र बिकासले यसमा प्रमुख भुमिका निभाएको छ । जस्तै उत्तरआधुनिक जीवनको बिकास पनि पश्चिममा भएको औधोगिक क्रान्ति पश्चातनै जमेको यथार्थ हामी सामु छिपेको छैन । नेपालमा यसको चर्चा हुन थालेको धेरै भएको छैन । उता दार्जेलिङमा ईन्द्र बहादुर राईले यो कुरा उहिलेनै थाहा पाए तर उनले यसलाई उत्तरआधुनिकता नभनीकन लिला भनिदिए । पछि यो कुरा गोबिन्दराज भट्टराईहरुले थाहा पाएर ईन्द्र बहादुर राईलाई कबुल गराईछाडे । यधपी यसमानेमा ईन्द्र बहादुर राईको चेतना स्तरको उचाईको मूल्याङ्न गर्न सकिन्छ । आज लिलालेखन उत्तरआधुनिकताको महाजँगलमा लुप्तप्राय भइसकेको छ । लिला ईतिहास भइसकेको छ । कुनै कुरा ईतिहास हुनुलाई नौलो अवश्य मानिदैन तर लिलाको माम्लामा यो अलिक फरक रह्यो ।
समाजका स्थापित मूल्य र मान्यताहरु उल्टिने क्रममा लेखकप्रतिको आदिम धारणामा पनि परिबर्तन हुनुलाईमात्रै नौलो र उदेकलाग्दो किन मान्ने । लेखकलाई पहिला जे सोचिन्थ्यो लेखक त्यो होइनरहेछ यधपी लेखक त लेखकनै रहन्छ । यदाकदा यस्तो लाग्छ कि रोलाँ बार्थको लेखकप्रतिको परिबर्तित अवधारणाले होईन लेखकको मृत्युको घोषणालेमात्र चर्चा पाएको हो । आजभोली लेखकको मृत्यु भईसक्यो भन्दै लेखकहरु जताततै कुर्लिदै हिँडेकाछन् । लेखकको मृत्युको चर्चा नगरी आफ्नो बिद्धता अपुरो भएको जस्तो आभाष लेखकवृत्तमा पाईँदो छ । कतिलाई यसको सँकेतको सुँईको समेत नभएको जस्तो बुझिन्छ । यो एकप्रकारको बुख्याँचा (coseccrow) जस्तो प्रतित भएको छ ।
अब यता हङकङबाट दुईवटा घोषणाहरु भएकाछन् । एउटा भयबादको घोषणा जो देश सुब्बाले गरे । भयवादको सन्देस छ, “जीवन केवल भयबाट निर्देसित र नियन्त्रित छ । जीवनको कुनै पल यस्तो छैन जुन भयरहित होस । भयवादले जीवनको भय न्युनिकरण गर्ने या जीवनलाई भयमुक्त गर्ने प्रेरणा दिन्छ” । यदि मैले बुझेको कुरा गलत होइन भने भयवाद आफैमा भ्रमित वाद भएको छ । किनभने जव जीवनको कुनै पनि पल भयरहित हुनै सक्दैनभने भयवादले कसरी जीवनको भय न्युनिकरण गर्न सक्छ ?? प्रश्न स्वभाविक रुपमा उब्जिएको छ । भयवादको मेजर अप्रेसन देश सुब्बाले लिम्वूवानमा गराए । यता हङकङमा भएको माईनर अप्रेसनमा देखिएका कुराहरुनै उताको मेजर अप्रेसनमा बिस्त्रितरुपमा आएको रहेछ । जो अप्रेसन रिपोर्टको भिडियो हेरे पश्चात थाहा भयो । अर्को नयाँ लेखकको जन्म भएको घोषणा जो चर्चित कवि हाङयुग अज्ञातले तिन वर्ष अगाडि गरे । काल क्रमको हिसाबले यो घोषणालाई आलै मान्न सकिन्छ । कारण नयाँ लेखक जन्मेर तिन वर्षमा मरिसकेको मान्न सकिँदैन । मान्न सकिन्छ, यदि त्यसको अकाल मृत्यु भएको भए । तसर्थ यो मेरो पुरानो घोषणा हो भनिकन उम्कन पाउने घोषकको स्थिति नरहेको बुझ्नमा आउँछ । देश सुब्बा र हाङयुग अज्ञातका दुवै घोषणाहरु फरक फरक वस्तुतमा आएका छन् । केबल घोषणा बिषयक भएकोले मात्र पहिलो चर्चा गरिएको हो । अब नयाँ लेखकको जन्म भएकै हो भने नयाँ लेखकलाई पुरानो पाठकले नपढ्नसक्छ, पढेपनि नबुझ्नसक्छ । अत: यहिँ मौका छोपेर मलाई पनि घोषकलाई समर्थन गर्दै “नयाँ पाठकको जन्म”को घोषणा गरिदिउँ कि जस्तो लागेको छ । तर लागेको मात्रै छ ।

May 2, 2009

लिम्बुवान (याक्थुङ लाजे)

दिलेन्द्र कुमार तुम्बाहाम्फे
पूर्वको त्यो सुन्दर मेरो गाउँ !
चोरी लग्यो कस्ले मेरो नाउँ !!
पाठकबृन्द ! इतिहासकाल देखि स्वतन्त्रराज्यको रुपमा रहन्दै आएको लिम्बुवान भूमी सुधार ऐन बि.स २०२१ सालसम्म आइपुग्दा पूर्णरुपमा निमट्यान्न पारियो । चौथो शताब्दीतिर लिलिमहाङराजाको पालामा लिम्बुवानको सीमाना पूर्वमा टिस्टा, पश्चिममा दूधकोशी, उत्तरमा तिब्बत, दक्षिणमा जलालगढसम्म रहेको थियो । उपत्यकामा ३३ वर्षसम्म किरातीहरुले शासन चलाएका थिए । काठमाण्डौ उपत्यकाको अन्तिम किराती राजा योकनेहाङ पछि राजा लिलिमहाङले उपत्यका छोडी ५२ हजार कुल घराना र सेना लिई नेपालको पूर्वी (हाल लिम्बुवान) प्रस्थान गरि नवौ दिनमा तावालुङ सुसुवादिन पुगेर त्यहीबाट राजधानी बनाई राज्य शासन गरेको थियो । पछिल्लो भिमसेनथापाको पालामा गुरु गगराज मिश्र र चन्द्रशेखर उपाध्यायलाई प्रतिनिधी बनाई नेपालको एकतिहार्इ भूभाग (४०,००० बर्ग माइल) बि.सं. १८७२ पौष सुगौली सन्धिमा बेच्दा धेरैजसो लिम्बुवानको भूभाग दार्जीलिङ, सिक्किम, हुदै टिस्टा नदीसम्म फैलिएको लिम्बुवान खुम्चिएर मेचीमा सीमित हुन पुग्यो । यसरी बृहत लिम्बुवानको नामकरणमा अहिले कति भूभाग नामेट भइसकेको छ । पृथ्बीनारायणशाहको नेपाल एकिकरण अभियानमा सत्रौ पटकको हार पश्चात लिम्बुहरुलाई बि.सं. १८३१ साउन २२ गते लालमोहर प्रदान गरेर सहराज्यको रुपमा रहन्दै आएको थियो । नेपालको इतिहासमा कालरात्रीको उदय जंगबहादुर राणाले बि.सं. १९०१ मा लिम्बुहरुलाई सुब्बा उपाधि दिन्दै सम्पूर्ण राजकीय अधिकार खोस्दै लिम्बुराजाहरुलाई आफ्नो कर्मचारी सरह बनाइदिए । जंगबहादुर राणा पछि चन्द्र शमशेर प्रधानमन्त्री भए पछि झन क्रुरतापूर्बक घर घरमा खानतलासी गर्दै बंशवली, ताम्रपत्र, अभिलेख साथै अनेकौ कागज पत्रहरु चैनपूरमा लगेर जलाए । राणा शासन अबधिभरि सबैभन्दा बढी लिम्बुहरुलाई शिक्षा दिक्षा लिनबाट कडारुपले प्रतिबन्ध लगाइयो । त्यसरी नै पृथ्बीनारायणशाह पछि सबैभन्दा बढी शासन चलाउने त्रिभुवनको बि.सं. २०११ फाल्गुन ३० गते निधन पछि १०१ तोपको सलामी सहित २०११चैत १ गते श्री ५ महेन्द्रको राज्यारोहण भए पछि लिम्बुवानको दुर्भाग्य शुरु भयो । नेपाललाई १४ अञ्चल ७५ जिल्लामा बि.सं. २०१८ साल बैसाख १ गते बिभाजन गरियो । २०१८ भन्दा पहिले ३५ जिल्लामा मात्र छुटयाएको थियो । तानाशाही महेन्द्रले गाउँ पञ्चायत, जिल्ला, अञ्चलमा बिभाजन गर्दै लिम्बुहरुको किपटलाई छताछुल्ल पारी दिए । जनजातीहरुको हजारौ हजार ग्रन्थहरु संगै लिम्बुहरुको बाँकी रहेको लालमोहर पनि भित्रभित्रै किनेर जलाउँन खोज्दा खोज्दै उनैको प्राण-पखेरु उडेपछि थोर बहुत बचेको खुम्चेको भूमी पनि कसैले तमोरपारी, कोही बिराट, कोशी त कोचिला भन्दै बाँडिचूडि लुछाचूडि गर्दै नामेट पार्न बिरालोले घ्यू खाँदा खाँदा घाँटीमा अड्केर घ्यार्र घ्यार्र गरे झै दुस्साह खातीर लिम्बुवानले भोगीरहेछ ।
छन् ति बनजंगल अनकन्टार
छन् कति नदीनाला सदाबहार
हिमाल पहाड तरार्इ गर्दै थुम्का र फाँटहरुले जोडिएको लिम्बुवान
तागेरा निङवाफुमाको ममताले स्वर्गको परि झै सजिएको लिम्बुवान
साँच्चिकै ! लिम्बुवान करौतीको दन्तहरु झै सेताम्यै मनमोहक टाकुराहरुले भरिएको छ । आन्तरिक तथा बाह्रय पर्यटकहरु भित्राउन सक्ने तीन दर्जन भन्दा बढी हिमश्रृखलाहरु लिम्बुवानभित्र रहेको छ । नेपालको दोश्रो अग्लो हिमश्रृखला कञ्चनजंघा ८,५८६ मीटर छ । मानब बस्तिको लागि लिम्बुवान यूगौयूग सम्म पनि मानबपयोगी र लाभदायक हुनेछ । लिम्बुवानमा घना बनजंगलहरु सातलाख भन्दा बढी हेक्टरमा फैलिएको छ । तरार्इमा पुनर्जीबित चारकोसे झाडी, कञ्चनजंघा संरक्षित क्षेत्र, संखुवासभा जील्लाको मकालु, बरुण राष्ट्रिय निकुन्जले अब हरियो बन लिम्बुवानको धन भएर हराभरा हरियाली स्वाच्छता दिएको छ । यीनैबाट हामी जडिबुटी, बातावरणिय सन्तुलन, जैबिक बिबिधता संरक्षण पशुपालन, कृषी, भूक्षय रोकावट, बन्यजन्तु आरक्ष र अक्सिजन प्रशोधन आदि गर्न सक्छौ । एउटा रुखले सरदर २.७ केजी अक्सिजन उत्पादन गर्न सक्छ । त्यसमा एकजना मानिसलाई दैनिक १६ केजी अक्सिजन आबश्यकता पर्छ तर हामी करोडौ संख्याको बृक्षबाट उत्पादित अक्सिजनलाई उचित भण्डारण गर्दै अहिले बिश्वको बढ्दो तापमान पर्यावरण संकटमा बजारमुखि र ब्याबसायीक बनाउन सकिन्छ । अर्कोतिर बाहैमास दुर्इ दर्जन नदीहरु मध्ये कति मूल्यहीन भएर खेर गईरहेको छ । नेपालको सबैभन्दा ठूलो कोशि नदी हिमालय क्षेत्रबाट निस्कने सिन्धु बहमपुत्र पछि बिश्वकै ठूलो तेश्रो नदी पनि हो । यसको जलप्रबाह औसत १५६४ क्यूबिक मिटर प्रति सेकेण्ड र बिधुत उत्पादन २५,००० मेगावाट सम्म रहेको छ भने अर्को बिशेषता चीनको हवाङहो नदी पछि बिश्वको ठूलो बालुवा बोक्ने नदी हो । सप्तकोशिमा मिश्रीत नदीहरु अरुण, तमोर, मेवा, मैवा पिलुवा, सभा, घुन्सा, काबेली, हेवा, माया नदीहरु पर्दछन । अरुण नदी कुम्भकर्णको कोखबाट लिम्बुवान भएर बग्ने लिम्बुवान र तिब्बत गरी सालाखाला ५१३ कि.मि. लामो छ यस्को बिशेषता संसारकै उच्च स्थानबाट बग्ने नदी हो भने यस नदीले बनाएको ४५७ मिटर गहिरो अरुण उपत्यका बिश्वको सबैभन्दा गहिरो उपत्यका पनि हो । तमोर नदी कञ्चनजंघा हिमश्रृखला पूर्बी क्षेत्रबाट निस्कने तमोरको लम्बाई १९८ कि.मि. रहेको छ ।
अन्य लिम्बुवानको बिशेषताहरु :
१. नेपालको सबै भन्दा बढी धान उत्पादन हुने झापा जील्ला लिम्बुवानमा पर्दछ ।
२. नेपालको सबैभन्दा होचो ठाउँ झापा जिल्लाको केचनागल हो ।
३. नेपालको प्रसिद्ध सुन्तला उत्पादन हुने धनकुटा हो ।
४. नेपालको सबैभन्दा लामो झरना ३६५ मीटर हयात्रुङ झरना तेहथुम जिल्लामा पर्दछ । अन्य ताप्लेजुङको टिपताल झरना,फङफुङे झरना ।
५. नेपालको प्रसिद्ध चीया उत्पादन इलाम र झापामा रहेको छ ।
६. नेपालको सबैभन्दा बढी अलैची,चीराइतो,अम्लिसो, अदुवा र्इत्यादी अरबौको नगदेबाली लिम्बुवानमा उत्पादन हुन्छ ।
७. बिश्वमा जापानलाई सुर्योदयको देश भनिन्छ भने नेपालमा इलामको श्रीअन्तुलाई मानिन्छ ।
८. नेपालको पश्चिममा बिन्दु कन्चनपुरको दोधारा हो भने नेपालको पूर्बी बिन्दु झपाको कांकडभीत्ता हो ।
९. बिश्वको ६०० जातको चरा पाइने एउटै स्थान अरुण उपत्यका (संखुवासभा) हो ।
१०.नेपालको प्रसिद्ध गुरांस प्रदेश भनेर ताप्लेजुङ, तेह्रथुम,र संखुवासभामा पर्ने मिल्के जलजले क्षेत्रलाई पर्यटन प्रबर्धनको आकर्षण मानिन्छ ।
नेपालमा पाइने ३२ प्रजातीको गुरासहरु मध्ये २८ प्रजातीको गुरास यी क्षेत्रमा पाइन्छ । बि.स २०१८ साल देखि मान्यता प्राप्त नेपालको राष्टिय फूल लालीगुरांसको बैज्ञानिक नाम (Rhododendron arboretum) हो । यसरी अपार पाकृतिक स्रोत साधनले सम्पन्न लिम्बुवानराज्यलाई हामीले बिश्वकै समृद्ध बनाउनु छ । पर्यटन, ब्यापार, उधोग, कलकारखाना, कृषि, पशुपालन, जडिबुटी, बिश्वअनुसन्धान केन्द्र, खनिज पदार्थ अभ्रख, तामा, फलाम, सून, सीसा, कोइला, फस्फोरस, बहुमूल्य पत्थर र जलबिधुत इत्यादी समग्र लाभांस उत्पादन बाषिर्क खरबौ डलर हुनपुग्छ । यसरी खरबौ डलर हाम्रै आगंन, करेसाबारीमा फलिरहेको छ यी हामी आफैले उपभोग र सदुपयोग गर्नुपर्छ । तर हामीमा चेतना र शिक्षाको अभाब छ । सरकार निरीह र शोषीत छ तिनै बाहुनबादी केन्दिकृत एकात्मक राज्य ब्यबस्थाले बर्षौबर्षदेखि लिम्बुहरु माथि जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक उत्पीडनमा पारेको छ । नेपाल अधिराज्यको संबिधान,२०४७ को भाग ३ मा मौलिक ब्यबस्था र २०४७ धारा १२ मा स्वातन्त्रताको अधिकार माथी सीमान्तकृत गरिएको छ । यी संबिधानमा उल्लेखित ब्यबस्थालाई देखावटी किताबी कोरामा सीमित पारीएको छ । कम्तिमा पनि संयुक्त राष्टसंघले घोषणा गरेको आइएलओ सन्धि पत्रलाई समेत फोहोर-मैलाको टोकरीमा फालिएको छ । हामी आफैमा चेतनशील र आत्मानिर्भर दक्ष जनशक्ति हुन जरुर छ । आफ्ना गाउं आफै बनाउं झै आफ्नो लिम्बुवानराज्य हामी आफैले नबनाए बनाई दिने कस्ले ? पूर्खौदेखि बिदेशको मरुभूमी, समुन्द्रपारी तिर हाम्रो चाप्लुसी र चाकडीको अन्त्य कहिले ? हाम्रो पूर्खाहरुको बाचा कसम र रगतले आर्जेको भूमीलाई लिने कि दिने ? हाम्रो धरातल कहां छ ? हाम्रो सभ्यता के हो ? गहिरीएर ठण्डा मस्तिकले सोचौ लिम्बुवानी भूमीलाई आन्तरिक उपनिबेशबाट मुक्त गरौ स्वतन्त्र लिम्बुवानराज्य स्थापना बनाइ छाडौ ।

Apr 28, 2009

लिम्वुवान लिम्वुवानीहरुको साझा राज्य हो

दिल पालुङवा लिम्वु
लिम्वुवान लिम्वुको मात्र होईन
लिम्वुवानको आन्दोलन आफ्नै गतिमा गईरहेको अवस्थामा लिम्वुवान लिम्वु जातिको मात्र हो । अन्य जातिको होईन । यो लिम्वुवान नामको राज्य भयो भने अलिम्वुलाई लिम्वुहरुले खेद्छन् भन्ने हल्ला पनि फिजाईएको पाईन्छ । वि.सं.०७ सालमा पनि लिम्वुहरुले गैह्र लिम्वुलाई खेदेका थिए । त्यस्तै जातिय नामको राज्य भयो भने अन्य जातिकोलाई हिनतावोध र लिम्वुहरुलाई आडम्वरता आउछ भन्ने सोचाई पनि ल्याईने गरिन्छ । वास्तवमा कतिपय सवालमा कतिपयलाई त्यस्तो मन नहोला भन्न सकिन्न । तर त्यस्तै भनेचाही हुदैन । किनकी लिम्वुवान आज सिर्जित भएको नाम होईन । यो इतिहासदेखिको नाम हो । नेपालमा किरात शासन हुंदा पनि लिम्वुवान अस्तित्वमा भएको पाईन्छ । त्यसवेला याक्थुङ लाजे भनिन्थ्यो । त्यस्तै इतिहास अनुसार छैटौं शताव्दीमा लिम्वुवान नामको स्थापना भएको हो । तर वि ग्रहवादी तथा सतहवादीहरुले अहिले लिम्वुहरुले सृजित गरेको नाम भनेर वखेडा झिक्दछन् । यस्ता कुराहरुले खतराको स्थिती निम्त्याउदछन् । यसमा सवैले सोच्नु पर्दछ । एउटा कुरा नेपाल देश पहिला भएको कि माधव नेपाल पहिला ? के माधव नेपाल स्वीकार्नेले लिम्वुवान किन स्वीकार्न सक्दैन ? कुरा वुझिनसक्नु छ । माधव नेपालको नेपाल देश जातिय भयो, थरीय भयो , अव फेर्नु पर्छ किन भनिदैन ? के यो लिम्वुवानलाई मात्र लागु हुने हो ? सवैले सोचौ ।
अर्को कुरा लिम्वुहरुले ०७ सालमा गैह्र लिम्वुहरुलाई खेदाएका थिएनन् । यो अफवाह मात्र हो । त्यसवेला राणा पक्षधर शोषकहरुचाही खेदिएका थिए । यदि खेदाएको भए अहिले पनि लिम्वुवानमा गैह्र लिम्वुहरुको जनसंख्या कसरी लिम्वुहरुभन्दा वढी हुन्थ्यो ? वृहत लिम्वुहरुको जनसंख्या भएको ताप्लेजुङ र पानथरमा पनि गैह्र लिम्वुहरुमा सवै को के कुरा गर्ने वाहुनको जनसंख्या पनि उल्लेख्य रुपमा रहेको छ । यही उदाहरणनै यसो भन्नेलाई पर्याप्त हुनेछ ।
कोचिला लिम्वुवानमा हुन सक्दैन
इतिहासमा कही पनि कोचिलाको उल्लेख देखिदैन । त्यसैले माओवादीले किन कोचिला ल्याएर लिम्वु तथा राजवंशी दुर्इजातिलाई लडाउन खोज्दैछ, विचारणीय कुरा छ । पहिले कोच विहार भन्ने आसाममा पर्दथ्यो । त्यसैको पुनरावृति गर्न खोजिएको हो कि के हो ? यसको लागि माओवादी जवाफदेही हुनुपर्दछ । हिजो कोचिला भन्ने क्षेत्रमा विराट राज्य थियोरे । मोरङ राज्य थियो । विजयपुर राज्य थियो । तर कोचिला थिएन । वरु मोरङ राज्यहरुको वकावत सान्दर्भिक हुंदछ । तर यो राज्यहरु लिम्वुवान अन्तर्गत थिए र अहिले पनि हुनुपर्दछ । लिम्वुवान तत्कालिन समयमा संघीय रुपमा सञ्चालित थियो । लिम्वुवानमा १० स्वायत्त राज्यहरु थिए । त्यसमध्येको एउटा मोरङ थियो । यसलाई कालन्तरमा विजयपुर पनि भनियो । मेचे, कोचे, धिमालहरु त्यसक्षेत्रको जनाताहरु थिए भनेर इतिहासकार राज वआदुर पन्धाक वताउनु हुन्छ । वि.सं. १८३१ तिरका अन्तिम विजयपुरका राजा वुद्धिकर्ण खेवा हाङ थिए भनेर खेवा लिम्वु वंशावलीले वताउछ । त्यो अवस्थासम्म पनि लिम्वुवान संघीय अवधारणामा सञ्चालित थियो । पृथ्वी नारायणले सम्झौता गर्दा लिम्वुहरुसंग सम्झौता गरेका थिए । कोचिलासंग या कोचे, मेचे र राजवंशीहरुसंग गरेका थिएनन् । त्यस्तै लिम्वुहरुले आज भनिने कोचिलाको मोरङ, सुनसरी र झापामा पनि सुवाङगी तथा जिमीदारी प्रथा चलाएर ल्याएका थिए । त्यसैले यो क्षेत्र कदापी कोचिलाको हुन सक्दैन । लिम्वुवाननै हुनुपर्दछ ।
कही साथीहरु कोचिला लिम्वुवानमा हाल्दा गैह्र लिम्वुहरुको जनसंख्या धेरै हुन्छ भन्छन । त्यसैले लिम्वुवानमा लिम्वुहरु अल्पमतमा पर्दछन् । तर मानौं कोचिला राज्यमा कोचिला भनिनेहरु अति अल्पमतमा हुने कुरा विर्सन्छन् । त्यो क्षेत्रमा वाहुनको जनसंख्या वढी हुन्छ । जनसंख्या हेर्ने हो भने कही कुनै पनि राज्य वन्दैन । त्यसैले राज्य निर्माण गर्दा ऐतिहासिकताको आधारमा कुन जाति समुदाय तथा नामवाट पहिले सञ्चालित थियो उसैको आधारमा राज्य वन्नु सान्दर्भिक हुन्छ । यही आधार तथा लिम्वुवानको आफ्नै विषेश स्थिती भएकोले लिम्वुवान राज्यको वकालत गरिएको हो । यसमा संविधान सभाले ध्यान पुरयाउनै पर्छ ।
लिम्वुवान राज्य हुंदा लिम्वुजाति तथा त्यहाको आदिवासीहरुलाई केही विषेश अधिकार प्रत्याभूत भएतापनि अन्य जातिहरुको स्थिती पनि स्वभाविकनै हुन्छ । हामी सवै नयां सम्रचनामा गैरहेकोले कस्तो हुनेहोला भन्ने दुविधामा छौं । तर त्यस्तो फरकता केही पनि हुदैन । त्यसैले लिम्वुवानको सवालमा हामीले अफवाह नफैल्याई लिम्वुवान राज्यको सवालमा मत जाहेर गरौं । यसले देशलाई खण्डनवाट पनि जोगाउछ । गृहयुद्धवाट जोगाउछ । ठूला भनाउदा पार्टीहरुले गृहयुद्धमा देशलाई होम्न खोज्दैछन् । उनीहरुको आईडोलोजी समय सापेक्ष छैन । यो कुरा जनताले वुझनु पर्दछ । यसमा सानो उदाहरण दिऔं-अहिले लिम्वुवानको आन्दोलनलेनै लिम्वुवानलाई तहसनहस वनाईरहेको अवस्थामा लिम्वुवान राज्य नवनाईएको खण्डमा हालत कस्तो होला । त्यसैले राज्य पूनसंरचनाको क्रममा सम्वन्धित क्षेत्रले माग गरेकै आधारमा निर्माण गरिनु अहिलेको लागि सापेक्ष हुनेछ । हामी सवैले यस वारेमा सोचेर कार्य गरौं । सेवारो ।

धर्मनिरपेक्षताको राजनीति

डा. कृष्ण भट्टचन
सैद्धान्तिक पक्ष
धर्मनिरपेक्षता के हो भन्नेबारे वाद-विवाद रहँदै आएको छ । राज्य धर्मनिरपेक्ष हुनुपर्छ वा पर्दैन ? यदि राज्य धर्मनिरपेक्ष हुनुपर्छ भने धर्मनिरपेक्ष हुन के-के आवश्यक छ त ? धर्मनिरपेक्षताको अर्थ राज्यले कुनै पनि धर्मलाई वास्तै नगर्नु हो वा सबै धर्मलाई बरावर व्यवहार गर्नु हो वा धर्मका मामलामा तटस्थ बस्नु हो ? धर्मनिरपेक्षता भनेको विवेकको स्वतन्त्रता हो वा छनोटको स्वतन्त्रता ? यदि धर्मनिरपेक्षताको अर्थ राजनीतिलाई धर्मबाट स्वतन्त्र गर्ने हो भने यस्तो स्वतन्त्रताको अर्थ के हो ? स्वतन्त्रता के हो भन्नेमै पनि विवाद छ । केहीका लागि स्वतन्त्रता भनेको एक-अर्काबीच निषेध हो । केहीका लागि समदूरीको तटस्थता अर्थात् राज्यले सबै धर्मलाई प्रोत्साहन वा दुरुत्साहन बराबरी रूपमा गर्छ भन्ने हो । केहीका लागि सैद्धान्तिक दूरी हो र आवश्यकताअनुसार ठाउँ दिने वा अनुपस्थित हुने लचिलो मूल्य हो । धर्मनिरपेक्षता किन भन्ने सम्बन्धमा धेरै उत्तर छन् । उदाहरणका लागि, राज्य र धर्म अलग-अलग हुन् भन्ने मान्यताअनुसार दुवैलाई अलग राख्नुपर्छ । राज्यले धर्म अवलम्बन नगरे पनि राज्यका नीतिहरूले धर्म अवलम्बन गर्नसक्ने भएकाले व्यक्ति र समूहको धर्मबीच भेदभाव हटाउनका लागि तथा प्रजातन्त्रको जग समानता र स्वतन्त्रता भएकाले धर्महरूबीच समानता र धार्मिक स्वतन्त्रताका लागि धर्मनिरपेक्षता जरुरी छ । मौलिक हक भएकाले विभिन्न धर्मावलम्बीबीच समझदारी र सौहार्दता बढाउन, आधुनिक लोकतन्त्र र समान नागरिकता जोडिएकाले धर्मको निरंकुशता हटाउन, धर्मका आधारमा हुने घृणा हटाउन, धार्मिक अतिवादलाई हटाउन, अल्पसंख्यक धर्मावलम्बीलाई सुरक्षा र संरक्षण दिन तथा धर्मका आधारमा हुने हिंसा—प्रतिहिंसालाई रोक्न धर्मनिरपेक्षता आवश्यक छ । त्यस्तै आधुनिक प्रजातन्त्र र नागरिकको समान अधिकारको प्रतीक भएकाले, अल्पसंख्यकको सपना भएकाले, राज्यले एउटा धर्म-विशेषसँग आबद्ध रहँदा त्यही एउटा धर्मले मात्र विशेष संरक्षण र प्राथमिकता पाइरहने भएकाले त्यस्तो विभेद हटाउनका लागि धर्मनिरपेक्षता जरुरी छ । जे होस्, आजकल धर्मनिरपेक्षताको अर्थ समाजशास्त्री पिटर बर्गरले भन्नुभएजस्तै 'धार्मिर्क संस्थाहरू र प्रतीकहरूको प्रभुत्वबाट समाज र संस्कृतिका क्षेत्रहरूलाई अलग्ग गर्ने एउटा प्रक्रिया हो ।'
व्यावहारिक पक्ष
०६३ को जनआन्दोलनपछि पुनस्र्थापित व्यवस्थापिका-संसद्ले धर्मनिरपेक्ष राज्य घोषणा गरेको छ । यो अत्यन्त प्रशंसनीय छ, तर यसको कार्यान्वयन प्रभावकारी रूपमा हुन नसक्नु दुःखद पक्ष हो । नेपाल धर्मनिरपेक्ष राज्य भइसकेकाले अब राज्यलाई धर्मसँग अलग्ग राख्नु अत्यावश्यक छ, तर व्यवहारमा भने पहिलेभन्दा पनि झनै धेरै संलग्नता जनाउन थालेको देखिन्छ । इन्द्रजात्राका अवसरमा बलिका लागि राज्यले परम्परा तोडेर रकम नदिने भएपछि नेवार समुदायले गरेको विरोध प्रदर्शन, अहिले आएर राज्यले पशुपतिनाथको मूल पुजारीका सम्बन्धमा भएको विवाद र राज्यको संलग्नता धर्मनिरपेक्ष राज्यमा उत्कर्षमा पुगेको धर्मसँग सम्बन्धित विवादास्पद सवालका रूपमा देखिए । यसका साथै नेपालको पहिलो राष्ट्रपतिले कार्यारम्भ गरेको पहिलो दिन पशुपतिनाथको भ्रमण र दसैँमा सर्वसाधारणलाई दिएको टीका, प्रधानमन्त्री प्रचण्डले आपmना पिताबाट ग्रहण गरेको दसैँको टीका पनि विवादास्पद रह्यो । इन्द्रजात्राका सम्बन्धमा राज्यले नेवार समुदायलगायतका मठ-मन्दिरको गुठीको जग्गा लिएर गुठी संस्थान बनाएको थियो । त्यसबापत संस्थानका माध्यम राज्यले इन्द्रजात्राका लागि आवश्यक केही राँगोलगायतका खर्चपर्च दिने गरिआएको थियो । हिन्दूराज्य भएको वेला राज्यले हिन्दू धर्मलाई विशेष सहयोग गर्नु स्वाभाविक देखिए पनि धर्मनिरपेक्ष भइसकेर पनि उही धर्मसापेक्ष व्यवहार कायम राख्नु विडम्बना हो । राज्यले धर्मसँग सम्बन्ध तोड्न गुठी संस्थान खारेज गर्ने, मठमन्दिरका जग्गाजमिन र सम्पत्ति फिर्ता गरिदिने एवं फिर्ता गर्न सकिने अवस्थामा नरहे क्षतिपूर्ति दिनुपर्छ । पशुपतिनाथलागयतका मन्दिरको पनि मन्दिर व्यवस्थापन समितिलाई नै जिम्मा दिनुपर्छ र समितिले आम्दानीलाई शिक्षा, स्वास्थ्यजस्ता सामाजिक कार्यमा उपयोग गर्नुपर्छ । धर्मनिरपेक्षता सांस्कृतिक नीति (चाड-पर्व) मा पनि कार्यान्वयन हुनुपर्छ । हिन्दू चाड-पर्वलाई सरकार आफैंले र सञ्चारमाध्यमले पनि राष्ट्रिय चाडका रूपमा थोपर्ने, प्रचारप्रसार गर्ने र धेरै बिदा दिने गरिएको छ । दसैँलाई सबैको चाड भन्ने नेपाल सरकारका अफिस हप्तादिन, विद्यालय-महाविद्यालय महिनादिन बन्द हुने गर्छन् । विभिन्न जातजातिका चाडपर्वमध्ये केहीलाई मात्र राज्यले स्वीकार गर्ने र सम्बन्धित समुदायलाई मात्र एक दिन बिदा दिने, धेरै चाडपर्वलाई सरकारी मान्यता पनि नदिने र बिदा पनि नदिने नीति रहेको छ । राष्ट्रपतिले केही धार्मिक कार्यक्रममा औपचारिक सहभागिता जनाउने गरेका छन् । बिदाका हकमा यो चाड र ऊ चाड नभनीकन वर्षमा यतिदिन चाडपर्व बिदा भनेर दिने र कर्मचारीले आपmनो चाडपर्वमा उक्त बिदा उपभोग गर्न दिने गर्नुपर्छ । राष्ट्रपति र अन्यले व्यक्तिगत र पारिवारिक तहमा आफ्नो चाड माने पनि राज्यका तहमा दसैँमा टीका दिनेजस्ता कार्य रोक्नुपर्छ । धर्मनिरपेक्षता जातमा पनि कार्यान्वयन हुनुपर्छ । हिन्दू धर्ममा आधारित जातप्रथाको निरन्तरता र दलित जातका मानिसविरुद्ध जातीय छुवाछुत र भेदभाव रहँदै आएको छ । यस्तो जातीय विभेदको अन्त्य हुनुपर्छ । धर्मनिरपेक्षता शिक्षाक्षेत्रमा पनि लागू हुनुपर्छ । तीनधारा पाठशाला, संस्कृत विद्यापीठ र संस्कृत विश्वविद्यालयहरूलाई सरकारी सहयोग र प्राथमिकता दिइँदै आएको छ । मदरसा शिक्षालाई हालै मात्र सरकारी मान्यता दिइएको छ । पाठ्यपुस्तकमा हिन्दू चाडपर्वका बारेमा प्राथमिकता दिइएको छ । अतः राज्यले शिक्षामा धर्मसँग नाता तोड्नुपर्छ । धर्मनिरपेक्षता शैक्षिक संस्थामा पनि कार्यान्वयन हुनुपर्छ । शैक्षिक संस्थाहरूमा सरस्वतीको मन्दिर राख्नु, सरस्वतीपूजामा गैरहिन्दू शिक्षक, विद्यार्थी र कर्मचारीलाई संलग्न गराउने र प्रसाद खुवाउने काम पनि बन्द गर्नुपर्छ । धर्मनिरपेक्षता न्यायालयमा पनि कार्यान्वयन हुनुपर्छ । मुलुकी ऐन हिन्दू धर्मको दायभाग र मिताक्षरा सम्प्रदायमा आधारित भएकाले सोबाट मुक्त राख्नुपर्छ । सर्वोच्च अदालतलगायतका आदलती निर्णयमध्ये कतिपय निणर्य हिन्दू धर्मका मूल्य-मान्यतामा आधारित छन्, जसको अन्त्य हुनुपर्छ । शपथ खाँदा गीताजस्ता धार्मिक पुस्तकको प्रयोग बन्द गर्नुपर्छ । धर्मनिरपेक्षता सेना र प्रहरीमा पनि लागू हुनुपर्छ । सेनाको ब्यारेक र प्रहरीको परिसरमा दुर्गा भगवती वा अन्य शक्तिका प्रतीक हिन्दू देवीदेवताको मन्दिर राख्नु, पूजाआजा गर्नु, गैरहिन्दू अफिसर र जवानलाई पनि हिन्दू विधि-विधान मान्न लगाउने काम बन्द गर्नुपर्छ । खानपानमा पनि लागू हुनपर्छ धर्मनिरपेक्षता । आदिवासी जनजातिका परम्परागत खानपानमा गाईको मासु पनि पर्छ, तर हिन्दूहरूका लागि गाई पवित्र हुने र गाईलाई राष्ट्रिय जनावर बनाइएकाले गाई मारेका खण्डमा मानिस मारेसरहको कारावासको व्यवस्था छ । साहित्यमा पनि कार्यान्वयन हुनुपर्छ धर्मनिरपेक्षता । प्रसिद्ध साहित्यकार र राजनीतिज्ञ बिपी. कोइरालाले सुम्निमा उपन्यासमा किरातीहरूको धार्मिक आस्थामा चोट पुर्‍याएकाले सो किताब जलाइएको थियो । नाटककार भीमनिधि तिवारीकेा शिलान्यास नाटकमा मगरलाई भारी बोक्ने जातका रूपमा चित्रण गरिएकाले सो किताब पनि जलाइएको थियो । लोकसेवा आयोगको परीक्षाको तयारीका लागि लेखिएका पुस्तकमा तामाङ जातिलाई आफ्ना चेली बेच्न तयार हुने जाति भनेर चित्रण गरिँदा तामाङ घेदुङले विरोध गरेको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कृति मुनामदनमा भोट जाने नायक नेवारको साटो क्षेत्रीका रूपमा चित्रण गरिएकामा प्रसिद्ध कवि एवं प्राज्ञ वैरागी काइंलाले गर्नुभएको आलेाचना स्मरणीय छ । अन्त्यमा, धर्म व्यक्ति र समुदायको मामला भएकाले यसका बारेमा के गर्ने भनेर निर्णय गर्ने काम व्यक्ति र समुदायलाई नै छाड्नुपर्छ । राज्यले धर्मसँग सबैखालका नाता तोडेर जति चाँडो सम्बन्ध-विच्छेद गर्न सक्यो, उत्ति राम्रो हुनेछ ।
नयाँ पत्रिकाबाट

Apr 25, 2009

संविधानमा अनिवार्य समेट्नुपर्ने केही बुदां र छलफलका विषयहरु

विश्वासदीप तिगेला

आफ्नो लागि आफैले संविधान बनाउने नेपालीहरुको शदिऔं देखिको चाहना पूरागर्ने बाटोमा मुलुक अघि बढिरहेको छ। संविधान निर्माण गर्ने क्रममा देशविदेशमा रहेका विभिन्न ब्यक्ति, बर्ग, समुदाय, संघ, संगठन, राजनैतिक दल, जातिय उत्थान संगठन, धार्मिक संगठन लगायतको तर्फबाट प्रसस्त सुझाव, माग, दबाव साथै इच्छा आकांक्षा र आसाका आवाजहरु आउनु एकदमै सकारात्मक पक्ष हो। संविधान निर्माण प्रकृयामा बाधा अवरोध आउनु पनि अस्वाभाविक होइन तर जसरी भएपनि संविधान निर्माण हुनैपर्दछ त्यो अनिवार्य आवश्यकता हो। वास्तवमै अबको संविधान कस्तो हुनुपर्दछ त? कस्तो प्रकारको संविधान चाहि सबैको लागि स्वीकार्य हुन्छ? कतै संविधान निर्माणमा षडयन्त्र हुने त होइन? यहाँ यिनै विषयहरुको वरिपरि रहेर चर्चा गरिनेछ। संविधान देशको मूल कानुन भएकोले यस सम्बन्धमा प्रत्येक ब्यक्ति, समाज, समुदाय, वर्ग, क्षेत्र र लिङ्गलाई सरोकार हुनुपर्दछ। अहिले हामी संविधान निर्माणको प्रकृयामा भएकाले सबैभन्दा पहिला हामी यस बारेमा स्पष्ट हुनुपर्दछ। हामीले कति बर्षसम्म बाँच्न सक्ने संविधान बनाउने? विगतलाई सरसर्ति हेर्ने हो भने वि सं. २००४ मा बनेको संविधान वि. सं. २०१५, २०१७, २०१९, २०३६, २०४६ र २०६३ गरी पटक–पटक संशोधन र पुननिर्माण हुदै आएको छ। नेपालको संविधान किन यति चाडै निकम्मा हुन्छन्? प्रत्येक १० देखि १५ बर्षसम्मलाई मात्र कामगर्ने संविधान बन्ने गरेको छ। किन त्यसो हुदै आएको छ? के फेरि पनि त्यति नै आयु भएको संविधान बनाउन हामी आतुर छौं ? अवश्य होइन र हुनुहुदैन। यो एउटा सुनौलो अवसर हो र हामी सुनौलो बिहानीमा छौ। सबैमा सद्भाव र सहयोग अनि नेपाली हौं भन्ने राष्ट्र (भावना) हुनु पर्दछ। देशमा धेरै उतारचढावहरु आए र आउनेक्रम चलिरहेको छ। यसलाई नियमित प्रकृया मान्न सक्नुपर्दछ। बेलाबेला हामी देशको अवस्थालाई लिएर निरासामा पनि पर्नेगर्छौं तर हामीले विगतका घटना परिघटनाहरुलाई पाठको रुपमा लिदै अबको ग्लोबल विश्वमा अघि बढ्नुपर्दछ। संसार विकासको द्रुत गतिमा अघि बढिरहेको छ र हामी मानवहरु साच्चै नै सभ्य र समुन्नत बन्दै गएका छौ। संसारको कुनै एक कुनामा रहेका मानिसहरुलाई विपत्ति आइपर्दा अर्को कुना अर्थात विभिन्न मुलुकमा रहेका मानिसहरुले सहयोग गर्दै आएका छन्। अफ्रिकामा भोकाएकाहरुको लागि चीनमा खाना तयार गरिन्छ। भारतमा रोगले ग्रस्त वर्गको लागि बेलायतमा औषधी तयार गरिन्छ। अब भौगोलिक सिमानाको के कुरा गरौं। हामीले देखेका छौ। यूरोपियन युनियनले धेरै विचार र मान्यतालाई तोड्दै एक मुद्रा र झण्डै एक देशको मोडलमा प्रवेश गरेको छ। के विश्व साच्चै नै सुन्दर र धर्महरुमा बर्णन गरेको स्वर्ग जस्तै छैन र? यी सबै घट्ना परिघट्नाहरुले नेपाल र हामी नेपालीहरुलाई पनि प्रत्यक्ष/अप्रत्यक्ष असर पारेको हुन्छ र पार्नुपर्दछ। वितेका एक दशक अवधिमा हाम्रो देशमा रगतको खोलो बग्यो। त्यसले हामीलाई अझै विचल्ली, विलाप र शोकमा डुबाएको छ यद्यपी हामी नेपालीहरुले चाहेको राष्ट्र र ब्यवस्था प्राप्तिको लागि समय अनुकुल दिशामा अघि बढिरहेको अवस्थामा थोरै भए पनि चित्त बुझाउने ठाँउ बनेको छ। हामी प्रतिज्ञा गरौं अब बन्ने संविधानले ज्ञातअज्ञात हजारौ शहिदहरुलाई सम्बोधन गर्न सकोस। पुनः रक्तपातको श्रृंखला ननिम्त्याइयोस। संविधान कै कुरा गर्दा अहिले हामी नेपालीहरुसँग कतै खुसी छ र कतै भयावह त्रासदी पनि। तर वास्तविकता भनेको हामी नेपाली नागरिकहरु विशेषतः राजनैतिक रुपमा अत्यन्तै अगाडि छौं भन्दा गलत नहोला। अब हामी कोही पनि हत्या हिंसा चाहदैनौं। सिर्फ हामीलाई हिजोको जनयुद्धको हाउगुजीले बेलाबखत सताउनु अस्वभाविक अवश्य होइन। हिजो देखिको चरम शोषणको विरुद्ध आक्रोश आज यत्रतत्र रहनु असान्दर्भिक पनि होइन। बुझ्नेले जसरी बुझे पनि समय आफनै गतिमा बगिरहेको छ र संविधान बन्ने प्रकृया अघि बढिसकेको छ। यसलाई शंका र समस्याको रुपमा नलिई साझा जिम्मेवारी र दायित्व सम्झेर हामी सबैले आ–आफ्नो ठाँउबाट योगदान गर्नको लागि कम्मर कसौ, त्यसैमा हामी सबैको कल्याण देखिन्छ। शक्ति र जिम्मेवारीलाई विकेन्द्रीकरण गर्नको लागि हिजो छुट्टायाइएको अञ्चलको अवधारणा निश्चित क्षेत्रको लागि उत्तरदायी समुदाय नतोकिएको कारणले नराम्ररी फेल भयो। त्यसको मुख्य कारण भौगोलिक रुपबाट मात्र अंचलको विभाजन हुनु थियो। त्यसैको परिणाम स्वरुप वि. सं. २०४६ सालमा नेपाल राष्ट्रिय जनजाति पार्टी खोलेर देशलाई १२ प्रान्त बनाई समुन्नत नेपाल देख्न चाहने स्व. काजीमान कन्दङ्वाको सपना उनको निधनपछि अब साकार हुने निश्चित छ। त्यसो भए उनले देखेको संघीय नेपाल र संघीय नेपालको संविधान कस्तो हुनुपर्दछ त? हामी सबैको सामु साझा सवाल बनेको छ। देशको मूल कानुन अर्थात संविधान राष्ट्रको विविधता अनुकुल हुनुपर्दछ। अन्य देशहरुको तुलनामा नेपालको सामाजिक, साँस्कृतिक, भाषिक र भौगोलिक संरचनामा असमानता रहेकोले सबै जाति, धर्म, सम्प्रदाय, भूगोललाई बराबर हैसियत वा जिम्मेवारी दिई समान पहुँच र अस्तित्वमा राख्नुपर्दछ। त्यसैको लागि संविधानको प्रस्तावना सबै नेपालीलाई समेट्ने हुनुपर्दछ। संविधान सानो आकारको बनाउनु उपयुक्त हुन्छ। धेरै कुरा संविधानमा लेखिएको खण्डमा लेख्न छुटेका कुरा संविधान बाहिर पर्न सक्ने सम्भावना भएकोले संक्षेपमा लेख्ने तर सबै कुरालाई समेट्ने हुनुपर्दछ। बहू धर्मावलम्बी मुलुक भएकोले अनिवार्य धर्म निरपेक्ष उल्लेख गरेको हुनुपर्दछ। नेपाल सरकारको छापमा संस्कृत शब्द - स्वर्गद्धपी गरियसी - अनिवार्य हटाउनुपर्दछ। नेपालको राष्ट्रिय चिन्हमा राष्ट्रिय पंक्षी डाँफे, राष्ट्रिय जनावर एकसिङ्गे गैडा, राष्ट्रिय फूल लाँली गुराँस, राष्ट्रिय रङ्ग सफा आकाशको नीलो रङ्ग हुनु उपयुक्त हुन्छ। राष्ट्रिय जनावर गाई भएको खण्डमा र संस्कृत शब्द यथावत राखिएमा नेपालका अरु धर्मावलम्बी र भाषिहरुलाई अपमान गरेको ठहर्दछ। हामीले कुनै पनि धर्मलाई असर पुग्ने किसिमको ब्यवस्था गर्नुहुदैन र एकसिंङ्गे गैडा विश्वमै नेपालमा मात्र पाइने भएकोले यसलाई राख्दा हाम्रो देशको चिनारी अरु मजवुत हुनेछ। प्रश्न उठ्न सक्छ हिजो थियो आज किन हुनुहुन्न? तर सबैले बुझ्नुपर्ने विषय के हो भने नेपाल बहूधार्मिक र बहूभाषिक मुलुक हो। प्रत्येक धर्म र संस्कारको आ–आफ्नै मान्यता रहेको हुन्छ। त्यसैले कुनैपनि धर्म, संस्कारलाई असर हुने खालको ब्यवस्था हामीले अब उप्रान्त गर्नु हुदैन यदि यसतर्फ ध्यान दिएनौ भने भोलि अकल्पनिय स्थिति आउन सक्दछ।

देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय झण्डा

संसारमा नौलो र सुन्दर भए पनि विशेषत विदेशी पुस्तकहरुमा र स्वदेशी पुस्तकहरुमा लेखिएको झण्डाको परिभाषाले सूर्यवंशी र चन्द्रवंशीलाई मात्र समेट्ने र समग्र नेपालीलाई नसमेट्ने भएकोले अनिवार्य सुधार वा परिवर्तन गर्नुपर्दछ। नेपाललाई मुख्य तीन कारणबाट विश्वले चिन्दछ। पहिलो– विश्वको सर्वोच्च शिखर सगरमाथाको देश, दोस्रो – भगवान बुद्धको जन्मथलो देश र तेस्रो – वीर गोर्खालीहरुको देश भनेर। यसर्थ हाम्रो देशको झण्डामा पनि सर्वोच्च शिखर सगरमाथा राख्नु सबैभन्दा उपयुक्त हुन्छ। यसले कुनै पनि सम्प्रदाय वा धर्मलाई असर गर्दैन। सबैलाई सर्वस्वीकार्य हुन सक्दछ।सबै जाति, वर्ग र क्षेत्रलाई समान रुपमा समेट्नका लागि हिजोदेखि आजसम्म शोसित पीडित आम नेपालीहरुको शसक्त माग राज्यको पुर्नसंरचना हो। राज्यलाई नयाँ संरचनामा लैजान साहस, हिम्मत र सहमतिका साथ मुख्यगरि यी ५ वटा आधारहरुबाट गर्नुपर्दछ। १. ऐतिहासिक, २. भाषिक, ३. जातीय, ४. भूगोल र ५. आर्थिक धरातल। अचानोको पीर खुकुरीलाई थाह हुन्न अर्थात विमारको पीडा स्वयं बिरामीलाई मात्र थाहा हुन्छ अरुलाई हुँदैन भने झै नेपालको नयाँ संविधानमा के कस्तो ब्यवस्था गर्ने भन्ने सवालमा हिजो देखि दुख्दै आएकाहरुले बुलन्द आवाज गर्नुपर्‍यो। नरोइकन आमाले समेत दुध दिदैन भन्ने बुझ्नु पर्दछ। त्यस्तै राज्य पुर्नसंचनाको बारेमा नेपालका शासक वर्गमा खासै चासो देखिँदैन र उनीहरु सनातन धर्मबाट ओतप्रोत भएका कारण खुलेर हिम्मतका साथ बहसमा उत्रिन नचाहेका हुन की झै देखिएको छ। देश धर्म निरपेक्ष हुनु, राज्य पुर्नसंरचना हुनु कसैको भाग खोस्नु वा खोसिइनु होइन। त्यसैले हामी सबैले यस कार्यमा सहयोग पुर्‍याउनुपर्दछ। मोही माग्न जाने तर ढुङ्ग्रो लुकाउने भन्ने उखान झै नेपालका ठूला राजनैतिक दलहरु काँग्रेस, एमाले, एकिकृत माओवादी लगायतका अधिकांश नेताहरुको भित्री चाहना सनातन अधिराज्य नै बनाऊ भन्ने रहेकोले उनीहरु यस मामलामा असहयोगी देखिएका हुन् की भनेर शंका गर्ने ठाँउ रहेको छ। वि. स. २०४८/४९ मा संस्कृत भाषालाई सम्पूर्ण आदिबासी जनजाति, दलित तथा मधेसीमा लादनु खोज्ने यिनै नेताहरु भएको कारण हाम्रो यी आरोपलाई थप टेवा पुग्दछ। राजनैतिक रुपबाट निर्वाचित प्रतिनिधिहरुको अभावमा पनि सरकार तथा देशको कामकार्वाही निरन्तर चलाउने सरकारी कर्मचारीलाई स्थायी सरकार -Permanent Government_ भनिन्छ। स्थायी सरकार अन्तर्गत दुई दर्जन मन्त्रालय र ७५ वटा जिल्लाका (भोलि बढि होला) प्रमुख जिल्ला अधिकारी, गाविस सचिव, नगरपालिका सचिव, मालपोत, अदालत, हुलाक, हेल्थपोष्ट तथा शिक्षण संस्था लगायतको क्षेत्र जहाँ दैनिक नागरिकको प्रत्येक्ष काम हुन्छ त्यहाँ अनिवार्य समानुपातिक र स्थानियताको ग्यारेण्टि गरिनु पर्दछ। अहिलेसम्म राजनैतिक, सेना, पुलिसमा मात्र यसको जोडदार माग उठेको छ जुन अपूर्ण छ। यी अवसर र जिम्मेवारीको ठाँउमा समानुपातिक ब्यवस्था भएमा बरु संघीयताको आवश्यकता कम हुनसक्छ तर त्यहि समानुपातिक पहूँच र अस्तित्वको लागि स्वायत्त राज्यको आवश्यकता परेको हो। दुई शक्तिशाली देश चीन र भारतको बीचमा रहेको सानो भू–परिवेष्ठित देश नेपाल अन्य देशका अपराधीहरु लुक्ने ठाउँ पनि बनेको छ। देशभित्रै असामान्य अपराधिक गतिविधिहरु चलिरहेका छन्। अर्को कुरा देश गरिब र लाचार हुनुको पछाडी भ्रष्टाचार एक मुख्य कारक बनिरहेको परिप्रेक्ष्यमा नेपालमा कडा कानुनको ब्यवस्था गर्नु आवश्यक देखिन्छ। हामी हिसाब गरौं, ३ जना खुंखार ब्यक्तिले भ्रष्टाचार गरेमा तीन करोड नेपाली भोकै मर्नेछन् तर ति ३ जना ब्यक्तिहरुलाई मृत्यूदण्ड दिंदा बाँकी ३ करोड नेपाली समृद्धिमा बाँच्न सक्छन् भने फाइदा र बेफाइदाको यो हिसाब अब हामीले गर्ने कि नगर्ने? विश्वमा छुट्टै अस्तित्व बोकेका सार्वभौम १९५ स्वतन्त्र देशहरु मध्ये छिमेकी मुलुक भारत, चीन, अमेरिका, सिंगापुर लगायत विश्वका ७० वटा देशहरुमा मृत्यूदण्डको ब्यवस्था भएको पाइन्छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने मृत्यूदण्डलाई थोरै देशहरुले मात्र नियमितता दिदै आएका छन्। नेपालको अन्तरिम संविधान २०६३, जातीय भेदभाव विरुद्ध राष्ट्रिय मञ्चद्धारा तयार पारिएको नमुना संविधान २०६५, एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको संविधान खाका २०६५, किरात राई यायोख्खा केन्द्रिय कार्य समितिद्धारा प्रस्तुत सुझाव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालद्धारा पेश गरिएको संविधानका मुख्य धाराहरु हेर्दा स्पष्ट रुपमा मृत्युदण्ड दिइने छैन भनि किटान गरिएको छ वा मौन रहेको छ। त्यसले नेपाल जस्तो गरिब मुलुकमा हुने भ्रष्टाचारलाई प्रोत्साहन गर्ने निश्चित देखिन्छ। हाम्रो देशको राजनैतिक संस्कारमा धेरै सुधार गर्नुपर्ने देखिन्छ। सांसदको लागि उम्मेदवारी बन्नेले तोकिएको निश्चित तहसम्म अध्यायन गरेको हुनुपर्ने र एक ब्यक्तिले एकै पदमा दुईपटक भन्दाबढि सोहि पदमा बहाल रहन नपाउने ब्यवस्था गर्न सकेमा राम्रो हुन सक्दछ। पाकिस्तानमा संसद सदस्य बन्न तोकिएको निश्चित शिक्षा हासिल गरेको हुनु पर्दछ भने रसियाको राष्ट्रपति झै दुई कार्यकालपछि अर्को कार्यकाल पदीय दायित्वबाट बाहिर बस्नुपर्ने ब्यवस्था धेरै उत्कृष्ट देखिन्छ। त्यसो भएको खण्डमा अधिनायकी शासकको सम्भावना पनि कम हुनजान्छ। विविधता भएको नेपालमा कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकाबीच सन्तुलन हुने गरि राष्ट्रपति रेफ्रिको रुपमा रहने गरि र खेल क्याप्टेनको रुपमा प्रधानमन्त्री रहने गरि ब्यवस्था गर्नु उपयुक्त हुन्छ। छिमेकी मुलुक मलेशियामा अवलम्बन गरिएको राष्ट्रप्रमुख (राष्ट्रपति) मण्डल पाँच सदस्यीय बनाउनु नेपालको परिवेशमा सबैभन्दा उपयुक्त्त देखिन्छ। त्यसमध्ये आर्य, खस समुदायबाट १, तराईवासीबाट १, महिलाबाट १, दलितबाट १ र आदिबासी जनजाति समुदायबाट १ जना रहने ब्यवस्था गर्न सकिन्छ। प्रत्येकले पालैपालो राष्ट्रप्रमुखको जिम्मेवारी बहन गर्नेछन्। यसो गर्न सकेको खण्डमा सबै समुदायलाई सम्मान र पहिचान गर्न सकिन्छ। उता प्रधानमन्त्री सबैभन्दा शक्तिशाली बन्ने ब्यवस्था गर्नुपर्दछ। यस्ता महत्वपूर्ण पदको लागि सम्पूर्ण नेपाललाई एक निर्वाचन क्षेत्र मानी प्रत्यक्ष निर्वाचनद्धारा चयन गर्नु सबैभन्दा उपयुक्त देखिन्छ। ज्यादै अल्छीलाग्दो नेपालको ब्यवस्थापिकालाई चुस्त बनाउदै संघीय प्रतिनिधिसभा र संघीय राष्ट्रिय (जातीय) सभा नामाकरण गर्नु नेपाल जस्तो बहूजातीय देशको लागि उपयुक्त देखिन्छ। इरान, अफगानिस्तान र पाकिस्तान लगायत बहुजातीय मुलुकमा जातीय सभा लोकप्रिय बन्दै आएको प्रशस्त उद्धाहरणहरु पाइन्छन्। हाम्रो जस्तो असमानता रहेको मुलुकमा संघीय राज्य अपरिहार्यता भएको कुरा हामी सबैले महशुस गरिसकेका छौ। यसर्थ केन्द्र सरकार र राज्य सरकारबीच स्पष्ट क्षेत्राधिकार तोक्नुपर्ने अनिवार्यता रहन्छ जसमा केन्द्र सरकारले रक्षा, परराष्ट्र, मुद्रा, केन्द्रीय बैक, अन्तराष्ट्रिय ब्यापार, उपरोक्त विषयहरुसँग सम्बन्धित मुद्धाहरु बाहेक सम्पूर्ण जिम्मा राज्य सरकारलाई दिनु उपयुक्त हुन्छ। यस्तै प्रकारको नीति अमेरिकाले अवलम्बन गर्दै आएको छ भने भारतले यसको ठिक उल्टो राज्यलाई दिइएको क्षेत्राधिकार बाहेकको कुरा केन्द्र सरकारले ब्यवस्था गर्ने गर्दछ। नेपाल कुटनैतिक हिसाबले अत्यन्तै संवेदनशील मुलुक भएकोले परराष्ट्र नीतिमा सावधानी अपनाउँदै देशको पहिचान र पहुँच बढाउन जरुरी हुन्छ। त्यसैले एसिया महादेशभित्र र बाहिरका कतिपय धनी मुलुकहरुसँग अझ राम्रो सम्बन्ध विस्तार गरि सहयोगको लागि पूर्वाधार तयार गर्न सक्नुपर्दछ। ब्रुनाई, ताइवान, इरान, सिंगापुर लगायतका धेरै देशहरुमा सम्बन्ध विस्तार गरि राजदुतावास खोल्न सके हामीलाई धेरै सहयोग मिल्न सक्दछ। हाम्रो देशमा भाषिक कठिनाइहरु भएको कारण देशको भाषिक नीति स्पष्ट हुनुपर्दछ। नेपाली भाषालाई सम्पर्क भाषा, अंग्रेजी भाषालाई अन्तर्राष्ट्रिय सम्पर्कको भाषा र मातृभाषा तथा स्वेच्छिक भाषालाई कामकाजी भाषाको रुपमा समेत प्रयोग गर्न सक्ने ब्यवस्था गर्नुपर्दछ। शिक्षाको सवालमा पनि संघीय (केन्द्रीय) शिक्षा र राज्य शिक्षाको ब्यवस्था गर्नु उपयुक्त देखिन्छ। राज्य शिक्षा अन्तर्गत स्थानीय राज्यमा बोलिने भाषा शिक्षा र स्वेच्छिक शिक्षा बाहेक विज्ञान, प्रविधि लगायको शिक्षा केन्द्रीय स्तरबाट हेर्नु पनि निक्कै सान्दर्भिक देखिन्छ। रेमिट्यान्सले ठूलो हिस्सा धानेको हाम्रो देशको संविधानमा गैर आवासिय नेपालीहरुको लागि नेपाल बाहिर जुन देशमा गएको हो त्यहि देशको नागरिकता प्राप्त गरे पनि नेपालको नागरिकता त्याग्न नपर्ने अर्थात नेपाली नागरिकताको अस्तित्व रहिरहने ब्यवस्था गर्नुपर्दछ। गैर आवासिय नेपालीहरुलाई स्वदेशमा सम्पत्ति जोड्न र राख्न पाउने तथा स्वदेशमै लगानीको लागि थप हौसला पुग्ने ब्यवस्था गर्नु बुद्धिमता ठहर्छ। रोजगारीको लागि विदेश जाने हाम्रो परम्परालाई धेरै ब्यवस्थित गर्नु आवश्यक देखिन्छ। विशेषत विदेशमा विचल्लिमा परेका नेपालीहरुको उद्धारको लागि परराष्ट्र मन्त्रालय अन्तर्गत उद्धार मिसनको ब्यवस्था गरि स्वदेश फर्काउने दायित्व सरकारको हुनुपर्दछ। नेपालको शैक्षिक अवस्था अपेक्षानुरुप निक्कै उत्साहजनक रहेको छ। दक्ष जनशक्ति उत्पादनको क्रम निरन्तर चलिरहेको छ। हामीले देखेका छौं की कतिपयले निरन्तर ३५/४० बर्षसम्म जागिर गरिरहेका हुन्छन्। उता शैक्षिक प्रगतिसँगै बेरोजगारको संख्या पनि हवात्तै बढिरहेको छ। त्यसैले अधिकतम २२ वा २८ बर्षपछि अनिवार्य निवृत्तिभरण लिनुपर्ने ब्यवस्था गर्नु वान्छानिय देखिन्छ। त्यसो हुन सकेको खण्डमा रोजगारीको अवसर केही भएपनि बढ्न सक्दछ। कुनैपनि देश आर्थिक रुपमा मजबुत तब हुन्छ जब उद्योगधन्दाबाट उत्पादित बस्तु विदेशमा निर्यात हुन्छ। त्यसैले देशले गर्न नसक्ने ठूल्ठूला उद्योग कलकारखाना स्थापनाको लागि बिषेश ब्यवस्था गर्नु अति आवश्यक देखिन्छ। त्यसैले संविधानमा उद्योग नीतिलाई फराकिलो राख्नुपर्दछ। हाम्रो देशको गम्भिर समस्याहरु मध्ये यातायात दुर्घटना एक मुख्य समस्या बन्दै आएको छ। त्यसैले यदि यातायात निगरानी ट्राफिक प्रहरीबाट सम्भव छैन भने कुनैपनि विकल्पको ब्यवस्था गर्नुपर्ने बेला भएको छ किनकी बढि भन्दा बढि दुर्घटना कानुन मिच्नेहरुले गराउँदै आएका छन्, त्यसप्रकारको क्रियाकलाप कमि गर्न नितान्त प्रयास गर्नु पर्दछ।सबै आगैआगो भएर मात्र हुदैन कोहि पानी पनि हुनुपर्दछ भन्ने भनाई अनुसार अहिले आदिबासी जनजाति, दलित, मधेसीहरुमा शासक वर्गहरुबाट विगत देखि हुदै आएको शोषण, अत्याचार विरुद्धको आक्रोश अझै पनि देख्न सकिन्छ। यसलाई हामीले असामान्य किसिमले लिनु हुदैन। लामो र गौरवशाली इतिहास बोकेको नेपाल र नेपालभित्र रहेको विभिन्न भू–भाग तथा क्षेत्रको इतिहास बुझेर सम्मान र मान्यता दिनुपर्दछ। वि. स. २०२१ सालसम्म स्वशासित राज्य रहेको पूर्वको लिम्बुवान र अहिलेको लिम्बुवानी आन्दोलन त्यसको प्रत्यक्ष उदाहरण हो। यसर्थ नेपालले संयुक्त राष्ट्र संघ अन्तर्गतको आदीवासी जनजातिहरु सम्बन्धि अभिसन्धि नं. १६९ लाई सूनिश्चित गरि लागु गर्नुको विकल्प छैन। संविधान निर्माण प्रकृया अन्तर्गत संविधानसभामा सबै जाति, धर्म, वर्ग, क्षेत्र, लिङ्ग तथा समुदायलाई समेट्नु साह्रै महत्वपूर्ण कार्य भएको छ। अझ संविधान सुझाव गाँउगाँउ र देशविदेशबाट समेत माग्नु साह्रै उत्तम कार्य भएको छ। प्राप्त सुझाव सबै समेट्न लायक नहुन सक्छ तर सुझाव प्राप्त हुनुको अर्थ सक्षम संविधान निर्माणप्रति सद्भाव र समर्थन हो भन्ने पनि बुझ्नु पर्दछ। विज्ञ कानुनविदहरुको सहयोगमा ब्यवस्थापिकासभाले सक्षम संविधान निर्माण गर्नेमा आश गरौ र आ–आफ्नो ठाँउबाट सहयोग गरौ। विश्वकै इतिहासमा शान्तिपूर्ण तवरले राजतन्त्र हटायौं, सबैको सहमतिमा देशलाई धर्म निरपेक्ष घोषणा गर्‍यौ । अब सम्पूर्ण नेपालीहरुको सहभागितामा शान्तिपूर्वक र सद्भावूपर्वक संविधान निर्माण गरौं तब आधा पेट नै भएपनि समृद्धिमा रमाउन सक्नेछौं। विश्वकै लागि हामी उदाहरण बनौ। त्यसपछि कतै नअलमलिई देश विकासको लागि निरन्तर अघि बढौं। हामीले सोचेजस्तो र खोजेजस्तो सक्षम संविधान ढुक्कका साथ बन्नेवाला चाहिं छैन। केही प्रतिगामी तत्व जसले हिजो हालीमुहाली र बर्चश्व राख्दै आएका थिए अर्थात यथास्थितिवादीहरुको तर्फबाट विभिन्न अवरोध र षड्यन्त्रहरु आउने सम्भावनाहरु पर्याप्त रहेको छ। त्यसैले हामी सबैले त्यसपछि चनाखो रही सावधानी अपनाउनु जरुरी भएको छ। यसपटक संविधानमा अपरिवर्तनिय संरचना राखिनु हुदैन। संविधान समय अनुकुल शसोधन हुन सक्ने प्रावधानलाई स्वीकार्नु पर्दछ। भारतको संविधानको इतिहासलाई हेर्ने हो भने संविधान निर्माण पूरा भएकै अर्को साल पहिलो शंसोधन सन् १९५१ र दोस्रो शंसोधन १९५२ मा भएको छ। यसर्थ संविधान निश्कलङ्क बनाउन लचिलो, पारदर्शी र उद्धार दिलले लाग्नु पर्दछ।

अन्तमा,

देश हाम्रो हो, निर्माणाधिन संविधान हाम्रो हो। कानुनको नजरमा प्रत्येक ब्यक्ति हक, अधिकार, जिम्मेवारी र पहूँचमा समान हुनुपर्दछ। सबै धर्म, जाति, वर्ग र क्षेत्रको अस्तित्वलाई स्वीकार गर्दै कसैको पनि कहिंबाट असर नगरौं। हामी नेपाली सबै समान भएको महशुस गरौं र गराऔं। देशको यो मिर्मिरे बिहानीले आम नेपालीहरुको लागि सुख, समृद्धि, सद्भाव र प्रगति लिएर आउन सकोस् शुभ कामना। स्रोतहरुः

१. नेपाल अन्तरिम संविधान २०६३

२. जातिय भेदभाव विरुद्ध राष्ट्रिय मंचद्धारा निर्मित नमुना संविधान २०६५

३. एकिकृत माओवादीको संविधान खाका २०६५

४. किरात राई यायोख्खा केन्द्रिय कार्य समितिद्धारा प्रस्तुत सुझाव

५. सघिय लोकतान्त्रिक राष्ट्रिय मंचद्धारा पेश गरेको संविधानको मुख्य धाराहरु

६. नेपाल अधिराज्यको संविधान २०४७

७. Constitution of India: http://india.gov.in/default.php

८. यस्तो हुनुपर्छ राज्यको संरचना, लेखक भवानी वराल

biswasdip@ymail.com

१ बैशाख २०६६ तदनुसार १८ अप्रिल २००९

बेलायत

Apr 23, 2009

म र मेरो कलम

टंक सम्वाहाम्फे
डेढ दशक अगाडी विदेशतिर हुर्इकिँदा यी हातहरुले कलम समातेर सिर्जना गर्न पाईएला भन्ने सयमा एक प्रतिशत पनि सोचेको थिईन । सोच्नु पनि कसरी ? परदेशमा पाईला टेकेपछि जे पर्ला सोही टर्ला भन्ने हेतुले हिडिएको हुन्छ । फेरि साहित्य सिर्जना जस्तो गहन कुरा वास्तवमा चानचुने विषय वस्तु अवश्य होइन । त्यसैले कहिले कही आकाशको फल आँखा तरी मर भन्ने उखान सो सरह होला कि जस्तो लाग्थ्यो साहित्य निर्माणका कुरा । किनभने साहित्य जन्माउनको लागि समय,परिस्थिति र त्यस्तै खाले महौलको आश्यकता पर्दछ । केहि कथम यी कुराहरु मिल्न गए पनि मानसिक रुपले तयार हुन सकिएन भने त्यो वालुवाको महल ठड्याउँनु वरावर नै हुन्छ । अर्को कुरा के भने परम्परा, संस्कार, रीतितिथि, भाषा, भेष-भुस्सा र दिनचार्याले पनि लेखनमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले तुरुन्तै कलम समाई हाल्न कठिन नै पर्दछ । आदि इत्यादि कुराहरुसँग घुलमेल हुनुमा नै समय त्यसै खर्चिनु पर्ने हुन्छ । यिनै वास्तविक कारणहरुले गर्दा साहित्य सिर्जनाको आशा गर्नु झन ल्हासाको सुन वरावरी ठहरीन्छ । सिर्जना गर्नको लागि हरेक कुराको चाँजो पाँजो मिल्नु जरुरी हुन्छ अनि मात्र परदेशमा लेख्नुको मेलोमेसो तयार हुदै जाने कुरा हो । यस्तो प्रकारको परिस्थिति व्यहोर्नु हुने लेखकहरुलाई ज्ञान भएकै हुनुपर्दछ लेख्न कति कठिन कार्य हो भनेर । हङकङमा पाईला टेकिन्जेल सम्ममा साहित्य र कलमसँगको मितेरी साइनो झण्डै दन्त्यकथामा परीणत हुन लागेको थियो । तर यहाँ त मैले सोचे भन्दा ठिक विपरीत साहित्यको सागरमा पौडिने थुप्रै कलमकर्मीहरुसँग साक्षातकार हुने मौका पो मिल्यो । सोही परिस्थितिले मेरो लेखन यात्रामा पुन उर्जा थपीएको आभास हुन थाल्यो । त्यसवेला मैले आफैलाई धन्य सम्झे किनकि वथान हराएको प्राणीले धेरै दिनपछि आफ्नो वथान भेटे झै हर्षे गदगद भए । यदि मैले यस प्रकारको माहौल नपाएको भए भर्भराउदो मेरो सिर्जनाको कलम उहिल्यै भाँची सक्थ्यो । तर त्यसो हुन पाएन हङकङको उर्वर साहित्यिक वातावरणले । यहाँ रहनु भएका साहित्यकार मित्रहरुको हातेमालो र पाठक अनि शुभचिन्तकहरुको हौसलाले देशवाट पलायन भएपनि लेखनवाट पलायन हुन सकिएन । वरु झन जोस भरिएर लेख्ने नयाँ इच्छा जागृत हुन थाल्यो । नेपाली भाषा साहित्य लेखन र वाङमयको सेवामा लागेको पनि थाहै नपाई दुइ दशक पो नाघेछ । अस्ति पुरानो डायरीको पानामा लेखिको मितिलाई नियाल्दा पो थाहा पाए । सम्झन्छु वि.सं.२०४३/४५साल महेन्द्र वहुमुखी क्याम्पस धरानमा अध्ययन गर्दा ताकाका क्षणहरु । धरान नगरीमा रहदा अत्यन्तै लगनशील भएर साहित्यको पारखी वनेको थिए किनकी त्यहाँ हुने साहित्यिक कार्यक्रमहरुमा प्राय मेरो सहभागिता हुन्थ्यो । त्यस वेला मेरो लेखनको रफ्तार निक्कै तेजिलो थियो । त्यहि रफ्तार अहिले सम्म निरन्तर भएको भए मेरो लेखनको स्तर हालको भन्दा फरक र उच्च हुन्थ्यो र कृतिहरु पनि अलि धेरै आउँने थिए होलान् । तर कारणवस् परदेशीनुले त्यसो हुन पाएन । साहित्य सिर्जनालाई थाँती राखेर परिश्रमको निलो महासागरमा हाम्फाल्न विवश हुनु पर्‍यो । कहिले कहि परदेशको कामले थाकेर सोच्थे वैशमा लेख्ने वैशालु कवि मात्र भइएछ जिन्दगीमा । त्यसो नसोचौ पनि कसरी कलमलाई विर्को हालेर परदेशमा समय विताउँन थालेपछि मनमा त्यसै उराठ उराठ लाग्थ्यो । तर पनि साहित्य लेख्ने जमर्को भने समय समय जागी रहन्थ्यो । नयाँ नयाँ सिर्जनाका विषयबस्तु मनमा स्वरुप लिएर आउथे तर पनि अक्षरहरुमा रुपान्तरण गर्न पाईन्नथ्यो । अरुको खटनमा काम गर्नु पर्ने भएकोले कपी कलम हातमा पर्ने कुरै भएन । त्यसैले कहिले कहि लेखुँ लागेका राम्रा विषयबस्तुहरु त्यसै पोखिएर जान्थे । तर समय सधै एकै प्रकारको मात्र नहुँदो रहेछ । समयले कोल्टे पनि फेर्दो रहेछ किनकी दक्षिण कोरियाको रोजगारीलाई छोडेर अचानक हङकङ आउँने मौका मिल्यो । हङकङमा पनि सुरुका दिनहरुमा त्यस्तै विषम परिस्थिती ब्यहोर्नु पर्ने त होलानी जस्तो लाग्थ्यो । तर मैले यहाँ सिर्जनशील मनहरु,कलमहरुसँग भेट्ने मौका पाए । त्यसवेला मेरो खुशीले सीमा नाघ्यो । सायद तिनै कारणहरुले होला मेरो लेखन यात्रामा नयाँ वषन्त छाउँन थाल्यो । मैले हङकङमा सानो नेपाल पाए र साहित्यको उर्वरभूमि पनि । त्यति मात्र नभएर सहकर्मी,पाठक,शुभचिन्तक सवै सवैलाई यहाँ पाए । त्यसैले त अक्षरहरु जोड्दै शब्दहरुमा जीवन जिउँन रहर लाग्न थालेको छ । परदेशमा पनि घरदेशको जस्तै आफ्नै नेपाली भाषा साहित्य र वाङमयको श्रीवृद्धिमा सेवा गर्न पाउँदा आफुलाई भाग्यशाली ठानेको छु । किनभने आफ्नै भाषाको महासागरमा निश्चिन्त पौडिन मौका यहाँ पाइरहेको छु । आजभोलि मलाई के लागिरहेछ भने साहित्य सिर्जना गर्नको लागि अनुकुल समय आफैले निर्माण गर्नुपर्दोरहेछ । किनकि साहित्य जोड्न कै लागि भनेर फुर्सदी समय यहाँ पनि कहाँ छ र ? तर जहा इच्छा त्यहाँ उपाय भने झैं यदि मनले चाहायो भने समय नमिल्ने कुरै भएन । अहिले आएका जे जति सिर्जनाहरु छन् ती सवै फुर्सदका उपज होइनन् । जीवन जिउँनुको लडाईमा वाचेखुचेका अति मूल्यवान समयहरु हुन् । त्यसो त परदेशमा बसेर साहित्य लेख्न थालिएको पहिले देखि नै हो । सायद परदेशी अग्रज लेखकहरुले पनि मेरै जस्तो हालत गुजारेका होलान् । मेरो महसुस र अनुभवमा त्यहि कुरा आउँछ । जस्तो सुकै परिस्थिति व्यहोर्नु परे पनि आज नेपाली साहित्यले हङकङ लगायत विश्वको कुना कुनामा आफ्नो पखेटा फिँजाउँने मौका पाएको छ । निश्चय नै यो हामी नेपाली भाषीहरुको लागि सुखद पक्ष हो । तर यति हुँदाहुँदै पनि परदेशमा जन्मे हुर्केर वढेका नयाँ नेपाली पीडीहरुमा नेपाली भाषाको लगाम कमजोरी हुदै गएको छ । जस्ले गर्दा भोलि गएर हाम्रा सन्ततीहरुमा नेपाली भाषाको प्रेम शुन्य भएर जान सक्छ । नयाँ पिडीकाहरुले नेपाली भाषा वोली हाले पनि अंग्रेजी मिश्रण गरेर वाल्ने गरेको पाइन्छ । हंगकंग लगायत विश्वभरि छरिएर रहनु हुने नेपाली अभिभावक वर्गले समयमा नै त्यतातिर ध्यान नमोडे भोलि देशप्रेम र देशप्रतिको दायित्व उनीहरुमा घटेर जान सक्छ । भाषा साहित्यलाई वचाउँन सोही भाषीहरु नै जागरुक र आन्दोलित हुनु अत्यान्तै जरुरी हुन्छ । अरु भाषीले प्रोत्साहन दिदैमा त्यो भाषा मौलिन सक्दैन । यिनै यथार्थतालाई मनन् गर्दै विगत १० वर्षयता नेपाली साहित्यको उत्थान गर्नको लागि नेपाली साहित्य प्रतिष्ठान हङकङ लगायत अन्य साहित्यिक संस्थाहरु हङकङमा स्थापना भएका छन् । तर भन्नै पर्ने कुरो के भने साहित्य लेखेर मात्र हुदैन उचित परिस्कार र त्यसको विकास गर्न ज्यादै आवश्यक हुन्छ । र समय समयमा साहित्यिक अन्तरक्रिया साथै गोष्ठिहरु पनि हुनु जरुरी छ । सम्झन्छु हङकङ आएर धेरै साहित्यिक क्रियाकलापमा सहभागी हुन पाउँदा धन्न कलमलाई वेल्चामा परिणत गरिनछु जस्तो लाग्छ । नत्र भने कहाँ यसरी शव्दहरुसँग खेलेर साहित्यको वगैचामा लुकमारी खेल्न पाइन्थ्यो र ? अव त जीवनको एउटा पाटो नै वनि सक्यो साहित्य पढ्नु र लेख्नु पनि । वाँच्नुको सार र साथर्कता साहित्य मै देख्छु आजभोलि । वरु यहाँ आएर मैले के कति र कस्तो रचनाहरु पाठकहरुको सामु पस्काए त्यो चाहिँ शुभचिन्तक तथा पाठकहरुलाई नै सोधानी गर्नु पर्ला । जे होस हङकङमा नेपाली साहित्यको प्रवाह ज्यादै उर्वर रुपले वढ्दै गएको पाएको छु ।