Nov 21, 2007

पहिलो 'नेपाली तारा' दीपक लिम्बू

चौविसे कान्छा
उनका बाबुआमाले २३ वर्षअघि छोराको नाम दीपक राख्दा सायदै सोचेका थिए, उनी एक दिन कलाकारिताको आकाशका चम्किला तारा हुनेछन् भन्ने । तर, भयो त्यस्तै । सुनसरीको प्रकाशपुर-८ का दीपक लिम्बू गत असोज १५ गते 'नेपाली तारा' घोषित भएपछि उनले छ-सात वर्ष बिताएको धरानमा

ठूलै जुलुस निस्कियो । एक साताअघिसम्म फुर्सदिला दीपक अहिले अति व्यस्त भएका छन्, उनको 'स्टारडम' का कारण । पहिलो 'नेपाली तारा' बन्दा उनको खुसीको सीमा रहेन । उनले सानैदेखि राम्रो गायक बन्ने सपना सँगालेका थिए । स्टुडियो फोर र सामसुङ् कम्पनीले आयोजना गरेको प्रतिभाको खोजीको 'अडिसन' -स्वर परीक्षाका अनेक चरण पार गर्दा उनले चाल पाए, "गाउनु मात्र सबै कुरा होइन रहेछ ।" 'नेपाली तारा' भएपछि उनलाई पुरस्कारको वषर्ा लागेको छ । उनको एकल एल्बम निस्कँदैछ, एक साताका लागि सिङ्गापुर भ्रमणमा जादैछन् र चाँडै नै तीनवटा म्युजिक भिडियोमा खेल्दैछन् । यति मात्र कहाँ हो र ! हिजोसम्म ट्याम्पो चढ्ने उनी अहिले बजाजको डिस्कभर मोटरसाइकल हुइँकाउँदैछन् । उनको पर्समा ५१ हजार रुपियाँको डेबिट कार्ड पनि परिसकेको छ । अबचाहिँ दीपककहाँ विवाहयोग्य किशोरीहरूको ताँती पो लाग्ने हो कि ?

नुमाफूङ चलचित्रकी लोजिना निवा हाङमा

चौविसे कान्छा
प्रताप सुब्बाको लिम्बू चलचित्र 'थःथामा' मा दोहोरो भूमिका गर्दा ६ वर्षकी थिइन् उनी । तीन वर्षपछि नवीन सुब्बा गान्तोक पुगेपछि निवा हाङमाको साइनो 'नुमाफुङ' सँग
गाँसियो- सरल र मायालाग्दी बच्चीका रूपमा । सिक्किमको राजधानी गान्तोकमा जन्मेकी उनीसँग त्यसअघि न गाउँको अनुभव न .पानी पँधेरोको । उनले भनिन्- 'यतिबेला पूर्वी नेपालको पहाड सम्झिरहेकी छु, जहाँ दिउँसो अभिनय र राति पुल्ठो बालेर विद्यालय परीक्षाको तयारी गरेकी थिएँ ।' तीन महिना विद्यालय छाडेर अभिनयका लागि ताप्लेजुङ, इलाम र धनकुटा आएकी थिइन् निवा । विद्यालयकी प्रथम छात्रा भएकीले पनि विश्वासमा उनलाई लामो छुट्टी मिलेको थियो । लिम्बू नारी वेदना, प्रेम र पीडा उधिनिएको चलचित्र 'थःथामा' पछि उनले 'नुमाफुङ' की फुच्चीबाट कस्तो प्रशंसा पाइन् भने धेरैले नेपाल गएर फिल्ममा काम गर्न सुझाए । यतिबेला कस्तो योजना बुन्दैछिन् त उनी ? 'अहिले म बदलिएकी छु,' गान्तोकको टासी नाम्ग्याल कलेज पढ्दै गरेकी निवाले भनिन्- 'नेपाली चलचित्र यहाँ मुस्किलले प्रवेश हुन्छ । त्यहीमाथि चलचित्र संस्कृति वकास हुन सकिरहेको छैन ।' हिन्दी चलचित्रसमेत हलमा गएर हेर्ने बानी नभएका बेला 'फिल्म करिअर' भन्दा अरू क्षेत्र रोज्नुपरेको उनले बताइन् । 'सबैले उनको अभिनय राम्रै छ भन्छन्,' 'थःथामा' मा अभिनयसमेत गरेका बुबा एमएस लिम्बूले छोरीबारे
भने- 'भविष्यबारे उनी स्वतन्त्र छिन् ।' डाक्टर बन्ने योजनासाथ चिकित्शा विज्ञान पढ्दै गरेकी निवा भन्छिन्- 'म चलचित्रलाई सस्तो मनोरञ्जनको साधन मात्रै ठान्दिनँ ।' कुरा सुन्दा उनको उमेर विर्सन सकिन्छ । भन्छिन्- 'गहन सामाजिक विषयको चलचित्र बने अभिनय गर्न सकिन्छ । तर अहिले होइन ।'

पोगीरो


टंक सम्वाहाङफे

पोगीरो आदाङबा से पोगीरो
नाम लावा सुसे पोगीरो

खाओत्तेबा यरिक पोक्से रो
कन् मिक ओ खादाम्मेङ वा
मेम्वाते युङमा मेवोइन्लो
कन् लाजे ओ आम्दोरेङ वा

याप्मीरेङ मिङलक आवोक्से रो
हे क्याङ से आमयेङ वा
निङवाईन थोदोक फोक्सुम्लो
लाङघेक्ना लाम आवोतेङ वा

Nov 18, 2007

सेवा रो


नगेन्द्र ईङनाम "आठराईली"

सेवा रो आदाङबा से सेवा रो
सेवा रो आदाङमा से सेवा रो
हेना नु हुक फाक्नु आसेवा रो
अनि आङ थाङ थाङ पोगि रो ।

आम्भु नु आन्ने आन्सा से
थिबोङ बा याक्थुङहा तङी रो
थिक निवा ने निवा चुप्सुम ल
याक्थुङलाजे न आल्ल कोतुम्लो

आन्छोन्बा पान निवा मुछुम्लो
ताँ दिः बा याम्बक हार् इतुम्लो
हाङयाप्मि सा थाङ थाङ मेगेरे
आनि आङ लाम्मिन् तेम्सुम्लो

नु नुबा याम्बक हा चोगुम्लो
फेन याम्बक आल्ल लेरुम्लो
तेन्धङ तेन्धङ नेन्धङ चोगि र
कुसङधो केप्माफाङ फाआसिरो

आन्छेङ ग लाम्मिन आङघोसेन
आल्ल काक् लाम्मिन हरे रो हो
याक्थुङ मिङतक्से थिक पोखिआङ
आनि लाजे न आभङे युक्तुम्लो

हे फूल चुँडेर लाने हो गीतका गायक कुमार सुब्बा

देवेन्द्र-गिरिश
आफैंमा छन्द कविजस्ता लाग्ने गायक कुमार सुब्बा अर्का कवि अगमसिंह गिरीलाई उद्धृत गर्दै सुनाइरहेका थिए । प्रसङ्ग थियो, नेपाल र नेपाली मायामोहको । ‘हत्तेरी हो
भाइ’, साना चिम्सा आँखा बिस्तारित गर्दै आठ वर्षछि दार्जिलिङबाट काठमाडौं उत्रेका कुमार सुब्बा भन्दै थिए, ‘म नेपालको ऋण भारले यत्ति थिचिएको छु कि म त्यो भार यो जुनीमा चुकाउन सक्दिन होला ।’ कुमारले भने, ‘रेडियो (नेपाल) ले मलाई उपयुक्त ठाउँ दियो, म कुमार सुब्बा भनेर चिनिन सकें ।‘साना काँटका दाजुभाइजस्ता लाग्ने कर्म योञ्जन र कुमार सुब्बा शनिबार (June 17, 2006) एकैसाथ पुल्चोकमा भेटिए । ‘अब हाम्रो जोडी नेपालयको पलेंटीमा बस्नेछ,’ हषिर्त स्वरमा भन्दै थिए कर्म, ‘यो पनि संयोग र अवसर दुवै हो । ‘यसअघि दार्जिलिङमा एकल गायन कार्यक्रम गरिसकेका
कुमारको नाम एकैसाथ कर्म योञ्जन र मनबहादुर मुखियासँग पनि जोडिने गरेको छ ।‘हो त नि, म ०२८ सालमा काठमाडौं आउँदा हाम्रो ‘अनि देउराली रुन्छ’ नाटकका गीतसंगीत चल्तीमा थिए । म त्यसबेला काठमाडौंको टोलटोलमा गाउँदै हिँडेको थिएँ,’ कुमारले पुराना दिन सम्झे । उमेरमा ५० बर्ष धेरैअघि नाघेर पनि काममा बुढ्यौली अनुभव गरिरहेका छैनन् कुमार । ‘पहिला कर्म-गोपालको जोडी थियो’, सँगै बसिरहेका कर्म योञ्जन भन्दै थिए, ‘अहिले कर्म-कुमारको जोडी बनेको छ ।मेरो स्वरमा झुपडी र दरवारको कथा सुनाइ हिड्छुँ लर्डाईं र पीरतीको व्यथा फूल रोए शित हुन्छ, मैले रोए गीत खुकुरीको खिया मात्र नेपालीको जीत रेडियो नेपालबाट हजारौं पटक बजेको एउटा गीतमा सेन्सर गरिएको यो माथिल्लो अन्तरा कहिल्यै सुनिएको थिएन । अविष्मरणीय गीत ‘सारंगीको तारले मेरो मनको गीत गाउँछ\’ ले सायद पहिलो पटक नेपाली भूमीमा यसपाली मात्र पूर्णता पायो । ‘मुनामदन ‘देखि ‘मालती मंगले’सम्मका गीति नाटक आफैंमा चर्चित भए । तर आजसम्म रङ्गमञ्च बाहिर पनि तिनका गीतले बेग्लै पहिचान बनाएको यो जस्तो इतिहास अरु कसैको छैन । सत्तरीको दशक ताका नाटक बोकेर दार्जिलिङबाट नेपाल आएका मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ का ‘सारंगी’ बाहेक पनि ‘ए फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि’ देखि ‘देउरालीका ठिटी हो नक्कल पार्नु पर्दैन’ सम्मका गीत सुनेर हामीकहाँ एउटा सिंगो पुस्ता हुर्किएको छ । कार्यक्रम तिनै पुराना दिनको सेरोफेरोलाइ फेरी उप्काउँदै अघि बढेको थियो ।यस्तैमा कुमारले ‘सारंगी’ गाइसकेपछि संसदबाट ओर्लिएर नेपालयको ‘आर शाला’ पुगेका रघुजी पन्तले औंलो ठड्याउँदै नियमापत्ति गरे । ‘यो गीतमा उतिबेला एउटा अन्तरा नै सेन्सर गरिएको थियो’ सांसद पन्त सोधिरहेका थिए,’अहिले किन त्यो
अन्तरा सुनाइएन ?’ सुब्बाले दोहोर्‍याएर यो अन्तरा थप्दै गीत सुनाएपछि हल लामो समयसम्म तालीले गुञ्जिएको थियो ।कोहि होलान् भन्ने लागेकै थिएन’ यथावत गाउने निर्णय भएको सुनाउँदै कुमारले भनेका थिए,’ यि कुराहरु छुट्दा गीतको भाव मरेको थियो ।’अन्त्यमा यहि गीत तेश्रो पटक पनि कुमारले गाइदिनु पर्‍यो । अनि त्यसैको आवेशमा वरिष्ठ पत्रकार कनकमणि दीक्षित कार्यक्रम सकिएपछि सांसद पन्तलाइ कुमार र कर्मका छेउमा लगेर फोटो खिंचाउँदै थिए ।’धेरै समय बाद मैले हुबहु गाउन पाएँ’ लजाएर मुस्काउँदा मुस्काउँदै बुढेसकालको छेउ तिर पुगेका कुमार आँखा चिम्सो पार्दै भनिरहेका थिए,’ अलग पारिएको अंश जोड्न लगाएकोमा धन्यवाद ।‘कार्यक्रममा ‘अनि देउराली रुन्छ’ बाहेकका पनि थुप्रै गीतहरु गाइएको थियो । तिनैमा ‘बनेको छ पहराले यो छाती मेरो’ का अघिल्ला गायक कुमारले गोपाल योञ्जनमैं समर्पित गर्दै त्यो गीत फेरी सुनाएका थिए । गीतको रचना गर्दाकै हरफमा कुमारले गाए- ‘म झुक्दै नझुक्ने पहाडको छोरो’ ‘गोपाल दाइले यो अन्तिम गीत मलाइ दिएर सधैंका निम्ति दार्जिलिङ छाड्नुभएको थियो’ कुमारले सम्झना गर्दै भने, ‘आज यो गीतले त्यो बेलाको स्थिती सम्झाउँछ ।’ कुमार त्यही गीत गाउन थाले-गुराँस तेरो लाली, अन्तै बाँडी दे हिमाल तेरो पानी, अन्तै फैलाइ दे म हिंडे , पर्वतको शिरलाइ कुल्चेर ‘कार्यक्रममा प्रत्येक अर्का गीतहरु नेपाली सांगीतिक इतिहासका डोबहरुलाइ पत्र पत्र गरेर उखेल्दै अघि बढिरहेको थियो । मनबहादुर मुखियाका अनुसार कुमार सुब्बा र कर्म योञ्जनले साथमा चार दशक भन्दा पनि लामो यात्रा गरेका छन् । यो जोडीका गीतहरु बाहेक मेची पूर्वदेखि आएका संगीतकार कर्मले आफ्नै स्वरमा पनि सुनाए- ‘पश्चिमी हावा ओसार्छ, घरको मिठो सम्चार उजेलो लाग्छ मलाइ घरको मेरै संसार’ गीतहरु बजिरहेका बेला अधिकांशमा समाजसेवी अनुराधा कोइरालाका ओंठहरु पनि संगसंगै गाइरहेका देखिन्थे भने कतिपयमा उनले थाम्नै नसकेर जुरुक्क उभिंदै ताली समेत बजाएकी थिइन् । ‘मेची वारी र पारीका शव्दहरुले बढी छुने गर्छ’ कोइरालाले भनिन्,’ हामीलाइ जोड्ने यि भावनाहरु सुन्नकै निम्ति आएकी हुँ ।
फलानो डटकमबाट साभार

Nov 17, 2007

चन्द्र मादेन

चन्द्र मादेन नेकपा माले हङकङ सम्पर्क मन्चका वर्तमान अध्यक्ष साथै ताप्लेजुङ्ग समाज सेवाका संस्थापक अध्यक्ष समेत रहनु भएको थियो । प्रखर वक्ता साथै कविता लेखनमा पनि अगाडी हुनुहुन्छ । हेरौ वहाको विचार के भन्नु हुन्छ ।

लिम्वुवान स्वायत्त राज्य प्रसंग नयां होईन पूनस्थापनाको सवाल हो



दिल पालुङवा लिम्वु
लिम्वुवानको सवाल उठ्दा धेरैलाई दुविधा भएको पाईन्छ । नेपालको अन्य जातिहरु भन्दा लिम्वु जातिले सशक्त आवाज उठाएको देख्दा धेरै मानिसहरु छक्क परेको पाईन्छ । यो स्वाभाविक पनि हो । किनकी लिम्वुवानको इतिहास धेरैलाई थाहा छैन । कमैलाई मात्र थाहा छ । यसै वारेमा यहा चर्चा गर्न सान्दर्भिक लागि चर्चा गर्न लागीएको छ ।
१)लिम्वुवान के हो ?
लिम्वुवान के हो ? भनेर वर्तमान पुस्ता अलमलिरहेको पाईन्छ । त्यस्तै लिम्वुवान वारेमा विभिन्न खाले तर्कहरु आईरहेको पाईन्छन् । त्यसैले यस वारेमा वुझ्न सवैलाई नितान्त आवश्यक छ । र्सवप्रथम लिम्वुवान भनेको इतिहासमा अस्तित्वमा रहेको एउटा देश थियो । यो देश दश लिम्वुवान सत्र थुमको आधारमा सञ्चालित थियो । दश लिम्वुवान भनेको अहिलेको संघीय प्रणाली हो । दशमा उपसंघ वनाएर सात थपी सत्रथुम वनाईको थियो । यसको केन्द्र शुरुमा पानथर हालको फिदीममा थियो । लिम्वुवानको स्थानमा छैटौं शदाव्दीमा भएपछि वेलावेलामा उवाहाङ, मावोहाङ, सिरीजंगाहाङहरुले नवौं दशौं शताव्दीमा एक छत्र लिम्वुवानको शासन गरेको देखिन्छ । त्यस्तै पन्ध्रौं शताव्दीदेखि मोरङ राज्यका शक्तिशाली राजाहरुले पून सम्पर्ूण्ा लिम्वुवानलाई थुमीय आधारमा एकछत्र शासन गरेको देखिन्छ । त्यसवेलाको राजा साङलाईन थिए । मोरङ राज्य विस्तारै विजयपुर राज्यमा परिणत भयो । त्यसको राजा विजयनारायण साङलाईन लिम्वु थिए । उनले हिन्दू मत ग्रहण गरेकोले विजयनारायण र्राई भए । र्राई भनेको तत्कालिन समयको राजाको समानार्थी शव्द थियो । उनी पछि लिम्वुहरुले सेन्वोङसा सेन भनिनेहरुमा लोहाङसेन विजयपुरका राजा भए । त्यस्तै विद्याचन्द्र लिम्वु पनि राजा भए । त्यस्तै पून सेनवंशी भए । यसरी हुदैं जादा वि.सं १८२५ तिर वुद्धिकर्ण खेवाहाङ लिम्वु विजयपुरका राजा भए । विजयपुरका सवै राजाको समयमा संघीय लिम्वुवान राज्यहरुले विजयपुरलाई केन्द्र सरकार मान्थे । पन्धौं शताव्दीदेखि करिव करिव केन्द्रीय सरकारको रुप विजयपुरले लिदैं थियो । वि.सं १८३१ तिर विजयपुरमा वुद्धिकर्ण राजा थिए । उनी विजयपुरका अन्तिम राजा थिए । एकथरी इतिहासकारहरुको भनाई अनुसार अन्तिम समयसम्म अथिङहाङ विजयपुरको राजा थिए । उनलाई प्राचिन पूर्खा मावोहाङको सन्तति भएकोले उक्त राजगद्धि खाली भएको वेला लिम्वुवानको सवैथुमहरुले चुम्लुङ गरी राजा वनाएर राखेको भन्ने भनाई छ । जे होस् यी दुवै लिम्वु वंशका थिए । वि.सं १८३० तिर गोर्खाको लिम्वुवानमा १७ औं पटक भिषण आक्रमण भयो । तर लिम्वुवानले त्यो विफल वनाईदियो । मल्लयुद्ध या खुकुरी युद्ध लड्न धमासदिने गोर्खा सेना तथा तिनीहरुको सेनापति रघु रानालाई लिम्वुवानको वीर योद्धा काङसोरे लिम्वुले काटिदिन सफल भएका थिए । त्यस्तै धेरै गोर्खाली सेनाहरुलाई एकै ठाउमा सोतर वनाईदिए । यस्तो अवस्था देखेर गोर्खाले लिम्वुवानसंग सम्झौता गर्यो । त्यो सम्झौता अनुसार लिम्वुवान गोर्खाको भाइको रुपमा रहने या स्वायत्त राज्यको रुपमा रहने भयो । त्यहांको शासन लिम्वहरुलेनै चलाउने कुरामा सहमति भयो । हामी दाजुभाई एकै ठाउ वसौं फिरन्ते अंग्रेजले हामीलाई टुक्य्राउनेछ भने । तव लिम्वुवानको प्रतिनिधीहरु सुन राई, कुम राई, श्रीजंग राई थिए-ले सम्झौतामा हस्ताक्षर गरे । कसैलाई दुविधा नपरो कि यी राई सम्वोधितहरु लिम्वु थिए । त्यो समयमा विजयपुर राज्यको तराईमा अन्य जातिको राज्यको अस्तित्व देखिएको छैन । अहिले चर्चामा आएको कोचिला र थारुहट राज्यको नामोनिशाना देखिदैन । त्यसैले वर्तमान समयमा थारुहट र कोचिला प्रदेशको प्रसंग ल्याईनु उचित देखिदैन ।
२) लिम्वुवानको सिमाना कति हो ?
लिम्वुवानको सिमानालाई दुइ भागमा विभाजन गर्नुपर्ने हुन्छ । १) नेपाल भित्र- नेपाल भित्र लिम्वुवानको सिमाना पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/संखुवाखोला अरुण हुदै सप्तकोशी, उत्तरमा हिमालय तिव्वत र दक्षिणमा विहार भारत पर्दछ । २) नेपाल वाहिर- पूर्वमा टिस्टा नदी-पश्चिम सिक्किम, दार्जीलिङ, कालिङपोङ सहित) र दक्षिणमा भारतको पूणिर्मा हाजिपुर जलालगढसम्म । उत्तर र पश्चिम सिमाना माथि उल्लेख भए वमोजिम रहेको पाईन्छ । यसको आधारमा ग्रेटर लिम्वुवानको अवधारणा ल्याउन सकिन्छ ।
३) लिम्वुवान स्वायत्त राज्यको उठान कतिको ठिक हो ?
माथि नै भनिसकिएको छ कि लिम्वुवान वि.सं १८३१ अगाडि स्वतन्त्र राज्य थियो र यो वि.सं. १८३१ व्ााट गोर्खा नेपालमा सह-राज्यको रुपमा रहन पुग्यो । यो क्रम वि.सं २०२१ सालसम्म रह्यो । वि.सं. २०२१ मा महेन्द्रवाट कथित भूमिसुधारको नाममा लिम्वुवानको किपट खारेजीको कुरा गरे । यसको लिम्वुहरुले घोर विरोध गरेका थिए । विरोध गर्ने कतिलाई जेलनेल लगियो । यद्दपी लिम्वुवानको आवाज निरन्तर रहिरहयो । किनकी किपट खारेजीको हवाला दिएतापनि वि.सं.१८३१ को लालमोहर खारेजी भएको थिएन । किनकी सम्झौता भनेको एकतर्फी होईन दुइ तर्फी हुनुपर्छ । त्यो काम भएको छैन । तर्सथ लिम्वुवान कानुन वमोजिम रहिरहेको छ । यसलाई सक्रीय वनाएर लैजान सकिन्छ । तर्सथ लिम्वुवान स्वायत्त राज्यको उठान युक्तिसंगत छ । त्यतिमात्र होईन यदि केन्द्रीय अर्थात नेपाल सरकारले लिम्वुवानले त्यो कुरा उठाउन पाउदैन भन्छ भने कानुनसम्मत लिम्वुवान स्वतन्त्र राष्ट्र हुन सक्छ ।
४) लिम्वुवान राज्य नभए लिम्वुवानको आन्दोलन रोकिएला ?
लिम्वुवान राज्य पूनस्थापना नभए लिम्वुवानको आन्दोलन कहिल्यै रोकिदैन । माथिनै व्याख्खा गरिसकिएको छ कि कानुनी प्रावधान अझै जिउदो छ । यसैको भरयाङमा चढेर सदार्सवदा लिम्वुवानको प्रसंग उठीरहनेछ । केन्द्रीय सरकारले दवाउन प्रयत्न गर्ला तर भोलि लिम्वुवानमा आन्दोलनको ज्वारभाटा चल्नेछ । अति भएमा श्रीलंकाको तामिलहरुको जस्तो स्थिती नआउला भन्न सकिदैन । यहा" एउटा विचारणीय कुरा केछ भने लिम्वुवान स्वायत्त होला । तर माओवादीहरुले भनेझैं सिमित पहाडि क्षेत्र मात्रै । यो सवालमा पनि लिम्वुवानले चुप लागेर वस्न सक्दैन । किनकी यो सिमीत पहाडि भाग मात्र लिम्वुवान नभएर माथि सिमानामा उल्लेखित भूमिहरु लिम्वुवान हो । त्यो वाहेकको क्षेत्र हो भने लिम्वुवान आमाको शिर काटिएको मानिनेछ साथै खुट्टा काटिएको मानिनेछ । तर्सथ सवैले भन्न सक्ने कुरा हो, मूल्याङकन गर्ने कुरा आफ्नो आमाको शरिर काटेर सन्तोष कसले मानुन् । यसर्थ लिम्वुवानको सवालमा आवाज उठाउने सवै राजनिती पार्टीहरुले ध्यान दिन जरुरी छ कि लिम्वुवानको वास्तकिता वुझेर मात्र कार्य गरिनु पर्दछ । साथै लिम्वुवान स्वायत्त पुनप्राप्तिको लागि देश विदेशमा रहने सम्पूर्ण लिम्वु तथा लिम्वुवानवासीहरु एकजुट भएर लाग्नु नितान्त आवश्य छ ।
। सेवारो ।।
-लेखक लिम्वुवान राष्ट्रिय मोर्चाको अध्यक्ष हुनुहुन्छ