Dec 31, 2007

धान नाच्दै ' क्याटवाक ' पुस्ता

प्रदीप मेयाङ्बो
समान उमेरका तन्नेरीको हात समाएर सुरिलो स्वर निकाल्दै दुइ घण्टा पालाम गाइसके पछि एकहूल बैंशालु तरुनीहरु धरानको चुम्लुङ हिम थर्किने गरी खित्का छाडेर एकसाथ हांसे । भर्खरै प्लस टु र स्नातक पढ्दै गरेका ठिटा ठिटिहरुको त्यो हासो उन्मुक्त मात्र नभएर सांस्कृतिक उपज बनेको थियो । साउण्ड बक्समा लिम्बू भाषाको गीत उता लगातार घन्किरहेको थियो । हूलका हूल युवा युवतीहरु एकले अर्काको हात समाएर सांस्कृतिक चिन्तन गरिरहेका थिए पालाम र च्याबु्र्रङको भाकामा । किरात धर्मावलम्बी मध्ये लिम्बू जातिको परम्परागत सांस्कृतिक पर्व चासोक तङ्नाम समापनको अवसरमा चुम्लुङ धरानले सामूहिक रुपमा आयोजना गरेको भेलामा उनीहरु यसरी रमाइलो गरीरहेका थिए । पैंयु फुलेको याम संगै खोला नदीमा माछा, आकासमा चराचुरुङ्गी दक्षिणतिर लागेको ऋतुलाई लिम्बुहरुले प्राचिनकाल देखि उधौली याम शुरु भएको संकेतको रुपमा लिदै आएका छन् । यो बर्षको उधौली याममा पर्ने चासोक तङ्नामको अवसरमा लिम्बूहरुले धरानको विजयपुर डाडा स्थित बुढासब्बा मन्दिर, हाङ्युक्ना दरबार र चुम्लुङ हिममा लिम्बू पुरोहितको सहयोगले पुस ७ गते विहान पूजा अर्चना गरेर औपचारि रुपमा चासोक तङ्नाम सुरु गरे ।उपभोक्ताबादी धरान बजारमा प्रायः आयोजना हुने डिपार्टीहरु -डान्स, डिजे, डि्रङ्स, डिस्को)मा डिजाइन गरेको उत्तरआधुनिक पहिरनमा सजिएर साकिरा र एन्रीकेको गीतमा कम्मर तथा हात हावामा हल्लाउदै मनोरञ्जनको दुनियामा हराउने तरुनी तन्नेरीहरु पालाम गाउन कस्सिएका थिए । सोल्टिनीको शीरमा चम्केको शीरबन्दी र सुनको फूल, गलामा बेरिएको कण्ठा, कानमा लत्रिएको यार्लिङ र चेप्टेसुन अनि गुन्यू चोली तिर हेर्दै जवान लिम्बू सोल्टीहरु पनि अलिकति माया साटौंन भन्दै शिष्ट भाषामा प्रेमको भिख मागिरहेका थिए । नया पुस्ताले परम्परा र आधुनिकतालाई यसरी एकसाथ अंगालेको हेर्दै अघिल्ला पिंढी भने मोर्चा लगाएर छिप्पेको कोदोको तोङ्बा 'जुस' आपनै सुरमा तानी रहेका थिए ।सास्कृतिक जागरुकताले होला अरुबेला हटपेण्ट र स्लीवलेश पहिरनमा सजिएर सडक र्‍याम्पमा 'क्याटवाक' गदै हिड्ने शहरीया युवतीहरु र आधुनिकता झल्कने हिपहप पारखी युवाहरु पनि आफ्नै झल्कने हिपहप पारखी युवाहरु पनि आफ्नै भेषभूषामा देखिएका थिए । प्रमुख किराती चाड भएकोले उनीहरुले एकापसमा सांस्कृतिक शुभकामना, सुस्वास्थ्य र दीर्घायुको कामना पनि पालामबाटै साटासाट गर्ने गरे । सांझ पर्नासाथ परिचित तन्नेरि संग जानी नजानी पालाम गाइरहेकी धरान?१९ चौकीबारी बस्ने तान्छोमी लिम्बूले भनिन्, ?कन्सर्टमा डिजेको इसारामा अंग्रेजी, नेपाली या हिन्दी गीगको धुनमा उपmदै नाच्नुमा र आफ्नै सास्कृतिक पालाम र च्याब्रुङको भाकामा नाच्नु आकास पातालको फरक छ । तर नया पुस्ता ?भर्साटाइल' बनिरहेका छन् । जातिय संस्कृतिमा पनि ठीक, भारतीय वा पाश्चात्य गीत संगितमा पनि ठिक । तै पनि माया त आप\mनै संस्कृतिको बढी हुन्छ नी ।त्यो माहौलमा उनीहरु मात्र पालामको भाकामा धाननाची रहेका थिएनन् अरु प्रौढहरु पनि मायाको गीत गाउदै च्याबु्रङको तालमा 'नमरी बाचे दैवले साचे अर्कोसाल तङनाममा भेटौला' भन्दै फनफनी घुमी रहेका थिए । पालाम गाउन नआए पनि जनजाति संस्कृतिको सम्मान गर्दै स्थानीय बाहुन् क्षेत्री, नेवार, युवा युवतीहरु पनि सारमा सार मिलाएर नाचे ।लिम्बू समुदायमा आफूलाई मन परेको नाता नपर्ने तर सामान्य परिचित तरुण तन्नेरी वीच ख्याल ठट्टा र छेडखानी गर्नुलाई नराम्रो मानिन्न । व्यक्तिगत आत्मसम्मानमा चोट नपुर्‍याई पालामको भाकामा शिष्ट शैलीमा जुहारी खेलेर वातावरणलाई रमाइलो बनाउने चलन लिम्बू जातिको लागि पुरानो मानिन्छ । विबाहित पूरुष र महिला पनि चासोक तङ्नामको अवसरमा आप\mनो वितेको बैंस सम्झेर परिचित सोल्टा सोल्टीनी संग धाननाच्ने रीत छ । परम्परागत संस्कृतिको रुपमा जीवित रहेको चासोक तङ्नामलाई आधुनिक युवा पुस्तामा हस्तान्तरण गर्न चुम्लुङ्ले धरानमा एक दशक यता देखि सामूहिक उत्सवको रुपमा मनाउदै आएको चुम्लुङ सुनसरीका सचिव योगेन्द्र पालुङ्वाले बताए । पहाडी गाउघरमा चासोक पर्वमा तरुण तन्नेरीहरु भेटहुदा भत्ती जांड र रक्सी वीचमा राखेर दुइ हात जोडेर सेवा ढोग गर्ने गर्थे । साइनो केलाएर परिचयको आदानप्रदान गर्थे । अहिले त्यो चलन माओवादी द्धन्द्धको कारण हराउन थालेको छ । चुम्लुङले पछिल्लो समयमा यस्ता पर्वको अवसर पारेर नया पुस्ताका लिम्बू युवा युवतीहरुलाई सास्कृतिक पहिचानको खोजी गर्न प्रेरित गरिरहेको सास्कृतिक परिषदका सुनसरीका युवा अध्यक्ष देवेन्द्र थेगिमले बताए । उनले लिम्बू संस्कृति, मिथक र मुन्धुम सम्बन्धी पाचसय भन्दा बढी ऐतिहासिक तस्वीर संकलन गरेर तीन दिन सम्म चुम्लुङमा प्रदर्शनी गरेका थिए । धरानको चुम्लुङ हिममा आयोजित तीन दिने चासोक उत्सवमा लेकमा पाइने झ्याउ याङबेनमा मसला लगाएर कालो सुगुरको मासु आन्द्राको सेरगेङ्, चाम्रे, कोदोको पेना गोले, गहुको सिगोले, तोङ्वा, फिलिङ्गे र फांदोको अचार, किनीमा जस्ता लिम्बू मौलिक खानाको परिकारहरु पनि राखिएको थियो । यी खाद्य परिकारहरुको सम्बन्ध लिम्बू संस्कृति संग प्राचिनकालदेखि रहदै आएको छ । चुम्लुङ नगर सदस्य हेम कुमारी लिम्बूले भन्छिन्, 'अरु जातिका जस्तै लिम्बूको पनि आफ्नै मौलिक खाना छन् तर प्रचारमा नआएकोले व्यावसायिक रुपले विस्तार गर्न नसकिएको हो ।' उत्सवमा उनले आफ्नै प्रयासमा लिम्बू कला र संस्कृति झल्कने घर र त्यस भित्र राखिने विभिन्न सामाग्री प्रदर्शन गरेकी थिइन् ।

Dec 30, 2007

मुन्धुम् र भौतिकवादी दृष्टिकोणको तारतम्य

टंक वनेम
मुन्धुम् संसारको सृष्टि,मानब जगतको भलो र प्रगति गर्ने विषय वा सार संक्षेप नैं वास्तविक मुन्धुम्को सारतत्व हो । मुन्धुम् शब्दको उत्पति मुन-हल्लीनु थुम±दुम-जोडिनु मुन±दुम-मुन्धुम् हुन्छ । अथवा हल्लीरहने शक्तिशाली तत्व जोडिएर कुनै अर्थ लाग्ने बस्तु वा सिर्जना हुने शब्दको नाम नै मुन्धुम् हो । मुन्धुम्को अर्थ खाम्बोङबा लुङबोङबा अथवा सावा येत्हाङहरुको प्राचीन भाषा,माङ्बाणी -माङ इङघङ)देब भाषा जो मुहिगुम्अङसी,देबअङसीहरुको वाणी वा मौखिक शास्त्रादीहरुलाइ मुन्धुम् मानिएको छ । मुन्धुम् भित्र थकसाप मुन्धुम् -लिखित शास्त्र) पेसाप मुन्धुम् -टिप्पणी शास्त्र) थुङसाप मुन्धुम् -मौखिक शास्त्र-श्रुति परम्परा) सक्सक् मुन्धुम् -कागज शास्त्र) र साम्यो मुन्धुम् र्-धर्म शास्त्र) यि शास्त्रहरुलाइ समग्रमा साम्जिक वा चाम्जिक मुन्धुम् मानिएको छ । श्रुति कथा,आख्यान, लोक साहित्य र गाथाहरुको समष्टीरुप नै मुन्धुम्को आधार हो । थुङसाप मुन्धुम् -श्रृति शास्त्र) साकमुरा वादेम्मा मुन्धुम् अनुसार मुजिङना खेयङ्ना -इश्वररुपि स्त्रीरुप) मस्त जवानी भइ यौनतृष्णाले छट्पटिन्दा सुइसुइला खेल्दै रुखमाथि खुट्टा हल्लाएर हावा खाइ बस्दा -सुसुङ्गे लालाङ्गे -इश्वर-माङ्को बिर्य) हावाको माध्यमले मुजिङना खेयङ्नाको योनीमा प्रबेशगरि गर्भधारण भइ जन्मेका युकपुङ्गेन् सावाङगेम्बा नै प्रथम मानब पुत्र मानिन्छ । अर्थात शास्त्रीय मुन्धुमी भाषाले भन्छ कि सुनले बनाउँदा पनि मान्छे बनेन्,चाँदिले बनाउँदा पनि मान्छे बनेन अर्को शब्दमा तत्वले जीवन बनेन र बनिन्दैन्,जीवनले मात्र जीवन बन्छ । जस्तो बाजेबाट बाबु आयो, बाबुबाट छोरा आयो, छोराबाट नाति आयो अर्थात जीवन बन्नलाइ जीवन नै चाहिन्छ । यसलाइ अग्रेजीमा Law or theory of Biogenesis भनिन्छ । मुन्धुम् अनुसार जीबांश भनेको सिमिक्ला खाप्पु, वहिचेल्लेक्ना, वादुम्-पक्वा वा आकाशे पानी जो ढुङ्गाको खोपिल्टो वा कुनै पानी जम्ने ठाँउमा जम्मा भई त्यो पानीमा आवश्यक जीबांशहरु जम्मा हुन गई तागेरानिङ्वाफु माङको आशीर्बादले मात्र मानिसको सृष्टि भयो । यसरी मानिस वा जीवको उत्पति हुने सिद्धान्तलाइ नै मुन्धुम्ले अघि सारेको छ । मुन्धुम्मा थुप्रै माङ्हरु उत्पन्न भई बिभिन्न सिर्जनाहरु गरेको मुन्धुम् वर्णन गर्दछ । तर बुझनु पर्ने कुरा के हो भने समय क्रम अनुसार ब्रामण्ड र पृथ्बीमा भएका सर्म्र्पुण बस्तुहरु परिबर्तन हुदै जाने निश्चित अबस्थालाई श्रुति परम्परामा माङ् -इश्वर) को उपस्थिति मानिएको छ । डार्बिनको विकासबादी सिद्धान्त अनुसार वाँदरले मानिसको रुप लिन पुगेको हो । त्यो बैज्ञानिक तथ्यलाइ स्वीकार्नै पर्छ । तर अब संसारका वाँदरहरु वाँदर नै रहि रहन्छन् । वाँदरबाट मान्छे बन्ने वाताबरणको परिवर्तन क्रम गुज्रि सकेको छ । यो बैज्ञानिक तथ्यलाइ स्वीकार गर्दछौ भने थो खाम्छी छिरीरो खाम्लन्दी साःमा -साःमेन्छा) लुङछी छिरीग लुङबोङ्बा साःमा, मेन्छाम तुम्बुमा याप्मी तुम्बुमा, मुजिङनामारो खेयङनामाआः, थाप्साङ लन्देआङ लदेन लन्देआङ,थो फक्ताङलुङ्मेत्थो पेन्बेन वामेत्थो,चुक्मु नेन्छीङ्ङाङ् हिङमु नेन्छीङ्ङाङ् ,चुक्मु लोरेल्य हिङमु लोरेल्य, भन्ने शास्त्रीय मुन्धुमी काब्यलाई पनि स्वीकार्नै पर्ने हुन्छ । जब फक्ताङ्लुङ पेन्बेन्लुङमा माङजिरी माङ्लःदा -माङ्गन तेम्बे) तेन्मा ढुङ्गा माटो र हावा पानी द्धारा जन्म भएकी मुजिङ्ना खेयङ्ना मस्त जवानी हुन्छिन् अनि मुन्धुमी भाषामा यसरी गर्भधारण हुन पुग्छिन् ।

लक्लेलक लकले पेलीरक पान्लो
थो सिन्युक् पिबारो मुदेन पिबारो
थो सुरावेत तेम्बे काम्फोना तेम्बे
थोसु इङबेल्लो खाङला इङबेन्न्
योसु इङबारो सुरा इङबेन्न्
लक्लेलक लकले पेली र पारे
यो साङगफे कफे नाङवामा चङधो
मुजिङनामाग खेयङनामाग
कुजेक् ....
सिसा केरेआङ मेन्छीन् केःरेआङ
साम्मिःत् मुक्तेआङ केजङ् मुक्तेल्ले
यो साङगफे कफे नावामा चङधो
लिङगफे कफे नावामा चङधो
केरुङ तोसेल्ले कुहिम तोसेल्ले
साम्मिःत् रक मुक्ते केजङरक मुक्ते
साम्मिःत्ले मुतुः केजङ्ले मुत्तुआङ
मुजिङनामाग खेयङनामाग
आबुरक लाःरुरो सारुङरक लाःरुरो ।
मुन्धुम्मा यसरी सर्बप्रथम मानबको गर्भधारण हिमालमा भएको छ । यता रुसी आँखा अनुसंन्धानकर्ता एबं बैज्ञानिक इरस्ट मोल्डाशेभको इन्टरनेशनल एकेडेमी अफ साइन्स युन -१९९६) द्धारा प्रकाशित इन्टरनेशनल एक्सपेडिसन फर ह्यूमान्इटी ओरिएन्टल रिर्सच (International expedition for oriental research) पुस्तकमा मानब जातिको उत्पति हिमाली श्रृङखला -फक्ताङलुङ) र मानसरोबर छेउछाउ भएको उल्लेख गरिएको छ । त्यहाँ उत्पति भएका मानवहरु विकसित अबस्थामा पुगेर चारतिर लागेका थिए । मुन्धुम्मा उल्लेख गरिएको संसारको सृष्टि बारे चाख लाग्दो र बैज्ञानिक दृष्टिकोणसंग मेलखाने धेरै शास्त्रिय मुन्धुमी भाषाहरुको प्रयोग भएको पाइन्छ । युङ्पुङगेन सावाङगेम्बा सिकार गर्न फङदुरा -काँस) चङधो वेक्तुरा चङधो उकालो लाग्छन् । मुन्धुम् अनुसार उस बेलाको माङ्गन तेम्बे -माङहरुको घुमफिर गर्ने ठाउँ- संम्म जग्गा, अहिलेको फक्ताङ्लुङ हिमाल वरिपरि) तिर उकालो लागेको ब्याख्या भएबाट के बुझीन्छ भने अहिले उभिएका पहाड र हिमालहरु अग्लिने क्रम जारी थियो । अहिले जस्तो बिशाल हिमाल पर्बत भएर अग्लि सकेको थिएनन् र नदी किनार तिर काँशका गाँजहरु फुलेको थियो । भू-गर्भशास्त्रीहरु अनुसार हिमाल भूखण्डको निर्माण आजभन्दा करिब साढे १२ करोड बर्षअगाडी उत्तरको लुरेसिया (Laurasia) र दक्षिणको गोण्डवाना ल्याण्ड (Gondwana Land) का रुपमा बाँडिएका जमिनका केवल दुइओटा ठूला भूखण्डहरु साढे ६ करोड बर्षअगाडी आएर बर्तमानका बिभिन्न द्धीपहरुमा बाँडिनु अगाडी बर्तमान नेपालको भूभाग टेथिस सागरको गर्भभित्र लुकेको थियो । -मेहरी दत्ता १९८५-१५-१७) । वर्तमानको दक्षिण एसियाली उपमहाद्धीप सरिसृपहरुको युग अथवा मध्य जीबकल्प (Mesozoic) संम्म
अफ्रीकी महादेशसंग जोडिएको थियो । पछि आएको भौगोलिक हलचलमा समुन्द्रको दक्षिणी पिध पेलिने तर उत्तरको तिब्बती ढालले र्सन नदिने हुँदा समुन्द्र सतह चुलिन्दै गएको थियो । यो परिवर्तनको लहरमा कतिपय जमिनका उच्च भू-भागहरु पानी भित्र डुब्न पुगे र कतिपय सागर भित्रका भू-भागहरु उच्च भूमि वा पहाडका रुपमा उठ्न पुगे ।
यही हलचलकै क्रममा महाद्धिपीय बिस्थापनका कारण अफ्रीकासंग जोडिएको भू-भाग समुन्द्रमा धस्न गयो र उत्तरतर्फभएको टेथिस सागरको भू-भाग माथि उठ्न गई चुरे,महाभारत र कतिपय उच्च पहाडी भू-भागको निर्माण हुन पुग्यो । तिब्बतीय पठार तिर बिशाल ढिक्के नुन खानी हुनुलाई त्यहि समुन्द्रको नुनपानीलाई कारण मानिएको छ । यि बैज्ञानिक तत्थ्य अनुसार आज देखिएका पहाड,हिमालहरु एकै पल्ट निर्माण भएका थिएनन् । समुन्द्री टेथिस अग्लो हुने क्रम संगै त्यहा भएका एक कोषिय जीबहरु पनि पानीको सतहमा आएका थिए । डार्बिनको बिकास बादी सिद्धान्त अनुसार अमिबा बाट जीबहरु र मानब संम्मको बिकास भएको हो । यो बिकास हुने क्रम पहाड र हिमालको अग्लाई सगै एकै साथ हुदै गयो । मुन्धुम्ले पनि यहि बिकास बादी सिद्धान्तकै आधारमा ब्रम्हाण्ड र संसारको सृष्टि जीबहरुको उत्पिति र फक्ताङलुङमा -अहिलेको कुम्भकर्ण हिमालमा) ढुङ्गा माटो द्धारा मुजिङ्ना खेयङनाको जन्म भएको थियो । जीबहरुको उत्पति र बिकास हुने क्रम भई सकेर पनि अहिले देखिएका पहाड र हिमालहरु भने क्रमश अग्लिन्दै जाँदा अहिलेको अबस्थामा पुगेको हो ।
अफ्रीकामा पाइएको "लुसि" भनिने मानब भग्नावशेषलाइ वर्तमान मानवको पहिलो पुर्खा भनेर पश्चिमी अनुसन्धानकर्ताहरुको दाबी रहे पनि "बहुमत मानवशाश्त्रीहरु एसिया क्षेत्र नै मानब उत्पति स्थल हुनु पर्छ" भन्ने निक्र्योलमा एकमत छन् । यो सङ्केतलाई मुन्धुमले बिस्तृत रुपमा वर्णन गरेको छ । इतिहास र संस्कृतिविद् भुवनलाल प्रधान अनुसार "एक करोड बर्षभन्दा अगाडि नै हिमाली भेगको फेदीमा प्रागमानवको प्रादुर्भाब भईसकेको थियो । मुन्धुम् भित्रको यथार्थ नै मिथ हो । मिथकमा वर्णन भएका खाम्जिरी खाम्बोङ्साहरु यही फक्ताङ्लुङ पेन्बेनलुङ वरिपरि उत्पति भएका तागेरा निङ्वाफु माङका संन्तानहरु हुन् जो वास्तविक क्ष्लमष्नभलयगक हुन । याक्थुङ लाजे लिम्बूवान नाममा फेरिनु अघि याक्थुङ लाजेमा सावायेत्हाङ आठ राजाका संन्तानहरुले राज्य गदै थिए । उनिहरुको एउटा बिशेषता के थियो भने हरेक देब देबी र प्रतिष्ठित ब्याक्तिहरुको नाम "य" वर्णबाटै राखिएको हुन्थ्यो । जस्तै याक्थुङबा,येहाङ,युक्पुङगेन,यकलब्यहाङ,येबा,यलम्बाहाङ,युमा,येमा आदी । सम्भवतः उनै सावायेत्हाङका संन्तान दर संन्तानहरु नै मुजिङना खेयङनाका सन्तानहरु हुन । तिनै सु˜सुवेङ ला˜लावेङ वा सु˜सुवालि˜लिम -ढुङ्गा माटोसंगै जन्मिएका मुलबासी) याक्थुङबाहरुलाई नैं आगन्तुक शासकहरुले "सु˜सुवा लि˜मलिम" भन्दा भन्दै लिम्बू भनिएको हुन सक्ने सम्भाब्यता लाई इतिहासकारहरुले स्वीकारेका छन् । तिनै सावायेत्हाङका संन्तानहरुले उक्त मुन्धुम् श्रुति परम्परामा आधारित शास्त्रिय ऐतिहासिक काब्यको थालनी गरेका थिए । येहाङ्को त्यो संसारको सृष्टि,मानब उत्पति कथा, तथा मानब बिकास र धार्मिक एबं सांस्कृतिक श्रृति परम्परालाई एक पुस्ता बाट अर्को पुस्तामा सार्दै ल्याइ रहेका थिए । सदै आएको छ । मुन्धुम्ले वर्णन गरे झैं हिमालमा मानवको उत्पति र बिकास बारे हिमालमा पाइएका शालीग्राम र नबपाषणकालीन ढुङ्गाका हतियारहरु ताप्लेजुङ,इलाम,झापा,सुनसरी,मोरङ,उदयपुर,दोलखा,मुस्ताङ,रामेछाप,सुर्खेत,काभ्रेपलाञ्चोक, ललीतपुर,तनहुँ,कास्की,पाल्पा,दाङ देउखुरी,मकवान र नवलपरासी आदि स्थानमा पाइएका छन् । यी हतियारहरुले के देखाउँछ भने यिनै हिमाल पहाडको आसपास मानवको उत्पति भई नबपाषाणकालीन युगमा यि स्थानहरुमा मानिसहरुको ब्यापक बसोबास भइ सकेको थियो । तर गाउँघरमा आफ्ना हजारौं बर्षअघिका पुर्खाका हात हतियारहरु नचिनेर बज्र ढुङ्गा -सेरिलुङ) लाई पूजा गर्ने साथै औषधीको रुपमा प्रयोग गर्ने चलन रहेको छ । भू-गर्भशास्त्रीहरुको मत अनुसार नेपालका अधिकांस उपत्यकाहरु तलाउका रुपमा थिए । आज भन्दा २ लाख बर्षअगाडी धाद्रा लागी पानी निस्किएर गएको अनुमान गरिएको छ । तिनै समुन्द्रको टेथिस अग्लिएर उपत्यका बनि पानी निस्के पछि बनेको समतल मैदानहरुलाइ मुन्धुम्मा तेम्बे शब्दले पुकारिएको छ । मुन्धुम्मा वर्णन भएका केहि तेम्बेहरुको नाम यस प्रकार छन् । मुरिङला खारिङला तेम्बे,साङ्गरक नु,गरक तेम्बे,चेन्जेनलुङ तेम्बे, चिङ लिङ हारा -हडा) तेम्बे,काप्लिङ तेम्बे,ला,गरिन नामगरीन तेम्बे,मिनु ताखोङ तेम्बे,मिनु तेल्लेङ तेम्बे,मुना तेम्बे,नाखोङलुङ तेम्बे,पुङलिङ तेम्बे,सिंतेम्बे,फेसिङ तेम्बे, इवाहडा तेम्बे,साघोङलुङ तेम्बे खङफोना तेम्बे,माङ्गन् तेम्बे,सुरावेत तेम्बे,खोन्दोप्ला तेम्बे,साजारा तेम्बे,तुङसाबा तेम्बे,लिङघायक तेम्बे जस्ता कैयौं तेम्बेहरुको वर्णन भएका छन । यि वर्णन भएका मुन्धुम्का तेम्बेहरुमा मानब उत्पति र सभ्यताको बिकास भएको बिश्वास गरिन्छ । यसरी मुन्धुम् र भौतिकबादी तत्थ्यमा तारतम्य मिल्नु संयोग मात्र हो वा मुन्धुम् भित्रका अरु तत्थ्य कुराहरु लिखित रुपमा लेख्य हुनु बाँकि नै छ खोजी एबं अनुसंन्धान हुन सके अलङ्कारीक मुन्धुमीभाषाको मुन्धुमको दृष्टिकोण पाठकहरु सामु स्पष्ट हुँदै जाने थियो ।
सन्दर्भ सूचि -
-क) जसराज लिम्बू -पन्धाक्) - लिम्बू जनजातिका जीवन पछिका जीवन धा।णा तथा अन्त्येष्टि अनुष्ठानहरु ।
-ख) चन्द्रकुमार सेर्मा "पापोहाङ्" - किरात धर्म प्रश्नोत्तर माला भाग १
-ग) निलमशेखर अधिकाकारी - नेपालमा जातीय आन्दोन ।
-घ) लिङदेनफुङ सराही साम्बा हाङयम्बु भिम बहादुर लिबाङ र येजिरी येफःया हाङयम्बु बृषबहादुर वनेम - मुजोःक्लुङ् खाजोःक्लुङ् मुन्धुम् क्यासेट- भाग एक देखि नौं संम्म ।

Dec 29, 2007

आदिवासी जनजाति ६ पर्वलाई राष्ट्रिय बिदा

लिम्वूवान व्लगस्पोट काठमाडौं,
पुस १२ - गृह मन्त्रालयले विभिन्न आदिवासी जनजाति तथा धार्मिक समुदायको विशेष पर्वहरूमा राष्ट्रिय बिदा घोषणा गरेको छ । मन्त्रालयको उच्च स्रोतका अनुसार पहाडी तथा हिमाली आदिवासी जनजातिहरूको ल्होछार, मधेसीको छड, मुस्लिमहरूको इद-बकरिद, इर्साईको क्रिसमस, थारूको माघी र किरातको उभौली उद्यौलीमा राष्ट्रिय बिदा बिहीबार निर्णय भएको हो ।त्यसैगरी राजवंशी र ताजुपरियाले मनाउने पर्व पावनीमा मोरङ, सुनसरी र झापा गरी तीन जिल्लामा बिदा दिने भएको छ । यसअघि सम्बिन्धत समुदायलाई मात्र ती पर्वहरूमा बिदा दिइदै आएको थियो ।

पाङ्भे


तिलविक्रम चेम्जोङ

यङ्घङ नु ताम्धुङ्ङील्ले कबुबा
कुघेम्सीङ् केयाक्पा खेन आबाङ्भे-इन्
आइन ताःन्दिक मेरिङ्गेन मिक्वानु हाःप्ल नेःमु
कुम्मायक कुस्सायकईल्ले कम्ब्राङ् मेत्तुबा
फक्ताङ्लुङ्इल्ले एःप्मा सात्तुबा
खेन आबाङ्भेइन मेरिङ्गेन मिक्वाईल्ले तेप्तुआङ् नेःमु
आल्लो नु कम्भा नुङेआङ् ताआरो लरिक पाङ्भे लेरुङधाङ्बा
मप्मा तङ्बे- पोखे मारेमु
पाङ्भेरेन् इङ्घङ् आम्मिiरक खोसुङ्
ये?लेङ् निरुङ् आनिङ्वा मेदयेनेन्
मप्मा इछिङ्ङाङ् आनिङ्वाईल्ले मेघोप्तुन्
इङ्घङ्ओ साप्तुआङ् पच्छे,
कओ ? केवयेल्लेआङ् खःरक्वाथोङी
केइप्सेरक केनेस्से तादाप् थिक्काङ् मेन्लए
केःदक केधिहा- मेजः मेमेक्खुसाङ्
केम्बोगेन् अयाकअयिक थिक्काङ् केन्लरेन्
केमिङ्सोरे युक्तुबा खाम्बेक्माहा?रेन्
कुन्दाङबाहा? मेलन्देसाङ्
केमिक् मेग?रेन्
केघा? पाङ्मनु केमिक् सेःमनु सोरिक
लेक्चा पुधिक केम्जोगेबा खेने?
आल्लो आत्तो केवाबे

केइङ्घङ्आङ् होप् केलाम्मिक्काङ् होप्
खेने? केबेआङ् धो यङ्घङ्ओ यरिक च्वा वादेन्छिङ्
कुभा? येन वाधुक थुक्वाईल्ले मखन्द्या चोगुर
कुभा? येन मेन्छाम्गेन् याप्मीहा?रेन् माक्खीइल्ले चान्छिङ्ल
खेने? केबेआङ् एगाङ् केहिम्भोसाङ्बा
ताम्भुङ्ङो फात्रा लासे
केसिब केयबा सिङ्बुङहा?रक मेन
केबोबार केबप्पा, कुघेम्सीङ् केयाक्पा सिङबुङ्हा-आङ
खाप्पु मेबोखे
लच्छा नेच्छी केयुङ केलापा सिङ पथ्राहा-आङ्
सि-लिङ थ-लिङ्बा थुक्वाईल्ले पक्खुते-रु
आल्लोग केभाङ्भेइन् ओमेप्माल्लेआङ्
निङसाङ् केबोक्पा पोखेआङ् ने
मिभात्रा नु थुक्वाईल चोगुल्ले माङ् साम्माङ्हा-आङ् मेबन्दे मेबे
आल्लोग केभाङ्भेइन् कुलिम मएबा लिम्बा, कुवा मएबा सो-लाङ्
हेक्केरक पोखेआङ् ने

आल्लग वागेक्लाआङ् तार पत्
यप्मा केइपा केहिम धाङ्हा? तक्मा पोङ्बा
केहिम्भोसाङ्बा सिङ्साहा? साक्मा सेःप्मा पोङ्बा
आसाङ फात्रा केलापा नु थुक्वा केबेक्पा तेनओ सिङ्साहा? लेःप्मा पोङ्बा
ए आरग केनुङ केदाबीभाङ् केलाम्हा- ओमत्तुङ्ल नेआ
केभाङ्भे?बा केन्देङ् केन्जेम्हा?रे केम्गो?ल मेवा
ए खेने?ग आत्तोधिक्ने केवाबे नुङ्मायेन् मेबोखेम्बी
ए आसाङ् पाङ्भेओ केन्नुङनेम्बाबी ?

कवी रेडियो नेपाल, क्षेत्रिय प्रसारण केन्द्र धनकुटाका लिम्बू भाषाका समाचार वाचक हुनुहुन्छ ।

Dec 28, 2007

जातीय मोर्चाको अवधारणा

मुक्सामहाङ मेन्याङ्बो -मुकेश
समाजका सबै खाले शोषण र उत्पीडनविरुद्ध लड्ने पार्टी कम्युनिष्ट पार्टीहरु । समाजमा सबैभन्दा उत्पीडितवर्ग, र्सवहारावर्ग जसको आफ्नो भन्नु केही पनि छैन; जसलाई कम्युनिष्ट क्रान्तिकारी वर्ग र क्रान्तिको अन्तिम मोर्चासम्म सहभागी बन्ने शक्तिको रुपमा मान्दछ जसले क्रान्तिलाई निरन्तर नेतृत्वसमेत प्रदान गर्दछ । र्सवहारावर्गले क्रान्तिलाई निरन्तर नेतृत्व गर्ने सामर्थ्य किन राख्दछ - कम्युनिष्ट समाजका सबै प्रकारका अन्याय, अत्याचारविरुद्ध किन संघर्ष गर्दछ - एउटा सच्चा र्सवहारावर्गको कम्युनिष्ट उत्पीडित जाति वा राष्ट्रियताको मुक्ति आन्दोलनलाई सहयोग र र्समर्थनमात्र होइन ऊ स्वयं जातीय स्वाधीनताको निम्ति सचेत पहल किन गर्दछ - एउटा क्रान्तिकारी कम्युनिष्ट हुँदाहुँदै जातीय मोर्चाहरुको किन आवश्यकता पर्दछ - यी यक्ष प्रश्नहरुको सही र वैज्ञानिक जवाफविना आज हामी न त कम्युनिष्ट अर्थ र महत्त्वलाई बुझ्दछौँ न त कम्युनिष्ट नेतृत्वमा जातीय मोर्चाहरुको महत्त्व र भूमिकालाई ठीक तरिकाले मूल्यांकन नै गर्न सक्दछौँ । सर्वहाराको आफ्नो भन्नु कोही पनि हुँदैन, त्यसैले उसको निम्ति न गुमाउनु छ, न त कुनै पाउनु नै छ । आफ्नो वर्गीय धरातलकै कारण निःस्वार्थ र अन्त राष्ट्रिय वर्गका रुपमा सर्वहारावर्ग स्थापित हुन पुग्दछ । र्सवहाराको चरित्र निःस्वार्थ र अन्तराष्ट्रिय हुने भएकोले मानव समाजका सबै प्रकारका अन्याय र अत्याचारमा पिल्सिएका जनसमुदायसँग मैत्री सम्बन्ध कायम गर्नु र उत्पीडित जनसमुदायको हितमा निरन्तर संघर्ष गर्नु र्सवहारा वर्गको आफ्नो मौलिक एवं क्रान्तिकारी चरित्र हुने गर्दछ । अर्कातिर समाजमा अन्य उत्पीडित वर्ग, समुदायभन्दा उत्पीडित, अपहेलित वर्ग र्सवहारावर्ग मात्र भएकोले र्सवहारावर्गले क्रान्तिलाई निरन्तर नेतृत्व गर्न सक्ने सामर्थ्य राख्दछ । समाजका सबै खाले शोषण उत्पीडनको अन्त्य गर्नु कम्युनिष्ट पार्टी आधारभूत लक्ष्य हो । जबसम समाजमा वर्ग रहन्छ, तबसम्म राज्यसत्ता रहन्छ । जबसम्म समाजमा राज्यसत्ता रहन्छ, तबसम्म शोषण, उत्पीडन रहिरहन्छ । बरु भिन्नता यतिमात्र हुन्छ कि समाज विकासको प्रक्रियासँग राज्यसत्ताका व्यवस्थाहरु फेरिन्छन्, शोषणका तरिकाहरु बदलिन्छन् । कम्युनिष्ट पार्टी राज्यसत्ताको व्यवस्था र शोषणका तरिकाहरु होइन, शोषण गर्ने वर्ग र राज्यसत्ताको अन्त्य गर्न चाहन्छ । त्यसैले सबै खाले अन्याय र अत्याचारबाट मानव समुदायलाई मुक्त गर्न र वर्गविहीन समाजको निर्माण गर्न कम्युनिष्ट पार्टी सबै प्रकारको दमन, उत्पीडनको विरद्ध संघर्ष गर्दछ । अतः शासक जाति वा ठूलो राष्ट्रबाट उत्पीडित जाति वा राष्ट्रको पक्षमा कम्युनिष्ट पार्टी प्रारम्भिक कालदेखि नै संघर्ष गर्दै आएको छ किनकि जातीय वा राष्ट्रिय उत्पीडन पनि वर्गीय उत्पीडनको विशिष्ट रुप हो । वर्गीय उत्पीडनसँगै उत्पीडनको प्रादुर्भाव भएको छ र वर्गीय उत्पीडनको अन्त्यका साथै जातीय उत्पीडनको पनि अन्त्य हुनेछ, तर जाति कुनै वर्ग होइन बरु सामाजिक एकताको विशिष्ट रुप हो । समाज विकास प्रक्रियासँगै सामाजिक एकताका रुपहरु खासगरी उत्पादन सम्बन्धका आधारमा प्रारम्भिक कालमा परिवार, गोत्र, पछिल्लो चरणमा गण तथा कविला हुँदै पुँजीवादी युगमा जाति वा राष्ट्रमा विकसित भयो । यही प्रक्रियामा ठूलो जाति वा शक्तिशाली राष्ट्रले सानो जाति वा कमजोर राष्ट्रमाथि चरम उत्पीडन गर्न थाले । बेलायती साम्राज्यवादी उत्पीडनविरुद्ध आयरल्याण्डको स्वाधीनताको आन्दोलनको पक्षमा कम्युनिष्ट पार्टी संस्थापक एवं मार्क्सवादका प्रवर्तक मार्क्स र एंगेल्सले र्समर्थन गर्नुभएको थियो । जारशाहीको उत्पीडनबाट मुक्त गर्न सोभियत कम्युनिष्ट पार्टी रुसका उत्पीडित जातिहरुका लागि आत्मनिर्णयको अधिकारसहित स्वायत्त गणराज्यहरु निर्माण गरिदिएको थियो । शासक हान जातिको उत्पीडनमा पिल्सिएका बहुसंख्यक चीनिया जनजातिहरुका लागि चीनिया कम्युनिष्ट पार्टी स्वशासित प्रदेशहरुको व्यवस्था गरेको थियो । कम्युनिष्ट पार्टी पहल र नेतृत्वमा स्थापित उपरोक्त स्वायत्त गणराज्य वा स्वशासित प्रदेशहरुको उद्देश्य के थियो भने जातिहरुको खोसिएको राज्य वा राजनीतिक अधिकार प्रदान गर्नु, उत्पीडित जाति, जनजातिहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र भाषाको तीब्र गतिमा विकास गराउनु र शासक जाति र शासित जाति, ठूलो जाति र सानो जाति, विकसित र अविकसित जाति वा साधन स्रोत सम्पन्न जाति र साधन स्रोत विपन्न जातिबीचको अन्तरविरोध हल गर्नु, असमान जातिहरुबीचमा समानताको स्थिति सृजना गर्नु र जातीय विभेदको अन्त्य गर्नु थियो । आज नेपाली क्रान्तिको विकास प्रक्रियासँगै सच्चा र क्रान्तिकारी कम्युनिष्ट पार्टीको रुपमा नेकपा माओवादी स्थापित भएको छ । सर्वहारा वर्गको अग्रदस्ता कम्युनिष्ट पार्टी हुँदाहुँदै पनि र्सवहारा वर्गको अग्रदस्ता कम्युनिष्ट पार्टी समेत उत्पीडित आदिवासी जनजाति र जातिहरुको अविश्वास र आशंका व्याप्त छ । तेस्रो कुरा, उत्पीडित आदिवासी जनजाति र जातिहरुलाई विशेष ढंगले राजनीतिक र वैचारिक रुपमा प्रशिक्षित र संगठित गर्न सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्वमा विशेष प्रकारको जातीय संगठनको आवश्यकता पर्दछ । साथै यस प्रकारको संगठन उत्पीडित जातिहरुको खोसिएको राज्यसत्ता फिर्ता गर्ने, राजनीतिक अधिकार प्रदान गर्ने, उत्पीडित आदिवासी जनजातिहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र भाषिक उत्पीडनको अन्त्य गरी विशेष प्राथमिकताका साथ आर्थिक, सामाजिक, सांस्कृतिक र भाषिक विकास गर्ने उद्देश्यमा आधारित हुनेछ, तर यहाँ जातीय मोर्चा र क्षेत्रीय मोर्चाबीचको भिन्नताबारे स्पष्ट हुनु जरुरी छ । जातीय मोर्चा र क्षेत्रीय मोर्चा नाममात्रका भिन्नता होइनन्; बरु सारतत्वका हिसाबले नै फरक छन् । जातीय उत्पीडनका कारण जातीय असमानताको जन्म हुनुपुग्यो । क्षेत्रीय उत्पीडनका कारण क्षेत्रीय असमानताको जन्म हुन पुग्यो । के जातीय उत्पीडन र क्षेत्रीय उत्पीडन एउटै हो - किमार्थ पनि हुन सक्दैन । पूर्वका लिम्बूहरु जातीय उत्पीडनमा परेका छन् । उनीहरुको राज्यसत्ता खोसिएको छ । लिम्बू जातिको राष्ट्रिय पहिचान -भूगोल, संस्कृति, धर्म, भाषा-लिपि) माथि जबर्जस्ती खस-आर्य शासक जातिले आफ्नो -राष्ट्रियता) हिन्दू धर्म, हिन्दू संस्कृति र संस्कृत भाषा लादिरहेका छन्, तर पश्चिमका मुख्य गरी सेती, महाकाली र भेरी-कर्णालीका जनता केन्द्रीय राज्यसत्ताबाट पाउनुपर्ने सुविधाबाट वञ्चित छन् । केन्द्रीय राज्यसत्ताले सबै क्षेत्रमा समान ढंगले राज्यको स्रोत र साधनलाई वितरण गर्नुको सट्टा कुनै क्षेत्रलाई प्राथमिकता दिने र कुनै क्षेत्रलाई बेवास्ता गर्ने क्रममा क्षेत्रीय उत्पीडन हुन पुगेको हो । आज पूर्व खासगरी काठमाडौंका जनताले जुन अनुपातमा राज्यबाट सुविधा पाएका छन्, त्यसको तुलनामा नगण्य रुपमा भेरी-कर्णाली र सेती-महाकालीका जनताले पाएका छन् । जस्तै यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा आदिजस्ता जनजीविकासँग सम्बन्धित सवालहरुमा भेरी-कर्णाली र सेती महाकालीका जनता असाध्यै उत्पीडनमा परेका छन् । त्यसैले जातीय मोर्चाको सम्बन्ध एक निश्चित जातिको -राष्ट्रिय) पहिचान र राजनीतिक स्वतन्त्रतासँग जोडिएको हुन्छ । क्षेत्रीय मोर्चाको सम्बन्ध निश्चित क्षेत्रका जनसमुदायको जनजीविकासँग जोडिएको हुन्छ ।हामी क्रान्तिकारीहरु विज्ञानप्रति इमान्दार बन्नैपर्दछ । आज जातीय मोर्चा र क्षेत्रीय मोर्चा दुवैलाई एउटै मोर्चाका रुपमा व्याख्या गर्न मिल्ने सारसंग्रहवादी हिजडा संगठन पनि जन्मन थालेका छन् । संघीय लिम्बुवान राज्य परिषद, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतका संगठनहरु यस कोटीमा पर्दछन् । उत्पीडित जातिको घरआँगनमा पुग्दा उत्पीडित जातिको मुक्तिको संगठनको रुपमा व्याख्या गर्न मिल्ने संगठनले 'घर न घाट' भनेझै न त त्यसले उत्पीडित जातिको मुक्तिको निम्ति लड्न सक्दछ, न त त्यसले अन्य उत्पीडित जनताका निम्ति नै लड्न सक्दछ । हामीले के कुरा बुझ्नुपर्दछ भने उपरोक्त सारसंग्रहवादी संगठन केवल सारसंग्रहवादी मात्र नभएर अवसरवादी विचार दृष्टिकोणको व्यावहारिक अभिव्यक्ति पनि हो । अर्कातिर कम्युनिष्ट पार्टीको तुलनामा जातीय मोर्चालाई बुझ्ने महत्वकांक्षी एवं अतिभूतवादी दृष्टिकोण र जातीय मोर्चाको आवश्यकता र महत्त्वलाई अवमूल्यन गर्ने संकिर्ण जडसूत्रवादी दृष्टिकोण पनि आन्दोलनमा हावी बन्दै गइरहेको छ । उपरोक्त सोच र दृष्टिकोणको विरुद्ध निर्णायक संघर्ष गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्तिकारी जातीय मोर्चालाई स्थापित गरेरमात्र जातीय मुक्ति आन्दोलन सार्थक बन्नेछ ।

नयाँ नेपालको मातहतमा लिम्बुवान स्थापना र नेतृत्व निर्माण


श्रीप्रसाद जबेगू
विश्वको सुन्दर घडेरीमा नेपाल भन्ने एउटा थोत्रो घर छ । त्यसको मतलब आजसम्म हाम्रो देश नेपाल नयाँ, साझा र आधुनिक भएको छैन । नेपाली राजनीतिक इतिहासमा करिब ७ सालको सेरोफेरोबाट सुरु हुँदै ५२ सालदेखि दीर्घकालीन सशस्त्र जनयुद्ध र त्यसैको जगमा टेकेर सृजना भएको ०६२/६३ को जनआन्दोलनसम्ममा नयाँ नेपालको निर्माण प्रक्रियाले सबैभन्दा अन्तिम रुप लियो । अहिले सबै राजनीतिक दल र संघ-संस्थाहरुले नयाँ नेपाल बनाउनै पर्छ भने तापनि बनाउने तरिकाहरु आ-आफ्ना वर्गीय दृष्टिकोण अनुसार अपनाएका छन् । प्रतिगामी तत्वहरुका मतियारहरु र साम्राज्यवादी देशी तथा विदेशी शक्तिहरुको सम्पूण् सहयोगमा एमाले, कांग्रेसजस्ता संसदीय तथा संशोधनवादी पार्टी नेतृत्वहरु मूलतः केपी ओली र प्रदीप नेपालजस्ता व्यक्तिहरुको नेपाल बनाउने तरिका भिन्नै छ । उनीहरुको दृष्टिकोणअनुसार पुरानो नेपाललाई लिपपोत र टालटुल गरेर नयाँ नामकरण गरे पुग्छ । नेकपा -माओवादी) र सो पार्टी सगँ सम्बद्ध जातीय, क्षेत्रीय मोर्चा र जवसहरुको दृष्टिकोण नितान्त भिन्न छ । कुनै पनि नयाँको निर्माण गर्नु छ भने पुरानोको ध्वंश नै पहिलो हो । त्यसकारण नेपालरुपी थोत्रो घरलाई सुधारेर होइन, समूल रुपमा पुरानो नेपालका सबै अवशेषहरुलाई भत्काएरमात्र नयाँ नेपालको निर्माण गर्न सकिन्छ । यी दुवै विचारहरुबीच अहिले नेपालमा कुरुक्षेत्रको भीषण लडाइँ चलिरहेको छ । यो नै समसामयिक राजनैतिक परिस्थिति हो । यसले वैज्ञानिक निकास नपाएसम्म यहाँ न शान्तिको कल्पना गर्न सकिन्छ, न त संविधानसभाको चुनाव नै । सुधारवादी संशोधनवादी र सामन्ती प्रतिगामीहरुले सेकेण्ड-सेकेण्डमा मीठा शब्दजालद्वारा सूचना र सञ्चार क्षेत्रबाट संविधानसभाको चुनावी राग अलापेर इमान्दार जनतामा भ्रमको खेती गरिरहेका छन् । कहीँबाट सुनुवाइ नहुने निरीह र लाचार अभिव्यक्ति दिएर नयाँ नेपालको परिकल्पनाकारहरुलाई संविधानसभाको चुनावको विरोधी देखाउन कुनीकुथी लागिरहेका छन् । साम्राज्यवादी र विस्तारवादी उनीहरुका गुरुहरुले सिकाएअनुसार नै भन्दै छन् भन्ने कुरा दिनको घाम झैं र्छलङ्ग छ । यसरी नै उनीहरु देशलाई लामो कालसम्म अनिर्णयका बन्दी बनाइराख्न चाहन्छन् ताकि वास्तविक संविधानसभाको चुनाव नहोस् ।
चुनावकै कुरा गर्दा सबैभन्दा पहिले संविधानसभाको प्रस्ताव गर्ने पार्टी नेकपा -माओवादी) नै हो । त्यसैले नेकपा -माओवादी) र उसँग सम्बद्ध कुनै पनि मोर्चा र जनवर्गीय संगठनहरु संविधानसभाको चुनाव विरोधी हुनै सक्दैनन् तर जनताले गम्भीरताका साथ बुझ्ने कुरा भनेको ०७ सालदेखि आजसम्म थुप्रै चुनावहरु भए । कहिले पूर्व बस्नेले जिते, कहिले पश्चिमकाले, कहिले उत्तरकाले त कहिले दक्षिणकाले जित्दै आए । ०४७ पछि कुनै बेला कांग्रेस, कुनै बेला एमाले कुनै बेला कसलेकसले । तर, नेपाली जनताले अहिलेसम्म एकपटक पनि चुनाव जितेका छैनन् । यस अर्थमा आगामी चुनाव नेपाली जनताले जित्छन् भने व्यक्ति तथा पार्टीले हार स्वीकार्न सक्नुपर्छ । यस्तो प्रणालीको अख्तियार नगरी हुने चुनाव केवल प्रहसनमात्र हुनेछ । यो प्रणाली लागू गर्नका लागि नयाँ नेपालको निर्माण नै पहिलो शर्त हो । तत्पश्चात् संविधानसभाको चुनावअगावै राजतन्त्रको समूल नष्ट गरी गणतन्त्रको घोषणा र कार्यान्वयन गरिनुपर्दछ । गणतन्त्र नेपाल घोषणापश्चात् एकात्मक ढाँचालाई भत्काएर नयाँ रचनाद्वारा जातीय, क्षेत्रीय अधारमा संघात्मक राज्य प्रणाली अवलम्बन गर्दै आत्मनिर्णय अधिकारको ग्यारेन्टी ती संघहरुलाई हुनुपर्दछ । ती शर्तहरु पूरा भएपछि समानुपातिक निर्वाचन प्रणालीद्वारा नीति निर्माण गर्ने स्थानमा राज्यद्वारा अस्तित्वविहीन बनाइएका सीमान्तकृत जाति, वर्ग, क्षेत्र, लिङ्ग र आदिवासी जनजातिहरुलाई प्रतिनिधित्व गराउनुपर्छ ।
नयाँ नेपाल अर्थात संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मातहतमा निर्माण हुने जातीय, क्षेत्रीय, भाषिक र सांस्कृतिक स्वायत्त क्षेत्रहरुमध्ये सुदुरपूवको हकमा लिम्बुवान अनिवार्य छ । लिम्बू जातिको आदिम थलो भनेर पहिचान बोकेको, सामन्ती संरचनाअनुसार मेची-कोशीका पहाडी तथा चुरे दक्षिणका केही भागलाई बुझिन्छ । यो भू-भागमा लिम्बुवान स्वायत्त शासन तथा आत्मनिर्णय अधिकारलाई ग्यारेन्टी गरी उपभोग गर्न आज थुप्रै लिम्बूजन्य संघसंस्थाहरु तल्लीन छन् । यसलाई जनजागरणको हिसाबले अत्यन्तै स्वागतयोग्य मान्नुपर्छ । तर, कतिपय अवस्थामा ती संस्थाहरु दम्भ, अहंकार र संकर्ीण्ाताजस्ता अन्धजातिवादको शिकार हुँदै आउने क्रम पनि उत्तिकै जारी छ । विचारको हिसाबले जहाँसुकै भए पनि लिम्बुवान स्वायत्त शासन र आत्मनिर्णय अधिकार प्राप्ति जस्ता आन्तरिक राष्ट्रवादको नारामा अधिकतम रुपमा इमान्दार सोझा सीधा लिम्बू नेता तथा कार्यकर्ताहरु भ्रममा परेका छन् । त्यही नाराको रक्षा कवचमा विगतमा लिम्बूको उच्चारण गर्न नचाहने. सामन्ती दरबारियाहरुका मतियारहरुको रुपमा भूमिका खेल्ने लिम्बू जातिका कलङ्कका अनुहारहरु पनि देखापरिरहेका छन् । ती नेतृत्व तहमा र कार्यकर्ता दुवै तहमा देखिन्छन् । त्यसैले लिम्बुवान स्वायत्तता प्राप्तिको विशेष अर्को शर्तको रुपमा इमान्दार लिम्बूहरु र पाखण्ड लिम्बूहरुलाई छुट्याउनु वा ध्रुवीकरण गर्नु आजको आवश्यकता हो ।
लिम्बुवान स्वायत्त शासनका लागि नेतृत्वको सवाल उठ्दा 'मरेको बाघको जुँगा उखेलेर जिउँदो बाघको जुँगा उखेलेको फुर्ति लाउने' प्रवृत्ति हावी भएको छ । लिम्बुवानमा आएको जनजागरणले सदियौँ वर्षेखिको उत्पीडनबाट लिम्बुवान मुक्त हुने स्थितिमा छ । यसको लागि दूरदर्शी नेतृत्वको आवश्यकता पर्छ नै । अहिलेसम्म यो भूमिले थुप्रै नेता जन्मायो र पायो पनि तर नेतृत्व गर्ने तथा वास्तविक राजनीतिज्ञ भेटेको छैन । नेतृत्वको निर्माण विषयमा छलफल गर्दा दुइवटा कुरामा स्पष्ट हुनपर्दछ । पहिलोमा नेतृत्वदायी भूमिका खेल्ने क्रान्तिकारी विचारले लैश भएको संगठन र दोस्रोमा संगठनलाई निरन्तर अगुवाइ गर्न र्सवहारा वर्गीय दृष्टिकोण भएको नेतृत्व वा राजनीतिज्ञले मात्रै अबको लिम्बुवानलाई मुक्त गरेर अगाडि बढाउन सक्छ ।
लिम्बुवान मुक्तिको आन्दोलन पहिलेदेखि नै चले तापनि विचारको अभावका कारण लर्खरिइहेको थियो । ०५२ सालपछि जातीय मुक्ति आन्दोलन र वर्गीय मुक्ति आन्दोलनको समायोजनविना कुनै मुक्ति पनि सम्भव हुन सक्दैन भन्ने ठहरका साथ लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा गठन भई लिम्बू जाति र लिम्बुवानवासी उत्पीडित जनताले दश वर्षो भीषण संघर्षमा भाग लिए । निश्चय पनि त्यो संर्घष्ाले लिम्बुवान भूमिका प्रत्येक कुनाकुनाका सामाजिक जीवनका परिधिहरु व्यापक बनाएको छ । नयाँ आधारमा नयाँ चेतनाको विकास गरेको छ । त्यसैले अबको लिम्बुवानमा संघर्षले पैदा गरेको नयाँ चेतनालाई थेग्न सक्ने वैज्ञानिक विचार भएको संस्था र अनुभवी, चतुर र परिपक्व नेतृत्व तथा राजनीतिज्ञहरुको खोजी हुनुलाई स्वभाविक मान्नुपर्दछ । विश्व घटनाले सिकाएको पाठ भनेको 'जसले निर्ण्ाायक व्रि्रोहमा सक्रिय भूमिका निर्वाह गर्दछ, शक्ति सन्तुलन तथा सहमतिका स्थितिमा पनि तिनै संगठनले नेतृत्व गरेको हुन्छ ।' तर, नेपालको हकमा हाम्रंो मोर्चा नै लिम्बुवान प्राप्तिको निर्विकल्प नेतृत्नदायी संगठन हो भन्न अनुपयुक्त होला । कसैले 'नेतृत्व गर' भनेको भरमा र 'म नै यसको नेता हुँ' भनेर दावी गरेको आधारमा हुन्छ नै भन्नुभन्दा पनि त्यसको निम्ति ठोस समीक्षासहितको निर्ण्र्ााइतिहासले गर्ने कुरा हो किनभने कसैले महान् तथा उत्तराधिकारी घोषणा गरेको भरमा र कसैले दावी गरेको भरमा नेतृत्व दिन नसक्ने स्वतःसिद्ध छ । संसारमा थुप्रै विचारकहरुले आफ्नो उत्तराधिकारी घोषणा गर्दा तीन चित खाएका राजनीतिक घटनाहरु पनि हाम्रो सामु छन् ।
नेतृत्वको जन्म त्यसरी मात्र हुने गर्छ, जुनसुकै अवस्थामा भएको कठोरभन्दा कठोर भीषण प्रक्रियाहरु पार गरेको जनताको इतिहास जोसँग छ, उही इतिहासले प्रदान गरेका उपलब्धिहरुको जगमा टेकेर भविष्यमा भैपरिआउने जस्तोसुकै महाविपत्तिहरुलाई सहज ढङ्गले पचाउन सक्ने विचार, नीति र वैज्ञानिक योजना निर्माण गरेर जनसमुदाबाट अनुमोदित क्रियाकलाप जुन संगठनले गरेको हुन्छ र जुन नेताले त्यसको अगुवाइ गर्दछन्, त्यही प्रक्रियामा श्रृङ्खलाबद्ध उत्तराधिकारी निर्माण भई रहेका हुन्छन् । यसको आत्मसात् लिम्बुवानवासी जनताले गरिसकेका छन् । त्यसैले आफ्नो नेतृत्व तिनै जनताले निक्र्यौल गर्नेछन् ।
नेतृत्वको सवालमा पात्रहरुले खेल्ने भूमिका भनेको -जो हामी पनि छौँ), लिम्बुवान स्वायत्तताको नेतृत्व निर्माणमा सबैभन्दा पहिले जातीय विलोप हुने समाज विकासको क्रमलाई गम्भीरताका साथ ग्रहण गर्नुपर्दछ । तत्पश्चात् जातीय निर्माणको आवश्यकता, औचित्य र सान्दर्भिकताबारे राजनैतिक, वैचारिक, आर्थिक र सामाजिक कोणबाट स्पष्ट हुन पनि जरुरी छ । यी दुइ कुरामा स्पष्ट भइसकेपछि लिम्बू जाति र लिम्बुवानको लागि त्याग र्समर्पण र बलिदानी भावका साथ कुन संस्था वा कसले कति योगदान गर्दै आएका छन् भन्ने प्रारम्भिक समीक्षाको उचित वातावरण सृजना गर्नुपर्दछ । लिम्बुवान स्वायत्तताको निम्ति वैचारिक दृष्टिले जहाँ रहेको भए पनि कसैले बीसौँ वर्ष कसैले दशौँ वर्षर कसैले एक दिनदेखि महिना वा वर्षम्म योगदान गरेका छन् । ती सबैका योगदानको केन्द्रीकरण गर्दा नै वास्तविक नेतृत्व भेट्न सकिने हुँदा लिम्बू जाति र लिम्बुवानवासीले यो कार्य गर्न किन हिच्किचाउने - यो तरिका अपनाउँदा व्यक्तिगत रुपमा कसैको चित्त प्रसन्न नहोला । कसैको अहंकारमा चोट लाग्ला तर वास्तवमा लिम्बुवान स्वायत्तता र आत्मनिर्णय ग्यारेन्टी हुन्छ भने व्यक्तिगत रुपमा पीडा भएर केही फरक पर्दैन । विना विचार, विना इतिहास र विना लगानी नेता हुन खोज्ने र शासक बन्न खोज्ने अन्धजातिवादीहरु माटोमा मिल्नेछन् भनेर समवेदना प्रकट गर्न जरुर छैन । यसरी निर्माण गरिएको नेतृत्वले मात्र नयाँ नेपालको मातहतमा रहने लिम्बुवान स्वायत्तताको निर्माण र नेतृत्व गर्न सक्छ । यो विधि नै नयाँ नेपाल बनाउने सारतत्व हो ।

Dec 27, 2007

चासोक तङ्नाम

प्रदीप मेयाङ्बो
लिम्बु मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो । कृषि जीवनशैलीका लिम्बुले ऋतु परिवर्तनसँगै खेतीपाती लगाउने र बटुल्ने समयलाई चाडका रूपमा मनाउँदै आएका छन् । आरुको फूल फुल्न थालेपछि उँभौली याम सुरु भएको मानिन्छ भने पैंयु फुलेको यामसँगै खोलानदीमा माछा, आकाशमा चराचुरुङ्गी दक्षिणतिर लागेको ऋतुलाई उँधौली याम सुरु भएको संकेतका रूपमा मनाइन्छ । उँभौली र उँधौली याममा सम्पन्न गरिने चाडपर्व कृषिसँग सम्बन्धित छन् । उँधौलीमा परिश्रमको फल- विविध अन्नपात र उपयुक्त हावापानी हुने भएकाले चासोकलाई 'चासोक तङ्नाम' -न्वागीपूजा) का रूपमा मनाउने गरिन्छ ।
लिम्बु भाषामा 'चासोक' को अर्थ न्वागी र 'तङ्नाम' को अर्थ उत्सव वा चाडपर्व हुन्छ । हङकङ, बेलायत, बु्रनाइ, सिंगापुर बिदेसिएका लिम्बुले पनि यो पर्व मनाउँदै आएका छन् । किरात लिम्बुको 'मुन्धुम' मा चासोक पूजाको उत्पत्ति वर्णन पाइन्छ । कृषि युगअघि लिम्बुका आदिम पूर्खा सावायेत्हाङहरू कन्दमुल काँचै खाएर जीवनयापन गर्थे जसले गर्दा कुपोषण र रोगब्याधिको सिकार हुन्थे । त्यसबाट मुक्ति पाउन उनीहरूले र्सवशक्तिमान तागेरानिङ्वाफुमाङ -प्रकृति) को पूजाआराधना गरे । उनको कृपाबाट पेना/माङदःक् -कोदो), परामा -कोदोसँगै फल्ने बिरुवा), ताक्मारु -घैया धान), तुम्री -जुनेलो), साङ्घामा, लिङ्घामा र लङ्वामा आदि अन्नका बीउविजन प्राप्त भयो । आदिम पूर्खा सावायेत्हाङहरूले प्रकृतिबाट यसरी पाएको बीउविजन तिनका चेली सिवेरा एःक्थुक्मा/सिवेरा यावुङ्केक्माले काठको खन्ती र अङ्कुसेले खोरिया फाडेर भस्मेमा छरिन् । त्यसपछि सावायेत्हाङहरूले खेतीपाती सिके । फलेको अन्न आगामा पकाएर खान थाले । बल्ल सावायेत्हाङका सन्तानले कुपोषण र रोगब्याधिबाट मुक्ति पाए । खेतबारीमा पाकेको अन्नबाली आगामा पकाएर खान सिकाउने आफ्नी चेलीदेखि खुसी भई सावायेत्हाङहरूले उनलाई पहिले चढाएपछि मात्र खान पाउने वाचा गरे । यसरी कृषि युगदेखि न्वागी परम्परा बसेको 'मुन्धुम' मा उल्लेख छ । मानव हित गर्ने चेली सिवेरा एःक्थुक्माप्रति कृतज्ञता व्यक्त गर्न चासोक पूजा गरिदै आएको छ । जंगली देवताका रूपमा ताम्भुङ्ना, लेकमा बस्ने तक्सङ्वा, उत्तरको उच्च पहाडबाट किरात प्रदेशमा गरेकी सिरिङ्मा वा मुदेनहाङमा -साया मुदेन), दक्षिणको तराईबाट आएकी तेन्छामा, कहिले उत्तर, कहिले दक्षिणतिर घुमी हिड्ने खजमा, पानीमा बस्ने वाजमा, रिसका देवता मिसेक, अन्नबाली उत्पादनमा उचित समयमा घामपानी दिएर बालीनाली राम्रो बनाइदिने थुङ्दाङ्बा - सूर्यदेवता), मातृशक्तिका रूपमा प्रकट भएकी इष्टदेवी युमा साम्माङ, पितृशक्तिका रूपमा प्रकट भएका लिम्बुका आदिपुरुष देवता, थेबा साम्माङ, मानिसलाई बास दिने घर हिम सँम्माङलाई चासोक तङ्नाममा पूजा गरिन्छ । चासोक पर्व यो पर्वको सामाजिक महत्त्व भए पनि राज्यले किरात चाडका नाममा ०४८ सालदेखि एक दिनमात्र जातीय बिदा दिने गरेको छ । लिम्बु, र्राई, याक्खा र सुनुवार जातिले तीन दिनसम्म र्सार्वजनिक राष्ट्रिय बिदा माग्दै आएका छन् । परम्परादेखि घरघरमा चासोक तङ्नाम मनाउदै आए पनि डेढ दशकयता यसलाई आदिवासी जनजाति लिम्बुलगायत चार किरातीले आफ्नै शैलीमा सामूहिक रूपमा र्सार्वजनिक माङहिम र स्थलमा भेला भई तीन दिनसम्म मनाउन थालेका छन् । उधौली पर्वलाई लिम्बुले चासोक तङ्नाम, र्राईले साकेवा, सुनुवारले फोलष्यांदर र याक्खाले चासुवाका नाममा मनाउ“छन् । लिम्बुको जातीय संस्था किरात याक्थुङ चुम्लुङको पहलमा सामूहिक रूपमा फेदाङ वा तुम्याङहाङहरूका सहयोगले चासोक पूजा गर्न थालेका छन् । यसरी यो पर्व सामूहिक चाडका रूपमा स्थापित हुन थालेको छ । यस अवसरमा भेटघाट गर्ने, मनोरन्जन गर्ने गरिन्छ । यो चाड लिम्बु जातिमा सामाजिक सद्भाव र सम्बन्ध बढाउने माध्यम हुन थालेको छ । तङ्नाम अवसरमा विभिन्न सामाजिक र सांस्कृतिक गतिविधि हुने गर्छन् । रिसराग, इष्र्या बिर्सेर चासोक तङ्नाममा आत्मीयतासाथ लिम्बु दाजुभाइ एवं दिदीबहिनीले भेटघाट र शुभकामना आदानप्रदान गर्छन् । खाद्य परिकार चाम्रे, याङबेन -झ्याउ), सिगोले, फिलिङ्गे र फुदोको अचार, कोदोको तोङ्वा, तीनपाने रक्सी बनाएर खाने गर्छन् । पाहुनाको सेवासत्कार गर्छन् । चेलीबेटी हुक्वा -आफैले बनाएको शोभित) र अन्य प्रकारको 'चेसुङ' -कोसेली) साथ माइतीघर आउनेजाने गर्छन् । युवा र्सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेल 'पक्लुङ' -छेलो हान्ने खेल) खेल्नुका साथै माछा मार्ने गर्छन् । सामूहिक रूपमा केलाङ -च्याब्रुङ) बजाएर र्छुइ र्छुइ हा सरलाइमा सर भन्दै नाच्छन् । नाता नपर्ने तरुणतन्नेरी जातीय पहिरन र गहनामा सजिएर एकआपसमा हात समाउदै मायाप्रीतिका गीतलाई पालामको भाकामा स्वर उरालेर 'यालाङ' -धाननाच) नाच्छन् । प्रौढ, वृद्धवृद्धा मुन्धुमी साम्लो, हाक्पारे आदि गीत गाएर मनोरन्जन गर्छन् । साम्बा/येमाहरूको उपलब्धताअनुसार एकराते 'तङसिङ' पनि यस अवसरमा सम्पन्न गर्ने चलन बढ्न थालेको छ । चासोक तङ्नामले सांस्कृतिक, सामाजिक र धार्मिक महत्त्व बोकेकाले जनजीवनमा यसको अविछिन्न सम्बन्ध रहिआएको छ । यस चाडले जातीय पहिचान र सांस्कृतिक गौरव बढाएको छ भने सामाजिक सद्भाव, एकता र पारस्परिक सहयोगको भावना पनि बढाएको छ ।

Dec 25, 2007

उत्तरमान तिगेला

उत्तरमान तिगेला हङकङमा केहि वर्ष अगाडी देखि कानुनी व्यावसायमा संलग्न हुनुहुन्छ । वहाले हङकङमा रहनु हुने नेपाली दाजुभाइ दिदीवहिनीहरुलाइ कानुनी सहयोग साथै परामर्श दिदै आउनु भएको छ भने एक्युट कन्सल्टेन्सी संग पनि सम्वद्घ हुनुहुन्छ । कानुनका स्नातक उत्तरमान तिगेला लिम्वूवानको वारेमा कस्तो विचार राख्नु हुन्छ भिडियोमा हेरौं ।

Dec 23, 2007

विश्वासदीप तिगेला

कोशी अञ्चल धनकुटा जिल्लाको हात्तीखर्क गा.वि.स.मा जन्मनु भएका कवि तथा निवन्धकार विश्वास दीप तिगेला सन् १९९६ मा ब्रिटिस गोर्खा सैनिकको रुपमा आफ्नो सैनिक जीवन आरम्भ गर्नु भएको हो । अद्यावधि उहा सैनिक सेवामा कार्यरत रहे पनि अन्य व्यक्तिहरु भन्दा विल्कुलै पृथक हुनु हुन्छ । यसकारण कि एक हातमा वन्दुक र अर्को हातमा कलम लिएर युद्धका जीवन्त कथाहरु, कविताहरु लेख्नु हुन्छ । हातमा वन्दुक लिनु उहांको पेशा हो भने कलम लिनु जीवनको सार उतार्नु हो । हालसालै तिगेलाको देश बोक्नुको पीडा नामक सस्मरणात्मक निवन्ध संग्रह बजारमा आएको छ । यस संग्रहमा भिन्न भिन्नै ५ देशमा प्रत्यक्ष देख्नु र भोग्नु भएका कुराहरु प्रस्तुत गर्नु भएको छ । यस भन्दा अघि गृह युद्धको पीडा,सङ्क्षिप्त बोर्नियो परिचय,परदेशीको कोसेली कविताहरु २०५५, जनमुक्ती अभियान (राजनैतिक शब्दावली) २०५६ नेपाली पाठकहरुको सामु पस्कि सक्नु भएको छ । त्यति मात्र नभएर एक दर्जन भन्दा वढी वेभर्साईटको डिजाइन साथै वेलायत तथा व्रुनाईवाट प्रकाशित हुने प्रवासी वेदनाका आवाजहरु पत्रिकासंग आवद्ध हुनु हुन्छ । सैनिक सेवामा रहेर पनि थुप्रै कृतिहरु प्रकाशन गर्ने स्रष्टा तिगेला, गोर्खा सैनिकहरुमा सम्भवत उहां नै पहिलो हुनु हुन्छ । प्रतिभावान व्यत्तित्व तिगेलासंग लिम्वूवान व्लगस्पोट डट कम्का व्लगर टंक सम्वाहाम्फेले गर्नु भएको वार्ता पाठकहरुको समक्ष पेश गरेका छौं ।

१ हालसालै तपाईले देश बोक्नुको पीडा निबन्धसंग्रह ल्याउनु भयो यस बारे पाठकहरुलाई केहि बताई दिनुहोस् ?
युद्धग्रस्त विभिन्न देशहरुमा खट्नु पुगेको बेला मैले १२ बटा देशहरु संग सम्बन्धित मेरा रचनाहरु समेटेर अघिल्लो निबन्ध संग्रह आज भन्दा चार बर्षअगाडी प्रकाशन गरेको थिए । त्यो पुस्तक प्रकाशनले मलाई धैरै प्रोत्साहित गर्यो र पछिल्लो समयमा म जुनजुन देश र ठाँउहरु पुगे त्यहि ठाँउहरुको आर्थिक, भौतिक, शैक्षिक स्थिती, संस्कारसंस्कृति, सामाजिक रहनसहन र भौगोलिक विविधतालाई समेट्दै हाम्रो देशको विविध पक्ष संग तुलना गर्दै यो देश बोक्नुको पीडा पुस्तकमा सरल ढङले प्रस्तुत गर्ने कोसिश गरेको छु । यो नयाँ कृति पनि मेरो आफ्नै डायरी भएको कारण राम्रा साहित्य छन् भन्न म सक्दिन तर यथार्थ विवरणहरु छन् र अन्य कृतिहरु भन्दा केहीकेही भिन्न चाहि अवश्य छ की भन्ने मलाई लाग्दछ । यो कृतिमा हाम्रो देश बाहेक मैले कामको शिलशिलामा घुमेको विभिन्न ५ वटा देशहरु (कोसभो, केन्या, वेलायत, ब्रुनाई र मलेशिया) संग सम्बिन्धित संस्मरणात्मक अनुभव र अनुभूतिका निबन्धहरु समावेश छन् । देशको तरल परिस्थितीमा एक सच्चा नागरिकको निष्पक्ष, निर्भिक विचार, फाल्टो दृष्टिकोण सहित पाउन सकिन्छ भनि आदणिर्य समिक्षक ज्यूहरुले भन्नु भएको छ । यो कुराको लेखाजोखा गर्ने त यहाँ पाठकहरुकै जिम्मा हो ।

२. भर्खरै नेपाल पुगेर आउनु भएकाले लिम्वूवान सम्वन्धि केहि कुरा बुझ्नु भयो कि ?
हजुर, लिम्बूवान राज्यको निम्ति लिम्बू दाजुभाईहरु साच्चै नै लाग्नु भएको छ । लिम्बूवान राज्यको निम्ति आन्दोलन भइरहेको बखत म स्वयं पनि विराटनगरबाट इटहरी सम्म रिक्सामा जानु पर्यो । वहाहरुले साच्चै लिम्बूवान क्षेत्रलाई तताई राख्नु भएको रहेछ ।

३. अहिले लिम्वूवान स्वायत राज्य पुन प्राप्तिको लागि आन्दोलन जारी छ यस बारे तपाईको दृष्टिकोण कस्तो रहेको छ ?
यो सकारात्मक कदम हो । एउटा विशाल रुख हुनको निम्ति धेरै हाङ्गाविङ्गा र त्यो हाङ्गाहरुमा थुप्रै पातहरु हुनु पर्दछ । स्वायत्त राज्य भनेको हो त्यहि एउटा हाँङ्गा हो । तिनै हाँङ्गा र हाँङ्गामा हुने पातहरु चाहि स्वायत्त राज्य र जनताहरु हुन । धेरै हाँङ्गा र पातहरु भएको रुख स्वत सुन्दर, आकर्षण र बहूउपयोगी हुन्छ । जतिसुकै स्वायत्त राज्यको चर्चा भए पनि त्यो एउटा रुखको सवाल हो । भौगोलिक रुपमा, भाषागत रुपमा, जातिगत रुपमा र धार्मिक रुपमा असमानता रहेको हाम्रो मुलुकमा संघीय राज्य प्रणाली भन्दा राम्रो अरु कुनै प्रणाली हुनै सक्दैन । हिजोको एक देश एक भाषाको शोषणयुक्त दुश्प्रयास नै आजको यो आक्रोस हो, शिक्षा हो । हामीले एकात्मक शासन असफल भएको प्रत्येक्ष अनुभव गरि सक्यौ त्यसैले फेरी पनि त्यहि खाडलमा हाम फाल्ने दुश्साहस कसैले गर्नु हुदैन । यसको अवस्था तातिएको फलाम जस्तो छ । यतिबेला ज्यादै सजग र संचेत रहनु पर्ने बेला हो । फलाम फेरी कहिल्य नतातिने गरि सेलाउन सक्छ । एक टुक्रा फलामको हसियाँ बनाउने की खुकुरी बनाउने अहिल्य नै निक्र्यौल गर्नु पर्ने समय आएको छ । हिजो १०४ बर्ष अनि ३० बर्ष १२ बर्षसम्म सुते पनि आज सबै उठ्नु पर्ने बेला आएको छ । आखिर यो असारमा रोपेको धान मंसिरमा पाक्छ त्यसवेला आनन्दले खाउला बसौला । तर यो धान रोप्ने असारको समयमा हामी कोहि नसुतौ, वेवास्त नरहौ ।

४. लिम्वूवान क्षेत्र भित्रै धनकुटा प्रतिभा पुरस्कार स्थापनाको लागि संयोजन गरी रहनु भएको छ त्यसैले यो पुरस्कार कुन क्षेत्रकोलाई र कहिले देखि कति राशिको दिईने भएको छ ?
म धनकुटा प्रतिभा पुरस्कारको निम्ति केही धेरथोर खटि रहेको मात्र छु । संयोजन नै भन्न मिल्दैन की ? संयोजक सोसरह खट्ने हामी धेरै छौ । अझ हाम्रो कार्यनीति अनुसार धनकुटेली हामी सबैनै संयोजक हो । यो कामले कसैलाई ब्यक्तिगत रुपमा क्रेडिट जादैन । यो संस्थाको संस्थापक आदीइत्यादी केही हुदैन । देशमा भएका, विदेशमा भएका, जन्मको आधारमा, कर्मको आधारमा धनकुटेली कहलिएका हामी सबैको साझा भावना नै यो संस्था हो । संस्थाको काम सबैसबैले गर्नु भन्नुको अर्थ कसैले नगर्नु भन्ने पनि हुन जान्छ तर त्यो सम्बन्धमा हामी संचेत छौ । लिम्बूवान क्षेत्र हो भन्ने सवाल संग यो पुरस्कारको कुनै सम्बन्ध हूदैन । भोलि धनकुटा जिल्लाको नाम तम्मोर जिल्ला रहे पनि, लिम्बूवान राज्य वा किरात राज्य वा अरुकुनै राज्य नाम रहन गए पनि यसको नाम धनकुटा प्रतिभा पुरस्कार नै रहनेछ । साहित्य र संगीत समाजको दर्पण हो । त्यसैले सभ्य समाज, सहिष्णु समाज र समय सापेक्ष विज्ञान समाज बनाउनको निम्ति मुख्य गरि साहित्य र संगीतको क्षेत्रमा रहेका हाम्रा प्रतिभाहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत एवं सम्मान गर्ने साथै धनकुटाको प्रतिष्ठा आउने प्रकारको कुनै पनि काम (खेलकुद, परिक्षामा उत्कृष्ट विद्यार्थी, समाजसेवी) गर्ने ब्यक्तित्वलाई सम्मान गर्ने उद्देश्य रहेको छ । साहित्य र गीत संगीत अन्तर्गत विभिन्न जातजातिको भाषाहरु पनि पर्नेछ । जस्तैः संस्कृतमा श्लोक लेख्नेहोस वा तामाङ भाषामा कविता लेख्नेहोस । संस्थाको लागि पैसा उठाउने काम धमाधम चलि रहेको छ । कोसभो, जर्मन, कतार, साउदी, हङकङ, मलेशियाबाट रकम जम्मा हुनेक्रम जारी छ । अन्य देशहरुबाट पनि सक्रियता र सहयोग आउने आसा गरेका छौ । सहयोग यतिनै हुनुपर्छ भन्ने छैन । एक रुपैया नै सहयोग दिए पनि लिन्छौ । हामीलाई लाग्दछ सबैमा संस्थाप्रति आफनत्वको भावनाहोस, मेरो हो भन्ने दायित्व बोधहोस । कति रकमको पुरस्कार दिने सवालमा हामी संग अहिले झण्डै २ लाख जति अक्षयकोष जम्मा भएको छ । यो सांकेतिक कोष स्वरुप मात्र भएको छ । शुरुवात भर्खर मात्र हुदैछ । त्यहि अक्षयकोषको ब्याजबाट पुरस्कार दिने योजना हो तर अप्ठ्यारो चाहि के छ भने धनकुटाका सरकारी बैकले एकदमै थोरै ब्याज दिने र निजी फाइनान्सहरुलाई सधै विश्वास गर्न गाह्रो पर्ने । अक्षयकोष धनकुटा कै बैकमा राख्ने र्सवसम्मत निर्णय अनुसार पहिलो चरणको रकम बैकमा जम्मा भइसकेको छ । पैसा आफैमा एउटा ठूलो समस्या हो । ठूलो रासी उठेको खण्डमा सहि र पारदर्शि रुपले संचालन गर्ने सम्बन्धमा छलफल पनि चलिरहेको छ । त्यसैले यति नै रकमको पुरस्कार भन्न अहिल्य नै अलि अप्ठ्यारो भएको छ यद्यपी प्रत्येक बर्ष प्रदान गर्ने योजना हो तर त्यसरी प्रत्येक बर्ष प्रदान गर्दा पुरस्कारको खासै ठूलो महत्व नहून सक्छ भन्ने कुरा भर्खरै आएको छ । त्यसको टुङ्गो आगामी बैठकले गर्नेछ । यदि प्रत्येक बर्षको सट्टा दुइ वा तीन बर्षमा एक पटक प्रदान गर्ने निर्णय भएको खण्डमा सामान्य राम्रै पुरस्कार रासी रहने छ । संस्था वैधानिक रुपले दर्ता भई सकेको छ । संस्था संचालनको लागि कनिष्ठ देखि बरिष्ठ ब्यक्तिहरुको पनि संलग्नता रहेको कारण संस्था मजवुत बन्दै गएको छ । संस्थाको वेभपेज तयार भइसकेको छ । विश्वभर छरिएर विभिन्न ठाँउमा रहेका हाम्रा जिल्लावासीहरुलाई यहि www.dhankuta.org.np वेभपेजले जोड्ने काम गरिरहेको छ ।

५. लिम्वूवान स्वायत राज्य प्राप्तिको लागि हामी विदेशमा बस्ने लिम्वू लेखकहरुको भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ ? लेखकको मात्र नभएर सम्पूर्ण लिम्वूहरुको भूमिका कस्तो हुनु पर्छ होला तपाईको बिचारमा ?
हाम्रो देश नेपालमै रहेर साथिभाईहरुले ज्यानकै बाजि थापेर स्वायत्त राज्यको लागि लडिरहेका छन् । उनीहरुले तन, मन, धन दिएर महत्वपूर्ण समय खर्चेर लडि रहेका छन । यो माग यो आन्दोलन, खोसिएको घर फर्काउने आन्दोलन हो । त्यो घर अवश्य फर्किनुपर्छ । त्यो घर हामी सबैको हो । असारको रोपाइमा नजानेले मंसिरको जाउलो खान लजाउनु पर्छ । जो हामी विदेशमा छौ, भौतिक रुपले सम्भव नहोला तर नैतिक, आर्थिक र बौद्धिक अर्थात आ-आफ्नो ठाँउबाट सक्दो सहयोग गर्नुपर्दछ । त्यसको लागि आजैबाट सहभागि हुनुपर्छ र धेरै साथीहरु लागि रहेका पनि छन् । रोप्ने र गोड्ने समय यहिबेला हो तब समयले एकदिन मूल्याङ्न अवश्य गर्नेछ । लेखकहरु समाजका द्धिग्गज बर्गहरु अवश्य हुन । उनीहरुले सहि र सत्य कुराहरु विभिन्न कोणबाट लेखेर संचेत र जागरुग गराउन सक्नुपर्छ । आखिर रुसी क्रान्तिको निम्ति मेक्सिम गोर्किको आमा उपन्यासको ठूलो भूमिका भएको स्वीकार्ने हो भने हाम्रो कलमले पनि क्रान्तिका कुराहरु किन नलेख्ने ?

६. आजको युगमा लिम्वूवान स्वायत राज्य लिम्वूहरुले माग्नु कतिको सान्दर्भिक ठहर्याउनु हुन्छ ?
मैल यो प्रश्नको उत्तर माथि नै दिइ सकेको छु । स्वायत्त राज्य सान्दर्भिकताको सवाल होइन अब अनिवार्यता हो भन्ने मलाई लाग्दछ । सघीय शासन प्रणालीमा सबै समस्या हल हुने जादु पक्कै छैन तर बर्तमानको एकात्मक शासन प्रणाली भन्दा धेरै राम्रो अवश्य छ । सबै राष्ट्रहरु आत्मा गौरवका साथ अटाउनेछन् । सामान्यतया ठूलो परिवार एउटै घरमा सधै अटाउन सक्दैन तर थप घरहरु बनाएर एउटै कम्पाउण्डमा चाहि बस्न सक्दछन् सधैका लागि । सबैसबैको भारी सधै बोक्नु सम्भव हुदैन त्यसैले केन्द्रले आ-आफ्नो भारी उनीहरुलाई नै सुम्पनु बुद्धिमता ठहर्छ । बरु जटिल सवालमा, साह्रोगाह्रोमा केन्द्र सरकारले संरक्षण तथा नियन्त्रणको हैसियत अवश्य राख्नु पर्दछ । संघीय प्रणालीका वेफाइदाहरु पनि धेरै छन् । जस्तै भारत सिक्किमका मान्छेहरु वेष्ट बङ्गाल आउदा सतर्क रहनु पर्छ, पिरोलिनु पर्छ तर तपाई पूर्वको मान्छे पश्चिम महाकालीमा पुगे पनि तपाइलाई कुनै पीर, डर हुदैन आदी । जातिय सवाल परालको कुन्यू जस्तो हो ।कथाकदाचित आगो लागेमा ध्वस्त हुने सम्भावना अधिक हुन्छ । त्यसैले हामी सबै आगैआगो भए पानी को बन्ने ? अन्याय सहनु पनि पाप हो भनिन्छ भने अब यो पाप कति सम्म गरि रहने ? लिम्बूहरुको संख्यात्मक आधारमा नेपालको राजनैतिक वृत्तमा भएको उपस्थिती निरासाजनक खासै छैन । तर त्यो उपस्थिती स्थायी भने होइन । यद्यपी अब नयाँ ढङ्गले पनि सोच्न सक्ने अवस्था चाहि छ । हामीले बिर्षनै नहूने कुरा के पनि हो भने - विभिन्न अवसरहरु जस्तै निजामति, सेना, प्रहरीमा समानुपातिक अवसर अनिवार्य हुनु पर्दछ ।

७. लिम्वूवान स्वायत राज्य पुनस्थापना हुन्छ भन्ने कुरामा तपाई कतिको आशवादी हुनुहुन्छ ?
गर्भ बसि सकेपछि सवल बच्चाको जन्म हुनु राम्रो मानिन्छ । भविश्यको कुरा गर्दा ठ्याक्कै नहून सक्छ तर मलाई लाग्दछ स्वायत्त राज्यको कुरा ९ महिनाको गर्भ हो । अहिले सरकारको असक्षमताको बारे पनि बहस चल्न शुरु भएको छ । धेरै नेताहरु गुण्डागर्दि पृष्ठभूमिबाट आएका छन । उनीहरु बौद्धिक रुपमा अत्यन्तै दर्रि्र छन् । यिनै नेताहरुको सरकारबाट ठूलो आस गर्न सकिन्दैन । यो वेला देशको कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका बीचको हुनु पर्ने सन्तुलन राम्रो संग भईरहेको छैन । यद्यपी सरकार ढलेन भने स्वायत्त राज्यको माग सकारात्मक जान सक्छ । सरकारले पनि संघीय राज्यको लागि प्रतिबद्धता स्वरुप संसदबाट घोषणा गरि सकेको छ ।

८. इतिहासले र विभिन्न प्रमाणहरुले लिम्वूवानको अस्तित्व अझै पनि खारेजी नभएको देखिन्छ तर नेपाल सरकारले भने लिम्वूवानको मागले देश विखण्डनमा धकेलिएको भनेर हाम्रो मागलाई टार्ने गर्छ यस बारे तपाईको धारणा ?
आफू कमजोर भएपछि आफ्नै छाँया संग तर्सने अवस्था आउछ । सरकार आज त्यस्तै कमजोर छ त्यसैले उ तर्सेको मात्र हो । साच्चै भन्ने हो भने देशलाई विखण्डनबाट जोगाउन स्वायत्त राज्य माग गर्नेहरु लागि परेका छन् । राज्य हिजो र आज पनि देश विखण्डन गर्न लागि परेको छ । विरामको पीडा त रोगीलाई थाह हुन्छ नी । नेपाल एकिकरणको कुरा गर्ने हो भने त्यसबेला कतिपय राज्य संन्धि र सम्झौतामा गाभिएका छन् । त्यसबखत कतिपय विशेष अधिकारहरु तिनै राज्यमा निहित रहने संम्झौता थियो । शक्तिको आडमा सम्झौता बिषिर्एर धोका दिनु महागल्ति थियो भने अहिले आएर अधिकारको कुरा उठाउनु स्वभाविक हो । सरकारले के बुझ्नु पर्दछ भने नेपाली समाज परिवर्तन भएको छ र देश विखण्डनबाट जोगाउने एउटै मात्र उत्तम उपाय स्वायत्त राज्य प्रदान गर्नु हो । स्वायत्त राज्यको मागलाई फेरीपनि टार्ने कोसिस गर्नु भनेको पराजित मानसिकता हो ।

९. लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि लिम्वूवान पार्टी सक्रिय भएको पाईएको छ अव यी पार्टी र लिम्वूहरुले लिम्वूवानको लागि कस्तो भूमिका निभाउनु पर्छ होला जस्तो लाग्छ ?
सैद्धान्तिक रुपमा हेर्नेहो भने पनि धेरै पानी अटाउन धेरै भाडा चाहिन्छ । ख्याल गर्नुपर्ने कुरा के हो भने प्रत्येक भाडा भित्र पानी नै हुनु पर्यो र कुनै भाडाको पानी दुगर्न्धित हुनु भएन । धेरै पार्टी बन्नु स्वभाविक हो । चुरो कुरो के हो भने बिहान दिउसो मेलापर्म जतासुकै गए पनि बेलुकी त घरै आउनु पर्छ । त्यसैले सबै पार्टी आ-आफ्नो कार्यक्रम लगे पनि स्वायत्त राज्यको माग चाहि निर्विवाद हुनु पर्दछ । धेरै हाम्रा पार्टी बीच खिचातानि पनि देखिएको छ । जसले गर्दा देशबाहिर रहेकाहरु सहयोग गर्न तयार छन तर कुन पक्षलाई गर्ने भन्ने बिषयले गर्दा अलमलमा परेका छन् । यसवेला हाम्रा पार्टीले निश्चित समयको लागि मात्र भए पनि सामुहिक मोर्चा बनाउन अति आवश्यक छ । अन्यथा लङ्गडो नै लङ्गडोको जमात जस्तो मात्र हुनेछ ।

१०. लिम्वूवानको विषयलाई हामी जस्ता लिम्वू लेखकहरुले साहित्यमा उतार्नु पर्छ जस्तो लाग्दैन ?
यो महत्वपूर्ण कुरा हो । अहिले जे जे सम्म सकिन्छ त्यो सबै गर्नु पर्ने समय हो । साहित्य र संगीत आन्दोलनको निम्ति अन्यन्तै ठूलो उर्जा हो । यसलाई हामीले आफ्नो स्वायत्त राज्य स्थापनाको लागि प्रयोग गर्नु पर्दछ । आजको यो स्वायत्त राज्यको रोपाइमा ककस्ले कति योगदान दिए त्यसको लागत कलमको माध्यायमले पनि राख्दै जानु पर्छ ।

११. तपाईको नया योजना केहि छ कि ?
सधै केही न केही नयाँनया काम गरुं लाग्छ । ब्यक्तिगत र सामुहिक धेरै योजनाहरु छन् । पहिलो प्राथमिकता भन्नु पर्यो, पढ्नको लागि अहिले अलि बढि समय छुट्टाएको छु । दोस्रो कुरो अनलाईन नेपाली साहित्य मंच मार्फ कविता र गजलको प्रतियोगिता तुरुन्तै गर्ने योजना छ । साथिहरु संग विचार विमर्श चलि रहेको छ । पुरस्कार चाहि नगद र प्रमाण-पत्र रहने छ । तेस्रो कुरा नेपालमा अहिले नयाँ संविधान बनाउनको लागि छलफल र बहस चलि रहेको छ संविधान सभाकै लागि चुनाव गर्ने तयारी भइरहेको छ । अझ संमग्रमा भन्ने हो भने देशको राजनीति नै नयाँ संविधान, राम्रो सविधान बनाउन उन्मुख छ । यहि प्रसंगलाई ख्याल राख्दै नेपालको नयाँ संविधानको प्रतियोगिता नै पो गराउने हो की भनेर गृहकार्य हुदैछ । त्यसमा कानुनका विद्यार्थीहरु तथा इच्छुकहरुको सहभागिता रहने छ । जसले गर्दा भोलि संविधान निर्माताहरुलाई सानो एउटै मात्र कुरामा सहयोग पुग्न सकेमा मात्र पनि ठूलो उपलब्धि मान्नु पर्दछ । यो योजना निक्कै ठूलो बजेटको रहने छ र प्रतियोगिताबाट घोषित हुने प्रथम संविधान निर्माताले ठूलो रकमको पुरस्कार साथै सहभागी प्रत्येकको मेहनत अर्थात सविधान बनाउनु भनेको एउटा अत्यन्तै जटिल विषयको पुस्तक बनाउनु हो । त्यसैले प्रत्येक सहभागीले खर्च बापत केही रकम प्राप्त गर्नेछन् । चौथो परदेशिएका नेपालीहरुको डायस्पोरिक साहित्यको बारेमा अध्यायन गरि रहेको छु । हेरौ मन र विचार त धेरैधेरै छ गर्न चाहि कति सम्म सकिन्छ ।

१२. लिम्वूवान व्लगस्पोट मार्फत सम्पूर्ण लिम्वूहरुलाई केहि शन्देस दिन चाहानु हुन्छ कि ?
र्सवप्रथम मेरा केही कुराहरु राख्न पाएकोमा लिम्वूवान व्लगस्पोट परिवारलाइ धन्यवाद । एक नागरिकको हैसियतले बोल्दा ठाडै हुन गई अशोभनिय पो भयो की ? गल्तिहरुमा माफ पाँउ । आफ्नो घर, परिवार र समुदाय जस्तो अरु केही हुनै सक्दैन । समय आउछ पर्खन्दैन । हामीहामी सबै ब्यूझिउ र अरुलाई पनि ब्यूझाऔ । आपसी हितका विषयमा विचारहरु आदान प्रदान गरौ । प्रतिक्रिया, सल्लाह सुझाव दिनुहुन अनुरोध गर्दछु । त्यसको लागि मेरो ठेगाना हो biswas@post.com

जय प्रवास

माचुपिचु र फक्ताङ्लुङ् यात्रा


टंक वनेम

पाब्लो नेरुदा जङ्गलको गीत सुन्थे
माचुपिचुमा घाम तापेर
अध्यारो बिरुद्ध
अज्यालोको अक्षर घोट्थे
माचुपिचुका टाकुरा झैं
अग्लि रहने अक्षरहरुले
इतिहास भत्काउनेहरुको
छाती घोचिन्थ्यो ।

जङ्गलको गीतमा
कस्तो मूर्च्छना हुन्थ्यो कोनि ?
जङ्गलको सङ्गतिमा
कस्तो थियो संबेदनाको प्रवाह
जङगलको एकान्त
के अजय शक्तिको श्रोत हो ?
माचुपिचु र घनघोर जङ्गलले
नेरुदाको आस्था
अग्लि रहन्थ्यो
उकालै उकालो ।

शायद
खोलाको कलरवमा
क्रान्ति हुन्छ क्यारे
जङगलको लहरामा
आस्था झुण्डिएको हुनु पर्छ
रत
झुण्डिन्थ्यो नेरुदाको मन
लहरा संग
र त बग्थ्यो
नेरुदाको आँसु
खोला संग ।

वर्षाको झरीमा
निथ्रुक्क भिज्थ्यो
नेरुदाको हृदय
नथाकेर उक्लिन्थ्यो
माचुपिचुको उकाली
माचुपिचु र
लिम्बूहरुले गर्ने
फक्ताङ्लुङ् यात्रामा
भिन्नता छैन भने
मुन्धुम् फलाक्दै
फक्ताङ्लुङ् यात्रा गर्न
ढिलो भएन र ?
आदाङ्बासे !

सबैको साझा लाहुरेको धनकुटालाई कोसेली

राजेश राई,
धनकुटामा मात्र सय भन्दा बढी ब्रिटीस लाहुरेहरु छन्। ती लाहुरेहरुले प्रत्येक पल्ट घर आउदा आफ्नो परिवार,नातागोतालागि केही न केही कोशेली लिएर आउछन्।

दाया वि.एफ.वि.एस.रेडियो सन्चालक मेजर किशोर गुरुङ्ग र वाया साहित्यकार इश्वर वल्लभका साथ निबन्धकार विश्वासदीप तिगेला
गाउँमा लाहुरे आएपछि गाउलेहरु पनि केही न केही पाइन्छ भनेर आश गर्छन्। लाहुरेले पनि केही न केही त बाँड्छन्। ती लाहुरेहरु मध्येका फरक कोसेली लिएर आउने लाहुरे हुन्। धनकुटा हात्तीखर्कका विश्वास दिप तिगेला। उनी हरेक पल्ट छुट्टीमा आउदा नयाँ चिज लिएर आउछन् र उनीबाट अन्य लाहुरे भन्दा फरक आशा गर्छन्। उनले सृजनशील र बौद्धिक कोसेली लिएर आउछन्। सबै उनको कोसेलीबाट दंग पर्छन् र भन्छन् लाहुरे त यस्तो पो। उनले पहिलो छुट्टीमा आउदा

निबन्धकार विश्वासदीप तिगेलाका दुइ कृतिहरु गृह युध्दको पीडा र परदेशीका कोशेली कविताहरु
पहिलो कोसेली ‘परदेशीका कोशेली कविताहरु’ नामक कविता संग्रह छोडेर गए। त्यसपछि एक वर्षछि आउदा ‘अभियान’ नामक महत्वपूर्ण राजनैतिक शब्दावलिको संगालो पुस्तक छोडे। त्यसपछि चार बर्षमा आउदा बेलायतबाट शान्ति सेना भएर शसस्त्र युद्ध चलिरहेको विभिन्न मुलुक जाँदाको नियात्रा ‘गृह युद्धको पीडा ‘ नियात्रा संग्रह कोशेली लिएर आए। युद्ध सहित्यमा नयाँ इतिहास त रच्यो नै यसले त्यो भन्दा बढी शसस्त्र युद्ध झेलिरहेका नेपालीहरुको लागि पढ्न योग्य पुस्तक नै भयो। फेरि ६ महिनापछि छुट्टीमा आउँदा नेपाली सहित्यिक वेबसाइट साहित्य डट कम नामक वेबसाइट खोलेर कोसेली बाँडे। यो साइड स्वादेश तथा विदेशमा रहेका नयाँ तथा पुराना

निबन्धकार विश्वासदीप तिगेलाको कृतिहरु गृह युध्दको पीडा विमोचन समारोहमा डा.गोविन्दराज भट्टराइ र अन्य पाहुनाहरु
सर्जकहरुको बीचमा लोकप्रिय बनेको छ। प्रत्येक दिन हजारभन्दा बढीले यो र्साईड हेर्ने गरेको उनी बताउछन्। फेरि तीन महिनापछि नै आउदा सिक्किम बसेर नेपाली सहित्यमा योगदान दिने पद्म सिह सुब्बाको वृत्तचित्र निर्माण गरे। फेरि दुई वर्षपछि आउदा भर्खर मात्र उनले ‘ देश बोक्नुको पीडा ‘ नियात्रा संग्रह काशेली लिएर आए। शसस्त्र गृह युद्ध चलिरहेको बिभिन्न देशहरु र अन्य २४ मुलुक भ्रमण गरेको नियात्रा सग्रह नियात्राको इतिहासमा अर्को इतिहास नै थपिएको छ। त्यो भन्दा बढी त उनले यस चोटी आउदा धनकुटाको लागि त गतिलो कोसेली छोडेर गए। उनको सक्रियता र पहलमा बेलायतमा आर्थिक संकलन गरी “धनकुटा प्रतिभा सम्मान कोष” स्थापना गरेर गए। धनकुटामा जन्मेर वा धनकुटालाई कर्म थलो बनाएर नेपाली सहित्य, कला र संगीत क्षेत्रमा योगदान दिनेहरुलाई हरेक बर्ष पुरस्कार तथा सम्मान गर्नका लागि, यो कोष स्थापना गरेका हुन्। एक दर्जन जति वेबसाइड र ‘प्रवासी
निबन्धकार विश्वासदीप तिगेला गृह युध्दको पीडा विमोचन समारोहमा मन्तव्य प्रकट गर्दै र अन्य पाहुनाहरु चियापानमा
बेदनाका आवाजहरु’ सञ्चालन र सम्पादन गरिरहेका छन्। यसका साथै राम्रा साहित्य लेखेर पनि आर्थिक बध्यताको कारणले प्रकाशन गर्न नसकेका सर्जकहरुको पुस्तक प्रकाशन गरी दिएर सहयोग गर्ने यी लाहुरेलाई धनकुटेलीहरु भन्छन् - यी लाहुरे हामी सबैको साझा लाहुरे हुन् उनी हामी सबैको लागि कमाउंछन्।

Dec 22, 2007

सहिष्णुताको माला गाँस्ने चाड उभौली

डीबी आङबुङ
उभौली चाड नेपालका आदिवासी/ जनजातिहरू मध्ये किरात लिम्बू, राई, याक्खा र सुनुवारले मनाउने विशेष पर्व हो । यो चाड प्रत्येक वर्ष वैशाख पूणिर्माको दिन पर्छ । यस चाडलाई समग्रमा उँभौली भनिए पनि प्रत्येक जातिले आ-आफ्नै तरिकाले सम्बोधन गर्छन् । लिम्बू जातिले 'याक्वा' राईहरूले 'साकेला उँभौली, सुनुवार -कोञीच/ कोइँच) हरूले 'सालिवाजत्ना' वा 'मूली ष्याँदर' र याक्खाहरूले 'तेन्ताम्मा' नामले यस उँभौली चाडलाई पुकार्छन् । किरातहरूले वर्षरिको समय अवधिलाई विशेषतः उँभौली र उँधौली गरी दुइ भागमा विभाजन गर्छन् । यसमा उँभौली चाड वैशाख पूणिर्मामा पर्छ र उँधौली चाड मङ्सिर पूणिर्मामा । उँभौलीको अर्थ उँभो जाने याम हो भने उँधौली उँधो जाने यामको रूपमा मानिन्छ । किरातहरू उँभौलीको समयमा गर्मीयाम सुरु भई सम्पूर्ण चराचुरुङ्गी, पशुपन्छी, माछा र कीरा-फट्याङ्ग्राहरू उँभो लेकतिर जाने विश्वास गर्छन् । यो उँभौली याम आरु फुलेको समयबाट प्रारम्भ हुने विश्वास छ । यही याममा नयाँ बीउबिजन छरपोख गर्दा नयाँ पलाएका पालुवासँगै छरिएका बीउहरू पनि वातावरण अनुकूल भई सप्रिँदै जाने विश्वास गरिन्छ । आफूलाई 'किरात' भन्ने लिम्बू, राई, याक्खा, र सुनुवार आदि जातिहरूले यो उँभौली चाडमा भूमिपूजा र पुखाको सम्झना गर्छन् । यसक्रममा लिम्बूहरूले परा पूर्वकालदेखि गरिआएको कुनै उच्च डाँडापाखामा भेला भई विशेष पूजाआजा गर्छन् । यसरी गरिने अनुष्ठानमा भूमि, हावा, पानी, आगो र जीव तथा वनस्पतिको पूजा गर्ने गरिन्छ । यसका साथै लिम्बूहरूले आङ्खनो इष्टदेव तागेरा निङ्वाभुमाङ तथा युमा र थेबा साम्माङको पूजा गर्छन् । त्यसैगरी मानवजातिलाई अन्नको पहिचान गर्न र खेती गर्न सिकाउने पूर्खाहरू खाम्जिरी खाम्बोङ्बा, मुर्गुइ थल्लङ्हाङ, याभुङ्ग्रेक याभुङ्ग्रेक्मा, मादेनहाङ लुङ्गुमहाङ, नुगोहाङ र हायुहाङको पूजाअर्चना गर्छन् । यसरी नै लिम्बूहरूले पुज्ने अन्य देवीदेवताहरूमा मिसेक्पा -आगोको देवता) ताम्भुङ्ना -वनको देवता), तक्सङ्बा -लेकको देवता) मुदेनहाङ्मा -उत्तरको देवता), तेन्छामा -दक्षिणको देवता), खञ्जमा -उत्तर-दक्षिण डुलिहिड्ने देवता) वजमा -गुरु देवता) र वरक्मा -पानीको देवता) को पनि पूजाअर्चना गर्छन् । यो याक्वा चाडको अवसरमा गरिने पूजा आ-आङ्खनै घरमा एकल र गाउँवासी सबै मिलेर कुनै डाँडापाखामा सामूहिक रूपमा पनि गरिन्छ । यो अनुष्ठान गर्दा लिम्बूहरूको फेदाङ्मा -देवारी) ले सृष्टिको वर्णन मानवजातिले खेतीपाती गर्न सुरु गरेको मुन्धुम वाचन गर्ने गर्छन् । यस अवसरमा लिम्बूहरूले धान खेतीसँग सम्बद्ध नृत्य धाननाच र घर निर्माणसँग सम्बद्ध नृत्य च्याबु्रङ नाच नाच्ने गर्छन् । त्यस्तै खडेरी र वर्षासँग सम्बद्ध खेल छेलो पनि हान्ने गरिन्छ । किरात र्राईहरूले साकेला उँभौली मनाउँदा आफू बसोबास गरेको ठाउँ अनुसार परम्परागत भेषमा नाक्छोङ वा होमेहरूद्वारा चुला पुजेर मुन्धुम अनुसार पूजाअर्चना गर्ने गर्छन् । राईहरू वैशाख पूणिर्माको दिनदेखि साकेला नृत्य ढोल, झ्याम्टा, सिर्लिङ, मिरिमा आदि लिई हर्षोल्लाससाथ सबै उमेरका मानिसहरू एकसाथ वृत्ताकारमा गीत गाउँदै नाच्ने गर्छन् । उक्त साकेला नृत्यको थालनी नाक्छोङद्वारा कटुसको स्याउला गाडी गरिन्छ भने विभिन्न नृत्यका भावहरू सिलिमाङ्पा तथा सिलिमाङ्माको निर्देशनअनुसार वृत्ताकारमा ढोल-झ्याम्टाको तालमा प्रस्तुत गरिन्छ । किरात राईहरूले सुम्निमा र पारुहाङलाई आङ्खना आराध्य आदिपूर्खा तथा धरती र आकाशको प्रतीकका रूपमा पनि मान्छन् । त्यसैले साकेला थानमा स्थापना गरिएका एकजोडी शिलाहरू -सेतो र कालो) लाई सुम्निमा र पारुहाङको प्रतिरूप मानिन्छ । यस चाडमा नाचिने सिलीहरू मानव जीवनको विभिन्न पक्ष तथा प्रकृति र पशुपन्छीसँगको सम्बन्धलाई प्रतिविम्बित गर्ने खालका ठाउँ र थर हेरी धेरै प्रकारका हुन्छन् । यो चाडमा विशेषतः पूर्खाले खोरिया फाडेको, खनजोत गरेको, बीउबिजन छरपोख गरेको तथा प्रकृति र पूर्खालाई मानसम्मान गरेका सङ्केतहरू अनुकरण गरेको पाइन्छ ।किरात सुनुवारहरूले यो उँभौली पूजालाई 'मूली ष्याँदर' वा 'सालिवा' भनेर मान्छन् । सुनुवार जातिको सबैभन्दा ठूलो चाड नै यो उँभौली 'मूली ष्याँदर' हो । सुनुवार संस्कृतिअनुसार जन्ममूली, रत्नमूली, दुमामूली -सृष्टिकर्ता, पालनकर्ता, संहारकर्ता) देखि लिएर जून, घाम, तारा, आकाश, पाताल, हावा, पानीजस्ता प्रकृति पूजादेखि संसारका सबै देवीदेवताको पूजा गरिन्छ । यो पूजा मूलतः कृषि बालीनाली सप्रियोस् र पशुपन्छी पालन राम्रो होस् भनेर गरिन्छ । अन्नबाली सप्रियोस् भन्नका लागि 'सुरोम' पानी समयमै परोस् भन्नका लागि 'सिमेभूमे' रोगव्याधिबाट बच्नका लागि 'संसारी माई' पशुपालन सप्रोस् भन्नका लागि 'सिदाबाजे' र शान्तिका लागि 'गोसाडे' को पूजा गर्ने गरिन्छ । यही अवसरमा सुनुवारहरूले पनि आङ्खनो मौलिक पोसाक र बाजागाजासाथ रोचक नृत्य गर्ने गर्छन् । विशेषगरी नेपालको पूर्वी भाग संखुवासभामा बसोबास गर्ने किरात याक्खाहरूले पनि यो उँभौली चाडलाई उत्तिकै महत्त्वसाथ मान्छन् । याक्खाहरू यस चाडलाई 'तेन्ताम्मा' भनी सम्बोधन गर्छन् । यो तेन्ताम्मा पूजा सम्पूर्ण गाउँवासी मिली एकसाथ गर्ने गर्छन् । यो पूजालाई भूमिपूजा पनि भन्ने चलन छ । यसमा विशेषतः आ-आफ्नो पूर्खाले पहिलोपल्ट टेकेको भूमि र उनीहरूले पहिलोपल्ट पिएको पानीको मूल -मूलपानी) को पूजा गरिन्छ । याक्खाहरूले पनि यो उँभौली चाडमा मौलिक बाजा च्याब्रुङ र झ्याम्टासाथ आङ्खनै पोसाकमा सजिएर महिला-पुरुष एकसाथ च्याबु्रङ र धाननाच नाच्ने गर्छन् । आदिवासी/जनजाति लिम्बू, राई, याक्खा र सुनुवारहरूको मात्र नभएर अन्य जनजातिहरूको चाड पनि यही याममा पर्छ । यही याममा धिमालहरू 'सिरिजात' पर्व भूमिपूजाको रूपमा मनाउँछन् । यसरी नै थारुहरूको 'सिरुवा पावैन' गुरुङहरूको 'तोते', तामाङहरूको 'छेचु' शेर्पाहरूको 'दुम्जी' तथा 'न्युग्ने' र मगरहरूको 'घाटुनृत्य' नाच्ने समय पनि यही याममा पर्छ । हिन्दू तथा बौद्धमार्गीले मान्ने पर्व चण्डीपूणिर्मा पनि यही वैशाख पूर्णिमा मै पर्नुले यो चाड नेपालीलाई धार्मिक र सांस्कृतिक सहिष्णुताको मालामा गाँस्ने पर्वको रूपमा विकास हुनसके हामीले चाहेको स्थायी शान्ति र दिगो विकास हुनुमा सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।

शोभा खजुम

तस्विरहरुअन्तरवार्ता हेर्न क्लिक गर्नुहोस् ।
प्रथम लिम्वू उपन्यासमा आधारीत कथानक चलचित्र थत्थामाको निर्मात्री तथा
नायिका शोभा खजुम चलचित्र थत्थामाको प्रदर्शनको लागि हंगकंगमा आउनु भएको
वेला लिम्वूवान व्लगस्पोट संग गरीएको छोटो कुराकानी भिडियोमा हेर्नुहोस् ।

झापा, मोरङ तथा सुनसरी जिल्ला लिम्बूवानको अभिन्न अंग हो

वीर नेम्बाङ
२० डिसेम्बर १९८६ देखि लिम्बूवान मुक्ति मोर्चाले पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर तथा इलाम जिल्लालाई लिम्बूवान स्वायत्तता प्रदान गरिनुपर्छ भनी माग गर्दै आएको सर्वविदितै छ । अपितु सन् १९९० मा नेपाल राष्ट्रिय जनजाति पार्टीले इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम तथा धनकुटा जिल्लामात्र लिम्बूवान भूमि हो र सुनसरी, मोरङ तथा झापा जिल्लाचाहिँ कोचिला भूमि हो, त्यसैले उपर्युक्त जिल्लालाई कोचिला जातीय प्रान्त प्रदान गर्नुपर्छ भनी माग गरेको थियो । किन्तु सन् १९९१ मा नेपाल राष्ट्रिय जानजाति पार्टी र नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा एकीकरण भई राष्ट्रिय जनमुक्ति पार्टी बनेपछि उक्त माग अलपत्र परेको थियो । ताथापि सन् २००४ मा नेपाल कम्युनिष्ट पार्टी -माओवादी) ले कोचिला जातीय स्वायत्तता र सन् २००५ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कोचिला जातीय प्रान्तको माग गरेर नेपाल राष्ट्रिय जनजाति पार्टीको बिँडो थाम्न खोजेका छन् । जबकि लिम्बूवानका राजा सेनिहाङ लिम्बूको राजत्वकाल अर्थात सन् १६४० मा लिम्बूवानको भौगोलिक सीमा पूर्वमा ब्रम्हपुत्र नदी, पश्चिममा त्रिशुली नदी, उत्तरमा तिब्बत र दक्षिणमा गंगा नदीसम्म फैलिएको थियो । परन्तु २ डिसेम्बर १८१५ को सुगौलीको सन्धिमा लिम्बूवानको भौगोलिक सीमा पूर्वमा मेची नदी, पश्चिम अरुण नदीरसप्तकोशी नदी, उत्तरमा साविक र दक्षिणमा गलगलियारजोगबनीमा खुम्चियो । इतिहासतः वर्तमान झापा, मोरङ तथा सुनसरी जिल्ला तत्कालीन लिम्बूवान राज्यका सत्र थुममध्ये मोरङ थुम अन्तर्गत पर्दत्थ्यो । दृष्टान्ततः सन् १३६४ मा साङलाइङ लिम्बू मोरङ थुमका राजा भए । तिनताका मोरङ थुमका अधिकाँश जनता हिन्दू धर्मानुयायी थिए । यही कारण राजा साङलाइङ लिम्बू हिन्दू धर्ममा दीक्षित भए र लिम्बू नाम छाडी हिन्दू नाम धारण गरे । अर्थात पुङलाइङ लिम्बूबाट अमर राय भए । सन् १५८४ मा राय नामधरी लिम्बूवानका राजाहरुको छैठौं पस्ताका राजा विजयनारायण रायले विजयपुर नगर स्थापना गरेका थिए । जुन नगर कलान्तरमा मोरङ थुमको राजधानीको रुपमा प्रतिस्थापित भयो । राजा विजयनारायण रायले आफ्ना प्रधानमन्त्री सिंह राय -लिम्बू) लाई मृत्युदण्ड दिए । यसरी आफ्ना बाबुलाई मृत्युदण्ड दिएकोमा विजयनारायण रायसित प्रतिशोध साँध्न सिंह रायका छोरा बाजु रायले मकवानपुरका राजा लोहाङ सेनलाई गुहारे । फलतः सन् १६०८ मा लोहाङ सेनले मोरङ थुममाथि आक्रमण गरे र विजयनारायण रायलाई बेपत्ता पारे अनि लोहाङ सेनले आफूलाई मोरङ थुमका राजा घोषित गर्नुका साथै बाजु रायलाई मोरङ थुमका प्रधानमन्त्री नियुक्त गरे । त्यसैगरी सन् १७६९ मा बाजु रायका वंशज प्रधानमन्त्री बुद्घकिर्ण रायले लोहाङसेनका वंशज कामदत्त सेनको हत्या गराइ आफुलाई मोरङ थुमका राजा घोषित गरे । किन्तु ६ अगष्ट, १७७४ मा नेपालका राजा पृथ्वीनारायण शाह र लिम्बूवानका राजाहरु सुन लिम्बू, कुम लिम्बू एवम् जंग लिम्बूबीच आपसी सम्झौता भयो । उक्त सम्झौतालाई मोरङ थुमका राजा बद्घकिर्ण रायले विरोध गरे । यही कारण सन् १७७४ मा नेपाली सेनाद्वारा तिनको अपहरण पछि हत्या भयो र सिङ्गो लिम्बूवानसंगै मोरङ पनि नेपालमा अन्तर्मुक्त भयो । कुनै समय 'कोच' जाति वर्तमान आसम राज्यको कामरुप तथा ग्वालपाडा जिल्लाका बासिन्दा थिए र तिनताका त्यही भू-भागलाई कोच राज्य मानिन्थ्यो । सन् १४८५ मा कोच राजा हाजोका नाति विशुले कोच राज्यलाई वर्तमान पश्चिम बंगाल राज्यको उत्तर बंगाल अर्थात् कुचबिहार, जलपाईगुडी, मालदा तथा पश्चिम दिनाजपुर जिल्लासम्म बिस्तार गरे । साथै उनले कोच राज्यको राजधानी ग्वालपाडाबाट कुचबिहारमा सारे । अपितु राजा विशु आफ्नो परम्परागत धर्म र मातृभाषालाई असभ्य र हिन्दू धर्म र बंगला भाषालाई सभ्य ठान्दथे । अन्ततः उनले हिन्दू धर्म र बंगला भाषा अपनाई छाडे । ब्राम्हण पुरोहितहरुले विशुलाई विश्वसिंह नामकरण गर्नुका साथै राजपूतको उपाधि प्रदान गरे । तदुप्रान्त कोच जाति राजपूत अर्थात् राजवंशी र कोच राज्य कामतापुरी राज्यमा परिवर्तित भयो । किन्तु सन् १५७६ मा कामतापुरी राज्यका राजा विश्वसिंहका नाति लक्ष्मीनारायण सिंह र विश्वसिंहका भाई तथा सेनापति शिवसिंहका नाति अमिर राय दुवैले आफूहर राजगद्दीको उत्तराधिकारी भएको दाबी गरे फलतः कामतापुरी राज्य ग्वालपाडा र कुचबिहारमा विभाजित हुन पुग्यो । अन्ततः सन् १८२८ मा राजवंशी राजालाई रजौटाको उपाधि प्रदान गर्ने शर्तमा कामतापुरी राज्यको अवशेषको रुपमा रहेको कुचबिहार राज्य पनि ब्रिटिश उपनिवेशमा अन्तर्मुक्त भयो ।
जहाँसम्म राजवंशीको लिम्बूवान आगमनको प्रश्न छ, सन् १५५५ मा बंगलाका बादशाह सुलेमान र सन् १५९७ मा दिल्लीका बादशाह अकबरले कामतापुरी राज्यमाथि आक्रमण गरे र तिनले बलात् राजवंशीहरुलाई इस्लाम धर्म ग्रहण गर्न लगाई र मुसलमान बनाउन थाले । त्यही कारण तिनताका आफ्नो धार्मिक परम्परा र जातीय अस्मिता जोगाउनका लागि हजारौं राजवंशीहरुले छिमेकी राज्य लिम्बूवानको मोरङ थुममा आश्रय लिएका थिए । तीमध्ये कति आफ्नै मातृभूमिमा फर्के, कति यतै रहे । जो कामतापुरीमा फर्केनन् र लिम्बूवानमै रहे, ती राजवंशीले लिम्बूवानलाई आफ्नो कर्मभूमि बनाउन र आफूलाई लिम्बूवानवासी कहलाउन कुनै कसर बाँकी राखेनन् । फलतः लिम्बूवानमा धिमाल, ताजपुरिया, मेच -बोडो), गनगाई, थारु, सतार, -सन्थाल), उराव, मुण्डा, किसान आदि जातिसरह राजवंशी जातिले पनि मालभूमिको भू-स्वामित्व र जिम्दारी, पटवारी, गोदापदको प्रशासकीय अधिकार प्राप्त गर्न सफल भए । उता पश्चिम बंगालका राजवंशीहरुचाहिँ आदिम जातिभएर पनि हिन्दू धर्मानुयायी, बंगाला भाषी र राजपूत घराना भएका कारण उनीहरु राज्य भाषा र आदिवासीजस्ता संविधान प्रदत्त अधिकार तथा सुविधा प्राप्त गर्न अयोग्य ठहरिए । यही कारण राजवंशी जातिले पश्चिम बंगाल राज्यमा आफूलाई असुरक्षित महसुस गर्न थाले र अन्ततः आफ्नो जातिको सुरक्षाका लागि 'होमल्यण्ड' को परिकल्पना गर्न पुगे । यसै सर्न्दर्भमा सन् १९८६ मा जयपुरकी महारानी गायत्री देवीको संयोजकत्वमा कोच-राजवंशी इन्टरनेशनल र चिला राय ट्रष्ट स्थापना भएको थियो । यसैक्रममा हाल पश्चिम बंगालका जीवन सिंहको नेतृत्वमा कामतापुरी लिबरेशन अर्गनाइजेशन -केएलओ), स्वधीन कामतापुरी राष्ट्र र अतुल रायको नेतृत्वमा कामतापुरी पिपुल्स पार्टी -केपीपी) छुट्टै राज्य कामतापुरी प्राप्तिको निम्ति आनदोलनरत छन् ।यद्यपि पश्चिम बंगालका राजवंशीहरुले झैं लिम्बूवानका राजवंशीहरुले कहिल्यै स्वधीन कामतापुरी राष्ट्र र छुट्टै राज्य कामतापुरी माग गरेनन् । बल्कि केही राजनीतिक दलले कोचिला जातीय स्वायत्तता वा कोचिला जातीय प्रान्तको माग गरेका छन् । अपितु ती दलहरुले जुन भू-भागलाई कोचिला भूमि निर्धारण गरेका छन्, ती भू-भागका रैथानेहरु राजवंशीमात्रै होइनन्, ताजपुरिया, थारु, धिमाल, सतार, गनगाई, मेच, किसान, मुण्डा, उराव आदि पनि हुन् । त्यसैले तथाकथित कोचिला जातीय प्रान्त वा जातीय स्वायत्तताले गैर राजवंशीको प्रतिनिधित्व गर्दैन । यदि प्रत्येक रैथानेलाई जातीय स्वायत्तता वा जातीय प्रान्त प्रदान गर्दै जाने हो भने सुनसरी, मोरङ तथा झापा जिल्लामात्र दर्जनौ जातीय प्रान्त वा जातीय स्वायत्तता निर्माण गर्नुपर्ने हुन्छ । के यो व्यावहारिक होला - विचारणीय प्रश्न छ ।
यस सन्दर्भमा हालै सम्पन्न एक अन्तर्क्रिया कार्यक्रमलाई उल्लेख गर्दा असान्दर्भिक नहोला । गत १ सेप्टेम्बर २००७ मा किराँत याक्थुङ चुम्लुङद्वारा दमकमा आयोजित लिम्बूवान सीमाङ्कन विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी राजवंशी समाज विकास समितिका अध्यक्ष नागेन्द्र राजवंशी र ताजपुरिया समाज कल्याण परिषदका अध्यक्ष कुञ्चीविहारी ताजपुरिया लगायतका राजवंशी, ताजपुरिया, गनगाई नेताहरुले झापा, मोरङ तथा सुनसरी जिल्ला लिम्बूवानको अभिन्न अंग हो । त्यसैले उपर्युत्त, भू-भागसहित लिम्बूवान स्वायत्तता गठन गरिनुपर्छ भन्नेमा सहमति जनाएका थिए । यसबाट केही राजनीतिक दलबाहेक अरु रैथाने तथाकथित कोचिला जातीय प्रान्त वा कोचिला जातीय स्वायत्तताको पक्षमा होइन, लिम्बूवान स्वायत्तताको पक्षमा रहेको पुष्टि हुन्छ ।
अन्त्यमा सबैले कुन कुरा बुझन जरुरी छ भने लिम्बूवान मुक्ति मोर्चाले अगाडि सारेको लिम्बूवान स्वायत्रताको अवधारणा जातीयतामा आधारित नभई ऐतिहासिक पृष्ठभूमिमा आधारित छ, र मोर्चाको मान्यता यो छ कि लिम्बूवान स्वायत्तताबाटै प्रत्येक लिम्बूवानवासीको इच्छा आकांक्षा पूर्ण हुनेछ न कि जातीय स्वायत्तता वा जातीय प्रान्तबाट । यर्सथ राजनीतिक दलहरुले कोचिला जातीय प्रान्त वा कोचिला जातीय स्वायत्ततालाई भजाएर राजवंशीहरुलाई आ-आफ्नो 'भोट बैंक' बनाउने कार्य अविलम्ब बन्द गर्न जरुरी छ किनकि लिम्बूवान विभाजन मातृभूमिको परिभाषा बुझने कुनै पनि लिम्बूवानवासीको निम्ति कदाचित स्वीकार हुने छैन । तर्सथ नेपाल कम्युनिष्ट पार्टी -माओवादी) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सुनसरी, मोरङ तथा झापा जिल्लालाई कोचिला जातीय स्वायत्तता वा कोचिला जातीय प्रान्त प्रदान गर्ने आ-आफ्नो मागमाथि पुनर्विचार गर्न जरुरी छ । अन्यथा कथंकदाचित लिम्बूवान विभाजन भएको खण्डमा त्यसको जस-अपजसको भागिदारी बन्न उक्त दुइ दल अहिल्यै तयार हुनुपर्नेछ ।
सन्दर्भ सामग्रीः
१. इमानसिंह चेम्जङ, किराँतकालीन विजयपुरको संक्षिप्त इतिहास, सन् १९७४, दार्जीलिङ
२. फ्रान्सिस बुकानन् ह्यामिल्टन, एकाउण्ट अफ नेपाल, सन् १९१९, लण्डन
३. डा. सुनीतिकुमार च्याटर्जी ,किरात जनकृति, १९५१, कलकता
४. सत्यानन्द पाठक, दार्जीलिङ टाइम्स, १-१५ जून्, १९८६, सिलिगुडी
लेखक - लिम्बूवान मुक्ति मोर्चाका अध्यक्ष हुनुहुन्छ ।

Dec 20, 2007

परदेशमा रहेका भाबुक स्रष्टा टंक सम्बाहाम्फे

मान्छे जब आफ्नो घर, आँगन अनि देशबाट टाढा पुग्दछ तब उसलाई आफ्नो
टंक सम्वाहाम्फेव्दारा सृजित आधुनिक गीतिसंग्रह मनोभाव र कवितासंग्रह युध्द भित्र उभिएका वुध्दहरु
ठाउको बढी माया लाग्छ । सम्झनाले आफ्नोपन खोज्छ । विछोडिएको अवस्थामा मनमा कुरा खेल्छ । कसैले त्यसलाई शब्दमा उतार्छन् त कसैले अन्य तरिकाले व्यक्त गर्लान् । परदेशमा
टंक सम्वाहाम्फे चौविसे सेवा समाजव्दारा सम्मान ग्रहण गर्दै र पूर्व हंगकंगका महावाणिज्यदूत माधव घिमीरेसंग
रहेका भाबुक स्रष्टा टंक सम्बाहाम्फे चाहि गीत र कवितामा विछोडको व्यथा ओकल्छन् । टंक धनकुटा कुरुले तेनुपाबाट १० वर्षअघि हङकङमा जागिरे जीवन बिताउदै छन् । देश सम्झिएर उनी बेला-बेला दुःखी हुन्छन् । त्यहाँका आइडीवाला उनी परिवारसंग उतै बस्छन् । २० वर्ष हुदा ०४४ सालबाट गीत तथा कविता लेख्ने टंक हङकङ पसेपछि यस क्षेत्रमा झन् ऊर्जा थपियो । यति बेला देखि उनले आफूलाई खासगरी गीत कविता लेखनमा लगाएका छन् । अधिकांश गीत त नेपाल सम्झेरै लेखेको छु र त्यसरी नै लेख्दै जान्छु ।’ उनीद्वारा लिखित गीतहरुको
टंक सम्वाहाम्फे वैरागी काइला इश्वर वल्लभ र वुलु मुकारुङ्ग काठमाडौमा मनोभाव विमोचन कार्यक्रममा
संगालो 'मनोभाव’ सीडीको काठमाडौंमा विमोचन भएको बेला उनले भने । उनको उक्त पहिलो सीडी विमोचन गराउने काम आदिवासी गीतकार समाजले गर्‍यो । जसमा ११ वटा आधुनिक गीत छन् । ग्रामीण जनजीवन, ग्रामीण पीडा, देशको अवस्था र शान्तिको कामना समेत गरिएका गीतमा उनीसग हङकङमै रहेका सङ्गीतकार दिनेश सुब्बाले सङ्गीत भरेका छन् । सुब्बाले चिन, ताइवानतिरको शैलीमा सङ्गीत भरेको देखिन्छ । यो नेपालका लागि फ्युजन कै रुपमा केही नौलो लागे पनि यस्तो शैलीले नेपाली गीतलाई सघाउने टिप्पणी गरेका छन् सङ्गीतकार बुलु मुकारुङले । टंकको गीतमा कविताले जितेको हो कि जस्तो लाग्छ । तर स्वदेशी भाव एवम् जनजीवनलाई राम्ररी
टंक सम्वाहाम्फे संगीतकार दिनेश सुब्बा र हंगकंगमा मनोभाव गीतिसंग्रह विमोचन कार्यक्रममा सरीक हुदै
उतारेर मीठो गीत बनाएका भने छन् । उनका शब्दमा दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, रामकृष्ण ढकाल, राजेशपायल राई यम बराल, सुक्मित गुरुङ, पवित्र सुब्बा, कृष्णभक्त राई, रोशन गुरुङ, उदय सोताङ, अरमाली श्रेष्ठ र हङकङमै बस्दै आएका ज्ञान सुब्बाले स्वर दिएका छन् । उनले हालसम्म ५ सय आधुनिक गीत लेखिसकेका छन् । यसअघि उनले
युध्द भित्र उभिएका वुध्दहरु नामक कविता संग्रह ल्याइसकेका छन् । नेपाली साहित्य प्रतिष्ठान हङकङका संस्थापक उपाध्यक्ष हालका अध्यक्ष साथै, वेभ पत्रिका एचकेनेपाल डटकम’ का सञ्चालक मध्ये एक हुन् उनी । हङकङमा गीत-सङ्गीतको माहौल बढाउनु उनको भूमिका महत्वपूर्ण छ । उनले गीत-सङ्गीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै हङकङस्थित मगर संघ हङकङ,चौविसे सेवा समाज हङकङ र किरात याक्थुङ चुम्लुङ हङकङले तीन वर्ष अघि सम्मान गरेको छ ।
कामनाबाट साभार

खेवा लिम्बू र पंक्षी

राजकुमार दिक्पाल

किरात लिम्बूहरूमध्ये धनकुटा र तेह्रथुम जिल्लाका केही गाविसहरूमा छथरे लिम्बूहरू बसोबास गर्छन् । धनकुटा जिल्लाको हात्तीखर्क, मूर्तिढुङ्गा, अर्खौले जीतपुर, घोर्लिखर्क, तेलिया र ताङ्खुवा गाविस तथा तेह्रथुमको ओख्रे, पोखरी, फाक्चामारामा रहेका छन् । छथरे लिम्बूमा छवटा थर हुन्छन् र उनीहरूलाई खेवा लिम्बू पनि भनिन्छ । छथरे लिम्बूहरूमा तिगेला, तुम्बा, माङ्याक, मादेन, चोङबाङ तथा आङ्लाबाङ (आङ्खेवा) पर्छन् । उनीहरूलाई खेवा भन्नुको अर्थ खे भनेको लिम्बू भाषामा वन हो भने वा को अर्थ कुखुरा वा पक्षी हुन्छ । यी लिम्बूहरूको एउटा विशेषता के हो भने उनीहरू कुनै पनि पक्षीको मासु खाँदैनन् । पक्षी खाएमा आफूहरूलाई त्यसले पिरोल्ने वा अशुभ हुने सांस्कृतिक तथा धार्मिक विश्वास उनीहरूमा छ ।

ताक्लुङ यक
छथरे लिम्बूहरू आफ्नो पितृभूमिको सम्मान गर्दै तेह्रथुमको ओख्रे गाविसमा रहेको ताक्लुङ यक (गढी) लाई उनीहरू आफ्नो इतिहासको विरासत मान्ने गर्छन् । उक्त गढीको ऐतिहासिक पक्ष केलाउने हो भने सो गढी छैटौँ शताब्दीमा लिम्बूवान दस प्रान्तमा विभाजित हुँदा छथरे लिम्बूहरूले खडा गरेका हुन् । इडेन भ्यान्सिर्टार्टको पुस्तक गुर्खाज (१९०६) मा उनले उक्त ठाउँमा ताक्लुङ खजुमहाङ राजाले शासन गरी उनले चिमलिङ्ग गढी वनाएको उल्लेख छ । सोही कुरालाई किराँत विद्वान् इमानसिंह चेम्जोङले आफ्नो पुस्तक हिस्ट्री एण्ड कल्चर अफ किरात पिपल (१९६७) मा र्समर्थन गरेका छन् । तर ताक्लुङ गढीका सम्बन्धमा इतिहासकारहरू प्रेमबहादुर लिम्बू र भुपेन्द्रनाथ ढुङ्गेल तथा शिवकुमार श्रेष्ठले विमति प्रकट गरेका छन् । लिम्बू र ढुङ्गेलको संयुक्त इतिहासकृति सङ्क्षिप्त नेपाल इतिहास अनुसार उक्त पुस्तकमा लेखिएअनुसार उक्त गढीलाई ताक्लुङदेन यकि भनिएको छ र यसलाई राजधानी वनाएर खेबोहाङले शासन चलाएको उल्लेख गरिएको छ । तर उनीहरू सबैको भनाइप्रति असहमति जनाउँदै लिम्बूवानसम्बन्धी पछिल्लो इतिहासकृति लिम्बूवानको ऐतिहासिक अध्ययन (२०४२) मा इतिहासकार शिवकुमार श्रेष्ठले उक्त गढीमा रहेर इमिमुहाङले छथर इलाकाको शासन गरेका र उनी खेवा थरका लिम्बू थिए भनेका छन् । उनले ताक्लुङ यक वनाएर शासन चलाएको उक्त पुस्तकमा उल्लेख छ । वास्तवमा श्रेष्ठको भनाइ सत्यताको नजिक किन पनि छ भने सो गढीलाई अझै पनि यस क्षेत्रका छथरे लिम्बूहरू आफ्नो इतिहासको विरासत मान्छन् र वर्षोनि त्यहीँ पितृपूजा गर्ने गर्छन् । त्यहा २०१२ सालसम्म विभिन्न शिलालेखहरू रहेका थिए भन्ने कुरा मानव उत्पति र खेवा वंश (२०५५) पुस्तकमा उल्लेख छ तर ती सबै अहिले भूक्षयका कारण नष्ट भइसके भने त्यहाँका महत्वपूर्ण सामग्रीहरूसमेत लोप भएर गइसकेका उक्त पुस्तकमा उल्लेख छ । यद्यपि त्यहाँ छथरे लिम्बूहरूले पूजा गर्न भने छाडेका छैनन् । छथरे वंशावलीअनुसार छैटौँ शताब्दीमा यसै गढीमा रहेर छथरे प्रान्तको शासन गर्ने लिम्बू राजाका इमेबुङका दसौँ पिँढीका हाङजिलीहाङ्दुम्बाका चार भाइ छोरा आपसमा छुटि्टदा खेवा लिम्बूहरू चार थरमा विभाजित हुन पुगे । जेठा छोरा मुक्तिमहाङ खेवालाई तिगेला भन्न थालियो । यस्तै, माइलो लुम्दुमहाङलाई मङ्याक, साइँलो लेतुमहाङलाई आङ्लाबाङ र कान्छो चोङहिमलाई चोङबाङ भन्न थालियो र यी चार जना चार थरमा विभाजित हुन पुगे । तीमध्ये मङ्याक थरबाट अर्को दुइ थर निस्क्यो । उनका सन्तानमध्ये एकले मादेन र अर्कोले तुम्बा थर लेख्न थाले । त्यसपछि यी खेवा लिम्बूहरू छथरमा विभाजित हुन पुगेको खेवा वंशावलीमा उल्लेख छ ।

खेवा अर्थात् वनकुखुराको कथा
खेवा लिम्बूहरू कुनै पनि पंक्षीको मासु खाँदैनन् । उनीहरू पंक्षीको हत्या गर्न हुँदैन भन्ने मान्यता राख्छन् । उनीहरू पंक्षीलाई शुक्रताराका रूपमा सम्मान गर्छन् र शुक्रतारा झुल्केको समयमा कहिँ कतै हिँडे साइत पर्छ भन्ने विश्वास राख्छन् । यस सम्बन्धमा लिम्बू मुन्धुममा एउटा रोचक किम्वदन्ती उल्लेख पाइन्छ । सत्ययुगमा पोङ्गेनदिङ नामका एक बालक थिए । उनी नै खेवा लिम्बूका पूर्खा हुन् । उनी जीवनयापनका लागि शिकारीको रूपमा जङ्गलजङ्गल चाहार्थे । यसरी जङ्गल चाहार्नेक्रममा उनले एक दिन एउटा वनकुखुराको फुल बाटामा भेटे । त्यो फुललाई उनी अत्यन्तै माया गर्थे र त्यसलाई आफैँसित राखेर सुत्ने गर्थे । समय पुगेपछि त्यो फुलबाट एउटा चल्लाको जन्म भयो । कालान्तरमा त्यो एक भाले कुखुरा बन्यो । त्यस कुखुरालाई त्यो बालकले पालनपोषण गरी हूर्काएको हुनाले कुखुरा बालकप्रति आभारी थियो । एक दिन त्यस वनकुखुराले जवान भइसकेका त्यस मनुष्यलाई भन्यो, हे मनुष्य अब तिमीले आफ्नो सृष्टिलाई अगाडि बढाउनुपर्छ । त्यसका लागि तिमीले विवाह गर्नुपर्छ । तिम्रो विवाह गराएर मलाई लगाएको गुणको बदला तिर्नेछु । मनुष्य अक्क न बक्क भयो । उसले ठानेको थियो यो संसारमा केवल ऊ र त्यस वनकुखुरा मात्र रहेको छ । त्यसैले उसले सोध्यो, हे वनकुखुरा तिमीले यो के भनेको - मैले कसरी र कोसित विवाह गर्ने र सृष्टि चलाउने ? उसले आफ्नो विवाह सम्भव नभएको भन्दै वनकुखुराको प्रस्तावप्रति आर्श्चर्य व्यक्त गर्‍यो । त्यसपछि तिम्रो लागि म एउटा जीवनसाथी ल्याएरै छाड्छु भनी भाले उडेर बेपत्ता भयो । ती मनुष्यलाई भने कौतूहल भयो । केही दिनपछि त्यो वनकुखुरा एउटी सुन्दरी कन्यालाई लिएर आइपुग्यो । मनुष्य चकित भए । त्यसपछि वनकुखुराले ती सुन्दरीलाई औँल्याउँदै भन्यो, हे मनुष्य मैले तिम्रो लागि यिनै कन्या ल्याइदिएको छु, यिनीसँगै तिमी विवाह गर अनि आफ्नो सृष्टिलाई अगाडि बढाएर लैजाउ । यसपछि ती मनुष्य र कन्याबीच विवाह संस्कार सम्पन्न भयो । विवाहपछि वनकुखुराले बिदा माग्दै भन्यो, अब मैले तिम्रो गुनको बदला तिरेको ठानेको छु । अब म तिमीहरूबाट बिदा हुनुपर्छ । मलाई बिदा देऊ । तर यी लोग्नेस्वास्नी भने वनकुखुरालाई अत्यन्तै माया गर्थे । आफ्नै परिवारका सदस्य ठान्थे । त्यसैले उनीहरू वनकुखुराको आफूहरूबाट अलग्गिने कुराप्रति र्समर्थन गर्न सक्दैनथे । अझ वनकुखुराले आफूले गर्नुपर्ने कर्म गरेकोले आफू जानैपर्ने बताउँदै भन्यो यदि मलाई देख्नु वा भेट्नु छ भने भोलि बिहानको मिर्मिरेमा आकाशको पूर्वतर्फ हेर्नु मलाई त्यहीँ पाउनेछौ, तिमीहरूले मेरो सिर र पुच्छर देख्नेछौ । आफ्ना परिवारको सदस्य सरहको त्यो वनकुखुरो आफूहरूबाट विछोडिएपछि विहृवल वनेका सम्पतीले भोलि बिहानै पूर्वतर्फ आकाशमा मिर्मिरे उज्यालो हुनासाथ हेरे । त्यो वनकुखुरा त शुक्रतारा पो भएछ । त्यसपछि दम्पतीले भने, सेवारो (नमस्कार), तिमी वनकुखुराको रूपमा आएका माङ (भगवान्) पो रहेछौँ । हाम्रो कल्याण गर प्रभु । त्यसपछि उनीहरूले आफूबाट जन्मने सन्तानको वंश खेवा (वनकुखुरा) राख्ने निर्णय गरे । यसरी वनकुखुराले जुराएको यी दम्पतीबाट दुइ छोराको जन्म भयो । उनीहरूमध्ये जेठो छोरोचाहिँ बाबुआमाको अर्ति-उपदेश मान्ने गर्थ्यो भने कान्छो छोरो चाहिँ बाबुआमाले भनेको मान्दैनथ्यो । आमाबाबुले भनेको शिकार गर्दा कुनै पनि पक्षीको प्राण लिनु हुँदैन भन्ने अर्ति-उपदेश विपरीत ऊ जङ्गलजङ्गलमा घुमी पक्षीहरूको बध गर्ने गर्थ्यो । कहीँ कतै जाँदा पनि शुक्रतारा झुल्केको समय उपयुक्त साइत हो भन्ने आमाबाबुको भनाइलाई पनि ऊ लत्याउने गर्थ्यो । एक दिन ऊ कुनै साइतविना जङ्गलमा शिकार गर्न गयो । वनकुखुराको शिकार गर्नका लागि बेलुकाको साइतमा घर छाड्ने बेलामा आमाबाबुलाई भन्यो, यदि म भोलि बिहान भाले बास्दाबास्दै आइँन भने म मरेको ठान्नुहोला । धनुकाँड लिएर हिँडेको ऊ रातभर शिकारको खोजीमा भौँतारिँदा भौँतारिँदै बिहान शुक्रतारा पनि झुल्किसकेको थियो । त्यसैबेला उसले एउटा वनकुखुरा देख्यो र तत्काल धनुकाँड प्रहार गर्‍यो तर उसको निशाना असफल भयो । बरु त्यो वनकुखुराले भन्यो, मलाई मार्न खोजेर तिमीले ठूलो गल्ती गर्‍यौ । मैले तिम्रो सृष्टिका लागि काम गरेको थिएँ । यसो भनिसकेपछि वनकुखुरा तत्काल त्यहाँबाट अल्पियो । वनकुखुराको शिकार गर्न गएको त्यो व्यक्तिको पनि तत्काल मृत्यु हुनपुग्यो । यसरी आफ्नो सृष्टि चलाइदिएका कारण खेवाहरू वनकुखुराको मात्र होइन सम्पूर्ण पंक्षी जगतको सम्मान गर्छन् र पंक्षीको शिकार गर्ने मात्र होइन, उनीहरू पंक्षीको मासु खाँदैनन् पनि । यसले गर्दा खेवाहरूले आफ्नो सांस्कृतिक आस्थाका कारण पंक्षीहरूको संरक्षण पनि गर्दै आएका छन् ।

Dec 17, 2007

नेपाली तारा-२ तारा लक्सम बेलायत जाने तयारीमा

लिम्वूवान व्लगस्पोट
काठमाडौ सम्भवतः यो खबर पाठकहरूमाझ पुग्दा क्लाजे अप नेपाली तारा-२ को ग्य्रान्ड फाइनलमा पुगेका धादिङका सन्तोष लामा र झापाका तारा लक्सम बेलायतको लन्डनको कुनै स्थानमा प्रवासी नेपालीहरूलाई गीत सुनाइरहेका हुनेछन्। आज शुक्रबार राती ८.४० मा नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको छायाङ्कन गत सोमबार नै भैसकेको थियो। छायाङ्कनस्थल स्टुडियो फोरमा भेटिएका कार्यक्रमका निदर्शेक राजेन्द्र सलभ भन्दै थिए- यो साता यी दुइ लन्डन जादैछन्।

Dec 16, 2007

कर्तुतको सानो हिस्सा


चन्द्र मादेन

चुवाकेलाक्पाको जाल झेल र
षडयन्त्रको फेहरिस्ता लामै छ ।
सोझा शत्तिशाली याक्थुङ्गवाहरुलाई
फसाएको इतिहास ताजै छ ।
त्यसैले टुपीभन्दा माथि
कुनै चिज हुदैन
चुवाकेलाक्वा भन्दा पतुर
कुनै जीव हुदैन ...१

वत्तिसौ पुस्ता किरातले
राज्य यिनैलाई वुझाए ।
मेची र महाकाली सिङ्गो
नेपाल यिनैले चलाए ।
त्यसैले टुपीभन्दा माथि
कुनै चिज हुदैन
चुवाकेलाक्पा भन्दा पतुर
कुनै जीव हुदैन ...२

किरातसँग सैन्य शक्ति
जुधाउन सक्दैन थिए ।
कुटनीतिक दाउले पुरै
राज्य खोसेका थिए ।
त्यसैले टुपीभन्दा माथि
कुनै चिज हुदैन
चुवाकेलाक्पा भन्दा पतुर
कुनै जीव हुदैन ...३

वनसाङ्लोले घर साङ्लोलाई
खेदाएको विधितै छन् ।
कार्यपालिका, न्यापालिका र व्यावस्थापिकामा
सवैतिर यिनिनै छन् ।
त्यसैले टुपीभन्दा माथि
कुनै चिज हुदैन
चुवाकेलाक्पा भन्दा पतुर
कुनै जीव हुदैन .........४

माओवादी , एमाले, काग्रेस, राप्रपा सवैतिर
यिनै नेता नेतृत्व हुने सदा जारी छन् ।
किरात जनजाती चाहि हत्यार वनि
झोला भिर्ने जिम्मा लिन आज्ञाकारी छन् ।
त्यसैले टुपीभन्दा माथि
कुनै चिज हुदैन
चुवाकेलाक्पा भन्दा पतुर
कुनै जीव हुदैन....५ .

हिन्दुस्तान महाद्धिपवाट आएकाहरुलाई
मुलुकको मायाँ विल्कुल हुन्न ।
कोखामा दाह्रा अप्रवासीहरुलाई
डाणु पन्यु र तालाचावी दिनै हुन्न ।
त्यसैले टुपीभन्दा माथि
कुनै चिज हुदैन
चुवाकेलाक्पा भन्दा पतुर
कुनै जीव हुदैन .........६

सघियसत्ता आत्मा निर्यणको
अधिकार लिएर छोडौ ।
अधिनायक हिन्दु दासत्ता
चुवाकेलाक्पा गठवन्धन मिलेरतोडौ ।
त्यसैले टुपीभन्दा माथि
कुनै चिज हुदैन
चवाकेलाक्पा भन्दा पतुर
कुनै जीव हुदैन .......७

साथी सगी नाता कुटुम्व
जोड्नु हुन्न कहिल्यै यिनिहरुसगँ ।
हाम्रो आन्तरिक कुरा
गर्नुहुन्न कहिल्यै यिनीहरुसँग ।
त्यसैले टुपी भन्दा माथि
कुनै चिज हुदैन
चुवाकेलाक्पा भन्दा पतुर
कुनै जीव हुदैन ............८

जांडरक्सी र काटमारमा
याक्युङ्गवा जनजाती हामी वढ्नुहुन्न ।
यिनीहरुलाई माथी चढाउने
झोला वोक्ने चाहिं हामी गर्नु हुन्न ।
त्यसैले टुपी भन्दा माथि
कुनै चिज हुदैन
चुवाकेलाक्पा भन्दा पतुर
कुनै जीव हुदैन ............९

हुन्न चुवाकेलाक्पालाई
विश्वास गर्न कुनै हालतले ।
घृणा र तिरस्कार गरौं
उसैले थाहा नपाउने चालले ।
त्यसैले टुपी भन्दा माथि
कुनै चिज हुदैन
चुवाकेलाक्पा भन्दा पतुर
कुनै जीव हुदैन.....१०

चुवाकेलाक्पा गिराउन
चुवाकेलाक्पानै प्रयोग होस राम्रो ।
उसैको शुत्र...मुखमा रामराम...
उसले देख्दा सहयोगहोस हाम्रो ।
त्यसैले टुपीभन्दा माथि
कुनै चिज हदैन
चुवाकेलाक्पा भन्दा पतुर
कुनै जीव हुदैन ...........११

लड्नैपर्छ मातृभूमी लिम्वूवानको लागि
क्रान्तिकारी वीर योद्धाहरुले ..........।
अपनाउनुपर्छ सावधानी र सचेतता
उत्पिडित जनजातीहरुले ............... ।
त्यसैले टुपीभन्दा माथि
कुनै चिज हुदैन
चुवाकेलाक्पा भन्दा पतुर
कुनै जीव हुदैन..........................१२

प्रत्येक याक्थुङवा आदिवासीहरुले
यो कुराको पालना गरौ...........।
नवुझन्ने उत्पिडितहरुलाई
ज्ञानीले वुझाउने कोशिस गरौ ।
त्यसैले टुपीभन्दा माथि
कुनै चिज हुदैन
चुवाकेलाक्पा भन्दा पतुर
कुनै जीव हुदैन ....................१३..।।।

तथास्तु
आन्छन्...२०६४..मङसिर