Nov 15, 2007

लिम्बू विद्यार्थी मञ्च दमक घोषणापत्र २०६४

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा लिम्बुवान स्वायत्त राज्य प्राप्तिका लागि आन्दोलनकोविकल्प नरहेको ठहर गर्दै,लिम्बुवान स्वायत्तताका लागि भएको संघर्षको लामो कालखण्डलाई निरन्तरता दिई यस्को टुंगोलागाउनु पर्ने ऐतिहासिक दायित्वलाई हृदयंगम गर्दै,आम लिम्बू विद्यार्थी र लिम्बू विद्यार्थी मञ्च लिम्बुवान प्राप्तिको महान आन्दोलनमा संघर्ष गर्नप्रतिवद्ध रही,राष्ट्रिय, अन्तर्राष्ट्रिय दस्तावेजले व्यवस्था गरेको आदिवासी जनजातिहरूको अधिकारकोकार्यान्वयनको लागि,"संघीय लोकतान्त्रिक गणतन्त्रका लागि हाम्रो ऐक्यवद्धता, आत्मनिर्णयकोअधिकारसहितको लिम्बुवान स्वायत्तताको लागि राष्ट्रिय भेला" मूल नाराका साथ २०६४ भदौ २८ र २९ गते लिम्बुवानको दमक नगरीमा सम्पन्न लिम्बू विद्यार्थी मञ्चको राष्ट्रिय भेला यो दमक घोषणापत्र २०६४ जारी गर्दछ ।
१) अन्तरिम संविधानको तेस्रो संशोधन गरी संविधानसभाको निर्वाचन अगावै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा ऐतिहासिक, जातीय, भाषिक र सांस्कृतिक आधारमा आत्मनिर्णयको अधिकारसहतिको लिम्बुवान स्वायत्त राज्यको सुनिश्चित गरिनुपर्ने ।
२) संविधानसभाको लागि पूर्ण जातीय समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिनुपर्ने ।
३) लिम्बुवानमा गैर लिम्बू जातिको पनि समान हक, अधिकार र कर्तव्य रहने ।
४) २०६४ भदौ २२ र २३ गते किरात याक्थुङ चुम्लुङको आयोजनामा सम्पन्न राजनीतिक अन्तरक्रियाले गरेको लिम्बुवानको ऐतिहासिक ६ बुँदे घोषणाप्रति प्रतिवद्धताका साथ सोराजनीतिक अन्तरक्रियामा प्रस्तावित लिम्बुवानको मस्यौदा खाकालाई सशक्त रुपमा छलफल र बहसमा लाने ।
५) सोही अन्तरक्रियामा लिम्बुवान प्राप्तिका लागि सञ्जाल निर्माण गर्न भएको साझा सहमतिको आधारमा सो सञ्जाल अविलम्ब निर्माण गरी लिम्बुवान प्राप्तिका लागि सशक्त आन्दोलनमा उत्रन सहमत सबैलाई यो भेला हार्दिक आव्हान गर्दछ ।
............
महासचिव
टंक फोम्बो

2 comments:

Unknown said...

Phombo ji thik cha swagat chha tara Nepal sarkar le hoina Limbuwan ma je jasto samrachana hunchha aba limbuwan sarkarle garnu parchhha. Aruko bharle nahune dekhinchha tyasaile sabdhani purbak aghi badnuhos.Natra yo nara sabda jalka rupma matra rahane chha. yaslai bastabik rup dine prayas pani hunu jaruri chha.

Unknown said...

Yugale bhuleko hamro purkhako biswas nepal sarkarle sadhai kulcheko cha. Ahile samma limbuwan basi Girija sarkar pheri kina maun chha? Aba pani byaktigat swartha ko habi hunchha bhane Limbuwan basi chup lagera basna nahune hami sampurnako jikir chha.