Aug 26, 2008

परिच्छेद - ६

(१) भूपु गोर्खा सैनिक सवाल
गोर्खा सैनिक सेवा क्षेत्र पनि लिम्वुवानको प्रमूख सवाल हो । वर्तमान तथा भूपु गोर्खा सैनिक सम्वन्धि विविध कार्यको लागि लिम्वुवान राज्यले ध्यानपूर्वक हेरिनुपर्छ भन्ने मान्यता राख्दछ । सैनिक सेवामा विश्वको कुनै पनि राष्ट्रमा पुगेर समयान्तरमा सम्वन्धित राष्ट्रसंग विविध सवालमा कुराकानी गर्नु पर्ने अवस्थामा लिम्वुवान राष्ट्रिय मोर्चाले पूर्ण समर्थन गर्नेछ । साथै लिम्वुवान राज्यले सकारात्मक दृष्टिकोण राख्नेछ । भूपु सैनिक तथा उनीहरुको सन्ततीहरुको व्रिटिश सरकारसंगको कानूनी लर्डाई तथा त्यस्तै अन्य विविध सवालमा समर्थन रहनेछ । त्यस्तै गरेर भूपुहरुले आर्जन गरेको कला सिपलाई उच्च महत्वकासाथ राज्यले सदुपयोग गर्नेछ ।

(२) भुटानी शरणार्थी सवाल
भुटानी शरणार्थी समस्या नेपाल राष्ट्रकै राष्ट्रिय समस्या हो । तथापी यो लिम्वुवान भूमिमा शिविर अवस्थित भएकोले लिम्वुवानले यो समस्यालाई गम्भिर रुपमा लिनुपर्नेछ । त्यसको लागि लिम्वुवान राष्ट्रिय मोर्चा तथा राज्यले भुटानी शरणार्थीको ससम्मान स्वदेश फिर्तिमा र्समर्थन जनाउदछ ।

No comments: