दिल पालुङवा लिम्वु "नेपाल कुश्सा"
चरम क्रान्तिकारी पार्टी माओवादीलाई पनि अलमल्याएर थचार्न सफल कांग्रेस र एमाले अहिले एउटै ड्याङमा लामवद्ध लागिरहेका छन् ।उही कोही सप्रेको कोही कम सप्रेको मात्र फरक हो । संविधान निर्माण गर्न जनताहरुले खुसीसाथ पठाएकाहरु अहिले संघीयता, शासनको स्वरुप, निर्वाचन प्रक्रिया आदिमा नराम्ररी अल्झेर वसेका छन् । यसमा ठूलो भूमिका वाहुनवादले खेलेको छ । नेपालमा विभिन्न आदिवासी जनजातिहरु छन् । उनीहरु पृथ्वीनारायण शाहको पालादेखिनै पाखा पारिदै ल्याईएको थियो । यो क्रम अझै जारी छ । राणा कालमा आदिवासी जनजातिहरुलाई पढ्न दिईएन । जंग वहादुर राणाले जहानिया शासनको फाईदा राम्ररी लिए । त्यसैको क्रेडिट स्वरुप अहिलेसम्मै राणाहरु बाँचिरहेकाछन् । वि.स. २००७ साल पछि वि.सं.२०१७ सम्म जननिर्वाचित सरकारले अधिकार पाएतापनि उप्रान्त महेन्द्रको निरंकुश पञ्चायती व्यवस्थाले एउटै भाषा, एउटै भेषको निती ल्याएर आदिवासी जनजातिहरुलाई अंध्यारोमा थुनेर राखे । वि.सं. २००७ सालका प्रजातान्त्रिक आन्दोलनका हस्तीहरु आदिवासी मूलकै थिए । जस्तै जि.वि. याक्थुङवा, वि.वि. चेम्जोङ लगायत धेरै लिम्वुहरु थिए । उनीहरु सवै भारतमा पढेलेखेका शिक्षित थिए । त्यस्तै नारदमुनी थुलुङ, राम प्रसाद र्राई आदिहरु र्राई समुहका थिए । त्यस्तै पश्चिम पट्टीका गुरुङ, मगर, थारु आदि थिए । वि.सं. २००७ को क्रान्ति लिम्वुवानमा व्यापक भएको थियो । तर्सथ कांग्रेसले लिम्वुवानवाट राणाहरुको शासन ध्वस्त पारेर लिम्वुवान प्रान्तिय सरकार गठन गर्न वाध्य भएको थियो । कांग्रेसमा लाग्ने लिम्वुहरु वाहेक कतिपय लिम्वुवानवादीहरु आफ्नै लिम्वुवानवादी संगठन खोलेर लिम्वुवान स्टेटको माग गर्दै लड्नेहरु पनि थिए । त्यसमध्ये उल्लेखनीय रुपमा विजय वहादुर लिम्वुको नाम आउछ । उहाको एक समुह तेरथुम पाचथरको सरकारी प्रहरी पोस्टहरु ध्वस्त वनाउदै इलाम हान्ने क्रममा मंगलवारेभन्ने ठाउमा राणा कांग्रेसको फौजसंग लड्दा एकै ठाउमा १३ जनाजति हताहत भएका थिए । त्यहादेखि लिम्वुवान स्टेटको अभियान क्रमश निस्तेज भयो । यद्धपी लिम्वुवानमा कांग्रेस ल्याउन लिम्वुहरुले ठूलो योगदान गरेका थिए । तर उनीहरुले मान्दै ल्याएका नेता विपीले राज्यरजौटा उन्मूलन ऐन ल्याएर लिम्वुहरुलाई लोप्पा ख्वाए । उनीहरु कांग्रेससंग विमुख भए । अनी महेन्द्रको पालामा महेन्द्रले केही गर्ने आश देखाउदै लिम्वुहरुलाई शाहवंशव्दारा दिएको लालमोहरको निरन्तरता गर्दै वि.सं. २०१७ मा नविकरण गरे । लिम्वु आदिवासीहरु अति खुसी भए । तर वि.सं.२०२१ मा भूमिसुधार भन्दै लिम्वुहरुको किपट उर्डाईदिए । राजनिती रुपमा लिम्वुहरु अति कमजोर वनाईए । यही क्रम अन्य आदिवासी जनजातिहरुमा भयो । यद्धपी फकाउनको लागि महेन्द्रले सानातिना हैसियत रहेको मन्त्री वनाए । तर एक भाषा भेष र धर्मको कारण आदिवासी जनजातिहरु अझ पछि पर्दै गए । किनकी भाषा र धार्मिक समस्याले उनीहरु अगाडि वढ्न सकेनन् ।
इतिहासमा यसरी गुज्रदै आएपछि अहिलेसम्म उही परिपाटी चलिरहेको छ । देश अहिले वाहुन जातिय एकाधिकारमा नराम्ररी फसेको छ । आदिवासी जनजातिहरु पनि आफ्नो हितको लागि संर्घषरत छन् । उनीहरु पनि कहिले समानुपातिक भन्दै कहिले समावेसी भन्दै अहिले आएर संघीय शासनको वकालत गरिरहेका छन् ।
आदिवासी जनजातिहरु अहिलेसम्म सत्तामा नभएकोले माग कर्ताको रुपमा रहेका छन् । सत्तामा वाहुनक्षेत्रीहरु रहेका छन् । तर एउटा यथार्थचाही के रहेको छ भने संघीय राज्यमा अहिलेजस्तो हाली मुहाली उनीहरुले गर्न पाउदैनन् । उनीहरु उच्च पदमा पुगेतापनि संविधान संमत काम गर्नुपर्ने हुंदा वाहुनवादीयता उन्मुख हुदैन । तर्सथ सत्ताको स्वाद चाखेका यी जातिहरु सधैभरी सत्ता आफ्नो मुठ्ठीमा राख्न चाहान्छन् । संघीय शासन व्यवस्थामा आफ्नो जातिय एकाधिकार नहुने हुनाले उनीहरु अहिलेनै धेरै प्रधानमन्त्री हुन चाहिरहेका छन् । पालैपालो प्रधानमन्त्री भएर धेरै वाहुनहरु प्रधानमन्त्री या सत्ता चलाएको इतिहास वनाउन चाहन्छन् । त्यस्तै धेरैजना सरकारी उच्च ओहोदाको कर्मचारी हुन चाहान्छन् । सत्ताको वागडोर, सरकारी ढुकुटीवाट पुस्तौपुस्ता पुग्ने सम्पत्ति आर्जन गर्नु उनीहरुको उद्धेष्य रहेको छ । यसमा उनीहरु केही हदसम्म सफल हुनेछन् तर अती हुन थालेपछि जनताले उनीहरुलाई वढार्नेछन् । तवमात्र खांटी प्रजातन्त्र, समाजवाद नेपालमा आउनेछ । जुन समयले आफै ल्याउनेछ ।
नेपालमा भएको वाहुनवादको जरो दह्रो छ । पहिला यही वाहुनवादले राजतन्त्र टिकाएको थियो । राजतन्त्रलाई यही वाहुनवादलेनै ढाल वनाएका थिए । जनजातिहरुसंग सामिप्य राख्न चाहने राजतन्त्रलाई उनीहरुको एकलो पेवा वनाएर खस भाषा, हिन्दू धर्म संस्कार संस्कृति आदिवासी जनजातिहरुमा लादे । वाहुनवादी राणाहरुको पालामा वाहुनले पढ्न हुने आदिवासी जनजातिहरुले पढ्न नहुने वनाए । पढेमा जिब्रो थुतिदिने हात काटिदिने यीनै हुन् । अन्धकारमा वस्न वाध्य आदिवासी जनजातिहरु थिए । वाहुनवादीहरुलाई स्वर्ण युग थियो । आदिवासीहरुको भाषा, लिपी धर्म संस्कारलाई आर्यघाटमा यीनैले पुरयाए । आफ्नो भाषा वोल्न देओ, आफ्नो कर्म गर्न देओ, आफ्नो धर्म संस्कार मान्न देओ भन्दा कति आदिवासीहरुलाई झुन्डयाएर मारियो, कतिलाई काटेर मारियो । कतिलाई गोली हानेर मारियो । कतिलाई विदेश भाग्न वाध्य वनाईयो ।
वि.सं १८३१/३२ तिर लिम्वुवान र गोर्खाको सहमति सहन नसकेर विद्रोह गर्ने लिम्वुहरुलाई खोजीखोजी यातना दिन तथा मार्न थालिएपछि ३२००० जति लिम्वुहरु लिम्वुवान छोडेर वाह्य मुलुक गएको कुरा लिम्वुवानमा व्यँप्त छ । त्यस्तै विचविचमा लिम्वुहरुको अधिकारको लागि आवाज उठाउनेहरुलाई विभिन्न अमानवीय तवरले यातना दिईएको छ , मारिएको छ । विदेश पलायन हुनु परेको छ । खम्वुवान, तमुवान, मगरात, ताम्वासालिङतिर पनि यो प्रपञ्च भएको थियो ।
यसरी नेपाल एकल वाहुनवादी राज्यशासन व्यवस्थामा हुर्केर आएको दृष्टान्त छ । वाहुन क्षेत्रीहरु सत्ताको वागडोर थाम्ने हुदा आदिवासी जनजातिहरुभन्दा दौडको हिसावमा १०० मीटरमा ९५ मीटर अगाडि छन् । त्यसैले यो दौडमा तत्काल आदिवासी जनजातिहरुले जित्छु भनेर हुदैन । यो दौडलाई संघीय शासन व्यवस्थाले मात्र प्रतिस्पर्धामा ल्याउन सक्छ । यस व्यवस्थामा पनि तुरुन्तै प्रतिस्पर्धा हुन सक्दैन । केही समय लाग्छ । तर यी वाहुनवादीहरु एकात्मकवादी पनि हुन-उनीहरु संघीय प्रणाली चाहदैनन् । आफ्नो खाईपाईलाई आएको कुरा अरुसंग वांड्न चाहदैनन् । समाजवाद,समानतावाद उनीहरुमा छैन । आदिवासी जनजातिहरु मिलेर वांडेर खाऔं भन्दछन् । उनीहरु आफ्नो किन दिन्छन् र ? यो मानवीय स्वभाव पनि हो । तर सदा र्सवदा संगै वसेर अघि वढ्ने हुदा सवैले मिलेर काम गर्नु पर्दछ । यो क्रमको शुरुवात पनि हाम्रो देशमा हुन थालेको छ । जो वाहुन क्षेत्री हाल नयां पुस्ताका छन् । उनीहरु वाहुनवादलाई आत्मासाथ नगरेर समानतावादमा विश्वास राख्ने छन् । वाहुनवादको विरोध गर्दछन् । वाहुनवाद भनेको वाहुन क्षेत्रीलाई जातिविषेमा भनिएको होईन । यो भनेको मै खाऔं, मै लाऔं, मै मात्र मोज गरौं अरुलाई जे सुकै होस भन्ने विचार सिद्धान्तनै वाहुनवाद हो । यस्तो वाहुनवाद हिन्दूवादवाट पथ प्रदर्शित भएको हो । यही वादको कारण माओवादी जस्तो क्रान्तिकारी पार्टी पनि एमाले र कांग्रेसले वोकेको वाहुनवादमा फसिरहेको छ । प्रचण्ड र वावुराममा हल्का वाहुनवाद छ । यो वाहुनवादलाई मलजल पुग्ने हो भने त्यो उनीहरुमा मज्जाले हुर्किहाल्नेछ । अनी वाहुनवादको जोडमा जोड हुनेछ ।
तर आदिवासी जनजातिहरुको चरम जुझारु कार्यको कारण अव वाहुनवादको आयु लामो छैन । त्यसैलाई वुझेर अहिले सवै पार्टी एकापसमा संविधान वनाउन छोडेर धेरै वाहुनहरु पालैपालो प्रधानमन्त्री भैरहेका छन्, हुन खोजिरहेका छन् , वनाउन खोजिरहेका छन् । संविधान वनाउन छोडेर सत्तामा मात्र लिप्त भएका छन् । उनीहरुले जे गरे पनि हुन्छ । किनकी सवै डाडु पन्यू, भण्डार, चावी उनीहरुकै हातमा छ । तर यो नै उनीहरुको अन्तिम स्वर्ण समयको अन्त्य हो । यो तेल सकिएको धिपधिपे वत्तिको संकेत हो । वत्ति मरे पछि नयां तेल हालेर वत्ति वालेझैं अव आदिवासीहरुले वत्ति वाल्नेछन् । यो समाजको क्रमविकास पनि हो । अहिलेको नेपालको समाज सामन्तवादवाट पूंजिवादमा प्रवेश गरिरहेकोले यो संक्रमणकालिन अवस्थावाट चांडै नै आधुनिक समाजमा रुपान्तरण हुनेछ । यसको लागि समयलेनै आफै छिनोफानो गर्नेछ । त्यसवेलाको समाज समाजवादी तथा समानतावादी हुनेछ ।सेवारो ।
No comments:
Post a Comment