May 15, 2011

लिम्बुवान राजनीतिका वर्तमान परिदृष्यहरु

छविसुब्बा सङबाङफे लिलिमहाङ
१. थालनी :
सामन्ती निरंकुश राजतन्त्रात्मक उत्पीडनको लामो अन्तरालपछि नेपालमा लोकतन्त्र स्थापना भएको कुरा त सर्वविदितै छ । अहिले नेपालका विभिन्न जाति वर्ग र समुदायहरुले आ-आपुनो पहिचान र इतिहासको आधारमा राजनैतिक आर्थिक धार्मिक लैंगिक तथा भाषिक-साँस्कृतिक अधिकार खोजिरहेका छन् । राजतन्त्रको विरुद्धमा ओईरिएको जनलहर थेग्न नसकेपछि अन्ततः सत्ताधारी दलहरुले बि।स। २०६५ जेठ १५ गते नेपाललाई गणतन्त्रात्मक राज्य त घोषणा गरे तर मुलुकमा विद्यमान समस्याहरुको जड के हो भन्ने सन्दर्भमा पहिचान गर्न उनीहरु अल्मलिरहेको वर्तमान अवस्थाले धेरै राजनीतिक अन्यौलताहरु पैदा गरेको छ । बि।स। २०४७ को संविधान खारेज गर्न र जनआन्दोलनका उपलब्धीहरु तत्काल संस्थागत गर्नका लागि नै नेपालको अन्तरिम संविधान-२०६३ जारी भएको हो । तर त्यो संविधानले जनताले आन्दोलनमार्फत मुखरीत गरेको संघीयता र गणतन्त्र आत्मसात् नगर्दा सत्ताधारी दलहरुप्रति शंका र अविश्वास सँगसँगै पैदा भएर गयो । लक्ष्मण अर्याल संयोजकत्वको अन्तरिम संविधान मस्यौदा समितिले तयार गरेको संविधानमा उल्लेख भएको संघीयता र गणतन्त्रलाई तीनदलका शीर्षस्थ नेताहरु गिरीजाप्रसाद कोईराला माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले वालुवाटारको प्रधानमन्त्री निवासमा बसेर खारेज गरीदिए । खाली राखिएको राष्ट्रिय जनावरको महलमा ूगाईू राखेर अन्तरिम संविधान घोषणा गरे । उनीहरुले सोचेका थिए राजाबाट दलहरुलाई सत्ता हस्तान्तरण भएपछि राज्य संचालनको सम्पूर्ण प्राधिकार आफुमा निहीत भएको छ र अन्य शक्तिहरुले यो मुलुकमा आन्दोलन गर्ने कुनै हैसियत राख्दैनन् । हुनत नेपालमा आफुलाई उत्पीडित जाति वर्ग र समुदाय सम्झनेहरुको राजनीतिक संस्था नभएकै हो त्यसबेला । आपुनो भाषालिपि र सँस्कृति संरक्षण र बिकासका लागि आदिवासी जनजातिहरुले सामाजिक संस्था दर्तागरी संचालन गरेका थिए तर तिनीहरु राजनीतिकरुपले आन्दोलनमुखी थिएनन् । आदिवासी जनजाति आन्दोलनका केही अग्रज नेताहरुले जारी अन्तरिम संविधान जलाउने निर्णय गरे जसअनुरुप काठमाडौंको माइतीघर मण्डलामा संविधान जल्यो । त्यसको अगुवाई आदिवासी जनजाति गैरसरकारी संस्था महासंघले गरेको थियो । आदिवासीहरुले अन्तरिम संविधान जलाउदा त्यो घट्ना सामान्य जस्तो लागेको थियो सत्ताधारीहरुलाई तर अर्कोपल्ट मधेसी जनअधिकार फोरमले पनि त्यही स्थानमा संविधान जलाएपछि सरकारी दमनको सिलसिला सुरुभयो । मधेसी नेताहरु पक्राउ परे जसको कारणले मधेसमा वलिदानी आन्दोलनको विजारोपण भयो ।
मधेस राजनीतिक र जातीय पहिचानको रुपमा स्थापित नभएता पनि त्यो एउटा लामो उत्पीडनको जरा भएर रहेको थियो । हरेक राजनीतिक पुनर्गठन प्रकि्रयाबाट मधेसी समाज वहिष्करणमा पर्दैआउनुको साथै सामाजिक विभेदको चरम शिकार हुँदैआएको थियो । बहुदलीय व्यवस्थाको अभ्यास भएयता भारतीय शक्तिको नजिक रहने केही सभ्रान्त मधेसी समुदाय बाहेक अन्य समुदाय र वर्गहरु राजनीतिक मुलधारमा सहभागी हुन नसक्नुका साथै उनीहरुमा शोषण दमन अन्याय अत्याचारको चरमोत्कर्ष थियो । यिनै कारणले मधेसी आन्दोलनमा प्रशस्त मलजल पायो र सत्ताधारीहरुलाई नयाँ संकटमा फसाई दियो ।
२. लिम्बुवानको मर्म :
लिम्बुवान आन्दोलनको प्रकृति र इतिहास फरक छ । लिम्बू जातिहरुमा वर्गीय र सामाजिक उत्पीडन भन्दा पनि राजनीतिक आर्थिक ऐतिहासिक र भाषिक-साँस्कृतिक उत्पीडनले स्थान ओगटेको छ । आपुनो ऐतिहासिक पहिचान भएको भूमिमा स्थिररुपले निरन्तर बसोबास गर्ने जातिहरुमध्ये लिम्बूहरु अग्रस्थानमा आउछन् । यसको कारण लिम्बूहरुले नेपालको निर्माणपश्चात पनि लामो समयसम्म स्थानीय जातीय सत्ता उपभोग गरेका थिए जसलाई पछिल्लो कालमा ूकिपटू भनिन्थ्यो । तालुकदारी मुखियाली र जिमिदारी प्रथा अन्तर्गत अन्य आदिवासी समुदायमा स्थानीय सत्ता अभ्यास गर्ने प्रचलन भएता पनि लिम्बूहरुले उपभोग गरेजस्तो स्वायत्तताको पूर्णअधिकार अन्य जातिमा थिएन । लिम्बूहरुलाई एकैचोटी राजनीतिक हस्तक्षेपबाट विचलित बनाउने प्रकि्रया भन्दा पनि आर्थिक धार्मिक सामाजिक र भाषिक-साँस्कृतिक आक्रमणबाट निष्तेज बनाउदै लगियो । जसका उदाहरणहरु दशैं मान्न बाध्य गराउने जनै भिराउने आपुनो भाषालिपि पढ्नलेख्न प्रतिवन्ध लगाउने आदि । राज्यले समय र परिस्थिति अनुसार निर्वाहमुखी आर्थिक कार्यक्रम लागू नगरेको हुनाले जीविकोपार्जनका लागि धेरै लिम्बूहरु विदेशमा रोजगारी गर्नपुगे । यो जरजर फेहरिस्त आजसम्म पनि ज्यूँकात्युँ छ । हामी खोजिरहेका छौं यो समस्याको जड के हो र यसको अन्त्य कसरी हुनसक्दछ कतिलाई लाग्नसक्छ यी सबै आर्थिक विपन्नताको कारणले उब्जेका समस्याहरु हुन् । त्यसो भएकोले आर्थिक रुपमा सक्षम र सवल भईयो भने स्वतःस्पुूर्त राजनीतिक अधिकारमाथि पहुँच पुग्न सक्दछ । यो कदापी होईन । यदि त्यसो भए त सबैभन्दा औसत आय भएका नेपालीमा थकाली पर्दछन त्यसपछि नेवार र शेर्पा जाति पनि हुन् । ती जातिहरु नेपालको आदिवासी जनजातिमा सूचिकृत छन् । हाम्रो सवाल अधिकारको हो र अधिकार निसृत हुने थलो राज्यसत्ता हो । नेपालको राज्यसत्तालाई हिन्दुअतिवादी सोच र चिन्तन बोकेका समुदायहरुले आजसम्म एकलौटीरुपमा कब्जा गरेका छन् । राज्यसत्ता कब्जा गरेपछि त्यसलाई संचालन गर्ने सबै प्रशासनिक तथा न्यायिक संयन्त्रहरुमा आपुनो समुदायका मानिसहरु मात्र राखेका छन् जसको कारणले सत्ताको पहुँच बाहिर रहेका जाति र समुदायहरुले राज्यको श्रोत साधनदेखि विमुख हुनुपरेको छ । राजनैतिक निर्णय गर्ने तहमा आपुनो पहुँच नभएपछि राज्यबाट गरिने आर्थिक वितरण प्रणालीबाट स्वतःस्पुूर्त वहिष्करणमा पर्न पुगिन्छ । त्यसो भएपछि आपुनो देश भनेर के गर्ने जीविकोपार्जन हुँदैन त्यसको साटो जीवन निर्वाहको विकल्प रोजगारीको लागि विदेश पलायन नै मानिस रोज्न पुग्दछ । त्यसैले नेपालको मुख्य समस्या राजनीति हो । किनभने विभिन्न घट्नाक्रमहरुबाट पुनःगठन भएका राजनीतिक सत्तामा आदिवासीहरु कहिल्यै समावेस भएका छैनन् । बि।स। १९०३ मा जङ्गबहादुर राणाले कोतपर्वबाट स्थापना गरेको राणा शासन २००७ सालमा स्थापना भएको प्रजातन्त्र २०१७ सालको पंचायती व्यवस्था २०४६ सालमा पुनःस्थापना भएको प्रजातन्त्र र २०६२÷६३ सालको लोकतान्त्रिक गणतन्त्र यी सबै राजनीतिक पुनःगठन प्रकि्रयाहरुमा नेपालका आदिवासी जनजाति मधेसी मुस्लिम महिला लगायतका जाति र वर्गहरु लगातार पाखा पारीएका घट्नाहरु ताजै छन् । यी प्रकि्रयाहरुबाट समेटीएका जातहरु शाह राणा ठकुरी बाहुन र क्षेत्री मात्र हुन । तसर्थ पूर्णलोकतान्त्रिक अभ्यासको वहाली गर्नका लागि राजनीतिक मुलधारदेखि बाहिर रहेका समुदाय र वर्गहरुलाई समावेस गर्ने प्रकि्रयाको थालनी नभएसम्म मुलुक समस्या र द्वन्द्वको घेराबाट उम्कन सक्दैन र तबसम्म दिगोशान्ति र स्थायित्व कायम हुँदैन ।
ऐतिहासिक विरासत र पहिचानको आधारमा अधिकार सिर्जनाको मुद्दा नै लिम्बुवान आन्दोलनको प्रस्थानविन्दु हो । यूगौंदेखि कायम रहेको हिन्दुअतिवादी एकल साँस्कृतिक विचारमा आधारीत राजनैतिक सत्ताले लादेका अन्याय अत्याचार र शोषण दमन अन्त्य गर्दै ऐतिहासिक पृष्ठभूमिको आधारमा स्वायत्तता कायम गरिएमा मात्र उत्पीडित जनताले मुक्ति पाउन सक्दछन भन्ने मुल्यमान्यतामा लिम्बुवान आन्दोलन केन्द्रित रहेको छ । अधिकारमुखी आन्दोलन यो अवस्थामा आईपुग्नु शान्ति व्यवस्थापनको एउटा सकारात्मक पूर्वाधार बन्नु हो । तर सत्ताधारीहरुको परम्परागत सोच र शैलीहरुमा परिवर्तन र जनआकांक्षा बमोजिम रुपान्तरण हुन नसकीरहेको परिस्थितिले द्वन्द्वका नयाँ मुद्दाहरु जन्माउन सक्ने सम्भावना बढ्दै गएको छ भने अर्कोतिर लिम्बुवानका राजनीतिक पार्टी/संगठनहरुको विभाजन र आपुङ्गीपनाले उब्जाएको मनोविज्ञानले लिम्बुवान चाहने जनताहरु अन्योलग्रस्त बनिराखेका छन् । लिम्बुवानजन्य पार्टी र संगठनको नेतृत्व गर्ने कुनै पनि नेताले लिम्बुवान सुनिश्चितताको स्पष्ट मार्गचित्र दिनुको सट्टा एकले अर्कोलाई गालीगलौज गर्ने पार्टी फुट्नुको दोष अर्कालाई लगाएर आफु चोखिने अर्को समुह अयोग्य आफुमात्र योग्य ठान्ने सहयोग दाताहरुलाई आपुनो पकड र कब्जामा पार्नका लागि नानाभाँतीका नाटकहरु गर्ने राजनीतिक सैद्धान्तिक वैचारिक दार्शनिक दृष्टिकोण र मार्गदर्शनको अभ्यास कहिल्यै नगर्ने र खाली फोस्रा भावनाको खेती गरेर यूवा र जनतालाई कपोकल्पित सपना देखाउने आदि कार्यमा व्यस्त रहेको देखिन्छ । के यस्तो प्रवृत्तिले पार्टी संगठन चलाउनेहरुले लिम्बुवान मुक्ति र जनताको भाग्यरेखा कोर्न सक्लान राजनीतिक मुक्तिको यात्रा त्यति सजिलो छ आज यिनै प्रश्नहरुले जवाफ खोजीरहेका छन् ।
३. के हो राजनीतिक मुक्ति ?
सबै मान्छेहरु राजनीतिक अभ्यासमा सहभागि हुँदैनन् । समाजका कमै मान्छेहरुमात्र राजनीतिमा लागेर शक्तिको अभ्यास गर्ने गर्दछन् । वास्तवमा राजनीति पनि वंशानुगत व्यवसायिक निरन्तरता जस्तो भएको छ । त्यसैले मान्छेले सुरुमा आपुनो शासककोरुपमा राजतन्त्र छनौट गरेका हुनसक्छन् किनभने समाजको नायके छान्न झन्झटिलो नहोस । आजको २१औं शताब्दीमा मानव समाज आईपुगेपछि आपुनो लागि आफैं शासक बन्ने ईच्छा मानिसमा जाग्नथाल्यो र त्यसैको राजनीतिक अभिव्यक्ति हो प्रजातन्त्र वा लोकतन्त्र । जसमा स्थायी शासक हुँदैन र राजनीतिमा भागलिने व्यक्तिले आपुनो गुण र कौशलताको आधारमा लोकपि्रयता हासिल गर्छ र उसलाई निश्चित समयावधिका लागि जनताले शासकको रुपमा छनौट गर्दछन् । आजका विश्वका मानिसहरुले यस्तो खालको शासकीय व्यवस्था र प्रणालीप्रति रुचि राख्न थालेपछि नयाँ परिवर्तनको लहर देखा परेको हो । शक्ति अभ्यासको खेलबाट गुज्रँदै आएको जुनसुकै राजनीतिक व्यवस्थाका शासकहरु जनताले चाहदैमा स्वईच्छाले सत्ता हस्तान्तरण गर्दैनन् । उनीहरुलाई सत्ता हस्तान्तरण गराउने माध्यम भनेको नै क्रान्ति हो । क्रान्तिको शाब्दिक अर्थ परिवर्तन हो र त्यो परिवर्तन सरल हुँदैन जटील र जोखिम हुन्छ । त्यो परिवर्तन चाहने मानिसहरुले वलिदानसम्म गर्नुपर्दछ । मानिसका चाहना र ईच्छाहरुलाई समेट्दै त्यसअनुसार मार्गनिर्देश गर्ने चीन्तनको गाथा बिकास भएर आएको छ त्यसलाई नै राजनैतिक वैचारिक सैद्धान्तिक र दार्शनिक मार्गदर्शन भन्ने गरिन्छ । अहिले आएर सत्ताको अभ्यास गर्छु भन्ने गुट वा दलले ती कुराहरुको राजनीतिक साहित्य बनाएर आपुनो पार्टी दस्तावेज बनाउदछन् जसमा आपुनो पार्टीले गर्ने शासनको स्वरुप र चरित्र उल्लेख भएको हुन्छ त्यसअनुसार जनताले रुचाएमा आफुलाई शासक बनाउन प्रस्ताव गर्ने दल वा व्यक्तिलाई मतदिएर निश्चित अवधिका लागि छनौट गर्दछन । यसरी निर्वाचित भएका शासक प्रशासकहरुले जनताको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक ,लैंगिक, भाषिक तथा साँस्कृतिक उन्नति बिकास र समृद्धिका लागि नीति कार्यक्रम र योजना बनाएर कार्यान्वयन गर्नुपर्दछ । यी कार्यका लागि नै राजनीतिक दल वा राजनीतिज्ञहरुलाई जनताले निर्वाचनमार्फत कार्यादेश दिने गर्दछन् । यस्तो व्यवस्था वा प्रकि्रयालाई प्रजातन्त्र वा लोकतन्त्र Democracy भन्ने गरिन्छ । आज हामी यही लोकतान्कि व्यवस्थामा अधिकार खोजिरहेका छौं र हाम्रो अधिकारको राजनीतिक सम्बोधन पहिचान सहितको अधिकार सृजना हो भनिरहेका छौं । यसबेला सत्ताधारीहरु हाम्रो मर्म भावना र मागप्रति चासो र सरोकार दिईरहेका छैनन् किनभने उनीहरुको सरोकार आफु र आपुनो दलकेन्द्रित स्वार्थ प्रमुख एजेण्डा बनेकोछ । एकात्मक शासनप्रणालीको लामो अभ्यासबाट गुज्रँदै आएका नेपालका वर्तमान शासकहरु उत्पीडित जाति र वर्गहरु राजनीतिकरुपले सशक्त भएमा सत्ताअभ्यासको प्रकि्रयाबाट आफु कमजोर वा वहिष्कृत भईएलाकी भन्ने मनोविज्ञानले ग्रस्त भईरहेका देखिन्छन् । संघीय गणतन्त्रात्मक लोकतान्त्रिक सत्ताअभ्यासमा एकल समुदाय वा वर्गीय आधारमा सीमित रहेको राजनैतिक शक्तिलाई वाँडफाड वा निक्षेपीकरण गरी अन्य वर्ग वा समुदायहरुलाई पनि साझेदारी गरिन्छ र यसरी नै उनीहरुमा शासकीय नेतृत्वमाथि पहुँच स्थापना हुनसक्दछ । यो प्रकि्रयाले सत्ताअभ्यासमा सकि्रय रहेको कुनै जात वर्ग वा समुदायलाई राजनीतिको कुनै पनि अवसरबाट निषेध गर्ने होईन । तर आफुले एकलरुपमा सत्ताको नेतृत्व उपभोग गरिरहेका जात र वर्गहरु उत्पीडित जाति वर्ग र समुदायहरुलाई अधिकार सम्पन्न बनाउदा आफु कमजोर वा बुद्धिजीविहरु पार्टीमा आएमा आफु नेतृत्वबाट विस्थापित भईन्छकी भन्ने भय र त्रासले सन्त्रास भएका मानिसहरु लिम्बुवानजन्य पार्टी संगठनमा नेतृत्व गरिरहेका छन् । तपाई कल्पना गर्नोस बुद्धिजीवि नभएको राजनीतिक पार्टी र संगठन कस्तो हुन्छ होला ? राजनीतिक पार्टी आफैंमा अघोषित सत्ता हो र कुनै पनि बेला यसले सत्ता संचालनको अविभारा बहन गर्नुपर्दछ । त्यसबेला नीति कार्यक्रम र योजना बनाउने विज्ञहरु नभएको खण्डमा त्यस्तो पार्टीले जनतालाई के राहत दिनसक्छ तसर्थ असल शासनका लागि संचालन गरिने राजनीतिक पार्टीमा विभिन्न विधाका दक्ष जनशक्ति सरीक हुन अति आवश्यक छ । तर अहिले हामी देखिरहेका छौं लिम्बुवान सत्ता संचालनको उत्कट चाहना राख्ने साथीहरुको पार्टी र संगठनमा मारमुङ्ग्रे जमातमात्र छन् । त्यस्तो पार्टी वा संगठनलाई लोकतन्त्रमा कुनचािहं मुर्खले सत्ता संचालकको अविभारा देला ? यी सवालहरुमा हेक्का राखेर पार्टी शुद्धिकरण र सुदृढीकरण नगरेसम्म लिम्बुवान मुक्ति र यसका लागि आफुलाई क्रान्तिकारी भनाउने संगठनहरुको भविष्य अन्धकार छ ।
४.निष्कर्ष र अन्त्य :
सपना र यथार्थताको धरातल धेरै फरक पर्दछ । राजनीतिमा सपना देखाउने खेल धेरै पहिलाबाट चलिआएको हो । धेरै पार्टीहरुले जनतालाई सपना बाँडेरै राजनीति गरिल्याएको हाम्रो जीवनले भोग्दै आएकाछौं । साम्यवाद र समाजवादको सपना बाँडेर राजनीति गर्ने पार्टीहरु नै आजको दुनियामा धेरै देशको राजनीतिक सत्तामा हावि भैराखेका छन् । नेपालको हावापानी र माटो सुहाउदो भनेर लादिएको पाचायती व्यवस्थाले लगभग तीसवर्ष नेपाली जनताहरुलाई सपना बाँडेर शासन चलाएको थियो । पाचायती व्यवस्थाको अन्त्य पश्चात उदाएको संवैधानिक राजतन्त्र सहितको वहुदलीय व्यवस्थाले डेढदशकसम्म समाजवादको सपना बाँडेर नेपाली जनतालाई अल्मल्याएको तीतोसत्य हाम्रो सामु छर्लङ्ग छ । मुलुकमा भएका राजनीतिक उतारचढावपूर्ण परिवर्तनहरुले वल्ल हामीलाई अधिकार सृजनाका लागि आपुनो इतिहास र पहिचान खुल्नु पर्दोरहेछ भन्ने सम्मको चेतनावोध भएकोछ । यो अवस्थामा राजनीतिक सत्ताको नेतृत्वमा पहुँच पुर् याउनका लागि उत्पीडित जाति र वर्गहरुले क्रान्तिकारी छलाङ्ग मार्न बाँकी नै छ । यसको लागि अपनाउनु पर्ने राजनीतिक चरित्र, शैली, कार्यपद्धती र रणनीतिक योजनाहरु सैद्धान्तिक र वैचारिकरुपले खारिएको हुनुपर्दछ । तर लिम्बुवान स्वायत्तताको मुद्दा उठाएर राजनीतिक गतिविधि गरिरहेका केही संगठन र त्यसका नेताहरु अनाहकका फोस्रा आश्वासन र काल्पनिक सपना बाँडेर लिम्बुवानवासी जनतालाई दिग्दार गरिरहेका छन् । अर्कोतिर घना जनसंख्या भएको प्रस्तावित लिम्बुवानमा गैरलिम्बूहरुको वहुसंख्यक बसोबास छ र उनीहरु लिम्बुवान राज्य स्थापना भएपश्चात आपुनो राजनैतिक सहअस्तित्व र हैसियत कुनरुपमा व्यवस्थापन हुन्छ भन्ने चिन्ताले ग्रस्त भइराखेको देखिन्छ । त्यसमध्ये पनि अहिलेसम्म सत्ता संचालनको सबै संयन्त्रमा पहुँच राख्दै आएका बाहुनहरु भोली हुने लिम्बुवानको राजनीतिक पुनःगठन प्रकि्रयाबाट बाहिर परिने होकी भन्ने मनोविज्ञानले सताईरहेको देखिन्छ । यी सबै दृष्यहरुहरुलाई संश्लेषण गरेर संयोजन गर्नसक्ने राजनीतिक मार्गदर्शनको खाँचो खट्किएको छ अहिले । जातीय र साँस्कृतिक विविधता नै नेपालको विशेषता रहेको कुरालाई कुनै काल्पनिक तर्कले पुष्टि गरिरहनु पर्दैन । नेपालमा रहेको सबै विविधता समाप्त गरी एकल धर्म सँस्कृति र जातीय राज्य बनाउन लामो अभ्यास गर्दैआएका हिन्दुअतिवादीहरु जनताको आन्दोलनबाट परास्त भैसकेको यो अवस्थामा अब जातीय, धार्मिक, लैंगिक तथा भाषिक-साँस्कृतिक विविधतालाई सम्बोधन नगरी जान सकिने परिस्थिति छैन । त्यसैले नयाँ सोच नयाँ विचार र नयाँ राजनीतिक कार्यदीशा अख्तियार गर्नु जरुरी छ । २१औं शताब्दीको लोकतन्त्रलाई सँस्थागत गर्नका लागि जाति वर्ग र राष्ट्र मुक्तिको क्रान्तिलाई नयाँ र वैज्ञानिक ढङ्गले संश्लेषण गर्नुपर्दछ । एकलजातीय राष्ट्रवादको नारा र कार्यक्रमबाट थोपरिएको वहुलराष्ट्रिय उत्पीडन अन्त्य गर्नका लागि अब समाजवादको नयाँ रुपान्तरण वहुलराष्ट्रिय लोकतान्त्रिक संघीय समाजवाद हो । यो मार्गदर्शनको वैज्ञानिक उपयोगबाट लिम्बुवान लगायत नेपालका सबै राष्ट्र राज्यहरुको मुक्ति सम्भव छ ।
(लेखकः संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका प्रवक्त हुन्)

May 10, 2011

नेपाली राजनीतिको ऐतिहासिक र मनोवैज्ञानिक पक्षहरु

कुमार लिङ्देन 'मिराःक्'
अहिले हाम्रो देश नेपाल संघीयकरणको प्रक्रियामा छ । लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, तमुवान, मगरात, थारुहट, मैथिल, खसान, स्वायत्त राज्यहरुको कुरा जोडदार गरी उठिरहेको छ । एकात्मकवादीहरुले नेपाललाई राजनीतिक, भाषिक, सामाजिक, साँस्कृतिक, आर्थिक, वातावरणीय आदि हरेक रुपमा ध्वस्त गरेपछि देश समाज नव-निर्माणको चोखो भावनाले यी संघीय राज्यका मागहरु उठिरहेका हुन् । संघीयकरणको कुरा गरिरहँदा विगत २४० वर्षमा नेपालका एकात्मक सत्ताधारीहरुले कसरी देशलाई बर्बाद गरेछन् भनेर समीक्षा गरिनु पनि जरुरी हुन्छ ।
हामी बसिरहेको यस भू-भाग वा भारतीय महाद्वीपको इतिहास पनि बडो रोचक छ । पहिले यस भू-भागको उत्तरी क्षेत्र वा अहिलेको नेपाल, सिक्किम, बर्मा, भूटान, नागाल्याण्ड, मिजोरामदेखि गंगा नदीको फाँटसम्म मङ्गोलियन मूलका आदिवासीहरु बसिरहेका थिए । दक्षिण तमिलनाडुतिर द्रविडमुलका आदिवासीहरु बस्दथे । यी दुबै वर्गका आदिवासीहरुको आफ्नै भाषा संस्कृति जीवनपद्धति र सम्यताहरु थियो । यही क्रम्मा अहिलेको इरान इराक वा भू-मध्यरेखीय क्षेत्रबाट आर्यनहरु यस भारतीय उपमहाद्वीपतिर हुलका हुल आउन थाले । यो धेरै मलिलो र हरियो घाँसे मैदानहरुले भरिएको क्षेत्र थियो । यो क्षेत्रको रमाइलोपन देखेर ती आर्यनहरु लोभिए र यतै बस्ने सोच बनाए । तर यस क्षेत्रमा दुई प्रकारको आदिवासीहरु धेरै पहिलेदेखि नै बसिरहेका थिए । यी दुई प्रकारका आदिवासीहरुलाई ध्वस्त गर्न ती आर्यनहरुले अनेक षडयन्त्रहरु अपनाए । यही सयममा रामायण महाभारत ग्रन्थहरुको रचना भयो । यी दुईवटै ग्रन्थहरुमा आर्यनहरुले यहाँका आदिवासीहरुलाई षडयन्त्रमुलक ढङ्गले परास्त गरेको कथाहरु लेखिएको छ । जस्तो रामायणमा रामले रावणलाई प्रत्यक्ष जित्न नसकेपछि उसकै भाइ विभिषणबाट रावणको मुत्युको केन्द्र थाहा पाएर रावणको हत्या गरेका छन् । नत्र रामजस्तो आदर्श पुरुष युगपुरुष भनिएका व्यक्तिले त्यसरी षडयन्त्रको सहरा लिनु ठीक थियो कि थिएन अब आउने उत्तर उत्तरआधुनिक साहित्यले त्यसको विचार विमर्श गर्नेछ ।
यसरी नै महाभारतको युद्ध पनि षडयन्त्रमुलक छ । महाभारतको युद्धमा किराती राजकुमार एकलव्यले कौरव पक्षमा लड्न जाँदा कृष्णहरु अत्तालिएर उनका गुरुमार्फत् बुढी औंला मागेको घट्ना छ । बुढी औंला नै लगेपछि केले धनुकाँड हान्नु तरपनि एकलव्यले गुरुलाई आफ्नो बुढी औंला काटेर उपहार दिएकै छन् । त्याग र गुरुभक्तिको अनुपम उदाहरण प्रस्तुत गर्ने एकलव्यबारे कहीँकतै कुरासम्म पनि गरिँदैन । शक्तिशाली भनिएका कृष्ण जसलाई देवताको रुपमा पुजिन्छ उनी आफै यति खुल्लम्खुल्ला पाण्डवहरुको पक्षमा लाग्नु ठीक थियो कि थिएन यस बारेमा हुने विचार-विमर्श नै उत्तरआधुनिक साहित्य रहेछ । तर सरसर्ती हेर्दा ती आर्यनहरु र मङ्गोलियन आदिवासीहरुको सीधै भिडन्त भएकोचाहिँ देखिँदैन । आर्यनहरुले पहिले द्रविडहरुलाई खत्तम गर्ने रणनीति लिए । र मङ्गोलियन आदिवासीहरुसँग मित्रता गरेको नाटक गरे । आर्यनहरुले द्रविडहरुलाई सखाप गर्ने र मङ्गोलियन आदिवासीहरुसँग मित्रता गाँस्ने रणनीति लिनुको पछाडि दुईवटा कारणहरु थिए । पहिलो द्रविडहरु विशेषगरेर दक्षिण भारतमा हजारौं वर्ष पहिलेदेखि बसेका थिए । तर उनीहरु फैलिन सकेका थिएनन् वा उनीहरुको व्यापक फोस्र थिएन । तर नेपाल क्षेत्रमा मङ्गोलियन आदिवासीहरुले एसियाभर छरिएका मङ्गोलियनहरुको एक भाग थिए । त्यसैले यी मङ्गोलियनहरुसँग युद्ध लड्दा धेरै लामो र भयङ्कर हुनसक्छ भन्ने सोचले ती आर्यन रणनीतिकारहरुले द्रविडहरुको विरुद्धमा उनीहरुको लडाइँलाई केन्द्रित गरे । सहयोग गर्न गएका एकलव्यहरुलाई पनि फकाई-फुल्याई बुढी औंला मागे र निस्तेज बनाए ।
यसरी आदिवासी द्रविडहरुलाई ध्वस्त गरेर आर्यनहरुले आफ्नो धर्म संस्कृति जातिलाई अघि बढाइरहेका थिए । शुरुमा आर्यनहरु धेरै मजवुत थिए । तर विस्तारै उनीहरुमा जातिभेद वर्णाश्रम जन्मियो र तँ ठूलो तँ सानो भन्ने कुरा ल्याएपछि उनीहरु धेरै कमजोर भइसेका थिए । यही क्रम्मा एघारौं शताब्तीतिर त्यही आर्यका पिता-पुर्खाहरु जो मुस्लिम भइसकेका थिए तिनीहरु भूमध्य क्षेत्रबाट आँधीहुरी आएजस्तै भारतका हिन्दू आर्यनहरुलाई आक्रमण गर्न आए । भारतका हिन्दू आर्यहरु जो द्रविडलाई ध्वस्त गरेर हाँसिरहेका थिए तर जातप्रथाको कारणले गर्दा अति कमजोर थिए । त्यसैले उनीहरुले ती मुस्लिमहरुको आक्रमणलाई सामना गर्न सकेनन् । हिन्दूहरुको भागाभाग भयो । मुस्लिमहरुले सत्ता कब्जा गरे । दिल्ली कब्जा गरे । धेरै हिन्दूहरु मुस्लिम भए । भनिन्छ- पाकिस्तानका राष्ट्रपिता भनिने जिन्नाको तीन पुस्ताअघिका बाजे हिन्दू थिए ।
यसरी मुस्लिमहरुको आक्रमणमा परेर आफ्नो भाषा धर्म जोगाउन धेरै हिन्दूहरु भागेर नेपाल आए । नेपालका मङ्गोलियन आदिवासीहरु र भारतका हिन्दूहरुको सम्बन्ध त्यसबेला राम्रै भएकोले उनीहरुको नेपाल आगमन सहजै ठानियो । किनकि एउटा नजिकको साथी अभर परेको बेला उसलाई स्थान दिनु मानवताको कुरा नै हो । तर आफूलाई शरण दिने मित्र सुतिरहेको बेला उसको मुटु छेड्ने गरी भाला रोप्नु न्यायसङ्गत धर्म सङ्गत र मानवतासङ्गत छ कि छैन थियो कि थिएन हुनेछ कि हुने छैन यो नै नेपाली समाजको अन्तरद्वन्द्वको केन्द्रीय विषयवस्तु हो ।
यसरी मुस्लिमहरुको आक्रमण्मा परी आफ्नो राज्य गुमाएर नेपाल आएका हिन्दूहरुको दिमागमा "आफ्नो राज्य" गुमेको झझल्को घुमिरहेको थिएछ । त्यहीबेला द्रविडलाई लखेट्ने हिन्दू हिन्दूलाई लखेट्ने मुस्लिमहरुलाई पनि आफ्नो कब्जामा पार्दै बेलायतबाट कि्रश्चियन अङ्ग्रेजहरु भारतमा आएर शासन गर्न थाले । सङ्क्षेपमा भन्ने हो भने हामी बसिरहेको भू-भाग वा छिमेकी राष्ट्रको इतिहास धेरैपल्ट धार्मिक वा सभ्यताहरुको द्वन्द्व भएको छ । एकले अर्कोलाई सिध्याउने अनि त्यसलाई फेरि अर्कोले सिध्याउने घट्नाहरु भएका छन् । यो द्वन्द्वले अनेकौं छाल र तरङ्गहरु छोडिराखेको छ । तिनै छाल र तरङ्गहरु हुन् आजको यस क्षेत्रको राजनीतिक उथलपुथलहरु ।
पृथ्वीनारायण शाहको दिमागमा त्यही एघारौं शताब्दीको झझल्को घुमिरहेको थिएछ । त्यसैले उनले तमुवान, मगरात, नेवाः, तामाङसालीङ, खम्बुवान र लिम्बुवानमा क्रूर र खुनी सैनिक हमला गरे । कथित् एकीकरण गरिसकेपछि उनले आफ्नो दिव्योपदेशमा भनेका छन्- "म नेपाललाई असली हिन्दुस्थान बनाउँछु ।" उनको यो भनाइमा एघारौं शताब्दीमा मुस्लिमहरुको आक्रमणमा परी आफ्नो राज्यहरु गुमाएको पीडा झल्किन्छ । उनका ती पीडाहरु ठीकै होला आफ्नो ठाउँमा तर हिन्दुस्तान गुमाउने भारतमा अनि फेरि असली हिन्दुस्तान खोज्ने नेपालमा ! त्यो पनि आफूलाई शरण दिने मित्रहरुको छात्तीमा भाला रोपेर ! हो यहीनेर नेपालको इतिहासले गलत बाटो लियो । पृथ्वीनारायण शाहले "नेपाललाई असली हिन्दुस्तान बनाउँछु" भनेकै दिनदेखि नेपाली राज्य राजनीति गलत र ओरालो बाटोतिर हिँड्न शुरु गर् यो । "अलसी हिन्दुस्तान" बनाउने ठाउँ नेपाल हो कि भारत हो ? यो नै यक्ष प्रश्न हो । के लण्डनलाई लिम्बुवान बनाउँछु भनेर उप्रुनु न्यायसङ्गत होला कदापि हुँदैन । हो त्यस्तै थियो नेपाललाई हिन्दुस्तान बनाउने कथित् कल्पना ।
तर दुर्भाग्य ! पृथ्वीनारायण शाहको त्यही "नेपाललाई असली हिन्दुस्तान बनाउँछु" भन्ने गलत मिशनकोपछि पछि २४० वर्षसम्म यो देश हिँडिरह्यो र अझै पनि हिँडाउँने दुस्प्रयास भइरहेको छ । २४० वर्षको मिशन नै गलत थियो । त्यसैले कवि भूपि शेरचनले बारम्बार आफ्नो कविताहरुमा यो आक्रोश पोखेका छन्- "गलत छ मेरो देशको इतिहास", "यो हल्लैहल्लाको देश हो" र "यहाँ घुम्ने मेचमाथि अन्धो मान्छे बसेको छ ।" आधुनिक नेपालको जग नै गलत छ र त्यो गलत जगमा बनेका सबै तत्वहरु गलत छन् । यसको जगकै पुनः संरचना गरौं । यसको जग एकात्मक छ । त्यसलाई संघीय जग वा संरचनामा लैजाऊँ भनेर चिच्याउने कवि भूपि शेरचनहरुको आवाजलाई यहाँ सधैँ धूमिल पारियो र लक्ष्मीप्रसाद देवकोटाहरुको माया-प्रेमको कथाहरुको नै यहाँ बोलवाला बनाइयो ।
पृथ्वीनारायण शाहको गलत मिशनमाथि उभिएको अहिलेको मिडिया। अदालत प्रहरी-सेनाको संरचना राजनीति सबै गलत छन् र यी सबै संरचनाहले अन्ततः नेपाल र नेपालीहरुलाई खाडलमा पुर् याउनेबाहेक केही गर्दैनन् । त्यसैले अब नेपाल राज्य संघीय ढाचामा जानुपर्छ भनेर आवाजहरु घन्किएको हो । एघारौं शदाब्दीमा मुस्लिमहरुको आक्रमणमा परी हिन्दू आर्यनहरु नेपाल छिर्नेक्रम् गलत थियो भनेर हामीले कहिले भनेका थिएनौं र भन्ने छैनौं । त्यो इतिहासको कालखण्ड थियो उथलपुथलको एउटा क्षण थियो र त्यसलाई विकासक्रमको एउटा चरण मान्नुपर्दछ । तर पृथ्वीनारायण शाहहरुले नेपालको अस्तित्व नै हराउने गरी असली हिन्दुस्तान बनाउँछु भन्दै कुर्लनु र त्यही ढाचामा यहाँको अदालत सेना-प्रहरी कर्मचारीहरुलाई अघि बढाउनु गलत थियो भनेर हामी सबै नेपालीले खुल्लम खुल्ला भन्न सक्नुपर्दछ ।
यसरी शरण दिनेहरुको छात्तिमा तिखो भाला रोपिरहँदा पनि नेपालमा कुनै बुद्धिजिबीहरु बोल्दैनन् । अनि हामीलाई चिच्याउन मन लाग्छ- "एउटा समुदायमाथि भएको जघन्य अपराध र अन्यायलाई पनि देख्न र त्यस बारेमा बोल्न नसक्ने ए कथित् बौद्धिकहरु हो फ्याँक्नुस् तपाइँहरुको एम्फिल पीएडीका सर्टिफिकेट र कलमहरु ।" हाम्रा यी आक्रोशहरु सम्झौताविहीन छैनन् हामी एउटा सम्झौतामा बस्न र बाँच्न चाहन्छौं । हामीले बुझैका छौं- नेपाल सबै नेपालीहरुको हो । तर यहाँको मुलवासीहरुको छात्तिमा भाला रोप्ने काम बन्द गरियोस् । नेपालको इतिहासको सम्मान गर्दै एउटा राजनीतिक सम्झौता वा संघीय संरचना निर्माण गरौं र त्यहाँ सबै मिलेर बसौं ।
नेपाली राजनीतिमा उदेक लाग्दो अर्को पाटो पनि छ । ल पृथ्वीनारायण शाह र उसपछिका राणाहरु त सामन्तवादी जातिवादी र यहाँका आदिवासीहरुको विरोधी भए नै । तर नेपाली कांग्रेस जसको स्थापना २००४ सालमा भयो कांग्रेसले भारतबाट धेरै सिकेको छ । यसका नेता वीपी कोइरालालाई उनीहरु महामानव भन्छन् । आधुनिक भारतको मुख्य संवैधानिक तत्वहरु चारवटा छन्- संघीयता गणतन्त्र लोकतन्त्र र धर्मनिरपेक्षता । हामीलाई प्रश्न गर्न मन लाग्छ- भारतमै जम्नेका हुर्केका पढेका राजनीति सिकेका तिनै महामानव वीपीले भारतले अङ्गीकार गरेको संघीयतालाई नेपाली राजनीतिमा किन प्रवेश गराउन सकेनन् भारतभन्दा बढी विविध इतिहास भएको मुलुक हो- नेपाल । त्यसरी नै सन् १९१७ मा लेनिनले रुसमा कम्युनिष्ट सत्ता स्थापना गर्दा १४ वटा स्वतन्त्र राज्यहरुको संघ निर्माण गरी सोभियतहरुको युनियन बनाएका थिए । तर २००६ सालमा स्थापना भएका नेपालका कम्युनिष्टहरुले किन कहिले संघीयताको सवाललाई नेपालमा प्रवेश गराएनन् त अनि हामीलाई लाग्छ- यिनीहरु जुनसुकै मखुण्डो लगाएर पनि पृथ्वीनाराय शाहले स्थापना गरेको र महेन्द्रले अझ कडाइका साथ लागू गरेको यहाँको आदिवासीहरुको वंश विनाश गर्ने अभियानमा यी सबैजना सहमत छन् । त्यसैले यी सबै सबैप्रति आक्रोशको लहरहरु मनभित्र उर्लिन्छन् । पछिल्लो पल्टको माओवादी आन्दोलनमा आदिवासी र उत्पीडित जातिका हजारौं युवाहरुले वलिदान दिए तर उसको सहमतिसहित आएको अन्तरिम् संविधानमा "संघीय" भन्ने शब्द थिएन । "संघीय" शब्द स्थापित गर्न लिम्बुवान र मधेश आन्दोलनलको क्रममा धेरैले वलिदान दिनुपर् यो । अनि हामीलाई लाग्छ- "आखिर हाम्रो कुरा त कसैले नउठाउने रहेछ । त्यसोभए उनीहरुसँग टाँसिएर किन बस्ने बरु स्वतन्त्र रुपमा आफ्नो मुद्दाहरुलाई उठाएर घघि बढ्ने । तर कसैको आशीर्वादमा नबस्ने नबाँच्ने ।"
यो देश गलत बाटोतिर हिँडिरहेको छ र यसलाई सही बाटोमा ल्याउनु पर्छ भन्ने लाग्छ भने हामी सरोकारवालाहरु वा पृथ्वीनारायण शाहको कथित् एकात्मक राज्य बनिनुभन्दा पहिले विभिन्न राज्यहरुमा बसिरहेका जनताका पुस्ताहरु राजनीतिक रुपमा सङ्गठित हुनुपर्छ र अघि बढ्नुपर्छ । कसैको निर्देशनमा खोलिएका जातीय सामाजिक संस्थाहरुले हामीलाई अलमलाउने छ । कुनै "सुपरम्यान" आउला र उसले हामीलाई मुक्ति देला भनेर भ्रमित सपनामा बाँच्नु हुँदैन । यहाँ कोही सुपरम्यान आउनेवाला छैन । कुनै विद्वान आउनेवाला छैन । हामीले देखेका र आसा गरेका सबै मान्छे हाम्रो विरुद्धमा छन् र पृथ्वीनारायण शाहको मिशनलाई निरन्तरता दिने ठाउँमा छन् । विद्वान र कलम चलाउन जान्ने भनिएकाहरु सबैभन्दा डरलाग्दो गरी हाम्रो विरुद्धमा सलबलाइरहेका छन् । यस्तो बेलामा कुनै "सुपरम्यान"को प्रतीक्षामा समय खेर फाल्ने होइन । बरु सबैजनाले आफैलाई सुपरम्यान सम्झेर सङ्गठित बनी अघि बढ्नुपर्दछ ।
लिम्बुवान आन्दोलन उठ्नुको पछाडि यही दृढ मनोविज्ञानले काम गरिरहेको छ । हामीले थाहा पायौं जसलाई हामीले विश्वास गरिरहेका छौं उसले एउटा तरबार गोप्य रुपमा लुकाएर बोकिरहेको छ कुनै एकान्त ठाउँमा उसले हामीहरुको हत्या गर्नेछ र हामीले आत्महत्या गरेको झूटा मुद्दा अघि बढाउनेछ । हामीले यति गुरुमन्त्र थाहा पाइसकेपछि ती एकात्मकवादीहरुसँग सबैखाले दिमागी नाताहरु तोड्नै पर्छ । वास्तवमा हामी असक्षम होइनौं । हामी सक्षम छौं । तर यति हो हामीले विगतमा आँट गरेनौं । अब आँट गर्नुपर्छ । सानो ठूलो जस्तो होस् हाम्रै विचार हाम्रै नेतृत्वले चल्ने राजनीतिक पार्टीहरु जन्माउनु पर्छ । "रोम एकदिनमा बनेन" भन्ने प्रसिद्ध वाक्यलाई सम्झौं । हो हाम्रो राजनीतिक पार्टीहरु एकै दिनमा सक्षम नहोलान् । हाम्रो सपनाहरु एकैदिनमा पूरा नहोलान् । तर निरन्तर प्रयास गरियो भने एकदिन न एकदिन हाम्रा सपनाहरु अवश्य पूरा हुनेछन् । आफ्नो खुट्टामा उभिने आफ्नो लागि आफ्नै दिमागले सोच्ने मनोविज्ञानका साथ अघि बढौं । अवश्य पनि संघीयवादीहरुकै जित हुनेछ ।
E-mail: kumarlingden@gmail.com
मूल स्रोतः संघीय मासिक वर्ष १, अङ्क ६/७, पूर्णाङ्क ७ पुस-माघ २०६७

एकात्मकवाद विरुद्ध संघीयवादी सङ्घर्ष

सूर्य माखिम
फाइनल खेलखेल्न सेमि-फाइनल चरणका सबै खेल जित्नुपर्दछ । कहिलेकाहीँ बाई पाएर आक्कल झुक्कल क्वाटर फाइनल पुग्नु अर्कै कुरा हो । तर मौकाकै भरमा फाइनल पुग्न सकिँदैन फाइनल खेल्न सम्बन्धित् खेलको दक्षता चाहिन्छ । सबै खेलको निश्चित तोकिएको नियम हुन्छ त्यही नियमभित्र अनुशासित खेल खेल्नुपर्दछ । तर, राजनीतिमा यस्तो खेल हुन्छ जहाँ कुनै निर्धारितत नियम र मापदण्ड हुँदैन । बरु, राजनीतिक खेल जसले नयाँनयाँ नियम र अनुशासनको जन्म गरिदिन्छ । आजसम्मको राजनीतिक विश्व इतिहासलार्इ एक वाक्याङ्शमा संष्लेषण गर्ने हो भने राजनीतिमा जित्न जे पनि गरिन्छ ।
राजनीतिलाई खेल नै मान्ने हो भने नेपालको राजनीतिक मैदानमा फाइनल खेल कोकोबीच हुँदैछ र फाइन खेलसम्म पुग्नलाई के कस्तो राजनीतिक लिग चरणका खेलहरू भइरहेकाछन् बारे यो लेख केन्द्रित् हुनेछ ।
नेपाली सबैलाई के थाहा छ भने नेपाल एक बहुलवादी (बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक) मुलुक हो । तर, तत्कालीन गोरखा राज्यको विस्तारपछि नेपाललाई एकलवादी एकात्मक केन्द्रीकृत बनाइयो । त्यहीबाट राज्य र सकारबाटै सबैखाले विभेदको प्रारम्भ भयो । जुन शासकीय स्वरुप जसले संविधानतः नेपाल केवल एक जाति, भाषिक, धार्मिक र साँस्कृतिक विशेषता भएको देश भनेर संवैधानिक सुनिश्चिततामात्र गरेन अन्य जाति, भाषिक, धार्मिक र साँस्कृतिक पहिचानलाई उन्मूलन नै गर्ने कठोर नीति अख्तियार गर्‍यो । राज्यद्वारा भएको जातीय सफाया रणनीतिका बाबजुत पनि यहाँ विविध जातीय पहिचानहरू बच्न सफल भए । उन्मूलन गर्दागर्दै बचेका पहिचानहरूका मुक्तिको लडाइँ हो- जातीय मुक्ति आन्दोलन । यर्सथ, जातीय मुक्ति आन्दोलन साम्प्रदायिक आन्दोलन नभएर एकात्मक राज्यसत्ताले अख्तियार गर्दै आएको एक जाति, भाषिक, धार्मिक र साँस्कृतिक अर्थात् बाहुनवादी साम्प्रदायिक शासनसत्ता विरुद्ध समानता र मुक्तिको आन्दोलन हो । यहाँ स्मरणीय कुरा के हो भने वहुलवादी देशमा एकलवादी शासनसत्ता र सरकार तत्कालीन शासकहरूले अज्ञानताबस गरेको नभएर वहुलवादी समाजलाई मेटाएर जबर्जस्त एकलवादी समाज निर्माण गर्ने कुत्सित् षडयन्त्र थियो । एकलवादी समाज निर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा 'हिमवत् खण्डमा असिल् हिन्दुस्ताना बनाउन' भन्ने वाक्याङ्शले स्पष्ट पार्दछ ।
नेपालको प्राचीन इतिहासदेखि आजको मितिसम्म आइपुग्दा किरातकाल १९०३ वर्ष लिच्छिवीकाल १२८० वर्ष मल्लकाल ५६९ वर्षर शाहकाल २६५ वर्षसमापनपछि पाँचौपटक पुनर्संरचनाको दोबाटोको यात्रा तय गरिरहेको छ । अबको नेपाल वर्तमान सङ्क्रमणकालीन दोबाटोबाट सिद्धान्ततः कुन (संघीयवाद वा एकात्मकवादमा) बाटोमा जाने भन्ने प्रश्न नै वर्तमान नेपालको फाइनल राजनीतिक खेल हो । यस फाइनल खेलका लागि अहिले नेपालमा भीषण लिग चरणको राजनीतिक खेल चलिरहेको छ । एकात्मकवादी र संघीयवादीका तर्फाट कोको फाइनलमा पुग्छन् भन्ने हेर्न अबको नेपालको राजनीतिलाई केही समय पर्खेर हेर्नुपर्ने हुन्छ । तर, सिद्धान्ततः एकात्मकवादीका विरुद्ध संघीयवादीबीचको राजनीतिक लडाइँ नै नेपाली राजनीतिक खेलको फाइनल भीडन्त हुनेछ । वर्तमान नेपालको राजनीतिक खेल मैदानमा थुप्रै एकात्मकवादी राजनीतिक क्लबहरू (एमाले, काँग्रेस, राप्रपा, माओवादी, जनमोर्चा आदि) छन् भने संघीयवादी राजनीतिक क्लबहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल आदिवासी जनजाति महासंघ, बृहत आदिवासी जनजाति मोर्चा, सयुक्त आदिवासी जनजाति मोर्चा, आदिवासी जनजाति दलित गणतान्त्रिक राष्ट्रिय मोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाः पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी आदि छन् । यी एकात्मकवादी र संघीयवादी राजनीतिक क्लवहरूबीच छानिएर फाइनल राजनीतिक खेल कुनै एक सङ्गठनको नेतृत्वमा भीडन्त हुनेछ । तर, राजनीति खेल अन्य खेलको जस्तो कुनै तोकिएको निश्चित नियम नभएकोले दुबैपक्ष संघीयवादी र एकात्मकवादी क्लवहरू मोर्चाबन्दी गरेर पनि फाइनल खेल खेल्नसक्छन् । यो खेलमा एकात्मकवादीहरूको सार अभिष्ट एकलवादको निरन्तरतमा नवबाहुनवादी सिद्धान्तमा समाज व्यवस्थापन हो भने संघीयवादीहरूको सार अभिष्ट एकलवादको विघटन गर्दै वहुलवादमा रुपान्तरण र समतामुलक समाजको निर्माण हो ।
तर वर्तमान नेपालको राजनीति थाहा नहुने मान्छेले क्रिकेट खेल हेरेझैँ नबुझिने र नजानिने रफ्तारमा अघि बढिरहेको छ । राजनीतिक बलिङ र व्याटिङको टेष्ट म्याच चलिरहेको छ । राजनीतिक टेष्टम्याच निक्कै लम्बिएको छ तथापि विकेट, रनआउट र क्याचआउट चलिरहेको छ । भर्खरै तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्व टिमको क्लव -राजसंस्था) खेलमैदानबाट बाहिरिएको छ । उनी राजतन्त्र क्लवका क्याप्टेन थिए भने एकलवादी खेमाका एक महत्वपूर्ण सदस्य पनि । यस अर्थमा नेपालको राजनीतिक खेलको दिग्वीजयको प्रारम्भ संघीयवादीहरूको पक्षमा सैद्धान्तिक रुपमामात्र नभएर व्यवाहारिक रपमा पनि हुन गएको छ । नेपालको राजनीतिलाई किन नजान्नेलाई क्रिकेट खेलजस्तै भनिएको हो भने नेपालको राजनीतिक खेल मैदानमा देखिएका खेलाडीहरू रुप र सार दुबै अर्थमा को संघीयवादी र को एकात्मकवादी छुट्याउन सजिलो छैन । सबै एकात्मकवादीहरू संघीयवादी बनेका छन् । जसको मूलकारण संघीयताको वकालती गरेजस्तो गर्दै संघीयताको विरुद्धको संविधान बनाउनु रहेको छ । संघीयवादी राजनीतिक खेलाडीहरूले मूलरुपमा बुझ्नु पर्ने सार कुरा यत्ति हो । निर्णय
मुखमा रामराम बगलीमा छुरा । यो हिन्दू वर्णाश्रम र बाहुनवादी मनोविज्ञानमा आधारित र्सवाधिक प्रयोग भइरहेको उखान हो । बाहुनवादी मनोविज्ञानका दुई पाटा हुन्छन्- बाहिरी र भित्री । बाहिरी पाटो सारै सुन्दर भावार्थको हुन्छ रामराम जस्तै तर त्योसँगै बगलीमा छुरा अनिवार्य हुन्छ । यो उखानको प्रसङ्ग के हो भने यतिबेला नेपालमा सबै संघीयवादीजस्ता देखिएका छन् तर को संघीयताको बहानावाजीमा संघीयता विरुद्धमा षड्यन्त्रमुलक हिङ्सा मच्चाएर संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई निकाल्न नसकिने खाडलमा हाल्न चाहिरहेका छन् - यो बुझ्न निक्कै कठिन छ । तथापि, बुझ्न अनिवार्य पनि छ । कुन राजनीतिक शक्तिहरू एकलवादमा विश्वास राख्ने एकात्मकवादी हुन् र तिनीहरूबीच रुपमा कसरी फरक छन् र सारमा एउटै हुन् भन्नेबारे अर्को अङ्कमा चर्चा गरिनेछ । यहाँ संघीयवादी राजनीतिक क्लवहरू को को हुन र तीनिहरूवीच कस्तो आन्तरिक अर्न्तर्द्वन्द्वमा फसेका छन् कसरी राजनीतिक खेल खेलिरहेका छन् बारे सङ्क्षिप्त चर्चा हुनेछ ।
मुलतः संघीयवादी पक्षधरका आन्दोलनको सङ्घर्षको कार्यदिशालाई हेर्दा दुईबाटो देखिएका छन्- शान्तिपूर्ण र सशस्त्र । सशस्त्र बाटोबाट विश्वास राख्नेहरू सही या गलत के छन् इतिहासले समीक्षा गर्नेछ । यर्सअर्थमा यस लेखमा सशस्त्र संघीयवादी आन्दोलनको पक्षलाई उल्लेख नगरेर संघीयताको पक्षमा शान्तिपूर्ण सङघर्षरत् सङ्गठनहरूको बारेमा केन्द्रित् रहनेछ ।
सबै संघीयवादी सङ्गठनहरू एकात्मकवादीहरूको विरुद्ध वारपारको पार्टी खेल एक्लै खेल्न सक्छ वा मिलेर मात्र खेल्न सक्छन् - यो र्सवाधिक चासोको विषय हो । यी चासोका प्रश्नसँगै सबै संघीयवादी सङ्गठनका बारेमा सङ्क्षिप्त समालोचना गरिन्छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संलोराम), यो नेपालको एउटैमात्र संघीय संरचनासहितको संघीयवादी पार्टी हो । यो सङ्गठनमा प्रस्तावित राज्यहरूमा स्वायत्त राजनीतिक अधिकारसहितको लिम्बुवान, खम्बुवान, तामाङसालीङलगायतका स्वायत्त राज्य परिषदहरू बनाएर क्षेत्रीय आनदोलन गरिरहेकोछ भने ती सबै राज्य परिषदहरूको समानुपातिक प्रतिनिधित्वको आधारमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बनाएर देशव्यापी आन्दोलन पनि गरिरहेको छ । केन्द्रीकृत एकात्मक राज्यसत्तालाई ध्वस्त पार्न संघीय संरचनासहितको क्षेत्रीय सङ्र्घष्ामार्फ् क्षेत्रीय राजनीतिक कब्जा र सिंहदरवारलाई पार्टी धक्का दिन र केन्द्रीय राज्यसत्ता कब्जा गर्न संघीयवादीहरूको मञ्च पनि आवश्यक रहेकोले संलोरामको भूमिका र प्रभाव राम्रै देखिएको छ । साथै, यस सङ्गठनमा जातीय मुक्तिका लागि प्रारम्भबाटै लाग्ने ठूलो जमात पनि छ । तथापि, जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मानिर्णयको अधिकारसहितको स्वायत्त राज्यहरूको व्यवस्था संविधानमा लेखाउन सक्ने शक्ति मञ्च एक्लैसँग छैन । यसका लागि सबै संघीयवादीहरूलाई क्षेत्रीय र केन्द्रीय रुपमा पनि आवश्कताअनुसार रणनीतिक मोर्चाबन्दीहरूको निर्माण गर्दै अघि बढ्न सक्नुपर्दछ । संविधानसभामा संघीयवादी उदीयमान दलहरूमध्ये मञ्च नै सबैभन्दा बढी जनमत पाएको दल भएको नाताले पनि पार्टी आन्दोलनका लागि संघीयवादी मोर्चाको प्रस्तावक बन्ने राजनीतिक हैसियत राख्दछ । तर, नेतृत्वको खुबी र्रर् इच्छाशक्ति कति रहने यो हेर्न बाँकी नै छ ।
नेपाल आदिवासी जनजाति महासंघ (महासंघ), यो सङ्गठन सिद्धान्ततः नेपालका सबै आदिवासी जनजातिहरूको साझा सामाजिक सङ्गठन हो । महासंघमार्फ् सामाजिक जागरणका काम निरन्तर र आङ्शिक रुपमा राजनीतिक सवालहरूमा पनि काम गर्दै आइरहेको छ । देशभित्र र बाहिर महासंघ नै आदिवासीहरूको आधिकारिक संस्था हो भन्ने बुझाइ पनि छ । महासंघ सामाजिक संस्था भएकोले यो आदिवासीहरूको राजनीतिक संस्था हुन सकिरहेको छैन र सक्दैन पनि । महासंघमार्फ् आदिवासी जनजातिहरूलाई भोट बैङ्कको रुपमा खास गरेर एमाले, काँग्रेस र माओवादीले प्रयोग गर्दै आइरहेका छन् । त्यसमा पनि महासंघलाई आफ्नो पार्टीको स्वार्थमा प्रयोग गर्न एमाले सफल देखिन्छ । एमालेले महासंघका निवर्तमान अध्यक्ष पासाङ शेर्पा सभासद बनाए भने वर्तमान अध्यक्ष राजकुमार लेखी एमालेकै विसुद्ध मानिस हुन् । महासंघ अहिले पनि आन्दोलनमा छ तर यो आन्दोलन आदिवासी जनजातिका लागि १० प्रतिशत र बाँकी एमालेका लागि हो भनेर बुझ्न दिमाग खर्चनु पर्ने छैन । महासंघ सामाजिक चरित्रबाट राजनीतिक चरित्रमा रुपान्तरण हुने र कुनै पनि दलविशेषको प्रभावबाट मुक्त हुने हो भने अझै पनि उसको नेतृत्वमा सकारात्मक संघीयवादी आन्दोलन हुन सक्दछ । संविधानसभा निर्वाचनपूर्व महासंघकै तत्कालीन प्रमुख सल्लाहकार डा. कृण्णबहादुर भट्टचनले महासंघलाई डिस्पोजेबल पार्टी बनाएर संविधानसभामा भाग लिऊँभन्दा चर्को आलोचना खेप्नुपरेको थियो । महासंघ राजनीतिक चरित्रमा पूर्ण रुपान्तरण हुन नसक्ने भएपछि कुनै विश्वसनीय संघीयवादी राजनीतिक दल पहिचान गरेर राजनीतिक आन्दोलनमा सहयोगी बन्न नै उत्तम कार्यदिशा हुनेछ । तर, यसो गर्न महासंघ तयार छैन ।
बृहत आदिवासी जनजाति मोर्चा, नेपाल -बृहत् मोर्चा) यो सङ्गठन नेपालको संघीयवादी आन्दोलनमा देखिएका सामाजिक, जातीय र राजनीति समूहहरूको मोर्चा हो । यो मोर्चा (साङ्गठनिक र व्यक्तिगत) राजनीतिक खेलाडीहरूको स्वार्थ र सचेतनावीच जन्मेको हो । यो मोर्चा निर्माणको प्रारम्भमा यसलाई सामुहिक नेतृत्वको आधारमा सञ्चालन गर्ने भनिएता पनि यो मोर्चालाई राजनीतिक बजारमा डा. कृण्ण भट्टचनको मोर्चा भनेर चिनिन्छ । यो मोर्चा बन्नु अगाडि नै संयुक्त आदिवासी जनजाति मोर्चा पनि बनिसको थियो । नेपालमा जातीय मुक्ति आन्दोलनलाई वैचारिक रुपमा वकालत गर्दै आएका केही समूह छन् जो विशुद्ध राजनीतिमा आउन सक्दैनन् तर राजनीतिक फेम लिन इच्छुक पनि छन् । यो मोर्चामा यस्ता चरित्र देखिँदै गएपछि राजनीतिक सङ्गठनहरू निष्क्रिय हुँदै गए भने डलर पनि कमाउँदै राजनीति पनि गर्दै भन्ने मनोविज्ञान भएका समूह विस्तारै यस मोर्चामा आकषिर्त छन् । यो मोर्चालाई पूरै राजनीतिक चरित्रबाट सबै संघीयवादी राजनीतिक र सामाजिक सङ्गठनहरूलाई समेट्न नसकेपछि संघीयवादीहरूबीचकै आलोचनामा अल्भिmन पुगेको छ । यो मोर्चा न त एक्लै योभन्दा अगाडि बढ्नसक्ने अवस्थामा छ न त छुटेकाहरूलाई समेटेर जान नै सक्ने अवस्थामा छ । यसकारण, यो मोर्चाले संघीयवादीहरूको पार्टी आन्दोलनका लागि सबै विकल्पहरूको ढोका खोलेर खुल्ला बहसमा जान जरुरी छ ।
संयुक्त आदिवासी जनजाति मोर्चा -संयुक्त मोर्चा), यस मोर्चालाई परशुराम तामाङले नेतृत्व गरेको लगायत केही संघीयवादीहरूको मोर्चा हो । यसको सम्पूर्ण योजनाकार परशुराम तामाङ नै हुन् । मोर्चामार्फ् राजनीतिक घेरा बढाउन खोजिए पनि मुलतः तामाङसालीङ केन्द्रित् राजनीतिक मनोविज्ञान भएकाहरू यहाँ समेटिएका छन् । मोर्चाका अध्यक्ष तामाङ जसले खास गरेर आदिवासी जानजातिका मुद्दाहरूलाई सामाजिक आन्दोलनका रुपमा अन्तर्राष्ट्रिय फोरमहरूमा लामो समय सकारात्मक वकालती गर्दै आए । लामो समय सामाजिक आन्दोलनमा रहेर राजनीतिमा आउँदा स्थापित भइसकेका राजनीति र राजनीतिज्ञहरूसँग भएको व्यक्तित्व टकरावका कारण छुट्टै सङ्गठन निर्माण गरिएको भन्न सकिन्छ । किनभने यस मोर्चाका अध्यक्ष परशुराम तामाङसँग ताम्सालिङ नेपाल राष्ट्रिय दल छ । यो दलसँग सिद्धाततः मेल खाने अन्य दलहरू योभन्दा अगाडिनै बनिकसकेका छन् । त्यसमा सहभागी हुनुभन्दा छुट्टै दल निर्माण गर्नुले यसैलाई सङ्केत गर्दछ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी -संलोराप), यो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बाहिरिएर गएका समुह र अन्य फरक फरक पेशाबाट आएका मानिसहरूको राजनीतिक सङ्गठन हो । यो सङ्गठन निर्माणताका निक्कै उत्साहित रुपमा अघि बढिरहेको थियो । जनमानसमा यो समूहले सकारात्मक राजनीतिक निरन्तरता दिनसक्ला भन्ने अनुमान थियो । तर, फड्को मार्नेक्रममा राजनीतिक सन्तुलन ब्रि्रने गरी यस सङ्गठन चिप्लिएको छ । यस सङ्गठनका नेतृत्व लक्षमण थारु आन्तरिक निलम्बनपछि अर्कै सङ्गठनको नामबाट भूमिगत भएका छन् । यो सङ्गठनले संघीयवादी आन्दोलनमा भूमिका वा योगदान खोज्ने हो भने कि त पुरानै घर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा फर्केर काम गनर्ुंपर्छ कि त यस सङ्गठनमा आबद्ध चिन्तनशील दोस्रो युवा पुस्ताको नेतृत्वमा सारेर दीर्धकालीन योजनाबाट अघि बढ्नुपर्दछ । तथापि, यो बाटोबाट अहिलेको हुनुपर्ने संघीयवादीहरूको पार्टी आन्दोलनमा खासै योगदान हुन सक्दैन ।
आदिवासी जनजाति दलित गणतान्त्रिक मोर्चा -गणतान्त्रिक मोर्चा), यो मधेस मुक्ति आन्दोलन र आदिवासी मुक्ति आन्दोलनको मुलधारबाट हटेका र हटाइएका समूहहरूको सङ्गठन हो । यो सङ्गठनको लक्ष्य, उद्देश्य के हो भन्नेमा जनमानसमात्र होइन नेतृत्व आफै पनि दोधारमा छन् । संघीयवादी राजनीतिक शक्तिहरूसँग चोइटिएका कारण राज्यसत्ता भन्दापनि संघीयवादी शक्तिहरूसंगै उनीहरूको बढी द्वन्द्वात्मक सम्बन्ध रहेको छ । तथापि, यस मोर्चालाई पनि मूलधार बन्ने संघीयवादी आन्दोलनमा समेट्न सकियो भने राम्रै हुनेछ ।
राष्ट्रिय जनमुक्ति पार्टी, यो जातीय मुक्ति आन्दोलनलाई राजनीतिक रुपमा सङ्गठित गर्नै सबैभन्दा पुरानो सङ्गठन पनि हो । यस सङ्गठनका नेतृत्वहरूले नेपालको राजनीतिक गतिशीलतालाई बुझेको भए अहिलेको नेपालको राजनीतिमा महत्वपूर्ण स्थानमा हुने थियो । तर, शाही कदमको पहिलो शृङ्खलामा गोरबहादुरको महिला मन्त्री र शाही शासनकै हस्तक्षेपकारी माघ १९ मा एमएस थापाको र्समर्थनले यो दल जातीय मुक्ति कित्ताको होइन भन्ने जनमानसमा पर्नु अस्वभाविक थिएन । समय बितेपछि यो दल गणतन्त्रको लाइनमा त आयो तर जातीय मुक्ति आन्दोलनको नेतृत्वदायी मूल साख गुमाइसकेको छ । यो सङ्गठनले संघीयवादीहरूको पार्टी आन्दोलनलाई मूल नेतृत्व गर्ने साख त गुमाइसकेको भए पनि साहायक भूमिकामा बस्दा राम्रै हुनेछ ।
नेपाः राष्ट्रि पार्टी, यो संविधानसभासँगै जन्मेको संघीयवादी क्षेत्रीय दल हो । खास गरेर नेवाः क्षेत्रमा लामो समयदेखि राजधानी केन्द्रित एकात्मकवादी सङ्गठनहरूको कठोर उत्पीडनको बीचबाट जन्मिएको दल भएकोले संघीयताको पक्षमा यस सङ्गठनको सकरात्मक भूमिका रहनेछ । तर, यो दल संघीय क्षेत्रीकृत दलमात्र भएकोले उसँग क्षेत्रीय आन्दोलनका लागि जति सहज हुन्छ देशव्यापी हुने संघीयवादी आन्दोलनमान मिलाउन निक्कै मेहनत गर्नुपर्नेछ ।
यसप्रकार सबै संघीयवादी राजनीतिक सङ्गठनहरूको सङ्क्षिप्त समालोचनापछि किन विश्वमै आदिवासीहरू उत्पीडनको शिकार बनेका हुन् भनेर सोेच्न सान्दर्भिक हुनेछ । किनभने आदिवासीहरूमा केही त्यस्ता कमजोरीहरू छन् जसले पूरै उत्पीडनको डरलाग्दो खाडलमा हालिरहेको छ । माथि उल्लेखित नेपालका संघीयवादी सङ्गठनहरूको गतिविधिलाई नजिकदेखि हर्ेदा उनीहरूको प्रधान अन्तरविरोधक शक्ति एकात्मकवादीहरू हुन् भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि आपसमौ द्वन्द्वरत् छन् ।
सयौं वर्षछि देश संघीयतामा जाने कि एकात्मकताकै निरन्तरतामा रहने भन्ने मूल प्रश्नमा उभिएको छ । यो बेला सिद्धान्ततः संघीयवादी शक्तिहरू एकात्मकवादीहरूको विरुद्ध एक भएर लड्नु पर्नेमा स-साना फरक सङ्गठन र आन्दोलनमा छन् । जसले साररुपमा एकात्मकवादीहरूलाई नै बल पुगिरहेको छ । यस अवस्थामा यी संघीयवादी दलहरूको दुईटा विकल्प छन् पहिलो सबै संघीयवादी दलहरूबीच स्थायी मोर्चावन्दी गरी एकात्मकवादीहरू विरुद्ध पार्टी सङ्घर्षमा जानु र दोस्रो उल्लेखित सङ्गठनहरूमध्ये कुनै एक सङ्गठनले संघीयवादी सङ्गठनहरूबीचमै सकारात्मक विश्वास जित्दै एकात्मकवादी शक्तिहरूसँग पार्टी सङ्घर्षमा जानु रहेका छन् ।
संघीयवादी राजनीतिक सङ्गठनहरू एकठाउँमा उभिन नसक्नुमा सङ्गठनभन्दा पनि यो वा त्यो बहानामा मूल नेतृत्वहरूको सुपर इगोले नै बढी काम गरिरहेको छ । जानेर वा नजानेर बन्ने इगोहरू बढ्दै जाँदा पूरै मुक्तिका आन्दोलनहरू छरपष्ट भएका छन् । जति नै स-साना सङ्गठनमा विभाजित भएपनि आफै नै आन्दोलनको मुलधार हांै भन्ने भ्रमबाट जबसम्म नेतृत्वहरू माथि उठ्न सक्दैनन् तबसम्म आन्दोलन र सङ्गठन एकीकृत हुनसक्दैन । एकताविना गरिने कथित् मुलधारको सङ्घर्षले एकात्मकवादीहरूलाई भन्दा पनि कही न कहीँ संघीयवादीहरूलाइ नै नोक्सानी गरिरहेको छ । किनभने, संघीयवादीहरूबीचबाट मुलधार बन्नलाई अर्को संघीयवादी दल वा सङ्गठनलाई होच्याउनुपर्ने हृन्छ । यसले स्वतः द्वन्द्व निम्त्याउँछ र अहिलेसम्म संघीयवादीहरूको अर्न्तर्द्वन्द्व पनि त्यही नै हो ।
एकात्मकवादीहरू विरुद्ध संघीयवादीहरू एक भएर पार्टी सङ्घर्ष गर्नु सबैभन्दा बुद्धिमानी र दूरगामी दुबै हुनेछ । संघीयवादी राजनीतिक दलहरूको अहिलेम्मको चरित्रलाई हेर्दा एक नै भइहाल्ने स्थिति निक्कै न्युन छ । जसको प्रमुख कारण उल्लेखित सङ्गनका नेतृत्वहरूको व्यक्तित्व टकराव नै हो भन्न गलत हुनेछैन । तथापि, एक नहुने र सबै सङ्गठनहरू मिलेर एकीकृत सङ्घर्ष पनि नगर्ने हो भने माथि उल्लेखित कुनै एक संघीयावादी दलले तल उल्लेखित प्रश्नहरूको उत्तर दिएर अघि बढ्न सक्नुपर्दछ । यी प्रश्नहरूको राजनीतिक र व्यवाहारिक समाधान दिन सक्यो भने त्यही दल नै एकात्मकावादी दलसँग पार्टी राजनीतिक फाइनल खेलाडी बन्नेछ । त्यतिमात्र नभएर त्यही नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकल्पको राजनीतिक शक्ति पनि बन्ने छ ।
१. संघीयवादी राजनीतिक बृत्तमा यो सङ्गठन नै मूलधार हो भन्ने ठोस योजना कार्यक्रम र त्यस अनुसारको नेतृत्व दिन सक्नुपर्दछ । जुन नेतृत्वलाई अन्य संघीयवादी सङ्गठनहरूले स्वीकार गराउन सक्नुपर्दछ । र, बाँकीले सङ्गठनले स्वीकार्ने वातावरणको निर्माण गर्नसक्नुपर्दछ ।
२. तीन ठूला दल एमाले, कांग्रेस र माओवादी जातीय संघीयताको विरुद्धमा आन्तरिक सहमति गरेर अघि बढिरहेको अवस्थामा जातीय संघीयता गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि बस्तुगत ठोस योजनासहित संघीयवादी शक्तिहरूलाई एक ठाँउमा ल्याउन सक्ने बस्तुगत योजनासहितको रणनीतिक, कार्यनीति, कार्यदिशा र कार्यक्रम बनाउन र कार्यान्वयन गर्न सक्नुपर्दछ ।
३. आन्तररिक सङ्गठनको विस्तार सशक्त रुपमा अघि बढाउनु सक्नुपर्दछ ताकि जसले माओवादी काँग्रेस र एमालेसँग सबैखाले राजनीतिक प्रतिस्पर्धा गर्न सकोस र अन्य संघीयवादी सङ्गठनहरू त्यही सङ्गठनमा समेटिन विश्वस्त वा बाध्यात्मक स्थिथि बन्न सकोस ।
४. जनमानसबाट निरन्तर रुपमा उठ्दै आएको एकताको अनुत्ततरित प्रश्नको एकता अभियान मार्फ् सकारात्मक उत्तर दिँदै साङ्गठनिक जन जवाफदेहिता दिनसक्नुपर्दछ । मुल लक्ष प्राप्तिका लागि तत्कालीन प्राविधिक कुराहरूमा सङ्गठन वा त्यसका मुल नेतृत्वहरू अधिकतम लचकता देखाउन सक्नुपर्दछ ।
५. आन्तरिक र वाहिय शक्ति केन्द्रहरूसंग राजनीतिक सम्बन्ध स्थापित गर्दै जातीय संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका लागि सकारात्मक र्समर्थन जुटाउन सक्नर्ुपर्दछ ।
६. खास गरेर नेतृत्व पंक्तिमा देखिएको व्यक्तित्व टकरावलाई विश्वसनीय सामुहिक नृत्वमा रुपान्तरण र व्यवस्थापन गर्न सक्नुपर्दछ । साथै, नेतृत्वका साहयकहरूमा भएका आफूकेन्द्रित राजनीतिक चरित्र, नेतृत्वलाई आफ्नो स्वार्थका लागि गलत सल्लाह वा रिपोटिङ गर्ने खराव चरित्रबाट बाहिर आउनु सक्नुपर्दछ ।
अन्त्यमा, उल्लेखित ती तयारीहरूले पार्टी एकात्मक विरुद्धको संघीयवादी आन्दोलनका लागि तीन अनिवार्य पूर्वाधारहरूको वातावरण तयार गर्नेछ । पहिलो, एकता वा संघीयवादीहरूवीच हुने स्थायी मोर्चाबन्दीले निरन्तर रुपमा रहँदै आएको एकताको अनुत्तरित प्रश्नको उत्तरमात्र दिने छैन विजयको उत्साह र विश्वासकासाथ जनता आन्दोलित हुने वातावरण निर्माण हुनेछ । दोस्रो, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका लागि बुद्धिजिबी, नगरिक समाज, आमसञ्चारकर्मी र मानवअधिकारकर्मी लगायतहरूले नबुझेर वा बुझपचाएर बिरोध गरिरहेका छन् त्यसलाई न्युनीकरण गर्न जरुरी छ । यो अभ्यासले त्यसले ती पक्षलाई आन्दोलित नै गर्न नसके पनि विरोधी गतिविधिलाई न्यूनीकरण गर्नेछ । तेस्रो, पार्टी आन्दोलनका लागि वर्तमान विश्वग्राम अर्न्तर्सम्बन्धबाट स्थापित दुईपक्षबीचको सहयोग वा र्समर्थनलाई कुटनीतिक रुपमा स्थापित गर्न सकिनेछ । सिद्धान्ततः जातीय संघीयतामा थुपै्र प्रश्नहरू रहेकाले मुक्तिका ती मुद्दाहरूमा देशभित्र र अन्तर्राष्ट्रिय समर्थन जुटाउन जरुरी छ । यी तीन आधारभुरुत र अनिवार्य पक्षहरूलाई मिलाउन सके एकात्मकवाद विरुद्ध संघीयवादी सङ्घर्षको विजय अवश्यम्भावी छ ।
Email: makhims@gmail.com
तस्वीरः एक आदिवासी व्यासी सौका महिला आफ्नो साँस्कृतिक नृत्यमा
मूल स्रोतः संघीय मासिक वर्ष६/७, पूर्णाङ्क ७, पुस-माघ २०६७

फाल्गुनन्दको अन्तर्वार्ता बिवादास्पद

चन्द्र मादेन "आन्छन्"
किरात धर्म तथा साहित्य उत्थान सघ हंङकङ्द्वारा सदाझैँ गत २० फेब्रुअरी २०११ का दिन स्थानीय मंङ्कीहिलमा बार्षिक गाली सराप बगाउने(साक्मुरा वादेम्वा) विशेष कार्यक्रम थियो | सोही कार्यक्रममा आयोजकद्वारा बिक्रीमा राखिएको (अन्य पुस्तकहरु मध्ये) “ महागुरु फाल्गुनन्दको रोमाञ्चक अन्तर्वार्ता ” भन्ने पुस्तक हंङकङ डलर ३० को मैले पनि खरिद गरेर ल्याएपस्चात मेरा माथिङ्लले दोहोर्याई तेहेर्याई अध्ययन गर्ने मौका पाए । किरात धर्मका गुरु अङ्सीमाङ् आत्मानन्द लिङ्देन सेईङ्, सविधान सभा अध्यक्ष सुवास नेम्वाङ र तत्कालिन स्थानीय विकास मन्त्री पूर्ण कुमार सेर्मा ज्युहरुदारा शुभकामना पत्र निकालिएको उक्त पुस्तकको शिर्षक र महागुरु फाल्गुनन्दको तस्वीरले जो कोहीलाई आकर्सीत गराउदछ | त्यसमा पनि मुहिगुम अङसिमाङ फाल्गुनन्दको आजीवन सेवा गर्नुहुने सबैभन्दा लामो समयसम्म बिताउनुहुने प्रिय चेलाहरुको रोमाञ्चकारी अन्तर्वार्ता साच्चिनै जीवन्त र सारगर्भित लाग्यो |
किरात धर्म प्रति समर्पित गर्नुहुने आदरणीय लेखक चन्द्र कुमार सेर्माद्वारा संकलन गरिएको उक्त पुस्तक बारेमा मेरा मस्तिस्कका आला काँचा अन्तर ह्रदयमा केहि जिज्ञासा र केहि कौतुहल खड्केकोले अवश्य पनि सम्बन्धित व्यक्तिले मेटाई दिनुहुनेछ भन्ने पूर्ण आशा गर्दछु |शुरुमै म यो कुराको अवगत गराउदछुकी म त्यस्तो विद्वान, बुद्दिजिवी र ज्ञाता होइन | नत मेरो आशय किरात धर्मको खोइरो खन्ने आलोचकनै हुँ, न मेरो अन्तर्वार्ताकार अथवा संकलकज्युसंग कुनै चिनजान अथवा कुनै त्यस्तो पूर्वाग्रही भावनानै छ,यति हो समग्र हामी किरातीहरुको मात्र नभएर सिंगो मानव र प्रत्येक प्राणीहरुको निम्ति ज्योतिपुञ्ज ईस्वरिय शक्ति प्राप्त गरि चम्किनुभएका महान विभूती महागुरु फाल्गुनन्द हजुर प्रति सम्बन्धित पुस्तक भित्र अन्तर्वार्ता दिनुहुने महानुभावहरुको कुरोको चुरो फरकभै बाझिएकोले गर्दा महामानव महागुरुको निम्ति पुस्तक लेखिदा अकाट्य सत्य हुनैपर्दछ | दुइजनाको दुइवटा कुरो दशजनाको दशवटा कुरो लेंखिदा भविष्यमा वंहाप्रति भ्रमभइ अविस्वाश बढ्न जालाकी अथवा स्महागुरुको लोकप्रियतामा आँच आउलाकी भन्ने कुरो हामी सबैले सजग र सतर्कता अपनाउनुपर्छ भन्ने मेरो मान्यता छ | म एउटा साधारण पाठक भएको नाताले सो पुस्तक भित्रका अमिल्दा कुराहरु निम्न टिप्पोणीको रुपमा प्रस्तुत गर्दछु |
१.परमधाम (परलोक) सम्वन्धमा ----
# सिलौटी कुटीमा आजीवन सेवा गर्नुहुने सिद्दिनन्द नेम्वाङले सो पुस्तकको पेज नं. ३५ मा ‘‘बिसाएको एकछिनमा दिउँसो २/३ वजे परलोक हुनुभएछ ’’ भनेर अन्तर्वार्ता दिनुभएकोछ |
# स्वयं मुहिगुम अँङसिमाङ फल्गुनन्दद्वारा शब्दी लिनुभएका नरदल नेम्वाङले सो पुस्तकको पेज नं. ६५ मा चाहिँ “५ दिनको अन्तिम बिहान ७/८ बजे परमधाम हुनुभयो” भनेर अन्तर्वार्ता दिनुभएको छ | यंहा स्वर्गको मिति एउटै भएता पनि समय फरक देखिन्छ |
२. खानपिनको सम्बन्धमा ------
# महागुरु फाल्गुनन्दका परमप्रिय चेला माङ्थुक्पा आनन्द शक्तिदाश (इन्द्रसिं हिराहाङ साम्पांग) ले सो पुस्तकको पेज नं. २१ मा “चिया दिनमा एकखेप, माङग्चढेको दिनचाहिँ रातिपनि पिउनुहुन्त्यो’’ | त्यस्तै पेज नं. २३ मा “मर्दापर्दा स्वयं गुरुले रक्सी मुखमा खुवाउनुभयो, त्यसदिन (मुर्छा परेको दिन) देखिमात्र वाण हान्न र रक्सीपिउन शुरु गरेको हुँ” भनेर वोल्नुभएको छ |
# प्रियचेलाहरु मध्येनिकै नजिक हुनपुग्ने महागुरु स्वयंको १२/१३ वर्ष भान्से गर्नुभएका दल बहादुर नेम्वाङ (वाला गुरु)ले पेज नं. ५५ मा “दूध दहीनखाने,खानासंग पनि नखाने -- -- -- -- चियाचाही प्रसस्तै चाहिने” भनेर लेखिएको छ |
# महागुरुका अर्का चेला रामकर्ण इङग्नामले ताप्लेजुंगको आठराई,निगुरादीन, चिलिंग्से मांगहिम हुदै खाम्लालुंग भन्ने स्थानमा आगमन हुँदा पेज नं. ८१ मा “पहिम कान्छाले सेवा पुजागरि घरमा ल्याई परिक्रमा गराई घरभित्र भित्र्याई दूध दही खुवाई गुरुको स्वागत गरेपछि केनु केवार भनि आशिर्वाद दिनुभयो” |सोहि पेजको अर्को हरफमा “अलिकति रक्सी दिएर महागुरुले भन्नुभयो अलिकति तँ खा है” भनेर अन्तर्वार्ता दिनुभएको छ |
माथि लेखिएको कुरोहरुलाई स्पष्टपारी चर्चा गर्नुपर्दा महागुरुको परमधाम (स्वर्ग)को समय नेम्वाङले “दिउँसो २,३ वजे परलोक हुनुभयो” भन्नुभएकोछ भने उता नेम्वाङलेचाहिँ “विहान ७,८ वजे परमधाम हुनुभयो” भनेर अन्तर्वार्ता दिनुभएकोछ | पाठकहरुले कस्को कुरोलाई सहि मान्ने ?
यहाँ महागुरु फल्गुनन्दकै बिषयमा गहिरिएर हेर्दा माँगथुक्पा भन्नुहुन्छ “चिया दिनमा एकखेप, केवल माङ चढेको दिनचाहिँ रातिपनि पिउनुहुन्त्यो” भनेर | उता वालागुरु नेम्वांगलेचाहिँ “चियाचाहिँ प्रसस्तै चाहिने” भनेर तर्क दिनुभएको छ | कस्को कुरोलाई सत्य आधार मान्ने ?
त्यस्तै वालागुरु नेम्वागंले “दूध दही नखाने खानासंग पनि नखाने”भन्नुभएकोछ भने इन्गनामले चाहिँ “दूध दही खुवाई गुरुको स्वागत गरेपछि” भनेर अर्को तर्क दिनुभएकोछ | कस्को तर्कलाई सत्य आधार मान्ने ?
त्यस्तै मांगथुक्पा शक्तिदाशलेनै “मर्दापर्दा स्वयं गुरुलेनै रक्सी मुखमा खुवाउनुभयो (अनि आफूले पनि) त्यहाँवाट रक्सी पिउन शुरु गरेको हुँ” भन्नुभएको छ, र रामकर्ण इंगनामले पनि “अलिकति रक्सी दिएर महागुरुले अलिकति तँ खा है” भन्नुभएकोछ भने फेरि उतापट्टी थेवेले चाहिँ गुरुको उपदेश “सत्य आहार,सत्य विहार र सत्य व्यवहार र लावतीले पनि चोखो र सुध्द आहारा मात्र खानुहुन्थ्यो” भनेर ठोकुवा दिनुभएकोछ |यंहा दुई,दुईजना चारजनाको कुरा प्रतिद्वन्द्वीझै वाझिएको छ | मुख्य कुरो महागुरुले मदिरापान जांडरक्सी सेवन गर्नुहुन्थ्यो या हुदैनथियो | यो पुस्तकको आधारमा कुरा प्रष्ट भएन | ककस्को कुरोलाई शास्वत सत्य अभिलेख मान्ने ?
वि. स. १९८८ बैशाकमा तत्कालिन निरकुंश राणा शासन सन्तापको समयमा पनि कुसंस्कार र कुसस्कृति अन्धकार भित्र रुमल्लिरहेको किरात समुदायलाई झक्झक्याउन महागुरु फाल्गुनन्दले लिम्वुवान सत्रथुमका किरात समुदायलाई भेला गराई कचहरी बसी १० वटा सत्य धर्मका मुचुल्का उठाउनुभएको कुरो सवैमा सर्वबिधितै छ | ति महान प्रमुख प्रस्तावहरू मध्ये “मदमांस त्याग” भनि स्पष्ट प्रतिपादन गरिएको थियो |र आज पनि अधिकांस किरात धर्मावलम्वीहरु एवं सत्यहाँवाहरु जाँड रक्सी माछा मासु प्रयोग गर्दैनन् | तर पुस्तकभित्र दुईजना (मांगथुक्पा शक्तिदाश र रामकर्ण इंगनाम)ले अन्तर्वार्तामा चाहिँ महागुरुले रक्सी पिउनुभएको र रक्सी सिकाउनुभएको भनि जिकिर दिनुभएकोछ |
३. एउटा व्यक्तिको दुइवटा अन्तर्वार्ता र विवरण भिन्दाभिन्दै --------
सोही पुस्तक महागुरु फाल्गुनन्द वारे रोमाञ्चक अन्तर्वार्तामा अर्को अनौठो कुरो एकजना व्यक्ति गुरुका चेला राम प्रसाद थेवेको (एउटै तस्विरमा) दुईठाउँ अन्तर्वार्ता छ | सोही पुस्तकको पेज नं. १३ देखि पेज नं. १९ सम्म एकठाउँ छ भने, अर्कोठाउँ पेज नं. ४४ देखि ५२ सम्म छ | योत भए सामान्य गल्ति, तर थेवेको उमेर वि.सं. १९७९ भनि पेज नं. १३ मा लेखिएको छ भने, पेज नं. ४५ चाहिँ जन्ममिति वि.सं. १९७५ लेखिएको छ | त्यस्तै अर्को विरसिलो उल्का पेज नं. १४ मा “थेवे सात छोरा र पाँच छोरीका धनी” लेखिएको छ भने, थेवेकै अर्को अन्तर्वार्ता पेज नं. ४५ मा चाहिँ “चार छोरा र पाँच छोरी” लेखिएको छ | यसरी एउटै पुस्तकभित्र दुईवटा अन्तर्वार्तामा पनि परिचयको क्रममा उमेर र छोरा-छोरी फरक लेखिनुले पाठक समुदायमा बुझ्न गाह्रोभई महत्वहिन लाग्लाकी !
अन्त्यमा; पुस्तकभित्र साच्चिनै जीवन्तकारी रोमाञ्चक अन्तर्वार्ताले मीठो गुदी पाइएता पनि केहिकुरो पुस्तक भित्रकै कुरो वाझिएकोले केहि गुदी कुहिएर दुर्गन्ध फैलाई हाम्रा महान विभूति, दार्शनिक, महागुरु फाल्गुनन्द प्रति भ्रम सृजनाभै नकारात्मक दृष्टिकोण पर्न जालाकी भनि सम्पूर्ण नेपाली सचेत र सतर्क हुन नितान्त आवश्यक छ | तागेरा निंग्वाफुमाङले हामी सवैको कल्याण गरुन | 

Apr 4, 2011

लिम्बुवानी आधुनिक पालाम्

फेदापहाङ्ग द्धितिय -भगत सुब्बा)

कुलाङ ताक्मा (भूमिका)
अनुष्ठान-भूमिका बाध्ने बिधागत बिधिको बिबरण । धान नच्न सुरु गर्दा पध्यात्मक शैलिको छन्दात्मक सम्वादबाट उठान गरी सम्बोधन गरिने परापूर्वकाल देखी चलिआएको परम्परालाई सत्रथुम दश लिम्बुवादको सांगीतिक थितिभित्रको रिती मानिन्छ । जस्लाई याक्थुङ्ग (लिम्बु) भाषामा कुलाङ्ग ताक्मा (स्वागत अभिवादन सहितको) सम्बोधन भनिन्छ । यो नियमको पालना नगरी सिधै सवाल जवाफमा गाउन थालेमा त्यस्तो ब्यक्तिलाई अशिष्ट , असभ्य र जंगली स्वभावको ठानिन्छ । त्यसैले युवा युवतीहरु हात समातासमात गरेर निक्कै लामु समयसम्म एक आपसमा बार्गेनिङ्ग गर्दै भाले बास्छ कि पोथी बास्ने ? होइन तपाई शुरु गर्नुहोस न ? भन्दै फनफनी घुमिरहन्छन । अप्ठयारो के छ भने,बिधिगत उठानको सम्बोधन नगरी लाम्बरी तान्न पाइन्दैन । त्यसैले सबैभन्दा जान्ने तरुनी या तन्देरीलाई अगी लाउने चलन छ । तर सम्बोधन तुरेपछी भने जो कोही पनि अगी लागी लाम्बरी तान्न सक्दछ । हिजोआज यो नियमहरु हराउदै जान लागेकोले,धान नाच र पा लामबारे केही जान्न वा सिक्न चाहने भाई बहिनीहरुलाई थोरै भए पनि केही सहयोग पुग्ला कि भन्ठानेर यो ब्लगका कार्यकारिणी निर्देशक,सम्पादक श्री टंक सम्वाहाम्फे, ज्यूको बिशेष परामर्शमा लेख्न थालेको हुँ । छन्दबारे । प्युर सिक्येन्समा लेख्दा नया पिढीका युवा युवतीहरुमा भाषाको समस्या हुनाले यहा लेख्न लागिएको पा लाम डर्टी सिक्येन्समा प्रस्तुत गरी,केही सिकाउंदै तपाईहरुलाई बिशेष किसिमको मनोरन्जन गराउने बिचारले लिम्बु साङगीतिक बिधा पा लामको कोलम राखिएको ब्यहोरा अनुरोध गर्दै,धनकुटाको चौबिसे बुडी मोरङ्ग गा.बि.स.बस्ने नव यौवन थाङ्गबेन (केटा)बाट शुरु गरिएको पा लाम गाउँदै अब म यहाँहरुको सुकोमल बाहुली समाती या,लाङ्ग (धान नाच) नाच्न शुरु गर्न लागें है त । या,लाङ्ग को नेपालीमा शाब्दिक अर्थ पूर्खाको बाटो अर्थात मुन्धूमी याक्थुम्बा पूर्खाहरुले नाच्दै गाएर आएको मूलबाटो भनेर बुझनु पर्ने हुन्छ । धन्यवाद,आसेवारो,जय लिम्बुवान
कुलाङ्ग ता,क
(१)
ए लिम्बुवानओरी कट्ठैबरी,
कस्तोमा राम्रो अक्खेलरी ।
फाक्थुप्पि फाला फातुमेल्ले,
कुखेम्सो पनु आदुमेल्ले ।
(२)
ए चारकुने च्याटटै आगनैमा,
मुन्धुमी आम्फो दलानैमा ।
पानसोली चाम्रो कस्तो राम्रो,
भेटैसो हुँदा नि तप्पाई हाम्रो ।
(३)
ए पुर्खाउली चलन थितिराखी,
मुन्धुमी आम्फो लिपिराखी ।
लिपेको कुसङ्गमाङ्ग थानैमाथी,
दुबो र ढुङगो साँक्षी राखी ।
(४)
पूर्खाको पा लाम गाउँदैगाउँदै,
याक्थुङ्गबै या,लाङ्ग नाचिराखौं ।
पहिलो भेटयो आउँदाआउँदै,
पिरति छाँयान गाँसिराखौ ।।
(५)
साँछी यो दुबोलाई छोइराखी,
भाकेको ढुङगालाई ढोगिराखौं ।
यो नौलो जोवन खेलार्इराखी,
बोली र बचन साटिराखौं ।।
(६)
ए रंगपानी चिया सेलाउँदै,
यो नौलो जोवन खेलाउँदै ।
आकाशकी तारा मेनै होला,
नाचिमा राखौं जेनै होला ।।
(७)
ए चान्चुने पैसा गन्दै लाँदा,
यो मनको कुरो भन्दै लाँदा ।
छेउ टुप्पै काटी फुङसुबारो,
भूल गल्ती क्षमान युङसुबारो ।।
ए चौबिसै थुम्को नाङगिमासे ,
आबेरे खेम्मा शाङगीमासे ।
गा.बि.स .पर्यो बुडीमोरङ्ग ,
थरैमा गारो भो कसो गरौं ।।
(१२)
मिक्ला जुङ्ग भन्थे आन्छेन उहिले,
धनकुटा जिल्लारो अचेल अहिले ।
छिमेकी चेम्जोङ्ग नु याक्खाहाङ्ग छन,
बोली र बचनमा शेक्खामाङ्ग छन ।।
(१३)
छिमेकी याक्थुङ्ग र्इ वा हाङ्ग हा,
थेगिमसा फत्र , नु चबेगु हा ।
फेदापे , पन्धाक नु तबेगु हा,
सन्यक्पा ,नुगो ,नु इङनाफे,वा ।।
(१४)
दसीओ प्रमाण साँछी चुम्हा,
थेगिमहाङ्ग सेम्मु,र्इ ढुङगे लुङहा, ।
देउराली देउतालाई साँक्षी राखी,
यो कुसङ्ग मायान् राखी भाकी ।।
(१५)
आम्बी ए
आबोङदेन लाजे,ग मिक्लाजोङ्गलो ,
इच्छिङम्याङ्ग ते,मेल्ले मिक्वा थङ्गलो ।
क,नान्थाङ्ग फेन्छङ्ग ख्वाफोक शाङफे ,
चुप्सङ्ग ना थाम्बीरो कुर्ले पाङफे ।।
अचनाकै तरुनीले झ्याप्प पारी पञ्जाको औंलीहरु निचोरी । केटोले लुङासाहेबको अनुहारमा आँखा जुदाउँदा भुर्इतिर हेरेर केटी मुसुक्क हाँसिन । फुङ्गनामले केटीको हात छोडी सम्मानसाथ पुरै झुकेर भुँइसोरी सेवा-नमास्कार) गर्यो । त्यसपछी सप्पैले तेसैगरे । र केटीहरु सबै ठुलो ढुङगो मुन्तिर गए र केटाहरु मास्तिर । एकैछिन वातावरण चकमन्न भयो । १५,२०मिनेट पछि फेरि पुन नाच्ने र गाउँने क्रमको थालनी हुन्छ ।
(१६)
ए तेम्फो यो हाक्पारा सदमैटार,
याक्चाना खेवानु ताम्बरैपार ।
थोन्थाङ्ग थो बधे मौना बु धुक,
थेगिम्मै मासा लाहचो,हाङ्ग पोक ।।
(१७)
ए चारै सूर बाँधी किल्लामुरो,
धनकुटा आल्लोबा जिल्लामुरो ।
चुप्सङ्ग नु फेन्छङ्ग च्यासाङ्गहेन्छाङ्ग,
ता,चेङ्गपान कुइ,ल मेदानेन्छाङ्ग ।।
(१८)
ए खुवाथोक पाङफे चि नाना ने ,
साम्यक्हाङ्ग मिङस्राल्ले कुन्दाङ्गखुने ।
सन्यक्पा सुहाङ्ग ग ख्वाफोक्केसी ,
सुन्तोला ब्यापारी लाफक्केसी ।।

(१९)
साम्यक्हाङ्ग (सन्यक्पा)का बंशजहरु ।
ए लाङ्ग पेबा,तुम्बा,पिप्पोम्बाहा,
नयङबा,तुम्सा नु चि,एप्पाहा ।
ए कात्तुवातोली मिठो बोली,
मङका र्इ, थल्लङ्ग आत्तिकोनी ।।
(२०)
ए नामयोबा,युङसिङ्ग नु थक्सुबाहा,
साम्माङ्गङे सिच्छिङ्गङाङ्ग यक्सुबाहा ।
फाक्लेच्छा कोत्नु वायेल्ले खा,
इराङ्ग नु हिरोङ्गगे पोख्याङ्ग तेबा ।।
(२१)
ख्वाफोक्के आन्देङ्ग सुहाङ्गबासी,
थिक्पाला चुम्तेङ्ग कुहाङ्गबासी ।
ए खुवाथोके मिङला सेनुसेनु,
हम्भानी इङलान फेनु फेनु ।।
(२२)
ए काम्पसै हाने आब भने,
कुस्सुम नु कुबेन आत्ति हने ।
फुङसाप्ला लेखी तिहां देखी,
उत्तरै पोङलो यहां देखी ।।
(२३)
ए याक्थुङहाङ्ग सामा लुङाफुङ्गसे,
शेक्मूरी कुन्दाङ्ग मुन्धूम सुङ्गसे ।
इकताप्पे खेम्नु उम्फुङ्ग तुम्से,
उम्फुङ्गङे उम्नु इक्ला उङसे ।।
(२४)
आम्बी
ए । बधेनु बुधुक हाराहारी,
कन आन्छी मायान् बराबरी ।
थे लेम्याङ्ग होप्साङ्ग पाच्छुरो,
पाङफेसा मिङस्राहा, वान्छुरो ।।
(२५)
ए सिङबुङ्गङे यम्बा तेङगो,न्ना,
बेङगाना छेउछाउ येङगो,न्ना ।
ए मायाँलु हाजार डाँडाबजार,
सबैले रोज्ने राम्रो नजर ।।
(२६)
ए मुन्धुमले भन्छ एकै जातको,
याक्खा नु याक्थुङ्ग एकै आँतको ।
टिपोटै राखी किपोट धान्ने,
अमाली राजा सुब्बा भन्ने ।।
(२७)
याक्खा र याक्थुङ्ग काँदै मिलार्इ,
लक्खेत्ल नु सुम्बा तपी लगाई ।
बुटजुत्ता कस्सी सिरुपाते,
खुक्कुरी भिरी घुम्न जान्थे ।।
(२८)
देबी र देउतालाई सम्झेर,
जाले त्यो रुमाल हल्लाउदै ।
मायाँलु ज्यानलाई सम्झेर,
पकन्दी खेली थर्काउदै ।।
(२९)
पालामको तुक्का गाँसी गाँसी,
राम्रो त्यो रुपमा हाँसी हाँसी ।
हेरिरहुँ जस्तो नि दन्तै राम्रो,
याक्खा,याक्थुङ्गको अन्तै राम्रो ।।
(३०)
ए चौबिसै थुम्को नागिमासे,
आबेरा काप्ला साँगिमासे ।
सोलिपान चाम्रो कस्तो राम्रो,
लिम्बुकै रित्ती तपार्इ हाम्रो ।।
(३१)
फुङ्गमाला गाँसी लागाउदै,
हातमा हात समाउदै ।
थेगुनु मँवा हा, तेप्नुतेप्नु ।
मुन्धुमी खाम्बेक येप्नुयेप्नु ।।

आफ्नो छिमेकी गाउँले याक्खालिम्बुहरुको बंशावली सुनाउँदै ।
(३२)
तुङखालाम छाला, मारेन, कङग्रेङ्ग,
लाप्चे नु यङयाङ्ग लुम्बा, सङग्रेङ ।
मेवाहाङ्ग,सि,लिङगे,याङदेम्बाहा,
लिम्बुखिम ,हम्बा,माङदेम्बाहा, ।।
(३३)
चार्को ले,चिक्ताङ्ग ,लिङखाहिम्ओ,
अक्खेफा,तेन्हाङ्ग,मादेन चिम्ओ ।
हङहङ्गबा, छङखरेङ्ग, पुत्लुङहाङ्गओ,
थाम्फरा,लाबुङ्ग,हम्देन्हाङ्गओ ।।
(३४)
ए इम्सङ्गनु खजुम,पापोसाहा,
पेने नु इङवा फाफोबाहा, ।
किपोटी लाजे लिम्बुवानओ,
हुक्सोए काम्नु मेलाङबारो ।।
(३५)
ए सक्रकपा यो यो लहरुङ्ग चुम्नु,
केलाङनु थेङ्गथेङ्ग साम्लोमनारो ।
ए लहरुङ्गगेलिम्बु याक्थुङ्गहा,नु
कुस्रक्पै लाङनु साम्लोमनारो ।।
(३६)
आबाङफे खिर्लिबा आन्देङ्ग चुम्हा,
पाङफे,सा तुम्बा मुन्धूम फुङ्गहा, ।
सिक्कुम्मेलुम्ओ फुक्खुङसिङ्गङाङ्ग,
अम्भासो लरीनी इत्तुङसिङ्गङाङ्ग ।।
(३७)
साम्सोरी सिङला सोन्थाक्नु,
मा लाजे इङला ओन्दाक्नु ।
डाँडा है बजार चाबिसैका,
अक्खेल्ले आम्बी रमितै भो ।
(३८)
मसलै किन्ने पसलको,
पसले भन्दा असलको ।
तिनपाने रक्सी चाखौंकी ,
दु,खीको बचन राखौंकी ।।
(३९)
यस्तै पो छ नि म जन्मेको ठाउँ,
त्येस्तै पो छ है म हुर्केको गाउँ ।
तम्बरै फाँटको हिमाली काख,
थेगुनु मँवा भन्ज्याङ्गको साथ ।।
(४०)
अमृत्तै जस्तो हावैपानी,
रमाइलो जत्तै डाँडैखानी ।
झरनाको पानी खाइरहु जस्तो,
नछुटने मायाँ लार्इरहुँ जस्तो ।।
(४१)
तितेलाई पाती च्वाट्टै काटी,
देउराली माथी पाती राखी ।
नौ सिङगे भाले राखी थाँती,
सुङगुरकै पाठो भाकी राखी ।।
(४२)
सिङवाली काटी स्याउलाको,
रहरै वा साक्का ब्याउलाको ।
गाउँघरको चलन यस्तै भोना,
सोधानी बिन्तीरो कस्तो होला ।।
(४३)
ए तिर्थैको देउता गाउँघरको भूत,
दाजु भाई फुटेमा शत्रुको लुट ।
सम्पत्ती ठुलोमु छिमेकी कुल,
ज्ञानैकी भण्डार निहीको मूल ।।
(४४)
ए हामी त हजुर गाउँघरैको,
पहाडी कुना यो कन्दारैको ।
पाखालाई भित्ता ना सुर्केको ,
पर्बत्तै पाखामा हुर्केको ।।
(४५)
माक्की नु चेम्बी भूटिभुटी,
गोजीमै बोकी लूकिलूकी ।
दौराघाँस जान्छौ चबाउदै,
पर्मा है खेल्छौ रमाउदै ।।
(४६)
फाँदोको अच्चार फवाँकै हाली,
के सा,रिक् मिठो आक्को आम्बी ।
आ नेन्दी धानको भात्ती जाँडमा,
रमाइलो छ है गाउँले तालमा ।।
(४७)
बरपीप्पल छाँया गाउँले मायाँ,
चुप्साङ्ग नु फेन्छाङ्ग दायाँ बायाँ ।
खलैकी खेती धाउनै भयो,
पाउकष्टै गरी आउनै भयो ।।
(४८)
यो सुन्दर रुपको दर्शन पाउँदा,
तिनछक्कै हुन्छु सम्झी आउँदा ।
चिम्सो त्यो आँखा पोक्चीगाला,
न्याप्टो छ नाक ढुङग्रीवाला ।।
(४९)
पिप्पलै पाते त्यो ओंठैमाथी,
बुल्लाकी चुच्चे सजाईराखी ।
ए दन्तैको माला हारै जस्तो,
आवाजै सुन्दामा रागै जस्तो ।।
(५०)
सामम्याङ्गफुङ्ग च्याटै शिरैमाथी,
लुर्केसुन तेल्लेम काँदैथापी ।
सिर्बन्दी लाको कत्ती सुहाको,
अप्सारै घुम्न यो धर्तीआको ।।
(५१)
लालबर्णे रुप कालो कपाल,
आत्तिन्छ हेरी यो मेरो अक्कल ।
लाच्छाकी डोरी हेम्लेङ्ग हेम्लेङ्ग,
कदमै चाल्दामा सेम्लेङ्ग सेम्लेङ्ग ।।
(५२)
शेहेजादी जस्तो बोलिको ताल,
नर्तक्की जस्तै कदमको चाल ।
कुस्रक्पा तान्दै लाम्बरिमा,
सारथी संगी श्याम्बरिमा ।।
(५३)
राजकन्या जस्तै देखिनेको,
इतिहाँस कस्तो लेखिने हो ।
नोबलकी परी रानी जस्तो,
पैरावी मूलकी खानी जस्तो ।।
(५४)
के भन्नु लुङा खोई कस्तो कस्तो,
कुथुङग्री भित्रैको कथा जस्तो ।
थाहा छैन हाम्रो जोवन कस्को,
भेटिने होकी त्यो कथै जस्तो ।।
(५५)
ए लाङसोएतङनु हुक्सो फाक्नु,
अक्खेदिङ्ग हेनानी मएरो ।
कुलाङ्गङे ताक्नु सेवा मनु ,
पा लाम्मे पोराहा फएरो ।।
(५६)
ए पाङफे नु थाङफे ताक्कन्नेयाङ्ग,
पाङफेसा तेङहा ओन्ताक्नेबा ।
तक्सङ्गनु तेम्भो लाङखेङ्गनु,
कुपोरा लङथुङ्ग ओन्ताक्नेबा ।।
(५७)
आम्बी
गाउँले म हजुर शौतालाको,
यस्तै नै छ है चिनाजानी ।
तुङदुङ्गगे भन्छन देउता आको,
थान पर्यो फुक्कु खियाबारी ।।
(५८)
ए मोहोरै पैसा भेटिलाई भो,
परिचय मेरो यतिनै हो ।
सोसाइनो पातले के पो गर्छ ,
रितिको थितिले के पो भन्छ ।।
(५९)
ए सोसाइनो पात्यान तोन्दुङ्गङाङ्ग ,
याक्थुङ्गले इङलान फोन्दुङबारो ।
ता,चेङ्ग पान्छेक्वान सोन्दुङ्गङाङ्ग ,
आसिक्कुम्मे ता,चेङ्ग लोन्दुङबारो ।।
(६०)
केही कुरो बाँकी रहयो भने ,
थिकनात्ला थपी बिसाउँ भन्छु ।
भाग्य र जोग्यमा रहयो भने ,
यो मनको कुरो खोलौं भन्छु ।।
(६१)
ए लाहशा नु काँशी थाँतीराखी,
पा लाम्मै गाउँ है हाँसीहाँसी ।
काशानु पिशा राखीथाँती,
लामलोमै गरौहै नाचिनाची ।।
(६२)
लाम्बरी तान्दै पा लाम भन्दै,
सुरिला सोरैमा इक्ला तान्दै ।
रहरमा आक्कोहौ रमाउदै,
शुकोमल बाहु समाउदै ।।
(६३)
ए निस्साम्माङ्गफूमाल्ले फेत्तुवाङ्ग,
सिक्कुम्मनिही लुम्ओ केत्तुबेन ।
शशिक नु मुन्धुमओ सेत्तुवाङ्ग,
याक्थुङ्गहाङ्ग इङलाओ लेत्तुबेन ।।
(६४)
इङसोरी इङ्गङे सेत्तुम्माङ्ग ,
साम्सोरी साम्मे मेत्तुम्लो ।
पागासो हेम्लेङ्ग मेन्थुङएसाङ्ग,
हाङ्गमु,र्इ तिवाचोन वात्तुम्लो ।।
(६५)
एनि हौ,
भूरुरु उडने चरी जस्तै,
रहरै भित्र उडी जान्छु ।
मोहिनी रुप देखे पछी,
दुनिसारा भूली जान्छु ।।
(६६)
चिना र जानी खुले पछी,
स्वतन्त्र भए जस्तै लाग्छ ।
मनको कुरो मुखैमा ल्याई,
कहिदिउँ यहीं जस्तो लाग्छ ।।
कल्पनाहरुमा

नाच्दा नाच्दै सुन्दरी रुपसी आफनी तरुनीको अनुहार हेरेर । फुङ्गनामको मन खोयखोई भइदिन्छ । कदमको चाल उस्तै भए पनि पालाम गाउँन बिर्सी जान्छ । उता सुन्दरीसंग जोल्ठीङ्गभइरहेको सुकोमल हातका औंलिहरको न्यानो स्पर्शले पुरै शरिरको गतिहरु धिमा भइरहेको बेला बिपरीत लिङ्गगीको शरिरबाट निस्किने रोमाण्टिक बासनाको सुगन्धले पालाम भन्ने तन्देरीको गिदी ह्याप्स भई गांजा अफिमले मातेझैं पुरै झुम झुम भइरहेकैबेला त्यही गिदीको भण्डारबाट बिश्वशब्दकोषको पानाहरु पल्टाउँदै हजारौ हजार शब्दको थुप्रोबाट छानेका शब्ददानाहरुलाई तत्कालै छन्दमा उनी मिठो स्वरलहरीको मालामा गाँसेर आफ्नो पिरति जोडिको मन मस्तिष्कलाई ढाक्नेगरी पालामको तुक्काहरु नट बाल्टु जोडे जस्तै गरी जोडेर तुका तु भन्नु सक्नु भनेको चानचुने कुरो होइन । तेसैले धेरैले धान नाचे पनि पालाम -लिरिक्स) भन्न सक्ने निक्कै थोरैमात्र हुन्छन । लगातार दुर्इ तिन घण्टा भन्दा लामुसमयसम्म छन्दको बुटा बुन्ने केटा होस या केटीको दिमाग हेङ्ग हुनु स्वाभिकै हो । तेसरी छन्द बुन्दबुन्दै कल्पनामा चुर्लुम्मै डुबेर हराउने अवस्थालाई लिम्बु भाषामा निही मामा र कुनिही मय भनिन्छ । सबैको गिदीका नशाहरु लिरिक्सकै धुनमा हुन्छ । तेस्तो अवस्थामा चर्को आवाज निकाली खोकेर केटीहरु आफनो तन्देरीलाई होसमा ल्याउने गर्छन । यो खाले रोग केटा भन्दा केटीहरुमा बढी हुन्छ रे भन्ने कथन छ । हो अहिले सुङ्गनाम भावनाभित्रै हराएर चुपचाप घुमिरहेछ । उस्का पालामहरु मनमनै भनिरहेछ । के के हो केहरु सोचिरहेर । हो त्यसैको बिबरण हो । तलका केही छन्दहरु ।

(६७)
ए रुपैको सागरमा डुबिगएँ,
धान नाचीराकानी भुलिगएँ ।
भ्रमन्नै जस्तो कस्तोकस्तो,
सपना देशां पुगेजस्तो ।।
(६८)
ओ हो,
तासकोचीनचोली थोङनुथोङ्गनु,
उठेको छात्ती फोङनु फोङ्गनु ।
आँखैमा राखी सोम्नुसोम्नु,
रहरमा लुकी थोम्नुथोम्नु ।।
(६९)
आम्बी हौ,
बारुले कम्मर फुकेको चाक,
उठेको छात्ती बैंशको ताक ।
फरिया निलो छिर्केचोली,
सूरीलो भाषा मिठोबोली ।।
(७०)
ए भावनै सागरमा डुलिरहें,
भन्दैको छन्दनी भूलिगएँ ।
त्यै छात्तिमाथी कण्ठैराखी,
च न्द्रहार सेर्लेम्म साथीभाकी ।।
(७१)
जत्तिमा हेर्यो हेरिरहु,
अंगालो मारी बेरिरहुँ ।
आँखैकी नानिमा खेलिरहुँ ,
अजुनि जुनीलाई हेलिरहुँ ।।
(७२)
लामु छ घाँटी पथाङ्गभित्र,
हेरेझैं लाग्छनी चलैचित्र ।
सुनैकी मुन्दरो कटवा बाँही,
केभाको होला म लठवाचाँही ।।
(७३)
रहर श्रब्य दृष्य छन नि,
तिनैलाई सिरमा बोकिरहे ।
तिनफेरो घुमी सकेपनि,
मनमनै केके हो सोचिरहें ।।
(७४)
लाङ्गबाँगी जोडा चाँदिको,
सुनैकी जल्लप साँभिको ।
सुहाउँदिलो रुखझै डालिलो,
के भन्नु र खोर्इ आम्बिको ।।
(७५)
चेन्जेबै ठोकिंदा फेङ्गलरी,
फसात्तै पर्योनी हेन्लरी,
भुँइसोरी सेवा बिन्तीगरे,
भूल भयो लुङा सेवाभने ।।

पाहुनासंग अचनाकै खुट्टा ठोकिंदा होसमा आएर हतार हतार फुङ्गनाम भुँइसोरी सेवा गर्दै,बिन्ती चढाएर । माफ गर्नु होला सोल्टिनी म त हजुरको शुगन्धीत बासनामा लठि्ठएर । अर्ध जस्तै पो हुन पुगेछु । क्षमा गर्नु होला । यदी फेरी दोहोरिन लागेमा मलाई झक्झक्याउनु होला । भन्दै केटोले हात जोडिरहेको बेला केटीका साथीहरु छिल्लिदै आम्बी नि हौ लुङासाहेब त । हैन माथी सिद्धिफाँट दाँयाबाँया चुच्चे देवरालीहरुमा पाती चढाउन पो जानु भा थोकी । कि बेशींको गहिरीखेतमा पो मात्र के बोल्दा बोल्दै केटीले साथीहरुलाई हकार्दो,होइन हौ साथीहरु अली सिष्ट भाषामा बोल्ने कोशिष गरौंन - भने पछी । मुजेत्रोले छोपिराको मुख भित्रैबाथ सबै केटीहरु गललल हाँसेर,रमाइलो बनिराको वातावरणलार्इर्र्समेटदै पुन पालामको छन्दहरु फेरी सुरिलो स्वरलहरीमा यसरी गुन्जिन थाल्दछ ।
(७६)
होसमा आउँदा छक्कैपरे,
बाँकीको छन्द भन्दैगए ।
मोहिनी रुपमा लटिटएर,
त्यसरी अक्कमक्किए म ।
(७७)
इमेत्नामाङ्गलाई सेवा भन्दै,
सुन्दर रुपको खेवा तान्दै ।
लाम्बरी अगी तान्दै तान्दै
थाँतिको पालाम भन्दै भन्दै ।
(७८)
मायाँको बाटो छायाँ जस्तै,
पहाडै पर्वतको अंगालोमा ।
छुटेका नदी अलपत्रै,
भेटैसो हुन्छनी दोभानैमा ।।
(७९)
मायाँको कुरोलाई यौवनले,
त्यसै हो भन्छ यो जोवनले ।
मिठो है बोली यो मायाँको,
सम्झाना एउटा छायाँको ।।

फुङ्गनामका हातका औंलीहरु पुन २ पटक झ्यापझ्याप्प निचोरिन्छ । दुबैका आँखा जुध्छन । दुबै मुस्काउँदै झुकेर भुँइसोरी सेवा गर्छन । त्यसैगरी सबैले सिध्याए पछि,नित्यकर्मतिर लाग्छन । साधारण खाजा रक्सी सुर्ती,बिंडी के छ ? खाइवरी फेरी पुन नचार्इ शुरु हुन्छ ।
(८०)
हजारौं माया र पिरतिहरु,
प्रकृति भरीका सृष्टिहरु ।
सृष्टि भरिका पिरतिहरु,
पिरति भरिका सृष्टिहरु ।।
(८१)
सृष्टिकै गाथा गाउादै लादा,
मांयाकै छांया भेटिन्छनी ।
त्यहीं छायामुनी ओतैलागि,
कविता कथा लेखिन्छनी ।।
(८२)
सृजना राम्रो नि मायाको,
छहारी राम्रो नि छायाको ।
छेउ भित्ता होइन बायाको ,
मोहीनी रुपी यो मायाको ।।
(८३)
छायाको मुनी बासैबसी,
मायाको कुरो भन्दैलादा ।
सुरिलो स्वरको भाषै मुनी,
मायाको रुपमा गन्दैलादा ।।
(८४)
ए हिमालै चुली लुङा ठुली,
नावाराखेम्मा सामम्याङ्ग फूली ।
लाङसिरो थेप्पे,ल अक्खे डूली,
दुखैकी सन्सार सप्पै भूली ।।
(८५)
ए नौतला माङ्गहिम गाजुरुसे,
तुम्याङहाङ्ग चेली हाजुरुसे ।
लेमा ग थेइ हेन्नाङ्ग होप्साङ्ग ,
कुस्सुम्ना कुबे ता,चेङ्ग कोत्ताङ्ग ।।
(८६)
ए मंसीरै मैनामु चा तुमेल्ले,
ऐन चुम्लुङ्गहिम्ओ आदुमेल्ले ।
शेशे नु शाङशाङ्ग चोक्नेच्छिरो,
थिक्नात्ला ता,चेङ्ग को,नेच्छिरो ।।
(८७)
ए सिक्कुम्मे निङवा लाङमै कोत्ला,
अक्खेथिक ता,चेङ्ग पाप्मै चोक्का ।
चान्नु त थेयाङ्ग हेन्नाङ्ग होप्पा,
हाक्केसाङ्ग सेवा बिन्ती चोक्का ।
(८८)
ए दशलिम्बुवानओरी कट्ठैबरी
सोचेको छुङनारो अक्खेलरी,
लुङाको दर्शन पाउँछु भनी
जोवनको मायाँ लाउँछु भनी ।
(८९)
ए जलथलै पानी खेतै हुँदा,
कस्तोमा राम्रो भेटै हुँदा ।
बरपीपल झ्याम्मै चौत्तारी,
साप्लुङ्गङेन युङलो औत्तारी ।।
(९०)
ए औत्तारी लामा आक्खे पाप्मा,
जन्तरै फुकि अक्खे वाप्मा ।
तन्तरै मन्तरको जन्तरैमा
जोवनै साँचुको अन्तरैमा ।।
(९१)
ए नौनीमा घिउ ए लुङा ज्युए,
खाम्बेक्मै सुन्नु सेवा चोक्ए ।
लाम्बरी उङनु इक्ला फोङए,
इक्लाए उङनु पा लाम तोन्ए ।।
(९२)
मनैको बिन्ती पत्रै चर्ढाई,
दाखिलै फाँटमा पेशै गर्छु
हाङ्गसामा ज्युको तोकैआदेश,
के होला भनी म पर्खिनेछु ।।
(९३)
दरखास्तै लेखी तिहाँ देखि,
प्रतिक्षालयमा कुरी रहें ।
प्रमाङ्गगी हुक्कुम हुन्छ भनी,
यो मनैको आशामा झुलिरहे ।
(९४)
भइदिए हारा आगेमर्जी,
हाङ्गइङला सामा आदेशिको ।
छन्दैमा होप्लो बन्दै फर्जी,
कुटनिती चाला बिदेशीको ।।


ए लेखैकी चरी मु भोकै मरी,
पिरति कथा पो भई जान्छुकी ।
जोवानी दरवारको ढोकै मुनी,
कुरुवा पाले पो होई जान्छुकी ।।
(९५)
सम्झेर ल्याउँदामा डरै लाग्छ,
द्धारपाले ज्यानलाई करै लाग्छ ।
नबोले भन्लान लाटो रइछस,
बोलेमा भन्लान बाठो भइछस ।।
(९६)
ए जाहेरी बिन्तीमा नहेरी,
हुक्कुमी आदेश नगर्नु है ।
हजुरकै सेवक म जाहेरी,
ढुकढुकि रोक्ने नगर्नु है ।।
(९७)
कुलोलाई काटी छेउभित्ताको,
लाग्लानी पाप के चिताको ।
बिपक्षी होइन म त्यो कित्ताको ।
रामायणनी कथाझैं रामसिताको ।।
(९८)
यस्तै नै केके हो सोचमा परी,
अन्जान यो दिलमा बल्झीरहे ।
हजुरकै बारे म कल्पी कल्पी,
दोसांधी घेरामा अल्झीरहे ।।
(९९)
ए मायाँको दस्ता चौ रास्ता,
पर्खिमा बसे यो जुनी जान्छ ।
छांयाको ओत्तै लागी बस्दा,
मूलबाटो बिली हर्राई जान्छ ।।
(१००)
सितिङबै माथी फुलेको फुल,
जस्तै हुन्छनी मायाँको चूल ।
जत्तैमा हेरे नि डाँडै काँडा,
पैताला टेकेमा काँडै काँडा ।।
(१०१)
पिरति कुसुम गाथै भरी,
कुनमांया लाउनु रोज्नुहोला ।
जोवनको रहर साचिराखी,
मुलाबाटो जाने खोज्नुहोला ।।
(१०२)
कोइबाटो असल मुन्धूमको छ,
कोइबाटो अक्कर उध्धुमको छ ।
कोइबाटो भिरै र पहराको,
कोइबाटो नागबेली लहराको ।।
(१०३)
पारीहै नतरी भा छैन,
खलामा साँघु ला छैन ।
साङलोहै बाढी भा छैन,
पौडि है जानु थाहा छैन ।।
(१०४)
सोचीमा रहे दिनै ढल्छ,
अँधेरी औंसीले के पो गर्छ ।
सक्पाले तानी लाने होकी,
बाघैले मारी खाने होकी ।।
(१०५)
मनैको दियो बत्ती बाली,
मायाँजाल टाँगी साँघु हालौं ।
जोवनको मायाँ साटीराखी,
पिरती उर्डाई पारी तरौं ।।
(१०६)
प्रितको हवाइ जहाजै माथी,
जोवनी मायाँमा उडि जाउकी,
छन्दैकी बन्दी यौवनालाई
बैशालु नजर योजनालाई ।।
(१०७)
बैंशैमा लुकाई राखौंकी,
ओसिन्छ सुकाई हालौं की ।
पोखिन्छ बुच्याई राखौं की,
घोटिन्छ फुकाई हालौं की ।।
(१०८)
कलमै मसिमा लेख्ने मायाँ,
नलाउँ है भन्छु म हजुरलाई ।
दुनियाँ सन्सारले देख्ने मायाँ,
लाउँ मायाँ भन्छु म हजुरलाई ।।
(१०९)
खाँचो र गारोमा टेके जस्तो,
घँगारु काँडाको लाट्ठी जस्तै ।
लाइसकेपछी फेंके जस्तो,
के मायाँ लाउनुँ फेसन जस्तै ।।
(११०)
पबित्र आत्मालाई सोधेर,
कुनबाटो जाने भन्नुहोला ।
मनैकी रहरमा खोजेर,
छानेर मायाँ लाउँनुहोला ।।
(१११)
धर्तीका सारा ती जीवहरु,
मायाँ मै बाँची रहेका छन ।
पिरति जोडा ति आँखाहरु,
मायाँ मै नाची रहेका छन ।।
(११२)
बिजोडी कुरुस काँटैखेलाई,
पाङग्रे त्यो सुइटर के बुन्थ्यो र ।
ढुङगाले माटोलाई नचिनेमा,
सुन्दरै पहाड यो के हुन्थ्यो र ।।
(११३)
दुनियाँ एउटा महाजाल हो,
पिरति बोक्ने जहाजै जस्तो ।
सृष्टीनै एउटा आव्हान भो,
मांयाजाल बुन्ने बहनाजस्तो ।।
(११४)
तेस्सैले मायाँ छान्नु होस है,
छोनेरै मायाँ लाउँनु होस है ।
लाउँने त्यो मायाँ भन्नु होला,
जोरबिजोर के छ जान्नु होला ।।
(११५)
मायाँको सुत्र हिल्याउनै गारो,
यो मायाँ के हो झन भन्ने सारो ।
ए मायाँको बस्तामु चौ रास्तामा,
फुकाउँनै भनिमु धाई बस्दामा ।।
(११६)
दिलैमा लुकी गमेर,
कुन मायाँ लाउँने भन्नुहोला ।
मायाँको फूल टिपी दिन्छु ,
चूलैमा सिउरी दिनु होला ।।

एक झयाप्प (छोटो ब्रक)
(११७)
ए फुङ्गमायाँ लाउकी, सुङ्गमायाँ लाउँ,
लुङ्गमायाँ लाउँकी , तुम्ममाया लाउँ ।
ला मायाँ लाउकी, नाम मायाँ लाउँ,
लाम मायाँ लाउँकी , खाम मायाँ लाउँ ।।
(११८)
जुगमायाँ लाउँकी , जोवन मायाँ लाउँ ,
योगमायाँ लाउँकी , भोगमायाँ लाउं ।
मनमायाँ लाउँकी , धनमायाँ लाउँ ,
ज्यानमायाँ लाउँकी , ध्यानमायाँ लाउँ ।।
(११९)
आगेमा मर्जी जे हुन्छ ,
भएमा चाँडै उत्तर पाउँ ।
ताकेत्ता गरें के हुन्छ ,
जुगैको मायाँ आदेश पाउँ ।
(१२०)
फूलै हो जोवन यो झरीजाने ,
लाछाकी डोरामा बाँधीराखौं ।
एकबारको जूनि हो मरिजाने ,
पिरति कथामा साँधिराखौं ।।
(१२१)
को छ र यहाँ, अजम्बरी,
बाचुन्जेल हाँसी खेलिराखौं ।
मरि पो लानु के छ र ?,
मायाँको कथा लेखिराखौं ।।
(१२२)
यो बारको जूनि हजुरलाई,
देउराली भाकी राखौ की ।
नहुने भएनी जोवनको
चिनो है साटी राखौं की ।।
(१२३)
लेखन्तै हो की तपाई हाम्रो,
पहिलो भेटैमा कस्तो राम्रो ।
घाम पानी छायाँ हाम्रो मायाँ,
स्रष्टाकी शौगात दायाँ बायाँ ।।
(१२४)
पा लाम्मै छन्दमा बन्दैगरी,
जोरबिटे मोहर साँचिराख्छु ।
पालो है कुरी चौतारीमा,
लुङाको आवाज पर्खिराख्छु ।।
(१२५)
ए साक्फारा वान्जो लिसिङफारो,
थिक्ना,ला ता,चेङ्ग हिसिङ्गबारो ।
सामम्याङ्ग फुङ्ग नारा गाजुरसे,
तुमम्याङ्ग सामा हाजुरसे ।।
(१२६)
ए सेमिक्लै काटी युरुङ्गबारो,
थिक्ताप्फे साम्लोन सुरुङ्गबारो ।
शशिक्ए मुन्धूम शाङनु शाङनु,
हाङसामै पालो हाङनु हाङनु ।।
(१२७)
ए तिनपय डोरी मक्यो पुरो,
दुखिको पालो सक्यो चुरे ।
दक्षिणी दर्शनमु कामक्षेरो,
आसेवा बिन्ती नमस्तेरो ।।
(१२७)
ए दुबो र ढुङगो साँक्षी राखी,
पालोमा बाँधी थाँती राखी ।
मोबाइली मेशेज सुन्नु होला,
उत्तरको पालो नभुल्नु होला ।।
(१२८)
ए यो छात्तीमा मुटु दुखाउँदै,
सुकोमल पञ्जा छुटाउँदैछु ।
बिरक्तै लागी औडा चल्दा,
आँखैमा आँशु लुकाउँदैछु ।।
(१२९)
बाँकीको पालोलाई बिसाउँदै,
दुबो र ढुङगोलाई ढोगिराखौं ।
कवितै मुक्तक मिसाउँदै,
पालामी भाषामा बोलिराखौं ।
(१३०)
तम्बरै तार्नेमु खेवारो,
बिन्ती है माथीको सेवारो ।
सृजना होला आविष्कार,
सकियो पालो नमस्कार ।।
एक तर्फी केटाको पालो तुरियो । यतिको पालाम गाउँदै नाच्नलाई कम्तीमा पनि साडे दुर्इ घण्टा देखी ३ घण्टासम्म लाग्छ । त्यसरी गाउँदै नाचिरहेकोबेला तरुनीले एक पटक झ्याप्प पारी हातको पञ्जा निचोरेमा छोटो ब्रेकको संकेत -पिसाप फेर्ने) र दुर्इ चोटी निचोरेमा लङ्ग ब्रक -दिसा बस्ने) संकेत र तिन चोटी निचोरेमा भोक,तिर्खा,वा तस्तै अवश्वस्थ भएको काराण अलि लामो ब्रेक अथवा अब सुत्नुपर्छ नि द्रा लाग्यो जस्तै बिशेप परिस्थितिको संकेत हो भन्ने बुझ्नु पर्दछ । त्यसरी लङ्ग ब्रेक भन्नाले लामो समयसम्मको बिसौनीमा खाजा भन्नाले जाँडपानी,रक्सी,रोटी,उसिनेको डिम्मा,तरुल,आलु तरकारी,चाम्रे (पहाडे पुलाउ) मेला हाटको बेला दोकानको छेउछाउमा भए तोङबाहरु खाँदै छन्दात्मक शैलीमा गरिने ओंठे जवाफ या सवाल जवाफलाई ख्याली भनिन्छ । यसको नियम नेपालको पश्चिमी क्षेत्रका गुरुङ्ग र मगर जातिले गाउने रोधीं घरको दोहोरी जस्तै हुन्छ । गुरुङ्ग मगरहरु दोहोरीमा मादल बजाउदै लेग्रो तानेर गाउँछन । तर लिम्बु युवा युवतीलेहरु भन्ने ख्यालीमा भने बिना वाध्यबादन लेग्रो नतानिकन कविता बाचन गरेझैंगरी धाराप्रवाहमा भन्नु पर्दछ । यो बिधा लरतरको दिमागले नभ्याउने हुनाले करिव करिब लोपोन्मुखवस्थामा छ । पालाम गाउँदा सोच्ने बिसाउने समयहरु प्रसस्ती पाइन्छ । तर ख्यालीमा तेस्तो हुन्न । केटाले भनि सिध्याउना साथै केटीले तुरुन्तै उत्तर दिनु पर्नेहुन्छ । र त्यसमा पनि सबै शब्दहरु छन्दको नियमभित्रै हुनुपर्दछ । त्यो ख्याली प्राय जसो नाचिरहेको ठुलो ग्रुपको हिरो र हिरोनी पक्ष लिनेहरुबिचमा साहित्यिक सम्वादव्दारा गरिने छेडपेच हो । छ न लाई त अहिले पनि प्रचलनमा छ । तर बिधिको रुपमा मात्र छ । बिधाको रुपमा छैन । जुन बिधा लिम्बुवानी साहित्यको अत्यन्तै महत्वपूर्ण बिधा हो । जसको उत्खनन् हुन आवश्यक छ ।
पालाम र ख्यालीमा भिन्नता । बिधा दुबैको छन्दात्मक होता पनि , पालाम सुर र तालको सतहमा सललल बग्ने सांगीतीक सम्वाद हो । तर ख्याली सुर र तालसंग सम्बन्धीत छैन । रख्याली भन्ने हो गाउने होइन । त्यसैले ख्यालीमा साङगीतीक बारको आवश्यकता पर्दैन । तेस्तै एक पटकमा कती श्लोक भन्ने यो नियम पनि लागु छैन । तर पालाममा हो भने एक उचारणमा कम्तीमा २ र बढीमा ४ लाइन गाइन्छ । र पालामको आकर्षा भनेको चिटिक्क परेको बारुले कम्मरको मुभमेन्ट भनेझैं सुन्दर मेलोडिमा खिपिएको सुनु सुनु लाग्ने आवाज हो,भने ख्यालीको बिशेषता भनेको चाही बिपक्षको छात्तिमै सुन्दर र आकर्ष तर जतिसक्दो तिखारिएको एकदमै तिखो शब्दबाण धसाउनु सक्नु हो । ख्यालीको भाषा ब्यङग्यात्मक हुन्छ । यो ख्याली भन्नेलाई भन्दा सुन्नेलाई मजा आउने बिधा हो । उदाहरणको लागीको जस्तै , हाम्रो साथीलाई रामायणको रामले जस्तै,घेम्पा जत्रो भुडी पारेर,ए लक्ष्मण भएर यो कलङकी पात्तर्नी सितालाई जंगलमा लगी मारेर तेस्को टाउको काटी ठुन्काएरले भन्ने जस्तो पो हुने हौ कि ? आदि आदि ।
अहिले केटाको पालो सकिएकोले लामु बिसौंनीमा छौं । त्यसैले शायद ख्यालीको निम्ती सल्लाह पनि भइरहेको हुन सक्छ । हेरौं ।

केटीले दिने पालामको उत्तर । बाँकी छ ।

Feb 12, 2011

नेपालमा अन्तर पार्टी लोकतन्त्र : एक विवेचना

मुनीन्द्र नेम्बाङ (न्युयोर्क)
यदि कुनै देशमा जतिसुकै राम्रो लोकतन्त्र भए तापनि त्यस देशमा अन्तर पार्टी लोकतन्त्र छैन भने लोकतन्त्रको कुनै अर्थै हुँदैन किनभने समयान्तरमा गएर त्यस किसिमको लोकतन्त्रको भयानक अन्त हुनुबाहेक अर्को विकल्प हुँदैन । त्यसैले आज ठूल्ठूला देशहरू पनि आफ्नो देशमा अन्तर पार्टी लोकतन्त्र छ छैन भन्ने कुरामा ज्यादै सजग र सचेत हुन थालेका छन् । उदाहरणस्वरूप आज एकातिर उदारवादी लोकतन्त्र अंगालेका एकमात्र चीनी मूलुक ताइवानमा एसियामा नै सबभन्दा बढी संस्थागत भएका पार्टीहरू छन् भने अर्कोतिर आर्थिक र सैनिक दृष्‍टिकोणले विश्वको दोस्रो शक्तिशाली देश मानिएको चीनको कम्युनिष्ट पार्टीमा चाहिँ अन्तर पार्टी लोकतन्त्र नहुँदा चीनलाई पनि दिनानुदिन थुप्रै आरोपहरू आइरहेका छन् । यही कुरालाई महशुस गरेर सन् १९८० को दशकदेखि यता चीनले पनि आफ्नो पार्टीभित्र खुलापनको बहस ,नियन्त्रण र सन्तुलन (check and balance) अथवा दुई पार्टीहरूको पद्धति (bipartisan system ) अपनाएर यस आरोपबाट वंचित हुन खोजिरहेको देखिन्छ । अन्तर पार्टी लोकतन्त्र भनेको ज्यादै फराकिलो शब्द हो जसको बेग्ला बेग्लै अर्थ पनि हुनसक्छ । तर यसलाई हामीले अहिलेलाई सजिलोको निम्ति अन्तर पार्टी लोकतन्त्र भनेको पार्टी भित्रको लोकतन्त्र हो भन्दा वेश होला । आज नेपालमा अंतरपार्टी लोकतंत्रको किन आवश्यक छ ? किनभने पटक पटक भएको जन आन्दोलनपछि अहिले नेपालले पनि संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको छ । भर्खरै प्राप्त गरेको यो शिशु लोकतन्त्रलाई निरंकुश व्यक्तिहरूले हरतरहले समाप्त पार्न दुष्प्रयास गरिरहेका छन् । त्यसैले अत्यन्त कमजोर अवस्थामा भएको यो लोकतन्त्रलाई यदि हामीले समयमा नै संरक्षण र संवर्द्धन गर्न सकेनौ भने ठूलो संघर्ष बाट प्राप्त गरेको हाम्रो लोकतन्त्र सधैंको लागि गुम्नुको साथै देशले पनि अन्तत्वोगत्वा विकराल विखण्डन र अस्थिरताको समस्या भोग्नुपर्ने देखिन्छ ।
आजको संकटकालीन परिस्थितिमा लोकतन्त्रको संरक्षण र संवर्द्धनको लागि नेपालका तमाम पार्टीहरूले आन्तरिक द्वन्द र सत्ताको लुछाचुँडी छाडेर एउटा अन्तर द्वलीय मेलमिलाप ,पारस्परिक सुझबुझ ,सम्झौता र सहमेलको वातावरण सिर्जना गरी लोकतान्त्रिक राजनीतिक संस्कृतिको स्थापना गर्न जरुरी छ । सम्झौता र सहमेल कायम गर्नु भनेको एउटा पार्टीभित्र जति जरुरी छ उति अन्य पार्टी पार्टीहरूको बीचमा पनि महत्वपूर्ण छ। आज हाम्रो देशमा त्यही सहमतिको राजनीति नहुँदा देशका मुख्य तीन ओटा पार्टीहरूले सरकार गठन गर्दा पटक पटक गतिरोध आएको कुरा सर्वविदितै छ । यसबाट के प्रष्ट हुन्छ भने दलहरूले राष्ट्रिय स्वार्थलाई भन्दा दलगत स्वार्थलाई बढी प्राथमिकता दिएको देखिन्छ । पार्टी पार्टीमा भएको यस्तो मतमतान्तर र अन्तर कलहले गर्दा देशमा तीव्र गतिले ध्रुवीकरण बढिरहेको छ। हाम्रो जस्तो असहज परिस्थिति भएको देशमा सहमतिको राजनीतिको धेरै ठूलो महत्व हुन्छ । त्यसैले सबै पार्टीहरूले राजनीतिक सहकार्य, आपसी मेलमिलाप र समझदारीद्वारा शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्‍याउने, सेना व्यवस्थापन गर्ने र त्यस बाहेक नव गठित सरकार लगायत अन्य सबै पार्टीहरू हाम्रो भावी संविधानको लेखन कार्यमा एकमत हुनु अत्यावश्यक देखिन्छ । त्यसैले आपसी मेलमिलापको वातावरण सिर्जना गरी पार्टीहरूको लोकतन्त्रिकरण ,समाजीकीकरण र आधुनिकीकरण गर्न आवश्यक छ । यदि अन्तर पार्टी लोकतन्त्र छैन भने पार्टीभित्र हरहमेसा संघर्ष हुनुको साथै सरकार पनि सधैं अस्थिर भइरहन्छ । यसबाहेक अन्तर पार्टी लोकतन्त्रको अभ्यासको लागि कम्तिमा पनि ३ प्रतिशत मत प्राप्त गरेका र लोकतान्त्रिक संगठनात्मक स्वरुप भएका पार्टीहरूलाई मात्र राष्ट्रिय मान्यता प्राप्त पार्टीहरू मान्ने संवैधानिक प्रबन्ध गरिनुपर्छ । यदि हामीले नेपालको पार्टीहरूको संगठनात्मक स्वरुपलाई हेर्‍यौँ भने कुनै पार्टीहरू आधारभूत स्वतन्त्रताको आधारमा गठन भएका उदारवादी लोकतान्त्रिक पार्टीहरू छन् भने कुनै पार्टीहरू कुनै ठोस सिद्धान्तको आधारमा गठन भएका वामपन्थी तथा जडसूत्रवादी पार्टीहरू छन् । कुनै पार्टीहरू परम्परागत र वर्गको आधारमा गठन भएका धार्मिक प्रकृतिका रुढीवादी पार्टीहरू छन् भने कुनै पार्टीहरू क्षेत्रीय आधारमा र कुनै पार्टीहरू मात्र एउटा उद्देश्य लिएर गठन भएका वा कुनै मूल्य र मान्यता नभएको क्याच अल पार्टीहरू (catch all parties) छन् । यस्तो स्थितिमा हामीले उल्लिखित विभिन्न वैचारिक तथा सामाजिक भिन्नताहरू बोकेका नेपालका पार्टीहरूले अन्तर पार्टी लोकतन्त्रको के कसरी अभ्यास गर्ने भन्ने कुरा निश्चयनै एउटा चुनौतीपूर्ण कार्य हो । तर जब सबै जिम्मेवार पार्टी नेतृत्त्वले राष्ट्रियता र लोकतन्त्रको हितलाई सर्वोपरी प्राथमिकता दिइ अन्तर पार्टी लोकतन्त्रलाई अंगाल्छन् भने यो कुरा सम्भव हुँदैन भन्न पनि सकिंदैन । किन भने यसको लागि अहिलेसम्म थुप्रै राष्ट्रिय अन्तरराष्ट्रिय प्रयासहरूसमेत भइसकेका छन् । उदाहरणस्वरुप सन् २००७ देखि सन् २०१० सम्म विभिन्न मितिमा नेदरलैंडको हेग, काठमाडौंको नगरकोट ,पोखरा, जवालाखेल ,यु. यस .ए. को हर्वाड युनिभर्सिटी र फ्लोरिडा राज्यमा सम्पन्न भएका सेमिनारहरूलाई लिन सकिन्छ । जसमा विभिन्न विद्वानहरूले नेपालको अन्तर पार्टी लोकतन्त्र सम्बन्धमा आ-आफ्ना कार्यपत्रहरू प्रस्तुत गरेका थिए।
उपरोक्त कार्यपत्रहरूलाई सर्सरी हेर्दा के देखिन्छ भने लोकतान्त्रिक देशहरूले आ-आफ्ना पार्टीहरूमा निम्न विशेषताहरूलाई क्रमिकरुपले समावेश गर्दै लगेको देखिन्छ। ती हुन् (१). पार्दर्शिता (२). उत्तरदायित्व (३). लोकतान्त्रिक आधारमा तल्लो तहमासमेत (rank and file ) पार्टीहरूको सुसंगठन, निर्वाचन र समान सहभागिता (४). समावेशीकरण (५). पार्टी कोषको लोकतन्त्रिकरण (६). एउटा सुसंगत राजनीतिक कार्यक्रम (७). आन्तरिक बहसमा लोकतन्त्रिकरण आदि । - उपरोक्त विशेषताहरूबाहेक हिजोआज थप सुझावहरूसमेत आइरहेका छन् जस्तै पार्टीको आन्तरिक सुधार (ताइवान,जर्मनी,पोर्तुगाल,नेदरल्याण्ड), नागरिक शिक्षा (स्वीडेन), भ्रष्टाचार विरुद्दमा तालीम (थाइल्याण्ड र फिलिपिन्स), महिला कोटा (नर्वे), प्रारम्भिक समितिको निर्वाचन (आर्जेन्टिना) आदि । नेपालका प्राय: सबै पार्टीहरूमा हामी उल्लिखित अधिकांश विशेषताहरूको नितान्त अभाव भएको पाउँछौँ। एउटा कल्याणकारी राज्यको निर्माण र बिकासमा लोकतान्त्रिक जवाफदेहीता,पारदर्शिता ,उत्तरदायी राजनीतिक कार्यक्रम, समावेशीकरण र सामाजिक गतिशीलता अत्यावश्यक हुन्छ । तर नेपालका पार्टीहरूमा हिजोआज यही कुराहरुको ससक्त अभाव भएको पाउँछौँ । यसैले गर्दा पार्टीहरूको छवि धमिलिनुको साथै पार्टीप्रति दिनदिनै तल्लो तहको जनताहरूको आस्था र विश्वास पनि घटिरहेको देखिन्छ। अर्को कुरा पार्टीमा कर्मचारी तन्त्र र सर्वसत्तावादी मानसिकता हावी हुनु भनेको स्वागतयोग्य कुरा होइन । यसको साथै नेपालमा पार्टी फण्डको लोकतन्त्रिकरण नहुनु र पार्टीमा धनी व्यक्तिहरूको बोलबाला हुनुले पनि पार्टीहरूलाई दिनदिनै विभाजनको रेखातिर डोर्‍याइरहेका छन्। त्यसैले पार्टी कोषलाई पारदर्शी ढंगले संचालन गरी राष्ट्रिय तथा अन्तर राष्ट्रिय आक्षेपहरूबाट अलग रहनुपर्छ। अरु उन्नत देशहरूमा तलदेखि माथि (Bottom to top) को प्रकृया चल्छ भने हाम्रा पार्टीहरूमा चाहिँ अझै माथिदेखि तल (Top to bottom) को प्रकृया चल्छ। यसबाहेक निर्णय प्रकृया र पार्टी नेतृत्त्वको निर्वाचनमा तल्लो तहमा रहेका व्यक्तिहरूको समान सहभागीता देखिंदैन। सबै पार्टीहरूमा मनोनयनको प्रथा अहिले पनि छँदै छ जुन कुरा एउटा अलोकतान्त्रिक प्रकृया हो। उदाहरणस्वरुप केही समय अघिसम्म पनि नेपाली कांग्रेसमा सभापतिद्वारा केन्द्रीय समितिमा ५० प्रतिशत सदस्य र सबै पदाधिकारीहरूको मनोनयन गर्ने व्यवस्था थियो । तर हाल नेपाली कांग्रेसका १२औं महाधिवेशनले यसलाई घटाएर २० प्रतिशत मा ओरालेका छ। त्यस्तै एमाले लगायत अन्य पार्टीहरुमा पनि यो मनोनयन प्रथा अद्यावधिसम्म पनि छँदै छ। उदाहरणस्वरुप एमालेमा अझै १५ प्रतिशत प्रतिनिधिहरू मनोनयन प्रथाद्वारा छनौट गरिन्छ। यसको साथै सबै पार्टीहरूमा महिला ,युवा,आदिवासी जनजाति ,मधेशी,सीमान्तिकृत ,अपाङ्ग, दलित समेतको सहभागीता हुनुपर्ने कुरामा पनि ठूलो आवाज आइरहेको छ। यदि उल्लिखित समस्याहरु रहिरहेमा पार्टीहरूमा निरन्तर भिभाजनको पीडाबोध ,घात अन्तर्घात हुँदैन भन्न सकिंदैन ।त्यसैले पार्टीको कुनै पनि निर्णय प्रकृयामा पार्टीव्रितको हरेक तह र तप्काका व्यक्तिहरूको आम सहभागिता हुनुपर्छ। यस बाहेक पार्टीको सबै तहको प्रतिनिधिहरूको छनौट गर्दा एउटा लोकतान्त्रिक आधारमा सम्पन्न गर्नुपर्छ। नेपालका पार्टीहरूमा सर्सरी हेर्दा नेतृत्व वर्गको चरित्र "सामान्ती संस्कार र आत्मकेन्द्री मानसिकता मा आधारित" भएको देखिन्छ । त्यसैले पार्टीका केन्द्रीय कमाण्डका शिर्षस्थ व्यक्तिहरूले जहिले पनि आफ्नै पार्टीभित्र एकाअर्काको व्यक्तित्वलाई समाप्त पार्न खोजिरहेको देखिन्छ । यसो गर्दा नेतृत्वको बिकास ठप्प हुन गइ संकटकालीन अवस्थामा पार्टीलाई आवश्यक पर्ने सुध्रिढ नेतृत्वको सधैं संकट भएको पाउछौँ । पार्टीमा गुटबन्दी ,बिभाजित समूह ,पारिवारिक राजनीति आदि हुन्छ तर यदि पार्टीलाई मज्बुत बनाउँदै लानु हो भने यस्ता विकृति र विसंगतिहरुलाई पनि क्रमिक्ररुपले हटाउँदै लानुपर्छ। निचोडमा भन्नु हो भने देश र पार्टीको हितलाई ध्यानमा राखेर कुनै पूर्वाग्रह नराखी लोकतान्त्रिक प्रकृयाद्वारा "हाम्रो मान्छे नभनी राम्रो मान्छेलाई "मात्र छनोट गर्ने परम्परा” बसाल्नुपर्छ।
आजभन्दा लगभग २०० वर्ष अगाडि विश्व राजनीतिमा कुनै पार्टी व्यवस्था थिएन । तीन ताकका राजनीतिज्ञहरूले पार्टी व्यवस्था अंगालियो भने भ्रष्टाचार बढ्नुको साथै देशसमेत टुक्रिनसक्छ भन्थे । तर हामी अहिले पार्टीहरू बिना कुनै पनि लोकतन्त्रको कल्पना गर्न सक्दैनौ । त्यसैले हिजोआज पार्टीहरूलाई लोकतन्त्रको आधारस्तम्भ भनिएको छ । तर अहिले देशमा अन्तर पार्टी लोकतन्त्रद्वारा के कसरी पार्टी र देशको लोकतन्त्रीकरण, समाजीकीकरण र आधुनिकीकरण गर्ने भन्ने राष्ट्रिय चुनौतीहरू आएका छन् । आजको विश्वव्यापीकरणको युगमा पार्टीहरू सैद्धान्तिक घेरामा मात्र सीमित भएर बस्न चाहँदैनन् । ती पार्टीहरूले एकार्काबाट धेरै नीति र कार्यक्रमहरू ग्रहण गरिराखेका हुन्छन् । यस्तो स्थितिमा नेपालमा पनि बढ्दो दलहरूको संकिर्ण सोचलाई ध्यानमा राखेर अन्तर पार्टी लोकतन्त्रको सामाजिकीकरण गर्नुको साथै भावनात्मक एकता , राष्ट्रिय एकता , आपसी सहयोग र सम्झौताद्वारा लोकतान्त्रिक नागरिक संस्कृतिको अभिव्रिद्धि गर्दै लानुपर्ने देखिन्छ । अहिले विश्वमा नै सबभन्दा बढी सम्स्याहरूको रुपमा प्रस्तुत हुन आएका केही बिषयहरू छन् जस्तै पार्टीको प्रारम्भिक तहमा निर्वाचन गरिनुपर्ने , पार्टीको संगठनात्मक स्वरुप लोकतान्त्रिक हुनुपर्ने , पार्टीहरुले पार्टी कोषको सदुपयोग गर्नुपर्ने ,पार्टीले आफ्ना कार्यकर्ताहरूलाई नागरिक शिक्षाद्वारा सुशिक्षित तुल्याउनुपर्ने, पार्टीहरू बढी समावेशी र प्रतिनिधित्वपूर्ण बन्न पर्ने ,अन्तर दलीय संस्कार हुनुपर्ने आदि । यदि यस्ता कुराहरुको अभाव देखिएमा भर्खरै हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा बिस्तार बिस्तारै लोकतन्त्र नष्ट हुनुको साथै देशसमेत विखण्डन हुनसक्ने हुनाले यथा समयमा नै पार्टीहरूले यसतर्फ पनि ध्यान दिने बेला आएको छ।
nembang_mune@yahoo.com