Aug 26, 2008

परिच्छेद - ५

(१) मौलिक हक अधिकार सम्वन्धमा
लिम्वुवानमा वसोवास गर्ने जनताहरुको सर्वाङ्गीण विकास तथा राज्यमा सवै वर्ग, जाति, लिङ्ग, क्षेत्रको समान सहभागीता सम्वन्धमा कुनै पनि वाधा अड्चन अवरोध नहोस् भन्ने उद्देश्य रहनेछ । जनताको आधारभूत आवश्यकताहरु जस्तो गा“स, वास कपास, शिक्षा, स्वास्थ्य आदि सम्पूर्ण क्षेत्रमा कुनै वन्धनहरु रहने छैन । सवैलाई स्वतन्त्रतापूर्वक आफ्नो अधिकार उपभोग गर्ने मौलिक अधिकार प्रत्याभूत गरिनेछ ।

(२) स्वतन्त्रता तथा समानताको हक
लिम्वुवान स्वायत्त राज्य तथा केन्द्रीय राज्य उपर अहित नहुने कार्य वाहेकको सवालमा संघ, संस्था खोल्न, उद्योग धन्दा, व्यापार वाणिज्य सञ्चालन गर्न, विभिन्न पेशा अपनाउन, आवतजावत गर्न, वसोवास गर्नको साथै वाक स्वतन्त्रता, प्रसारण, प्रकाशन, प्रेस तथा छापा सम्वन्धि स्वतन्त्रता रहनेछ । त्यस्तै कुनै पनि जाति, वर्ग, लिङ्ग, क्षेत्र, भाषा, धर्म संस्कृतिको नाममा विभेद नभई समानताको हक रहनेछ । जातिपाति तथा छुवाछुतको अधारमा भेदभाव रहने छैन ।

(३) सामाजिक सुरक्षा, रोजगारी, शिक्षा तथा सम्पत्ति सम्वन्धि हक
राज्यमा वसोवास गर्ने सवैलाई सामाजिक सुरक्षा, रोजगारीको अवसर, शिक्षा तथा सम्पत्ति आर्जन गर्ने सम्वन्धमा कुनै भेदभाव रहने छैन । सवैलाई समान अवसरहनेछ ।

(४) महिला, वालवालिका, वृद्ध तथा असहाय सम्वन्धमा
महिला, वालवालिका, वृद्ध तथा असहाय सवैलाई राज्यमा समान रुपमा वा“च्ने अधिकार रहनेछ । उनीहरुको प्रकृति प्रदत्त अवस्था अनुसार विभेद रहने छैन । असहाय अशक्तहरु तथा संरक्षणको आवश्यकता पर्नेहरुलाई राज्यले संरक्षणको निती अपनाउनेछ । राज्यले कुनै भेदभाव गर्ने छैन ।

No comments: