Dec 20, 2010

कियाचु हङकङ र सन्दर्भ बलिहाङ तङ्नाम

डी.बी.पालुङ्वा
कियाचु हङकङ र सन्दर्भ बलिहाङ तङ्नामहङकङको ब्यस्तताले यो लेख ढिलै मात्र तयार भए पनि सन्दर्भ बलिहाङ तङ्नाम येले तङबे ५०७० तदनुसार बि स २०६७ अथवा नेपालीहरुको महान चाड शुभदिपावलीको शुभउपलक्षमा लारीङ्गेक नाम्लीङ्गेक अथवा देउसी भैलो कार्यक्रम कियाचु हङकङले तर्जुमा गरेको आफ्नो भाषा लिपी धर्म संस्कार संस्कृतीको संरक्षण ,सबर्द्धन र, बिकाश गर्दै लैजानमा अथक प्रायसको म छाती खोलेर हृदय देखि नै हार्दिक प्रसंसा गर्न चाहान्छु । भलै बिभिन्न खाले कमि कमजोरी कार्य समिती भित्र होलान् , त्यस्को निराकरण र आजको समय सापेक्ष अघि बढ्दै आफ्नो गुरु योजनाहरुलाई कसरी नयां गति दिन सकिन्छ ।त्यता तिर अघि बढ्नु आजको चुनौती हो भन्ने कुरा उनीहरुले बिर्षु कदापी हुदैन भन्ने यो रायका साथ यो हङकङ जस्तो ब्यापारीक क्षेत्र खाली काम र दामको मात्रै लेखा जोखा हुने नाफामुलक ब्यस्त शहरमा कियाचु हङकङका भूतपूर्व होस अथवा बर्तमान कार्य समितीका पधाधिकारी ज्यूहरुको योगदानको उच्च सम्मान र कदर गर्दै वहांहरुले गर्दै आउनु भएको क्रियाकलापको आलोचना , समालोचना , सम्मान र कदर गर्नु कुनै पनि लिम्बु दाजु भाई तथा दिदी बहिनीहरुले कन्जुस्याई गर्नु हुन्न भन्ने मान्यता मार्ग प्रसस्त हुंदा हुंदै पनि कतिपय याक्थुङ दाजुभाई तथा दिदी बहिनीहरुले बास्तबिकताको चुरो नै नबुझी सामाजिक संघ संस्थहरुमा बसेर सामाजिक काम गर्न कत्ति गाहो हुन्छ भन्ने कुराको हेक्का नै नराखीकन कसैले मैले सचिवलार्इृ बिधान हेर्न मागेको तर सचिवले बिधान हेर्न उपलब्ध नगराएको र कसैलाई चुम्लुङको क्रियाकलाप मन नपरेको , कसैलाइ समिती भित्रका पदाधिकारीहरु मन नपरेकै कारण चुम्लुङ बिमुख र चुम्लुङ प्रति नकारात्मक सोच राख्नेहरुको भीड यहां निकै बाक्लो मात्रै छैन र अति असंबेदनशील रहरै भोली यहां कि या चु हङकङ नरहे हाम्रो जातिय अस्तित्वको प्रश्न चिन्ह खडा हुंदा त्यस्को प्रतिनिधित्व कस्ले गर्ने ?यी यस्ता प्रश्नहरुको जवाफमा रहेका लिम्बुहरुको छाता संगठन भनौ अथवा अभिभावकको रुपमा रहेको संगठनलाई नानाभातीका आरोप प्रत्यारोप लगाएर क्रियाशील भएर काम कारवाही गरीरहेको संस्थालाई हामी को हौ भन्ने कुराको जातिय अस्तित्वको लागी सधैं लागी परिरहनेहरु प्रति जोस , जांगर , हौसला, प्रोत्साहन र सहयोग गर्नु पर्ने ठाउमा आफु पनि त्यंहा गएर केही नगर्ने र गर्न चाहनेहरुलाई पनि हतोत्साही पार्नेहरु प्रति मेरो आपत्ती छ ।हो यस्तो कुराहरुलाई म मान्न तयार छु की समाजमा केही ब्यक्तिहरु खराव आचरण भएका पनि हुन्छन् , नहुने भन्ने होइन । तर त्यस्ता खराब आचरण भएका ब्यक्तिहरु समय संगसंगै स्वतस्फूर्त समाजमा बहिस्कृत हुंदै जान्छन् । तर मलाई जहां सम्म लाग्छ , समाजमा केही गर्छु भन्ने ब्यक्तिहरु सबै त्यस्ता हुदैनन् , जस्लाई हामीले आफैले बसेर अथवा पछाडी बसेर भए पनि सामाजिक कार्यको लागी होस्टेमा हैसे गर्नै पर्छ , यो नै हाम्रो धर्मको मुल मन्त्र हो भन्ने मलार्इ लाग्दछ । हामीले मन्दिरमा पुजा अर्चना ,बलि र भेटी चडाएर चर्च धाएर , गुम्वा र मस्जिद को पुजा अर्चनाले मात्रै पुन्य कमाउन सफल होईन्छ भन्ने मलाई लाग्दैन । सयौं अधर्म र पाप गर्दै धर्म परिबर्तन गरेर बैतर्नी तर्ने कोशिश गर्नु दिवा सपनामा छामछाम छुमछुम गर्दै हिड्न खोज्नु एउटा नाटकिय चरित्र भन्दा , कारुणिक कथा हो जस्तो मलाई लाग्नु सायद अस्वभाविक ठहर्ला । यो एकातिर छदैंछ । तर चुम्लुङ सम्पूर्ण मानव जगतकै सम्मान र कदर गर्दै बसुदैव कुटुम्बम्को छत्र छांयामुनि रहेर सम्पूर्ण जात जाती , भाषा भाषी, धर्म धर्मावलम्वीहरु संग भाइचाराको हैसियत राख्ने बिसुद्ध जातिय संस्था माथि कपोकल्पित बिरोध र आक्षेप लगाउनेहरु प्रति त्येही संस्थामा आएर त्येही भित्र रहेर काम गर्ने आंट गरोस , त्येति बेला म वहांहरुलाई हार्दिक सम्मान गर्न चाहान्छु । जहां सम्म यसपालीको बलिहाङ तङनामको कि या चु हङकङले आयोजना गरेको लारीङगेक नाम्लीङगेक देउसी भैलो कार्यक्रममा स्मितीको नेतृत्व र सांस्कृतिक बिभागका प्रमुख साथै त्यस भित्र रहेका सबै सदस्य र कलाकारहरुको अथक प्रायसको म सधैं सरहना , सम्मान , र कदर गर्दै म वहांहरुलाई हौसला र प्रोत्साहन गर्न चाहान्छु । यसपालीको याक्थुङबाहरुको संस्कार , र संस्कृती झल्काउने जुन झांकी , पालाम् , हाक्पारे , र त्यस टोली भित्रको नृत्य देखि म अतिनै प्रभावित र हर्षबभोर भएको छु । च्याब्रुङ नाचमा हस्त लिबाङ , एकराज मेन्याङबो , काजीमान मास्वांको केलाङ , असली वनेमको हाक्पारेको सधैं प्रसंसा नगरी हङकङबासी याक्थुङ याक्थुङमाहरुलाई धरै छैन । किनभने उनीहरुले गर्दै आएको देनलाई हामीले विर्सीयौ भने उनीहरु माथि अन्याय हुनेछ । हङकङमा हाक्पारे संस्कारलाई बचाई राख्न लागी परिरहर्ने एक मात्र महिला बहिनी असली वनेम पछिको उत्तराधिकारी खोज्नु जरुरी भएको म ठान्दछु । यो कुरा पनि असली बहिनीले राम्ररी बुझेकै हुनु पर्छ ,र यो संस्कारलाई बचाई राख्न अब उन्को नैतिक धर्म हुन जान्छ । बांकी जजस्ले जे जति जान्दछ र बुझदछ , त्यो भन्दा बढि जान्ने र बुझने प्रयत्न गर्दै आ आफ्नो तर्फाट भाषा लिपी धर्म संस्कार संस्कृतीलाई बचाई राख्न हामी सम्पूर्ण याक्थुङ याक्थुङमाहरुको हरेक पीडीको नैतिक जिम्मेवारी ठहर्दछ । अझ यसपालीको यो कुराले म अति प्रभावित भएको छु , मैले जुन कुरा आसा गर्न सकिरहेको थिईन । त्यो यस पाली भएको पांए , कुरा हो नृत्यको जस्मा बाल कलाकारहरु कान्छा लिम्बु निसाम चेम्जोङले अति राम्रो नृत्य प्रस्तुत गरेर गएका थिए । जस्को कोरीयोग्राफी उत्कृष्ट र ब्रिलियन्ट थियो । ती बाल प्रतिभाहरुलाई राम्रो शिक्षा दिक्षा , र प्रोफेसनल डान्सर बनाउन सकियो भने उनीहरुको भबिष्य उज्वल देखिन्छ , त्यसको असल संरक्षण, सर्म्बर्द्धन , र बिकाशको लागी राम्रो बाताबरण मिलाई दिने नैतिक जिम्मेवार प्रथम त उनीहरुको प्यारेन्टसलार् इ र दोश्रोमा समाजलाई पनि जान्छ , म वंहाहरुलाई यो कुराको लागी त्यस्तो स्वच्छ,स्वस्थ्य र असल खाले बाताबरणको श्रृजना गरी दिनु हुनको लागी ती बच्चाहरुको प्यारेन्टस र असल समाजलाई असल सल्लाह र सुझाबको साथै हार्दिक अनुरोध पनि गर्न चाहान्छु । त्यस्तै अर्को प्रतिभाहरु देखि पनि म दंग खाएको छु , म सम्पूर्ण पाठकहरुमा के अनुरोध गर्न चाहान्छु भने मलाई कमजोर जज ठान्नु होला , म पनि पर्दा पछाडीको उत्तम खाले जज हुं । असल र खराब टाढै बाट छट्याउन सक्छु । अब हङकङमा धिरज लिम्बु , सुकु लिम्बु , र नगेन्द्र लिम्बु हङकङका आईडल डान्सरहरु हुन साथै गीतकार गीता पालुङ्वाको नृत्य पनि अब एक खाले लेबलमा आई पुगेको मैले देखेको छु । उनीहरुको नृत्यले जो कोहीलाई सजिलै आकर्षीत गर्न सक्छ, दर्शक र श्रोताले पनि अब धेरै कुरा सिकी सकेका छन् ,चिच्याई चिच्याई कराएर गीत गाउदैमा गीत राम्रो हुदैन , उफ्री उफ्री नाच्दैमा नृत्य राम्रो हुदैन अथवा चोलीके पिछे क्याहै मा या त लैजाउ मेरो जोवनमा ,पाईतला देखि तिघ्रा सम्म सारी सुर्काउदैमा अथवा दुइ हातले पछ्यौरी फिजाउदैमा नाच उत्कृष्ट हुन सक्दैन । उठी खर काटौ बसी खर काटौमा उठ्यो बस्यो गर्दैमा नाच बृलियन्ट हुन सक्दैन । अब त हामीले पनि आज र राती के देखें सपना मै मरि गएको बतास बिना हांगाको फ्ल झै झरी गएको जस्तो गीतहरुमा पनि नाच्न सक्नु पर्छ , र मान्छेको मन र मुटुलाई छाम्न र सुम्सुम्याउन सक्नु पर्छ ,अनि मात्रै असल कलाकार बन्न सकिन्छ । नत्र हिन्दी गीत संगीत र नृत्यको अघाडी ,इग्लीस गीत र सिनेमाको अगाडी कुनै पनि कलाकारले अब टिक्न गाहो हुन्छ भन्ने कुराको हेक्का नरहे पछि परिन्छ भन्ने कुरा सबैले बुझ्नु पर्छ । यो कियाचु हङकङको मर्यादित मन्चमा सम्पूर्ण कलाकारहरुलाई साथै समितीका अध्यक्ष कृष्णराज लावती , उपाध्यक्ष हस्त लिबाङ , सचीव नन्द चंन्सु एंब सम्पूर्ण समितीका पधाधिकारी ज्य्हरुको सक्रियतमा साथै प्रतक्ष अप्रतक्ष सहयोगपुप्याउने सम्पूर्ण महानुभावहरुमा २०६७ येले तङबे ५०७०को सफल लारीङगेक नाम्लिङगेकबाट संकलन भएको रकम मात्रै नभए र सबै तह र तप्का बाट स्वेच्छा र सफा मनले कियाचुको हितको लागी अझ भनौ (तुम्देन रेष्टुरेन्टका ) प्रोपोर्रइटर बिजय कुमार बखिमको जस्तो बिशाल हृदयका धनी र उद्धार भावना भएका हेम लिम्बु र आंधीखोला स्टोर चुनवनका चेत गुरुङ जस्ता ब्यक्तित्वहरुको जस्तै हङकङबासी सम्पूर्ण याक्थुङ याक्थुङबाहरु लगायत अन्य गैर याक्थुङबाहरुको सहयोग मिले हङकङमा पनि एउटा चुम्लुङहीम्को परिकल्पना गर्न सकिन्थ्यो , यो बिचार र धारणा प्रस्तुत गर्दै संकलित रकम सही ठाउमा सदुपयोग होस , पब्लिकले आक्षेप लगाउने ठाउ नराखीकन सही ढंगले प्रयोग गरियोस भन्ने शुभकामना सहित आउदो बर्षरुमा पनि यो पर्बलाई मात्रै नभएर सम्पूर्ण याक्थुङ भाषा , लिपी , धर्म , संस्कार , संस्कृतीलाई अरु समृद्ध पार्न कियाचु हङकङ सफल रहोस को शुभकामना सहीत तागेरा निङवाफुमाङले यो जगतमा हामी सबैको कल्याण गरुन । सेवारो ।
लेखक - कियाचु हङकङका भु पु सदस्य

No comments: