Dec 11, 2008

लिम्बुवानको अस्थित्वमा माओवादीको खेलबाड

प्रकाश यक्सो लिम्बू
किरात राज्यको बखेडा प्रस्ताव पहिले नेकपा माओवादीले झिकेको थियो । त्यसको प्रमुख नाइके गोपाल किराती (खम्बू) थियो । त्यो प्रस्तावमा लिम्बुवानको कुनै अस्थित्व राखिएको थिएन । त्यसको खिलापमा लिम्बुवानले धावा बाल्यो । नेकपा माओवादी भित्र पनि लिम्बुवानको पक्षमा आवाज उठ्न थाल्यो । त्यसपछि नेकपा माओवादीको पाँचौ बिस्तारीत बैठकले लिम्बुवान राख्न बाध्य भयो । यसरी उसले लिम्बुवान त राख्यो तर हात, खुट्टा र टाउकै नभएको मुर्कुटा लिम्बुवान बनाएर राख्यो । नढाँटी भन्नुपर्दा लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिलाई जानाजान कुल्चेर उसले आफ्नो स्वार्थ अनुकुलको लिम्बुवान राखेको छ । अहिले नेपालको नयाँ संविधान लेखन प्रक्रिया शुरुहुँदैछ । तर अझैपनि नेकपा माओवादीको लिम्बुवानप्रति हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन । जनताको भावनालाई सम्मान गर्छु भन्ने माओवादीको क्रियाकलाप हेर्दा लाग्छ, उही पुरानै उखान 'नयाँ बोतलमा पुरानै रक्सि' भने जस्तै मात्र हो ।

No comments: