छविसुब्बा सङ्बाङ्फे, लिलिमहाङ
संविधानसभाको म्याद जति सकिंदै जान्छ त्यति चित्रबहादुर के. सी.का हर्कतहरू बढ्दै जान्छ । उनका प्राय: सबै हर्कतका परिक्षणहरू अरुठाउँ नभएर लिम्बुवानमै हुने गर्दछ जहाँ उनको संगठन र कार्यकर्ताहरू छैनन् । उनको राजनीतिक प्रीष्ठभूमि पनि पूर्वमा होईन भोलिको भविष्य पनि यता होईन तर किन उपद्रोचाहि लिम्बुवानको प्रीष्ठभूमिमै गर्नुपर्ने? जतिबेला चित्रबहादुरले उपद्रो मच्चाउदै जान्छ त्यतिबेला संघीयता बिरोधी हिन्दुवादी कम्युनिष्ट मोदनाथ प्रस्रित संघीयताले देश विखण्डन हुन्छ भनि लेख छाप्ने गर्दछन । कांग्रेस र एमाले धार्मिक, सांस्क्रितिक र चारित्रिकरुपले संघीयता बिरोधी पार्टी भएता पनि अहिलेको राजनीतिक माहौल ऊनीहरूले भनेजस्तो नभएकोले ठूलो साहसकासाथ धैर्यधारण गरेर संघीयताको पक्षमा ओंठेभक्ति देखाइरहेका छन् । यी पार्टीका ठूला बाहुन नेताहरू संघीयताको पक्षमा किञ्चित नभएता पनि त्यहाँ भएका आदिवासी, जनजाति, मूलवासी, दलित र मधेसी मूलका नेता तथा कार्यकर्ताहरू संघीताको पक्षमा भएकाले गर्दा ती संघीयता चाहनेहरूलाई अडाइराख्न अहिलेनै संघीयताको बिरुद्दमा गैहाल्नु उचित समय नभएकोले धेरै मुस्किलले जवर्जस्त आत्मकुण्ठित भएर बसिरहेका छन् । कुनैबेला अनुकुल समय आएको खण्डमा सायद यी दुई परम्परागतरुपमा प्रतिगमनकारी चरित्र बोकेका पार्टीहरू संघीयता र गणतन्त्रको बिरुद्दमा एकैसाथ खुलेरै आउनेछन । संघीयता बिरोधी महौल निर्माण गर्नका लागि तत्काल उनीहरुलाई ज्यालादारी खेतलाको आवश्यक परिरहेको छ, त्यसको लागि उपयोगी पार्टी र मानिस जरुरी भएको हुनाले त्यसको आपूर्ति राष्ट्रिय जनमोर्चा र ज्यूछाडा गतिछाडा भाइमारा चित्रबहादुर के. सी.बाट गरिरहेका छन् । चित्रबहादुरको पार्स्वभूमि लिम्बुवान होईन प्यूठान हो तर किन उनको ध्यान "लिम्बुवान" छ? यसको तात्पर्य सोझै अनुमान गर्न सकिन्छ की उनी जडसुत्रवादी मान्यताको राजनीतिबाट माथिउठ्न नसकेको हुनाले अब उनको कार्यसैली ठूला प्रतिगमनकारी एकात्मकवादी पार्टीहरूको ज्यालामा कामगर्दै आफ्नो राजनीतिक जीवननिर्वाह गर्ने विवसतामा जेलिनु पुगेका छन् । संघीयताको राजनैतिक प्रणालीबाट आफ्नो पहिचानसहितको अधिकार स्रीजना गर्न आन्दोलनरत लिम्बुवानका विभिन्न राजनैतिक संगठन जनताहरू आन्दोलित भैरहेको क्षेत्रमा बाहुनहरूले नै उनलाई संघीयता विरोधी शंख फुक्न लगाइरहेका छन् भन्ने कुरा सोझै अनुमान लगाउन सकिन्छ । यस्तैगरी कांग्रेसका वरिष्ठ नेता क्षेत्रीको बच्चो शेरबहादुर देउवा पनि संघीयता विरोधी शंख बजाउन थाल्दै छन् । अब यी हिन्दुअतिवादी बाहुनहरू बिस्तारै क्रमश: राजतन्त्रको धून पनि बजाउन थाल्ने छन् । नेपालको अब हुँदैजाने बिकसित राजनीतिक परिवेशमा यस्ताखालका द्रीष्यहरू देखापर्दै जानेछन । संक्रमणकालीन नेपाली राजनीतिक दुनियामा सानादेखि ठूला नेताहरूलाई संघीयताको विरुद्द ज्यालादारीमा कामगर्ने प्रशस्त अफर आउनेछ । एकात्मकवादी, प्रतिगमनकारी, पुनरउत्थानवादी, हिन्दुअतिवादी बाहुनवादीहरूले संघीयता विरुद्द उपद्रो मच्चाउने काम गर्नका लागि मोटो र आकर्षक ज्यला दिएर सकेसम्म संघीय पक्षधर पार्टी र त्यसका नेता कार्यकर्ताहरूलाई अफर गर्नेछन । यो मामिलामा लिम्बुवान त झन अमेरीका/यूरोप जतिकै आकर्षक रोजगारीको औध्योगिक क्षेत्र बन्नसक्ने छ । त्यसबेला लिम्बुवान स्वायत्तता स्थापनाका लागि आन्दोलनरत कतिपय राजनैतिक संगठन र त्यसका नेता कार्यकर्ताहरू पनि प्रतिगमनकारीहरूको ज्याला लिएर संघीयता र लिम्बुवान स्वायत्तता तुहाउने खेलमा लाग्ने श्रव्य द्रीष्यहरू प्रशस्तै देख्न पाइने छ । अहिलेसम्म त प्यूठाने चित्रबहादुर डढेलधुरे शेरबहादुरमात्र संघीयता विरोधी कर्ताकोरुपमा देखिंदै छन भने त्यसबेला हामीले नै चिनेजानेका, हाम्रै छिमेकी र दाजुभाई चित्रबहदुर र शेरबहादुरहरू प्रशस्त पैदा हुनेछन त्यसबेलाको गम्भीर र जटील परिस्थितिलाइ मध्यनजरगर्दै सम्पूर्ण लिम्बुवान स्वायत्तता पक्षधर राजनीतिक पार्टी/संगठनहरू र लिम्बुवान चाहने लिम्बुवानवासी जनताहरू एकजुटभई आन्तरिक तथा बाह्य प्रतिगमनकारी लिम्बुवान विरोधी तत्वहरूलाई परास्त गर्नसक्ने शक्ति निर्माण गर्नु पर्दछ । यो परिप्रेक्षमा लिम्बुवानको राजनीतिक गन्तव्य पहिचानगरि लिम्बुवानी एकतालाई प्राण बनाउनसक्ने दुरदर्शी र इमान्दार नेताको ठूलो परिक्षणको घडी आएकोछ जसले सबै प्रकारका चित्रबहादुरका रुपहरूलाई समाप्त गर्न सकोस । जय लिम्बुवान !
(लेखक संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका प्रवक्ता हुन)
No comments:
Post a Comment