दिल पालुङवा लिम्वु “नेपाल कुश्शा”
२५फेव्रुअरी २०१२ मा हङकङमा पहिलो पटक याक्थुङ भाषामामात्र सञ्चालित तथा प्रस्तुती भएको कार्यक्रम याक्थुङ साम्लो प्रथम सम्पन्न भएको थियो । यो कार्यक्रम वास्तवमा हतारहतार रुपमा भएको थियो । विषेश गरेर नेपालवाट भिजिटको लागि जनवरी अन्तिमतिर याक्थुङ गायक धनवीर सांवा आउनुभएको थियो । उहा आएको अवसरमा यो कार्यक्रम गरिएको थियो । उहा आउनुनै कार्यक्रम वन्नु होईन । पहिले देखिनै साईवरपोर्ट टनलमा काम गर्ने हङकङका याक्थुङ कलाकार टिका माखिमले मलाई वारम्वार हङकङमा याक्थुङमय कार्यक्रम गरौं । तपाईहरुको संस्थाले गर्नुहोस । तपाईहरुको संस्थाले गराउनुहोस, चुम्लुङको कार्यक्रम पनि कहिल्यै याक्थुङमय भएन भन्नुहुन्थ्यो । यसपालीको चुम्लुङको स्वर्णिमसांझ २ पनि सोचेजस्तो भएन ।
टनलभित्र कामदार ओसारपसार गर्ने म्यानकार हुन्छ । त्यसमा आईरहेको वेला कमानधोज लावतीलाई कार्यक्रममा आईदिन भने । छेउमै वसेको टिकाजीले हाक्पारेमा साथ दिदा पनि भयोनी कमानधोजले भन्नुभयो । मलाई आश्चर्य लाग्यो र सोधे, होईन † तपाईलाई पनि हाक्पारे आउछ । टिकाले थपिहाले यो दुलो (टनल)भरी उहाको हाक्पारे र पालाम गुन्जिरहन्छ भन्नुभयो । टनल गुन्जाउने र नाच्न सिकिरहने टिका माखिमको वानी त थाहा थियो । अन्यथा नहोला – उहाको उपनाम त गीताङगेनै भन्छन् टनलमा । तर कमानधोजवारे संगसंगै काम नपरेर थाहा थिएन । हाक्पारे पालाममा अर्जुन पाहिमले तेह्रथुमको कार्यक्रम २६ तारिक भएकोमा नभ्याउने जानकारी गराएकोमा हामीलाई हाक्पारे पालाममा असलीको जोडी नभएकोमा चिन्ता थियो । सोही समस्यालाई विचार गरी कमानधोजलाई हाक्पारे पालाममा कलाकारको भुमिका निभाई दिन आग्रह गरे । उहा स्टेजमा कहिले पनि नगएकोले पहिले हिच्किचाउनु भयो । तर उहालाई टिकाजी र मैले ढाडस दिदै तपाइ सक्नुहुन्छ नडराउनुहोस भनेपछि उहा तयारी हुनुभो । त्यसपछि कलाकारको लिस्टमा उहा पनि पर्नुभो । त्यस्तै स्टेज सानो भएकोले धाननाचको लागि धाननाचमा माहिर काजीमान मास्वा र धाननाचकी मोडल सावित्रा ईङनमालाई भन्यौ । असली, सावित्रा तथा कमानधोज, काजीमानको जोडी धान नाचमा तय गरियो । कलाकारहरु सवै सक्षम थिए । त्यसैले रिहर्सलको त्यती जरुरत परेन । नाचगानको लागि धेरै टिम नभएकोले असली वहिनीको छोरा आयुसलाई धनवीरजी र स्वयं असली वहिनीले कम्पोज गराएर धनवीरजीको र्याप स्टायलको गीतमा पर्फेट वनाए ।नेपालवाट आएका कलाकारहरुले केही वाहेक सवैले नेपाली गीतनै गाए । पहिलो स्वर्णिमसांझ सन् २००५ को जस्तो प्रभाव पार्न सकेन । ललित आङवोहाङ पनि भन्दैहुनुहुन्थ्यो पहिलो जस्तो भएन । त्यस्तै टिका माखिम भन्नुहुन्थ्यो चासोक तङनाममा पनि नेपाली हिन्दी गीतहरुको हावी हुन्छ । हामीले हङकङमा वर्षमा एक दिन पनि याक्थुङमय कार्यक्रम गर्न सकेनौं । चुम्लुङले गरेको जति त ताप्लेजुङ, पानथर तेह्रथुम समाजले गर्दैछ । मैले गमे, हो, चुम्लुङ जतिको त यी संस्थाहरुले गर्दैछन् । तर मानिसहरुको चाहना लिम्वुमय कार्यक्रममा माग गर्दै नेपाली हिन्दी गीतमा नाच्नेहरु पनि हुन्छन । के उनीहरुलाई विचार नगर्ने त ? प्रतिप्रश्न गर्दा माखिमले भने सवैलाई जानकारी गराउदै आजको एक दिन चाही लिम्वुमय कार्यक्रम गरिने भनेर सवैलाई जानकारी गराउने । त्यसरी जानकारी गराईसकेपछि आउनेहरु त्यही सोचमा आउछन् । हाम्रो कार्यक्रमा एकजना ग्रैह्र लिम्वु आएर हामीलाई नेपाली हिन्दी ईङलीश गीत चाहियो भने उसकै कुरा मानेर १०० मा ९९ जनालाई विर्सेर उक्त काम हुने गर्छ । मलाई माखिमको तर्क सही लाग्यो । ठिकै छ, नेपालका याक्थुङ कलाकार धनवीर सावा हङकङ भिजिटमा आउदैहुनुहुन्छ । उहासंग सल्लाह गरेर मान्नुभो भने प्रयोगको रुपमा भएपनि कार्यक्रम गरौं । यही कुरा फस्र्याईलो स्वभावका वरधोज ओख्रावुलाई पनि भनियो –उहा हाम्रै टनलमा लोगो कुदाउने गर्नुहुन्थ्यो । उहाले पनि गरौं न त भन्नुभो । स्वीकृती आयो । सवैवाट याक्थुङ साम्लोको संरक्षण सम्वद्र्धन र विकासमा यस्ता याकथुङमय कार्यक्रम गर्नैपर्छ भन्दै कार्यक्रम जसरी भएपनि गर्ने सल्लाह भयो । नभन्दै धनवीरजी जनवरी २०१२ अन्त्यतिर आउनुभयो । उहा लिरामोको उपाध्यक्ष पनि भएकोले उहाको आगमनमा वैठक वसियो । वैठकमा याक्थुङमय कार्यक्रमको प्रस्ताव प्रस्तुत गरिएपछि याक्थुङ साम्लो गर्ने निर्णय गरियो । कार्यक्रम लिरामो सांस्कृतिक विभाग र याक्थुङ साक्थिमिवा सयङलाई गर्न जिम्मेवार दिईयो । यसको संयोजक डि.वी पालुङवालाई राखियो । लिरामोमा आवद्ध नभएका याक्थुङ कलाकारहरुको समुह याक्थुङ साक्थिमिवा सयङमा रहेका थिए । कार्यक्रममा उठेको रकम जेजती भएपनि नेपालवाट आएका कलाकार धनवीरजीलाई दिने निर्णय गरियो । घाटा भएमा लिरामोले जिम्मेवारी लिने निर्णय गरी अघि वढीएको थियो । जनवरी १८ तारिकमा गर्ने निर्णय वमोजिम याक एण्ड यतिमा गर्ने निर्णय गरिएतापनि हल नपाएर २५ तारिक गर्ने निर्णय गर्दै हल खोजियो । ईण्डिया क्लव, पाकिस्तानी क्लव पनि पाईएन । अन्त्यमा भर्खरै खोलिएको दोहोरी सांझ भनेर युनिभर्सल साईवर वाहिर टांसिएको पोस्टरको याद आएर त्यही पोस्टर पून गई हेरेर त्यहाको फोन हेरी सम्पर्क गर्दा नाथान रोडको पल्लो पट्टि रहेछ । यसो गएर हेरेको १०० जना जति अट्न सक्ने पाईएकोले त्यही कार्यक्रम गर्ने निर्णय गरियो । टिकट पोस्टर केही तयारी थिएन । किनकी हल पनि नपाईएको र धनवीर जीको भिषा पनि थप्नुपर्ने थियो । ईमिग्रेशनले भिषा दिदैनकी भन्ने आशंका उतिकै थियो । किनकी अहिले भिषा त्यती दिईरहेको छैन । अनी भिषाको प्रवन्ध मिलाएपछिमात्र टिकट पोस्टर वनाई अघि वढियो । यसको लागि चुम्लुङ अध्यक्ष कृष्ण लावतीले सहयोग गर्नुभयो । करिव २ हप्ताको समयमा साथीभाई सवैलाई सम्पर्क गरी हातहातमा टिकट पुरयाई कसैलाई त्यही आउने निमन्त्रणा गरियो । टिकट विक्री तथा सम्पर्कमा असली वनेम र स्वयं धनवीरजीले व्यापक पहल गर्नुभएको थियो । सम्पर्क गर्न सकेको जति सवैले राम्रो रेस्पोन्स गरेका थिए । १८ तारिकमा कार्यक्रम गर्ने निर्णयमा स्थानीय कलाकारहरुमा राजु आङदेम्वे, साक्थिम योङया(भूपेन), असली वनेम, टिका माखिम तय गरिएका थिए । उद्घोषणमा वरधोज ओख्रावु र गीता पालुङवालाई जिम्मेवारी दिईएको थियो ।
यसरी तयारी गरेपछि कार्यक्रम उद्घाटन याक्थुङ वरिष्ठ गायक भगत सुव्वा र अर्का नेपाली संगीतकार दिनेस सुव्वाको वाहुलीवाट गरेर ऐतिहासिक वनाउने सोच रह्यो । तर समयभावको कारण भगत सुव्वा उपस्थित हुननसक्ने जानकारी आयो । कार्यक्रममा चुम्लुङ अध्यक्षलाई प्रमुख अथिती वनाइएको थियो । त्यस्तै अन्य अथितीहरुमा दिनेस सुव्वा, लिरामोको अध्यक्ष दिल पालुङवा, महासचिव अविचन्द्र ईङनाम थिए । कार्यक्रम उद्घाटनमा प्रमुख अतिथीको लिम्वुवान सम्वन्धीत आफ्नै कार्यक्रम र दिनेस सुव्वाको पनि अर्को कार्यक्रममा जानुपर्ने हुदां केही ढिलो भएकोले लिरामो अध्यक्ष दिल पालुङवा लिम्वुले व्यानर उद्घाटन र अविचन्द्र ईङनाम र जनजाति पत्रकार महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले दियो प्रज्वलन गरेर उद्घाटन गरेका थिए । साथै स्वागत मन्तव्य अविचन्द्र ईङनामले गरेका थिए ।
सांस्कृतिक कार्यक्रमलाई गीता पालुङवा “ईक्शा” र वरधोज (यात्रा)ले वेजोड ढंगले लिम्वु भाषामा सञ्चालन गरेका थिए । उनीहरुको ख्याली गर्दै गर्ने प्रस्तुतीले कार्यक्रमलाई व्यापक रौनकता प्रदान गरेको थियो ।
कार्यक्रमको शुरुवात यालाङवाट भएको थियो । यालाङको प्रस्तुती अति विशिष्टको रहयो । यसका कलाकारहरु असली वनेम, सावित्रा ईङनाम र काजीमान मास्वा , कमानधोज लावती थिए । टिका माखिम, राज कुमार आङदेम्वे, साक्थिम योङया (भूपेन) ले लिम्वुभाषाको गीत प्रस्तुत जमेरै गरेका थिए । एक मात्र नृत्य आयुश लिम्वुले आकर्षण ढंगमा प्रस्तुत गरेका थिए ।
कार्यक्रमको वीचमा हाक्पारे प्रस्तुत गरिएको थियो । हाक्पारेलाई याक्थुङ लाजेकोझैं जिवन्त वनाउन राडी विछ्याउने काम, तोङवा र अचार राख्ने काम प्रस्तुतीको समयमा गरिएको थियो । यसमा असली वनेम, नाम्लिङ ओख्रावु, रुवी लिम्वु र कमानधोज लावती, टिका माखिम थिए । हाक्पारेको प्रस्तुती साह्रै वेजोड रहेको थियो । कमानधोज र असलीको स्वरहरुले हललाई गुञ्जायमन वनाएको थियो । सवैवाट ओरिलोको आवाज आएकोले वातावरण रोमाञ्चक भएको थियो ।
धनवीर सावांले आधा दर्जन जती गीत गाएर सवैलाई मन्त्रमुग्ध वनाएका थिए । कतिपय नाच्न मिल्ने गीतहरुमा दर्शकहरु रमाउदै नाचेका पनि थिए । उनी आधुनिक याक्थुङ गीतका हस्ती रहेछन् । उनले याक्थुङ भाषामा पप, र्यापहरुको पनि प्रवेश गराएका रहेछन् । अव यस्ता गीतहरुमा नाच्न तथा रमाउन चाहनेहरुलाई लिम्वुगीतले पनि परिपूर्ती गर्ने कुरालाई नकार्न मिल्दैन । असली वनेम र धनवीर सावाले युगल गीत गाएर पनि दर्शकलाई नचाएका थिए । डिजेको भूमिका सुरेस पालुङवाले गरेका थिए । पर्फेट डिजे भएकोले साउण्ड सिस्टम सम्वन्धी समस्या देखा नपरेकोले सुनमा सुगन्ध भएजस्तो भयो ।
हल दर्शकहरुले खचाखच भरिएको थियो । अधिकांशले लिम्वु पहिरन दौरा सुरुवाल टोपी गाम्चा लगाएका थिए । महिलाहरुले गुन्यु चोली, शिरवन्दी लगायत गरगहना लगाएका थिए ।
कार्यक्रमको अन्त्यमा लिरामोको तर्फवाट सवै कलाकारहरु तथा डिजेलाई आआफ्नो प्रस्तुती विद्याको आधारमा प्रशंसापत्र प्रदान गरिएको थियो । प्रशंसा पत्र लिरामो अध्यक्ष दिल पालुङवा लिम्वु, महासचिव अविचन्द्र ईङनाम, जनजाती पत्रकार महासंघ अध्यक्ष भुपेन्द्र चेम्जोङको वाहुलीवाट प्रदान गरिएको थियो । उद्घाटन कार्यक्रम र प्रशंसा पत्र वितरण कार्यक्रम लिरामो केन्द्रीय कमीटी सदस्य र सोही कार्यक्रमको संयोजक डि.वी पालुङवाले गरेका थिए । उनको प्रस्तुती पनि सानदार रुपमा रहेको थियो ।
उपस्थित मध्येवाट कार्यक्रमको समिक्षा गर्दै माओवादी हङकङ कमीटी सचिव तथा न्यू होराईजनका कन्सल्टयाण्ट अधिवक्ता जे.वी. ओख्रावुले कार्यक्रम अति राम्रो, शतप्रतिशत सफल वताए । हङकङ एमालेका अध्यक्ष्ँ ओमराज सम्वाहाम्फेले पनि यो कार्यक्रमको खुलेरै प्रशंसा गरे । लिम्वुवान व्लकका टंक सम्वाहाम्फेले कार्यक्रम सटिक र सान्दर्भिक भएको विचार व्यक्त गरे । कार्यक्रम सोचेभन्दा राम्रो र नाम अनुसारकै याक्थुङमय भएको टिप्पणी गरे । जनजाती पत्रकार महासंघ अध्यक्ष भुपेृन्द्र चेम्जोङले कार्यक्रममा कुनै खोट नरहेको वताए । शुरुवातदेखि अन्त्यसम्म सवै राम्रो रहेको वताए । भयवादका प्रवर्तक देश सुव्वाले फोन गरेर वधाई दिदैं यो कार्यक्रमले लिम्वुवानको पहिचान र आन्दोलनलाई प्रभाव पार्ने वताए । यस्ता कार्यक्रमहरुलेनै याक्थुङवा हुनुको गर्व र आदिवासी भूमिपुत्रको पहिचान राख्दछ । कलाकार धनवीर सावाले शुरुमा हङकङ जस्तो ठाउमा कार्यक्रम सफल नहोला भन्ने लागेको थियो । तर ऐतिहासिक रुपमा सफल भएकोमा अति खुसी भएको कुरा व्यक्त गरे । अव नेपालमा पनि याक्थुङमय कार्यक्रम गर्ने आंट आएको वताए । अधिकांश सहभागीहरुले हाक्पारेको वेजोड प्रस्तुतीको खुलेरै प्रशंसा गरे । हाक्पारे विद्यामा असली वनेम र कामानधोजलाई लिरामोले सम्मान गरेकोमा वधाईको ओईरो पनि लाग्यो । टिका माखिम पनि आफ्नो चाहाना वमोजिमको कार्यक्रम याक्थुङमय रुपमा सफल भएकोमा प्रफुल्लित भए । उनले ढाडस दिदै याक्थुङमय कार्यक्रम गर्न सकिदोरहेछ भनेर आगामी दिनमा ठुलै हलमा गर्ने विचार व्यक्त गरे । सवै कलाकार तथा उद्घोषकहरुले पनि कार्यक्रम सन्तोषजनक रुपमा सम्पन्न भएको विचार व्यक्त गरे । आगामी दिनहरुमा सवै भएर कार्यक्रम गर्नुपर्ने ईच्छा व्यक्त गरे ।
यसरी कार्यक्रम हतार हतारमा गरिएको थियो । दर्शकहरु खचाखच भरिएको तथा प्रस्तुतीमा वेजोडपन आएकोले सवैवाट प्रशंसा पाईएको थियो । कसैले पनि कार्यक्रमको नेगेटिभ कुरा गरेको पाईएन । जे जसरी कार्यक्रम गरियो सही र सान्दर्भिक भएकोमा लिरामो पनि दंग परेको छ । हङकङमा एउटा ऐतिहासिक कार्यक्रम गर्न पाईएकोमा खुसी ल्ाँग्नु पनि सान्दर्भिकनै हो । सरोकारवालाहरुले यस्तै कार्यक्रमहरु दिदै गएमा याक्थुङ भाषा संस्कार संस्कृतिको विकास अवश्य हुने कुरालाई नकार्न मिल्दैन । सेवारो ।
No comments:
Post a Comment