दिल पालुङवा लिम्वु "नेपाल कुश्शा"
नेपालमा संसदीय शासन व्यावस्थाको प्रयोग गरिएको पनि धेरै भैसक्यो । तर यो व्यावस्थाले देशलाई अग्रगति दिनको सट्टा अधोगति दिईरहेको छ । यसको मूख्य अवगुण भनेको सत्ताको चलखेल वढी हुनु हो । संसदीय व्यवस्थामा वहुमत प्राप्त पार्टीले सरकार वनाउदछन् । तर्सथ सवैजना वहुमत ल्याउन तम्सिन्छन् । आफ्नै पार्टी पनि संसदीय दलको नेता को हुने भन्ने वारेमा ठूलो चलखेल हुन्छ । एकमना सरकार भएपनि आफ्नै पार्टी भित्रवाट पनि सरकार ढाल्न र परिआएमा पार्टी फुटाउन भरमग्दुर कोशिस गरिन्छ । नेताहरु आफुलाई प्रधानमन्त्री र मन्त्री वनाउन सक्दो कोशिस गर्दछन् । सफल नभए अर्को खेमामा परिवर्तन गरी सत्ताको खेल शुरु गर्दछन् । सत्ता र कुर्सीको लागि मात्र ध्यान जाने हुनाले नेताहरु आफ्नो चुनाव क्षेत्रमा जादैनन् । विकासका कुराहरु सोच्न भ्याउदैनन् । प्रधानमन्त्री तथा मन्त्री भैहालेमा प्रचुर मात्रामा विभिन्न योजना तथा व्यापारी, उद्योगपति ठेकेदार आदिवाट ठूलो परिणाममा कमिशन प्राप्त गर्दछन् । अनी अकुत सम्पत्ति कमाउदछन् । त्यसपछि उनीहरु पैसाले राजनीती गर्न चाहान्छन् । उनीहरुलाई जनताको खांचो उती पर्दैन । कोही राजनीती छोडिदिन्छन् । यर्सथ संसदीय राजनितीमा सत्तापक्षको पार्टीबाट नै सत्ताको चलखेल गर्दछन् भने विपक्षी दलकाहरु अझ यस मामलामा सक्रीय हुन्छन् ।
नेपाल जस्तो छिडिएको मूलुकमा यसले ठूलो असर पार्ने गर्दछ । विकसित मूलुकमा पनि संसदीय व्यवस्थाले समस्या सिर्जीएकै हुन्छ । तर त्यहांका जनताहरु सचेत भएकोले उनीहरुले पार्टी राम्रो पक्षलाई हेरी भोट दिन्छन् । तर नेपालमा भोट पैसाले किनिन्छ । गरीव जनताहरु एक कटौरा रक्सी र एक कप चियामा पनि भोट दिने गर्दछन् । केही रकम प्रदान भएमा दिलोज्यान दिएर लाग्दछन् । हाम्रो देशको नेता पनि उस्तै र जनता पनि उस्तै स्तरवाट गुज्रिरहेका छन् ।
पून एउटा पार्टीले राम्रो कार्यक्रम ल्याएमा अर्को पार्टीले पछाडि पर्ने डरले राम्रो कार्यक्रम जनतासम्म पुरयाउन अगावै सत्ता ढाल्ने षडयन्त्र गर्न थाल्दछन् ।
अहिले वर्तमान संविधानसभामा पनि यही संसदीय परीपाटी भएकोले कहिल्यै स्थिर सरकार हुन सकेको छैन । जनताहरु वाक्क भैसकेका छन् । तर निकास आएको छैन । झलनाथ खनाल एमालेवाट प्रधानमन्त्री भएका हुन । तर उनलाई आफ्नै पार्टीले के.पी. ओलीहरुले सत्ताच्यूत गर्न खोजिरहेका छन् । जवसम्म स्थिर सरकार हुदैन तवसम्म संविधान निर्माण प्रक्रिया अवरुद्ध हुनेछ । यी सवै पार्टीले आफ्नो स्वार्थको लागि स्थिर सरकार गठन गर्न दिईरहेका छैनन् । यीनीहरुनै संसदीय व्यवस्थाका कमजोरीहरु हुन् ।
यस्तो समस्यावाट गुज्रन नदिन अध्यक्षात्मक अर्थात राष्ट्रपतीय शासन व्यवस्थाले काम गर्नेछ । यस्तो व्यवस्थामा राष्ट्पतिको चुनाव पार्टीबाट अनुमोदित गरिन्छ । त्यसपछि जनताहरुको माझमा प्रत्यक्ष निर्वाचनको लागि गईन्छ । प्रत्यक्ष निर्वाचनमा स्पस्ट वहुमत ल्याउनु पर्दछ । त्यो नभएमा दोस्रो पटक चुनाव गरिन्छ । त्यसमा पनि स्पष्ट वहुमत नभएमा संसदले वहुमत प्राप्तलाई राष्ट्रपति घोषित गर्दछ । राष्ट्रपतिले आफ्नै हिसावले मन्त्रीहरु नियुत्त गर्दछन् । विपक्षी पार्टीलाई पनि मन्त्री वनाउन सकिन्छ । सांसदहरुलाई मन्त्री वनाईदैन । यदी वनाईएमा उनीहरुको सांसद खारेज हुनेछ । तर्सथ संसदवाट सरकार ढाल्ने चलखेल हुदैन । ढुक्कले शासन गर्न पाउछन् । मन्त्रीहरु राष्ट्रपतिका सल्लाहकार जस्ता मात्र रहन्छन् । उनीहरुको सल्लाह आवश्यक लागेन भने नलिन पनि सक्छन् । मन्त्री परिषद किचनक्याविनेटको रुपमा हुनेछ ।राष्ट्रपति संसदप्रति उत्तरदायी नभएर जनताप्रति हुन्छन् । संसदको आफ्नै काम कर्तव्य हुनेछ । राष्ट्रपतिले राष्ट्रको लागि अहित हुने कार्य गरे, निरंकुश भए संसदले अविश्वासको प्रस्ताव गर्न सक्छ । संसारको उत्कृष्ट राष्ट्रपति शासन भएको देश अमेरिका हो । अमेरिकामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति पृथकीकरणको व्यवस्था छ । तिनै निकाय स्वतन्त्र भएर कार्य गर्न सक्छन् । एकले अर्कोलाई हस्तक्षेप गर्न पाउदैनन् ।यद्धपी एकापसमा नियमले वांधिएकोले मनोमालिन्य हिसावले काम गर्न पाउदैनन् ।
फ्रान्स पनि राष्ट्रपतीय शासन भएको देश हो । राष्ट्रपतिको चुनाव प्रत्यक्ष मतदानवाट हुने गर्दछ । तर प्रधानमन्त्रीको चयन संसदीय स्वरुपमा हुने गर्दछ । तर कार्यपालिकाको अधिकार राष्ट्रपतिलाईनै हुनेछ । त्यसैले फ्रान्सको शासन व्यवस्थालाई मिश्रति शासन व्यवस्था मानिन्छ ।
व्रिटिशमा संसदीय व्यवस्था छ । संसदीय व्यवस्थाको जननीनै व्रिटिश हो । संसदीय व्यवस्थाको कारण व्रिट्रिशमा पनि सत्ता परिवर्तन भैरहन्छन् । व्रिटिशको परिपाटी अनुशरण गर्ने राष्ट्र भारत हो । त्यहा पनि सत्ताको खेल वहुत हुने गर्दछ । भारतवाटको सिको नेपाललेगरेको हो । नेपालको सत्ताको चलखेलवारे हामी सवैलाई राम्रै थाहा भएको हो । तर संघात्मक शासन व्यवस्था भएको अमेरिकामा त्यस्तो भएको पाईदैन । अध्यक्षात्मक अर्थात राष्ट्रपतीय व्यवस्थालेनै अमेरिका संसारको सवैभन्दा शक्तिशाली भएको छ । चीनको पनि राष्ट्रपतीय विषेशता रहेको छ । तर त्यहां पार्टीले हाईकमाण्ड हुन्छ । यद्धपी राष्ट्रपतिलाई विशेषाधिकार प्रदान गरिएकोछ । चीनमा पनि सत्ताको चलखेल हुन पाउदैन
देशको विकास नहुनु स्थिर सरकार नहुनु हो । माथिनै भनियोकि स्थिर सरकारको लागि संसदीय पद्धतीभन्दा राष्ट्रपतीय अर्थात अध्यक्षातमक पद्धतीनै उत्तम हुनेछ ।
यसर्थ नेपाल जस्तो अस्थिर सरकारको रोग लागिरहने देशलाई संसदीय व्यवस्था भन्दा राष्ट्रपतीय शासन व्यवस्थानै उपयुक्त हुनेछ । जुन विविध जातजातिको वसोवास भएको मुलुकमा जो सक्षम व्यक्ति पनि राष्ट्रपति हुन पाउनेछ । यहां जातीय एकाधिकारवाद हावी हुन सक्दैन ।
त्यस्तै नेपालले पनि अहिले संघात्मक शासन व्यवस्थाको प्रयोग गर्न गईरहेको छ । यस सन्दर्भमा अमेरिकाको मोडललाई नेपाली हावापानी सुहाउदोवनाउन सकिन्छ । अमेरिकामा दुइवटा संविधान छ । एउटा सिंगो देशको भने अर्को स्वायत्त राज्यको । नेपालमाझै. अमेरिकामा विविध जातजाति धर्मावलम्वीहरु छन् उनीहरु सवैलाई संविधानले समान अवसर प्रदान गरेको छ । जव जनताहरुलाई समान अवसर प्रदान गरिन्छ । तव उनीहरु सन्तुस्ट रहन्छन् । अनी देशमा शान्ति सुव्यवस्था कायम रहनेछ । सरकार स्थिर रुपमा चलिरहन्छ । विकासका कामहरु निरन्तर वढिरहन्छन् । तर्सथ नेपालको मुहार फेर्नलाई एकपटक अमेरिकाको जस्तो अध्यक्षात्मक शासन व्यवस्थाको प्रयोग गरौं । सेावारो ।