Jan 30, 2008

ढोल (केलाङ्ग) नाचको उत्पति

राजेश राई
परापूर्व कालमा एउटा परिवारमा दाजु वहिनी वस्दथे । दाजुको नाम तिगेब्जङ हाङवा र बहिनीको नाम इत्नासो सरहाङमा -खापुना मरङना ) थियो । उनीहरु एक आपसमा ज्यादै मिलेर बसेका थिए । तिगेब्जङ हाङबा शिकारी थिए । उनको पेशा नै शिकार मार्ने थियो । उनका हरेक दिनहरु शिकार गर्नेमा नै बित्दथे । वहिनी इत्नासो सरङहाङमा पनि दाजु सँगै शिकारमा जाने गर्दथिन् र दाजुलाई पछ्याउदै जंगलमा उनी पनि जाने गर्दथिन् । यसरी दाजु बहिनीको दिनचर्या शिकार पकार गर्दै वितीरहेको थियो र यहीक्रममा एकदिन तिगेब्जङ हाङबा शिकार खेल्न गए सँगै बहिनी पनि गएकी थिइन् । त्यो दिन बहिनी इत्नासो सरङहाङ अलि पछि परेकी थिइन् । दाजु शिकार खेद्दै निकै अगाडि पुगीसकेका थिए भने उनी पछाडि तिर्खाले छट्पटीदै दाजुलाई पछ्याईरहेकी थिइन् र तिर्खाले छट्पटीदै दाजुलाई पछ्याइरहेकी थिइन् । तिर्खाले ज्यादै सताएपछि उनीले पानी खोज्न थालिन् । पानी खोज्दै जाने क्रममा एउटा खोविल्टो परेको ढुंगामा पानी -लथुङ पाक्वा च्वात ) भेटाइन् । तर त्यो पानी नभएर बाघको पिसाव थियो । उनीले त्यही खोविल्टाको पानी पिइन् तर उक्त पानीले उनको प्यास मेटिएन । उ तिर्खाले ज्यादै ब्याकुल थिइन् । खोविल्टाको पानीले तिर्खा नभेटिएपछि फेरी पानी खोज्न थालिन् । पनुः पानी खोज्दै जादा एउटा रुखको टोड्कामा पानी भेर्टाईन् । त्यही टोड्काको पानी -सिभङ पाक्व च्वात ) पिइन् । तर उक्त टोड्काको पानी नभएर उनको दाजु तिगेब्जहाङबाको पिसाव थियो । त्यसपछि उनको पानीको प्यास भेटियो । यसरी पहिलो चोटी बाघ र आफ्नो दाजुको पिसावले तिर्खा भेटाएपछि उनी दाजु भएको तिर नलागी आफ्नो बाटो लागिन् । पिसाव सँग विर्य पनि मिसिएकोले उनी गर्भवती बनिन् । बाघ र दाजुको विर्य पिएकोले उनीले जुम्ल्याहा बच्चा जन्माइन् । इप्नासो सरङमाका र्दुवटा छोरा जन्मिए । जसमा जेठा छोरा बाघको स्वारुप लिएर जन्मीए भने कान्छा छोरा मान्छेको स्वारुप लिएर जन्मीए । उनीले जेठा छोराको नाम केसमी -बाघ) र कान्छा छोराको नाम नामसामी -मनुष्य ) राखे । इप्नासो सरङमाले आफ्ना दुइ छोराको हेरचाह गर्दै समय विताउन थालिन् । उनकी दुइ जुम्ल्याहा छोरा कसमी र नामसामी एक आपसमा ज्यादै मिल्ने गथ्र्यो । उनीहरु सँगै वस्थे सँगै खाने सँगै खेल्ने गर्दथे । एक आपसमा एकले अर्कालाई ज्यादै सहयोग गर्दथे केसामी को दुःखमा नामसामीले , नामसामीको दुःखमा केसमीले सहयोग गर्दथे । यसरी प्रगाढ सम्वन्धमा उनीहरुको आठवर्षवितीसकेको थियो । यही क्रमा एकदिन अर्थात आठवर्षो उत्तराद्धतिर एकदिन नामसामीले किरा, छेपारो, माउसुली जस्ता विभिन्न किसिमका जिव जन्तुहरु मार्न थाले । जति यस्ता जिव जन्तुहरु मार्दै गए त्यती नै दाजु केसामीले खान थाले । यसरी यस्ता किरा,फट्यङग्रा, जिव जन्तु खाएको देखेपछि नामसामी अच्चम्ममा परे, उसलाई ज्यादै घिन लागेर आयो र उनले दाजुलाई भन्यो- "दाजु, यस्ता फोहोर जन्तुहरु किन खानु भएको , तपाईलाई घिन लाग्दैन ।" नामसामीले यो प्रश्न गरेपछि केसामीलाई ज्यादै रिस उठ्यो । उनी आक्रोशित भएर भाईलाई पनि खान खोज्दै झम्टीयो । यसरी दाजु केसामीले खान खोजेपछि आमाकहाँ गएर सवै कुरा सुनाए । दाजु केसामीले नामसामीलाई खान खोजेको कुरा थाहा पाएपछि आमाले दुवैजनालाई भनिन्-" अव तिमीहरु सँगै खेल्न नजानु केसामी उत्तर तर्फसिङयोक मदेन) जादा नामसामी दक्षिण तर्फ-तिमेन सेगा) जानु यदि तिमीहरु सँगसँगै गयौ भने तिमीहरुलाई कारवाही गर्छु ।" त्यसदिन देखी उनीहरु आमाले भने झै दाजु उत्तर तिर जादा भाई दक्षिण तर्फभाई उत्तर तिर जादा दाजु दक्षिण तर्फखेल्न जान थाले । केहिदिन यसरी फरक-फरक दिन गएता पनि केही समयपछि दाजु केसामीले भाईलाई खोज्न थाले । केसामीले आमालाई भाइको वारे सोध्न थाले । तर आमाले नामसामी उत्तर गएको वेला दक्षिण र दक्षिण गएको बेला उत्तरतिर गएको छ भनिन् । केसामीले भाईलाई खोज्दा कहिल्यै भेट्न सकेन, यसरी भाईलाई नभेटेपछि आमाले आफूलाई छलेको महसुश गरे । आमाले भनेको दिशातिर नभेटेपछि उनी आमादेखी नै रिसाएर आमालाई भन्यो-" आमा ! भाई कुन दिशातर्फखेल्न जान्छ, सत्य कुरा भन्नुहोस्, नत्र म तपाई खान्छु । " केसामीले आमालाई यसरी धम्की दिएपछि आफ्ना कान्छा छोरा नामसामीलाई सवै कुरा बताइन् । नामसामी दाजुको यस्तो क्रुरता देखी ज्यादै आक्रोशित बने । दाजुको क्रु्रता विरुद्ध लड्ने संकल्प गरी फेन्लेरेे फेन्थतीहाङ कहाँ गएर नौ वटा फलामको धनुवाण वनायो । जसमा पहिलो वनाएको बाण टुक्रे -लेखेव्पा तोङ) थियो । उनले नौ वटा वाण तयार गरेपछि ताप्लेजुङ्ग जिल्लाको तमोर खोला स्थित पाङवादेन भन्ने ठाउँमा रहेको ठूलो सिमलको रुखमा नौतला खोपेर चाङ्ग बनायो । यसरी नौवटा धनुवाण बनाइसके पछि आफ्ना आमा कहाँ गएर भने " आमा आज मेरो दाजूसँग युद्ध हुदैछ दाजूलाई पाङवादेन भन्ने ठाउँमा पठाइदिनु त्यहाँ हाम्रो युद्ध हुन्छ त्यसैले मेरो नाममा सेकमरी पुङसरी र दाजुको नाममा आन्दङफुङ सरी -बाबरी फूलको कलस) राख्नु यदि म मरे भने मेरो नाममा राखेको कलस ओइलिएर जान्छ र दाजू मर्‍यो भने दाजुको नाममा राखेको कलस जान्छ । यति भनेर नामसामी दाजुसँग लड्न युद्ध स्थल लागे । " नामसामीले भने उनीकी आमाले केसामीलाई पनि युद्धस्थल तिर पठाइन् । नामसामी युद्ध स्थल पाङवादेनमा पुगेर धनुवाण लिएर सिमलको रुखमा नौ तलामाथि चाङ्गमा तयारी अवस्थामा बसे । केही समयमै केसामी पनि त्यहाँ आईपुगे । दाजु आइपुगेपछि नामसामीले नौ तलामाथि चाङ्गबाट धम्की दिदै भन्यो " मलाई खाने भए त्यो चाङ्गमाथि आउनु " केसामी पनि भाइको कुरा सुनेपछि चाङ्गमाथि चढ्न थाल्यो । नामसामीले केसामी जति तला माथि चढ्यो उति धनुवाणले केसामीलाई धनुवाणले हान्यो । तर अन्तिम तलासम्म माथि चढ्दा सम्म केसामीलाई वाणले लागेन । अन्तमा नामसामीको हातमा एउटा टुक्राबाण -लखेत्पातुङ) मात्र नामसामीको हातमा रह्यो । नामसामी अत्यन्तै नरभस भए । अव दाजुले खाने नै भयोे भनेर दाजुसँग भने -"आँखा चिम्म पारेर बस्नु म आफै उफ्रेर त्रि्रो मुखमाथि झर्छु मलाई खानु" भाईको कुरालाई मान्दै केसामीले आँखा चिम्लेर मुख आँ पारेर वसे । केसामीले आँखा चिम्लिएपछि नामसामीले आफूसँग भएको एउटा वाणले हान्यो उक्त टुक्रेबाणबाट ठूलो बिजुली चम्कीयो एकैछिन ठूलो बिजुली चम्किएर तुरुन्तै केसामीको मुखभित्र गाडिन पुग्यो । वाणले लागेपछि केसामी आठ तलाबाट गर्ल्याम्म भूइमा झर्‍यो केसामी सिमलको रुखबाट लडेर झर्दा एक पट्टीको हाँगा पनि लाछेर झार्‍यो आज भोलि पनि सिमलको रुखमा एकापट्टी हाँगा हुदै त्यही केसामीले लाछेर झारेको हुनाले नभएको हो भन्छन् बुडापाकाहरु । केसामी भुइमा लडेर झरेतापनि नामसामी मरेका छैनन् भन्ने डरले रुखमा नै बसीरहे । ८ दिनसम्म नासामी सिमलको रुखमा बसीरहे , आठदिनमा केसामीको नाकबाट हरिया झिंगा निस्की उड्दै नामसामीको नाकमा वस्न आइपुग्यो । उक्त झिगा उनलाई ज्यादै गनायो । उक्त झिंगा गनाएपछि केसामी मरेको हो भन्ने निश्चित भएपछि उ सिमलको रुखबाट तल झर्‍यो । त्यसपछि नामसामीले दाजुको छाला काढेर मजेत्रो बनाए । त्यही छालाको मजेत्रो ओढेर उनी तिब्वत तिर गयो । नामसामीले बाघको छाला काढेको देखेर त्यहाका मान्छेहरु पनि खुसी भए । नामसामीलाई पुरस्कार बापत मेल्लुकको बोसो दिन पठाए । उनी तिब्बतबाट फर्केर मधेसतिर लागे । मधेसका मान्छेहरु पनि बाघको छाला ओढेको देखेर खुसी भएर नामसामीलाई पुरस्कार बापत नून दिएर पठाए । नामसामी दाजूको छाला ओढेर भोट मधेस गर्दा पनि छाला नसुके पछि आमा भएको ठाउँमा पुगे । नामसामीले आमा कहाँ गएर युद्धमा आफ्नो जित भएको सुनाए । केसामीको मृत्युको समाचार ले आमालाई ज्यादै स्तब्ध बनायो छोराको सम्झना गर्दै बिलौना गरिन् । नामसामीलाई दुखित हुदै भनिन् " तिमीहरु दुवै मेरा सन्तानहरु हौ । एउटै कोखबाट जन्मिएका हौ, मलाई सबैको बरावरी माया लग्छ त्यसैले त्रि्रो दाजुको मृत्युमा तिमीले १० दिनसम्म नुन तेल बार्नुपर्छ " नामसामीले पनि आमाले भने जस्तै नुनतेल बार्न थाले केसामीको सम्झनामा अन्य छिमेकीहरुले पनि नुन बारे । १० दिन पश्चात आमाले नासामीलाई सिङयोक मदेनबाट मेल्लुकक स्रोत र तिमेन आरङबाट अदुवा र नुन ल्याउन लगाई मुखमा चोख्याउन लगाइन् । आज सम्म पनि लिम्बु किरातीसमाजमा मरेको बेलामा मुख वार्ने प्रचलन छदैछ । यो प्रचलन त्यही बेलादेखी चलिआएको बिश्वास राख्छन् किराती लिम्बुहरु । यति गरेर पनि आमा इप्नासो सरहाङमा छोराको मृत्युले दुखित बनी रहिन् आमाको पिर दुख हटाउन उनले दाजुको छाला काढेर च्याब्रुङ बनाए । आमाले पनि सोही गर्न लगाए । नामसामीले बनाएको च्याब्रुङ बजाउदा बाघ जस्तै गरी बज्ने भयो दाजुको सम्झना गर्दै उक्त बाजाको नाम दाजुको नाम केसामीबाट के अर्थात ढोल राखे -लिम्बु भाषामा के को अर्थ ढोल हुन्छ ) यसरी केसामीको छालाबाट च्याब्रुङ बनाए त्यही के ढोल बजाएर लिम्वुहरु नाच नाच्न थाले । त्यही नाचलाई केलाङ्ग भन्न थालियो । यस्तै त्यही समयमा त्यही गाउँको एउटा परिवारमा लोकफालेम्बा हाङतेन्वा भन्ने दाजुभाई बस्दथे ती दाजु भाइको एउटी बहिनी सापरी चेन्परी हाङनन नाम गरेकी एउटी चेली थिइन् । उनले एकदिन बदेलले घर बनइराखेको देखिन् त्यो देखेपछि उनले आफ्ना माइतीहरुलाई पनि घर बनाउने सल्लाह दिइन् । बहिनीको सल्लाह बमोजिम उनीहरुले घर बनाउने सोच गरी खम्बा ल्याए । खम्बा ल्याएर घर बनाउनको निम्ती खाडलमा गाड्न खोजे तर खम्बा गाडदै गाडिएन खम्बा जति गाडे पनि गाडिएन त्यसपछि दाजुभाइ हैरान परे केही छिनपछि आकस्मत खम्बा बोल्यो " म तिमीहरुले गाड्दा गाडिन सक्दिन तिमीहरुको बहिनी अएर मलाई उचालिन भने मात्र गाडिन्छु । खम्बाले यस्तो कुरा भनेपछि दाजुभाइले बैनीलाई आग्रह गरे । त्यसबेला उनीले केश कोरीरहेकी थिइन् । आफ्नो काइयोलाई केशमा सिउरेर उनी खम्बा गाड्नका लागि आइन् । आएर खाबो उचाल्न लाग्दा अचानक उनको काइयो खाल्डोमा र्झन पुग्ग्यो । काइयो खाल्डोमा झरेपछि उनले दाजुहरुलाई खाम्बा थेाग्न लगाएर काइयो टिप्न खाल्डोमा निहुरिन् त्यह बिेला अचनाक खाबो खाल्डोमा झरेर बहिनीको टाउको किच्यो । उनीहरुका बहिनी त्यही खाल्डोमा मरिन् ।उनी मरेपछि उनीहरु ज्यादै दुखित बने खाल्डोमा बहिनी मरेतापनि बहिनीको चाहना घर बनाउने भएकोले बहिनीको सपना पूरा गर्न दाजुभाइले त्यही घर बनए । त्यही समयमा नामसामीले दाजु केसामीको स्मृतिमा बनाएको के ढोल को गुरु केलाङ्ग ढोल नाचको एक जना गुरु मान्छे थिए । लोकफातेम्बा र हाङफातेम्वाले घर बनाइसकेको थाहा पाएपछि खाक्थाङ्ना हाङबा चाफुक्चा नाम गरेकी एकजना केटीलाई अगडि लगाएर उनीहरुको घरमा आएर नाच्न थाले । दाजुभाइ बहिनीको मृत्युले शोकाकुल भएर बसी रहेको अवस्थामा खाथुक्वा हाङवा आएर नाच्दै खुशी मनाएको देखेर सिरले चुर भई दाजुभाइले उनीहरुलाई कुटेर खेद्न खोजे खाथुक्वाले पिटाइ खाएपछि रिसाउदै भने रिसाउदै भने- " ठिकै छ तिमीहरुले हामीलाई कुट्यो । हामी त तिमीहरुको घरमा धमिरा झार्न आएको मात्रै थियौ अव तिमीहरुको घर धमिराले ढाल्छ ।" यति भनेर उसले आफ्नो बाटो ततायो उसले भने झै केही दिनमा नै धमिरा लागेर उनीहरुको घर ढल्यो । उनीहरुको घर ढलेपछि फेरी बनाउने बिचार गरे नयाँ घडेरी तयार गरी लदेहाङ र फुङदेहाङ नाम गरेको दुइजना कर्मीहरुलाई बोलाएर घर बनाउने थाले । पुनः अर्को घर बनाइ सके पछि पहिले कुटेर खेदाएको खाथुक्वा हाङवालाई फकाएर धमिरा हटाउन डाके । त्यसपछि सबै मिलेर नयाँघरमा धुमधाम केलाङ अर्थात च्याबु्रङ नाचको शुरुवात भएको मानिन्छ । लिम्वु समाजमा केलाङ्ग -च्याब्रुङ्ग) विभिन्न नामले चिनिन्छ । बिशेष गरी केसामीको स्मृतिमा बनाइएको के अर्थात ढोल बाट शुरुवात भएको नाच हुनाले यसलाई केलाङ नाच अर्थात ढोल नाच भनिन्छ । यसरी सुरुवात भएको केलाङ नाच आज लिम्बु संस्कृतिको एउटा महत्वपूर्ण र प्रमुख नाचको रुपमा नाचिदै आएको छ । बिभिन्न अवसरमा नानिचे यो नाच समग्रमा आदीवासी जनजातीहरुको महत्वपूर्ण मौलिक संस्कृतिको रुपमा चिनिन्छ, त्यति मात्रै नभए विश्वमा नेपालको लोक संस्कृतिको पहिचान दिनमा महत्वपूर्ण भूमिका रहेकोछ ।
स्रोतहरुः- ताप्लेजुङ्ग, पाँचथर, लिम्वुका मुन्दुम साँवा, फेदाङ्मा -पुजारीहरुसँग भएको कुराकानी ।
भोजपूर, हाल धनकुटा

छत्थरे लिम्बूमा भाषिक वर्गीकरणको समस्या

लिम्बूहरू कोशी अञ्चलका सङ्खुवासभा, तेह्रथुम धनकुटा, सुनसरी र मोरङ तथा मेची अञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लामा बसोबास गर्छन् । हाल यस जातिको बसोबास केही मात्रामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पनि छ । २०५८ सालको जनगणनाअनुसार यस जातिको सङ्ख्या तीन लाख ३३ हजार ६३३ छ । नेपालबाहिर पश्चिम बङ्गाल, सिक्किम आसाम र म्यानमार आदि ठाउँमा समेत उल्लेख्य मात्रामा यस जातिको बसोबास छ । नेपालभित्र बोलिने लिम्बूभाषाहरू मुख्यरूपमा तमरखोले, पानथरे, फेदाप्पे र छत्थरे नै हुन् । छत्थरे इतरका स्वदेश र विदेशमा बोलिने लिम्बूभाषाहरू पान्थरे लिम्बूभाषासँग धेरै मात्रामा मिल्छन् र तिनीहरूका वक्ताहरूले एकअर्काको बोलीलाई सजिलैसँग बुझनसक्छन् । गैर छत्थरे लिम्बूभाषाहरू लिम्बू मानक भाषाको ज्यादै निकट भएकाले तिनीहरूलाई एउटै लिम्बूभाषाको भाषिकाहरूको रूपमा वर्गीकरण गर्दा कुनै आपत्ति पर्दैन तर धनकुटा जिल्लाको अरुणदेखि पूर्व, तमोरदेखि उत्तर, सङ्खुवासभा जिल्लादेखि दक्षिण र तेह्रथुम जिल्लाको नुवाखोलादेखि पश्चिमका गाविसहरूमा बोलिने 'छत्थरे लिम्बू' भाषा भने माथि उल्लेखित सबै भाषिकाभन्दा या 'मानक लिम्बूभाषा' भन्दा ज्यादै भिन्न भएकाले यसलाई लिम्बूभाषाको एउटा भाषिकाको रूपमा वर्गीकरण गर्दा केही अप्ठ्यारो पनि पर्नजान्छ । पारस्परिक नाताकुटुम्बको सम्बन्ध नभएका वा एकअर्काबीच कुनै सामाजिक र सांस्कृतिक सम्बन्ध नभएका छत्थरे र गैर छत्थरे लिम्बूबीच भाषिक सञ्चार हुन असम्भव छ तर उनीहरूबीच बिहेवारी हुनसक्ने, धाननाच, पूजाआजा, विवाह, मृत्युजस्ता पर्व तथा अवसरमा भेटघाट हुने, औपचारिक कार्यक्रममा र माध्यमभाषाका रूपमा 'मानक लिम्बूभाषा' या गैर छत्थरे लिम्बू नै प्रयोग हुने भएकाले वयस्क छत्थरे लिम्बूहरूले त्यसलाई बुझने भएकाले आफ्नो भाषामा भएको भिन्नतालाई गम्भीरतापूर्वक लिएका छैनन् । गैर छत्थरे लिम्बूहरूले त आफ्नै भाषिका नै माध्यमभाषाका रूपमा प्रयोग हुनेभएकाले छत्थरे भाषा सिक्ने वा यसमा भएको भिन्नतालाई विश्लेषण गर्ने कष्ट नै नगर्ने भए । फलतः दुवैथरी लिम्बूहरू या समग्र लिम्बूहरू नै छत्थरे लिम्बूलाई यस भाषाको एउटा भाषिका मान्छन् ।लिम्बूहरूको यही भावनालाई बुझेर नै वार्इर्डट र सुब्बा, भान डि्रम, वैरागी काइँला र बार्बरा ग्राइम्सले छत्थरे लिम्बूलाई लिम्बूभाषाकै एउटा भाषिकाका रूपमा वर्गीकरण गरेका छन् । डि्रमले आफ्नो पुस्तक 'अ ग्रामर अफ लिम्बू' मा फेदाप्पे लिम्बूका वक्ताले छत्थरे लिम्बू बुझन नसकेको कुरा आफूलाई भनेको उल्लेख गरेका छन् । त्यसैगरी काइँलाले पनि आफूले सम्पादन गरेको लिम्बू-नेपाली-अङ्ग्रेजी शब्दकोष' मा छत्थरे लिम्बू अरू भाषिकाहरूभन्दा भिन्न भएको स्वीकारेका छन् । बेब्स्टरले 'सोसियो लिङ्ग्विस्टिक स्टडी अफ लिम्बू' भन्ने लेख मार्फ छत्थरे लिम्बूलाई लिम्बूको एउटा भाषिकाका रूपमा वर्गीकरण गरेका छन् । उनले छत्थरे लिम्बूमा तीन मिनेट लाग्ने कथा रेकर्ड गरी अन्य भाषिकाहरूका वक्तालाई सुनाउँदा ८० प्रतिशतले ठीकसँग बुझेको दाबी गरेका छन् तर त्यही लेखमा कुनै कुनै गैर छत्थरे लिम्बूले आफूले छत्थरे लिम्बू ठ्याम्मै नबुझेको कुरा बताएको उल्लेख गर्न भुलेका छैनन् । वास्तवमा पारस्परिक बोधगम्यतालाई मात्र लिम्बू भाषिका निर्धारण गर्ने मापदण्डका रूपमा लिनुहुँदैन । एउटै लिम्बू परिवारमा आमा तमरखोले, जेठी बुहारी पान्थरे, माहिली बुहारी फेदाप्पे र कान्छी बुहारी छत्थरे भाषी हुनसक्छन् । त्यस्तो परिवारमा हुर्किएको गैर छत्थरेले छत्थरे लिम्बूभाषा परिवेश र सर्म्पर्कका कारणले बुझेको हो, शाब्दिक र व्याकरणिक रूपका समानताले होइन । छत्थरे लिम्बू र आठपहरे र्राई बेग्लै भाषाहरू हुन् तर सीमाक्षेत्रमा बसोबास गर्ने छत्थरे लिम्बू र आठपहरे र्राईहरूले एक अर्काको भाषा सजिलै बुझन सक्छन् । त्यसो भए वेब्स्टरले भने जस्तै बोधगम्यताका आधारमा यी दुवै भिन्न भाषालाई एउटै भाषाका भाषिकाहरू हुन् भन्न सकिएला त - निश्चय नै सकिन्न । अतः उनले आफ्नो अनुसन्धानलाई पुनर्विचार गर्न जरुरी छ ।म आफू छत्थरे लिम्बूभाषाको वक्ता भएको र मेरी आमाले बोल्ने भाषा चौबिसे लिम्बू -पानथरे लिम्बूसँग नजिकको) भाषा भएकाले मलाई छत्थरे लिम्बू र गैर छत्थरे लिम्बूभाषाहरूबीचको फरक धेरथोर थाह छ । तैपनि आफ्नो ज्ञानलाई परीक्षण गर्न गत साल नेपाल राष्ट्रियभाषा संरक्षण र विकास संस्था, ललितपुरका डाइरेक्टर एस. के. खालिङको आर्थिक सहयोग र केन्द्रीय भाषाविज्ञान विभाग कीर्तिपुरका प्रा.डा. माधवप्रसाद पोखरेलको निर्देशनमा तमरखोले, पानथरे, फेदाप्पे र छत्थरे लिम्बू वक्तालाई उपस्थित गराई 'लिम्बू भाषिकहरूमा शब्द र क्रिया रूपावलीको तुलनात्मक अध्ययन' विषयमा तीनदिने कार्यशाला गोष्ठीको आयोजना श्री महेन्द्र बहुमुखी क्याम्पस धरानमा गरियो । त्यस गोष्ठीबाट प्राप्त निष्कर्ष हेर्दा स्वदेशका एक सय आधारभूत शब्दहरूको सूचीमध्ये छत्थरे लिम्बूका ४८ शब्द भिन्न भएको, ४४ वटा र्सकर्मक क्रियाको रूपावलीमध्ये ४२ वटा रूपहरूमा छत्थरे भिन्न भएको, व्यक्ति, सङ्ख्या, अकरण आदि जनाउने प्रत्यय र उपर्सगहरूमा छत्थरे लिम्बू धेरै भिन्न भएको पाइयो । शाब्दिक र व्याकरणिक रूपमा आधारमा छत्थरे लिम्बूलाई लिम्बूभाषाको भाषिकाका रूपमा मान्नसकिंदैन भन्ने विचार प्रसिद्ध भाषाशास्त्री प्रा. डा. माधवप्रसाद पोखरेल र प्रा.डा. डेभिड इ.वार्टस बताउँछन् तर शाब्दिक र व्याकरणिक रूपका समानतालाई मात्र भाषिका खुट्याउने आधार भने मानिएको छैन । हाक्का र म्याडि्रन भाषाहरू चिनियाँ भाषाभन्दा पूरै फरक छन् तर पनि तिनीहरूलाई चिनियाँभाषाकै भाषिकाहरू भनिन्छन् किनभने यिनका वक्ताहरू आफूलाई चिनियाँ र आफ्नो भाषालाई चिनियाँ भाषा भन्न नै रुचाउँछन् । त्यसैगरी छत्थरे लिम्बूहरू पनि आफूलाई लिम्बू र आफ्नो भाषालाई लिम्बूभाषा नै भन्न रुचाउने हुनाले आफ्नो भाषालाई लिम्बू भाषाको एउटा भाषिका मान्न रुचाउँछन् । वास्तवमा यसो गर्नु नै लिम्बू एकताका निम्ति वाञ्छनीय छ ।छत्थरे लिम्बूलाई यस जातिको भाषाको एउटा भाषिकाको रूपमा मान्दा मातृभाषामा शिक्षा आर्जन गर्न पाउने मौलिक अधिकारबाट भने छत्थरे लिम्बूहरूले वञ्चित हुनुपर्छ किनभने यसोगर्दा मातृभाषामा प्राथमिक शिक्षाका लागि भनेर लिम्बूभाषाका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक मानक भाषामा निर्माण हुन्छ र त्यसको अध्यापन पनि मानक भाषामा नै हुन्छ । छत्थरे लिम्बू मानक भाषाभन्दा ज्यादै फरक भएकाले छत्थरे बालबालिकाहरूलाई त्यसमा गरिएको अध्यापन बोधगम्य हुँदैन । वर्तमान नेपाली भाषाको परिवेशमा छत्थरे बालबालिकाहरूलाई मानक लिम्बूभाषा सिक्न र नेपाली भाषा सिक्नमा कठिनाइमा दृष्टिले कुनै अन्तर पर्नेछैन । वार्इर्डट र सुब्बा, भानडि्रम र वैरागी काइँलाले छत्थरे लिम्बूलाई लिम्बूभाषाको भाषिकाका रूपमा वर्गीकरण गरे पनि आफ्नो शब्दकोषमा भने छत्थरे लिम्बूमा पाइने शाब्दिक र व्याकरणिक रूपको अन्तरलाई समावेश गरेका छैनन् । यो अभ्यासलाई दलितहरूलाई 'तिमीहरू हिन्दु हौ' भन्ने तर हिन्दुहरूको पवित्रस्थल मन्दिरमा भने छिर्न नदिने अभ्याससँग तुलना गर्न सकिन्छ तर समावेशी लोकतन्त्रका निमित्त भने यो घातक नै हुन्छ । अतः छत्थरे लिम्बूभाषामा प्राथमिक शिक्षा प्रदान गरी छत्थरे लिम्बूहरूको मातृभाषामा शिक्षा आर्जन गर्न पाउने अधिकार सुरक्षित राख्नुपर्छ । यही मार्ग अवलम्बन गर्दा नै समावेशी लोकतन्त्रले मूर्तरूप लिनसक्छ ।

लिम्बूका ' संपृति ' र ' निति ' समूह

गोर्खा शासनको देन
" गोर्खाली शासकहरूले आफ्नो शासन र धर्म–संस्कृति स्वीकार्ने जतिलाई आफू समान रीतिस्थिति मान्ने अर्थात् 'समरीति' र लिम्बू धर्म–संस्कृति नछोडी 'आफ्नै नीति' मा अडिग रही गोर्खाको शासन नमान्ने, विद्रोही लिम्बूहरूलाई 'निति' समूहको रूपमा चिन्ने/चिनाउने चलन चलाइदिए। "
डा. रमेश ढुङ्गेल
'संपृति' र 'निति' लिम्बूका विषयमा खरिदार जीतमोहनका हस्ताक्षरको सन् १८४६ ताकाको लेखोट।
परिचय
ऐतिहासिक कालक्रममा कुनै ठाउँ, जाति, समूह वा राज्य समेतको पहिचान तथा नाम परिवर्तन भएका वा विविधता थपिएका उदाहरण पाइन्छन्। कुनै जाति वा मानव समुदायको पहिचानलाई भूगोल, सभ्यता–संस्कृति र चालचलन आदिबाहेक शासनव्यवस्था र राज्यका नीतिले समेत प्रभाव पार्छ। गाँस–बास, आत्मरक्षा, विशेष सुविधा–सहुलियत आदिको खोज तथा राजनीतिक–प्रशासनिक कारणले मानिसको बासस्थलमा परिवर्तन हुन्छ र त्यसबाट सांस्कृतिक परम्परा, मान्यता तथा समग्रमा सम्बोधन गरिने नाम र पहिचान समेत बदलिन्छन्। यस्तै पहिचान परिवर्तन तथा विविधताको अध्ययन गर्ने क्रममा पूर्वी नेपाल र सिक्किममा बसोबास गर्ने लिम्बूहरूका 'संपृति' र 'निति' को नामले चिनिने दुई समूह फेला परेका छन्। लिम्बूका यी नाम या पहिचानको विषयमा थोरबहुत जानकारी लिम्बू समुदाय तथा मानवशास्त्रीय अध्येताहरूलाई भएतापनि त्यसको अहिलेसम्म कुनै चित्तबुझदो अर्थ र व्याख्या हुनसकेको छैन। त्यसैले यस समस्यामूलक विषयको समाधान पहिल्याउने जमर्कोको रूपमा ऐतिहासिक प्रमाणसहित यहाँ अगाडि सारिएको हो।लिम्बूहरू आफ्नो भाषामा– 'चोङ्', 'याक्थुङ्', 'लिम्बू' जस्ता शब्दले चिनिने गर्छन्। लेप्चा तथा सिक्किमतर्फ बसोबास गर्नेहरूले लिम्बूहरूलाई 'चोङ्' भन्छन् भने, नेपालका खस बोली बोल्नेलगायत लिम्बूवानभन्दा पश्चिमतर्फ बसोबास गर्ने सबैले 'लिम्बू' भन्ने गर्दछन्। सारा लिम्बू जातिलाई चिनाउने लिम्बू भाषाको शब्द 'याक्थुङ्' वा 'याक्थुङ्वा' हो। लण्डनको ब्रिटिश लाइब्रेरीमा सुरक्षित ब्रायन हड्सनद्वारा सङ्कलित हस्तलिखित सामग्रीको खण्ड ६० को पत्र १२९–१४९ मा यस विषयमा स्पष्ट रूपमा लेखिएको छ। को हुन् 'संपृति' र 'निति' लिम्बू? माथि उल्लिखित हस्तलिखित स्रोतमा वर्णन भएअनुसार लिम्बूको 'संपृति' समूह अन्तर्गत जम्मा तीन थर वा उपसमूह देखिन्छन्। यी तीन उपसमूहमा फागु (फागो, वा चङ्वाहाङ् वा चङ्वाङ् पनि भनिन्छ), सिरिङ् वा सेरेङ्गी (सेरेङ् पनि भनिन्छ) तथा युङ्याहाङ् (योङया हाङ् वा योङ्याङ् हाङ् पनि भनिन्छ) पर्दछन्। यीमध्ये फागो लिम्बूहरूको मूल निवासस्थान– ताप्लेजुङ् जिल्लाको चाँगे अर्थात् मेवा र मैवा खोला बीचका गाउँहरूलाई मानिएको छ। त्यस्तै सेरेङ् वा सेरेङ्गीहरूको मूल थलोलाई म्हसेरेङ अर्थात् मेवा खोला इलाकाको थुम छेउछाउको बस्ती भनेर चिनाइएको देखिन्छ। 'संपृति' अन्तर्गतका योङ्याहाङ लिम्बूको मूल थलोलाई वर्तमान ताप्लेजुङ् जिल्लाको पूर्वतर्फ र पाँचथर जिल्लामा समेत पर्ने परम्परागत याङ्रुप वा याङ्वारक इलाकालाई मान्ने गरेको देखिन्छ।'निति' समूह अन्तर्गतका लिम्बूहरूमा आङ्वोहाङ्हरूको मूल थलो उत्तरतर्फ लुम्बासुम्बा (सुङ्वालाङ्मा) हिमाल र पाँचपोखरी इलाका हुँदै तल तात्कालिक चैनपुर अम्बलको सिमाना क्षेत्रका मिल्कु वा मिल्के डाँडादेखि पूर्वका हाङ्पाङ् तथा मैवा खोला इलाकाका गाउँहरूलाई मानिएको देखिन्छ। त्यसैगरी साङ्वाहाङ् वा साँवा लिम्बूहरूको परम्परागत थलो चाहिँ मैवा खोला र तमोरपूर्व तथा मेवा खोला पश्चिमतर्फका तापेथोक आदि इलाकालाई मान्ने गरेको पाइन्छ। समग्र लिम्बूवान् इलाका भने ओलाङ्चुङ् गोला (अघि–अघि वालुङसुम्, वालुङ्सोम वा वालुङ–छुङ पनि भनिन्थ्यो) र तोपके गोला (अघिअघि ढोक्पे गोला भनिन्थ्यो) देखि दक्षिण तथा कोशीतर्फको तराई क्षेत्रतिर पर्ने चिउरा माक्रा (चक्रघट्टी इलाका?) भन्दा उत्तर, मेची नदीभन्दा पश्चिम र अरुण नदीदेखि पूर्वको सम्पूर्ण क्षेत्रलाई मानिन्थ्यो। यसरी झ्ट्ट हेर्दा 'संपृति' लिम्बूहरूमा मेवा र मैवा खोलातिरका फागो वा चङ्वाङ् र मेवा खोला थुम अर्थात् म्हसिरिङ्तर्फका सेरेङ् तथा याङ्रुपतर्फका योङ्याहाङ् लिम्बूहरू पर्दछन्। र, \'निति\' अन्तर्गत हाङ्पाङ, मैवा खोला तथा उत्तरतर्फका आङ्वोहाङ्हरू र तापेथोक् वा मैवा र मेवा खोला बीचतिरका साङ्वा वा साँवाहरू पर्ने देखिन्छ। यसो भए तापनि राजनीतिक तथा अरू विभिन्न मानवीय कारणले गर्दा यी दुवैथरीमा भौगोलिक क्षेत्र तथा जातीय समूहमा समेत फेरबदल आएको पाइन्छ।समूहगत नाम कति पुराना?लिम्बूहरूलाई 'संपृति' र 'निति' भनेर समूहगत रूपमा पहिचान गर्ने चलन त्यति नयाँ होइन, तर ज्यादै पुरानो पनि देखिँदैन। १९औँ शताब्दीको पूर्वार्द्धतिर नेपाल र हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिका बारेमा पहिलोपल्ट अध्ययन अनुसन्धान गर्ने ब्रायन हड्सनका अनुसन्धान सहयोगीहरूले बटुलेका र सारेका हस्तलिखित सामग्रीमा लिम्बूका यी दुवै समूहको स्पष्ट चर्चा परेको छ। यसबाट यी समूहगत नामको प्रचलन कमसेकम हड्सनको समयभन्दा पहिले अर्थात् सन् १८४०–५० ताका भन्दा एक–दुई पुस्ता अगाडिदेखि नै चलिसकेको थियो भनेर मान्न सकिन्छ।यथार्थमा लिम्बूका दुई समूहलाई चिनाउने यी लिम्बूइतर वा अलिम्बू भाषाका शब्द (संपृति र निति) को व्यापकता गोर्खाली शासकअन्तर्गत नेपालको राज्य विस्तार र तत्कालपछिका दशकहरूमा भएको हो। त्यस समयभन्दा अगाडि यस्ता नामको उल्लेख कतै पाइएको छैन। लिम्बूवान इलाकामा गोरखालीहरूले अधीनस्थ गर्नुभन्दा अघि मकवानपुर, विजयपुरतर्फका हिन्दूपति मानिने राजाहरूले पनि आफ्नै किसिमले प्रभाव जमाएका हुनाले त्यसबेला पनि 'संपृति' र 'निति' जस्ता पहिचानको थालनी भइसकेको थियो कि भन्ने जिज्ञासा उठ्न सक्दछ। तर ठोस प्रमाणको अभावका कारण यस विषयमा खासै बोल्न सकिने अवस्था छैन। त्यसमाथि, सेनहरूले राज्य सञ्चालनका निमित्त दरबारदेखि नै मन्त्री, काजीलगायतको व्यवस्थामा स्थानीय सभ्यता र संस्कृतिको प्रतिनिधित्व गर्ने गरी तुलनात्मक रूपमा सांस्कृतिक उदार नीति अपनाएका थिए। तिनले आफ्नो जस्तै 'सम' वा समान रीति मान्नेलाई नजिक्याउने र शासकका रीत–चलनलाई अस्वीकार गर्नेलाई दबाउने वा बाहिर निकाला नै गर्ने नीति चलाएको पाइँदैन। उता, त्यतिबेलाका गोर्खाली शासकहरूले भने राई–लिम्बूहरूप्रतिको नीतिमा त्यति उदारता प्रदर्शन गरेको देखिँदैन। यसको एउटा चरम र दर्दनाक उदाहरण अध्ययनको क्रममा प्राप्त भएको छ। हड्सनको सङ्कलनमा प्राप्त सामग्री अनुसार, गोर्खा पक्षमा नआउने वा आत्मसमर्पण नगर्ने खम्बू–किराँतीका पुरुष जति सम्पूर्ण र तिनका कम उमेरका ठिटा र बालक सन्तानलाई समेत गोर्खालीले मारिदिएका थिए। यतिसम्म कि, पुरुष सन्तान जन्माउने आशङ्कामा आईमाईको गर्भ समेत तुवाइदिएको र शिशुहरूलाई ओखलमा हालेर किचिएको भन्ने चर्चा समेत स्रोतमा परेको छ।यी हस्तलिखित सामग्रीहरू पुराना लेखोट तथा स्रोतहरूबाट खोजमेल गरी सन् १८४३ अर्थात् विक्रमको १९०० सालमा इलामका जोभानसिंह फागो लिम्बूले लिम्बू भाषा र किराँतको सिरिजङ्वा लिपिमा पुनर्लेखन गरेर तयार पारेका हुन्। ब्रिटिश लाइब्रेरी (लण्डन)मा सुरक्षित यो सामग्री युरोपियन म्यानुस्कृप्ट हड्सन खण्ड ५ को पत्र सङ्ख्या १९२ मा पढ्न पाइन्छ। यस सामग्रीको पहिलो अङ्ग्रेजी अनुवाद लिम्बू समुदायकै स्व. इमानसिं चेम्जोङ्ले सन् १९६२ मा गरेका थिए। तर दुर्भाग्यवश चेम्जोङले आफ्नो अनुवादमा यो अत्यन्त संवेदनशील र मह140वपूर्ण ऐतिहासिक घटना भएको परिच्छेद हटाइदिएछन्। त्यसपछि प्रकाशित आफ्ना कृतिमा पनि उनले यस कुराको उल्लेख गरेनन्। शायद पञ्चायत शासनकालमा आश र त्रासका कारण पहिलेका 'संपृति' हरू जस्तै भएर इतिहासको एउटा महत्ववपूर्ण राजनीतिक, सांस्कृतिक द्वन्द्वयुक्त घटनाबारे यथार्थ ज्ञान दिने/दिलाउने काममा चेम्जोङ चुकेका हुनसक्छन्। हुनपनि, उक्त अनुवाद गरिसकेपछि चेम्जोङ्लाई तात्कालिक शासनले इतिहासको अनुसन्धानको काममा लगाएको थियो। जेहोस् यी दुई समूहगत नामको प्राचीनतालाई उपलब्ध स्रोत सामग्रीका आधारमा अठारौँ शताब्दीको उत्तरार्द्धताका अर्थात् गोर्खालीको पूर्व विजय अभियानताका नै मान्नुपर्ने स्थिति रहेको छ। 'संपृति' र 'निति' को उद्भव र राज्यको खेल 'संपृति' र 'निति' शब्द कुन भाषाका हुन् र लिम्बूहरूको पहिचानमा यिनको प्रवेश सरी भयो भन्ने जिज्ञाशाले यस लेखको प्रसङ्गमा सर्वाधिक मह140व राख्दछ। 'संपृति' शब्द कतै लिम्बू भाषाकै अथवा कुनै स्थानीय बोलीको विकृत रुप पो हो कि र 'निति' पनि हिन्दूहरूबीच प्रचलित 'नीति' शब्दबाट ल्याइएको होइन कि भन्ने जस्ता प्रश्न पनि यदाकदा उठेका छन्। तर यी दुवै नाम लिम्बू भाषाका नभई, खस अर्थात् उन्नाइसौँ शताब्दीमा नेपालमा चलनचल्तीमा रहेको संस्कृतबाट प्रभावित नेपाली भाषाकै विकृत वा अशुद्ध लेखनका उदाहरण हुन् र तिनको स्पष्ट सम्बन्ध तिनताका राज्यले चलाएको राजनीतिक, सांस्कृतिक अभियानसँग रहेको देखिन्छ।लिम्बूवान् इलाका हत्याउने क्रममा नेपालका तात्कालिक शासक र तिनका सैनिक प्रशासकहरूले अपनाएको 'फुटाउ र शासन गर' (डिभाइड एण्ड रुल) को नीति– यी शब्दको उद्भव र प्रचलनको कारण बनेको देखिन्छ। किराँत क्षेत्र अधीनस्थ गर्न त्यसबेला साम, दाम, दण्ड, भेद जस्ता सबै उपायलाई उपयोग गरिएको थियो। त्यसबेला भएका सानाठूला युद्ध र तिनको हारजितको क्रममा लिम्बूहरू दुई खेमामा विभाजित हुन पुगे– गोर्खा शासकहरूको शासन तथा धार्मिक, सांस्कृतिक चालचलन 'मान्ने' र 'नमान्ने'। यस क्रममा, गोर्खाहरूको शासनसँगै मुख्य मुख्य धार्मिक–सांस्कृतिक परम्परा अपनाउन मञ्जुर गर्ने अर्थात् अत्मसमर्पण गर्नेहरूले गोर्खाली राजाबाट विशेष सहुलियत, शान–मान र अधिकार समेत स्थानीय रूपमा पाउने भए। गोर्खासामु आत्मसमर्पण नगर्ने–नझुक्ने लिम्बूहरू चाहिँ आफ्नो जन्मभूमि छाडेर बाहिरिन थाले। यसरी गोर्खाली शासन र धार्मिक, सांस्कृतिक आदर्श स्वीकार्ने जतिलाई आफूसँग मिल्ने वा 'समान किसिमका रीतिस्थिति मान्ने' अर्थात् 'समरीति' र लिम्बू धर्म–संस्कृति नछोड्ने वा 'आफ्नै नीति' मा अडिग रही गोर्खा शासनलाई स्वीकार नगर्ने विद्रोही लिम्बूहरूलाई 'निति' समूहको रूपमा सम्बोधन गर्ने, चिन्ने/चिनाउने चलन चल्यो। यी दुवै नामको स्थानीय बोलाइ र लेखाइमा भएको अशुद्धता तथा व्यवहारमा भएको भेद समेतका कारण कालान्तरमा समान वा 'समरीति'बाट अपभ्रंश भई संमृति हुँदै 'संपृति' र आफ्नै नीति–चलनमा चल्नेहरूलाई बुझाउने क्रममा 'निति' जस्ता समूहगत नामको प्रादुर्भाव हुन पुग्यो। त्यसै क्रममा तिनको व्यापक प्रयोग पनि स्थानीय र प्रशासनिक दुवै पक्षमा हुन थाल्यो। यस प्रयोगले पछि आएर अर्थ र पहिचानमा अन्योलको अवस्था पनि ल्याइदियो। किनकि कति 'संपृति' मानिने लिम्बूहरू बाहिरिन पुगेका थिए भने कति 'निति' (विद्रोही) मानिनेहरू बाहिरबाट पुनः आ–आफ्नै ठाउँमा फर्किएका पनि थिए।यसरी हेर्दा, लिम्बूहरूको यो नयाँ पहिचान ठूलो संस्कृति र सानो संस्कृति बीचको द्वन्द्व र ठूलासामु सानोको आत्मसमर्पणको स्वाभाविक घटनाक्रमले ल्याएको देखिन्छ। यसमा राजनीतिक र राज्य पक्षकाहरूको सामाजिक–सांस्कृतिक प्रभुत्ववाद वा अनुदारवादी नीतिको पनि उत्तिकै भूमिका रहेको स्पष्टै पाइन्छ। इलाम र सिक्किमतर्फ भागेका वा बसाइँ सरेर गएका लिम्बूहरूमा प्रायः 'निति' अर्थात् गोरखाली शासन र रीतिरिवाज, चालचलनलाई स्वीकार नगर्नेहरू नै धेरै थिए।यस प्रसङ्गमा 'संपृति' र 'निति' समूहका लिम्बूहरूको भौगोलिक र क्षेत्रीय पहिचान बारेमा पनि थोरै चर्चा गर्नु सान्दर्भिक हुनेछ। लिम्बू समाजमा प्रचलित साधारण मान्यता अनुसार तमोरखोला भन्दा पश्चिमतर्फका लिम्बूहरूले राजनीतिक र सांस्कृतिक रूपमा गोर्खालीहरूसँग आत्मसमर्पण गरेका तर तमोरपूर्वका लिम्बूहरू भने गोरखालीप्रति आत्मसमर्पण गर्नुको सट्टा इलाम–सिक्किमतर्फ लागेका थिए।गोर्खालीहरूसँग युद्धमा हार स्वीकार गर्दै समर्पण गर्ने जति आफ्नो परम्परागत रीतिरिवाज, चालचलनमाथि पनि सम्झौता गर्ने भएका र आफूले विजय पाउन नसके पनि हार स्वीकार नगर्नेहरू चाहिँ आफ्नो भूमि नै छाड्ने निर्णय गरेर इलाम–सिक्किमतर्फ गई बसेका हुन् भन्ने पनि केहीको कथन रहेको भेटिन्छ। 'संपृति' र 'निति' समूहको उद्भव पनि यसरी नै भएको हो भन्ने तिनको विश्वास पाइन्छ। तर ऐतिहासिक घटनाक्रम र प्रप्त स्रोत सामग्री केलाउँदा यो कथन हचुवा मात्र नभई सतही पनि छ। फेरि, याङ्रुप वा याङ्वारकतर्फका योङ्याहाङहरूले दशैँतिहार आदि चाडपर्व, धुमधामका साथ मनाउने गरेका र उनीहरूले नगरा–निशाना, ठिङ्गो–मुङ्ग्रोसहित स्थानीय रूपमा विशेष प्रशासकीय अधिकार समेत राज्यतर्फबाट पाएका थिए। यो चलन पञ्चायतकालको अन्त्यताकासम्म पनि केही मात्रामा कायमै रहेको देखिएबाट माथि उल्लेख गरिएजस्तो तमोरखोलाको पूर्व र पश्चिम भन्ने भौगोलिक आधारमा मात्र यी दुई समूहगत पहिचान पहिल्याउन कठिन हुन्छ। सम्पूर्ण याङ्रुप इलाका तमोर भन्दा पूर्व नै पर्ने कुरा पनि यहाँ स्मरणीय छ। एउटा कुरा चाहिँ सत्य हो, शुरुशुरुमा सुब्बाङ्गी पगरीसहित ठिङ्ग्रो–मुङ्ग्रो, नगरा–निशाना जस्ता स्थानीय राजकीय र प्रशासकीय अधिकार पाउने लिम्बूहरू सबै नै यहाँ उल्लेख गरिएका 'संपृति' समूह भित्रका नै थिए। उनीहरू सबैले राज्यलाई सलामी–दस्तुर बुझाउने गरी जग्गाजमिन समेत राज्यबाट भूमिकर मुक्त अर्थात् किपटको रूपमा पाएका थिए। यसरी अनेकौँ सुविधा उपभोग गर्न पाउने शर्तमा 'संपृति' लिम्बूहरू गोर्खाली शासकका राजनीतिक साथसाथै धार्मिक–सांस्कृतिक परम्पराको प्रभावमा पसेका थिए। एक किसिमले त्यसो गर्नु ती लिम्बूहरूका निम्ति बाध्यता भएको पनि हुनसक्छ। तर ऐतिहासिक स्रोतले भने पश्चिमका थकाली–सुब्बाहरूले केन्द्रीय शासनको नजिक भई विशेष सुविधा र सहुलियत प्राप्त गर्नका लागि आफ्ना परम्परागत धार्मिक चालचलनलाई समेत लुकाउने, परिवर्तन गर्ने र आफूलाई शासकहरूजस्तै हिन्दू भनेर चिनाउने चलन चलाए जस्तै गोर्खाली शासकसँग आत्मसमर्पण गर्ने लिम्बूहरूले पनि आफूहरूलाई गोर्खाली जस्तै 'हामी पनि समरीतिमा चल्ने नै हौँ' भनेर प्रस्तुत गर्न थालेको देखाउँछ।यस्तो असमान अवस्थाले लिम्बू–लिम्बूमाझ् द्वेषको स्थिति पैदा हुनु स्वाभाविकै हो। आफ्नै लिम्बू भाइहरू सुविधा र शासकीय मानमर्यादाको लोभमा गोरखा शासकहरूको घनघोर चाकडीदार भएको र आफ्ना परम्परागत नीति र परम्परालाई समेत तोड्न तयार भएकोमा आत्मसमर्पण नगर्नेहरू जति रुष्ट हुनपुगे। उनीहरूलाई आफ्नो ठाउँमा टिक्न पनि कठिन भयो। त्यस्ता लिम्बूहरू क्रमशः पूर्वतर्फ सर्दै मेचीपारितर्फ पलायन हुने क्रम निकै समयसम्म चल्यो। पछि, गोर्खालीहरूको लिम्बूवान इलाकामा बलियो गरी अधिकार जमिसकेपछि भने पहिले भागेका र निकालिएकाहरूलाई गोर्खाली शासन र परम्परा मान्ने शर्तमा पुराना सुविधा समेत फिर्ता हुने गरी फिर्ता ल्याउने प्रयास पनि राज्यले गरेको देखिन्छ। यसरी निष्काशन गर्ने र फिर्ता बोलाउने, बाहिरिने र फिर्ता आउने चक्कर चल्दा लिम्बूको पहिचानमा थपिएका नयाँ शब्द ('संपृति' र 'निति')ले पनि वैधता वा मह140व प्राप्त गर्न पुगे। कसलाई के आधारमा पैठ दिने वा कसरी बाहिर्‍याउने भन्ने जस्ता दाउपेच संस्कृति चल्दा कुन चाहिँ 'संपृति' र कुन 'निति\' भन्ने पहिचान जटिल साथसाथै ज्यादै मह140वको विषय बन्यो। यस सिलसिलामा कतिपय पहिले 'संपृति' मानिएकाहरू 'निति' मा र पहिले 'निति' मानिएकाहरू 'संपृति'मा परिवर्तित हुने क्रम चल्नु पनि स्वाभाविकै थियो। यो क्रम निकै पछिसम्म पनि चलिरहेका प्रमाण पाइएका छन्।नेपालका गोर्खाली महाराजाहरूबाट लालमोहोर लिएर सुविधा सम्पन्न भई नयाँ मोहोररिया 'संपृति' बन्दै फर्किएका लिम्बूहरू पनि कैयौँ भेटिन्छन्। यसरी सुविधा प्राप्त गरेका अर्थात् 'संपृति' समूहका लिम्बू सुब्बाहरूका घरआँगन, थुम–मौलाहरूमा दशैँमा भोग लाग्दथ्यो, जमरा राखिन्थ्यो। सम्बन्धित इलाकामा बसोबास गर्नेहरू कोसेलीसाथ टीका थाप्नका निम्ति मुखिया–सुब्बाका घरमा जानैपर्ने प्रचलन थियो। गोरखाली शासककै धार्मिक–सांस्कृतिक पद्धतिबाट घटस्थापना गर्ने फूलपाती भि156याउने, जमरा राख्ने, मौलो जगाउने, भोग दिने आदि सबै काम हुन्थे। एक किसिमले, सम्बन्धित इलाकामा बसोबास गर्ने सबैका निम्ति लिम्बू–सुब्बाहरूका घरआँगन 'सरकार मान्ने' स्थल हुन्थे। न्यायनिसाफ माग्ने केन्द्र पनि तिनै बनेका थिए। चाडपर्वका बेला यस्ता लिम्बू सुब्बाहरूका घरआँगनमा विशाल खर्चमा भोज लाग्दथ्यो। दशैँतिहार आदि गोर्खाली शासकहरूले मान्ने चाडपर्व सबै 'संपृति' लिम्बूहरूले मान्नै पर्ने उर्दी जारी हुन्थे। त्यसका निम्ति बेलाबेलामा नयाँ सहुलियत पनि थपिन्थे। हड्सनको सङ्कलनका हस्तलिखित सामग्रीहरूमध्ये लिम्बू भाषामा लेखिएको \'सृष्टि र उत्पत्तिको कथा र चालचलन\' विषयको पुस्तकमा यस विषयमा स्पष्ट रूपमा उल्लेख छ(खण्ड ७४ पत्र ८–१९ र खण्ड ८५, पत्र ४३–६६)।ब्रायन हड्सनको टोलीले सन् १८५०–५२ तिर बटुलेका केही सामग्रीमा लिम्बूसँगै लेप्चाका समेत 'संपृत मुन्थुम'हरू पाइएका छन्। तिनमा 'सम्पृक्' वा 'संपृत्' शब्दको प्रयोग \'समानरीत\' भन्ने अर्थमा गरिएको देखिन्छ। संपृत समूहका भनिएका एक लेप्चा मंत्रीको अर्थात् कर्थाकको पनि चर्चा हड्सन सामग्रीमा भेटिएको छ। (भोल्युम ७९, पत्र ७–५७) यसबाट इलाम र सिक्किमतर्फका लेप्चाहरू पनि गोर्खाली शासन परम्परा 'मान्ने' र 'नमान्ने' गरी दुई समूहमा विभाजन भएको सङ्केत मिल्छ। हंसवाज सुब्बा नाम भएका इलाम निवासी एक संपृति लिम्बूद्वारा सन् १८४० मा सङ्कलन गरी सारिएको 'संपृत्लाप् मुन्थुम' अर्थात् गोर्खाली पक्षधर लेप्चाहरूको मुन्थुम नामक पुस्तक हड्सनको सङ्ग्रहमा प्राप्त भएको कुरा यहाँ उल्लेखनीय छ (खण्ड ६०, पत्र सङ्ख्या २३०–२३७)। लिम्बूहरूको जातीय इतिहास, रीतिरिवाज, चालचलन तथा भाषा–संस्कृतिको अध्ययन/अनुसन्धानमा मनग्गे काम गर्ने हड्सन टोलीलाई सहयोग पुर्‍याउने लिम्बू समुदायका स्रोत व्यक्तिमा कथित 'संपृति' र 'निति' दुवैतर्फको प्रतिनिधित्व गर्ने विशेषज्ञहरू संलग्न भएको हुनाले यहाँ चर्चा गरिएका हड्सन सङ्ग्रहका ऐतिहासिक लिखतहरू माथि राम्रैसँग विश्वास गर्न सकिन्छ। हड्सनको तर्फबाट लिम्बूहरूको इतिहास, संस्कृति, चालचलन, लिपि, भाषा साहित्य आदिको अध्ययनमा संलग्न मुख्य मुख्य विशेषज्ञहरूमा जोभानसिं फागो लिम्बू, हंसवाज सुब्बा, च्याङ्रेसिं फेदाङ्वा, रणध्वज हवल्दार, श्रीफुङ् लिम्बूहरू थिए। त्यस अध्ययनमा संयोजक वा विशेषज्ञको रूपमा काम गर्ने चाहिँ त्यसबेलाका हिमाली क्षेत्रका स्थानीय भाषा, संस्कृति र सभ्यताका प्रखर अन्वेषक खरिदार जीतमोहन (नेवार समुदायका) थिए। माथि उल्लिखित विशेषज्ञ लिम्बूहरूमध्ये जोभानसिं, च्याङ्रे सिं र श्रीफुङ्हरू 'निति' अन्तर्गतका र सुब्बा हंसवाज, हवल्दार रणध्वजहरू चाहिँ 'संपृति' तर्फका भएको बुझिन्छ।

Jan 28, 2008

सम्झानाले तड्पाउदा...

लोकेश याक्थुम्बा

सम्झानाले तड्पाउदा उसैलाई खोजी हिड्छु
खबर केही नपाऊदा उसकै बारे सोधी हिड्छु

परदेश हिड्दा बाटो छेक्दै रुएकी थिई धरधरी
आज त्यही यादले मेरो छाति पोलिरा'छ बेसरी

मुटु माथि ढुंगा राखी हर्सलाई रोजी हिड्छु
खबर केही नपाऊदा उसकै बारे सोधी हिड्छु

घरीघरी सपनीमा देख्छु फर्कदैनौ भनी रोएको
देउरालीमा कसम खाँदै जोडी तस्बिर छोएको

सुनसान रात भरि छाया उसकै खोजी हिड्छु
खबर केही नपाऊदा उसकै बारे सोधी हिड्छु.

फाकूम्बा-1,ताप्लेजुंग
हाल-मलेशिया

Jan 25, 2008

लिम्बूहरुमाथि आक्रमणको निरन्तरता

मुक्सामहाङ मेन्याबो
करिब एक दशकको सशस्त्र जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको बलद्वारा निर्मित अन्तरिम संविधान-२०६३ मा सयौं वर्षेखि उत्पीडित आदिवासी, जनजाति र जातिहरुको केही सीमित मौलिक अधिकारहरु संस्थागत गरिएको छ । तर संविधानमा संस्थागत गरिएका मौलिक अधिकारहरु केवल संविधानमा मात्र सीमित छन् । जीवन व्यवहारमा प्रयोग गर्न दिइएको छैन । अझ यहाँसम्म कि संविधानमा संस्थागत भएका आफ्नो मौलिक अधिकारहरु प्रयोग गर्दा सशस्त्र प्रहरी बलद्वारा ठाडो आक्रमणसमेत गरिरहेका छन् ।
अन्तरिम संविधान २०६३ को धारा ५ को उपधारा ३ मा लेखिएको छ, 'उपधारा-२ मा जुनसुकै कुरा लेखिएको भएतापनि स्थानीय निकाय तथा कार्यालयमा मातृभाषा प्रयोग गर्न कुनै बाधा पुर्‍याएको मानिने छैन । त्यसको प्रयोग गरिएको भाषालाई राज्यले सरकारी कामकाजको भाषामा रुपान्तरण गरी अभिलेख राख्ने छ ।' तर २०६४ पुष २८ गते लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको अगुवाइमा सम्पूर्ण लिम्बूजन्य राजनीति तथा सामाजिक संघ संस्थाहरुकोर् एकीकृत प्रयासद्वारा धरान नगरपालिकाको कार्यालय, नेपाल खानेपानी संस्थान, नेपाल टेलिकम धरान, विद्युत प्राधिकरण धरान, आन्तरिक राजश्व धरान आदि सरकारी तथा गैरसरकारी कार्यालयहरुमा लिम्बू भाषा र शिरिजङ्गा लिपिद्वारा लेखिएको साइनबोर्ड राखिएको दुइघण्टा नबित्दै जनपद र सशस्त्र प्रहरी बलद्वारा हटाइयो । केही महिनाअघि तेर्‍हथुम, धनकुटा आदि जिल्लाका सरकारी कार्यालयहरुमा लिम्बू भाषा र शिरिजङ्गा लिपिमा राखिएको साइनबोर्डहरु पनि प्रहरी बलद्वारा हटाइएका थिए र फेरि सहमति पछि पुनः राखिएका छन् । यी घटनाक्रमले स्पष्ट हुन्छ कि अझै पनि आदिवासी जनजातिहरुमाथि भाषिक, सांस्कृतिक र राजनीतिक उत्पीडन जारी छ, सामन्ती ब्रह्माणवादी राज्य व्यवस्था समाप्त भइसकेको छैन । हजारौं लाखौं सेना र प्रहरी बल जनता र राष्ट्रका निमित्त नभएर हिन्दू सामन्ती राज्य सत्ताको रक्षा र विकासको लागि निर्माण भएका हुन् र यिनीहरु अझै पनि जनता, राष्ट्र र अग्रगमनप्रति होइन मुठिभर सामन्तहरुप्रति बफादार छन् भन्ने कुरा अब दिउँसोको घामझैं र्छलङ्ग भएको छ । अन्तरिम संविधान २०६३ को धारा १७ उपधारा ३ मा उल्लेख गरिएको छ, 'नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आप\mनो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता सम्पदाको संरक्षण र सर्म्वर्द्धन गर्ने हक हुनेछ ।' नेपालमा बसोबास गर्ने प्रत्येक समुदायको भाषा, लिपि र संस्कृतिलाई व्यवहारिक प्रयोगको केन्द्र सरकारी कार्यालय, र्सार्वजनिक स्थान तथा निकाय आदि क्षेत्रमा राज्यसत्ताबाटै प्रयोगमा ल्याइँदैन र मान्यता दिइँदैन भने के कुनै पनि समुदायको भाषा, लिपि तथा संस्कृतिको संरक्षण र सर्म्वर्द्धनको सम्भव छ - सिद्धान्त एउटा, व्यवहार अर्को हुन सक्दैन । कानुन र संविधानले जुन मार्ग प्रदान गरेको छ, राज्यका व्यवहारिक क्रियाकलापहरु पनि सोही मुताबिक हुनुपर्दछ । तर 'मुखले रामराम बगलीमा छुरा' भनेझैं संविधान र कानुनमा सबै समुदायको भाषा, लिपि र संस्कृत्रि्रति समान नीति छ भन्नु र व्यवहारमा चाहिँ सेना र प्रहरीको बलद्वारा खस भाषा, देवनागरी लिपि र हिन्दू सामन्ती संस्कृतिका जबर्जस्ती लाद्ने आदिले प्रष्ट हुन्छ कि साधुको भेषमा हिजोको ब्रह्माणवादको बीजारोपण र सुदृढीकरण भयो र आज ब्राम्हणवाद धरासायी बन्दै गएको बेला फेरि साधुको भेषमा झूटो षड्यन्त्र गर्दैछ ।
अन्तरिम संविधान २०६३ को धारा ३५ उपधारा ३ मा लेखिएको छ, 'विभिन्न धर्म, संस्कृति, जाति, समुदाय, सम्प्रदाय, उत्पीडित र भाषा भाषीहरुबीच समानता एवं सह अस्तित्वका आधारमा स्वस्थ्य र सुमधुर सामाजिक सम्बन्ध विकास गरी सबैको भाषा, साहित्य, लिपि, कला र संस्कृतिको समान विकासद्वारा देशको सांस्कृतिक विविधता कायम राखी राष्ट्रिय एकतालाई सुदृढ गर्ने नीति राज्यले अवलम्वन गर्नेछ ।' तर आफ्नो लिम्बू मातृभाषामा राखिएको साइनबोर्डहरु प्रहरी बलद्वारा हटाइन्छ भने विभिन्न धर्म, संस्कृति, जाति, समुदाय, सम्प्रदाय, उत्पत्ति र भाषाभाषीहरुबीच समानता एवं सह-अस्तित्वका आधारमा स्वस्थ र समधुर सामाजिक सम्बन्धको विकासको कुरा खोक्रो र वकवास मात्र भएन र - सबै मातृभाषाहरुलाई राष्ट्रिय भाषाको मान्यता दिने, सबै भाषा, साहित्य, लिपि, कला र संस्कृतिको समान विकासद्वारा एकतालाई सुदृढ गर्ने अन्तरिम सरकारको नीति र चार जात छत्तीस वर्ण साझा फूलबारीको देश भन्दै एक जात एक भाषा -खस) एक लिपी -देवनागरी) एक संस्कृति -हिन्दू सामन्ती एक धर्म -हिन्दू जबर्जस्ती लाद्ने पृथ्वीनारायण शाहको नीतिमा के भिन्नता भयो र -
त्यसैले लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको अन्तरिम सश्लेषण छ, 'जनयुद्ध जारी छ र जनयुद्ध जारी राख्नर्ुपर्दछ ।' किनकि संविधानमा उल्लेख गरिएका जनताका मौलिक अधिकारहरु जनताले प्रयोजन गर्न नपाउनुको पछाडि मुख्य कारण सेना र प्रहरीमा तिनै पुरानो सत्ताप्रति वफादार कमाण्डरहरुको पकड छ, कर्मचारीतन्त्रदेखि संसद हुँदै सरकारका मुख्य मुख्य मन्त्रालय र प्रधानमन्त्रीसमेतमा पुरानै सत्ताका स्वाद चाख्न पल्केका मान्छेहरुको बोलवाला छ । अतः कानुन र संविधानमा जतिसुकै गुलिया र मीठा कुराको उल्लेख गरिए पनि जबसम्म सेनालाई पूरै लोकतान्त्रिकरण गरी आदिवासी जनजातिका छोराछोरीहरुलाई विशेष प्राथमिकताका साथ सेनाको मुख्य मुख्य ओहोदामा पुर्‍याइँदैन, पुरानो हिन्दू सामन्ती कर्मचारीतन्त्रलाई ध्वस्त गरी आदिवासी जनजातिहरुलाई समानुपातिक ढंगले कर्मचारीतन्त्रमा सहभागी गराइँदैन, राज्य सत्ताको महत्वपूर्ण अंग सरकार र सरकारको पनि मुख्य मुख्य विभागमा आदिवासी जनजातिहरुलाई सहभागिता गराइँदैन, तबसम्म लोकतन्त्रको कुरा गर्नु जनतामाथिको धोका र विश्वासघात मात्र हुनेछ । के स्पष्ट भएको छ भने जबसम्म उत्पीडित जातिले जातीय स्वायत्त राज्य प्राप्त गर्दैन तबसम्म उत्पीडित जातिको खोसिएको राजकीय सत्ता प्राप्ति हुने छैन र ध्वस्त पारिएको भाषा, लिपि, संस्कृतिको संरक्षण र सर्म्वर्द्धन पनि सम्भव छैन । आज राज्य संघीय लोकतान्त्रिक गणतन्त्रमा पुनर्संरचना हुने पक्का भएपछि सामन्ती एकात्मक सत्ताका अनुयायीहरु संघीय अवधारणामा आइरहेका छन् । नेपाली कांग्रेसको भाषिक र सांस्कृतिक स्वायत्तता स्वतः सामन्ती एकात्मकवादी राज्य हो । किनकि आदिवासी जनजातिहरुलाई भाषिक र सांस्कृतिक स्वायत्ततामा भुलाउँदै राजनीतिक स्वायत्तता -राज्यसत्ता) बाट विमुख गराउनु भनेको २ सय ५० वर्षै एकात्मक सत्ताको निरन्तरता हो । नेकपा -एमाले) को ऐतिहासिक, सांस्कृतिक, आर्थिक, धार्मिक, प्रशासनिक, भौगोलिक र भाषिक आधारमा स्वायत्त राज्यको अवधारणा पनि खिचडी सारसंग्रहवादी हो र अन्ततोगत्व एकात्मकवादी राज्य नै हो । किनकी आदिवासी जनजातिहरुको मुख्य समस्या प्रशासनिक, भौगोलिक, धार्मिक, सांस्कृतिक, भाषिक, आर्थिक, ऐतिहासिक होइन । मुख्य समस्या भनेको राजनीतिक हो र राज्यसत्ताको हो । उत्पीडित जातिहरुलाई राज्यसत्ता सञ्चालन गर्ने राजनीतिक इकाईका रुपमा स्वायत्त राज्य प्रदान गरेर मात्र उत्पीडित जातिको चौतर्फी -राजनीति, ऐतिहासिक, सांस्कृतिक, भाषिक, धार्मिक, आर्थिक तथा सामाजिक) विकास हुन सक्दछ । तर्सथ जनयुद्ध जारी राख्नुपर्दछ र आगामी चैत २९ गते हुने संविधानसभाको निर्वाचनको विरोध होइन, जनयुद्धको अर्को शान्तिपूर्ण युद्धमोर्चाको रुपमा प्रयोग गर्नुपर्दछ । संविधानसभा निर्वाचन जनयुद्धको शान्तिपूर्ण एउटा युद्ध मोर्चा हुने भएपछि आज सामन्ती एकात्मक ब्रह्माणवादी तत्वहरुका लागि संविधानसभाको निर्वाचन भाँड्न चाहन्छन् र अन्तरिम संविधानलाई अझै धार्मिक भन्दै २०४६ सालको ब्रह्माणवादी संविधानसभा पुनर्वहाली गराउन चाहन्छन् ।
लिम्बू मातृभाषा र शिरिजङ्गा लिपिद्वारा सरकारी कार्यालयमा राखिएको साइनबोर्ड तुरुन्त हटाइनुले पनि उक्त कुराको प्रमाणित गर्दछ । साथै नेका र नेकपा एमाले मौन रहनुले स्पष्ट हुन्छ कि कांग्रेस-एमालेको स्वायत्तता नक्कली पाखण्डी सामन्ती साम्राज्यवादी स्वायत्तता मात्र हो । आज धरानलगायत लिम्बुवान प्रदेशभरिका सरकारी तथा गैर सरकारी कार्यालयहरुमा लिम्बू समुदायले आफ्नो मातृभाषा र लिपिमा साइनबोर्ड राख्ने ऐतिहासिक पहल गरे पनि २ सय ५० वर्षो हिन्दू सामन्ती राज्यसत्ताको दमन र उत्पीडनको व्यवहारिक रुपमा भण्डाफोर मात्र भएको छैन, एक दशकको जनयुद्ध र १९ दिने जनआन्दोलन पछि पनि हिन्दू सामन्ती ब्रह्माणवादी एकात्मक राज्य व्यवस्था जीवित रहेको कुरा उजागर गरिदिएका छन् । जसले आम लिम्बू समुदायलाई सचेत हुन मात्र नभएर स्वायत्त राज्य प्राप्तिको अन्तिम र निर्ण्ाायक लर्डाईमा एक ढिक्का हुने साहस र विवेकसमेत प्रदान गरिदिएको छ ।

Jan 22, 2008

देश सुब्बा

वि.सं. २०२२ धरानमा जन्मनु भएका उपन्यासकार देश सुब्बाले पब्लिक युथ क्याम्पसबाट ब्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्यायन पुरा गर्नु भएको छ । हाल सम्म दोषी कर्म - २०५०,अपमान - २०५२ दुइ संस्करण,शहीद - २०५६ र भयवादमा आधारीत आदिवासी - २०६४ मा उपन्यास कृतिहरु प्रकाशित भएकाछन् । विभिन्न पत्रपत्रिकामा कथा,कविता र वैचारीक लेखहरु थुप्रै प्रकाशित भै सकेकाछन् ।नेपाली साहित्य प्रतिष्ठान हङकङसंग स्थापनाकाल देखि नै सम्वद्ध हुनुहुन्छ । आदिवासी उपन्यास पछि उनको नया योजना महाकाव्य कविता कृति प्रकाशन गर्ने तर्फ आफु मोडिएको कुरा वताउनु हुन्छ । हङकङलाइ नै लेखनको कर्मथलो मानेर लेख्न थाले पछि मगर संघ हङकङ र किरात याक्थुङ चुम्लुङ हङकङद्वारा २००३ मै सम्मानित हुनुभएको छ । वहा द्वारा प्रवर्तन गरीएको साहित्यमा भयवादले हालसालै नेपाल तथा हङकङको साहित्य लेखन तथा वैचारीक वहसमा खैलावैला मच्चाएको छ । जिवन र जगतलाइ हेर्ने नया चश्माको रुपमा आएको कुरा नेपाली साहित्यका मुर्धन्यहरुले स्विकार गरेकाछन् । हङकङ जस्तो व्यस्त ठाउमा रहेर पनि आफ्नो कृतिहरु लगातार प्रकाशन गर्न पछि पर्नु भएको छैन । वहा नै डायस्पोरीक नेपाली साहित्य लेखनमा वाद अथवा भयवादका पहिला प्रवर्तक पनि हुन् । उनै अत्यान्तै शसक्त,सक्रिय साथै भयवादका प्रवर्तकसंग लिम्वूवान डट व्लगस्पोट डटकमका व्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानी पाठकहरुको लागि प्रस्तुत गरीएको छ ।

१.हालसालै तपाईद्वारा प्रतिपादित भयवादमा आधारित उपन्यास आदिवासीको प्रकाशन गराएर हङकङका पाठकहरूको हातमा पुर्‍याइसक्नु भयो तर कतिपय अन्य देशमा रहने पाठकहरूको हातमा उक्त कृति हात नपरेको हुनसक्छ त्यसैले भयवाद र पुस्तकको वारेमा बताइदिनुहुन्छ कि ?
आफ्नो कृति बढी भन्दा बढी पाठकले पढुन् भन्ने प्रत्येक लेखकको आशा हुन्छ । म पनि यसबाट अलग छैन । विद्युतीय सञ्जालमा कृतिको सञ्चार गराउन सजिलो छ । तर भौतिक रूपमा अन्य देशमा पुर्‍याउन विभिन्न समस्याहरू छन् । विदेशमा बस्ने नेपालीको ठूलो समस्या व्यस्तता पनि हो । व्यस्तताले गर्दा सोचिएका काम गर्न सकिन्दैन । सर्म्पर्क गर्न खोज्दा पनि सर्म्पर्क गर्न नसकिने अवस्था छ । विभिन्न देशहरूमा पुस्तक पठाउने सोच छ, तर सकिरहेको छुइनँ ।
भय पूर्वीय र पश्चिमी विचारमा, दर्शनमा बोधको रूपमा आइरहेको नै छ । भय विभिन्न रूपमा व्याख्या हुँदै आएको हामी पाउँछौ । ती विचारहरूमा भयलाई बोध सम्म गरेर प्रधान विषयलाई गौण पारेको देखिरहेको छु । मैले यसलाई वादको रूपमा वा प्रधान विषयको रूपमा उठाउन खोजिरहेको छु किनभने जीवनका प्रत्येक गतिविधि साँझदेखि बिहानसम्म भयबाट निर्देशित हुन्छन् । भयको कारणले चेतनशील प्राणीहरू चलयमान हुन्छन् । यसको मूल स्रोत चेतना हो । चेतनाको मात्राहरूले ग्रहण गर्ने भय फरक फरक हुन्छ । एउटै प्रकृतिको भय फरकफरक ग्रहण हुने गर्दछ । उदाहरणको लागि भूतको कुरा गरौ । कसैलाई भूत ज्यादै डर लाग्छ कसैलाई कम । जीवन र जगत पनि त्यस्तै हो । यो श्रृखलाबद्ध हुन्छ । एउटा समाप्त भएपछि अर्को तुरून्तै उपस्थित हुन्छ । यसको माध्यम प्रकट हो । भयका रूप, प्रकार, असर, स्रोत देखाउनु मात्र भयवाद हुँदैन, सहजता तर्फउन्मुख हुने गतिविधिहरू नै भयवाद हुन् अथवा सैद्धान्तिक कुरालाई व्यवहारिकमा जानु भयवाद हो । कुनै मान्छेलाई संक्रमक रोग लागेको छ वा कुनै ढल्दै गरेको टावरभित्र मान्छेले अगाडि आइरहेको मृत्यु देखेर कहालिने, उफ्रने, कुदने जस्ता क्रियाकलाप गर्दछन् । यस्ता घट्ना जीवनभरि नै भैरहन्छ । त्यसले जीवनको आनन्दमा विष घोलिरहेको हुन्छ । एक दिन मान्छे मर्नु त छँदैछ । त्यसलाई सहज ढंगबाट लिँदा जीवन आनन्दमय हुन्छ । ढल्दै गरेको टावरभित्रको मान्छेलाई पनि जीवन एकदिन मर्ने नै हो ढंगको अनुभूति हुन गए उसका धेरै कुरामा फरक पर्दछ । यो अवस्था भयवादको अवस्था हो । जीवनमा भय निरपेक्ष हुन्छ र जगतमा जीवन । जीवनका सबै रसहरू भयमा सापेक्षित छन् र जगतका सबै जीवनमा । जीवनले देखेको सम्म नै संसार हो र संसारमा जीवनलाई सहज बनाउन हिँडिने प्रकटका खुड्किलाहरू भयवाद । भयको कारणले जीवन असहज र भयभीत भइरहेको वर्तमान विश्वमा यसले सहज मार्गमा उन्मुख गराउँछ । भयवाद र भय यसैमा फरक छ ।
यसै सिद्धान्तलाई व्यवहारिकीकरण गर्न "आदिवासी" उपन्यास बनाइएको छ । उपन्यासमा निसाम् प्रतिनिधि पात्र छन् । ऊ बिरामी भएपछि बढी मात्रामा भयभीत हुन थाल्छन् । यो कुनै घटना, रोगको प्रनिनिधि हो । यस बिरामीले धेरै बिरामीको प्रतिनिधित्व गर्छ । उनमा मानसिक तनाव उत्पन्न भएको छ र भित्रभित्रै खियाउँदै लगेको छ । के कारणले यस्तो भएको हो ऊ जान्न चाहान्छ । धेरै मान्छे जान्न चाहान्छन् । कारण जान्नको लागि ऊ मान्छेहरूसित बुझदछ, सोध्दछ र पढ्दछ । तर पनि ज्ञान पाउन नसकेपछि आफूभित्रको छटपटावटलाई शमन गर्न ऊ घर छोडेर हिँड्दछ । यस्तै किसिमको छटपटावट, तनावले गर्दा मान्छेहरू घर, परिवार छोडेर हिँडिदिन्छन् । देश, विदेश, बनजंगल जानेमान्छे, साधुसन्तको पनि केही न केही यस्तै किसिमको छटपटावट रहेको हुन्छ । यी सबैको पछाडि भय सक्रिय भएको हुन्छ । भयबाट कोही पनि पछुतो रहेका हुँदैनन् । यसैबाट मान्छे निर्देशित हुन्छन् । यसबाट सहज पाउन विभिन्न बाहनामा मान्छे भौतारिन थाल्छ । यसैलाई उपन्यासमा देखाउन खोजिएको छ ।
अर्को तर्फआदिवासीहरूले विभिन्न कारणले आफ्नो जग्गाजमिन गुमाउनु परेको तीतो यथार्थ छ । धुम्रपान, मद्यपानको कुलतले अनेकौ समस्या भोग्नु परिरहेको छ । भाषा, लिपि, धर्मसँस्कार लोप हुने क्रम बढ्दो छ । "मान्छेले आफूलाई चिन्नुपर्छ आफ्नो समस्या चिन्नुपर्छ" भन्ने सन्देश पुस्तकले दिन खोजेको छ । आफ्नो अधिकारको निमित्त ठूलाठूला भाषण र सडक आन्दोलन गरेर मात्र हुँदैन । आदिवासी हुनलाई भाषा, लिपि धर्मसँस्कार, इतिहास, पुरातत्वले प्रमाण दिइएको हुनुपर्छ । ती वस्तुहरूको संकलन, सम्बर्न्धन, गर्ने तर्फध्यान दिनुपर्छ । आदिवासीहरूले नयाँ नयाँ भाषालिपि, धर्म सँस्कृति चार्डपर्व बनाउँदैछन्, यसले आदिवासीलाई कमजोर बनाउँछ भन्ने सन्देश सम्म छ यहाँ ।

२. तपाई लिम्वू स्रष्टा भएकोले हाल चलिरहेको लिम्वूवान स्वायत्त राज्य पुनस्थापनाको मागलाई कसरी हेरिरहनु भएको छ ?
लिम्बूवान स्वायत्त राज्य विकेन्द्रिकरणको नजिक देखिरहेको छु । वर्षौ देखि हाबी भएको केन्द्रकृत व्यवस्थाको विरोधमा उभेको देखिरहेको छु । यो हुनुपर्दछ । लिम्बूवानका मान्छेलाई प्रत्येक वस्तुहरू, प्राणीहरू, वनस्पति, प्रकृति जतिको प्यारो हुन्छ, घनिष्ट हुन्छ, आत्मीय लाग्छ ती प्रकृतिको विकासको निमित्त त्यहाँका स्थानीय मानिस लागिपर्छन्, अन्य क्षेत्रका मान्छे लाग्दैनन् । स्थानीय भाषा, लिपि, धर्मसँस्कृति, चाडपर्व, त्यहीँको हावापानी, माटोसँग गाढा सम्बन्ध राख्दै विकास भएको हुन्छ । त्यहाँको क्षेत्रलाई त्यहाँको मान्छेले धेरै बुझदछन् । त्यसैले पनि स्वायत्त दिनुपर्छ । जहाँ सम्म पुनस्थापनाको कुरा छ, यसभित्र धेरै अन्यौल छन् । कुन बेलाको पुनस्थापना - नेपाल एकिकरण अगाडिको कुरा सुन्दैछु, लिम्बूवान नेपाल एकिकरण पछि बनाइएको बुझदैछु । नेपाल एकिकरण अगाडि सत्रथुम, दश लिम्बूवान थियो । त्यो भन्दापनि सानासाना थुमहरू थिए लाग्दैछ । दश लिम्बूवान कुन कुन थिए लाग्दैछ । दश लिम्बूवानभित्र पनि दाबेदार थुप्रै देख्दैछु । यस अर्थमा यो जटिल छ । नारा र भाषणजतिको सजिलो छैन । थुमहरूको पुनस्थापना भयो रे मानौँ ती थुमका मान्छेहरू पनि कताकता पुगिसके अब । कुन थुममा कुन लिम्बूहरू थिए भनेर किटानी गर्न सकिन्छ जस्तो लाग्दैन । फेरि अर्को कुरा लिम्बूवानमा बसोबास गर्ने गैर लिम्बूहरूको मत उतिकै महत्वपूर्ण छ । यी जातीय सन्तुलनमा अलिकति मात्र गडबडी भयो भने संकट लाग्न सक्छ । राज्यको कुरा त्यति सजिलो हुँदैन । गएको समय फर्केर पनि आउँदैन । हामीसित जहिले पनि वर्तमान हुन्छ । वर्तमानलाई सुन्दर बनाउनु ठूलो बुद्धिमानी हुन्छ । एक जाति, एक भाषा, एक लिपि, एक धर्म, एक चार्डपर्वको विरोध हुनुपर्दछ । यो देश विकासको ठूलो वाधक हो । हाम्रो ध्यान त्यतातिर जाँदा राम्रो हुन्छ जस्तो लाग्छ ।

३. अवका दिनहरूमा लिम्वू स्रष्टाहरूले लिम्वूवान आन्दोलनलाई सघाउ पुग्ने गरी आफ्नो सिर्जनाकर्म गर्नु पर्छ जस्तो लाग्दैन ?
लिम्बूवान आन्दोलन के को लागि - राज्य पुनस्थापनाको लागि वा लिम्बूजातिको लागि ! हामीले कुन उद्देश्यको लागि लेख्ने हो त्यहाँ । जहाँ सम्म लिम्बूजातिको सवाल छ, लेख्नुपर्छ । हाम्रा संस्कृति, मिथक, मुन्धुम, अधिकार । किनभने लिम्बू जातिको संस्कृति राष्ट्रको सम्पत्ति हो । यसलाई कसैले अन्यथा लिनु हुँदैन । जबसम्म साहित्यमा हाम्रा मुन्धुम, मिथक, संस्कृति लेखिन्दैन, तबसम्म त्यो दीर्घायु हुँदैन । हाम्रा भाषा, लिपि, धर्मसंस्कृतिको जगेर्ना भएन भने हाम्रो अस्तित्व संकटमा पर्छ । मैले यही कुरा लेख्न खोजेको छु आदिवासी उपन्यासमा ।

४. अन्तरिम नेपाल सरकारले नेपाललाई संघीय गणतन्त्रको रूपमा घोषण गरिसकेको छ त्यसकै आधारले पनि लिम्वूवान स्वायत्त राज्य पाउने आधार निर्माण भएको जस्तो लाग्दैन - तर सरकारले भने स्वायत्त राज्य दिने वारेमा कुनै निर्णय गरेको छैन तपाईको विचारमा सरकारले यसो गर्नुको प्रमुख कारण के होला ?
प्रथम कुरा त वर्तमान अन्तरिम सरकार भन्नु पनि एक जातिको सरकार हो । अहिलेसम्म एक जातिको सरकारले गर्ने निर्णय एकपक्षीय हुँदै आएको छ । यस्तो निर्णयहरूले आम जनताको समस्यालाई समाधान गर्न नसकेर नै जनआन्दोलन, जनयुद्ध भएका छन् । ती युद्धहरूको लक्ष्य बहुजातिहरूको कुराहरू भएपनि त्यहाँभित्र पनि एक जातिको निर्णय हाबी हुने भएकोले लिम्बूवान स्वायत्तका कुरा मात्र होइन अधिकार प्रत्योजनका कुराहरू गौण भएका छन् । विकेन्द्रित वा संघीय राज्य व्यवस्थामा जाने बित्तिकै एक जातिको हालीमुहाली कम हुन जान्छ । त्यसैले यसलाई प्राथमिकतामा नराखिएको हो । सरकार जबसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमा जाँदैन तबसम्म निर्णयहरू आत्मघाती हुँदैन जान्छन् । यसले राष्ट्रलाई घात गर्दछ । वर्षौदेखि उनीहरूले राष्ट्रलाई घात गरेको हुनाले राष्ट्र लुते कुकुर भएको छ । सधैँसधैँ एक जातिलाई राज्य व्यवस्था सञ्चालन गर्ने अधिकार छैन । संघीय लोकतान्त्रिक गणतन्त्रमा जानैपर्छ । त्यस अन्तर्गत लिम्बूवान स्वायत्त राज्य पनि आउन सक्दछ ।

५. नेपालमा नेपाल सरकारले लिम्वूभाषालाई सरकारी विद्यालयमा पढ्न र पढाउन पाउने व्यवस्था समेत गरिसकेको हुनाले तपाईले आफ्नो कृतिहरूलाई लिम्वूभाषामा प्रकाशन गराउनु पर्छ भन्ने सोच लिनु भएको छैन ?
विभिन्न भाषामा आफ्नो कृति छपाउन कुन लेखकलाई मन लाग्दैन । म आफै लिम्बू । लिम्बू भाषामा प्रकाशन गर्न पाउनु सौभाग्यको कुरा । फेरि स्थानीय वस्तुहरू, स्थानीय भाषामा हुने भएकोले हामी जति गहिराइबाट मातृभाषाबाट लेख्न र बुझन सक्छौ, त्यतिको अन्य भाषामा गर्न सक्दैनौ । यो मेरो मात्र अनुभव होइन, अमेरिका, बेलायत गएर बस्ने धेरै भारतीय मूलका लेखकले पनि अनुभव गरेको कुरा हो । तर त्यहाँ प्राविधिक कुराहरू धेरै छन् । त्यसले पनि समस्या भैरहेको छ ।

६. लिम्वूवान स्वायत राज्य पुन प्राप्तिको आन्दोलनलाई सफल पार्न लिम्वूवान पार्टी र लिम्वूवानवासी लिम्वूहरूले कस्तो पाइला चाल्न आवश्यक छ होला जस्तो लाग्छ ?
राजनैतिक प्रश्न मलाई अप्ठयारा लाग्छन् । जति सजिलो आन्दोलन र जुलुसहरूको आवाज, कदम हुन्छ त्यति सजिलो स्वायत्त राज्य हुँदैन । आन्दोलन जुलुस, भनेको माध्यमहरू हुन् । यसले क्षणिक लक्ष्य प्राप्त गर्न सक्छ । लिम्बू र लिम्बूवान कै कुरा गरेर लाने हो भने लिम्बूहरूको भाषा, लिपि, धर्म संस्कृति, पुरातत्व नै हो । लिम्बूवान स्वायत्त राज्य प्राप्त गरेपनि भाषा, लिपि, धर्मसंस्कृति, पूरातत्वको अभावमा केही समयपछि लिम्बूहरू गैर लिम्बू हुन जान्छन् । लिम्बूहरूको भाषा, लिपि, धर्मसंस्कृति पूरातात्विक महत्वका वस्तुहरू प्रयाप्त भएमा गैर लिम्बूवानभित्र पनि लिम्बूहरू नै भनेर बाँच्न सक्छन् । लिम्बूहरूमा थर, उपथर लेख्ने परम्पराले भविष्यमा लिम्बूवान नै प्राप्त गरेपनि लिम्बू नलेख्ने लिम्बूहरू गैर लिम्बू हुन जान्छन् । यो खतरा देखिन थालेको छ । जातिलाई राजनीतिले भन्दा भाषा, लिपि, धर्मसंस्कृतिले बचाउँछ । विश्वको धेरै जातिहरूमा देखिएको यथार्थ हो यो । त्यसैले लिम्बूवान पार्टी र लिम्बूवानवासी लिम्बूहरूले राजनीतिलाई माध्यम मानेर भाषा, लिपि, धर्म संस्कृतिमा लाग्नुपर्छ र हाम्रा पुरातात्विक वस्तुहरूको खोज, अनुसन्धान र जगेर्ना गर्नुपर्दछ । एकिकरण ताका ती वस्तुहरूको नास गरिएको छ । कताकता छिटपुट अझै फेला पर्दैछ । त्यसलाई खोजेर भेला गर्नुपर्दछ र त्यसको अध्ययन गर्नुपर्दछ । त्यसले लिम्बूहरूको बारेमा नयाँ कुराको आविष्कार गर्दछ । कुनै ठाउँमा दरबार भेट्टाएको सुनिन्छ, कुनै ठाउँमा हातहतियार, शिलालेख । जातिको लागि त्यसको ज्यादै ठूलो महत्व छ । यसले लिम्बूहरूको वास्तविक इतिहास खोतल्न मद्दत गर्छ । यसले नै लिम्बूवान र लिम्बूहरूलाई बलियो बनाउँछ ।
-
७. लिम्वूवान स्वायत्त राज्य पुनप्राप्ति हुन्छ भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ?
पुन प्राप्ति भन्ने कुरा संभव हुँदैन । भन्नुको तात्पर्य समय नै अढाइ सय वर्ष फरक भैसक्यो । हिजो हजारको संख्यामा भएको जनसंख्या लाखौ पुगिसके । लिम्बू जाति मात्र भएको क्षेत्रमा गैर लिम्बूहरूको बाहुल्य भैसक्यो । यी परिस्थितिलाई मध्य नजर गर्दा धेरै कुराको फरक भैसक्यो र वि.सं. १८३१ भन्दा अगाडि त्यहाँ लिम्बूवान भएको कुरा कतै देखिन्दैन भने पुन प्राप्ति केलाई भन्ने । हामी अहिले अधिकारको युद्धमा छौँ, स्वायत्तताको युद्धमा छौँ । यो कुरा हुन सक्छ । यसलाई पुन प्राप्ति भन्न मिल्छ जस्तो मलाई लाग्दैन ।

८. लेखन क्षेत्रमा कसैको प्रेरणा वा प्रभाववाट लाग्नु भएको हो कि - साहित्य लेख्दा तपाईले कस्तो महसुस गर्नु हुन्छ - कुन उदेश्यले बढी प्रेरित भएर लेख्नु हुन्छ - कुनै नयाँ कृतिको लागि योजनाहरू छन् कि ?
म लेखनमा व्यक्ति विशेषको प्रभावले लागेको होइन, बढी रहरको कारणले लागेको हुन सक्छु । लेखक भन्ने महान् हुन्छन् र उनीहरूले किताब लेखेपछि सबैतिर प्रशंसा हुन्छ भन्ने लागेको थियो । उनीहरूको जीवनस्तर उच्च हुन्छ भन्ने मनोविज्ञान थियो ममा । म कसैको प्रेरणाले भन्दापनि महान् हुने सपना बोकेर लागेको हुँ । तर आज बुझदैछु, वास्तवमा त्यस्तो होइन रहेछ । यो काम बडो कठिन हुँदोरहेछ । त्यसमा पनि हाम्रो जस्तो सानो बजार, प्रकाशक र वितरक नभएको बजार, भएका प्रकाशक र वितरक पनि संकुचित । यस्तो वातावरणमा धेरै समस्या हुँदोरहेछ । लेख्ने, छपाउने, वितरण गर्ने सबै काम गर्दा गाह्रो हुँदोरहेछ । हामी आदिवासी, लिम्बूवानको लागि लेखिरहेपनि औलामा गन्न सकिने मान्छेले पनि "आदिवासी, लिम्बूवानको लागि लेखिरहनु भएको छ" भन्न गाह्रो मान्दारहेछन् । यस्तो अवस्थामा समाजको लागि लेख्दैछु भन्नु पनि कताकता असजिलो लागिरहेछ मलाई ।
अरूलाई कस्तो लाग्छ कुन्नी साहित्य लेख्दा आनन्द लाग्न थालेको छ । जति लेख्दापनि लेखुँलेखुँ लाग्छ, सच्याउसच्याउ लाग्छ । आदिवासी उपन्यास मैले बीस पटकभन्दा बढी सच्याएको छु । किन हो मलाई यो जति हेर्‍यो उति मजा लाग्छ । अझै पनि घरीघरी पढ्न अल्सी लाग्दैन । कताकता भन्न खोजेको कुरा भन्न सकिनँ कि लाग्छ । समयलाई यसले सबैभन्दा राम्रो समातेको ठानेको छु । त्यसैले प्रकाशन गरिहालेँ । अन्यथा अझै हेर्ने विचार थियो ।
मेरो लेखनको उद्देश्य चेतना हो । खासगरी आदिवासी जनजातिहरूको चेतना । हामी कुन अवस्थामा छौँ । हिजो कुन अवस्थामा थियौ । किन हामी अधिकारबाट बञ्चित छौ - अब के गर्नुपर्दछ भन्ने खालको आदिवासी चेतना लिएर साहित्यमा आएको छु । नेपालमा आदिवासी साहित्य आदिवासी समालोचना कहिले गरिएन, त्यसैले यस्तो साहित्य पनि लेखिनुपर्छ भन्ने साहित्य लेख्न खोजिरहेको छु । केही वर्षदेखि जीवनलाई भयवादिय दृष्टिकोणबाट हेर्दा कस्तो देखिन्छ भनेर उतातिर पनि अगाडि बढ्दैछु ।
नयाँ कृतिमा उपन्यासको एउटा पाण्डुलिपि छ । त्यसले मेरो मन तान्न सकेको छैन । एउटा भयवादको काव्य छ । पुरानो भाषामा महाकाव्य हुन्छ म यसलाई भयवाद काव्य भन्न रूचाइरहेको छु । यो अन्तिम तयारीमा छ । यसमा धेरै प्रयोग बनाएको छु । पाठकलाई भद्दा लाग्न सक्छ । मलाई किन हो मजा लागिरहेको छ । दिन जुरेछ भने आउँदो वर्षप्रकाशन गर्ने इच्छामा छु । त्यही काव्यलाई अनुप्रास नयाँ ढंगले राखेर र कथा, मिथक नयाँ हालेर अर्को काव्य बनाउने पनि सोचिरहेको छु । काव्यको लागि हाम्रा मिथक, कथा हाल्ने विचारमा छु । यसले हाम्रा मिथकहरूलाई स्थापित गराउँछ । मुन्धुमलाई साहित्यमा कसरी लेख्ने हो त्यो पनि सोचिरहेको छु ।

९. डायस्पोरिक नेपाली साहित्य लेखनमा तपाई नै प्रथम भयवादको प्रवर्तक हुनुहुन्छ यो वादलाई नेपाली साहित्यको मुलधारको लेखन चिन्तन र प्रयोगमा कसरी प्रभावकारी ढङ्गले लैजान सकिन्छ होला ?
डायस्पोरिक नेपाली साहित्य लेखनमा भयवाद निकै मजबूत बन्दै गइरहेको छ । यसका अवधारणाहरू आइसकेका छन् । अवधारणामा नेपालका र हङकङका विद्धान्हरू बीच वृहत छलफल भइसकेको छ । यसको साहित्यिक प्रयोग आदिवासी उपन्यासमा बनेको छ । अवधारणा र साहित्यिक प्रयोगमाथि नेपालमा भरखरै वृहत छलफल भएको छ । भयवाद र भयवादिय साहित्यबारेमा धमाधम समाचार, लेख, साहित्य लेखिन थालेको छ । यसले डायस्पोरिक नेपाली साहित्यको उचाइ बढाउन मद्दत पुर्‍याएको छ र हिजोको पुराना विस्वासहरूमा नयाँ विस्वासहरू बन्न थालेका छन् । जीवन र जगतलाई हेर्ने नयाँ नयाँ मान्यताहरू बन्न थालेका छन् । यो नै सकारात्मक पक्ष हो । आफूलाई मूलधारको साहित्यकार भन्ने एक किसिमको घमण्ड बोक्ने साहित्यकारको झुण्डलाई यसले घचघचाउन थालेको छ । घमण्डले सृजना गर्दैन भन्ने कुरा बताउन थालेको छ । मूलधारको साहित्यिक कुनाबाट भन्दा बेग्लै धारको साहित्यको आवाज ठूलठूलो सुनिन थालेको छ । जसको आवाज चारैतिर सुनिन्छ ऊ नै मूलधार बन्न सक्छ । जहाँ सम्म अहिले केही साहित्यकारहरूले मानिरहेको मूलधारको कुरा छ त्यहाँ प्रवेश गर्ने दुइटा बाटाहरू छन् एक बेगल धारको साहित्यलाई मूलधार बनाउँदै लैजाने र अर्को अहिलेका मूलधारको साहित्यकारको बीचमा छलफल, अन्तरक्रिया, समाचार, समिक्षा लिएर हस्तक्षेप गर्ने । जसको जति धेरै प्रसारप्रसार हुन्छ ऊ नै मूलधार बन्ने हो । त्यसैले मूलधारमा प्रवेश गर्न उम्दा साहित्य, विचार लिएर हल्लाखल्ला गर्ने हो । अन्यथा जति नै राम्रो साहित्य गरेपनि किनारामा फालिन्छ । मूलधारको भनिने अहिलेको चर्चित उपन्यासहरू पल्पसा क्याफे, राधा, घनचक्करभन्दा आदिवासी कम छ जस्तो लाग्दैन । अझै यसमा नवीन विचार छ । तर पनि किनारामा फाल्न खोजिएको छ । नेपाली मूलधारको साहित्यले अन्तराष्ट्रिय जञ्जलजस्तै चरित्र देखाउँदै आएको छ । यो साहित्य विकासको लागि घातक हुन्छ ।

१०. लिम्वूवान डट व्लगस्पोट डटकम मार्फत समस्त तपाईका पाठक तथा शुभचिन्तकहरूलाई केही सन्देश दिन चाहानु हुन्छ कि ?
यस लिम्वूवान डट व्लगस्पोट डटकम मार्फत म के भन्न चाहान्छु भने साहित्य जीवनको अभिन्न अंग हो । यसलाई आत्मसात गर्नुपर्छ । आन्दोलन, जुलुस, भाषण गरेर मात्र दीर्घकालिन लक्ष्य प्राप्त गर्न सकिन्न । दीर्घकालिन लक्ष्य त साहित्य, भाषा, लिपि, धर्मसंस्कारले बोकेको हुन्छ । त्यसैले आन्दोलन, जुलुस र भाषणमा लागेका सबै मान्छेहरूलाई म साहित्य पनि पढ्ने आग्रह गर्दछु ।

Jan 19, 2008

लिम्बुवान स्वायत्त राज्यको पुनःस्थापना अनिवार्य सर्त तथा अपरिहार्य

अबिचन्द्र इङनाम लिम्बु
लिम्बुवान स्वायत्त राज्यको पुनस्थापनाको बिषय कुनै नौलो कुरा होईन । यसलाई राम्रो संग बुझनको लागि इतिहास देखि बर्तमान सम्म गहिरो अध्ययन गर्न जरुरहुन्छ । नेपालको इतिहासमा सबै भन्दा लामो समय ३२ सौ पुस्ता सम्म किरातिहरुले नेपाल खाल्डोमा राज्य गरि समय अन्तरालमा लिच्छवीहरुको आगमन सगै किरातिहरु नेपाल खाल्डो बाहिर गई बिभिन्न क्षेत्रहरु कब्जा गरि स्वतन्त्र राज्य स्थापना गरि बस्नथाले । त्यस मध्य किरात लिम्बु जाती समुदायले अरुन सप्तकोशी बाट पूर्बको भूभागमा आफ्नो स्वतन्त्र राज्य स्थापना गरि बसेका थिए ।
बि.सं.२०२१ साल सम्म पुर्ण रुपमा लिम्बुवानको भूमी त्यहाका साशक लिम्बुहरुको मातहतमा रहेको र त्यस पस्चात षडयन्त्र पुर्ण ढङ्ग बाट केन्द्रीय सरकारले लिम्बुवानको तर्राईको जंगल क्षेत्र बाट अतिक्रमण सुरु गरि क्रमस पहाडी क्षेत्रहरुमा नापी गरि अन्त्यमा २०४५ सालमा ताप्लेजुङ जिल्लामा अन्तीम नापी गरि लिम्वूवानको अस्तित्वलाई षडयन्त्रपूर्ण तवरवाट अतिक्रमण गरि समाप्त गरियको तथ्य प्रष्टछ । गोर्खाको राजा पृथ्वी नारायण शाहले १७ औं पटक सम्म लिम्बुवान माथी आक्रमण गर्दा पनि आफु पराजित भएकोले बि.सं.
१८३१ सालमा सन्धी लालमोहर गरि पल्लो किरात लिम्बुवान नेपालको सह राज्यको रुपमा रहने र भूमी सम्बन्धी सम्पुर्ण अधिकार तिमी तुतुतुम्याङहाङ लिम्बुहरुमानै रहने भन्ने सर्तमा लिम्बुवान नेपालको सहराज्य हुन गएकोथियो र बि.सं. २०२१ सालसम्म सोहिरुपमा चलिरहेकैथियो । त्यस पस्चात माथि उल्लेख गरेअनुसार केन्द्रीय सरकारले एक पछि अर्के गर्दै अतिक्रमण गरेको तथ्य छर्लङ्गछ ।
बि.सं २०१७ साल पश्चात पञ्चायति ब्यबस्थाले गरेको मुलुकको प्रशासनिक सम्रचनामा पनि लिम्बुवानलाई छुट्टै कोशी र मेची २ अञ्चलमा राखिएको थियो । पछि २०३१ सालमा प्रशासनिक सिमा तथा क्षेत्रको पुनअवलोकन गर्ने भनि भोजपुर जिल्लालाई लिम्बुवान कोशी अञ्चलमा समाबेश गरिएको हो । तर हामिले भोजपुर जिल्ला कोशी अञ्चलमा परेपनि हामीले हाम्रो ऐतिहासिक लिम्बुवानको सिमानालाई मात्र दाबि गरिरहेकाछौ । जस अन्तरगत सङखुवासभ, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा, इलाम, पानथर, ताप्लेजुङ ९ जिल्लाहरु पर्दछन ।
हाम्रो दाबि के हो भने कुनैपनि दुइ पक्षको सन्धी सम्भौताको फेर बदल गर्नको निमित दुबै पक्षको सहमती हुनुपर्दछ । आफु खुसी एकलौटि रुपमा निर्णय गर्नु भनेको सन्धी भङ्ग गर्नुहो । नेपाल सरकारले सन्धी भङ्ग गरेर लिम्बुवानलाई अतिक्रमण गरेकोछ त्यसलाई तुरुन्त सच्याई लिम्बुवान स्वयक्त राज्यको पुनस्थापना गर्नु पर्दछ । यो हाम्रो कुनै नया माग होईन यो हाम्रो अकाटय दाबि हो हामी छाडनेवाला छैनौं । अर्को कुरा केछ भने बिश्वका हरेक मुलुकहरुको आ-आफ्नै इतिहास हुन्छ तर जुन मुलुकहरुले इतिहासलाई सम्मान गर्दै संधात्मक स्वयत साशनव्यवस्था समानताको ब्यबहार अपनाउदै आएका मुलुकहरु अहिले धेरै बिकसित भई सकेका छन भने । केन्द्रक्रीत साशन ब्यबस्था र जातिय एकाधिकार वाद भएको मुलुक बिकासको मार्गमा भरखर बामे सर्दैछ ।
इतिहास र समानताका कुरा उठाउदा जस्तै United Stste of America संयुक्त राज्य अमृरिका । त्यस्तै United Kingdom of Grate britain and Northen Islandग्रेटब्रिटेन र नरदन आइलेन्डको संयुक्त अधिराज्य । यहा सबैको अस्तित्व प्रत्याभुत गरिएकोछ । हाम्रो नेपालमा त्यस्तो केहि छ त ? सबैलाई समानुपातिकरुपमा प्रत्याभुत गर्ने शब्द राज्यको तर्फवाट अख्तीयार गरिएको नेपालमा खोइ ती ऐतिहासिक तथ्यहरु कहा छन- यस्ता कुराहरु गरियोभने उल्टै साम्प्रदायिकताको अभियोग लगाएर पेल्ने र दमनगर्ने निति छ शासकवर्गहरुको ।
लिम्बुवान स्वयत्तता तथा राज्यको पुन सम्रचनाको कुरा गर्दा हामीले २०४७/४८ मा जनजाति पार्टीको माध्यम बाट यो कुरा उठाएको थियौ त्यस बखत ११ प्रान्तको अवधारणा राखिएको थियो ११ प्रन्तको प्रतिनिधी मुलक झण्डामा ११ ठाडो धर्सा राखिएको थियो । अध्यक्ष खगेन्द्रजङ गुरुङ र महासचिव काजीमान कन्दङवा रहनु भएको थियो । तर त्यसबेला निर्वाचन आयोग र यिनै सत्तामा रहेका ब्यक्तीहरुले प्रपञ्च र शक्ती प्रयोग गरी बिभिन्न लान्छना लगाई निर्वाचनको लागी पार्टी दर्ता अस्वीकार गरे । हामीले जनपाटिको नाममा खुम्चेर वस्नु पर्‍यो पछि मध्यावधि चुनावताका जनमुक्ति मोर्चा र हाम्रो जनपाटी संयुक्त भई जनमुक्ति पार्टी भएको हो । यदि त्यस अवस्थामै हामीले राखेको संघात्मक साशन ब्यबस्थाको अवधारणलाई त्यसै अवस्थामा स्विकार गरिएकोभए एति बेला मुलुकले बिकासको फड्को मारिसक्थ्यो । यो अहिलेको माओवादी क्रन्तीको आवस्यकतानै पर्दैनथ्यो । सत्य कहिल्यै डगदैन । देशको वश्यकतालाई शक्तिको भरमा दमन गर्न खोज्दा त्यसको परिणाम माओ वादीको जन्म भएकोछ । अवपनि गणतान्त्रीक संघात्मक साशनब्यबस्था तथा लिम्बुवान स्वयत्त राज्यको पुनस्थापनालाई बेवास्ता गरियो भने देशमा अत्यान्त ठूलो संकट आई पर्नेछ । देसमा अर्को सशक्त माओ वादीजस्तो संगठनको जन्म भई झन पृथकताबादी आन्दोलन हुनेछ । त्यसको जिम्मेवारि अहिलेको सत्ता पक्षनै हो ।
यहा बसेर पनि लिम्बुवानको आन्दोलन हुन्छ भन्ने प्रश्नहरु पनि जन्मीने गरेकाछन तर म यहा संसारमा छरिएर रहेका लिम्बुवान बासिहरुलाई म के भन्न चानछु भने हामीलाई थाहा हुनु पर्‍यो आन्दोलनको मैदान कहा हो र किन भन्ने कुरा चाहे संसारको जुन सुकैकुनामा बसेको ब्याक्ती किन नहोस उसले लिम्बुवानको आन्दोलन गर्न सक्छ । के बिनलादेन अमेरिकामा नै वसेको थियो र ? त्यस्तै नेपालकै कुरा गरौ के अहिले सक्तामा बस्ने नेताहरुले संगठनगर्दा नेपालमा बसेका थिए ? संगठन बलियो भईसके पछि आन्दोलनको लागीमात्र नेपाल आएका होईनन त ?
संबिधान सभा लाइ अचम्मको पाको बनाएर जनता सामु फालेर जनतालाई पोजल वनाउन खोजेकाछन नेताहरुले । त्यो संबिधानसभारुपि पोको भित्र के छ ? संबिधानसभा अगावै स्पस्ट हुनुपर्छ । नत्र त्यो संबिधानसभाको कुनै अर्थ छैन । संबिधान सभा अगावै देशको सम्रचाना तथा लिम्बुवान स्वयत्त राज्यको ग्यारेन्टी हुनुपर्छ । यदित्यो भएन भने संबिधानसभा पछडि स्थाई शान्ती को परिकल्पना नै नगरे हुन्छ । त्यस्तो संबिभानसभाको के अर्थ ।
जातिय समानुपातिक प्रतिनिधित्व तथा गणतान्त्रीक संधात्मक शासन ब्यवस्था नै बिश्वमा फापसिद्ध भएको र नेपालमा पनि यसको अपरिहार्यता भइसकेको अवस्थामा नेताहरु अनरगल प्रचार गर्ने दुस्प्रयास गरिरहेका छन । उदाहरणकै रुपमा भन्नुपर्दा मिति १५ अक्ठोवर ०७ का दिन नेपाली कांग्रेसका केन्दीय सदस्य तथा संसदमा उक्त दलका सचेतक आनन्दप्रसाद ढुङानाले राजधानीमा आयोजित कार्यक्रमा बोल्दै समानु पातिक निर्बाचनले मुलुक बिखण्डन भई जातिय राज्यमा परिणत हुन्छ भन्नु भयो । त्यस्तै सोहि मैनाको ३० तारिक रिपोर्टस क्लब नेपालको को राक्षतकार कक्षमा ने का को महामन्त्री रामबरण यादवले सोहि कुरालाई दोहोर्‍याउनु भयो । यसले हामी जनजातिहरुलाई अपमान गरिएको छ र हामी अझ सशक्त र जुझारु रुपमा अगाडि नबढे आजको आस्वकता र जनताको वलिदानवाट प्राप्त जनमनको बेवास्ता गरिदैछ । म उहाहरुलाई यो प्रश्न गर्दछु कि के राष्टिय अखण्डताको बाहक तपाइहरुमात्र हो ? अरु जनजातीहरुमा राष्ट्र प्रति चिन्ता छैन ? नेपालको आदिबासि जनजातहिरु आज बिदेश गएर महिनामा लाख रुपया भन्दा बढि आर्जन गर्दा पनि आज एउटा राम्रो घर र छोरा छोरीहरुलाई राम्रो स्कुलमा पढाउन सकिरहेको छैन तपाईहरु हिजो हामी संगै गाउमा फाटेका जुत्तामा भोट माग्दै हिडेको एक पटक सांसद तथा मन्त्री हुदैमा कताबाट आए ति तपाईका आलिसान महलहरु कतिहो तपईहरुको आम्दानी । अनि यहि हो तपाईहरुको देशभक्ति ? केन्द्रमा बसेर हालिमुहालि गर्न पाईदैन भन्ने त्रासले संघात्मक साशन
ब्यबस्था तथा जातिय समानुपातिक निर्वाचनले मुलुक बिखण्डन गर्छ भन्ने अनर्गल कुरा गर्नु एउटा लज्जास्पद तर्क हो । अन्तमा संसारमा छरिएर रहेका नेपालीहरु एक हौ सामन्तवाद दलाल नोकरशाही पुजीबाद जातिय असमानता, एकाधिकारवाद तथा सामन्ती राज्यसत्ता र त्यसको ठेकेदार राजतन्त्र को अन्त्यगरी । राष्ट्रको पुनसंरचना गरी गणतान्त्रीक संघात्मक राज्यब्यवस्थाको लागी जुटौ । अनि लिम्बुवान स्वयत्तराज्यको पुनस्थापनामा जुटौ । जय लिम्बुवान, जय मात्रिभूमी नेपाल ।।
लेखक - लिम्वूवान राष्ट्रिय मोर्चा हंगकंगका महासचिव हुनुहुन्छ ।

नेपाली साहित्यका पात्र-पात्राहरु

प्राचीन इतिहास र साहित्यका विभिन्न पात्र-पात्राहरु जन्माउँदै नेपाली सिमाना, फैलिएको थियो, खुम्चिएको थियो । श्रुति-परम्पराबाट थालनी भएको आस्थाको धरोहरादेखि वैद्धिक सभ्यताको विकास पनि नेपाली साहित्यको सिमानाले बाँधेको छ । यहाँका मिथकका पात्र-पात्राहरुले संसारको सृष्टि गरेका छन् । मानव सृष्टिका विभिन्न आख्यान र विश्वासका लोक कथाहरु सिर्जना भएको छ । देउ-देउता सिमेभूमे, नाग-नागेनी र वन-जङ्गलमा विश्वासका देव-देवीहरुले बास गरेका छन् । जागित्र, भूत प्रेत र मसानका डरलाग्दा कथाहरु पनि छन् । समुन्द्र सतहको थेसिस सागर उचालिँदै गएपछि तिब्बती ढालले छेकिदिँदा समुन्द्र सतहको मैदान, पहाड र हिमाल बनेको वर्तमान हिमाली श्रृङ्खला तत्कालीन जीवहरुको उत्पत्ति र विकास हुन सक्ने योग्य जलवायु थियो भन्ने जन विश्वासहरु पनि जिउँदै छ ।
मानव विकासको क्रमसंगै विभिन्न राजा महाराजा, ज्ञानी, तपश्वी, ऋषिमुनि, धर्मात्मा, पाखण्डी र निंरकुश राजा महाराजा र जल्लादहरु पनि यही माटोले जन्माएको थियो । उनीहरु नै हाम्रा मानव पूर्खाहरु हुन् र उनीहरुले गरेका कार्यहरु नै इतिहास र साहित्यको विम्वहरु हुन् । श्रुति-परम्परा, आख्यान, लोकोक्ति र उनीहरुले गरेका कर्महरु नै मिथक र इतिहास हो । वर्तमान दशक लामो आपसी-द्वन्द्व, विचार र वर्गीय युद्ध हो । यही माटोमा उत्पत्ति भएका मिथक, विम्व, र वर्गीय विचारको लडाइँमा ज्ञात अज्ञात मृत्युवरण गर्न पुगेका आत्माहरु नै परिवर्तनका पात्रहरु पनि हुन् । यसरी समयको अन्तरालमा यही सिमानाभित्र भोगिएका दुखान्त घटना, विध्वंस, हत्या, हिंसा, आगजानी, भोक-रोग र अशान्तिका उतार-चढावका चर्चराउँदा चोटहरु नै साहित्यको लागि निको नहुने पात्र-पात्राको दुखाइ होभने, किन विम्व, प्रतीक र मिथक खोज्न संसार डुल्छौं ? प्याष्टेनीहरुको दर्दनाक कथा बन्छ, कविता बन्छ । सर्वहारावादी लडाइको हिरो चे ग्वेभाराबिना युद्धका कविताहरु अपुरो भएको महसुस गरिन्छ । दशक लामो नेपाली जनताको पक्षमा लड्ने वीर गरीव किसानका छोरा-छोरीको वीरगाथा साहित्यिक मसिको आँशु बन्न सक्ने भए जैतूनको पहाडमा कविता खोज्न जानु पर्दैनथ्यो । संसारकै अभागी आमा जोकास्टालाई भन्नु पर्दनन्थ्यो कि, एक पटक तिमी नै जन्म लिएर महामुर्ख पुरुषहरु जन्माउने संसारलाई परिवर्तन गर । वामियानतिर कथाका पात्रहरु भेट्न जाने झन्झटलाई पर सार्न सकिन्थ्यो । विकल्पमा रुकुम रोल्पा र जिउँदै जलेका मधेशका पीडाहरुबाट एउटा नयाँ विहानको भविष्य कोर्ने कथा र कविता लेखिन्थ्यो सायद ।
सुखानी र भिमानका जङ्गलमा वीरगति प्राप्त योद्धाहरु स्मरण योग्य कथाका पात्र हुन्थे होलान् । पिस्कर र छिन्ताङ दोहोरी रहन्थ्यो मानसपटलमा । कन्काईको बगर सुसाइरहन्थ्यो, साहित्यको अबिरल बग्ने कन्काईको सुशेली बनेर । इभाङका पाखाहरुमा एक प्रकारको सुनाखरी फुल्थ्यो जसरी नाक्वामाको भीरमा प्रत्येक वर्ष एकपल्ट मात्र फूल फुल्छ । बेनी आँशुको थोपामा डब्डबाउँदै युद्धको शिर छेदन् टाउको भैरवी भाषामा बोल्थ्यो । सेतीको चीर हरण हुँदा चखेवा चराहरु चिरबिराउँथे । मनिराम गाइने सारङ्गी रेट्दै गाइरहन्थ्यो सारङ्गी भाकामा । जसवीर कामी आरान थापेर हतियार निर्माण गर्दै नेपाली भविष्यको पुल थाप्थ्यो, चुँडिएका पुलका साङ्ला जोडेर खिया लागेका काँटीहरु फेर्दै । आफ्नै हत्या गर्न आउने शत्रुहरुलाई कसले बाटो देखाउछ र ? बरु मर्न तयार बाङ्गे सार्कीको आत्मसम्मानमा महाकाब्य पढिन्थ्यो । जसरी कवि श्रवण मुकारुङले कवितामार्फत बिसे नगर्चीलाई आफ्नो बयान बकाएका छन् । कृष्णलाल र कृष्ण सेनहरुको सम्मान चुलिएर आकाश छुन्थ्यो होला । हृयामबोल्ट विश्व बिद्यालयमा राखिएको जर्मनी सेनाको गिरफ्तारीमा परेका दोश्रो विश्व युद्धका गोरखा सैनिक जसबहादुर र्राईको आफ्नो स्वरको बिलौना “द हाल्फमुन फाइल्सहरु” पनि साहित्यनुरागीहरुका लागि दुःखको साहित्यिक खुराक हुन्थ्यो । सोंनागाँछी, दिल्ली मुर्म्बई र खालपाडाका नेपाली देह ब्यापार भित्रका पीडाहरु साहित्यमार्फत पस्कन सके सात्र र सारोयान, ज्वायस र जिल्ड, मिलर र मोराक, जेनेट र दजाइको वीर्य नेपाली साहित्यमा मिसाउन पर्दैनथ्यो ।
सुस्ता महेशपुर, कालापानी र टिङकर भञ्ज्याङ बलात्कार भइरहेको बेला जङ्गेको आत्मा किन खित्खिताउँदैन र ? हत्या हिंसा र अभावको नाण्डव नृत्य नाँच्दा त्यहाँका पात्रहरु न मीथ बन्छन्, न विम्ब नै, बरु पानीका फोका हराएझैं हराउँदै जान्छन् । जसरी तलाउमा वर्षे झरीले आफ्नो अन्तिम मृत्यु गाउँदै तलाउको पानीसँग अस्तित्व मेटाउँछ । नेपाली माटो र आकाश धर्तीले जन्माएका असंख्य ती पात्र-पात्राहरुलाई साहित्यमा सहभागी गराउन सके आर्नेट हेविंग्वेको पम्पालोना यात्राहरु नेपाली सडकमा सर्रर यात्रा गर्दैन्थ्यो । न विश्वप्रसिद्ध साहित्यकार पाब्लो नेरुदाझैं अनाकण्टार वनभित्र अस्तित्वको बोटवरिपरि फन्को मार्नुपर्दथ्यो । सल्लेरीमा बगेको पानीभन्दा सस्तो रगतले श्रीखण्ड उमारेन, न अन्यायबिरुद्ध हात्तिबारको काँडा उमार्‍यो । शिवपुरीमा जिउँदै मान्छेहरुको खाडल खनियो, मानौं त्यो चिहान पहिरोमा पुरिएका मान्छेहरुको चिहान थियो । कतै बिम्ब भएनन्, न कथा र कविताका भए । बरु नेपाली साहित्य पात्र-पात्राहरु खोज्न लक्ष्मीवाईको घोडा चढ्छ, क्रमबेलको लगाम समात्छ, हिटलरको चुच्स जुंगामा आक्रोश पोख्छ, लाईदि-अमिनको रेफि्रजेरेटरमा कसको टाउको छ, पत्ता लगाउँछ, क्याकटसका काँडाहरु कति तीखा हुन्छन् अनुभव गर्छ तर नारायणहिटी र त्यसका आसपासको आँगनमा फुलेका गुलाफका काँडाहरु कति बिषालु हुन्छन्, नजर लगाउन सक्दैनन् । अनि त क्रेमलिनको ढोका ढक्ढकाउँछ, चिनिया साहित्यका पात्रहरु चपिस्टिक लिएर साम्सुको ठर्रासंगै झिँगा मारिरहेका हुन्छन् । महाभारतका पात्रहरुले भाग लिएनन् भने नेपाली साहित्य खोरोण्डो हुन्छ । किराँत मुन्धुमअनुसार सुसुवेङबाले पहिलोपल्ट हिमालमा शिकार खेलेको हो भन्यो भने श्रुति-परम्पराको साहित्य अपत्यारिलो हुन्छ । र त नेपाली साहित्य पात्र-पात्राहरु खोज्दै बाइरनको कोटको खल्तीमा भएको रातो गुलाफलाई चुम्बन गर्छ । भ्याङ्गगको चित्रमा फुलेको सूर्यमुखी फूलसँग इलु-इलु गर्छ । काजी भीम मल्लको टाउको इतिहासको खोपीमा मुस्कुराइरहँदा कीर्तिपुरमा नाक कान बिनाका मान्छेहरु देखेर निस्सीम आकाश लजाउँछ । रगत र पसिनाले बनेको नलीहाडको मुरली फुक्ने नीरो देख्दादेख्दै रोम जल्दा बाँसुरी फुक्ने नीरो खोजिन्छ । क्लाउडियसको गाथा सुनाउँदै पुगिन्छ डेड सिटीसम्म, जहाँ हिपोक्रेट्सहरु कलाप्रेमको दृश्य हेर्न सक्दैनन् रतन्धो लागेर । हिमालजस्तो स्वाभिमान उँभाउन नसक्ने पात्रहरु स्वतन्त्र आवाज निस्कने मुखमा सातु बुक्याउँछन् ।
माटीकोरे सवालमा रक्तकुण्डले सत्यको उद्घाटन गर्‍यो कि गरेन, पर्दाफासले पर्दा उघार्‍यो कि उघारेन, छापामारको छोरोले नेपाली दुःखको छापा मार्‍यो कि मारेन ? हेर्न बाँकी नै छ । हरियो, रातो, नीलो र पहेँलो झार जङ्गलमा प्रकृतिको बिरुद्ध सेतो रङ पोतेर जङ्गेमाथि सेतो बाघ बुरुक्क उफि्रयो, सेतो बाघले जङगबहादुर जस्ता जोरनाल र सेनामेना भएका महाराजालाई मार्‍यो । सेतो बाघ वा लिंडे बाघले जङ्गेकोर् इहलिला समाप्त गर्‍यो ? रहस्यको गर्भबाट सत्यको जन्म हुन पनि अधुरै रहेको छ । इतिहास र वर्तमानका असल खराब एवम् हारजीतका विभिन्न पात्र-पात्राहरुलाई साहित्यको रङमा रङ्ग्याउन सकिए, विश्व साहित्यकै पात्र-पात्राहरुको खोजीमा भौँतारिनु पर्दैनथ्यो । बिम्ब र मिथक पात्रहरु खोज्न युफ्रेटसको नदीमा पौडिनु पर्दथ्यो, न रेगिस्थानको हावामा थप्पड खान पुग्नु पर्थ्यो, न क्यूबाको सेराम्रि्रा र प्वाँखको पगरी लगाएर जूनेली रातमा ब्वाँसोको स्वरमा फलाक्न पुग्नुपर्थ्यो रातो पहाडको गहिरा नदीहरुमा ।
ऋषीकेश शाहले आफ्नो पुस्तक “इन्ट्रोडोक्सन टु नेपाल” मा उल्लेख गरेका शाह शासकहरुका सन्की, निर्दयी र कप्टी ब्यबहारले जन्माउनु पर्ने साहित्यका पात्र-पात्राहरु जन्माएको भए सत्यको नजिक पुगिन्थ्यो होला । स्वः महामानव बीपी जेलको डायरी भरी शैलजाको यादमा तड्पिएका थिए । उनकै शब्दमा, “शैलजालाई पनि यहीं राखिएको भए ! कस्तो महत्वाकांक्षा ! यहाँको जस्तो स्थितिमा उनी मेरो सर्वोत्तम साथी हुन्थिन् । जेलमा होस् वा मरुभूमिमा, उनी मात्र त्यस्ती हुन् जसले मलाई पूरा साथ दिन सक्छिन् ।” बीपीको त्यो आत्मा-वृतान्त कसैले कट्याउन साहस गरेनन् । शैलजाप्रति बीपीको किन यति विघ्न मोह र विश्वास थियो ? अबिचलित रहेर सत्य र शान्तिको लागि लड्ने बट्रण्ड रसलसँग वैचारिक लडाइँको मैदानमा बहस गर्ने पात्र पनि जन्मेनन् । रसल हिंसा, नैतिक मिध्याचार, युद्ध, सामाजिक कुरिति, अन्धबिश्वास, यौन-कुण्ठा, यौन-पाखण्डता आदि विरोधाभासपूर्ण चिन्तन र ब्यबहारको विरोधमा डटेर लडेका थिए । परिवर्तनको पहरा फुटाउने साहस गरेर जसको जोत, उसको पोत भन्दै गर्जिँदा भीम दत्तको गिँडिएको टाउको, बाँसको लिङ्गोमा उनिएर आकाश हेर्दै हाँसिरहर्‍यो । त्यो हाँसोमा नेपाली साहित्यको मूर्च्छना छरिएन, न चे ग्वेभाराजस्तै सर्बहारावादी बिम्बका छाप छोड्न सक्यो नेपाली इतिहास र साहित्यमा । हुन सक्यो भने, बरु डोरीस लेसिङको कल्पनामा घाँस गीत गाउँदा गीतको भाकाले नेपाली हृदयको अन्तरकुन्तर छुन्छ, लोक भाकाले मन पगाले जसरी । सुन्ने कानहरु ठाडो ठाडो हुन्छन् । निस्सेले धार्मिक आस्थाको टाउको गिँडेर पुरिदिएका थिए जिहादका झयाङहरु फेरि नम्रियोस् भनेर, तर ऊ मरेपछि उस्को टाउको खोजिन्छ । नेपाली पात्र-पात्राहरु उत्छुक हुन्छन्, हैन हो ? के थियो होला उसको गिदीमा ? उसको तन्तुहरु कसरी बुनिएका थिए हँ ? उसको दर्शनमा एउटा सभ्यता र आनन्दको मोह छ । आस्थाले नपिरोलोस् भनेर त्यागका मसिना टुसाहरु पलाउँदै गरेर उम्रिएका ? उसको नास्तिक विचारले युद्धको फलाम बोक्दैन, तब ऊ पात्र बन्छ, कलमको मसि पिएर रगत खाने निसुम्भझैं । यता चार शहीदको छातीमा गोली ठोक्ने नर शम्सेर आत्माकहानी लेखेर खित्खिताउँदै सगौरव भन्छन् -”मरेकाहरु बाँच्नु पर्दथ्यो । बाँचेकाहरु मर्नु पर्दथ्यो । को को मर्नु पर्नेहरु बाँचेका छन् ?” त्यसको रहस्य भने नखोली मृत्यु वरण गरे । अहँ ती पात्र-पात्राहरुको खोजी हुन सकेन । सुन लिन गएका मदन, वेदना लिएर फर्केपछि स्वर्ग गएझैं । अर्कोतिर साँस्कृतिक चेतनाको चेत खुलेर आ-आफ्नै ढङ्गले कुची चलाउने आकृति निर्माणको जगमा आफ्नै हावा पानीले निर्मित साहित्यिक छेलो हान्न सक्ने पात्रहरु जन्मँदै गए कस्तो हुन्थ्यो होला ? यसो भन्दा कसैको चित्त दुख्न सक्छ । हुन त कृष्णले बुझने कुरा अर्जुनले बुझदैनन् र त आर्थर आदमले मानव अस्तित्वको नाटकमा २ पात्र बनाए, त्यही पात्रहरु कहिले पहाडको हिउँ र तर्राईको घाम ताप्छन् ।
जे होस्, महान योद्धा ब्यक्ति ब्यक्तिवहरुको जन्मसँगै नेपाली इतिहासको कालखण्डहरु वारपार भयो । तर नेपाली साहित्यले लियोटाल्सटायको अलिकति भए पनि गिदी जिब्रो चाट्नै पर्ने, सेक्सपियरको नाटक च्याउनै पर्ने, ट्यागोरको मन पर्ने वर्षे झरीमा रुझनै पर्ने, गोर्गीको भाषण र आन्दोलनमा झण्डा नबोकी आफ्नो माग नै अपुरो रहने प्रवृति जहींका तहीं उँभेर नारा जुलुस गरिरहेछ । यो देशको लागि शहादत गर्ने वीर वीरङ्गनाहरुले कहिले साहित्यको पात्र-पात्रा बन्न मात्र होइन, उनीहरुले गरेका वलिदानले देशको धुरी संधै उच्च भइरहन्छ होला ? नेपाली माटोले जन्माएका साहित्यका पात्र-पात्राहरुले दशगजाको बीचमा उँभेको पञ्चमुखी लिङ्गलाई देश भक्तिको बेलपत्र चढाउँदै खुम्चिएको सिमाना दालिमहाट र राबी नदीसम्म पुर्‍याउने हुन् ? नेपाली माटोमा जन्मेका कथाका पात्र-पात्राहरुले योजना र युद्धको तयारी गर्ने हुन ? बाँदर मुडे, भालुबाङ, दोरम्बा, चिहान डाँडा, बेलबारी, चिसा पानी, रौतहट, चन्द्रौटा, बिसनपुर, देबीपुर, गणेशपुर, पत्थरदैया, चौदा, अमला र खैरीका विध्वंस भोग्ने पात्र-पात्राहरु कहिले कथा कविता र साहित्यमा सहभागी हुने हुन ? ती पात्रहरुले भाग लिए भने, हेनरी मिलरको ‘ट्राफिक अफ क्यानसर’भन्दा कम उच्चकोटीको पुस्तक जन्मिँदैन थियो होला । अलवेयर कामुको ‘मीथ अफ सिसिफस’जस्तो पुस्तक पनि जन्मिने थियो । जैतूनको पहाडभन्दा हाम्रै हिमालमुन्तिर मिथक, विम्ब र प्रतीकका असङ्ख्य घटना छन् । वौद्ध धर्ममा मनाइने फुटुक पर्वमा झैं नेपाली साहित्यका पात्र-पात्राहरुलाई स्मरण गर्दै नेपाली साहित्यकारहरुले भन्न र लेख्न सक्ने भए, “कि कि सो सो ल्हा ग्याल लो” (परमेश्वरको जय होस्) अब हामी साहित्यका पात्र-पात्राहरु यहीं खोज्ने छौं जे भोगियो र भोगिँदै छ ।

लिम्बुभाषी चलचित्र थत्थामा एक समिक्षा

राई चन्द्र दुमी
थत्थामा -एकोहोरिनुलाई लिम्बु भाषामा थत्थामा भनिंदो रहेछ । ,,थत्थामा टाईटल दिईएको लिम्बु जातिको पहिचान बोकेको सँस्कारगत चलचित्र हेर्ने मौका मिल्यो । लिम्बु साथीहरुसंग हिडदाहिडदै आधा लिम्बु भईसकेको मलाई निम्तो नआउने कुरै थिएन, थप नायिका शोभा खजुमलेपनि आफ्नो तर्फबाट निम्तो दिनुभो र मैले बचन दिएँ "तपाईको अन्तर्वार्ता त भईनै हाल्यो बाँकि रहृयो हेरेपछि त्यस्को समिक्षा, त्यस्को लागि म तपाईसंगै बसेर फिल्म हेर्छु त्याहा नै समिक्षा गरिदिन्छु तपाईकै अगाडि" हामी हाँस्यौँ । राजनीति नभनौँ, मुलुकको लागिपनि चिन्तनशील ब्यक्तित्व नायिका सोभा खजुम अरुको समस्याप्रति चाँडै सतर्क हुन सक्नुहुदो रहेछ, एक मनोबिश्लेषक जस्तो । उहाँले मलाई फिल्म बुझ्न भाषा समस्या पर्ने कुरालाई परै थाहा पाएर मेरो अनुरोधलाई सहर्षस्विकार गर्नुभएको थियो । तर समिक्षा किन ब्यक्तिलाई मात्र समाज मै राखिदिउँ भन्ने सोचाई भएको छ अहिले । बियोगान्त कथामा निर्मित, लिम्बु संस्कारमा आधारित चलचित्र थत्थामाले लिम्बुजातिको सँस्कृतिको जगेडामात्र होईन त्यसभित्रको खर्चिलो तडकभडकलाई हटाउनुपर्ने प्रगतिशील सन्देशपनि दिएको छ । कथालाई कुनै तडक भडक र नक्कली जलप नहाली सररर ब्यबहारिक पक्षहरुमा उनेर मुलपात्रहरु सम्पुर्ण इहलिलालाई बियोगान्त बनाईएको छ । लाहुरे प्रबृत्तिबाट थत्थामालाई पनि बञ्चित गराईएको छैन भने वास्तविकता त्यो हो पनि, कि साहुको ऋण तिर्नलाई हाम्रो जातिको बिकल्प लाहुर थियो । पि.एस. मुरिङला ले लेख्नुभएको लिम्बु भाषाको यो पुरानो र पहिलो उपन्यास बिद्याको कृति हो । त्यसैलाई पटकथा सम्बादमा उतारेर चलचित्रमा रुपान्तरित गरिएकोले याहा लाहुरे सँस्कारलाई पर्दामा उतारिएको हुनसक्छ । तर अवका भावी दिनहरुमा बन्ने लिम्बु चलचित्रमा भने निश्चयनै आधुनिक जमानालाई चुम्न आईपुगेको समय सापेक्ष कथाहरु तयार हुनेछन । जहाँ आरामात्र काटिदैन सिक्किमको जङ्गलमा, र्राईफल खेलाईने छैन देहरादुन काश्मिर र कुइमाको छाउनीमा । बरु देशको ठुलठुलो निकायको जिम्मेवारी लिएर सम्हालेर हरेक क्षेत्रमा जाज्वल्यमान भएर बलेको राई लिम्बु, गुरुङ, तामाङ, शेर्पा आदी जनजाति मुहारहरुलाई त्यस्तै बीरताको, सौर्य र स्वतन्त्रताको, राज्याधिपतिको कथाहरुमा बाँधेर उनिहरुको राज्य बिस्तारसंगै फैलँदै गएको उनिहरुको आफ्नै शैली र भाषामा अनुबन्धित चलचित्रहरु छायांकन हुनेछन । अहिलेको नयाँ नेपाल यात्राको संक्रमणकालको लक्षणलेपनि यतिकुरा आँक्न सकिन्छ ।आजसम्मको अरु लिम्बु चलचित्रमा झैं क्यामेरामा आउने नितान्त नयाँ अनुहारका सहयोगी पात्रहरुको बेजोड अभिनय यस्मा -यो पटक पनि प्रचुर मात्रामा देख्न पाईन्छ । यही अहं भूमिकाको प्रभावले फिल्मको कथा सरल भएरपनि सम्पूर्ण फिल्मसमय भित्र कुनै त्यस्तो ठाउँ र अवश्था भेटिदैन जहाँ नियाश्रो लागोस, पट्टयार लागोस, दर्शकले कुनै त्यस्तो अवश्था र सिनको सामना गर्नु पर्दैन । हंगकंगमा भर्खर प्रदर्शन भएपनि नविन सुब्बाको नुमाफुङ भन्दा जेठो थत्थामाको पालादेखि नै नायक नायिका बाहेकका सह नायक नायिका तथा अरु रोलमा आउने अन्य शहयोगी पात्रहरुले समेत सफल अभिनय गरेको हुँदारहेछन पत्तो पाईन्छ,को साथै हरेक दर्शकलाई सोच्न बाध्य बनाउँछ यो छायांकन गर्न कति बर्ष लाग्यो होला - भनेर । किनभने यी क्यामेराको अगाडि कहिल्यै फेस नगरेको बृद्ध र बाल कलाकारहरुलाई कतिबेला कुन समयमा प्रताप सुब्बा नविन सुब्बाहरुले अभिनय कलामा प्रशिक्षण गराएर पारंगत बनाउँछन - र पर्दामा उतार्छन - साँच्चिकै जल्दोबल्दो जिज्ञासा हो । सयौँ, पचासौँ पटकमा टेक ओ. के. भएको हो भनेपनि नुमाफुङ ५ ...............महिनामा छायांकन सकिएको फिल्म हो र थत्थामा पुरापुरी १ महिनामा छायांकन सकिएको फिल्म हो । आजसम्मको लिम्बु जातिको साँस्कृतिक फिल्मको यो छुट्टै बिशेषता हो सबै कलाकारहरुले बेजोड अभिनय पस्कन सफल छन । यहि थत्थामा चलचित्रमापनि बाल कलाकार निङवाहाङमाले सहज भूमिका निर्वाह गरेका छन एकदमै स्वभाविक । सन्देशमुलक हुँदाहुदैपनि आफु त्यहि जातिको हुनाले हुनसक्छ कथाबस्तु केही फितलो जस्तो प्रतित हुने र अरु पक्षभन्दापनि उपस्थित सहयोगी पात्रहरु आफ्नो भूमिकामा सक्दो जमेका छनले,नै फिल्म सफल भएको हो तेश्रो पटक जिरह । के किटान गर्न सकिन्छ भने आफुलाई आफ्नो कल्चरभन्दा टाढाको क्षेत्र र जातिको दुर ठाउँमा उभ्याएर हेर्यो भने कथा र सिनहरु नितान्तै नयाँ लाग्छन । तात्पार्य हो अन्य जाति रक्षेत्रका दर्शकहरुले हेर्न पर्यो भनेर इण्डियाको भूमिमा त्याहाकै जीवनशैलीसंग सम्बन्धित चलचित्र हामीले मिठोमानेर हेरेजस्तै अनुभूति हुन्छ एकदमै अकाट्य अर्कै जिरह । पात्रहरु सबैले स्वभाविक अभिनय गरेको यस फिल्ममा सह नायिका देशु सुहाङ र इच्छीको अभिनयकलाले भबिष्यमा नायिकाको भूमिका निर्वाह गर्न सक्ने छनक किन दिन्छन । उनिमा रहेको सबल पक्ष भने लिम्बु भाषालाई आफ्नै लिम्बुपनमा उच्चारण गर्न सक्ने क्षमता राख्छिन देशु । सबैमा यो नियम लागु भएपनि उन्मा अधिक लाग्छन जस्को कारण फिल्म स्वभाविक लाग्छ र उन्को अभिनय जिवन्त । नायक प्रेम सुब्बा जमेको एक्टर हुनभने सबैभन्दा ब्यस्त कलाकार नायिका शोभा खजुम लाग्छिन । परिस्कृत अभिनय पस्केर फिल्मलाई बास्तविक र ब्यबहारिक बनाउनमा सबैभन्दा ठुलो भूमिका नायिकालेनै निर्वाह गरेकी छिन । छायांकन भरिमा सबैभन्दा धेरै बढी क्यामेरा फेस गर्ने कलाकार पनि नायिकानै हुन । हुनत नायक नायिकालाई प्राय कथाहरुले बढीनै माग गरेको हुन्छ, बढिनै समय लिएको हुन्छ तर थत्थामामा साह्रै बिजी लाग्छिन नायिका शोभा खजुम - फिल्ममा नुमाफुङ। उन्ले धेरै मेहनत गरेकी छिन र अभिनयमा सबैभन्दा सफल पनि उनिनै लाग्छिन । कथा बढदै जान्छ अभिनय छाप छाडदै जान्छिन जति हेर्यो उति चोटिलो, चित्ताकर्ष रोल र अभिनय । सुन्नमा आएको थियो युवा पुस्ताका जल्दो बल्दो निर्देशक नविन सुब्बाले यहि नुनामफुङ नामलाई मन पराएर आफ्नो लोकप्रिय हिट फिल्म को नाम नुमाफुङ राखेका हुन । मानिस किन पागल हुन्छ - कस्तो मनोबैज्ञानिक असरले उस्ले चेतना शक्ति गुमाउँछ - लिम्बु जातिमा मात्र होईन यस बिषयमा सम्पूर्ण मानव समाजलाई प्रतिनिधत्व गरेको छ फिल्मले । जव नायक नायिका गाउँको मेलामा रोटेपिङ खेल्दैगर्दा देखादेख भएर सुरु भएको प्रेमलाई साँस्कृतिक रोगन लगाउँदै मगनी बिवाहमा र्सार्थक बनाउँछन र एक छोरालाई खाईलाग्दो बनाएर सुखि जिन्दगीको पहिलो खुटकिला टेक्छनमात्र कथाले अर्को मोड पक्रँदै परिवारमा बज्रपात हुन्छ नायक मनाहाङ -प्रेम सुब्बा पल्टन जाने निर्णय गरेर परदेसिन्छन । पल्टन नगएर कतै जानु परेको होस हो याहीनेरको सम्बेदनशील खण्डले सबै जाति र समुहको प्रतिनिधित्व गर्दछ कि यस्तो अवश्थामा परिवार तितर वितर हुनु सम्झेर ल्याउँदा मननै नमिठो हुन्छ । ऋण तिर्नको लागि नायिकाले बिहेको आफ्नो गहना खोल्न तयार हुँदा मायामा पग्लिएको नायक कुनै हालतमा त्यसो गर्न नमानेको यो सिनमा लेखक निर्देशकले यौटा मटिंग्राले दुइटा चरा मारेका छन कि नायिकाको महानतालाई उजागर गरेर । त्यसोत लिम्बु जातिमा लिङ्गीय समानता आदिकालदेखिनै रहेको कुरापनि फिल्मले स्पस्ट देखाएको छ , त्यो हो ब्यौली भित्र्याउँदा गाउँघरका गन्नेमान्ने बुढापाकालाई साक्षी राखेर ब्यौलाको हातमा चक्मक र चाँदीको ढके पैसा दिईन्छ र त्यस्लाई आपसमा ठोकाएर झिल्का निकाल्दै अग्नी साँक्षी राखेरर बेहुलीको हातमा राख्दै सपथ खुवाईन्छ ,,यदि तिमीलाई मैले धोका दिएँ हेलाहोचो गरेर दखदिएँ भने मलाई यहि चक्मक र ढकले हानेर जानु । यो व्दन्दात्मक भौतिकबाद नजिक समनताको उच्चारण कुनै मनगढन्ते डाईलग नभएर त्यो जातिभित्र परापुर्व कालदेखि जोडिएर आएको सँस्कार हो । यी समानताको पक्षपातिहरु हुन, यो जातिहरु हाङ भएको अवश्था पक्कैपनि अहिले जनजातिले खोजेको अधिकारले सम्पन्न थिए, बुझिन्छ त्यस्तो । अन्य जातिहरुमा नारीलाई यो स्वतन्त्रता हुदैन, हिर्काई राखेर जानुत होईन यौवनावस्थामै बिधुवी भएपनि उसैको सतमा रहनुपर्दछ । अझ अरु अत्याचार सहनुपर्दछ कि उसैलेलोग्ने टोकुवीको बात खप्नुपर्ने हुन्छ जीवनभरिनै । रमाईलो ठट्टा मसला, मजाक, बस्नु खानु पिउनु हरेक कुराहरुमा छोरी चेलीलाई समानता यो जातिमा परापुर्वकालबाटै यथावत छ भन्ने कुरालाई फिल्मले उजागर गरेको छ । समग्रमा फिल्म ब्यबशायिक भन्दा ब्यबहारिक छ, हिजोआजको नचाहिने सस्तो जलप लगाएर भडकिलो बनाईएको छैन ।मैले समिक्षा गर्नुपर्दा २३, २४ बर्षपहिले लिम्बुवानको तेहृथुम क्षेत्रमा बर्षदनभन्दा बढता लिम्बु समाजसंग घुलमिल भएर घुमफिर गर्दाको मेरो परिचित लिम्बु सँस्कारसंग मेल नखाएका कतिपय सँस्कारहरु चलचित्रमा चित्रित छन । यो धेरै हंगकंगे लिम्बुहरुले पनि उठाएको कुरा हुन सहमत भएको छैनन । जस्तोकि बिहेमा नाचिने सँस्कारगत नृत्य केलाङ माङलाङको ढोल संगै दमाहापनि अनिबार्य भएको देखाईन्छ । टुक्रिएर रहेको त्यो क्षेत्र सिक्किम बाहेक अहिलेको नेपालभित्रको लिम्बुवानमा दमाहाको चलन छैन, कहिं कसैले लहडमा बजाउने निश्चित गरेपनि त्यो दमाईजातिको यौटा समुहनै उपस्थित गर्राईएको हुन्छ । नेपाले बाजा भनाउन कसरत गरिरहेको नौमती बाजा मध्यको एक हो दमाहा । बीचबीचमा नाचिनुपर्ने केलाङ माङलाङ मा आफुखुशी सँस्कारगत लिम्बु भेषभुषा नभएर यौटै डिजाईनको लुगा पहेंलो कलर समेत मिलाएर नृत्यकारहरुले लगाउनुलाई सँस्कारमान्न सहमत छैनन हंगकंगे याक्थुम्बाहरु । तर यो नै बिवादको ठुलो कुरो भने बनाईनु हुदैन याक्थुम्बाहरुबीच । ९० प्रतिशत छायांकन सिक्किममा भएको फिल्ममा त्याहाकै चलन अनुसार यी सिनहरु राखिएको हुनसक्छन । कतिपय सँस्कारहरु आफैमा स्वस्फुर्त मोटिफाई भएको हुनसक्छन । यो सानातिना केही पृथक कुराहरुले लिम्बु समाजमा त्यति ठुलो हानी गरिहाल्नेवाला छैन, बरु याक्थुम्बाहरु एकठाउँमा गोलमेच गरेर छलफल गर्न आवश्यक छ कसरी - किन र कहिलेबाट यस्को सुरुवात भयो - साँस्कृतिक पक्षका प्रमाणहरु नै पनि फेलापर्न सक्छन । लिम्बुजातिहरुको ठूलो बसोवास भएको सिक्किम , जहाँ सरकारी निकायका कार्यलयहरुमा ठुल्ठुलो ओहदामा याक्थुम्बाहरु स्थापित छन । फिल्मकी नायिका शोभा खजुमले आफ्नो अन्तर्बार्तामा बोल्नुभए अनुसार अफिसमापनि अफिसरहरु आफ्नै लिम्बुभाषालाई ब्यबहारमा बोलेर मर्यादित बनाउँछन भनेपछि अनुसन्धान गरेमा अवश्य यस्ता सानोतिनो फरकहरुको कारण भेटिन सकिन्छ । फेरी स्वतन्त्रताको राजनैतिक हिसावमा जातीय, क्षेत्रीय रुपमा भारत नेपालभन्दा एक स्टेपमात्र होईन निकै अगाडि छ ।
यसैलेपनि जातीय सँस्कृति धर्महरु त्याहा बढी सुरक्षित हुनुको अलावा उताको चलन सहि ठाउँमा हुनपनि सक्छन । ब्याक ग्राउण्ड म्युजिकमा सारंगी र मुचुङ्गालाई सुन्दर ढंगले संयोजन गरिएको छ तर त्याहा अर्को मौलिक बाजा बिनायो छुटनु हुदैनथ्यो । माधलत मैले लिम्बुवानमा कतै देखेको छैन, यदि हसन्थ्यो मादल बाँसुरी र बिनायो मुचुङ्गीको त्रिकोणात्मक संगम सारै सुन्दर हुनेथियो । अन्तमा दोहोर्याएर भन्नुपर्दा पुरानै शैलीजस्तो लागेपनि फिल्म थत्थामा सन्देशमुलक र मनोरञ्जनात्मक पनि छ, लागेको छ यस्लाई । यस्मा सिक्किमका रमाईलो याक्थुम्बा बस्तिहरु, खोलानाला र पहाडहरुको सुन्दर सिनहरुले सुनमा सुगन्ध थपिएको महसुस हुन्छ फिल्म स्वभाविक छ, सान्दर्भिक छ, स्वैरकल्पना र उछृखलबिहिन सास्वत सत्य ।आसेवारो

Jan 18, 2008

मनाचा वरक / पाँच पोखरीमा रुपान्तर - मिथक कथा

टंक वनेम
उहिल्यै-उहिल्यै सावायेत्हाङ्हरुको -आठ राजाहरुको) पालामा वर्तमान १३ थुम र सङ्खुवासभा जिल्लाको सङ्गमस्थल तीनजुरे डाँडा गिद्धे पहरा छेउ "मनाचा वरक" -मान्छे खाने पोखरी) मा एउटा रहस्यमय मान्छे खाने जीव बसेको थियो । त्यो रहस्यमय जीब कस्तो थियो कसैलाइ पनि थाहा थिएन । त्यो मनाचा पोखरीमा पानी खान आउने कुनै पनि जीव जन्तु या मान्छेहरुलाई आहारा बनाउने रहस्यमय जीव बारे तिनजुरे डाँडा वरिपरिका सबै गाउँलेहरुको सल्लाह भए पछि एक जना शक्तिशाली येबा -असन्तुष्ट प्रेतात्माहरुलाइ तह लाउन समर्थ लिम्बू पुरोहित) ले त्यसलाइ मार्न दुम्सिको काँडा,घुङरिङ,चाँपको स्याउली र मंन्त्र जपेको अक्षता आफ्नो साङ्लाङगोबा -येबाको साथी, शिष्य) लाइ दिएर भनेछ । अब म त्यो रहस्यमय जीब संग युद्ध गर्न त्यो गहिरो दहमा फलान्छु त्यो पोखरीमा दुध उम्लेको देख्यौ भने यो अक्षता पोखरीमा फ्याक्नु तर पोखरी भरी रगत उम्लेको देख्यौ भने तिमीहरु पनि यो ठाउँबाट भाग्नु यदि भागेनौ भने तिमीहरुलाइ पनि त्यो राक्षसले आहारा बनाउने छ भनेर त्यो साप्लीङ्गेक भन्ने शक्तिशाली येबा आफ्नो धारिलो फे -तरवार) लिएर पोखरीमा उफ्रेछ । धेरै बेर संम्मको भिषण युद्ध भए पछि पोखरीमा सेताम्मै दुध उम्लेको देखे पछि साङलागोबाले जपेको अक्षता र घुङरिङ पोखरीमा छरि दिएछ । केहि बेर पछि साप्लीङगेक नामका येबा पनि थकित र घाइते भइ पोखरीबाट निस्केछ । उहि रात त्यो गहिरो पोखरी बिष्फोट भई पाँच भागमा बाँडिएछ । मनाचा पोखरीको छेउमा भने दन्त्यकथाको ड्रेगोन जस्तो एउटा अदभूत मृत जीव देखिएछ । यसरी मनाचा वरक पाँच पोखरीमा रुपान्तर भएको लोक कथा एक पुस्ता बाट अर्को पुस्तामा सर्दै आएको छ ।

Jan 16, 2008

किरात चाड कःक्फेक्वा तङ्नाम् (माघे सङक्रान्ति) संक्षिप्त परिचय

संकलकः विश्वास दीप तिगेला, वेलायत
यो चाड नवर्षोल्लासको रुपमा मनाइने चाड हो,त्यसैले यो चाडलाई 'सङ्तङ्बे लाम्दाःक् तङ्नाम्' (नववर्षालाई स्वागतार्थ मनाइने चाड) पनि भनिन्छ । यो चाड कःक् (चाप) फुलेको समय कःक्फेक्वा -माघ) महिनामा मनाइने हुदा यसलाई 'कःक्फेक्वा तङनाम' भनिएको हो । यसमा 'नवागमन भएको वर्षसुखशान्ति र आनन्द साथ व्यतीत होस भनी बिहानै उठी घर सफासँग लिपपोत गरी नुहाइधुवाइ गरी सफा भई तागेरा निङ्वाफुमाङ्को पूजा प्रार्थना गरी सकेपछि मानिसले र्सवप्रथम खान सिकेको/चिनेको खाद्य पदार्थ तरूल हो' भन्ने मान्यताअनुसार सो को सम्झनास्वरुप तरूल र फलफूल सदा बलिष्ट रहु भनी अन्य ताकतबर्द्धक स्वादिष्ट भोजन बनाई माङलाई चढाइ आफूले पनि खाने चलन छ । यसमा सेलरोटी सिस्नुको दाल आदि बनाई खाने र छरछिमेकमा बाड्ने पनि चलन छ । किरात ज्योतिष उत्थान सङ्घका चन्द्रकुमार सेर्माका अनुसार माघ १ गते, माघे सङक्रान्ति (कःक्फेक्वा तङ्नाम) आदिकालमा आगोको उत्पत्तिपश्चात् पोलिखाने, पकाइखाने प्राचीन परम्पराको स्मरण गर्दै माघे सङ्क्रान्तिलाई किरातीहरुले ठूलो चाडको रुपमा मनाउने गरेका छन् । कःक्फेक्वा तङ्नाममा हाङ्गाङ्से (घोराखोरी) र खरानेको तेलमा पारामा (खोरियामा छरिने/रोपिने एक कोदोका प्रजाति) को रोटी वा सेल पकाइ खाने चलन पनि रहेको छ । वन तरुल थोरै काँचै खाने र घर तरुल पकाएर यो अवसरमा खाने गरिएबाट किरात जातिको जङ्गली युगदेखि कृषि युगसम्मको जीवन पद्दति यो चाडमा झल्किएको पाइन्छ । यो समयको अगमनको सङ्केतको रुपमा पहाडी टाकुरा वा हिमालको फेदीमा फुल्ने चाँपलाई मानिन्छ । सूर्य उत्तरायण भएपछि गर्मी फिर्न थाल्छ र यही प्राकृतिक न्यानोपनका कारण चाप फुल्ने हो । त्यस बेला किरात जातिका पूर्वजहरूले आजको जस्तो वैज्ञानिक हिसाबले डिसेम्बर २२ मा सूर्य उत्तरायण हुने कुरा थाहा पाउन नसके पनि त्यस लगतै पहाडी क्षेत्रमा बसोबास गर्ने किरात जातिले आफ्नो आसपासको जङ्गलक्षेत्रमा फुल्ने चापको आधारमा नयाँ बर्षको आगमनको रुपमा मनाउने गरेको र सो अवसरमा आफ्ना पूर्वजले खाइल्याएको खानेकुराहरु खाने गर्दछन् ।

Jan 15, 2008

माकलुङ्ग - किराती लोककथा

धनहाङ्ग सुब्बा
पल्लो किरात लिम्बुवान क्षेत्र अर्न्तर्गत हात्तीखर्क भन्ने रमाइलो गाउँको वार्ड नम्बर एकमा उहिले नै एउटा पोखरी थियो । त्यो पोखरी टारबारीको माझमा थियो अनि यसको छेवैमा एउटा ठूलो माकलुङ्ग (लिम्बु भाषामा माक भनेको कालो र लुङ्ग भनेको ढुङ्गा बुझिन्छ) थियो । यही ढुङ्गाको नामकरणबाट त्यो गाउँको नाउँ माकलुङ्ग रहन गयो । त्यो पोखरीमा गाउँका मानिसहरुले विहान वेलुका पूजा आजा गर्थे, धुपद्वारा लाउथे । तर एक दिन त्यो पोखरी टारबाट पढ्किएर फुटेर बगेर गयो । गाउँलेहरुले फोहोर मैला गरेर हो वा देवदेवीको पूजा भाकल पूरा नभएर त्यसो भएको भन्छन् बुढा पाकाहरु । त्यो पोखरी फुटेर जान साथ माकलुङ्ग पनि टारबाट पल्टिएर सन्तेखोलाको भीरबाट झरेर ३ किलो मिटर तल ओखर खोलाको दोभानमा गई अडियो । त्यो माकलुङ्ग ९० सालको ठूलो भूइचालो आउन अघि १९४५ साल तिर झरेको हो भन्ने अनुश्रविक छ तर कुनै अभिलेख छैन । त्यो ढुङ्गाको रंग कालो र चिल्लो छ । ढुङ्गा सिंगो एउटै गोलो आकारमा छ । कँही जोडिएको टुक्रा, चोइटाहरु देखिदैनन् । यसको गोलाई प्रायः ३०० मिटर र जमिन देखि प्राय ५० मिटर अग्लो छ । जमिन मूनि पनि यति नै गाडिएको छ भन्ने जनश्रुति छ । यो सान्ने र हात्तीखर्काको सिमाना ओखरे खोलाको दोभानमा अडिएको छ । यहाँ ओखरेमा झरें पछि पनि माकलुङ्गलाई एक जना देवान (याक्खा) झाक्रीले पूजा पाठ, धुप दवार लाउथे रे तर अहिले त त्यो पनि हरायो । मात्र केटा केटीहरु माकलुङ्ग माथि उक्लेर खेल्ने ठाउँ भएको छ ।

काइला दाइका कविता

कृष्ण धरावासी
असोज १५ मै कार्यक्रम गर्ने भनी भाइ ठाकुर बेलवासेले निम्ता दिनुभएको थियो । बैरागी काइलाको एकल कविता वाचन कार्यक्रम पहिलोपल्ट हुन लागिरहेको थियो काठमाडौंमा । आरोहण गुरुकुल र र्सवदा वाङ्मय प्रतिष्ठानको प्रयत्नमा हुन लागेको कार्यक्रम । काइलाको ठूलो फोटोसहित प्रचार सामग्री टागिएको थियो गुरुकुलमा । 'खै भाइहरूले कविता पढ्नुपर्छ भनेका छन्, सकिने हो कि होइन' भन्दै हुनुहुन्थ्यो बैरागी दाइ । नभन्दै असोज पहिलो साता उहा नाथ्री फुट्ने रोगले थला पर्नुभयो । राति एघार बजेतिर भाउज्यूको फोन आयो- 'कृष्ण भाइ दाजुको नाकमुखबाट रगत आयो, ओम हस्पिटलमा ल्याएको छ, दाजुले खोजिरहनुभएको छ । हतार-हतार भाइ दुवसु र म अस्पताल पुग्यौं । दाइको अवस्था गम्भीर थियो । डाक्टर उपचारमा भिडेका थिए । राति एक बजेतिर क्याबिनमा पुर्‍याइयो । नाकमा रुवा खा“देर पट्टी बाधेको थियो, मुखले मात्र सास फेन सकिन्थ्यो । त्यस्तो बेला पनि उहा भनिरहनु भएको थियो- '१५ गतेलाई भाइहरूले कार्यक्रम राखेका छन्, आफूलाई यस्तो भयो, त्यति बेलासम्म ठीक होला कि नहोला । त्यो कार्यक्रमलाई बैरागी दाइले निकै महत्त्व दिनुभएको थियो । धेरै वर्षछि उहा“ कविता पाठ गर्ने मानसिकतामा पुग्नुभएको थियो । हामीले भन्यौं- 'तपाईंलाई सञ्चो भएपछि कार्यक्रम गरौंला । दिनदिनै झन्झन् सिकिस्त भएर विशेष सघनकक्षमै राख्नुपर्‍यो कति दिनसम्म । दसैंतिहार बिसञ्चोमै गयो काल्दाइको । कार्यक्रम पुस १५ लाई सारियो । तीन बजे पुगेको थिए“ म गुरुकुलमा । चार बजे सुरु हुने भनिए पनि समयभन्दा अघि श्रोता आउने क्रम बढेको थियो । कविता सुन्न, त्यो पनि टिकट काटेर कति मानिस आउलान् र भन्ने लागेको थियो तर हेदाहेर्दै गुरुकुलको प्राङ्गण भरियो । बैरागी दाइ सञ्चो भए पनि बलियो हुनुहुन्नथ्यो । तर जोसिलो हुनुहुन्थ्यो, हसिलो पनि । मञ्जुल दाइ र मैले उहालाई कविता छान्न केहीबेर सघायौं । कौतुहलता थियो धेरैलाई । कस्तो सुनिएला काइ“लाको वाचन । 'बैरागी काइला' एउटा बिम्ब बनेको छ कविता क्षेत्रमा । तेस्रो आयाम आन्दोलनका एक सशक्त कवि, जसका कविताले प्रयोगवादी नेपाली कविताको धुरी उचालेको छ । सशक्त चिन्तन र प्रस्तुतिले पैंतालीस वर्षेखि लगातार उत्तिकै चर्चा पाइरहेका काइला आफैं कविता वाचन गर्न यो उन्सत्तरी वर्षो उमेरमा उपस्थित हुनुभएको थियो । नबुझिने, दुर्बोध्य र क्लिष्ट कविका रूपमा परिचित बैरागी र उहाका कवितालाई सुन्न उर्लेको थियो भीड । फेरि बैरागी दाइले ०३१ मा छापिएको 'गंगा नीलो बग्छु' पछि लगभग कविता लेख्नुभएकै थिएन । केही वर्षघि उहाले भन्नुभएको थियो- एउटा कविता धेरै वर्षेखि लेख्न थालेको सोह्र लाइन भएको छ, त्यसलाई पूरा गर्न सकेको छैन । आयाम सिद्धान्तका चार कविता- 'गंगा नीलो बग्छु, ब्रेलमा हत्केला छामेर, म, म लगातार निर्वासन' मा अरू दुइटा जति थपेर एउटा किताब बनाउ भनेको सकेको छुइन“ । यस्ता कवि जोसिएर कविता वाचनमा आउनुभएको थियो । त्यसो त २०२० सालमा -
ए सडक हो
एउटा मानिस तिमीमाथि हिंड्दैछ
म अटाइन तिम्रो फैलावटमा
यर्सथ म हुकुम गर्छु....
अझै तिमीहरू फाटिदेऊ, च्यातिइदेऊ, फैलिइदेऊ
तिम्रो फैलावटको सीमामाथि अतिक्रमण गर्न
प्रतिक्षण इतिहास बनिरहेका क्षणसित
यी ठूलठूला विल्डिङका पेटीहरू
मात्र कोतपर्वका विजेताका
मात्र शासन गर्ने परिवारका
प्रशस्ती र वंशावली लेखिएका इतिहासका नाङ्गा पन्नाजस्ता
यी पेटीहरूलाई
मुटुदेखि मस्तिष्कसम्म चिरिने गरेर
तिमीले च्यातिदेऊ, फाटिदेऊ
(मातेको मान्छे)
भन्दै उर्लेका काइला ०६२ मा पनि काठमाडौंका सडकमा आन्दोलन गर्दै हुनुहुन्थ्यो । क्रान्तिचेतले भरिएको आन्दोलित मानसिकताको बिम्ब हो बैरागी काइला । प्रजातन्त्र र स्वतन्त्रताका पक्षमा सधै सडकमा देखिने यो नामसग कविताको सम्बन्ध भिन्दै छ जस्तो लाग्छ । नेपाली कवितामा भूपी, बैरागी यस्ता नाम हुन्, जसलाई सम्झेर कविता लेख्ने रहर गर्छन् नया कवि । खचाखच भरिएको थियो गुरुकुलको हल । काइलालाई एउटा व्यास आसनमा राखी बसीबसी वाचन गर्न भनिए पनि उहाले उभिएर पोर्डियमबाटै वाचन गर्न चाहनुभयो । सुरुमै रमाइलो गर्नु'भो उहाले- 'सुरक्षाको के कस्तो प्रबन्ध गरेका छन् आयोजक भाइहरूले । कस्तो नै कविता सुनाउला भनी सोचेका श्रोता मेरो कविता सुनेर भड्के भने...।' लामो हासो भरियो हलभरि । कहिले चस्मा लगाउदै, कहिले चस्मा झिक्दै बैरागी दाइले थाल्नु भो कविता पढ्न । 'मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित, अस्तित्वको दाबीमा सवातको बैला उत्सव र प्लान्चेटको टेबल' । यी सबै कविता काइलाका अत्यन्त चर्चित र बौद्धिक हुन् । बीसको दशकका यी कविताले आजसम्म नेपाली कविताको बौद्धिकताको नेतृत्व गरिरहेकै छन् । रोकिदै, बढ्दै जब बैरागीले वाचनलाई अगाडि बढाउनुभयो, श्रोता अत्यन्त एकाग्र भएर ध्यानस्थ जस्ता लाग्थे । त्यस्ता अप्ठ्यारा र नबुझिने भनिएका काइलाका कविता उहाले पढ्दा सप्पै बुझिए जस्तो भान भयो सबैलाई । लगातार लामा कविता पढिरहनु स्वास्थ्यका कारणले गाह्रो थियो । फेरि पनि एकाएक नाथ्री फुटिहाल्ला कि भन्ने मनोवैज्ञानिक त्रास छदै थियो । अलिक धेरैबेर बोले नाक खसखसाउन थाल्छ भन्दै हुनुहुन्थ्यो उहा“ । मञ्जुल, शलभ, विष्णुविभु घिमिरे र मैले उहाका केही कविता वाचनमा सहयोग गरेका थियौं । मञ्जुल दाइले काल्दाइका प्रेममय कवितालाई साह्रै आकर्ष पाराले वाचन गर्नुभयो । ती कविता सुन्दा काल्दाइ पनि बुढेसकालमा लजाउदै गरेको देख्थे श्रोता र त्यहा हासो छरिन्थ्यो । बैरागी दाइले श्रोतालाई अन्तिममा धेरै खुसी तुल्याउनुभयो, उहाले नया कविता ल्याउनुभएको थियो । सम्भवतः ३० वर्षछि उहाले दुइटा कविता लेख्नुभएको थियो । मृत्युको धेरै नजिक पुगेको बोध गर्नुभएको थियो यसपालि दाइले । यस्तै बोध झन्डै २० वर्षघि पनि गर्नुभएको थियो यस्तै नाथ्री फुट्दा । त्योभन्दा अघि दार्जिलिङमा विद्यार्थी छदै टीबी रोगले ग्रस्त भई झन्डै मरिसक्नुभएको थियो । र, अस्पतालमै लेख्नुभएको थियो 'एकान्तको अजींगार' । यसपालि पनि बिरामी ओच्छ्यानबाट उठेपछि लगातार दुइटा कविता लेख्नुभएछ- 'बाकी प्रश्न' र 'शरणार्थी विचार र मालिगाउको चितुवा' । यी कविताले श्रोतालाई झन् धेरै विचारोत्तेजित गराए । ढिलै गरी लेखिए पनि कविताहरू बैरागीको बिम्ब उचाल्न सक्षम थिए । प्रत्येक महिनाको पन्ध्र गते गुरुकुलमा एक कविको एकल कविता वाचन कार्यक्रम हुने भएको छ । त्यसको शुभारम्भ काइलाको कविताबाट भएको छ । यसलाई निरन्तरता दिनसक्दा कविता पनि शुल्क तिरेर सुनिने विषय बन्न सक्ने परम्परा बसे साहित्यको निःशुल्कीयता समाप्त हुदै जान्थ्यो कि काइलाबाट थालिएको वाचनयात्राले कवितालाई पाठक र श्रोता बीच पुर्‍याउन पक्कै महत्त्वपूण्ा योगदान दिनसक्ने आशा लागेको छ ।

Jan 10, 2008

पूर्वमा आन्तरिक सीमा विवाद

राजेन्द्र किराती
जबसम्म राज्य र वर्ग रहन्छ, तबसम्म आफ्नो भूगोलको सीमा के-कति भन्ने विषय उठी नै रहन्छ र उठाउनु पनि जरुरी देखिन्छ । राज्य र वर्गविहीन अवस्थामा मात्र आफ्नो राष्ट्रको सीमाना के-कति भन्ने प्रश्न आउँदैन, संसार एउटै राज्य बन्न पुग्दछ, जुन कुरा हामी साम्यवादमा मात्र पाउन सक्छौँ । विश्वको इतिहासमा एक देशले अर्को देशको सीमा अतिक्रमण गरी आफ्नो राज्यको भूमि विस्तार गरेको प्रशस्तै उदाहरणहरु छन् । सीमाविवादकै कारण विश्वमा ठूलठूला विश्व युद्धहरु पनि भइसकेका छन् । बेलायत, स्पेन, फ्रान्स र पोर्चुगललगायतका युरोपका विभिन्न उपनिवेशवादी मुलुकहरुले संसारैभरि आफ्नो ऋययिलथ कायम गरेको इतिहास साक्षी छ । त्यसको अलावा २ देशबीचको सीमाविवादका कारण विनाशकारी युद्धहरु पनि नभएका होइनन् । नेपालकै सर्न्दर्भमा भन्नुपर्दा इष्ट इण्डिया कम्पनी सरकारसँग भएको लर्डाईं, भारत र चीनबीच सन् ६० को दशकमा भएको सीमाविवाद, सन् १९५३ सम्म २ कोरियाबीच भएको युद्ध, हाम्रै छिमेकी भारत र पाकिस्तानबीच अझैसम्म जारी काश्मिरी सीमाझगडा लगायतका संसारका विभिन्न राज्यहरुबीच इतिहासको कुनै न कुनै कालखण्डमा ठूलठूला युद्धहरु भइसकेका छन् ।
आफ्नो राज्यको सीमा साँघुरो भएको कसैलाई पनि मन पर्दैन । आफ्नो भूमि वा माटोमाथि अरु पराइको कुनै पनि खालको हस्तक्षेप जो कोही स्वाभिमानी नागरिकहरुलाई मान्य हुन सक्दैन । यद्यपि सीमा सर्न्दर्भमा ठूला राज्यले साना राज्यमाथि अतिक्रमण गर्ने परम्परा निकै हावी भएको पाइन्छ । भारतले नेपालसँग सीमा जोडिएको सुस्तालगायतका क्षेत्रमा अझैसम्म गरिरहेको सैन्य हस्तक्षेप, ठूला देशले साना देशमाथिको सीमा मिचाइको ज्वलन्त उदाहरण हो ।
हाल नेपालको केही क्षेत्रहरुमा आन्तरिक सीमा रेखासम्बन्धी चर्चा, परिचर्चा एवै बहस छलफल भइरहेको देखिन्छ । त्यसमा पनि सुदूरपूर्वको लिम्बुवान राज्यको सीमारेखासम्बन्धी विषय अलि बढी सनसनीपूर्ण रूपमा उठिरहेको छ । नेकपा माओवादीले संघीय राज्य प्रणालीअनुरूप राज्यको पुनर्संरचना गर्ने उद्देश्यका साथ हाल नेपाललाई ११ वटा राज्य समिति र ३ वटा उप-समितिहरुमा विभाजन गरी नयाँ राज्यको पुनर्संरचनाको प्रस्ताव अघि सारिसकेको छ । साथै सोही अनुरूप राजनीतिक र सांगठनिक क्रियाकलापहरु भइरहेका छन् । यसरी नयाँ संरचनाको आधारमा पार्टर्ीी गतिविधिहरु अघि बढाइएपछि आन्तरिक सीमारेखासम्बन्धी अनौपचारिक बहस र छलफल तीब्ररूपमा सुरु भएको देखिन्छ । विशेष गरी लिम्बुवान, किरात र कोचिला राज्यहरुको बीचमा सीमा कुन आधारमा गर्ने भन्ने सवाल अलि जटिल हुँदै आएको छ । माओवादीले कोचिला राज्य समितिमा मोरङ्ग, सुनसरी र झापा, लिम्बुवानमा ताप्लेजुङ्ग, पाँचथर, इलाम, तेह्रथुम र धनकुटा तथा किरात राज्य समितिमा संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाहरुलाई प्रस्ताव गरेको छ । यद्यपि यी राज्य समितिहरुको हालको सीमा निर्धारण सम्बन्धमा पुनर्विचार नगर्ने भन्ने होइन । यस विषयमा वास्तविक र वैज्ञानिक सीमा मझबचपबतष्यल का लागि आगामी दिनहरुमा बृहत् बहस र छलफल गरी जनताको राय र सुझावअनुरूप ऐतिहासिक तथ्यको आधारमा सुल्झाउनुपर्छ भन्ने माओवादीको ठहर छ । यसको लागि माओवादीका केन्द्रीय सदस्य क. देव गुरुङको संयोजकत्वमा ५ सदस्यीय एक सीमा सुझाव समिति पनि गठन गरिसकिएको छ ।
पूर्वी नेपालमा हाल चर्चामा आएको सीमाविवाद भनेको विशेष गरेर लिम्बुवान राज्य समितिसँग जोडिएको विषय हो । लिम्बुवानवासीहरुले लिम्बुवान राज्यको सीमाना पश्चिममा अरुण र सप्तकोशी नदी, दक्षिणमा हाल भारतको जलालगढ र पूर्वमा मेची नदीसम्म भएको दावी गर्दै आएका छन् । त्यसको लागि उनीहरुसँग प्रशस्तै ऐतिहासिक आधारहरु भएको पनि दाबी गरेका छन् । यद्यपि सीमारेखा सम्बन्धमा सबैको एकमत भने पाइन्न । ऐतिहासिक आधारले आफ्नो राज्यको सीमा दावी गर्न आफैमा राम्रो विषय हो, अधिकारको कुरा हो तर सधैं ऐतिहासिक आधारलाई मात्र समाइरहनु बेठिक पनि हुनसक्छ । सीमानाको हकदावी सम्बन्धमा पनि विशेष गरेर दुइवटा दृष्टिकोणहरुको महत्वपूर्ण स्थान रहेको हुन्छ । एउटा परम्परावादी दृष्टिकोण र अर्को क्रान्तिकारी दृष्टिकोण । पूँजीवादी दृष्टिकोणबाट मात्र गरिएको सीमानाको सवाल निरपेक्ष हुन्छ, साथै सीमानाको विषयमा कुनै सापेक्ष सीमा वा हद निर्धारण गर्न गाह्रो हुन्छ, 'मेरो गोरुको बाह्रै टक्का' भने झै मेरो राज्यको सीमाना यत्ति हो भनेर अल्झिने काम हुन्छ; जसका कारण भीषण युद्ध र नरसंहार निम्तिन सक्छ । सीमाना नै सबै थोक हो भन्ने सीमानावादको अतिवादबाट ग्रस्त हुनपुग्छ । अनि समस्या सुल्भिmनुको सट्टा विवादहरु झन जटिल बन्दै जान्छन्, जसले अन्ततः हामीलाई सखाप पार्न सक्छ तर क्रान्तिकारी दृष्टिकोणबाट उठाइएको सीमा दावी आवश्यकता र औचित्यको परिधिभित्र रहेर सापेक्ष र निरपेक्ष दुवै हुन सक्छ । आफ्नो सीमाभित्र मात्रै सबै थोक गर्ने, छिमेकी राज्यहरुमा जे सुकै होस् भन्ने हुन्न । सीमानाभन्दा पनि आफ्नो राज्यभन्दा बाहिरका नागरिकहरुले पनि समान अवसर पाऊन्, समान हैसियतमा जीउन सकून् वा सबै खाले शोषण र उत्पीडनहरुको अन्त होस् भन्ने चाहना राख्नु अति राम्रो विषय हो । एउटा सहमतिमा सीमा निर्धारण गरेर, सबै राज्यहरुले तमाम नागरिकहरुलाई समान राजनीतिक अधिकार प्रदान गरी समुन्नत राज्य बनाउन चाहन्छन् भन्ने हो । सीमानामा मात्रै किचलो गरी रह्यौँ भने राज्यमा व्याप्त कुनै पनि खालको शोषण र उत्पीडनहरुको अन्त गर्न सकिन्न साथै श्रमजीवी जनताको वर्गाधारलाई पनि बदल्न सकिन्न । साथै प्रतिक्रियावादी शक्तिहरुले वा जनताका वर्ग दुश्मनहरुले फाइदा उठाउन सक्ने सम्भावना पनि निकै प्रबल देखिन्छ । यसको मतलब यो होइन कि सीमानाको हकदावी नै गर्नुहुन्न, तर सीमाना र राजनीतिक हक अधिकार कुन प्रधान हो भनेर चिन्नु जरुरी हुन्छ किनभने त्यसमा श्रमजीवी जनताहरु छन् भनेर मनन् गर्न सक्नुपर्दछ । बरु समान राजनीतिक अवसर प्राप्तिको लागि सकेसम्म सहयोग गर्नु उत्तम हो । अनिमात्र सिङ्गो नेपालीहरुले विभिन्न संघीय राज्य रहे पनि समान किसिमको मुक्ति र अवसरहरु पाउनेछन् ।
माओवादीले भोलिको राज्यको अग्रगामी पुनर्संरचनालाई दृष्टिगत गरी बनाएको विभिन्न राज्य समितिहरु नै नयाँ संघीय राज्यको ढाँचा पनि हुन सक्छ । त्यति हुँदाहुँदै पनि सीमा सम्बन्धमा भने थुप्रै गम्भीर बहस र छलफल गर्न बाँकी नै देखिन्छ । पूर्वका यी तीन वटै राज्यहरुको सीमा विवाद कसरी समाधान गर्ने त - यदि तपाईं-हामी जो कोही पनि सीमानाको जड्तामा मात्र फस्यौँ र २१ औँ शताब्दीको विश्वलाई बुझन सकेनौँ भने विषय जटिलमात्र बन्ने होइन, हामीले चाहेको राजनैतिक अधिकार प्राप्त गर्न पनि कठिन हुनेछ । तर्सथ लिम्बुवानको सीमा विवादको वैज्ञानिक समाधान खोज्नु जरुरी महसुस भइरहेको छ । दावीकै भरमा दिने र दावीमात्रै गरिरहनुभन्दा तमाम जनसमुदायबीचको सहमतिमा सीमा निर्धारण गर्न जरुरी छ । यसो गर्दा कतिपय तथ्यगत आधारहरुलाई छोड्नुपर्ने पनि हुन सक्छ । मलाई लाग्छ, सीमाना निर्धारणको पहिलो आधार भनेको ऐतिहासिक आधार नै हो । जनसंख्या र बसोबासको आधार पनि विशिष्ट परिस्थितिमा मुख्य हुन सक्दैन भन्ने होइन । त्यस्तै प्राकृतिक स्रोत साधन, उर्वरभूमिलगायतका राज्यको लागि आवश्यक पूर्वाधारहरुको उचित वितरणलाई पनि आधार मान्नुपर्ने हुन्छ । यद्यपि यहाँ जुन-जुन आधारहरुको बारेमा चर्चा गरिए पनि विशिष्ट अवस्थामा कतिपय आधारहरुलाई सापेक्षिक रूपमा मात्र उठाउन सकिने व्यावहारिक तथ्यलाई भुल्नुहुन्न भन्ने हो । त्यसो त भू-बनोट र स्रोतसाधनको आधारमा हेर्ने हो भने कोचिलाको तुलनामा किरात र लिम्बुवान राज्य समितिमा सीमाविवाद कमै हुनुपर्छ । तर्सथ सम्भव भएसम्म, सहमतिको आधारमा यी समस्याको पनि समाधान खोजिनुपर्छ भन्ने हो । धरानको सवाल पनि निकै पेचिलो हुँदै आएको छ । कोचिला राज्य समितिमा पर्न गएको धरानलाई ऐतिहासिकताको आधारमा लिम्बुवान राज्यमा नै राख्दा उपयुक्त हुन्छ भन्ने लागेको छ । जसलाई लिम्बुवानको राजधानी भनेर दावीसमेत गरिँदै आएको पाइन्छ तर जनसंख्याको आधारमा धरानलाई किरात राज्य समितिमा पार्न सकिने पनि देखिन्छ, तर कुन व्यावहारिक र वैज्ञानिक हुन्छ भन्ने कुराले नै सबै कुराको ठोस निर्धारण गर्नेछ भन्ने हो । तर्राईका ३ जिल्ला -झापा, मोरङ्ग र सुनसरी)को पूर्व-पश्चिम राजमार्गदेखि उत्तर्रतर्फको भूभागलाई लिम्बुवान राज्य समितिमा राख्न सकिन्छ, जसले लिम्बुवान राज्यको लागि आवश्यक पूर्वाधारमा सन्तुलन ल्याउने काम गर्न सक्छ । उता संखुवासभा जिल्लालाई ऐतिहासिकताको आधारमा लिम्बुवान राज्यमा हुनुपर्छ भनिए पनि, सहमतिमा अघि बढ्नुपर्दा जनसंख्याको आधारमा त्यसलाई किरात राज्य समितिमा राख्दा नै उत्तम हुन्छ भन्ने हो । आन्तरिक सीमा मझबचपबतष्यल निकै संवेदनशील विषय हो, जसलाई क्रान्तिकारीबाट नलिने हो भने हामीहरु जड्ताको शिकार बन्ने खतरा प्रबल देखिन्छ । तसर्थ, यो सवालमा प्रत्येक राज्यले सबै खाले शोषण, उत्पीडनको अन्त्य र हकअधिकारको ग्यारेन्टी गर्न समाजमा व्याप्त समस्याहरुको आधारभूत समाधानलाई प्रधान मान्न सकेमा र सीमा जड्ताबाट अलि माथि उठेर सहमतिमा अघि बढ्ने दृढता राख्यौं भने हामीबीच रहेका सबै खाले विवादहरुको व्यावहारिक समाधान खोज्न सकिन्छ भन्ने हो किनभने राजनीतिक अधिकार नै सबै चिजको निर्णायक हो ।
तसर्थ २१ औँ शताब्दीमा सीमानासम्बन्धी समस्यालाई सुल्झाउने विधि पनि नयाँ र वैज्ञानिक खालको हुनुपर्ने देखिन्छ । लडाइँ र झगडाबाट सीमाविवाद राम्रोसँग सुल्झिएको इतिहास संसारको कुनै पनि भागमा पाइँदैन । उनीहरु दशकौँसम्म सीमानावादको जडतामा फसिरहेका छन् । यस्ता नकारात्मक ऐतिहासिक तथ्यहरुबाट गम्भीर शिक्षा लिएर तपाईं-हामीबीच रहेको सीमाविवादलाई छलफल र बहसको माध्यमबाट हल गर्नु नै सर्वोत्तम विधि हो । त्यसको लागि हामीले आफ्नो पुरातनवादी सोच र प्रवृत्तिलाई मिल्काएर नयाँ क्रान्तिकारी दृष्टिकोणको विकास गर्न नितान्त जरुरी छ । नेपालमा भइरहेका मुक्ति आन्दोलनहरु सीमानाको लागि भन्दा पनि करोडौँ श्रमजीवी नेपाली जनताको वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय समस्याहरुको आधारभूत समाधानको लागि हो भनेर आत्मसात गर्न सक्नु नै यो समस्याको समाधान हो । राज्यमा शोषण र उत्पीडनहरुबाट भएको मुक्तिलाई प्रधानरूपमा हेर्नुपर्ने हून्छ, त्यो नै क्रान्तिकारी चरित्र र र्सवहारा वर्गको मुक्तिको प्रश्न जोडिएको विषय पनि हो । लिम्बुवान, किरात र कोचिला राज्य समितिको बीच सीमानासम्बन्धी विषयमा कलहमात्र गरिरह्यौँ भने हाल ती सम्बन्धित राज्यहरुमा व्याप्त श्रमजीवी जनताको आधारभूत समस्याहरुको समाधान हुनुभन्दा पनि हामी-हामीबीच फूट र झगडामात्र भइरहनेछ, जसका कारण जनताका वर्ग दुश्मनहरुले मौकाको फाइदा उठाउँदैनन् भन्न सकिन्न । तर्सथ सीमानाको सवाललाई जडता र पुरातनवादी दृष्टिकोणबाट नभएर व्यावहारिक, वैज्ञानिक र क्रान्तिकारी विधिद्वारा हल गरिनुपर्छ भन्ने हो । दृष्टिकोणमा समस्या रहेसम्म सीमाविवादको स्थायी र वास्तविक समाधान भेट्नु कल्पनामात्र हुने देखिन्छ । समयको गतिसँगै वस्तुको विकास हुन्छ भन्ने वैज्ञानिक सच्चाइलाई तपाईं-हामी सबैले गम्भीर भएर सोच्नु अपरिहार्य भएको छ ।