Oct 18, 2007

अक्कल बहादुर मेयाङ्गवो

हालै काठमाण्डौंमा सम्पन्न नेकपा (माओवादी) को पांचौ विस्तारित बैठकले किराँत गणराज्य अन्तर्गत रहेको लिम्बुवान खम्बुवानलाई छुट्टै स्वायत्त प्रदेशको मान्यता दिने निर्णय गरेपछि विशेष गरी पूर्वाञ्चलको लिम्बुवान क्षेत्रमा एउटा सुखद तरंग पैदा गरेको छ। एउटा शसक्त पार्टीको केन्द्रीय बैठकले लिम्बुवान राज्य घोषणा गर्नुले पूर्वाञ्चल क्षेत्रका लिम्बु र गैर लिम्बुहरु माझ कस्तो प्रतिकृया उत्पन्न गराएको छ भने बारेमा धरानका केही प्रतिष्ठित लिम्बु बुद्धिजिवीहरुसंग ४ वटा सामूहिक जिज्ञासा राखिएको थियो जस्तो-
-१) नेकपा -माओवादी) को विस्तारित बैठ्कले लिम्बुवान स्वायत्त राज्यको अवधारणा र प्रस्ताव अघि ल्याएकोमा तपाईको कस्तो प्रतिकृया रहेको छ ?
-२) लिम्बुवान स्वायत्त राज्यको मागप्रति सरकार सकरात्मक नहुनुको करण के होला ?
-३) लिम्बुवान स्वायत्त राज्यको बारेमा नेपाली कांग्रेस र एमालेको अवधारणा के पाउनु भएको छ ?
-४) किराँत प्रदेशमा लिम्बुवान- खम्बुवान राज्यको संरचना कस्तो हुनु पर्छ ?
-----------------------------------------------------------------------------------------------------------
अक्कल बहादुर मेयाङ्गवो - वाम बुद्धिजिवी
-१) यो स्वागतयोग्य कुरा हो । अलिक अगाडि नै हुनु पर्थ्यो । वास्तवमा लिम्बुहरुले चाहेको पनि यहि नै हो ।
-२) संघीय राज्य दिने सवालमा सरकारको देशको लागि दुर्भाग्यपूर्ण हो ।
-३) नेपाली कांग्रेस जनतालाई स्वयत्त राज्य दिने पक्षमा नै छैन। एमालेभित्र केन्द्रिय स्तरमा संघीयको कुरा भयो अरे भन्ने माग सुनेको तल्लो तहमा आईपुगेकै छैन। त्यसैले उसको कुरा विश्वासयोग्य छैन।

No comments: