रविन लिङदेन “आम्भु जेठा”
लिम्बु जाति सवैभन्दा पहिला के, को र कस्तो थियो ? त्यसपछि सभ्यता र संस्कृति कस्तो थियो ? सासन प्रणालि कस्तो थियो ? धर्म-कर्म कसरी मानिपुजि गर्दथे र अहिलेको यो अवस्थासम्म कसरि आइपुगे भन्ने वारेमा जान्न सबैमा वाञ्छनिय छ यद्यपी धेरै खोज अनुसन्धान अर्न्तगत इतिहासविदहरुको आ-आपनै इतिहास, वैज्ञानीक आधार र किरात मुन्धुममा धेरैकुराहरु पाइन्छ । नेपालको इतिहास र मुन्धुम अर्न्तगत लिम्बुजाति किरातजाति संग जोडिएको छ भने किरातजाति प्राचिन र अत्रि्रचिन सभ्यता र संस्कृतिसंग जोडिएको छ । यसरी पहिला किरात त्यसपछि याक्थुङबा लिम्बु भएको जाती धर्म, भाषा, लिपि र संस्कृतिले अत्यन्तै धनि छ । किरात याक्थुङबा लिम्बु नेपालमा प्राचिनकालमै आगमन भएको भन्ने प्रमाण प्राचिन ग्रन्थ, नेपाल उपत्याकामा किरातीहरुको ३२ पुस्ता राज्यकालमा विदेशी लेखकहरुले लेखेको यात्रा-संस्करण र इतिहासले पुष्टि गर्दछ । राइट र विभिन्न वंशावलिअनुसार नेपाल उपत्यकामा ‘राजा यलम्बर हाङ देखि अन्तिम राजा सम्म’ किरात राजाहरुले करिब १२ सय देखी १७ सय वर्षसम्म राज्य गरेको अनुमान गरिन्छ जुनर् इशापुर्व ९०० देखिर् इसं ३०० भित्र पर्दछ । यिनै प्रमाणको आधारमा हामि प्राचिनकालदेखिनै अस्तित्वमा रहेको नेपालको प्रमुख आदिवासी किरात याक्थुङबा लिम्बु हौ । त्यतिवेला किरात वा किराती मात्र भनिन्थो वा चिनिन्थयो, अहिलेको जस्तो लिम्बु, र्राई, तामाङ, गुरुङ, मगर, सुनुवार, नेवार, शेपा, थारु, कोच जस्ता नाम थिएन । किरातकालको अन्तिम राजा गस्ती पछि र्सूयवंशीय वा सोमवंशीय राजाको अवधिदेखि राजा पृथ्वीनारायण शाहाको पाला सम्म आइपुग्दा अअिलेको किरात लिम्बु र राइहरु हाल नेपालको पुर्वमा राज्य गदर्थे, जसलाइ नेपालको इतिहासमा पल्लो किरात माझ, किरात र वल्लो किरात भनेर चिनिन्थ्यो । यसैविचको अवधिमा किरातहरु राज्य गर्ने क्रममा क्षेत्रको आधारमा हाल नेपालको अरुण नदि पश्चिम राज्य खम्बुवान थियो भने अरुण नदि पुर्व टिस्टा नदि, पुर्व सिक्किम, आसाम र भुटान सम्म किरात लिम्बुवान राज्य थियो भनेर किराती लेखकहरुले लेखेका छन भने अरुण नदि पुर्व तथा उत्तर तिब्बत पानी ढलोट, दक्षिणमा जलालगड र हाल भारतको टिस्टा नदि हुदै सिक्किम, आसाम र वंगलादेश सम्म लिम्बुवान राज्य थियो भनेर दिल पालुङवा लिम्बुले लगायत अन्य लेखकहरुले लेखेका छन । त्यतिवेला किरात राजाहरुले आपनो दरवार यक -यकलाइनै गढी, गड, गुरी भनियो) निर्माण गरि राज्य गर्दथे । किरात खम्बुवान तर्फ मकवानपुर गढी, सिन्धुली गढी, हरिपुर गढी, चौदण्डी गढी लगायतका गढीहरु थिए भने लिम्बुवान तर्फ विजयपुरगढी हुदै तम्बर तापेथोक गढी, आठराइ पोमाजोङ गढी, फेदाप पोक्लाबुङ गढी, पानथर फेदेनगढी, छथर ताक्लुङ गढी, याङवरक हस्तपुरगढी, मेवथुम मिरिङ्देन गढी, मिक्लुक सानगढी, कोयाखोला थालागढी, फाकफोक आङदाङ गढी, यसमा दश लिम्बुहरुले राज्य गदर्थे । त्यसैगरि सिलिगढी, जलपाइ गढी, मैनागढी, धुपगढी, विन्नागढी, केमाक्छा गढी, सेर्फान गढी हुदै आसाम सम्म विचार गर्नु युक्तिसंगत नै हुन्छ भनेर गोपाल किरातीले लेखेका छन् । राजा पृथ्वीनारायण शाहाको नेपाल एकिरण अर्न्तगत लिम्बुवान राज्य टिस्टा नदि सम्म नेपालमा गाभिएको थियो भने टिस्टा नदि पुर्वका किरात कविला गणराज्यहरु तत्कालिन व्रिटिश साम्राज्य इष्ट इण्डिया कंपनिको हातमा रहन गयो र्।र् इसं १८१४-१६ को नेपाल र अंग्रेजबीचको सुगैली सन्धिपछि नेपालको सिमाना मेचि नदि कायम हुन गएकोले मेचि पुर्वका सम्पुर्ण क्षेत्र हालको भारत र भुटानमा गाभिन गयो । यसरि वर्तमान नेपालको ९ जिल्ला मात्र लिम्बुवान कायम रहेको छ । वसोवासको आधारमा संखुवासभा, ताप्लेजुङ, पान्थर, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम का वासिन्दा हौंभने भारतको गोर्खालेण्ड-दार्जिलिङ, सिक्किम, मेघालय, मनिपुर, आसाम र भुटान सम्मनै फैलिएर रहेका छौ । हाल आएर विभिन्न कारणले नेपालको विभिन्न भु-भागमा स्थाइ वा अस्थाइ वसोवास गर्न पुगेको छन् भने विदेशतिरपनि प्रसस्त मात्रमा वसोवास गरेको पाइन्छ ।
लिम्बु जाति वा लिम्बु शब्दको उत्पती कहिले र कहाँ बाट सुरु भयो भन्ने सर्न्दर्भमा “लिम्बु शब्द लि ± आबु -लि Ö धनु ± आबु Ö हान्नु)” किरात देश विभाजन हुनुभन्दा पहिला आठ राजाहरुले राज्य गर्दथे । अहिलेको लिम्बुहरु लिम्बु नभइ त्यतिबेला याक्थुङबा मात्र थियो । छैटैं सताब्दिमा मुनातेम्बे वा चीनको सुचुवान अथवा युनान प्रान्तको श्यानमकवान जाति ताइश्यानवंशीय किरातहरु पातकोइ पहाड हुदै आसाम मैदानमा आइपुगे । त्यहाँबाट दश नेता वा सरदारका साथ वर्तमान नेपालको पुर्वीपहाडमा प्रवेश भइ त्यहाँका आठ किरात राजाहरु संग एकआपसमा मिलेर वस्ने अनुमति लिइ वसे । रहदा वस्दा दश याकथुङ सरदारको साखा सन्तानहरु अतिधेरै बड्दैगयो । त्यस अवस्थामा आठ राजाहरुले दश याक्थुङबाहरुलाई राजनीतिक विद्रोहको संकागरी अत्यन्त दमनका उपायहरु लागुगरे । जमिनको तिरो बढाइदिए, निष्ठुर ऐन वनाए र दासको ब्यावहार गरि क्रुर सासन गरे । यस्तो अवस्थामा याक्थुङबाका सरदारहरु आम्बेपोजो – -फेदेन, फिदिम) मा चुम्लुङगरि अन्याय सहनुभन्दा व्रि्रोह गरि देशको अधिकार आफै लिने निर्णय गर्दै आठ राजाको विरुद्घ प्रत्येक योद्घाहरुले सर्ंर्घस गर्ने निश्चित गर्दै तीनवटा रातो ढुंगा, तीनवटा आँपको रुख रोपि देविथान बनाइ शुद्घ जल चर्ढाई शक्ति (मुक्साम) मागी युद्घ नजीति घर नर्फने कसम खादै युद्घ मैदानमा उत्रिए । आठ राजाहरुले राज व्रि्रोह गर्नेनिधो थाहा पाउनसाथ आठैराजाका भएभरका फौज भेलागरि फेदेन आम्बेपोजोमा आए । दुवै पक्षमा भीषण युद्घभयो, भयंकर काटमार चल्यो, अन्त्यमा धनुविद्या प्राप्त दशसरदारका फैजहरुले आठ राजाहरुलाई हराइछाडे र किरात देश दश याक्थुङबाको हातमा आयो । त्यसपश्चात आम्बेपोजोको देवस्थलमा आइ धान्यबाली चढाइ ठुलो सभा (चुम्लुङ) गरि लिआबु -धनुकाणले) जितेको देशको नाम लिम्बुवान राखेभने त्यसदेशको वासिन्दालाइ लिम्बु भने । यसरी लिम्बुवान र लिम्बु भयो भन्ने इतिहासकार इमानसिं चेम्जोङको छ । यस भनाइलाइ धेरै विद्घवानहरुले र्समर्थन गरेको पाइन्छ । यसको अलावा धेरै इतिहासकार वा लेखकहरुले पनि किरात लिम्बुवान र लिम्बु इतिहास लेखेको पाइन्छ । यहाँ कतिपय विद्घवानहरुले छेटौं या सातैं सताब्दीमा लिम्बुवान र लिम्बुको घटना भएको भनेका छन् भने कतिपय वंशावलिहरुमा वि सं १२०० वरिपरिको घटना हुनुपर्छ भनेर लेखेको पाइन्छ र लिङदेन वंशावलिमा पनि त्यहिनै उल्लेख छ । तर, विर्षु नहुने कुरा के हो भने किरातीहरु नेपाल उपत्यकामार् इशापुर्व ९०० देखिर् इसं ३०० भित्र करिब १२-१७ सय वर्षसम्म सासन गरेको र अन्तिम किरात राजा पछि लिच्छविकालीन अवधि हुदैं राजा पृथ्वीनारायण शाहा सम्म आइपुग्दा नेपालको पुर्वमा किरात राज्यमा किरातहरुले राज्य गरिरहेको अवस्था संग मेल खानगएको देखिदैन । डेनियल राइट, हायमिल्टन, जर्ज गग्रियर्सन, कर्कपायटि्रक जस्ता लेखकहरुलाई साँचि राख्दै गैर लिम्बु लेखकहरुले किरात र लिम्बु फरक हुन भन्ने मत किटानकासाथ अघि सारेका छन र उक्त मत संग मिल्न गएको जस्तो देखिन्छ । यसरी छैटौं या बाह्रौं सताब्दीमा मात्र किरात याक्थुङबा अथवा लिम्बुहरु नेपाल प्रवेश गर्नुमा प्राचिनकालदेखिनै अस्तित्वमा रहेको नेपालको प्रमुख आदिवसि किरात हौं भनेर भन्न नसकिने अवस्था देखा पर्न सक्छ । साच्चिकै किरात र लिम्बु फरक हो भने हामि लिम्बु जातिले किन किरात धर्म मान्ने, किरात याक्थुङ चुम्लुङ किन भन्ने, किन किरात येले तङवे मान्ने – लिम्बु धर्म र याक्थुङ चुम्लुङ मात्र भनेत भइहाल्योनि, आखिर इतिहासमा लिम्बुहरु बाटनै किरात धर्मको सुरुवात, संरक्षण, सर्ंवर्दन र विश्वब्यापि रुपमा प्रचार-प्रसार भएको पाइन्छ । तर्सथ, किरात राजा यलम्बर हाङको अन्तिम पुस्ता हुदै १० लिम्बु र १७ थुम (तथिमिति सहित) संग मेलखाने किरात इतिहासलाइ मात्र स्वीकार्न सकिन्छ । यस्तो इतिहासले मात्र लिम्बु इतिहास र वंशावलिको पुष्टि गर्न सक्छ । इतिहासकार प्रेम बहादुर माबोहाङ, कमल तिगेला र भवनी बराल लगायतका इतिहासकारहरुले भने यलम्बर हाङको अन्तिम पुस्ताका सन्तानहरुनै हाल नेपालको आदिवासी जनजातीहरु हुन भनि जोड दिन खोजिएको देखिन्छ ।
वि.सं. १८३१ अघि लिम्बु शब्द कहिं उल्लेख नभएको मत अघि सारिएको पनि भेटिन्छ भने डा. नारायणप्रसाद संग्रौलाले लिम्बु जाति वि.सं. ५५ मा श्यानमकवानी नेपालको पल्लो किरातमा रहेको कुरा लेखेका छन । राजा रणबहादुर शाहाले वि.सं. १८४७ मा ताप्लेजुङ क्षेत्रका आतहाङ लिम्बुलाइ दिएको किपट थमैती एक रुक्कापत्रमा “…मकवानी राजाले दियाको जमीन तेरा पुषरले पायाको …४ किल्ला भित्रको जग्गा तलाई थामिवक्स्यौ लिम्बुवान गैरहलाइ लागेको दस्तुर अमालीलाई दाखिल गरी आफ्ना जिमीन जानी भोग्य गर” भनि दिएको लालमोहर अनुसार पहिलादेखिनै लिम्बुवान र लिम्बु भएको स्पस्ट हुन्छ । त्यसैगरी पल्लो किरातमा किपट थमौतीको रुपमा १० लिम्बुलाई दिएको विभिन्न लालमोहरमा १० लिम्बु १७ थुम भनि स्पष्ट उल्लेख भएको हुदाँ वि.सं. १८३१ भन्दा अघिनै १० लिम्बु र १७ थुम थियो भन्ने बुझिन्छ । राजा पृथ्वीनारायण शाहाको एकिकरण पछि लिम्बुहरुलाइ सुब्बा पद र खम्बुहरुलाई र्राई पद भिराइएको इतिहास साँचि छ । २०४० वर्षवरिपरिमा, लिम्बुहरुमा भिराइएको पदलाइ अस्वीकार गर्दै लिम्बुनै रहेको पाइन्छ । यसरीनै याक्थुङबा वा लिम्बुहरुले आपनो भाषा, लिपि, सभ्यता र संस्कृति जोगाएरै राखेको पाइन्छ । तर, लिम्बु हरुको किरात धर्म, भाषा, लिपि, संस्कृति सभ्यता र राजनीतिको अपहरण राजा पृथ्वीनारायण शाहाको सासन काल बाट सुरु भएको थियो, त्यो भन्दा अघि स्वतन्त्र र आप\mनै प्रकारको थियो । यसरी सबै अपहरण भए पश्चात पछिल्लो समयमा भाषा र लिपिको उत्थान तथा प्रचार-प्रसार श्रीजंङ्गा थेवे वाट भइरहेको वेला आजको जस्तो आम संचार थिएन, एक भेट एक प्रचार मात्र हुन्थ्यो । यसरी एक भेट एक प्रचार गर्दै हिड्ने क्रममा वि.सं. १८५५ मा उनको हत्या गर्नकोलागी सड्यन्त्र पुर्वक सिक्किमका भोटेहरु प्रयोग भएको अनुमान लगाउन सकिन्छ । त्यसपछि अर्को एकजना युगपुरुष, महागुरु फाल्गुनन्द लिङदेनको जन्म वि.सं. १९४२ मा भयो र उहाँले धरै ठाउमा माङहिम निर्माण गरि किरात धर्म, भाषा, लिपि, संस्कृति र सभ्यता आफ्नो चेला-भुलाको साथमा प्रचार-प्रसार गर्ने क्रममा वि.सं. १९९५ मा देशद्रोहीको अभियोगमा ततकालिन श्री ५ को सरकार बाट पक्राउ पर्नु भएको थियो । यसरि किरात भाषामा वन्देज गर्दै नेपाली खस भाषाको प्रयोग गर्न थालियो । वि.सं. १९५८ बाट सुरु गरिएको गोर्खापत्र र वि.सं २००७ मा रेडियो नेपालको स्थापना पछि खस भाषालाइ नेपाली भाषाको संज्ञा दिदै प्रसारण गरि अन्य भाषालाइ दबाइयो । वि.सं २००७ साल पछि विद्यालयहरुको स्थापना जताततै हुन थाल्यो तर नेपाली भाषा बाहेक अन्य भाषाहरुको पठनपाठन हुनदिइएन र खस नेपाली भाषाको एकाधिकार बड्दै गयो । वि.सं २००७ सालदेखि वि.सं २०१७ सम्म लिम्बु वा अन्य भाषाको दमन अत्याधिक रुपमा भयो । वि.सं २०१७ सालपछि राष्ट्रिय एकताको नारा दिएर पञ्चायति व्यवस्था लागुगरि आर्य-खस भाषाको एकाधिकारलाइ सुदृढ र लिम्बु वा अन्य भाषाको उन्मुलननै गर्ने कोषिस भयो । निरंकुस पञ्चायतको अन्त्य संगसगैं वर्तमान किरात धर्मगुरु आत्मनन्द लिङदेन द्धारा वि.सं. २०५० सालमा इलाम, माङसेबुङमा किरात धर्मको केन्द्रीय माङहिम र २०५१ सालमा पाठशाला -निसाम हिम) निर्माण गर्नु भएको छ । यसरी किरात धर्म, भाषा, लिपि, संस्कृति र सभ्यताको वढो कठिन अवस्थाबाट यहाँसम्म आइपुगेको छ । यसरी समय-समयमा लिम्बुवान क्षेत्रमा महापुरुषहरु जन्मनुले किरात धर्म, भाषा, लिपि, संस्कृति र सभ्यताको जर्गेना भएको छ ।