Mar 12, 2012

यो संविधानसभाबाट आउने नेपालको भावी संविधान कस्तो होला ?

छविसुब्बा सङ्बाङ्फे
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो पार्टीको अन्तर्वस्तु खुलस्त पारे की नयाँ संविधान बन्ने छाँटकाँट नभएकोले गर्दा २०४७को संविधानलाई राजतन्त्रको स्थानमा गणतन्त्र, राष्ट्रपति, संघीयता लगायतका प्रावधान (धारा) राखेर व्यूँताएर लानुपर्छ भनि इमान्दारसाथ सार्वजनिक गरे । कम्तिमा क्षेत्रिको बच्चाले यतिसम्म कांग्रेसको भित्री कुरा ओकलेकोमा उनलाई हिम्मतिलो मान्नैपर्छ । कप्टी, झेलि, षड्यन्त्रकारी बाहुनहरू त भित्र एउटा कुरा गर्छन् बाहिर अर्को कुरा गरेर छलछाममै सबै माहौल आफ्नो कब्जामा राखिराख्ने प्रयत्न गर्दछन । कांग्रेसको जस्तै एमालेको पनि भित्री कुरा त्यहि हो की ४७ सालकै संविधान व्यूँताएर हुनलागेको राज्यसंरचना तुहाउने । अब एमालेको त्यो कुरा ओकल्न पनि बाहुन अघिसर्ने छैनन् । उनीहरूले यात क्षेत्रि यात पार्टीमा भएका कुनै आदिवासी जनजातिको छोरालाई निर्देश गरेर त्यो कुरा बाहिर ल्याउने छन् । त्यसपछि बल्ल पालो आउँछ एनेकपा माओवादीको र उसले प्रयोग गर्ने मान्छे पनि सकेसम्म आदिवासी जनजातिनै हुनेछ यात दुई ठूला पार्टीबाट स्थिति सहज भैसकेको अवस्थामा प्रचण्ड आफैले नै हिम्मत गर्न सक्नेछन । नेपालमा अब देखापर्ने ठूला बाहुनवादी पार्टीहरूको अग्रगमनकारी राजनैतिक गति यसरी नै अगाडी बढ्ने कुरा पक्का भैसकेको छ । सत्ताधारी पार्टीका ठूला दलहरू चाँडै नै रा. प्र. पा. नेपालको मार्गचित्रमा समावेस भएर जाने दिन टाढा छैन् । त्यसकारण यी एमाले, कांग्रेस र माओवादी पार्टीका असली प्रवक्ता र राजनीतिक गुरु भनेका कमल थापा नै हुन भन्दा कुनै फरक पर्ने छैन् । चारवर्षको अवधिमा पनि नेपालको नयाँ संविधान जारी हुन नसक्नुको रहस्य के हो भने नेपालमा कहिल्यै पनि राजनैतिक, आर्थिक, धार्मिक, भाषिक, सांस्क्रितिक, लैंगिक लगायत जातीय वर्गीय अधिकारबाट वञ्चित रहेका समुदाय र हिन्दुकरणको प्रक्रियाद्वारा आफ्नो अधिकार खोसिएका वर्ग र समुदायहरूको अधिकार राज्य पुन:संरचना गरेर व्यबस्थापन गर्नुपर्ने सो गरेमा शासक बाहुनहरूको प्रतिनिधित्व र पहुँचमा ह्रास आउने, द्वूविधायुक्त मनोविज्ञानमा सत्ताधारी, प्रतिगमनकारी, पुनरऊत्थानवादी, प्रतिक्रियावादी लगायतका बाहुन नेत्रित्वका पार्टी र सामन्ती निरंकुश राजतन्त्रवादी शक्तिहरू उल्झिएको हुँदा उनीहरू आधुनिक राजनीतिक विज्ञानसम्मत लोकतान्त्रिक र प्रगतिशील नयाँ संविधान जारी गरेर यो मुलुकमा दिगोशान्ति र स्थायित्व कायम गराउन चाहँदैनन । अब यी तत्वहरूले संविधानसभालाई आफू र आफ्ना पार्टी कार्यकर्ताहरूको रोजगारी अभिव्रिद्दी गर्ने संस्थाकोरुपमा उपयोग गरेर यसको औचित्य समाप्त गर्नेछन । उनीहरूले अनुमान गरिसकेका छन् की संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ व्यबस्थामा हिन्दुअतिवादीहरूको वर्चश्व स्वत: घट्नेछ । किनभने विगतको संविधानसभाको चुनावमा मधेसी माहौल र नाराले एमाले, कांग्रेस र माओवादी पार्टी कोशी पश्चीमका सबै निर्वाचन क्षेत्रबाट बढारिएकाले भोलिहुने आम निर्वाचनमा पाहाडिया आदिवासी/मूलवासीहरूको सहानुभूति प्राप्त गर्न नसकेमा सबै राजनैतिक संयन्त्रमा उनीहरूको प्रतिनिधित्व र पहुँचमा स्वत: ह्रास आउनेछ जसको कारणले संविधानसभाको चुनावमा जसरी एमाले र कांग्रेसका ठूला भनाउँदा नेताहरू हारेका थिए त्यसरिनै भोलिको आम चुनावमा माओवादीका पनि ठूला नेताहरूले पराजय भोग्नुपर्ने सुनिश्चित छ । यिनै राजनीतिक विष्लेषणकासाथ चतुर खेलाडी बाहुनहरू एकैथलोमा जम्मा भएर नेपालका उत्पीडित जातिहरूको विरुद्दमा आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्नका लागि विकल्पकोरुपमा २०४७ सालको संविधान व्यूँताएर लाने निष्कर्षमा पुगेका हुन । नेपालको यो राजनीतिक परिवेशमा केही अन्तरराष्ट्रिय शक्तिराष्ट्रहरूले खेल्ने प्रशस्त मौका पाउनेछन । इराक र अफ्गानस्तानमा प्रयोग भएर फर्किएको पुराना अमेरिकी हतियारहरूले अबहुने नेपाली राजनीतिक द्वन्द्वको बजारमा भाउ पाउने अवस्था निर्माण हुनेछ । अधिकार पाउँदै नपाएका र वीचैमा अधिकार गुमाएर उत्पीडित बनेका नेपालका विभिन्न समुदायहरूको मोर्चा निर्माण भएर बाहुनवाद विरुद्दको ग्रिहयूद्दले मुलुक फेरी तहस नहस बन्नेछ । बाहुनवादी पार्टीमा रोजगार गर्नका लागि राजनीति गरिरहेका आदिवासी/जनजाति, मूलवासीहरू त्यसपछिमात्र आफ्नै समुदायले नेत्रित्व गरेको पार्टीमा प्रवेस गर्नेछन । यो लडाइले नेपालमा आमूल र यूगान्तकारी परिवर्तन ल्याउने छ र हिन्दुअतिवादी बाहुनवादका साथै निरंकुश राजतन्त्रको अवषेश समेत निमिट्यान्न हुनेगरी अन्त्य गर्नेछ ।
(लेखक संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका प्रवक्ता हुन्)

Feb 23, 2012

जातीय संघीयता विरुद्ध तीब्र विषवमन्

छवि सम्वाहाम्फे
हिजोआज ठूला पार्टी भनाउँदा बाहुनहरुको दैनिकीजस्तै भएको छ जातीय संघीयताको विरुद्धमा दिनमा एकपटक बोलेन भने उनीहरुलाई भातखाए जस्तै नहुने । आफ्नो ऐतिहासिक पृष्ठभूमि र पहिचानबाट संघीयता चाहने जाति र समुदायहरु बाहुनहरुको यो अत्यासलाग्दो वहकावदेखि तिनछक्क पर्दैगएका छन् । आखिर जातीय संघीयताको प्रस्ताव बाहुनको टाउकोमा किन यस्तो काउसो भएर पसेको होला? के जातीय संघीयताले बाहुनको पहिचान र भाषिक/साँस्कृतिक तथा धार्मिक सह-अस्तित्व नै समाप्त गर्छ? या राजनीतिमा उनीहरुको अभ्यास र पहुँचलाई निषेध गर्छ? के अब यूगौंदेखि उत्पीडनमा परेका जातजातिहरुलाईमात्र यो संघीयताले शासक बनाएर उत्पीडककोरुपमा दर्ज भएका बाहुनहरुलाई उत्पीडित बनाउने हो? कि के छ जातीय संघीयता बिरोधी बाहुनहरुको अन्तर्वस्तु? जातीय संघीयताले देश टुक्रन्छ भने त्यसको ज्वलन्त प्रमाण के छ? र नेपालका कुनचाहिं जाति देश टुत्र्mयाउने योजनाकासाथ संघीयताको दावी र माग गरिरहेको छ? जातीय संघीयताको मागमा देश टुत्र्mयाउने होकि आफु उत्पीडनबाट मुक्तहुने ईच्छा र आग्रह छ? के यसको हेक्का राखिएको छ? होईन भने कांग्रेस र एमाले लगायतका जातीय संघीयता बिरोधी भजनमण्डलीको औचित्य के हो? यदि जातीय संघीयता होईन भने किन राज्यको पुनःसंरचना गर्नुप¥यो? २०१९ सालमा राजा महेन्द्रले गरेको हालको नेपालकै संरचना ठीक हो भनेर किन भन्न नसकेका? बाहुनहरुको मनभित्र कुण्ठित रहेको चाहना वास्तवमा यही होईन? भूगोलकै आधारमा राज्य संरचना गर्नेभए त यो भन्दा वैज्ञानिक अरु के हुनसक्दछ? कुण्ठा, पीडा र उत्पीडनबाट नेपालका सबै जातजातिहरु मुक्त भएमा बाहुनहरुलाई के घाटा छ? के शाह र राणाहरुको जहानीया शासनको अन्त्यपश्चात शासन सत्तामा एकलौटी बाहुनतन्त्रीय हैकमवाद नै लोकतन्त्र हो? र उनीहरुको ईच्छामा आधारित राज्य संरचना नै राष्ट्रिय अखण्डताको विकल्प हो? नेपालको दक्षिण र पश्चिम सीमामा लाखौं हेक्टर जमीन भारतीयहरुबाट भैरहेको अतिक्रमणको बारेमा चुःसम्म बोल्न नसक्ने बाहुनहरुले आफ्नो ऐतिहासिक पूर्वशासकीय भूगोलमा स्वायत्तता माग गर्नेहरुले राज्य बिखण्डन गर्छन भनि आरोप लगाएर संघीयताको वर्खिलाप गर्दै हिंड्नु कुन राष्ट्रिय चिन्तन हो? बाहुनहरुले राष्ट्र प्रेम बोलिरहेका छन् कि बिदेशी प्रभुको ईच्छा ओकलिरहेका छन्?
यिनै सवाल र सन्दर्भहरु अहिलेको राजनीतिक माहौलमा चर्किरहेको अवस्था छ । अर्कोतिर जातीय संघीयतालाई कस्तो राजनीतिक अभ्यासबाट कार्यान्वयन गर्ने भन्ने मार्गचित्र तय भैनसकेकोले पनि हाल शासनसत्तामा रहेका बाहुनहरु आफ्नो राजनीतिक भविष्यबाट चिन्तित बन्दैगएका छन् । वास्तवमा जातीय संघीयता उत्पीडन अन्त्यको नाममा कुनै पनि जातिलाई कुनै जातिमाथि शासकीय हैकम लाद्ने नियतबाट तर्जुमा गरिने होईन । यसले आफ्नै ऐतिहासिक शासकीय भूगोलमाथि आफ्नो अधिकार गुमाएका जाति वा समुदायहरुलाई राजनीतिकरुपमा सशक्तिकरण गर्दै राजनीतिक मुलधारमा पहुँच र प्रतिनिधित्व गर्नसक्ने हैसियत विधि निर्माण गरी स्थापना गर्ने हो । यसो गर्नका लागि उपयोगि राजनीतिक प्रणाली वहुल राष्ट्रिय लोकतान्त्रिक संघीय समाजवाद नै हुनसक्दछ । यही प्रणालीलाई रटान दिएर शासनसत्तामा हालिमुहालि गरिरहेका बाहुनहरुले नेपालका उत्पीडित जातजातिहरुलाई सबैखालको उत्पीडनबाट मुक्त गर्नका लागि कस्तो खालको राजनीतिक मार्गचित्र बनाउनु पर्छ भन्ने सोच तयार गर्नुको सट्टा सरोकारवाला समुदायहरुले आफ्नो उत्पीडन अन्त्यका लागि जातीय संघीयता नै राज्य पुनःसंरचनाको उपयुक्त आधार हो भनि मार्गदर्शन गर्दा त्यसबाट देश विखण्डन हुने अनर्गल भय र किचोला सिर्जना गर्नु बाहुन लगायत कुनै पनि जातजातिका लागि हितानुकुल छैन । त्यसैले जातीय संघीयताको विपक्षमा बोल्ने बाहुनहरुले तत्काल आफ्नो धारणा परिवर्तन गरी उत्पीडित जनताले चाहेको राज्य पुनःसंरचना गर्ने बाटो अख्तियार गरेमा बाहुन लगायत सबैको राजनीतिक भविष्य सुनिश्चित हुनेछ नत्र केही भन्न सकिन्न ।
(लेखक संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका प्रवक्ता हुन्)

Feb 6, 2012

जातीय सङ्घीयताको विरुद्दमा ब्राह्मण समाजले आन्दोलन गर्ने?

छविसुब्बा सङ्बाङ्फे
नेपालको कुनै भूमिमा पनि आफ्नो इतिहास र पहिचान नखुलेका बाहुनहरू देशको सबै राजनीतिक तहमा सर्वशक्तिमान छन् । जतिबेला गोर्खामा द्रव्य शाहले मगरहरूको राज्यमाथि खुनी हमलागरी आफ्नो राज्य स्थापना गरे त्यतिबलैदेखि शाही राजदरवारमा बाहुनहरूको बलियो पकड बनिसकेको थियो । किनभने मगर राजा मानसिङ खड्कालाई परास्त गर्न चारजना बाहुनहरू गजानन भट्टराइ-१, गणेश पाण्डे-१, सर्वेश्वर खनाल-१, र धनन्जय अर्ज्याल-१ ले सड्यन्त्र गरेका थिए । ती बाहुनहरू त्यहि मगरात क्षत्रमा पहिलेदेखि बसोबास गर्दै आएका र मगर राजाहरूसँग नजिक रहि आफ्नो स्वार्थसिद्द गर्दै आएकाले त्यहाको सबै कुराहरु तिनिहरुलाइ राम्रैसँग थाहा थियो । लम्जुङ्मा नरहरी शाह र द्रव्य शाह दुई दाजुभाईले गुरुङको राज्य हत्याएपछि वर्णानुक्रमानुसार जेठोभाइ राजा हुने भएकोले नरहरी शाह राजा बनेपछि भाइ द्रव्य शाहले पनि अङ्स मागे । तर राजा नरहरी शाहले राजकुमार भई बस भनेपछि उनले चित्त बुझाउने कुरै भएन र राजा हुनको लागि चलखेल गर्न थालेको हुनाले दाजु नरहरीले लम्जुङ्बाट लखेटेका द्रव्य शाह गोर्खाको कुनै जङ्गलमा आएर गाई भैंसी पालेर बसेका थिए । तिनै गोठाले द्रव्य शाहलाई ती चारजना बाहुनहरूले सेना सङ्गठन गर्न सहयोग गरेर मगर राज्यमाथि हस्तक्षप गराएका हुन । राजतन्त्र रहिन्जेलसम्म तिनै बाहुनहरूको सन्तान दरसन्तान दरवारको विश्वासिलो सल्लाहकारकोरुपमा रहदै राजतन्त्र टिकाउन सड्यन्त्रमा सहभागि हुनेक्रम जारी थियो । राजतन्त्र अन्त्यपश्चात पनि तिनै गोर्खाका गजानन भट्टराइका सन्तान बाबुराम भट्टराई गणतान्त्रिक नेपालको प्रधानमन्त्री भएका छन् । राज्यसत्तामा रहेर राजकीय शक्तिको अभ्यास गर्ने बाहुनहरूको नीरन्तरता नेपालमा जस्तोसुकै राजनीतिक प्रणाली आएता पनि भङ्ग भएको छैन् र हुने सम्भावना पनि छैन् । त्यसकारण बाहुनलाई आफ्नो छुट्टै पहिचानको राज्यको जरुरी पर्दैन । उनीहरू सीमलिमा लागेको लहराजस्तै जरैविना पनि जताततै फैलिएर/झागिएर बस्नसक्ने विश्वकै सर्वस्रेस्ठ प्रजातिमा पर्दछन । आफ्नो इतिहास र पहिचानसहितको थातथलो किलो खुलेका विगतमा आफ्नो छुट्टै राजनितिक सह-अस्तित्व र विरासत भएका जातिहरू जो अहिले राजनैतिक्, आर्थिक्, सामाजिक, भासिक-सास्न्क्रितिक विभेद र उत्पीडनमा परेर अन्यायको सिकार भएका छन् तिनै जातिहरूलाई आफ्नो एतिहासिक प्रिस्ठभूमि र पहिचानको आधारमा स्वायात्त भूगोल चहिएको हो र त्यस्तो सम्रचनाविना उनीहरूको मुक्ति हुदैन भन्ने हो । यतिनै कुरा ब्राह्मण मित्रहरूले बुझिदिएमा नेपालको दिगोशान्ति, सम्रिद्दि, स्थायित्व बिकासमा ठूलो योगदान पुग्नेछ र यहाहरूको बुद्दिमतापूर्ण उदारताले संसार नै दङ्ग पर्नेछ । तसर्थ ब्रामण आन्दोलनको कुनै तुक छैन् । जय लिम्बुवान !

Jan 2, 2012

लिम्बु जाति धर्म, भाषा, लिपि र किरात

रविन लिङदेन “आम्भु जेठा”
लिम्बु जाति सवैभन्दा पहिला के, को र कस्तो थियो ? त्यसपछि सभ्यता र संस्कृति कस्तो थियो ? सासन प्रणालि कस्तो थियो ? धर्म-कर्म कसरी मानिपुजि गर्दथे र अहिलेको यो अवस्थासम्म कसरि आइपुगे भन्ने वारेमा जान्न सबैमा वाञ्छनिय छ यद्यपी धेरै खोज अनुसन्धान अर्न्तगत इतिहासविदहरुको आ-आपनै इतिहास, वैज्ञानीक आधार र किरात मुन्धुममा धेरैकुराहरु पाइन्छ । नेपालको इतिहास र मुन्धुम अर्न्तगत लिम्बुजाति किरातजाति संग जोडिएको छ भने किरातजाति प्राचिन र अत्रि्रचिन सभ्यता र संस्कृतिसंग जोडिएको छ । यसरी पहिला किरात त्यसपछि याक्थुङबा लिम्बु भएको जाती धर्म, भाषा, लिपि र संस्कृतिले अत्यन्तै धनि छ । किरात याक्थुङबा लिम्बु नेपालमा प्राचिनकालमै आगमन भएको भन्ने प्रमाण प्राचिन ग्रन्थ, नेपाल उपत्याकामा किरातीहरुको ३२ पुस्ता राज्यकालमा विदेशी लेखकहरुले लेखेको यात्रा-संस्करण र इतिहासले पुष्टि गर्दछ । राइट र विभिन्न वंशावलिअनुसार नेपाल उपत्यकामा ‘राजा यलम्बर हाङ देखि अन्तिम राजा सम्म’ किरात राजाहरुले करिब १२ सय देखी १७ सय वर्षसम्म राज्य गरेको अनुमान गरिन्छ जुनर् इशापुर्व ९०० देखिर् इसं ३०० भित्र पर्दछ । यिनै प्रमाणको आधारमा हामि प्राचिनकालदेखिनै अस्तित्वमा रहेको नेपालको प्रमुख आदिवासी किरात याक्थुङबा लिम्बु हौ । त्यतिवेला किरात वा किराती मात्र भनिन्थो वा चिनिन्थयो, अहिलेको जस्तो लिम्बु, र्राई, तामाङ, गुरुङ, मगर, सुनुवार, नेवार, शेपा, थारु, कोच जस्ता नाम थिएन । किरातकालको अन्तिम राजा गस्ती पछि र्सूयवंशीय वा सोमवंशीय राजाको अवधिदेखि राजा पृथ्वीनारायण शाहाको पाला सम्म आइपुग्दा अअिलेको किरात लिम्बु र राइहरु हाल नेपालको पुर्वमा राज्य गदर्थे, जसलाइ नेपालको इतिहासमा पल्लो किरात माझ, किरात र वल्लो किरात भनेर चिनिन्थ्यो । यसैविचको अवधिमा किरातहरु राज्य गर्ने क्रममा क्षेत्रको आधारमा हाल नेपालको अरुण नदि पश्चिम राज्य खम्बुवान थियो भने अरुण नदि पुर्व टिस्टा नदि, पुर्व सिक्किम, आसाम र भुटान सम्म किरात लिम्बुवान राज्य थियो भनेर किराती लेखकहरुले लेखेका छन भने अरुण नदि पुर्व तथा उत्तर तिब्बत पानी ढलोट, दक्षिणमा जलालगड र हाल भारतको टिस्टा नदि हुदै सिक्किम, आसाम र वंगलादेश सम्म लिम्बुवान राज्य थियो भनेर दिल पालुङवा लिम्बुले लगायत अन्य लेखकहरुले लेखेका छन । त्यतिवेला किरात राजाहरुले आपनो दरवार यक -यकलाइनै गढी, गड, गुरी भनियो) निर्माण गरि राज्य गर्दथे । किरात खम्बुवान तर्फ मकवानपुर गढी, सिन्धुली गढी, हरिपुर गढी, चौदण्डी गढी लगायतका गढीहरु थिए भने लिम्बुवान तर्फ विजयपुरगढी हुदै तम्बर तापेथोक गढी, आठराइ पोमाजोङ गढी, फेदाप पोक्लाबुङ गढी, पानथर फेदेनगढी, छथर ताक्लुङ गढी, याङवरक हस्तपुरगढी, मेवथुम मिरिङ्देन गढी, मिक्लुक सानगढी, कोयाखोला थालागढी, फाकफोक आङदाङ गढी, यसमा दश लिम्बुहरुले राज्य गदर्थे । त्यसैगरि सिलिगढी, जलपाइ गढी, मैनागढी, धुपगढी, विन्नागढी, केमाक्छा गढी, सेर्फान गढी हुदै आसाम सम्म विचार गर्नु युक्तिसंगत नै हुन्छ भनेर गोपाल किरातीले लेखेका छन् । राजा पृथ्वीनारायण शाहाको नेपाल एकिरण अर्न्तगत लिम्बुवान राज्य टिस्टा नदि सम्म नेपालमा गाभिएको थियो भने टिस्टा नदि पुर्वका किरात कविला गणराज्यहरु तत्कालिन व्रिटिश साम्राज्य इष्ट इण्डिया कंपनिको हातमा रहन गयो र्।र् इसं १८१४-१६ को नेपाल र अंग्रेजबीचको सुगैली सन्धिपछि नेपालको सिमाना मेचि नदि कायम हुन गएकोले मेचि पुर्वका सम्पुर्ण क्षेत्र हालको भारत र भुटानमा गाभिन गयो । यसरि वर्तमान नेपालको ९ जिल्ला मात्र लिम्बुवान कायम रहेको छ । वसोवासको आधारमा संखुवासभा, ताप्लेजुङ, पान्थर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम का वासिन्दा हौंभने भारतको गोर्खालेण्ड-दार्जिलिङ, सिक्किम, मेघालय, मनिपुर, आसाम र भुटान सम्मनै फैलिएर रहेका छौ । हाल आएर विभिन्न कारणले नेपालको विभिन्न भु-भागमा स्थाइ वा अस्थाइ वसोवास गर्न पुगेको छन् भने विदेशतिरपनि प्रसस्त मात्रमा वसोवास गरेको पाइन्छ ।
लिम्बु जाति वा लिम्बु शब्दको उत्पती कहिले र कहाँ बाट सुरु भयो भन्ने सर्न्दर्भमा “लिम्बु शब्द लि ± आबु -लि Ö धनु ± आबु Ö हान्नु)” किरात देश विभाजन हुनुभन्दा पहिला आठ राजाहरुले राज्य गर्दथे । अहिलेको लिम्बुहरु लिम्बु नभइ त्यतिबेला याक्थुङबा मात्र थियो । छैटैं सताब्दिमा मुनातेम्बे वा चीनको सुचुवान अथवा युनान प्रान्तको श्यानमकवान जाति ताइश्यानवंशीय किरातहरु पातकोइ पहाड हुदै आसाम मैदानमा आइपुगे । त्यहाँबाट दश नेता वा सरदारका साथ वर्तमान नेपालको पुर्वीपहाडमा प्रवेश भइ त्यहाँका आठ किरात राजाहरु संग एकआपसमा मिलेर वस्ने अनुमति लिइ वसे । रहदा वस्दा दश याकथुङ सरदारको साखा सन्तानहरु अतिधेरै बड्दैगयो । त्यस अवस्थामा आठ राजाहरुले दश याक्थुङबाहरुलाई राजनीतिक विद्रोहको संकागरी अत्यन्त दमनका उपायहरु लागुगरे । जमिनको तिरो बढाइदिए, निष्ठुर ऐन वनाए र दासको ब्यावहार गरि क्रुर सासन गरे । यस्तो अवस्थामा याक्थुङबाका सरदारहरु आम्बेपोजो – -फेदेन, फिदिम) मा चुम्लुङगरि अन्याय सहनुभन्दा व्रि्रोह गरि देशको अधिकार आफै लिने निर्णय गर्दै आठ राजाको विरुद्घ प्रत्येक योद्घाहरुले सर्ंर्घस गर्ने निश्चित गर्दै तीनवटा रातो ढुंगा, तीनवटा आँपको रुख रोपि देविथान बनाइ शुद्घ जल चर्ढाई शक्ति (मुक्साम) मागी युद्घ नजीति घर नर्फने कसम खादै युद्घ मैदानमा उत्रिए । आठ राजाहरुले राज व्रि्रोह गर्नेनिधो थाहा पाउनसाथ आठैराजाका भएभरका फौज भेलागरि फेदेन आम्बेपोजोमा आए । दुवै पक्षमा भीषण युद्घभयो, भयंकर काटमार चल्यो, अन्त्यमा धनुविद्या प्राप्त दशसरदारका फैजहरुले आठ राजाहरुलाई हराइछाडे र किरात देश दश याक्थुङबाको हातमा आयो । त्यसपश्चात आम्बेपोजोको देवस्थलमा आइ धान्यबाली चढाइ ठुलो सभा (चुम्लुङ) गरि लिआबु -धनुकाणले) जितेको देशको नाम लिम्बुवान राखेभने त्यसदेशको वासिन्दालाइ लिम्बु भने । यसरी लिम्बुवान र लिम्बु भयो भन्ने इतिहासकार इमानसिं चेम्जोङको छ । यस भनाइलाइ धेरै विद्घवानहरुले र्समर्थन गरेको पाइन्छ । यसको अलावा धेरै इतिहासकार वा लेखकहरुले पनि किरात लिम्बुवान र लिम्बु इतिहास लेखेको पाइन्छ । यहाँ कतिपय विद्घवानहरुले छेटौं या सातैं सताब्दीमा लिम्बुवान र लिम्बुको घटना भएको भनेका छन् भने कतिपय वंशावलिहरुमा वि सं १२०० वरिपरिको घटना हुनुपर्छ भनेर लेखेको पाइन्छ र लिङदेन वंशावलिमा पनि त्यहिनै उल्लेख छ । तर, विर्षु नहुने कुरा के हो भने किरातीहरु नेपाल उपत्यकामार् इशापुर्व ९०० देखिर् इसं ३०० भित्र करिब १२-१७ सय वर्षसम्म सासन गरेको र अन्तिम किरात राजा पछि लिच्छविकालीन अवधि हुदैं राजा पृथ्वीनारायण शाहा सम्म आइपुग्दा नेपालको पुर्वमा किरात राज्यमा किरातहरुले राज्य गरिरहेको अवस्था संग मेल खानगएको देखिदैन । डेनियल राइट, हायमिल्टन, जर्ज गग्रियर्सन, कर्कपायटि्रक जस्ता लेखकहरुलाई साँचि राख्दै गैर लिम्बु लेखकहरुले किरात र लिम्बु फरक हुन भन्ने मत किटानकासाथ अघि सारेका छन र उक्त मत संग मिल्न गएको जस्तो देखिन्छ । यसरी छैटौं या बाह्रौं सताब्दीमा मात्र किरात याक्थुङबा अथवा लिम्बुहरु नेपाल प्रवेश गर्नुमा प्राचिनकालदेखिनै अस्तित्वमा रहेको नेपालको प्रमुख आदिवसि किरात हौं भनेर भन्न नसकिने अवस्था देखा पर्न सक्छ । साच्चिकै किरात र लिम्बु फरक हो भने हामि लिम्बु जातिले किन किरात धर्म मान्ने, किरात याक्थुङ चुम्लुङ किन भन्ने, किन किरात येले तङवे मान्ने – लिम्बु धर्म र याक्थुङ चुम्लुङ मात्र भनेत भइहाल्योनि, आखिर इतिहासमा लिम्बुहरु बाटनै किरात धर्मको सुरुवात, संरक्षण, सर्ंवर्दन र विश्वब्यापि रुपमा प्रचार-प्रसार भएको पाइन्छ । तर्सथ, किरात राजा यलम्बर हाङको अन्तिम पुस्ता हुदै १० लिम्बु र १७ थुम (तथिमिति सहित) संग मेलखाने किरात इतिहासलाइ मात्र स्वीकार्न सकिन्छ । यस्तो इतिहासले मात्र लिम्बु इतिहास र वंशावलिको पुष्टि गर्न सक्छ । इतिहासकार प्रेम बहादुर माबोहाङ, कमल तिगेला र भवनी बराल लगायतका इतिहासकारहरुले भने यलम्बर हाङको अन्तिम पुस्ताका सन्तानहरुनै हाल नेपालको आदिवासी जनजातीहरु हुन भनि जोड दिन खोजिएको देखिन्छ ।
वि.सं. १८३१ अघि लिम्बु शब्द कहिं उल्लेख नभएको मत अघि सारिएको पनि भेटिन्छ भने डा. नारायणप्रसाद संग्रौलाले लिम्बु जाति वि.सं. ५५ मा श्यानमकवानी नेपालको पल्लो किरातमा रहेको कुरा लेखेका छन । राजा रणबहादुर शाहाले वि.सं. १८४७ मा ताप्लेजुङ क्षेत्रका आतहाङ लिम्बुलाइ दिएको किपट थमैती एक रुक्कापत्रमा “…मकवानी राजाले दियाको जमीन तेरा पुषरले पायाको …४ किल्ला भित्रको जग्गा तलाई थामिवक्स्यौ लिम्बुवान गैरहलाइ लागेको दस्तुर अमालीलाई दाखिल गरी आफ्ना जिमीन जानी भोग्य गर” भनि दिएको लालमोहर अनुसार पहिलादेखिनै लिम्बुवान र लिम्बु भएको स्पस्ट हुन्छ । त्यसैगरी पल्लो किरातमा किपट थमौतीको रुपमा १० लिम्बुलाई दिएको विभिन्न लालमोहरमा १० लिम्बु १७ थुम भनि स्पष्ट उल्लेख भएको हुदाँ वि.सं. १८३१ भन्दा अघिनै १० लिम्बु र १७ थुम थियो भन्ने बुझिन्छ । राजा पृथ्वीनारायण शाहाको एकिकरण पछि लिम्बुहरुलाइ सुब्बा पद र खम्बुहरुलाई र्राई पद भिराइएको इतिहास साँचि छ । २०४० वर्षवरिपरिमा, लिम्बुहरुमा भिराइएको पदलाइ अस्वीकार गर्दै लिम्बुनै रहेको पाइन्छ । यसरीनै याक्थुङबा वा लिम्बुहरुले आपनो भाषा, लिपि, सभ्यता र संस्कृति जोगाएरै राखेको पाइन्छ । तर, लिम्बु हरुको किरात धर्म, भाषा, लिपि, संस्कृति सभ्यता र राजनीतिको अपहरण राजा पृथ्वीनारायण शाहाको सासन काल बाट सुरु भएको थियो, त्यो भन्दा अघि स्वतन्त्र र आप\mनै प्रकारको थियो । यसरी सबै अपहरण भए पश्चात पछिल्लो समयमा भाषा र लिपिको उत्थान तथा प्रचार-प्रसार श्रीजंङ्गा थेवे वाट भइरहेको वेला आजको जस्तो आम संचार थिएन, एक भेट एक प्रचार मात्र हुन्थ्यो । यसरी एक भेट एक प्रचार गर्दै हिड्ने क्रममा वि.सं. १८५५ मा उनको हत्या गर्नकोलागी सड्यन्त्र पुर्वक सिक्किमका भोटेहरु प्रयोग भएको अनुमान लगाउन सकिन्छ । त्यसपछि अर्को एकजना युगपुरुष, महागुरु फाल्गुनन्द लिङदेनको जन्म वि.सं. १९४२ मा भयो र उहाँले धरै ठाउमा माङहिम निर्माण गरि किरात धर्म, भाषा, लिपि, संस्कृति र सभ्यता आफ्नो चेला-भुलाको साथमा प्रचार-प्रसार गर्ने क्रममा वि.सं. १९९५ मा देशद्रोहीको अभियोगमा ततकालिन श्री ५ को सरकार बाट पक्राउ पर्नु भएको थियो । यसरि किरात भाषामा वन्देज गर्दै नेपाली खस भाषाको प्रयोग गर्न थालियो । वि.सं. १९५८ बाट सुरु गरिएको गोर्खापत्र र वि.सं २००७ मा रेडियो नेपालको स्थापना पछि खस भाषालाइ नेपाली भाषाको संज्ञा दिदै प्रसारण गरि अन्य भाषालाइ दबाइयो । वि.सं २००७ साल पछि विद्यालयहरुको स्थापना जताततै हुन थाल्यो तर नेपाली भाषा बाहेक अन्य भाषाहरुको पठनपाठन हुनदिइएन र खस नेपाली भाषाको एकाधिकार बड्दै गयो । वि.सं २००७ सालदेखि वि.सं २०१७ सम्म लिम्बु वा अन्य भाषाको दमन अत्याधिक रुपमा भयो । वि.सं २०१७ सालपछि राष्ट्रिय एकताको नारा दिएर पञ्चायति व्यवस्था लागुगरि आर्य-खस भाषाको एकाधिकारलाइ सुदृढ र लिम्बु वा अन्य भाषाको उन्मुलननै गर्ने कोषिस भयो । निरंकुस पञ्चायतको अन्त्य संगसगैं वर्तमान किरात धर्मगुरु आत्मनन्द लिङदेन द्धारा वि.सं. २०५० सालमा इलाम, माङसेबुङमा किरात धर्मको केन्द्रीय माङहिम र २०५१ सालमा पाठशाला -निसाम हिम) निर्माण गर्नु भएको छ । यसरी किरात धर्म, भाषा, लिपि, संस्कृति र सभ्यताको वढो कठिन अवस्थाबाट यहाँसम्म आइपुगेको छ । यसरी समय-समयमा लिम्बुवान क्षेत्रमा महापुरुषहरु जन्मनुले किरात धर्म, भाषा, लिपि, संस्कृति र सभ्यताको जर्गेना भएको छ ।

Dec 29, 2011

विश्वको लोकप्रिय प्रचलन जाति र भाषाको आधारमा राज्यको नाम

विश्वास दीप तिगेला
नेपालमा अहिले राज्य पूर्नसंरचना सम्बन्धमा ब्यापक बहस र छलफल चलिरहेको छ । जनताबाट निर्वाचित संविधान सभाका सभासदहरु रहेको राज्य पूर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले १४ राज्य बनाउनु पर्ने प्रस्ताव गरेको छ । कर्णाली, नारायणी, सुनकोशि, खप्तड, जडान, लिम्बुवान, किरात, शेर्पा, ताम्सालिङ, तमुवान, मगरात, नेवा, थरुहट–अवध–लुम्बिनी, मिथिला–भोजपुरा–मधेश प्रस्तावित राज्यहरुको नाम पहिचान र सामथ्र्यको आधारमा ७ वटा जातिगत, ६ भूगोलगत र १ वटा संस्कृतिगत रहेका छन् यद्यपी केहीले जाति, भाषाको आधारमा र कसैले भूगोलको आधारमा मात्र नामाकरण गर्नु हुदैन भन्ने विरोधाभाषपूर्ण आवाजहरु सुनिएका छन् । त्यसैले यस सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई पनि हेर्नु सान्दार्भिक हुन्छ ।
विश्वको सर्व शक्तिमान राष्ट्र संयुक्त राज्य अमेरिकाको ४९ वटा राज्य मध्ये २८ वटा राज्यहरु जाति, भाषा लगायत आदीवासी जातिहरुको इतिहासबाट नामाकरण गरिएको छ । ती राज्यहरु: १. आल्वामा, २. आलस्का, ३. एरिजोना, ४. आकानसास, ५. कनेक्टीकुट, ६. डिलावार, ७. हवाई, ८. इधि, ९. इलिनोइस, १०. इण्डियना, ११. लोवा, १२. कान्सास, १३. केन्टुकी, १४. म्यासच्युट्स, १५. मेसिगन, १६. मिन्निसोटा, १७. मिसिसिपी, १८. मिसोरी, १९. नेव्रास्का, २०. डाकोडा, २१. ओहायो, २२. ओकलाहोमा, २३. टेनिसिसी, २४. टेक्सास, २५. युटाह, २६. वीन्कन्सीन, २७. न्यू मेक्सिको, २८. वाओमिङ हुन । यसरी अमेरिका भौतिक रुपबाट मात्र नभई भावानात्मक रुपबाट पनि विशाल र शक्तिशालि देखिन्छ ।
विश्व कै ठूलो प्रजातान्त्रिक मुलुक भारतमा पनि हेर्ने हो भने अधिकांश राज्य, शहर, जिल्ला र महत्वपूर्ण ठाँउहरुको नाम भाषा, जाति र इतिहासको आधारमा रहेको पाइन्छ । तमिल जातिहरुको तमिलनाडू, कर्णडा भाषीहरुको कर्णाटक, मराठी भाषीहरुको महाराष्ट्र, गुजराती भाषीहरुका गुजरात, पंजावी भाषीहरुका पंजाब, नागा जातिहरुको नागाल्याण्ड, बंगला जातिहरुको पश्चिम बंगला, काश्मीरी जातिहरुको काश्मीर रहेका छन् । बृटिसको पालामा परिवर्तन गरिएको मद्रास, बम्बई भनिने शहरको नामलाई बृटिसको फिर्ति पछि पहिलाकै नाम चेन्नइ, मुम्बई कायम गरिएको छ ।
नेपाल संग धेरै कुरामा समानता रहेको र पछिल्लो समयमा विकास र प्रगतिमा लम्किन्दै गरेको इथियोपियामा ११ राज्य मध्ये जातिय पहिचानको आधारमा आरोमी जाति तथा भाषिहरुको बाहुल्य रहेको क्षेत्र ओरोमिया राज्य, आम्हारिक भाषिहरुको आम्हारा राज्य, सोमाली जातिहरुको सोमाली राज्य, टिग्रिग्ना जातिहरुको टिग्रेई राज्य, आफार जातिहरुको बाहूल्य रहेको क्षेत्र आफार राज्य र हरारी जाति भाषिहरुको बाहुल्य रहेको इलाका हरारी राज्य गरि ६ वटा राज्यहरु छन्, भूगोलको आधारमा २ वटा र मिश्रित आधारमा २ वटा राज्य रहेका छन् ।
जाति, भाषाको नामबाटै सिंगो देशको नाम समेत रहेको पाइन्छ । सर्व जातिहरुको सर्विया, अल्वेनियाली जातिहरुको आल्वेनिया, कुर्द जातिहरुको कुर्दिस्तान, मंगोल जातिहरुको मंगोलिया, फेन्च भाषीहरुको फान्स, स्पेनिस भाषीहरुको स्पेन, आईरिसहरुको आयरल्याण्ड, मले जातिहरुको मलेशिया, ताजिक जातिहरुको ताजिकिस्तान, उज्वेक जातिहरुको उज्वेकिस्तान, बंगला भाषीहरुको बंगलादेश आदी रहेका छन् । यहा याद गर्नुपर्ने कुरा के हो भने धेरै देशको नाम भाषा, जातिको नामबाट रहेको छ भने कतिपय चाहि देश कायम भएपछि भाषाको नाम रहन गएको छ । जस्तैः नेपाल, देश भएकोले पछिबाट खस भाषालाई नेपाली भाषा भन्न शुरु भयो ।
सयुक्त अधिराज्य (वेलायत) भित्र ४ वटा पूर्ण स्वायत्त राज्यहरु रहेका छन् । इङलिस भाषा बोल्नेको इङल्याण्ड, स्कटिस भाषा बोल्नेहरुको स्कटल्याण्ड जसको आफ्नै संसद र मुद्रा समेत रहेको छ, आइरिस भाषीहरुको नोर्दन आयरल्याण्ड, वेल्स भाषीहरुको वेल्स राज्य रहेको छ ।
अमेरिकाको प्रसिद्ध पर्यटकीय शहर काङकुङ, बेलिजका आदीवासी बेलु जातिबाट वेलमुम्पान, रसियाको चेचेन जातिहरुको चेचेन्या, केन्याको साम्बुरु जातिहरुको नामबाट साम्बुरु जिल्ला, फिजीको लाउन भाषिहरुको बाहूल्य रहेको प्रोभिन्सलाई लाउ प्रोभिन्स आदी रहेकोले पनि जाति, भाषाको नामबाट देशको नाम, राज्यको नाम राख्ने प्रचलन विश्वभर नै लोकप्रिय रहेको पाइन्छ ।
विश्वमा जम्मा २६ वटा मुलुकहरुले संघिय राज्य प्रणाली अपनाएका छन् । क्षेत्रफलको हिसाबले कुनै मुलुक नेपाल भन्दा धेरै सानो पनि रहेका छन् । प्रथम संघीय मुलुक संयुक्त राज्य अमेरिका सन् १७८७, स्विट्जरल्याण्ड सन् १८४८, अर्जेन्टिना सन् १८५३, मेक्सिको सन् १८५७, क्यानडा सन् १८६७, ब्राजिल सन् १८९१, अष्ट्रेलिया सन् १९००, अष्ट्रिया सन् १९२०, रुस सन् १९३६, जर्मनी सन् १९३९, भारत सन् १९४७, बेल्जियम सन् १९९३, नाइजेरिया सन् १९६३, बोस्नीया र हर्जगोभिना, कोमोरोस्, इथियोपिया, इराक, मलेशिया, माइक्रोनेशिया, पाकिस्तान, सेन्ट किट्स र नेभिस्, स्पेन, दक्षिण अफ्रिका, सयुक्त अरब इमिरेट्स, भनेजुएला र नेपाल रहेका छन् । यी संघीय मुलुकहरुको अध्ययन गरेर नंव संघीय नेपालले धेरै कुरा सिक्नु पर्दछ । नेपाल जस्तो बहू धर्म, जाति, भाषा, संस्कार संस्कृति, भएका मुलुकहरुमा धेरै अघि संघीय प्रणालीमा गए र अहिले समुन्नत भई सकेका छन् त्यसैले अबको नयाँ सविधान र पूर्नसंरचनाबाट सबैलाई अधिकार प्राप्तहोस तब कसैले पनि अधिकारको लागि आन्दोलन गर्नेछैन र त्यो समय विकास र प्रगतिमा खर्च हुनेछ ।
झण्डै ५ दशक भन्दा बढि एकात्मक शासन प्रणाली अनुभव गरिसकेको नेपालमा अहिले संघीय प्रणालीको चाहना हुनु, आवश्यकता महशुस हुनु आफैमा अर्थपूर्ण छ । एकात्मक प्रणालीको उपभोग पछि अहिले संघात्मक प्रणालीको चाहाना हुनु स्वभाविक हो र कालन्तरमा संघात्मक पछि अर्को प्रणालीको चाहाना र आवश्यकता महशुस हुन सक्दछ । यो विकास र परिवर्तनको नियमित प्रकृया हो । भविश्यमा मुलुक छुट्टाउने सिमाना विनाको देश निर्माण हुनसक्दछ तर अहिलेको परिपेक्ष्यमा सबैमा सघियताको चाहना हुन सबैभन्दा सुन्दरपक्ष मानिएको छ ।
शासक र शाशित जाति रहेको नेपालमा समानता र सन्तुलित सहिष्णुताको अवस्थामा ल्याउन वर्तमान परिप्रेक्ष्यमा जातिय अग्राधिकार, जातिय, भाषिक तथा सांस्कृतिक आधारबाट राज्यको नामाकरण गर्नु आवश्यक ठानिएको हो । यदि राज्यको पूर्न संरचना सामर्थ्यको आधारमा मात्र गर्ने हो भने प्रथमत नेपाल देश आफै चल्न सामर्थ्य छ या छैन भन्ने प्रश्न आउने गर्दछ ? निश्चय नै देश आफै चल्न सकेको छैन त्यसैले यहा भित्र ब्यवस्था गर्न लागिएका राज्यहरु सामर्थ्यको आधारमा मात्र हुनुपर्छ भन्नु आफैमा विरोधाभाषपूर्ण कुरा हुन् ।
राज्यको पूर्नसंरचना उच्च जातिको हालीमुहाली कायम राख्ने तरिकाले गर्ने वा सबै जाति, धर्म, सम्प्रदायलाई समानता हुने तरिकाले गर्ने भन्ने अहिलेको मुख्य मुद्धा हो । संविधान निर्माणको एक जटिल अंश राज्यको पूर्नसंरचना र क्षेत्र निर्धारणमा हामी अरुबेला भन्दा माथि उठेर धैर्यताका साथ साझा, निष्पक्ष, समावेशि र समृद्ध नेपालको खातिर काम गर्दैछौ भन्ने आत्मा विश्वास लिनु पर्दछ । आफूले चाहेको सबै कुरा हुनैपर्छ भन्ने माग गर्दा अरुलाई केकस्तो असर पर्छ त्यो कुरालाई पनि ध्यान दिनुपर्ने हुन्छ । एकात्मक चरित्रको प्रणालीले हामीलाई दास बनाएको अवस्था भएकोले शुरुशुरुमा संघियता पद्धति असजिलो हुनसक्ला तर बहू जाति, भाषा, धर्म, संस्कार संस्कृति भएको मुलक नेपाल जस्तो विश्वका अनेकौ मुलुकहरुमा सफल र लोकप्रिय साबित संघीय प्रणालीले निश्चय नै कल्याण गर्छ भन्ने विश्वास राख्नु पर्दछ । संसार स्वतः परिवर्तनशिल छ आजको प्रणाली भोलि परिवर्तन र परिमार्जन हुनुपर्दछ । त्यसैले डराउनु पर्ने, आत्तिनुपर्ने अवस्था कसैलाई पनि छैन । आपसमा मनमुटाव नल्याउने, अस्वीकार्य नहुने निष्पक्ष संविधान नै उत्कृष्ट सविधान हुन सक्दछ । निष्पक्ष संविधान भएमा कसैले अधिकारको लागि, समानताको लागि लड्ने समय विकासको लागि सदुपयोग हुनेछ ।
हिजोको ५ विकास क्षेत्र र १४ अंचलहरु तिनै भूगोल र सामथ्र्यको आधारमा थियो र त्यो सबैभन्दा असफल र बेकम्मा सावित भएको कुरा छर्लङ्ग छ । पुनः त्यस्तै भूगोल र सामथ्र्ययको आधारमा मात्र राज्यको परिकल्पना गर्नु पश्चगमन हो । त्यसैले विकासको कार्य, प्रसासकीय कार्य चुस्त र दुरुस्त प्रभावकारी ढङ्गबाट संचालन गर्न, समुदायलाई समावेशि बनाउन, समानताको आधारमा कार्य संचालन गर्नको लागि कर्तब्य तथा जिम्मेवारी बोध हुने प्रकारले राज्यको संरचना र नामाकरण गर्नु पर्दछ । संमग्रमा राज्य पूर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले राज्यको नामको बारे ल्याएको खाका उपयुक्त देखिन्छ । प्रस्तावित राज्यहरुको सिमाक्षेत्रमा केही थपघट तथा सुधार गरेमा पूर्ण हुने देखिन्छ । त्यसैले समितिलाई धन्यवाद दिन कन्जुसियाई पनि नगरौ ।
जाति, भाषा, संस्कृति र भूगोलको आधारमा राज्यको नाम राख्दैमा जातिय अन्तर विरोध हुन्छ भन्ने होइन किन कि राजनैतिक चेतनाको हिसाबले हामी नेपाली अगाडि छौ र जातिय अन्तर विरोध हुदैहुदैन भन्ने पनि होइन तर जातिय राज्य नदिदा हुने द्धन्द्ध भन्दा दिएपछि हुने द्धन्द्ध सहिष्णु र सामान्य हुनेछ । हिजो देखि आज सम्म रहेको आक्रोस जस्तो हुनेछैन । त्यसैले यो समय भनेको केही गुमाएरै भएपनि हिम्मत गरेर समृद्ध र साझा नेपाल बनाउन अघि बढ्नु पर्ने बेला हो । एकात्मक प्रणाली बर्षौबर्ष अनुभव गर्‍यौ, त्यसैले अब आउनुहोस संमृद्ध नेपालको लागि आज अग्राधिकार सहितको संघीय नेपाल निर्माणमा सहभागि बनौ ।
विश्वास दीप तिगेला, biswasdip@ymail.com, १९ नोभेम्बर २०११, ब्रुनाई

स्रोतः
१. http://americanindiansource.com/indianed/statesnames.html (Access 27 Nov 11)
२. http://www.native-languages.org/state-names.htm (Access 27 Nov 11)
३. संङ्घीय राज्यको नयाँ संरचना– विवेक सिर्जनशील प्रकाशन प्रा. लि.
४. संङ्घीय मासिक बर्ष ६ र ७ पूर्णाङ्क ७, २०६७, बालकृष्ण माबुहाँङ
५. https://www.cia.gov (Access 28 Nov 11)
६. नेपाल साप्ताहिक, बर्ष १२, अंक १८, पेज २५, भिमार्जुन आचार्य
७. नागरिक दैनिक बर्ष ३, अंक २२६, पेज ६, कनकमणि दीक्षित
८. कान्तिपुर दैनिक बर्ष १९, अंक २९३, पेज ७, बीरेन्द्र देउजा/खेमराज नेपाल
८. कान्तिपुर दैनिक बर्ष १९, अंक २९४, पेज ७, प्रकाश दाहाल
More info: http://nayasamachar.com/?p=12754

Nov 10, 2011

लिम्बूवान राज्यको स्थापना र सिमाना

प्रकाश यक्सो
यो ब्रम्हाण्डमा रहेका अनगिन्ती तारा र ग्रहहरु मध्येका एउटा ग्रह पृथ्वी पनि हो। वैज्ञानिकहरुका अनुसार पृथ्वीको उत्पति भएको धेरै लामो समयपछि मात्र पृथ्वीमा जीवहरुको उत्पति भएको हो । शुरुकालमा पृथ्वीमा एकमात्र प्याङजिअ (pangaea)नामको विशाल महाद्वीप (Super continent) थियो । जुन आजभन्दा बीस करोंड वर्षघि टुक्रिएर लोरेइस (Lourasia) र गण्ड्वाना (Gondwana) नामका दुइ ठूला महाद्वीपहरु बने । त्यसैगरी साढे छ करोंड वर्षघि ती दुइ महाद्वीपहरुपनि टुक्रिएर सात महादेशहरु बने (The Random House Book of 1001 Guestions & Answer about Planet Earth: Brian and Brenda Williams Random House New York)।
यिनै सात महादेशहरुमध्येका एसिया महादेशमा पर्ने नेपाल पनि एक राष्ट्र हो । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिहरु मध्ये याक्थुङ (लिम्बू) हरु पनि एक हुन् । यिनीहरुको बारेमा जानकारी लिनु पर्दा शुरुमा कहाँबाट, कहिले,कसरी आएर स्थापित भए ?भन्ने प्रश्न उठ्छ ।याक्थुङहाङवंशीहरुको काठमाण्डौं उपत्यकामा प्रथमपल्ट प्रवेश र त्यहाँ उनीहरुको सर्बप्रथम राज्यको स्थापना कसरी,कहिले र कसको पालामा भयो ?लिम्बूवान राज्यको प्राचीन सिमाना कहाँदेखि कहाँसम्म थियो र कहाँसम्म हो ?याक्थुङ लिपिको आविस्कार तथा याक्थुङ संवतको शुरुवात कसले कसरी गरे ? लिम्बूवान राज्यका संस्थापक राजा को थिए ?आदि प्रश्नहरुको स्पष्ट उत्तर दिन 'शेर्मा यासोलुङ (शेर्मा पुस्तावली)'को अध्ययन गर्न वान्छनीय भएकोले यसलाई यो लेखको प्रमुख स्रोत बनाइएको छ । यो लेखलाई निरन्तरता दिनु भन्दा पहिले शेर्मा यासोलुङको बारेमा छोटो जानकारी दिन आवश्यक भएकोले सो यहाँ दिइएको छ ।
शेर्मा यासोलुङ (शेर्मा पुस्तावली)
लिम्बूवान राज्य अन्तर्गत दश लिम्बूवान राज्यहरु मध्ये पाँचथर पनि एउटा राज्य हो । दश लिम्बूवान राज्य स्थापनापछि पाँचथर राज्यका प्रथम राजा थाम्लासो पापोहाङ (याक्थुङ संवव् ४६७४-४७६५/वि.सं. ७५३-८४४) थिए । पाँचथर राज्यमा थाम्लासो पापोहाङ वंशले जम्मा १७ पुस्तासम्म राज्य शासन गरे । यिनै १७ पुस्ताका राजाहरुमध्ये १६औं पुस्ता तथा शेर्मा थरवंशका दोस्रो पुस्ताका राजा शेर्मा द्वितीय (याक्थुङ संवतः५२५३-५३५०/वि.सं.१३३२-१४२९) थिए ।उनले निम्नलिखित कृतिहरु लेखेका थिए ।
(१) येप्चिरी येबारे याम्बक (येप्चिरी येबाको काम कर्म) -या.सं.५२९४/वि.सं.१३७३ ।
(२) साम्जिरी साम्बारे याम्बक (साम्जिरी साम्बाको काम कर्म) -या.सं.५२९६/वि.सं.१३७५ ।
(३) माङजिरी माङदेम्बारे याम्बक (दैवज्ञ पुरोहितको काम कर्म) -या.सं.५२९९/वि.सं१३७८ ।
(४) तुत्तुगेन तुम्म्याङहाङरे याम्बक (भद्रजनहरुको काम कर्म)-या.सं.५३०१/वि.सं.१३८० ।
(५) सिमिकलुङरे चइत मुन्धुम (ब्रहृमाण्डको मुन्धुमी सृष्टि कथा) -या.सं.५३०४/वि.स.१३८३ ।
(६) साङ खेदा (दन्त्य कथा) -या.सं.५३०५/वि.सं.१३८४ ।
(७) याक्थुङलिम्बूवान लाजेरे साप्मुन्धुम (याक्थुङ लिम्बूानराज्यको इतिहास) -या.सं.५३१३/वि.सं.१३९२ ।
(८) शेर्मा यासोलुङ (शेर्मा पुस्तावली) -या.सं.५३१५/वि.सं.१३९४ ।
(९) सिदा हाबेक (औषधि शास्त्र) -या.सं.५३२९/वि.सं.१४०८ ।
माथि भनिएको १७ पुस्ता राजाहरुको नाम र संवत् यसै लेख अन्तर्गतको पुस्ता नं. १४३ देखि
१५९ सम्म हेर्नुहोस् ।
शेर्मा यासोलुङ अनुसार राजा शेर्मा द्वितीयले यो यासोलुङ (पुस्तावली) केवल शेर्मा थरवंशका लागि मात्र भनेर लेखिएको एउटा छोटो कृति हो । लिम्बूवान राज्यको ऐतिहासिक वृत्तान्त 'याक्थुङ लिम्बूवान लाजेरे साप्मुन्धुम (याक्थुङ लिम्बूवान राज्यको इतिहास)'नामक ग्रन्थमा लेखिएको छ भनेका छन्।उनले शेर्मा यासोलुङमा लिम्बू राजवंशको पुस्तावली,साल-संवतहरुको सम्पादन तथा सङकलन गर्दै ल्याएको र तत्कालीन याक्थुङ लिम्बूवान राज्यको स्थापनाकालदेखिको अभिलेखहरु लेख्दै सार्दै ल्याइएको लिखत अभिलेख हो भनेका छन् । शेर्मा यासोलुङ अनुसार अहिले याक्थुङ संवत् ५९८९ साल -चिल वर्ष भएको छ। याक्थुङ संवत आफ्नै साफेक्वा( फागुन) महिनादेखि साल फेरिन्छ । यो याक्थुङ संवतले करीब ५५९० (वि.सं. १६६९) सालसम्म सिमित मात्रामा भएपनि निरन्तरता पाएको देखिन्छ । त्यसपछि भने यो संवत् अन्धकारमै हरायो ।आज बल्ल त्यहीँ याक्थुङ संवत् पुनः फेला परेको छ ।शेर्मा द्वितीयले याक्थुङ संवतका अतिरिक्त अन्य संवतहरु पनि खोजी गरेर साल संवत् तुलना गरिराख्ने काम गरेका थिए । त्यसका लागि उनले याक्थुङ संवत ५३१० सालमा सङमुकहाङको नेतृत्वमा ५ सदस्यीय टोली खटाए । सो टोलीले विक्रम संवत् फेलापारेर ल्याएको हुँदा उनले उक्त संवत्लाई पनि बेलाबखत याक्थुङ संवत्को छेउमा लेख्ने चलन गरेका थिए ।
शेर्मा यासोलुङको यो छोटो परिचयपछि यसै यासोलुङमा केन्द्रित रहेर योलेखअघि बढ्दैछ। यासोलुङमा उल्लेख भएअनुसार प्राचीनकालमा हिमालय पर्वतको उत्तर-दक्षिणको सम्पूर्ण भू-भागलाई 'एसिङगेन केयाङ लाजे (महाभूमि)'भनिन्थ्यो । हिमालय पर्वतदेखि उत्तरपट्टीको भू-भागलाई 'थोसिङ लाजे (माथिल्लो भूमि)'र दक्षिणपट्टीको भू-भागलाई 'योसिङ लाजे (तल्लो भूमि)'भनिन्थ्यो ।
यहाँ याक्थुङ (लिम्बू) वंशको परिचयात्मक सन्दर्भ उठ्ता किरातमा प्रवेश गर्नुपर्ने हुन्छ । किरातको सन्दर्भ उठ्दा किरातभन्दा अघिको जाति नाममा प्रवेश गर्नुपर्ने हुन्छ । शेर्मा यासोलुङ अनुसार 'सोगाङ' भन्ने ठाउँमा साङदा साङबङहरु बस्थे । उनीहरुका एक 'चोवाङ' नामका सरदार पनि थिए ।साङदा साङबङहरु एक यस्तो ठाउँमा सरे कि त्यो ठाउँ प्राकृतिकरुपमा ज्यादै सुन्दर तथा रमणीय थियो । त्यसैले साङदा साङबोङहरुका सरदार चोवाङले त्यस ठाउँको नाम 'किरात' राखे । साङदा साङबङ भाषामा किरातको अर्थ प्राकृतिकरुपमा ज्यादै सुन्दर तथा रमणीय स्थान भन्ने हुन्छ । साङदा साङबङहरु फेरि अर्को ठाउँमा सरे । उनीहरुले त्यो ठाउँको नाम'सोबुक' राखे । सोबुकमा बस्दा साङदा साङबङहरुले आफूलाई 'साङबङ किरात' भन्न थाले । त्यसपछि फेरि अर्को ठाउँमा सरे जुन् ठाउँको नाम उनीहरुले 'पालिङखुङ' राखे । पालिङखुङमा बस्दा आफूलाई 'किरात' मात्र भन्न थाले । त्यहाँका प्रथम किराती राजा 'सावोङ' थिए । यसरी यहीँ पालिङखुङबाट नै 'किरात' जातिनामको शुरुवात भएको थियो ।
शेर्मा यासोलुङ अनुसार किरातहरुका आदि राजा 'सावोङ' र आदि स्थान 'पालिङखुङ' थियो । यो ठाउँ हिमालयको सुदुर पश्चिमको छेउको आसपासमा पर्दछ । यहीँ पालिङखुङबाट किरातीहरु बढ्दै फैलिन्दै गए । समयान्तरमा ठूलो सङख्या भएपछि उनीहरुको २१ ओटा समूहहरु बन्न पुग्यो । प्रत्येक समूहमा एक एक जना समूह नेतारहन्थे र समूह नेताकै नामबाट समूहको नामपनि रहन्थ्यो । त्यो समूह नेता नै सम्बन्धित समूहको राजा हुन्थ्यो । यिनै २१ ओटा किरात समूहमध्ये १६ समूहको नाम अज्ञात रहेको छ भने बाँकी ५ ओटा समूहहरुको नाम मात्रजानकारीमा अएका छन् । ती ५ समूहहरुको नाम यसप्रकार रहेको छ- (१) मोलोङ (५) वलुप (१०) लासोङ (१३) वोलुङ (१८) सोथोङ ।
यिनै ५ किरात समूहहरु मध्ये मोलोङले नेतृत्व गरेको समूह चाहिँ याक्थुङ (लिम्बू) भएका हुन् । उनीहरु 'फयमदेन'मा बस्दथे । स्रोतमा उल्लेख भएअनुसार फयमदेनको अर्थ 'पवित्र स्थान' भन्ने हुन्छ । यो स्थान काठमाण्डौं उपत्यकादेखि दक्षिण-पश्चिम दिशातिर पर्दछ। फयमदेनका प्रथम राजा 'मोलोङ' थिए । याक्थुङ संवत् ६१ सालमा मोलोङको देहान्त भएपछि उनका छोरा 'याक्थुङ'फयमदेनका राजा भए । उनले याक्थुङ संवत् ६५ सालमा फयमदेनको चार किल्ला साँध सिमाना बाँधेका थिए । पूर्वमा फिछिङवा खङ (फिछिङवा नदी), पश्चिममा सुम्फेवा खङ (तिनपाते खोला), उत्तरमा सेरिलुङ फाङलुङ (बज्र पहाड) र दक्षिणमा लाङथाक तेम्बे (लाङथाक मैदान) सम्म थियो ।
 याक्थुङ लिपिको आविस्कार तथा संवतको शुरुवात
शेर्मा योसोलुङ अनुसार तत्कालीन किरातकालमा कुनै पनि लिपिको आविस्कार भएको थिएन । राजा मोलोङलाई आफूलाई कति वर्ष पुगेँ होला !भन्ने जिज्ञासा लाग्थ्यो। आफ्नो उमेर वर्ष थाहा पाउने माध्यमको अभाव भएको महसुस गरे । तसर्थ छोरालाई आफ्नो उमेर थाहा पाउने माध्यमको समस्या नहोस् भनेर एक विधि अपनाए । जुन् विधि यस्तो थियो-मोलोङले छोरा जन्मेपछि छोराको नाम 'याक्थुङ' राखे । याक्थुङ जन्मदाको समय जाडो याम जाने बेला अर्थात बालीनाली छर्ने बेलाको समय थियो । छोरा जन्मेपछि मोलोङले एउटा दह्रो खालको फलेक तयार पार्न लगाए र फलेकमाथिएउटा ठाडो धर्सो कोरे ।छोरा जन्मेपछि हिउँद-वर्षा पार भई अर्को सोही याम दोहोरिन्ने बित्तिकै उनले प्रत्येक पल्ट ठाडो धर्सो कोर्दथे । यसरी धर्सो कोर्दै जाँदा धर्सो जति ओटा पुग्थ्यो याक्थुङ त्यतिनै वर्ष पुगेको मानिन्थ्यो । मोलोङले छोरा याक्थुङ १५ वर्षको भएपछि छोरा याक्थुङलाई नै धर्सो कोर्न लगाए । याक्थुङले पनि आफू जन्मेको प्रत्येक वर्षोही याम दोहोरिने बित्तिकै धर्सो कोर्थे। जब याक्थुङ २० वर्ष पुरा गरेर २१ वर्षमा लागे तब उनलाई एक प्रकारको चेतना आयो । त्यसपछि याक्थुङले धुलो,ढुङ्गा,पात,बोक्रा आदिमा अनेक प्रकारका चित्रहरु कोर्न थाले । यी विविध चित्रहरुको कोराइको लामो अनुभवबाट उनले मानिसले बोल्ने भाषाको प्रतिनिधित्व गर्ने लिपिको आविस्कार गर्न पुगे । उनले र्सवप्रथम ११ ओटा अक्षर बनाए । तर त्यतिले मात्र याक्थुङ भाषाको प्रतिनिधित्व नभएपछि उनले फेरि ७ ओटा अक्षर थपेर जम्मा १८ ओटा अक्षर बनाए । आफूले बनाएको लिपिको नाम आफ्नै नाम याक्थुङबाट 'याक्थुङ सकसक (याक्थुङ लिपि)' राखे । अर्कोतिर आफ्नो उमेर वर्षको आधारबाट साल समयको पनि गणना गर्न थाले । यसरी गणना गर्न थालिएको वर्ष वर्षमा गणना दिने सालसमयको नाम 'मुङफुङ (संवत)' राखे र मुङफुङको नाम पनि आफ्नै नामबाट 'याक्थुङ मुङफुङ' (याक्थुङ संवत) राखे ।यो चैतन्य कर्मबाट याक्थुङ र यिनका पिता मोलोङ दुवै ज्यादै खुशी भए । याक्थुङ आफ्ना समूह तथा वंश समाजलाई औधि मायाँ गर्थे । याक्थुङको यो ज्ञान र गुनबाट उनका सम्पूर्ण वंशसमाजज्यादै खुशी भई उनीहरुले पनि आफूलाई'याक्थुङ' भन्न थाले र त्यसपछि सबै याक्थुङ भए । राजा मोलोङ (पिता) को अनुमति लिएर याक्थुङले याक्थुङ संवत ५६ सालमा निम्नलिखित ४ कुराहरुको घोषणा गरे ।
(१) याक्थुङ सोसोदाङ (याक्थुङ जाति) ।
(२) याक्थुङ पान (याक्थुङ भाषा) ।
(३) याक्थुङ सकसक (याक्थुङ लिपि) ।
(४) याक्थुङ मुङफुङ (याक्थुङ संवत) ।
याक्थुङका यी ४ महत्वपूर्ण घोषणहरु मध्ये माथि उल्लेखित याक्थुङ संवत अहिले ५९८९ साल पुग्योभन्ने कुराको उल्लेख माथि नै भइसकेको छ ।याक्थुङ संवत ६१ साल पुग्दा राजा मोलोङको मृत्यु भएकोले छोरा याक्थुङ फयमदेनका राजा भए । आफू राजा भएपछि याक्थुङ राजा प्रथमले आफ्ना सम्पूर्ण याक्थुङ वंश समाज र भाइ भारदारहरुलाई निम्नअनुसारको नीति-निर्देशन तथा उपदेशहरु दिएका थिए-
(१) अबदेखि याक्थुङ संवत लेख्ने र त्यसलाई मान्ने ।
(२) प्रत्येक पुस्ताले पिता-पुर्खाहरुको पुस्ता र संवत नछोडी लेख्दै-राख्दै जाने । सबैले लेख्न,राख्न नसकेमा वंशमूल (राज पुस्ता वा नेता) ले चाहिँ अनिवार्य लेख्दै-राख्दै जाने ।
(३) आफ्ना याक्थुङ वंशलाई मायाँ गर्ने साथै अन्य मानिसहरुलाई पनि आफ्ना वंश सरह मायाँ गर्ने ।
(४) राजाले राज्यमा जनताहरुबीच कुनै पनि किसिमको अन्याय हुन नदिने । अन्याय भएमा अन्याय गर्नेलाई दण्ड दिन आवश्यक नीतिनियम बनाइ राख्ने ।
(५) न्याय-अन्याय राम्ररी बुझेर निश्पक्ष न्याय दिने ।
(६) निश्चित सिमाना बाँधेर राज्य गर्ने ।
(७) आवश्यकता अनुसार देशका जनताहरुलाई समय-समयमा भेलागरी राज्यका बारेमा जानकारी दिने ।
(८) सबैले दुश्मनी मानव र पशुप्राणीहरुसँग युद्घ गर्ने कला सिकिराख्ने ।
(९) राज्यलाई सँधै चनाखो राख्ने ।
(१०)अहिले हाम्रो राज्य वरिपरि अरु कसैको पनि राज्य छैन । यदि पछिबाट अरु कसैको राज्य बनेमा त्यो राज्य नमिच्ने ।अन्जानवशमिचेको भए थाहा भएको दिन छोडिदिने ।
(११) पिता-पुर्खाहरुले निश्चित सिमाना बाँधेर आर्जिदिएको भूमि नछोड्ने ।
(१२) पिता-पुर्खाको उपदेश राम्ररी सुन्ने ।
(१३) गलत भए सच्याउने ।
यसरी माथिको नीति-निर्देशन अनुसार राजा मोलोङ र उनका छोरा याक्थुङहाङबाट याक्थुङ (लिम्बू) राजवंशको इतिहास, पुस्तावलीक्रम र संवत लेख्न शुरु भएको थियो । पुस्तावली र संवत् यो लेखको अन्तिममा राखिएको छ ।लेख लामो हुने भएकोले केहीका बाहेक राजाहरुका भाइ राजकुमारहरुको नाम नलेखिएको हो ।
राजा याक्थुङहाङ-प्रथम -याक्थुङ संवत १(९२) ले याक्थुङसंवत ६५ सालमा एक कानुन निर्माण गरेका थिए जसलाई 'याक्थुङ लाम्फुङ (याक्थुङ विधान)' भनिन्छ । यो याक्थुङ विधान लिम्बू राजवंशको इतिहासमा पहिलो कानुन थियो र यो याक्थुङ (लिम्बू) हरुको र्सवजेष्ठ कानुन पनि हो ।
साङगे वारक (काठमाण्डौं उपत्यकाको प्राचीन तलाउ)
पाँचौं पुस्ताका याक्थुङ राजा सोयोलुङहाङ (या.सं. १००-१८९) का पालामा सर्बजनहरु जँगल घुम्ने क्रममा याक्थुङ संवत् १६० सालमा काठमाण्डौं उपत्यकाको प्राचीन तलाउ पत्ता लागेको थियो । उनीहरुले त्यो तलाउको नाम आफ्नै याक्थुङ भाषामा 'साङगे वारक (पर्वत वेष्ठित महाताल)'राखे ।  यसरी मानव जातिले प्रथमपल्ट 'साङगे वारक' पत्ता लगाएका थिए । त्यसपछिउनीहरु सालमा २/३ पटक साङगे वारक हेर्न
 जाने गर्थे । शेर्मा यासोलुङ अनुसार त्यसबेला साङगे वारक जलमय, प्रकृतिमय र रहस्यमय थियो ।
सातौं पुस्ताका याक्थुङ राजा यामलुकहाङ -या.सं.१६७-२५१) को पालामा अर्थात् याक्थुङ संवत २०३ सालमा घनघोर बर्षा भयो । घनघोर बर्षा भएको केही दिनपछि मानिसहरु सदा झैं साङगे वारक हेर्न जाँदा साङगे वारकको पानीको सतह केही बढेको देखे ।उनीहरु फर्केको केही दिनपछि नैमहाभूकम्प गयो । महाभूकम्प गएको केही महिनापछि उनीहरु फेरि साङगे वारक हेर्न गए । त्यतिबेला साङगे वारकको पानी धेरै सुकेर थोरैमात्र रहेको देखे । यसरी साङगे वारक सुकेको देखेर उनीहरु अचम्मित भएका थिए । यो खबर राजा यामलुकहाङ कहाँ पुर्याए ।यो खबरले राजा पनि अचम्मित भए । उनी सयम् हेर्न जाँदा साच्चै नै साङगे वारक सुकेको पाए । यसरी आफ्नै जीवनकालमा अर्थात याक्थुङ संवत २०३ सालमा घनघोर बर्षा भएको र महाभूकम्प पनि गएको कारणले साङगे वारक सुकेको घटनाको टिपोट लेखिराखे । यो टिपोट पछि उनले उनका सन्तान परिवार, दाजुभाइ तथादेशवासी याक्थुङहरुलाई निम्न कुराहरु भनिराखे-
(१) ताल सुकेको भूमि धेरै समयसम्म मलिलो हुन्छ ।
(२) आजको एक दुइ सय वा दुइ चार सय वर्षछि बोटबिरुवा तथा रुखपात उम्रेर जँगल पुग्छ ।
(३) जँगल पुगेपछि बस्न योग्य हुन्छ ।
(४) हाम्रा भावी याक्थुङ सन्तानहरु त्यहाँ गएर बसूनआदि ।
नेबालाजे (काठमाण्डौं उपत्यका) राजा साङदोलुङहाङ (५५८-६४३)
१८ औं पुस्ताका याक्थुङ राजा 'साङदोलुङहाङ'नेबालाजेका संस्थापक तथा प्रथम राजा थिए । आफ्नो सातौं पुस्ताका पुर्खा राजा यामलुकहाङको मनइच्छा पूरा गर्न उनीयाक्थुङ संवत् ६०५ सालमाफयमदेनबाट नेबालाजेमा विधिवत सरेका थिए ।उनले त्यहाँ सर्नु अघि ढाल-फाँड गराइ बस्ती बसाइ बस्न योग्य बनाएका थिए ।राजा साङदोलुङहाङले याक्थुङ संवत् ६०९ सालमा नेबालाजेको चार किल्ला साँध सिमाना बाँधेका थिए । उनले आफ्नो देश नेबालाजेको पश्चिममा साङदोलुङ पहाड, पूर्वमा साम्फी लाजे, उत्तरमा मिङसेलुङ पहाड र दक्षिणमा चेङवालुङ पहाड सिमाना कायम गरेका थिए । नेबालाजेको अर्थ सुत्दा सम्म देखिए झैं सम्म देखिने सम्म भूमि भन्ने हुन्छ । साङदोलुङहाङले नेबालाजेमा प्रवेश गर्दाको बखत निम्न कुराहरु व्यक्त गरेका थिए-
(१) फाङलुङले कप्तुबा लाजे (पर्वतले घेरेको भूमि)।
(२) ताम्भुङले तेप्तुबा लाजे (वनजँगलले ढाकेको भूमि) ।
(३) चानु,लाजे (अन्न उब्जाउ हुने भूमि) ।
(४) नेबालाजे (सुत्दा सम्म देखिए झैं सम्म देखिने सम्म भूमि) ।
(५) नेनेलाजे (सम्म सुतेझैं देखिने समतल भूमि) ।
(६) वारकलाजे (ताल सुकेर बनेको भूमि) आदि ।
माथि व्यक्त गरिएका नेबालाजे र नेनेलाजे भन्ने दुइवटा शव्दहरु आएको भए तापनि दुवै शव्दहरु करीब समान अर्थका हुन् ।
राजा यलम्बरहाङ (११९८-१२८९)
३७ औं पुस्ताका याक्थुङ राजा साङगुनहाङका 'कासारहाङ' -११९५-१२१५) र 'यलम्बरहाङ' -११९८-१२८९) नाम गरेका दुइ भाइ छोराहरु थिए । कासारहाङको २० वर्षको कलिलो उमेरमा निसन्तान भई देहान्त भएकोले उनका भाइ यलम्बरहाङ याक्थुङ संवत् १२१५ सालमा (१७ वर्षको उमेरमा) युवराज घोषित भए । त्यसको ३० वर्ष पछि अर्थात् याक्थुङ संवत १२४५ सालमा राजा साङगुनहाङको मृत्यु भएपछि यलम्बरहाङ नेबालाजेका राजा भए । उनले याक्थुङ संवत् १२४५ देखि १२८९ साल -जम्मा ४४ वर्ष सम्म नेबालाजेमा राज्य गरे । उनी याक्थुङ पुस्तावली अनुसार ३८ औं र नेबालाजेका चाहिँ २१ औं  पुस्ताका याक्थुङ राजा थिए ।यलम्बरहाङपछि उनका छोरा निदाङहाङ (१२३३-१३१८), निदाङहाङपछि उनका छोरा वालम्बाहाङ (१२६८-१३५६), वालम्बाहङपछि उनका छोरा लिम्बूहाङ (१३०१-१४०६) नेबालाजे (काठमाण्डौं उपत्यका) मा राजा भए । यिनै लिम्बूहाङले विशाल लिम्बूवान राष्ट्रको निर्माण गरेका थिए ।
प्राचीन लिम्बूवान राष्ट्रको निर्माताः राजा लिम्बूहाङ याक्थुङ -१३०१-१४०६)
याक्थुङ (लिम्बू) राजवंशका ४१ औं तथा नेबालाजेका चाहिँ २४ औं पुस्ताका याक्थुङराजा लिम्बूहाङ प्राचीन लिम्बूवान राष्टका निर्माता थिए । उनलाई त्यतिबेला पैतृक राज्य नेबालाजे ज्यादै सानो लागिरहेको थियो ।उनले नेबालाजेलाई ठूलो बनाउने विचार गरिरहेका थिए । तसर्थ यसै विषयका लागि याक्थुङ संवत १३२२ सालमा उनी भाइ हुङमङतीहाङलाई लिएर पिता वालम्बाहाङ कहाँ गए र विन्ती गर्दै भने 'पिता महाराजा ! यो हाम्रो नेबालाजे ज्यादै सानो छ । पछि हाम्रो वँश सन्तानबड्दै-फैलन्दै गएमा भूमिले पुग्दैन । तसर्थ ठूलो राज्य बनाउने विचार गरेको छु । भाइ हुङमङतीहाङलाई मेरै राज्यधिकार अन्तर्गत विशेष राजप्रतिनिधिको रुपमा काम गर्ने अधिकार दिन्छु । राज्य ठूलो बनाउने काममा अविछिन्न लाग्छु । पिताबाट आज्ञोत्तर होस् ।' छोरा लिम्बूहाङको यस्तो इच्छाबाट वालम्बाहाङ पनि ज्यादै खुशी भए र भने'नेबालाजेलाई ठूलो बनाउने विचार गरिरहेका रहेछौं ।विचार बुँझे। ठूलो राज्य बनाउन ज्यादै दुःख-कष्ट हुन्छ । दुःख-कष्ट गरेर नेबालाजेलाई ठूलो बनाउछौं भने तिम्रै लिम्बूहाङ नामबाट राज्यको नाम राख । तिम्रो नामबाट राखिएको भू-राज्यको नाम यो पृथ्वीमा मानव अस्तित्व रहेसम्म रहिरहने छ, ररिहोस् । चिताएको कुरा र गर्न लागेको काम पुरा होस् । तिम्रो पिताबाट यही आज्ञा र आशिर्वात छ ।' यसरी पिता वालम्बाहाङबाट आज्ञोत्तर प्राप्त भएपछि लिम्बूहाङलेराज्य निर्माणका लागि आवश्यक पर्ने कुराहरुको प्रबन्ध गर्न थाले । प्रबन्ध गरिसकेपछि याक्थुङ संवत १३२५ सालमा राज्य निर्माणको नीति-निर्देशिका तयार पारे जुन यसप्रकार रहेको छ-
नीति-निर्देशिका
(१) राज्य निर्माण गर्दा निरपेक्ष भूमिलाई मात्र निर्माण गर्ने ।
(२) निर्मित राज्यको निश्चित सिमाना राख्ने ।
(३) ठूल्ठूला नदी-नाला, पहाड-पर्वत आदिलाई राज्यको सिमाना बनाउने र सो पनि नभएमा अन्य व्यवस्थागर्ने ।
(४) सिमानाहरु स्पष्ट उल्लेख गरिराख्ने ।
(५) राज्य निर्माण भइसकेपछि सिमानाहरुको आवश्यक अनुगमन गर्ने र निर्देशन दिने ।
(६) सिमाना बाँधीसकेको राज्यमा तत्कालको लागि अन्य जातिलाई प्रवेश निशेध गर्ने ।
(७) नीतिगत व्यवस्थाहरु बनाएर मात्र अन्य जातिलाई प्रवेश दिने, बस्ने व्यवस्था गर्ने ।
(८) राज्यको भौंगोलिक अवस्थाका कारण नेबालाजेबाट नै राज्यको विषय हेर्न, रेखदेख गर्न, रक्षा गर्न
समस्या भएमा सरदर बीचमा पर्ने गरी नयाँ उपयुक्त स्थानको छनोट गर्ने ।
(९) राज्य निर्माणको क्रममा बढी राशन-पानीको आवश्यकता पर्ने भएकोले खेतीको विस्तार गरी
अन्नको उत्पादन बढाउने ।
(१०) राज्यका लागि बनाइएका नीति-निर्माणहरु भावी पुस्ताहरुको जानकारीका लागि पुस्ता-पुस्तामा
हस्तानतरण गर्दै जाने ।
(११) पछिल्ला पुस्ताहरुले पनि पुर्खाहरुको अनुसरण गर्दै जाने ।
(१२) राज्य सम्बन्धी कागजातहरु अत्यन्त सुरक्षितसाथ राख्ने ।
(१३) कुनै प्रतिकूल परिस्थिति आएमा अत्यन्त सुरक्षितसाथ सातपत्र माटोमुनि लुकाएर भएपनि
कागजात जोगाउने, बचाउने ।
(१४) माटोमुनि राख्दा सम्बन्धितहरुले मात्र चिन्नसक्ने गरी चिन्ह लगाएर राख्ने ।
(१५) कागजातहरुबाटमात्र परिवार, वंश, जाति, समाज आदिको जानकारी खुल्ने भएकोले प्राणभन्दा
प्यारो मानेर राख्ने ।
(१६) पिता-पुर्खाहरु आफ्नो जन्मको स्रोत भएकोले इस्वर मान्ने, सम्मान गर्ने र सम्झना गर्ने ।
(१७) राज्य निर्माणको क्रममा जाँदा दिशा जानकारीको लागि सूर्य र ताराहरुको सधैं सहारा लिने ।
(१८) निर्माण भइसकेपछि राज्यको नक्शा कोरेर राख्ने, देखेको, हिँडेको, जानेको आधारमा नदीहरुको
नाम र नक्शा पनि कोरेर राख्ने ।
(१९) सिमाना राख्दा ढुङ्गा गारो लाएर राख्ने, ठूल्ठूला चट्टानको पहरा भए त्यसमा चिनो लाएर राख्ने ।
(२०) सिमाना लाइसकेपछि तत्काल केही समयसम्म सिमाना देखिराख्न झण्डा गाड्ने ।
माथिका नीतिगत बुँदाहरु तयार भइसकेपछि नेबालाजे(काठमाण्डौं उपत्यका) का चालिसौं पुस्ताका याक्थुङ राजा वालम्बाहाङका छोरा लिम्बूहाङले याक्थुङ संवत १३२६ सालमा लिम्बूवान राज्य निर्माण विधिवत थालनी गरेर १३९६ सालमा पुरा गरेका थिए । २५ वर्षको कलिलो उमेरमा लिम्बूवान राज्य निर्माणमा लागेका राजा लिम्बूहाङलाई लिम्बूवान राज्य निर्माण कार्य पूरा गर्न करिब ७० वर्षलागेको थियो । लिम्बूवान राष्ट्र-राज्यको निर्माण भइसकेपछि लिम्बूवान राष्ट्र-राज्यको पहिलो राजा सयम् लिम्बूहाङ भएका थिए ।
'शेर्मा यासोलुङ' मा विशेषगरी लिम्बूवान राज्यको प्राचीन स्थापना,चार साँध-सिमानाहरुको नाम,राज्य सञ्चालनका लागि चाहिने विधि(विधान-नियम-कानुन) हरु तथा याक्थुङहाङवंशी राजाहरुको क्रमबद्घ पुस्तावलीहरु विशुद्घ याक्थुङ (लिम्बू) भाषा-लिपिमा उल्लेख गरी राखिएको हुँदा ती उल्लेखित विभिन्न तथ्य ऐतिहासिक प्रमाणहरु मध्ये लिम्बूवानको साँध-सिमाना सम्बन्धमा याक्थुङ (लिम्बू) भाषा-लिपिमा लेखिएको लेखोटलाई देवनागरी लिपिमा जस्ताको तस्तै लेखी त्यसको अर्थ नेपाली भाषामा अनुवाद गरी यस लेखमा राखिएको छ जुन् यस प्रकार रहेको छः
( लिम्बूवान लाजेरे साक्लुङ )
"लिम्बूवान लाजेरे साक्लुङः - नाम्पेत साक्लुङः साङदोलुङ फाङलुङ साङदोलुङ फाङलुङ ओनु चेङवा फाङलुङ पोङलयो चेङवा तायातुम्फेङ हाम्लिक ।। नामयोदिङ साक्लुङः चेङवाखङ तायातुम्फेङ ओनु तायातुम्फेङ ए तायातुम्फेङ तुम्सिङवा तायातुम्फेङ हाम्लिक ।। खे, ओनु तुम्सिङवा ए तुम्सिङ यो फुङुम्सिङवा हाम्लिक ।। खे, ओनु फुङसिङवा ए फुङसिङवा फुङसिङवा लुम्दाङवा पतमा नेखङ हाम्लिक ।। खे, ओनु तिङदाङवा लुम्दाङवामाङजङवा नेखङ हाम्लिक ।। नाङकेत साक्लुङः तिङदाङवा लुम्दाङवा माङजङवा नेखङ ओनु तिङदाङवाखङले कुपुङजङ थाक्केनलुङ नाङलुङ हाम्लिक ।। नाम्धोदिङ साक्लुङः थाक्केनलुङ नाङलुङ ओनु नाम्पेत् पिसाङ लेप्फाङ कुलिङयक नाङलुङ ए नाङलुङ सक्वालुङ नाङलुङ हाम्लिक ।। खे, ओनुमिङसेलुङ-साम्फी लाजे हाम्लिक ।। खे, ओनु मिङसेलुङ ए मिङसेलुङ फाङलुङ पोङल साङदोलुङ फाङलुङ हाम्लिक ।। कम्भयाक लिसिङलेप्ला लिखेङ इफो लिम्बूवान लाजे नेल्लो ।। कन लाजेले कुमिङ आमिङ लिम्बूहाङओनु लिम्बूवान युक्खुङबाल्लो ।। याक्थुङ मुङफुङ थिक्सुम किप्पोङ नेत्तुकतङबेओ हेक्तुङआङ थिक्सुम किप्पोङ फाङतुकओ सुलुङबाल्लो ।। नाखेक् इनो इथो चोकुङआङ लिम्बूवान चोकुङबाल्लो ।। कल्ले कुपेसाङ कुनेसाङ आत्तीन्नाङ सुमोङ लाजे मेहोप्लो ।। ।।।।। थाक्केनलुङओनु सक्वालुङ नाङलुङ हाम्लिक्पा हायाक नाङलुङहा, लिम्बूवान इफो मेनेमेयाक्लो ।। साक्वालुङ नाङलुङ फाइन फुङवाखङले कुपुङजङलो" - शेर्मा यासोलुङ- याक्थुङ मुङफुङ ५३१५/वि.सं. १३९४) ।।
अनुवाद
( लिम्बूवान राज्यको सिमाना )
"लिम्बूवान राज्यको सिमानाः- पश्चिम सिमानाः साङदोलुङ पहाड (काठमाण्डौं उपत्यका पश्चिम),साङदोलुङ पहाडदेखि बागमतीपहाड हुँदै दक्षिण बागमती नदीको मैदान (तायातुम्फेङ) सम्म । दक्षिण सिमानाःबागमती नदीको मैदानदेखि मैदानै मैदान सप्तकोशी नदीको मैदानसम्म ।त्यहाँदेखि सप्तकोशी-कोशी नदीहुँदै दक्षिण कोशी-गंगा नदीसम्म । त्यहाँदेखि गंगा नदी हुँदै गंगा-ब्रहृमपुत्र पतमा दोभानसम्म । त्यहाँदेखि टिस्टा-ब्रहृमपुत्र माङजङवा दोभानसम्म ।
पूर्वी सिमानाः - टिस्टा-ब्रहृमपुत्र माङजङवा दोभानदेखि टिस्टा नदीको शीर थाक्केनलुङ हिमालसम्म । उत्तर सिमानाः थाक्केनलुङ हिमालदेखि पश्चिम दिशातर्फ सम्पूर्ण हिमालै हिमालहुँदै सक्वालुङ हिमालसम्म । त्यहाँदेखि मिङसेलुङ-साम्फी क्षेत्रसम्म ।त्यहाँ देखि मिङसेलुङै मिङसेलुङ पहाडहुँदै साङदोलुङ पहाडसम्म । यति चार किल्ला चार बन्धनभित्र लिम्बूवान राज्य छ । यो राज्यको नाम मेरो नाम लिम्बूहाङबाट लिम्बूवान राखेको हो । याक्थुङ संवत १३२६ सालमा थालनी गरेर १३९६ सालमा पूरा गरेको हो । साह्रै दुःख-कष्ट गरेर लिम्बूवान निर्माण गरेको हो ।यसको छेउछाउमा कुनै पनि राष्ट-राज्यहरु छैनन् । थाक्केन्लुङदेखि सक्वालुङ हिमालसम्मका सम्पूर्ण हिमालहरु लिम्बूवानभित्र पर्दछन् । सक्वालुङ भनेको सुनकोशी नदीको शीर हो"- शेर्मा पुस्तावली- याक्थुङ संवत ५३१५/ वि.सं. १३९४) ।
विधान
प्राचीन याक्थुङराज्यकालमा विधान नै कानुन र कानुन नै विधान थियो ।प्राचीनकालमा निर्मित तीन याक्थुङ विधानहरु निम्न अनुसार छ-
पहिलो विधानः याक्थुङ संवत् ६५ सालमा याक्थुङ राजा प्रथमद्वारा निर्मित विधान ।
दोस्रो विधानः१८ औं पुस्ताका याक्थुङ राजा तथा नेबालाजेका संस्थापक राजा साङदोलुङहाङद्वारा याक्थुङ संवत् ६०९ सालमा  निर्मित विधान।
तेस्रो विधानः ४१ औं पुस्ताका याक्थुङ राजा लिम्बूहाङद्वारा याक्थुङ संवत् १३९६ सालमानिर्मित विधान ।यो तेस्रो विधान निम्न अनुसार छ-
शेर्मा यासोलुङमा उल्लेख भएको तत्कालीन विधानको प्रस्तावना यस्तो छ-यो पार्थिव भूमिमा बसोबास गर्ने हामी सबै मानिसहरु जनता हौं । जनताहरुको सुरक्षा-संरक्षण गर्न केही गर्नु पर्छ  । त्यो गर्न विधान र राजाको आवश्यकता पर्छ । राजा र जनता भनेको दाजु-भाइ हुन् । दाजु-भाइ रहेमा हामी सबै रहन्छौं । राजाले विधान पालना गर्दै, जनतालाई पनि पालना गराउँदै देश र जनताको रक्षा गर्नु पर्छ । हामीले बनाएको विधान निम्न अनुसार छ-
हाम्रो विधान
(१) सबभन्दा पहिले भूमि रहने, भूमिपछि जनता, जनतापछि विधान र विधानपछि राजा रहने ।
(२) राष्ट्रको नाम 'लिम्बूवान' रहने ।
(३) देशको लागि एउटा 'चुम्भूङ' रहने ।
(४) देशका लागि विभिन्न 'यमीङ' (विभाग) हरु रहने ।
हाम्रो विभागहरु
(क) साहाङलुङ (रक्षालय)- साहाङलुङ प्रमुख ।
(ख) साकारलुङ (कर्मचार्यालय)- साकारलुङ प्रमुख ।
(ग) कुथेरलुङ (पोतालय)-कुथेरलुङ प्रमुख ।
(घ) लिङक्वालुङ (सञ्चारालय)- लिङक्वालुङ प्रमुख ।
(ङ) मेखिमचोकलुङ (वैवाहिक अदालत)- मेखिमचोकलुङ प्रमुख ।
(च) सोल्लीलुङ (मुद्दालय)- सोल्लीलुङ प्रमुख ।
(छ) चासापलुङ (ढुकुटी घर)- चासापलुङ प्रमुख ।
(५) चुम्भुङ भनेको राज्यको एक सर्वोच्च केन्द्रालय हो । यसमा राजा १ जना, र्सवसाधारणबाट आएका
५ जना र साहाङलुङ प्रमुख १ जना गरी ७ जना सदस्य रहने ।
(६) चुम्भुङका ७ सदस्यहरुको पदको मर्यादाक्रम निम्न अनुसार छ ।
(क) राजा-१ (ख) मन्त्री-१ (५ जना मध्ये १ जना) (ग) सदस्य-४ (५जना मध्ये ४) (घ) साहाङलुङ प्रमुख-१ ।
(७) उमेर, अनुभव र जेष्ठताको आधारमा ५ जना सबै सदस्यहरुले पालै-पालो १/१ वर्षमन्त्री हुन पाउने ।
(८) चुम्भुङले विधान बनाउने, पालना गर्ने, लागू गर्ने, सबै विभाग प्रमुखहरुको नियुक्ति गर्ने ।
(९) राजाले विधान पालना गर्ने, पालना गराउने, चुम्भुङको गठन गर्ने, नेतृत्व गर्ने, चुम्भुङका सदस्यहरुलाई राज्यका विभिन्न विषयमा छलफल गराउने, सिधै जनताहरुसँग पनि राय बुझने,बुझन लगाउने, देश र जनताको कल्याण गर्ने, रक्षा गर्ने ।
(१०) चुम्भुङका राजा बाहेक अन्य सदस्यहरुले विधान बनाउन, पालना गर्न/गराउन, विभाग प्रमुखहरको नियुक्ति गर्न, देश र जनताको रक्षागर्न राजालाई सहयोग गर्ने, आवश्यक राय र सल्लाह दिने ।
(११) विभाग प्रमुखहरुले माथिको निर्देशन सुन्ने, आफ्नो विभागको काम राम्ररी गर्ने, जनतालाई हित
हुने काम मात्र गर्ने ।
(१२) साहाङलुङ (रक्षालय) ले शासन गर्न, देश रजनताको रक्षा गर्न राजालाई सहयोग गर्ने,
साहाङलुङमा सेनानियुक्ति गर्ने, आवश्यक तालिम दिएर परिचालन गर्ने ।
(१३) साकारलुङ (कर्मचार्यालय) ले साहाङलुङ बाहेकका सबै कर्मचारीहरु नियुक्ति गर्ने, हेरफेर गर्ने,
हटाउने ।
(१४) कुथेरलुङ (पोतालय) ले तिरो उठाउने, चासापलुङमा जम्मा गर्ने ।
(१५) तिरो उठाउदा प्रत्येक परिवारको कूल कमाइको १० भागको १ भाग उठाउने ।
(१६) लिङक्वालुङ (सञ्चारालय)ले एक स्थानको खबर चिट्ठी पत्र, समचार अर्को स्थानमा पुर्याउने र
अर्को स्थानको यता ल्याउने ।
(१७) मेखिमचोकलुङ (वैवाहिक अदालत) ले वैवाहिक कर्म सम्बन्धी मुद्दाहरु हेर्ने, छिनाउने ।
(१८) सोल्लीलुङ (मुद्दालय) ले मुद्दा मामला हेर्ने, फैसला गर्ने ।
(१९) ८ वर्ष पुगेपछि सबैले याक्थुङ लिपि सिक्ने ।
(२०) १२ वर्ष पुगेपछि सबै छोरा मानिसहरुले धनुर्विद्या सिक्ने ।
(२१) प्रत्येक घर परिवारका छोराहरु मध्ये १८ वर्षपुगेका एक जनाले साहाङलुङमा थक्सुबा (सेना)
को लागि नाम दर्ता गर्ने ।
(२२) १० जना थक्सुबाहरुलाई हेर्न १ जना थक्लुङ राख्ने ।
(२३) २० जना थक्सुबा र २ जना थक्लुङलाई हेर्न १ जना थक्लुबा राख्ने ।
(२४) १०० जना थक्सुबा र ५ जना थक्लुबाहरुलाई हेर्न १ जना थक्फुबा राख्ने ।
(२५) ३०० जना थक्सुबा र ३ जना थक्फुबालाई हेर्न १ जना थक्पेबा राख्ने ।
(२६) १५०० जना थक्सुबा र ५ जना थक्पेबालाई हेर्न १ जना थक्तुम्बा राख्ने ।
(२७) ३००० जना थक्सुबा र २ जना थक्तुम्बालाई हेर्न १ जना थक्थोबा राख्ने ।
(२८) थक्थोबा (प्रधान सेनापति) लाई थक्सुबादेखि थक्फुबासम्मलाई राख्ने-हटाउने अधिकार दिने ।
(२९) थक्सुबादेखि थक्थोबासम्मलाई नियुक्ति गर्ने, राख्ने, हटाउने अधिकार राजालाई हुने ।
(३०) राजाः संवैधानिक राजा, कार्यकारिणी राजा तथा राष्ट प्रमुख रहने ।
(३१) राजाले विधान मुताविक कर्तव्य पालना नगरेमा राज्यको सम्पूर्ण जनसङ्ख्याको सात दशौं (१०
भागमा ७ भाग) बहुमतले राजालाई हटाउन सकिने ।
(३२) राजा हटेमा चुम्भुङले उसको छोरा वा नाति, उनीहरु पनि नभएमा उनका नजिकका नातेदारहरुमध्ये अरु कसैलाई नेता वा राजा राख्न सक्नेछ ।
(३३) सर्वसाधरणहरुबाट ५ जनाका लागि उठेका वा खडा गरिएकाहरु मध्ये आवश्यक सङ्ख्या भन्दा बढी
भएमा सर्वसम्मति,अनुभव,उमेर ज्येष्ठता आदिको आधारमा ५ जना पठाउने ।
(३४) यी ५ जना सदस्यहरुले देश र जनताको हित विपरित कार्य गरेको प्रमाणित भएमा राजाले
उनीहरमध्ये वा सबैलाई हटाउन सक्नेछ । खाली ठाउका लागि धारा ३३ अनुसार पद पूर्ति हुने ।
(३५) ज्यान मार्नेलाई ज्यानको सजायँ दिने ।
(३६) बाबु-आमा कुटनेलाई जङगलमा लगेर रुखमा ७ दिन ७ रात बाँधी राख्ने ।
(३७) चोर्नेको हात उमालेको पानीमा डुबाइदिने ।
(३८) विवाह गर्नु परे कन्याको रित पुर्याई विवाह गर्न पाउने ।
(३९) रितः केटा-केटीको विवाह हुने निश्चित भइसकेपछि केटाले केटीको घरमा गएर १५ दिन काम गर्ने ।
१५ दिन काम गरिसकेपछि केटाले घरमा सल्ला गरेर विवाहको लागि एकैचोटी केटी र
लोकन्दी लिएर घर जान सक्ने या भोलि पर्सी  गएर पनि लान पाउने ।
(४०) चरित्र नराम्रो भएको ठहरिएमा श्रीमानले श्रीमतिलाई पारपाचुके गर्न पाउने । यसरी लोग्ने
मानिसबाट हुने पारपाचुकेलाई 'खेम्जङ' भन्ने ।
(४१) चरित्र नराम्रो भएको ठहरिएमा श्रीमतिले पनि श्रीमानलाई पारपाचुके गर्न पाउने । यसरी स्वास्नी
मानिसबाट हुने पारपाचुकेलाई 'नाजङ' भन्ने ।
(४२) छोरा-छोरी जन्मेपछि पारपाचुके भएमा छोरा-छोरीहरु पिताको परिवारमा गणना हुने ।
(४३) माइतीघर बसेको बेला लोग्ने छँदै अर्को लोग्ने मानिससँग पोइला गएमा पहिलो लोग्नेले १५ दिन
गरेको कामको दाम र विवाह खर्च माइतीघरबाट भुत्तानी लिन पाउने ।
(४४) लोग्नेकै घरबाट गएमा निज लोग्नेले आफै कारवाही गर्ने ।
(४५) छोरा जन्मे चार दिन र छोरी जन्मे तीन दिनमा न्वारान गर्ने ।
(४६) लोग्ने मानिस मरे चारदिन र छोरी मानिस मरेमा तीन दिनमा शुद्व हुने ।
(४७) कान्धभाराक (चोखिने) रफजे (बर्खी) एकै चोटी पनि गर्न पाउने ।
(४८) फजे गर्दा १० देखि १५ दिन, २० देखि २२ दिन, ३० देखि ४५ दिन, ३ महिना, ६ महिना र १
वर्षमा गर्न पाउने ।
(४९) चार किसिमको चिहान बनाउने ।
(क) पवित्र चिहान ।
(ख) महा पवित्र चिहान ।
(ग) अपवित्र चिहान ।
(घ) नारकीय चिहान ।
(५०) स्वभाविक कालगतिले मरेकालाई पवित्र चिहानमा राख्ने ।
-देश-राष्ट्रको लागि जुनसुकै तरिकाले मरेको भएपनि उसलाई महापवित्र चिहानमा राख्ने ।
-सुत्केरीका कारण मरेका,लडेर मरेकालाई अपवित्र चिहानमा राख्ने ।
-देश-राष्ट्रलाई प्रतिघात गर्दा मरेका वा मारिएकालाई नारकीय चिहानमा राख्ने ।
(५१) फागुन र मंसीरमा भगवानको पूजा गर्ने ।
(५२) बाली छर्दाको बेला अन्नबाली सप्रोस, असिना-पानी, बाढी-पहिरो आदिले नबिगारोस् भनी यक्वा
 पूजा गर्ने र भदौदेखि मंसीरसम्म न्वाङगी गर्ने ।
(५३) घर परिवारका कोही गर्भवती भए साप्पोक चमेर -कोख (गर्भरक्षा) को पूजा गर्ने ।(लिम्बू) हरु
(५४) खेती विस्तार गर्न जङ्गल फँडानी गरी नयाँ स्थानलाई खेती योग्य बनाइ सके पछि १ दिन
खेतवारीमा काम नगर्ने ।
(५५) फागुनदेखि खेतीपाती शुरु गरेर हिउँद यामको अन्तिमतिर अन्न-बाली थन्को लाइसक्ने ।
(५६) चुम्भुङको अवधि ५ वर्षरहने ।
नोटः लेख लामो हुने भएकोले पहिलो र दोस्रो विधानको पूरै अँश र यो तेस्रो विधानको पनि केही अँश यहाँ राखिएको छैन ।
१८ औं पुस्ताका याक्थुङ राजा साङदोलुङहाङले याक्थुङ संवत ६०५ सालमा 'नेबालाजे' नाम राखेका थिए । यसरी नै ४१ औं पुस्ताका याक्थुङ राजा लिम्बूहाङले पनि राज्य निर्माण गरि सकेपछि पिता वालम्बाहाङको आज्ञा-आशिर्वाद, उनको आफ्नो पनि मन विचार तथा छोरा याङजिरिहाङको अनुरोधमा याक्थुङ संवत १३९६ सालमा राज्यको आधिकारिक नाम आफ्नो नाम लिम्बूहाङबाट 'लिम्बूवान' राखे । लिम्बूवान नाम यसरी रहन गएको थियो । यसपछि लिम्बूवान राष्ट्रमा बसोबास गर्ने याक्थुङहरुले आफूलाई लिम्बू  पनि भन्न थाले । यसरी याक्थुङ जाति नाम शब्दको अतिरिक्त लिम्बू जाति नाम पनि रहन गएको हो । तसर्थ याक्थुङ र लिम्बू दुवै एउटै जाति नाम हो ।
राजा नाम्मेतहाङ (३९६६-४०४४) तिब्बत प्रस्थानः लियाङहाङ (३९६८-४०६०) राजा घोषणा
१२२ औं पुस्ताका यक्थुङ राजा नाम्मेतहाङको पालामा याक्थुङ संवत ४००१ -वि.सं.८०/इस्वी संवत २३) सालमा ठूलो महामारी फैलिएकोले जनमानसमा ठूलो हाहाकार भयो । राजा नाम्मेतहाङले केही समय महामारी छल्नका लागि तिब्बत गएर बस्ने निर्णय  गरे । तर यसो गर्दा (तिब्बतमा बस्दा) लिम्बूवानमा राजगद्दी खाली हुने भएकोले उनले आफू वा आफ्ना सन्तान फर्कि नआएसम्मका लागि नेबालाजे (काठमाण्डौं उपत्यका) का स्थानीय प्रशासक लियाङहाङयाक्थुङ -३९६८-४०६०) लाई याक्थुङ संवत ४००१ साल मासिङ्गो लिम्बूवान राज्यको राजा घोषणा गरिदिए ।यो घोषणापछि नाम्मेतहाङ तिब्बत गए । तिब्बत जाँदा उनीसाथ केही याक्थुङहरु पनि लिएर गएका थिए । उनीसाथ जाने याक्थङहरु मध्ये या.सं. ४२१० (वि.सं.२८९/इस्वी संवत २३२) सालमा तिब्बतबाट नै आफ्नो पुर्ख्यौली राज्य लिम्बूवानमा फर्कने याक्थुङहरु आठ याक्थुङ (लिम्बू) राजा भए । चीन (सिचुवान, युनान), बर्मा (नाम्फाव) घुमेर टिष्टा नदीतरी लिम्बूवानकै पूर्वी दक्षिण सिमाना नदीहरु- लुम्दाङवा (ब्रहृमापुत्र), फुङसिङवा अथवा फुङदाङवा (गंगा), नदीको उत्तर भूमि, तुम्सिङवा (सप्तकोशी) को पूर्वी भूमि, कोही ठाउँमा पूर्वी किनार र फाङलुङबुङ (धरान-विजयपुर) हुँदै याक्थुङ संवत ४५०९ -वि.सं.५८८/इस्वी संवत ५३१) सालमा लिम्बूवानको फेदापमा फर्कने र लिम्बूवान राज्य अन्तर्गत दश लिम्बूवान निर्माण गर्ने याक्थुङहरु दश याक्थुङ (लिम्बू) राजा भए । उनीहरुले आफूलाई काशी गोत्र याक्थुङ (लिम्बू) पनि भन्ने गरेको पाइन्छ । त्यसैगरी याक्थुङ संवत ४८२७ (वि.सं.९०६/इस्वी संवत ८४९) सालमा तिब्बतबाट नै लिम्बूवान फर्कने याक्थुङ (लिम्बू)हरु माबोहाङ याक्थुङ (लिम्बू) राजा भए । उनीहरुले पनि आफूलाई लाशा गोत्र भन्ने गर्छन् । यसरी राजा नाम्मेतहाङसंग तिब्बत (चीन) जानेहरु विभिन्न समयमा विभिन्न समूह भएर आफ्नो पुर्ख्यौली थलो लिम्बूवान राज्यमा फर्केका थिए । उनीहरुले काशी गोत्र लाशा गोत्र जे भने तापनि सबै एउटै याक्थुङ (लिम्बू) वंशका हुन् । माथिका सबै समूहहरुको ऐतिहासिक विवरण दिँदा लेख लामो हुने भएको यस लेखमा राखिएको छैन । तर याक्थुङ संवत ४५०९ सालमा लिम्बूवान फर्केर आउने मूल राजवंशको पुस्तावली भने यसै लेखमा राखिएको छ जुन् पुस्ता नं. १२२ देखि १४३ सम्म र १४३ देखि १५९ सम्म हेर्नुहोस् ।
लिम्बूवानको नेबालाजेमा लिच्छवी वंशको उदय
याक्थुङ राजा लियाङहाङका छोरा साङसुकहाङ (३९९९-४०७७), साङसुकहाङका छोरा लोलिङहाङ(४०३२-४११९) नेबालाजेमा बसेर राज्य गर्दै थिए । उनले याक्थुङ संवत ४०८० (वि.सं. १५९) सालमा आफ्ना ३ पल्टनहरुमध्ये २ पल्टन लिम्बूवानको सिमाना अनुगमन गर्न पठाएका थिए । त्यही मौकामा लिच्छवी सरदार भूमि वर्माले नेबालाजेमा एक्कासी हमला गरे। ७ दिन ७ रात युद्घ भयो । २ पल्टनका सेना धेरै टाढा पुगिसकेकाले युद्घका लागि थप सेना आउन सकेनन् ।त्यसैले याक्थुङ राजा लोलिङहाङ पराजित भए । यसरी याक्थुङ संवत ४०८० सालदेखि लिम्बूवानको नेबालाजेमा लिच्छवीहरुको शासन शुरुभएको थियो । यस विषयमा लिम्बू भाषामा उल्लेख भएको प्रसङ्ग यस्तो छ-
"लिम्बूवान लाजेरे नेबालाजे केयुङबा याक्थुङ-लिम्बूहाङ लोलिङहाङले याक्थुङ-लिम्बू मुङफुङ ली नासोङ येत्पोङ तङबेओ सुम तुराओ नेत् तुरा थक्सुबाहा, लिम्बूवानरे साक्लुङ ओमुङवा चोक्से पाङखुसीआङ मेवेयाल्लो ।। फाखेन फुङसुक लिच्चाबी लाम्सोबा फुमाले नेबालाजेओ चिसुम फप्पाङखुसिल्लो ।। नुलेन नुसेन मेथक्तालो ।। याक्थुङ-लिम्बूहाङ लोलिङहाङ हारित्यालो ।।"
अनुवाद
'लिम्बूवान राज्यको नेबालाजे (नेपाल उपत्यका) बस्ने याक्थुङ -लिम्बू) राजा लोलिङहाङले याक्थुङ संवत् ४०८० सालमा तीन पल्टनमा दुइ पल्टनसेनाहरुलाई लिम्बूवानको सिमाना अनुगमन तथा निर्देशन दिन पठाएका थिए । त्यसै बेला लिच्छबी सरदार भूमि वर्माले नेबालाजेमा एक्कासी आक्रमण गर्न लगाए । सात दिन सात रात युद्घ भयो । याक्थुङ-लिम्बू राजा लोलिङहाङ पराजित भए ।'
आठ याक्थुङ (लिम्बू)र दश याक्थुङ(लिम्बू) बीच कलह शुरुमा आठ थाक्थुङ लिम्बू र दश थाक्थुङ लिम्बूहरु पुस्तावली अभिलेखबाट दुवै समूह एउटै याक्थुङ (लिम्बू) वंश भएको प्रमाणित भएपछि दुवै समूह मिलेर सँगै बसेका थिए । तर समय वित्तै गएपछि आठ याक्थुङहरुको दशौं पुस्ताका सन्तानहरुले दश याक्थुङका सन्तानहरुमाथि अनावश्यक शंका गरी उत्पीडन गर्न थाले । उनीहरु बीच कलह बढ्दै गयो । फलस्वरुप ती समूहहरु बीच याक्थुङ संवत् ४७२५ (वि.सं.८०४) सालमा युद्घ भयो । युद्घमा दश याक्थुङ-लिम्बूहरुको विजय भयो । विजय भएपछि पनि पहिलेजस्तै दुवै समूह एउटै याक्थुङ-लिम्बू वंश भएको घोषणा गर्दै दश याक्थुङ-लिम्बूहरुले याक्थुङ संवत् ४७२६ (वि.सं.८०५) सालमा लिम्बूवान राष्ट्र अन्तर्गत करेसावारी राज्यको रुपमा दश लिम्बूवान बनाए । दश लिम्बूवानका दश याक्थुङ-लिम्बू राजाहरुका नाम र स्थानहरु निम्नअनुसार रहेको छ-
(१) पानतक 'पाँचथर'- थाम्लासो पापोहाङ (४६७४-४७६५), यकः फेदेन ।
(२) आताप्लाई 'आठार्राई'-तावोलुङहाङ (४६८१-४७७१), यकः पोमाजङ ।
(३) लिघङ 'चारखोला'-लोलिमहाङ (४६८२-४७५२), यकः आङदाङ ।
(४) ताम्वाघङ 'तमोरखोला'- साम्लुप्ली साम्बाहाङ (४६८२-४७६४), यकःताम्वा (ताकपेसो) ।
(५) फेदाप 'फेदाप'- सेनसेनगुम फेयोहाङ (४६८३-४७६५), यकः पोक्लाबाङ ।
(६) मेवाघङ 'मेवाखोला'- सिसियेन सेरेङहाङ (४६८५-४७६५), यकः मेरिङदेन ।
(७) तुक्सङलुङ 'छत्तर'- खेयोहाङ (४६८६-४७६७), यकः ताकलुकदेन ।
(८) याङवारक 'याङरुक'- तिन्दोहाङ (४६८८-४७८०), यकः माङदेन -हस्तपुर) ।
(९)सवालुङ 'संखुवासभा'- इङहाङ (४६९८९-४७५६), यकः चेनलुङ ।
(१०) नेत्लीफुङदेन 'चौविस'- फुङलिङसोहाङ (४६९०-४७७९), यकः कुर्ले ।
(स्रोतः शेर्मा यासोलुङ)
मोरङ (विजयपुर -धरान) का राजा विजयनारायण राय
मोरङ ( विजयपुर -धरान) का तत्कालीन राजा विजयनाराण राय याक्थुङको पुर्ख्यौली थलो ताप्लेजङ जिल्लाको फावाखोला (फवाखङ) हो ।यसै फावाखोलाका साङलाइङहाङ याक्थुङ र उनका दाजु-भाइहरुबीच कलह भएको कारणले साङलाइङहाङ याक्थुङ याक्थुङ संवत् ५३३८ (वि.सं.१४१७) सालमा लिम्बूवानको तराई क्षेत्र 'मावलुङ तेम्बे' (मोरङ टार) मा झरेर बसे । रहँदै-बस्दै जाँदा उनी त्यहाँको हर्ताकर्ता बन्दै गए । उनले आफू बसेको ठाउँलाई 'वारकताप' (वारातापा) नाम राखे । उनले त्यहाँ बसेको छोटो अवधिमै अर्थात् याक्थुङ संवत् ५३४२ (वि.सं.१४२१) सालमा राजा भएर शासन गर्न शुरु गरे । 'वारकताप' भन्ने ठाउँ लिम्बूवान मावलुङ तेम्बे (लिम्बूवान मोरङ टार) मा पर्दथ्यो । लिम्बू भाषाको 'मावलुङ'शब्द अपभ्रंश भएर 'मोरङ' भएको हो ।अघि याक्थुङ पुर्खा लिम्बूहाङले विशाल लिम्बूवान राष्ट्रको निर्माण गरिसकेपछि लिम्बूवानलाईमुख्य दुइ भाग -पावलुङ र मावलुङ) मा भौगोलिक विभाजन गरेका थिए । त्यसबेला देशको सम्पूर्ण पहाडी भू-खण्डलाई 'पावलुङ' र सम्पूर्ण समतल भू-खण्डलाई 'मावलुङ' भनिन्थ्यो ।
लिम्बूवान मोरङ टार अन्तर्गत हालका झापा, मोरङ र सुनसरी जिल्लाहरु पर्दछन् । यहीँ लिम्बूवान मोरङ टारमा साङलाइङहाङ राजा भई बसेका बेला पाँचथरमा शेर्मा द्वितीयराजा थिए । उनीहरुबीच राम्रो चिनजान थियो । समयक्रममा राजा शेर्मा द्वितीयको याक्थुङ संवत् ५३५० (वि.सं.१४२९) सालमा मृत्यु भयो भने  राजा साङलाइङहाङ याक्थुङको पनि याक्थुङ संवत् ५३५८ (वि.सं.१४३७) सालमा मृत्यु भयो । साङलाइङको मृत्युपछि उनका छोरा पुङलाइङहाङ याक्थुङ (लिम्बू) लिम्बूवान मोरङ टारका राजा भए । उनी राजा भएको ४ वर्ष पछि हिन्दू धर्ममा दीक्षित भएकाले उनले याक्थुङ संवत् ५३६२ (वि.सं.१४४१) सालमा आफ्नो नाम पुङलाइङहाङलाई परिवर्तन गरी 'अमर राय' याक्थुङ राखे ।त्यसबेला पाँचथर राज्यमा शेर्मा द्वितीयका छोरा शेर्मा तृतीय राजा थिए । उनलाई राजा पुङलाइङहाङ याक्थुङले आफूजस्तै हिन्दु धर्ममा दीक्षित हुन भनी पत्र पठाएका थिए । यो खबर पाउनसाथ राजा शेर्मा तृतीयले राजा पुङलाइङहाङ याक्थुङलाई तुरुन्त आफ्नो याक्थुङ धर्ममा फर्कन कडा चेतावनीकासाथ सुझाउ पत्र पठाएका थिए । जुन् पत्रमा यस्तो भनिएकोथियो- "हामी याक्थुङहाङ (लिम्बू) वंशले आफ्नो याक्थुङ धर्म छोडेर पराइ धर्ममा भतुवा जानु हुँदैन । हाम्रो याक्थुङ धर्मको तागेरा माङले सराप्ने छ । हाम्रो वंश सन्तानहरु पराइ धर्म र जातमा विलिन भएर लोप हुनेछन् । तिमी त्यसै धर्ममै बस्यौ भने भोली तेरा वंश सन्तानहरु लोप हुनेछन् । कुरा बुझ । तिमी भुलवश हिन्दू धर्ममा दीक्षित भएपनि प्रायश्चित गरी आफ्नो याक्थुङ धर्ममा फर्किहाल । फर्कन्दैनौं भने दश लिम्बूवानको सम्मेलन बोलाएर तिमीलाई धर्मच्युत गर्नेछु । हामीले अरुको धर्मलाई सम्मान गर्नुपर्छ तर भतुवा भएर अरुको धर्ममा गइहाल्नु हुँदैन । अर्थ बुझ ।" यस कडा चेतावनीको पत्रको जवाफमा अमर राय याक्थुङले 'आफू हिन्दू धर्ममा दीक्षित भइहाले तापनि याक्थुङ (लिम्बू) जात भने छोडदिन' भनी खबर पठाएका थिए । फलस्वरुप पाँचथरका राजा शेर्मा तृतीयले याक्थुङ संवत् ५३६५ (वि.सं.१४४४) सालमादश लिम्बूवानको सम्मेलन बोलाएर विभिन्न प्रस्तावहरु पारित गरेका थिए । ती पारित प्रस्तावहरु मध्ये चौंथो प्रस्ताव अनुसार अमर राय (पुङलाइङहाङ याक्थुङ) धर्मच्युत गराइएका थिए । जुन् चौंथो प्रस्ताव निम्न अनुसार थियो-
"आनी, लिम्बूवान लाजेरे 'लिम्बूवान मावलुङ तेम्बे' तेन वारकताप केयुङबा हाङ पुङलाइङहाङ याक्थुङ-लिम्बून सेल्लुक सायोओ लासाआङ पाखेन सायोओ निसापतिङबा पोखाआङ अमर राय मेप्नाब मीङआङ वाछिङआङ खेलक्पा पेबा चोकुल्ले याक्थुङ-लिम्बू मुङफुङ ङा नासोङ सुम किपोङ तुक ङा (थिकली किपोङ लिली) तङबेआङथो सायो लाही आचोगुम्लो ।।"
अनुवाद
"हामीले लिम्बूवान राज्यको लिम्बूवान मोरङ टार अन्तर्गत वारकताप बस्ने राजा पुङलाइङहाङ याक्थुङ (लिम्बू) ले हिन्दू धर्ममा प्रवेश गरेरत्यही धर्ममा दीक्षित भई 'अमर राय' भन्ने नाम पनि लाएर भतुवा गएकाले याक्थुङ संवत् ५३६५ वि.सं.१४४४) सालदेखि धर्मच्युत गर्यौं ।"
राजा विजयनारायण रायका पुस्तावली
(१) राजा साङलाइङहाङ याक्थुङ लिम्बू-देहान्तःया.सं.५३५८/वि.सं.१४३७))
(२) राजा पुङलाइङहाङ याक्थुङ लिम्बू 'अमर राय' -या.सं.५३२२-५३९७/वि.सं.१४०१-१४७६)
(३) राजा किर्तीनारायण राय याक्थुङ लिम्बू -या.सं.५३५४-५४४७/वि.सं.१४३३-१५२६)
(४) राजा अपनारायण राय याक्थुङ लिम्बू -या.सं.५३९४-५४७५/वि.सं.१४७३-१५५४)
(५) राजा जारेनारायण राय याक्थुङ लिम्बू -या.सं.५४३२-५५१२/वि.सं.१५११-१५९१)
(६) राजा इङदिङनारायण राय याक्थुङ लिम्बू -या.सं.५४७४-५५६२/वि.सं.१५५३-१६४१)
(७) राजा विजयनारायण राय याक्थुङ लिम्बू -या.सं.५५१४-५५८७/वि.सं.१५९३-१६६६)
( स्रोतः शेर्मा यासोलुङ)
विजयपुर नाम रहनुभन्दा पहिले त्यस ठाउको नाम 'फाङलुङबुङ' थियो ।फाङलुङबुङपछि 'विजयपुर' विजयपुरपछि 'धरान' नाम रहन गएको हो ।फाङलुङबुङको अर्थ 'पहाडको फेदी' वा 'फेदी' भन्ने हुन्छ ।
दश लिम्बूवान निर्माण हुनुभन्दा अघि र पछिका केही ऐतिहासिक घट्नाक्रमहरु, जस्तो- आठ याक्थुङ राजाहरुको पुस्तावली, माबोहाङ याक्थुङदेखि उताको पुस्तावली र दश लिम्बूवानको अन्य केही कुराहरुको बारेमा संक्षिप्त प्रसङ्ग अर्को लेखमा दिने प्रयास गरिनेछ । याक्थुङ -लिम्बू) राजवंशको शुरुकालदेखि दश लिम्बूवान राज्य निर्माण हुनु पूर्वकाल (पुस्ता नं. १४३) सम्मका याक्थुङ (लिम्बू) राज पुस्तावली र सिङ्गो लिम्बूवान राष्ट्रभित्र दश लिम्बूवान राज्य निर्माण भएपछि दश याक्थुङ (लिम्बू) राजाहरुमध्ये पाँचथरका राजा थाम्लासो पापोहाङ वंशपट्टीका जम्मा २२ पुस्ता (पुस्ता नं. १४३-१६४) सम्मका पुस्तावलीलाई यस लेखमा राखिएको छ ।ती पुस्तावली निम्म्न अनुसार रहेको छः
पुस्तावली क्रम
(१)मोलोङहाङ जन्मदाँ संवत थिएन(याक्थुङ संवतः ६१सालमा मृत्यु)
(२)याक्थुङहाङ-प्रथम(१-९२) या.सं. ६५ सालमा याक्थुङ (लिम्बू) राजवंशको प्रथम कानुन निर्माता ।
(३)(क) साङमुकहाङ (३३-११८),-ख)मोथुङहाङ (३६-१२५)
(४) मिङवतहाङ (६४-१४४)
(५) सोयोलुङहाङ (१००-१८९)
(६) लोयोहाङ (१३२ -२०१)
(७)यामलुकहाङ  (१६७-(२५१)
(८) साम्मीहाङ-प्रथम (२०४ -२७५)
(९) मुक्कुमहाङ-प्रथम (२४० (३२०)
(१०) ताङसोपहाङ (२७२-३४२)
(११) थालापहाङ (३०३ -३८५)
(१२) यासालाहाङ (३३५-४१७)
(१३) मेलिङ्हाङ (३७१-४५५)
(१४) पायोलीहाङ (४११-४९०)
(१५) नायोतहाङ (४४७-५३०)
(१६) फुङसेकहाङ (४८५-५५४)
(१७) फयमहाङ (५२४-५८५)
(१८) साङ्दोलुङहाङ (५५८-६४३)
(१९) तालाङवाहाङ (५९०-६७०)
(२०) याङमोतहाङ (६२१-७००)
(२१) साङलोइहाङ (६५२-७३३)
(२२) याक्थुङहाङ-द्वितीय (६८५-७७०)
(२३) तावाहाङ (७२०-८११)
(२४) मुङवाहाङ (७५१-८३३)
(२५) सक्वाहाङ (७८२-८६४)
(२६) मेयोलीहाङ (८१४-८८९)
(२७) खेसीपहाङ (८४५-९२२)
(२८) सोमोइहाङ (८७६-९५५)
(२९) यालोइहाङ (९०८-९८९)
(३०) ससोङहाङ (९४०-९८६)
(३१) याङसेलीहाङ (९७१-१०५७)
(३२) मिक्चोलुङहाङ (१००३-१०९२)
(३३) सिङथुकहाङ (१०३४-१११२)
(३४) सावालुङहाङ (१०६५-११४५)
(३५) साङहाङ -१०९७-११५०)
(३६) सोधोङहाङ -११२८-१२११)
(३७) साङगुनहाङ -११६४-१२४५)
(३८) (क) कासारहाङ (११९५-१२१५) निसन्तान मृत्यु ।
     (ख) यलम्बरहाङ (११९८-१२८९) 'याक्थुङ राजवंशका ३८ औं र नेबालाजेका २१ औं राजा' ।
(३९) निदाङहाङ (१२३३-१३१८)
(४०) वालम्बाहाङ (१२६८-१३५६)
(४१)(क)लिम्बूहाङ -१३०१-१४०६)
(ख)हुङमङतीहाङ (१३०५-१३८७)
(४२) याङजिरीहाङ (१३४१-१४२५)
(४३) युङनन्तरहाङ (१३७४-१४४५)
(४४) तुम्मोकहाङ (१४०९-१४८९)
(४५) मुङयुकहाङ (१४४०-१५२०)
(४६) सेङ्गोलिकहाङ (१४७६-१५४०)
(४७) यालीलीङहाङ (१५०८-१५८९)
(४८) मिङवाहाङ (१५४१- १६२६)
(४९) तियेलुङहाङ (१५७६-१६५७)
(५०) ताङलाहाङ (१६१५-१६९०)
(५१) पायोतीहाङ (१६४९-१७२८)
(५२) तक्सङवाहाङ (१६८०-१७४०)
(५३) तोलाङहाङ (१७१२-१७९६)
(५४) मिङयुकहाङ (१७५२-१८३२)
(५५) ताङसाकहाङ (१७८३-१८६३)
(५६) नेलिङहाङ (१८१८-१९०५)
(५७) तानछोलुङहाङ (१८५१-१९२३)
(५८) लुङमुङहाङ (१८८३-१९६४)
(५९) याङमुकहाङ (१९१४-१९८४)
(६०) लिङसेहाङ (१९४५-२०२५)
(६१) सावाहाङ (१९८०-२०६२)
(६२) नायामहाङ (२०११-२०८८)
(६३) लावाहाङ (२०४२-२१३२)
(६४) सेलोङहाङ (२०७६-२१५९)
(६५) तोलिङहाङ (२१०८-२१९१)
(६६) इसोकहाङ (२१३९-२२१३)
(६७) मलाङहाङ (२१७५-२२५४)
(६८) वयन्दीहाङ (२२०७-२२७७)
(६९) सोधकहाङ (२२३८-२३३३)
(७०) ताङसापहाङ (२२७२-२३६८)
(७१) यासुम्बीहाङ (२३०४-२३८९)
(७२) लिङसेलुङहाङ (२३३५-२४२१)
(७३) तिङदोलोहाङ (२३६६-२४४७)
(७४) सिनयुकहाङ (२३९९-२४८०)
(७५) लुङयेपहाङ (२४३४-२५१०)
(७६) निङवाहाङ (२४६५-२५४५)
(७७) लावनहाङ (२४९७-२५८५)
(७८) फाङलुङहाङ (२५२९-२५९३)
(७९) तावालुङहाङ (२५६०-२६४०)
(८०) लिदोकहाङ (२५९४-२६७९)
(८१) नेसोङहाङ (२६२६-२७०७)
(८२) तिन्दोलुङहाङ (२६५७-२७२९)
(८३) मनाहाङ (२६८८-२७७८)
(८४) यासाप्पाहाङ (२७२१-२८१३)
(८५) मिङलुकहाङ (२७५२-२८३३)
(८६) ताम्मेहाङ (२७८४-२८७०)
(८७) ताङसोहाङ (२८२५-२८८०)
(८८) सेसेहाङ (२८५७-२९३९)
(८९) नोसुकहाङ (२८८८-२९६८)
(९०) लोयोङहाङ (२९१९-३०००)
(९१) पाङमुकहाङ (२९५३-३०२२)
(९२) तियामहाङ (२९८५-३०६५)
(९३) युनछोहाङ (३०१६-३१११)
(९४) माङसेसेहाङ (३०४७-३१३४)
(९५) तिम्बेहाङ (३०७९-३१५३)
(९६) सोसोलोहाङ (३१११-३१८९)
(९७) तोलोक्वाहाङ (३१४२-३२०२)
(९८) लुम्बुकहाङ (३१७७-३२६३)
(९९) तिलिङहाङ (३२०८-३२९४)
(१००) ताङलाराहाङ (३२४०-३३२०)
(१०१) फुङयुपहाङ (३२७३-३३७०)
(१०२) मिङदोलुङहाङ (३३०६-३३९३)
(१०३) फोलिमहाङ (३३३७-३३९०)
(१०४) मिङनिस्सेहाङ (३३७८-३४६६)
(१०५) साङलाङहाङ (३४१८-३५०३)
(१०६) लियोलिङहाङ (३४४९-३५३९)
(१०७) मिलिङहाङ (३४८१-३५५८)
(१०८) फुङवाहाङ (३५१४-३५९५)
(१०९) नावालुङहाङ (३५४५-३५८०)
(११०) इक्साहाङ (३५७७-३६६३)
(१११) तायेन्छोहाङ (३६०८-३६९९)
(११२) नामयोदिङहाङ (३६४१-३६२३)
(११३) सिक्कुमहाङ (३६७४-३७५४)
(११४)कायोलीङहाङ (३७०५-३७८०)
(११५) इङयोहाङ (३७३७-३८१५)
(११६) लाजेहाङ (३७६८-३८४९)
(११७) फुङयुकहाङ (३७९९-३८७९)
(११८)(क) लिङलीहाङ (३८३०-३९०४)
     (ख) सेयोलीहाङ (३८३३-३९१५)
(११९) पुङयोक्हाङ (३८६१-३९५१)
(१२०) मुक्कुमहाङ-द्वितीय (३९००-३९८७)
(१२१) माङवाहाङ (३९३१-४०००)
(१२२) नाम्मेतहाङ (३९६६-४०४४)
(१२३) पाङयोकहाङ (३९९८-४०७९)
(१२४)फोवालीहाङ (४०३७-४११७)
(१२५) नावाहाङ (४०७२-४१४९)
(१२६) सुमोहाङ (४१०३-४१९२)
(१२७) नामहाङ (४१३७-४२१८)
(१२८) माङमुइहाङ (४१७२-४२५४)
(१२९) मिङहाङ (४२०३-४२४२)
(१३०) तुमहाङ (४२३६-४३२२)
(१३१) लामलोइहाङ (४२६८-४३४७)
(१३२) पाङहाङ (४३०१-४३८१)
(१३३)साम्मीहाङ-द्वितीय (४३३२-४४०२)
(१३४) फुङलाइङहाङ (४३७२-४४५७)
(१३५) साङलाइङहाङ (४४०५-४४९४)
(१३६) फुङलिङसो लाइङहाङ (४४३६-४५०७)
(१३७) थोसोइङ काङलाइङहाङ (४४६८-४५५०)
(१३८) माङइङसो लाइङहाङ (४५०५- ४५६४)
(१३९) सोफाङहाङ (४५३६-४६१६)
(१४०) माङफोहाङ (४५६७-४६५०)
(१४१) साङसोतहाङ (४६०८-४६९)
(१४२)(क) ताङसोहाङ (४६४२-४६८४)
(१४३)थाम्लासोपापोहाङ(४६७४-४७६५) फेदेन, पाँचथर ।
(१४४) मुसाहाङ (४७०९-४७९३) मुसाको अर्थ चोखो, पवित्र र विशिष्ट हुन्छ ।
(१४५) लासाहाङ (४७५०-४८५२)
(१४६) राजाहाङ (४७८२-४८६१)
(१४७) केन्दुहाङ (४८१६-४९११)
(१४८) मुस्तिमहाङ (४८५३-४९४७)
(१४९) बाचाहाङ (४८९२-४९६७)
(१५०) सेगुहाङ (४९३०-५०१७)
(१५१) शिवहाङ (४९६८-५०५१)
(१५२) तोयोहाङ (५००१-५०६७)
(१५३) एतेबाहाङ (५०३६-५११८)
(१५४)(क) याङ्मुकहाङ (५०८१-५१८६)
      (ख) तुम्बापो (५०८४-५१८७) हाल चोकमागु, पाँचथर ।
     (ग) इङवाबा (५०९०-५१८०)
      (घ) कुगेत्नाम्बा (५०९३-५१८९)
(१५५) पेल्दहाङ (५१२७-५२२०) याङ्मुकहाङको छोरा ।
(१५६) कबेबहाङ (५१६७-५२५६)
(१५७) (क) शेर्मा तुम्याङहाङ(५२०८-५३०९) फेदेन, पाँचथर ।
(ख)आङदेम्बे (५२२६-५३१४) हाल अम्लाबुङ (नवमी डाँडा), आङसाराङ गा.वि.स. (पाँचथर) लगायतअन्य स्थानहरुमा पनि बसोबास रहेको ।
(ग) लाओती (५२२९-५३२०) हाल यासक, कुरुम्बाङ गा.वि.स.(पाँचथर) लगायत अन्य स्थानहरुमा पनि बसोबास रहेको ।
-१५८)-क) शेर्मा द्वितीय-(५२५३-५३५०/१३३२-१४२९)फेदेन, पाँचथर ।
      (ख) तुम्ब्रोक (५२५७-५३५६/१३३६-१४३५)
(१५९) शेर्मा तृतीय -इलिहाङ/यलम्बरहाङ द्वितीय) (५२९३-५४००/१३७२-१४७९)फेदेन - पाँचथर) ।
(१६०) पिघेहाङ शेर्मा -राजगद्दी त्यागेको/५३३६-५४२१)यासक, पाँचथर ।
(१६१)(क) याङमुकहाङ शेर्मा (५३७५-५४६२)यासक, पाँचथर ।     
(ख)तोङमुकहाङ शेर्मा (५३७८-५४५३) यासक, पाँचथर ।
(१६२) (क) हाङयुकहाङ शेर्मा (५४१७-५५०७)याङमुकहाङको छोरा, माङजाबुङ, पाँचथर ।
(ख) हादिहाङ शेर्मा (५४२०-५४९८) तोङमुकहाङको छोरा, माङजाबुङ ।
(१६३) (क) ओमसेरेहाङ शेर्मा (५४५७-५५३२)हाङयुकहङको छोरा, माङजाबुङ ।
(ख)नाम्दीहाङ शेर्मा (५४५३-५५३९) हादिहाङको छोरा, माङजाबुङ ।
(१६४)(क)तुमसेरेहाङ शेर्मा (५४९८-५५९०)ओमसेरेहाङको छोरा, माङजाबुङ ।
(ख) लेप्मुहाङ शेर्मा (५४९४-५५७८) नाम्दीहाङको छोरा, माङजाबुबङ ।
हाल माङजाबुङ, वानेने, साराङ डाँडागा.वि.स.(पाँचथर), सत्तासीधामगा.वि.स. (झापा), पथरी गा.वि.स. (मोरङ) र अन्य स्थानहरुमा पनि थोरथोर मात्र बसोबास रहेको छ ।
माथि उल्लेखित इतिहास र पुस्तावली याक्थुङ (लिम्बू) राजवंश-पुर्खाहरुको ६ हजार वर्ष  देखिको कठोर परिश्रम तथा तत्कालीन बौद्घकि चेतनाको फल हो ।
किरातहरु मङगोलियन अनुहारजस्ता हुने र प्राचीन कालमा किरात देख्ने-चिन्नेहरुले कुनै कृति वा धर्मशास्त्र लेख्दा किरातको प्रसङग आउदा कसैले रिसबस, कसैले खुशबस र कसैले सामान्य अवस्थामा आफूखुशी भिन्न भिन्न अर्थ दिएर लेख्थे । विभिन्न जातिहरुको विभिन्न धर्मशास्त्र, लेख, रचना, कृति आदि लेख्दा विभिन्न प्रसङगमा किरात लेख्थे । तर किरातभित्र वास्तविकता के छ भनी गहिरिएर अध्ययन गर्ने-बुझने चेतना आएको थिएन । अहिले पनि त्यति नभएको र भएपनि नगन्यमात्र छ । अहिलेको २०/२१ औं शताब्तादीमा समेत यसभित्रको गहन अध्ययन-मनन् गर्ने चेतनाको विकास भएको छैन भने त्यो प्राचीन समयमा चेताना हुने कुरै भएन । उनीहरु बाहिर किरात देख्थे र किरात लेख्थे । वृहत रुपमा किरात त हुन् तर त्यसभित्रको वास्तविकताको अध्ययन गर्ने चतना नभएकोले भित्रको कुरा देख्दैनथे र नदेखेपछि लेख्दैनथे । यसरी वास्तविकताभित्रको जाति र इतिहास रहस्यमै रहेको थियो र आजसम्म नै रहँदै आएको छ । यसो हुनुमासयंम याक्थुङ (लिम्बू) हरु पनि केही हदसम्म जिम्मेवार छौं । साथै नेपालको विगतका सामन्ती राज्यव्यवस्था पनि जिम्मेवार छ ।
आदिवासी-प्राचीनवासीको प्रसङ्ग
मानिसहरु जहाँबाट आएपनि जुन स्थानमा वा जुन भूमिमा र्सवप्रथम सिमाना बाँधेर निश्चित भू-राज्य निर्माण गरेर बसोबास गरे उनीहरु नै त्यो ठाउँको आदिवासी (पहिलोवासी) हुन्छन् । नेबालाजे -हाल काठमाण्डौं उपत्यका) मा सबैभन्दा पहिले याक्थुङ -लिम्बू) हरु आएका थिए र उनीहरुबाट त्यहाँ र्सवप्रथम अर्थात याक्थुङ संवत ६०५ सालमा  'नेबालाजे' राज्य निर्माण भएको थियो । प्रायः सबैलाई थाहा भएको हुनुपर्छ 'आदि' को अर्थ 'पहिलो' हुन्छ भनेर । 'नेबालाजे तथा लिम्बूवान' को पहिलो  बासिन्दा एवं आदिवासी भनेको याक्थुङ (लिम्बू) हरु हुन् । यसलाई बलियो प्रमाण दिने आधार भनेको लिम्बूवानको ऐतिहासिक घट्नाक्रमको लामो फेहरिस्त नै हो । किनकि याक्थुङ (लिम्बू) हरुले याक्थुङ (लिम्बू) राजवंश र लिम्बूवानको प्रमुख राजकीय ऐतिहासिक घट्नाक्रमहरु शुरुदेखि नै अभिलेख राख्दै आएका थिए । अहिले त्यो लिम्बूवानको लागि एउटा बलियो एवं जिउँदो प्रमाणको रुपमा उभिएको छ ।
यहाँ हामीले बुझनु पर्ने कुरा के हो भने आदिवासीद्वारा निर्मित राज्यमा पछिबाट बसाइँ सरेर आउनेहरु वा पछिबाट ल्याएर बसोबास गराइका जातजातिहरु त्यहाँका द्वितीयवासी हुन्छन् । अर्थात कसैले एउटा निश्चित समयमा निश्चित सिमाना बाँधेर निर्माण गरिसकेको भू-राज्यमा पछिबाट जुनसुकै समय - १ दिन, १ वर्ष १००/२००५००/१०००/२०००/३००० ...... वर्ष) मा आएका वा ल्याएर बसोबास गराइएका जातजातिहरु त्यहाँका आदिवासी नभइ द्वितीयवासी हुन्छन् । तर बसोबास लामो भएपछि भने उनीहरु त्यहाँका आदिवासी नभएपनि प्राचीनवासी चाहिँ हुन्छन् । तर्सथ लिम्बूवानका पहिलो आदिवासी भनेको याक्थुङ (लिम्बू) हरु हुन् । तर हाल लिम्बूवानमा बसोबास रहेकाआदिवासी-द्वितीयवासी सबै एउटै लिम्बूवानी जनता हुन् र लिम्बूवान सबैको साझा फुलबारी हो । यो साझा लिम्बूवान फुलबारीमा सम्पूर्ण लिम्बूवानवासीहरु फुल्न फल्न सक्नेछन् ।
( शेर्मा यासोलुङ- एम. सुभाबाट प्राप्त भएको) ।