राजु सुब्बा
धार्मिक विविधता भएको देशमा धार्मिक सहिष्णुताको लागि दशैको अवसरमा शुभकामना आदानप्रदान गर्नु राम्रो कुरा हो । दशै हिन्दुहरुको महान चार्ड हो तर नेपालीहरुको महान चार्ड भन्नु चाहि गलत हुन जान्छ । किन की दशै नमान्ने धेरै सम्प्रदाय र धर्मालम्बिहरु नेपालमा रहेका छन् । नेपालीहरुको महान चार्ड भन्दा उनीहरु अर्थात गैर हिन्दुहरुको अपमान गरेको हुन जान्छ । दशै नेपाल सरकार र नेपाली मिडियाले बढि मनाउछ । जहा सरकारलाई दशैको अवसरमा राज्यको कोषबाट खर्च बाड्ने र कर्मचारीलाई छुट्टि दिने मनोमानि छ र नेपाली मिडियामा पनि तिनै सरकारमा झै सनातनवादीहरुकै बर्चश्व रहेको छ । यदि दशैमा झै छुट्टि किरात चाड, बौद्ध चाड या अन्य कुनै चाडमा दिने हो भने दशैको सोसरह वा त्यो भन्दा भब्य उत्सव नेपालमा हुन सक्छ ।दशै कस्को हो किन नमनाउने किन मनाउने आदी इत्यादि कुराहरु गौण हुन । हामीले मनन गर्नुपर्ने कुरा के हो भने यो एउटा संस्कार संस्कृति हो र यो हामी र हाम्रो समाजको लागि शासक सरह हो अर्थात संस्कृतिबाट हामी शासित बनेका हुन्छौ । एउटा सर्वमान्य मान्यता के छ भने आफ्नै महान संस्कृति नभएको जाति (राष्ट्र- म मेरो भन्ने भावना/दावी) स्वतन्त्र र स्वाभिमानि हुन सक्दैन । सरसर्ति हेर्दा केही नदेखिने तर अप्रत्येक्ष महत्वपूर्ण भूमिका खेल्ने यस्ता धर्म संस्कृतिको बारेमा अनभिज्ञ रहनु राम्रो अवश्य होइन । धर्म, जात र सम्प्रदायको कुरा अति सम्बेदनशिल हुने भएकोले यसमा कट्टरवादी हुनु झनै खतरनाक कुरा हो त्यसैले समाजमा सुमधुर सम्बन्धको लागि धार्मिक सांस्कृतिक साहित्यिक आदी सहिष्णुता हुनु जरुरी हुन्छ ।धर्म, संस्कति ब्यक्तिको स्वेच्छाको कुरा हो । चाहेमा सजिलै परिवर्तन गर्न सकिन्छ तर आफ्नो पहिचान अस्थित्व र राष्ट्र अस्मिताको कुरा आउछ त्यो वेला हामी कदापी इतिहास परिवर्तन गर्न सक्दैनौ । शुन्यवाट इतिहासको शुरुवात गर्नु निक्कै ठूलो हिम्मत हो र घनघोर जंगलभित्र पस्नु सरह हो । त्यसैले आफ्नो मौलिक धर्म, संस्कृतिलाई हामीले अनुशासित तर सुधारात्मक तवरले अगाल्नु नै ब्यक्ति समाज र भावि पुस्ताको लागि सबैभन्दा राम्रो कार्य हुन सक्दछ ।तत्कालिन हिन्दु प्रधान देश नेपालमा ब्रामणबाद र शोषित पीडित आदीवासी जनजातिको सन्दर्भ संग जोडिएको दशैको कुरा समाजशास्त्रको चस्माबाट हेर्दा निक्कै महत्वपूर्ण रुपले लिनु पर्दछ । धर्म/दशै ले नेपाली समाजका शुद्ध हिन्दुहरुको लागि भर् याङको रुपमा काम गर्दै आएको छ । त्यसैले आफूले चढ्ने भर्याङग उनीहरु आफैले निर्माण गरुन उनीहरुलाई कसैले अवरोध नगरौ तर गैर हिन्दुहरुले बषौदेखि लगाइदिदै आएको भर् याङको परम्परालाई छोड्नु नै दशै नमान्नु हो । दशैको टिका नलगाउनु मुख्यतया दशै नमनाउनु हो भन्ने मान्यता बढ्दै गएको छ । समायानुकुल मान्यताहरु विकसित हुदै गईरहेका छन् ।आज भन्दा दुइ दशक अघि दशै बहिष्कारको कुराले ठूलो चर्चा पाएको थियो । त्यस बेलाको बहिष्कारको अभियान र अभियानकर्मी आदीवासी विद्धानहरुको योगदान र उपलब्धिको पनि समयले मूल्याङकन गर्दै आएको छ । दशै बहिष्कारको अभियानले समग्र नेपाली समाजमा राजनैतिक र सामाजिक लगायतको क्षेत्रमा ठूलो उपलब्धिहरु पस्केका छन् । यसको एक ज्वलन्त उद्धाहरण नेपाल देश सबै धर्मालम्बीको बन्नु अर्थात धर्म निरपेक्ष घोषणा हुनु हो भने दोस्रो उपलब्धि देशको प्रणाली संघिय ढाँचामा जानु इत्यादि ।दशैको अनेकौ विशिष्टताहरु छन् । जस्तैः बर्ष दिनमा नातागोता संग भेटघाट गर्ने । अन्नबाली पाक्ने वेलाको सुन्दर समयमा आनन्द लिने । सरकारी पैसा, छुट्टि प्राप्त गर्ने इत्यादी । यसका अब्यवहारिक विकृतिहरु पनि धेरै छन् । जेहोस दशैको हामी जोकसैले सम्मान गर्नुपर्छ । छिमेकीको लागि पनि हामीले शुभकामना साट्नु पर्छ तर यथासक्दो आफ्नो मौलिक चाडहरुमा मन मष्तिकलाई केन्द्रित गर्दै जानु सबैभन्दा उत्तम हुन्छ ।
- ब्रुनाई २५ सेप्टेम्बर ०९
No comments:
Post a Comment