Nov 21, 2007

नुमाफूङ चलचित्रकी लोजिना निवा हाङमा

चौविसे कान्छा
प्रताप सुब्बाको लिम्बू चलचित्र 'थःथामा' मा दोहोरो भूमिका गर्दा ६ वर्षकी थिइन् उनी । तीन वर्षपछि नवीन सुब्बा गान्तोक पुगेपछि निवा हाङमाको साइनो 'नुमाफुङ' सँग
गाँसियो- सरल र मायालाग्दी बच्चीका रूपमा । सिक्किमको राजधानी गान्तोकमा जन्मेकी उनीसँग त्यसअघि न गाउँको अनुभव न .पानी पँधेरोको । उनले भनिन्- 'यतिबेला पूर्वी नेपालको पहाड सम्झिरहेकी छु, जहाँ दिउँसो अभिनय र राति पुल्ठो बालेर विद्यालय परीक्षाको तयारी गरेकी थिएँ ।' तीन महिना विद्यालय छाडेर अभिनयका लागि ताप्लेजुङ, इलाम र धनकुटा आएकी थिइन् निवा । विद्यालयकी प्रथम छात्रा भएकीले पनि विश्वासमा उनलाई लामो छुट्टी मिलेको थियो । लिम्बू नारी वेदना, प्रेम र पीडा उधिनिएको चलचित्र 'थःथामा' पछि उनले 'नुमाफुङ' की फुच्चीबाट कस्तो प्रशंसा पाइन् भने धेरैले नेपाल गएर फिल्ममा काम गर्न सुझाए । यतिबेला कस्तो योजना बुन्दैछिन् त उनी ? 'अहिले म बदलिएकी छु,' गान्तोकको टासी नाम्ग्याल कलेज पढ्दै गरेकी निवाले भनिन्- 'नेपाली चलचित्र यहाँ मुस्किलले प्रवेश हुन्छ । त्यहीमाथि चलचित्र संस्कृति वकास हुन सकिरहेको छैन ।' हिन्दी चलचित्रसमेत हलमा गएर हेर्ने बानी नभएका बेला 'फिल्म करिअर' भन्दा अरू क्षेत्र रोज्नुपरेको उनले बताइन् । 'सबैले उनको अभिनय राम्रै छ भन्छन्,' 'थःथामा' मा अभिनयसमेत गरेका बुबा एमएस लिम्बूले छोरीबारे
भने- 'भविष्यबारे उनी स्वतन्त्र छिन् ।' डाक्टर बन्ने योजनासाथ चिकित्शा विज्ञान पढ्दै गरेकी निवा भन्छिन्- 'म चलचित्रलाई सस्तो मनोरञ्जनको साधन मात्रै ठान्दिनँ ।' कुरा सुन्दा उनको उमेर विर्सन सकिन्छ । भन्छिन्- 'गहन सामाजिक विषयको चलचित्र बने अभिनय गर्न सकिन्छ । तर अहिले होइन ।'

1 comment:

ukhang said...

aafno dharma, sanskriti, ritiriwaj, haro bachowno dherai jarori cha, ra yaslai bachowna ko lagi manisko bhomika pani tetinai jarori cha, jasari chalchitra ko nam nomaphung cha, tesarinai hamipani ramri saprino parcha ra aafno nam lai aagadi badowno parcha, tesaile ma yo chalchitra sanga dherai khusi chora aajhai yastai gardai jano bhanera bhanna chahancho.
'tiyaha' 'tiyaha' 'tiyaha'